विद्यालय भवन निर्माणका लागि १९ लाख ५० हजार सहयोग
म्याग्दी, साउन २८ । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले रु नौ लाख ३७ हजार सहयोग गरेका छन् ।
जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहनुभएका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो ।
विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका संयोजक क्षेत्रीलाई उदद्धृत गर्दै जयन्ती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।
करिब रु तीन करोडको लागत लाग्ने निर्माणाधीन विद्यालय भवनका लागि जिल्ला शिक्षा कार्यालय म्याग्दीले रु १९ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।
जिल्ला शिक्षाले उपलब्ध गराएको रकमबाहेक अपुग रकम स्थानीयवासीको श्रमदान, चन्दा संकलन र अन्य कार्यक्रम गरेर जुटाउने प्रयास भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले बताउनुभयो ।
जनयुद्धबारे प्रचण्डको नयाँ खुलासा
काठमाडौं, असार ७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले तत्कालीन नेकपा माओवादीले २०४४ सालमै जनयुद्ध गर्न चाहे पनि परिस्थितिले आठ वर्ष ढिलो सुरु गरिउको खुलासा गरेका छन् । पत्रकार उजिर मगरद्वारा लिखित पुस्तक अंशको विमोचन गर्न मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले २०४४ सालमै जनयुद्ध सुरु गर्न गोरखाको सिरानचोकमा पहिलो सैन्य तालिम समेत गरेको सम्झना गरे । ‘तर परिस्थिति परिवर्तन भयो, जनयुद्धको मिति पनि धकेलियो,’ प्रचण्डले भने । २०५२ फागुन १ गते सुरु भउको माओवादी जनयुद्ध १० वर्षसम्म चलेको थियो । २०४४ सालमा कुनै नेताले चाहेर मात्र सशस्त्र संघर्ष नभएको चर्चासमेत प्रचण्डले गरे । ‘त्यो एउटा रिभुलुस्नरी रोमान्सको उत्सुकता थियो जस्तो लाग्छ’, उनले भने, ‘प्रचण्ड या बाबुरामले चाहँदैमा जनयुद्ध हुँदैनथियो, त्यसैले त्यो बेला भएन ।’ त्यो समयमा जनयुद्ध सुरु गर्न नसक्नुको मुख्य कारण २०४६ सालको जनआन्दोलनको वातावरण बन्दै जानु भएको प्रचण्डको बुझाइ छ ।‘सुरु गर्ने तयारी गरिरहँदा ०४६ को आन्दोलनको वातावरण बन्यो,’ उनले भने, ‘त्यसैले भएन । नागरिक दैनिकमा खबर छ ।
ललितपुरमा एमालेद्वारा राप्रपालाई धोका, उम्मेदवार बिनाको सूर्यमा ठूलो भोट
काठमाडौं, जेठ २ । ललितपुर महानगरपालिकामा एमाले समर्थक मतदाताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारलाई धोका दिएको देखिएको छ । ललितपुर महानगरपालिकामा मेयर र उपमेयरमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । एमालेको मेयर र राप्रपाको उपमेयर हुने सहमति अनुसार, एमालेले उप मेयरमा उम्मेदवार उठाएको थिएन । तर मत परिणाम हेर्दा एमालेको उम्मेदवार नै नभएपनि उप मेयरमा सूर्य चिन्हमा भने ठूलो भोट खसेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक नेताले एमालेले ठूलो बेइमानी गरेको आरोप लगाएका छन् । पछिल्लो परिणामसम्म आइपुग्दा उप मेयर पदमा देखिएको नतिजा यस्तो छ । रुख– १८३० सूर्य– १६१९ (उमेद्वार विनाको) गाई–९१९ गोलाकार भित्र हसिया हथौडा– ८२९ यो तथ्यांक हेर्दा १६१९ मत उम्मेदवार नै नभएको एमालेको चुनाव चिन्हमा परेको छ । यो मत आफूलाई पर्नुपर्ने भएपनि एमालेले बेइमानी गरेको भन्दै राप्रपा कार्यकर्ता आक्रोशित बनेका छन् ।
मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला
चितवन, वैशाख २५ । मुग्लिन–नारायणगढ सडक अाजदेखि जेठ तीन गतेसम्म चौबिसै घण्टा खुल्ला हुने भएको छ । स्थानीय तहको चुनावलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । सबै मजदुर चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने र चुनावी कार्यक्रम पनि भइरहने भएकाले १० दिन बाटो खुल्ला गर्ने निर्णय गरिएको हो । आइतबारसम्म यो सडक बिहान १० बजेदेखि ४ बजेसम्म ६ घन्टा बन्द हुँदै आएको छ । अहिलेसम्म यस सडक खण्डको ४७ प्रतिशत काम पूरा भएको छ । निर्माण सम्झौता भएको यही वैशाखमा दुई वर्षको म्याद पूरा भएपछि निर्माण आधा पनि काम नहुँदा फेरि म्याद थप गरेर निर्णाण कार्य अघि बढाइएको छ । आउँदो पुसको पहिलो हप्तासम्मका लागि समय थप गरिएको आयोजनाले जनाएको छ । सडक खण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा अहिले काम भइरहेको छ । विभिन्न ६ वटा निर्माण कम्पनीले तीन खण्ड छुट्याएर काम गरिरहेका छन् । काम ढिलाइ हुँदा यहाँ आवतजावत गर्ने यात्रु प्रभावित हुँदै आएका छन् ।
एनआरएनए यूके युवा संयोजकले गरे नेपालीलार्इ ठगी
बैशाख २२ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का युवा संयोजक हरि आचार्यलाई त्यहाँका नेपालीहरुलाई ठगी गरेको आरोप लागेको छ । वर्क परमिट निकालिदिने भन्दै बेलायतमा रहेका कयौं नेपाली विद्यार्थीबाट झण्डै ५० हजार पाउण्ड (करिब ६५ लाख रुपैयाँ) ठगेको उजुरी एनआरएनए यूकेसम्म पुगेको छ । एनआरएनए यूके युवा संयोजकविरुद्ध दिनप्रतिदिन सर्वसाधारणको उजुरी परेपछि उनलाई पटक पटक सचेत गराइएको र उनले भने अटेर गरी हाल गुमनाम नै रहेका छन् । युवा संयोजकको जिम्मेवारी लगत्तै आर्थिक शोषणतिर लागेका उनी ठगीबाट उम्कन अहिले समुदायबाटै गायब छन् । अचेल संघ र अन्य नेपाली समुदायका कुनै पनि कार्यक्रममा उनको सहभागिता देखिन्न । लन्डन उलवीचमा रहेको क्याप्स कन्सल्टेन्सीमार्फत आचार्यले वर्क परमिट निकालिदिने भन्दै शुरुमै ५ देखि १० हजार पाउण्ड लिने गरेको र प्रमाण रहने भएर रकम पनि आफ्नो खाताको सट्टा अर्काको खाता प्रयोग गर्ने गरेको खुल्न आएको छ । उनले पैसा पाएपछि मोबाइल र सामाजिक सञ्जालबाट क्लाइन्टलाई ब्लक गरि सम्पर्कबाटै टाढिने गर्दथे । काम गरेको देखाउन केहीलाई उनले नक्कली सर्टिफिकेट अफ स्पोन्सरसीप (सिओएस) राखिदिएर विद्यार्थी झन् घर न घाटका भएका छन् । उनले राखिदिएको नक्कली सर्टिफिकेटका कारण कयौं विद्यार्थी समातिएर नेपाल फर्किए भने कति अहिले पनि अदालतमा मुद्दा खेपिरहेका छन् । आचार्यले विद्यार्थीबाट पैसा लिएपछि आवेदन प्रक्रिया बेलायतको वकिङस्थित स्पेश इन्टरनेशनल लिमिटेडका विष्णुप्रसाद खरेलसंग गर्थे । खरेल सतहमा नदेखिइ आचार्यलाई दलालको भूमिकामा अघि सारेर दुई जनाले विद्यार्थीका हजारौं पाउण्ड रकम असुलेको आरोप छ । आचार्यले धोका दिएपछि विद्यार्थी खरेललाई खोज्न घरैसम्म पुगेका उदाहरण समेत छन् । ठगीपछि क्याप्स कन्सल्टेन्सीले आचार्यलाई एजेन्टबाट निकालिसकेको छ ।
नेपालको सम्मेलन दिल्लीमा हुने
वैशाख २० । नेपालमा लगानी गर्ने क्षेत्रबारे विदेशी दातृराष्ट्रलाई जानकारी दिन भारतमा दुईदिने सम्मेलन हुने भएको छ । विदेशी लगानीकर्तालाई नेपालको ऊर्जा, व्यापार र पर्यटनको क्षेत्रमा लगानी गर्न प्रेरित गरिने उदेश्यले आइएसएसआरले परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा सो सम्मेलन गर्न लागेको जनाएको छ । आइएसएसआरले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । भारतको दिल्लीमा यही वैशाख २२ र २३ गते हुने कार्यक्रममा त्यहाँ रहेका नेपालको कूटनीतिक सम्बन्ध रहेकामध्ये ८२ राष्ट्रका राजदूत एवं प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको पहिलो दिन उद्घाटनसत्र र दोस्रो दिन प्राविधिकसत्र सन्चालन हुनेछ । सम्मेलनमा करिब ३०० विशिष्ट प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।
एसइई परीक्षार्थीका लागि ‘हवाइट हाउस एसएलसी प्रिन्सेस २०१७’
काठमाडौं, वैशाख १६ । एसइइ परीक्षा दिएर बसेका युवतीहरुको लागि ‘ह्वाट हाउस एसएलसी प्रिन्सेस २०१७’ मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस्, मिस टिन कलेज कार्यक्रमको निरन्तरतासँगै सिजन मिडिया प्रा.लि.ले विगत ८ वर्षदेखि निरन्तररुपमा गर्दै कार्यक्रमको पहिलो अडिसन शनिबार काठमाडौंको कमलादीस्थित सिजन मिडियाको कार्यालयमा ४० जना प्रतियोगीहरु छनौट गरिएको छ । यसैवर्ष एसइइ परिक्षा दिएर बसेका छात्राहरुको सहभागिता रहने छ उक्त प्रतियोगितामा काठमाडौं र नेपाल भरवाट एसइइ परिक्षा दिएका छात्राहरुको लागि मध्यनजर गरी उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोहीअनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले साथै यसले उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग र उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रमको निरन्तरता दिन लागिएको बताउँछन्, सस्थाका प्रबन्ध निर्देशक प्रदीपराज वन्त । उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७४ वैशाख १७ गते आइतबारबाट डेढ महिनासम्मको लामो अवधिको प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइने छ । साथै उच्च शिक्षाको लागि कलेजले लिने इनट्रान्स परिक्षाको लागि तयारी कक्षाहरु पनि अध्यापन गराइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, बाल आश्रम, वृद्धाश्रम आदि मिडिया भिजीट ,चन्द्रागिरि भ्रमण, काठमाडौं फन भ्याली भ्रमण, कल्चरल भिजिट, कलेज भिजिट र हस्पितालिटी सम्बन्धि जानकारी प्रदानको लागि एकदिनको नगरकोट वा दामन भ्रमण पनि गराइने छ । साथै विभिन्न कलाकारहरुसँगको अन्तरक्रियाको पनि कार्यक्रमहरु रहने छ । समाजसेवा अन्तर्गत रक्तदान कार्यक्रम, बागमति सरसफाई कार्यक्रम, फुटसल प्रतियोगितालगायत विभिन्न अनय विधाहरुमा पनि आन्तरिक प्रतिष्पर्धा हुनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्ने भएको छ । असारको पहिलोे साता उत्तm प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले ‘एसएलसी प्रिन्सेस २०१७’ को ताज उपाधि सहित नगद रु ५० हजार र उच्च शिक्षामा २ लाखबराबरको छात्रावृत्तिका साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः ३० हजार र २० हजार नगद तथा उच्च शिक्षामा १ लाखबराबरको छात्रावृत्ति अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यसबाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिने छ ।
कांग्रेस–एमालेलाई भोट दिँदै हुनुहुन्छ, नभूलौं यी १३ कुरा !
वैशाख १३ । आगामी बैशाख ३१ र जेठ ३१ नेपालको इतिहासमा ऐतिहासिक दिन । जुन दिन जनताले २८२०२ जना जनप्रतिनिधि एकैसाथ चुन्नेछन् । जेठ ३१ को तारतम्य अझै मिलिसकेको छैन । तर, बैशाख ३१ को म्याराथुन सुरु भइसकेको छ । नेताहरु भोट माग्दै जनताको दैलोमा आउँदैछन् । ‘साम, दाम, दण्ड, भेद’लाई आदर्श ठान्नेहरु यी २ दिन जनतालाई कसरी मूर्गा बनाउने भन्ने सुर्तामै छन् । गरीब देश, जनताका अतृप्त आकांक्षा यही चुनावमा खरिद बिक्री हुन्छन् । पार्टीहरु घोषणा–पत्र जारी गर्छन्, आफ्नो कार्यकालमा भएका २ उपलब्धिलाई रबरझैं तन्काएर २०० पुर्याउँछन् र त्यही गुलेलीले जनताको भविष्यमा हान्छन् । फेरि, त्यही गुलेली लिएर प्रमूख दलका नेता गाउँ छिरिसकेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुका चुनावी नारा अरुका भन्दा गुलिया नै हुन्छन् । तपाई बैशाख ३१ र जेठ ३१ मा रुख र सूर्यमा भोट हाल्दै हुनुहुन्छ ? त्यसभन्दा पहिले यी १३ कुरा नभूलौं र सोचेर मात्रै निर्णय गरौं । (१) प्रजातन्त्रको ठेक्का लिएको ६९ वर्षीय बुढो पार्टी नेपाली कांग्रेस । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा बोकेरै जनता ढाँट्यो । ००७ सालमा प्राप्त प्रजातन्त्र कांग्रेसकै कमजोरीले २०१७ मा महेन्द्रले हत्याए । २०४६ सालमा प्राप्त प्रजातन्त्र देउवाले २०५९ मा राजामै लगेर बुझाए, यसको जिम्मा कांग्रेसले लिन्छ कि लिँदैन ? रुखमा भोट हाल्नुपूर्व राजनीतिका ७० वर्ष व्यर्थैमा बितेको र हाम्रा दरपुस्ताले राजनीतिक सङ्घर्षमै जीवन बिताएको कुरा स्मरण गरौं । (२) २०४८ को निर्वाचनपछि कांग्रेस सत्ताको केन्द्रमा पुग्यो । तर, बामपन्थीहरुमाथि कांग्रेस निरङ्कुश र अनुदार रह्यो । माओवादीले उठाएका जनपक्षीय ४० बूंदे माग देउवाले हेर्नसम्म चाहेनन् । उल्टो फौजी बलमा समस्या समाधानको चेष्टा गरे । माओवादीले संविधान सभाको मुद्दा उठायो, कांग्रेसले नमान्नुकै कारण द्धन्द्ध लम्बियो, १७ औं हजार नेपालको ज्यान गयो । १७ हजारको बलिदानीपछि आखिर संविधान सभा, गणतन्त्र, संघीयता आएरै छोड्यो । यी सबै परिवर्तनमा कांग्रेसले अवरोध नगरेको भए अहिले देश राजनीतिक झमेलाबाट माथि उठेर विकासको मार्गचित्रमा अघि बढिसकेको हुन्थ्यो । राजनीतिक समस्याप्रति आँखा चिम्लने कांग्रेसलाई भोट हालेर कतै तपाई परिवर्तनको गला रेट्दै त हुनुहुन्न ? (३) देशमा स्थापित ठूला राष्ट्रिय उद्योगहरु २०४६ सालपछि ध्वस्त भए । देशकै गौरव ठानिएका बिराटनगर जुट मिल, भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग, बिरगञ्ज चिनी कारखाना, साझा यातायात, बायु सेवा निगमजस्ता उद्योगहरु कांग्रेसकै कारण ध्वस्त भए । निजीकरणको कांग्रेस नीतिले राष्ट्रि सम्पत्ति र उद्योगहरु चौपट भए । कतिलाई कौडीकै भाउमा बेचियो, कति भागबण्डामा बिलो लगाइयो, कतिमा भोटे ताल्चा ठोकियो । यसको कांग्रेसले जिम्मा लिनुपर्छ कि पर्दैन ? भोट हाल्नुपूर्व निधार खुम्चाएर सोचौं । (४) शिक्षा, स्वास्थ्य, खाद्य अधिकार नागरिकका मौलिक हक हुन् । तर, कांग्रेस सत्तामा आएपछि यी सबै नागरिक अधिकारमाथि ताल्चा लगाइयो, शिक्षा, स्वास्थ्यलाई नीजिकरण गरियो । आज देशका सार्वजनिक शैक्षिक र स्वास्थ्य संस्थाहरु मृत्युको दिन पर्खेर बसिरहेका छन् । गरीबका छोराछोरीले पढ्ने विद्यालयहरु दिनदिनै खारेज हुने प्रक्रियामा छन् । जनताको उपचार हुने स्वास्थ्य संस्थाहरु जोखिममा छन् । सरकारी डाक्टरले बिरामीलाई नीजि क्लिनिक र अस्पतालहरुमा बोलाएर लुट्न छोडेका छैनन् । यो सबै कांग्रेसकै कारणले भए, गरिए । के तपाईले यो कहालीलाग्दो दृश्यप्रति आँखा चिम्लन मिल्छ ? (५) नेपालमा पार्टीहरु मध्येको सबैभन्दा पुरानो पार्टी हो कांग्रेस । सत्ताको बागडोरमा सबैभन्दा बढी बसेका कारण देशको प्रगति र दुर्गतिको गुण–दोष मूख्यतः कांग्रेसकै थाप्लोमा जान्छ । देशमा भएका आर्थिक, सामाजिक प्रगति र पूर्वाधार निर्माणको जस लिन तम्सने कांग्रेसले अवनतिको पनि जिम्मेवारी लिनुपर्ने हुन्छ । यति धेरै साधन स्रोत र सम्भावनाहरुले भरिपूर्ण भएर पनि देश किन गरीब भयो ? आर्थिक पछौटेपनको अन्त्य किन हुन सकेन ? किन चालीस लाख युवाहरु खाडीमा छन् ? गाउँहरु वृद्धाश्रममा फेरिनुमा दोषी को ? भ्रष्टाचारको जालोले राष्ट्रिय अर्थतन्त्र थिलोथिलो पर्नुमा को जिम्मेवार ? यसको नैतिक जिम्मा कांग्रेसले लिनु पर्छ कि पर्दैन ? भ्रष्टाचारको मुद्दामा कांग्रेसका चर्चित् र प्रभावशाली नेताहरु जेल जानुले भ्रष्टाचारका लागि कांग्रेस नै साधक भएको पुष्टि गर्दछ । के तपाई मतदाताहरु यी सबै कुरामा आँखा चिम्लन सक्नुहुन्छ ? (६) कांग्रेसकै कार्यकालमा देशका प्राकृतिक साधन स्रोतहरु लुटिए, बेचिए । ठूला–ठूला राष्ट्रघाती सन्धि सम्झौताहरु भए । टनकपुर, कोशी, गण्डकी, महाकाली सन्धिहरु कांग्रेसकै नेतृत्वमा भए । राष्ट्रिय हित र स्वाभिमानका विपक्षमा ठूल–ठूला निर्णयहरु गरिए । नेपालको राजनीतिक सत्तामाथि दक्षिणको दवाव आफ्नै कारण निम्त्याइयो । सामान्य प्रशासन सञ्चालनदेखि सरकारका ठूला निर्णयसम्म विदेशी दवावले प्रभावित भए । आफ्नो स्वाभिमान जोगाउन नसक्दा देशले नाकाबन्दी, वैदेशिक दवाव, आयोजनाहरुमाथि हस्तक्षेपजस्ता नकारात्मक मूल्य चुकाउनु पर्यो । के यो यथार्थ बुझ्दाबुझ्दै राष्ट्रिय अस्मिताविरुद्ध मतदान गर्न तपाईको मन मान्छ ? (७) नेपाली कांग्रेसपछि सत्ताको बागडोर धेरैपटक सम्हालेको दल हो एमाले । २०५१ को मध्यावधि निर्वाचनयता एमाले कुनै न कुनै बहानामा सत्तामै छ । असाध्यै ढुलमुल, अस्थिर राजनीति र सत्ताकेन्द्रित मनोविज्ञानका कारण एमाले लामो अवधि सरकारबाहिर बसेको इतिहास छैन । दरबार हत्याकाण्डलाई वैधानिकता दिन, आधा प्रतिगमन सचिएको भन्दै ज्ञानेन्द्रको राजनीतिक ‘कू’लाई बलियो पार्न एमालेको नकारात्मक भूमिकाले ठूलो बल मिल्यो । एमालेको अग्रगामी चरित्र हुन्थ्यो भने दरबार हत्याकाण्डको यथार्थ बाहिर आउँथ्यो, ज्ञानेन्द्रले ‘कू’ गर्ने हिम्मत गर्दैनथ्यो, संघीयता र गणतन्त्र सानो संघर्षमै हासिल हुन्थे । यस्तो अस्थिर राजनीतिक चरित्र र सत्ता स्वार्थमा केन्द्रित एमालेले देशको विकास र समृद्धिको नेतृत्व गर्ला ? तपाई भ्रममा त हुनुहुन्न ? (८) ‘हामी बनाउँछौं नेपाललाई’ भन्ने अम्बे सिमेन्टको विज्ञापनभन्दा फरक छैन एमालेको नारा । सोभियत समाजवाद ढाल्नका लागि साम्राज्यवादले अघि सारेको एनजिओको अस्त्र बोकेर हिड्यो एमाले । राज्यले गर्न नसकेको पूर्वाधार र सामाजिक विकासको काम गर्ने सपना बाँड्यो । एनजिओको एउटै सिद्धान्त छ, त्यो हो, ‘गरीबलाई माछा खान सिकाउ । तर, माछा मार्न नसिकाउ ।’ जब गरीबले माछा मार्न सिक्छ, व्यापारीको माछा बिक्दैन ।’ एनजिओको एक मात्र ध्येय गरीबलाई आफ्ना उपभोक्ता बनाउनु हो, उत्पादक बनाउनु होइन । आज एमाले त्यही गरिरहेको छ । जनतालाई आत्मनिर्भर होइन, परजीवी बनाउने ध्याउन्नमा छ एमाले । त्यसमाथि राज्यबाट आउने अनुदानको २०% मात्र लक्षित वर्गमा खर्च गरेर ८०% ले कार्यकर्ता पाल्छ एमाले । जनता मारेर कार्यकर्ता पाल्ने नीतिले देशको विकास त परै जाओस्, जनताको उन्नति पनि असम्भव छ । यस्तो सपना बेचेर खाने पार्टी रोज्दा तपाईलाई ग्लानी हुँदैन ? (९) एमालेको सबैभन्दा ठूलो दोष नै राम्रा छोडेर हाम्रा रोज्नु हो । विश्वविद्यालयको उपकुलपति, रजिष्टार, डिन, राजदूत, संस्थानका जिएम, राजनीतिक नियुक्तिमा एमालको पहिलो योग्यता हुन्छ, एमालेको पार्टी सदस्य हुनु । एमालेको पार्टी सदस्य भएपछि उसका लागि सबै योग्यता पुग्छ । आजसम्मको इतिहासमा एमालेले आफ्नो कार्यकर्ताबाहेक अरु कसैलाई नियुक्ति गरेकै छैन । पार्टी सदस्य भएपछि सबै कुराको योग्यता पुग्ने एमाले चरित्रले देशका योग्य नागरिकहरु पाखा लागिरहेका छन् र देशको प्रशासन, सामाजिक संरचना र संस्थाहरु पार्टीकरण भएका छन् । अवसरलाई आसेपासे कार्यकर्ताको घेराभन्दा बाहिर जानै नदिने एमाले नीतिमा तपाई आफ्नो भविष्य देख्न सक्नुहुन्छ ? (१०) देशको राष्ट्रियता र स्वाभिमान बेच्न एमालेको पनि कम भूमिका छैन । महाकाली सन्धिकै कारण एमाले फुट्यो, बामदेवहरु राष्ट्रियताको नारा बोकेर एमालेबाट बाहिरिए । २०५२ मा एमालेले कौडीकै मूल्यमा महाकाली बेच्यो । मदन भण्डारीको रहस्यमय हत्यामा एमाले मुकदर्शक बन्यो । २०५८ मा राजा बीरेन्द्र मारिए, फेरि एमाले लक्पकायो । २०६५ मा प्रचण्डले रुक्माङ्गत कटुवाललाई कार्वाही गरे, भारतकै निर्देशनमा एमाले चल्यो र आफ्नो निर्णय फेर्यो । माधव नेपाल भारतकै बुई चढेर प्रधानमन्त्रीको कुर्सीमा पुगे । पशुपतिमा भारतीय पूजारी हटाउँदा भारतीय राजदूत राकेश सुदसँग मिलेर केपी ओलीले विरोध सभा नै गरे । अन्तिममा भारतले प्रधानमन्त्री बन्न रोकेपछि मात्रै केपी ओली र एमालेले राष्ट्रियताको मुद्दा उठाए । आफ्नो स्वार्थका लागि मात्रै राष्ट्रियता ओकल्ने एमाले नीति कति परिपक्व होला ? एमाले राष्ट्रवादी भएको भ्रम कति दिन पाल्नु हुन्छ ? (११) नेपालका दलित, महिला, जनजाति, अल्पसंख्यक, मधेशी र थारुलाई हेर्ने एमाले दृष्टिमा गम्भीर दोष छ । एमाले खस–आर्य बाहेक अरु समुदायलाई नेपाली नै देख्दैन । कसैले अरु समुदायको हक र अधिकारको कुरा गर्यो भने अराष्ट्रिय तत्व ठान्छ, राष्ट्रिय एकतामा खलल पुगेको व्याख्या गर्छ । अनि, केपी ओली विभिन्न उखान टुक्काको सहारा लिएर उनीहरुमाथि छेडछाड र मानमर्दन गर्छन्, एमालेका कार्यकर्ता ताली पिट्छन्, सिठ्ठी बजाउँछन् । छिमेकीले मधेशीलाई आफूतिर तान्न खोज्दा एमाले आफूतिर विश्वासमा लिने होइन, उतै धकेल्छ । यसले देशको आन्तरिक एकता नै सङ्कटमा पर्छ । नागरिकको भावनामा एकता भएपछि मात्रै राष्ट्रिय एकता बलियो हुन्छ भन्ने एमाले बुझ्दैन । उत्पीडितहरुलाई नत्थी लगाएर आफ्नो नियन्त्रणमा ल्याउने आत्मघाती बाटो रोज्छ । आफ्नै पहिचान, स्वाभिमान, एकता, भाषा, संस्कृति र सभ्यताका विरुद्ध ज्यान फालेर लाग्ने एमालेलाई भोट दिँदा तपाई महिला, दलित, जनजाति र उत्पीडितहरुलाई आत्म सन्तोषको अनुभूति होला ? (१२) एमाले सिद्धान्तको कुरा गर्छ । तर, राजनीति छलछामको गर्छ । आफ्नो स्वार्थका लागि जस्तोसुकै हत्कण्डा अपनाउन र सुत्र बनाउन उनीहरु खप्पिस हुन्छन् । कसैलाई तीतो बोल्दैनन् । तर, मनभित्र पापको पोको जमेको हुन्छ । मिठो बोलीले जनता लठ्ठ पार्ने लागुऔषधमा एमाले माहिर छ । उनीहरु कसैको कुनै पनि काम हुँदैन भन्दैनन् । तर, व्यवहारमा त्यो काम गर्दैनन् । आफ्नै कार्यकर्ताको बीचमा पनि छक्का पञ्जाको राजनीति गर्छन् । एमालेको यही विशेषताका कारण इमान्दार कार्यकर्ताहरु बगरमा फालिन्छन् र अवसर जति अवसरवादीहरुकै पोल्टामा पर्छ । ‘भोलिवादको झोली’मा भोट थाप्ने एमाले प्रपञ्चले एक दिन तपाईलाई पश्चातापमै पुर्याउनेछ । (१३) चुनावका बेला ‘भोज भतेर र पैसाको खोलो’ बगाउनु कांग्रेस–एमालेको चुनावी रणनीति हो । उनीहरु चुनावका बेला मासु–रक्सी खुवाउँछन्, पैसा बाँड्छन्, पाइप, जाली, बल, नेट, भाँडाकुँडा सबै बाँड्छन् । तर, त्यत्रो लगानी त्यसै पक्कै छोड्दैनन् । गाउँपालिकाको मेयर, उपमेयरले चुनाव जित्न करोड खर्च गर्छ भने जितेपछि उसले पहिलो काम के गर्ला ? जनताको सेवा, विकास निर्माण कि आफ्नो लगानी उठाउने जमर्को ? राजनीतिलाई व्यापार ठान्नेहरुको पहिलो काम लगानी उठाउनु नै हुन्छ । सम्झनुहोस्, ‘चुनावका बेला तपाईलाई दिएको १०००÷१५०० रुकम चुनावपछि ब्याज र नाफासहित असुल्छन् । त्यही लगानी उठाउन नेताहरु ठेकेदारका तलुवा मोल्छन्, घुसको फन्दामा पर्छन् । के तपाईलाई अहिले १००० लिएर भोलि आफ्नो सर्वस्व गुमाउन रहर छ ? निर्वाचनका बेला तपाईले दिने एक मतले देशको भविष्य बनाउन र डुवाउने दुवै काम गर्न सक्छ । यथार्थ बुझ्दा बुझ्दै भावनामा बहकिएर, आफन्तको मायाजालमा परेर, आर्थिक र अन्य प्रलोभनमा परेर गलत ठाउँमा भोट दिनु भयो भने त्यसले तपाईकै पुस्ताको भविष्य अन्धकारमा धकेलिने छ । तपाईको भावी पुस्ताले धिक्कार्नेछ । त्यसैले कांग्रेस–एमालेलाई भोट हाल्नुपूर्व माथिका १३ कुरामा गम्भीर रुपले विचार गरौं । अनि, देश, समाज र आफ्नै भविष्यलाई सम्झिएर सही ठाउँमा मत जाहेर गरौं ।
“आई लभ यु मीरा”
मैले डराई-डराई उनको अगाडि भने “आई लभ यु मीरा ।” उनले भनिन्, “हजूर, के भन्या । मैले सुनिन ।” मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भनें “आई लभ्यू, तिमीलाई धेरै मनपराउँछु ।” एक थप्पड मेरो गालामा हिकाईन् उनले । म डराएँ, अब के हुने हो? । तर उनले फेरि भनिन् “बुद्धु । यति भन्न पनि यतिका समय ला’को । माया गरेसि उहिल्यै भन्नु पर्दैनथ्यो । खाली एकोहोरो हेर्ने, पागल!” म अक्कनवक्क भएँ, मात्रै उनलाई हेरिरहे । अनि मीठो हाँस्दै बिस्तारै मेरो अँगालोमा बाँधिदै भनिन्, “था’ छ? म पनि त चाहन्थे तिमीलाई पहिलेदेखि नै । तिमीले कहिले यति कुरा भन्छौ भन्ने प्रतिक्षामा कति दिन बिताएँ, ऊ भने यतिका दिन तड्पाएर मात्रै वल्ल ।” मेरो हृदयले चाहेको भन्दा बढी जस्तो माहोल हुँदै थियो, त्यसैले म अत्यन्त विस्मित थिएँ । हठात् मेरो आँखामा घामको झुल्का परेझैं लाग्यो । यसो दखें म त विस्तारामा पो रहेछु । मेरो अँगालोमा त सिरानी थियो । भित्ते घडीमा बिहानको सात बजेको दखें । अनि आफ्नो हातको सिरानीलाई हेर्दै सोचे “धत् म पनि, ओहो कति मीठो संवाद, फेरि सुत्नु पर्यो कति मीठो स्वीकारोक्ति उनको, आहा” भन्दै म फेरि पल्टिएँ निदाएर उही सपना पछ्याउन, तर अहँ, आधा घन्टासम्म कोसिस गरें, निदाइन । सँगै क्याम्पसमा पढ्ने साथी थिइन् मीरा । चार वर्षे पढाइको अवधिको करिब दुई वर्ष पुग्न लागेको थियो । अरुलाई जस्तो भए पनि, मलाई नितान्त मन पर्थिइन् उनी । उनका चञ्चल आँखा, बोल्दा यतायता हल्लाउदै फिल्मकी कुनै रोमान्टिक हिरोइन् भन्दा कम देखिन्न थिइन् उनी । ती आँखाका अलावा उनको स्वभावबाट प्रभावित भएको थिएँ म । सुरुदेखि नै अति चाहन्थें म उनलाई, सधैँ उनकै बारेमा कल्पना गरिरहन्थें । यसैले गर्दा होला सायद मेरो ध्यान पढाइमा खासै जादैनथ्यो। मसँग बोल्दा साथी जस्तै गरी खुलेर बोल्दथिइन् उनी । तर मैले कहिले पनि माया गर्छु भन्न सकेको थिएन । भन्न खोज्दा नसकी नसकी यस्तै गरी समय बित्दै थिए । तेश्रो वर्षको क्लास सुरु भयो । चार पाँच दिन उनी आइनन् । मलाई उनलाई क्लासमा देख्न नपाएकोमा मनमनै नरमाइलो महसुस हुदै थियो । यस्तै एकदिन बिहान क्याम्पस आउन केही दुरी बाँकी छदाँ मैले उनलाई अगाडि देखें । हामी दुवै क्याम्पस जादै थियौं । पछाडिबाट मैले भनें, “हेलो मीरा ।” उनले पछाडि फर्किएर हेरिन् । म त्यसै खुसी भएँ । मैले भनिहालें, “किन त्यति छिटो हिडेको?” यति भनिसक्दा म उनीसम्म आइपुगें । अनि दुवै सँगै हिड्न थाल्यौं । मतिर हेर्दै उनले भनिन्, “त्यसै । अनि के छ त तिम्रो खबर ? पढाई अगाडि बढिसक्यो होला हैन?” मैले भनें, “मेरो त ठिकै छ । बरू तिम्रो? तिमी त चार पाँच दिन आएनौ नि! किन हो ?” एक छिन रोकिएर उनले केही भन्न नपाउदै मैले फेरि ठट्टा गरें, “कि डेटिगं सेटिगंतिर त हैन?” उनले भनिन्, “धत् के भन्या तेस्तो । मलाई के सोचेको तिमीले?” मैले विचैमा भने “तिमीलाई अरुजस्तो त कहाँ सोच्थेर म? त्यसैले तिमीलाई सजग गराउन भन्या के ।” “खै तिम्रो कुरा पनि । बरु तिम्री होली नि कोही । सुनाउन त मलाई नि ।” उनले हाँस्दै भनिन् । “छे, एउटी जसलाई मैले धेरै मन पराउँछु । त्यो हो तिमी ।” मनमनै भनें तर बोल्न सकिन । तर उनको सामु यसो भनें, “खै मैले चाहेर के हुन्छर? चाहनेले रुचाउनुपर्यो नि?” “पहिला उसलाई थाहा त देऊ कि तिमी उसलाई चाहन्छौ भनेर । मनको कुरा खोल्नुपर्छ टाइममा, नत्र अबेर हुन्छ । फिल्ममा हेरेको छैनौ? उनले भनिन् ।” म सिरियस भएर भनें, “अँ साच्चै । तिमी किन नआएको रे?” “भयो नभनु । टाइम आएसि तिमीलाई थाभैहाल्छ ।” उनी मसिनो लज्जामिश्रित स्वरमय भनिन् । मैले उनको कुरा बुझिन । क्याम्पस आइहाल्यो । हाम्रो वार्तालाप टुंगियो । “अब त भन्नुपर्छ, माया गर्छु भनेर ।” त्यो साझ मैले आफ्नो कोठामा कल्पना गरें, “कति मीठो बोली उनको पहिला थाहा त दिनुपर्छ, मैले माया गर्छु भनेर, उनैले भनेकी । हो, अब त साच्चै भनेरै छाड्छु । मनको कुरा खोल्नुपर्छ रे टाइममा, उनैले भनेकी । अब त खोल्छु, त्यो पनि उनैलाई । भनिदिन्छु जे होला होला । कहिले सम्म गुम्सिएर मनमनै पीडा बोकिराख्ने? सायद उनले पनि मन पराउँछिन् कि मलाई? मैले जस्तै भन्न नसकेकी हुन् कि? जे होस् मीरा तिमीलाई हृदयदेखिनै चाहान्छु । तिमी मेरी प्रेमिका बनिदेऊ, मैले संसारै जित्नेथिएँ ।, आई लभ यु मीरा । यही भनेर चिठी लेख्छु अनि भोलि उनलाई आफैले दिन्छु । जे होस् जे होस् ।” यस्तै मैले मनमनै सोच्दै गर्दा मेरो मोबाईलमा रिङ्टोन वज्यो । यसो हेरें आफ्नै कक्षामा पढ्ने सरिताको फोन थियो जो मीराकी साह्रै मिल्थी । फोन उठाएर मैले मोबाइल कानमा राख्दै भनें, “हेलो।” सरिताले भनी, “हेलो विनोद, अहिले व्यालेन्स कम छ, खास कुरा मात्रै भन्छु है ।” “हुन्छ भनन के कुरा हो?” मैले सोधें । उसले भनी, “खुसीको कुरा छ । मीरा छे नि हाम्रो क्लासकी । त्यस्को हिजो इंगेजमेन्ट भएछ । दश गते बिहा छ । चोरले मलाई पनि आज मात्रै भनेकी हो । सबै साथीलाई खबर गर्दे है भनेकी थिई । आऊ है । तिम्लाई मीराको बिहेमा निम्तो… । ”
सवारी दुर्घटनामा ज्यान गए ड्राइभरको लाइसेन्स खारेज गर्न आदेश
काठमाडौं – उचच अदालत पाटनले सवारी दुघंटनामा ज्यान लिने गरी सवारी चालकको अनुमतिपत्र लाइसेन्स खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको खबर आजको कान्तिपुरमा छ । न्यायाधीशद्वय युवराज सुवेदी र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । चरम लापरबाहीले सवारी चलाइ भएको दुर्घटना वा मनसायकपूर्वक ज्यान लिनु गम्भीर अपराध भन्दै त्यस्ता मुद्दामा कैद सजाय मात्र अपुग हुने ठहर उच्च अदालतले गरेको हो ।
प्रधानमन्त्री प्रचण्ड काममा व्यस्त, उच्च तहका कर्मचारी घुमघाममा मस्त !
काठमाडौ, चैत १९ । प्रधानमन्त्री कार्यालयका २ जना सचिव सहित केही सहसचिव र केही उपसचिवको समूह गएको शनिबारदेखि हराएको गाईगुईँ थियो । उनीहरु कुन प्रयोजनका लागि कहाँ गएका हुन भन्ने कुरा तल्लो तहमा कतै थाहा भएन । बिहीबार अर्थ मन्त्रालयले बजेटका विषयमा राखेको छलफलमा प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयबाट प्रशासन महाशाखाका दामोदर रेग्मी सहभागी हुनुपर्ने भएपनि उनी कार्यालयमा भेटिएनन् । सोधखोज गर्दै जाँदा बल्ल थाहा भयो उनी दक्षिण अफ्रिका पुगेका रहेछन् । उनी नभएपछि फेरी खोजीभयो अर्का सह सचिव डिल्लीराज शर्माको । उनीपनि भेटिएनन र थाहा भए उनी पनि विदेश भ्रमणमै छन् । बिहीबार भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा हराएका कर्मचारीको सूचि तयार भयो । यो घटनाले प्रधानमन्त्री पुष्पकमल दाहाल आफू योजना निर्माण, अनुगमन र निर्देशनमा दौडधुप गरीरहँदा कार्यालयका कर्मचारी भने पत्तै नदिई विदेश घुम्ने गरेको रहस्य फेला प¥यो । उच्च तहका कर्मचारी घुमघाममा हिँडेपछि कामकाज ठप्प भएको छ । चार सचिव मध्ये तीन जना बिदामा सह सचिव दामोदर रेग्मीको खोजी गर्दै जाँदा तीन जना सचिव समेत एकैपटक विदामा बसेको भेटिएको हो । चार जना सचिवको व्यवस्था हुने प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका तीनजना एकैपटक विदामा बसेपछि कामकाज पूरै ठप्प भएको छ । सचिव रामकुमार शर्मा विरामी विदामा बसे पनि मन्त्रीपरिषद सचिवालयको आर्थिक तथा पूर्वाधार विकास शाखाका सचिव टंकमणी शर्मा र शासकीय सुधार योजना तथा अनुगमन र सामाजिक विकास शाखाका सचिव दिनेश थपलिया सुटुक्क अफ्रिका भ्रमणमा निस्केको फेला प¥यो । उनीहरुले घुम्नका लागि सहसचिव तथा प्रवक्ता दामोदर रेग्मी र डिल्लीराज शर्मा, तथा उपसविचहरु हिरामणी शर्मा र प्रेम लामिछानेलाई पनि दक्षिण अफ्रिका पु¥याएका छन् । मन्त्रालयका अर्का पनि बिदामा छन् । पोल खुल्ने डरले आफै टिप्पणी उठाएर हिँडे नियमत मातहतको प्रशासन शाखाबाट टिप्पणी उठाएर उनीहरुको भ्रमण स्विकृत हुनुपर्ने हो । तर तल्लो तहमा घुम्न हिँडेको पोल खुल्ने डरले सचिव थपलियाले आफै टिप्पणी उठाएर विदेश पुगेको भेटिएको छ । ‘कामका लागि जाने हो भने कमसेकम प्रकृयागत ढंगले त जानुपर्ने हो तर हामी एउटै महाशाखाका कर्मचारीलाई थाहा छैन’ शासकिय सुधार महाशाखाका एक अधिकृतले भने ‘लुकेर लुकाएर हिँड्नुपर्ने भएपछि यहाँ कुनै गडबढी छ, तपाईँहरु खोज्नुस ।’ सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीलाई योजना अनुसार काम गर्न नदिएर हायलकायल पारेपछि उनलाई कार्कीले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेका थिए । थपलियाको सरकारलाई असहयोग गर्ने र विदेश सयर गर्ने धन्दा प्रधानमन्त्री कार्यालयमा समेत नहटेको ति कर्मचारीले बताए । प्रधानमन्त्रीको निर्देशन एकातिर कर्मचारीको काम अर्कातिर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएदेखि जनतालाई जतिसक्यो बढि सहज र सरल तरीकाले सेवा दिन र विकासका काम तिब्र रुपमा अगाडी बढाउन कर्मचारीलाई निर्देशन दिएको कुरा पटक पटक सार्वजनिक भयो । आफू कहिले राष्ट्रिय गौरवका योजना अनुगमनमा पुग्छन्, कहिले भेटघाट र छलफलमा बसेर विभीन्न योजनाहरु बनाउने र कार्यान्वयनका लागि निर्देशन दिन्छन् । प्रधानमन्त्रीको निर्देशन अनुसार अन्य मन्त्रालय, विभाग र अन्य कार्यालयको काम तिब्र रुपमा भएको जनताले महसुस गरेपनि प्रधानमन्त्री तथा मन्त्रीपरीषदकै कार्यलयका उच्च तहका कर्मचारी भने प्रधानमन्त्रीको निर्देशन पूरै वेवास्ता गरेर बसेका छन् । यो घटनाले उच्च तहका कर्मचारीहरुले घुमघाम र आलटालमा समय विताएको पुष्टि भएको छ । हप्तादेखि दर्जनौँ फाईलहरु पेण्डिङ्गमा कार्यसम्पादन गर्नुुपर्ने सचिवहरु भ्रमणमा हिँडेपछि उनीहरुको महाशाखामा दर्जनौँ फाईलहरु त्यतिकै थुप्रिएका छन् । ‘प्रधानमन्त्री भएर के गर्नु सचिव, सहसचिव र उपसविच नभएपछि काम ठप्पजस्तो छ’ सम्बन्धित शाखाका अधिकृहरुको एउटै भनाई छ ‘बजेट छलफलमा सरोकारवाला हुँदैनन र अरुलाई पठाउनुपर्छ, कामका फाईलहरु थुपार्ने बस्ने भएको छ ।’ नियतबस असहयोग अघिल्लो तुलनामा काम कार्यान्वयन धेरै भएको यो बेला उच्च तहका कर्मचारीको असहयोगले हैरानी ब्यहोर्नुपरेको अन्य कर्मचारीहरुको गुनासो छ । सचिवहरुले असहयोग गर्ने नियतले नै कार्य सम्पादन समयमा नगर्ने गरेको गुनासो धेरै अधिकृतहरुको छ । ‘एकैछिनमा हुने कामको फाईल पनि हप्तौँ अड्किन्छ, सोधखोज ग¥यो भन्नेवित्तीकै कहाँ हुन्छ भन्ने जवाफ आउँछ’ एक अधिकृतले गुनासो गरे ‘यसो विचार गर्दा त सरकारलाई असहयोग गर्ने नियत नै हो कि जस्तो पो लाग्छ ।’
कुलमान र हरिमान ‘एक्सिलेन्ट’
काठमाडौं, चैत १८ । हाइड्रो नेपालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपालको जलविद्युत क्षेत्रबारे अध्ययन गरेका हरिमान श्रेष्ठलाई एक्सिलेन्ट अवार्डबाट सम्मान गर्ने भएकोछ । नेपालको जलविद्युत क्षेत्रमा योगदान पुर्याएको भन्दै कुलमान र हरिमानलाई एक्सिलेन्ट अवार्डबाट सम्मान गरिने भएको हो । मुलुकलाई लोडसेडिङमुक्त गर्न आफ्नो उच्च प्राविधिक ज्ञान तथा व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा कार्यकारी निर्देशक घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्ट अवार्डबाट सम्मान गरिने भएको हो । यो खबर आजको कारोबारमा छ ।
लमजुङ क्याम्पसमा झडप, प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते
लमजुङ, फागुन १६ । लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ कयाम्पसमा विद्यार्थीबिच झडप हुँदा प्रहरीसहित एकदर्जन भन्दा बढी घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेविसंघ र अनेरास्ववीयूका विद्यार्थीबिच झडप भएको हो । नजिकिँदो स्ववियू निर्वाचनका विषयमा विद्यार्थी संगठनबिच भएको विवादले उग्र रुप लिएपछि उनीहरुबीच झडप भएको हो । झडपमा नेपाल विद्यार्थी संगठनका १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जानकारी दिएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । विद्यार्थीको झडपलाई छुट्याउने क्रममा एक जना प्रहरी जवान समेत घाइते भएका छन् ।
प्रयोगकर्ताहरु ह्वाट्स एपकाे नयाँ सुविधाबाट किन निराश छन् ?
ह्वाट्स एपका नयाँ सुविधाका कारण सोसल मिडियामा बहस भइरहेको छ । धेरै जसो प्रयोगकर्ताहरु यसबाट सन्तुष्ट छैनन् । हुनत तकनीकी अपरेटरका अनुसार नयाँ सुविधाबाट डाटा याटाच गर्न मद्धत मिल्छ र यसबाट विजनेस अपरेटरलाई फाइदा पनि पुग्छ । हालै ह्वाट्स एपले नयाँ सुविधालाई जोडेको छ । अब ह्वाट्स एप प्रयोगकर्ताहरु २४ घण्टासम्मका लागि आफ्नो स्टाटसमा तस्बिर र भिडियो अपलोड गर्न सक्छन् । यो फिचरको माध्यमबाट प्रयोगकर्ताहरु कन्ट्याक्टसबाट अन्यको फोटो तथा भिडियो देख्न सक्छन् । यस सुविधालाई सार्वजनिक गरेको एक हप्ता भन्दा बढी भएको छैन । तर सोसल मिडियामा यसको चर्चा अधिक भएको छ । हालसम्म सोसल मिडियामा यसै विषयलाई लिएर दश हजार भन्दा बढी नकारात्मक ट्वीट भइसकेका छन् । हुनत ह्वाट्स एपको दुनियाका सबैभनदा लोकप्रिय मेसेजिङ एप हो । नयाँ सुविधामार्फत फोटो तथा भिडियो कन्टेक्टमा अपडेटस् पठाउन सकिन्छ । यसैबाट भिडियो बनाउन सकिन्छ । यस नयाँ सुविधा मार्फत प्रयोगकर्ता केही पलका लागि इमोशन, तस्वीर, भिडियो र जीआईएफ पठाउन सक्नेछन् । यसअघि ह्वाट्स एपमा स्टाटस अपडेट सीमित टेक्स्टमा मात्रै लेख्न सकिन्थ्यो । यसमा केही स्टाटस पहिले नै फिक्स हुन्थ्यो । जस्तै ऐट वर्क, अभाईलेवल, वेल आदि इत्यादि । जब प्रयोगकर्ता ह्वाट्स एपमा नयाँ स्टाटस टेव खोल्छन् तब नयाँ स्टाटस अपडेट देख्नेछन् । यो पारम्परिक चैट विन्डोमा हुँदैन । आफ्नो साथी सिम्पल रिप्लाई अप्सन २४ घण्टा सम्ममा जवाफ दिन सक्छन् त्यसपछि आफै हराउँछ । हुन त मानिसहरु यस फिचरका कारण बढी घुसपिठ तथा बढी डाटा खर्च हुने गरेको बताउँछन् ।
चुरा, टीका बेच्दै मधेसीको भेषमा बाबुराम भट्टराई दिलबहादुर रम्तेलको घर पुगेपछि
दिलबहादुर रम्तेल ! पछिल्लो समयको राजनीतिप्रति अलिकति मात्र पनि चासो राख्ने जोकसैका लागि पनि यो नाम अपरिचित नहोला । त्यहीँबाट सुरु भयो, नेपालको इतिहासमा परिवर्तन शृंखला । माओवादीको आरोपमा आफ्ना प्रिय शिक्षकलाई पुलिसले पक्रेर लगेपछि तिनलाई पुलिसको क्ररु पन्जाबाट छुटाउन उर्लेका विद्यार्थीहरूको भीडमध्येका एक थिए, दिलबहादुर रम्तेल । तिनको अपराध यत्ति थियो कि, तिनलाई आफ्ना शिक्षकलाई पुलिसले पक्रेर लगेको मन परेको थिएन । र, त पछिपछि दौडिए शिक्षक छुटाउन । त्यत्तिवेलाको पुलिस न हो, मैमत्त, अभिमानी, डामेर छाडेका साँढेजस्ता । के टेर्थे, बर्साए आधुनिक गोली ती कलिला मुनामाथि । त्यसैमध्ये एउटा गोलीले गोर्खा पन्द्रुङका १५ वर्षे किशोर दिलबहादुर रम्तेललाई नेकपा ९माओवादी० को दसवर्षे जनयुद्धको पहिलो सहिद बनायो । तिनै दिलबहादुर रम्तेलले खेल्ने आँगनमा हामी पुगेका थियौँ, रातको नौ बजेतिर, ठीक एक वर्षअघि । सानो घर सुनसान थियो । नजिकैको घना जंगल सुनसान थियो । गाउँ के भन्नु एक९दुई घर थिए त्यतातिर, ती सबैमा बत्तीको झिल्को समेत बलेको देखिँदैनथ्यो । ‘आमा १ ए आमा १’ इन्द्रजी अर्थात् दिलबहादुरका भिनाजुले ढोका ढक्ढक्याउनुभयो । ‘को हँ ?’ निकै बेरपछि भित्रबाट आवाज आयो । ‘हामी क्या, इन्द्र, साथीहरू पनि आउनुभा’छ ।’ उहाँले भन्नुभयो । ढोका खुल्यो, दिलबहादुरका बुबा सेते रम्तेल बाहिरै फलैँचामा सुतिरहनुभएको रहेछ । सायद बिरामी पनि हुनुहुन्थ्यो त्यसवेला, उठ्न सक्नुभएन । सुतिसुती हात लम्काएर बाहिरको सोलार९बत्ती बाल्नुभयो । छेउमै बसेर हामीले एकमुष्ठ परिचय दियौँ, ‘हामी पत्रकार हौँ, हजुरलाई भेट्न आएका, घ्याम्पेसालको कार्यक्रममा आएका थियौँ, यसो तपाईंसँग भलाकुसारी पनि गरौँ, सँगै फोटो पनि खिचौँ भनेर यता आएका,’ मैले भनेँ । ‘के काम र म बूढाको ?’ उहाँले उदासीयुक्त स्वरमा भन्नुभयो । उहाँको एउटै प्रश्नले हामीलाई नतमस्तक र्पायो । दीपकजीले स्पष्टीकरण दिने चेष्टा मात्र के गर्नुभएको थियो, सेते रम्तेलले अर्को प्रश्न गरिहाल्नुभयो, ‘सयजनाभन्दा बढीले यहाँको फोटो खिचिसके, हैन के गर्छन् हँ यत्तिका फोटो खिचेर ?’ ‘पत्रिकामा छापिन्छ बा !१’ रामचन्द्रजीले सहजकर्ताको भूमिका निर्वाह गरिदिनुभयो । ‘खै, आजसम्म एउटा फोटो पनि मैले देखेको छैन । सबै पठाउँछु भन्छन, तर कसैले पनि पठाउँदैनन ।’ उहाँको गुनासो यथावत् थियो । ‘हामी पक्का पठाउँछौँ बा ।’ मैले हतारहतार प्रतिबद्धता जनाएँ । हामीलाई लाग्यो, उहाँलाई धेरैले धेरैपटक नराम्रोसँग गिजोलिसकेका रहेछन । यति वाक्कदिक्क पारिसकेका रहेछन् कि उहाँलाई ‘पत्रकार’ शब्दप्रति नै वैराग लाग्न थालिसकेको रहेछ सायद । सायद हामी पनि त्यसरी नै बेक्कारमा गिजोल्न पुगेका थियौँ, त्यस रात । हामी एउटा यस्तो तीर्थस्थलमा पुगेका थियौँ, जहाँ दक्षिणाको लोभमा बसेको ढोँगी पुजारी थिएन, अथवा देउता बनाइएको कुनै निर्जीव ढुंगो थिएन । तीन करोड नेपालीलाई ‘नयाँ नेपाल’को सपना देखाउने महान् बलिदानीको आरम्भबिन्दु खोज्दै हामी त्यहाँ पुगेका थियौँ । यो भावनात्मक कुरा सेते रम्तेललाई बुझाउन सक्ने क्षमता हामीमा थिएन । हामीलाई सेते रम्तेलको मनस्थितिले नराम्रोसित लखेट्यो । यही लखेटाइका बीच दिलबहादुरकी आमा सरिमायाले पकाएको गुन्द्रुक र भात असाध्यै मीठो मानेर खान भ्यायौँ हामीले । सानो घर, हामी चारजना पाहुनालाई अटाउन निकै कसरत गर्नुर्पयो सरिमायाले । उहाँसँगै लुपुक्क टाँसिएर सुतेकी नातिनीलाई त्यहाँबाट अर्को्तिर सार्न एकछिन कठिन र्पयो उहाँलाई। चर्को स्वरले बोलाउँदा र यताउटा पल्टाउँदा पनि पटक्कै नउठेपछि उहाँले सायद चड्कन हान्नुभयो क्यार, उनी चिच्याइचिच्याइ रुन थालिन। उनको रुवाइ रोक्न निकै बेर लाग्यो । हामी सुतिसक्दा पनि उनी अर्को्तिर घुँक्कघुँक्क गर्दै थिइन । आँगनमा खेल्ने, उफ्रने दिलबहादुर रम्तेल भए पनि, नभए पनि बिहानलाई केही फरक पर्दैन । सेते रम्तेल रिसाए पनि, खुसी भए पनि बिहान भएरै छाड्छ । तथापि, विहान भने चाँडै भएको थियो हाम्रा लागि । चाँडै भाले बास्यो, चाँडै आमा सरिमायाको छुन्द्रुङमुन्द्रुङ सुनियो । राति चड्कन खाने सानी नातिनीको कल्याङमल्याङ पनि सुरु भइसकेको थियो । भालेको डाकसँगै आँखा खुलेका हामी चार डुलुवाहरूचाहिँ ओछ्यानभित्रै खुसुरपुसुर गरेर बिहानीको उज्यालो पर्खिरहेका थियौँ । कस्तो सजिलो पर्खाइ १ चुपचाप, चुपचाप समय कटाइदिए मात्रै पनि बिहानी आइहाल्ने, कुनै दुःख वा कष्ट झेल्नै नपर्ने १ न कुनै युद्ध लड्नुपर्ने, न कतै जोखिम मोल्नुपर्ने, न कुनै पनि प्रकारको श्रम पोख्नुपर्ने !यसरी नै सजिलै सिंगो देशमा उज्यालो आइदिए हामीजस्ता अल्छी सबभन्दा अगाडि सरेर स्वागतमा उभिन्थ्यौँ होला । ‘मेरो छोरो निर्दोष थियो, त्यसले केही गरेको थिएन । रमिता हेर्न मात्र गएको थियो त्यहाँ ।’ सरिमायाले राति नै भक्कानिँदै भन्नुभएको थियो । वास्तवमा यथार्थ यही हो कि जहिले पनि रमिता हेर्नेकै दुर्दशा हुन्छ । यो स्वयंसिद्ध तथ्यसँग जंगलछेउको छाप्रोमा जीवन विताइरहेका सरिमाया र सेते रम्तेल मात्र कसरी अछुतो हुनसक्थे र ? विहानसँगै सरिमायाले झार्नु भएको आँसु सुकिसकेको थियो । सेते रम्तेलको वाक्क प्रहारको प्रभाव हामीमा मात्र सीमित भइसकेको थियो । राति उत्पन्न मानसिक त्रासको प्रभाव स्वरूप हामीले झोलाको क्यामेरा बाहिर निकाल्न हिम्मत नै गर्न सकेका थिएनौँ । ‘बुबा, एकछिन् कुरा गर्न मिल्छ ?’ मैले सकेसम्म नम्र भएर सोधेँ ।‘हुन्छ ।’ सेते रम्तेलको हिजोको असन्तुष्टि पनि विहानीको चिसो बताससँगै सेलाइसकेको रहेछ । त्रिसठ्ठीऔँ खुरीखण्ड पार गरिसकेको जीर्ण शरीरले उहाँको परिवार पाल्ने डकर्मी पेसालाई धान्न धौधौ परिरहेको थियो । सुख्खा पाखो बारीमा जत्ति नै हाड घोटे पनि ६ महिना जहान परिवारको भोक मेटाउने हिम्मत गर्नु नै ठूलो कुरा थियो, बाँकी छ महिनाको कुरै नगरौँ । छुट्टएिर बसेको जेठो छोरो, खाडीतिर भासिएको माइलो छोरो र मरेर पनि सहिद भएर बाँचेको कान्छो छोरो, कसैको कमाइ पनि सेते सरिमायाको जीवनाधार बन्न नसकिरहेको तीतो यथार्थलाई हामीले आँसु थामेर सुन्यौँ । ‘चुरा, टीका बेच्दै मधेसीको भेषमा बाबुराम आ’थे, त्यसपछि कोही आएनन् बाबु ।’ जनयुद्धको पहिलो सहिदको घरमा माओवादीका केन्द्रीयस्तरका नेताहरूको आवत–जावत राम्रै होला भन्ठानेर फणीन्द्र फुयाँलजीले सोध्नुभएको थियो होला, सरिमायाको एउटै उत्तरले मुखमा बुझो लाग्यो । धन्न युद्धकालमै भए पनि लुकिछिपी पुगेर डा। बाबुराम भट्टराईले सिंगो जनयुद्धको इज्जत राखिदिनुभएको रहेछ, हामीले मनमनै डा। भट्टराईलाई धन्यवाद दियौँ । गोरखा अभियानबाट फर्केपछि कवि पूर्ण्विरामले भन्नुभएको ‘मलाई अब रुवाउनका लागि कुनै सहिद गाउँमा नलैजानूस’ वाक्यांशमा जति पीडा छ, त्यसभन्दा कम्ता पीडानुभूति हामीलाई भएन त्यसबखत । त्यस्तै कुनै अवसर पारेर जिल्ला पार्टीले अठार बीस हजार आर्थिक सहयोग गरेको बाहेक उल्लेखनीय सहानुभूतिसमेत माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको परिवारले पाउनुभएको रहेनछ भन्ने सुन्दा हौसिएर रातारात पन्द्रुङ पुग्ने हामीहरूको हालत के भयो होला त्यसबखत ? त्यसो त हाम्रासामु उहाँहरूले कुनै आश वा लोभ व्यक्त गर्नुभएन वा गर्न चाहनुभएन । सिर्फ यत्ति भन्नुभयो, ‘मर्नुअगावै मेरो छोराका नाममा देउरालीबाट पन्द्रुङसम्म मोटरबाटो बनेर त्यसमा यहाँका गाउँलेहरू गाडी चढेर हिँडेको देख्न पाए मनले शान्ति पाउनेथियो ।’ माओवादी सशस्त्र युद्दका पहिलो शहीद दिलबहादुर रम्तेलको शालिक त्यसदिन हामी न उहाँहरूलाई रुवाउन आएका थियौँ, न उहाँहरूसँगै बसेर रुन आएका थियौँ । हामी किन त्यहाँ गयौँ रु भन्ने प्रश्नको न्यायसंगत जवाफ हामीसँग थिएन झैँ लाग्यो त्यसबखत । हामी एकप्रकारको अपराधबोधबाट ग्रसित थियौँ, र त्यो अपराध कसले गरेको थियो रु भन्ने खुट्याउन समेत सकिरहेका थिएनौँ । उहाँहरूमाथि भएको बेवास्ताको जिम्मेवारी लिनुपर्ने मान्छे हामी नै हौँ जस्तो ठानिरहेका थियौँ हामीले । आधिकारिक नभए पनि भावनात्मक रूपमा आमनेपालीको भावनाको प्रतिनिधित्व गरेका थियौँ सायद हामीले । र, त्यही हार्दिकताबाट ओतप्रोत भएर हामीलाई आफूले प्रत्यक्षतः नगरेको अपराधबाट त्रसित हुने अवसर प्राप्त भएको थियो । यस्तो अवसर जो–कोहीले सजिलै कहाँ पाउँछन् र ? हामीलाई ‘जनयुद्धका प्रथम सहिदको घरमा पुग्यौँ’ भनेर कसैलाई फूर्ति लगाउनु थिएन । त्यहाँ पुगेकै भरमा हामी उत्पातै क्रान्तिकारी भइहाल्छौँ भन्ने भ्रम पनि थिएन हामीमा । यसो अवसर र्पयो भने कुनै पत्रपत्रिकामा एक९दुई फोटो छाप्न पाइएला भन्ने झिनो आशले हामीलाई झोलाको क्यामेरा झिक्न हिम्मत र्गयो । रामचन्द्रजी रम्तेल परिवारसँग पूर्वपरिचित हुनुले पनि सहजीकरणको काम र्गयो त्यसबखत । रम्तेल दम्पतीको, स्कुल जान छाडेर बाख्रागोठाल्नी बनेकी दिलबहादुरकी प्यारी सिँगाने भान्जीको, भर्खर–भर्खर टिनको छानो हालेको उहाँहरूको छाप्रोको, झुल्किँदो सूर्यको, उहाँहरूसँगै टाँसिएका हाम्रा अनुहारको फोटो फ्याट्फ्याट खिच्दै गर्दा हामीले एकछिन् सिंगो जनयुद्ध र त्यसबाट उत्पन्न नयाँ परिवेशलाई भुसुक्क भुल्यौँ । र, भुल्यौँ आठ बजे देउरालीबाट छुट्ने त्यो गाडीलाई, जसमा चढेर हामीलाई जतिसक्दो चाँडो घ्याम्पेसाल पुग्नु थियो । अघिल्लो रात लड्दैपड्दै जति उत्साहका साथ रम्तेल परिवारको आँगनमा पुगेका थियौँ, भोलिपल्टको विहानीमा त्यत्तिकै निराशा बोकेर त्यहाँबाट लुरूलुरू फर्कियौँ । दलित अनलाईनबाट
राप्रपाको एकता महाधिवेशन आजदेखि, स्वीकार गर्यो संघीयता
काठमाडौ, फागुन ६ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रथम एकता महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो अडानबाट पछि हट्दै संघीयता स्वीकार गर्ने संकेत देखाएको छ । संघीयता वर्तमान राजनीतिक यथार्थ बनिसकेकाले यसको कार्यान्वयन गर्ने तथा हिन्दु राष्ट्र र राजतन्त्रबारे समुचित निर्णय लिने सहमतिसाथ पार्टीको चारदिने एकता महाधिवेशन आजबाट राजधानीको भृकुटीमण्डपमा हुँदैछ । राप्रपा अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित भइसकेका छन् । थापालाई अध्यक्ष पदमा निर्विरोध गराउन बुधबार अध्यक्ष पदका प्रत्यासी मानिएका पशुपति शमशेर जबरा तथा डा. प्रकाशचन्द्र लोहनीले संयुक्त हस्ताक्षर गरी समर्थनको प्रतिवद्धता जनाएका थिए ।