आदिवासी जनजाति पत्रकार महासंघको शाखा मलेसियामा

मलेसिया, वैशाख २० । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को शाखा मलेसियामा गठन हुने भएको छ।

६ मईका दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित द–फाइभ एलिमेन्ट होटेलमा आदिवासी जनजाती पत्रकार संघ मलेसिया गठन हुन लागेको हो ।

मलेसियामा रहेर पत्रकारिता गरि रहेका र पत्रकारिता गर्न इच्छुक नेपाली आदिवासी जनजाती युवा (युवतीहरु लाई एकजुट गरि आदिवासी जनजातिहरुको माग,मुद्दा र समाचारहरुलाई मुलधारका भनिएका संचारगृह र संचारकर्मीहरु द्वारा न्यायोचित स्थान नदिएको, स्थान दिई हाले पनि मुख्य मुद्दा र बिषयहरुलाई पाखा लगाइ अपुरो समाचार र सन्देशहरु मात्र प्रवाह भैरहेको हुदा आदिवासी जनजातिहरुको माग मुद्दा र गतिविधीहरुलाई प्रभावकारी रुपमा प्रवास बाटै सबै नेपालीहरु समक्ष पुर्‍याउन आदिवासी जनजातिहरुको छुट्टै संगठनको आवश्यकता महसुस गर्दै मलेसियामा पनि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसिया (फोनिज) शाखा गठन गर्न लागेको सम्योजकको भनाइ छ ।

प्रथम अधिवेशनको उद्घाटनमा नेपालबाट आदिवासी जनजाती पत्रकार महासंघका सङ्गठन सचीव मिलन लिम्बु र लिम्बुवान पत्रकार संघका अध्यक्ष देवेन्द्र खापुङको विशेष उपस्थिति रहने भएको छ ।

अधिबेशनको तयारी पूरा भैसकेको र मलेसियामा रहेका सम्पुर्ण संघसंस्था,तथा विभिन्न पार्टीका भातृ संगठनहरुलाई समेत पत्राचार गरि सकिएको अधिबेशनका सम्योजक तथा पत्रकार सुनाखरि मगर ले एभरेस्ट दैनिक लाई जानकारी दिएका छन ।

चर्चित बाल गायक आयुश केसीको धमाकेदार गीत सार्वजनिक !

काठमाडौं । नेपाली गीत–संगीतका किंग राई ईज किंग राजेश पायल राईले गाएको लोकप्रिय गीत ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’ लाई चर्चित बाल गायक आयुष केसीले भर्खरै आफ्नो सुमधुर स्वर दिएका छन । बहुचर्चित गीतकार दर्पण राईको शब्दले लिपीबद्ध रहेको उक्त गीत महेन्द्र राईको मृदु संगीतले लयबद्ध छ । उनको यो सुमधुर सुन्नका लागि तलको भिडियोमा क्लिक गर्नुहोस्–

बलिदानको आन्दोलनमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री पोखरेल

काठमाडौं, चैत्र २४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले बलिदानको आन्दोलनमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण भएको बताएका छन् । राज्यले अभिलम्वन गर्न खाजेको समाजवादी क्रान्तिमा स्वास्थ्यकर्मी खोज्नु पर्ने बताए ।  स्वास्थ्य क्षेत्रमा पश्चिमी चिकित्सा बुझ्ने परम्परा छ । तर नेपालको हिमाल, पहाड र तराईको भुभागको अवस्था हेर्दा हेरेर नेपाली पद्धतिको विकास स्वास्थ्य सेवाको विकास गर्न जरूरी रहेको मन्त्री पोखरेलको भनाइ छ । भर्खरै संसदबाट पारित भएको चिकित्सा विधेयकलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने तयारी भएको छ । यसमा ठूलो बहस हुने देखिन्छ । हामीले ल्याएका कैयन नयाँ र राम्रा कार्यक्रमको सही प्रचार गर्न सकेनौ । जसले गर्दा हामीले लक्षित वर्गलाई सेवा र राहत दिन सकेनौं । हामीले ल्याएको निशुल्क स्वास्थ्यदेखि सामाजिक न्यायमा आधारित बीमा कार्यक्रमको अरुले स्वामित्व लिए । तर यसलाई हामीले प्रचार र पूर्ण रुपमा लागु गर्ने समय पाएनौं । यी र यस्ता विषमा पनि स्वास्थ्यकर्मी संघले आज को एकता भेलामा छलफल आवश्यक गर्न आवश्यक छ । र आमनागरिकलाई सुलभ र सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रधान गर्न अग्रसर रहनु पर्छ । अब नेपालका लागि चिकित्सा क्षेत्रमा के कति जनशक्ति आवश्यक छ भन्ने आधारमा चिकित्सा शिक्षामा कुन कोर्ष कसरी र कति आवश्यक छ त्यही आधारमा के कति जनशक्तिको व्यवस्थापन गर्न मन्त्रालय तयार छ । नयाँ परिस्थितिमा सबै कुरामा परिवर्तन आवश्यक छ । सोही अनुरुप अब सीटीभीइटी पनि हिजोको जस्तो रहदैन । विकास र सम्बद्धिको यात्रामा अव हिजोको जस्तो सस्ता पसल खोलेर बजारमा बेरोजगार उत्पादन गर्ने शैक्षिक संस्था मान्य हुने छैनन् । राज्य र जनचाहाना अनुसार शैक्षिक संस्था र तालिम कैन्द्रका व्यवस्था गरिने छ । अहिले मुलुकमा ९३ प्रतिशत सामान्य शिक्षा र ७ प्रतिशत प्राविधिक शिक्षा छ । अब ७० प्रतिशत प्राविधिक शिक्षा लागु गर्ने दिशामा हामी जुट्ने छौं । अब हिजो जस्ता व्यापार गरेर सञ्चालक मालिक बन्ने तर विद्यार्थी बेरोजगार बन्ने होइन रोजगारी दिने शिक्षा आवश्यक छ । र सरकार र मन्त्रालय यस दिशामा सक्रिय रुपमा लाग्ने छ ।

नेपोलियनको सपना: समुद्रमुनि संसारकै लामो सुरुङमार्ग (६ तस्वीर)

काठमाडौं, भदौ २५ । ‘च्यानल टनेल’ विश्वको सबैभन्दा लामो सुरुङमार्ग हो । फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको उक्त सुरुङमार्ग ५० किलोमिटर लामो रहेको छ । करिव सय बर्ष लगाएर बनाइएको उक्त सुरुङमार्गको सपना नेपोलियन बोनापार्टले देखेका थिए । ‘बीबीसी’का अनुसार सुरुमा मोटर, कार तथा बसहरु आवतजावत गर्नको लागि सुरुङको परिकल्पना गरिएपनि सुरुङमार्ग बनेपछि सुरक्षाका कारणले अहिले रेलमात्रै गुड्ने गर्दछ । उक्त सुरुङमार्ग मार्फत हरेक बर्ष १६ लाख पटक रेल ओहोरदोहोर गर्दछन् भने करिव एक करोड यात्रुहरु बेलायत र फ्रान्सबीच आवतजावत गर्दछन् । सन् १८८० मा ‘यूरोटनेल’ नाम गरेको कम्पनिलाई उक्त सुरुङमार्ग बनाउन जिम्मा दिइएको थियो । तर, सुरुङ खन्ने काम भने आठ बर्षपछि सन् १८८० बाट भएको थियो । सुरुङमार्ग बनाउन थालेको एकसय बर्षपछि ‘यूरोटनेल’ कम्पनि सन् १९८० मा समुद्री सतह ‘इंग्लिस च्यानल’मुनिबाट बेलायतदेखि फ्रान्ससम्म सुरुङ छिचोल्न सफल भएका थिए । यूरोटनेलका प्रवक्ता जोन कीफका अनुसार सुरुङ खन्ने काम सकिएपछि बेलायतका तत्कालिन प्रधानमन्त्री मार्गरेट थ्याचरले सुरुंगमा सडक बनाउन चाहेकी थिइन् । तर, ५० किमि लामो उक्त सुरुङको बीचमा गाडी दुर्घटना तथा ट्राफिकजाम हुनेसक्ने र उद्धार गर्न कठिनाइलगायतका सुरक्षाका कारण रेलमात्र आवातजावत गर्न सकिनेगरी रेललिक बनाइएको थियो । प्रवक्ता कीफ पुर्व प्रधानमन्त्री थ्याचरको सपना कार जीप तथा बसहरु आरामका साथ आवातजावत गर्न सकिनेगरी लामो सुरुङमार्ग बनाउन धेरै मेहनत गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘त्यसको लागि कारको धुवाँ, दुर्घटना तथा ट्राफिकजाम न्यूनिकरण गर्नको लागि स्वचालित विद्युत्तिय बस तथा गाडीहरुको निर्माण हुनुपर्छ । त्यसको लागि अझै हामीले १० देखि १५ बर्ष कुनुपर्ने हुन्छ ।’

कतै कण्डम किन्दा यस्तो गल्ती त गर्नुहुन्न ?

‘साहुजी एक जोर जुत्ता दिनुस् त’ भन्दै तपार्इँ पसलबाट जुत्ताको प्याकेट लिएर फर्किनुहुन्छ त ? पक्कै पनि तपाईं पहिला साइज नाप्नुहुन्छ । ब्रान्ड जाँच्नुहुन्छ । चित्त बुझे अनिमात्रै जुत्ता किन्नुहुन्छ, हैन त ? त्यसो हो भने कण्डम नि ? के तपाईंले कण्डम किन्दा कहिल्यै जुत्ता वा अन्य कुनै वस्तु चेकजाँच गरेझैँ किन्नुभएको छ त ? पक्कै धेरै कमले मात्र त्यसो गर्नुभएको होला । राम्रो गुणस्तरको जुत्ता जसरी हिँड्दा आरामदायी हुन्छ, त्यसरी नै सही कण्डमको छनोट र प्रयोगले तपाईंको यौनसाथीसँगको सम्पर्क उत्तिकै आनन्दमय बनाउँछ । त्यसैले सहवासलाई कत्तिको सुरक्षित र सेक्सी बनाउने भन्ने कुरा तपाईंको सानो छनोटमा भर पर्दछ । नेपाली बजारमा दसौंथरी कण्डमहरू उपलब्ध छन् । सरकारी या संघसंस्थाहरूले पनि कण्डम उपलब्ध गराउने गरेका छन् । गुणस्तरीय कण्डमको सही प्रयोगले अनिच्छित गर्भ रहनबाट मात्रै जोगाउँदैन । एचआईभीको संक्रमण रोक्न पनि यसले भूमिका खेल्छ । सहवास गर्नुपूर्व लिङमा लगाइने कण्डमको फाइदा यत्तिमात्रै छैन । यसले कतिपय यौनरोगहरू, हेपाटाइटिस ‘सी’ लगायतका अन्य संक्रमणबाट समेत जोगाउँछ । जुत्ता किन लगाउने त ? नांगै हिंडे पनि त भइहाल्यो नि ! भन्नेहरूलाई तपाईं जे जवाफ दिनुहुन्छ, ठीक त्यही कुरा कण्डमको सन्दर्भमा पनि लागू हुन्छ । त्यसैले श्रीमान् श्रीमतीका बीच, यौनसाथीका बीच, जुनसुकै बेला पनि कण्डमको प्रयोग जरुरी हुन्छ । हो, कण्डमको प्रयोगबाट यौन आनन्द आउँदैन भन्ने गुनासाहरू पनि नसुनिएका होइनन् । माथि नै भनिसकियो, तपाईंले कण्डम छान्ने, कण्डमको प्रयोग गर्ने र यौन वातावरणको निर्माण गर्ने कुरामा सही निर्णय लिएर काम गर्नुभयो भने यसले तपाईंको सहवासलाई चरमसुखतर्फ लैजानेमा शंका गर्नुपर्दैन । कण्डमको गुणस्तरीयता तपाईंको छनोटको मुख्य आधार हुनुपर्छ । विडम्बना, नेपालमा कण्डमको गुणस्तर नाप्ने कुनै संयन्त्र छैन । औषधिहरूको गुणस्तरीयतालाई औषधि व्यवस्था विभागले नियन्त्रण गर्ने भए पनि कण्डमको गुणस्तर के कस्तो छ र यसमा आवश्यक सबै तत्वहरू छन् कि छैनन्, यसलाई प्याकेजिङ गर्नु अगाडि जाँच गरिएको छ कि छैन् अनि प्रयोग गरिएको रबर, सिलिकन, ल्युब या अन्य पदार्थहरू उपर्युक्त छन् कि छैनन्  भन्ने बारेमा नेपालमा जाँच हुँदैन । बजारमा पाइने सबै कण्डमहरू गुणस्तरीय नै छन् भनेर दाबी गर्न सकिँदैन । अमेरिकामा भने ल्याटेक्स (रबरबाट प्राप्त गरिने पदार्थ) कण्डम उत्पादकहरूले भने संघीय औषधि प्रशासन फेडरल ड्रग एडमिनिस्ट्रसनका मानकहरू पूरा गर्नै पर्दछ । यो भनेको कुनै एउटा ब्याजको कण्डम प्याकेज गर्नु अगाडि यो खराब अर्थात् डिफेक्ट छ कि छैन भनेर अनिवार्य विद्युतीय जाँच गरिनुपर्दछ । यसबाहेक औषधि प्रशासनले हरेक ब्याचका नमुनाहरूलाई यसमा प्वाल छ या छैन भनेर जाँचगर्दछ । हामीकहाँ अमेरिकामा उत्पादन हुने कण्डमहरू पनि बजारमा छन् । कतिपय कण्डमहरू भारतबाट आयात हुन्छन् । कुन कम्पनीको कण्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयमले यसमा सचेत हुनुपर्ने अवस्था छ । अनुदानमा बाँडिने कण्डमहरू कमिसनको कारण कमसल गुणस्तरको किनिने र उपभोक्ताहरूले प्रयोग गर्न नमान्ने गुनासाहरू बारम्बार आइरहने गर्छन् । विज्ञापन या बाहिरको खोल आकर्षक हुँदैमा भित्रको सामान राम्रो हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन । साइजको कुरा गर्दा कण्डमहरू औसत लिंगको साइजका आधारमा (४ इन्चदेखि ७ इन्चसम्म) निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कण्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कण्डम उपलब्ध छन् । कण्डमभित्र प्रयोग हुने ल्युब या जेली (चिल्लो पदार्थ) गुणस्तरीय कम्पनीको उत्पादनमा राम्रो खाले प्रयोग गरिएको हुन्छ । मुख मैथुनका लागि बिना जेल या चिल्लो भएका कण्डम पनि बनाइएका हुन्छन् । कण्डमबाहेक आफैंले अतिरिक्त ल्युब या चिल्लोपदार्थ प्रयोग गर्दा सबै खालको कण्डममा सबै किसिमको चिल्लो पदार्थ मेल नहुन सक्छ । कुनै कण्डमको बाहिर पातलो, डेटेड आदि इत्यादि लेखिएको हुन्छ । तर लेखिएअनुसार उक्त पातलो या मोटो कुन कण्डम कति प्रभावकारी हुन्छ  भन्ने कुनै अनुसन्धान नेपालमा भएको देखिँदैन । कण्डमको प्रयोग गर्दा मुख्य कुरा तपाईँले आफू र आफ्नो साथीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्नुपर्दछ । गुणस्तरीय कम्पनीको कण्डम किन्ने, यौन आनन्दलाई कण्डमसँग तुलना नगर्ने, यौन सम्पर्कको वातावरण आनन्दमय बनाउने, कण्डमको सही किसिमले प्रयोग गर्ने हो भने तपाईंको यौन जीवनमा कण्डमले उन्मादको आगोमा घिउको काम पक्कै गर्नेछ ।

गाई काटेको आरोपमा चार जना पक्राउ

कपिलवस्तु, चैत ११ । यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरै मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको हो । राना पक्राउ परेको एक दिनपछि गाई काट्नमा सहयोग गरेको भन्दै सोही गाउँबाट शनिबार अन्य तीन जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । शनिबार पक्राउ पर्नेमा कुमारी घर्ती, रामकुमारी घर्ती र कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिमबहादुर घमले जानकारी दिनुभयो । पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड

मोरङ, चैत १० । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक क्याम्पसले नयाँ विषय समावेश गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । आज उर्लाबारी बहुमुखी क्याम्पसको १८औँ क्याम्पससभा तथा ३०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सामुदायिक क्याम्पसले भौतिक पूर्वाधार तथा शैक्षिक र आर्थिक सुधार गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । हाल प्रदेश सरकार कानून निर्माण गर्ने चरणमा रहेको बताउनुहुँदै मुख्यमन्त्री राईले त्यसपछि नीति तथा कार्यक्रम र बजेट निर्माण गरेर अघि बढ्ने बताउनुभयो । प्रदेश नं १ पर्यटन, कृषि, धार्मिक, व्यापारलगायत सबै क्षेत्रमा अब्बल रहेको बताउँदै मुख्यमन्त्री राईले अब योजनाबद्ध रुपमा नयाँ पूर्वाधार खडा गरेर नमूना प्रदेश बनाउने उद्घोष गर्नुभयो । मुख्यमन्त्री राईले जनताले चाहेको समृद्धिको चाहना अब पूरा गर्नुको विकल्प नरहेको बताउनुहुँदै तीनवटै तहका सरकारबीच सहकार्य गरेर समृद्धि र विकासको बाटोमा अघि बढ्नुपर्छ भन्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने मानबहादुर फागो, गंगाप्रसाद बाँस्तोला, दुर्गाप्रसाद भट्टराई, जीवनाथ लुइँटेल, शिवप्रसाद ढकाल र तेजेन्द्र दुलाललाई सम्मान गरिएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख भीमप्रसाद लामिछानेले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

छड्केमा पुगेका गृहमन्त्री थापाले जव प्रहरी मेसमा खाना खाए…

काठमाडौं, चैत्र ७ । गृहमन्त्री रामबहादुर थापा बुधबार अचानक महानगरीय प्रहरी वृत्तअनामनगरको छड्के जाँच गरेका छन् । विना सूचना गृहमन्त्री आएपछि प्रहरी पनि वृत्तका प्रहरी झस्किए । गृहमन्त्री थापालाई वृत्तका प्रमुख डीएसपी अपिल बोहोराले बिफ्रिङ गरे । उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण गरेका थिए । विफ्रिङका क्रममा थापालाई बोहोराले प्रहरीको मेसमा पर्याए जहाँ प्रहरी हवल्दार कृष्णप्रसाद ओली, खड्क बहादुर थापा, प्रहरी जनाव चन्द्र देवकोटा लगायत खाना खाँदै थिए । गृहमन्त्रीलाई सामुन्नेमा देखपछि उनीहरु हतारहतार उठे । तर, थापाले बसेर खाना खान आग्रह गरे । त्यसपछि गृहमन्त्रीले डीएसपी बोहोरालाई भने खाना खानु पर्यो । हामीलाई पनि खाना पुग्छ ? गृहमन्त्रीले सोधेपछि उनले पुग्छ भने । गृहमन्त्री थापाले प्रहरी जवानसँगै बसेर मेसमा खाना खाए ।

ताप्लेजुङका १५२ विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित

ताप्लेजुङ, चैत ७ । ताप्लेजुङका १५२ जना विद्यार्थी यस वर्षको एसइई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका कारण उनीहरु यही चैत ८ गतेबाट सुरु हुने माध्यामिक तहको एसइई परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालयबाट परीक्षा आवेदन दिएका २,२३४ जनामध्ये १५२ जना अयोग्य ठहरिएको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिए । उनका अनुसार एक्जाम्टेडतर्फका ३१८ समेत गरि २,४०० परीक्षार्थी परीक्षामा सामेल हुनेछन् । यीमध्ये ५२ जना प्राविधिकतर्फका छन् । यस्तै जिल्ला कारागारमा रहेका एकजना कैदीसमेत परीक्षामा सामेल हुने जनाईएको छ । उनी भानुजन माविमा सञ्चालित खुल्ला विद्यालयका विद्यार्थी हुन् । परीक्षाका लागि जिल्लाभर १७ वटा केन्द्र निर्धारण गरिएको छ भने झण्डै २ सय बढी कर्मचारी परिक्षामा खटिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । परीक्षाका लागि सम्पुर्ण तयारी पुरा भएको समेत जिल्ला शिक्षा कार्यालयको भनाइ छ ।

इतिहासमा भारतले पहिलो पटक गल्ती स्वीकार्याे, एसएसबीद्वारा मारिएका नेपालीका परिवारलाई दियो क्षतिपूर्ती

काठमाडौं, चैत्र ६ । भारतीय सीमा सुरक्षा बल ( एसएसबी) को कुटपिटबाट मृत्यु भएका रौतहटका मुकुलराय यादवको परिवारलाई भारतीय सरकारले क्षतिपूर्ति दिने भएको छ । एसएसबीको कुटपिटबाट विसं २०६६ सालमा मृत्यु भएका यादवको परिवारलाई भारत सरकारले क्षतिपूर्ती स्वरुपम आठ लाख रुपैयाँ दिन लागेको हो । यसअघि उक्त घटनालाई भारतले स्वीकार गरेको थिएन । सीमा क्षेत्रमा एसएसबीको गतिविधिबाट नेपाली नागरिकको मानवअधिकार हनन भएको स्वीकार गर्दै भारत सरकारले क्षतिपूर्ति दिन तयारी भएको भने यो पहिलो घटना हो । भारतको राष्ट्रिय मानवअधिकार आयोगले उक्त घटनाबारे अनुसन्धान गरेपछि एसएसबीकै कुटाईबाट यादवको मृत्यु भएको निष्कर्ष निकालेको थियो । घटनास्थल अध्ययनपछि आयोगले एसएसबीबाट मानवअधिकार उल्लंघन गरेको निष्कर्ष निकाल्दै मृतक यादवको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन भारत सरकारलाई भनेको थियो । भारतीय मानवअधिकार आयोगले भारत सरकारलाई क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिइएको बताउँदै गत अक्टोबरमा नेपालको मानवअधिकार आयोगसँग पीडित परिवारको बैङ्क खाता उपलब्ध गराइदिन अनुरोध गरेको थियो । नेपाली आयोगका पदाधिकारीहरुले पीडितका आफन्तको बैंक खाता उपलब्ध गराएपछि भारत सरकारको गृह मन्त्रालयले नेपालस्थित भारतीय दूतावासलाई क्षतिपूर्ति उपलब्ध गराउन पत्र पठाएको जानकारी आयोगमा आएको राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।

रेणु दाहाललार्इ राजीनामा दिन विप्लव समुहकाे चेतावनी (पत्र सहित)

काठमाडौं, चैत ४ ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जिल्ला जनपरिषद (जनसत्ता) चितवनले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई पत्रमार्फत राजीनामा माग गरेकाे छ । शुक्रबार जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलले हस्तक्षर गरेको पत्र चितवनको भरतपुर महानगरपालिकाकी मेयर दाहाललाई सम्बोधन गरेर राजीना दिन पत्रमार्फत् चेतावनी दिएका हुन् । पत्रमा सरकारले लोकतन्त्रको नाममा फासिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छलीे, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरुको तीव्र बढिरहेकोप्रति असन्तुस्ट जनाउदै राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।

भारतमा सैन्य तालिम अनिवार्य गरिँदै, तालिम नलिए सरकारी जागिर नपाइने

नयाँदिल्ली । भारतीय सैनिक फोर्समा भइरहेको युवाको कमी न्यूनिकरण गर्न अनिवार्य सैन्य तालिमको प्रस्ताव गरिएको छ । भारतको एक संसदीय समितिले अनिवार्य सैन्य तालिमबारे कर्मचारी एवम् प्रशिक्षण विभागलाई पत्र लेखेको छ । भारतको सरकारी जागिरमा काम गर्न ५ वर्षे सैनिक तालिमलाई अनिवार्य गर्न पत्रमा सिफारिस गरिएको छ । कर्मचारी एवम् प्रशिक्षण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत पर्छ । अनिवार्य सैनिक तालिमबारे प्रस्ताव तयार गरेर केन्द्र सरकारलाई पठाउन संसदीय समितिले विभागलाई भनेको छ । भारतीय पत्रिका दैनिक भाष्करका अनुसार सरकारी जागिरका लागि सैनिक तालिम अनिवार्य गरिए सशस्त्र सेनामा देखिएको युवाको कमीलाई पूरा गर्न सकिने छ । भारतको केन्द्र सरकारमा ३० लाख र प्रदेश सरकारमा २ करोड कर्मचारी कर्मचारी रहेका छन् । सैनिक तालिमले कर्मचारीमा अनुशासन बढाउने समेत दावी गरिएको छ । कर्मचारी एवम् प्रशिक्षण विभाग नै केन्द्र सरकारका लागि कर्मचारी सम्बन्धी नियम बनाउने विभाग हो । संसदीय समितिले यो प्रस्ताव रक्षा मन्त्रालयलाई समेत पठाएको छ । भारतीय सेनामा मात्रै हाल ७ हजार अधिकृत र २० हजार सेनाको कमी छ । वायुसेनामा १ सय ५० अधिकृत र १५ हजार सेनाको कमी छ । भारतीय जलसेनामा समेत १ सय ५० अधिकृत र १५ हजार सेनाको कमी रहेको समाचारमा उल्लेख छ । भारतको केन्द्र सरकारमा ३० लाख र प्रदेश सरकारमा २ करोड कर्मचारी कर्मचारी रहेका छन् । संसदीय समितिले सिफारिस कार्यान्वयनमा आए सेनामा देखिएको अधिकृत र सेनाको कमी पूरा हुनेछ । सैनिक तालिमले कर्मचारीमा अनुशासन बढाउने समेत दावी गरिएको छ ।

माअाेवादी स‌ंसदीय दलकाे नेतामा रामचन्द्र मण्डल निर्वाचित

काठमाडाैं, फागुन ३० । नेकपा माओवादी केन्द्र  प्रदेश नम्बर २ को संसदीय दलको नेतामा धनुषाका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । बुधबार  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न निर्वाचनबाट मण्डल निर्वाचित भएका छन् । मण्डलले ७ मत पाए भने प्रतिद्वन्दी भरत साहले मात्र ४ मत पाए । संसदीय दलको नेता छान्न जनकपुरमा सहमति जुटन नसकेपछि पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा मतदान भएकाे हाे । राष्ट्रतिको चुनावमा भोट हाल्न काठमाडौं गएको मौकामा संसदीय दलको नेता चयनको निर्वाचन राजधानीमा भएको हाे ।

बजारमा सुनचाँदीको मूल्य कतिले बढ्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । मंगलबार बजारमा सुनको मूल्य ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सुनको मूल्य बढेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार चाँदी मूल्य ५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा बुधबार चाँदीको मूल्य बढेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुष्कल र सुशीलाको लाेकदाेहाेरी ‘अन्तिम सास’ को भिडियो सार्वजनिक

काठमाडौं, फागुन २१ । पाल्पा श्रीनगर म्युजिक प्रालिको बजार ब्यबस्थापनमा झबिन शाही र धनराज गुरुङको प्रस्तुति ‘अन्तिम सास’ आजै मात्रै युटुबमा सार्बजनिक भएको छ । पुष्कल शर्मा र सुशीला मगरको स्वरमा रहेको गीतमा पनि गायक शर्माले पहिले बजारमा ल्याए जस्तै मर्ने र बिष खाने जस्ता शब्द हरुले भरिएकाछ्न । अर्घाखाँचीको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको निर्माण सौगात फिल्म्सले गरेको छ भने निर्देशन तथा छायांकन सन्तोष शर्माले गरेका छन् । दुर्गा खनाल, शिला बिक र नारायण थापाले अभिनय गरेको भिडियोको सम्पादन बिष्णु भट्टराईले गरेका छन । मार्मिक शब्दहरुले भरिएको गीतको लय टुक सारु मगरले गरेका छन् ।

४७ कम्पनीले १० अर्ब बढी बोनस दिने

काठमाडौं, फागुन १७ । विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर घोषणा गर्दै जानकारी गराउने क्रमसमेत बढेको बोर्डले जनाएको छ । बोर्डका अनुसार आठ वटा विकास बैंक, पाँच फाइनान्स, नौ माइक्रो फाइनान्स, छ वाणिज्य बैंक, दुई होटल, चार जलविद्युत् कम्पनी र दुई अन्य समूहका उद्योग तथा प्रतिष्ठानले बोनस शेयर उपलब्ध गराउने घोषणा गरेका छन् । आव २०७३÷७४ मा गरेको नाफाका आधारमा ती संस्थाले शेयरधनीलाई बोनस उपलब्ध गराउने घोषणा गर्दै नियमक निकायलाई जानकारी गराएका हुन् । बोनस घोषणा गर्नेमा सबैभन्दा अग्रस्थानमा राष्ट्रिय बीमा संस्थान कम्पनी लिमिटेड रहेको छ । सो कम्पनीले शेयरधनीलाई ११४ प्रतिशत बोनस दिने घोषणा गरेको छ । सांग्रिला विकास बैंकले १६ प्रतिशत, भार्गव विकास बैंकले २०, मिशन डेभलपमेन्ट बैंकले ११, वेस्टर्नले १०, काबेलीले २०, एक्सेलले ३० तथा कालिकाले १० प्रतिशत बोनस बाँड्ने घोषणा गरेका छन् । मेगा बैंकसँग एकीकृत भएको टुरिजम डेभलपमेन्ट बैंकले बोनस घोषणा गरे पनि उपलब्ध गराएन । यस्तै, वाणिज्य बैंकहरुमा नबिल बैंकले ३० प्रतिशत तथा लक्ष्मी र ग्लोबल आइएमई बैंकले समान १० प्रतिशत बोनस दिने घोषणा गरेका छन् । सानिमा बैंकले १६ प्रतिशत, एनआइसी एशियाले २० र लक्ष्मी बैंकले १८ दशमलव २९ प्रतिशत बोनस दिने घोषणा गरेका छन् । लक्ष्मी बैंकले अघिल्लो आवको समेत बोनस उपलब्ध गराउने घोषणा गरेको हो । यस्तै, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले बोनस उपलब्ध गराउने जानकारी गराए पनि कति प्रतिशत बोनस दिने उल्लेख गरेको छैन । आइसिएफसी फाइनान्सले २० प्रतिशत, सेती फाइनान्सले नौ, मल्टीपर्पोज फाइनान्सले अघिल्लो आवको १२ तथा आव २०७३÷७४ को नाफाबाट १५ प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यसैगरी, स्वरोजगार लघुवित्तीय विकास बैंकले १६ दहमलव ६६ प्रतिशत, लक्ष्मी लघुवित्तले १०, ग्लोबल आइएमई लघुवित्तीय संस्थाले २०, छिमेकी लघुवित्तीय संस्थाले १९ दशमलव ८९, मेरो माइक्रो फाइनान्सले ३०, नवउत्थान सामुदायिक लघुवित्तीय संस्थाको २०, कालिका माइक्रो क्रेडिटको ६५, फस्ट माइक्रोफाइनान्सले १५ तथा मेरो माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् । जलविद्युत्तर्फ ङादी जलविद्युत् कम्पनीले १० प्रतिशत, अरुण भ्याली हाइड्रो पावर कम्पनीले १०, बरुण हाइड्रो पावरले पाँच र चिलिमे जलविद्युत् कम्पनीले १५ प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् । होटलतर्फ ओरियन्टल होटलले १८ प्रतिशत र सोल्टीले १५ प्रतिशत बोनस आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । अन्य समूहमा रहेका नागरिक लगानी कोषले २१ प्रतिशत र साल्ट टे«डिङ कर्पोरेशनले २० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् । बीमा समूहमा भने लाइफ इन्स्योरेन्स कम्पनीले २४ प्रतिशत, गुराँस लाइफले आठ, नेशनल लाइफ इन्स्योरेन्सले पाँच, राष्ट्रिय बीमा संस्थानले ११४, नेपाल इन्स्योरेन्स कम्पनीले पाँच, प्राइम लाइफले २५, नेको इन्स्योरेन्सले १०, प्रभु इन्स्योरेन्सले १९, सूर्य लाइफले १०, सिद्धार्थ इन्स्योरेन्सले २० तथा फ्रडेन्टियल इन्स्योरेन्सले २० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् ।