‘लकडाउन’काे चौथो दिन पनि सुनसान काठमाडौं (फोटो फिचर)
काठमाडौंः महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको ‘लकडाउन’ काे चौथो दिन पनि काठमाडौं उपत्यका सुनसान बन्यो ।
हरेका चोकमा सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका देखिन्थे । सुरक्षाकर्मीले ‘लकडाउन’ को अवज्ञा गर्दै हिँड्नेलाई नियन्त्रणमा लिएका देखिन्थे ।
अत्यावश्यकीय सामग्री बोकेका गाडीहरु भने छिटफुटरुपमा आज पनि चले । तस्बिरः गोरखापत्र अनलाइन
१०७९ शिक्षक करारमा नियुक्त (सूचीसहित)
काठमाडौंः शिक्षक सेवा आयोगले २१ जिल्लाका १ हजार ७९ प्राथमिक शिक्षकलाई करारमा नियुक्त गरेको छ । आयोगले बारा, सिरहा, सप्तरी कपिलवस्तु, डडेल्धुरा, नवलपरासी, महोत्तरी, सुनसरी, रौतहट, अर्घाखाँची, ललितपुर, जुम्ला, बाँके, झापा, रोल्पा, कञ्चनपुर, नुवाकोट, मोरङ, मनाङ र चितवन जिल्लाको करार शिक्षकको सूची सार्वजनिक गरेको हो । उनीहरू शिक्षक सेवा आयोगको परीक्षामा अनुर्त्तीण भएका उम्मेदवार रहेको जनाएको छ । नामावली हेर्न यहाँ क्लिक गर्नुस्
लोकसेवाले माग्यो १०९६ अधिकृत (सूचनासहित)
काठमाडौंः लोकसेवा आयोगले निजामती सेवाको शाखा अधिकृत वा सो सरह पदका लागि बुधवार एक हजार ९६ पद माग गरेको छ । निजामती सेवाका विभिन्न सेवा समूहअन्तर्गत खुलातर्फ ४१९, बढुवा (कार्य सम्पादन मूल्याङ्कन र कार्यक्षमता) तर्फ ३२८, आन्तरिक प्रतियोगितातर्फ तीन,महिलातर्फ ३४९,आदिवासी जनजातीतर्फ ९१, मधेशीतर्फ ८१, दलिततर्फ ३१, अपाङ्गतर्फ १७ र पिछडिएको क्षेत्रका लागि १५ पदका लागि आयोगले विज्ञापन गरेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुस् प्रशासन सेवाअन्र्तगत सामान्य प्रशासन समूहका लागि ५६० पद माग गरिएकोमा बढुवामा १६८ रहेको छ । यस अन्तरगत खुलामा २१६, महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेशीमा ३९, दलितमा १५, अपाङ्गमा ९ र पिछडिएको क्षेत्रमा सात रहेको छ । यसैगरी प्रशासन सेवा राजस्व समूहअन्र्तगत ६९ पद माग गरिएकोमा बढुवातर्फ २० रहेको छ । यसको खुलातर्फ २७, महिलातर्फ ८, आदिवासी जनजाती पाँच, मधेशी पाँच,दलित दुई, अपाङ्ग एक र पिछडिएको क्षेत्रका लागि एक पद माग गरिएको छ । प्रशासन सेवा लेखा समूह अन्तरगत ३० पद माग गरिएकोमा बढुवातर्फ नौ रहेको छ । यसको खुलातर्फ १२, महिला तीन, आदिवासी जनजाती दुई, मधेशी दुई, दलित एक र पिछडिएको क्षेत्र एक रहेको छ । लेखापरीक्षण सेवा अन्तरगत ४२ पद माग गरिएकोमा बढुवातर्फ १३ रहेको छ । यसको खुलातर्फ १६, महिला चार, आदिवासी जनजाती चार,मधेशी तीन, दलित एक र पिछडिएको क्षेत्रमा एक पदमा गरिएको छ । यसैगरी परराष्ट्र सेवाअन्र्तगत चार पद माग गरिएकोमा बढुवातर्फ एक रहेको छ । परराष्ट्रको खुलातर्फ दुई र महिलाका लागि एक पद माग गरिएको छ । न्याय सेवाको न्याय समूहतर्फ २९० पद माग गरिएकोमा बढुवातर्फ ८५ रहेको छ । यसको खुलातर्फ १०९, महिला २९, आदिवासी जनजाती २४, मधेशी २४, दलित दश, अपाङ्ग पाँच र पिछडिएको चार पद रहेका छन् । न्याय सेवा कानुन समूहतर्फ ४९ पद माग गरिएकोमा बढुवातर्फ १५ रहेको छ । यसको खुलातर्फ १९, महिला पाँच, आदिवासी जनजाती चार, मधेशी चार, दलित एक, अपाङ्ग एक रहेका छन् । न्याय सेवा सरकारी समूहतर्फ २४ पद माग गरिएकोमा बढुवातर्फ आठ रहेको छ । यसको खुलातर्फ आठ, महिला तीन,आदिवासी जनजाती दुई, मधेशी दुई र पिछडिएको एक रहेका छन् । व्यवस्थापिका संसदतर्फ २८ पद माग गरिएकोमा बढुवातर्फ छ र आन्तरिक प्रतियोगितातर्फ तीन रहेका छ । यसको खुलातर्फ दश, महिला तीन, आदिवासी जनजाती दुई, मधेशी दुई, दलित एक, अपाङ्ग एक रहेका छन । लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले आयोगको बार्षिक कार्यतालिकाअनुसार विज्ञापन गरिएको जानकारी दिए । गत वर्ष समायोजनका कारण प्रशासनतर्फ विज्ञापन नभएकोमा यस वर्ष उल्लेख्य सङ्ख्यामा माग भएको बताए ।
टिपरको ठक्करबाट भारतमा पूर्व नेपाल प्रहरीको मृत्यु
दैलेखः भारतको गुजरातमा टिपरले टक्कर दिँदा एक नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा दैलेखको दुल्लु नगरपालिका–१० गमौडीका महेन्द्र खत्री रहेका उनका आफन्त सूर्यबहादुर थापाले बताए । थापाका अनुसार सडकमा हिँडिरहेका बेलामा पछाडिबाट आएको टिपरले ठक्कर दिँएर घटनास्थलमा नै खत्रीको शनिबार मृत्यु भएको बताए । उनी पूर्व नेपाल पुलिस रहेको र कामको सिलसिलामा केही महिना अगाडि मात्र भारत गएका थिए ।
सातै प्रदेशमा अपाचे आरटिआर १६० २V ‘रेस इदिसन दबल दिस्क’ सार्वजनिक
काठमाडौंः जगदम्बा मोटर्स प्रा.लि.ले नेपालमा आधिकारिक रुपमा बिक्रीवितरण गर्दै आएको टु ह्वीलर मोटरसाईकल टिभिएस अपाचे सिरिज मुख्य प्रायोजक रहेको टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन–२ ले सातवटै प्रदेशमा कार्यक्रम सम्पन्न गरेको छ । देशलाई सँगीतको माध्यमबाट जोड्ने प्रयासका साथ गत कार्तिक २० गतेदेखि शुरु गरिएको यो कार्यक्रम यही मंसिर ४ गते सम्पन्न भएको हो । भिजिट नेपाल २०२० लाई लक्षित गरी यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमालको साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, रवि ओड लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । सोही टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन–२ को साँगीतिक माहौल बीच युवा वर्ग माझ अत्यन्त कौतुहल रहेको टिभिएस अपाचे आरटिआर १६०२ख् रेस इदिसन दबल दिस्कको पनि सातवटै प्रदेशमा कार्यक्रममा सहभागी कलाकारद्धारा सार्वजनिक गरिएको थियो । टिभिएस मोटर कम्पनीको लोकप्रिय टिभिएस अपाचे सिरिज अन्तर्गत रहेको अपाचे आरटिआर १६० २V रेस इदिसन दबल दिस्कको मुख्य आकर्षण डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङ ग्राफिक, न्यू थ्रिडि हर्स लोगो ओभरस्क्वायर इन्जिन र डिजिटल डिस्प्ले हुन् । साथै यसको इन्जिन एयर कूल्ड छ र इलेक्ट्रिक÷किक स्टार्ट गर्न सकिने विशेषतायुक्त छ । यसैगरी ग्राउण्ड क्लिरेन्स १६५ मिमि रहेको यो अपाचे आरटिआर यो बाइक हाँक्दा थप आनन्दको अनुभूति प्राप्त हुनेछ । टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन–२ को साँगीतिक वातावरणमा झुम्न भेला भएका दर्शकहरुका सामू अपाचे आरटिआर १६०२ ख रेस इदिसन दबल दिस्क मोटरसाईकल सार्वजनिक गर्न पाउनु एक विशेष अवसर भएको बताउँदै जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष श्री दीपक अग्रवालले भन्नु भयो नेपाली गीत संगीत र अन्य रमाइलो कार्यक्रमहरुको मज्जा उठाउन आएका दर्शकहरुले हाम्रो नयाँ मोटरसाईकल प्रति जुन उत्सुकता व्यक्त गर्नु भएको छ, र देशका उत्कृष्ट कलाकारहरु द्धारा अपाचे आरटिआर १६०२ख रेस इदिसन दबल दिस्कसार्वजनिक गर्ने अवसर प्राप्त भयो । त्यसबाट हामी सातवटै प्रदेशमा उत्साहित भएका छौं । हामीलाई विश्वास भएको छ कि सप्तरङ्ग सिजन २ कार्यक्रम जसरी सफलता पूर्वक सम्पन्न भएको छ, त्यसरी नै अपाचे आरटिआर सिरिजले पनि एक नयाँ रेकर्ड कायम गर्नेछ । आजका युवा पुस्ताहरुको रुचीलाई मध्यनजर राखेर निर्माण गरिएको यो अत्याधुनिक मोटर साइकलमा सवार गरेर युवाहरु थप रोमाञ्चित हुने छन् । १ नं प्रदेशको विर्तामोडबाट आरम्भ भएको यो कार्यक्रम वीरगन्ज, चितवन, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, हुँदै अन्तिममा ४ नं प्रदेशको पोखरामा आई समाप्त भएको थियो ।
‘छ माया छपक्कै’ अब डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा
काठमाडौंः वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ अब डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे)लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा मंसिर १३ गते देखि प्रदर्शन हुने छ । डिस होमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुुविधा उपलब्ध गराईरहेको छ । पे पर भ्यु सुुविधा अन्तर्गत संचालन भईरहेको सिनेमा घर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ । हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर,डिस होमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिस होम बिक्रेता संग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ । आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ कात्र्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो । चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँ दिन मनाउने तयारीमा रहेको छ ।
नेपालको लिम्पियाधुरा समेटेर भारतद्वारा दोस्रो पटक नक्सा सार्वजनिक
काठमाडौंः भारतले नेपालको लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर दोस्रो पटक आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोध सुरु भएको छ । यसअघि सार्वजनिक गरेको नक्सामा रहेको काली नदी शब्द मेटेर उसले त्यही नक्सा सार्वजनिक गरेको हो । नदीको नाम नै मेटेर भारतले त्यो भूभागमा नेपालको कुनै क्षेत्रको नाम नराखी सार्वजनिक गरेको छ । भारतद्वारा सार्वजनिक नक्साप्रति नेपालका नागरिक अगुवाहरूले विरोध गरेका छन् । सन् १८१६ मा भएको सुगौली सन्धिको धारा ५ अनुसार काली नदी नेपाल र भारतको सिमाना हो । जसअनुसार नदीवारि पर्ने नावी, गुञ्जी र गब्रयाङ गाउँ नेपालमा पर्छ । सुगौली सन्धिपश्चात् भारतस्थित ब्रिटिस अफिसर जे आदमले नेपालस्थित ब्रिटिस रेजिडेन्ट एवं तत्कालीन अधिकारी एडवार्ड गार्डनरलाई सन् १८१७ फेबु्रअरी ४ मा एक पत्र लेखे । तत्कालीन कुमाउ प्रान्त ब्रिटिस इन्डिया मातहतको नभई नेपालको भएको पत्रमा उल्लेख छ । त्यस पत्रमा सुगौली सन्धिअनुसार काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्नाअन्तर्गतको त्यो ठाउँ नेपाल सरकारका अधिकारीहरूलाई सुपुर्द गरिदिनू भन्ने उल्लेख छ । सन् १८१७ मार्च २२ मा उही जे आदमले ब्रिटिस इन्डियाका तर्फबाट तत्कालीन कुमाउका कार्यवाहक कमिस्नर जी डब्लू ट्रललाई लेखेको पत्रमा पनि त्यही तथ्य रहेको विज्ञहरू बताउँछन् । पत्रमा काली नदीको पूर्वमा अवस्थित प्रगन्ना व्यासका गाउँ र त्यहाँका भोटिया जमिनदारहरूलाई नेपाल मातहत रहेर काम गर्न भनिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
२ करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ
काठमाडौंः काठमाडौं महानगरपालिका–३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । उनीहरुलाई कानूनअनुसार कारवाही गरिने बताइएको छ ।
राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान
नारायण ढुङ्गानाः राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिनुभएको थियो । नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उनको मुद्रा खुसी देखिन्थ्यो । आज स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनको बिदाइ स्वरुप आयोजना गरिएको मौलिक नृत्यमा उनी केही बेर टक्क अडिए । नृत्य अवलोकनका समय उनको मुहारमा मन्द मुस्कान झल्किएको थियो । उनका सामु कलाकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कौरा, थारु नाच, सुर्खेती झ्याउरे, साकेला, तराईको झिंझिया, काठमाडौँको नेवारी र कर्णालीको हुड्केली नाच प्रस्तुत गरेका थिए । त्यसो त नेपाली मौलिक पोशाकमा सजिएर उनको बिदाइमा लामबद्ध विद्यार्थी र बालबालिकासँग औधी रमाउँदै उहाँले केही बेर भलाकुसारीसमेत गरे । बालबालिकाले चिनियाँ भाषाको प्रयोग गरेर नेपाल भ्रमण गर्नुभएकोमा यहाँलाई धेरैधेरै धन्यवाद भन्दै भेट्न पाएकोमा खुसी व्यक्त गर्दा र बिदाइको हात हल्लाउँदा चिनियाँ भाषामै उेनले बालबालिकालाई धन्यवाद फर्काएका थिए । विमानस्थलको विशिष्ट कक्षमा बालबालिका र विद्यार्थीले नेपाली र चिनियाँ झण्डा फहराएर शनिबार उनको स्वागत र आइतबार बिदाइ गरेका थिए । स्वागतका क्रममा बालबालिकासँग निक्कै खुसी देखिएका राष्ट्रपति सी बिदाइका क्रममा नेपालको सातै प्रदेशको पहिचान झल्कने मौलिक पोशाक लगाएर कलाकारले प्रस्तुत गरेको नृत्यमा भरपुर मनोरञ्जन लिए । एक जना बालिका भिन्तुना श्रेष्ठ चीनका राष्ट्रपति सीलाई नजिकबाट देख्न र आफ्नो मौलिक पहिचान देखाउन पाउँदा निक्कै खुसी लागेको प्रतिक्रिया दिए । सीको शारीरिक हाउभाउले नै नेपालीको न्यानो स्वागत र मौलिक नृत्यबाट प्रभावित भएको प्रष्टिन्थ्यो । त्यसो त शनिबारको रात्रीभोजका क्रममा उनले नेपालीको सामाजिक सद्भाव देख्दा हर्षित भएको प्रतिक्रिया दिए । त्यसो त दुईदिने भ्रमणका क्रममा आउँदा र जाँदा नै विमानस्थलदेखि राष्ट्रपति भवन र निवास होटल सोल्टीको सडकसम्मै सजाइएको दृष्यले उनलाई प्रफुल्लित बनाएको विश्वास गर्न सकिन्छ । राष्ट्रपति सीले विमानस्थलमा प्रवेश गर्नुअघि विशिष्ट कक्षको अन्तिम द्वारमा पुगेपछि पुनः फर्किएर हात हल्लाउँदै सबैलाई अभिभावदन गर्दा विशिष्ट कक्ष बिदाइका स्वरले गुञ्जिएको थियो । सो क्रममा कलाकार र बालबालिकाले पुष्पगुच्छा र दुवै देशको झण्डा फहराएर बाईबाई गरेका थिए । आज राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेर बिदाइ गरेकी थिइन् । यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलेले बिदाइ गरेका थिए । चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारी र सरकारी अधिकारीको उपस्थिति थियो । उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी तथा सम्मान गारत प्रदान गरेको थियो । भ्रमणका क्रममा सर्वसाधारण, सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले उहाँलाई सडकमै बसेर स्वागत गरेका थिए । उनको स्वागत तथा सम्मानका लागि काठमाडौँका विभिन्न क्षेत्र चिटिक्क पारिएको थियो । शनिबार अपराह्न ४ः४५ बजे विमानस्थल टेक्नुभएका सीले झण्डै २२ घण्टा नेपालमा रही आज अपराह्न २४४ मा स्वदेश फर्किए । उनको बिदाइ र स्वागतमा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो । कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बबरमहल, नयाँबानेश्वर, तीनकुने र विमानस्थलद्वारसम्म उहाँको बिदाइका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे । राष्ट्रपति सीलाई स्वागतका लागि स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो । ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’, लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुभएको थियो । चिनियाँ विशिष्ट पाहुनाको स्वागतमा राष्ट्रपति भण्डारीले शनिबार आयोजना गर्नुभएको राजकीय भोजमा सरिक हुँदै सीले दुई देशको मित्रता अझै प्रगाढ बनेर जाने प्रतिबद्धता जनाए । राष्ट्रपति भण्डारीले पनि दुई देशको सम्बन्ध सगरमाथा जस्तै उच्च र सागर जस्तै गहिरो रहेको भन्दै भ्रमणले सम्बन्धमा अझै उचाइमा थपेको उल्लेख गरेकी थिइन् । भ्रमणका क्रममा आज सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षरसमेत भएको छ । यसअघि उनले बिहान नेपाल कम्युष्निट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । यस्तै अन्य नेताहरुसँग भेटघाट गरी दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न आग्रह गरेका थिए । शनिबार साँझ उनले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । रासस
मेलिना र बिकुको आवाजमा ‘लिङ्गे पिङ’ बजारमा (भिडियोसहित)
काठमाडौंः एकपछि अर्को उत्कृष्ट गीत बजारमा ल्याइरहेकी लोकप्रिय गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएकाे छ । उनी र बिकु क्षेत्रीको आवाजमा रहेको ‘लिङ्गे पिङ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक आज सार्वजनिक गरिएको हो । उनीहरुको यो गीतमा राजनराज सिवाकोटीको संगीत, नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । यस्तै गीतको भिडियोमा नेपाल आइडल रवि ओड, रञ्जित पौडेल, दीपा दामानाको मोडलिङ, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको कलर–सम्पादन रहेको छ । भिडियोलाई राजेन्द्र कटालले कोरियोग्राफी र सुरेन्द्र बासेलले निर्देशन गरेका हुन् ।
केयुकेएलद्वारा पानी वितरणको तालिकामा फेरबदल, अब काठमाडौँमा यसरी आउनेछ खानेपानी
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा ५-६ दिन बिराएर वितरण हुने पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । बाग्मतीमा पानीको बहाव बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बन्दै गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ । केयुकेएलले महाँकाल, महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा जम्मा भएको पानी २ दिन बिराएर वितरण गर्न थालेको हो । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा केयुकेएलले काठमाडौँका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ । वर्षातको समयमा बाग्मतीमा पानीको बहाव बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको केयुकेएलका कम्पनी सचिव मिलन शाक्यले जानकारी दिए । पुरानै वितरण लाइनबाट पानीको आपूर्ति भइरहेको कम्पनी सचिव शाक्यले बताए । पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले नजिकका केयुकेएलका शाखा कार्यालयहरुमा खबर गर्न समेत केयुकेएलले सबैलाई आग्रह गरेको छ । ‘यसपालीको वर्षातमा बाग्मतीमा पानी बढेकाले उक्त पानीलाई प्रशोधन गरी वितरण गरिएको हो ।’ कम्पनी सचिव शाक्यले भने, ‘५-६ दिन बिराएर वितरण गर्दै आईरहेको पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । वर्षात्का कारण काठमाडौँका मुख्य ठाउँहरुमा अहिले पानीको समस्या कम हुँदै जान थालेको र प्रत्येकको घरमा पानीको आपूर्ति सहज भइरहेको छ ।’ केयुकेएलका अनुसार महाँकालचौर स्थित पानी ट्यांकीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ । महाँकालचौर शाखाको पानी अहिले चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आईरहेको छ । शाखा प्रमुख उमेश मरहट्टाले महांकालचौरबाट ९० हजार धाराहरुमा पानी वितरण हुँदै आएको जानकारी दिए । त्यसैगरी महाराजगञ्जस्थित पानी ट्यांकीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको शाखा प्रमुख रमेश के.सीले जानकारी दिए । महाराजगञ्ज शाखाबाट चक्रपथ महाराजगञ्ज, लाजिम्पाट, गैरीधारा, कपुरधारा, रानीबारी, सामाखुसी र असनमा पानी हुने गर्दछ । यस क्षेत्रका ८ हजार धारामा पानी वितरण गरिंदै आएको शाखा प्रमुख के.सीले बताए । केयुकेएलका अनुसार नयाँ बानेश्वरको मीनभवन स्थित पानी ट्यांकीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ । मीनभवन शाखाबाट नयाँ बानेश्वर, तीनकुने, शंखमुल बुद्धनगर, थापागाउँ र मध्य बानेश्वर क्षेत्रमा पानी वितरण हुँदै आईरहेको छ । यस क्षेत्रमा करिब १० हजार धारामा पानी आईरहेको शाखा प्रमुख नारायण कर्णले जानकारी दिए ।
यस्तो बन्नेछ प्रधानमन्त्री ओलीले शिलान्यास गरेको संघीय संसद भवन
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संघीय संसद भवनको शिलान्यास गरेका छन् । सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो । १ सय ७३ रोपनी क्षेत्रमा फैलने भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ । दुई मुख्य हलसँगै संघीय संसद सचिवालय, दलका कार्यालय, संसदीय समिति समेत भवनमा रहनेछ । हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १५ करोड भाडा तिर्ने गरेको छ । संघीय संसद सचिवालय भने सिंहदरबारमा रहेको छ । सिंहदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन सार्क सम्मेलनका बेला मर्मत सम्भार गरिए पनि भूकम्पपछि जीर्ण अवस्थामा छ । नयाँ भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको तयारी छ । भवन निर्माण सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले अगाडि बढाएको हो । मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ ।
१४१ दिनपछि शनिको चाल परिवर्तन, साढेसातीलाई राहत, यी राशिको भाग्य चम्किने
एभरेष्ट डेस्क: ज्योतिषशास्त्रमा शनि ग्रहको विशेष महत्व छ । राशिमा शनिको उपस्थितिले राम्रो र नराम्रो दुबै फल दिने गर्दछ भनेर विश्वास गरिएको छ । आजका दिनदेखि शनिले आफ्नो चाल परिवर्तन गर्दैछन् । आजदेखि उनी बक्रीबाट सिधामार्गी हुनेछन् । मार्गी हुँदा शनिको साढेसाती, अढैया र शनिबाट पीडित व्यक्तिहरुले राहत पाउने छन् । १४१ दिनपछि आज दिउँसो दुई बजेर ३३ मिनेटमा शनि सिधा बाटोमा हिँडनेछन् । शनि आगामी २४ जनवरी २०२० सम्म यसरी नै मार्गी रहनेछन् । ध्रमग्रन्थमा शनिलाई क्रूरका साथै न्यायको देवता मानिन्छ । शनिदेवले मनुष्यको कर्मका आधारमा उसलाई फल प्रदान गर्दछन् । अहिले शनि धनु राशिमा गोचर गरिहेका छन् तर आजदेदि उनी धनु राशिमा नै बक्रिबाट मार्गी हुनेछन् । यसपछि उनी मकर राशीमा प्रवेश गर्नेछन् । धनु राशिको स्वामि भने गुरु बृहष्पति हुन । धनु राशिमा शनिसँगै केतु पनि रहनेछन् । शनि मकर र कुम्भ राशिका स्वामि हुन भने तुला राशिमा उच्च र मेष राशिमा नीच हुने गर्दछन् । शनिको यो चाल परिवर्तनले के फाइदा होला त ? मेष शनि तपाईको राशिको नवौं भावमा मार्गी भइरहेका छन् । यसबाट मेष राशिलाई विशेष आर्थिक लाभ हुनेछ । वृष यो राशिको जातकका लागि शनि आठौं भावमा मार्गी हुनेछन् । यो अवस्थाले कष्टहरुबाट छुटकारा पाइनेछ । मिथुन यो राशिका जातकको सातौ भावमा शनि मार्गी हुने भएकोले सहयोगीसँको सम्बन्ध राम्रो रहनेछन् । कर्क शनि छैठौं भावमा मार्गी हुने हुँदा कोर्ट कचहरीमा लाभ पाइनेछ । विदेश जाने योग बन्ने छ । सिंह शनि पाँचौ भागमा मार्गी हुने हुँदा सन्तान सुख पाइनेछ । जागिर परिवर्तन हुने योग बन्न सक्छ । कन्या शनि चौथो भावमा मार्गी हुँदा भूमि, भवन, बाहन मिल्ने योग बन्ने छ । तुला शनि तेश्रो भावमा मार्गी हुँदा साहसमा बृद्धि र यात्राको योग बन्ने छ । वृश्चिक वृश्चिक राशिका जातकमा साढेसातीको प्रभाव छ । यो राशीमा शनि दोश्रो भावमा रहने छन् । यसबाट पैत्रिक सम्पत्तिमा लाभ हुने छ । धनुः धनु राशिका जातकमा पनि साढे सातीको प्रभावि छ । शनिदेव धनु राशिका जातकको लग्नमा रहने छन् जसबाट स्वास्थ्य लाभ राम्रो रहनेछ । मकरः शनि १२ औं भावमा मार्गी रहनेछन् । मकर राशिका जातकमा पनि साढे सातीको प्रभाव छ । विदेश जाने योग बन्न सक्छ । कुम्भ शनि ११ औं भावमा हुँदा लाभको योगका साथै नयाँ अवसर पाइनेछन् । मीन शनि या राशिको १० औं भावमा रहनेछन् । जसबाट कार्यक्षेत्रमा ख्याती पाइन सक्छ ।
छविविरुद्ध उजुरी हालेकी अभिनेत्री शिल्पा पोखरेल बारे आयो फेरि यस्तो अचम्मको खबर
काठमाडौं । आफ्नै श्रीमान् छविविरुद्ध उजुरी गर्न प्रहरीमा पुगेकी अभिनेत्री शिल्पा पोखरेल प्रहरीले खोजी गरेपछि पुनः छविसँगै बस्न थालेकी छिन् । उनीहरु दुवै जनासँगै बस्न थालेका छन् । प्रहरीले बहुविवाहको उजुरीमा उनीहरु दुवैलाई खोजी रहेको थियो । शिल्पाले छविबाट असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिए पछि विभिन्न किसिमका टिका टिप्पणीसँगै उनीहरुले ठूलै चर्चा कमाएका थिए । अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि छविले शिल्पासँग विवाह गरेका थिए । २०७३ देखि वैवाहिक सम्बन्धमा बाधिएका शिल्पा छविको चौथो श्रीमती हुन् । उनीहरुको विवाह दर्ता २०७५ साल पुष ११ गते भएको हो । छविले शिल्पालाई चलचित्र “लज्जा” बाट डेब्यू गराएका हुन् । निर्माता छवि ओझाकी पहिलो पत्नी हेमा ओझा, दोस्रो अभिनेत्री गीताञ्जली सुनुवार, तेस्रो अभिनेत्री रेखा थापा र चौथो अभिनेत्री शिल्पा पोखरेल हुन् । विवाह गरेको केही समयपछि गीताञ्जलीले आत्महत्या गरेकी थिइन् । छविकी पहिलो पत्नीबाट दुई छोरा राजीव र महेश, दोस्रोबाट एक छोरा साकार छन् । साकार फिल्म क्षेत्रमै सक्रिय छन् । अभिनेत्री रेखा र शिल्पाबाट कुनै सन्तान भएको छैन । छविकी पहिलो पत्नीले शिल्पा र छवि दुवैलाई बहुविवाहको उजुरी दिएकी थिइन् । यो खबर रिपोर्टर्स नेपालबाट साभार गरिएको हो ।
यएईको पाँचौ विकेट पतन, पवनलाई पहिलो सफलता
काठमाडौंः श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले दिएको २८६ रनको लक्ष्य पछ्याउने यूएइले पाँचौ विकेट गुमाएको छ । यूएईले पाँचौ विकेटकारुपमा २४.३ ओभरमा अलिसान सरफुलाई २१ रनमा गुमाएको हो । उनलाई पवन सराफले आउट गर्न सफल भए । यसअघि नेपाललाई सागर ढकालले ३ र कमलसिंह ऐरीले एउटा सफलता दिलाइसकेका छन् । यो समाचार तयार पार्दासम्म यूएईले २५ ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको छ । यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६७, सन्दीप जोराले ४८, आशिफ शेखले ४६, राशिद खान ४४, कमलसिंह ऐरीले ४१, कुशल मल्लले २२ रन बनाए । बलिङमा यूएईका लागि सञ्चित शर्मा, आकाश ताहिरले ३–३ र कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीले एक विकेट लिए । समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्। यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आज नेपाली टिमको प्लेइङ ११ मा को–कोले पाए मौका? नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल, भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा र सूर्य तामाङ
नेपालमै अनौठो चलनः जहाँ दाउराको भारी दिएर विवाहको प्रस्ताव राखिन्छ
गोरखा । कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ। छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ। नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोको नाउँमा एक रुपैयाँ पनि कारोबार हुँदैन। उत्तरी गोरखाका गुरुङ समुदायको बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन्। दाउरा स्वीकार भए विवाह पनि स्वीकारेको अर्थ लाग्छ। केटीले जसको भारी हो बोकेर उसकै घरमा लगेर छाडिन् भने अस्वीकार गरेको बुझ्नुपर्ने हुन्छ । यस्तो प्रथा धार्चे गाउँपालिकाका लापुलगयात सातवटै वडाका गाउँबस्ती, बारपाक स्वाँरा, सौरपानी, घ्याच्चोकमा प्रचलित छ। समाचार अन्नपूर्ण पोस्ट दैनिकमा