वीरगन्ज महानगरको मतगणना स्थगित, बाहिर नाराबाजी
वीरगन्ज, असोज ९ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मतगणना स्थगित भएको छ ।
मतगणनामा बसेका प्रतिनिधिहरुबीच विवाद भएपछि गणना नै स्थगित गरिएको हो ।
वडा नम्बर १ को मतगणनाका क्रममा त्रुटि भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिहरुले पुनः मतगणना गर्न माग गरेका थिए ।
तर अन्य दलका प्रतिनिधिले नमानेपछि कांग्रेसका प्रतिनिधिले मतगणना बहिस्कार गरेपछि स्थगित गरिएको हो ।
कांग्रेसका प्रतिनिधिले बहिस्कार गरेपछि अन्य दलका उम्मेदवार तथा प्रतिनिधिहरुले मतगणनास्थल बाहिर मतगणना सुचारु गर्नुपर्ने माग गर्दै नाराबाजी गएका छन् ।
वीरगन्जमा संघीय समाजवादी फोरम र नेपाली कांग्रेसका उम्मेदवारबीच चर्को प्रतिस्पर्धा छ । कहिले कांग्रेस त कहिले समाजवादी फोरमका उम्मेदवारले अग्रता लिने गरेका छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले अग्रता लिएका छन् ।
उनले ११ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् । सरावगीलाई पछ्याइरहेका नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले ११ हजार ४ सय ७२ मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका राजपा नेपालका राजेशमान सिंहले ७ हजार ६ सय ३० मत प्राप्त गरेका छन् । उता, बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ ।
अहिलेसम्म एमालेले ८ हजार ३ सय ७९ प्राप्त गरेको छ भने कांग्रेसले ८ हजार २ सय ६० र संघीय समाजवादी फोरमले ७ हजार १ सय ७० मत पाएका छन् ।
‘द कपिल शर्मा शो’ बन्द हुने
काठमाडौं, भदौ १७ । सोनी च्यानलले अन्तत आफ्नो चर्चित कमेडि कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार च्यानलले ‘द कपिल शर्मा शो’ बन्द गर्ने निणर्य गर्दै उक्त समयमा अर्का कमेडियन कृष्णा अभिषेकको ‘द ड्रामा कम्पनी’ प्रशारण गर्न लागेको बताएको छ । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले अचानक चर्चित कमेडि कार्यक्रम बन्द गर्नुको कारण कपिल शर्माको स्वास्थ्यस्थिति उल्लेख गरेको छ । तर, भारतीय सन्चारमाध्यमहरुका अनुसार शो बन्द हुनुको कारण कपिल शर्माले सहकर्मी सुनिल गोब्ररसँग झगडा गर्नु र पछिल्लो समय भारतीय नायक अजय देबगन लगायतको टोलिले ‘शो’को छायाँकन बहिस्कार गर्नु रहेको उल्लेख गरेका छन् । यि दुबै घटनाले ‘द कपिल शर्मा शो’ले आफ्नो टीआरपीमा गुमाएपछि त्यसको सट्टामा सोनी च्यानलले कपिल शर्माकै प्रतिस्पर्धी कृष्णा अभिषेकको ‘द ड्रामा कम्पनी’ प्रशारण गर्न लागेको बताइएको छ । ‘द कपिल शर्मा शो’ का मुख्य कलाकार कपिल शर्माले अष्ट्रेलियाबाट भारत आउने क्रममा मदिरा पिएर हवाइजहाजभित्रै सुनिल ग्रोवर (डक्टर गुलाटी) माथि हातपात गरेपछि अन्य कलाकारले शो छोडेका थिए । उक्त घटनापछि एक्लै भएका कपिलले शोलाई अगाडी बढाउन निकै कोशिस गरेपनि दर्शकले मन पराउन छोडेको थिए । विस्तारै शो को लोकप्रियता घट्दै गैरहेको पछिल्लो समयमा नायक अजय देबगन आफ्नो टोलिसहित आफनो फिल्म बादशाहोको प्रमोशनका लागि शोमा भाग लिन गएका थिए । तर, कपिलकै कारण उनीहरुले शो बहिस्कार गरेपछि फेरि कपिल विवादमा परेका थिए । यसको असर दर्शकमा परेपछि शोको लोकप्रियतता एक्कासी घटेको र सोनि च्यानल आफ्नो लोकप्रिय कमेडि कार्यक्रम बन्द गर्न बाध्य भएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भ्रष्टहरुप्रति निर्मम बनौं, जनतासँग जोडिऔं : बादल
काठमाडौं, भदौ ९ । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले जनतासँग जोडिन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । माओवादी केन्द्रको ६ नम्बर प्रदेशको प्रशिक्षणमा बोल्दै नेता बादलले यस प्रदेशमा माओवादी शक्तिशाली भएका कारणले निर्वाचनमा माओवादी पहिलो हुने विश्वास व्यक्त गरेका छन् । नेता बादलले माओवादीको नेतृत्वमा प्रादेशिक सरकार बन्ने भन्दै उनले भने, ‘अब हामीले जनतासँग जोडिएर, भ्रष्टहरुप्रति निर्मम बनेर पार्टी बनाउनुको बिकल्प छैन। ’ संगठन र स्थानीय नेतृत्वमा माओवादी कमजोर भएका कारण माओवादी देशव्यापी रुपमा तेस्रो शक्ति बनेको उनले जिकिर गरे । त्यसैले अब जनतामाझ जानु अपरिहार्य भएको उनले बताए । नेता बादलले निर्वाचन पनि आफैमा आन्दोलन भएकाले यसलाई आन्दोलनको रुपमा बुझ्न र जनतासँग जोड्न जरुरी रहेको उनले बताए । ‘जहाँ नेता जनतासँग जोडिए, त्यहाँ परिणाम राम्रो आएको छ’ उनले भने, ‘रुकुम, रोल्पा, कालिकोट, हुम्ला, डोल्पाको परिणाम उत्साहजनक छ। त्यसले आधारभूत वर्गले माओवादी विचार र आन्दोलन छोडेका छैनन् भन्ने प्रमाणित गरेको छ।’ उनले थपे, ‘हामीले धर्ति छोड्नु हुँदैन, त्यसले मात्रै फेरि माओवादी आन्दोलन शक्तिशाली हुन्छ।
राखेप उपाध्यक्ष शेर्पा निलम्बित
काठमाडौं, भदौ ७ । राष्ट्रिय खेलकुट परिषद् (राखेप)का उपाध्यक्ष लामा टेण्डी शेर्पा निलम्बनमा परेका छन् । उपाध्यक्ष शेर्पालाई युवा तथा खेलकुद मन्त्रालयले निलम्बन गरेको हो । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले शेर्पालार्इ निलम्बन र बर्खास्तभन्दा पनि राखेपको उपाध्यक्षको हैसियतमा उनले वहन गर्दैै आएको जिम्मेवारीबाट अलग गरिएको बताए । ‘राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पालाई निलम्बन्भन्दा पनि अदालतमा विचाराधीन मुद्दाको फैसला नहुन्जेलसम्म काममा नलगाउने निर्णय गरिएको हो,’ मन्त्री केसीले भने । भन्सार विभागले शेर्पालाई राखेप उपाध्यक्षको हैसियतमा काम गर्न नदिन पत्राचार गरेकाले उनलाई जिम्मेवारीबाट हटाएको खेलकुदमन्त्रीले बताए । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले भने शेर्पालार्इ निलम्बन गरिएको विषयमा आफूले बाहिरी हल्ला सुने पनि आधिकारिक पत्र प्राप्त भइनसकेको बताए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।
राप्रपा फुट्नुमा केटीको दोष !
काठमाडौं, साउन २४ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राप्रविसंका महासचिव राज बस्नेतले राप्रपा फुट्नुमा केटीको पनि दोष रहेको बताएका छन्। बस्नेतले भनेको केटी कुनै स्त्री जाति नभएर कमल थापा हुन। कमल थापालाई आगामी दशक सम्मको निर्विकल्प अध्यक्ष मान्दा पनि उसले एकै पटक सबै निल्न खोज्दा सर्किएर यस्तो भएको हो पार्टीको फुटलाई इङ्गित गर्दै बस्नेतले भने। थापालाई कुनै कार्यकर्ताले पनि अध्यक्षको विकल्पका रूपमा हेरेका थिएनन तर कार्यशैली परिवर्तनको आवस्यकता औलाएका थिए। पार्टी फुट्नु आफैमा राम्रो हैन तर राजतन्त्रको नारा बोकेकै भरमा अहिलेको मान्छेले हुकुमी शासन नमान्ने कुरा अध्यक्षले बुझ्नु भएन र फलस्वरूप हुकुमीका विरूद्ध विस्फोटन हुन पुगेर नया पार्टीले जन्म लियो।साथै अध्यक्ष थापाले निती सहित नेतृत्व जित्दा पनि आफैले थापेको एम्बुसमा आफै फसेको भन्दै बस्नेतले भने”अध्यक्षले एकलौटी केन्द्रीय सदस्य मनोनित गरेर अरूका विरूद्ध एम्बुस थापेपनी मनोनित गरेकै केन्द्रीय सदस्य थापाको विरूद्ध पड्किए र आज यो स्थिती भयो”
आयोगका ३ पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोड कर छली आरोपमा मुद्दा दायर
अख्तियारको निर्णय कर फर्स्यौट आयोगका पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोडको भ्रष्टाचार मुद्दा दायर गर्ने काठमाडौं, असार २९ । अख्तियारले कर फर्स्यौट आयोगका ३ पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा बिगो माग दाबीसहित दर्ता गर्ने निर्णय गरेको छ । अख्तियारले तयार पारको आरोप पत्र केही बेरमा विशेष अदालतमा दर्ता गरिदै छ । आरोप पत्रमा कर फर्स्यौट आयोगका अध्यक्ष लुमध्वज महत, सदस्य सचिव र सदस्य उमेश ढकाल तथा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई विपक्षी बनाइएको छ । अख्तियारले कर फर्स्यौट आयोगका कुल १०७९ मध्ये करिब ५० वटा फाइल मात्रै हेरेको हो ।
बैतडीमा हावाहुरीले मकैबालीमा क्षति
बैतडी, असार २९ । लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पुर्याएको छ । केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पु¥याएको स्थानीय बासिन्दाले बताएका छन् । हावाहुरीले घोगा लाग्न लागेको मकैबाली भाँचेको किसानले बताएका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोट, वडा नं ६ धुलिधार लगायतका क्षेत्रमा मकैमा बढी क्षति पुगेको किसानले बताएका छन् । पत्थरकोटमा करिब ३० परिवारको मकैबाली नष्ट गरेको स्थानीय अमर कुँवरले जानकारी दिनुभयो । यस्तै, सुर्नया गाउँपालिका–८ मा हावाहुरीले मकैबालीमा क्षति पु¥याएको स्थानीय महेश साउदले जानकारी दिनुभयो । वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति पु¥याएपछि किसान भोकमरी हुने भन्दै चिन्तित बनेका छन् ।
यी हुन ७ नम्बर प्रदेशका माओवादी उम्मेदवारहरु (नामावलीसहित)
नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ७ मा सम्पूर्ण तहमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । ७ नम्बर प्रवेश निर्वाचन प्रचार प्रसार समितिका संयोग ओम विक्रम भाटले दिएको जानकारी अनुसार सबै नौ वटा जिल्लाका ८८ वटा स्थानीय तहको माओवादी उम्मेदवारहरुको नाम यस प्रकार छ । नेकपा माओवादी केन्द्र प्रदेश नं. ७ का सम्पूर्ण स्थानीय तहका प्रमुख र उपप्रमुखका उमेदवारहरुको नामावली निम्नानुसार रहेको छ । दार्चुला महाकाली नगरपालिका प्रमुख खड्क सिंह धामी उपप्रमुख निर्मला बडाल जोशी शैल्यशिखर नगरपालिका प्रमुख मोहन देव विष्ट उपप्रमुख लक्ष्मी लोहार मालिकार्जुन नगरपालिका प्रमुख कल्याण सिंह धामी उपप्रमुख लक्ष्मी वि.क. अपिहिमाल गाउँपालिका प्रमुख भगतसिंह ठेकरे उपप्रमुख दीलमाया लोथ्याल दुहुँ गाउँपालिका प्रमुख करण सिंह कार्की उपप्रमुख भगवती बडाल नौगाड गाउँपालिका प्रमुख दलजित सिंह धामी उपप्रमुख गायत्री रावल मार्मा गाउँपालिका प्रमुख जमन सिंह धामी उपप्रमुख बाग्मती ठगुन्ना लेकम गाउँपालिका प्रमुख रामदत्त जोशी उपप्रमुख हरिना जोशी व्यास गाउँपालिका प्रमुख उपेन्द्र सिंह कुँबर उपप्रमुख चन्द्रा कुँवर कंचनपुर भिमदत्त नगरपालिका मेयर गाेपाल रसायलि उपमेयर नारू सिंह वेदकाेट नगरपालिका मेयर मिनराज गिरि उपमेयर शान्ति शाहि भण्डारी शुक्लाफाटाँ नगरपालिका मेयर लोकेन्द्र एेरि उपमेयर कमला एेर कृष्णपुर नगरपालिका मेयर जाेगराम चौधरी उपमेयर शर्मिला थापा पुर्नवास नगरपालिका मेयर वीर बा. थापा उपमेयर सीता बिक बेलौरि नगरपालिका मेयर पाेतिलाल चौधरी उपमेयर राधा कंडेल महाकाली नगरपालिका मेयर ईन्द्र ब. रावत उपमेयर धनसरा नाथ बेलडाँडि गाउँपालिका प्रमुख नन्द किशाेर एसके उप प्रमुख कल्पना गिरि लालझाडि गाउँपालिका प्रमुख मदन वडायक उप प्रमुख सत्यादेवि महरा डडेल्धुरा अमरगढि नगरपालिका मेयर शाेभा भट्ट उपमेयर करूणाकर जाेशि परशुराम नगरपालिका मेयर शेर सिँह माल उपमेयर विमला महता अजयमेरू गाउँपालिका प्रमुख उमेश भट्ट उप प्रमुख कलावति भाण भागेश्वर गाउँपालिका प्रमुख अाेम प्रकाश सावँद उप प्रमुख वागमती टमटा गन्याधुरा गाउँपालिका प्रमुख ईश्वरी दत्त भण्डारी उप प्रमुख नारू देवी भट्ट नवदुर्गा गाउँपालिका प्रमुख धर्म विक उप प्रमुख हंसा कैनि कैलाली धनगढी उपमहानगरपालिका मेयर रामसमझ राना उपमेयर शान्ति देवी अधिकारी क्षेत्री गाेदावरि नगरपालिका मेयर गाेकर्ण भट्ट उपमेयर शाेभा नेपाली थारू गौरी गंगा नगरपालिका मेयर देवि कंडेल उपमेयर करूणा चौधरी घाेडाघाेडि नगरपालिका मेयर लक्ष्मण चौधरी उपमेयर ममता कठायत टिकापुर नगरपालिका मेयर ललित थापा उपमेयर अाशा चौधरी भजनि नगरपालिका मेयर शेर ब. चौधरी उपमेयर छायाँ देवकाेटा लम्कि चुहाँ नगरपालिका मेयर दल ब. विष्ट उपमेयर सावित्री कु.चाेधरि कैलारि गाउँपालिका प्रमुख लाजुराम चौधरी उप प्रमुख लक्ष्मी सतगौवा चौधरी चुरे गाउँपालिका प्रमुख कृष्ण बाेहरा उप प्रमुख ढिला देवी थापामगर जानकि गाउँपालिका प्रमुख फुलाराम चौधरी उप प्रमुख सावित्री भट्टराई जाेशिपुर गाउँपालिका प्रमुख भक्ता थारू उपप्रमुख इन्द्रा कुवँर वर्दगाेरिया गाउँपालिका प्रमुख गणेश गिरि उप प्रमुख भगवती डगौरा थारू माेहन्याल गाउँपालिका प्रमुख धर्म ब. थापा मगर उप प्रमुख जानकि भण्डारी डोटी दिपायल सिलगढी नगरपालिका मेयर:- प्रेम नेपाली उपमेयर:- तुलसी देवी साेप शिखर नगरपालिका मेयर:- रमेश प्रसाद जोशी उपमेयर:- नेत्रा साउंद बोहरा आदर्श गाउँपालिका मेयर:- भरत बोहरा उपमेयर:- संजा राेकाया केआईसिंह गाउँपालिका प्रमुख -: सिद्धराज भाट उपप्रमुख -: शारदा देवि लुहार जोरायल गाँउपालिका प्रमुख:- छवि वलि उपप्रमुख:- अनिता मल्ल देउवा पुर्वी चौकी गाउँपालिका प्रमुख:- यज्ञराज गिरि उपप्रमुख:- सुन्तली विक वडि केदार गाउँपालिका प्रमुख:- जंग वि.क. उपप्रमुख:- धनमाया भाट घर्ती बोगटान गाउँपालिका प्रमुख-: कमल गडशिला उपप्रमुख-: चन्द्रा भुल सायल गाँउपालिका प्रमुख-: वल बहादुर वलि उपप्रमुख-: रेखा मडै सावँद वैतडी दशरथ चन्द नगरपालिका मेयर :- खेमानन्द भट्ट उपमेयर :- कमला ठगुन्ना पाटन नगरपालिका मेयर :- शंकर भण्डारी उपमेयर :- गिता बिष्ट बोहरा पुर्चौडी नगरपालिका मेयर:- रणबहादुर कुंवर उपमेयर:- जयन्ती ऐर वम मेलौली नगरपालिका मेयर:- भिम बहादुर चन्द उपमेयर:- केतु चन्द डिलाशैनी गाउँपालिका प्रमुख:- लोकेन्द्र राना उपप्रमुख:- शुशिला बोहरा दोगडाकेदार गाउँपालिका प्रमुख:- तारासिंह कुंवर उपप्रमुख:- लक्ष्मी ओड पञ्चेश्वर गाउँपालिका प्रमुख:- रमेश चन्द उपप्रमुख:- मञ्जु चन्द शिवनाथ गाउँपालिका प्रमुख:- धनविर धनाडी उपप्रमुख:- गंगा दमाई सिगास गाउँपालिका प्रमुख:- वीर सिंह ऐर उपप्रमुख:- लक्ष्मी विक पाेखरेल सुर्नया गाउँपालिका प्रमुख:- नरि भाट उपप्रमुख:- गोमती अवस्थी अछाम रामाराेशन गाउँपालिका प्रमुख -:झंकर सावँद उप-प्रमुख -:सरस्वती रावल बान्निगडि गाउँपालिका प्रमुख -: कांग्रेस (तालमेल) उप-प्रमुख -: लोकेन्द्र सावँद मेल्लेख गाउँपालिका प्रमुख -: लाेक ब.बाेहरा उप-प्रमुख -: काङ्ग्रेस (तालमेल) साफेबगर नगरपालिका मेयर -: खगेन्द्र अाेड उपमेयर -: बैजन्ति कुँवर चौरपाटि गाउँपालकिका प्रमुख -: राम ब.थापा उप-प्रमुख -: राधिका सुनार बिनायक पंचदेवल नगरपालिका मेयर -: अक्कल रावल उपमेयर -:भावना रिमाल कमलबजार नगरपालिका मेयर -: रण ब. बिष्ट उपमेयर -: रक्षा एेडि बिष्ट तुर्माखाद गाउँपालका प्रमुख -: उदय बिष्ट उप-प्रमुख -: पवित्रा उपाध्याय ढकारि गाउँपालिका प्रमुख -: तुलाराम उपाध्याय उप-प्रमुख -: कमला रिमाल मंगलसेन नगरपालिका मेयर -: कांग्रेस (तालमेल) उपमेयर -: राेहिना भण्डारी बझाङ जयपृथ्वी नगरपालिका मेयर -: नरेन्द्र खड्का उपमेयर -: सरिता भण्डारी वुंगल नगरपालिका मेयर -: हरि कुंवर उपमेयर -: शारदा सिहँ कांडा गाउँपालिका प्रमुख -: सुरेन्द्र वाेहरा उप प्रमुख -: अहिले सम्म प्राप्त नभएकाे केदारस्यु गाउँपालिका प्रमुख -: प्रेम वाेहरा उप प्रमुख -:ललिता सावँद भण्डारी खप्तड छान्ना गाउँपालिका प्रमुख -: टाेप ब. खड्का उप प्रमुख -: जयन्ती जाेशि तलकाेट गाउँपालिका प्रमुख -: धन ब.धमेना उप प्रमुख -: सुर्जा विष्ट भलारा गाउँपालिका प्रमुख -: शेर ब. सावँद उप प्रमुख -: दुर्गा देवि खड्का दुर्गाथलि गाउँपालिका प्रमुख -: दिल ब.थापा उप प्रमुख -: शारदा विक मष्टा गाउँपालिका प्रमुख -: शिव वाेहरा उप प्रमुख -:थुक्कला धामि सुर्मा गाउँपालिका प्रमुख -: सुरेन्द्र वाेहरा उप प्रमुख -: अन्जना विक वीत्थडविर गाउँपालिका प्रमुख -: रमेश अधिकारी उप प्रमुख -:मिना कु बाेहरा बाजुरा त्रिवेणी नगरपालिका मेयर -: देवी चन्द्र बुढा उपमेयर -: तारा कु बढुवाल सावँद बढीमालिका नगरपालिका मेयर -: मान ब.विक उपमेयर -: दर्पणा थापा बुढिनन्दा नगरपालिका मेयर -: भरत ब.विक उपमेयर -: रामकला लुहार बुढिगंगा नगरपालिका मेयर -: दिनेशराज जैशि उपमेयर -: मना देवि जैशि सेरेदह गाउँपालिका प्रमुख -: दिपक कुमार डिसि उप-प्रमुख -: कम्पनी देवि नेपाली गौमुल गाउँपालिका प्रमुख -: गणेश राेकाया उप-प्रमुख -: जलु देवी राेकाया स्वामी कार्तिक गाउँपालिका प्रमुख -: रमेशराज विक उप-प्रमुख -: सुनजिरा राेकाया पाण्डपगुफा गाउँपालिका प्रमुख -: मनलाल खत्री उप-प्रमुख -: सुसिला विष्ट हिमालि गाउँपालिका प्रमुख -: मान ब. राेकाया उप-प्रमुख -: निर्मला विक
हामी जित्छौं र रोल्पा जिल्लामा जनसत्ता चलाउँछौ– पूर्ण केसी ‘करेन्ट’
माओवादी युद्दकालको चर्चित भूमि रोल्पा । कुनै बेला युद्दको रापले तातेको रोल्पा अहिले पनि चुनावको रन्कोमा छ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनको उत्साह चुलिँदै गएको बेला रोल्पा नगरपालिकाबाट माओवादी केन्द्रको प्रत्यासीका रुपमा पुर्ण बहादुर केसी ‘करेन्ट’ले उम्मेदवारी दिएका छन् । हिजोको रोल्पा र आजको रोल्पामा फरक छ र योसँगै चुनौती पनि चुलिएका छन् माओवादी उम्मेदवारका सामु । के छन् त माओवादीका चुनौती, के छ एजेण्डामा चुनाव लड्दैछन् उनीहरु, मेयरका उम्मेदवार ‘करेन्ट’सँग एभरेष्ट दैनिकका लागि पुष्पा महराले गरेको कुराकानीः उम्मेदवारी दर्ता पनि भइसक्यो, कस्तो छ रोल्पामा चुनावी माहौल ? चुनावी उत्साह राम्रो छ । गाउँ गाउँमा बेग्लै उत्सव छाएको छ । लामो समयपछि राजनीतिकरुपमा सक्रियता देखिएको छ । हामी पनि उत्साहित छौं । यो जनयुद्धकालिन आधार हो हाम्रो । त्यसैले हाम्रो जनधार बलियो छ । हिजोका दिनमा पनि हामी हरेक पल जनतासँगै हुन्थ्यौं, आज फेरि उनीहरुमाझ पुगेका छौं । परिस्थिति फरक भएपनि जनताले हामीलाई नै विश्वास गर्छन् । त्यसैले जनताको यस्तो उर्लंदो जनलहर देख्दा माओवादी केन्द्रको विजय निश्चित देखिन्छ । प्रतिपक्षको अवस्था कस्तो छ ? रोल्पामा प्रतिपक्षीका रुपमा नेपाली कांग्रेसको सामान्य उपस्थिति देखिन्छ । एमाले र अन्य दलको कुनै भूमिका र प्रभाव देखिन्न । नेपाली कांग्रेसको उपस्थिति देखिएपनि जिति नै हाल्छ भन्ने छैन । त्यसैले हामी नै हो मुख्य दल । पार्टी नेताहरुसँग सम्बन्ध भएका कारण करेन्टले उम्मेदवारी पाएको भन्ने चर्चा चलेको देखिन्छ, उम्मेदवारीमा विवाद भएकै हो ? यो अनावश्यकरुपमा सिर्जना गरिएको चर्चा हो । रोल्पा जिल्ला हाम्रो बलियो गढ हो । त्यसैले यहाँ हरेक कमरेडहरु उत्तिकै सक्रिय र सक्षम छन् । यो मध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषय पार्टीले टुंगो लगाउने विषय हो । कांग्रेस एमालेलगायतका केही विपक्षीहरुले केही एजेण्डा नपाएर यो हल्ला चलाएका हुन् । उम्मेदवारी दिनका लागि छलफल गरी यो कदम चालिएको हो । क. ध्रुव र क. ऋषिराम रोकाको रोहवरमा मलाई नै मेयरका लागि चयन गरिएको हो । सुवर्णावती गाउँपालिकामा निर्वाचनको माध्यमबाट उम्मेदवार छनौट गरियो । तर रोल्पा नगरपालिकामा भने लामो छलफलपश्चात मलाई मेयरको उम्मेदवार उठ्न पार्टीले जिम्मेवारी दिएको हो । कृष्ण बहादुर महरासँग मेरो नाता पर्छ । तर मेयरमा उम्मेदवार हुनुमा त्यो नाताले काम गरेको होइन । म लामो समयदेखि पार्टी र जनतासँग जोडिएको छु । मेरो योगदान, मेहनत र क्षमतालाई मूल्यांकन गरी उम्मेदवार बनाइएको हो । हिजो जनवादका सपना बाँडनुभयो, त्यो पुरा हुन सकेन । अहिले चाहिँ रोल्पा जिल्लालाई कस्तो बनाउने योजना छ तपाईहरुको ? त्यो एउटा परिस्थिति थियो । हामीले पूर्ण युद्द नजितेपनि अहिलेका सबै उपलब्धि त्यही संघर्षको जगमा प्राप्त भएका हुन । अहिले सिंहदरबारको अधिकार पहिलोपल्ट गाउँमा पुगेको छ । जाती, क्षेत्र, समुदायका मुद्दाहरु सम्बोधन हुने क्रममा छन् । अब चाहिँ के गर्छौं त ? यो प्रश्न सबैले गरेका छन् । कमरेडहरुले घोषणा गरिसकेका छन्, हामी रोल्पालाई जनसत्ताको नमूना जिल्ला बनाउँछौं आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक, शैक्षिक तथा यातायातको दृष्टि हामी रोल्पा जिल्लालाई विकसित बनाउनेछौं । यहाँ निमार्णाधिन कृषि विश्वविद्यालयलाई पूर्णता दिँदै शैक्षिक केन्द्रको रुपमा विकास गर्छाैं । यहाँको सडक सञ्जाललाई व्यवस्थित छौं । जडिबुटी, तरकारी तथा अन्न उत्पादनमा अधुनिकीकरण गर्छौ । संचारलाई जोड्नलाई फ्रि वाईफाई तथा विद्युत जोड्ने र विस्तार गर्छाै । वेरोजगार युवाहरुका लागि लोकसेवाका लागि तयारी कक्षाहरु संचालन गर्छाैं । रोजगार सूचना केन्द्रको स्थापना गर्ने लगायतका एजेण्डाहरु हामीले अघि सारेका छौं । हाम्रो मुख्य चुनौती भनेको हिजो जनताले जे सपना साँचेका थिए, तिनीहरुलाई अधिकतम पुरा गर्ने नै हुनेछ । सामाजिक न्यायसहितको स्थानीय सत्ता, श्रोतमा सबैको पहुँच हुने स्थानीय सत्ताको निर्माण हाम्रो लक्ष्य हुनेछ । यसका लागि पार्टीको योजना र जिल्लाको योजनाका आधारमा हामी अघि बढ्छौं । यी एजेण्डाहरु कार्यान्वयनमा ल्याउन सकिएता त ? यी एजण्डाहरु सहजै पूरा गर्न सकिन्छ । उसैपनि बढी त यहाँ हाल निर्माणाधिन कुराहरुलाई हामीले निरन्तरता दिई पूर्णता दिने न हो । यहाँ इमान्दार जनता, व्यापारी अनि वुद्धिजिविहरुले हामीलाई साथ दिइएमा हामी हाम्रा ती एजेण्डाहरु पूरा गर्न सक्छौं भन्ने हामीलाई विश्वास छ । तपाईहरु नै जित्नुहुन्छ भन्ने आधार के के छन् ? सबैभन्दा ठूलो भनेको जनताकाे अभिमत हो । विस २०४८ साल पहिले पनि चुनाव हुँदा हामीले ७०/८० वटा पूर्वगाविसहरुमा जित्न सफल भएका थियौं । त्यसैले पनि अहिले पनि जनतामा हामीप्रति विश्वास छ । हामीले नै केही गर्न सक्छौं भन्ने उनीहरुलाई थाहा छ । यहाँका सहिद परिवार, कार्यकर्ता अनि यो सिंगो रोल्पावासीले नै माओवादीलाई नै चुन्नेछन् अनि जिताउने छन् भन्ने हामीलाई विश्वास छ । जनतामाझ तपाईहरु जाँदा के भन्छन् त उनीहरु ? जनता माओवादी केन्द्रबाट आशावादी छन् । कृष्णबहादुर महरा अर्थ मन्त्री भएका बेला रोल्पालाई ३५० करोड रुपैयाँ बजेट बाँडेको थियो । गाउँको विकासका क्रममा त्यो खर्च पनि भयो । अहिलेसम्म रोल्पामा जे जति विकास भए त्यो माओवादीले नै गरेको हो त्यसैले उनीहरु अबका दिनमा पनि जेजति गर्छ त्यो माओवादी पार्टीले मात्रै गर्छ, अन्य कुनै दलले गर्न सक्दैन भन्नेमा विश्वस्त छन् । माओवादीले रोल्पा जिल्लालाई न्याय गरेको छ । सरकारमा सहभागितादेखि विकास निर्माणसम्म जिल्लाले प्राथमिकता पाएको छ । त्यसबाट समेत यो जिल्लाको योगदान पार्टीले बिर्सेको छैन भन्ने स्प्ष्ट हुन्छ । अहिले केन्द्रीय योजनाका आधारमा कामहरु अगाडि बढे । भोलीका दिन स्थानीय सत्ताको योजनालाई केन्द्रले सहयोग गर्ने अवस्थामा हामीले नमूना जिल्ला बनाउन गारो छैन । जनताले यो कुरा बुझेका छन् । त्यसैले हामी जित्छौं र रोल्पालाई नमूना जनसत्ताको जिल्ला बनाउँछौं ।
आजका लागि तय प्रधानमन्त्री निर्वाचन अन्योलमा
काठमाडौं, जेठ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएपछि म्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार बनेका छन् । सत्तारुढ कांग्रेस र माओवादीबीचको सम्झौताका आधारमा प्रचण्डपछि देउवा प्रधानमन्त्री हुने सुनिश्चित भएपछि प्रमुख प्रतिपक्षिले पनि उम्मेदवारी दिएन । समहतीय आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि बहुमतीय आधारमा प्रधानमन्त्री चुन्ने प्रक्रिया शुरु भएको छ । आजका लागि तय प्रधानमन्त्री निर्वाचन एमालेकाे ससद बैठक चल्न नदिने अडानले अन्योलमा परेकाे छ ।
यी हुन अन्तर्वार्ताका लागि ध्यान दिनुपर्ने कुराहरु
कसरी म्यानेजरलाई आफू उक्त पदका लागि उपयुक्त छु भनेर जानकारी गराउने? कम्पनीका बारेमा कसरी थाहा पाउने? कसरी अन्तर्वार्ताको तयारी गर्ने? अन्तर्वार्ताका लागि जाँदा कस्तो पहिरन लगाउने र कसरी प्रस्तुत हुने? जागिरको विश्लेषण गर्नुहोस् सबैभन्दा महत्वपूर्ण कुरा जागिर आफ्नो योग्यताअनुरूप छ कि छैन जान्नु नै हो। जागिर पाइसकेपछि आफूले त्यहाँ गर्नुपर्ने कामका बारेमा पत्ता लगाउनुपर्छ। आफूबाट कम्पनीले के चाहन्छ? त्यो पनि महत्वपूर्ण हुन्छ। त्यसैले यसलाई पनि विश्लेषण गर्नुपर्छ। आफ्नो कला, क्षमता, पेसागत दक्षता एवं व्यक्तिगत गुण कम्पनीको मागअनुसार छ- छैन पत्ता लगाउनुपर्छ। कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सूची तयार गर्नुपर्छ। आफ्नो गुण र कम्पनीको माग जब कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सूची तयार हुन्छ, तब जागिरको अवश्यकतासँग आफ्नो गुण र योग्यता दाज्नुपर्छ। आफ्नो कला, शैक्षिक योग्यता, अनुभव, पेसागत योग्यता, दक्षता, क्षमता एवं कम्प्युटर स्किलजस्ता कम्तीमा ११ वटा कुराको सूची तयार पार्नुपर्छ, जुन अन्तर्वार्ताकारसँग सेयर गर्न काम लाग्छ। आफ्नो सूची र जागिरको रिक्वायरमेन्ट मिल्छ कि मिल्दैन रुजु गर्नुपर्छ। यति भएपछि अन्तर्वार्तामा सोध्न सकिने सम्भावित प्रश्नको जवाफका लागि तयार हुनुपर्छ। कम्पनीका बारेमा जानकारी कुनै पनि संस्थामा जागिर सुरु गर्नु अगावै उक्त संस्थाका बारेमा जानकारी राख्नु महत्वपूर्ण हुन्छ। त्यसैले कुनै संस्थामा अन्तर्वार्ता दिन जाने हो भने सम्बन्धित संस्थाका बारेमा जानकारी लिनुपर्छ। यसले आफूलाई अन्तर्वार्तामा उत्तर दिन मात्र होइन, जागिरका लागि निर्णय गर्न पनि सजिलो बनाउँछ। कम्पनीका बारेमा त्यहाँको काम गर्ने शैली, काम गर्ने वातावरण एवं त्यहाँका हुनेवाला सहकर्मीहरूका बारेमा थोरै भए पनि जानकारी लिनुपर्छ। अन्तर्वार्ताका लागि प्राक्टिस आफूसँग सोध्न सकिने केही नमुना प्रश्नको सूची तयार गर्नुपर्छ। जसका लागि केही जानकार व्यक्तिहरूको अथवा इन्टरनेटको सहयोग लिनुपर्छ। यसले अन्तर्वार्तालाई सहज बनाउन मद्दत गर्छ। आफ्नो घरका सदस्यहरूमध्ये एक जना वा साथीहरूमध्ये एकजनासँग अन्तर्वार्ताको प्राक्टिस गर्न सकिन्छ। पहिरनमा ध्यान कुनै पनि काम हतारमा गर्नु हुँदैन। अन्तर्वार्तामा जानुभन्दा अघि नै पहिरन तयार राख्नुपर्छ। अन्तर्वार्ताका लागि र्फमल ड्रेसमै जानु उपयुक्त हुन्छ। यसले व्यक्तित्व झल्काउनुका साथै आफूलाई अफिसियल बन्न पनि मद्दत पुर्याउँछ। र्फमल ड्रेस आइरन गरेर राख्नुपर्छ। भनिन्छ- ‘फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ त्यसैले झुक्किएर पनि क्याजुअल ड्रेसमा अन्तर्वार्ता दिन जानु हुँदैन, किनभने त्यसले आफ्नो इम्प्रेसन खराब बनाउन सक्छ। स्थान र समय अन्तर्वार्ताका लागि कहाँ जानुपर्ने हो? त्यहाँ जाने बाटो कताबाट कता हो? कुन समयमा पुग्नुपर्ने हो? सबै कुराको जानकारी लिनुपर्छ। कार्यालयमा गएर कोसँग भेट्ने भन्ने कुरामा पनि स्पष्ट हुनुपर्छ। के-के लाने? के नलाने? सामान्यतया अन्तर्वार्ताको समयमा केही चिज छुटाउनु हुँदैन। तीमध्ये आफ्नो बायोडाटाको अतिरिक्त कपी र अनुभवका पत्रहरूका कपीको साथमा रिफरेन्स महत्वपूर्ण हुन्छ। त्यसबाहेक आफ्नो शैक्षिक योग्यताका सर्टिफिकेटलगायत ट्रेनिङ्गका सर्टिफिकेटहरू पनि लानु राम्रो हुन्छ। अन्तर्वार्ताको समयमा मोबाइल बज्नु हुँदैन, चुइंगगम, चकलेट वा अन्य चिजहरू मुखमा राख्नु हुँदैन। कसरी प्रस्तुत हुने? अन्तर्वार्ता दिने कोठामा छिर्नुअघि के म भित्र छिर्न सक्छु भनेर सोध्नुपर्छ। अन्तर्वार्ता लिने मानिसको अघि पर्ने बित्तिकै नर्भस हुनु हुँदैन। हडबडाउनु हुँदैन। अन्तर्वार्ता लिने मानिसको प्रश्नको जवाफ संयमित रूपमा राम्रोसँग, स्पष्ट आवाजमा दिनुपर्छ। सकेसम्म उक्त पदका लागि आफू उपयुक्त भएको कारण उल्लेख गर्नुपर्छ। अनावश्यक कुरा गर्नु हुँदैन। सुनुहोस र सोध्नुहोस् अन्तर्वार्ता लिने व्यक्तिको कुरा ध्यान दिएर सुन्नुपर्छ। कुनै कुरामा कन्फ्युज भए शिष्टतापूर्वक प्रश्न सोध्न हिचकिचाउनु हुँदैन भने अनावश्यक कुरा पनि गर्नु हुँदैन।
“आई लभ यु मीरा”
मैले डराई-डराई उनको अगाडि भने “आई लभ यु मीरा ।” उनले भनिन्, “हजूर, के भन्या । मैले सुनिन ।” मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भनें “आई लभ्यू, तिमीलाई धेरै मनपराउँछु ।” एक थप्पड मेरो गालामा हिकाईन् उनले । म डराएँ, अब के हुने हो? । तर उनले फेरि भनिन् “बुद्धु । यति भन्न पनि यतिका समय ला’को । माया गरेसि उहिल्यै भन्नु पर्दैनथ्यो । खाली एकोहोरो हेर्ने, पागल!” म अक्कनवक्क भएँ, मात्रै उनलाई हेरिरहे । अनि मीठो हाँस्दै बिस्तारै मेरो अँगालोमा बाँधिदै भनिन्, “था’ छ? म पनि त चाहन्थे तिमीलाई पहिलेदेखि नै । तिमीले कहिले यति कुरा भन्छौ भन्ने प्रतिक्षामा कति दिन बिताएँ, ऊ भने यतिका दिन तड्पाएर मात्रै वल्ल ।” मेरो हृदयले चाहेको भन्दा बढी जस्तो माहोल हुँदै थियो, त्यसैले म अत्यन्त विस्मित थिएँ । हठात् मेरो आँखामा घामको झुल्का परेझैं लाग्यो । यसो दखें म त विस्तारामा पो रहेछु । मेरो अँगालोमा त सिरानी थियो । भित्ते घडीमा बिहानको सात बजेको दखें । अनि आफ्नो हातको सिरानीलाई हेर्दै सोचे “धत् म पनि, ओहो कति मीठो संवाद, फेरि सुत्नु पर्यो कति मीठो स्वीकारोक्ति उनको, आहा” भन्दै म फेरि पल्टिएँ निदाएर उही सपना पछ्याउन, तर अहँ, आधा घन्टासम्म कोसिस गरें, निदाइन । सँगै क्याम्पसमा पढ्ने साथी थिइन् मीरा । चार वर्षे पढाइको अवधिको करिब दुई वर्ष पुग्न लागेको थियो । अरुलाई जस्तो भए पनि, मलाई नितान्त मन पर्थिइन् उनी । उनका चञ्चल आँखा, बोल्दा यतायता हल्लाउदै फिल्मकी कुनै रोमान्टिक हिरोइन् भन्दा कम देखिन्न थिइन् उनी । ती आँखाका अलावा उनको स्वभावबाट प्रभावित भएको थिएँ म । सुरुदेखि नै अति चाहन्थें म उनलाई, सधैँ उनकै बारेमा कल्पना गरिरहन्थें । यसैले गर्दा होला सायद मेरो ध्यान पढाइमा खासै जादैनथ्यो। मसँग बोल्दा साथी जस्तै गरी खुलेर बोल्दथिइन् उनी । तर मैले कहिले पनि माया गर्छु भन्न सकेको थिएन । भन्न खोज्दा नसकी नसकी यस्तै गरी समय बित्दै थिए । तेश्रो वर्षको क्लास सुरु भयो । चार पाँच दिन उनी आइनन् । मलाई उनलाई क्लासमा देख्न नपाएकोमा मनमनै नरमाइलो महसुस हुदै थियो । यस्तै एकदिन बिहान क्याम्पस आउन केही दुरी बाँकी छदाँ मैले उनलाई अगाडि देखें । हामी दुवै क्याम्पस जादै थियौं । पछाडिबाट मैले भनें, “हेलो मीरा ।” उनले पछाडि फर्किएर हेरिन् । म त्यसै खुसी भएँ । मैले भनिहालें, “किन त्यति छिटो हिडेको?” यति भनिसक्दा म उनीसम्म आइपुगें । अनि दुवै सँगै हिड्न थाल्यौं । मतिर हेर्दै उनले भनिन्, “त्यसै । अनि के छ त तिम्रो खबर ? पढाई अगाडि बढिसक्यो होला हैन?” मैले भनें, “मेरो त ठिकै छ । बरू तिम्रो? तिमी त चार पाँच दिन आएनौ नि! किन हो ?” एक छिन रोकिएर उनले केही भन्न नपाउदै मैले फेरि ठट्टा गरें, “कि डेटिगं सेटिगंतिर त हैन?” उनले भनिन्, “धत् के भन्या तेस्तो । मलाई के सोचेको तिमीले?” मैले विचैमा भने “तिमीलाई अरुजस्तो त कहाँ सोच्थेर म? त्यसैले तिमीलाई सजग गराउन भन्या के ।” “खै तिम्रो कुरा पनि । बरु तिम्री होली नि कोही । सुनाउन त मलाई नि ।” उनले हाँस्दै भनिन् । “छे, एउटी जसलाई मैले धेरै मन पराउँछु । त्यो हो तिमी ।” मनमनै भनें तर बोल्न सकिन । तर उनको सामु यसो भनें, “खै मैले चाहेर के हुन्छर? चाहनेले रुचाउनुपर्यो नि?” “पहिला उसलाई थाहा त देऊ कि तिमी उसलाई चाहन्छौ भनेर । मनको कुरा खोल्नुपर्छ टाइममा, नत्र अबेर हुन्छ । फिल्ममा हेरेको छैनौ? उनले भनिन् ।” म सिरियस भएर भनें, “अँ साच्चै । तिमी किन नआएको रे?” “भयो नभनु । टाइम आएसि तिमीलाई थाभैहाल्छ ।” उनी मसिनो लज्जामिश्रित स्वरमय भनिन् । मैले उनको कुरा बुझिन । क्याम्पस आइहाल्यो । हाम्रो वार्तालाप टुंगियो । “अब त भन्नुपर्छ, माया गर्छु भनेर ।” त्यो साझ मैले आफ्नो कोठामा कल्पना गरें, “कति मीठो बोली उनको पहिला थाहा त दिनुपर्छ, मैले माया गर्छु भनेर, उनैले भनेकी । हो, अब त साच्चै भनेरै छाड्छु । मनको कुरा खोल्नुपर्छ रे टाइममा, उनैले भनेकी । अब त खोल्छु, त्यो पनि उनैलाई । भनिदिन्छु जे होला होला । कहिले सम्म गुम्सिएर मनमनै पीडा बोकिराख्ने? सायद उनले पनि मन पराउँछिन् कि मलाई? मैले जस्तै भन्न नसकेकी हुन् कि? जे होस् मीरा तिमीलाई हृदयदेखिनै चाहान्छु । तिमी मेरी प्रेमिका बनिदेऊ, मैले संसारै जित्नेथिएँ ।, आई लभ यु मीरा । यही भनेर चिठी लेख्छु अनि भोलि उनलाई आफैले दिन्छु । जे होस् जे होस् ।” यस्तै मैले मनमनै सोच्दै गर्दा मेरो मोबाईलमा रिङ्टोन वज्यो । यसो हेरें आफ्नै कक्षामा पढ्ने सरिताको फोन थियो जो मीराकी साह्रै मिल्थी । फोन उठाएर मैले मोबाइल कानमा राख्दै भनें, “हेलो।” सरिताले भनी, “हेलो विनोद, अहिले व्यालेन्स कम छ, खास कुरा मात्रै भन्छु है ।” “हुन्छ भनन के कुरा हो?” मैले सोधें । उसले भनी, “खुसीको कुरा छ । मीरा छे नि हाम्रो क्लासकी । त्यस्को हिजो इंगेजमेन्ट भएछ । दश गते बिहा छ । चोरले मलाई पनि आज मात्रै भनेकी हो । सबै साथीलाई खबर गर्दे है भनेकी थिई । आऊ है । तिम्लाई मीराको बिहेमा निम्तो… । ”
भाटभटेनीको अर्काे शाखा बुटवलमा
बुटवल, चैत २८ । नेपालको प्रमुख व्यापारिक प्रतिष्ठानको रुपमा चिनिएको भाटभटेनी सुपरमार्केटको १३औँ व्यापारिक कम्प्लेक्स बुटवलमा सञ्चालनमा आउने भएको छ । एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका–८ को मुख्य क्षेत्र सुख्खानगरमा स्थापना गर्न लागिएको हो । आठ तले भवन निर्माणसँगै नयाँ वर्षको अवसर पारेर व्यावसायिक सेवा सुरु गरिने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिएका छन् । गत असारदेखि निर्माण सुरु भएको व्यापारिक कम्प्लेक्स भवन कुल आठ कठ्ठा क्षेत्रफलमा निर्माण भएको र भवन निर्माण मात्र रु ३५ करोड लगानी भएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार भवनका लागि जग्गा गरिद र व्यवसाय सञ्चालनको अवस्थासम्मको लगानी रु ९० करोड पुगेको छ । निर्माण सुरु भएको झन्डै १० महिनामा सञ्चालन हुन लागेको यो सुपरमार्केटको भवन निर्माणमा दैनिक ३०० भन्दा बढी कामदार परिचालन भएका छन् । स्थानीय उत्पादन, स्थानीय जनशक्ति र स्थानीय बजार भन्ने मुख्य लक्ष्य बनाएको यो सुपरमार्केटको सञ्चालनमा स्थानीय गाउँघरमा उत्पादित वस्तुको प्रवद्र्धन गरिने र दैनिक कामका लागि स्थानीय युवायुवतीलाई नै रोजगारी दिइने उहाँले बताउनुभयो । यसका लागि २०० प्रत्यक्ष र झन्डै पाँच हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिनसकिने उनले बताए । यो सुपर कम्प्लेक्समा यसअघि सञ्चालनमा आएको कम्प्लेक्सभन्दा उपभोक्तालाई एकै स्थानमा बजार गर्ने सुविधासहित मनोरञ्जनको समेत सेवा उपलब्ध हुने अध्यक्ष गुरुङले बताए ।
उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्रदान
बाजुरा, चैत १९ । चालु आवमा कृषि क्षेत्रको उत्पादनमा योगदान पुर्याएबापत यहाँका तीन कृषक उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । उनीहरुलाई रु १० हजारका दरले सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालय बाजुराले जनाएको छ । यस वर्ष आव ०७३÷०७४ का लागि बूढीगङ्गा नगरपालिका–६ का काशीराम पाध्याय, बडिमालिका नगरपालिका–२ का मदनराज पण्डित र छेडेदह गाउँपालिका–६ का दया नाथ शुक्रबार समापन भएको बृहत् कृषि तथा खाद्य मेलामा सम्मानित भएको जिल्ला कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले बताउनुभयो । जिल्ला सदरमुकाम मार्तडीमा बिहीबारदेखि सुरु भएको मेलामा सहभागी एक सय ५४ कृषकमध्ये २१ जना अन्य कृषक पनि विभिन्न सात विधामा पुरस्कृत भएको जिल्ला कृषि विकास कार्यालयका मीनप्रसाद जैशीले बताउनुभयो । फलफूल, दलहन, मसला, आलु, तरकारी, खाद्यान्न र विविध बाली गरी सात विधामा उनीहरुलाई प्रतिस्पर्धा गराइएको थियो । सबैमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कृषकलाई प्रमाणपत्रसहित क्रमशः रु एक हजार, रु सात सय, रु पाँच सय र रु तीन सय नगदसहित पुरस्कृत गरिएको थियो । सो अवसरमा एक सय २३ बालीका बीउ पनि सङ्कलन गरिएको थियो । रासस
कुलमान र हरिमान ‘एक्सिलेन्ट’
काठमाडौं, चैत १८ । हाइड्रो नेपालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपालको जलविद्युत क्षेत्रबारे अध्ययन गरेका हरिमान श्रेष्ठलाई एक्सिलेन्ट अवार्डबाट सम्मान गर्ने भएकोछ । नेपालको जलविद्युत क्षेत्रमा योगदान पुर्याएको भन्दै कुलमान र हरिमानलाई एक्सिलेन्ट अवार्डबाट सम्मान गरिने भएको हो । मुलुकलाई लोडसेडिङमुक्त गर्न आफ्नो उच्च प्राविधिक ज्ञान तथा व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा कार्यकारी निर्देशक घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्ट अवार्डबाट सम्मान गरिने भएको हो । यो खबर आजको कारोबारमा छ ।
तामाखानी उत्खननको पर्खाइमा
म्याग्दी, चैत १७ । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीमा रहेको तामाखानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ । डेढ शताब्दीदेखि बन्द अवस्थामा रहेको तामाखानी संरक्षणको अभावमा बेवारिसे बनेको छ । साविक पाखापानी गाविसको– ५ र ६ नम्बर वडामापर्ने ठाडाखानी गाउँ भन्दामाथि पहाडको फेदीमा रहेका खानी संरक्षण नहुँदा पुरिँदै गएका छन् । तत्कालीन सरकारले आम्दानी भन्दा बढी कर (भेजा) तिर्नुपर्ने व्यवस्था गरेपछि खानी बन्द भएको ठाडाखानीका ८८ वर्षीय रनप्रसाद छन्त्यालले बताउनुभयो । दुईपुस्ता अघिसम्म खानीबाट तामा उत्खनन भएको उहाँको भनाइ छ । ठाडाखानी गाउँदेखि एक घन्टा पैदल हिँडेपछि पुगिने पूर्णगाउँस्थित पहाडको फेदीमा त्यसबेला खानी खन्नका लागि बनाइएको सुरुङ भेटिन्छ । त्यहाँ तामाखानीभित्र पस्ने १२ वटा सुरुङ रहेका छन् । ठाडाखानीमा बसोवास गर्ने छन्त्याल समुदायका पूर्खाले ती सुरुङभित्र छिरेर तामा उत्खनन गरी जीविकोपार्जन गर्दै आएका थिए । ठाडाखानीको तामा भाँडावर्तन र सिक्का बनाउन प्र्रयोग हुने गरेको थियो । देशका विभिन्न ठाउँका व्यापारी तामा किन्नका लागि गाउँमै पुग्ने गरेका थिए । तामाबाट ताउला, गाग्रीलगायतका भाँडा बनाउने गरिन्थ्यो । अहिले नेपाली बजारमा आयातित तामाको प्र्रयोग हुने गरेको छ । अध्ययन, अनुसन्धान गर्ने हो भने अहिले पनि तामा उत्खननको सम्भावना रहेको स्थानीय बासिन्दा नरेश छन्त्यालले बताउनुभयो । आधुनिक प्रविधि र यन्त्र उपकरणको विकास भएकाले तामा उत्खनन गर्न सकिने उहाँको भनाइ छ । सरकारी निकायसँग ठाडाखानीका बासिन्दाले तामाखानीको संरक्षण र अनुसन्धानको माग गरेका छन् । हिलो, पातपतिङ्गर र बाढीले तामाखानीभित्र पस्ने सुरुङ पुरिँदै गएका छन् । एक किलोमिटर भित्रसम्म सुरुङ रहेको स्थानीय बासिन्दा बताउँछन् । पहाडको फेदीमा रहेको पाखोमा खानीबाट निकालेपछि तामा प्रशोधन गर्ने क्रममा फालिएका धातुका टुक्रा प्रशस्त भेटिन्छ । ठाडाखानीमा ९० घरधुरी छन्त्याल, मगर र दलित समुदायको बसोवास छ । उनीहरु तामा खन्नका लागि बागलुङको लामेला तमानबाट बसाइँसराइ गरेर आएको बुढापाकाले बताउछन् । छन्त्याल समुदायको पुख्र्यौली पेसा तामा खन्ने रहेको थियो । तामाखानी सञ्चालनमा आएमा रोजगारीको सिर्जना र स्थानीयस्तरमै आयआर्जनको अवसर प्राप्त हुने ठाडाखानीका मनबहादुर बुढाथोकीले बताउनुभयो । स्थानीय तह कार्यान्वयनमा आएसँगै ठाडाखानीलगायत म्याग्दीका विभिन्न ठाउँमा रहेका खानी सञ्चालनमा आउने आशा पलाएको छ ।