अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी

साँखु, पुस १९ । केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै एक हजार ४८० बलात्कारका घटना भएको देखिन्छ । साइबर अपराध, जबर्जस्ती करणी, लैङ्गिक हिंसा बहुविवाह, सम्बन्धबिच्छेद र घरेलु हिंसाका घटना पनि उत्तिकै मात्रामा हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

घटना न्यूनीकरणका लागि प्रहरी, स्थानीय सङ्घसंस्था, अधिकारकर्मीले सचेतनामूलक कार्य गर्दै आइरहेकाले यस्ता अपराध नियन्त्रणमा केही हदसम्म न्यूनीकरण भए पनि निर्मूल भने हुनसकेको छैन ।

कमजोर आर्थिक अवस्था भएका, शिक्षाबाट बञ्चित भएका तथा पारिवारिक दबाबमा परेका बालबालिका नै हिंसा र अपराधको सिकार बन्न पुगेको पाइन्छ । आफन्त र परिचितबाटै हिंसा हुने गरेका कारण यस्ता हिंसा न्यूनीकरणका लागि साँखुस्थित महानगरीय प्रहरी प्रभागले शङ्खरापुरका विद्यालयहरूमा लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

महिला र बालिकाका लागि मात्र नभएर बालक, युवा र बृद्ध–बृद्धालाई पनि कानूनी ज्ञान र सचेतना आवश्यक पर्ने भएकाले अपराध र हिंसाबाट बच्न र बचाउनका लागि स्कूल–स्कूलमा प्रहरी पुगेर यस्तो कक्षा सञ्चालन गरिएकोे प्रहरी निरीक्षक लक्ष्मी खनालले बताए ।

अहिले आधुनिकतासँगै भित्रिएका विभिन्न प्रविधिले यौनजन्य अपराधका घटना तथा हिंसा वृद्धि गराएको पाइएकाले यसबाट सचेत रहन के गर्ने र के–कस्ता गतिविधि गरे कानूनअनुसार दण्डित होइन्छ भन्ने विषयमा विद्यार्थीलाई सचेतना शिक्षा दिँइदै आएको उनको भनाइ थियोे ।

साँखु, पटाप, चाँपकोबोट, नाङ्गेभारे, सलम्बुटारलगायत क्षेत्रका नौ विद्यालयमा सो कक्षा सञ्चालन गरिएको र अन्य थुप्रै विद्यालयमा पनि कक्षा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिए ।

यस्ता कक्षा सञ्चालन भएपछि बालबालिकाले आफूले जानेका कुरा साथीभाइ तथा परिवारमा समेत बताउने हुँदा हिंसा न्यूनीकरणमा सहयोग पुग्नाका साथै सभ्य र हिंसारहित समाज निर्माणमा सहयोग पुग्ने बौद्धस्थित महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

प्रायः माध्यामिक तहमा अध्ययनरत विद्यार्थी सानै उमेरमै लागु औषधकोे दुव्र्यसनमा फस्ने गरेको प्रहरीको भनाइ छ । यस्तो क्रियाकलापमा पक्राउ पर्नेमा १२ देखि २३ उमेर समूहका बालबालिका सहितका व्यक्ति रहेकाले पनि विद्यालय केन्द्रित सचेतना कार्यक्रम गरिएको उनले बताए ।

प्रहरीले विद्यालयस्तरबाटै गरेको यस्ता जानकारीमूलक कार्यक्रमले समाजमा अपराध र हिंसा नियन्त्रण भई सभ्य र समृद्ध समाज बन्न सहयोग पुग्ने शङ्खरापुर नगरपालिका समाजसेवी पुरुषोत्तम चौलागाइले बताए । रासस

माओ दिवसमा मोहन वैद्यको कडा विज्ञप्ती, माओको बाटोमा अघि बढन जोड

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले माओले देखाएको बाटोमा निरन्तर अघि बढ्न आह्वान गरेका छन् । १२६ औं माओदिवसको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै साम्राज्यवाद, विस्तारवाद तथा नवप्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादका विरुद्ध निरन्तर संघर्ष जारी राख्न नेपाली सर्वहारा वर्ग, जनसमुदाय र संपूर्ण सुभेच्छुकहरुमा अपिलसमेत् गरेका छन् । २६ डिसेम्बर ‘आज विश्वका विभिन्न देश र नेपालमा पनि १२६ औं माओदिवस मनाउने काम भइरहेको’ भन्दै महासचिव किरणले ‘माओ विश्व–सर्वहारा वर्ग र उत्पीडित जनसमुदायका एक महान् नेता तथा सुयोग्य शिक्षक हुनुहुन्थ्यो’ भनेका छन् । सर्वहारा वर्गका एक महान् नेताको व्यक्तित्व र योगदानको स्मरणको यस महत्वपूर्ण ‘ऐतिहासिक अवसरमा विश्व तथा नेपाली सर्र्वहारा वर्ग, जनसमुदाय तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हामी लाल सलाम अर्पण गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । युग परिवर्तनमा कमरेड माओको योगदानको चर्चा गर्दै विज्ञप्तिमा ‘मार्क्सवादका तीन संघटक अंग अर्थात् दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा माओले गरेका विकास सार्वभौम रहेको’ र यसले ‘सबैखाले प्रतिक्रियावाद, साम्राज्यवाद र संशोधनवादका विरुद्ध भीषण संघर्ष चलाउन’ विश्व सर्वहारा वर्गलाई निर्देशन र प्रेरणा दुवै दिइरहेको कुरामा जोड दिइएको छ । विज्ञप्तिमा माओले चीनको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक, भूअवस्थिति तथा आन्तरिक–बाह्य विशिष्टतामा तात्कालीन माक्र्सवाद अर्थात् ‘मार्क्सवाद–लेनिनवादलाई अर्को नयाँ उचाइमा विकसित तुल्याउनु भयो र त्यो माक्सर्वाद–लेनिनवाद–माओवादका रुपमा एक अखण्ड सिद्धान्त बन्न गयो’ भनिएको छ । साथै, ‘अहिले विश्व र नेपालमा पनि संशोधनवादले जबर्जस्त रुपमा टाउको उठाएको र त्यसको प्रतिक्रियावादमा पतन हुन पुगेको’ भन्दै नेपालको वर्तमान अवस्थामा ‘साम्राज्यवादी तथा विस्तारवादी उत्पीडन एवम् हस्तक्षेप बढ्दै गएको र त्यसलाई प्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादले साथ दिइरहेकाले’ त्यसका विरुद्ध देशव्यापी संघर्ष उठाउनुपर्ने कुरामा जोड दिइएको छ । संशोधावादी प्रतिक्रियावादको जगजगी रहेको वर्तमान सन्दर्भलाई उजागर गर्दै विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘यो बेलामा संशोधनवादको धज्जी उडाउँदै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद तथा विस्तावादविरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तथा साम्यवादतर्फ अगाडि बढ्नका लागि माओका अविस्मरणीय योगदानहरुको सम्मान गर्दै माओदिवस मनाउनुको विशेष ऐतिहासिक अर्थ र महत्व’ रहने छ । यसका लागि सिंगो पार्टी केन्द्रीय हेडक्वाटरको सन्देश र निर्देशनसहित महासचिव किरणद्वारा ‘म केन्द्रीय समितिको तर्फबाट सबै पार्टी कमरेडहरुसित विशेष उत्सवका रुपमा मओदिवस मनाउन र माओले देखाएको बाटोमा निरन्तर लागिरहन हार्दिक अनुरोध गर्दछु’ भनिएको छ ।

रविबारे २ खुलासा ! नृत्य प्रशिक्षकदेखि ‘कर्णाली आइडल’ सम्मको यात्रा

काठमाडौं, मंसिर २३ । जारी नेपाल आइडल–२ को ‘टप फोर’ मा पुग्न सफल रवि ओडको बारेमा जान्ने इच्छा धेरै समथर्क एवं पाठकलाई हुनसक्छ । यसकारण आज धेरैलाई जानकारी नभएका केही कुराहरु तपाइँमाझ जानकारी गराउनेछौं । रवि नृत्य गर्न पनि त्यत्तिकै माहिर छन् । यो कुरा सायद धेरैलाई थाह होला । तर, उनी अरुलाई पनि नृत्य सिकाउँथे भन्ने कुरा चाहिँ कमैलाई थाह हुनुपर्छ । रविले सुर्खेतको कोपिला भ्याली विद्यालयमा डान्स शिक्षकमा रूपमा पनि काम गरिसकेका छन् । साथै, अर्को कुरा– उनी नेपाल आइडलमा आउनुअघि ‘कर्णाली आइडल’ मा पनि सहभागि भएका थिए । यसबारेको भिडियो पनि प्राप्त भएको छ । उनले त्यहाँ ‘अब जाउँला रेलैमा’ बोलको गीत गाएका थिए । तर, उनको कर्णाली आइडलको यात्रा कहाँसम्म पुग्यो भन्ने चाहिँ खुलाइएको छैन । रविले कर्णाली प्रदेशमा पनि केही समय विताएका छन् । उनले त्यहाँको व्यक्तिहरुसँगको सम्बन्ध पनि बढाएका छन् । अझ भनौं रविको सम्बन्ध सुदूरपश्चिमसँग मात्र नजिक छैन कर्णालीसँग पनि उत्तिकै नजिक छ । हुनत रवि एक नेपाली नागरिक हो । नेपालको हरेक भूगोलसँग समबन्ध छ । तथापि उनको क्रियाकलापको कुरा गर्दा खेरी कर्णालीको प्रशंग जोडिन पुगेको हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रविका हजारौं समर्थक छन् । उनीहरुले पनि रविलाई अत्यधिक साथ लिइरहेका छन् । समर्थकको साथले नै रवि यो स्थानसम्म पुग्न सफल भएका हुन् ।

भोजुपरको प्राथमिक तहको नतिजा पनि प्रकाशित (नतिजासहित)

भक्तपुर, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले बिहीबार प्राथमिक तह अन्तर्गत भोजपुरको नतिजा पनि प्रकाशन गरेको छ । भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो । यी पनि पढ्नुहोस्- अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -बैतडी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -कञ्चनपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -इलाम जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -ताप्लेजुङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बैतडीमा पानीबिनाको दमकल आगो निभाउन पुगेपछि…

बैतडी, कार्तिक २५ । बैतडीको पाटन नगरपालिका ४ बस्ती जोलाबाँजमा आगलागी हुँदा करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आइतबार बिहान आगो लागेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । आइतबार बिहान साढे ४ बजे आगलागीबारे थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए । आगलागी भएको खबर पाउने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुर्‍याएको भएपनि दमकलमा पानी नभएका कारण फेरि फर्केर पानी भरेर दमकल ल्याइएको उनले बताए । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। गाईवस्तुका लागि हिउँदमा खुवाउन जमा गरेको पराल र खर आगलागिबाट जलेर नष्ट भएको हो। आगलागीस्थलमा पुगिसकेको दमकलमा पानी नभएका कारण समयमै आगो नियन्त्रणमा आउन नसकेकाले बढी क्षति भएको प्रहरीले जनाएको छ । दमकल पानी नहुनुले बढी क्षति भएको भन्दै स्थानीयहरुले पनि असन्तुष्टि जनाएका छन् । ‘दमकलमा पानी भएको भए धेरै क्षति हुने थिएन। केही खर र पराल जोगाउन सकिन्थ्यो । बिहान चालकलाई हामीले नै बोलाएर ल्याएका हौं’, प्रहरी निरीक्षक सिंहले भने, ‘दमकलमा पानी नभएको कुरा घटनास्थल पुगेर मात्रै थाहा भयो। पछि फर्केर जाँदा पानी लिएर आउँदा ढिलो भयो ।’ दमकलका चालक विनोद केसीले भने दमकलको पम्पले पानी नफालेका कारण समस्या भएको दावी गरे । पम्पले पानी नफालेपछि पुनः खोलाबाट पानी थपेर आगो निभाएको उनले बताए । अन्नपूर्णपोष्टबाट

कक्षा ११ र १२ मा गणित नहट्ने

काठमाडौं, कार्तिक १३ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो। सरोकारवालाले चर्को विरोध गरेपछि प्रारूप परिवर्तन गरेर जीव विज्ञानमा पनि गणितलाई इच्छाधीन नै कायम राख्ने निर्णय केन्द्रले गरेको हो।   विषयगतविज्ञसँग परामर्श नगरी पाठ्यक्रम बनाएको आरोपसमेत केन्द्रमाथि लागेको थियो। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा।लेखनाथ पौड्यालले नयाँ पाठ्यक्रम बनाइरहेको जानकारी दिए। अर्को वर्षदेखि नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ। पुरानो पाठ्यक्रमअनुसार जीव विज्ञानमा गणित ऐच्छिक विषयका रूपमा पढाइ भइरहेको छ।   नयाँ संरचनाअनुसार कक्षा ११ र १२ विद्यालय तहमा गाभिएपछि केन्द्रले नयाँ पाठ्यक्रम बनाइरहेको हो। अधिकांश विद्यार्थीलाई अनुपयोगी रहेको तर्क गर्दै केन्द्रले गणित हटाउने प्रस्ताव गरेको थियो। केन्द्रले विज्ञकै सुझावमा गणितलाई निरन्तरता दिएको हो। जीव विज्ञानका विद्यार्थीले साताको ५ दिन गणित पढ्नेछन्। नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ र १२ मा ७ विषयको पढाइ हुनेछ। कक्षा ९ र १० मा आठ तथा कक्षा ११ र १२ मा पाँच विषय पढाइ भइरहेको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।

तोलामा कतिले कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं, असोज १९ । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै कायम रहेकाे छ । बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमै कारोबार भइरहेको छ। त्यस्तै, बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कांग्रेस जिन्दावाद, मुर्दावाद नगर्ने सालिन प्रतिपक्ष

नेपालगञ्ज, असोज ६ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेनन् भने त्यो सफल हुदैन, यो कुरा अहिलेको सरकारले बुभ्नुपर्छ ।’ मुलुकको शान्ति, सुरक्षामा सरकार चुकेको छ, भन्दै प्रवक्ता शर्माले प्रदेश सरकारको नाम र राजधानी नतोकिनु, वित्त आयोग नबनाएर जथाभावी कर लगाउँदै जानु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गरे । पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले, भने, ‘आफ्नो दलले सालिन प्रतिपक्षीको भूमिका निभाउँदै आएको छ, बन्द, नाराबाजी, जिन्दावाद, मुर्दावाद गरेरै प्रतिपक्षीको भूमिका निर्वाह गरेको ठहरिने मान्यता राखिनु हुदैन ।’ प्रवक्ता शर्माले कांग्रेस अहिले आफ्नो साङ्गठनिक संरचना बिस्तारमा लागेको बताए । साथै उनले कार्यकर्ताको सुझावका आधारमा पार्टीको वैधानिक ढाँचा चाँडै निर्माण हुने जानकारी दिए ।

आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ । बिहीबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँर्मै कारोबार भइरहेको छ । त्यस्तै, बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्

काठमाडौं, असार ७ । केही दिनयता रबि लामिछानेबारे विभिन्न टिका-टिप्पणी भइरहेका छन् । उनलाई विभिन्न आरोप लागेका छन् । एउटा टेलिभिजन कार्यक्रमबाट जनताको मन जित्न सफल भएका लामिछानेलाई अमेरिकी नागरिक देखि थुप्रै आरोप लागेका छन् । यतिसम्मकी रबिलाई जेल हाल्नेसम्मका टिप्पणी आइरहेका छन् । यसैविच उनका साथी तथा पत्रकार प्रेम बाँनियाले अमेरिकाबाट रबिमाथि लागिरहेको आरोपको कडारुपमा खण्डन गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुक मार्फत उनले रबिबारे लागेको आरोपको कडा खण्डन गरेका हुन् । देशको प्रगति देख्न नचाहने तत्वका कारण रबिलाई यस्तो आरोप लागिरहेको बाँनियाले लेखेका छन् । उनले लेखेका छन्, ‘आज रबि जीमाथि आक्रमण गरिरहेका छन् तिनकै कारणा  मजस्ता धेरैलाइ देश छोड्न बाध्य बनायो ।’ उनी अझै अगाडी लेख्छन्, ‘ति तत्वहरुले अझ के-के समाप्त पार्ने हुन् भनी साध्य छैन्, यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ !’ बाँनियाले आफ्नो फेसबुकमा रबिबारे यस्तो लेखेका छन्ः एउटा उल्कापात ! एउटा बज्र !! वा एउटा सकारात्मक बिध्वंश !! रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिताप्रवृति र जीवनका धेरै अनुभव, लडाईंजुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि  विदेसिएको पात्र हूँ म । आज रबिजी त्यही स्टुडियोबाट बोलिरहेका छन् जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हूँ म । आज रबिजी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो मजस्ता धेरै-धेरैलाई देश छोड्न बाध्य पारेका छन्, कति-कतिको के-के समाप्त पारेका छन् भनीसाध्य छैन । यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ ! यो एक प्रकारको ओपनसेक्रेट हो । उनीहरु भनिरहेका छन्- रबिले वर्कपरमिट लिएन, यसो गर्यो त्यसो गर्यो, जेल हाल्नुपर्छ’ आदि । तर, बिचराहरुलाई के थाहा रबिजीले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो ? अनि त यति ढिलो आएर (पत्रकारहरु) ‘डेट एक्सपाएर्ड न्यूज’को खेती गरिरहेका छन् ! आज प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम हेर्न नभुल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरुले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन् ? हरपल कुरा भइरहन्छ र भनिरहेको छु रबिजी, कुनै पनि समय, जीवनको कुनै पनि मूल्य चुकाएर देशको लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरु भएर अघि बढ्नैपर्छ र हमेशा म तयार छु अब त हामी झन् तयार भएका छौं विश्वभरीबाट !  फोटोः पत्रकार बाँनियाको फेसबुकबाट

ज्ञानु र प्रकाश बृहत निशुल्क स्वास्थ्य शिविर,३०० जनाकाे स्वास्थ्य परीक्षण

काठमाडौं, ५ जेठ । दिवंगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा उनको परिवारले निशूल्क स्वास्थ्य परीक्षण र औषधि बितरण गरेको छ । मंगलबार भरतपुरको शिवनगरमा एक कार्यक्रमको आयोजना गरी औषधि बितरण गरिएको हो । दिवंगत ज्ञानु दाहालकी छोरी तथा प्रकाश दाहालकी भाञ्जी सृष्टि दाहालको अग्रसरतामा उक्त कार्यक्रम गरिएको थियो । शिबिरमा ३०० जना क्यान्सर रोगीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने २०० जना क्यान्सर रोगीहरुलाई निशूल्क औषधि बितरण गरिएको थियो । बिरामीहरुलाई बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले स्वास्थ्य शिबिरले बिपन्न नागरिकहरुका लागि राहत मिल्ने बताइन् । मेयर दाहालले भनिन्, ‘मेरी दिदी क्यान्सरबाट बित्नुभयो, क्यान्सरबाट कोही पनि मानिस मर्नु नपरोस्, त्यही भावनाका साथ यो कार्यक्रम आयोजना गरिएको छ, यसले थोरै भए पनि राहत मिल्ने विश्वास लिएका छौं ।’ आफ्नी आमा र मामाजस्तै कोही पनि अकालमा मर्नु नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक सृष्टि दाहालले बताइन् । उनले भनिन्, ‘मेरो आमा क्यान्सरले बित्नुभयो, त्यसले परिवारमा कति ठूलो पीडा हुन्छ भन्ने कुरा हामीले भोगेका छौं । कसैले पनि त्यस्तो पीडा भोग्न नपरोस् । त्यसैले थोरै भए पनि क्यान्सरपीडितलाई राहत दिउँ भनेर नै यो शिबिर आयोजना गरेका हौं । कार्यक्रमले मलाई उर्जा मिलेको छ ।’

२०२६ को विश्वकप फुटबल तीन देशको आयोजनामा

काठमाडौं, जेठ ३० । २०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् । तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो । फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पायो । एक भोट भने दुबैको विपक्षमा परेको थियो । सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत अमेरिकामा हुनेछ, जसमा क्वार्टरफाइनलदेखि सबै खेल समावेश छन् । २०२२ को विश्वकप कतारमा हुनेछ ।

रमाइलो चुट्किलाः शेरेको मोबाइलमा यस्तो म्यासेज…‍.

शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन । एकदिन उसले म्यासेजमा आई लभ यु लेखेर पठाउने निर्णय गरेछ । उसले राती आई लभ यु लेखेर केटीको नम्बरमा म्यासेज पठाएछ । केही समयपछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलिपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएरमात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ । रातभरि केटीकै सपना देखेछ । बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रहेछ…. +9771414 Your Message Not delivered. Account balance: 0.17 Rupees. Please recharge in time. Thank you

तिब्तेन खानेकुरा लाफिङ्ग बनाउने तरिका (भिडियोसहित)

बौद्ध, जोरपाटी, सुपरमार्केट र भाटभटेनीहरुमा अहिले व्यवसायीका रुपमा निकै फस्टाइरहेको छ यो लाफिङ । बनाउन सजिलो, खाँदा मीठो बनाउन त्यति समय पनि नलाग्ने भएकाले धेरैले यसको व्यवसायी सुरु गरिरहेका छन् । कस-कसलार्इ मनपर्छ लाफिङ्ग ? लाफिङ्ग खाँदा जुन स्वाद हुन्छ, सायद त्यो स्वादका कारण धेरैलार्इ यो कसरी बनाउँछ भन्ने जिज्ञासा पनि लागेको हुन सक्छ । केबाट बनाउँछ, कसरी बनाउँछ अादि जस्ता कुराहरुको जिज्ञासा धेरैलार्इ भएको हुनुपर्छ । अाअौं अाज हामी लाफिङ्ग कसरी बनाइन्छ भन्ने कुरा थाहा पाइराखौं । कहिलेकाहीं घरैमा बसेर पनि बनाएर खान सकिन्छ । हेर्नुहोस् यो भिडियो-

विवाहको सिजनमा सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौं, वैशाख १८ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी ७६० रुपैयाँ कारोबार भएको थियो ।

भुकम्पबाट अभिभावक गुमाएकी प्रतिभाको अभिभावक बने श्रीहरि

काठमाडौं । राष्ट्रिय अभियान नै चलाएर सुरु गरिएको यस बर्षको शैक्षिक सत्रअन्तर्गतको नयाँ भर्ना अभियानले गति लिन थालेको छ । विद्यालय जानबाट वञ्चित मुलुकभरका झन्डै तीन लाख बिद्यार्थीलाई लक्षित गरी ल्याइएको यस अभियानले सरकारी विद्यालयमा नयाँ विद्यार्थीको चाप देखिन थालेको हो । यसै अभियानलाई निरन्तरता दिदै काठमाडौं चन्द्रगिरी स्थित प्रभात माध्यमिक बिधालयमा पनि नयाँ भर्ना सुरु भएको छ । सो अवसरमा काठमाडौं जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले सुप्रिया परियारलाई माध्यमिक तहसम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्दै अभिभाबकत्त्व ग्रहण गरेका थिए । साथै नयाँ भर्ना अभियानलार्इ सार्थकता दिन र हरेक बालबालिकालाई विद्यालय शिक्षाको पहुँचसम्म पुराउन जिल्ला शिक्षा कार्यालय कटिबद्ध रहेको अधिकारीले बताए । सोही अवसरमा नेकपा एमालेका जिल्ला सदस्य तथा चन्द्रगिरि नगर संयोजक प्रलाहद बहादुर कार्कीले स्थानिय अनिल श्रेष्ठको सम्पूर्ण पढाई खर्च ब्यहोर्दै अभिभाबकत्त्व ग्रहण गरेका थिए भने सोही विद्यालयमा अध्ययन गरेका संचारकर्मी श्रीहरि थापाले भुकम्पबाट अभिभाबक गुमाएकी छात्रा प्रतिभा भण्डारीको माध्यमिक तह सम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्ने गरी अभिभावकत्त्व ग्रहण गरेका थिए ।