स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप
काठमाडौँ, फागुन १७ । सरकारले स्थानीय निकायको सङ्ख्याका सम्बन्धमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका लागि स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप्ने भएको छ।
सत्तारुढ दल र मोर्चाका नेताहरुबीच संविधान संशोधन र स्थानीय निर्वाचनका सम्बन्धमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सो समझदारी भएको हो । स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमा मोर्चा असन्तुष्ट भएपछि सरकारले स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सङ्ख्या थप्न सरकार सकारात्मक भए पनि संविधान संशोधन पारित नभएसम्म निर्वाचनमा जान मोर्चा तयार भएको छैन ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन पारित हुने सम्भावना नभएकाले अन्य विषयमा मिलाउन आफूहरुले आग्रह गरेको बताए। उनले संशोधन र निर्वाचनबारे अन्य दलसँग थप परामर्श गरेर निर्णयमा पुगिने जनाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, मोर्चाका नेता महन्थ ठाकुरलगायत सहभागी बैठकमा संशोधनबारे राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकसहित अर्को बैठक गरेर अघि बढ्ने समझदारी भएको छ ।
छलफलपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सकेसम्म संविधान संशोधन प्रस्तावलाई पारित गर्न र स्थानीय तहको निर्वाचनको तयारीमा पनि लाग्ने मागबमोजिम
तराई–मधेसका जिल्लामा जनसङ्ख्याका आधारमा स्थानीय निकायको सङ्ख्या बढाउन कार्यदलको काम बाँकी रहेकाले अवधि थप्न लागिएको बताए
सम्भवतः आजैको मन्त्रिपरिषद् बैठकले कार्यदलको अवधि थपको निर्णय गर्ने भुसालले जानकारी दिए । मोर्चाले स्थानीय तहलाई प्रदेशको मातहतमा राख्न माग गरेको छ भने अन्य दलले संविधानबमोजिम सो तह स्वायत्त रहेको अवगत गराएको छ ।
नेकपा एमाले लगायत विपक्षी दलले संविधान संशोधन राष्ट्रहित विपरीत भएको जनाउँदै पारित हुन नदिने अडान कायम राखेका छन् । मोर्चाका नेता ठाकुरले संशोधन पारित नभएसम्म निर्वाचनमा भाग लिनेबारे आफूहरुले नसोचेको बताए।
वर्डप्रेसको १५ लाख अकाउन्ट ह्याक
ब्लगिङ साइट वर्डप्रेसको १५ लाख अकाउन्टमा ह्याकरको आँखा परेको छ । यति ठूलो मात्रामा ह्याकरहरुले हमला गरेको यो अहिलेसम्मकै ठूलो साइबर हमला रहेको बताइएको छ । ह्याकहरुले १५ लाख ब्लगहरुलाई विगारेका छन् भने एकाउन्टभित्र छिरेर अन्य डाटाहरु समेत प्राप्त गर्ने कोसिस गरेका बताइएको छ । वर्डप्रेसले ब्लगरहरुलाई अपिल गर्दै साइबर हमलाबाट बच्नका लागि वर्डप्रेस सफ्टवेयर अपडेट गर्न आग्रह गरेको छ । सन् २०१६ को अन्त्यतिर वर्डप्रेसले सार्वजनिक गरेको अपडेटेड सफ्वेयर भर्सनमा साइबर आक्रमणको समस्या देखिएको हो। जसबारेमा एक सेक्योरिटी र्फमले गत जनवरी २० मै वर्डप्रेसलाई जानकारी गराएको थियो । त्यसपछि वर्डप्रेसले सफ्टवेयरको प्याच भर्सन रिलिज गरी वर्डप्रेसका ब्लगहरुमा अटोम्याटिक रुपमा अपडेट हुने व्यवस्था गरेको थियो । तर कतिपय ब्लगरहरुले आफ्ना ब्लगमा त्यसलाई अपडेट गर्ने चासो नदिँदा साइबर हमलामा परेका दाबी गरिएको छ । एजेन्सी
पानी अभावले दुर्गन्धित अस्पताल
सल्यान, माघ २९। चौबिसै घन्टा पानीको आवश्यक हुने सल्यान जिल्ला अस्पतालमा पानीको अभाव भएपछि त्यहाँकाे अवस्था निकै नै कष्टकर बनेकाे छ । पानी अभावका कारण दैनिक हुने सरसफाइमा समेत समस्या देखिएको छ । दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ । हप्तामा एक दुई २ पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिए । अस्पताल जस्तो अति संवेदनशिल संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको उनले बताए । शौचालय अति फोहोर हुनामा आफूले मात्र चासो नदिएर नभएको डा रावलको जिकिर छ । उनले भने, “अस्पतालमा बिरामीले प्रयोग गर्ने शौचालय हामीले चासो नदिएर मात्र फोहोर हुँदैन, बिरामीको लापर्बाहीले पनि भएको छ ।” अस्पतालको शौचालयले दुर्गन्ध बाहिरसम्म फैलिएको छ । अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उनको भनाइ छ ।
आगलागीमा लाखौँको क्षति
धनुषा, माघ २६ । जनकपुरस्थित एक पसलमा गए राति आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । जनकपुरको मिल्स एरियास्थित ताज रुई सेन्टरमा गएराति आगलागी भएको हो । आगलागीबाट रु १३ लाखभन्दा बढीको क्षति भएको पीडित पसलेले जनाएका छन् । जनकपुर उपमहानगरपालिका पुल्चोक—१६ बस्ने मोहमद अयुव हुसेनले काठको घरमा सञ्चालन गरेको रुई पसलमा मङ्गलबार राति एक्कासि आगलागी भई सम्पूर्ण सरसामानसहित घर जलेर खरानी भएको छ । रुईको पसल भएकाले आगो एकै छिनमा पूरै घरभरि फैलिएपछि बारुणयन्त्र, प्रहरी, स्थानीय बासिन्दाले प्रयास गर्दा पनि समय मै निभाउने प्रयास असफल भएको थियो । काठको घरभित्र सञ्चालन गरेको पसलभित्र रहेको रुई, सिरक, तोसक, लत्ताकपडा, नगदलगायतका सम्पूर्ण सरसामानसहित घर जलेर नष्ट भएको छ । रेल्बे स्टेसन प्रहरी चौकीको इन्चार्ज प्रहरी सहायक निरीक्षक देवलाल यादवका अनुसार विद्युत् सर्ट सर्किट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
डन दीपक मनांगे राप्रपाको जिल्ला अध्यक्ष निर्वाचित
काठमाडौं, माघ २६। डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन् । बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए । हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन नसकेकाले काठमाडौंमै गरिएको हो । प्रवक्ता श्रेष्ठले कानुनले मनांगेलाई कुनै सजाय नतोकेको भन्दै असल नागरिक भएर जसले पनि राजनीति गर्न पाउने बताए । ‘कानुनले मनांगेलाई सजाय तोकेको छैन । पार्टी जीवनमा प्रवेश गर्छु, भलाद्मी बन्छु, असल नियतले राजनीति गर्छु र असल नागरिक भएर राजनीति गर्छु भन्न जसले पनि पाइन्छ,’ श्रेष्ठले भने, ‘त्यसैले मनांगे राप्रपाको अध्यक्ष हुनुलाई अस्वाभाविक मान्न मिल्दैन ।’ निर्वाचित भएपछि मनांगेले ३५ सदस्यीय समिति गठन गरेका छन् । निर्वाचित भएपछि मनांगेले कुनै प्रतिक्रिया दिएनन् । मनांगे सांगठनिक अपराध गरेकोमा पटक–पटक प्रहरीबाट पक्राउ पर्दै छुट्दै आएका छन् । विशेष अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । गत संविधानसभा चुनावमा मनाङमा कांग्रेसका टेकबहादुर गुरुङले १४ सय मत ल्याएर जितेका थिए । राप्रपाले ११ सय र राप्रपा नेपालले ६ सय मत ल्याएको थियो । दुई राप्रपा एक हुँदा मनाङमा राप्रपा बलियो देखिएको थियो । मनांगे प्रवेश गरेपछि राप्रपा बलियो भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । मनाङमा निर्वाचन हुँदा काठमाडौंबाट भोटरलाई हेलिकोप्टरमा लगेर दलहरूले आफ्नो दलमा भोट हाल्न लगाउने गरेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।
मोबाइलमा राखिएको पाँच अश्लील सामग्रीले पुर्यायाे जेल
माघ २४ । मलेसियामा कार्यरत एक नेपालीले मोबाइलमा अश्लिल सामाग्री राखेको आरोपमा एक वर्ष जेल सजाय सुनाइएको छ । मलेसियाको एक अदालतले २९ वर्षीय भेटलबहादुर बमलाई जेल सजाय सुनाएको हो । क्लिनरका रुपमा कार्यरत बमले मोवाइलमा पाँच अश्लिल समाग्री राखेको अभियोग छ । युवकले प्रहरीसामु आफ्नो कमजोरी स्वीकार गरेका कारण उनलाई एक वर्षको जेल सजाय सुनाइएको छ ।
फेरि घट्यो सुनचाँदीको भाउ
काठमाडौं, माघ २१ । सुनचाँदीको भाउ शुक्रबार पनि घटेको छ । बिहीबारको तुलनामा सुन तोलामा एक सय र चाँदी १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार फाइन गोल्ड तोलाको ५५ हजार १ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । हप्ताको पहिलो दिन आइतबार फाइन गोल्ड तोलाको ५४ हजार ८ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ५ सय रुपैयाँ थियो । यस्तै बिहीबार स्थिर रहेको चाँदीको भाउ शुक्रबार १० रुपैयाँले घटेर तोलाको ८ सय रुपैयाँमा झरेको छ । समग्रमा यो हप्ता चाँदीको भाउ कुनै घटबढ भएन ।
बजारमा आयो ओट्टो मार्क
काठमाडौं, माघ २० । सिंगापुरमा डिजाइन भएको नयाँ मोबाइल ब्राण्ड ओट्टो नेपाली बजारमा आएको छ। जयमाँ इन्टरकन्टिनेन्टल प्रा.लिले यो मोबाइल नेपाली बजारमा ल्याएको हो । ओट्टोको बिक्री शुभारम्भ बुधबार लुट-२ का कलाकारद्वय सौगात मल्ल र दयाहाङ रार्इले गरे। यो ब्राण्डले मध्यमवर्गको स्मार्टफोन बोक्नेलार्इ अाकर्षित गर्ने कम्पनीको दाबी छ । कम्पनीले प्रिमियम क्वालिटीको उत्पादन नेपाली बजारमा ल्याएको दाबी गरेको छ। यो मोबाइलमा ६ इन्च र २.५ डी कर्भ्ड एचडी डिस्प्ले छ। मोबाइलको पछाडि युनिमेटल छ । यो मोबाइलमा ३ जीबी र्याम र ३२ जिबी आन्तरिक मेमोरी छ, यसलाई १ सय २८ जिबीसम्म बढाउन सकिन्छ । यो मोबाइलमा पछाडि १३ मेगापिक्सेलको अटोफोकस र अगाडि ८ मेगापिक्सेलको क्यामरा छ। अगाडिको क्यामराले सेल्फी खिच्नेपछि स्तरीय फोटो आउने दाबी कम्पनीको छ । कम्पनीका अनुसार यो मोबाइल चाँडै चार्ज हुन्छ। मोबाइलमा ३८४५एमएएच ब्याट्री छ। फोरजी एलटिर्इ सर्पोट गर्ने यो मोबाइलमा मेडियाटेक एमटी ६७३५, ६४ क्वाड प्रोसेसरसँगै ६.० एन्ड्रोइड मार्समेल्लो समेत छ। मोबाइलमा दुर्इवटा सिम राख्न मिल्छ । यसमा सिडिएमए सिम पनि चलाउन सकिने कम्पनीको दाबी छ। यो मोबाइलको मूल्य १९ हजार ९ सय ९६ रुपैयाँ छ। मोबाइल काठमाडौंका मुख्य पसलहरुमा पाइने कम्पनीले जनाएको छ। मोबाइलको सर्भिस सेन्टर सिभिल मलको चौथो तल्लामा रहने कम्पनीले जनाएको छ।
चुनावमा मोटरसाइकिल र्याली निकाल्न नपाईने,
काठमाडौं, १५ माघ । निर्वाचनमा गैरसरकारी संस्था तथा विदेशबाट भौतिक तथा आर्थिक सहयोग लिनुलाई कानुनी अपराध ठहर गर्दै नयाँ कानुन ल्याउने तयारी भइरहेको छ । संसद्को राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले समितिमा व्यापक परामर्शपछि शुक्रबार व्यवस्थापिका संसद्मा निर्वाचन ९कसुर तथा सजाय० विधेयकसम्बन्धी प्रतिवेदन पेस गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– प्रतिवेदनमा स्थानीय, प्रान्तीय, केन्द्रीय संसद्मा उम्मेदवारी दिने दल तथा उम्मेदवारले विदेशी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट आर्थिक, भौतिक, प्राविधिकलगायतका सहयोग लिएको प्रमाणित भए जरिबाना तिनुपर्ने प्रावधान राखिएको छ । प्रतिवेदनमा पहिलेका निर्वाचन अत्यधिक महँगो, चरम दुरुपयोग हुनुका साथै विदेशबाट सहयोग रकम आएको सिकायतपछि यस्तो कानुनी प्रावधान समावेश गरिएको छ । समितिका सभापति घर्तीले संसद्मा पेस गरेको प्रतिवेदनमा विदेशी शक्ति एवं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले उम्मेदवार, दलहरूलाई निर्वाचनक्रममा प्रभावित गरेको प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिबाना हुने प्रावधान छ । सभापति घर्तीले विगतका निर्वाचनमा भएको ‘मनी, मसल र पावर’ समेतलाई ध्यान दिँदै निर्वाचन कसुर तथा सजाय विधेयकमार्फत नै सबैलाई जिम्मेवार बनाउन खोजिएको बताए । प्रतिवेदनमा निर्वाचनका बेला दल तथा उम्मेदवारले प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता भौगोलिक अखण्डता राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पुर्याउने वा खलल पार्नेलगायतका कार्य भए÷गरे दुई लाखसम्म जरिबाना र तीन वर्ष कैद वा दुवै सजाय व्यवस्था गरिएको छ । मतपत्र दुरुपयोग गरेमा एक लाखसम्म जरिबाना, दुई वर्षसम्मको कैद वा दुबै सजय हुने, अर्काको नामबाट मतदान गर्न मतपत्र लिएमा २५ हजारसम्म जरिबाना, मतदान भएको मतपत्र बिगार्ने वा नष्ट गरेमा एक लाख वा दुई वर्षसम्मको कैद वा दुवै सजाय हुनेछ । गैरनेपालीले मतदान गरेमा एक लाखसम्म जरिबाना र एक वर्ष कैद वा दुवै सजाय हुने, मतगणनासम्बन्धी सामग्री बिगारे वा नोक्सान गरे एक लाख रुपैयाँसम्म जरिबाना, दुई वर्ष कैद वा दुवै सजाय हुनेछ । हातहतियार साथमा लिएर हिँडेमा वा प्रयोग गरेमा दुई लाखसम्म जरिबाना, तीन वर्षसम्मको कैद वा दुवै सजाय हुन सक्नेछ । उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभर कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहारका रूपमा नगद वा जिन्सी सामग्री दिएको प्रमाणित भए पचास हजार जरिबाना, एक वर्ष कैद वा दुवै सजाय हुनेछ । निर्वाचनको प्रचारप्रसारमा अब मोटरसाइकललगायत सवारीसाधनको र्याली निकाल्न पाइने छैन । निर्वाचन कसुर तथा सजायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमा सवारीसाधनको र्यालीमाथि प्रतिबन्ध लगाइएको हो । प्रचारप्रसारको सिलसिलमा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधिले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय तहको स्वामित्वको संस्था वा शिक्षण संस्थाका सवारीसाधन प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । र्याली निकाले वा सवारीसाधन प्रयोग गरे उम्मेदवार तथा व्यक्तिलाई आयोगले २५ हजारसम्म जरिबाना गर्न सक्नेछ । २०४६ साल यताका निर्वाचनमा मोटरसाइकलको र्यालीको दुरुपयोग भएको समितिका सदस्यले ठहर गरेका छन् । नेपाल मजदुर किसान पार्टीले भने भारतीय गाडीको प्रयोगलाई समेत रोक्नुपर्ने फरक मत विधेयकमा राखेको छ । तराईमा निर्वाचन प्रचारमा भारतीय नम्बर प्लेटका गाडीहरूको प्रयोग हुने गरेको छ । विधेयकले निर्वाचनको दिन मतदानमा जानेलाई बाटो छेक्न नहुने प्रावधान राख्दै मतदान केन्द्रमा जाने बाटो छेक्न वा गौंडा छेक्ने कार्यलाई समेत बाधाको रूपमा अथ्र्याउँदै यस्तो कार्य गर्ने गराउनेलाई २५ हजारसम्मको जरिबानाको व्यवस्था थप गरेको छ ।
पन्ध्र सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं, माघ १४ । विवाहको लगनकै बेला सुनको मूल्य घटेको छ । सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार फाइन गोल्ड तोलाको ५४ हजार ६ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ३ सय रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ । बिहीबार फाइन गोल्ड तोलाको ५५ हजार रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको हो । हप्ताको पहिलो दिन आइतबार फाइन गोल्ड तोलाको ५५ हजार ४ सय रुपैयाँमा रस्ट्याण्डर्ड गोल्ड ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । आइतबार तोलाको ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार तोलाको ७ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।
९१ यात्रु बोकेको रसियन विमान बेपत्ता
पुस १० । रुसी सैनिक, पत्रकार र रुसका मुख्य व्यक्तिहरु बोकेको रसियन विमान बेपत्ता भएको छ । विमानमा चालक दलसहित ९१ यात्रु रहेको रसियन रक्षा मन्त्रालयले जनाएको छ । उक्त सैनिक विमान सिरियाकाे अाकाश हुँदै उडेकाे जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ८३ यात्रु र ८ जना चालक दलका सदस्यसहित विमान उडेको केही समयपछि नै सम्पर्क विहिन भएको रसियन रक्षा मन्त्रालयले जनाएको हो। काला सागरबाट सोचीका लागि उडेको टीयू–१५४ विमान उडेकै केही मिनेटमै रडारको सम्पर्कबाट हराएको थियो । थप विवरण आउन बाँकी छ।
कसले दिने संघीयताको समाधान ?
भन्नैपर्ने भएको छ– बुझेनौँ, बुझाएनौँ अनि सोझै रहर गर्यौँ संघीयता । संविधान सभा, गणतन्त्र र संघीयता चाहिएको सबैभन्दा बढी माओवादीलाई । विभिन्न कारणबाट जनमत ल्याउनै थियो उसलाई । माओवादीले जात, क्षेत्र, गरीब, किसान मजदूर र केही अन्यको सहयोगमा आखिरमा सम्पूर्ण दलहरूलाई लगाम लगाउन सकेको थियो दश बर्ष अगाडि । तर आज आफू भित्रकै किचलोले गर्दा संघीयतासँग प्रश्नैप्रश्न सृजना भएका छन् । छरपष्ट रुपमा उनै नजिकीएका दल र त्यसका नेताहरूनै पुरानै संरचना ठिक भन्नेहरुबीच पानी बाराबार भएको छ । जनमोर्चाका चित्रबहादुर के.सी. त सुरुवातदेखि नै संघीयताको बिरोधी नै हुन् । आज पनि उनले त्यही मुद्दा समातेका छन् । तर एमालेको भूमिका भने बुझि नसक्नु भएको छ । खासगरी गणतन्त्र र संघीयता स्वीकारेका काँग्रेसभित्रको एउटा तप्का र एमालेलाई आज आएर यहि व्यवस्था घाँडो लाग्नु र पुरानैको पक्षपोषण गर्नु अनुत्तरीत छ, । विगतमा आफु हिरो हुनको लागि अनेक जुक्ती र हुँदै नहुने कबोल गर्न दलहरु पछि परेनन् । पाइलैपिच्छे गल्तिको महशुषपनि नगरेका होइनन् तर राजनीतिक एजेण्डामा यतिचाँडै यस्तो स्खलीत अवस्थामा पुगिन्छ भन्ने कमैले आँकलन गरेको हुनुपर्छ । यसको छिट्टाहरू धरातलमा अहिले देखिएका छन् । यसले संघीयतालाई घाँडो मान्दै यसको मातबाट पन्छिनखोजेको आभाष भएको छ । हालसम्म देखिएका अभ्यासहरूले ५ प्रकारका संघीयतालाई प्रयोगमा ल्याएको देखिएपनि हाम्रो खाका नै कमजोर बनेको अहिले देखिएको छ । बन्यो । द्वेद्व, सहकारी, आर्थिक, सृजित, नयाँ संघीयता खै कुन खै कुन ? व्यवस्थामा आधारीत भन्ने नै निक्र्यौल गर्न सकेनौँ । मिल्ने भन्दापनि अमिल्दा प्रदेशको खाकामा समय व्यतित् गर्नाले समस्याहरू दिनकै यतिविघ्न थपिँदै गए । संघीयता के का लागि भन्ने कुरा नै सही ढंगले जनतालाई बुझाउन सकिएन । यसको फाइदा गलत तत्वहरुले लिए । त्यसैले अब त्यो भाषबाट निस्कन सम्भव देखिएको छैन । गणतन्त्रवादीको बिचलनले अन्य र पुराना शक्तिको मायाँ बढ्न पुगेको छ । हिजो तिनै निरँकुशताका प्रदेशहरू आज प्यारो बन्दै गएको छ । केही बैज्ञानिक त केही अबैज्ञानिक तथ्यलाई साक्षी राख्दै संघीयता र राज्य पुर्नसंरचना विवादलाई बढाउँदै लगिएको छ । यो समर्थनको मत बढ्दैजाँदा संघीयतामा खर्चेको लगानी बालुवाको पानी जस्तै बन्न गएको छ । एउटा मुद्धालाई अर्को तरिकाले बुझ्दा अनि बुझाउँदा नैराश्यता, अहँकार र झगडामा परिणत भएको छ । यसले गर्दा आफु—आफुमा आफ्नो उत्पति, सम्बन्ध र एकतामा नै धक्का पुग्न गएको छ । पुरातनवादीको समिकरणले झनै समस्या परेको माओवादीलाई नै संघ र प्रदेश घाँडो बन्दै गएको छ । काँग्रेस र एमालेका केही नेताको बाण अहिले पुरातनवादमै होमिएको छ । काँग्रेसले सरकारको साथ छाडेको छैन तर एमालेको पछिल्लो चालाले संघीयताको सकस् लम्बिँदो छ । व्यवस्था स्वीकार गरेपनि हरेक कोणबाट सत्तालाई जोडिने हुनालेपनि आज व्यवस्थामै प्रश्नचिन्ह उब्जिएका छन् । एमालेका दिग्गज नेताहरूको शैलीबाट यो कुरा पुष्टि हुन्छ । यसकारण यी तीन व्यवस्था माओवादीलाई मात्रै चाहिएको हो भने अब उसको जनमत न्यून भैसकेको देखिन्छ । आफु फुटेकै कारण व्यवस्था कमजोर बन्दैगएकाले नचाहेरैपनि जिम्मेवारी लिनैपर्छ माओवादीले । आज उब्जिएको पहिलो समस्याहरूले भोली झन् कस्तो—कस्तो समस्याको समाधान गर्नुपर्छ ? भन्ने यदी आँकलन गर्न सकेको भए संयोग त्यसबखत् नै टुट्ने स्पष्ट भैसकेको छ । यसकारण अबको बाटोपिच्छेको समाधान भनेको सहमतीय सरकार नै देखिन्छ । किनकी विमत्तीबाट उद्धेश्यमा पुग्न सकिँदैन । मिलेर संविधान बनायौ, मिलेर सरकार चलाओ र संरचनाको विवादलाई साम्य पार्नपनि मिलेरै जानुपर्ने देखिएको छ । जसको नारा उसको छरपष्टताले व्यवस्थामै सोचनीय बनायो । न मधेशवादी एक छन् त न माओवादी नै । पुरातनवादीको समिकरणले झनै समस्या परेको माओवादीलाई नै संघ र प्रदेश घाँडो बन्दै गएको छ । काँग्रेस र एमालेका केही नेताको बाण अहिले पुरातनवादमै होमिएको छ । काँग्रेसले सरकारको साथ छाडेको छैन तर एमालेको पछिल्लो चालाले संघीयताको सकस् लम्बिँदो छ । राप्रपा सरकारमा बस्ने या नबस्ने मुडमा पुगिसकेको छ । देशी विदेशी शक्तिहरूपनि नजिकबाट नेपाली राजनीतिलाई हेर्दोछन् । यसकारण छुट्टै बहस अब थालनीगर्नुपर्ने भएको छ— अबको निकास के ? । बजारमा अनेकन प्रश्नहरू छरिएका छन् । पुरानै संरचनामा राज्य जानुपर्ने, जाननसक्ने, नयाँमा पनि उत्तर—दक्षिणसहितको बैज्ञानिक सीमाँकन, छुट्टै तराई, स्वायतता आदि—आदि । यसैबिचको राजा ज्ञानेन्द्रको राजनीतिक सक्रियतासंगै प्रसारित विज्ञप्तीले झनै जटिल अवस्थाको आगमन हुन लागेको हो की भन्ने आशँकाहरूपनि जन्माइदिएको छ । यसै सन्दर्भमा वर्तमान प्रधानमन्त्रीले केहिसमय अघि ‘राजा ज्ञानेन्द्र त्यसै घुमेका छैनन्’ भन्ने अभिव्यक्तिलेपनि अबको छोटो समयमा नेपाली राजनीतिले गम्भीर मोड लिने सहजै आँकलन गर्न सकिन्छ । हुन त राजा सहितको संघीयताको पनि गाइँगुइँ नबढेको होइन बजारमा । तर ताइनतुइका गफ भन्दा निकाशको सन्दर्भमा केन्द्रित विज्ञहरूपनि सम्पूर्णताको सामेलबाट मात्रै नेपालमा संघीयता हुर्कनसक्ने तर्क गर्छन् । उनीहरुले निषेधको राजनीति अन्त्य हुनुपर्नेमा जोड दिँदै आएका पनि छन् । यदी यो अवस्थाको आगमन हुने संकेत हो भने सबै अटाउन नसक्ने परिस्थिति हुर्कँदो छ भनेर बुझे हुन्छ । यदी मिलेको भए यो अवस्थाको बिकार अहिले हामी भोग्नेवाला थिएनौँ । यसकारण बनेको संविधानले राहत् भन्दा आहत् पैदा गरिदिनु, दलहरू मिल्न नसक्नुले अबको राजनीति कसरी अगाडी बढ्छ भन्नेमा जनता चिन्तित बनेका छन् । संघीयता सम्बन्धी बहसमा राज्यको पुनसंरचनालाई ज्यादै संकुचित रुपमा प्रयोग गरिनाले पनि आज केही जटिलता देखिए । यसलाई सकारात्मक रुपमा बुझाउन कम प्रयास र जातीयता या पहिचानका आधारमा क्षेत्र सीमाँकन गर्ने भन्ने चर्चाले बढी स्थान पायो । वास्तवमा धेरै थोरै प्रदेश बनाउँदै या सामथ्र्यलाइ मात्र हेरेर संघीय व्यवस्था सुदृढ नहुने भएपनि स्वार्थका कारण व्यवस्थामा पुगेको आक्षेप नराम्रो भएपनि समर्थन जुट्न पुगेको छ । जनता सशँकीत भएका छन् व्यवस्था र नेताप्रति । यसकारण एकपटक अवश्य सोचौँ नेतागण अब हामी कुन व्यवस्थातिरको यात्रा मा छौँ ? समाधान रोज्ने की समस्या ? निकाश के हो ? कतिन्जेल जनताले संघर्षमा बिताउनुपर्ने ? तपाइँहरू कतिन्जेल जनता लडाउने र आफु राजनीति गर्ने ? तपाइँहरू न यताको न उत्ताको भएपनि जनतालाई नछुट्याऊ । समाधान देउ अब के गर्ने र कसरी हल गर्ने । वर्तमान नेतृत्व तिमी सजग् हौ, तिम्रो बाटो के हो ? तिमी समाधान दिने कि समस्या ? तिम्रो सक्रियता अहिले राष्ट्रलाई छ, जसरी हुन्छ मिलाउ र निकाश देऊ । किनकी तिम्रो काँधमा बढी जिम्मेवारी छ जुन् तिम्ले एकतिहाइपनि गर्न सकेका छैनौँ ।
प्रधानमन्त्री प्रचण्डले भने–‘संविधान संशोधन प्रस्ताव फिर्ता हुँदैन’
लाहान, मंसीर ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारद्वारा व्यवस्थापिका–संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् । बुधबार दिउँसो लाहनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भने– ‘सरकारको गोल निर्वाचनमार्फत् संविधान कार्यान्वयन नै हो । संविधान कार्यान्वयनको वातावरणका लागि सरकारले संविधान संशोधनको प्रक्रिया सुरु गरेको छ । हिमाल, पहाड र तराई मिलाएर राष्ट्रिय एकता कायम गर्न अघि सारिएको प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन । प्रस्ताव फिर्ता होला कि भन्ने आशंका नराख्दा हुन्छ ।’ सरकार संसदमा दर्ता गरेको प्रस्ताव पारित गराउने तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले थप्दै भने– ‘प्रस्ताव फिर्ता हुँदैन । संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जानुको बिकल्प छैन । तर, संसदीय प्रक्रियाबाटै प्रस्तावमा केही हेरफेर वा परिमार्जन गर्न सकिन्छ । यसका लागि सरकार आवश्यक लचकता प्रदर्शन गर्न तयार छ ।’ स्थानीय निर्वाचनको बिकल्प नभएकोमा जोड दिँदै प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि तत्कालै स्थानीय निर्वाचनमा जानुको बिकल्प नभएको बताए । उनले दलहरुबीच छलफलमै कायम भएको र स्थानीय तहको निर्वाचन गर्ने कि पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गर्ने भन्ने टुंगो केही दिनमा लाग्ने बताए । उनले निर्वाचनमा जाने कुरामा बिलम्व गर्न नसकिने जिकिर गरे । पत्रकार भेटघाटमा प्रधानमन्त्रीले मधेशको विकासप्रति सरकार संवदेनशील रहेको बताउँदै सिरहा–५ को निर्वाचन क्षेत्र विकास कोषको बजेट सहमतिमै बिनियोजन गरिएको जानकारी दिए । तराई–मधेश भ्रमणका क्रममा बुधबार नै प्रधानमन्त्रीले ढल्केबरको सव–स्टेशन ट्रान्समिसन लाइनको स्थलगत निरीक्षण गरेका छन् । उर्जामन्त्री जनार्दन शर्मा, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित ढल्केबर पुग्नुभएका प्रधानमन्त्रीले समयभित्रै आयोजना सम्पन्न गर्न आयोजना प्रमूख र कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
शुक्रबारसम्मका लागि व्यवस्थापिका संसद वैठक स्थगित
काठमाडौं, २२ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा केही साना दलहरुको अवरोधका कारण बुधबारको व्यवस्थापिका संसद बैठक पनि स्थगित भएको छ । यो लगातार चौथौ पटकको संसद बैठक स्थगित भएको हो । सरकारले ल्याएको संविधान संसोधनको विरोधमा प्रमुख प्रतिपक्षी एमाले तथा केही साना दलहरुले बैठक अवरुद्ध गरेका हुन् । बैठकको शुरुमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीको इशारामा सरकारले संशोधन विधेयक ल्याएको आरोप लगाए भने उनले विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने बताए । केसीले बोलिसक्ने वित्तिकै प्रतिपक्षी दलका सांसदहरुले आ–आफ्नो ठाउँबाट उठेर विरोध गरेपछि सभामुख ओनसरी घर्तीले मागप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद अवरोध नगर्न आग्रह गरेकी थिइन् । पटक–पटकको आग्रहलाई वेवास्ता गर्दै प्रतिपक्षी दलका सांसद उभिएपछि सभामुख घर्तीले बैठक शुक्रबारसम्मका लागि स्थगितको घोषणा गरेकी हुन् ।
दाङतिर लागे प्रचण्ड, कार्यक्रम विथाल्न एमालेद्धारा बन्द अाह्यवान
काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङतिर लागेका छन् । दाङको सिसनिया र गोवरडिहा जोड्ने राप्ती नदीको पुल शिलन्यासका लागि आज उनी त्यसतर्फ लागेका हुन् । दाङमा पुल शिलान्यासपश्चात उनी त्यहीबाट कैलालीको धनगढीमा आयोजित सुदुरपश्चिम महोत्वस उदघाट्न गर्न जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महोत्सव उदघाट्नपछि प्रधानमन्त्री दाहाल अपरान्ह साढे ३ बजे कञ्चनपुरको दोधारा चाँदनी सुख्खा बन्दरगाह अवलोकनका लागि पुग्ने कार्यक्रम छ । सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेसंगै विभिन्न जिल्लामा विरोध प्रर्दशन चर्किएका छन् भने लागातारको बन्दले जनजीवन प्रभावित भएको छ । प्रधानमन्त्रीको कार्यक्रमलाई बिथोल्न एमाले जिल्ला कार्यसमिति दाङले आज जिल्ला बन्दको आह्वान गरेको छ ।
विष्णुदेवीको जात्रा
काठमाडौँ, मंसिर २२ । काठमाडौँको दक्षिण भेगस्थित सतुङ्गलमा रहेको विष्णुदेवीको जात्रा आज सुरु भएको छ । प्रत्येक वर्ष मंसिर शुक्ल अष्टमीका दिन सुरु भई द्वादशीसम्म जारी रहनेछ । जात्रामा नवमीका दिन विष्णुदेवीको मूर्तिलाई खटजात्रा तथा स्थानीय वैष्णवी देवीको मन्दिरमा लगेर पूजा गर्ने चलन छ । विशेष बाजागाजासहित निकालिने खटजात्रामा समेत बोकाको बलि दिने गरिन्छ । जात्रा सातगाउँको जात्रासँग सम्बन्धित रहेको भएपनि स्थानीय कुशेगाउँ, मच्छेगाउँ, नहङ्कोट, सतुङ्गल र नैकापमा बसोबास गर्ने भक्तजनको जात्रामा सहभागिता रहन्छ । पाङ्गा र कीर्तिपुरका स्थानीयवासीले भने आफ्नो क्षेत्रमा फरक किसिमले जात्रा सञ्चालन गर्ने गर्दछन् । तीनथानास्थित वैष्णवी देवीको मन्दिरमा गएराति राँगाको बलि दिएर विधिविधानपूर्वक पूजा गरेपछि आज विष्णुदेवीको जात्रा गरी भोज खाने परम्परा रहेको स्थानीयवासी राजु राजोपाध्यायले जानकारी दिएका छन् । विष्णुदेवीको मूर्तिलाई शक्तिको प्रतीकका रुपमा पूजा गरिँदै आएको छ । सो जात्रामा सहभागी भएमा रोग–ब्याधीबाट मुक्त भई पारिवारिक सुख, समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।