देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षामन्त्री
कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा आज लक्षित वर्गका विद्यार्थी भर्ना अभिभावकत्व ग्रहण तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा मन्त्री पोखरेलले शिक्षाको विकासका लागि अभियान देशभरि नै सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले देशभरिमा करीब तीन लाख बालबालिका विद्यालय बाहिर रहेको जानकारी दिँदै तिनीहरुको विद्यालयसम्म कसरी पहुँच गराउन सकिन्छ भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको प्रष्ट पार्नुभयो ।
सो अवसरमा पाँचजना दलित बालबालिका आशिष पासवान, रोशनीकुमारी मली, प्रीति मलिक, नीशाकुमारी मलिक, विपिनकुमार पासवानलगायतलाई क्रमशः कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादव, प्रदेश सांसद महम्द समिर, विद्यालय निरीक्षक अशोक रौनियार, प्रदेश सांसद पारस साह र समाजसेवी गीता प्रधानले ती दलित समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।
कलैया उपमहानगरनगरपालिकाका प्रमुख यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सांसद रामबाबुकुमार यादव, प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, जिल्ला शिक्षा अधिकारी लालबाबु साह, शिक्षक विनोद पासवानलगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । रासस
कतै कण्डम किन्दा यस्तो गल्ती त गर्नुहुन्न ?
‘साहुजी एक जोर जुत्ता दिनुस् त’ भन्दै तपार्इँ पसलबाट जुत्ताको प्याकेट लिएर फर्किनुहुन्छ त ? पक्कै पनि तपाईं पहिला साइज नाप्नुहुन्छ । ब्रान्ड जाँच्नुहुन्छ । चित्त बुझे अनिमात्रै जुत्ता किन्नुहुन्छ, हैन त ? त्यसो हो भने कण्डम नि ? के तपाईंले कण्डम किन्दा कहिल्यै जुत्ता वा अन्य कुनै वस्तु चेकजाँच गरेझैँ किन्नुभएको छ त ? पक्कै धेरै कमले मात्र त्यसो गर्नुभएको होला । राम्रो गुणस्तरको जुत्ता जसरी हिँड्दा आरामदायी हुन्छ, त्यसरी नै सही कण्डमको छनोट र प्रयोगले तपाईंको यौनसाथीसँगको सम्पर्क उत्तिकै आनन्दमय बनाउँछ । त्यसैले सहवासलाई कत्तिको सुरक्षित र सेक्सी बनाउने भन्ने कुरा तपाईंको सानो छनोटमा भर पर्दछ । नेपाली बजारमा दसौंथरी कण्डमहरू उपलब्ध छन् । सरकारी या संघसंस्थाहरूले पनि कण्डम उपलब्ध गराउने गरेका छन् । गुणस्तरीय कण्डमको सही प्रयोगले अनिच्छित गर्भ रहनबाट मात्रै जोगाउँदैन । एचआईभीको संक्रमण रोक्न पनि यसले भूमिका खेल्छ । सहवास गर्नुपूर्व लिङमा लगाइने कण्डमको फाइदा यत्तिमात्रै छैन । यसले कतिपय यौनरोगहरू, हेपाटाइटिस ‘सी’ लगायतका अन्य संक्रमणबाट समेत जोगाउँछ । जुत्ता किन लगाउने त ? नांगै हिंडे पनि त भइहाल्यो नि ! भन्नेहरूलाई तपाईं जे जवाफ दिनुहुन्छ, ठीक त्यही कुरा कण्डमको सन्दर्भमा पनि लागू हुन्छ । त्यसैले श्रीमान् श्रीमतीका बीच, यौनसाथीका बीच, जुनसुकै बेला पनि कण्डमको प्रयोग जरुरी हुन्छ । हो, कण्डमको प्रयोगबाट यौन आनन्द आउँदैन भन्ने गुनासाहरू पनि नसुनिएका होइनन् । माथि नै भनिसकियो, तपाईंले कण्डम छान्ने, कण्डमको प्रयोग गर्ने र यौन वातावरणको निर्माण गर्ने कुरामा सही निर्णय लिएर काम गर्नुभयो भने यसले तपाईंको सहवासलाई चरमसुखतर्फ लैजानेमा शंका गर्नुपर्दैन । कण्डमको गुणस्तरीयता तपाईंको छनोटको मुख्य आधार हुनुपर्छ । विडम्बना, नेपालमा कण्डमको गुणस्तर नाप्ने कुनै संयन्त्र छैन । औषधिहरूको गुणस्तरीयतालाई औषधि व्यवस्था विभागले नियन्त्रण गर्ने भए पनि कण्डमको गुणस्तर के कस्तो छ र यसमा आवश्यक सबै तत्वहरू छन् कि छैनन्, यसलाई प्याकेजिङ गर्नु अगाडि जाँच गरिएको छ कि छैन् अनि प्रयोग गरिएको रबर, सिलिकन, ल्युब या अन्य पदार्थहरू उपर्युक्त छन् कि छैनन् भन्ने बारेमा नेपालमा जाँच हुँदैन । बजारमा पाइने सबै कण्डमहरू गुणस्तरीय नै छन् भनेर दाबी गर्न सकिँदैन । अमेरिकामा भने ल्याटेक्स (रबरबाट प्राप्त गरिने पदार्थ) कण्डम उत्पादकहरूले भने संघीय औषधि प्रशासन फेडरल ड्रग एडमिनिस्ट्रसनका मानकहरू पूरा गर्नै पर्दछ । यो भनेको कुनै एउटा ब्याजको कण्डम प्याकेज गर्नु अगाडि यो खराब अर्थात् डिफेक्ट छ कि छैन भनेर अनिवार्य विद्युतीय जाँच गरिनुपर्दछ । यसबाहेक औषधि प्रशासनले हरेक ब्याचका नमुनाहरूलाई यसमा प्वाल छ या छैन भनेर जाँचगर्दछ । हामीकहाँ अमेरिकामा उत्पादन हुने कण्डमहरू पनि बजारमा छन् । कतिपय कण्डमहरू भारतबाट आयात हुन्छन् । कुन कम्पनीको कण्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयमले यसमा सचेत हुनुपर्ने अवस्था छ । अनुदानमा बाँडिने कण्डमहरू कमिसनको कारण कमसल गुणस्तरको किनिने र उपभोक्ताहरूले प्रयोग गर्न नमान्ने गुनासाहरू बारम्बार आइरहने गर्छन् । विज्ञापन या बाहिरको खोल आकर्षक हुँदैमा भित्रको सामान राम्रो हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन । साइजको कुरा गर्दा कण्डमहरू औसत लिंगको साइजका आधारमा (४ इन्चदेखि ७ इन्चसम्म) निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कण्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कण्डम उपलब्ध छन् । कण्डमभित्र प्रयोग हुने ल्युब या जेली (चिल्लो पदार्थ) गुणस्तरीय कम्पनीको उत्पादनमा राम्रो खाले प्रयोग गरिएको हुन्छ । मुख मैथुनका लागि बिना जेल या चिल्लो भएका कण्डम पनि बनाइएका हुन्छन् । कण्डमबाहेक आफैंले अतिरिक्त ल्युब या चिल्लोपदार्थ प्रयोग गर्दा सबै खालको कण्डममा सबै किसिमको चिल्लो पदार्थ मेल नहुन सक्छ । कुनै कण्डमको बाहिर पातलो, डेटेड आदि इत्यादि लेखिएको हुन्छ । तर लेखिएअनुसार उक्त पातलो या मोटो कुन कण्डम कति प्रभावकारी हुन्छ भन्ने कुनै अनुसन्धान नेपालमा भएको देखिँदैन । कण्डमको प्रयोग गर्दा मुख्य कुरा तपाईँले आफू र आफ्नो साथीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्नुपर्दछ । गुणस्तरीय कम्पनीको कण्डम किन्ने, यौन आनन्दलाई कण्डमसँग तुलना नगर्ने, यौन सम्पर्कको वातावरण आनन्दमय बनाउने, कण्डमको सही किसिमले प्रयोग गर्ने हो भने तपाईंको यौन जीवनमा कण्डमले उन्मादको आगोमा घिउको काम पक्कै गर्नेछ ।
मोबाइल हुन सक्छ ह्याक, चोरिन सक्छ व्यक्तिगत डेटा, कसरी राख्ने सुरक्षित ?
#टेकरेस्ट क्याम्ब्रिज एनालिटिकाले गोप्य रुपमा फेसबुक प्रयोगकर्ताहरू को व्यक्तिगत विवरण चोरी गरेको समाचार आए यता संसार भरी नै डेटा सुरक्षा सम्बन्धी बहस सुरु भएको छ । हुन त वर्तमान समयमा आफ्नो व्यक्तिगत विवरण पूर्ण रुपमा गोप्य राख्नु असंभव जस्तै हो तर यस्ता विवरण सबैको पहुँचमा सहजै पुग्ने हो भने यसले व्यक्तिको सामाजिक र आर्थिक सुरक्षामा पनि तमाम प्रश्नहरू खडा गरिदिन्छ । सामान्यतया पारदर्शिता सभ्य समाजको परिचायक हो तर व्यक्तिका केही जानकारीहरू गोप्य नै राख्नु पर्ने हुन्छ । आजभोलि संसारका कतिपय देशमा क्यासलेस अर्थतन्त्रको अभ्यास सुरु गरिंदैछ । यस्तो अवस्थामा हाम्रो सम्पूर्ण सम्पत्तिको साँचो भनेको हाम्रो डाटामा नै हुन्छ । कथंकदाचित हाम्रो मोबाइल या ल्यापटपमा राखिएको हाम्रो डेबिट कार्ड, क्रेडिट कार्ड या बैंक खाता सम्बन्धी कुनै पनि गोप्य सूचना चुहिएको खण्डमा हामीले ठुलो आर्थिक क्षति व्यहोर्नु पर्ने हुन्छ । र, कुनै अभ्यस्त ह्याकरका लागि यो त्यति गाह्रो काम होइन। त्यति मात्र हैन सामाजिक संजालमा हामीले कसैसँग गरेका अन्तरङ्ग वार्तालापहरू पनि सार्वजनिक भइदिएर हाम्रो प्रतिष्ठा नै गुम्ने डर समेत त्यत्तिकै रहन्छ । यदि हामी कालान्तरमा कुनै उच्च सार्वजनिक पदमा पुग्यौं भने कुनै ह्याकरले त्यस्ता अन्तरङ्ग वार्तालापहरू भविष्यमा हामीलाई दुःख दिन प्रयोग गर्न सक्छ । अब यसले खासै फरक पर्दैन भने पनि हाम्रो मोबाइल मात्र कुरा गर्न त होइन यसमा हाम्रो बैंक खाताको पिन नंबरदेखि फोनको सिमकार्डको डिटेलहरू समेत रहेको हुन्छ । र यस्ता जानकारीहरू गलत मान्छेहरूको हातमा पुग्नु साँच्चिकै राम्रो हैन । कसरी बच्ने त ? फिंगरप्रिंटको प्रयोग नगरौँ अचेल फिंगरप्रिंट सेन्सर वाला फोनको फेसन छ । यसलाई फोन अनलक गर्न पासवर्डको सट्टा प्रयोग गर्न सकिन्छ । तर फिंगरप्रिंट र पासवर्डमा ठुलो अन्तर छ । पासवर्ड चोरी भएको खण्डमा त्यसलाई बदल्न सकिन्छ तर फिंगरप्रिंट भने कुनै पनि हालतमा फेर्न सकिन्न किन प्रत्येक मान्छेको पृथक र मौलिक फिंगरप्रिंट हुने गर्दछ जुन बदल्न सकिन्न । कुनै ह्याकरले हाम्रो फिंगरप्रिंट चोरेको खण्डमा उसले सयौं किलोमिटर टाढाबाट हाम्रो फोनमा रहेका जानकारी प्राप्त गर्न सक्छ । २०१४ मा एउटा ह्याकरले बायोमेट्रिक जानकारीहरू असुरक्षित हुन्छन् भन्ने प्रमाणित गर्न जर्मन रक्षामन्त्रीको नै फोन ह्याक गरेको थियो । उनले फोनलाई नछोइकनै टाढाबाट लिएको तस्बिरबाट आवश्यक डाटा प्रप्त गरेर बिना पासवर्ड उनको फोन ह्याक गरिदिएका थिए । यसो गर्नका लागि उनीसँग कुनै अत्याधुनिक ग्याजेट थिएन । एउटा राम्रो क्यामेराले टाढैबाट लिइएको फोटो र इन्टरनेट कनेक्सन युक्त कम्प्युटर छ भने टाढैबाट कसैको पनि फोन ह्याक गर्न सकिन्छ भन्ने कुरा ती ह्याकरले बताइदिएका थिए । डेटा इनक्रिप्ट गर्ने डेटा इन्क्रिप्सन डेटा सुरक्षाको सबैभन्दा शक्तिशाली उपाय हो । तर इन्क्रिप्सनमा एउटा समस्या छ त्यो के हो भने यो एक तर्फी हुने गर्दछ । अर्थात् हामीले पासवर्ड बिर्सियौं भने त्यस डिभाइसमा सुरक्षित डेटा हाम्रा लागि पनि काम नलाग्ने हुन्छ । त्यसैले डेटा इन्क्रिप्तको उपाय अपनाउनु भन्दा पहिले राम्ररी सोच विचार गरेर गर्नु ठिक हुन्छ । आजभोलि लगभग सबै एंड्रोइड फोनहरूमा डेटा इन्क्रिप्त गर्ने अप्सन राखिएको हुन्छ । इन्क्रिप्सनलाई बिट एकाइमा व्यक्त गरिन्छ । सामान्य सुरक्षाका निम्ति एक सय २८ बिट पर्याप्त हुन्छ तर सेना तथा सरकारहरू दुई हजार ४८ बिटसम्मको इन्क्रिप्सनको प्रयोग गर्ने गर्दछन् । इन्क्रिप्सनलाई ह्याक गर्नु सामान्य अवस्थामा सम्भव नै छैन । कुनै डेटा सुरक्षित राख्न एक सय २८ बिटको इन्क्रिप्सन प्रयोग गर्नुको तात्पर्य हो त्यो डेटा १२८x१२७x१२६x१२५x……..३x२x१ वटा कम्बिनेसनमा कोड गरिएकोप हुन्छ । अर्थात् यति धेरै कम्बिनेशन मध्ये कुनै एकबाट मात्रै डेटा खुल्नेछ । त्यसैले बिना सही पासवर्ड यस्तो फाइल खोल्न अरबौं खरबौं कम्बिनेसनहरू तैप गर्दै प्रयास गर्नुपर्ने हुन्छ जुन असम्भव प्रायः छ । यस्ता इन्क्रिप्सनहरू खोल्न ठुल्ठुला अत्याधुनिक हार्डवेयर र सफ्टवेयर युक्त कम्पुटर आवश्यक हुन्छन् । सामान्यतया २ हजार ४८ बिटको इन्क्रिप्सन खोल्न लगभग एक सय २० टेराबाइट मेमोरी भएको कम्प्युटर आवश्यक हुन्छ । आजभोलिका ल्यापटप मुस्किलले एक या दुई टेराबाइट मेमोरीका हुन्छन् यसको अर्थ हो समान्य ह्याकरहरू सयौं वर्ष लगाएर पनि त्यस्तो देतासंम पुग्न सक्दैनन् । तर फेसबुक, गुगल, शक्तिशाली देशहरूका सरकारहरू या एनोनमस जस्ता ह्याकर ग्रुपहरू भने जस्तो सुकै इन्क्रिप्सनलाई क्रयाक गर्न सक्छन् । यसका लागि फोनको सेटिङमा जाने त्यसपछि सेक्युरिटी र पासवर्डमा गएर आफुले चाहेको डेटालाई इन्क्रिप्ट गर्न सकिन्छ । त्यसपछि डेटा पूर्णतया सुरक्षित हुन्छ । यदि यस्तो डेटा कसीले चोरी गरेको खण्डमा पनि त्यो क्र्याक गर्न नसकिने भएकाले लगभग कम नलाग्ने जस्तै हुन्छ । तर ध्यान दिनुपर्ने कुरा केहो भने इनक्र्प्सन पछि फोन केही सुस्त हुन सक्छ र यदि हामीले त्यस्तो फोनमा रहेको कुनै डेटा अर्को डिभाइसमा स्थानान्तरित गर्न चाहेको खण्डमा पनि केही समस्याहरू देखिन सक्छन् । इन्क्रिप्सन हटाउने एउटी तरिका छ त्यो हो फोनलाई फ्याक्ट्री मोडमा रिसेट गर्नु तर यसो गर्नु पहिले सबै डेटाहरू अर्को डिभाइसमा स्थानान्तरित गर्नुपर्ने हुन्छ । कतिपय फोंहरूको सेटिङमा इन्क्रिप्ट अप्सन हुँदैन । यस्तो अवस्थामा पनि निराश हुनु पर्दैन अचेल थुप्रै इन्क्रिप्सन एपहरू पाइन्छन् जसले हाम्रो फोन इन्क्रिप्ट गर्न सकिन्छ । यो तरिकाले कुनै खस एप या व्यक्तिविशेषसँगको च्याट पनि इन्क्रिप्ट गर्न सकिन्छ । ल्यापटप र कम्पुटरको वेबक्याम बन्द गर्ने यदि हाम्रो कम्प्युटर या ल्यापटप इन्टरनेटसँग जोडिएको छ भने यस्तो अवस्थामा वेबक्याममा टेप टाँसेर त्यसलाई बन्द गर्नु श्रेयस्कर छ । कतिपय ह्याकरहरूले कम्प्युटरको वेबक्याम नै ह्याक गरिदिने भएकाले हामीमाथि सजिलै निगरानी राख्न सक्छन् । कतिपय इन्टरनेट ब्राउजरहरूमा इन्कग्निटो मोड हुन्छ जसले हाम्रा जानकारी गोप्य राख्ने कुरा गरे पनि यसले पनि हाम्रो पासवर्डको सुरक्षाको ग्यारेन्टी लिन सक्दैन । इन्कग्निटो मोडले हाम्रो विस्तृत विवरण र ब्राउजिङ हिस्ट्री मात्रै सेभ नगर्ने हो । यदि हामीलाई सुरक्षित इन्टरनेट चाहिएको हो र कुनै ह्याकरले सजिलै हाम्रो लोकेसन पत्ता नलगाओस् भन्ने हो भने टोर एक्सटेन्सन वाला ब्राउजर र भिपिएनको प्रयोग गर्नु सुरक्षित हुने गर्दछ । इन्टरनेटको युगमा पूर्ण गोप्यता त अम्भव छैन तर केही सावधानीहरू अपनाएको खण्डमा धेरै हदसम्म यसलाई सुरक्षित मान्न सकिन्छ । कमसे कम कुनै ठुलै एजेंसी आफ्नो पुरै सामर्थ्यका साथ हाम्रा पछाडि नपरुन्जेल सुरक्षित रहिराख्ने उपाय त अपनाउनै पर्ने हुन्छ ।
पोखराको लेकसाइटमा सवारी साधन निषेधः ‘नो भेइकल जोन’ घोषणा
पोखरा, चैत १० । पोखराको पर्यटकीय क्षेत्र लेकसाईडलाई ‘नो भेइकल जोन’ घोषणा गरिएको छ । आन्तरीक र वाह्य पर्यटकका कारण पर्यटकीय क्षेत्र लेकसाईड साँघुरिन थालेपछि सवारी साधन पार्किङ गर्न असहज भएको भन्दै निषेध गरिएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ६ को आयोजनामा नो भेइकल जोन घोषणा गरिएको हो । प्रदेश ४ का सांसद राजीव पहारी र पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयुक्त रुपमा नो भेइकल जोन भएको घोषणा गरेका हुन् । शुक्रबार र शनिबार लेकसाइडको हल्लनचोकदेखि बाराहीघाटसम्म करीब १ किलोमिटर क्षेत्रमा हाललाई बेलुकी पाँच बजेपछि सवारी लैजान पाइने छैन ।
छड्केमा पुगेका गृहमन्त्री थापाले जव प्रहरी मेसमा खाना खाए…
काठमाडौं, चैत्र ७ । गृहमन्त्री रामबहादुर थापा बुधबार अचानक महानगरीय प्रहरी वृत्तअनामनगरको छड्के जाँच गरेका छन् । विना सूचना गृहमन्त्री आएपछि प्रहरी पनि वृत्तका प्रहरी झस्किए । गृहमन्त्री थापालाई वृत्तका प्रमुख डीएसपी अपिल बोहोराले बिफ्रिङ गरे । उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण गरेका थिए । विफ्रिङका क्रममा थापालाई बोहोराले प्रहरीको मेसमा पर्याए जहाँ प्रहरी हवल्दार कृष्णप्रसाद ओली, खड्क बहादुर थापा, प्रहरी जनाव चन्द्र देवकोटा लगायत खाना खाँदै थिए । गृहमन्त्रीलाई सामुन्नेमा देखपछि उनीहरु हतारहतार उठे । तर, थापाले बसेर खाना खान आग्रह गरे । त्यसपछि गृहमन्त्रीले डीएसपी बोहोरालाई भने खाना खानु पर्यो । हामीलाई पनि खाना पुग्छ ? गृहमन्त्रीले सोधेपछि उनले पुग्छ भने । गृहमन्त्री थापाले प्रहरी जवानसँगै बसेर मेसमा खाना खाए ।
ताप्लेजुङका १५२ विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित
ताप्लेजुङ, चैत ७ । ताप्लेजुङका १५२ जना विद्यार्थी यस वर्षको एसइई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका कारण उनीहरु यही चैत ८ गतेबाट सुरु हुने माध्यामिक तहको एसइई परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालयबाट परीक्षा आवेदन दिएका २,२३४ जनामध्ये १५२ जना अयोग्य ठहरिएको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिए । उनका अनुसार एक्जाम्टेडतर्फका ३१८ समेत गरि २,४०० परीक्षार्थी परीक्षामा सामेल हुनेछन् । यीमध्ये ५२ जना प्राविधिकतर्फका छन् । यस्तै जिल्ला कारागारमा रहेका एकजना कैदीसमेत परीक्षामा सामेल हुने जनाईएको छ । उनी भानुजन माविमा सञ्चालित खुल्ला विद्यालयका विद्यार्थी हुन् । परीक्षाका लागि जिल्लाभर १७ वटा केन्द्र निर्धारण गरिएको छ भने झण्डै २ सय बढी कर्मचारी परिक्षामा खटिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । परीक्षाका लागि सम्पुर्ण तयारी पुरा भएको समेत जिल्ला शिक्षा कार्यालयको भनाइ छ ।
रेणु दाहाललार्इ राजीनामा दिन विप्लव समुहकाे चेतावनी (पत्र सहित)
काठमाडौं, चैत ४ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जिल्ला जनपरिषद (जनसत्ता) चितवनले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई पत्रमार्फत राजीनामा माग गरेकाे छ । शुक्रबार जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलले हस्तक्षर गरेको पत्र चितवनको भरतपुर महानगरपालिकाकी मेयर दाहाललाई सम्बोधन गरेर राजीना दिन पत्रमार्फत् चेतावनी दिएका हुन् । पत्रमा सरकारले लोकतन्त्रको नाममा फासिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छलीे, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरुको तीव्र बढिरहेकोप्रति असन्तुस्ट जनाउदै राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।
पहिरोले पुरिएर इन्जिनियरसहित दुई जनाको मृत्यु
रामेछाप, चैत्र १ । रामेछापको गोकुलगंगा गाउँपालिका –१, मूलडाँडामा सडक सर्वे गर्ने क्रममा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही मलगंवा नगरपालिकाका २४ वर्षीय इन्जिनियर शैलेन्द्र यादव र हेल्पर सिन्धुली मेलम्ची नगरपालिका वडा नं ११ का २५ वर्षीय राजु दुलाल रहेका छन । मूलडाँडामा सडक सर्वे गर्ने क्रममा ढिस्कोले पुरिएर दुवै जनाको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लिखु जलविद्युत परियोजना अन्तर्गत गोकुलगंगाको चुचेरवाट वाम्ती हुँदै सडक निमार्ण भइरहेको छ ।
माअाेवादी संसदीय दलकाे नेतामा रामचन्द्र मण्डल निर्वाचित
काठमाडाैं, फागुन ३० । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर २ को संसदीय दलको नेतामा धनुषाका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न निर्वाचनबाट मण्डल निर्वाचित भएका छन् । मण्डलले ७ मत पाए भने प्रतिद्वन्दी भरत साहले मात्र ४ मत पाए । संसदीय दलको नेता छान्न जनकपुरमा सहमति जुटन नसकेपछि पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा मतदान भएकाे हाे । राष्ट्रतिको चुनावमा भोट हाल्न काठमाडौं गएको मौकामा संसदीय दलको नेता चयनको निर्वाचन राजधानीमा भएको हाे ।
थाहा पाइराखौं यस्तो अवस्थामा दही भुलेर नखानुहोस् !
दही स्वादिलो पेय हो र गुणकारी पनि। दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ। गर्मीमा दहीले तिर्खा पनि मेट्छ। तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ। दही स्वास्थ्यको लागि एकदमै फाइदाजनक चीज हो यसमा कुनै शंका छैन र यसको आफ्नै आयुर्वेदिक महत्व पनि छ। दहीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउनुका साथै पाचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ। दहीले जति फाइदाजनक काम गर्छ त्यति नै हानी पनि गर्छ । कस्ता व्यक्तिले दही खानुहुँदैन ? राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ। यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ। धेरै मानिसहरू राति खाएपछि सुतिहाल्छन्। यसले झन् समस्या हुन्छ। राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ। यसले रुघा र खोकी लाग्न सक्छ । यसका साथै कतिपय अवस्थामा दही हानिकारक हुनसक्छ। वा त्यसले पोषण होइन, विषको काम गर्न सक्छ । जस्तो कि शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन । यसले सुन्निएको झन् बढ्छ । घडा वा जोर्नीको दुखाईबाट पीडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन। अन्यथा यसले दुखाईलाई झनै बढाउँछ । हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, खासगरी डिजर्टको रुपमा। तर, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ। दही कहिले, किन र कसरी खाने र ? दही खाने उपयुक्त समय बिहान हो। हातगोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरू बिहान दही सेवन गर्दा ठीक हुन्छ। नास्तामा एक कचौरा दहीमा सक्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ। यसमा यस्ता रासायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ पनि। अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ। दही खाँदाका फाइदा राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही सेवन गरौं । दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ। यसले रगतको कमि तथा कमजोरी हटाउँछ। दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ। यसबाट पाचनमा मद्दत मिल्छ। भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ। दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ। पेटमा गडबडी हुँदा दहीमा विीरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ। अमेरिकी आहार विशेषज्ञहरुका अनुसार दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्वन्धी रोगहरुबाट छुट्कारा मिल्छ। दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ। यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ। दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ। यो हड्डीहरुको विकासमा सहायक हुन्छ। साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ। पायल्स रोगबाट पीडित व्यक्तिहरुले दिउसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ। एजेन्सीको सहयोगबाट
सावधान ! म:म: खान मन पराउनेहरुलार्इ यस्तो खतरनाक हुनसक्छ
हामी दैनिकजसो खाजाको रुपमा मःमः नै बढी खान रुचाउँछौैं । खाजाको रुपमा मःमः धेरै खानु पनि खतरनाक हुने गर्दछ । तर, मानिसहरु खाजाको रुपमा मःम नै विशेषगरी खान मन पराएको देखिन्छ । होटल, रेष्टुरेन्टहरुमा मःमः खानेहरुको भीड अत्यन्तै लागेको देखिन्छ । तर, हामीलाई मःमः धेरै खाएमा के हुन्छ भन्ने कुरा थाहा छैन होला । हामी मःमः बनाउन मैदा बढी प्रयोग गरिन्छ । मैदाबाट बनेको मःमः दैनिकजसो खाने गरेमा स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । हिजोआज हरेक गाउँदेखि सहरका गल्लीमा सहजै उपलब्ध हुने मःमः स्वास्थ्यका लागि हानिकारक हुन्छ । मःमः होस् वा अन्य मैदाबाट बनेको अन्य खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । थाहा पाइराखौं, मैदाबाट बनेको खानेकुरा खाँदा कस्तो नकारात्मक असरहरु पर्दछन्– १. मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ । २. ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । ३. ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ । ४. जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । ५. मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् । एजेन्सीको सहयोगबाट
रोल्पामा तीन सरकार ! विप्लवकाे जनसरकार र कांग्रेसको छायाँ सरकार पनि
रोल्पा, फागुन २४ । स्थानीय तह निर्वाचनसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरकार घोषणा गरेको रोल्पामा नेपाली कांग्रेसले पनि छायाँ सरकार गठन गरेको छ । विकास तथा आयोजना निर्माण र बजेट अनुगमनका लागि छायाँ सरकार गठन गरिएको कांग्रेस रोल्पाले जनाएको छ । आजको नागरिक दैनिकको पृष्ठ ५ मा यो समाचार छापिएको छ । ‘कांग्रेसको नेतृत्वमा स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्क सम्पन्न भई संविधानबमोजिम सत्ता हस्तान्तरण भइसकेकाले आफ्नो प्रतिपक्षीय भूमिका सशक्त बनाउन पार्टीले छायाँ सरकार गठन गरेको हो ।’ कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले भने ।
किन जाडोमा बदाम खानु उपयुक्त मानिन्छ ? यी हुन् यसका फाइदा
हामी दैनिकजसो स्वास्थ्य स्वस्थ राख्नका लागि विभिन्न पौष्टिक तत्व भएका खानेकुराहरु खानेसँगै अर्काे फाइदाजनक रहेको खानेकुरा बदाम पनि एक हो । बदाममा पौष्टिक तत्वको मात्रा बढी हुने भएकाले विशेषगरी जाडोमा खानु उपयुक्त मानिन्छ । यस्ता छन् बदाम खानुको फाइदा– तौल नियन्त्रण गर्छ बदाम खाँदा पेट छिटो डुम्म हुने भएकोले भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्ने सम्भावना हुन्छ । मोटा मानिसहरुले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन् । क्यान्सर हुनबाट जोगाउँछ बदाममा ‘फाईटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ । फाइटोस्टेरोलले आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ । कोलेस्टोरल तह नियन्त्रण गर्छः बदाममा हुने असंतृप्त फ्याटी एसिडको प्रचुरताका कारण बदामले शरिरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गरी विभिन्न प्रकारका रोगको जोखिमबाट बचाउँछ । डायबिटिजबाट जोगाउँछ म्याग्नेसियमका कारण बदाम शरिरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्न फाइदाजनक मानिन्छ र डायबिटिजको समस्याबाट जोगाउँछ । स्ट्रोकको खतराबाट जोगाउँछ बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छ जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउँछ । डिप्रेसनबाट जोगाउँछ बदाममा हुने ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनबिद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनाबबाट मुक्ती हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस शिशुलाई स्वस्थ बनाउँछ बदाममा हुने फोलिक एसिडले शिशुलाई गम्भीर न्युरल ट्युब डिफेक्टस (दिमाग, स्पाईन र स्पाईनल कोर्र्डमा जन्मिदै देखिने समस्या) बाट बचाउँछ । तसर्थ, गर्भाधारणको सुरुवातीदेखि नै यस्ता समस्याबाट बच्न बदाम खानुपर्छ । छालामा चमक ल्याउँछ बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिर्जभेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउछ । बदाममा पाइने पोषणयुक्त फाइबर छालामा हुने अत्यधिक तेललाई फ्लस गरी छालालाई नरम र चम्किलो बनाउँछ । बदाममा बृद्ध हुनबाट जोगाउने अणु हुन्छ जसले छालालाई चाउरी पर्नबाट जोगाउछ । नियमित बदामको सेबनले अनुहार लगायत शरिरका अन्य भागमा दाग आउँदैन । कपाल सुन्दर बनाउँछ बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु हुन्छन् । तीमध्येको एउटा तत्व ‘लार्जिनाईन’ हो, जसले कपाल बृद्धि गर्न सहयोग गर्छ । लार्जिनाईनले कपाल झर्नबाट जोगाउँछ । एजेन्सीको सहयोगबाट
यी हुन आजको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा मनोनित हुने तीन सदस्यका बारेमा निर्णय गर्न प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले थप परामर्श गरी सो विषयमा निर्णय गर्न प्रधानन्त्रीलाई जिम्मा दिइएको बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । यसबारे शनिबारसम्म निर्णय बाहिर आउने मन्त्री बस्नेतले बताए । यही माघ २४ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट नियुक्त हुने तीन सदस्यबारे निर्णय हुन बाँकी छ । यसैगरी बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाका मानार्थ सहायकरथीको दर्जा दिने, औद्योगिक बौद्धिकसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, नेपाल र कतारबीच सरकारी तथा उच्च ओहोदाका राहदानीवाहकलाई प्रवेशाज्ञाशुल्क छुट दिने निर्णय गरेको छ । त्यसैगरी बुढीगण्डकी आयोजनाको लगानीसम्बन्धी प्रतिवेदन स्वीकृत गरिएको, तपस्वी रामबहादुर बम्जनले आफ्नो आश्रयस्थल बनाएको बारा जिल्लाको वनक्षेत्रलाई धार्मिक वन घोषणा गर्ने निर्णय आजको बैठकले गरेको मन्त्री बस्नेतले जानकारी दिए । पत्रकारको जिज्ञासामा मन्त्री बस्नेतले सरकारले जथाभावी रुपमा रकम वितरण नगरेको दावी गरे ।
मण्डन देउपुर नगरपालिकाको नगरसभाद्वारा ऐन तथा नियमावली पारित
धुलिखेल । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाको हिउँदे नगरसभाले पारित गरेको ऐन तथा विभिन्न नियमावली र कार्यविधि बुधबार सार्वजनिक गरिएको छ । नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले नगरसभाबाट भएका निर्णयबारे बुधबार बनेपामा आयोजित पत्रकार सम्मेलन सार्वजनिक गर्नुभएको हो । “हामीले गत माघ १७, १८ र १९ गते तीन दिनसम्म सञ्चालन गरेको नगरको हिउँदे नगरसभाले १० वटा ऐन र विभिन्न नियमावली तथा कार्यविधिलाई सर्वसम्मत पारित गरेको छौँ ।” उहाँले भन्नुभयो, “२०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित स्थानीय सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रमकै सरोफेरोमा रही संविधान प्रद्धत्त अधिकारलाई समेत व्यवहारमै प्रयोगमा ल्याउन थालिसकेका छौँ ।” नगरपालिकाका प्रशासकीय अधिकृत भीमकान्त शर्माले नगरसभाबाट निर्णय गरी पारित भएका ऐन र नियमावली तथा कार्यविधि कार्यान्वयनमा नगरपालिका अगाडि बढिसकेको बताउनुभयो । नगरसभाले सहकारी ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, स्वास्थ्य तथा सरसफाइ ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, स्थानीय सेवा ऐन, खानी तथा खनिज पदार्थसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, शिक्षा ऐन, पूर्वाधार व्यवस्थापन ऐन, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र प्रमाणीकरण ऐन पारित गरेको छन् । बैठक सञ्चालन कार्यविधि, कार्य सम्पादन नियमावली, कार्य विभाजन नियमावली, सभा सञ्चालन कार्यविधि, शिक्षा नियमावली, आधारभूत तह (कक्षा ८) अन्तिम परीक्षा सञ्चालन कार्यविधि, बजार अनुगमन निर्देशिका, एफएम रेडियो कार्यविधि, व्यवसाय दर्ता नवीकरण र नियमन कार्यविधि, फोहरमैला व्यवस्थापन कार्यविधि, विपद् व्यवस्थापन कार्यविधि, संघसंस्था समन्वय तथा नियमन कार्यविधि र योजना तथा बजेट तर्जुमा दिग्दर्शनसमेत पारित गरेको नगर प्रमुख वाइबाले बताउनुभयो । उक्त नगरपालिकाले नगरसँग सीमा जोडिएका छिमेकी जिल्ला सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र साँगाचोकगढी नगरपालिकासँग समन्वय गरी दुई जिल्लाबीचको सिमानामा रहेको इन्द्रावती नदीले वर्षैपिच्छे बहाव परिवर्तन गर्दा खेतीयोग्य जमिनमा क्षति पु¥याउनाका साथै नदी आवतजावतमा समेत समस्या उब्जाएकाले नदीको सीमाङ्कन गर्ने निर्णय गरेको जनाइएको छ ।
पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने
पोखरा । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताउनुभएको छ । खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आइतबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिनुभयो । आगामी दक्षिण एसियाली खेलकुद(साग)का छ खेल पोखरामा खेलाउने तयारी गरिएको र थप दुई खेल पनि खेलाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सागमा महिला फुटबल, महिला तथा पुरुष भलिबल, धनुकाँड, ट्राइथोलन, ब्याडमिण्टन र ह्याण्डबल खेलाउने तयारी गरिसकिएको छ भने मुक्केबाजी र उसु पनि खेलाउन सकिने सम्भावना छ । पोखरा रंशालाको प्यारापिट निर्माणका लागि रु एक अर्ब २५ करोड र लनटेनिस कोर्ट निर्माणका लागि रु चार करोड ५० लाख विनियोजन भइसकेको तथा अन्य पूर्वाधार पनि निर्माण भइरहेको उहाँले बताउनुभयो । परिषद् यतिखेर खेल क्षेत्रमा विद्यमान आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न लागिपरेको बताउँदै उहाँले विद्यमान विकृति विसंगतिको अन्त्यमा सरोकार भएका सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।