चिनियाँ रक्षामन्त्री नेपाल आउने
काठमाडौँ, चैत ७ । छिमेकी मुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान आगामी बिहीबार नेपाल भ्रमणका लागि आउने भएका छन् ।
नेपालका रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा उनी नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल तीनदिने औपचारिक भ्रमणका लागि वानक्वान नेपाल आउन लागेको हो ।
नेपाल भ्रमणका क्रममा जनरल चाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुका साथै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री खाँणसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
रक्षामन्त्री चाङले भूकम्पबाट क्षति भएका वसन्तपुर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन भ्रमण गर्ने बताइएको छ ।
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो तथा सहयोगका बारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले जानकारी दिए ।
चीनले पछिल्लो समय नेपालका ऊर्जा, सडक सञ्जाल, प्रविधि तथा व्यापार क्षेत्रमा लगानी र सहयोग गरिरहेको छ ।
चुरा, टीका बेच्दै मधेसीको भेषमा बाबुराम भट्टराई दिलबहादुर रम्तेलको घर पुगेपछि
दिलबहादुर रम्तेल ! पछिल्लो समयको राजनीतिप्रति अलिकति मात्र पनि चासो राख्ने जोकसैका लागि पनि यो नाम अपरिचित नहोला । त्यहीँबाट सुरु भयो, नेपालको इतिहासमा परिवर्तन शृंखला । माओवादीको आरोपमा आफ्ना प्रिय शिक्षकलाई पुलिसले पक्रेर लगेपछि तिनलाई पुलिसको क्ररु पन्जाबाट छुटाउन उर्लेका विद्यार्थीहरूको भीडमध्येका एक थिए, दिलबहादुर रम्तेल । तिनको अपराध यत्ति थियो कि, तिनलाई आफ्ना शिक्षकलाई पुलिसले पक्रेर लगेको मन परेको थिएन । र, त पछिपछि दौडिए शिक्षक छुटाउन । त्यत्तिवेलाको पुलिस न हो, मैमत्त, अभिमानी, डामेर छाडेका साँढेजस्ता । के टेर्थे, बर्साए आधुनिक गोली ती कलिला मुनामाथि । त्यसैमध्ये एउटा गोलीले गोर्खा पन्द्रुङका १५ वर्षे किशोर दिलबहादुर रम्तेललाई नेकपा ९माओवादी० को दसवर्षे जनयुद्धको पहिलो सहिद बनायो । तिनै दिलबहादुर रम्तेलले खेल्ने आँगनमा हामी पुगेका थियौँ, रातको नौ बजेतिर, ठीक एक वर्षअघि । सानो घर सुनसान थियो । नजिकैको घना जंगल सुनसान थियो । गाउँ के भन्नु एक९दुई घर थिए त्यतातिर, ती सबैमा बत्तीको झिल्को समेत बलेको देखिँदैनथ्यो । ‘आमा १ ए आमा १’ इन्द्रजी अर्थात् दिलबहादुरका भिनाजुले ढोका ढक्ढक्याउनुभयो । ‘को हँ ?’ निकै बेरपछि भित्रबाट आवाज आयो । ‘हामी क्या, इन्द्र, साथीहरू पनि आउनुभा’छ ।’ उहाँले भन्नुभयो । ढोका खुल्यो, दिलबहादुरका बुबा सेते रम्तेल बाहिरै फलैँचामा सुतिरहनुभएको रहेछ । सायद बिरामी पनि हुनुहुन्थ्यो त्यसवेला, उठ्न सक्नुभएन । सुतिसुती हात लम्काएर बाहिरको सोलार९बत्ती बाल्नुभयो । छेउमै बसेर हामीले एकमुष्ठ परिचय दियौँ, ‘हामी पत्रकार हौँ, हजुरलाई भेट्न आएका, घ्याम्पेसालको कार्यक्रममा आएका थियौँ, यसो तपाईंसँग भलाकुसारी पनि गरौँ, सँगै फोटो पनि खिचौँ भनेर यता आएका,’ मैले भनेँ । ‘के काम र म बूढाको ?’ उहाँले उदासीयुक्त स्वरमा भन्नुभयो । उहाँको एउटै प्रश्नले हामीलाई नतमस्तक र्पायो । दीपकजीले स्पष्टीकरण दिने चेष्टा मात्र के गर्नुभएको थियो, सेते रम्तेलले अर्को प्रश्न गरिहाल्नुभयो, ‘सयजनाभन्दा बढीले यहाँको फोटो खिचिसके, हैन के गर्छन् हँ यत्तिका फोटो खिचेर ?’ ‘पत्रिकामा छापिन्छ बा !१’ रामचन्द्रजीले सहजकर्ताको भूमिका निर्वाह गरिदिनुभयो । ‘खै, आजसम्म एउटा फोटो पनि मैले देखेको छैन । सबै पठाउँछु भन्छन, तर कसैले पनि पठाउँदैनन ।’ उहाँको गुनासो यथावत् थियो । ‘हामी पक्का पठाउँछौँ बा ।’ मैले हतारहतार प्रतिबद्धता जनाएँ । हामीलाई लाग्यो, उहाँलाई धेरैले धेरैपटक नराम्रोसँग गिजोलिसकेका रहेछन । यति वाक्कदिक्क पारिसकेका रहेछन् कि उहाँलाई ‘पत्रकार’ शब्दप्रति नै वैराग लाग्न थालिसकेको रहेछ सायद । सायद हामी पनि त्यसरी नै बेक्कारमा गिजोल्न पुगेका थियौँ, त्यस रात । हामी एउटा यस्तो तीर्थस्थलमा पुगेका थियौँ, जहाँ दक्षिणाको लोभमा बसेको ढोँगी पुजारी थिएन, अथवा देउता बनाइएको कुनै निर्जीव ढुंगो थिएन । तीन करोड नेपालीलाई ‘नयाँ नेपाल’को सपना देखाउने महान् बलिदानीको आरम्भबिन्दु खोज्दै हामी त्यहाँ पुगेका थियौँ । यो भावनात्मक कुरा सेते रम्तेललाई बुझाउन सक्ने क्षमता हामीमा थिएन । हामीलाई सेते रम्तेलको मनस्थितिले नराम्रोसित लखेट्यो । यही लखेटाइका बीच दिलबहादुरकी आमा सरिमायाले पकाएको गुन्द्रुक र भात असाध्यै मीठो मानेर खान भ्यायौँ हामीले । सानो घर, हामी चारजना पाहुनालाई अटाउन निकै कसरत गर्नुर्पयो सरिमायाले । उहाँसँगै लुपुक्क टाँसिएर सुतेकी नातिनीलाई त्यहाँबाट अर्को्तिर सार्न एकछिन कठिन र्पयो उहाँलाई। चर्को स्वरले बोलाउँदा र यताउटा पल्टाउँदा पनि पटक्कै नउठेपछि उहाँले सायद चड्कन हान्नुभयो क्यार, उनी चिच्याइचिच्याइ रुन थालिन। उनको रुवाइ रोक्न निकै बेर लाग्यो । हामी सुतिसक्दा पनि उनी अर्को्तिर घुँक्कघुँक्क गर्दै थिइन । आँगनमा खेल्ने, उफ्रने दिलबहादुर रम्तेल भए पनि, नभए पनि बिहानलाई केही फरक पर्दैन । सेते रम्तेल रिसाए पनि, खुसी भए पनि बिहान भएरै छाड्छ । तथापि, विहान भने चाँडै भएको थियो हाम्रा लागि । चाँडै भाले बास्यो, चाँडै आमा सरिमायाको छुन्द्रुङमुन्द्रुङ सुनियो । राति चड्कन खाने सानी नातिनीको कल्याङमल्याङ पनि सुरु भइसकेको थियो । भालेको डाकसँगै आँखा खुलेका हामी चार डुलुवाहरूचाहिँ ओछ्यानभित्रै खुसुरपुसुर गरेर बिहानीको उज्यालो पर्खिरहेका थियौँ । कस्तो सजिलो पर्खाइ १ चुपचाप, चुपचाप समय कटाइदिए मात्रै पनि बिहानी आइहाल्ने, कुनै दुःख वा कष्ट झेल्नै नपर्ने १ न कुनै युद्ध लड्नुपर्ने, न कतै जोखिम मोल्नुपर्ने, न कुनै पनि प्रकारको श्रम पोख्नुपर्ने !यसरी नै सजिलै सिंगो देशमा उज्यालो आइदिए हामीजस्ता अल्छी सबभन्दा अगाडि सरेर स्वागतमा उभिन्थ्यौँ होला । ‘मेरो छोरो निर्दोष थियो, त्यसले केही गरेको थिएन । रमिता हेर्न मात्र गएको थियो त्यहाँ ।’ सरिमायाले राति नै भक्कानिँदै भन्नुभएको थियो । वास्तवमा यथार्थ यही हो कि जहिले पनि रमिता हेर्नेकै दुर्दशा हुन्छ । यो स्वयंसिद्ध तथ्यसँग जंगलछेउको छाप्रोमा जीवन विताइरहेका सरिमाया र सेते रम्तेल मात्र कसरी अछुतो हुनसक्थे र ? विहानसँगै सरिमायाले झार्नु भएको आँसु सुकिसकेको थियो । सेते रम्तेलको वाक्क प्रहारको प्रभाव हामीमा मात्र सीमित भइसकेको थियो । राति उत्पन्न मानसिक त्रासको प्रभाव स्वरूप हामीले झोलाको क्यामेरा बाहिर निकाल्न हिम्मत नै गर्न सकेका थिएनौँ । ‘बुबा, एकछिन् कुरा गर्न मिल्छ ?’ मैले सकेसम्म नम्र भएर सोधेँ ।‘हुन्छ ।’ सेते रम्तेलको हिजोको असन्तुष्टि पनि विहानीको चिसो बताससँगै सेलाइसकेको रहेछ । त्रिसठ्ठीऔँ खुरीखण्ड पार गरिसकेको जीर्ण शरीरले उहाँको परिवार पाल्ने डकर्मी पेसालाई धान्न धौधौ परिरहेको थियो । सुख्खा पाखो बारीमा जत्ति नै हाड घोटे पनि ६ महिना जहान परिवारको भोक मेटाउने हिम्मत गर्नु नै ठूलो कुरा थियो, बाँकी छ महिनाको कुरै नगरौँ । छुट्टएिर बसेको जेठो छोरो, खाडीतिर भासिएको माइलो छोरो र मरेर पनि सहिद भएर बाँचेको कान्छो छोरो, कसैको कमाइ पनि सेते सरिमायाको जीवनाधार बन्न नसकिरहेको तीतो यथार्थलाई हामीले आँसु थामेर सुन्यौँ । ‘चुरा, टीका बेच्दै मधेसीको भेषमा बाबुराम आ’थे, त्यसपछि कोही आएनन् बाबु ।’ जनयुद्धको पहिलो सहिदको घरमा माओवादीका केन्द्रीयस्तरका नेताहरूको आवत–जावत राम्रै होला भन्ठानेर फणीन्द्र फुयाँलजीले सोध्नुभएको थियो होला, सरिमायाको एउटै उत्तरले मुखमा बुझो लाग्यो । धन्न युद्धकालमै भए पनि लुकिछिपी पुगेर डा। बाबुराम भट्टराईले सिंगो जनयुद्धको इज्जत राखिदिनुभएको रहेछ, हामीले मनमनै डा। भट्टराईलाई धन्यवाद दियौँ । गोरखा अभियानबाट फर्केपछि कवि पूर्ण्विरामले भन्नुभएको ‘मलाई अब रुवाउनका लागि कुनै सहिद गाउँमा नलैजानूस’ वाक्यांशमा जति पीडा छ, त्यसभन्दा कम्ता पीडानुभूति हामीलाई भएन त्यसबखत । त्यस्तै कुनै अवसर पारेर जिल्ला पार्टीले अठार बीस हजार आर्थिक सहयोग गरेको बाहेक उल्लेखनीय सहानुभूतिसमेत माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको परिवारले पाउनुभएको रहेनछ भन्ने सुन्दा हौसिएर रातारात पन्द्रुङ पुग्ने हामीहरूको हालत के भयो होला त्यसबखत ? त्यसो त हाम्रासामु उहाँहरूले कुनै आश वा लोभ व्यक्त गर्नुभएन वा गर्न चाहनुभएन । सिर्फ यत्ति भन्नुभयो, ‘मर्नुअगावै मेरो छोराका नाममा देउरालीबाट पन्द्रुङसम्म मोटरबाटो बनेर त्यसमा यहाँका गाउँलेहरू गाडी चढेर हिँडेको देख्न पाए मनले शान्ति पाउनेथियो ।’ माओवादी सशस्त्र युद्दका पहिलो शहीद दिलबहादुर रम्तेलको शालिक त्यसदिन हामी न उहाँहरूलाई रुवाउन आएका थियौँ, न उहाँहरूसँगै बसेर रुन आएका थियौँ । हामी किन त्यहाँ गयौँ रु भन्ने प्रश्नको न्यायसंगत जवाफ हामीसँग थिएन झैँ लाग्यो त्यसबखत । हामी एकप्रकारको अपराधबोधबाट ग्रसित थियौँ, र त्यो अपराध कसले गरेको थियो रु भन्ने खुट्याउन समेत सकिरहेका थिएनौँ । उहाँहरूमाथि भएको बेवास्ताको जिम्मेवारी लिनुपर्ने मान्छे हामी नै हौँ जस्तो ठानिरहेका थियौँ हामीले । आधिकारिक नभए पनि भावनात्मक रूपमा आमनेपालीको भावनाको प्रतिनिधित्व गरेका थियौँ सायद हामीले । र, त्यही हार्दिकताबाट ओतप्रोत भएर हामीलाई आफूले प्रत्यक्षतः नगरेको अपराधबाट त्रसित हुने अवसर प्राप्त भएको थियो । यस्तो अवसर जो–कोहीले सजिलै कहाँ पाउँछन् र ? हामीलाई ‘जनयुद्धका प्रथम सहिदको घरमा पुग्यौँ’ भनेर कसैलाई फूर्ति लगाउनु थिएन । त्यहाँ पुगेकै भरमा हामी उत्पातै क्रान्तिकारी भइहाल्छौँ भन्ने भ्रम पनि थिएन हामीमा । यसो अवसर र्पयो भने कुनै पत्रपत्रिकामा एक९दुई फोटो छाप्न पाइएला भन्ने झिनो आशले हामीलाई झोलाको क्यामेरा झिक्न हिम्मत र्गयो । रामचन्द्रजी रम्तेल परिवारसँग पूर्वपरिचित हुनुले पनि सहजीकरणको काम र्गयो त्यसबखत । रम्तेल दम्पतीको, स्कुल जान छाडेर बाख्रागोठाल्नी बनेकी दिलबहादुरकी प्यारी सिँगाने भान्जीको, भर्खर–भर्खर टिनको छानो हालेको उहाँहरूको छाप्रोको, झुल्किँदो सूर्यको, उहाँहरूसँगै टाँसिएका हाम्रा अनुहारको फोटो फ्याट्फ्याट खिच्दै गर्दा हामीले एकछिन् सिंगो जनयुद्ध र त्यसबाट उत्पन्न नयाँ परिवेशलाई भुसुक्क भुल्यौँ । र, भुल्यौँ आठ बजे देउरालीबाट छुट्ने त्यो गाडीलाई, जसमा चढेर हामीलाई जतिसक्दो चाँडो घ्याम्पेसाल पुग्नु थियो । अघिल्लो रात लड्दैपड्दै जति उत्साहका साथ रम्तेल परिवारको आँगनमा पुगेका थियौँ, भोलिपल्टको विहानीमा त्यत्तिकै निराशा बोकेर त्यहाँबाट लुरूलुरू फर्कियौँ । दलित अनलाईनबाट
उदयपुर गोल्ड कपको फाइनलमा मोरङ ११
उदयपुर, फागुन २ । उदयपुर गोल्डकप फुटवलको फाइनलका लागि आज भएको खेलमा संकटालाई हराउँदै मोरङ ११ फाइनलमा पुगेको छ । गाइघाटको थरुहट रंगशालामा भएको खेलमा ए डिभिजनको संकटा क्लबलाई २–१ ले हराउँदै मोरङ ११ फाइनलमा पुगेको हो । पराजित संकटाले दुई दिनअघि मात्र आठौं सिमरा गोल्डकपको उपाधि उचालेको थियो । मंगलबार दोस्रो सेमिफाइनल खेल रुपन्देही ११ र हिमालयन शेर्पा क्लबबिच हुने छ ।
सेनाको म्याराथनको उपाधी भूमिराजलाई
काठमाडौँ, माघ २९ । प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । प्रतियोगितामा निर्धारित दूरि २ घण्टा २४ मिनेट १३ सेकेण्डमा पार गरेर राईले उपाधी जित्न सफल भएका हुन् । त्यस्तै प्रतियोगितामा नेपाली सेनाका अमल्दार कृष्ण बस्नेतले दोस्रो भए भने सेनाकै राजन खत्रीले तेस्रो हुन सफल भएका छन् । उपाधि विजेता राईले १ लाख नगद पुरस्कार पाए । दोस्रो हुने बस्नेतले ५० र खत्रीले २५ हजार नगद पाए । २१ किलोमिठर दौडमा पुरुषतर्फ नेपाली सेनाका अमल्दार कल्याण बाँनिया पहिलो भए भने सिपाही रामजी बस्नेत दोस्रो र र गुल्म कार्य हुद्धा राजकुमार बिष्ट तेस्रो भए । महिला तर्फ नेपाली सेनाका प्यूठ विश्वरुपा बुढा पहिलो भइन् । आर्मीले सानुमाया कार्की दोस्रो हुँदा सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी तेस्रो भइन् । १० किमि दौडमा नेपाली सेनाका उपसेनानी रोहण श्रेष्ठ पहिलो भए । सह सेनानी सुवास लामा दोस्रो र उपसेनानी सुमन पाण्डे तेस्रो भए । महिलातर्फ उप सेनानी श्रुती कुँवर पहिलो हुँदा उपसेनानी रेखा अधिकारी दोस्रो र र उपसेनानी लक्ष्मी लामा तेस्रो भइन । छात्र तर्फको ५ किमि दौडमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीका सुरेश थापा मगर पहिलो भए भने छात्रातर्फविजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका संगिता खड्का पहिलो भएकी छिन् ।
ग्रामीण क्षेत्रका महिलाहरुमा बढी आङ खस्ने समस्या बढ्दै
नेपालगन्ज, माघ २५ । बाँके जिल्लाका विकट गाविस क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखा परेका छन् । जनस्वास्थ्य कार्यालयले केही महिनाअघि जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा सो समस्या देखा परेको हो । कार्यालयका अनुसार, पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेको पाइएको छ । विशेषतः जिल्लाको गनापुर, साइगाँउ, नौवस्ता, सोनपुर, टिटिहिरिया, महादेवपुरी, कम्दी, बेतहनी र रझेना गाविसका दलित, मधेसी र सीमान्तकृत समुदायका महिला सो समस्याबाट सबैन्दा बढी पीडित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत अङ्गतबहादुर शाहीले बताउनुभयो । कम उमेरमा विवाह गरेका, असुरक्षित रुपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
निजी विद्यालयहरु बिना अनुमति कक्षा थप्छन्
तेह्रथुम, माघ २५ । जिल्लाका अधिकांश निजी विद्यालयले अनुमति लिएको भन्दा बढी कक्षा सञ्चालन गरिरहेको आरोप लागेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार निजी विद्यालयले विद्यालय दर्ता गरेर कक्षा सञ्चालन गर्ने, तर वर्षेनी थपिने कक्षाका लागि अनुमति नलिने गरेका हुन् अङ्ग्रेजी माध्यमको शिक्षाप्रति बढ्दो आकर्षणका कारण गाउँ–गाउँमा व्यावसायिक उद्देश्यले विद्यालय खुल्नेक्रम बढ्दो छ । त्यस्ता निजी विद्यालयले विद्यालय सुरु गर्दादेखि थप कक्षा सञ्चालन तथा विद्यालय बन्द गर्नसमेत अनुमति लिनुपर्नेमा अधिकांश निजी विद्यालयले सुरुवातमा विद्यालय सञ्चालन अनुमति लिएपछि कक्षा थप गर्न अनुमति नै नमाग्ने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । निजी विद्यालयले थप कक्षा सञ्चालनका बारेमा अभिभावकले चासो नदिँदा र नियमक निकाय पनि मौन बसिदिँदा गाउँ–गाउँमा ठगी धन्दा मच्चाइरहेका छन् । अझ केही विद्यालय त बिना अनुमति पनि सञ्चालन भइरहेको पाइएको छ । त्यस्ता विद्यालयलाई कारबाही गर्नेबारे जिल्ला शिक्षा कार्यालयले चासो नदिएको गुनासो बढेको हो । हरेक शैक्षिक सत्रको समापनपछि निजी विद्यालयले कक्षा सञ्चालनका लागि लिएको अनुमतिको विवरण हेरेर सचेत गराउने गरेको जिल्ला शिक्षा अधिकारी, कृष्णप्रसाद पोखरेलले बताउनुभयो । शैक्षिक सत्रको सुरुवातमा निजी विद्यालय, अभिभावक र विद्यार्थी सबैलाई सचेत गर्दै आएको छौँ, जिशिअ पोखरेलले भन्नुभयो– “अहिलेसम्म त्यस्तो बढी कक्षा सञ्चालन गरेको उजुरी परेको छैन । अभिभावक वा अन्य कोहीले त्यसबारे उजुरी दिए हामी त्यस्ता विद्यालयलाई कारबाही गर्छौं ।” जिल्लामा हालसम्म २३ वटा निजी विद्यालय सञ्चालनमा छन् । त्यसमध्ये सातवटा विद्यालयले माध्यमिक कक्षा सञ्चालनको अनुमति लिएका छन् । बाँकी पाँचवटाले निमावि तह र अन्य ११ वटा विद्यालय प्रावि तहका मात्र कक्षा सञ्चालन अनुमति लिएका छन् । तर ती विद्यालयमा माथिल्लो कक्षासम्म पनि पढाइ भइरहेको छ । निजी विद्यालयले कक्षा थप गर्दा थुप्रै मापदण्ड पूरा गर्नुपर्छ, तर विद्यार्थी सङ्ख्यालाई मात्र आधार मान्दा पनि न्यूनतम २३ जना विद्यार्थी पनि नपुर्याउने विद्यालयको थप कक्षाको अनुमति दिइएको छैन, जिशिअ पोखरेलले बताउनुभयो । यता प्याब्सन जिल्ला अध्यक्ष गजेन्द्र कन्दङ्वाले भने निजी विद्यालयलाई अनुमति लिएर मात्र कक्षा बढाउन गर्न निर्देशन गरेको बताउनुभयो । उहाँले निजी विद्यालय सञ्चालकले न्यूनतम मापदण्डसमेत नपु¥याएको पाइए कारबाही गरिने जानकारी दिनुभयो ।
निर्वाचन आयोगद्वारा जेठ १ र १० गते चुनाव गर्ने प्रस्ताव
काठमाडौं, माघ २४ । सरकारले निर्वाचनसम्बन्धी आवश्यक तयारी गर्न आग्रह गरेपछि निर्वाचन आयोगले दुई चरणमा निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेको छ । सरकारको आग्रहको प्रत्युत्तरमा आयोगले सरकारलाई पत्र पठाउँदै आगामी जेठ १ र १० गते दुई चरणमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव गरेको हो । गृह मन्त्रालयमार्फत् सरकारलाई आज पठाएको पत्रमा स्थानीय निवार्चन गर्ने निर्णयको स्वागत गर्दै त्यसका लागि आवश्यक पर्ने कानून र बजेटको व्यवस्था समयमै गर्न समेत आग्रह गरिएको छ । यसैगरी स्थानीय तहको सिमाङ्कनका बारेमा स्पष्ट नभएसम्म मतदाता नामावली अद्यावधिक गर्ने, निर्वाचन केन्द्र राख्ने र कुन तहको चुनाव गर्ने भन्नेबारेको अन्यौल यथावत रहने भएकोले यसलाई यथाशीघ्र टुंग्याउन समेत आयोगले अनुरोध गरेको छ ।
बिमस्टेकप्रति सरकार गम्भिर छ : प्रधानमन्त्री
काठमाडौ, माघ २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सन् २०१७ मा नेपालमा हुने बिमस्टेकप्रति सरकार गम्भिर रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विमस्टेकका महासचिव सुमित नाकान्दालासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री र नाकान्दालाबीच भएको भेटमा बिमस्टेक सम्मेलनको तयारीका विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले चौथों बिमस्टेक सम्मेलन सन् २०१७ मै नेपालमा सम्पन्न गर्नेबारे मन्त्रीपरिषदको बैठकबाटै तयारी गरिएको बताएका छन् । बिमस्टेकको अध्यक्ष राष्ट्रका नाताले सम्मेलनको आयोजनाका लागि सरकार गम्भीर भएर लागेको बताएका हुन् । प्रधानमन्त्रीले आगामी बिमस्टेक सम्मेलनमा कनेक्टिभिटी, उर्जा, आर्थिक विकासका एजेण्डामाथि छलफल केन्द्रित गरिने जानकारी दिएका छन् । महासचिव नाकान्दालाले पनि बिमस्टेकको महासचिवका नाताले सन् २०१७ मा नेपालमा हुने चौथों सम्मेलनका तयारीमा आफू पनि गम्भीरतापूर्वक लागेको बताए । नाकान्दालाले नेपालका प्रधानमन्त्रीले उठाएका एजेण्डाहरु बिमस्टेक र सदस्य राष्ट्रहरुको हितमा रहेको बताउँदै एजेण्डाहरु अगाडि बढाउने दृढता व्यक्त गरेका थिए । सो अवसरमा नाकान्दालाले लुम्बिनीको विकासका लागि व्यक्तिगत र संस्थागत रुपमा आफूले पहल गर्ने जानकारी दिए ।
अफगानिस्तानमा हिम पहिरो, कम्तीमा ५० जनाको मृत्यु
काबुल, माघ २४ । अफगानिस्तानको पुर्वीक्षेत्रमा पर्ने दुर्गम गाउँमा हिउँ पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा अन्य कैयौँ घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । “यो दुखदायी प्राकृतिक प्रकोपले हाफ्सा गाउँ र विषेशगरी वर्ग इ मताल जिल्ला निकै प्रभावित भएको छ, प्रारम्भीक विवरणहरुका अनुसार कम्तीमा ५० जनाको मृत्यु भएको छ, अरु एक दर्जन घाइते भएका छन् ।” प्रान्तीय एक उच्च अधिकारीले सिन्ह्वालाई जानकारी दिए । पाकिस्तानको सीमा क्षेत्रमा भएको सो घटनामा परि मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन् । अरु अनगिन्ती घरहरुमा क्षति भएको उनीहरुले जानकारी दिएका छन् । “प्रभावित क्षेत्रका सडकमा हिँउका कारण यातायात अवरुद्ध भएको छ भने उद्धार र सहयोगका लागि सुरक्षाकर्मी तथा उद्धारकर्मीहरु खटाइएको छ, उनीहरुले बाटोबाट हिउँ हटाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो । अफगानिस्तानका विभिन्न ठाउँमा भएको बाक्लो हिमपात र अत्याधिक जाडोका कारण पछिल्लो तीन दिनमा मात्रै ९० जनाको मृत्यु भएको छ । सोही अवधिमा हिँउले गर्दा झण्डै २०० ओटा घरमा क्षतिीपुगेको छ । गत चौविस घन्टाको अवधिमा अफगान सुरक्षा फौज र राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणको पहलमा झण्डै चालीस ओटा सवारी साधनका कैयौँ यात्रुलाई उद्धार गरिएको छ । रासस
आम्दानीको दुरुस्त हिसाब देखाउन प्राधिकरणलाई मन्त्रालयको निर्देशन
काठमाडौं, माघ २१ । आफ्ना कर्मचारीलाई करोेडौं रुपैयाँ बोनस बाँड्ने निर्णयमा सहमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पर्यटन मन्त्रालयले आम्दानीको दुरुस्त हिसाब देखाउन निर्देशन छ । उड्डयन क्षेत्र नियामक प्राधिकरणले आफ्ना आठ सय कर्मचारीलाई गत पुस दास्रो साता बोनस बाँड्ने निर्णय गर्दै यसका लागि ५३ करोड २७ लाख रुपैयाँ छुट्याएको थियो । संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको थियो । यही निर्णय सहमतिको लागि प्राधिकरणले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई पत्राचार गरेको थियो । पर्यटनबाट सहमति पाउनासाथ प्राधिकरणको उक्त निर्णय अन्तिम स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाइने भएपनि पर्यटनले तत्काल सहमति नदिई दुरुस्त हिसाब देखाउन निर्देशन दिएको हो । यो दिएको खबर आजको नागरिकमा छ ।
को हुन् बाबुरामको राजनीतिक सल्लाहकार बनेका डा. भाइराजा पाण्डे ?
काठमाडौं, माघ ७ । अन्तर्राष्ट्रिय कानून, द्वन्द्व व्यवस्थापन र राजनीतिमा लामो अनुभव बोकेका डा. भाइराजा पाण्डे डा. बाबुराम भट्टराईका राजनीतिक सल्लाकारमा नियुक्त भएका छन् । यसअघि विश्वका कतिपय द्वन्द्वग्रस्त देशहरुमा संयुक्त राष्ट्र संघको प्रतिनिधिका रुपमा कार्यकाल बिताएका भाइराजा धादिङ निवासी हुन । “बिदेशी आइडी लिएको नेपालीले देशको चिन्ता गर्नु जायज भए पनि कठोर टिप्पणी गर्ने अधिकार छैन” भन्ने मत राख्ने डा. पाण्डेलाई नयाँ शक्ति नेपालको बिहिबार बसेको बैठकले पार्टी संयोजक भट्टराईको राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको संगठन विभाग प्रमुख देबेन्द्र पौडेलले जानकारी दिए । कुनै समय डा.बाबुराम भट्टराईसँगै अस्कल पढेका पाण्डे काठमाडौंको रैथाने नेवार भाषाका राम्रो जानकार रहेको पौडेलले बताए । द्वन्द्वग्रस्त जनमानस र विशेषगरी शरणार्थीको राहतमा विशेषज्ञता हासिल गरेका पाण्डेले दिल्ली विश्वविद्यालयबाट कानुन पढेपछि काठमाडौंको नेपाल ल क्याम्पसमा अध्यापन गरेका थिए । अमेरिकाको प्रसिद्ध येल विश्वविद्यालयबाट ‘एलएलएम’ गरेलगत्तै उनी सन् १९८३ मा राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरमा जागिरे भए । सुडान, सोमालिया, रुवान्डा, कम्बोडियो, रुसलगायत संसारका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा काम गरेर आफ्नो करिअरको अन्तिम ‘एसाइन्मेन्ट’ उनले बर्मामा पुरा गरे । युएनएचसीआरमा झ्ण्डै तीन दशक काम गर्दा विश्वका डरलाग्दा ‘हट स्पट’ मा खटिएका पाण्डे मुजाहिद्दीनले अफगानिस्तानमा सोभियत युनियन विरुद्ध लडाईं छेड्दा सन् १९८५ मा पेशावरमा थिए भने त्यसलगत्तै दुई वर्ष सोमालिया, एक वर्ष इरान अनि सिरिया र इजिप्टमा खटिए । पाण्डेले कङ्गो, लिविया, इजिप्ट, इथिओपिया र केन्यामा छरिएका ती शरणार्थीलाई गृहयुद्धको अन्त्यपछि घर फर्काउने कामको पनि अनुभव सँगालेका छन्
१२ वर्षमा ६ सय बढी महिला बलात्कार गर्ने ‘सिरियल रेपिष्ट’ प्रहरी फन्दामा
नयाँ दिल्ली । महिलामाथिको हिंसाका लागि सधैं आलोचनामा रही आएको भारतको राजधानी नयाँ दिल्लीमा प्रहरीलाई ठूलो सफलता प्राप्त भएको छ । प्रहरीले विगत १२ वर्षदेखि निरन्तररुपमा महिलामाथि यौनजन्य हिंसा गर्ने एकजना ‘सिरियल रेपिष्ट’लाई पक्राउ गरेको छ । पूर्वी दिल्लीको न्यु अशोक नगर इलाकामा स्कुले युवतीहरुलाई निशाना बनाउँदै आएको व्यक्तिलाई दिल्ली प्रहरीले पक्राउ गर्न सफल भएको हो । भारतीय मिडियाले जनाए अनुसार, पक्राउ परेपछि आरोपीले पछिल्ला १२ वर्षमा ६ सय भन्दा बढी युवतीमाथि बलात्कार गरेको बताएका छन् । बलात्कार आरोपी सुनिल रस्तोगीलाई को दिल्लीको एक अदालतले १४ दिनका लागि हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको छ । बलात्कारीले किशोरीहरुलाई झुक्याएर बलात्कार गर्ने गरेका थिए । अभिभावकले सामान दिएको छ भन्दै झुक्याउने र बलात्कारको प्रयास गर्ने आरोपलीले स्वीकारेका छन् । बाबुआमाले कुनै कपडा वा अन्य सामान पठाएको भन्दै एकान्तमा लिएर जाने र दुव्र्यवहार गर्ने दिल्ली प्रहरीले जनाएको छ । आरोपीमाथि रुद्रपुर, दिल्ली र गाजियावादमा यौन अपराध तथा चोरीको कैयन् अन्य मुद्दा समेत दर्ता छन् । ३८ वर्षीय आरोपीका ३ छोरी र २ छोरा छन् ।
यस्ता छन् हस्तमैथुनका फाइदा
काठमाडौं । हस्तमैथुन अर्थात सेक्स जीवनसँग जोडिएका कुनै पनि कुराहरु गर्न लजाउने समाज छ । जो कोही पनि खुलेर यससम्बन्धी बोल्च रुचाउँदैनन् । हस्तमैथुन गर्नु सामाजिक रुपले अनैतिक हो भन्नेसम्म पनि गरिन्छ । कतिले त हस्तमैथुन गर्नाले श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा पनि दरार उत्पन्न हुन्छ भन्छन् । तर विशेषज्ञहरु भने हस्तमैथुन स्वास्थ सेक्ससँग जोडिएको बताउँछन् । हात वा अन्य कुनै पनि कुराबाट यौन आनन्द लिने तरिका भएकाले हस्तमैथुन पुरुष वा महिलाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । विशेषज्ञका अनुसार हस्तमैथुन गर्नुका पाँच फाइदाहरु यस प्रकार छन् : १. हस्तमैथुनबाट मासिक धर्मसँग जोडिएको दुःखलाई हटाउन तथा घटाउन मद्धत गर्छ । हस्तमैथुनबाट निस्कने रसायनका कारण मासिक धर्मका क्रममा हुने दुःखलाई घटाउन शक्ति मिल्छ । फिनवर्ग स्कुल आफ मेडिसिनका स्त्री तथा प्रसूति रोग प्रोफेसर लारा स्ट्रीचरका अनुसार हस्तमैथुनबाट आउने पानीले योनीमा हुने सुख्खापन हटाउन मद्धत गर्छ । २. पत्रिका ‘सेक्सुअल एण्ड रिलेशनसिप थैरापी’का अनुसार यसले रोग प्रतिरोधक क्षमता बढ्छ । यसले संक्रमणबाट बचाउछ । कयौं शोधबाट पत्ता लागेको कुरा जसमा चरमाेत्कर्ष (आर्गेज्म) बढी हुन्छ उसमा इम्युनोग्लोविन ‘ए’ को मात्रा बढी हुने र रुघाखाेकीबाट पनि बचाउन यसले मद्धत गर्छ । ३. फ्रेंच इंस्टीट्यूट ऑफ हेल्थ एण्ड मेडिकल रिसर्चका शोधकर्ताहरुका अनुसार हस्तमैथुनपछि अल्छी तथा निद्रा लाग्ने हुनाले अनिन्द्रालाई हटाउने यो सही उपाय हो खासगरी पुरुषहरुमा । किनकी हस्तमैथुनपछि उनीहरुमा यौन इच्छा हुँदैन र उनीहरुलाई निद्रा लाग्छ । ४. यसले शारीरिक तथा मनोवैज्ञानिक हिसाबले पनि रिल्याक्स महशुस हुन्छ । ५. विशेषज्ञहरुका अनुसार हस्तमैथुनबाट यौन सम्बन्ध निर्माण गर्ने मौका मिल्छ । यसले ति महिलाहरुलाई पनि मद्दत मिल्छ जसको सेक्स पार्टनर चाँडो स्खलित हुन्छन् ।
सप्तरीको जेल पुगेर बाबुराम भट्टराईले सोधे – ‘९५ वर्षका वृद्धलाई कुन कानुन अन्तर्गत थुनियो ?’
सप्तारी, पुस २४ । आफ्ना कार्यकर्तालाई भेट्न सप्तरीको जेल भ्रमण गर्न पुगेका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जेल व्यवस्थाप्रति कडा प्रतिक्रिया दिएका छन् । ‘सप्तरीको जेलमा कैदी जीवन विताइरहेका ९५ वर्षीय सुरी नारायण मण्डललाई कुन कानुनअन्तर्गत जेलमा थुनिएको हो ?’ भन्दै बाबुराम भट्टराईले नेपालका जेलहरु सुधार गृह नभएर अमानवीय यातना गृह जस्ता रहेको टिप्पणी गरे । baburam-4 dr-baburam baburam-3 Dr. Baburam in Saptari Prison आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले जेलको अवस्थाका बारेमा तस्वीरसमेत राखेका छन् । सप्तरीको जेलमा जनयुद्धकालीन मुद्दामा फसाइएका नयाँ शक्ति नेपालका युवा नेता अरूणकुमार साह (अनिल) लाई भेट्न डा. भट्टराई सप्तरी पुगेका हुन् ।
साउदीले फेरी १५० जनालाई फाँसी दिन सक्ने खुलासा
एजेन्सी । साउदी अरबले लगातार दोस्रो वर्षपनि १५० जनालाई फाँसी दिने भएको छ । मानवअधिकार संगठन रिप्रिवले यस विषयमा एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । साउदी अरबको गुप्त अदालत मार्फत दोषीहरुलाई सजाय दिने गरेको प्रतिवदेनमा उल्लेख छ । ड्रग्स, मानव तस्कर र राजनीतिक हत्या गर्ने दोषीलाई प्रमुख गुप्त अदालतमार्फत फाँसी दिने गरेको पाइएको छ । र यस्ता सुचनाहरु सार्वजनिक हुँदैनन् । यो वर्ष १५० जनालाई साउदी अरब सरकारले फाँसीको सजाय सुनाई सकेको छ । यसमध्ये कुनैलाई सजाय दिइसकेको छ भने केहीलाई दिन बाँकी छ । सन् २०१४ मा ८७ जनालाई फाँसीको सजाय सुनाएको थियो । साउदी अरबले केही समय अगाडी आफ्नै देशको राजकुमारलाई पनि एकजनाको हत्याको आरोपमा मृत्युदण्डको सजाय सुनाइसकेको छ । खाडी देशहरुमा फाँसी सजाय धेरै दिने गरिन्छ भने अर्कोतर्फ विश्वभरमा दुइतिहाइ देश यो कानुन हटाउने प्रक्रियामा छन् । युएसको १८ राज्यमा यो कानुन खारेज भएको छ । एशियाको बिभिन्न देशमा पनि यो प्रक्रिया अन्त्य गनुपर्ने बहस सुरु भएको छ । साउदी अरबले यो वर्ष आफ्नै देशको शाही खानदानको एक राजकुमार प्रिंस तुर्की बिन सऊद अल कबीर लाई फाँसीको सजाय दिएको थियो । यो एकदम दुर्लभ घटना हो ।
नेपालको पाँच विकेट पतन, २९ ओभरमा १२५ रन
काठमाडौं, मंसिर ३० । एसिसी यु–१९ एसिया कप क्रिकेटमा श्रीलङ्का विरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालले पाँच विकेट गुमाएर १२५ रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी अाधि खान र प्रकाश केसीले विष्पोटक व्याटिङ गरेपछि नेपाल खेलमा फर्केको थियो । तर प्रकाश एलविडब्लु धरापमा परेपछि नेपाल केही दबाबमा देखिएको छ । कोलम्बोमा भइरहेको खेलमा श्रीलङ्काले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले २७ ओभरको खेल सकिँदा ११२ रन बनाएको हो । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी र भरपर्दा व्याट्स्म्यान अविनाश कर्ण छन् । यसअघि आधि खान सर्वाधिक ३९ रन बनाएर पवेलिएन फर्केका थिए । नेपालका ओपनर सन्दीप सुनार एक रनमा पवेलिएन फर्कदा अर्का भरपर्दा व्याट्सम्यान आसिफ शेख पनि एक रनमा क्याच आउट हुन पुगे । यसअघि टस हारेर व्याटिङको निम्तो पाएको श्रीलङकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२७ रनको योगफल बनाएको थियो । नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। पवन सर्राफले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।