प्रतिक्रियावादीहरुकाे षडयन्त्र जारी छ, ढुक्क हुने अवस्था छैन- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले संसद विघटनका शृंखलामार्फत लाद्न खाेजिएकाे प्रतिक्रियावादी षडयन्त्र परास्त गरेकाे भएपनि अझै ढुक्क हुन सकिने अवस्था नभएकाे बताएका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच पार्टी एकता कार्यक्रममा बाेल्दै प्रचण्डले इतिहासका उपलब्धि कुल्चिने षडयन्त्र अहिले पनि जारी रहेकाेले सचेत भइरहनुपर्नेमा उनले जाेड दिए ।
जनताकाे सेटिङका अगाडि प्रतिक्रियावादीकाे सेटिङ चल्दैन भन्ने प्रमाणित भएकाे बताउँदै प्रचण्डले सामन्तवादका अवशेस र दलाल पूँजिवादका एजेण्टहरुकाे चलखेल चलि नै रहेकाेले रिल्याक्स हुने अवस्था नभएकाे बताएका हुन । प्रतिक्रियावादी षडयन्त्रसँग लड्न कम्युनिष्ट शक्तिबी एकता अनिवार्य शर्त भएकाे उनले बताए ।

कार्यक्रममा बाेल्दै प्रचण्डले मसाल सम्पर्क केन्द्रसँगकाे एकताले पाँच दलीय गठबन्धनमा कुनै असर नपर्ने बताए । आफू माेहनबिक्रम सिंहकै स्कुलबा हुर्केकाे बताउँदै उनले पछिल्लाे समयमा माेहनबिक्रमसँग नयाँ ढंगले अघि बढ्ने विषयमा छलफल भएकाे बताए । हिजाेपनि अभिभावक हाे रअब पनि अभिभावकत्व ग्रहण गर्नुस भन्ने किसिमले सकारात्मक कुराकानी भएकाे उनकाे भनाई थियाे ।
मार्क्सवादलाई गतिशीलतामा बुझेर उपलब्धिकाे रक्षा गर्दै प्राप्त हुन नसकेका कुरा प्राप्तीका लागि समाजवादी क्रान्तिकाे तयारिमा अघि बढनुपर्ने बताए ।
नेकपा मसाल सम्पर्क केन्द्रका संयनेजकसहित ३८ जिल्ला कमिटी माओवादी केन्द्रसँग एक भएकाे हाे ।

झण्डै एक अर्ब लगानीमा शर्मा-समानान्तर जेभीले निर्माण गरेको भवन वर्षदिन नपुग्दै चुहियो, अख्तियारको टोली अनुगमनमा

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको महान्यायाधिवक्ता कार्यालयको भवन निर्माण सम्पन्न भएको वर्षदिन नपुग्दै चुहिएपछि अख्तियारले स्थलगत अनुगमन गरेको छ । शर्मा-समानान्तर ज्वाइन्ट भेन्चरले निर्माण गरेको उक्त भवनको गत पौष ८ गते केपी ओलीले उदघाटन गरेका थिए । बिभिन्न सरकारी भवन निर्माणको ठेक्का हात पार्न सफल शर्मा कम्पनीले निर्माण गरेको भवन वर्षदिन नपुग्दै चुहिएपछि कम्पनीको गुणस्तरीयता र विश्वसनियतामा नै प्रश्न उठेको अख्तियार श्रोतले बताएको छ । करिब एक अर्बको लागतमा उक्त भवन बनेको हो । उक्त भवन के कति कारणले चुहिएको हो भन्ने कुरा खुल्न सकेको छैन । भवन चुहिएको विषयमा लोकान्तर अनलाईनले समाचार प्रकाशन गरेको थियो । त्यसपछि अख्तियारकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्य नेतृत्वको ३ सदस्यीय छानबिन टोलीले महान्यायाधिवक्ता कार्यालय भवनको स्थलगत अवलोकन गर्नुका साथै फोटो र भिडियो समेत खिचेर लगेको छ । साथै टोलीले महान्यायाधिवक्ता सहित कार्यालयका अन्य कर्मचारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि र ठेकेदार कम्पनीका प्रतिनिधिलाई राखेर छलफल समेत गरेको थियो । शर्मा समानान्तर कम्पनीले निर्माण गरिरहेका अन्य भवनहरुबारे समेत छानबीन हुनुपर्ने माग कतिपयले गरेका छन् । महान्यायाधिवक्ता कार्यालयका एक कर्मचारीका अनुसार यसअघिको झरीमा पनि पानी चुहिने समस्या देखिएको लोकान्तरले उल्लेख गरेको छ। तर पटक–पटक जानकारी गराउँदा समेत ठेकेदार कम्पनीले मर्मतका लागि अटेरी गर्दै आएको थियो । उक्त भवनको लिफ्ट समेत बिग्रिएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ — हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । २०७८ भदौ २१ गते (सोमबार) दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । २०७८ भदौ २२ गते (मंगलबार) दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । राति: देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०७८ भदौ २३ गते (बुधबार) दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा एमालेका थप ३ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।

देशभर २२ सय १२ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । यो अवधीमा १८ सय ६७ जना कोरोनामुक्त भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३२ हजार ६९१पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार २९२ पुगेको छ भने ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ जना रहेका छन् । जसमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा रहेका छन् भने ४ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७५८ जना आईसीयू र १९३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

माओवादी केन्द्रकाेे केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केहीबेरपछि शुरु हुँदैछ । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ । पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने र समाजादी क्रान्तिका पक्षधर शक्तिहरुबीच कार्यगत एकताकाे सम्भावना लगायतका विषय समेटेर प्रचण्डले प्रतिवेदन तयार गरेकाे बताइन्छ । माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने लगाएतका विषय समेटेर अध्यक्ष दाहालले प्रतिवेदन तयार हिजो बसेको स्थायी कमिटी बैठकले आग्रह गरेको थियो । यस्तै हिजो माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरुको बारेमा छलफल भएन् । सरकार गठन भएको एक महिना वित्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेपनि माओवादीले मन्त्रीको नाम अझै टुंगो लगाउन नसकेको हो । हिजोको बैठकमा अध्यक्ष प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

माओवादी केन्द्रीय समिति बैठक ‘विशेष’ हुने संकेतः सबै रिक्त पद र जिम्मेवारी टुंग्याइने, देशव्यापी संगठन सुदृढिकरणको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलीदेखि बस्न गइरहेको छ । भोली बस्ने केन्द्रीय समिति बैठक मुख्यतः राजनीतिक र संगठनात्मक विषयबस्तुमा केन्द्रीत हुने देखिन्छ । नेकपाको विभाजनपछि संगठनात्मक सुदृढिकरण गर्न नसकेको माओवादी केन्द्रले यो बीचमा देशका सबै वडातहसम्म संगठन निर्माण गर्न निर्देशन दिएको थियो । तर कतिपय जिल्ला, प्रदेश र अन्य संरचनामा नेकपा विभाजनपछि जिम्मेवारी र पदपूर्ति नभएको कारण उल्लेख्यरुपमा संगठन निर्माण भने हुन सकेको देखिँदैन । भोली बस्ने केन्द्रीय कमिटी बैठकमा पछिल्लो राजनीति परिस्थिति र पार्टीले लिनुपर्ने दिशाका बारेमा अध्यक्ष प्रचण्डका तर्फबाट प्रस्ताव पेश हुनसक्ने एक केन्द्रीय सदस्यले बताए । अध्यक्ष प्रचण्डले एमालेसँगको एकतादेखि विभाजन र पछिल्लो समयमा एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कदम र वाम–लोकतान्त्रिक गठबन्धनको सरकारसमेत विषयलाई समेटेर संश्लेषणसहित आगामी कार्यभारका बारेमा प्रस्तावमा उल्लेख गर्नसक्ने उनले बताए । अहिले पार्टी कमजोर अवस्थामा रहेको, प्रतिगमनको खतरा कायमै रहेको अवस्थामा पार्टीले राजनीति र संगठनका क्षेत्रमा निर्वाह गर्नुपर्ने दायित्व तथा पार्टी सदस्यहरुको भूमिकाका बारेमा प्रचण्डको प्रतिवेदनले दिशा निर्देश गर्नसक्ने देखिन्छ । अध्यक्ष प्रचण्डले क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै एकीकृत कम्युनिष्ट आन्दोलनको निर्माणमा जोड दिँदै आएका छन् । नेकपासँगको एकता प्रक्रियाले सार्थकता नपाएपनि समाजवादी क्रान्तिको पक्षमा रहेका कम्युनिष्ट शक्तिहरुबीच बृहत रणनीतिक मोर्चा र संगठनात्मक एकताको पक्षमा उनले जोड दिँदै आएका छन् । अध्यक्षको राजनीतिक प्रतिवेदनले अहिलेको अन्यौलतालाई चिर्ने र पार्टीको ठोस कार्यदिशा र कार्यनीतिका बारेमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षित पार्ने अपेक्षा केन्द्रीय सदस्यहरुको छ । यसैगरी माओवादीले नेकपा विभाजनपछि रिक्त रहेका सबै पद र जिम्मेवारी पूर्ति गर्न समेत लामो गृहकार्य गरेको छ । संगठनात्मक विषयमा आवश्यक गृहकार्य गर्न यसअघि नै स्थायी समिति सदस्य वर्षमान पुनको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलले सबै क्षेत्रसँग समन्वय गर्दै प्राप्त सुझावका आधारमा अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो । भोलीदेखि शुरु हुने बैठकमा स्थायी र केन्द्रीय समितिदेखि प्रदेश, जिल्ला, जनवर्गीय संगठन, विभागलगायतका सबै संरचनामा रिक्त जिम्मेवारीका बारेमा संगठनात्मक एकता तथा सुदृढिकरणको प्रस्ताव पेश हुनसक्ने देखिन्छ । माओवादीले तत्कालका लागि केन्द्रीय समिति बिस्तार नगरेर २०–२५ जना केन्द्रीय सदस्य थप गर्ने देखिन्छ । यसैगरी सुदूरपश्चिमलगायत अन्य प्रदेशमा नेकपा विभाजनपछि रिक्त रहेका पदहरुमा समेत जिम्मेवारी बाँडफाँडको निर्णय बैठकले गर्नसक्ने देखिन्छ । केही जिल्लामा पार्टी एकतापछि इन्चार्ज, अध्यक्ष लगायतका पदाधिकारी रिक्त भएकोले त्यसलाई समेत टुंगो लगाउने तयारी भइरहेको ती केन्द्रीय सदस्यले बताए । माओवादीले विगतको निर्मम समीक्षा गर्दै राजनीतिक मार्गचित्र र संगठनात्मक सुदृढिकरणका क्षेत्रमा टुटेको कडी जोडन यो बैठक विशेष महत्वको हुने एकजना स्थायी समिति बैठकले बताए । जनता र कार्यकर्ता नेतामुखी भएको अवस्थाले अहिलेको अवस्था सिर्जना गरेकोले यो बैठकमा जनतातर्फ फर्क भन्ने नारालाई कार्यान्वयन गर्ने ठोस योजना बैठकमा उठ्ने उनले बताए । अहिले वैचारिकरुपमा प्रतिबद्ध संगठन निर्माणमा नै मुख्य जोड दिने कार्यनीतिका पक्षमा अधिकांश केन्द्रीय सदस्यहरु रहेका छन् । पार्टीले महाधिवेशन गर्नुपर्ने र निर्वाचनको समेत तयारी गर्नुपर्ने भएकाले देशैभरी सबै तहमा पार्टी र जनवर्गीय संगठनका सबै संरचना सुदुृढ गर्ने तथा जनअभियानमार्फत जनतामा पार्टीको नीति तथा कार्यक्रम लैजानेतर्फ बैठकले ठोस मार्गनिर्देशन गर्नसक्ने देखिन्छ ।

यस्तो छ आजको मौसम, काठमाडौंमा वर्षाको संभावना

काठमाडौं । देशभर सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाण्डौंमा आज बदली भइ अपराह्नपछि बर्षाको संभावना रहेको मौसम पूर्बानुमान महाशाखाले जनाएको छ । काठमाण्डौंको आजको न्यूनतम तापक्रम २० दशमलब २.डिग्री सेल्सियस रह्यो भने अधिक्तम तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने छ । सूर्योदय आज बिहान ५ बजेर १८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

शिक्षा मन्त्रालयका सबै सहसचिवको सरुवा, को कहाँ पुगे? (नामसहित)

काठमाडौंः शिक्षा मन्त्रालयका सबै सहसचिवको सरुवा गरिएको छ । एक बर्ष भन्दा बढी समय एकै ठाउँमा बसेका सहसचिवहरुलाई सरुवा गरिएको हो । मन्त्रालयका अनुसार विगत दुई महिनादेखि जिम्मेवारीविहीन रहेका वरिष्ठ सहसचिव कमल पोखरेललाई मन्त्रालयको योजना महाशाखामा पठाइएको छ । शिक्षा विभागका दीपक शर्मालाई प्रावधिक शिक्षा महाशाखामा, योजना महाशाखाका वैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा, प्रावधिक शिक्षा महाशाखाका हरि लम्साललाई चिकित्सा शिक्षा आयोगमा, सिएलपीआईयु’का इमनारायण श्रेष्ठलाई शिक्षा विभागमा, शिक्षा आयोगका तुलसी थपलियालाई शिक्षा विभागमा सरुवा गरिएको छ । यस्तै, विष्णु अधिकारीलाई मन्त्रालयबाट शिक्षा विभागमा सरुवा गरिएको छ । बेलायती सहयोगको एउटा इभेन्टमा काम गरिरहेका केशव दाहाललाई शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानोठिमी पठाइएको छ । शिक्षा विभागका चुडामणि पौडेलको शिक्षा विभागबाट विद्यालय पुनर्निर्माण आयोजना इकाइमा सरुवा भएको छ भने शिक्षा विभागबाट खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा पठाइएको छ । मन्त्रालयबाट मंगलवार साँझ सहसचिवहरुको सरुवा गर्ने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

महिलाको जस्तो हाइ हील लगाएर हिँड्छन् यी पुरुष, यस्तो छ कारण

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा बस्ने एश्ले म्याक्सवेल लाम नामक पुरुष महिलाहरूकै जस्तो हाईहील जुत्ता लगाएर अफिस जान्छन् । उनले आफ्नो लूकलाई सुन्दर बनाउन ६ इन्चको हील लगाउने गरेको बताए । उनी एक कर्पोरेट अफिसमा काम गर्छन् र दिनदिनै सुट र टाईका साथ हाई हील लगाएर काम गर्न जान्छन् । आफूलाई हील लगाउँदा राम्रो अनुभव हुने उनी बताउँछन् । यी अर्थविशेषज्ञले एक वर्षअघिसम्म पनि हील लगाउने गरेका थिएनन् । तर एक महिला सहकर्मीले हाई हील्समा आफूलाई शक्तिशाली अनुभव गर्ने बताएपछि उनलाई चित्त बुझेर हाई हील लगाउन थालेका हुन् । हील लगाउन थालेपछि आफू शक्तिशाली भएको उनले बताए । उनीसँग नौवटा हील जुत्ताको जोडी छ । तीमध्ये कुनै उनी अफिस जाँदा अनि कुनै चाहिँ बाहिर घुम्न जाँदा प्रयोग गर्छन् ।

डेंगु परीक्षण कीटमा ठगी धन्दाः १८ सय रुपैयाँ परीक्षणका नाममा असुली

काठमाडौं । डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् । मन्त्रालयले सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ । सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ । हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

सरकारले ९ सय दरबन्दी थप्दै, शिक्षामा कति?

काठमाडौंः सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका आयोजना र कार्यक्रमका लागि स्थायी र अस्थायी गरी करिब ९ सय कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्रालयअन्तर्गत आयोजना तथा कार्यक्रमका लागि ८ सय ८३ वटा दरबन्दी सिर्जना गरेको छ । राजपत्रांकित स्थायी ८ सय ५३, राजपत्रांकित अस्थायी १५ र सेवा केन्द्रका लागि २५ अस्थायी दरबन्दी स्वीकृत गरिएको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भदौ २२ गतेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै बिहीबार दिएको जानकारीअनुसार राजपत्रांकित दरबन्दीमध्ये सबैभन्दा बढी जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत ३ सय ६० र कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत आयोजनाका लागि २ सय ७२ दरबन्दी स्वीकृत गरिएको छ । त्यस्तै, सत्य निरूपण तथा मेलमिलाप आयोजनाका लागि ५६, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनका लागि १९, शिक्षा मन्त्रालयअन्तर्गत परियोजनाका लागि ५८, संघीय मामिला मन्त्रालयअन्तर्गत ६५ दरबन्दी छन् । अस्थायीमा राष्ट्रिय युवा परिषद्का लागि १५ वटा राजपत्रांकित पदमा अस्थायी र एकल विन्दु सेवा केन्द्रका लागि २५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको हो । ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर यसबारे लोकसेवा आयोगलाई जानकारी छैन । शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले आफू भर्खरै सरुवा भएर आएकाले त्यसबारे थाहा नभएको बताए । उनले आयोजना र परियोजनाका लागि प्रत्येक वर्ष नयाँ दरबन्दी सिर्जना हुने भएकाले यो विषय नयाँ नभएको बताए । एजुकेशन पाटीबाट

यौन व्यवसायमा लगाउन बालिकामा जवानी बढाउने हर्मोनको प्रयोग

काठमाडौंः  भारतीय टेलिभिजन च्यानल सोनीमा अपराधसम्बन्धी एउटा सिरिज प्रशारण हुन्छ- क्राइम पेट्रोल। सत्य घटनामा आधारित अपराधको नाटकीय रुपान्तरण सो कार्यक्रमको एक एपिसोडको विषय थियो- हार्मोन प्रयोग गरी किशोरीलाई वयस्क बनाएर यौन धन्दामा लगाउने। जसको एउटा वास्तविक कथा थियो– भारतको हरियाणास्थित एउटा ग्रामीण भेगबाट नौ वर्षीया बालिका एकाएक हराउँछिन्। खोज्दै जाँदा ६ महिनापछि उनी मुम्बईको यौन कोठीमा फेला पर्छिन्। तर, जब परिवारले उनलाई भेट्छन, चिन्नै सक्दैनन्। ६ महिना अगाडि हराएकी ९ वर्षीया बालिका १८–२० वर्षकी वयस्कझैँ भइसकेकी थिइन्। उनका स्तनको आकार वयस्क बराबरै थियो। शरीरको आकार प्रकार पनि पूरै बदलिएको थियो। तर, मानसिक अवस्था भने उनी उही नौ वर्षीया झैँ थिइन्। प्रहरी अनुसन्धानबाट खुल्छ ती बालिका अपहरणमा परे लगत्तै उनलाई शारीरिक अवयव बढाउने हर्मोन इन्जेक्सन दिइएको थियो। जसको प्रभावले नौ वर्षकी बालिका शारीरिक रुपमा ६ महिनामै वयस्कझैँ भइसकेकी थिइन्। भारतमा हुने अधिकांश अपराधको प्रवृत्ति नेपालसँग मिल्छ। यौन पेशामा लगाउन नेपालबाट किशोरीहरु भारत पुर्याएर बेच्ने क्रम अझै रोकिएको छैन। अहिले त आन्तरिक रुपमै काठमाडौँ, पोखरा लगायतका शहरमको रात्रिकालिन व्यवसायमा संलग्न गराउन ग्रामीण भेगबाट किशोरी ल्याउने क्रम बढेको छ। कार्यक्रममा देखाइएका यौवन बढाउन प्रयोग भएको स्टेरोइड, अक्सिटोसिन, टेस्टेस्टेरोन, प्रोजेस्टेरोन र स्ट्रोजेन हर्मोन खुवाउने अपराध कनै नेपालमा पनि गुपचुप भइरहेको छ छैन? हर्मोनको प्रयोगबारे जिम्मेबार सरकारी निकायमा गुनासो पुगेको छ। तर प्रमाण छैन भनेर अधिकारीहरु मौन बसिरहेका छन्। यो हर्मोन खाएपछि व्यक्तिको अनुहार गोलो हुँदै जान्छ। भुँडीसमेत बढ्छ। हाइट नबढ्ने भए पनि व्यक्तिको तौल बढेपछि साना बालिका पनि वयस्क जस्ता देखिन्छन्। यो खबर आजको शुक्रबार साप्ताहिकमा उपेन्द्र खड्काले लेखेका छन्।

शनिबार पनि ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले शनिबार साँझ ७ बजेसम्म ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज मुगु, डोल्पा, बाँके र बर्दिया जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगले पिडिएफ फाइल अपलोड गरिसकेको छैन । केही बेरमा अपलडो गरिने जनाइएको छ । मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा।वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

श्रीलंकाको दोस्रो विकेट पतन, सागरलाई पहिलो सफलता (अपडेट)

काठमाडौंः  एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले दिएको १६० रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले दोस्रो विकेट गुमाएको छ । श्रीलंकाले दोस्रो विकेटका रुपमा ९.५ ओभरमा रशनाथ डी सिल्भालाई १५ रनमा गुमाएको हो । उनलाई नेपालका लेग स्पिनर सागर ढकालले आउट गरे । यसअघि श्रीलंकाले पहिलो विकेटका रुपमा ४.४ ओभरमा नावोद पारानाबिठाना १२ रनमा गुमाउन पुग्यो । नेपाललाई पहिलो सफलता राशिद खानले दिलाएका थिए । ताजा अवस्थामा श्रीलंकाले १०.४ ओभरमा १ विकेट गुमाएर ५६ रन बनाएको छ । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन बनायो । नेपालका लागि रित गौतमले ५४, रोहितकुमार पौडेलले ४७, राशिद खानले नट आउट १५, हरिबहादुर चौहानले १२ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा श्रीलंकाका नवोद र दिलसानले तीनतीन विकेट लिए । ९ ओभरमा २ विकेट गुमाएर ४३ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा बाधक बनेपछि खेल ४२ ओभरमा झारिएको हो । पछिल्ला पाँच खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । सन् २०१६ मा श्रीलंकामा नै यू–१९ एसिया कपमा नेपालले कडा टक्कर दिए पनि एक रनले पराजित हुन पुगेको थियो । पहिलो खेलमा प्रतिस जि.सी, खडक बोहरा, लोकेश बम र सन्दीप जोरा प्लेइङ ११ मा अटाउन असफल भएका छन् । नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल (कप्तान), भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सूर्य तामाङ, हरिबहादुर चौहान ।

के भयो यस्तो बिराट कोहलीलाई?

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान बिराट कोहलीको एउटा तस्वीर अहिले निकै भाइरल भएको छ । तस्वीरमा बिराट कोहली कमिज र पाइन्ट खोलेर बसेको देखिन्छ । यो तस्वीर सार्वजनिक गर्ने क्रममा कोहलीले भने दार्शनिक अन्दाजमा लेखेका छन– जब हामी आफ्नै अन्तस्करणमा चियाउन थाल्छौं, हामीलाई बाहिर केही खोज्ने आवश्यकता रहँदैन । तर उनको यो तस्वीर सार्वजनिक भएपछि यसलाई लिएर मजाक गर्ने क्रम बढेको छ । इन्स्टाग्राममा तस्वीर सार्वजनिक भएपछि कतिपयले उनको ट्राफिक चलान काटिएको भन्दै मजाक गरेका छन् । कतिपयले भने थाकेर सुस्ताएको भनेका छन् । उनको यो तस्वीरलाई इन्स्टाग्राममा २१ लाख बढीले मन पराएका छन् । कमेन्टमा एकजना युजरले लेखेका छन– सर, नम्बर १ बाट हटेपछि अनुष्काले पनि घरबाट निकालिदिएको हो र ?