टुंगो लगायो माओवादीले प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको नाम

सिन्धुपाल्चोक, असोज ८ । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले २ नम्बर प्रतिनिधिसभा अन्तर्गत २ नम्बर प्रदेशसभाको उम्मेद्वार टुङ्गो लगाएको छ । माओवादीको आइतवार बसेको बैठकले प्रत्यक्ष तर्फ र समानुपातिक तर्फका उम्मेद्वार टुङ्गो लगाएको हो ।

प्रदेशसभा २ मा प्रत्यक्ष उम्मेद्वार चन्द्रबहादुर थापाको नाम सिफारिस भएको छ । त्यस्तै दावा तामाङलाई प्रतिनिधि सभा २ को लागि प्रत्यक्ष तर्फका उम्मेद्वार यसअघि नै माओवादीले सिफारिस गरेको थियो ।

प्रदेशसभा २ मा समानुपातिक तर्फ रोहिणी विक ‘तस्वीर’, फर्वा ह्याल्मो, फुर्वा, स्याङबोको नाम सिरफारिस भएको छ । त्यस्तै समानुपातिक तर्फ झम्क पराजुली, ‘हिमाल’, बलराम विक, ल्यार्केल लामा, लमजम शेर्पा सिफारिस भएका छन् ।

प्रत्यक्षतर्फका उम्मेद्वार सिफारिस भएका थापा स्थानीय तहको निर्वाचनमा मेलम्ची नगरपालिकाको मेयर टिकट पाउनेमा पक्का थियो । पार्टी मिलाउनका लागि थापाले सहजै टिकट छाडेका थिए । उनले त्यस बखत टिकट छाडेर त्यागि नेताका रूपमा परिचय बनाएका थिए ।

बहुचर्चित मेलम्ची खानेपानीको पूर्वअध्यक्षसमेत रहेका थापा तत्कालिन क्षेत्र नम्बर ३ का चर्चित नेतासमेत हुन् । थापालार्इ त्यस भेगका स्थानीयले विकासे नेताका रूपमा चिन्छन् । मेलम्ची खानेपानीको अध्यक्ष हुँदा होस अथवा जिल्लाबाटै पनि बजेट लगेर गाउँमा विकास गरेका थिए ।

माओवादीले यसअघि प्रदेशसभा १ मा युवराज दुलाल ‘शरद”को नाम सिफारिस गरिसको छ ।

वीरगन्जमा कांग्रेसले बनायाे ८८ वर्षीया कार्कीलार्इ उपमेयरकाे उम्मेदवार

वीरगन्ज, भदौ १८ । कांग्रेसले वीरगन्ज महानगरपालिकाको उपमेयर उम्मेदवारको पनि टुंगो लगाएको छ । उपमेयरमा महाधिवेशन प्रतिनिधि ८८ वर्षीया शान्ति कार्कीलाई उम्मेदवार बनाउने भएको छ । मेयरमा अजय द्विवेदीलाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकले वीरगन्जको उपमेयरमा नेतृ शान्ति कार्कीलाई उठाउने निर्णय गरेको जिल्ला सचिव श्याम पटेलले जानकारी दिए । केन्द्रीय सदस्य रमेश रिजाल र जिल्ला सभापति तथा मेयर उम्मेदवार अजय द्विवेदीबीच उपमेयर उम्मेदवार छनौटमा विवाद हुँदै आएको थियो । कार्कीले विभिन्न आन्दोलनका क्रममा जेलसमेत बसेको र पार्टीमा धेरै योगदान दिएको पर्सा कांग्रेसले जनाएको छ । उपमेयरमा केन्द्रीय सदस्य रिजालले पत्रकार एवं प्रेस युनियनका संस्थापक सदस्य कन्हैयालाल केशरीकी छोरी प्रियंका केशरीको नाम प्रस्ताव गरेका थिए । तर, एक नेताका अनुसार केशरीको नाम उपमेयरका लागि जिल्लाबाट सिफारिस नै भएको थिएन । मेयर र उपमेयरको टुंगो लागेसँगै वीरगन्ज महानगरमा कांग्रेसले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएको छ । केन्द्रीय सदस्य शेखर कोइराला, मेयरका उम्मेदवार द्विवेदी र उपमेयरका उम्मेदवार कार्कीसँगै स्थानीय नेता कार्यकर्ताले चुनावी घरदैलो सुरु गरेका छन् । कांग्रेसले शुक्रबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा गरेको घरदैलो कार्यक्रम गरेको छ ।     त्यस्तै, जगरनाथपुरमा पार्टी प्रवेश कार्यक्रम र वगहीमा रात्रीसभासमेत गरेको छ । जगरनाथपुरमा भएको पार्टी प्रवेश कार्यक्रममा मधेस आन्दोलनका सहिद दिलीप चौरसियाको परिवारका सबै सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस पर्साले जनाएको छ । छोरा सहिद हुँदा पनि मधेसी दलले साथ नदिएकाले मधेसी दलको साथ छोड्नुपरेको चौरसियाका परिवारजनले बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम र एमाले परित्याग गरी तीन सयभन्दा बढी कांग्रेसमा प्रवेश गरेको कांग्रेस जिल्ला सचिव श्याम पटेलले दाबी गरे ।

विदेशको एउटै कार्यक्रममा १० सचिब र १४ सहसचिब जाँदै

काठमाडौं, भदौ १८ । सरकारका १० सचिब, १४ सहसचिब र एक उपसचिबसहितको जम्बो टोली विदेश भ्रमणमा निस्किने तयारीमा छ । कर्मचारीमा विदेश भ्रमणको मोह बढेको भन्दै आलोचना भइरहँदा एउटै कार्यक्रमका लागि उच्चस्तरको भ्रमण हुन लागेको हो । चीन सरकारको आमन्त्रणमा हुन लागेको कार्यक्रममा सहभागी हुन सचिब र सहसचिबहरु १२ देखि २५ सेप्टेम्बरसम्म चीन भ्रमणमा रहनेछन् । उनीहरु चीन सरकारको सार्बजनिक प्रशासनको अवलोकनका लागि १३ दिन लामो भ्रमणमा निस्किन लागेको सामान्य प्रशासन मन्त्रालयले भ्रमणको समन्वय गरिरहेको छ । सामान्यले दुई देशका उच्च सरकारी अधिकारीबीच सार्बजनिक प्रशासनको अनुभव आदनप्रदान र विकासका मोडेलहरुको अध्ययन गर्न यस्तो हुन लागेको बताएको छ ।  – नयाँ पत्रिकाबाट

‘आधुनिक बैंकिङ व्यवस्थापन र अर्थव्यवस्था’ पुस्तक बजारमा

नवलपरासी, भदौ १५ । बैंकिङ क्षेत्रका कर्मचारी एवं लेखक सुरोज टण्डनले ‘आधूनिक बैंकिङ व्यवस्थापन र अर्थव्यवस्था’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले टण्डनले आफ्नो चौथो प्रकाशनका रुपमा सो पुस्तक बजारमा ल्याउनुभएको हो । नेपाली बजारमा विभिन्न विधाका पुस्तक प्रशस्त रहे पनि अर्थतन्त्र, बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित पुस्तक पाठकको माग र आवश्यकताअनुरुप पाउन कठिन रहेकाले सो पुस्तक प्रकाशन गरेको लेखक टण्डनको भनाइ छ । पुस्तकमा नेपालको आर्थिक क्षेत्र, वित्तीय क्षेत्र, बैंकिङ क्षेत्र, आधुनिक व्यवस्थापन, पूँजी बजारलगायत ऐन, नियम र संविधानका विषय वस्तु समेट्ने प्रयास गरिएको छ । राजनीतिमा सकारात्मक अवस्था देखिनुले पनि अर्थतन्त्रमा मुद्रास्फीति न्यून र आर्थिक वृद्धि बढ्न गएको विषय वस्तुसमेत पुस्तकमा समावेश गर्न खोजिएको छ। लेखक टण्डनका अनुसार बैंकिङ र गैरबैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी र मानिसका लागि सो क्षेत्रलाई शिक्षा र जानकारी गराउन पुस्तक कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ । लेखक टण्डन कृषि विकास बंैक मुख्य कार्यालय काठमाडाँैमा शाखा प्रमुख पदमा कार्यरत हुनुहुन्छ । यसअगावै टण्डनले नेपालबाहेक जर्मनबाट समेत यस्ता पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।

सर्वोच्च र सरकारको आदेश अनुसार नेशनल कलेजलाई सम्बन्धन दिएको त्रिवीको दावी (विज्ञप्ती)

त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतले दिएको आदेश, मन्त्रीस्तरीएय निर्णय र डिनको कार्यालयबाट प्राप्त पत्रका आधारमा नेशनल मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको दावी गरेको छ । त्रिवि कार्यकारी परिषदले गत साउन १२ गते नेशनल मेडिकल कलेजलाई शैक्षिक वर्ष ०७४/७५ देखि एमबीबीएसको मात्र पढाइ सुरु गर्न अस्थायी सम्वन्धन दिएको थियो । उक्त निर्णयविरुद्द देशव्यापी आलोचना र संसदमा समेत ज़रूरी महत्वको प्रस्ताव दर्ता भएपछि त्रिवीले बिज्ञप्ति निकालेर बचाऊ गरेको छ ।

मोटरसाइकल दूर्घटनामा चारको मृत्यु

रुपन्देही, भदौ ९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह १० भलुहीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जनाको ज्यान गएको छ । लु २३ प १०२८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको लु ३३ प, ७०८३ नम्बरको मोटरसाइकल आज विहान एकापसमा ठोक्किएका थिए । दुर्घटनापछि दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीको पर्रोहा बस्ने २१ वर्षीय खेमराज थापा, नवलपरासीको रामग्रामका २५ वर्षीय सुरज चौधरी, नवलपरासी सुनवलका २४ वर्षीय दिवाकर यादव र बुटवल १६ का २४ वर्षीय सुमन कुँवर रहेका छन् । मोटरसाइकल चालकद्वय खेमराज र सुरजको घटनास्थलमा नै मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार २ जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा नाच्दा जेल पुगे किशोर

भदौ ७ । साउदी अरबमा एक १४ वर्षीय किशोरलाई प्रहरीले गिरफ्तार गरेको गरेको छ । जेद्दाको व्यस्त सडकमा ती किशोरले सन् १९९० को हिट गीत ‘माकारेना’ मा नृत्य गरेको भिडियो सामाजिक संजालमा पोस्ट भयो । उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रशासनले कारवाही अघि बढाएको हो । साउदी प्रशासनका अनुसार ती किशोरको ‘अनुचित सार्वजनिक व्यवहार’ का लागि सोधपुछ गर्न नियन्त्रणमा लिइएको जनाएको छ । ती किशोरको राष्ट्रियता तथा नाम सार्वजनिक गरिएको छैन । उनीमाथि मुद्दा चलाइन्छ वा चलाइदैंन भन्ने पनि प्रष्ट भइसकेको छैन । ४५ सेकेन्ड लामो उक्त भिडियो क्लिप सन् २०१६ मा पोस्ट भएको बताइएको छ ।

जापानको टोकियोमा बफिन्स–९८ घन्किँदै

साउन २८ । म मरे पनि मलाई यो देशको माया छ, नेपाल, बितिसक्यो यो रात, धन्य छौ तिमी सहिदजस्ता राष्ट्रभावले ओतप्रोत गीत गाएर चर्चामा आएको सांगीतिक समूह बफिन्स–९८ लाइभ इन टोकियो कार्यक्रममार्फत जापानमा प्रस्तुत हुने भएको छ । उक्त कार्यक्रम साउन २८ गते शनिबार दिउँसो २ बजेदेखि राति १२ बजेसम्म युनिभर्सल सिटी, जापानमा सञ्चालन हुने ब्यान्डका मुख्य भोकलिस्ट सञ्जीव गुरुङले बताएका छन् । हामी नेपाली साँझ शीर्षकको उक्त कार्यक्रममा बफिन्स–९८ ले आफ्ना नयाँ तथा पुराना गीत सुनाउनेछ । कार्यक्रममा बफिन्स–९८ का अतिरिक्त पृष्ठभूमि ब्यान्ड, साहस ब्यान्ड, भाइ खलक ब्यान्ड तथा हेनरी एन्ड दि व्यान्डले समेत प्रस्तुति दिनेछन् ।

विद्यालय भवन निर्माणका लागि १९ लाख ५० हजार सहयोग

म्याग्दी, साउन २८ । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले रु नौ लाख ३७ हजार सहयोग गरेका छन् । जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहनुभएका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो । विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका संयोजक क्षेत्रीलाई उदद्धृत गर्दै जयन्ती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले जानकारी दिनुभयो । करिब रु तीन करोडको लागत लाग्ने निर्माणाधीन विद्यालय भवनका लागि जिल्ला शिक्षा कार्यालय म्याग्दीले रु १९ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । जिल्ला शिक्षाले उपलब्ध गराएको रकमबाहेक अपुग रकम स्थानीयवासीको श्रमदान, चन्दा संकलन र अन्य कार्यक्रम गरेर जुटाउने प्रयास भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले बताउनुभयो ।

भैंसीले पाए सुत्केरी भत्ता !

बैतडी, साउन १८ । बैतडीको दशरथचन्द नगरपालिकाका किसानले पालेका २२ वटा भैंसीलाई जिल्ला पशुसेवा कार्यालयले सुत्केरी भत्ता वितरण गरेको छ । प्रतिभैंसी २५ सयका दरले सुत्केरी भत्ता वितरण गरिएको हो । भैसी पालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागिआर्थिक वर्ष २०७३/७४ मा जिल्ला पशुसेवा कार्यालयले किसानहरुसँग आवेदन मागेको थियो । त्यसैको आधारमा भैँसीपालक किसानहरुलाई भैसी सुत्केरी भत्ता वितरण गरिएको जिल्ला पशुसेवा कार्यालय पाटनका सूचना अधिकृत शिवराज भट्टले जानकारी दिए । गएको आर्थिक वर्षदेखि भैंसी सुत्केरी भत्ता कार्यक्रम सञ्चालनमा ल्याइएको हो । गतवर्ष सुत्केरी भैंसीले भत्ता पाउन सकेका थिएनन् । भैंसीको विमा गरेका किसानलाई मात्रै भैंसी सुत्केरी भत्ता दिएको भट्टले जानकारी दिए ।। उनले भने, ‘भैसीको विमा गरेका किसानले मात्रै भैसी सुत्केरी भत्ता पाएका छन्, अघिल्लो वर्ष कसैले पनि विमा नगराएका कारण बजेट फ्रिज भएको थियो ।’

देउवा सरकारमा सहभागी नहुने राप्रपाको निर्णय, पार्टी विवाद झन चुलियो

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले देउबा सरकारमा सहभागी नहुने निर्णय गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउबाले मन्त्रीपरिषद बिस्तार गरे लगत्तै राप्रपाको यस्तो निर्णय सार्वजनिक भएको हो । सरकार विस्तार गर्दा मन्त्रालय छनौटबारे आफूहरुसँग सल्लाह नगरेको राप्रपाको आरोप छ । राप्रपाले उपप्रधानसहित ५ मन्त्री मागेपनि देउवाले चार मन्त्रालय भन्दा बढी दिन नसकिने बताएपछि राप्रपा सहभागी भएको थिएन । आन्तरिक विवादले थला परेको राप्रपाले संविधान संशोधनमा भने आफ्नो सैद्दान्तिक सहमतिको अडान कायमै रहेको जनाएको छ । पार्टीभित्रको विवादलाई टुंग्याउन प्रदेश स्तरीय परिषद बैठक गर्ने निर्णय समेत राप्रपाले गरेको छ । यसका लागि मिति समेत आज बसेको राप्रपा पदाधिकारी बैठकले तय गरेको छ । जस अनुसार, प्रदेश नम्बर १ को झापा, ३ को हेटौंडा, ४ को पोखरा, ५ को नेपालगञ्ज, ६ को सुर्खेत र प्रदेश नम्बर ७ को कञ्चनपुरमा बैठक गरिने छन् ।

कसले झ्वाम पा¥यो डोल्माको नाममा उठेको लाखौं रुपैयाँ

काठमाडौ, साउन १ । कुवेतमा १० वर्ष आजीवन कारावास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पाको नाममा उठेको लाखौं रुपैयाँ हिनामिना भएको छ । हाल राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसिरहेकी डोल्माको रिहाईका लाग लाखौं रुपैयाँ उठेको थियो । आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ– फिलपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुनअनुसार सुरुमा मृत्युदण्ड सजाय सुनाइएकी डोल्माको सजाय ‘ब्लडमनी’ बुझाएर आजीवन कारावासमा झारिएको थियो । दस वर्ष लामो जेलजीवन कटाएर उनी एक साताअघि राजधानी फर्किएकी हुन् । डोल्मालाई थुनामा राखेर मृत्युदण्ड सुनाइएपछि ‘डोल्मा शेर्पा बचाऊ अभियान’ भनेर अन्तर्राष्ट्रिय तहमा सुरु भएको अभियानमा ५० लाख रुपैयाँभन्दा बढी सहयोग रकम उठेको मिडियामै सार्वजनिक भएको थियो । अहिले त्यो रकम कहाँ छ, कसैलाई थाहा छैन । उनको नाममा उठेको लाखौं रुपैयाँको खोजबिन अझै हुन सकेको छैन । ‘डोल्माले कुवेतको जेलबाट छुटकारा पाउने भएपछि हामीले पनि उनका नाममा गैरआवासीय नेपाली संघबाट उठेको रकमको खोजबिन गर्‍यौं,’ गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष हिक्मत थापाले नाइजेरियाको लेगोसबाट कान्तिपुरसँग भने, ‘उनका नाममा उठेको झन्डै ३२ लाख रुपैयाँ अहिले पनि संघको कल्याणकारी शाखामा छ । यो रकम संघको काठमाडौं केन्द्रीय कार्यालयबाट प्रक्रिया पुर्‍याएर डोल्माले लिन सक्नेछिन् ।’ थापाका अनुसार डोल्मा बचाउ अभियानअन्तर्गत २००८ को सुरुआतदेखि उठेको अन्तर्राष्ट्रिय सहयोगबाट त्यही वर्ष अप्रिलमा १ हजार डलर ९१ लाख रुपैयाँ० ‘साउदी एकाउन्ट’ मा प्रत्यक्ष डिपोजिट गरिएको देखाए पनि यो एकाउन्ट कहाँ, कसको नाममा छ, स्पष्ट हुन सकेको छैन । साउदी अरेबियाको रियादस्थित दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत दिएको जनाए पनि संकलित कुनै रकम दूतावासको खातामा देखिन्न । डोल्मा थुनामा परेर मृत्युदण्डको सजाय सुनाइएपछि बनेको ‘डोल्मा जीवन बचाउ अभियान’ का संयोजक एवं नेपाल शेर्पा संघका पदाधिकारी ल्हाक्पा थिन्ले शेर्पाका अनुसार डोल्मा बचाउका नाममा बौद्ध–जोरपाटी यात्रामा उठेको झन्डै डेढ लाख रुपैयाँ माइती नेपाल मातहतको खातामा सुरक्षित छ भने राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाबाट उठेको रकमबारे संघ बेखबर छ । ‘गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाका अध्यक्ष तेन्जिङ शेर्पाले डोल्माको ब्लडमनी रकममा ३ लाख रुपैयाँ प्रत्यक्ष बुझाएको थाहा छ,’ शेर्पाले भने, ‘अरू संकलन र खर्चबारे जानकारी छैन ।’ डोल्माको जीवनरक्षामा नेपाल सरकारले ४ हजार डलर ९बीउ पैसा० राखेको थियो भने त्यसमा ६ हजार डलर ९६ लाख रुपैयाँ० थपेर ब्लडमनीबापत फिलिपिनो परिवारलाई बुझाइएको थियो । उठेको रकमबाट १२ हजार डलर डोल्माका पक्षमा लड्ने कुवेतस्थित वकिललाई बुझाइएको थियो । तर, उठेको र बचत हिसाबकिताबबारे कुनै जानकारी नभएको कुवेतस्थित एक कूटनीतिक अधिकारीले बताएका छन् । ‘मेरो जानकारीमा रहेअनुसार डोल्माका नाममा कुनै हिसाबकिताबको फाइल यहाँ दूतावासमा छैन,’ ती अधिकारीले भने । १० वर्षअघि डोल्माका नाममा नेपाल सरकारको पहलमा सुरु भएको सहयोग संकलन अभियानबारे परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखालाई पनि जानकारी छैन । महाशाखाका एक वरिष्ठ अधिकारी भन्छन्, ‘त्यो अभियान र संकलित रकमबारे परराष्ट्रलाई कुनै जानकारी छैन ।’ गैरसरकारी संघसंस्था र विशेषतस् महिला हकअधिकारका पक्षमा बोल्ने निकायका लागि आकर्षणको नाम बनेको डोल्मा शेर्पाका श्रीमान् आङतेन्जी शेर्पा यतिखेर इराकको कुर्दिस्तानमा छन् । डोल्माका एक छोरा काठमाडौंकै एक निजी स्कुलमा माध्यमिक तहमा अध्ययनरत छन् । ‘डोल्माका छोराका नाममा ६ लाख रुपैयाँ बैंकमा जम्मा गरिएको छ, यो पनि गैरआवासीय नेपालीले गरेको सहयोग हो,’ शेर्पा संघका प्रतिनिधि ल्हाक्पा थिन्ले भन्छन् । डोल्मा बचाउ अभियानमा सुरुदेखि संलग्न आप्रवासी महिला कामदार समूहकी अध्यक्ष विजया राईले पनि डोल्माका नाममा उठेको रकमको पारदर्शिता कतै नरहेको बताइन् । ‘डोल्माको जीवनरक्षाका नाममा दिएको ब्लडमनीबापतको रकम, वकिलका लागि दिइएको रकम र अरू हिसाबकिताबबारे पनि कहींकतैबाट जानकारी पाउन सकिएको छैन,’ अभियन्ता राईले भनिन्, ‘साउदी अरेबिया र कुवेतको दूतावास पनि डोल्मा बचाउ अभियानको हिसाबमा बेखबर छन्, परराष्ट्र पनि थाहै नभएझैं गर्छ । अब यो हिसाबबारे कसलाई सोधपुछ गर्ने रु’ १० वर्ष लामो जेल सजाय जुन २० ९असार ६० मा पूरा भएपछि डोल्मालाई कुवेत सरकारको घर फिर्ती प्रक्रिया ९डिपोर्टेसन० केन्द्रमा राखिएको थियो । २००७ को जुन २० देखि जेलमा रहेकी डोल्मालाई कुवेतको उच्च अदालतले २००८ को डिसेम्बर २३ मा सहकर्मी हत्या गरेको पुष्टिसहित मृत्युदण्ड सजाय सुनाएको थियो । लगत्तै नेपाल सरकारले गरेको आग्रह र अन्तर्राष्ट्रिय रूपमा चलेको ‘डोल्मा बचाउ अभियान’ का कारण डोल्माको मृत्युदण्ड १० वर्षे जेल सजायमा रूपान्तरण भएको थियो । इस्लामिक कानुनअनुसार हत्या गरिएको परिवारले ‘ब्लड मनी’ ९हत्या गरिएबापत रगतको मूल्य० स्वीकार गरेको अवस्थामा डोल्माले पाएको कठोर सजाय मिनाहा भएको थियो । पछिल्लो तथ्यांकमा खाडीको कुवेतमा मात्रै ६१ हजार नेपाली कामदार रहेकोमा २३ हजार घरेलु कामदार महिला छन् । दूतावासका अनुसार कुवेतका जेलमा हाल ५२ जना नेपाली रहेकोमा ३ जनालाई मृत्युदण्ड, १४ जनालाई आजीवन कारावास र अन्यलाई बढीमा १५ वर्षको जेल सजायका लागि थुनामा राखिएको छ । यसमा १ देखि १५ वर्षसम्मको जेलसजाय बेहोर्ने महिलाको संख्या ८ छ । थुनामा पर्नेमध्ये अधिकांशले लागूपदार्थ कारोबारको अभियोग बेहोरिरहेका छन् ।

जनयुद्धबारे प्रचण्डको नयाँ खुलासा

काठमाडौं, असार ७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले तत्कालीन नेकपा माओवादीले २०४४ सालमै जनयुद्ध गर्न चाहे पनि परिस्थितिले आठ वर्ष ढिलो सुरु गरिउको खुलासा गरेका छन् । पत्रकार उजिर मगरद्वारा लिखित पुस्तक अंशको विमोचन गर्न मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले २०४४ सालमै जनयुद्ध सुरु गर्न गोरखाको सिरानचोकमा पहिलो सैन्य तालिम समेत गरेको सम्झना गरे । ‘तर परिस्थिति परिवर्तन भयो, जनयुद्धको मिति पनि धकेलियो,’ प्रचण्डले भने । २०५२ फागुन १ गते सुरु भउको माओवादी जनयुद्ध १० वर्षसम्म चलेको थियो । २०४४ सालमा कुनै नेताले चाहेर मात्र सशस्त्र संघर्ष नभएको चर्चासमेत प्रचण्डले गरे । ‘त्यो एउटा रिभुलुस्नरी रोमान्सको उत्सुकता थियो जस्तो लाग्छ’, उनले भने, ‘प्रचण्ड या बाबुरामले चाहँदैमा जनयुद्ध हुँदैनथियो, त्यसैले त्यो बेला भएन ।’ त्यो समयमा जनयुद्ध सुरु गर्न नसक्नुको मुख्य कारण २०४६ सालको जनआन्दोलनको वातावरण बन्दै जानु भएको प्रचण्डको बुझाइ छ ।‘सुरु गर्ने तयारी गरिरहँदा ०४६ को आन्दोलनको वातावरण बन्यो,’ उनले भने, ‘त्यसैले भएन । नागरिक दैनिकमा खबर छ ।

सात गोलको थ्रिलरमा चेल्सी विजयी

जेठ २ । वार्टफोर्डविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा प्रिमियर लिग जितेको खुसियाली मनाएको छ । सात गोल भएको रोमाञ्चक खेलमा चेल्सी ४–३ गोल अन्तरले विजयी बनेको हो । यस सिजन चेल्सी छाड्न लागेका जोन टेरीले खेलको २२ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । सेप्टेम्बरपछि पहिलो पटक खेलको शरुवाती टोलीमा परेका टेरीले गोल गर्दै यो सिजन चेल्सीका लागि सबै प्रतियोगितामा १ सयौँ गोल पनि पूरा गरेका छन् । तर, लगत्तै उनको गल्तीको फाइदा उठाउँदै इटिने कापुयेले गोल गर्दै वाटफोर्डलाई खेलमा फर्काए । सिजर एज्पिलिकुयेटाले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए ।    

मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला

चितवन, वैशाख २५  । मुग्लिन–नारायणगढ सडक अाजदेखि जेठ तीन गतेसम्म चौबिसै घण्टा खुल्ला हुने भएको छ । स्थानीय तहको चुनावलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । सबै मजदुर  चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने र चुनावी कार्यक्रम पनि भइरहने भएकाले १० दिन बाटो खुल्ला गर्ने निर्णय गरिएको हो । आइतबारसम्म यो सडक बिहान १० बजेदेखि ४ बजेसम्म ६ घन्टा बन्द हुँदै आएको छ । अहिलेसम्म यस सडक खण्डको ४७  प्रतिशत काम पूरा भएको छ । निर्माण सम्झौता भएको यही वैशाखमा दुई वर्षको म्याद पूरा भएपछि निर्माण आधा पनि काम नहुँदा फेरि म्याद थप गरेर निर्णाण कार्य अघि बढाइएको छ । आउँदो पुसको पहिलो हप्तासम्मका लागि समय थप गरिएको आयोजनाले जनाएको छ । सडक खण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा अहिले काम भइरहेको छ । विभिन्न ६ वटा निर्माण कम्पनीले तीन खण्ड छुट्याएर काम गरिरहेका छन् । काम ढिलाइ हुँदा यहाँ आवतजावत गर्ने यात्रु प्रभावित हुँदै आएका छन् ।  

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

झापा, वैशाख २० । प्रेस स्वतन्त्रताको अवस्थाले लोकतन्त्रको मापन हुने बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । २० औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो धारणा राखेका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आयोजित कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईले अभिव्यक्ति स्वतन्तत्रताको स्तरले राज्यमा लोकतान्त्रिक अवस्था कस्तो छ ? भन्ने देखाउने बताए । शाखा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपाल झापा शाखा सचिव प्रदिप परियारले आज पनि सञ्चारकर्मीहरुले स्वतन्त्रपूर्वक बोल्न लेख्न पाउने अवस्था नरहेको बताए । विश्व पे्रस स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार लोक रेग्मीको प्रस्तुति रहेको मिलन विछोड नामक म्युजिक भिडियोको समेत लोकार्पण गरिएको थियो । म्युजिक भिडियोको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ लोकगायक एलपी जोसीले गरेको थियो । कार्यक्रमलाई वरिष्ठ गीतकार शिवशंकर थापा, निर्देशक तथा पत्रकार डिकेस लामा, लोक रेग्मी, संगीतकार राम सिटौला लगायतले शुभकामन व्यक्त गरेका थिए । महासंघ शाखा उपाध्यक्ष एकराज गिरिले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखा सचिव सन्तोष आयार्यले गरेका थिए । कार्यक्रममा ४ मिनट २२ सेकेन्डको एउटा म्युजिक भिडियो प्रस्तुती र गायक प्रेम मोक्तानले एउटा गीत प्रस्तुत गरेका थिए ।