लघुकथा: तुहिएको आस्था
गनिन्द्र “बिबश”
मोवाईलको स्क्रिनभरी ‘शुभयात्रा’ लेखिएको एसएमएस आउने क्रम रोकिएको छैन । विदाईको क्षण शुभेच्छुक मित्रहरुको सन्देशहरु थपिदै छ ।
श्यामे तीन बर्ष साउदी अरवमा बस्दा भोगेका तिता–मिठा भोगाईहरु बिर्सेर गाउँघरको सम्झनाले तानिदै थियो । दाह्री जुँगा फालेर चाउरिएको गालामा क्रिम दल्दादल्दै सम्झिएको थियो, आहा ! त्यो मंसीर पुषको कठ्याग्रिदो जाडो अनि मेरी कालेकी आमा ।’
घुंग्रिएको कपालमा जेल घस्दाघस्दै कम्पनीको गाडी आईपुग्यो । झोला गुन्टाहरु चढाएर एयरपोर्ट लाग्यो श्यामे । बोर्डिङ्ग पास लिएर सामान बुझाएपछि उ नेपाल रमनाका लागि उड्यो ।
रत्नपार्क क्षेत्रको विशाल जुलुस, भिड, ब्यानर, तुल, झण्डा ईत्यादी देखेपछि भने श्यामेलाई नेपाल आईपुगेछु भने पक्का भयो । र, खुशीहुदै नियालेर चारैतिर हे¥यो । उफ अझै उस्तै खोई त परिवर्तन ? मुख बिगार्दै मन कुडायो । काठमण्डौ उत्रिएकै साँझ उ घर पुग्ने सुरमा बाटो लाग्यो, बस चढेर । मध्यराततिर हर्षको फोहरा छर्दै श्याम घर पुग्यो । उसको आगमनमा स–परिवार उठे । छोरा काले उसलाई हेरेर बिरानो मान्दै हजुर आमा सँग टाँसिएर बस्यो । स्वागतार्थ उभिएका सबैजनामाथि उसले एकपल्ट नजर डुलायो । कालेकी आमा नजरमा नपरेसी श्यामेले आमालाई सोध्यो, आमा खोई त कालेकी आमा ? देख्दिन नि ?
श्यामेको सोधाईले आमा झस्की । सोधी, हँ भेट भएन र ? तँलाई लिन भनेर हिडेकी थिई । तीन दिन भयो अरु पनि काम छ भन्थी उतै भुलियो कि ?
केही दिन अघिदेखि श्यामले फोन सम्पर्क गर्दा कम्प्युटरले कालेकी आमाको फोन स्विचअफ भएको संकेत दिएको थियो । त्यतिबेलै श्यामेको मन काँडाले घाचिदै थियो । तत्कालै एनटिसीको सीम फेरेर उसले नम्बर डायल गर्यो । लामो घण्टी पछि बल्ल फोन रिसिभ भयो । ‘कालेकी आमा हो ? भनेको सुन्ने बित्तिकै स्पष्ट नसुनिएको ढोंग गर्दै हेल्लो…हेल्लो…गरी ।
उतीखेरै वयस्क मोटो पुरुष स्वर पनि सुनियो, ‘आच्छु छुछुछु सिरकबाट चिसो छि¥यो हौ, तिघ्रा लेऊ न यता । यो मध्यरातमा फोन गर्ने को हो हँ ?’फोन काटियो । फेरी डायल गर्दा कम्प्युटरले स्विचअफको संकेत दियो । श्यामे आकासबाट खस्यो, स्वास्नी माथिको प्रेम र आस्था तुहिएको थाहा पाएर ।
खुल्ने भयो सृष्टिको रहस्य; नासाको यान पहिलोपल्ट अन्तरिक्ष बाहिर
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेंसी नासाको महत्वाकांक्षी अन्तरिक्ष यान ‘न्यू होराइजन्स’ ब्रह्माण्डको सीमा बाहिर पुगिसकेको बताइएको छ । एक जनवरीका दिन नेपाली समय अनुसार बिहान ११ बजेर १८ मिनेटमा उक्त यानले सौरमंडलको बाहिरी भाग ‘कुइपर बेल्ट’मा स्थित अल्टिमा थुले नामक आकाशीय पिण्डको छेउबाट सकुशल बाहिर निस्केको नसाले बताएको छ । यान उक्त समय पृथ्वीबाट ६.५ अर्ब किलोमिटर टाढा पुगेको र त्यसले पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क स्थापित गरेको समेत बताइएको छ । यानले त्यहाबाट केही तस्बिरहरू समेत पठाएको बताइएको छ । न्यु होराइजन्सले अन्तरिक्षको पल्लो कुनाबाट पठाएको रेडियो सन्देश स्पेनको म्याड्रिडमा राखिएका नासाका विशेष एन्टेनाहरूले समातेका थिए । यस रेडियो संदेशलाई अल्टिमाबाट पृथ्वीसम्म पुग्न ६ घण्टा ८ मिनेट लागेको बताइएको छ । संकेत प्राप्त हुनासाथ जोन्स होपकिन्स विश्वविद्यालयको प्रयोगशालामा उत्सव मनाइएको थियो । के हो कुइपर बेल्ट? सौर मंडलमा सूर्यको प्रकाश नगण्य मात्रामा मात्र पुग्ने भागलाई कुइपर बेल्ट भन्ने गरिन्छ । यम ग्रह यसै क्षेत्रमा पर्दछ । यो क्षेत्रमा रहेका आकाशीय पिण्डहरू जमेको अवस्थामा रहेका छन् । यस क्षेत्रमा अर्बौंको सङ्ख्यामा ससाना पिण्डहरू रहेको बताइन्छ । साह्रै कम तापमान रहेको यस क्षेत्रमा सूर्यको प्रकाश नगण्य मात्रामा पुग्ने हुँदा रासायनिक प्रतिक्रिया समेत नगण्य मात्रामै हुने वैज्ञानिकहरू बताउँछन् । वैज्ञानिकहरूका अनुसार यी पिण्डहरूमा रासायनिक अभिक्रिया नभएकाले तत्वहरू आफ्नो मूल रुपमा नै रहेका छन् । यसबाट उनीहरूलाई तत्वहरूको आरम्भिक स्थितिबारे पत्ता लाग्नेछ । अन्तरिक्षमा मह विष्फोट अर्थात बिगब्याङको आकाशीय परिघट्ना हुनु पहिले तत्वहरूको अवस्था केकस्तो थियो भन्ने कुरा त्यहाँ अवस्थित तत्वहरूको अध्ययनबाट थाहा हुनसक्ने वैज्ञानिकहरू बताउँछन् । सृष्टिको रहस्य खुल्ने सम्भावना यस परियोजनासँग जोडिएका भारतीय वैज्ञानिक श्याम भास्करनका अनुसार अल्टिमा थुलेको खोजले सौर्यमण्डलको उत्पत्तिका रहस्य खोल्नेछ । सौर्य मण्डल बाहिर पुगेको यो नै पहिलो अन्तरिक्ष मिसन भएको बताइन्छ । अल्टिमा थूले ल्याटिन भाषाको एउटा उखान हो । यसको अर्थ संसारले थाहा नपाएको कुरा भन्ने हुन्छ । वैज्ञानिकहरूका अनुसार सौर्रीमण्डलका आठ ग्रहहरूभन्दा पर रहेको विराट र अत्यधिक चिसो स्थानमा नै साढे चार अर्ब वर्ष अगाडि सौर्यमण्डल लगायत पृथ्वीको सृष्टि कसरी भयो भन्ने कुराको रहस्य लुकेको छ । यस मिसनले सेप्टेम्बर २०२० मा अर्को तस्बिर पठाउनेछ ।
सञ्चिता शाहीको मायाको किन ‘उडायो पछयौरी’ भिडियो सार्बजनिक
पछिल्लो समयमा ब्यापक चर्चामा रहेको प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा दुर्गा शाहीको लोकदोहोरी सौगात गायक प्रवीण घर्तीमगर र गायिका जमुना रानाको आवाजमा ‘उडायो पछयौरी’ गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गा शाहीको शब्द सिर्जनामा रहेको गीतमा मायालुको यादमा सताएको कुरालाई गीतमा समेटिएको छ । आफनी प्रेमीकालाई विर्सन नसक्ने कुरा गीतमा पोखिएको छ । आफनो माया निकै गाढा रहेको कुरा गायकले बताएका छन । केशव गाहा मगरको गीतमा लय सिर्जना रहेको छ । बासु न्यौपानेको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म बमोजिमको भूमिका सञ्चिता शाही र सुरज रावलको अभिनय रहेको छ । ‘उडायौ पछ्यौरी’ गीतको भिडियो हेर्नुहोस्–
गायक पुष्कल शर्माको आइटम गीत ‘मेरो आँखा‘ को भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं, पुस १५ । झझल्को म्युजिक प्रालिको प्रस्तुतिमा नेपाली लोकदोहोरी गीतमा वियोगान्त ल्याएर सर्वाधिक दर्शक तथा स्रोताको नजरमा रहेका गायक पुष्कल शर्मा र गायिका विष्णु परियारको आवाजमा सजिएको ‘मेरो आँखा’ बोलको गीत सार्वजनिक भएको छ । धेरै रोमान्टिक गीतलाई आमदर्शक माझमा निकै समयपछि बजारमा ल्याउँदा निकै खुशी लागेको गायक पुष्कलले बताए । आफ्नो सिर्जना पस्किएर असङख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल सर्जक रामु सुवेदीको शब्द तथा बहुमुखी प्रतिभाका धनि दिलिप रेग्मीको गीतमा लय सिर्जना रहेको छ । यस गीतको म्युजिक भिडियोमा शुत्र लामा, राज मगर, डेनिसा खड्का र शर्मिला मगरको रोमाञ्चक अभिनयसहित नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन नरेन श्रेष्ठ, छायांकन मरुभुमी नारायण र सम्पादन रोशन धितालले गरेका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोला–
विश्वका सर्वाधिक कामुक १० महिलाको सूचीमा को–को ?
काठमाडौं । सौन्दर्य र महिला एकअर्काका पूरक हुन् । आफूलाई सुन्दर देखाउन महिलाहरूले प्राचीनकालदेखि नै अनेकौं उपाय अपनाउँदै आएका छन् । उनीहरूकले आफ्नो सुन्दरताका लागि खर्च पनि खुलेर गर्ने गर्छन् । महिलाहरूको सौन्दर्यसम्बन्धी पूर्वी तथा पाश्चात्य मान्यतामा केही भिन्नता छ । तैपनि आफ्नो रूप र यौवनले पुरुषहरूलाई आकर्षित गर्ने क्षमता भएका महिलाहरू नै सबैको नजरमा पर्छन् । अनुहार तथा शरीरको बनोटबाहेक हाउभाउ तथा कामकलाका कारण पनि महिलाहरूको सौन्दर्यको मापन गरिँदै आएको छ । यसै सन्दर्भमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आधारमा सर्वाधिक कामुक महिलाहरूको सूची यस्तो छ: १. टुलिसा कोन्टोस्टाभ्लोस कामुक महिलाहरूको यो सूचीमा पहिलो पटक सोभलै पहिलो स्थानमा देखिएकी टुलिसा कोन्टोस्टाभ्लोस बेलायती मुलकी गायिका तथा गीतकार हुन् । उनी टेलिभिजन सिरियलहरुमा अभिनयसमेत गर्छिन् । सन् १९८८ मा जन्मिएकी टुलिसा डेभिड किंगसँग लिभ इल रिलेसनमा छिन् । २. चेरी कोल यो सूचीको दोस्रो स्थानमा सन् १९८३ मा जन्मिएकी चेरी कोल छिन् । उनी गायिका, गीतकार तथा टेलिभिजन अभिनेत्री हुन् । विगत २ वर्षयता यो सूचीबाट हराएकी चेरी कोल यो वर्ष फेरि फर्किएकी हुन् । जिन बनान्ड फनौन्डेजसँग २ वर्ष (सन् २१४–१६) मा फुटबल खेलाडी एस्ले कोलसँग ४ वर्ष (सन् २००६–१०) लिभ इन रिलेसनमा रहिसकेी कोलका एक छोरा छन् । ३. रिहान्ना कामुक महिलाहरुको यो सूचीको तेस्रो स्थानमा पप गायिका रोबिन रिहान्ना छिन् । उनी पनि यो सूचीमा एक वर्षपछि फर्किएकी हुन् । सन् १९८८ मा बार्बाडोजमा जन्मिएकी रिहान्ना चलचित्र तथा टेलिभिजन शोहरुमा समेत अभिनय गर्छिन् । अमेरिकी संगीत व्यवसायी इभान रोजरसँग पारपाचुके गरेकी रिहान्ना अहिले सिंगल छिन् । ४. रोजी जोन्स सन् १९९० बेलायतमा जन्मिएकी रोजी जोन्स ग्लामरस मोडल हुन् । कामुक महिलाहरुको यो सूचीमा पहिलोपटक चौथो स्थानमा देखा परेकी रोजी जोन्स विशेषगरी पुरुषहरुसँग समबिन्धत लाइफस्टाइल म्यागजिनहरुमा प्रकाशित हुने आफ्ना तस्बिरका कारण चर्चित छिन् । ५. जर्जिया साल्पा सन् १९८५ मा ग्रीसमा जन्मिएकी आइरिस मूलकी जर्जिया साल्पा पनि ग्लामरस मोडल हुन् । कामुक महिलाहरुको यो सूचीमा पहिलो पटक पाँचौं स्थानमा देखा परेकी जर्जिया जो पेन्नासँग विवाहित छिन् । ६. केटी पेरी खास नाम क्याथरिन एलिजाबेथ भए पनि प्रोफेसनल संसारमा केटी पेरीका नामले चर्चित यी अमेरिकी गायिका कामुक महिलाहरुको यो सूचीमा एकपटक फेरि फर्किएकी हुन् । यो सूचीको छटौं नम्बरमा रहेकी केटी पेरीको जन्म सन् १९८४ मा भएको थियो । उनी रसेल ब्रान्ड (सन् २०१०–१२) सँग विवाहित भए पनि हाल सिंगल छिन् । ७. मेगन फक्स अलिउड मेगन फक्स यो सूचीको सातौं स्थानमा छिन् । सन् १९८६ मे १६ मा जन्मिएकी फक्स ब्रायन अस्टिन ग्रिनसँग विवाहित छिन् । ३ सन्तानकी आमा फक्सले चलचित्रको तुलामा टेलिभिजन शोमार्फत बढी लोकप्रियता आर्जन गरेकी छिन् । ८. केली हेजन सन् १९८६ मा जन्मिएकी ग्ल्यामर मोडल केली हेजन कामुक महिलाहरुको यो सूचीको आठौं स्थानमा छिन् । खासगरी पेज थ्री इभेन्टहरुमा लोप्रिय हेजल अहिलेसम्म अविवाहित नै छिन् । ९. मिला कुनिज सर्वाधिक कामुक महिलाको नवौं स्थानमा हलिउड अभिनेत्री मिलेना मार्कोभ्ना मिला कुनिस छिन् । उनी यो सूचीमा २ वर्षपछि फर्किएकी हुन् । सन् १९८३ अगस्त १४ मा जन्मिएकी कुनिस हलिउड अभिनेता एस्टोन कुुचरसँग विवाहित छिन् । उनका २ छोरा छन् । १०. एमिली अटाक कामुक महिलाहरुको यो सूचीको दसौं स्थानमा हालसम्म अविवाहित हलिउड अभिनेत्री एमिला जेन अटाक छिन् । सन् १९९९ मा जन्मिएकी एमिली अटाक टेलिभिजन सिरियलमा आफ्नो अभिनयका कारण चर्चामा आइरहन्छिन् । उनकी दिदी मार्था अटाक तथा दाजु जर्ज आटकसमेतथ अभिनय पेसामै छन् । साप्ताहिकबाट साभार
चिसो बढेसँगै विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
कावासोती, पुस १३ । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा रहेको नेपाल धर्ती आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नगरपालिकाको पहाडी क्षेत्रमा रहेको सो विद्यालयमा अध्यनरत ७० विद्यार्थीलाई स्वीटर, टोपीजस्ता न्यानो कपडा वितरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले जानकारी दिए । जाडोयाममा आधारभूत तहका विद्यार्थी न्यानो कपडा नहुँदा विद्यालयमा उपस्थित हुन अप्ठ्यारो परेको र पठनपाठनमा प्रभाव परेकाले विभिन्न दातासँग सहयोग सङ्कलन गरी न्यानो कपडा वितरण गरिएको महासचिव शर्माले जानकारी दिए । नगरपालिकाको बन्दीपुर, हर्खपुर, ढवाहा, पाटीश्वारा र मौलाथुम्कीका पाँच गाउँमा यो एउटा मात्र आधारभूत तहको विद्यालय रहेको छ । आधारभूत तहको अध्ययनपश्चात् यहाँका विद्यार्थी माध्यामिक तहको अध्ययन गर्न दुई घण्टाको पैदलयात्रा गरी सकला मावि केउरेनी तथा भीमसेन मावि रामवास पुग्नुपर्ने बाध्यता रहेको छ । लागुऔषधसहित दुई युवा पक्राउ प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नयाँबेलहानी, दुम्कीबास नवलपरासीले लागुऔषधसहित नवलपरासी सरावल गाउँपालिका–७ निवासी २१ वर्षीय इमामुद्दिन अलि र गैँडाकोट नगरपालिका–२ निवासी २० वर्षीय मञ्जित क्षेत्रीलाई लागुऔषधसहित प्रक्राउ गरेको हो। बिहीबार साँझ पक्राउ परेका उनीहरुको साथबाट स्पासोरिड २५२ ट्याब्लेट, नाइट्रोभेट २८७ ट्याब्लेट, इप्पल ६८, फेनेरागन ६८ र डाइजापाम ६८ एम्पुल, ज्लेनाकफ सय मिलीलिटरको दुई बोतल बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई लागुपदार्थ ओसारपसार असभयोगमा मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस
आमाले सहयोग नगर्नु भएको भए भारतको गल्लीमा भाँडा माझिरहेको हुन्थेः रवि ओड
काठमाडौं, पुष १२ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका रवि ओड गत शनिबार नेपाल आइडलको दोस्रो संस्करणका विजेता बने। पुरस्कारस्वरूप उनले २२ लाख रुपैयाँ र एउटा होन्डा डब्ल्यूआरभी कार हात पारे। उनी ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्छन्। शिव परियार, सुगम पोखरेल र हेमन्त रानालाई आदर्श मान्ने रविसँग सृजना खड्काले खुलस्त संवाद गरेकी छिन्। नेपाल आइडलको दोस्रो सिजनको विजेता बन्छु भन्ने लागेको थियो कि थिएन ? अडिसन पार गरेपछि सांगीतिक क्षेत्रमै आफ्नो जीवन अगाडि बढाउँछु भन्ने सोचिसकेको थिएँ। तर, आइडल नै बन्छु भनेर चाहिँ सोचेको थिइनँ। सपना हो कि विपना जस्तो भइरहेको छ। आइडल विजेताको घोषणा भइरहँदा स्क्रिनमा आफ्नो फोटो देख्दा कस्तो लाग्यो ? सुरुमा थर्ड रनरअपको फोटो स्क्रिनमा आयो। त्यो फोटो अस्मिताको थियो। बाँकी हामी तीन जना थियौं। फस्ट, सेकेन्ड र थर्डमध्ये एक भएछु भन्ने लाग्यो। तर, मुटु कामिरहेको थियो। सेकेन्ड रनरअपमा सुमितको नाम आयो। विक्रम दाइ र म बाँकी भयौँ। त्यसपछि फस्ट र सेकेन्डमा एउटा भएछु भनेर ढुक्क भएँ। डर हरायो। फस्ट र सेकेन्ड जे भए पनि म खुशी थिएँ। विजेताको रूपमा स्क्रिनमा आफ्नो फोटो आउँदा त खुशीको सीमा नै रहेन। भावुक भएँ। भोट गरी मलाई जिताउने सबैलाई मनमनै धन्यवाद दिएँ। आइडल सकिएपछि भारतको सुरतमा बस्दै आउनुभएका तपाईंको बुबालाई पनि फूलमाला लगाएर सम्मान गरियो भन्ने समाचार आइरहेका छन्, यो सुन्दा कस्तो लागिरहेको छ ? एकदमै खुशी छु। बुबालाई नेपाल आइडलको स्टेजमा ल्याउने मेरो ठूलो धोको थियो। तर, त्यो सम्भव भएन। वाचम्यानको काम गर्ने भएकाले उहाँले छुट्टी पाउनुभएन। आइडल जितेपछि सुरुमा बुबासँग नै फोनमा कुरा गरेँ। फोन गर्दा उहाँ रोइरहनुभएको थियो। त्यही बेला बुबालाई त्यहाँ साथीहरूले सम्मान गरिरहेका थिए। ‘‘तेरो छोरो हल्लेर हिँड्छ’ भनेर सुनाउनेहरूलाई तैँले गरेर देखाइस्’ भन्नुभयो। घरको जेठो छोरो भएकाले परिवारलाई यसले केही गर्ला भन्ने आश थियो। आफूसँगैको साथीहरू काम गरेर घरमा पैसा पठाएको देख्दा मलाई पनि नरमाइलो लाग्थ्यो। बुबाको १० हजार भारुले चार जनाको पढाइ र घरखर्च चलाउनुपथ्र्यो। अब त्यो अवस्था रहेन। आमा त फाइनल हेर्न काठमाडौं आउनुभएको थियो नि हैन ? हो, आउनुभएको थियो। मैले जितिसकेपछि आमा पनि स्टेजमा आउनुभएको थियो। उहाँलाई त्यहाँ के भइरहेको छ, केही थाहा थिएन। उहाँलाई अंगालो हालेर मैले ‘मैले जितेँ’ भनेँ। उहाँलाई के जित्यो, के जित्यो भएको थियो। उहाँलाई नेपाली बोल्न आउँदैन। नेपाल आइडल के हो ? उहाँलाई थाहा छैन। उहाँ मेरी दोस्री आमा हो। कान्छो भाइ तीन महिनाको हुँदा हाम्री आमा बित्नुभयो। हामी चार जनालाई उहाँले आफ्नै सन्तानजस्तै हुर्काउनुभयो। सबैका दोस्री आमा खराब हुँदैनन्। उहाँले मलाई सपोर्ट नगर्नुभएको भए आज म भारतको कुन गल्लीमा भाँडा माझिरहेको हुन्थेँ। अन्नपूर्ण पोस्ट् दैनिकबाट
जिल्ला शिक्षा कार्यालय अब संघीय मन्त्रालय अन्तर्गत
काठमाडौं, पुष ११ । प्रमुख जिल्ला अधिकारी मातहत रहेका शिक्षा विकास तथा समन्वय इकाइ अब संघीय शिक्षा मन्त्रालय अन्र्तगत शिक्षा विकास कार्यालयका नाममा रहने भएका छन् । नौ महिना अघि भएको उक्त ब्यवस्था सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उल्ट्याएको हो । संघीयतासंगै सरकारले गत चैत २७ गते तत्कालिन जिल्ला शिक्षा कार्यालयलाई सिडियो मातहत राख्ने निर्णय गरेको थियो । शिक्षाका कार्यालय प्रशासन अन्र्तगत राख्दा अमिल्दो देखिएको भन्दै बढ्दो गुनासो सम्बोधन गर्न आफूहरुले उक्त प्रस्ताव मन्त्रीपरिषद्मा लगेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक जना उच्च कर्मचारीले जानकारी दिए । निर्णय परिपक्क भएर सार्वजनिक भएको त छैन, तर अब जिल्लाका इकाइलाई सिधै संघीय मन्त्रालय अन्र्तगत रहने गरी जिल्लामा सानो आकारको संरचना राख्ने निर्णय भएको छ, ती कर्मचारीले भने, ‘पहिलेका जिशिकाले गर्दै आएका काम गर्न साविकका इकाइकै आकारमा जनशक्ति रहने प्रस्ताव गरिएको छ ।’ संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरेपछि जिल्ला शिक्षा कार्यालयले गर्दै आएका काम स्वतः आफू मातहत हुने स्थानीय सरकारका जनप्रतिनिधिको तर्क थियो । तर, सरकारले शिक्षकका विवरण लगायतका तथ्याङ्क जिशिकामा रहेको भन्दै सिडियो मातहत भए पनि राख्ने निर्णय गरेको थियो । उक्त निर्णय पछि संघीय सरकारले स्थानीय सरकारलाई ‘कम आँकेर’ बन्दुक मातहत कलम राखेको भन्दै तिव्र आलोचना समेत भएको थियो । उक्त आलोचना पछि ति कार्यालयलाई प्रदेश सरकार मातहत राख्ने गरी शिक्षा मन्त्रालयले आन्तरिक तयारी गरेको थियो । तर विद्यालय शिक्षाका अधिकार प्रदेश सरकार मातहत नभएको बरु संघीय सरकार मातहत हुने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त प्रस्ताव मन्त्रीपरिषद्मा लगेको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएका शिक्षाका २३ वटा काम बाहेकका काम सम्पादन गर्न आवश्यक रहेको जनाउँदै जिप्रका अन्र्तगत इकाइ राख्ने निर्णय गरिएको थियो । नयाँ निर्णय सँगै सबै ७७ वटै इकाइ अब शिक्षा विकास कार्यालयका रुपान्तरित हुने छन् । इडुखबरबाट साभार
अब प्रत्येक पाइलामा होसियारीका साथ काम गर्छु– रवि ओड
काठमाडौं, पुष ९ । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले आइडल बनेपछि आफ्नो अनुभव व्यक्त गरेका छन् । उनले भने्, ‘जब ग्रान्ड फिनालेको रिजल्ट आउन सुरु भयो। अत्यन्तै डर लागेको थियो। चौथो हुनेको नाम उच्चारण हुनासाथ म अझै बाँचेको छु है भन्ने लाग्यो। तेस्रो प्रतियोगीमा सुमितको नाम सुन्दा म प्रथम नभए पनि दोस्रो पक्कै भएँ भन्ने लाग्यो। टाइटल विजेतामा आफ्नो नाम उच्चारण भएपछि म केही बोल्नै सकिनँ। शब्दविहीन भएँ म। म एकछिन सपनाको संसारमा हराएँ।’ नेपाल आइडल–२ का टाइटल विजेता रवि आफ्नो आइडल अनुभव सुनाउँदै थिए। अलिकति उत्सुकता, अलिकति खुसी र अलिकति डर मिसिएको उनको अनुहारमा अनगिन्ती सपना झल्किरहेको देखिन्थ्यो। विजेता बनेपछिको अनुभव कस्तो छ ? उनी भन्छन्, ‘नेपाल आइडलले मेरो परिचय नै बदलियो। यो जित मेरो मात्र होइन, मलाई माया गर्ने तपाईं सम्पूर्णको हो’, उनी थप्छन्, ‘अत्यन्तै खुसी लागेको छ। नेपाल आइडलको विजेताको भार थाम्न अत्यन्तै गाह्रो छ, टाइटलको आफ्नै गरिमा छ। निकै सचेत, मेहनती र अझै लगनशील हुन जरुरी छ। प्रत्येक पाइलामा होसियारीका साथ काम गर्नु पर्नेछ। म यसको जिम्मेवारी पूरा गर्ने भरपुर कोसिस गर्छु।’ अडिसनमा आउँदा उत्कृष्टमा पुग्न सक्छु होला भन्नेसमेत उनलाई विश्वास थिएन। नेपाल आइडलको मञ्च स्वर्ग जस्तै घर सम्झने ओडले यो घरले अनमोल परिचय दिएको बताउँछन्। निकै कडा मेहनत र संघर्षका साथमा हरेक नेपालीको मायाले मात्र जित सम्भव भएको उनले बताए। उनले आफ्नो भागमा परेको गीतको प्रस्तुति दिनुअघि सयौं पटक सुन्ने र गीत गाउने र घण्टौं रियाज गरिरहने बताए। अन्नपूर्ण पोस्ट्बाट
डीबी श्रेष्ठको गीतमा भोलाको अभिनय
पत्रकारितामा कलम चलाइरेका भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियोमा देखा परेका छन् । ‘आज–आज’ बोलको म्युजिक भिडियोमा उनि अभिनय मार्फत आएका छन् । पुर्वै मोरङको, पीर नगर सानू लगायत सुपरहिट गीतमा अभिनय गरेको कुशल कलाकार तथा पत्रकार भोला अधिकारीको अभिनयमा ‘आज–आज’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । डीबी श्रेष्ठको शब्द, संगीत र आवाज रहेको यस गीतमा गायिका विनिता राईले पनि आवाज दिएकी छन् । उनको यो पहिलो गीत हो । दुई मायालु जोडीको रोमान्सलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ । केबी भण्डारीको एरेन्ज गरेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन् । जनकराज अधिकारीको छायाँकन, राज कार्कीको सम्पादन, अनिल मगरको नृत्य निर्देशन रहेको छ । ‘आज–आज’ गीतमा पत्रकार भोला अधिकारी र मनु थापाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन ।
भावुक हुँदै बिक्रमले यस्तो आग्रह गरे [भिडियोसहित]
काठमाडौं, मंसिर २८ । नेपाल आइडलको उपाधि जित्ने उद्देश्यका साथ बिहीबार प्रस्तुति दिएका बिक्रम बरालले आफूलाई भोट गर्न अनुरोध गरेका छन् । आफ्नो फेसबुक पेजमार्फत समर्थकमाझ यस्तो अनुरोध गरेका हुन् । उनले भावुक हुँदै आफूलाई अत्यधिक भोट गर्दै विजयी बनाउन आग्रह गरे । उनले भनेका छन्, ‘म यतिखेर नेपाल आइडलको फाइनलमा छु । एक साताको लागि भोटिङ लाइन खुला भएकाे छ । मलाई यहाँहरूले धेरै दिइसक्नु भएको तर अब यो अन्तिम पटक हो । यहाँहरूले यति धेरै माया गरिरहनु भएको मलाई नेपालको पहिलो नेपाल आइडल बनाउन अब हजुरहरू बाहेक अरु कसैले सक्दैन त्यसैले यहाँहरूको शरणमा छु, अन्तिम एकचोटी हार्दिक हार्दिक अनुरोध गर्दछु ।’ बाँकी हेर्नुस् बिक्रमले समर्थकलाई यस्तो आग्रह गरेका छन्–
नेपाली चेली अमेरिकाको पार्क एण्ड लिजर सर्भिसको बोर्ड सदस्य
काठमाडौं । अध्ययनका लागि अमेरिका पुगेकी नेपाली मूलकी इशा शर्मा टेक्सस राज्यस्थित युलेस सहरको पार्क एण्ड लिजर सर्भिसको बोर्ड सदस्यमा मनोनीत भएकी छन् । दुई वर्षका लागि शर्मालाई युलेस सहरकी मेयर लिण्डा मार्टिनले अक्टोबर २४ माबोर्ड सदस्यमा मनोनयन गरेकी हुन्। उनको मनोनयनलाई युलेस नगरको बोर्डले अनुमोदन गरिसकेको छ। शर्माले सन् २०१० मा युनिभर्सिटी अफ न्यू ओर्लियन्सबाट राजनीतिशास्त्रमा स्नातक गरेकी छिन् भने लुजियना स्टेट युनिभर्सिटीबाट मानव संसाधन तथा नेतृत्व विकास विषयमा स्नातकोत्तर गरेकी छिन्। शर्मा बोर्ड सदस्य मनोनीत भएपछि त्यहाँ बस्ने नेपाली समुदाय खुसी भएको टेक्ससबाट सञ्चालन हुँदै आएको अनलाइन हिमालयखबरले उल्लेख गरेको छ। नेपाली समुदायकी अगुवा प्रभात दीक्षितले खुसी हुँदै भनेका छन्, ‘हाम्रो लागि यो खुसीको कुरा हो। अब हामी अगाडि बढ्नुपर्छ।’ शर्मा सपरिवार युलेसमा बस्दै आएकी छन्। -देशसञ्चारबाट
गजलः विचित्रको रहेछ भोले तिम्रो लिला
विद्या भण्डारी डिएक्सएन विचित्रको रहेछ, भोले तिम्रो लिला गज्जबको रहेछ, मान्छेको विचार सही सत्यको कसैलाई जरुरत नै छैन, यहाँ आफ्नै स्वार्थमा, क्षणिकको रमाइलोमा, भुल्ने मान्छेहरु शीत । सत्य कुरा बोल्दा सम्बन्ध टुट्छ भन्ने मलाई थाहै भएन, पत्तै भएन, म एकोहोर बनेर आफ्नै सही मार्गमा हिडिरहे, मलाई उस्ले छोडेको ख्यालै भएन, मसित नाता तोडेको ख्यालै भएन । सबैले छोडेपनि तिमी मलाई नछोड है, अरुले चिनेनन् मलाई, तिमी दिल नतोड है, भोले… साँच्चै भनुपर्दा जाने ठाउँ तिम्रो द्वारबाहेक कहीँ छैन । मेरो मान्छेहरुमा मानवता नै पाईन मैले खोजी नगरेको हैन भगवान, सङ्गत नगरेको हैन ! तर पशुमा होला दया माया करुणा, यो नास्तिक बिचाररुपी मानवमा कहीँ भेटिन मैले, रुप र धन को घमण्ड ले ,भरिएको मानव विचार ओहो…।
कतिमा कारोबार हुँदैछ सुनचाँदी !
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य अझै स्थिर नै रहेको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमैै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको छ। त्यस्तै, आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७१० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी प्रतितोला ७१० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।
माल्दिभ्सका प्रशिक्षकको यस्तो दाबी- नेपाललाई चकित पारेर फाइनल पुग्छौं
ढाका । बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाललाई हराएर फाइनलमा पुग्ने माल्दिभ्स राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक सेग्रेट पिटरले बताएका छन् । समूह ‘बि’ को उपविजेता बनेपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक पिटरले नेपाललाई आश्चर्यमा बनाएर फाइनलमा पुग्ने बताए । पिटरले भने, ‘नेपाल बलियो टिम हो, नेपाल सेमिफाइनलमा पुग्न योग्य टिम हो । आज हामी भाग्यमानी रह्यौ । नेपाललाई आश्चर्यमा पार्दै अघि बढ्ने छौ ।’ आइतबार भएको समूह चरणको अन्तिम खेलमा भारतसंग पराजित भएपनि माल्दिभ्स टसमा विजयी बन्दै सेमिफाइनलमा पुगेको थियो । श्रीलंकासंग १-१ अंक भएपछि उपविजेता टोलीको तय टसबाट गरिएको थियो । यस्तै, प्रशिक्षक पिटरले नेपालको संस्कृतिको प्रसंसा गर्दै नेपाल घुम्न जाने इच्छा भएको बताए । उनले भने, ‘नेपालीहरु विशेष छन् । नेपालीको संस्कृति निकै रामो छ । म नेपाल घुम्न चाहन्छु ।’