भाटभटेनीको अर्काे शाखा बुटवलमा

बुटवल, चैत २८ । नेपालको प्रमुख व्यापारिक प्रतिष्ठानको रुपमा चिनिएको भाटभटेनी सुपरमार्केटको १३औँ व्यापारिक कम्प्लेक्स बुटवलमा सञ्चालनमा आउने भएको छ ।

एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका–८ को मुख्य क्षेत्र सुख्खानगरमा स्थापना गर्न लागिएको हो । आठ तले भवन निर्माणसँगै नयाँ वर्षको अवसर पारेर व्यावसायिक सेवा सुरु गरिने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिएका छन् ।

गत असारदेखि निर्माण सुरु भएको व्यापारिक कम्प्लेक्स भवन कुल आठ कठ्ठा क्षेत्रफलमा निर्माण भएको र भवन निर्माण मात्र रु ३५ करोड लगानी भएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार भवनका लागि जग्गा गरिद र व्यवसाय सञ्चालनको अवस्थासम्मको लगानी रु ९० करोड पुगेको छ ।

निर्माण सुरु भएको झन्डै १० महिनामा सञ्चालन हुन लागेको यो सुपरमार्केटको भवन निर्माणमा दैनिक ३०० भन्दा बढी कामदार परिचालन भएका छन् ।

स्थानीय उत्पादन, स्थानीय जनशक्ति र स्थानीय बजार भन्ने मुख्य लक्ष्य बनाएको यो सुपरमार्केटको सञ्चालनमा स्थानीय गाउँघरमा उत्पादित वस्तुको प्रवद्र्धन गरिने र दैनिक कामका लागि स्थानीय युवायुवतीलाई नै रोजगारी दिइने उहाँले बताउनुभयो । यसका लागि २०० प्रत्यक्ष र झन्डै पाँच हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिनसकिने उनले बताए ।

यो सुपर कम्प्लेक्समा यसअघि सञ्चालनमा आएको कम्प्लेक्सभन्दा उपभोक्तालाई एकै स्थानमा बजार गर्ने सुविधासहित मनोरञ्जनको समेत सेवा उपलब्ध हुने अध्यक्ष गुरुङले बताए ।

सीमामा कुनै पनि अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैनः गृहमन्त्री निधि

पुनर्वास , कञ्चनपुर, १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताउनुभएको छ । सोह्र दिनअघि कल्भर्ट निर्माणका विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गर्नुभएका कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमका परिवारलाई सरकारले घोषणा गरेको राहत रकम हस्तान्तरण गर्न यहाँ आइपुग्नुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले राष्ट्रियता, स्वाभिमान र भौगोलिक अखण्डता सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । आन्तरिक रुपमा राजनीतिक दलबीच फरक मत रहे पनि राष्ट्रियता, सीमा संरक्षण, भौगोलिक अखण्डताका विषयमा सबै एकै ठाउँमा रहेका गृहमन्त्री निधिको भनाइ थियो । आनन्द बजारमा भएको घटनामा भारतीय सुरक्षाकर्मीकै गोली लागेर गौतमको निधन भएका विषयमा आफूले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग प्रमुख मुद्दा बनाएर विषय उठान गरेको उहाँले बताउनुभयो । “मैले भारतीय प्रधानमन्त्रीलगायत सबै अधिकारीसँग तपाईकै सुरक्षाकर्मीको गोलीबाट गौतमको निधन भएको प्रतिवेदन पेस गरेको छु”– गृहमन्त्री निधिले भन्नुभयो, “भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीले घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” आनन्द बजार क्षेत्रको नेपाल–भारत सीमा छुट्याउने २०० नम्बर सीमास्तम्भ सयौँ वर्षदेखि नरहेको बताउँदै उहाँले सिमाङ्कनका विषयमा नेपाल र भारतको संयुक्त सर्वे टोलीले स्थलगत अनुगमन गरी सीमा समस्या समाधान गर्ने विषय अघि बढेको बताउनुभयो । “पुरानो सम्बन्ध छ भन्दैमा आफ्नो दोष लुकाएर अर्कालाई दोषी बनाउन पाइँदैन”– निधिले भन्नुभयो, “राष्ट्रियता, सार्वभौमिकताका लागि कसैसित सम्झौता गरिन्न, ‘तपाईहरुले गरेको दाबी नै प्रमाणित हुनेमा म विश्वस्त छु ।” उहाँले भन्नुभयो, “स्थलगत सर्वेपछि सीमाको विवाद टुङ्ग्याउने विषयमा भारतले पनि सहमति जनाएको छ ।” आनन्द बजारमा विवादका बेला खटिएको नेपाली सुरक्षाकर्मीबाट गोली नचलेको बताउँदै सहिद गौतमलाई लागेको गोली स्तरीय हतियारको रहेको मन्त्री निधिले जानकारी दिनुभयो । “शव परीक्षण र विधिविज्ञान प्रयोगशालाको रिपोर्टबाट पनि भारतीय सुरक्षाकर्मीकै गोलीबाट घटना भएको देखिन्छ,” मन्त्री निधिले भन्नुभयो । घटनालगत्तै सरकारले गौतमलाई सहिद घोषणा गर्नुका साथै घटनाको तत्काल विरोध गरेको बताउँदै मन्त्री निधिले सहिद परिवारलाई रोजगारी दिने विषयमा पनि सरकारले स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । नेपाल–भारतको संयुक्त रुपमा गठन भएका तीनवटा सर्वे टोलीले सुस्ता र कालापानीबाहेक सबै नापचाँजमा सम्पूर्ण सर्वे गरिसकेको र धरातलमा छुट्याउन भने बाँकी रहेको उहाँले बताउनुभयो । “सीमाको विषय टुङ्ग्याउन थप दुईवटा सर्वे टोली बनाएर काम थाल्ने विषयमा भारतले पनि सहमति जनाएको छ,”– निधिले भन्नुभयो, “संयुक्त टिमको सर्वेपछि सीमा विवाद टुङ्गिनेमा विश्वस्त छु ।” कार्यक्रममा गृहमन्त्री निधिले सरकारले घोषणा गरेको राहत रकम रु १० लाखको चेक हस्तान्तरण गर्नुका साथै सहिद गौतमका श्रीमती लक्ष्मी, बुबा खेमलाल र आमा हरिदेवीलाई दोसल्ला ओडाएर सम्मान व्यक्त गर्नुभयो । पुनर्वास पुग्नुभएका गृहमन्त्री निधिसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, कृषि विकासमन्त्री गौरीशङ्कर चौधरी, सांसदहरु नारायण प्रकाश साउद, बहादुरसिंह थापा र दिवानसिंह विष्ट, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायतले सहिद गौतमलाई गोली हानिएको कल्भर्ट निर्माण क्षेत्रको समेत निरीक्षण गर्नुभयो । सहिद परिवारलाई काँग्रेसको रु सात लाख सहयोग नेपाली काँग्रेसले सहिद गोविन्द गौतमका परिवारलाई रु सात लाख तथा घटनाका घाइते टीकाराम चापागाईंलाई रु एक लाख प्रदान गरेको छ । काँग्रेसको उक्त सहयोग चेक उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सहिदको श्रीमती लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नुभयो । त्यस्तै नेपाल विद्यार्थी सङ्घ कैलालीले पनि सहिद गौतम परिवारलाई रु चार लाख तथा घाइते टीकाराम चापागाईंको उपचारका लागि रु एक लाख ३० हजार सहयोग प्रदान गरेको छ । घटनाका घाइते चापागाईंलाई उपचारका लागि आजै गहृमन्त्री निधिसँगै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । कार्यक्रममा सहिद गौतमको तस्बिरमा गृहमन्त्री निधि, मन्त्री लेखक र सांसदहरुले माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले घटनाका बारेमा मन्त्री निधिलाई जानकारी गराउनुभएको थियो । रासस ९तस्बिर उपलब्ध छ०

८० प्रतिशतलाई खुवाइयो हात्तीपाइलेविरुद्धको औषधी, यस्ता छन् रोगका लक्षणहरु

काठमाडौँ, चैत १० । नेपालबाट हात्ती पाइले रोग उन्मुलन गर्ने लक्ष्यसहित हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन अभियानअन्तर्गत यो वर्ष पहिलो चरणमा ८० प्रतिशतलाई औषधी खुवाइएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड आठ लाखलाई सो रोग विरुद्वको औषधि खुवाउने लक्ष्य राखेको छ । यही चैत ५, ६ र ७ गते पहिलो चरणमा औषधि खुवाउने कार्यक्रममा छुटेका २० प्रतिशतमध्ये दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, छारेरोगी, एक हप्ता नपुगेका सुत्केरी, सिकिस्त बिरामीले हात्तीपाइलेको औषधि सेवन नगरेको र १० प्रतिशत भने औषधि खानबाट छुटेको महाशाखाले जनाएको छ । अभियानअन्तर्गत पहिलो चरणमा भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुर र दार्चुलामा औषधि सेवन अभियान सञ्चालन भएको थियो । आगामी १७, १८ र १९ गते दोस्रो चरण सञ्चालन झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा अभियान सञ्चालन हुनेछ । नेपालका ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम छ । तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ जसमध्ये ३१ वटा जिल्लाका कार्यक्रम फेजआउट भइसकेको महाशाखाले जनाएको छ । जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुनसक्छ । साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निने र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुनसक्छ । नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजीवीको सङ्क्रमणबाट फैलिएको पाइएको छ । विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा सङ्क्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि आम औषधि सेवन गराउने कार्य सुरु गरेको थियो ।

उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्री सिंहबीच भेटघाट

नयाँदिल्ली, चैत ३ । भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज बिहान भेटवार्ता भएको छ । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे आफ्ना समकक्षी सिंहको ध्यानाकर्षण गराउनु भएको थियो । जवाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गरेका थिए । त्यस अबसरमा गृहमन्त्री निधिले नेपाल भारत सीमा बिबादका सम्बन्धमा बिगत तीन बर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राबिधिक टिममा २ वटा टिम थपेर सीमा स्तम्भ लगायतका प्राबिधिक कामलाई थप गति दिने प्रस्ताब गरेको थियो । भारतीय गृहमन्त्री सिंहले प्राबिधिक टिम थप्ने बिषयमा भारतीय पक्ष सकारात्मक भएको प्रतिकृया दिनु भएको थियो । दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान सरसहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने बिषयमा छलफल भएको थियो । भारतीय समकक्षी सिंहसंगको भेटमा गृहमन्त्री निधिले बिगतको संबिधान सभा चुनावमा भारतीय पक्षले गृहमन्त्रालय र निर्बाचन आयोगलाई आबश्यक पर्ने लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै आगामी निर्बाचनमा पनि सहयोगका लागि आग्रह गर्नु भएको थियो । भारतीय समकक्षी सिंहले लजिस्टिक सपोर्ट गर्ने बिषयलाई सकारात्मक रुपमा लिनु भएको थियो । सो भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी रहेका थिए । प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँ दिल्ली आउनु भएका गृहमन्त्री निधि राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । गृहमन्त्री निधिले आज अपरान्ह भारतीय बिदेशमन्त्री शुष्मा स्वराजसंग भेट्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री निधि भोलि स्वदेश फर्कदै हुनुहुन्छ ।

माध्यमिक शिक्षा परीक्षामा पाँच लाख अठ्तीस हजार विद्यार्थी सहभागी हुने

काठमाडौँ, फागुन ३०। आगामी चैत ३ गतेदेखि सुरु हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । विगतमा एसएलसी (प्रवेशिका) भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट सञ्चालित हुँदैछ । शिक्षा ऐनमा गत वर्ष संशोधनपछि कक्षा १२ मा एसएलसी हुनेछ । शिक्षा मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव एवम् परीक्षा समितिका संयोजक शन्तबहादुर श्रेष्ठले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षासँग सम्बन्धित केन्द्रीय निकायसँग समन्वय भइसकेको बताएका छन् । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यो परीक्षामा एक हजार ९२३ केन्द्र र केन्द्राध्यक्ष, दुई हजार ६४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४६१ निरीक्षक, ११ हजार ७१६ सहयोगी र २८ हजार ८४५ सुरक्षाकर्मी गरी जम्मा ६७ हजार ५९१ जनशक्ति परिचालन हुनेछन् । परीक्षामा अमर्यादित र अनियमित व्यवहार गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही र परीक्षा रद्दसमेत गरिने रेग्मीले बताए परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा चैत १४ गतेसम्म चल्नेछ ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता

लहान, १४ फागुन । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७३ अन्तर्गत भएको खेलमा लहानस्थित प्यारागन पब्लिक स्कुल प्रथम भएको छ । सिरहाको कर्जन्हा माविको प्राङगणनमा सम्पन्न उक्त प्रतियोगितामा १३१ अङ्क ल्याएर प्यारागन स्कुल प्रथम भएको विद्यालयका प्रधानाध्यापक उमेश चौधरीले जानकारी दिनुभयो । यसैगरी प्रतियोगितामा ७१ अङ्क ल्याएर मिर्चैयास्थित पोलार स्टार स्कुल दोस्रो तथा ३७ अङ्क ल्याएर सदरमुकाम सिरहास्थित चन्द्र मावि तेस्रो भएका छन् । प्रथमलाई रु १५ हजारसहित सिल्ड र प्रमाणपत्र तथा दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १२ हजार र रु ९ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीले जानकारी दिनुभयो । गत फागुन ९ देखि १३ गतेसम्म सञ्चालित सो प्रतियोगितामा कबड्डी, दौड, भलिबल ,ज्याब्लीङ थ्रो लगायत बिभिन्न खेल खेलाका थिए । सो प्रतियोगितामा सामुदायिक तथा निजीगरि जिल्लाका ५० वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई अन्तर जिल्ला तथा राष्ट्रिय प्रतियोगितामा सहभागी गराईने जिल्ला खेलकुद विकास समिति सिरहाले जनाएको छ ।

निर्वाचन र संविधान संशोधन सरकारको मुख्य प्राथमिकता–गृहमन्त्री

काठमाडौँ, फागुन १२ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन र संविधान संशोधन विशेष प्राथमिकताका साथ अगाडि बढेको बताएको छ । घरेलु तथा साना उद्योग विकास समितिले आज यहाँ आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा उद्यमी पुरस्कार वितरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले सबैलाई मिलाएर निर्वाचन गरिने बताए । गृहमन्त्री निधिले भन्नुभयो, “नयाँ संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ, त्यसका लागि आगामी वर्षको माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्नुपर्छ ।” उनले स्थायी सरकारसहितको समृद्धिका लागि पनि निर्वाचन अपरिहार्य भएको उल्लेख गरे । मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि उपयुक्त नीति आवश्यक हुने बताउँदै गृहमन्त्री निधिले सबै किसिमको लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । औद्योगिक उत्पादन वृद्धि गर्नका लागि नयाँ प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्नपर्छ, उपयुक्त प्रविधि प्रयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्छ ।” साना उद्योगका उत्पादनलाई सरकारले बजारको व्यवस्था मिलाउने बताउँदै गृहमन्त्री निधिले थोरै लगानीमा आफ्नै गाउँमा पुँजी निर्माण गर्न सकिने साना उद्योगको प्रवद्र्धनमा जोड दिइने जानकारी दिए । कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले साना उद्योगको प्रवद्र्धनका लागि सरकारले पहल गर्ने र साना तथा घरेलु उद्योगमैत्री नीतिलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे । विसं २०४२ देखि निरन्तर गरिँदै आएको प्रदर्शनीमा ७५ जिल्लाका साना तथा घरेलु उद्योगीले भाग लिँदै आएका छन् । यस पटकको प्रदर्शनीमा ३०० वटा प्रदर्शनीकक्षमा मुलुकभरका उद्योगीले आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनीमा राखेका छन् । छ दिनसम्म चल्ने यस मेलामा तीन लाखजनाले अवलोकन गर्ने र रु पाँच करोडभन्दा बढीको कारोबार हुने समितिका अध्यक्ष दीपेन्द्र आचार्यले जानकारी दिए । घरेलु उत्पादनको बजार प्रवद्र्धन तथा उद्योग र उपभोक्ताबीच परिचय गराउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीले उद्योगमा हौसला थपिने समितिका कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्ययले उल्लेख गरे ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ, फागुन २ । नेपाल प्रहरीको कायमकुकायम प्रमुख तोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । नेपाल प्रहरीको कायममुकामय प्रमुख तोक्न बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । अाइतबार सरकारले नेपाल प्रहरीका तेस्रो वरियतामा रहेका डीअाइजी जयबहादुर चन्दलाई बढुवा गरेर महानिरिक्षक बनाएउने निर्णय गरेको थियो । तर, मन्त्रीपरिषद्को निर्णय सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम अादेश दिएपछि रिक्त रहेको पदमा कामु बनाउने तयारी हुन लागेको हो । अाजैदेखि महानिरिक्षक उपेन्द्रकान्त अर्यालले अनिवार्य अवकाश पाएका छन् । उनी सोमबार साँझ विदाइ भइ घर फर्केपछि चन्दको मुद्दा किनारा नलागुन्जेल कामु प्रमुख बनाउन अाकस्मिक रुपमा मन्त्रीपरिषद्को बैठक बसिरहेको हो । प्रहरी नियमावली संशोधन गरेर प्राविधिकतर्फका एआईजी डा. दिपेशचन्द्र पोखरेललाईर् कामुको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ ।

सोलिडारिटी कप जितेका खेलाडीलाई प्रचण्डले गरे सम्मान

काठमाडौं, फागुन २ । सरकारले एएफसी सोलिडारिटी कप फुटबल जितेको नेपाली टीमका खेलाडीलाई सोमबार जनही तीन लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, खेलकुद मन्त्री दलजीत श्रीपाइली लगायतले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्नुभएको हो । उपाधि जिते लगत्तै जनही तीन लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको सरकारले झण्डै साढे ३ महिनापछि सोमबार खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । मलेसियामा भएको सोलिडारिटी कपको फाइनलमा लाओसलाई हराउँदै नेपालले उपाधि जितेको थियो ।

वाइसीएल नेतामाथि गोली प्रहार

सिरहा, फागुन १ । सिरहाको मिर्चैयाँमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक व्यक्ति घाइते भएको छन् । घाइते हुनेमा माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खान रहेका छन् । २९ वर्षीय खानलाई गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका व्यक्तिहरुले खानमाथि गोली प्रहर गरेको जनाएको छ । मोटरसाइकलको नम्बर भने खुल्न नसकेको प्रहरीले जनाएको छ । खानको दाहिने खुट्टामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताएका छन् । खानको मिर्चैयाको अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहर गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अनुदान पाउने भएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खुसी

वीरगन्ज, माघ २३ । प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि किसानहरु हर्षित भएका छन् । बाराको ऐतिहासिकस्थल सिमरौनगढमा परियोजनाको कार्यालय स्थापना भएपछि त्यस क्षेत्रमा उत्कृष्ट क्षेत्र मत्स्यपालन कार्यक्रम अघि बढाइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बारा, ९मत्स्य उत्कृष्ट क्षेत्र० वार्षिक स्वीकृृति कार्यक्रमअनुसार वर्तमान सरकारले रु ३६ करोड विनियोजन गरेर त्यस क्षेत्रका सिमरौनगढ नगरपालिका, बचोरबा, भगवानपुर, बेलैनी तथा पेतबारी गाविसको एक हजार हेक्टर क्षेत्रफलमा माछापोखरी खन्ने काम सुरु गरेको परियोजना प्रमुख युगलकिशोर तिवारीले बताए । मत्स्यपालन गर्ने किसानलाई रु १० हजार प्रतिकट्ठाका दरले अनुदान दिइनेछ । त्यस्तै ३० कट्ठा जग्गामा रु तीन लाखको दरले अनुदान दिइन्छ । सोही कार्यक्रमअन्तर्गत प्राकृतिक मल कारखाना, कृषि कलेज स्थापना, पोस्ट हार्भेस्ट सेन्टर स्थापना, कस्टम हाइरिङ सेन्टर र जैविक विषादी केन्द्र स्थापना गर्ने लक्ष्य छ । नौ सय ५० हेक्टर क्षेत्रफलमा माछापोखरी निर्माण, ५० हेक्टर क्षेत्रफलमा नर्सरी स्थापना तथा माछाको ह्याचरी स्थापना गर्ने लक्ष्य छ । सरकारले मुलुकका सात प्रदेशमा सात उत्कृष्ट क्षेत्र कार्यक्रम स्थापना गर्ने लक्ष्यअनुरुप बारामा पनि सो कार्यक्रम सञ्चालन गरिएको हो ।

लोकमानमाथि महाअभियोग नलाग्ने, समितिले अन्य कार्वाहिका लागि मात्रै सिफारिस गर्ने

काठमांडौ, माघ १८ । सर्वोच्च अदालतको फैसलाबाट पदच्यूत भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग सिफारिस नहुने भएको छ। महाअभियोग सिफारिस उपसमितिले कार्कीलाई महाअभियोग लगाउन सिफारिस नगर्ने निष्कर्षसहित समितिलाई प्रतिवेदन बुझाउने भएको छ। संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न गठित उपसमितिले महाअभियाग लगाउनु नपर्नेसहितको प्रतिवेदन मूल समितिलाई बुझाउँदै छ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। समितिका एक सदस्यका अनुसार कार्कीमाथि अनुसन्धान कार्कीमाथि महाअभियोग सिफारिस नगरे पनि उनीविरुद्ध लागेका आरोपबारे भने भने सम्बन्धित निकायबाट छानबिन गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाउने तयारी गरेको छ। ‘महाअभियोग लगाउने बाटो हामीले छाडिसकेका छौं, अब उनलाई लगाइएका सातवटा आरोपमाथि छानबिन गरेर प्रतिवेदन पेस गर्दै छौं,’ उपसमिति सदस्य रेवतीरमण भण्डारीले भने। उनका अनुसार पदमुक्त भइसकेका कारण महाअभियोग लगाइरहनुपर्ने औचित्य समाप्त भएकाले अब उनले पदमा रहँदा गरेका कार्यबारे मात्र अध्ययन गरी कारबाहीको सिफारिस गर्ने निष्कर्षमा समिति पुगेको हो। उपसमिति सदस्य भण्डारीका अनुसार पदमा बहाल व्यक्तिलाई हटाउन महाअभियोग लगाउने हो। तर, कार्की अदालतको आदेशबाटै पदमुक्त भइसकेकाले उनीमाथि महाअभियोग लगाउनुको औचत्य नभएकाले अन्य विषयमा कारबाहीको मात्र सिफारिस गर्ने निर्णय भएको हो। ‘पदबाट हटेकाले महाअभियोग लगाउने औचित्य सकियो, तर उनीविरुद्ध परेका उजुरी संसद्मा जीवितै छन्। त्यसको किनारा लगाउनु संसद्कै दायित्व हो, त्यसैले विभिन्न सात आरोपमा छानबिन गरिरहेका छौं,’ भण्डारीले भने।कार्की सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएपछि यतिबेला विदेशमा छन्। उपसमितिले उनीमाथिका उजुरीमा छानबिन गरी २० माघभित्र समितिमा प्रतिवेदन बुझाउने भएको छ।स्रोतका अनुसार कार्कीमाथिका केही अभियोग पुष्टि समेत भएका छन् भने केहीमा उनले सफाइ पाउँदै छन्।काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अखितयारले गरेको हस्तक्षेप र मेडिकल काउन्सिलमा गरेको हस्तक्षेपमा उपसमितिले प्रमाणसहित आरोप पुष्टि गरेको छ। उनीमाथि लगाइएको जासुसीलगायतका आरोप भने पुष्टि हुन नसकेको उपसमितिका एक सदस्यले बताए। उपसमितिको प्रतिवेदनलाई समिति हुँदै संसद्मा पेस गरिनेछ। संसद्को पूर्ण बैठकले समितिको प्रतिवेदनलाई दस्तावेजका रूपमा राख्न या सरकारलाई कारबाहीका लागि निर्देश गर्न सक्नेछ। समितिलाई १५ दिनभित्रमा अध्ययन गरी प्रतिवेदन बुझाउन समय दिइएको थियो। अध्ययनका क्रममा उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धानका कार्यवाहक प्रमुख आयुक्त, आयुक्त, मेडिकल काउन्सिलका पदाधिकारी, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, काठमाडौं विश्वविद्यालयका पदाधिकारी, सुरक्षा निकायका मानिसहरू र अन्य सम्बन्धित व्यक्तिहरूसँग छलफल गरी कागजपत्रसमेत झिकाएर अध्ययन गरेको थियो। महाअभियोग सिफारिस उपसमितिका संयोजक रामनारायण बिडारीले मंगलबारदेखि प्रतिवेदन लेखन कार्य सुरु हुने बताए। ‘आइतबारसम्म अध्ययन गर्ने काम भयो, सोमबार अनौपचारिक छलफल पनि भएन, मंगलबारबाट उपसमितिले प्रतिवेदन लेख्न थाल्दै छ अब निष्कर्ष निकाल्ने काम बाँकी छ,’ उपसमिति संयोज बिडारीले भने।

चुनावमा मोटरसाइकिल र्याली निकाल्न नपाईने,

काठमाडौं, १५ माघ । निर्वाचनमा गैरसरकारी संस्था तथा विदेशबाट भौतिक तथा आर्थिक सहयोग लिनुलाई कानुनी अपराध ठहर गर्दै नयाँ कानुन ल्याउने तयारी भइरहेको छ । संसद्को राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले समितिमा व्यापक परामर्शपछि शुक्रबार व्यवस्थापिका संसद्मा निर्वाचन ९कसुर तथा सजाय० विधेयकसम्बन्धी प्रतिवेदन पेस गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– प्रतिवेदनमा स्थानीय, प्रान्तीय, केन्द्रीय संसद्मा उम्मेदवारी दिने दल तथा उम्मेदवारले विदेशी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट आर्थिक, भौतिक, प्राविधिकलगायतका सहयोग लिएको प्रमाणित भए जरिबाना तिनुपर्ने प्रावधान राखिएको छ । प्रतिवेदनमा पहिलेका निर्वाचन अत्यधिक महँगो, चरम दुरुपयोग हुनुका साथै विदेशबाट सहयोग रकम आएको सिकायतपछि यस्तो कानुनी प्रावधान समावेश गरिएको छ । समितिका सभापति घर्तीले संसद्मा पेस गरेको प्रतिवेदनमा विदेशी शक्ति एवं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले उम्मेदवार, दलहरूलाई निर्वाचनक्रममा प्रभावित गरेको प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिबाना हुने प्रावधान छ । सभापति घर्तीले विगतका निर्वाचनमा भएको ‘मनी, मसल र पावर’ समेतलाई ध्यान दिँदै निर्वाचन कसुर तथा सजाय विधेयकमार्फत नै सबैलाई जिम्मेवार बनाउन खोजिएको बताए । प्रतिवेदनमा निर्वाचनका बेला दल तथा उम्मेदवारले प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता भौगोलिक अखण्डता राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पुर्‍याउने वा खलल पार्नेलगायतका कार्य भए÷गरे दुई लाखसम्म जरिबाना र तीन वर्ष कैद वा दुवै सजाय व्यवस्था गरिएको छ । मतपत्र दुरुपयोग गरेमा एक लाखसम्म जरिबाना, दुई वर्षसम्मको कैद वा दुबै सजय हुने, अर्काको नामबाट मतदान गर्न मतपत्र लिएमा २५ हजारसम्म जरिबाना, मतदान भएको मतपत्र बिगार्ने वा नष्ट गरेमा एक लाख वा दुई वर्षसम्मको कैद वा दुवै सजाय हुनेछ । गैरनेपालीले मतदान गरेमा एक लाखसम्म जरिबाना र एक वर्ष कैद वा दुवै सजाय हुने, मतगणनासम्बन्धी सामग्री बिगारे वा नोक्सान गरे एक लाख रुपैयाँसम्म जरिबाना, दुई वर्ष कैद वा दुवै सजाय हुनेछ । हातहतियार साथमा लिएर हिँडेमा वा प्रयोग गरेमा दुई लाखसम्म जरिबाना, तीन वर्षसम्मको कैद वा दुवै सजाय हुन सक्नेछ । उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभर कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहारका रूपमा नगद वा जिन्सी सामग्री दिएको प्रमाणित भए पचास हजार जरिबाना, एक वर्ष कैद वा दुवै सजाय हुनेछ । निर्वाचनको प्रचारप्रसारमा अब मोटरसाइकललगायत सवारीसाधनको ‍र्‍याली निकाल्न पाइने छैन । निर्वाचन कसुर तथा सजायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमा सवारीसाधनको ‍र्‍यालीमाथि प्रतिबन्ध लगाइएको हो । प्रचारप्रसारको सिलसिलमा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधिले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय तहको स्वामित्वको संस्था वा शिक्षण संस्थाका सवारीसाधन प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । र्‍‍याली निकाले वा सवारीसाधन प्रयोग गरे उम्मेदवार तथा व्यक्तिलाई आयोगले २५ हजारसम्म जरिबाना गर्न सक्नेछ । २०४६ साल यताका निर्वाचनमा मोटरसाइकलको र्‍यालीको दुरुपयोग भएको समितिका सदस्यले ठहर गरेका छन् । नेपाल मजदुर किसान पार्टीले भने भारतीय गाडीको प्रयोगलाई समेत रोक्नुपर्ने फरक मत विधेयकमा राखेको छ । तराईमा निर्वाचन प्रचारमा भारतीय नम्बर प्लेटका गाडीहरूको प्रयोग हुने गरेको छ । विधेयकले निर्वाचनको दिन मतदानमा जानेलाई बाटो छेक्न नहुने प्रावधान राख्दै मतदान केन्द्रमा जाने बाटो छेक्न वा गौंडा छेक्ने कार्यलाई समेत बाधाको रूपमा अथ्र्याउँदै यस्तो कार्य गर्ने गराउनेलाई २५ हजारसम्मको जरिबानाको व्यवस्था थप गरेको छ ।

मलमासको अन्त्यमा

‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि बिस्तारै गाउँ तिरकै इन्द्रसँग परिचय भयो । आज उसैको स्पोन्सरसिपमा खान आकी छिन् मसरुम पिज्जा । आफ्नै व्यवसाय भएको इन्द्रसँग दोस्तीको सुरुवात गरेदेखि उनले यस्ता धेरै मौका पाएकी छे खान । आज धरानको बुढासुब्बा जाने दिन हो सिमरनको । सिमरनले नाईँ भनेकी हुन् तर नास्ती गर्न सकिनन् इन्द्रको प्रस्तावमा । उनलाई राम्रोसँग थाहा छ कि इन्द्रकी श्रीमती सिमरनकै गाउँले छिमेकी दिदी हुन् । तर के जान्छ र उनको यदि आफैँ जल्न आउँछ भने उनको पैसा सिद्धयाउने, मोज गर्ने अन्तमा आफ्नो बाटो लाग्ने । धरान जस्तो रहरले आकाश चुम्ने शहरमा यस्ता दुधालु गाई भेटाउनु भाग्यको कुरा हो सिमरन जस्ता केटीका लागि । सिमरन समयमै भानुचोक आइपुगिन् । इन्द्रको बाइक पछाडि चढेर पुगिन् पिण्डेश्वरी, पञ्चकन्या र बुढासुब्बा । इन्द्रकै आग्रहमा बुढासुब्बाको दुई धागा बाधिए देब्रे नाडीमा । साँझ उसले दिएको आइफोन उपहार स्वीकार्दै पुगिन् आफ्नो कोठा । कोठामा हुनेवाला भाउजू आइसकेकिरहिछे । साढे दुई वर्ष भयो दाइ भाउजूको परिचय भएको । आदर्श प्रेम गर्छन् उनीहरू, मगनी नि भयो यो पाली । प्रेमपछि सबैले प्रेम विवाह गर्छन् तर उनीहरू प्रेमपछि नि मागि विवाह गर्दैछन् । फोन आयो इन्द्रको, भाउजूले शंका गरी, सोधी ‘नानी कोहीसँग चक्कर छ चलेको छ कि क्या हो ।’ जवाफमा हाँसेर भनी ‘फसाउनु र खाइदिनु मात्र हौ । यस्ता केटाहरू, आफैँ जल्न आउनेलाई काँध हाल्न सकिँदैन रामराम भन्ने मात्रै हो ।’ चुप लागिन् हुनेवाला भाउजू । सायद आफूले पूर्णरुपमा भाउजूको दर्जा प्राप्त नभइसकेकोले नि होला । दाइलाई फोनमा भनिन् ‘सायद नानीले गलत गर्दैछिन्, यस्तो उस्तो भन्छे तर केटीको जिन्दगी सादा कागज हो । दाग लागेपछि मेटिन्न । फसाउछु भनिन्छ, फसिन्छ । मैले सम्झाउने आँट गरिनँ, सक्नुहुन्छ भने सम्झाउनु ।’ ‘गाउँ जान लागेको, बाटो खर्चले नै नपुग्ने भो ।’ सिमरनले फोनमा समस्या पोख्दै थिइन् । बेला–बेला फोनमा रिचार्ज गरिदिने हुनाले सकरात्मक आशाले फोन गरेकी थिइन् सिमरनले । आशा अनुरुप नै इनद्रले कति चाहिने कुरा सोध्यो । ‘दश हजार, तर फर्किने वित्तिकै फर्काउछु ।’ सिमरनको जवाफमा भानुचोकमा भोलि भेट्ने र त्यहीँको सिनेमा हलमा चलेको नेपाली फ्लिम अन्दाज हेर्ने र पैसा पनि दिने सल्लाह भयो उनीहरूको । एक प्रकारले दुवैले मौकाको फाइदा उठाउँदै थिए । ‘छिट्टै फर्किनु है, मलाई एक्लो फिल हुन्छ ।’ भन्दै इन्द्रले सिमरनको हातमा दश हजार होइन बीस हजार थमाइदिए । ‘हजुरको श्रीमतीसँग बस्नु न’ भन्दै पैसा लिइन्, ‘थ्याङ्कस् ।’ होटलको एक कुनामा फ्लिम पछिको चाउमिन टाइममा संवाद हुँदै गर्दा इन्द्रले उनको परिवारको एक रहस्य खोले, ‘तिम्रो र मेरो यो दोस्तीले हामी श्रीमान् श्रीमतीको बोलचाल कम भएको करिव तीन महिना भयो । सधैं लिएर आइज, घरमै राख भन्छे । साथीमात्र हौँ भनेको तर नबुझेपछि दुईचार रेस्लिङ गइसक्यो हाम्रो ।’ सिमरनको मन हलचल भो । ‘सरी, हामी बिस्तारै टाढिनुपर्छ ।’ सिमरन लाउरे टोलतिर बिस्तारै विलाइन् । इन्द्रले देखेसम्म उनको आँखालाई सिमरनको पछि लगाए । गाउँ गइन् सिमरन केही समयको लागि, इन्द्रले धरान बसेर फोन बारबार गर्ने तर नेटवर्कको कारण सम्पर्क गाह्रो हुने । एकदिन सिमरन कोलाम साइबर क्याफेमा पुगिन् । फेसबुकमा केही सेल्फी अपलोड गरिन् । उति नै खेर देखा पर्यो इन्द्र, ‘कता हराको? फर्किने बेला भएन?’ जवाफमा कलेजको एक्जाम हुने बेलामा मात्र धरान झर्ने कुरा गरिन् । उताबाट चाँडै तिम्रो गाउँ आउँदैछु भन्ने कुरा निस्केपछि सक्छौ भने आऊ भनेर नपत्याएको भाव पोखिन् । फेसबुक च्याटको एक हप्तापछि आफ्नो ढोकामा इन्द्र आइपुगेको देखेपछि सिमरन एकछिन त सपना विपनामा अन्यौलता छायो तर यो यथार्थ नै भएको स्वीकारेपछि उही पुरानो पुनरावृत्ति भयो । त्यो रात इन्द्रले घर छोडेपछि सिमरनले एकपल्ट मनैदेखि सोचिन् आफ्नो जीवनलाई । उनले आफ्नो शरिर चोखो रहेकोमा मात्र गर्व गरिन्, बाँकीमापश्चात्ताप गरिन् । उनको सधैंको मनको कसम सम्झिन्, मन र शरिर त्यसलाई हो जोसँग जीवन बिताइन्छ । धरान फर्किँदासँगै फर्कने कुरामा दुवैको सहमति भयो तर यो कुराको गोप्यता कायम राख्न दुवैले केही साथको त्याग गर्नै पर्यो । बस समाउने ठाउँसम्मको एकल यात्रा पछिसँगै भए दुवै । जाँदै गर्दा इन्द्रको अचानक प्रस्ताव आयो भेडेटार घुम्ने । निश्चिन्त समर्थन गरिन् सिमरनले, इन्द्रले सोचेभन्दा सजिलो तरिकाले । भेडेटारको दृश्यावलोकनपछि नजिकैको पाथीभरा मन्दिर घुम्न गए तिनीहरू । पाथीभरा मन्दिरभन्दा पनि त्यहाँसम्म पुग्ने बाटो बढी रोमाञ्चक रहेछ । पाथीभरा मन्दिरमा झूण्डिएर रहेको अनगिन्ती घण्टीहरूको एकनासको टिनिनी आवाजले वातावरण मदमस्त भो । फर्किदैँ गर्दा अचानक इन्द्रको आवाज आयो जुन सिमरनको लागि अकल्पनीय थियो ‘आई लव यु सिमरन ।’ सिमरन तुरुन्त बोलिन् ‘आई डन्ट नो’ दुवै चुप लागे केही वेर, अनि सामान्य कुराकानीको सुरुवात गरे इन्द्रले । ‘मलाई गलत नसम्झनु तर किन–किन तिम्रो याद मात्र आइराख्छ सदा–सदा । तिम्रो यादमा जलेर म कति पनि बस्न सक्दिनँ, तिम्रो घरसम्म आएँ, तिमीबाट टाढा एकछिन पनि बस्न नसकेर । तर अन्यथा नठान सिमु ।’ सिमु शब्दले सिमरन भावुकमाथि भावुक भई । आज राजारानी जाने र भोलिमात्र धरान फर्किने सल्लाहमा सिमरनले केही अस्वीकारोक्ती व्यक्त गरिन् तर इन्द्रको जवरजस्तीलाई टार्न असफल रहिन् । राजारानीको दृष्यावलोकन पछि भोलिपल्ट साँझ भेँडेटारसम्म फर्किए बास बस्न । भेँडेटारको एक होटल बुक गरे । बेलुका खाना अघि एक–एक विएर खाए । खानापछि अर्को एक–एक अनि सेयरमा एक । पुरै पुग्यो सिमरनलाई, तर इन्द्रको प्यास मेटिन बाँकी नै रह्यो । विहानै विउँझिए दुवै, सिमरनले होस सम्हाली तर उनी थिइन् इन्द्रको बाहुपासमा । अकल्पनीय वास्तविकता । इन्द्रले बिएर खाएर बाँकिरहेको प्यास पनि मेटेको थियो । सम्पूर्ण आफू गुमाएर उनी कुनै संसारमा थिइन्, सायदै । मलमासको अन्त्य भएको थियो गत रातै । ‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि बिस्तारै गाउँ तिरकै इन्द्रसँग परिचय भयो । आज उसैको स्पोन्सरसिपमा खान आकी छिन् मसरुम पिज्जा । आफ्नै व्यवसाय भएको इन्द्रसँग दोस्तीको सुरुवात गरेदेखि उनले यस्ता धेरै मौका पाएकी छे खान । आज धरानको बुढासुब्बा जाने दिन हो सिमरनको । सिमरनले नाईँ भनेकी हुन् तर नास्ती गर्न सकिनन् इन्द्रको प्रस्तावमा । उनलाई राम्रोसँग थाहा छ कि इन्द्रकी श्रीमती सिमरनकै गाउँले छिमेकी दिदी हुन् । तर के जान्छ र उनको यदि आफैँ जल्न आउँछ भने उनको पैसा सिद्धयाउने, मोज गर्ने अन्तमा आफ्नो बाटो लाग्ने । धरान जस्तो रहरले आकाश चुम्ने शहरमा यस्ता दुधालु गाई भेटाउनु भाग्यको कुरा हो सिमरन जस्ता केटीका लागि । सिमरन समयमै भानुचोक आइपुगिन् । इन्द्रको बाइक पछाडि चढेर पुगिन् पिण्डेश्वरी, पञ्चकन्या र बुढासुब्बा । इन्द्रकै आग्रहमा बुढासुब्बाको दुई धागा बाधिए देब्रे नाडीमा । साँझ उसले दिएको आइफोन उपहार स्वीकार्दै पुगिन् आफ्नो कोठा । कोठामा हुनेवाला भाउजू आइसकेकिरहिछे । साढे दुई वर्ष भयो दाइ भाउजूको परिचय भएको । आदर्श प्रेम गर्छन् उनीहरू, मगनी नि भयो यो पाली । प्रेमपछि सबैले प्रेम विवाह गर्छन् तर उनीहरू प्रेमपछि नि मागि विवाह गर्दैछन् । फोन आयो इन्द्रको, भाउजूले शंका गरी, सोधी, ‘नानी कोहीसँग चक्कर छ चलेको छ कि क्या हो ।’ जवाफमा हाँसेर भनी ‘फसाउनु र खाइदिनु मात्र हौ । यस्ता केटाहरू, आफैँ जल्न आउनेलाई काँध हाल्न सकिँदैन रामराम भन्ने मात्रै हो ।’ चुप लागिन् हुनेवाला भाउजू । सायद आफूले पूर्णरुपमा भाउजूको दर्जा प्राप्त नभइसकेकोले नि होला । दाइलाई फोनमा भनिन् ‘सायद नानीले गलत गर्दैछिन्, यस्तो उस्तो भन्छे तर केटीको जिन्दगी सादा कागज हो । दाग लागेपछि मेटिन्न । फसाउछु भनिन्छ, फसिन्छ । मैले सम्झाउने आँट गरिनँ, सक्नुहुन्छ भने सम्झाउनु ।’ ‘गाउँ जान लागेको, बाटो खर्चले नै नपुग्ने भो ।’ सिमरनले फोनमा समस्या पोख्दै थिइन् । बेला–बेला फोनमा रिचार्ज गरिदिने हुनाले सकरात्मक आशाले फोन गरेकी थिइन् सिमरनले । आशा अनुरुप नै इन्द्रले कति चाहिने कुरा सोध्यो । ‘दश हजार, तर फर्किने वित्तिकै फर्काउछु ।’ सिमरनको जवाफमा भानुचोकमा भोलि भेट्ने र त्यहीँको सिनेमा हलमा चलेको नेपाली फ्लिम अन्दाज हेर्ने र पैसा पनि दिने सल्लाह भयो उनीहरूको । एक प्रकारले दुवैले मौकाको फाइदा उठाउँदै थिए । ‘छिट्टै फर्किनु है, मलाई एक्लो फिल हुन्छ ।’ भन्दै इन्द्रले सिमरनको हातमा दश हजार होइन बीस हजार थमाइदिए । ‘हजुरको श्रीमतीसँग बस्नु न’ भन्दै पैसा लिइन्, ‘थ्याङ्कस् ।’ होटलको एक कुनामा फ्लिम पछिको चाउमिन टाइममा संवाद हुँदै गर्दा इन्द्रले उनको परिवारको एक रहस्य खोले, ‘तिम्रो र मेरो यो दोस्तीले हामी श्रीमान् श्रीमतीको बोलचाल कम भएको करिव तीन महिना भयो । सधैं लिएर आइज, घरमै राख भन्छे । साथीमात्र हौँ भनेको तर नबुझेपछि दुईचार रेस्लिङ गइसक्यो हाम्रो ।’ सिमरनको मन हलचल भो । ‘सरी, हामी बिस्तारै टाढिनुपर्छ ।’ सिमरन लाउरे टोलतिर बिस्तारै विलाइन् । इन्द्रले देखेसम्म उनको आँखालाई सिमरनको पछि लगाए । गाउँ गइन् सिमरन केही समयको लागि, इन्द्रले धरान बसेर फोन बारबार गर्ने तर नेटवर्कको कारण सम्पर्क गाह्रो हुने । एकदिन सिमरन कोलाम साइबर क्याफेमा पुगिन् । फेसबुकमा केही सेल्फी अपलोड गरिन् । उति नै खेर देखा पर्यो इन्द्र, ‘कता हराको? फर्किने बेला भएन?’ जवाफमा कलेजको एक्जाम हुने बेलामा मात्र धरान झर्ने कुरा गरिन् । उताबाट चाँडै तिम्रो गाउँ आउँदैछु भन्ने कुरा निस्केपछि सक्छौ भने आऊ भनेर नपत्याएको भाव पोखिन् । फेसबुक च्याटको एक हप्तापछि आफ्नो ढोकामा इन्द्र आइपुगेको देखेपछि सिमरन एकछिन त सपना विपनामा अन्यौलता छायो तर यो यथार्थ नै भएको स्वीकारेपछि उही पुरानो पुनरावृत्ति भयो । त्यो रात इन्द्रले घर छोडेपछि सिमरनले एकपल्ट मनैदेखि सोचिन् आफ्नो जीवनलाई । उनले आफ्नो शरिर चोखो रहेकोमा मात्र गर्व गरिन्, बाँकीमापश्चात्ताप गरिन् । उनको सधैंको मनको कसम सम्झिन्, मन र शरिर त्यसलाई हो जोसँग जीवन बिताइन्छ । धरान फर्किँदासँगै फर्कने कुरामा दुवैको सहमति भयो तर यो कुराको गोप्यता कायम राख्न दुवैले केही साथको त्याग गर्नै पर्यो । बस समाउने ठाउँसम्मको एकल यात्रा पछिसँगै भए दुवै । जाँदै गर्दा इन्द्रको अचानक प्रस्ताव आयो भेडेटार घुम्ने । निश्चिन्त समर्थन गरिन् सिमरनले, इन्द्रले सोचेभन्दा सजिलो तरिकाले । भेडेटारको दृश्यावलोकनपछि नजिकैको पाथीभरा मन्दिर घुम्न गए तिनीहरू । पाथीभरा मन्दिरभन्दा पनि त्यहाँसम्म पुग्ने बाटो बढी रोमाञ्चक रहेछ । पाथीभरा मन्दिरमा झूण्डिएर रहेको अनगिन्ती घण्टीहरूको एकनासको टिनिनी आवाजले वातावरण मदमस्त भो । फर्किदैँ गर्दा अचानक इन्द्रको आवाज आयो जुन सिमरनको लागि अकल्पनीय थियो ‘आई लव यु सिमरन’ । सिमरन तुरुन्त बोलिन् ‘आई डन्ट नो’ दुवै चुप लागे केही वेर, अनि सामान्य कुराकानीको सुरुवात गरे इन्द्रले, ‘मलाई गलत नसम्झनु तर किन–किन तिम्रो याद मात्र आइराख्छ सदा–सदा । तिम्रो यादमा जलेर म कति पनि बस्न सक्दिनँ, तिम्रो घरसम्म आएँ, तिमीबाट टाढा एकछिन पनि बस्न नसकेर । तर अन्यथा नठान सिमु ।’ सिमु शब्दले सिमरन भावुकमाथि भावुक भई । आज राजारानी जाने र भोलिमात्र धरान फर्किने सल्लाहमा सिमरनले केही अस्वीकारोक्ती व्यक्त गरिन् तर इन्द्रको जवरजस्तीलाई टार्न असफल रहिन् । राजारानीको दृष्यावलोकन पछि भोलिपल्ट साँझ भेँडेटारसम्म फर्किए बास बस्न । भेँडेटारको एक होटल बुक गरे । बेलुका खाना अघि एक–एक विएर खाए । खानापछि अर्को एक–एक अनि सेयरमा एक । पुरै पुग्यो सिमरनलाई, तर इन्द्रको प्यास मेटिन बाँकी नै रह्यो । बिहानै ब्यूँझिए दुवै, सिमरनले होस सम्हाली तर उनी थिइन् इन्द्रको बाहुपासमा । अकल्पनीय वास्तविकता । इन्द्रले बिएर खाएर बाँकिरहेको प्यास पनि मेटेको थियो । सम्पूर्ण आफू गुमाएर उनी कुनै संसारमा थिइन्, सायदै । मलमासको अन्त्य भएको थियो गत रातै ।

राजस्व सङ्कलनमा दोब्बर वृद्धि

विराटनगर, माघ ६ । मोरङमा चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजस्व सङ्कलन भएको छ । गत आवको सुरुको ६ महिनामा रु सात अर्ब १५ करोड ८४ लाख राजस्व सङ्कलन भएकामा चालु आवको पुस मसान्तसम्ममा रु १४ अर्ब ४५ करोड ३४ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख किशोर बरालले जानकारी दिए । सबैभन्दा बढी आन्तरिक राजस्व कार्यालयले रु आठ अर्ब ८१ करोड ६५ लाख तथा विराटनगर भन्सार कार्यालयले र.पाँच अर्ब १२ करोड ६० राजस्व संकलन गरेको छ । मालपोत कार्यालय विराटनगरले रु १४ करोड ७२ लाख, मालपोत कार्यालय, बेलबारीले रु सात करोड ५२ लाख र जिल्ला प्रशासन कार्यालयले रु तीन करोड ८१ लाख राजस्व सङ्कलन गरेको छ । जिल्लामा विकास निर्माणको काम सुस्त देखिएको छ । सरकारले पुँजीगत शीर्षकमार्फत विनियोजन गरेको बजेटमध्येबाट चालु आवको ६ महिनामा १७ प्रतिशत मात्र खर्च भएको छ । चालु आवका लागि पुँजीगततर्फ रु तीन अर्ब ८४ करोड १७ लाख रकम विनियोजन गरेकामा ६ महिनामा मात्र रु ६४ करोड ४९ लाख अर्थात् १७ प्रतिशतमात्र खर्च भएको बरालले बताए । त्यसैगरी चालु शीर्षकतर्फ रु आठ अर्ब ३५ करोड ५२ लाख रकम विनियोजन गरिएकामा चालु आवको ६ महिनाको अवधिमा रु तीन अर्ब ५१ करोड ८१ लाख अर्थात ४२ प्रतिशत खर्च भएको छ । एकसय एकवटा निजामती कार्यालय रहेको जिल्लामा रु एक अर्ब २५ करोड ६४ लाख बेरुजु फछ्र्र्याैट हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।

देशव्यापी लक्ष्यसहित प्रिपेडमा पनि फोरजी चल्ने

काठमाडौँ, माघ ५ । नेपाल टेलिकमले यही माघ २२ गतेदेखि जिएसएम प्रिपेड मोबाइलमा पनि चौथो पुस्ता अर्थात फोरजी सेवा संचालन गर्ने भएको छ । हालसम्म पोष्पेडमा मात्रै फोरजी संचालन गरेको टेलिकमले यहि माघ २२ बाट प्रिपेड मोबाइलमा वनि यो सेवा विस्तार गर्ने जनाएको छ । पुस १७ देखि शुरु गरिएको फोर–जी सेवा करिब १५ दिनमै ४१ हजार सेवाग्राहीले लिइसकेको र सेवा लोकप्रिय बन्दै गएको बताइएको छ। कम्पनीले यसका लागि काठमाडौंका ३ सय ८ र पोखराका ७९ ओटा बिटिएस टावरहरुको स्तरोन्नती गरेको थियो । ३९ करोडको लगानीमा काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सुचारु गरेको थियो । त्यस्तै टेलिकमलाई व्यवस्थापिका संसदको विकास समितिले ८ महिनाभित्र देशैभर फोरजी पुर्‍याऊन निर्देशन दिएको छ ।