योगेश भट्ट्राई ताप्लेजुङबाट बिजयी
नेकपा एमालेका सचिव योगेश भट्ट्राई ताप्लेजुङबाट बिजयी भएका छन्।
ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत प्राप्त गर्दै भट्टराई बिजयी भएका हुन्।
उनका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशवप्रसाद दहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरेका थिए।
भट्ट्राई पहिलो पटक संसदका रुपमा चुनिएका हुन्।
नेकपा एमालेमा नयाँ पुस्ताका प्रखर वक्ताका रुपमा चिनिन्छ ।
अलैँची उत्पादनमा चीनको चासो
काठमाडौं, कात्तिक ९ । ठूलो मात्रामा निकासी हुने उत्पादनमा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक – नेपालको अलैँचीमा लगानी गर्ने तथा आफ्नो मुलुकमा आयात गर्न चिनियाँ व्यवसायीले चासो देखाएका छन् । मंगलबार उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रसँग चाइना एग्रिकल्चरल प्रोडक्सन होलसेल कोल्डचेन लजिस्टिक कम्पनी लिमिटेडका व्यवसायीले सो विषयमा छलफल गरेका हुन् । यो कम्पनीले कृषि उपज उत्पादन गरी विश्वभर निर्यात गर्दै आएको छ । कृषि र जडीबुटीमा लगानी गरेका दुई व्यवसायी संलग्न रहेका चिनियाँ टोलीसँग कृषि उद्यम केन्द्रका पदाधिकारीले छलफल गरेका थिए । केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रदीप महर्जनका अनुसार चिनियाँ व्यवसायीले नेपालमा लगानी गर्ने उद्देश्यका साथ नेपालमा कुन कृषि उपज ठूलो परिमाणमा उत्पादन गरी निर्यात गर्न सकिन्छ भनेर जिज्ञासा राखेका थिए । ‘मैले अदुवा, अलैँची र चियाको नाम लिएँ,’ उनले भने, ‘उनीहरू (चिनियाँ)ले अदुवा र चियामा चीनले उल्लेख्य प्रगति गरेको बताए । अलैँचीमा भने चासो दिएका छन् । तर आफ्नो कम्पनीमा आवश्यक छलफल गरी निर्णय जानकारी गराउने भनेका छन् ।’ निकासीजन्य वस्तुमा सूचीकृत अलंँची मुख्य रूपमा भारततर्फ निर्यात हुने गर्छ । तर, नेपाली अलैँचीमा मिसावट भएको र गुणस्तर खस्केको आरोप भारतले लगाउँदै आएको छ । जसकारण किसानले उचित भाउ नपाउने र निर्यातमा समस्या खेप्ने गरेका छन् । नेपालको अलैँची चीनतर्फ निर्यात गर्न पाए किसानले उचित मूल्य पाउने महर्जनले बताए । चीनले नेपालको कृषि वस्तु निर्यातमा शून्य भन्सार सुविधा पनि दिएको छ । पूर्वी पहाडी जिल्लाहरू अलैँचीका लागि उर्वर मानिन्छन् । आर्थिक सर्वेक्षण ०७४ का अनुसार आर्थिक वर्ष ०७३-७४ मा १६ हजार ६ सय ४२ हेक्टर क्षेत्रफलमा १२ हजार ८ सय ४७ मेट्रिकटन अलैंँची उत्पादन भएको थियो । त्यस्तै, अलैँचीले कृषकको आयस्तर सुधार गरेको सर्वेक्षणमा उल्लेख छ । ‘समय–समयमा विभिन्न रोगको प्रकोपले अलैँचीको उत्पादनमा न्यूनता, बजारमा मूल्य अस्थिरता र स्वदेशमै गुणस्तरीय प्रशोधनको अभावजस्ता समस्यालाई सम्बोधन गर्न सकिएमा अलैँची निर्यातको राम्रो सम्भावना छ,’ सर्वेक्षणमा उल्लेख छ । छलफलमा चीनले कृषि उपज उत्पादनमा लगानीका लागि उत्साह देखाएको महर्जनले बताए । ‘कृषि उपज उत्पादनमा चिनियाँ व्यवसायीले गम्भीरतापूर्वक चासो दिएका छन्,’ उनले भने, ‘उत्पादनमा चिनियाँ लगानी भित्रिए किसानले ठूलो राहत महसुस गर्न सक्छन् ।’ केन्द्रले कृषि विकास मन्त्रालयसँग मिलेर ताप्लेजुङमा अलैँची उत्पादनका लागि विशेष कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । संयुक्त लगानीमा थोक बजार निर्माणको प्रस्ताव निर्यात सम्भावना बोकेको कृषि उपजको ठूलो मात्रामा उत्पादनसँगै आधुनिक थोक बजार निर्माणमा चिनियाँ व्यवसायीले चासो देखाएका छन् । चीनले नेपाली व्यवसायीसँगको साझेदारीमा आधुनिक कृषि थोक बजार सञ्चालनको प्रस्ताव गरेको छ । कालीमाटी र बल्खुको तरकारी बजार अवलोकन गरेका उनीहरूले सुविधासम्पन्न थोक बजार निर्माणका लागि इच्छा देखाएका हुन् । केन्द्रका सिइओ महर्जनले नेपालले जमिन दिने र चिनियाँ व्यवसायीले प्रविधि र पुँजी लगानी गर्ने विषयमा छलफल अघि बढेको जानकारी दिए । ‘यहाँ आधुनिक र किसानको सहज पहुँच हुने थोक बजारको आवश्यकता छ र चिनियाँ व्यवसायीले लगानीका लागि इच्छा देखाएका छन्,’ उनले भने, ‘राम्रो होलसेल मार्केट बन्यो भने किसानले पनि ठूलो फाइदा लिन सक्छन् ।’ होलसेलमा किसानले कोठा भाडामा लिएर कृषि उपज ल्याएर राख्ने र स्टोरेज, बिक्रीलगायतको जिम्मा व्यवस्थापनले लिने गरी काम अघि बढाउन सकिने उनले बताए । डी–फ्रिज भएको भ्यानमा तरकारी, माछालगायतका वस्तु राखेर खुद्रा पसलसम्म पुर्याउने गाडीको व्यवस्था गर्न सकिनेबारे चिनियाँ व्यवसायीले जानकारी गराएको उनले बताए ।
‘सेनेगल’ कविता संग्रह सार्वजनिक
काठमाडौँ, असोज २९ । डा.विदुर चालिसेको ‘सेनेगल’ कविता संग्रह सार्वजनिक भएको छ । सेनेगल देशमा भिक्षुणीले भोग्नुपरेको समस्यामा केन्द्रित भएर संग्रह प्रकाशन गरिएको शनिबार आयोजित विमोचन समारोहमा जानकारी गराइयो । अभिनव साहित्य समाजको १८८औँ साहित्यिक शृङ्खलामा संग्रह सार्वजनिक गरिएको हो । समीक्षक हेमचन्द्र नेपाल र डा शेषराज आचार्यलगायतले संग्रहका विषयमा मन्तव्य राखे । साहित्यिक शृङ्खलामा राम्रो रचना वाचन गरेका रचना घिमिरे, कृतिका न्यौपाने र मिशन अधिकारीलाई पुरस्कृत गरियो । प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा हुने साहित्यिक कार्यक्रममा कुसुम शर्मा, रमेश भट्टराई, घनश्याम प्रसाईं, बुद्धरत्न शाक्य, गोविन्द नेपाल, मेनका पोख्रेल, प्रकाश बस्नेत, महेशकुमार वाग्ले, पुण्य गौतम ‘विश्वास’, अर्पणा केसीलगायतले आ–आफ्ना रचना पाठ गरेको थियो ।
तपाईको सौन्दर्यको लागि भान्सामा पाक्ने आलु यसरी बन्न सक्छ
असोज १९ । आलु त्यस्तो तरकारी हो जसको स्वादले अन्य सबै तरकारी स्वादीलो बनाइदिन्छ,त्यसैले आलुलाई सब्जीको राजा भनिन्छ त्यस्तै आलुलाई सौन्दर्यको साधनको रुपमा पनि प्रयोग गर्न सकिन्छ । काँचो आलुलाई बोक्रा ताछेर सफा गर्ने त्यसपछि ताछेको आलुलाई थोरै बेसारको धुलो सँगै मिलाएर पिच्छ्ने पिछेको पेष्टमा २–४ थोपा कागतीको रस राखेर फिट्ने अब यो मिक्स पेष्टलाई फेशवासले धोएको अनुहारमा सवैतिर मिलाएर लगाउने र करिव आधी घण्टा पछि सादा चिसो पानीले अनुहार धुने । हप्ताको एक चोटी या १५ दिनमा एक पटक फुर्सद मिलाएर यो प्याक लगाउने गर्नाले तपाइको अनुहारमा बेग्लै चमक पाउन सक्नुहुनेछ ।
प्रचण्ड र केपी प्रेम सम्बन्धमा !
विकाश गायक यति बेला नेपाली राजनैतिक वृतलाई बाम ध्रुविकरण अझ भनौ, बाम एकताको चर्को बहसले च्वात्तै पोलेको छ। वर्तमान नेपालका दुई ठुला कम्युनिष्ट शक्ति एमाले र माओवादीबीचको यो ध्रुबिकरण बिल्कुल स्वाभाभिक छ किनकी चुनावी रणनीति भनेको जोसँग मिल्दा बढी भन्दा बढी नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ उसैसँग मिल्ने नै हो, चुनाबमा प्रधान कुरा नतिजा नै हुन्छ । हिजो भेट्दा सामान्य औपचारिकता निभाउन पनि हिच्किचाउने दुईको प्रेमको भबिष्य प्रदेश र प्रतीनिधी सभाको चुनाब भन्दा धेरै अघि सम्म बढ्नेमा शंका छ। अन्य सबै कुरा सहायक नै हुन्छ । गएको स्थानीय चुनावले के देखाउछँ भने जुन ठाउँमा माओवादी र एमाले मिलेर चुनाव लडे ति ठाँउ प्राय जितेका छन्। हिजोसम्म एक अर्काको उछितो काट्दै हिँडेका यि दल आज अङ्गालोमा कसिएका छन् र यिनका नेताहरु केपी अाेली र प्रचण्ड स्वार्थ सहितको प्रेम सम्बन्धमा छन् । विकाश गायक हिजो भेट्दा सामान्य औपचारिकता निभाउन पनि हिच्किचाउने यि दुईको प्रेमको भबिष्य प्रदेश र प्रतीनिधी सभाको चुनाव भन्दा धेरै अघि सम्म बढ्नेमा आम कम्युनिष्ट शुभेच्छुकलाई भन्दा यिनीहरुलाई नै बढी शंका छ। हिजो एक अर्कालाई टाउकाको मुल्य तोक्दै सिध्याउन हिडेका शेरबहादुर र प्रचण्ड मिल्न सक्छन् भने प्रचण्ड र केपी मिल्नु धेरै आश्चर्यको बिषय रहेन, भएन। अहिलेको यो ध्रुविकरणबाट अन्य साना दल बाहेक एमाले र माओबादीले ६० र ४० प्रतिशत सिट सुरक्षित गर्न खोजेका हुन्, त्यो भन्दा अरु खासै ठुलै त्याग यिनीहरुले गरिहाल्ने देखिदैन, किनकी सबैलाई ठाम चाहिएको बेला भन्ने चाँही ‘बाम–बाम’ हो, नत्र त मै खाम, मै लाम नै हो । कम्युनिष्ट शुभचिन्तक फुरुङ्ग भैहाल्नु छिटो हुनेछ। टाउको मात्रै मिलेर कार्यकर्ताले भोट नहाल्ने गएको स्थानीय चुनाबले देखायो आम कम्युनिष्ट शुभचिन्तक फुरुङ्ग भैहाल्नु छिटो हुनेछ। जहाँसम्म पार्टी एकताको सवाल छ, टाउको मात्रै मिलेर कार्यकर्ताले भोट नहाल्ने गएको स्थानीय चुनाबले देखायो, त्यसैले पहिला मानसिक र भावानात्मक रुपमा एकता गराउन यो एकताको बिषयलाई अलि चाहिने भन्दा चर्को रुपमा उठाइएको हो। खासै मन नपरे पनि पेपर म्यारिज गरेर अष्ट्रेलिया छिर्ने अनि उता पुगेपछी डिभोर्स गरेर आफुले मन पराएकी केटी वा केटासँग बिहे गरेर घरजम गर्ने आम नेपाली युवाहरुको अहिलेको परिवेशलाई चुनाबसम्म ध्रुबिकरणलाई जसो–तसोसँगै लाने, ६० र ४० पाएपछि पनि मनपरेसँगै बस्ने, नपरे आ–आफ्नो बाटो छँदैछसँग तुलाना गर्न सकिन्छ । यी सबै हुँदा हुँदै पनि मिल्नु जत्तिको आहा १ नमिल्नुमा चाँही छैन, हुँदैन। फेरी पनि बृहत रुपान्तरण सहितको कम्युनिष्ट एकतालाई आजको आवश्यकताको रुपमा नर्कान भने सकिन्न। अन्त्यमा, यता बाम ध्रुबिकरण सँग–सँगै उता कांग्रेस लगायत अन्य लोकतन्त्रीक घटकको ध्रुबिकरणले आगामी निर्वाचन निकै रोचक हुने देखिएको छ । यि सबै ध्रुविकरण राष्ट्रको हितको लागी हुनसके वास्तवमै यिनीहरुको औचित्य सिद्ध हुनेछ ।
देश बेच्न लागेको लेन्डुपहरुले बचाउँछन् गणतन्त्र ! महेन्द्र, बिपी र लेन्डुप
युवराज गौतम/ शिलालेख, ताम्रपत्र वा पुरातात्विक महŒवको अभिलेख धुलोले छोपिए पनि इतिहास हराउँदैन । भ्रम, दुष्प्रचार वा कुनै प्रायोजित हल्लाले सत्यको आकाशमा घनघटा छाउन सक्छ तर सत्य नै शाश्वत हुन्छ । युगीन हुन्छ । पात्रहरू मर्छन्, इतिहास कालजयी हुन्छ । राजा त्रिभुवनका छोरा राजा महेन्द्र र उनीपछि राजसिंहासनमा विराजमान वीरेन्द्र तथा ज्ञानेन्द्र जस्ता चार जना शासकसँग नाम जोडिएर आउँछ बिपी कोइरालाको । राजा त्रिभुवनका पालामा गृहमन्त्री र राजा महेन्द्रझैँ विश्वेश्वरप्रसाद कोइराला आज पनि सर्वाधिक उच्चारण गरिने एउटा बहुचर्चित नाम हो । २००७ सालमा त्रिभुवनका महिला नाति ज्ञानेन्द्र शाह राजगद्दीमा बस्दा मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइराला क्रान्तिको मैदानमा सक्रिय थिए । उनीहरू ज्ञानेन्द्रलाई राजा मान्ने पक्षमा थिएनन् । राणा–कांग्रेस संयुक्त सरकार बनेपछि मोहनशमशेरलाई प्रधानमन्त्री स्वीकार गरेर बिपी गृहमन्त्री भए । राजा महेन्द्रको शासनकालमा बिपी सात वर्ष थुनिए । राजा महेन्द्र र राजा वीरेन्द्रको राजनीतिक चिन्तनसँग असहमत थिए बिपी । तर उनले राजसंस्थाको विकल्प खोजेनन् किनभने उनको दल गणतन्त्रवादी थिएन । बिपीले आत्मवृत्तान्तमा धेरै तथ्य उजागर गरेका छन् । सन् १९४८ मा जन्मेको इजरायललाई नेपालले मान्यता दिएपछि इजिप्ट जस्ता अरब राष्ट्रहरूबाट आएको ठूलो दबाब नेपालले भोगेको थियो । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले दिएको भोजमा आफूले इजरायलकी विदेशमन्त्री (पछि प्रधानमन्त्री भइन्) गोल्डा मेयरसँग पाकिस्तानी विदेशमन्त्री जुल्फिकर अलि भुट्टोको परिचय गराइदिएको कुरा बिपीले उल्लेख गरेका छन् । अमेरिकाका राष्ट्रपति राजा महेन्द्रको स्वागत गर्न विमानस्थलमै आउने र ब्रिटेनकी महारानीले रेल्वे स्टेसनमा उपस्थित भएर राजा महेन्द्रको स्वागत गरेको उच्चस्तरको कूटनीति अब दन्त्यकथा भइसकेको छ । इतिहास भन्छ–, सिम्सनको प्रेममा परेर ब्रिटेनका राजा एडवर्ड (आठौं) राजगद्दी त्यागेर हिँडिदिए । बिपीले त्यस्तै प्रसंग उठाएर लेखेका छन्– ‘राजा त्रिभुवनले इन्द्रराज्यलक्ष्मीदेवी (तत्कालीन युवराज महेन्द्रकी धर्मपत्नी) स्वर्गवास भएपछि राणा परिवारभन्दा बाहिर गएर अर्को विवाह गर्न छोरालाई सल्लाह दिएका थिए । त्यही विषयले बाबु÷छोराबीच मतभेद भयो । महेन्द्रले युवराजाधिराज पद त्याग्ने कुरासमेत गरे ।’ बिपीले त्यस्तो परिस्थितिमा राजा त्रिभुवन र युवराज महेन्द्रबीच सम्बन्ध सुधार्न प्रयत्न गरेको देखिन्छ । अर्थात् त्यसबेला राजदरबार र उच्च राजनीतिज्ञहरू एउटै परिवार जस्ता थिए । बिपीकी जेठी बुहारी सुषमा (राजनीतिज्ञ प्रकाश कोइरालाकी पत्नी) भन्छिन्– ‘हामी २०२७÷२८ सालतिर सपरिवार सारनाथमा बसेका थियौँ । २०२८ माघ १७ गते राजा महेन्द्रको स्वर्गवास भएको खबर आयो । सात÷आठ वर्ष बिपीलाई जेलमा राख्ने राजाको मृत्यु भएको खबर सुन्दा म दुःखी भइनँ । युवावस्था थियो मेरो । राजनीति धेरै बुझ्दिनथेँ । ससुरालाई मनमा लागेको कुरा प्याच्चै भनिदिएँ– ‘राजा मरेछन्, ठिकै भयो ।’ उहाँले चिन्तित र दुःखी स्वरमा सम्झाउँदै भन्नुभयो– ‘राजा महेन्द्र राष्ट्रवादी र असल राजा हुन् । मलाई थुनेका थिए, त्यो अर्कै कुरा हो । त्यस्ता राजाको मृत्यु नेपालका लागि ठूलो क्षति हो ।’ केही दिनअघि कोइराला निवासमा पंक्तिकारसँग कुराकानी गर्दै सुषमाले भनिन्– राजा महेन्द्र र बिपीका बारेमा नकारात्मक कुरामात्र प्रचारमा आयो । सत्य कुरा ओझेलमा परे, मिथ्या प्रचार धेरै भयो । बिपीपुत्र प्रकाश कोइराला राष्ट्रियता र प्रजातन्त्र दुवै कमजोर भएको विश्लेषण गर्छन् । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस पथभ्रष्ट, दिग्भ्रमित र परमुखापेक्षी बन्दै गएको उनको विश्लेषण छ । प्रकाश बिपीपथमै छन् । गणतन्त्र गलत छ भन्छन् । तर बिपीको तस्बिरमा माल्यार्पण गर्ने र आफूलाई उनका नातागोता भएकामा गर्व गर्ने कतिपय कोइरालाले गणतन्त्रको ज्याकेट लगाएर बिपीको चिन्तन, आदर्श र मूल्यमान्यता चटक्क बिर्सेका छन् । प्रचण्डपथ भनेर माओवादीले ल्याएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको रक्षा गर्न कांंंग्रेसले माओवादीलाई कंगारुले बच्चा च्यापेझैँ थैलामा बोकेर दौडेको छ । वर्तमान सरकारको संरचना र भागबन्डा त्यसैको विद्रुप वा कुरूप दृश्य हो । यो कलाविहीन नाटकका लेखक, निर्देशक सबै विदेशी छन् तर रंगमञ्चमा देखिने पात्रहङको खल्तीमा नेपालको नागरिकता प्रमाणपत्र छ । विद्वान्हरूले शास्त्रका वचनलाई प्रमाण मान्दै तर्क गरेका छन्– ‘आफैँमा कोही कसैको मित्र वा शत्रु हुँदैन, व्यवहारले मित्रता र शत्रुता निर्धारण गर्छ ।’ भारतीय सरकारी नीति सनातन हिन्दु धर्म विरोधी भयो भन्दै धर्म निरपेक्षताका विरुद्ध निर्भिक ढंगले सम्पादकीय लेखेपछि टाइम्स अफ इन्डियाका सम्पादक गिरिलाल जैनलाई हटाइयो । सन् १९५० मा रिपोर्टर (सम्वाददाता) बनेर पत्रकारितामा प्रवेश गरेका जैनले सन् १९७८ देखि १९८८ सम्म सम्पादक भएर काम गरे । नेपाल–नीतिमा भारत स्पष्ट हुनुपर्छ भन्दै जैनले कैयन् लेख र सम्पादकीय लेखे । उनको चर्चित पुस्तक ‘इन्डिया मिट्स चाइना इन नेपाल’ (सन् १९५९) भारत, चीन र नेपालबीच कस्तो कूटनीतिक सन्तुलन हुनुपर्छ भन्ने तर्कमा आधारित छ । सन् १९६२ मा चीन र भारतीच युद्ध भएपछि नेपाल दक्षिण एसियाका नवोदित शक्तिहरूको रणनीतिक क्षेत्र बन्न पुग्यो । आज काठमाडौंँ पृथ्वीतलको एउटा महत्वपूर्ण रणनीतिक र सामरिक विन्दु बन्दै गएको छ । राजा महेन्द्र, माओ, नेहरु, बिपी आदिले पचास वर्षपहिले नै नेपालको भविष्यबारे विश्लेषण गरेका थिए । पं. जवाहरलाल नेहरुको ग्रन्थ ग्लिमसेज अफ वल्र्ड हिस्ट्रीमा उनले नेपाललाई कहिले पराधीन नभएको वीरभूमि भनेका छन् । राजनीति, कूटनीति, कर्मचारीतन्त्रलगायत प्रायः सबै क्षेत्र परावलम्वी बनिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्रता र गणतन्त्रमध्ये एउटामात्र रोज्नुपर्ने अवस्था देखिएको छ । संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गरे पुग्छ भन्नेहरू राष्ट्रियता भनेको महत्वहीन हो भनिरहेका छन् । राष्ट्र नै संकटमा पुग्छ र राष्ट्रियता नै निष्प्राण बन्छ भने संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका करोडौं डलरका गहना लगाएर छम्छमी नाच्नुको के अर्थ हुन्छ भनेर तर्क गर्नेहरू लाखौँ छन् । बहुमत नै सत्य हुन्छ भन्ने तर्क सदैव सत्य हुँदैन । उदाहरण छेउमै छ, सन् १९७५ मा सिक्किमलाई भारतमा गाभ्ने षड्यन्त्रमा जनमत संग्रहको नाटक गरेर बहुमतकै नाममा एउटा स्वतन्त्र राष्ट्र पराधीन भएको थियो । राष्ट्र निल्ने प्रक्रिया ‘अप्रजातान्त्रिक’ थिएन किनभने त्यो जनमत संग्रह नै थियो । स्यामुअल हन्टिङ्टनले सभ्यताको रक्षा र पानीका लागि धेरै राष्ट्रमा लडाइँ हुन सक्छ भनेर ‘क्ल्यास अफ सिभिलाइजेसन’ पुस्तकमा सविस्तार व्याख्या गरेर साना र कमजोर राष्ट्रहरूलाई झस्काइदिएका छन् । भारतले नेपाल तराईका केही सीमित व्यक्तिलाई प्रयोग गरेर नवनागरिक र हिन्दीलाई माया गरेको देखिए पनि यथार्थ फरक छ । नेपालबाट तराई टुक्र्याउन सफल भएमा सप्तकोशी, सप्तगण्डकी, कर्णाली र महाकाली जस्ता पानीको अजस्र स्रोतको बेरोकटोक सदुपयोग गर्न सकिन्थ्यो भन्ने उसको बुझाइ छ । नेपाल दरवारले यस्ता विषयमा राष्ट्रिय हितको मात्र कुरा गरेर भाँजो हालेको भन्दै नेपालमा आफ्ना मानिसमार्फत शासन गर्न गणतन्त्र ल्याइयो । पश्चिमा शक्तिराष्ट्रहरूले क्रिश्चियन धर्म फैलाउन धर्म निरपेक्ष घोषणा गर्न बाध्य बनाए । नेपाली एकताबद्ध भए भने विदेशीको योजना सफल हुँदैन भन्ने अध्ययन गरेर संघीयता नामको विभाजनकारी प्रज्ज्वलनशील पदार्थ भित्र्याइयो । दुष्परिणामहरू देखिँदैछन् । पूर्वकानुन सचिव मोहन बन्जाडेले चीनको दबाबमा नेपालमा एउटा संविधान गायव पारिएको खुलासा गरेका छन् । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा चौधवटा प्रदेश (प्रान्त) बनाएर रणमैदानका रूपमा विकसित गराउने पश्चिमाहरूको गुप्त योजनाअनुसार पहिलो संविधानसभाले त्यस्तो संविधान जारी गर्ने षड्यन्त्र थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवलाई समेत सुइँको नदिएर सभामुख सुवास नेम्वाङ, कृष्ण सिटौलालगायतका पात्रहरूमार्फत त्यो सबै गृहकार्य गरिएको उच्चपदस्थ कर्मचारी बताउँछन् । चीनले कडा स्वरमा विरोध जनाउँदै नेपाल–चीन सिमानामा आगो लगाउने त्यस्तो संविधान ल्याइएमा मौन नबस्ने संकेत दियो । अन्त्यमा, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई त्यो राष्ट्रघाती योजनामा असफल भए । राष्ट्रपति रामवरण यादवले समेत सर्सर्ती पढ्न नपाएको त्यो रहस्यमय संविधानमा के के थियो त ? कानुनविद्, संविधानविद्, लेखक, विश्लेषक सबैका निमित्त त्यो जिज्ञासाको विषय बनेको छ । ‘देखिजान्ने, सुनिजान्ने किनाराका साक्षी’ बस्दै आएका अधिकांश सांसदले वर्तमान संविधानको पेटबोलीमा के छ भन्ने पनि राम्ररी बुझेका छैनन् । समानुपातिक (समानपातकी ?) र चन्दामार्गबाट संसद्मा प्रवेश गरेका धनमाया र धनबहादुरहरूलाई झन् के थाहा ! त्यसैले, नेपाली राजनीतिमा जो आफूलाई शेर (सिंह) ठान्छन्, उनीहरू सर्कसका रिङ मास्टरको कोर्राबाट निर्देशित छन् । हालै दिल्लीमा नेपालका प्रधानमन्त्रीले गृहकार्य (होमवर्क) नबुझाउने विद्यार्थीले झैँ ‘अर्कोपल्ट संविधान संशोधन गन्र्या हुँ सर’ भनेर संविधानको स्वामी विदेशी नै हुन् भन्ने स्पस्ट पारिदिए । त्यसैले नेपाली राजनीति स्वचालित छैन भन्ने स्पस्ट भइसकेको छ । यहाँ देखिएका पार्टी मुख्यालयहरू शाखा÷प्रशाखा हुन् भन्ने स्पस्ट हुँदैछ । सिद्धान्त, नैतिकता, आदर्श, चरित्र वा दर्शन नभए पनि राजनीतिक दल चल्छ नेपालमा । त्यसैले सत्ता पाउँदा संविधान ‘उत्कृष्ट’ र नपाउँदा त्यही संविधानलाई ‘निकृष्ट’ ठान्ने घोर अवसरवादी र अराजनीतिक चरित्र विकसित हुँदैछ । राजा महेन्द्र र बिपीको वचन बिर्सेर लेन्डुपवादी भइसकेका कतिपय दललाई भरोसा गरिरहने हो भने राष्ट्रको पतन निश्चित छ । जनता बनेर स्वतन्त्र विचार राख्न डराउने बरु दलको कार्यकर्ता भएर राष्ट्रघातको समर्थन गर्ने प्रवृत्तिले बौद्धिक वर्गलाई पनि दास बनाएको छ । यो समस्या ‘ठूला’ दलमा झन् घातक बन्दै गएको देखिन्छ । दार्चुलाको टिङ्कर, बझाङको तानाराकोट धुली, हुम्लाको मुचु, मुगुको मुगुगाउँ, डोल्पाको छार्का भोट, मनाङको थोराङ् भन्ज्याङ, मुस्ताङको कैसाङ, गोर्खाको अठारसय खोला र लार्के भन्ज्याङ, रसुवाको रसुवागढी र सोम्दाङ, सिन्धुपाल्चोकको तातोपानी–कोदारी, दोलखाको लामा बगर, संखुवासभाको चेपुवा घाँटी, ताप्लेजुङको ओलाङचुङगोला, सोलुखुम्बुको नाम्चे र च्याल्सा, पाँचथरको च्याङ्थापु आदि ठाउँमा २००९ साल जेठ २७ गतेदेखि भारतीय सेना बसे । राजा महेन्द्रको शासनकालमा २०२६ सालमा ती सैनिक हटाइयो । चीन र भारतबीच प्रत्यक्ष–अप्रत्यक्ष÷पमा देखिएको तनाव र बाह्य शक्तिको प्रभावले नेपालमा राजनीतिक अस्थिरता बढ्दैछ । राष्ट्रिय सुरक्षामा धेरै चुनौती थपिँदै गएका छन् । चीन, भारत, अमेरिका र युरोपको चिन्ता गर्ने नेपालका अधिकांश अग्रगामीहरू राष्ट्रवादको वकालत गर्नेहरूलाई महेन्द्रीय (?) राष्ट्रवादका पक्षधर ‘प्रतिगामी’ ठान्छन् । राजा महेन्द्र र बिपीजस्ता व्यक्तित्वलाई अपमानित गरेर घरघरमा र दलदलमा लेन्डुप जन्माउन धेरै गैरसरकारी संस्था प्रसूति गृहका रूपमा खुलेका छन् । त्यसैले सत्यवादीहरूलाई दमन गरेर उनीहरूलाई कुल्चिरहने जुन पद्धति स्थापना गर्न खोजिँदैछ, गणतन्त्रको भेषमा त्यो लेन्डुपतन्त्र नै हो । साम्राज्यवाद र विस्तारवादको नयाँ संस्करणमात्र हो । शक्तिको खेलमा जनताले अल्छी, योजनाहीन, कायर, लोभी, विवेकहीन र दिग्भ्रमितलाई समर्थन गर्दैनन् । राजनीतिशास्त्र भन्छ– ‘जनताले पनि आफ्नो स्वार्थ हेर्छन् ।’ राष्ट्र नै बचाउन नसक्नेहरूले सत्ता सञ्चालन गर्दा एकदिन जनता शरणार्थी बन्ने अवस्था आउन सक्छ । आठौँ शताब्दीका चीनका प्रसिद्ध दार्शनिक र कवि डु फु भन्छन्– भेडाको बथान केही कुकुर र गोठालाको नियन्त्रणमा हुन्छ । त्यसैले उनीहरूलाई वशमा राख । सबै भेडालाई घाँस खुवाएर खुसी पार्ने प्रयास नगर । घोडा चढेर लुट्न आउने डाँकालाई पक्रनु छ भने बन्दूकले घोडालाई ढाल । नाइकेहरूलाई आशा र त्रासको बन्धनमा राख ।’ विदेशी षड्यन्त्रकारीले नेपाली राजनीति र कूटनीतिमा त्यस्तै नीति लिएका छन् । त्यसैले उनीहरू महेन्द्र र बिपी जस्ता राजनेतालाई अपमान गर्छन् । लेन्डुपहरूलाई महिमामण्डित तुल्याउँछन् र भन्छन्– यिनैले बचाउँछन् गणतन्त्र । -नागरिकबाट
प्रचण्डको योगदानको कदर गर्न किन कञ्जुस्याईं ?
२०७३ साउन १९ गते नेपालको राजनीतिको विरासत तोड्दै प्रचण्ड दोश्रोपटक प्रधानमन्त्री बने । राजनीतिमा देखिएको बेईमानी र अविश्वासलाई चिर्न सत्तारोहण गर्दा प्रचण्डका सवालमा विभिन्न कोणबाट टिका टिप्पणी भए, जिम्मेवार मिडिया र मिडियाकर्मिले प्रचण्डलाई सरापे, सत्ताका लागि प्रचण्डको पुरक परीक्षा भनेर टिप्पणी समेत गरे । प्रजातान्त्रिक पद्धतिमा यस्ता टिप्पणीहरु नसुहाउँदा नसुहाउँदै पनि कतिपय नागरिक अगुवा, बौद्धिकलगायतले सत्ता गुमाउँदाको पीडाले छट्पटिएको पंक्तिले प्रचण्डलाई तल्लोस्तरको तथानाम गाली गरे, प्रचण्डका कृपापात्रहरु एकाएक राष्ट्रवादी बने प्रचण्ड भारतपरस्त र अराष्ट्रवादी बनाइए । नाटकीयरुपमा प्रचण्डलाई राष्ट्रियताविरुद्धको पात्रको रुपमा चित्रण गरे, नेपाली उर्खलमाउलो राजनैतिक पंक्तिको राजनीतिक मुद्धा नै प्रचण्डलाई गाली गर्दै भोट बटुल्नतिर लागे । दावीका साथ भन्न सकिन्छ, माओवादी पार्टी बाहेका पार्टीले स्थानिय चुनावमा जति मत ल्याएका छन् तिनीहरुले प्रचण्डलाई गाली गरेरै पाएको भोट, मधेशीलाई गाली गरेरै पाएको भोट हो । यसको हिसाव किताव गर्ने जिम्मा ईतिहासलाई छौडौ । रमेश विश्वकर्मा प्रधानमन्त्री बन्नुपूर्वका सबै मिथ्याहरु प्रचण्डले गलत सावित गर्यो, प्रचण्डप्रतिका बाछिटाहरु गलत प्रमाणित हुँदा प्रचण्डले गौरवका साथ सत्ता छोडे, प्रजातान्त्रिक र संसदिय व्यावस्थामा प्रचण्डले अर्को सुन्दरता थपिदिए, प्रधानमन्त्रीको कुर्चिबाट बाहिरिदै गर्दा निस्कलंक मात्र होईन नैपाली राजनीतिलाई प्रचण्डले गर्भ गर्न लायक बनाए । हुन त युगनायक प्रचण्डको योगदानको विभिन्न बहानामा अवमुल्यन गर्ने खल पात्रहरुको कमी छैन यहाँ । एकाध पार्टीको राजनीतिक एजेन्डा नै प्रचण्डलाई गाली गर्नु मै सीमित छ । मरेको लासमा राजनीति गर्दै देशलाई फेरि युद्धमा धकेल्ने षड्यन्त्र बाहेक जनतालाई भन्ने र जनताको लागि काम गर्ने राजनीतिक मुद्धा नै छैन यो देशका राष्ट«वादीहरुसँग । मुलुकलाई विभिन्न वाहानामा अनिर्णित बनाई राख्ने राजनीतिक अवसरवादीहरु, उत्पीडितहरुलाई राजनैतिक पहुँचमा आउन नदिने षड्यन्त्र हिजोदेखि नै गर्दै आएका हुन । महिलालाई विभेदको दृष्टिले हेर्ने, जनजातीलाई देशका शत्रु देख्ने, मधेशीलाई विहारी देख्ने, दलितहरु माथि राजनैतिक अंकुश लगाउनेहरुले राजनीतिलाई अस्वस्थ बनाउन खोज्ने, विषयुक्त भावनात्मक राजनीतिको विकास भएको छ । पहिलो स्थानिय चुनावको परिणामले परिवर्तका पक्षधर, अधिकारका पक्षधरलाई चिन्तित बनाएको छ सचेत बनाएको छ । जनता र समाजलाई सोध्न चाहान्छु– नेपाली समाजले प्रचण्डले दिन बाँकी के रह्यो ? प्रचण्डले नेपाली समाजलाई योभन्दा बढि के दिन सक्छन् ? प्रचण्डले सिंगो परिवर्तनककौ नेतृत्व मात्र गरेनन् आत्मासम्मान गुमाएका दलित समुदायको आत्ममा अलिकति भए पनि आत्मसम्मान प्रचण्डकै अभियानले भर्यो । महिला आन्दोलनलाई इज्जतिलो आन्दोलन प्रचण्डकै अभियानले बनायो । मधेशीहरुको उत्पिडनविरुद्ध प्रचण्डकै अभियान गर्जियो, समाजमा विद्धमान कुरितिका विरुद्ध प्रचण्डकै अभियान बोल्यो । कर्णालीका आवाज प्रचण्डकै अभियानले बुलन्द पार्यो । सामन्त र दलालका किल्लाहरु प्रचण्डकै अभियानले भत्कायो । एकात्मक राज्य र शासनका विरुद्ध प्रचण्डकै अभियानले प्रतिकार गर्यो । नेपालमा संविधान सभाको चुनाव प्रचण्डकै अभियानबाट सफल भयो । संघिय नेपालको अवधारणा प्रचण्डकै नेतृत्वमा सफल भयो, धार्मिक विभेदको अन्त्यको नेतृत्व प्रचण्डले नै गर्यो । सिंहदरवारको अधिकार गाउँलाई पु¥याउने गरी स्थानिय संख्याको खाका प्रचण्डकै पार्टीको हो । राष्टिय एकता सहितको स्थानिय निर्वाचन प्रचण्डले नै गर्यो । नेपाली राजनीति प्रतिको अविश्वासलाई प्रचण्डलै नै विश्वासमा परिणत गरेका हुन् । के यो प्रचण्डको गल्ति हो, कम्जोरी हो ? साँच्चै प्रचण्डको योगदानको मुल्यांकन नेपाली जनता, नेपाली समाज र राजनीतिले गर्न नसकेको हो कि नजानेको हो ? जनताले प्रचण्डको गुणलाई, योगदानलाई सम्मान गर्न नसक्दा माओवादी र प्रचण्डको हार मात्रै भएन स्थानियसत्ता, स्थानिय तहको सम्मान हुन सकेन । त्यसैले भन्न मन लाग्छ, प्रचण्ड हजारौ सहिदको ज्युदो अग्रज, वेपत्ता, अंग भंग योद्धाहरुको सपना, निमुखाहरुको सहारा, उत्पीडितहरुको गुरु, इतिहास निर्माता, न्यायको धरोहर र नेपाली राजनीतिको गर्वको सगरमाथा, रक्तरंजित इतिहास, सहिद आमाको ज्युँदो छोरा हो, युगको नायक, कसैले नामेट पार्न नसक्ने वीरताको इतिहास हो । प्रचण्ड उत्पिडितहरुको धरोहर हौ । वर्तमान नेपाली राजनीतिले प्रचण्ड नेतृत्वलाई निर्विकल्प र बहुआयामिक राजनीतिक प्रतिभा भएको राजनीतिज्ञको रुपमा देख्न थालेको छ । निरंकुशताले राजनीतिलाई निल्दा प्रचण्ड राजनैतिक संरक्षक बने । राजनीतिलाई छिछि र दूरदूर अवस्थामा पुर्याएको वेला प्रचण्डले राजनीतिलाई गौरवान्वित राजनीतिको रुपमा विकास गरे । जनतामा चेतनाको कमिले जनता आहात भएको वेला आफ्नै मृतृ बोकेर राजनैतिक अभियान्ता बनेृ । जनता अधिकार विहिन हुँदा जनअभियान्ता बन्यौ प्रचण्ड । विश्वलाई आधुनिक लोकतन्त्रको प्रेरणा नेपाली भूमिबाट प्रचण्डले सिकाए वर्तमानमा देशको जिम्मेवार अविभावक भएको प्रमाणित गरेर सत्तावर्हिगमन भई रहँदा प्रचण्ड साच्चै प्रचण्ड सावित भएका छौं । प्रचण्डले सबै गलत प्रवृतिलाई इतिहासमा थन्काई दिँदा प्रचण्डप्रति सहानुभूति दिन प्रचण्डको योगगदानको कदर गर्न किन कन्जुसाई ? सुन्दर घर, प्रिय सन्तान, जीवन संगिनी र आफन्तको मायालाई इच्छालाई तिलाञ्जलि दिएर जनताका खातिर सामन्तहरुको सातो जाने अभियान चलाउँदा जंगली भन्नसम्म भ्याए सामन्तका एजेन्टहरुले । जे होस् प्रचण्डले बैरीहरुको अत्यन्त तल्लो स्तरका गालीहरु सहेर पनि नेपाली जनताका सपनाहरु संस्थागत गरेरै छोडे, प्रचण्डको महान विजय यहि हो । प्रचण्डको साहस, योगदान र उत्तरदायीत्वमा सहयोग र साथ दिनेहरु धन्यवादका पात्र बनेका छन । प्रचण्डको पार्टीले हार्दा र दलित, महिला, जनजाती, मधेसी थारुका अभियान्ताहरु निरास बन्दा पनि सिंगो देश र प्रचण्डका स्वपनिल एजेन्डाहरुले भने जितेको छ । प्रचण्डका मुद्धाहरु स्थापित हँुदा प्रचण्डले हारमा पनि विजयको उत्सव बनायो । त्यसैले म प्रचण्डको महान्तालाई सम्मान गर्छु । प्रचण्डले राजनीतिलाई सिकाएका छौं । यो नै तिम्रो राजनीतिक महानता हो । प्रचण्डका मुद्धालाई आफ्नो मान्दै गर्दा प्रचण्डप्रति कसरी अन्याय गर्न सक्नु भयो ? प्रचण्डले विदेशी हस्तक्षपलाई कहिल्यै स्विकार गरेनन् । आफूले हार्दा देशलाई हार्न दिएन्न, पार्टीले हार्यो देशको सार्वभौम सत्तालाई बचाई राखौ । आफू थाक्दा पनि देशलाई गति दिई राख्यौ । प्रचण्डका कृपा पात्रहरु प्रधानमन्त्री बने । प्रचण्डकै कृपा पात्रहरु राष्ट्रवादी कहलिए तर प्रचण्ड डगमगाएनन् । पहिलो प्रधानमन्त्रीकालमा प्रचण्डले क्षमता देखाउन नपाउँदै जनतामा आउँदा जनतालाई नमिठो लागेको थियो, साँच्चै प्रचण्डको कुशलता लडाकु कमाण्डरको मात्र थियो त रु पछिल्लो नौ महिने अवधिमा युद्ध नायकको छविलाई विकासवादी नेताको रुपमा रुपान्तरित गर्न भ्याए, धेरै प्रश्नहरुको उत्तर प्रचण्डका कामले नै बताईसकेको छ । देशलाई अप्ठ्यारो पर्दा प्रचण्डको आवश्यकता अड्किन्छ । देशलाई आवश्यक हुँदा प्रचण्ड फेरि गर्वका साथ राष्ट्रिय नेतृत्वमा आउने छन् जनता र राजनीतिबीच देखिएको राजनैतिक अविश्वासको पर्दालाई चिर्दैछन । आज प्रचण्डले जनताको विश्वासलाई प्रमाणित गरि दिएका छन् । राष्टिय एकतादेखि अर्थतन्त्रमा देखिएको सिथिलतालाई प्रचण्डले काँधमा बोकेर इतिहास रचेको छ । नेपाली राजनीतिमा देखिएको अविश्वासलाई चिर्दै राजनीतिक क्रमभंग गरेको छ, प्रचण्ड साँच्चै एक चोटी फेरि महान् सावित भएका छन् । के प्रचण्डले सपना नबाँडेर काम गर्दा गल्ति गरेको हो ? प्रचण्डका कृपा पात्रहरु प्रधानमन्त्री बने । प्रचण्डकै कृपा पात्रहरु राष्ट्रवादी कहलिए तर प्रचण्ड डगमगाएनन् । यही हो प्रचण्डको महानता । प्रचण्डले कसैले नसोचेको कुरा सोचे गरे । कसैले नचाहेको कुरा चाहे र पो हामीले प्राप्त गरेका परिवर्तन संस्थागत गर्न सफल भयौ यहि हो प्रचण्डको महानता । परिवर्तनहरु प्रचण्डका मुद्धाहरु संस्थागत हुँदै गर्दा प्रचण्डलाई हराउन खोज्नु प्रचण्डप्रतिको अन्याय होइन र ? अहिले मधेशका विरोधीहरु, पहिचानका विरोधीहरु, दलित अधिकारका विरोधीहरु, थारु अधिकारका विरोधी स्यालहरु सुनिएका छन् यिनको आवाज पनि ठूलो भएको छ, महिलाको अधिकारका विरुदको अभियान कतै हेर्न पर्दैन भरतपुरको निर्वाचनलाई हेरै पुग्छ, । जहाँ रेणुलाई प्रयाग गरेर प्रचण्डमाथि प्रहार जस्तो देखिए पनि यो समग्र महिला अधिकार माथिको प्रहार, उत्पीडितहरुको अधिकार प्राप्तिमाथिको प्रहार भनि बुझन गाह्रो छैन । कहिले रेणुको नाममा कहिले प्रकाशको नाममा प्रचण्डलाई गाली गर्ने नैतिकता कहाँबाट जन्मिन्छ ? तर्क विहिनहरुले तल्लो स्तरको व्यक्तिगत र पारिवारिक गाली गलौज र प्रहारमा उत्रिने यो कस्तो राजनितिक प्रवृति हो, बुझ्न सकिएन, यो प्रचण्ड प्रतिको महाअन्याय होईन र ? गर्वका साथ भन्दा एक चोटी फेरि प्रचण्डको अभियान महान् र सान्दार सावित भएको छ, कुनै बेला सिंगो नेपाली जनताले बुझ्नेछन् र भन्ने छन्, महान प्रचण्ड आउ फेरि महान बन महान देश बनाउ । सहिदको सपना पूरा हँुदै गर्दा प्रचण्ड सहिद पुत्र सावित मात्र होइन, प्रचण्ड प्रचण्ड नै सावित भएको हो । अव फेरि देशको राजनीति बनाएका महान् प्रचण्डलाई देश बनाउने जिम्मा दिएर चुनौती दिउ, हिजो प्रचण्डका सामुका चुनौतीहरु सम्मानित रुपमा अवशरमा परिणत गर्ने क्षमता भएको प्रचण्डलाई फेरि एकचोटी चुनौती दिउ, युगको हिरो र सहिदको सम्मानित छोरो प्रचण्डप्रतिको सम्मान यहि हुनेछ । अन्तमा भन्न चाहान्छु, प्रचण्ड तिमी महान् थियौ, महान् छौ र इतिहासले तिम्रो महानताको सिरोधार्य गर्नेछ, भविष्यले तिम्रो गीत गाउनेछ ।
शुरू भयो इम्बोस्ड नम्बर प्लेट
ललितपुर, भदौ १४ । यातायात व्यवस्था विभागले अबदेखि चार र तीन पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधान ल्याएको छ । यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनामा बुधबार आयोजित कार्यक्रममा विभागका महानिर्देशक रुपनारायण भट्टराईले सवारी साधनमा जडान गरिने नयाँ प्रविधिको उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेटले सवारी साधनको सुरक्षा मजबूत हुने बताए । नम्बर प्लेटसँगै सवारी साधनमा राखिने रेडियो फ्रिक्वेन्सी आइडेन्टीफाइ डिभाइस (आरएफआइडी) स्टिकरले गाडीको बारेमा सम्पूर्ण जानकारी पाउन सकिने उनको भनाइ छ । आरएफआइडी स्टिकरमा जडान गरिएको एन्टेनाले सवारी साधन कहाँ र कति दुरीमा पुगेको छ भन्ने जानकारी थाहा पाउन सकिने उनले बताए । उनका अनुसार आगामी पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने लक्ष्य रहेको छ । यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनाका प्रमुख वसन्त अधिकारीका अनुसार इम्बोस्ड नम्बर प्लेटका कारण सवारी साधनको चोरी न्युन हुनेछ । उनका अनुसार हाल सरकारी, संस्थान र निजी सवारी साधनमा यो व्यवस्था लागु गरिएको छ । रासस
सर्वोच्च र सरकारको आदेश अनुसार नेशनल कलेजलाई सम्बन्धन दिएको त्रिवीको दावी (विज्ञप्ती)
त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतले दिएको आदेश, मन्त्रीस्तरीएय निर्णय र डिनको कार्यालयबाट प्राप्त पत्रका आधारमा नेशनल मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको दावी गरेको छ । त्रिवि कार्यकारी परिषदले गत साउन १२ गते नेशनल मेडिकल कलेजलाई शैक्षिक वर्ष ०७४/७५ देखि एमबीबीएसको मात्र पढाइ सुरु गर्न अस्थायी सम्वन्धन दिएको थियो । उक्त निर्णयविरुद्द देशव्यापी आलोचना र संसदमा समेत ज़रूरी महत्वको प्रस्ताव दर्ता भएपछि त्रिवीले बिज्ञप्ति निकालेर बचाऊ गरेको छ ।
इङ्ल्याण्डका चर्चित फुटबलर वायने रुनीद्वारा सन्यास
लन्डन, भदौ ८ । इङ्ल्याण्डका चर्चित फुटबलर वायने रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३१ वर्षीय रुनीले इङ्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटको अनुरोधलाई समेत अस्वीकार गर्दै सन्यासको घोषणा गरेका हुन् । प्रशिक्षक गारेथले रुनीलाई विश्वकप छनौट चरणअन्तर्गत आगामी महिना माल्टा र स्लोभाकियाविरुद्धको म्याच खेल्न आग्रह गरेका थिए । ‘प्रशिक्षक गारेथले मलाई यसै साता बालाउनु भएको थियो, उहाँले मलाई इङ्ल्याण्डको टिममा फेरि लिन चाहनु भएको थियो । म उहाँको प्रशंसा गर्दछु,’ रुनीले भनेका छन्, ‘यो मेरालागि निकै कठिन निर्णय हो, मैले आफ्नो परिवार, एभर्टनमा मेरो म्यानेजर र मेरा निकटम मित्रहरुसँग यसबारे सल्लाह गरेँ ।’ हालै इङ्लिस क्लव एभर्टनमा सामेल भएका रुनीले भने, ‘मलाई जहिले पनि एक खेलाडी वा कप्तानका रुपमा चुनियो, त्यतिबेला मैले आफूलाई भाग्यशाली ठानेँ । म उहाँहरु सबैप्रति धन्यवाद दिन चाहन्छु, जसले मलाई सहयोग गर्नुभयो ।’ उनले इङ्ल्याण्डका लागि खेल्नु सदैव आफ्नो लागि विशेष रहेको जनाउँदै भने, ‘तर मेरो विचारमा यो बिदा लिने समय हो ।’ उनले ११९ अन्तर्राष्ट्रिय म्याचमा आफ्नो देशका लागि ५३ गोल गरेका छन् । उनले सन् २००३ मा अस्ट्रेलियाविरुद्धको खेलमा इङ्ल्याण्डका तर्फबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।
गौरिकाद्वारा सनसनीपुर्ण प्रर्दशन, ५ वटा कीर्तिमान
सनसनीपुर्ण प्रर्दशन गर्दै कान्छी ओलम्पियन गौरिका सिहंले राष्ट्रिय पौडी प्रतियोगितामा ब्यक्तिगत पाँचै वटा स्पर्धामा कीर्तिमान कायम गरेकी छिन् । सीमित स्पर्धामा मात्र प्रतिस्पर्धा गर्न पाउने नेपाल पौडी संघको विवादास्पद निर्णयबाट बाहिर निस्कदै गौरिकाले राष्ट्रिय स्तरको प्रतियोगितामा ५ वटा कीर्तिमान कायम गरिन । बेलायतमा बसोबास गर्दै आएकी गौरिकाले भाग लिएको पाँचै स्पर्धामा राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जित्दै सनसनीपुर्ण प्रर्दशन गरिन् । दक्षिण एसियाली खेलकुदमा पौडीतर्फ पहिलो ब्यक्तिगत पदक जिताउन समेत सफल रहेकी गौरिकाले प्रतियोगिताको पहिलो दिन दुई र दोस्रो दिन आज थप तीन स्वर्ण जित्दै महिला स्पर्धाका अधिकांश कीर्तिमान आफ्नो नाममा लेखाएकी छिन् । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा आज दोस्रो दिन गौरिकाले ५० मिटर र सय मिटर फ्रिस्टाईलमा राष्ट्रिय कीर्तिमान कायम गरिन । त्यस्तै सय मिटर बटरफ्लाईको कीर्तिमान समेत आफ्नो नाममा लेखाईन । हिट चरणमा गौरिकाले ५० मिटर फ्रिस्टाईल २८ दशमलव ०९ सेकेन्डमा पुरा गरिन । त्यस्तै सय मिटर फ्रिस्टाईल १ मिनेट ७९ पल र सय मिटर बटरफ्लाईमा १ मिनेट ०७ दशमलव ६९ सेकेन्डमा पुरा गरिन् । प्रतियोगिताको पहिलो दिन हिजो उनले २ सय मिटर फ्रिस्टाईल र ५० मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमान बनाएकी थिईन । त्यस्तै पुरुष सय मिटर ब्रेष्टस्ट्रोक १ मिनेट ११ दशमलव २४ सेकेन्डमा पार गर्दै एपीएफका सुुभम श्रेष्ठले राष्ट्रिय कीर्तिमान कायम गरे । त्यस्तै ५० मिटर ब्रेष्ट स्ट्रोकमा समेत सुभमले ३२ दशमलव ४० सेकेन्डको कीर्तिमान आफ्नो नाममा लेखाए । पहिलो दिन उनले २ सय मिनेट व्रेष्टमा समेत राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण जितेका थिए । कांतिपुर दैनिकबाट
अचम्मः फेल भएकाहरुलाई मात्रै भर्ना पाइने कलेज
काठमाडौं, हामीकहाँ कलेज भर्ना गर्न चटारो छ । जिपिए सबैभन्दा धेरै ल्याउने विद्यार्थीको खोजीमा छन् कलेजहरु । तर सपनाको संसार मानिने अमेरिकामा भने एउटा अचम्मको कलेज छ । यहाँ पास भएका विद्यार्थीहरु भर्ना पाउँदैनन् । फेल भएकाहरुको मात्रै यहाँ भर्ना लिइन्छ । यो साँचो समाचार हो । अमेरिकाको स्मिथ कलेजमा फेल भएका विद्यार्थीहरुका लागि मात्रै विशेष कोसै सञ्चालन हुने गरेको छ । म्यासाच्यूसेट विश्वविद्यालयका सहयोगमा यो कोर्स सञ्चालन भइरहेको हो । कोर्सको उद्देश्य फेल हुने विद्यार्थीहरुमा उत्पन्न हुने चिन्ता र अनिश्चयको अवस्था अन्त्य गर्दै उनीहरुलाई सक्षम बनाउनु हो । यो कोर्समा भर्ना हुन तपाई कहाँ कसरी फेल हुनु भएको हो, त्यो बताउनु पर्छ । पढाइमा मात्रै नभएर, सम्बन्धमा, जागिरमा, अन्तर्वार्तामा, या जीवनका अरु कुनै पनि क्षणमा र क्षेत्रमा तपाई फेल हुनु भएको छ भने यो कलेज तपाईका लागि विशेष महत्वको छ । यो कोर्सप्रति अहिले निकै ठूलो आकर्षण देखिएको छ । विशेष कक्षाहरुमार्फत फेल हुनेहरुलाई सकारात्मक सोच प्रदान गर्ने कोर्षमा भर्ना हुनेको ताँती लागेको मिडिया समाचारहरुमा उल्लेख छ ।
झाँक्री कति जुझारु, शिक्षकको हात खुट्टा भाचिदिने रे !
पुष्पा महरा अहिले रामकुमारी झाँक्रीको सर्वत्र चर्चा छ । फेसबुकलगायत सामाजिक सञ्जालहरुमा उनको चर्चा अत्याधिक बढेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की पूर्वअध्यक्ष तथा जुझारु राजनीतिज्ञ झाँक्रीको चर्चा हुनुको कारण भने स्थानीय तह दोस्रो चरणको निर्वाचनअघि आफ्नै गाउँका एक जना शिक्षकलाई फोनमार्फत गालीगलौच तथा अश्लिल शव्द प्रयोग गरेको अडियो सार्वजनिक हुनुले हो । गाउँ समाजमा रहेको असमानता सही राजनीतिक व्यवस्था र विचारले मात्रै हटाउन सकिन्छ भन्दै राजनीतिमा होमिएकी झाक्री बौद्धिक युवा नेतृका रुपमा चिनिन्छन् । उनको व्यक्तित्व र नेतृत्व क्षमताको खुलेर प्रशंसा गर्न लायक छन् । २०६५ सालको स्ववियु चुनावमा अनिराश्ववियूलाई पहिलो संगठन बनाउन सफल झाक्री २०६२/०६३ को जनआन्दोलनमा उनैको नेतृत्वमा युवा विद्यार्थी सडकमा ओर्लिएको थियो । आन्दोलनका क्रममा दुईपल्टसम्म टाउको फुट्यो उनको । गिरफ्तार हुने र छाडिने क्रम राजाले प्रत्यक्ष शासन हातमा लिएदेखि जनआन्दोलन सफल नहुञ्जेलसम्म नै चलिरह्यो । तर, उनी आन्दोलनबाट कहिल्यै पछाडि हटिनन्, सच्चाइको लागि लाडिनै रहिन् । त्यसैले नै उनका व्यक्तित्वबाट प्रभावित हुनेकाे संख्या उच्च थियाे । झाक्रीको चौतर्फी हाई हाई हुन्थ्यो । सफल मान्छेको चर्चा परिचर्चा टिप्पणी हुन स्वभाविकै हो । तर अहिले सार्वजनिक भएको उनको अडियो रेकर्डमा एकजना शिक्षकसँगको सामान्य टिकाटिप्णीलाई आफैले विकराल बनाइन् । उनी जुझारु त थिइन् नै उनमा सैह्य क्षमता भने रहेनछ भन्ने कुरा प्रष्ट्याएकी छिन् । राजाले प्रत्यक्ष शासन हातमा लिएपछि पनि कहीँ कतै विरोध कार्यक्रम नभए पनि पीके क्याम्पसमा हुन्थ्यो र त्यो यिनै झाक्रीकै नेतृत्वमा हुन्थ्यो । उनी राजनीतिमा सफल पनि भइन् । झाक्रीको चौतर्फी हाई हाई हुन्थ्यो । सफल मान्छेको चर्चा परिचर्चा टिप्पणी हुन स्वभाविकै हो । तर अहिले सार्वजनिक भएको उनको अडियो रेकर्डमा एकजना शिक्षकसँगको सामान्य टिकाटिप्णीलाई आफैले विकराल बनाइन् । उनी जुझारु त थिइन् नै उनमा सैह्य क्षमता भने रहेनछ भन्ने कुरा प्रष्ट्याएकी छिन् । निर्वाचन अघि गुल्मीमा भएको खुकुरी प्रहारको विषयमा स्थानीय शिक्षक बम बहादुर कुँवरले फेसबुकमा इभरेस्ट खबर अनलार्इनमा कांग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार भएपछि एमाले नेतृ झाँक्री प्रहरी सुरक्षामा भन्ने समाचार शेयर गर्दै ‘सबैका आँखा फुटेका र आफूले संसार राम्रो देख्ने राष्ट्रबादी पार्टीका राष्ट्रिय नेताले आफ्नो औकात देखाउनु भयो । सलाम छ तपाइँलाई ।’ भन्ने स्टाटस लेखेका थिए । यसै स्टाग्रामका कारण एमाले नेतृ झाँक्रीले फोनमार्फत कुँवरको हातखुट्टा भाँचिदिने धम्की दिइन् । धम्की मात्र होइन् अती तुच्छ शब्द समेत प्रयोग गरेकी छिन् । आफ्नै गाउँका शिक्षक तथा कांग्रेस कार्यकर्ता कुँवरलाई यसरी धम्क्याएको अडियो सार्वजनिक भयो अनि अहिले सामाजिक सञ्जालहरुमा उनीको यो धम्कीपूर्ण अडियो भाइरल बनेको छ । उक्त अडियो सुन्दा उनको अर्को राजनीतिक धरातलमाथि नै प्रश्न उठ्न थालेको छ । सामाजिक सञ्जालमा लेखिएका कुनैपनि विषयमा आफ्नो चरित्र हत्या भएको लागेमा प्रहरीलाई खबर गर्न सकिने अवस्था हुँदाहुँदै दादागिरि शैलीमा झाक्रीले ‘तेरीमा गधा तेरा हातखुट्टा भाँची दिन्छु’ भन्ने धम्कीपूर्ण तुच्छ भाषा बोलेकी छिन् । २ मिनेट ४८ सेकेण्ड लामो अडियोमा झाक्रीले बोलेको तथानाम गालीहरु सुन्न सकिन्छ । आफ्नै गाउँका शिक्षक तथा कांग्रेस कार्यकर्ता कुँवरलाई यसरी धम्क्याएको अडियो सार्वजनिक भयो अनि अहिले सामाजिक सञ्जालहरुमा उनीको यो धम्कीपूर्ण अडियो भाइरल बनेको छ । उक्त अडियो सुन्दा उनको अर्को राजनीतिक धरातलमाथि नै प्रश्न उठ्न थालेको छ । कसैलाई पनि अपाच्य हुने गरी बोलेको उनका ती तुच्छ शब्दले यसअघिसम्म उनकाे व्यक्तित्वबाट प्रभावित हुनेहरुमध्यमै कतिले ‘झाक्रीको दिमागी हालत ठिक नभएको त होइन ?’ भन्ने पनि लागेकाे छ भने कतिले उनले दम्बको भरमा यस्तो बोलेकी हुन् भनेका छन् । उनको यस्तो धम्कीपूर्ण भाषाले उनको राजनीतिक जीवनमा कत्तिको असर पार्ला त्यो आगामी दिनले देखाउने छ ।
हेलिकप्टरका कारण होटेल व्यवसायी चिन्तामा
म्याग्दी, २ असार । धौलागिरि गाउँपालिका–४ मुदीको दोभानमा होटल सञ्चालन गर्दैआउनुभएका बोमबहादुर पुन हिजोआज निराश हुनुहुन्छ । धौलागिरि पदयात्रा र हिमाल आरोहणका लागि उक्त ठाउँ भएर पर्यटक आउन छोडेपछि उहाँ निराश हुनुभएको हो । पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरेपनि पछिल्लो समय उनीहरुले हेलिकप्टर चढ्न थालेपछि सो क्षेत्र सुनसान बनेको छ । पदमार्गको स्तरोन्नती नहँुदा तथा सो क्षेत्रमा सञ्चारको सुविधा नभएका कारण पर्यटकले हेलिकप्टर रोजेका हुन् । पदमार्गअन्तर्गत बेनीहुँदै ताकम पुगेका पर्यटक अधिकांशले आधारशिविरसम्म पुग्नका लागि विभिन्न ट्रेकिङ एजेन्जीसँगको समन्वयमा हेलिकप्टर चढ्ने गरेका छन् । पदमार्गलाई लक्षित गरी सञ्चालन गरिएका होटल व्यवसायी समस्यामा परेका छन् । “पदमार्गलाई व्यवस्थित तथा सञ्चारको सुविधा उपलब्ध गराउन नसके हाम्रो व्यवसाय धरापमा पर्छ,” उहाँले भन्नुभयो । धौलागिरि पदमार्ग भएर असोजदेखि मङ्सिरसम्म तथा फागुनदेखि जेठसम्म पर्यटकको बढी आवतजावत हुन्छ । तर वर्षौँदेखि दुर्गममा होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी दैनिकी चलाउन नसक्ने अवस्थामा पुगेका पुन बताउनुहुन्छ । धौलागिरि पदमार्गभएर बर्सेनि एक हजार ५०० भन्दा बढी पर्यटक आउने जाने गरेका छन् । पछिल्लो समय हेलिकप्टरको प्रयोग हुन थालेपछि यहाँका होटल व्यवसायी चिन्तित बनेका छन् । धौलागिरी पदमार्गअन्तर्गत इटाली आधार शिविरमा २७ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका हरि तिलिजा पर्यटकको सङ्ख्या घट्दै गएपछि आफूहरु समस्यामा परेको बताउनुहुन्छ । हिमाल आरोहणमा जाने पर्यटकले पदयात्रा गरेर आधारशिविरसम्म पुग्न करिब ६ दिन लाग्छ । पर्यटकसँग सामान धेरै भएका कारण भरियाको अभावमा उनीहरुले हेलिकप्टर चार्टर गर्दैआएका छन् । पदमार्गअन्तर्गत सल्लाघारी, तलित्रेखोला, नौलोवन, म्याग्दी नदीको मुहानलगायत खोलामा झोलुङ्गे पुल छैन । “भिर पहिरोमा साँघुरो बाटोमा पर्यटकले जोखिम मोलेर हिँड््न चाहँदैनन्,” तिलिजाले भन्नुभयो । स्थानीय बासिन्दाले काठको अस्थाई साँघु बनाएर आवतजावत गर्ने गरेका छन् । धौलागिरि गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएकी थमसरा पुन धौलागिरि पदमार्गको विकासका लागि गुरुयोजना तयार गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ । पर्यटनसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी पदमार्ग र सञ्चार क्षेत्रको विकास र पहुँच विस्तार गरिने उहाँको भनाइ छ । रासस
आजका लागि तय प्रधानमन्त्री निर्वाचन अन्योलमा
काठमाडौं, जेठ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएपछि म्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार बनेका छन् । सत्तारुढ कांग्रेस र माओवादीबीचको सम्झौताका आधारमा प्रचण्डपछि देउवा प्रधानमन्त्री हुने सुनिश्चित भएपछि प्रमुख प्रतिपक्षिले पनि उम्मेदवारी दिएन । समहतीय आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि बहुमतीय आधारमा प्रधानमन्त्री चुन्ने प्रक्रिया शुरु भएको छ । आजका लागि तय प्रधानमन्त्री निर्वाचन एमालेकाे ससद बैठक चल्न नदिने अडानले अन्योलमा परेकाे छ ।