अाेली घण्टौं बाेल्दा किन थाेरै बाेल्छन् प्रचण्ड ?
काठमाडौं, पुस ३ । एमाले र माअाेवादी केन्द्रले गर्ने संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष अाेलीले घण्टौं बाेल्दा प्रचण्डले भने ५/७ मिनेट मात्र बाेल्ने गरेका छन्। कतिपयले यसलाई प्रचण्डमाथि अाेली हावी भएकाे ठान्छन्। तर, प्रचण्ड कम बाेल्नुकाे कारण अर्कै भएकाे स्राेत बताउँछ।
माअाेवादी केन्द्रका एक नेताका अनुसार प्रचण्ड अाफूलाई राजनेताकाे रुपमा स्थापित गराउन चाहन्छन्। खुल्ला मञ्चहरुमा अाेली कांग्रेस र विराेधीहरुमाथि खनिदा प्रचण्ड भने संयमित देखिन्छन्। अाेली तिखाे बाेल्छन्, उनले बाेलीबाटै विराेधीलाई भित्तामा पुर्याउछ्न्। तर, प्रचण्ड त्यसाे गर्दैनन्, प्रचण्ड सबैलाई मिलाएर अाफू नेताहरुकाे पनि नेता हुन चाहन्छन्। अन्तर्राष्ट्रिय समुदायमा नेपालकाे शीर्ष नेता अाफू नै भएकाे प्रमाणित गर्न चाहन्छन्, एमाले भित्रकै नेता-कार्यकर्ताकाे विश्वास जितेर अघि बढ्न चाहन्छन्, त्यसैले अाेलीले तिखाे रुपमा विराेधीलाई घाेच्दा प्रचण्ड केवल मुस्कुराउँछन्, कुरा चित्त बुझे टाउकाे हल्लाउँछन्। तर, धेरै बाेल्दैनन्।
उनी भन्नैपर्ने कुरा मात्र बाेल्छन्। चुनावकाे बेला पनि उनी कसैलाई गाली गरेनन्। उनले प्रतिस्पर्धी कांग्रेसलाई बिपि र गिरिजाकाे अादर्शतिर फर्कन अपील मात्र गरे। तर, छुचाे बाेलेनन्। प्रत्येक चुनावी सभामा उनले संयमित भएर बाेले। -नेपाल एचडी डटकमबाट
साना बच्चालाई घरमा छाड्दै हुनुहुन्छ ? यी कुरामा ख्याल राख्नैपर्छ
कार्तिक २६ । उपभोग्य वस्तु महंगो छ । अतिरिक्त खर्च पनि बढ्दो छ । इन्टरनेट, सवारी साधन, विद्युतीय सामग्री आदिको कारण घरायसी व्ययभार बढ्दो छ । यस्तो अवस्थामा एक जनाको कमाईले मात्र घरखर्च टार्न मुश्किल छ । यस्तो अवस्थामा एक जनाको कमाईमात्र पर्याप्त छैन । पति, पत्नी सबै काममा खटिनुपर्ने हुन्छ । उनीहरु बिहान घरबाट निस्किन्छन् र बेलुकीमात्र फर्किन्छन् । यस्तोमा उनीहरुका छोराछोरी स्कुलबाट आएपछि घरमा एक्लै बस्नुपर्ने हुन्छ । कहिलेकाहीँ यस्तो पनि हुन्छ कि बाबुआमाले दिनभरी नै छोराछोरीलाई एक्लै घरमा छोड्नुपर्छ । हुर्किसकेका छोराछोरीलाई घरमा छोड्न त समस्या भएन । तर, छोराछोरी सानै छन् भने बाबुआमाले धेरै कुरामा विचार पुर्याउनुपर्छ । मोबाइल आवश्यक बालबालिकाहरु घरमा एक्लै हुँदा उनीहरुसँग मोबाइल हुनु अति आवश्यक छ । यस्तो अवस्थामा बच्चालाई कुनै समस्या पर्यो वा तपाईंले बच्चासँग कुरा गर्नुपर्यो भने तत्कालै फोन गर्न सकिन्छ । यसबाट छोराछोरीहरुसँग लगातार सम्पर्कमा बस्न सक्नुहुन्छ र उनीहरु के गरिरहेका छन् भन्ने जानकारी लिन सकिन्छ । कोठामा बन्द नगरौं कोही आमाबाबु यस्ता पनि हुन्छन् कि बच्चालाई सुरक्षित राख्ने बहानामा कोठाको ढोका बन्द गरिदिएर काममा हिँड्छन् । आफूहरु नभएको बेलामा बच्चा बाहिर ननिस्किउन् भन्ने उनीहरुको आशय हुन्छ । तर यसो गर्नु घातक हुन सक्छ । बच्चालाई कहिले पनि कोठाभित्र बन्द गरेर हिँड्नुहुँदैन । मानौं भुकम्प आयो वा आगलागी भयो भने त्यतिबेला उनीहरुभित्रै थुनिन्छन् । चुकुल खोल्न सिकाउनुपर्छ बच्चाले ढोकाको चुक्कुल खोल्न वा बन्द गर्न जानेको हुनुपर्छ । आमाबाबु घरमा नभएको बेला त यो झन् आवश्यक छ । ताकि उनीहरु आवश्यक पर्दा घरबाट बाहिर निस्किन र घरभित्र पस्न सकुन् । खाने-पिउने सामानको व्यवस्था घरबाट निस्कदा बाबुआमाले टेबलमा केही खाने पिउने कुराहरु राखिदिनुपर्छ । बच्चाहरु धेरै खेल्ने र उफ्रिने कारणले चाँडै थाक्छन् । उनीहरु किचनमा जानु ठिक हुँदैन । त्यसैले लिभिङ रुममा नै खानेकुराहरु राखिदिनुपर्छ । गेम दिने यदि आफूहरु घरमा नभएको बेला बच्चाले उपद्रो गर्लान् वा बाहिर बरालिएर हिँड्लान् भनेर चिन्तित भइन्छ । यस्तो अवस्थामा उनीहरुका लागि कुनै गेम वा होमवर्क दिएर जाने गरौं, ताकि उनीहरु त्यसैमा व्यस्त रहुन् र घरबाहिर निस्किएर नबरालिउन् ।
प्रकाश दाहालकाे प्रष्टिकरण -‘म समानुपातिकमा परेकाे छैन्’
काठमाडौं, कात्तिक १८ । नेकपा माअाेवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश दाहालले अाउँदाे प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकमा नपरेकाे प्रष्टिकरण दिएका छन् । केहि मिडियामा पार्टी अध्यक्ष प्रचण्डले आफ्नो छोरालाई उमेद्वार बनाएको समानुपातिकमा राखेको भन्नेसम्म जस्ता समाचार सम्प्रेषण गरेपछि शुक्रवार साँझ सामाजिक सञजालबाट अफवाह नफैलाउन अाग्रह गरेका छन् । फेसबुकमा उनले लेखेका छन् ‘म संसद समानुपातिक वा प्रत्यक्ष कतैको उमेद्वार होईन र थिईन किनकी म भन्दा धेरै सिनियर र कृयाशिल कमरेडहरुको त्यहां भूमिका बढी छ तर केहि मिडियामा प्रचण्डले आफ्नो छोरालाई उमेद्वार बनाएको समानुपातिकमा राखेको भन्नेसम्मको कुरा ल्याईयो ।’ दाहालले अाफु भन्दा सिनियर र कृयाशिल नेताहरुले जिम्मेवारी पाउनुपर्छ र पार्टीले दिएकाे जिम्मेवारी पुरा गर्न लाग्ने बताएका छन् । उनी थप लेख्छन ‘मेरो सुरुदेखि (२०५६ साल) एउटै उद्धेश्य थियो पार्टी र नेतृत्वलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने र म कहि कतै पद प्रतिष्ठाको आकांक्षी हैन र त्यो दौडमा छैन ।’ पार्टीले व्यक्तिकाे क्षमता अनुसार जिम्मेवारी दिनुपर्ने र दिनेमा उनी विश्वस्थ रहेकाे तर्क गर्छन । ‘पार्टीले मेरो क्षमता अनुसार जहां जिम्मा दिन्छ म त्यो बहन गर्न तयार छु र अहिले जहां छु पार्टीकै निर्देशनमा छु।’ भन्छन ‘कृपया अनर्गल प्रचारबाजीमा नलाग्न म सबैलाई अनुरोधपनि गर्दछु ।’ यसअघि पनि अाफु र अाफ्नाे परिवारका सदस्यलार्इ जाेडेर अनावश्यक अफवाह फैलार्इएकाे भन्दै दाहालले सच्चिन अाग्रह गर्दै अाएका छन् । केहि महिना अगाडी माओवादी नेता तथा प्रचण्डका छोरा प्रकाश दाहालले आफ्ना २७ महीने छोराका बारेमा प्रकाशित समाचारका बिषयमा कडा टिप्पणी गरेका थिए । प्रकाश दाहालका छोरा पजेरो चढेर राजधानिको एक बोर्डिंग स्कूल पढ़ने गरेको आशयको समाचार एक अनलाइनमा प्रकाशित भएपछि प्रकाशले अबोध बालकमाथि समेत आरोप लगाएको भनेर टिप्पणी गरेका हुन । स्थानीय तहको निर्वाचन अघि ४,५ महिना कंचनपुरको पुनर्वासमा आमा बिना मगरसँग नै छोरा समेत रहेको प्रकासले बताएका छन । अहिले पनि संगठन र चुनावका लागि आमाक बिना मगर कंचनपुरमा खटीएको र छोरा प्रणव समेत उतै रहेको भएपनि आरोप लागाउनु नाजायज़ भएको उनले जनाए । कंचनपुरको क्षेत्र न १ बाट गत संबिधानसभाको निर्वाचनमा झिनो मतले पराजित बिना मगर अधिकांश समय संगठनकै काममा ज़िल्लामा रहने र छोरा प्रणव समेत उनिसंग नै रहने प्रकाशले बताए । अहिले अखिल क्रान्तिकारीको सम्मेलन चलिरहेको संदर्भ पारेर नियोजितरूपमा आफ़नो र अबोध छोराको चरित्रहत्त्या गर्न खोजेको प्रकाशले टिप्पणी गरे । प्रकाश दाहालले फ़ेसबुकमा लेखेका थिए : ‘आफ्नो आमासंग सुदुरपश्चिमको संगठन सुदृढी गर्न र चुनाव मध्यनजर अहिले देखि उतै खटिएर बसेका आमा छोरालाई पजेरो चढेर स्कूल जाने भनेर न्युज लेख्नु कति जायज हो ? ए त्यो लेख्ने महाशय पहिला बच्चा कहां छ के छ सोध्नु कर्तव्य हैन र ? हामीलाई त आरोपको चांग लगाएर राखेका छौ हूंदा हूंदा यो अवोध बालकमाथीपनि आरोपको चांग लगाएयौं ??? कुरा रहयो विधार्थी संगठनसंग जोडेर पजेरो चढेर स्कूल जाने म त्यतिनै चिन्तित कहां छु भने यिनको आमा जो चुनाव भन्दा ४ महिना अगाडीनै कार्यक्षेत्रमा होमिईन् ( जो कुनै नेता कार्यकर्ता खटिएको छैन र जाने रुचिपनि राखेका छैनन) उनले गर्दा यि बालकको पढाईपनि आफ्नै बाउ जस्तो हुने त हैन ??’ दाहालले थपे ‘यस्ता न्युज शेयर गरेर आनन्द लिनेहरु कुन कार्यक्षेत्रमा खटिनु भएको छ र तपाई आफ्नो सन्ततीको पढाई धरी नगराई संगै क्षेत्रमा लिएर हिड्नु भएको छ । लेख्न पत्रकार यि बालक डेढ वर्ष हैन २७ महिना भए । र तपाईले भनेको पजेरो देखाईदिन पर्यो ! नभए यि अबोध बालकलाई अन्याय गर्ने तपाई जस्ता भाडाका पत्रकारलाई कुनै अधिकार छैन । तपाईहरुको पेसा यहि हो ?? ‘ याे पनि पढाैँ प्रकाश दाहालको चर्को आक्रोश: ‘भाडाका पत्रकार’लाई कसले दियो यस्तो अधिकार ? ‘प्रकाश दाहाल अर्थात एक कुशल व्यवस्थापक’
छठ पर्वको अवसरमा प्रचण्डले पनि दिए शुभकामना
काठमाडौं, कात्तिक ९ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छठ पर्वको अवसरमा शुभकामना दिएका छन् । शुभकामना शन्देशमा उनले भनेका छन् ” छठ पर्व नेपालको तराई–मधेश लगायत देशका सबै क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायको ऐतिहासिक पर्व हो । सर्वप्रथम मधेशी समुदायको यस ऐतिहासिक पर्व छठको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत तीनै तहको निर्वाचन सम्पन्न गरी संविधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु, हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धि हासिल गर्नु र संविधानद्वारा निर्देशित समाजवादउन्मूख राज्यको दिशामा अगाडि बढ्नु राष्ट्रिय प्राथमिकता हो । नेपालका सम्पूर्ण बामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको व्यापक ध्रुवीकरणका बलमा समाजवादको आधार तयार पार्न सकिन्छ भन्ने तथ्यमा हाम्रो पार्टी स्पष्ट रहँदै आएको छ । छठ पर्वको अवसरमा संविधानको कार्यान्वयनमार्फत् समाजवादको आधार तयार पार्ने राष्ट्रिय अभियानमा हातेमालो गर्न मधेशी समुदाय लगायत सम्पूर्ण नेपालीहरुमा हार्दिक अपील गर्दछु । हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन् । नेपालको यस ऐतिहासिक बिरासतप्रति गर्व गर्दै सम्पूर्ण मधेशी जनसमुदायमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
लाेकेन्द्र बिष्टलाई खुला पत्र- ‘तपाई भागेर जाने स्वर्गद्वारी कतै छैन’
आदरणीय कमरेड लोकेन्द्र बिस्ट ज्यु, सम्मानजनक बधाई साथ नमस्कार छ। सर्वप्रथम पार्टीबाट बिदाई लिनु भो तर जनयुद्धको दोषि हुनुबाट तपाईं लाई बिदाई लिनु तपाई संग पुर्णतया हक छैन । किनकि तपाईं पनि जनयुद्धमा पुर्ण सहभागी हुनु हुन्थ्यो १७ हजार सहिद योद्धाहरू , शारीरिक छेतविछेद भएका अपांग योद्धाहरू अनि बेपत्ता योद्धाहरू र नागरिक हरुको अर्धकालिन यात्रा टुङ्ग्याएर तपाई पन्छिनु हुदैछ । तर पन्छिएर जानू कुन नैतिकताको राजनैति गर्नु भएको थियो ? के तपाईंको यो फैसलामा जनयुद्धको इतिहास ले सहजै माफी देलान् त ? तपाईंको यो फैसलाले कुन मौसम को वहार आउने छन् ? र सहजै निर्णय गर्नु भो ! अहिलेसम्मको राजनीतिक परिवर्तित अवस्थामा बाटो विसर्जन गर्नु खोज्नु हुदैछ तर तपाई ले विसर्जन गर्ने अधिकार जनयुद्ध को परिभाषा दिएर पार्टी त्याग्नु पाउनु सक्नु हुन्छ र ? कदापि तपाईं संग अधिकार छैन नत्र ती सहिद योद्धाहरू , अपांग र बेपत्ता भएका योद्धाहरूको मुहाजा अथवा रगतको हिसाबकिताब दिनु होस होइन कागजमा पेन्सनले कोरिएका अक्षर हो भनेर मेटाउने प्रयास नगर्न आग्रह गर्दछौं । तपाईंलाई स्मरण होस हिजो मैले भाडा कुट्टी खेलेका थियौं दुई चारवटा खेलौना फुटेका थिए ,साथी रूने भो भनेर बजार बाट किनेर ल्याइदिन्छु भनी बचपनाई नगर्नु नै उचित होला तर खेलौना को खेल होइन हजारौं मान्छेको बलिदान हो झिनो कुरामा मनमटाव गरेर जनताको सामु दुधले नुहाएर पवित्र गौमाता बन्ने निधो नगर्नु पनि आग्रह गर्दछौ । तपाईं लाई यो पनि आधिकारिक निर्णय लिने हक छैन जो तपाईले सोचे जस्तो समाजमा चोखिने आधारभुत हैसियतले सोभनीयबाट बाहिर नै हुनुहुन्छ । आफ्नो पितृ सम्पत्तिमा हकदार अथवा अङ्स भण्डा मा त तलमाथि धेरै थोरै अर्थात अनुचित हुन्छन् भने यो त मुलुकको सान्दर्भिक विषय हो यसमा तपाईं जस्तो जिम्मेवार नेतृत्व तहका पात्रले पार्टी लाई मात्रै होइन ३ करोड जनसाधारण जनता लाई निमुखा बनाउनु हुदैछ । तपाईं ले अध्यक्ष प्रचण्ड ज्युलाई कठोर दोष लगाउनु भयो त्यो तपाईंको गलत महफिल हो २६ वटा असहमति दस्तावेज सञ्चारमाध्यम मा पेश गर्दै उर्दी गर्नु भो त्यो तपाई लाई एक क्रान्तिकारी युगपुरूषको चरित्र हत्या गर्ने सुपारी कुन दलालले दियो ? र तपाई संग असली प्रमाण छन् र ? आफ्नो सफाइ मा पार्टी परित्याग गरि कुनै ब्यक्ति को चरित्र हत्या गर्ने तपाई लाई कुन शक्ति ले परिचालित गरायो त्यो पनि भोलिका दिन दुध का दुध पानी का पानी हुने छन् । तपाईले दुध को साचि बिरालो लाई राख्नु हुदैछ हुन सक्छ तपाईंको दुध नै शुद्ध हो कि भन्ने प्रमाण हुन सकिन्न । तपाईं यो जनयुद्धको हिसाब किताब बाट कहाँ भाग्नु सक्नु हुन्छ र ? भागेर कुन सिद्ध अक्षरमा सावित हुनु सक्नु हुन्छ र ? तपाईं ले जनयुद्धको एजेन्डालाई पन्छाएर ऋशिमुनि हुनु लज्जास्पद अर्धनग्न हुनु हो । तपाईं संग भाग्ने कुनै स्वर्गद्वारी छैन । तपाई १७ हजार सहिद योद्धाहरूको कठघरामा बन्दक हुनुहुन्छ । जनयुद्धको एजेन्डा , सहिद योद्धहरू, अपांग र बेपत्ता भएको नागरिक तथा योद्धाहरूलाई कुन शैली कुन नैतिकताले जवाफ दिँदै बन्नुहुन्छ र दिनुहुन्छ ? अरू आउने सन्देशमा अवगत गराउने छु । लाल सलाम जिन्दावाद । – यादव सुवेदी
वीरगन्ज महानगरको मतगणना स्थगित, बाहिर नाराबाजी
वीरगन्ज, असोज ९ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मतगणना स्थगित भएको छ । मतगणनामा बसेका प्रतिनिधिहरुबीच विवाद भएपछि गणना नै स्थगित गरिएको हो । वडा नम्बर १ को मतगणनाका क्रममा त्रुटि भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिहरुले पुनः मतगणना गर्न माग गरेका थिए । तर अन्य दलका प्रतिनिधिले नमानेपछि कांग्रेसका प्रतिनिधिले मतगणना बहिस्कार गरेपछि स्थगित गरिएको हो । कांग्रेसका प्रतिनिधिले बहिस्कार गरेपछि अन्य दलका उम्मेदवार तथा प्रतिनिधिहरुले मतगणनास्थल बाहिर मतगणना सुचारु गर्नुपर्ने माग गर्दै नाराबाजी गएका छन् । वीरगन्जमा संघीय समाजवादी फोरम र नेपाली कांग्रेसका उम्मेदवारबीच चर्को प्रतिस्पर्धा छ । कहिले कांग्रेस त कहिले समाजवादी फोरमका उम्मेदवारले अग्रता लिने गरेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले अग्रता लिएका छन् । उनले ११ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् । सरावगीलाई पछ्याइरहेका नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले ११ हजार ४ सय ७२ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा रहेका राजपा नेपालका राजेशमान सिंहले ७ हजार ६ सय ३० मत प्राप्त गरेका छन् । उता, बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । अहिलेसम्म एमालेले ८ हजार ३ सय ७९ प्राप्त गरेको छ भने कांग्रेसले ८ हजार २ सय ६० र संघीय समाजवादी फोरमले ७ हजार १ सय ७० मत पाएका छन् ।
टुंगो लगायो माओवादीले प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको नाम
सिन्धुपाल्चोक, असोज ८ । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले २ नम्बर प्रतिनिधिसभा अन्तर्गत २ नम्बर प्रदेशसभाको उम्मेद्वार टुङ्गो लगाएको छ । माओवादीको आइतवार बसेको बैठकले प्रत्यक्ष तर्फ र समानुपातिक तर्फका उम्मेद्वार टुङ्गो लगाएको हो । प्रदेशसभा २ मा प्रत्यक्ष उम्मेद्वार चन्द्रबहादुर थापाको नाम सिफारिस भएको छ । त्यस्तै दावा तामाङलाई प्रतिनिधि सभा २ को लागि प्रत्यक्ष तर्फका उम्मेद्वार यसअघि नै माओवादीले सिफारिस गरेको थियो । प्रदेशसभा २ मा समानुपातिक तर्फ रोहिणी विक ‘तस्वीर’, फर्वा ह्याल्मो, फुर्वा, स्याङबोको नाम सिरफारिस भएको छ । त्यस्तै समानुपातिक तर्फ झम्क पराजुली, ‘हिमाल’, बलराम विक, ल्यार्केल लामा, लमजम शेर्पा सिफारिस भएका छन् । प्रत्यक्षतर्फका उम्मेद्वार सिफारिस भएका थापा स्थानीय तहको निर्वाचनमा मेलम्ची नगरपालिकाको मेयर टिकट पाउनेमा पक्का थियो । पार्टी मिलाउनका लागि थापाले सहजै टिकट छाडेका थिए । उनले त्यस बखत टिकट छाडेर त्यागि नेताका रूपमा परिचय बनाएका थिए । बहुचर्चित मेलम्ची खानेपानीको पूर्वअध्यक्षसमेत रहेका थापा तत्कालिन क्षेत्र नम्बर ३ का चर्चित नेतासमेत हुन् । थापालार्इ त्यस भेगका स्थानीयले विकासे नेताका रूपमा चिन्छन् । मेलम्ची खानेपानीको अध्यक्ष हुँदा होस अथवा जिल्लाबाटै पनि बजेट लगेर गाउँमा विकास गरेका थिए । माओवादीले यसअघि प्रदेशसभा १ मा युवराज दुलाल ‘शरद”को नाम सिफारिस गरिसको छ ।
यसरी गर्नुस रिस नियन्त्रण, ९ उपाय
रिस कसलाई पो उठ्दैन र ? तर त्यो कति बेर रहन्छ वा त्यसको परिणाम कस्तो हुन्छ भन्ने झन् संवेदनशिल पक्ष हो । धेरै थोरै रिस सबैमा हुन्छ । रिसले शारिरिक, मानसिक, भावनात्मक तथा स्वास्थ्यमा समेत नराम्रोसँग प्रभाव पार्छ । बारम्बार रिसाउँदा नजिकको वा माया गर्ने मान्छेसँगको सम्बन्धमा पनि प्रत्यक्ष असर पर्छ । रिसले व्यावसायिक जीवनमा नै आँच आउनछ । यदि तपाईलाई रिस नियन्त्रण गर्न गार्हो भइरहेको छ भने तल उल्लेखित केही टिप्स पालना गर्न सक्नुहुन्छ : एरोविक व्यायाम : छिटो र लामो समय रिसाउने बानी छ भने एरोविक कक्षा लिँदा यस्तो बानी सुधार गर्न सहयोग मिल्छ । एरोविक व्यायामले सेरोटोनिन (खुसी बनाउने हर्मन) उत्पादन गर्न सहयोग गर्ने भएकोले मानिस खुसी तथा प्रफुल्लित हुन्छ । यस्तो कक्षा जुन सुकै उमेर समूहका मानिसले लिन सक्छन् । शास्त्रीय संगीत सुन्ने : अन्य संगीतको तुलनामा शास्त्रीय संगीतले मानिसमा एकचित्त बनाउने र खुसी प्रदान गर्ने विभिन्न अध्यनले देखाएका छन् । युनिर्भसिटी अफ साउद अलाबामाका मनोवैज्ञानिकहरुले कलेजका ५६ जना विद्यार्थीलाई विभिन्न विधाका संगीत सुनाएका थिए । कुनै विषयमा चोट दिएपछि सहभागी विद्यार्थीलाई संगीत सुन्न लगाएका थिए । ती मध्ये शास्त्रीय संगीत सुन्ने विद्यार्थीको चिन्ता, रिस र त्रास अन्यको भन्दा तुलनात्मक रुपमा न्यून थियो । अभिलेख राख्ने, डायरी लेख्ने : रिस पोख्ने सबैभन्दा सुरक्षित तरिका हो डायरी लेख्ने । तपाईलाई के विषयले आक्रोशित पुयाएको छ, त्यसलाई डायरीमा टिपोट गर्नुहोस । तपाईको आफ्ना सोच र भावनालाई अभिलेख राख्नकै लागि एउटा डायरी बनाउन सक्नुहुन्छ । यसले तपाई आक्रोशित वा उत्तेजित हुनुको कारण बुझ्न सहयोग पुयाउनुका साथै नकरात्मक आवेगलाई समाधान गर्छ । गहिरो श्वास लिने : याद गर्नु भएको छ ? तपाई रिसाएको बेलामा चाँडो चाँडो श्वास लिइरहनुहुन्छ । तर रिस वा आवेग आउने वित्तिकै झट्ट गहिरो श्वास लिनुहोस । नाकबाट श्वास लिने र करिब ५ सेकेण्ड रोकेर मुखबाट फाल्ने गर्नुहोस । तत्कालै तपाईले शान्त महशुस गर्नु हुन्छ । फटाफट हिड्ने : जब बहस गरम हुन्छ र आवेग उत्कर्षमा पुग्न थाल्छ त्यस्तो अवस्थामा तत्काल केही समय हिड्नुहोस । यसरीे हिड्दा प्रयाप्त अक्सिजन मिल्नुका साथै बिस्तारै दिमाग शान्त हुन्छ । कागतीको तेल : कागतीको तेलको नस लिदाँ सकरात्मक सोचको विकास हुने र मानिसलाई खुसी र शान्त बनाउने वैज्ञानिकहरुले प्रमाणसहित पत्ता लगाएका छन् । कागतीको तेलबाट मानिसलाई शान्त बनाउने एक प्रकारको तत्व पाइने वैज्ञानिक बुझाई छ । कागतीको तेल सुग्दा न्युरोट्रान्समिटर नोरिपिनेफ्राइनले दिमागमा अक्सिजनको मात्रा बढी प्रबाह गराइदिन्छ । यस पक्रियाले तपाईले स्पष्ट र चाँडो सोच्न सक्ने क्षमातामा बृद्धि गराउछ । पानी पिउने : रिस उठ्दा प्राय मानिसको दिमाग तातेको हुन्छ र मुटुको धड्कन बढेको हुन्छ । यस्तो अवस्थामा चिसो पानी पिउदा पनि दिमाग ठन्डा हुन्छ । साथै दिमागमा अक्सिजनको मात्रा पुग्छ र मन शान्त रहन्छ । ध्यान गर्ने : ध्यान गर्ने मानिसले सजिलै रिसलाई आफ्नो नियन्त्रणमा लिन सक्छ । कमजोरी केलाउने : प्राय मानिसले अरुलाई मात्र दोषी देख्छ तर आफ्नो कमजोर हेर्दैन । झगडा वा रिस उठ्नका कारणलाई रचनात्मक तरिकाले विश्लेषण गर्नुपर्छ । त्यसमा आफ्नो पनिा दोष हुनसक्छ । आफ्नो दोष छ भने माफ माग्दा प्रतिष्ठा बढ्छ । यसले सकारात्कम बाटोमा डोर्याउछ । -स्वास्थ्यखबरबाट
गाउँकै एक्ला एसएलसी उत्तीर्णको पछुतो – ‘छोरीलाई तीन कक्षामाथि पढाउन सकिनँ ।’
तेह्रथुम, भदौ २६ । तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै ‘माझीगाउँ’ राखिएको यो गाउँमा २१ घर माझीसहित १० घर तामाङ, चार घर लिम्बू र राई एक घर गरी जम्मा ३६ परिवार बस्छन् । माझीगाउँमा बस्ने सबैले माझीसँगै माछा मार्ने र नाउँ तार्ने काम गर्ने गरेका थिए । बच्चैदेखि विद्यालय छाडेर माछा मार्न जाने माझीगाउँका बासिन्दामध्येका एक मात्र एसएलसी उत्तीर्ण व्यक्ति हुन् – शिवनारायण माझी । गाउँमै पहिलो पटक र अहिलेसम्म पनि गाउँकै एक्लो एसएलसी उत्तीर्ण ३३ वर्षीय युवा शिवनारायणले २०५५ सालमा एकै पटकमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । घरदेखि करिब अढाई घण्टा उकालो चढेपछि पुगिने पोखरी उच्च माविबाट परीक्षा दिनुभएका शिवनारायणले तृतीय श्रेणीमा एसएलसी पास उत्तीर्ण गर्नुभएको हो । पहिलो पटक एसएलसी उत्तीर्ण गर्दा गाउँमा नौलो मानसम्मान पाउनुभएका शिवनारायणले थप उच्च शिक्षा लिन नसके पनि गाउँमा शिक्षाको उज्यालो घामबाट वञ्चित बालबालिकालाई केही वर्ष पढाउने काम गर्नुभयो । मासिक रु एक हजार ५०० तलबमा काम गर्नुभएका उहाँले केही रुपैयाँ जम्मा गरेपछि मोरङको मंगलबारे गएर जेटिए पढ्ने सोच बनाउनुभयो । अठार महिनामा जेटिए उत्तीर्ण गरे पनि लोक सेवा परीक्षामा भने सफलता हात लागेन उहाँलाई । त्यसपछि फेरि पनि माछा मार्ने कामले नै निरन्तरता लियो उहाँको जीवनमा । गाउँमै केही गर्ने प्रयत्न गर्दा पनि नसकेपछि शिवनारायण विवाह बन्धनमा बाँधिनुभयो र अहिले उहाँका चार नानीहरु छन् । एसएलसी उत्तीर्ण गरेर गाउँमा छुट्टै इज्जत कमाउनुभएका उहाँले आम्दानीको स्रोत नभएकै कारण जेठी छोरी भुमिसालाई तीन कक्षा माथि पढाउन सक्नुभएन । चौध वर्षीया छोरी भूमिसाले तीन वर्षअघि नै कक्षा ३ मा पढ्दापढ्दै विद्यालय छाडेकी उहाँले बताउनुभयो । “गाउँमा पहिलो पटक एसएलसी पास गर्दा पढ्नुपर्छ भनेर अभियानै चलाएँ, माछा मार्न कुद्ने माझीले पनि बरु ५ कक्षा त पास गरे,” शिवनारायणले भन्नुभयो, “मैले आफ्नै छोरीलाई भने तीन कक्षादेखि भन्दा माथि पढाउन सकिनँ ।” आर्थिक स्रोत नहुँदा घरको व्यवस्थापन नभएर छोरीले विद्यालय जान नसकेको उहाँ स्वीकार्नुहुन्छ । जेटिएसम्म पढे पनि शिवनारायणले सजिलो गरी कहीँकतै जागिर नभेटेपछि माछा मार्ने काम गर्दै आउनुभएको थियो । तर माछा मार्ने काम पनि बाढीका कारण दिगो बन्न सकेन, अन्ततः घर चलाउन ठूलै संकट आइलाग्यो । विदेश जाने चक्करले शिवनारायणको अलिअलि जम्मा भएको सम्पत्ति पनि सकियो । दुई छाक टार्न मुस्किल परेपछि काम गर्न हिँड्नुभएका उहाँले घरमा छोरीले विद्यालय जान पाइन् कि पाइनन् ख्याल गर्नै पाउनुभएन । “बिहान उठ्यो, घरको काम गरेर पानी बोक्दैमा ९ बज्थ्यो,” शिवनारायणका छोरी भुमिसाले भन्नुभयो, “बुबा आमा मेलापातमा, घरमा भातै पाक्थेनँ । भोक लागेका बेला विद्यालय जाने ज्ञान आएन ।” अहिले विद्यालय जान नपाएकामा भुमिसालाई निकै दुःख लाग्छ । भुमिसा पनि आजभोलि बुबाआमासँगै घर र मेलापातको काममा सघाउने गर्नुहुन्छ । ठूली छोरीलाई तीन कक्षा माथि पढाउन नसके पनि अरु तीन जना साना छोराछोरीलाई राम्रो पढाउने शिवनारायणको योजना छ । माझीगाउँमा माझी बालबालिकालाई लक्ष्य गरी सञ्चालित नौले प्राविमा कक्षा–५ सम्म पढाइ हुने गरेको छ । गाउँमै विद्यालय खोलिए पनि माझीगाउँका नानीहरुले ५ कक्षासम्मै पढेका छैनन् । अझै पनि माझीगाउँका धेरै बालबालिका विद्यालय जाँदैनन् । विद्यालय गएकामध्ये पनि केहीले मात्र कक्षा ५ भन्दा माथि पढ्न पाएका छन् । तर अहिलेसम्म पनि माझीगाउँमा शिवनारायणबाहेक कसैले एसएलसी उत्तीर्ण गरेका छैनन् । यो गाउँबाट निमावि पढ्न पनि करिब एक घण्टा माथि उक्लिनुपर्छ । माझीगाउँमा खानेपानी सुविधा छैन । खानेपानी लिन खोलासम्म पुग्नुपर्छ । राम्रो पानी खान एक घण्टा परसम्म धाउनुपर्ने बाध्यता रहेको यहाँका बासिन्दा बताउँछन् । पानी बोकेर खानुपर्ने भएका कारण पनि नानीहरु विद्यालय जान नपाएको शिवनारायणले बताउनुभयो । गरिबी, अशिक्षा र बेरोजगारीका कारण घरभरि बालबालिका र बूढा बाबुआमालाई छाडेर माझीगाउँका युवा विदेशिन थालेका छन् ।
पृथक खालकाे दसैं तिहार गीत सार्वजनिक (भिडियो सहित)
बिगत १० बर्ष देखी साँगेतीक क्षेत्रमा उदायका सफल गायक जय देवकोटाले पृथक खालको दसैं तिहार गित सार्वजनिक गरेका छन् । गीतमा नेपालको इतिहासमा पहिलोपटक ८ जना कलाकारले आवाज दिएका छन् । गीतको बोल दशै तिहार परिवार राखिएको छ । इन्द्र जिसि, गोविन्द मधुर आचार्य, जय देवकोटा, कर्ण सन्ज्याल, लोकेन्द्र शाही, सरिता थापा, रेखा जोशी र प्रतिमा विश्वकर्मा गरि ८ जना ले स्वर दिएकाे गीत मार्फत परदेसको बिरानो ठाँउ र नेपालको मायामोहको यादहरुलाई गीतमा वास्तविकता र जिबन्त बनाउन खाेजीएकाे छ । भिडियोमा रमा थपलिया, इन्द्र जिसि, गोविन्द मधुर आचार्य, जय देवकोटा, कर्ण सन्ज्याल, लोकेन्द्र शाही, रुबिना अधिकारी, प्रतिमा विश्वकर्मा लगायतका कलाकारहरुले अभिनय गरेका छन्। टि टाइम म्युजिक प्रा.लि.को प्रस्तुतिमा बजारमा आएको गितमा सन्तोष पौडेलको ध्वनि संमिश्रण, राजु कार्की को एरेन्ज, सुदिप कुवर को निर्देशन, विकास ज्ञवालीको सम्पादन रहेको छ ।
कोरियन भाषा उत्तीर्णहरुको स्वास्थ्य परीक्षण कात्तिक १२ देखि (केन्द्रको नामावलीसहित)
काठमाडौं, भदौ २१ – कोरियन भाषा परीक्षामा उत्तीर्ण भएकाहरुका लागि अनिवार्य रहेको स्वास्थ्य परीक्षणको सूचना प्रकाशित भएको छ । आज प्रकाशित सूचना अनुसार, परीक्षा उत्तीर्ण भएकाहरुको स्वास्थ्य परीक्षण आउँदो कात्तिक १२ गते देखि २० गतेसम्म हुने भएको छ । त्यस्तै रोजगार आवेदन फारम कात्तिक १६ गतेदेखि २४ गते सम्म भर्न सकिनेछ । परीक्षा केन्द्र नम्बर २६ मा परीक्षा दिन वञ्चित भएर असार २१ देखि २९ गतेसम्म लिइएको परीक्षामा उत्तीर्णहरुको भने कात्तिक २० गते कोरिया नेपाल मैत्री अस्पताल ठिमीमा स्वास्थ्य परीक्षण हुनेछ । उनीहरुले कात्तिक २४ गते रोजगार आवेदन भर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।
भारतीय प्रधानमन्त्रीद्वारा आधा दर्जन मन्त्री बरखास्त
भदौ १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको बदनाम गरेको र आर्थिक बृद्धिदरमा गिरावट आएको भन्दै आइतबार आफ्ना केही बरिष्ठ मन्त्रीलाई बरखास्त गरेका छन । प्रधानमन्त्री मोदीले अरुण जेट्ली, सुरेश प्रभु, पियुष गोयल, धमेन्द्र प्रधान लगायत आधा दर्जन मन्त्रीलाई पदमुक्त गरेका हुन । दोस्रो त्रैयामासिक प्रतिवेदनमा भारतीय आर्थिक बृद्धिदर ५.७ प्रतिशतमा खुम्चिएपछि निकै चिन्तित बनेका मोदीले यस्तो निणयृ लिएको बताइएको छ । यसअघि आर्थिक बृद्धिदर ७.९ प्रतिशत थियो । एपी
नेपाली राजनीतिमा संजीवनी बुटी समानुपातिक
मरेको मान्छे बचाउने संजीवनी बुटीभन्दा पनि दश गुणा खतरनाक, नेतालाई कहिले मर्न नदिने औषधी भनेको समानुपातिक व्यवस्था नै हो । भ्रस्ट र असक्षम नेताहरु जनताद्वारा चुनाबमा हारेपछि मात्र सक्षम र इमान्दारले देशको नेतृत्व गर्ने अवसर पाउने छन् । तर असक्षम र भ्रस्ट प्रमाणित भइसकेका शीर्ष नेताहरु चुनाब हारे पनि पार्टीले पाएको भोट प्रतिशतको आधारमा समानुपातिकबाट सभासद र मन्त्री भइरहने हो भने देशले कहिले पनि सक्षम र इमान्दार नेतृत्व पाउन सक्दैन । सक्षम र इमान्दार व्यक्ति नभई देश बन्नै सक्दैन । समानुपातिकबाट क–कसलाई सभासद बनाउने हो भन्ने अधिकार तिनै भ्रस्ट र असक्षम नेताहरु कै हातमा हुन्छ । त्यसैले समानुपातिक व्यवस्था देश र जनताका लागि घातक र खतरनाक छ । संविधान बनाउने एउटा कालखण्डमा यो व्यवस्था ठिक थियो होला, तर अब यसको कुनै जरुरी छैन । जनताको लागि राम्रो काम गर्नुस्, जनताले सधैं चुनाब जिताई रहने छन्, तर देश र जनताका लागि राम्रो काम गर्न सक्नुभएन भने तपाईंले चुनाब हार्नु हुन्छ । यो प्रजातन्त्रमा बिस्वाश राख्न्नेहरुका लागि बिश्वब्यापी नियम नै हो । जाल झेल र खुरापाती गरेर सभासद बन्नु भनेको सक्षमहरुलाई अवसर नदिएर असक्षमहरुले रजाइ चल्नु हो । मीन बहादुर पण्डित जब १० बर्षसम्म संसदमा रहेर देश र जनताको लागि कुनै ठोस काम गर्न सक्नु भएन, अनि कुनै रचानात्मक भूमिका खेल्न सक्नुभएन भने, अब फेरि सभासद भएर चाँही के गर्नु होला र ? यी पुराना नेताहरुले देश बनाउँछन् भन्नु ‘खसी र बाख्राको सम्भोगले पाठो जन्मिन्छ’ भन्नु उस्तै हो । त्यसैले समानुपातिक व्यवस्था भनेको चोर बाटोबाट सभासद हुने व्यवस्था नै हो । देश नबन्नुको कारण २ वटा मात्र छन् । पहिलो भ्रस्ट हुनु अनि अर्काे म्ष्कत्रगबषिष्भम हुनु । सक्षम र इमान्दारले ठाउँ नपाउने हो भने राज्यले अर्बौ खर्च गरेर किन चुनाब गर्ने ? अब त् पुराना नेताहरुले इमान्दारीका साथ् नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अभिभावकको भूमिका निर्बाह गर्न सक्नु पर्दछ । बुढो गोरुले गार्इ ओगटे जस्तो ठाउँ मात्र ओगटेर काम छैन । बिगतको योगदानको कदर गर्दै नयाँ पुस्ताले अनुभवका आधारमा आवश्यक सल्लाह र सुझाब मागेमा सुझाब र सल्लाह दिने बाहेक अरु योगदान गर्ने ठाउँ छैन । शारीरिक र मानसिक रुपले कमजोर नेताहरुले कसरी देश र जनताका लागि काम गर्न सक्छन ? त्यसैले ७० काटेका नेताहरुले अब त् घरमै आराम गर्नुपर्छ, ट्याब्लेट र ब्लड प्रेसरको दबाइ खाएर देश हाक्न सकिन्न । छडिएका बर्ग र समुदाय चुनाबबाट सभासद बन्न सक्दैनन् भनेर समानुपातिक व्यवस्थाको कल्पना गरिएको हो । यदि पिछडिएका बर्गको समस्या बुझ्न पीछडिएकै बर्गको मान्छे सभासद हुनुपर्ने भए, गरिबको समस्या बुझ्नलार्इ पनि गरिबलाई नै सभासद बनाइयोस् । तर पीछडिएका बर्गका नाममा क्षमता नभएका, पढाइ नभएका, कुरा नबुझ्ने र बुझाउन नसक्ने, के राम्रो के नराम्रो राजनीतिक र सामाजिक चेतना नभएका, देश विदेशको परिबेश नबुझेकाहरुलाई सभासद बनाएर देशलाई कुनै फाइदा हुँदैन । अर्को कुरा पिछडिएका बर्गका सिमित व्यक्तिहरु समानुपातिकबाट सभासद भएपनि अधिकांश नियुक्ति श्रीमती, साली, मामा, आफन्त, डन, चन्दा दिने ब्यापारी, चुनाब हारेका नेता, भ्रस्टचार गरेर चुनाब लड्न नपाएका व्यक्ति आदिलाई बनाइन्छ । एक करोड चन्दा लिएर व्यापारीलाई सभासद बनाइएको पनि हामीले देखेकै छौ । चुनाबमा टिकट दिंदासमेत सक्षम र इमान्दारलार्इ भन्दा श्रीमती, साला, साली र आफन्तलार्इ दिने गर्दछन्, अनी कसरी राम्रा मान्छेले राजनीतिमा ठाउँ पाउँछन ? जनताले चुनेपो जनप्रतिनीधि, नेताले चुनेपछि त् नेता प्रतिनिधि हुन्छ । मेरो बुझाइमा यो त् राजनीतिक सिन्डिकेट नै हो । २०५ सभासद्ले मज्जाले ७५ जिल्लाको प्रतिनिधित्व गर्न सक्छन र सक्नु पर्दछ । पिछडिएका बर्गका नाममा समानुपातिक व्यवस्था राखेर ६०१ सभासद पुर्याएर राज्यलार्इ करोडौको आर्थिक भार पारेर तिनै पिछडिएका बर्गको ढाड भाच्ने काम मात्र हुँदैछ । बरु जम्बो सभासद्ले पाउने तलब भत्ता र सुबिधा तिनै पिछडिएका बर्गहरुका लागि खर्च गर्न पाए ठूलो पुन्न्य हुने थियो । एक करोड चन्दा लिएर व्यापारीलाई सभासद बनाइएको पनि हामीले देखेकै छौ । चुनाबमा टिकट दिंदासमेत सक्षम र इमान्दारलार्इ भन्दा श्रीमती, साला, साली र आफन्तलार्इ दिने गर्दछन्, अनी कसरी राम्रा मान्छेले राजनीतिमा ठाउँ पाउँछन ? जनताले चुनेपो जनप्रतिनीधि, नेताले चुनेपछि त् नेता प्रतिनिधि हुन्छ । रसिया, क्यानाडा, अमेरिका र चीन जस्ता संसारका सबै भन्दा ठूला चार विकसित देशहरुमा पनि ६०१ संसद छैनन् होला । ‘कही नभएको जात्रा’ किन नेपालमा ? राजनीतिक पार्टीले सभासद संख्या बढाएर देश र जनतालाई ठूलो आर्थिक भार बोकाए । आफू र आफ्ना नेतालाई सभासद बनाएर तलब भत्ताका लागि धेरै भन्दा धेरै रोजगारी दिलाउने बाटो मात्र बनाए । किनकि बिना आम्दामी राजनीति गर्न गाह्रो हुन्छ । तर राजनीतिक पार्टीले पार्टी चलाउने श्रोत बनाउन अनेक गलत काम गर्नु देश र जनताप्रतिको ठूलो गद्दारी हो । पार्टी चलाउने सकारात्मक श्रोत बनाउने तर्फ छलफल गरेर समाधान निकाल्न सक्नुपर्दछ । पार्टी चलाउन देश र जनताको एक पैशा पनि चलाउन पाइदैन । राजनीति त देश र जनताका लागि हुनु पर्ने हो, तर राजनीति गर्नेले राजनीतिलार्इ कमाउ धन्दा र व्यवसाय मात्र बनाए । सुनिँदै छ अबको संसदीय चुनाबमा पनि समानुपातिक व्यवस्था कायम छ । यदि यो साँचो हो भने यसले देशलाई बर्बाद पार्छ । असक्षम र भ्रस्ट नेता राजनीतिमा रहेसम्म सक्रमणकाल कहिले पनि अन्त्य हुँदैन । सधैभरि एउटा–एउटा बखेडा झिकेर देशलाई अस्तिरताको बन्दि बनाइ रहने छन् । उनीहरुका लागि सत्तामा टिकी रहने यहि नै एक मात्र उपाए हुनेछ । आखिर कति बर्ष लाग्छ यो राजनीतिक मुद्दा सकिनलार्इ ? अनि बिकास निर्माणका मुद्दाले प्रथामिकता पाउने चाँही कहिले ? नेताहरुले आफ्नो राजनीतिक भविश्य बचाउन र आफूलाई राजनीतिको मूल धारमा राखी रहन समानुपातिक व्यवस्था कहिले पनि हटाउन चाहँदैनन् । जम्बो सभासद देश र जनताका लागि फाइदा होइन आर्थिक भार मात्र हो । समानुपातिक व्यवस्था नेताहरुका लागि राजनीतिमा संजीवनी बुटी सरह भएको छ । त्यसैले तमाम देश भक्त र बुद्दिजीबीहरुले समानुपातिक व्यवस्था हटाउन सक्दो दबाब दिनैपर्छ । ब्यापक जनदबाब बिना यो व्यवस्था कदापि हट्न सक्दैन ।
‘आधुनिक बैंकिङ व्यवस्थापन र अर्थव्यवस्था’ पुस्तक बजारमा
नवलपरासी, भदौ १५ । बैंकिङ क्षेत्रका कर्मचारी एवं लेखक सुरोज टण्डनले ‘आधूनिक बैंकिङ व्यवस्थापन र अर्थव्यवस्था’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले टण्डनले आफ्नो चौथो प्रकाशनका रुपमा सो पुस्तक बजारमा ल्याउनुभएको हो । नेपाली बजारमा विभिन्न विधाका पुस्तक प्रशस्त रहे पनि अर्थतन्त्र, बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित पुस्तक पाठकको माग र आवश्यकताअनुरुप पाउन कठिन रहेकाले सो पुस्तक प्रकाशन गरेको लेखक टण्डनको भनाइ छ । पुस्तकमा नेपालको आर्थिक क्षेत्र, वित्तीय क्षेत्र, बैंकिङ क्षेत्र, आधुनिक व्यवस्थापन, पूँजी बजारलगायत ऐन, नियम र संविधानका विषय वस्तु समेट्ने प्रयास गरिएको छ । राजनीतिमा सकारात्मक अवस्था देखिनुले पनि अर्थतन्त्रमा मुद्रास्फीति न्यून र आर्थिक वृद्धि बढ्न गएको विषय वस्तुसमेत पुस्तकमा समावेश गर्न खोजिएको छ। लेखक टण्डनका अनुसार बैंकिङ र गैरबैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी र मानिसका लागि सो क्षेत्रलाई शिक्षा र जानकारी गराउन पुस्तक कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ । लेखक टण्डन कृषि विकास बंैक मुख्य कार्यालय काठमाडाँैमा शाखा प्रमुख पदमा कार्यरत हुनुहुन्छ । यसअगावै टण्डनले नेपालबाहेक जर्मनबाट समेत यस्ता पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।
सडकमा नाच्दा जेल पुगे किशोर
भदौ ७ । साउदी अरबमा एक १४ वर्षीय किशोरलाई प्रहरीले गिरफ्तार गरेको गरेको छ । जेद्दाको व्यस्त सडकमा ती किशोरले सन् १९९० को हिट गीत ‘माकारेना’ मा नृत्य गरेको भिडियो सामाजिक संजालमा पोस्ट भयो । उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रशासनले कारवाही अघि बढाएको हो । साउदी प्रशासनका अनुसार ती किशोरको ‘अनुचित सार्वजनिक व्यवहार’ का लागि सोधपुछ गर्न नियन्त्रणमा लिइएको जनाएको छ । ती किशोरको राष्ट्रियता तथा नाम सार्वजनिक गरिएको छैन । उनीमाथि मुद्दा चलाइन्छ वा चलाइदैंन भन्ने पनि प्रष्ट भइसकेको छैन । ४५ सेकेन्ड लामो उक्त भिडियो क्लिप सन् २०१६ मा पोस्ट भएको बताइएको छ ।
विद्यालय भवन निर्माणका लागि १९ लाख ५० हजार सहयोग
म्याग्दी, साउन २८ । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले रु नौ लाख ३७ हजार सहयोग गरेका छन् । जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहनुभएका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो । विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका संयोजक क्षेत्रीलाई उदद्धृत गर्दै जयन्ती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले जानकारी दिनुभयो । करिब रु तीन करोडको लागत लाग्ने निर्माणाधीन विद्यालय भवनका लागि जिल्ला शिक्षा कार्यालय म्याग्दीले रु १९ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । जिल्ला शिक्षाले उपलब्ध गराएको रकमबाहेक अपुग रकम स्थानीयवासीको श्रमदान, चन्दा संकलन र अन्य कार्यक्रम गरेर जुटाउने प्रयास भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले बताउनुभयो ।