चर्चित साहित्यकार तारानाथ शर्माको निधन
काठमाडौं । नेपाली साहित्यमा आत्मपरक निबन्धका लागि लोकप्रिय लेखक तथा साहित्यकार डा. तारानाथ शर्माको निधन भएको छ ।
शर्माको ८७ वर्षको उमेरमा आज मंगलबार बिहान निधन भएको हो ।
उनले लेखेको “घनघस्याको उकालो काटदा” भन्ने निबन्ध निकै चर्चित छ । झर्रोवादी लेखनका रुपमा समेत उनको विशिष्ट पहिचान कायम छ ।
इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ ।
तारानाथले बनारसमा पढ्दै गर्दा २०१३ सालमा बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहालहरूसँग मिलेर झर्रोवादी अभियान थालेका थिए। उनीहरूले ‘नौलो पाइलो’ भन्ने पत्रिका निकाले र झर्रोवादबारे विभिन्न पत्रिकामा लेखे। नेपाली भाषामा हिन्दी, उर्दु, अङ्ग्रेजी भाषाको आन्दोलन गर्न झर्रोवादी अभियान चालेका थिए। ‘हाम्रो अभियानलाई अहिले पनि अरूले पछ्याउँदैछन्,’ उनी गर्व गर्छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि झर्रोवादी अभियानबाट प्रभावित भएर नाम फेरे। उनले श र ष हटाएर दन्त्य स लेख्ने अभियान थाले। ‘सुवाषको सट्टा सुवास लेख्न थालेँ,’ नेम्वाङले भनेका थिए, ‘झर्रोवादको अर्थ बुझेपछि झर्रो शब्द खोज्न र प्रयोग गर्न थालेको हुँ।’
चीनको प्रतिक्रियाः अमेरिका, युके र अष्ट्रेलियाबीच भएको शान्ति सम्झौताले हतियारको दौड बढने
चीनले अमेरिका, अस्ट्रेलिया र ब्रिटेनबीच भएको नयाँ परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ। उसले त्यसले पारमाणविक अप्रसार कार्यलाई पनि आघात पुर्याउने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र यूकेको निर्णयलाई “एकदमै गैरजिम्मेवार कार्य” भनेका छन्। उनले भने, “यसले गम्भीर रूपमा क्षेत्रीय शान्ति र स्थायित्वलाई हानी गर्नेछ र हतियारको दौडलाई तीव्र बनाउनेछ।” यूके, अमेरिका र अस्ट्रेलियाले गरेको उक्त परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौता चीन लक्षित रहेको बताइएको छ। सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ। ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर पक्ष समेट्नेछ।
नगर विकास कि नगर विनास: महेन्द्रनगरको ५ सय ७२ बिघा जग्गा ‘गायब’
काठमाडौं । नगरको विकास, सम्बद्र्धन र विस्तार गर्न नगरविकास समिति गठन हुन्छन्। तर, तिनै विकास समितिहरूले कञ्चनपुर महेन्द्रनगरको ५ सय ७२ बिघा जग्गा ‘गायब’ गरेका छन्। हरेक पटक गठन भएका नगरविकास समितिहरूले मनपरी रूपमा आफन्त, नातागोता र भुमाफियालाई जग्गा बिक्री गरेपछि अहिले ६६ बिघा मात्रै बाँकी छ। त्यसमा पनि नगर क्षेत्रभित्रको ८ बिघा जग्गा लिज र भाडामा दिइएको छ। बढ्दो जनसंख्या तथा सहरीकरण भइरहेका नगरहरूको पुनः निर्माण, विस्तार र विकासका साथै नयाँ नगरको निर्माण गरी नगरवासीलाई आवश्यक सेवा र सुविधा पुर्याउने भन्दै तत्कालीन राजा महेन्द्रले २०१९ सालमा नगरविकास समितिको गठन गरेका थिए। तर, ती समिति पछिल्लो समय राजनीतिक दलका कार्यकर्ताका लागि कमाई खाने भाँडो भएका छन्। महेन्द्रले गुरुयोजना बनाएर बसाएको सहर हो, महेन्द्रनगर। त्यसैले पनि यो सहरको नाम महेन्द्रनगर राखियो। यहाँ पाँचवटा ढल निकाससहितका व्यवस्थित गल्ली छन्। राजा महेन्द्रले सहरलाई अझ सुन्दर र व्यवस्थित बनाउन नगर विकास समिति ऐन २०१९ समेत ल्याएका थिए। ऐनअनुसार तत्कालीन अञ्चलाधीशहरू समितिको अध्यक्ष हुन्थे। महेन्द्रनगर नगरविकास समितिको पहिलो अध्यक्ष तत्कालीन अञ्चलाधीश टेकबहादुर रायमाझी भए। उनले, त्यतिबेला ८ सय १ जनाको जग्गा बदर गरेका थिए। ‘अव्यवस्थित जग्गा बदर गरेर नयाँ योजनाका साथ सहरको विकास गर्ने भनेर यस्तो गरिएको हो,’ महेन्द्रनगर नगरविकास समितिका नासु पुष्पराज भट्ट भन्छन्, ‘रायमाझी नेतृत्वमा आएको विशेष दौडाहा टोलीले ८ सय १ जनाको जग्गा बदर गरेर नगर निर्माण समिति विघटन गरेको थियो।’ २०३२/३३ सालमा महेन्द्रनगरको गुरु योेजना बनेको थियो। २०३५ सालमा गुरुयोजना स्वीकृत भएको नासु भट्टले जानकारी दिए। अञ्चलाधीशको अध्यक्षतामा रहेका नगरविकास समितिहरू २०४६ सालपछि तीन वर्ष प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन भए। त्यसपछि निर्वाचित संसदले नगरविकास समितिहरूमा नगरप्रमुख (मेयर) अध्यक्ष हुने व्यवस्था गर्यो। महेन्द्रनगर नगरपालिकाका तत्कालीन दुई जना मेयर यज्ञराज जोशी र सूर्यबहादुर कुँवर नगरविकास समितिको अध्यक्ष भएका थिए। २०५४ सालमा ऐन संशोधन भयो। सत्तामा रहेका दलका नेताहरूलाई नगर विकास समितिको अध्यक्ष बनाउन थालियो। पल्तु राना, कान्तराज पनेरु, मोहन गिरी, पदम बोगटी, गोपाल रसायली, सुरेन्द्र विष्टलगायत नगरविकास समितिका अध्यक्ष भए। स्थानीय भन्छन्, ‘कान्तराज पनेरु र पदम बोगटी बाहेकका अध्यक्षहरूको कार्यकाल जहिले नि विवादित रह्यो।’अन्नपूर्ण
माओवादी केन्द्रद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । राजधानीमा जारी माओवादीको बैठकमा प्रस्तुत समसामयिक प्रस्तावमार्फत माओवादीले सरकारको ध्यानाकर्षण गराएको हो । माओवादीको बैठकमा आइतबार नेता नारायणकाजी श्रेष्ठले समसामयिक प्रस्ताव पेश गरेका थिए । यस्ता छन् समसामयिक विषयका प्रस्ताव : १. महाकाली नदीमा तुइन काटेर नेपाली युवाको मृत्यु भएको दुई हप्ता भयो । यसबारे भारतसँग वार्ता गर्न र क्षतिपूर्तिका लागि सहल गर्न सरकारसँग माग गर्ने । २. बेलायतमा गोर्खा सैनिकहरुले गरिरहेको आमरण अनसनमा ऐक्यबद्धता जनाउने । बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्न सरकारसँग माग गर्ने । ३. कोरोनाको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रवन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको माग सरकारसँग गर्ने । ४. सम्पूर्ण पार्टी पङ्क्तिलाई स्वास्थ्य मापदण्ड अपनाउँदै महामारीविरुद्ध जुध्न र देशका लागि योगदान गर्न आह्वान गर्ने । ५. बाढी, पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गर्ने । ६ अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गर्ने ।
लालपुर्जा हातमा, जग्गा खोलाको बगरमा
सिरहा स् अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको धार। तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा बलान नदीले निल्यो। उनको लालपुर्जा हातमा छ, जग्गा खोलाको बगरमा परिणत भएको छ। सोही गाउँका महेन्द्र यादवको अवस्था पनि उनी भन्दा फरक छैन। उनको १ बिघा जग्गा नदीमा परिणत भएको छ। लालपुर्जा छ। जग्गा छैन। फुलचन यादवको १० कठ्ठा जग्गा नदीले बगर बनाएको छ। बलान नदी खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान मारमा परेका छन्। लहान नगरपालिका–२३ का करैया, तिलबोना, सखुवानन्कारकटी गाउँपालिका–४ का सिमराहा र भगवानपुर गाउँपालिकाका केही गाउँ अन्न उत्पादनका हिसाबले उम्दा थिए। घनाबस्ती रहेको यी गाउँका लागि बरदान मानिने नदी पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको स्थानीय राजु यादवले बताए। ‘विगतमा धान, मसुरो, बदाम र गहुँको बाला झुल्ने खेत अहिले नदीमा मिसिएको छ,’ उनले भने, ‘यो नदीले हामीलाई बेहाल बनाइदियो।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
ब्राजिलमा एकैदिन १ लाख बढी कोरोना संक्रमित
ब्राजिलमा एकैदिन १ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बिगत २४ घण्टामा २ हजार बढीको मृत्यु भएको छ । ब्राजिलमा बिगत केही महिना अघि मृत्युदर घटेपनि संक्रमितको संख्या दिनानुदिन उकालो लागिरहेको बताईएको छ । ब्राजिलको साओपालो शहरका ६० प्रतिशत बासिन्दा संक्रमित भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले जनाएको छ । ब्राजिलमा केही महिनादेखि जारी लकडाउन खुकुलो भएपछी कोरोना संक्रमितको संख्यामा बृद्धी आएको हो । ब्राजिलमा खोप अभियान पनि प्रभावकारी नभएका कारण संक्रमितको संख्या बढिरहेको आंकलन गरिएको छ । ब्राजिल धेरै कोरोना संक्रमण हुने देशको सूचीमा तेश्रोे स्थानमा रहेको छ । ब्राजिलमा कोरोनाका कारण ५ लाख ४९ हजार ५ सय बढीको मृत्यु भइसकेको छ ।
पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय
पोखरा । गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ । बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए ।
दातृ संस्थाद्धारा सिलिचोङ याफूवासीलाई ६३ खानेपानी धारा हस्तान्तरण
किमाथाङ्काः सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-५ याफूवासीलाई खानेपानीका धारा हस्तान्तरण गरिएको छ । दातृ संस्थाको सहयोगमा ६३ खानेपानी धारा हस्तान्तरण गरिएको हो । घरघरमै खानेपानीको धारा आएपछि घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासी खुसी भएका छन् । सिम्ले पिसुवा खानेपानी उपभोक्ता समितिले निर्माण गरेको खानेपानी स्थानीयवासीलाई गत शनिबार हस्तान्तरण गरिएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसिएशन ब्रिटिस गोखार्ज पोखरा र स्थानीय उपभोक्ताको ६० लाख ९३ हजार २२२ रुपियाँ ८७ पैसाको कूल लागतमा खानेपानी निर्माण भएको हो । सिलिचोङ गाउँपालिका-५ मा रहेको सिम्ले, पिसुवा, बडाहारे र खाम्खु टोलका ६३ घरमा खानेपानी धारा पुगेको छ । कादुरीले ४९ लाख ६८ हजार ७२२ रुपैयाँ ८७ पैसा र उपभोक्ताको ११ लाख २४ हजार ५०० बराबरको श्रमदानबाट यो आयोजना सम्पन्न भएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसिएशन ब्रिटिस गोर्खाज पोखरा खानेपानी आयोजना २०७६ मङ्सिर ११ गतेबाट काम सुरु गरेको थियो । घरघरमै खानेपानीको धारा आएपछि घण्टौँ लगाएर पानी बोक्न जानुपर्ने बाध्यता हटेको याफुका स्थानीयवासी खेगेन्द्र राईले जानकारी दिए । सिम्लेमा आयोजित हस्तान्तरण कार्यक्रममा सिम्ले पिसुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष फौदासिं मेवाहाङ र वडाध्यक्ष ईश्वर कुलुङलाई परियोजना प्रबन्धक देवान राईले सिम्ले पिसुवा खानेपानी आयोजना हस्तान्तरण गरेका थिए । खानेपानी योजनामा २ वटा इन्टेक, कलेक्सन च्याम्बर २ वटा, रिजर्भ ट्याङ्की ४ वटा, डिष्ट्रियुसन च्याम्बर १ मिटर जडित धारा ५९ वटा र ४ हजार ८८२ मिटर लम्बाइमा पाइप लाइन रहेको छ । उनन्साठी घर उपभोक्ता धारा, बरुण माविमा २ धारा, कृषि सहकारीमा १ धारा र सामुदायिक वनको भवनमा १ धारा गरी जम्मा ६३ धारा निर्माण गरी हस्तान्तरण भएको उपभोक्ता समितिका अध्यक्ष फौदासिं मेवाहाङले जानकारी दिए ।
डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ
कोपेनहेगन । कोरोना भाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी डेनमार्ककै लकडाउनको विरुद्धमा उत्रिएका आठ जनालाई शनिबार अबेर पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । लकडाउनबाट असन्तुष्टहरुको समूहले आयोजना गरेको लकडाउन विरोधी प्रदर्शनमा झण्डै एक हजार २०० सहभागी भएका थिए । प्रदर्शनमा सुरुमा झण्डै ६०० सय सहभागी भएकोमा कार्यक्रम समापन हुने बेलासम्म एक हजार २०० पुगेका थिए । शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई केही नगरिएको र हिंसात्मक क्रियाकलाप गर्नेहरुलाई मात्रै पक्राउ गरिएको प्रहरी अधिकारीहरुको भनाई छ । प्रदर्शनमा सहभागीमध्ये पक्राउ परेका आठ जनाले हिंसात्मक र तोडफोड तथा आगजनी जस्ता व्यवहार गरेको प्रहरीले जनाएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएको भन्दै सरकारले डेनमार्कमा लकडाउनको अवधि थप्दै लगेको छ । डेनमार्कमा अहिले आंशिक लकडाउन रहेको छ । डेनमार्कमा गत डिसेम्बरदेखि लकडाउन कायमै रहेको छ ।
संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । ‘संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद् विघटन गर्ने संवैधानिक पूर्वसर्त अवस्था नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विज्ञप्ति असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ,’ फैसला सुनाउँदै प्रधानन्यायाधीश राणाले भने । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए । यो मुद्दाका दुवै पक्षले बहस गर्नुका साथै र एमिकस क्युरीले समेत आफ्नो राय राखेका थिए । सर्वोच्च अदालतको पूर्ण पाठ आइसकेको छैन ।
बागमती नदी किनारमा फोहोर फाल्ने व्यवसायीसहित ३ जनालाई कारवाही
काठमाडौंः महानगरपालिका-३१ स्थित मीनभवन, आलोकनगर क्षेत्रको घर अगाडि सार्वजनिक सडकपेटीमा फोहर एवं सामान राखेकोमा अब्दुल अली खानलाई रु चार हजार, ध्रुव सिट हुड वर्कसलाई रु एक हजार र खगेन्द्र कुँवरलाई रु १ हजार गरी जम्मा रु ६ हजार जरिवाना गरिएको छ । जरिवाना रकम काठमाडौं महानगरपालिका वातावरण विभागको कोषमा दाखिला गरिएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । वाग्मती सफाइ महाअभियानको ४०५औँ हप्ताको सफाइ तीनकुने एवं मीनभवन क्षेत्रको वाग्मती किनारमा भएको थियो । आजको सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको पनि उनले बताए । मीनभवन, आलोकनगर र तीनकुने सुविधानगरको बीचबाट बग्ने वाग्मती नदी भित्र र किनाराको फोहर व्यवस्थापन र सर्वसाधारणमा जनचेतना जगाउने काम पनि आज गरिएको सफाइ अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिए । जनचेतनाकै सिलसिलामा काठमाडौं महानगरपालिकाले शहर स्वच्छ सफा राखौँ भन्ने आह्वानकासाथ माइकिङ समेत गरेको थियो । सफाइमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, सरकारका पूर्वमुख्यसचिव एवं चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्याल, नेपालको पहिलो कमेडियन च्याम्पियन हिमेश पन्त, अधिकार सम्पन्न वाग्ग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सहयोगी नगर टोल सुधार समिति, आलोक नगर सफाइ समूह, आलोकनगर आमा सेवा नेपाल, फोहर मैला वातावरण वानेश्वर, पहिलो पाइला, एस ट्राभल्स, वाग्मती फोहर उन्मूलन नमूना उपभोक्ता समिति, नेपाली सेना, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका कर्मचारी, वाग्मती सफाइ अभियानकर्मी एवं स्थानीय सर्वसाधारण समेत सयौँको उपस्थिति रहेको थियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान चिसो, गर्मी, वर्षाद्, चाडबाड, भूकम्प, कोभिडको महामारी जस्ता समयमा पनि निरन्तर चल्दै आएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदीसमेत सफाइ हुन थालेको छ । उपत्यकामा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती माथिल्लो र तल्लो खण्ड, मनोहरा, चक्रपथका उत्तर र पश्चिम खण्डमा सफाइ गरिएको छ ।
शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एकमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धको भनाई छ । शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावले ठूलो पानी पर्ने सम्भावना नरहे पनि हिमपातका कारण तापक्रम घट्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु÷कुहिरो लाग्नसक्ने हँुदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो वाग्मती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव तीन डिग्री सेल्सियस रहने छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।
कुखुराको खोरमा जुवा खेलिरहेका ७ जुवाडे साढे २ लाखसहित पक्राउ
कैलाली : जिल्लाको लम्कीचुहा नगरपालिकाबाट प्रहरीले २ लाख ५९ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ गरेको छ । प्रहरीले नगरपालिकाको वडा नम्बर ६ स्थित चोरीपुर खोलाको किनारमा रहेको पुरानो कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा लम्कीचुहान नगरपालिका-४ का दीपक भण्डारी, सोही स्थानका प्रकाश शाही, प्रजिन राई, कृष्ण बिष्ट, नवल बुढा, नरबहादुर शाही र टीकापुर नगरपालिका-१ बस्ने प्रकाश खड्का रहेका छन् । मंगलबार साँझ विशेष सूचनाका आधारमा क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट २ लाख ५९ हजार ७ सय नगद, ८ थान मोबाइल, ३ गड्डी तास र २ थान कम्मल बरामत गरेको कैलाली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
जन्मदिवसमा उद्योगमन्त्री भट्टको मार्मिक स्टाटस
काठमाडौंः उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विश्वव्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’काे पालना गर्न सबैलाई अनुरोध गरेका छन् । आज आफूलाई जन्मदिनको शुभकामना दिने सम्पूर्णलाई धन्यवाद दिँदै मन्त्री भट्टले भनेका छन्, ‘आउनुस् सबै मिलिर कोरोना संक्रमणसँग लडौं । सबैले लकडाउनको नियम पालना गरौं । अप्ठ्यारो परे सम्बन्धित निकायमा खबर गरौं । हामी तपाईसँगै छौ ।’ उनले देशभर ‘लकडाउन’भए पनि उपभोग्य वस्तुको सहज आपूर्ति र पहुँचका लागि निरन्तर प्रयास गरिरहेकोसमेत बताएका छन् । मन्त्री भट्टले अप्ठ्यारो अवस्थाका बाबजुत आवश्यक वस्तुको आपूर्तिका लागि सहज व्यवस्थापनको संरचना तयार गर्न आफूहरु सफल भएको दावी गरेका छन् । जन्मदिनमा उद्योगमन्त्री भट्टको मार्मिक स्टाटस विभिन्न माध्यमबाट मलाई जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्ण अग्रज, इष्टमित्र, दिदिबहिनी तथा दाजुभाइहरुमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु । आजकाे दिनमा म ईतिहासमा नै सबैभन्दा जटिल जिम्मेवारी बहन गरिरहेकाे छु । आम जनतामा काेराेना संक्रमणले फैलिएका त्रासका बीचमा आपूर्ति व्यवस्थापनकाे जटिल चुनाैति मेरा सामु छ । मेराे विचारमा कोरोना Covid-19 को प्रकोप विश्वभर फैलिरहेको अवस्थामा हामीले याे संक्रमणविरुद्ध सामूहिक प्रयास गर्नु जरुरी छ । नेपालमा पनि संक्रमणकाे राेकथामका लागि लकडाउन गर्ने घाेषणा सरकारले गरेकाे छ । तर पनि उपभाेग्य वस्तुकाे सहज आपूर्ति र पहुँचका लागि मैले सकेसम्म प्रयास गरेकाे छु । मैले आम जनतालाइ निराश हुन दिएकाे छैन । कतिपय अप्ठ्याराे हुँदा पनि आवश्यक वस्तुकाे आपूर्तिका लागि सहज व्यवस्थापनकाे संरचना तयारगर्न हामी सफल भएका छाैं । तर म एक्लाेकाे प्रयासले मात्र याे सम्भव हुँदैन । यसमा हामी सबैकाे पहल र साथ जरुरी छ । आउनुस् सबै मिलेर कोरोना संक्रमणसँग लडौं सबैले लकडाउनको नियम पालना गरौं । अप्ठ्याराे परे सम्बन्धित निकायमा खबर गराैं । हामी तपाईसँगै छाैँ । पुनः मलाई शुभकामना दिनुहुने सबैमा हार्दिक धन्यवाद छ !
किन उठ्छ रिस? यसरी राख्नुस् नियन्त्रणमा
काठमाडौंः कहिलेकाहिँ रिस उठ्नु सामान्य हो । भलै, रिसले फाइदाभन्दा हानि नै ज्यादा गर्छ । खासमा रिस उठ्छचाहिँ किन त ? वैज्ञानिकहरुको भनाइमा रिस हाम्रो भावनालाई व्यक्त गर्ने एक माध्यम हो । जतिबेला हामी कुनै समस्यामा पर्छौं या मनमा कुनै डर पस्छ, कुनै चिज गुमाउने डर हुन्छ तर त्यसको सामना गर्ने कुनै उपाय वा आँट हुँदैन, त्यतिबेला हामीलाई रिस उठ्छ । कुनैबेला हामी कसैलाई आफ्नो कुरा सम्झाउन चाहन्छौँ तर दोस्रो व्यक्ति कुरा सुुन्नुको साटो वादविवाद गर्न थाल्छ । यस्तो अवस्थामा हामी आफ्नो साधारण स्वरुप बिर्सेर ऊप्रति रिस पोख्न थाल्छौँ । रिस उठेका बेला हर्मोनको प्रभावले हाम्रो दिमाग शून्य हुन्छ । यसको असर हाम्रो सोच्ने क्षमतामा पर्छ । त्यसैले, हामी कसैलाई नराम्रो व्यवहार गर्न पुग्छौँ । अनि पछि पछुतो हुन्छ । रिस कम गर्ने / नियन्त्रणमा राख्ने उपाय सादा खाना : शरीरमा कुनै पनि समस्याको सुरुआत खानपानको गडबडीले हुन्छ । ज्यादा मसालेदार खाना शरीरका लागि हानिकारक छ । यसबाट शरीरमा ज्यादा गर्मी पैदा हुन्छ, जसले रिस ज्यादा उठाउँछ । त्यसैले, धेरै रिस उठ्ने मान्छेले सधैँ सादा (तेल, मसला, पिरो कम भएको) खाना खानुपर्छ । व्यायाम : घरी–घरी रिसाउने बानीले शरीरमा रिससँग सम्बन्धित रसायनको मात्रा बढ्दै जान्छ । यसलाई निकाल्ने सबैभन्दा राम्रो उपाय व्यायाम हो । त्यसैले, रिस कम गर्न हरेक बिहान व्यायाम गर्नुपर्छ । पूरा निद्रा : रिस त्यतिबेला उठ्छ, जतिबेला तनाव बढ्छ । रिसको सिधा सम्बन्ध तनावसँग हुन्छ । तनाव कम गर्ने सबैभन्दा राम्रो उपाय पूरा निद्रा लिनु हो । तनाव घट्दा रिस आफैँ घट्छ । आफन्तसँग कुरा गर्ने : यदि ट्राफिक जाम देखेर रिस उठ्छ भने त्यो बेला साथीसँग कुरा गर्दा रिस कम हुन्छ । यस्तो नभए आफूले आफैसँग कुरा गरेर मन शान्त गराउन सकिन्छ । मनोचिकित्सकसँग परामर्श : सधैँ रिस उठेको महसुस हुन्छ भने यो एक गम्भीर मानसिक रोग हुन सक्छ । मस्तिष्कमा रसायनको अनुपात वा सन्तुलन बिग्रँदा रिस धेरै उठ्छ । यस्तो अवस्थामा तुरुन्तै मनोचिकित्सकलाई भेट्नुपर्छ । उपचार गराउनुपर्छ । नसालु पदार्थ सेवन नगर्ने : नसालु पदार्थले मस्तिष्कलाई उत्तेजित बनाउँछ, र ज्यादा रिस उठाउँछ । त्यसैले, रिस कम गर्न नसालु पदार्थबाट टाढै रहनुपर्छ । लामो, गहिरो सास लिने : रिस उठ्नेबित्तिकै लामो सास फेर्नाले रिस कम हुन्छ । यसले मस्तिष्कमा अक्सिजनको मात्रा बढाउँछ र दिमाग शान्त हुन्छ । यसका लागि एकान्त ठाउँको खोजी गर्न सकिन्छ । संगीत सुन्ने : रिस उठेका बेला मनपर्ने गीत सुन्दा रिस शान्त हुन्छ । यसलाई म्युजिक थेरापी भनिन्छ ।
१०७९ शिक्षक करारमा नियुक्त (सूचीसहित)
काठमाडौंः शिक्षक सेवा आयोगले २१ जिल्लाका १ हजार ७९ प्राथमिक शिक्षकलाई करारमा नियुक्त गरेको छ । आयोगले बारा, सिरहा, सप्तरी कपिलवस्तु, डडेल्धुरा, नवलपरासी, महोत्तरी, सुनसरी, रौतहट, अर्घाखाँची, ललितपुर, जुम्ला, बाँके, झापा, रोल्पा, कञ्चनपुर, नुवाकोट, मोरङ, मनाङ र चितवन जिल्लाको करार शिक्षकको सूची सार्वजनिक गरेको हो । उनीहरू शिक्षक सेवा आयोगको परीक्षामा अनुर्त्तीण भएका उम्मेदवार रहेको जनाएको छ । नामावली हेर्न यहाँ क्लिक गर्नुस्