‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को मंगलबार अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले कला र संस्कृतिको जर्गेनामा राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिएकी छन् ।
उनले प्रदर्शनीमा देशको संस्कृति, प्रकृति, जनजीवन, देशप्रेम लगायत विभेद र समानताको विषयसमेत कलात्मक ढंगले आएको बताइन् । प्रदर्शनीमा दैनिक १ हजारदेखि १२ सयले अवलोकन गरेको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसर नाफा नक्साल र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ ।
प्रदर्शनीका क्युरेटर प्रदिप शाक्यले नेपाली कला र सभ्यताको महाउत्सवको रुपमा यो प्रदर्शनी भएको बताए । उनले म, मेरो देश र मेरो सिर्जना थिममा कलाकृतिलाई राखिएको जनाउँदै ती कलामा नेपालीपनको स्वाद लिन पाउने विश्वास व्यक्त गरे ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ जेठ १५ गतेबाट सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय सुदन किरातीले उद्घाटन गर्नुभएको यस प्रदर्शनी ‘म, मेरो देश र मेरो सिर्जना’ अवधारणामा गरिएको छ । उद्घाटनपश्चात प्रदर्शनीलाई विभिन्न उच्च पदस्थ व्यक्ति, नेता, कलाकार, राजदूत, सेना, प्रहरी लगायतले अवलोकन गरिसकेका छन् । अवधिमा पुरस्कृत कलाकारहरुसँग अन्तक्र्रिया, ‘कलामा लैङ्गिक चुनौती’,Materiality and Mobilities in Contemporary Art, ‘हस्तकलाः चुनौती र अवसर’, ‘परम्परागत–समसामयिक मूर्तिकलाबिचको अन्तरसम्बन्ध’ लगायतका विषयमा समूहगत छलफलसमेत सम्पन्न भएको छ । प्रदर्शनीमा देशभरका लोककला, परम्परागत चित्रकला÷मूर्तिकला, समसामयिक चित्रकला÷मूर्तिकला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, कार्टुन, भावभङ्गी कला, क्यारिकेचर र डिजिटल विधा अन्तर्गत ६०९ कलाकारका ६९५ कलाकृति राखिएको छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५३ कलाकारका ७५५ कलाकृतिमध्येबाट यी कलाकृतिको छनोट गरिएको हो । जसअन्तर्गत समसामयिक चित्रकला विधामा २३४ जना कलाकारका २६९ कलाकृति, परम्परागत चित्रकला विधामा १३० जना कलाकारका १३६ कलाकृति, समसामयिक मूर्तिकला विधामा ४२ जना कलाकारका ४६ कलाकृति, परम्परागत मूर्तिकला विधामा ३१ जना कलाकारका ३९ कलाकृति, हस्तकला विधामा ६३ जना कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ कलाकृति, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफी विधामा १६ जना कलाकार २१ कलाकृति, प्रतिस्थापन कला विधामा १२ जना कलाकारका १२ कलाकृति, कार्टुन विधामा १७ जना कलाकारका १७ कलाकृति, भावभङ्गी विधामा १२ जना कलाकारका १२ कलाकृति, क्यारिकेचर विधामा ४ जना कलाकारका ४ कलाकृति र डिजिटल विधामा ६ जना कलाकारका ७ कलाकृति रहेका छन् । यी कलाकृतिमध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्, बबरमहल तथा समसामयिक चित्रकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृति नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिएको छ । प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदिप शाक्यले गरे ।
प्रदर्शनीको उद्घाटनको दिन यसवर्षको अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरियो । यसको राशी जनही १ लाख र ताम्रपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः नगेन्द्रप्रसाद पौड्याल र नारायणप्रसाद ढुंगानालाई प्रदान गरियो । यसको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान संगीता थापालाई प्रदान गरियो भने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरियो ।
सासामयिक चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई प्रदान गरियो । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा रमेश कुँवर, टिकाराम राई र संगीता घिमिरे रहनुभएको थियो भने मूल्यांकन समितिमा मदन चित्रकार, रतनकुमार राई र एरिना ताम्राकार थिए ।
परम्परागत चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई प्रदान गरियो । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रविन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा बुद्ध योञ्जन लामा, रामप्रकाश श्रेष्ठ र उजय बज्राचार्य रहेका छन् । मूल्यांकन समितिमा मानबहादुर दोङ, उदयचरण श्रेष्ठ र रत्नगोपाल सिंख्वाल रहेका छन् ।
वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा अशोकमान सिं, सम्झना राजभण्डारी, सागर मानन्धर, विकास कार्की रहेका थिए भने मूल्यांकन समितिमा हरिवंश किराँत, कुमार आले, मनिषलाल श्रेष्ठ र अविन श्रेष्ठ थिए ।
हस्तकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा उपेन्द्र बाराही, उसिना महर्जन र दिपेन्द्र शाक्य रहनुभएको थियो भने मूल्यांकन समितिमा रुद्रबहादुर बराइली, निलम ताम्राकार र धर्मराज शाक्य हुनुहुन्थ्यो ।
लोककला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योति कुमारी सापकोटा कर्णलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा सरितादेवी मण्डल, कृष्णराज सर्वहारी र सुष्मा शाक्य रहनेका थिए भने मूल्यांकन समितिमा डा. गोपाल ठाकुर, सुवोधचन्द्र दास र मेरिना चित्रकार थिए ।
परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा राकेश अवाले, उत्तम शाक्य र रामभक्त महर्जन रहनुभएको थियो भने मूल्यांकन समितिमा सिंहराज तुलाधार, चन्द्रश्याम डंगोल र सिद्धिरत्न शाक्य हुनुहुन्थ्यो ।
समसामयिक मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार टिकाराम पौडेल (शशि किरण) र मिना कायस्थलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा भुवन थापा बहुवी, पूर्णकाजी शाक्य र सुनिता राणा रहनुभएको थियो भने मूल्यांकन समितिमा गोपाल कलाप्रेमी, पुष्पा शेरचन र राजु पिठाकोटे हुनुहुन्थ्यो । ‘म, मेरो देश र मेरो सिर्जना’ थिममा हुने यस वर्षको कला प्रदर्शनीको लोगो निर्माण गर्नुहुने कलाकार प्रा. राधेश्याम मूल्मीलाई ताम्रपत्रबाट सम्मान गरियो । पुरस्कृतमध्ये राष्ट्रिय ललितकला पुरस्कार पाउनुहुने कलाकारलाई जनही ५० हजार विद्वतवृत्ति प्रदान गरिएको छ ।
यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । त्यस्तै, उद्घाटन कार्यक्रममा प्रतिष्ठानमा उत्कृष्ट कर्मचारीको सम्मान सविना पोखरेल र सुरेन्द्र गौतमलाई प्रदान गरिएको थियो ।
प्रदर्शनीको उद्घाटनका दिन नेपाल आर्ट काउन्सिलमा विशाल भट्टराईको धु्रपद गायन र निमेश कपालीको ताल सङ्गत प्रस्तुतिमा ‘धु्रवपदः रागालाप’ सांगीतिक कार्यक्रम समेत राखिएको थियो ।
समापनका दिन अर्थात जेठ ३० प्रदर्शनीको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने ५ जना पत्रकारलाई रु ५ हजार र सम्मान पत्र प्रदान गरिनेछ । त्यस्तै, बिएफए, एमएफए, एमफिल, पिएचडीमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरुबाट पहिलो, दोस्रो, तेस्रो र विशेष गरी ४ लाई समेत पुरस्कृत गरिनेछ ।
हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा सञ्चारमन्त्री शर्माको चासो
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गरेकी छिन । सगरमाथा आरोहणको ७० औँ वार्षिक समारोहमा हुलाक सेवा विभाग, फिलाटेलिक तथा हुलाक व्यवस्थापन कार्यालयले प्रकाशन गरेको ‘संस्मरणात्मक आवरण’ मा आज टाँचा लगाउँदै सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले हिमाल आरोहण गर्ने क्षेत्रको बेसक्याम्प र सो भन्दा माथि टेलिकमको नेटवर्कमा देखिएको समस्याप्रति ध्यानाकर्षण भएको बताइन । मन्त्री शर्माले भनिन, “हिमालको बेसक्याम्पसम्म नेटवर्कको समस्या छ, नेटवर्कले काम गर्दैन भन्ने समस्या छ, त्यसले धेरैमा समस्या पैँदा गरेको छ, धेरैतिरबाट गुनासो आउने गरेका छन्। सँगै हिमालमा सरसफाइको कुरा पनि उठ्दै आएकाले यी विषयमा मेरो ध्यानाकर्षण भएको छ” । नेपाल पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको र हिमाल आरोहण नेपालीका लागि गौरवको कुरा भएको उल्लेख गर्दै मन्त्री शर्माले हिमाल आरोहणका धेरै सम्भावना भएको उल्लेख गरिन । “हिमाल आरोहणको विषय मुलुकको अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण विषय हो, नेपालका हिमालबारे अझै प्रचारप्रसार हुनसकेको छैन। हामीले हिमालको बारेमा प्रचारप्रसार गर्न जरुरी छ”, मन्त्री शर्माले भनिन ।
बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने
काठमाडौं । बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने भएको छ । दुई देशबीचका सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी‘ बैठकले बंगलादेश ४० मेगावाट बिजुली खरिद गर्न सहमत भएको हो। नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्नेबारे पनि दुई देश सहमत भएका छन्। नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिनेछ। दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ। त्यसका लागि भारतलाई मनाउनुपर्ने भएकाले त्रिपक्षीय बैठक बस्ने तयारी छ।
आज मदन आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । आज मदन आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशै भरी ‘मदन–आश्रित स्मृति दिवस’ मनाईदैछ । अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिस्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रुपमा पनि आजको दिनलाई लिइन्छ । मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र मातहातका कमिटीसहित तीनका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गरी दिवगंत नेताहरुको सम्झना गर्ने गर्दछन् । ‘बन्दुकको नालबाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने परम्परागत कम्युनिस्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्वारा नै सत्ता कब्जा हुन्छ’ भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रुपमा मदन भण्डारीलाई कम्युनिस्ट आन्दोलनको इतिहासमा सम्झिन्छ । सो सिद्धान्त प्रतिवादन गरे पछि भण्डारीलाई पुँजीवादी मुलुकका अमेरिकन मिडियाहरूले जीवित ‘कार्ल मार्क्स’भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उनको सिद्धान्त पछि विश्वभरिका कम्युनिस्टहरू ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि बर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन् ।
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आज सुरु हुँदैछ । धुम्बाराही, काठमाडौँमा आज सुरु हुने केन्द्रीय समिति बैठक तीन दिनसम्म चल्नेछ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिपोर्टिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिनेछ । अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्य योजना र कार्यदिशाका बारेमा आफ्नो धारणा बनाउने जनाइएको छ । गत वैशाख ३०– ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै बैठक सारिएको थियो ।
मेलम्चीको पानी वितरण सुरु भएको दुई वर्ष बितिसक्दा पनि विशिष्ट कार्यालयमा अझै पुगेन पानी
काठमाडौं । काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएको दुई वर्ष बितिसक्दासमेत अति विशिष्ट कार्यालयमा मेलम्चीको पानी वितरण सुरु हुन सकेको छैन । राष्ट्रपतिको कार्यालय, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायतका मन्त्रालय, विभिन्न सरकारी कार्यालय र सार्वजनिक संस्थानमा अहिलेसम्म मेलम्चीको पाइप जडान गरिएको छैन । यी कार्यालयमा ट्याङ्कर, जार र बोतलका पानी किनेर प्रयोग गर्ने गरिएको छ । २०७७ साल चैत २० गते पहिलो पटक काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएको थियो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले राष्ट्रपति कार्यालयमा अहिलेसम्म मेलम्चीको पानी वितरणका लागि पाइप जडान नगरिएको जानकारी दिए । उनले पाइप जडानका लागि मेलम्ची खानेपानी आयोजनासँग लामो समयदेखि पहल गरे पनि अहिलेसम्म जडान हुन नसकेको बताए । उनले राष्ट्रपति कार्यालयमा ट्याङ्कर, जार र बोतलका पानी किनेर प्रयोग गर्ने गरिएको जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टले यस कार्यालयमा पनि अहिलेसम्म मेलम्चीको पानी वितरणका लागि पाइप जडान हुन नसकेको बताए । उनले कार्यालयमा ट्याङ्कर, जार र बोतलको पानी किनेर प्रयोग गर्ने गरिएको जानकारी दिए । मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन एकाइ कार्यालयका निर्देशक राजेन्द्र सापकोटाले राजधानीको अति विशिष्ट कार्यालय तथा निवासलगायत सरकारी कार्यालय र सार्वजनिक संस्थानमा अहिलेसम्म मेलम्चीको पानी वितरण हुन नसकेको र भविष्यमा पाइप जडान गरी पानी वितरण गर्ने लक्ष्य रहेको बताए । मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन एकाइ कार्यालयले सरकारी कार्यालय र संस्थानलाई सिधै पाइप जडान गर्न नमिल्ने बताउँदै उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ग्राहक बनेर आएको अवस्थामा मात्र यस एकाइले पाइप जडान गर्न सक्ने जानकारी दिए । यो गोरखापत्र दैनिकमा आज प्रकासित समाचार हो ।
मुगु हिमपहिरो अपडेटः यार्सागुम्बा संकलन गर्न गएका जुम्लाका तीनजनाको मृत्यु
जुम्ला । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीनजनाको ज्यान गएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको निधन भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्। यार्सागुम्बा संकलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले जानकारी दिइन्। उनका अनुसार अन्य सामान्य घाइते भएका छन् । दुई जना सकुशल छन्। उनीहरूको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिइन्। शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। यार्सागुम्बा संकलनका लागि गाउँपालिकाले आगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन्। बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो।
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९२ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४६ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार
काठमाडौं । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एक जना बेपत्ता छन् भने अर्का एक जनाको जीवितै उद्धार गरिएको छ । काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए । उनका अनुसार ‘सेभेन समिट ट्रेक्स’ बाट आरोहणमा गएकी आरोही नोयल हन्नाको मृत्यु भएको छ । उनको शव छ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ । सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु वेपत्ता भएका छन् । सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी बेपत्ता भएकी थिइन् । उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौँ लैजाने तयारी गरिएको छ । बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्छ ।
सत्ता गठबन्धनका शीर्षनेताबीच भेटवार्ता
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा यहि १० गते हुन लागेको उपनिर्वाचनलाई फलदायी बनाउने सहमति बनेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच उपनिर्वाचन केन्द्रीत छलफल भएको हो। वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ। सत्ता गठबन्धनबाट कांग्रेसतर्फ तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठ तथा बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। यसपटकको उपनिर्वाचनमा माअोवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आफ्नो उम्मेदवार उठाएका छैनन्।
व्यक्तिगत स्वार्थ त्यागेर देशको आवश्यकतामा जोड दिनुपर्छ : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले व्यक्तिगत स्वार्थलाई त्यागेर देशको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्नु पर्नेमा जोड दिएका छन् । लायन्स क्लबको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताए । सभामुख घिमिरेले वातावरण प्रदूषण बढिरहेको बेला वातावरण सफा राख्न, भूकम्पका बेला पनि राहत तथा उद्धारको काममा लायन्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
दीगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सिंहदरबारमा
काठमाडौं । दीगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहान १० बजेदेखि सुरु भएको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा नेपालले दीगो विकास लक्ष्यका उद्देश्यहरु हासिल गर्न गरेका प्रयासको समिक्षा, कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुने छ । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु, अर्थ मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासंघ अध्यक्ष, नगरपालिका महासंघ, गाउँपालिका महासंघका अध्यक्षहरुको उपस्थिति रहेको छ
बेलबारी राजवंशी धार्मिक स्थललाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिनेछः मन्त्री आचार्य
मोरङ । प्रदेश–१ सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले मोरङ बेलबारी स्थित राजवंशी समुदायको धार्मिक स्थललाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने बताएका छन् । मोरङको बेलबारीमा राजबंशी समुदायहरूको धार्मिक पुजा(श्री ब्रहमाणी देवी) आरधना, मेला तथा सांस्कृतिक कार्यक्रमा बोल्ने क्रममा मन्त्री आचार्यले सो कुरा बताएका हुन् । राजवंशी समुदाय मोरङ्ग जिल्लाको आदिवासी जनजाति भएको बताउँदै राजवंशी धार्मिक स्थल सबैका लागि अध्यनको विषय बन्ने बताए । मन्त्री आचार्यले राजवंशी समुदायको भाषा, रहनसहन र संस्कृतिको संरक्षरणका साथै विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । नेपाल सरकारले राजवंशीलाई सिमान्तकृतको रुपमा जातिको वर्गिकरण गरेर राखेको छ । राजवंशी जातिको छुट्टै आफ्नो भाषा हुन्छ । राजवंशी भाषालाई ताजपुरिया भाषा भनेर पनि चिनिन्छ ।
सबैभन्दा कम बेरुजु भएको महानगर भरतपुर
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा ६ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७र७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु प्रतिशत विराटनगरको १६ दशमलव ५७ प्रतिशत छ भने भरतपुरको ० दशमलव ५६ प्रतिशत छ । त्यस्तै वीरगञ्जको नौ दशमलव ८० प्रतिशत, ललितपुरको आठ दशमलव ०६ प्रतिशत, काठमाडौंको पाँच दशमलव ४० प्रतिशत र पोखराको पाँच दशमलव ३५ प्रतिशत रहेको छ । छ महानगरको समग्रमा बेरुजु छ दशमलव १३ प्रतिशत हुन आउँछ । पेश्की बाहेक बेरुजुको प्रतिशत विराटनगरको १५ दशमलव १३ प्रतिशत, वीरगञ्जको नौ दशमलव ६३ प्रतिशत, ललितपुरको चार दशमलव ०३ प्रतिशत, काठमाडौँको चार दशमलव ६४ प्रतिशत, पोखराको पाँच दशमलव १७ प्रतिशत र भरतपुरको ० दशमलव २५ प्रतिशत रहेको छ । बेरुजुमध्ये पेश्की रकममा विराटनगरको रु छ करोड १७ लाख, वीरगञ्जको रु एक करोड ३३ लाख, ललितपुरको रु २७ करोड ७२ लाख, काठमाडौँको रु १५ करोड छ लाख, पोखराको रु एक करोड ७९ लाख र भरतपुरको तीन करोड ५३ लाख रहेको छ । प्रतिवेदनमा म्याद नाघेको पेश्की समेतको बेरुजु विराटनगरको रु ७१ करोड १५ लाख, वीरगञ्जको रु ७६ करोड २८ लाख, ललितपुरको रु ५५ करोड ४० लाख, काठमाडौँको रु एक अर्ब छ करोड ७४ लाख, पोखराको रु ५४ करोड ६१ लाख र भरतपुरको रु छ करोड ४५ लाख रहेको छ । महालेखाले विराटनगरको रु चार अर्ब २९ करोड ५२ लाख, वीरगञ्जको रु सात अर्ब ७८ करोड ४२ लाख, ललितपुरको रु छ अर्ब ८७ करोड ३५ लाख, काठमाडौँको रु १९ अर्ब ७७ करोड ६० लाख, पोखराको रु १० अर्ब २१ करोड ४६ लाख र भरतपुरको रु ११ अर्ब ५५ करोड ७६ लाखको लेखापरीक्षण गरेको थियो । महालेखाले छ महानगरपालिकाको रु ६० अर्ब ५० करोड ११ लाखको लेखापरीक्षण गरेको प्रतिवेदनमा जनाइएको छ । भरतपुर महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले बेरुजु तत्काल फर्छ्यौट गर्ने परिपाटीको विकासका कारण बेरुजु कम भएको बताए । ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्छ्योटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिका भन्दा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाइ थियो । महानगर प्रमुख रेनु दाहालले आर्थिक सुशासन र पारदर्शितामा यो महानगर अग्रणी रहेको प्रतिवेदनले देखाएको बताइन्। उनले भनिन्, “जवाफदेहीता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।” सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको भन्दै महानगरप्रमुख दाहालले छिटोछरितो सेवा प्रवाहमा महानगर लागेको जानकारी दिइन् । महानगरका जनप्रतिनिधिले अतिरिक्त सेवा सुविधा नलिएको र सुशासनमा जोड दिएका थिए । उनले भनिन्, “आम महानगरबासीले काम गर्दा प्रचलित नीति नियमलाई पालना गरिदिन अनुरोध गर्दछु ।” कर्मचारीले भने अनुसारका कागजपत्र तयार गरेर पारदर्शी ढङ्गबाट काम गर्दा बेरुजु नआउने र कामको गुणस्तरीयता बढ्ने उनको भनाइ थियो । देशका छ महानगरमा सङ्घ र प्रदेशको समेत धेरै बजेट ल्याएर भौतिक पूर्वाधारसहितका विकासका काम गर्ने महानगरमा भरतपुर अग्रणी छ ।–रासस
सुदूरपश्चिमका ८८ मध्ये ७२ पालिकाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जिते (सूचिसहित)
कैलाली । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये बिहीबार बिहानसम्म ७२ पालिकाको मत परिणाम मात्र सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले ३३, नेकपा ९एमालें ले २३, नेकपा माओवादी केन्द्रले १३, एक पालिका स्वतन्त्रले जितेको छ भने २ पालिका नागरिक उन्मुक्ति पार्टीले जितेको छ । यस्तै, उपप्रमुखमा कांग्रेसका ३७, एमालेले २१, माओवादीले ११ र नेकपा एकीकृत समाजवादी २ जना निर्वाचित भएका छन् भने एक पालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । अध्यक्षरप्रमुखमा नेपाली कांग्रेस विजयी भएका पालिकाहरू बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत बहादुर रोकाया बाजुराको त्रिवेणी नगरपालिका – कर्णबहादुर थापा विजयी बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा –गोविन्दबहादुर मल्ल बझाङको मष्टा गाउँपालिका – ज्ञानबहादुर बोहरा बझाङको बुंगल नगरपालिका – जय बहादुर धामी बझाङको वित्थडचिर गाउँपालिका – अम्मर सिंह महर बझाङको खप्तडछान्ना गाउँपालिका – उत्तम रोकाया बझाङको – जयपृथ्वी नगरपालिका चेतराज बजाल अछाम ढकारी गाउँपालिका–प्रकाशबहादुर साउद अछामको कमलबजार नगरपालिका – यज्ञ प्रसाद ढकाल अछामको बान्नीगढीमा – टेक बहादु साँउद अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद अछामको रामारोशन गाँउपालिका – मानबहादुर साउद डोटी सायल गाउँपालिका – धर्मराज जोशी डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद डोटीको दीपायल सिलगढी नगरपालिका –बाजीसिँह खड्का डोटीको पूर्वीचौकी गाउँपालिकामा – राम प्रसाद उपाध्याय डोटीको केआई सिंह गाउँपालिका –लोकेन्द्रबहादुर शाही डोटीको शिखर नगरपालिका – दीर्घबहादुर बलायर डोटीको आर्दश गाउँपालिका–गणेशबहादुर खड्का कैलालीको कैलारी गाउँपालिका – राज समझ चौधरी कैलालीको गोदावरी नगरपालिका – वीरेन्द्र भट्ट कञ्चनपुरको बेलडाँडी गाँउपालिका– हरिशचन्द्र राना कञ्चनपुरको बेदकोट नगरपालिका – भोजराज बोहरा डडेल्धुराको नवदुर्गा गाउँपालिका–लक्ष्मीप्रसाद अवस्थी डडेल्धुराका अमरगढी नगरपालिका – डिल्लीराज जोशी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–ईन्द्रबहादुर कार्की डडेल्धुराको भागेश्वर गाउँपालिका – हेम राज चटौत डडेल्धुराको परशुराम नगरपालिका – भरत बडायर जोशी बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद बैतडीको सिगास गाँउपालिका – हरिसिँह धामी बैतडीको पाटन नगरपालिका –गौरी सिंह रावल बैतडीको पुर्चौडी नगरपालिका – दीपकबहादुर बम अध्यक्षरप्रमुखमा नेकपा एमाले विजयी भएका पालिकाहरू बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया बाजुराको खप्तड छेडेदह गाउँपालिका – दिल बहादुर रावत बाजुराको बडीमालिका नगरपालिका – अम्मरबहादुर खडका बाजुराको जगन्नाथ गाउँपालिका – कालीबहादुर शाही एमाले बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया बझाङको तलकोट गाँउपालिका – कल बहादुर रोकाया अछामको तुर्माखाद गाउँपालिका –डम्मरवहादुर विसी अछामको मंगलसेन नगरपालिका –पदम बोहरा डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा कैलालीको बर्दगोरियाको गाँउपालिका – कर्णबहादुर कुँवर कैलालीको चुरे गाउँपालिका– चक्र बहादुर बोगटी कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – किशोर कुमार लिम्बु बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द बैतडीको सुर्नया गाउँपलिका – अम्मर कुँवर बैतडीको दोगडाकेदार गाउँपलिका – चक्र बहादुर कार्की बैतडीको दशरथचन्द नगरपालिका – पुष्कर राज जोशी दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी दार्चुलाको दुहु गाँउपालिका – नरेन्द्र बहादुर बडाल दार्चुलाको मालिकार्जुन गाँउपालिका – हिरा सिहँ धामी दार्चुलाको व्यास गाउँपालिका – मंगलसिंह धामी अध्यक्षरप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू बझाङको दुर्गाथली गाउँपालिका –दिलबहादुर थापा विजयी बझाङको छबिसपाथिभेरा गाँउपालिका – बसन्तबहादुर चलाउने अछामको मेल्लेख गाउँपालिकामा – ज्वाला साउद डोटीको बोकटान फुड्सिल गाउँपालिका–कमलबहादुर गड्सिला कैलालीको मोहन्याल गाउँपालिका – देवीदत्त उपाध्याय कञ्चनपुरको बेलौरी नगरपालिका – पोतिलाल चौधरी डडेल्धुराको अजयमेरु गाँउपालिका– उमेशप्रसाद भट्ट डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द दार्चुलाको नौगाड गाउँपालिका–दलजीत सिंह धामी दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी दार्चुलाको अपिहिमाल गाउँपालिका–भक्तसिंह ठेकर दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी अध्यक्षरप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका पालिका बैतडीको डिलासैनी गाउँपालिका –सन्तोषप्रकाश जोशी अध्यक्षरप्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी पालिका कैलालीको टीकापुर नगरपालिका –रामलाल डङ्गौरा थारु कैलालीको जोशीपुर गाउँपालिका –चित्रबहादुर चौधरी उपप्रमुख कहा कस्ले जित्यो उपाध्यक्षरउपप्रमुखमा नेपाली कांग्रेसले जितेका पालिकाहरु बाजुराको स्वामीकार्तिक गाउँपालिका – मैना जोशी बाजुराको खप्तड छेडेदह गाउँपालिका – विसुदेवी नाथ बाजुराको त्रिवेणी नगरपालिका कमलाकुमारी जैशी बझाङको वित्थडचीर गाउँपालिका – धनलक्ष्मी सिंह बझाङको दुर्गाथली गाउँपालिका – जनक दौल्याल बझाङको थलारा गाउँपालिका – राम खाती अछामको मेल्लेख गाउँपालिका – नृपबहादुर खड्का अछामको चौरपाटी गाउँपालिका – सरदेवी खड्का अछामको ढकारी गाउँपालिका – नेत्रकलादेवी साउद डोटीको बोगटान फुडसिल गाउँपालिका – विष्णा देउवा वम डोटीको बडीकेदार गाउँपालिका – डम्मरीकुमारी विष्ट डोटीको आदर्श गाउँपालिका – लक्ष्मी धामी डोटीको सायल गाउँपालिका – निर्मला ओली डोटीको पूर्वीचौकी गाउँपालिका – पशुपति खड्का डोटीको केआई सिंह गाउँपालिका – मिनादेवी विष्ट डोटीको शिखर नगरपालिका – सुनिता रावल डोटीको दिपायल सिलगढी नगरपालिका – कलावती महर कैलालीको कैलारी गाउँपालिका – भगवतीकुमारी चौधरी कैलालीको मोहन्याल गाउँपालिका – कमलबहादुर साउँद कञ्चनपुरको बेल्डाँडी गाउँपालिका – शान्ति नाथ कञ्चनपुरको बेदकोट नगरपालिका – तुलशी जोशी कञ्चनपुरको दोधराचाँदनी नरपालिका – गंगा देवी जोशी डडेल्धुराको नवदुर्गा गाउँपालिका – निर्मलाकुमारी बोगटी डडेल्धुराको अमरगढी नगरपालिका – पार्वती झुकाल डडेल्धुराको गन्यापधुरा गाउँपालिका –ज्ञानु सेटी देउवा डडेल्धुराको भागेश्वर गाउँपालिका – पुष्पा ठकुराठी डडेल्धुराको अजयमेर गाउँपालिका – वसन्ती पाल दार्चुला मार्मा गाउँपालिका – शर्मिलाकुमारी चन्द सिंह दार्चलाको अपिहिमाल गाउँपालिका – देवकी बोहरा दार्चुलाको नौगाड – जगतसिंह ठगुन्ना दार्चुलाको दुहु गाउँपालिका – शान्ति वम कैलालीको चुरे गाउँपालिका – धनादेवी थापा बैतडीको सुर्नया गाउँपालिका – मञ्जु महर बोहरा बैतडीको मेलौली नगरपालिका – पार्वती बोहरा बैतडीको दशरथचन्द नगरपालिकामा – कौशिला चन्द बैतडीको पुर्चौडी नगरपालिका मिना धानुक बैतडीको डिलासैनी गाउँपालिका – भगिरथी बोहरा उपाध्यक्षरउपप्रमुखमा नेकपा एमालेले जितेका पालिकाहरु बाजुराको गौमुल गाउँपालिका – सीता रोकाया थापा बाजुराको हिमाली गाँउपालिका – राजकला सार्की बाजुराको जगन्नाथ गाउँपालिका मरु कला बिष्ट बाजुराको बडीमालिका नगरपालिका – नन्दा थापा बझाङको साइपाल गाउँपालिका – डोल्मा तामाङ बोहरा बझाङको तलकोट गाउँपालिका – पार्वती कुँवर अछामको कमलबजार नगरपालिका – शारदा विष्ट अछामको बान्नीगढी जयगढ – विन्दु रावल अछामको तुर्माखाद गाउँपालिका – विमलाकुमारी शाही अछामको मंगलसेन नगरपालिका – संगीताकुमारी रावल कैलालीको गोदावरी नगरपालिका –शारदादेवी रोकाया बैतडीको पञ्चेश्वर गाउँपालिका – विना भट्ट् बैतडीको शिवनाथ गाउँपालिका – सकुन्तला साउद बैतडीको सिगास गाउँपालिका – धाना धामी दार्चुलाको शैल्यशिखर नगरपालिका – शान्ति खडायत दार्चुलाको लेकम गाउँपालिका – माधवी जोशी दार्चुलाको महाकाली नगरपालिका – दुर्गा विष्ट डोटीको जोरायल गाउँपालिका – जमुना रोकाया बोहरा कञ्चनपुरको लालझाडी गाउँपालिका – सपना चौधरी कञ्चनपुरको बेलौरी नगरपालिका – जोगराज चौधरी बैतडीको दोगडाकेदार गाउँपालिकाका – पार्वती कार्की उपाध्यक्षरउपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेका पालिकाहरु कैलालीको बर्दगोरिया गाउँपालिका – गणेशराज गिरी कैलालीको कैलारी गाँउपालिका – खडकबहादुर शाह दार्चुलाको मालिकार्जुन गाउँपालिका – कल्याणसिंह धामी दार्चुलाको व्यास गाउँपालिका – विनोदसिंह कुँवर अछामको रामारोशन गाउँपालिका – सृजना बुढा बझाङको मष्टा गाउँपालिका – हर्क धामी बझाङको जयपृथ्पी नगरपालिका – रतनबहादुर सिँह बझाङको खप्तडछान्ना गाउँपालिका – विष्णुकुमार थापा बैतडीको पाटन नगरपालिकामा – कमल बोहरा डडेल्धुराको आलिताल गाउँपालिका – मैनाकुमारी रावल डडेल्धुराको पर्शुराम नगरपालिका – विमला महता उपाध्यक्षरउपप्रमुखमा नेकपा एकीकत समाजवादीले जितेका पालिकाहरु बझाङको बुगल नगरपालिका – धनबहादुर बोहरा बझाङको छबिसपाथिभेरा गाउँपालिका – लछिमन बोहरा उपाध्यक्षरउपप्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी पालिका कैलालीको जोशीपुर गाउँपालिका – रेखादेवी कठरिया
एसईई परीक्षा आजबाट सुरु
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् । बोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरूले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् । बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेको छ । एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन् । कोभिड(१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो ।