यस्तो छ बजारमा सुनचाँदीको मूल्य अवस्था !
काठमाडौं, पुस १० ।
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
सोमबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर ५९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बढेर ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार बजारमा चाँदीको मूल्य भने यथावत नै रहेको छ ।
सोमबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ७ सय २० रुपैयाँमै कारोवारमै भइरहेको छ ।
परीक्षा तयारीः के हो कर्जा जोखिम, कसरी गर्छन् बैंकले समाधान ?
मृगेन्द्र नाथ रिमाल । साधारणतयाः जोखिम जीवनको हरेक पक्ष एवम् वित्तीय क्षेत्रमा खास रुपमा अन्तरनिहित हुन्छ । जोखि कुनै पनि व्यवसायमा हुने अनिश्चितता साथै वित्तीय व्यवहारलाई हाँकने मुलभूत तत्व पनि हो भन्ने बुझ्नु जरुरी हुन्छ । जोखिम सर्वव्यापी छ, त्यसकारण कुनै पनि बैंकहरु जोखिमबाट स्वतन्त्र छैनन् भन्ने गरिन्छ । बैंकिङ व्यवसायको भविष्य निसंदेह जोखिम व्यवस्थापनको गतिशीलतामा निर्भर गर्छ । जोखिम(risk) ल्याटिन शब्द rescum अर्थात सामुद्रिक जोखिमबाट आएको उल्लेख भएको पाइन्छ । बैंकहरुले भोगिराखेका जोखिमहरु उचित ढंगबाट सामना गरिएको, प्रभावपूर्ण तरिकाले नियन्त्रण भएको तथा राम्रोसँग व्यवस्थापन भएको बुझ्नु ज्यादै महत्वपूर्ण हुन जान्छ । बैंकद्धारा संचालित हरेक कारोबारहरुले त्यस बैंकको जोखिममा परिवर्तन भइरहेका हुन्छन् । कारोबार गर्दा हरेक जोखिमको कारण पर्न सक्ने प्रभावहरुलाई नियन्त्रण गर्न के कति हलसम्मको आँकलनमा जाने भन्ने कुरा निरन्तर नयाँ नयाँ उजागर हुने जोखिमहरुले गर्दा बैंकहरुका लागि असम्भव झैँ भएको देखिन्छ । त्यसकारण जोखिम व्यवस्थापन अभ्यासको प्रभुख चुनौती भन्नु नै जोखिमसम्बन्धी नविनतम सूचनाहरु उपलब्ध गराउनु हो । व्यवसायभ नेको त्यो कला हो, जसमा कुनै हिंसाबिना अरुको खल्तीबाट पैसा झार्न सकियोस् । तर, जोखिमबिना व्यवसायमा नाफा कमाउानु भनेको नजन्मिकन बाँच्न खोज्नुजस्तै हो । हाल बैंकहरु वित्तीय मध्यस्थकर्ता हुनुको साटो जोखिम मध्यस्थकर्ताको रुपमा अगाडी बढ्दै गएको देखिन्छ । तीब्र प्रतिष्पर्धाको कारण बैंकहरुले वित्तीय एवम् गैर वित्तीय जोखिमहरुको सामना गरिराखेका छन् । व्यवसाय वृद्धिको मूद्यय कारण नै त्यस व्यवसायले लिने जोखिमको मात्रामा भर पर्दछ । जुन मात्रामा जोखिम लिइन्छ, सोही अनुसारको मुनाफा पनि हासिल गर्न सकिन्छ । त्यसकारण, व्यवसायले जोखिम तथा मुनाफालाई सन्तुलनमा राख्न विशेष ध्यान दिनुपर्छ । जोखिम व्यवस्थापनको आवश्यक कार्य भनेको बैंकिङ रुपरेखाको पहिचान, मापन तथा अझ विशेष गरेर त्यसको अनुगमन नै हो । निष्कृय सम्पत्ति भनेको वर्तमानमा अतितको निरन्तरता हो भने जोखिम व्यवस्थापन प्रणाली भनेको भविष्यका लागि वर्तमानमा गरिने सकृय कार्य हो । जोखिम व्यवस्थापन भनेको जोखिम व्यवस्थापन गर्नुअगावैको परिवर्तनबाहेक केही हैन । बैंकहरुका लागि नयाँ द्धार खुल्नुको साथै तीनीहरुले नयाँ जोखिम पनि भित्राउने हुनाले सोबाट पार पाउन सदैब तयार रहनुपर्दछ । जोखिमका प्रकारहरु जब हामी जोखिम शब्दको प्रयोग गछौँ, त्यसबाट वित्तीय जोखिम वा वित्तीय नोक्सानीको अनिश्चितता भन्ने बुझने गर्छौँ । जोखिमलाई मापन गर्ने हो भने अक्सर घट्ने वा नघट्ने सम्भावनाको रुपमा लिन सकिन्छ । बैंकहरुले मूख्यतयाः कर्जा जोखिम, बजार जोखिम तथा सञ्चालन जोखिमहरुको सामना गरिराखेका हुन्छन् । जोखिमलाई बैंकको पुँजी वा आर्जनलाई अपेक्षित वा अनपेक्षित रुपमा अनुकुल वा प्रतिकुल तवरले प्रभाव पार्ने सम्भावनाको रुपमा पनि हेर्ने गरिन्छ । अपेक्षित नोक्सानीहरु सञ्चय र प्रावधानबाट ढाकिन्छन् तथा अनपेक्षित नोक्सानीको लागि पुँजीको बाँडफाँड गर्नुपर्ने हुन्छ । त्यसैले, पुँजी पर्याप्तता अनुपातको आवश्यकता महशूस हुन्छ । तरलता व्यवस्थापन गरी वित्तीय रुपले सक्षम हुँदै सर्वसाधारणहरुलाई कर्जा लगानी गरी नाफा पनि कमाउनुपर्ने कारणहरुले गर्दा बैंकहरु (खासगरी सरकारी स्वामित्वका) मा जोखिम हुने खतरा भइरहन्छ । त्यसकारण सार्वजनिक क्षेत्रका बैंकहरुको हकमा जोखिम सामान्य रुपमा देखा पर्ने गर्दछ । प्रभावकारी जोखिम व्यवस्थापन गर्ने वित्तीय संस्थाहरु मात्रै बजारमा लामो समयसम्म टिक्न सक्षम हुन्छन् । बैंकिङ व्यवसायमा विभिन्न किसिमका जोखिमहरुमध्ये, कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिमलाई विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यी जोखिमहरुलाई न्युनिकरण गर्न बैंकहरुले विभिन्न प्रकारका योजना तथा निर्णयहरु लिनुपर्दछ । नेपालका सार्वजनिक क्षेत्रका बैंकहरुमा जोखिम न्युनिकरणका लागि बाह्र वित्तीय तथा कानुनी सहायताको साथै व्यवस्थित योजना तथा रणनीति समेत अबलम्बन गर्नुपर्ने देखिन्छ । कर्जा जोखिम कर्जा जोखिम भन्नाले कर्जा वा सापटी लिने वा दिने कुनै एक पक्षले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नबाट बञ्चित गराइएको कारणबाट उत्पन्न हुने जोखिमलाई बुझ्नुपर्दछ । अर्थात, यो कर्जा लिने व्यक्ति वा संस्था वा कर्जा ग्राहकले लिएको कर्जा वा ऋिण वा सापट नतिरेको कारणले उत्पन्न हुन जाने जोखिम हो । कर्जा अवधिभित्रको विभिन्न चरणहरुमा यस्तो जोखिम सिर्जना हुन सक्दछ । कर्जा जोखिम व्यवस्थापनको मूख्य उद्देश्य जोखिमको न्युनिकरण गर्नका साथै कर्जा जोखिमलाई स्वीकृत मापदण्डभित्र कायम राखि बैंकको जोखिम समायोजित प्रतिफल दरलाई अधिकतममा पुर्याउनु हो । कर्जा जोखिम हुनुमा खास गरेर प्रभाग जोखिम (पोर्टफोलियो रिस्क) को ठूलो भूमिका हुन्छ । यस्तो जोखिम विशेषतः अतिकेन्द्रित जोखिमको कारण उत्पन्न हुन्छ । कुनै खास शीर्षकमा मात्रै लगानी केन्द्रित गर्ने र उक्त शीर्षकको असुलीमा बाधा आउँदा यस्तो जोखिम देखा पर्दछ । कारोबारको शिलशिलामा कर्जा जोखिमलाई मुल्यांकन गर्न कर्जा मापनले ठूलो मद्दत पुर्याउँछ । त्यस्तै, कर्जा प्रभाव विश्लेषणको माध्यमबाट पनि कर्जा जोखिमलाई अतिकेन्द्रित हुनबाट बचाउँछ । कर्जा मुल्यांकनको माध्यमबाट मापन गर्ने, कर्जा नोक्सानीको परिमाणको अनुमान गर्ने, वैज्ञानिक तवरले व्याजदर निर्धारण गर्ने तथा प्रभावकारी कर्जा विश्लेषण एवम् उचित प्रभाव व्यवस्थापन गर्न सक्यो भने कर्जा जोखिम व्यवस्थापन गर्न सरल हुन्छ । बजार जोखिम बजारमा भइरहने परिवर्तनका कारण बैंकमा हुने सम्भावित नोक्सानीलाई बजार जोखिम भनिन्छ । यस्तो जोखिममा व्याजदर तथा मुद्रा विनिमय दर जस्ता वासलातभित्र वा बाहिरको मूल्यहरु नकारात्मक ढंगले प्रभावित हुन्छन् । व्याजदर तथा विदेशी विनिमयको मूल्यमा हुने परिवर्तनका कारण बैंकको आर्जनमा पूर्ण प्रभाव पर्न जान्छ । बजार जोखिम व्यवस्थापनले बैंकको तरलता, व्याजदर, विदेशी विनिमय लगायत अन्य सम्बन्धित पक्षहरुको मापन, अनुगमन एवम् व्यवस्थापन गर्न एक गतिशील ढाँचाको व्यवस्था गर्दछ । दबाब परीक्षण तथा पृष्ठभूमी विश्लेषण मूलतः यस्ता संयन्त्र हुन्, जसले भविष्यमा आउन सक्ने विभिन्न कठिनाइहरुको आँकलन गरी सोका लागि अग्रीम रुपमा चनाखो भएर बस्न सहायता पुर्याउँछ । अनुमानहरु समय समयमा परिवर्तन भइरहने भएकाले परिक्षणका नतिजाहरुको आवधिक अध्ययन जरुरी हुन्छ । तरलता जोखिम बैंकले आफ्नो दायित्व पूरा गर्न रकम जुटाउन नसक्नु वा जुटाउँदा अस्वभाविक दस्तुर र्तिुपर्ने अवस्थाले तरलता जोखिमको सिर्जना हुन्छ । यस्तो हुनुमा अत्याधिक मात्रमा कर्जा प्रभाव हुनु वा एकैपल्ट ठूलो रकम भुक्तानी हुनु पनि हो । लगानीभन्दा निक्षेपको अनुबंदित परिपक्वता छोटो हुने भएकाले तरलता व्यवस्थापनको माध्यमबाट ग्राहकले आफ्नो निक्षेप निकाल्न सक्ने सम्भावित अवस्थाको आँकलन गरिन्छ । खास गरेर निक्षेप, लगानी गर्न एवम् वासलात बाहिरको दाबीलाई भुक्तानी दिन सहायक हुन्छ । बैंकको जोखिम व्यवस्थापन गर्नको लागि सम्पत्ति दायित्व व्यवस्थापनलाई एक प्रमुख अंगको रुपमा लिइन्छ । यसले सम्पूर्ण सम्पत्ति तथा दायित्वको निरन्तर रुपमा सँगसँगै जाँच गर्ने कार्य गर्दछ र यस्तो कार्य गर्नुको प्रमुख उद्देश्य नगद परिचालन एवम् भुक्तानी, लागत, असुली र जोखिम अनावरणमा सन्तुलन कायम राख्नु हो । यसमा मू्ख्यतयाः निक्षेप तथा लगानीका विभिन्न सेवाहरुको मूल्य(व्याजदर) निर्धारण गर्ने गरिन्छ । व्याजदर जोखिम बजारका कारण व्याजदरमा परिवर्तन आई व्याज आम्दानीम नकारात्मक असर पर्नु नै व्याजदर जोखिम हो । यसको कारण बैंकको नाफा नोक्सान प्रभावित भई यसको वित्तीय स्थिती समेतलाई प्रभावित बनाउँछ । बजारको माग तथा आपूर्तिको अवस्था विचार गरी नियमित रुपमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एवम् कर्जा लगानी व्याजदरहरुको तुलनात्मक स्थिती एवम् पुँजी लागत अध्ययनको आधारमा सम्पत्ति दायित्व व्यवस्थापन समितिमार्फत व्याजदर निर्धारण गरिन्छ । व्याजदरमा परिवर्तन भइरहँदा नाफा, सम्पत्तिको मूल्य, वासलात बाहिरका दायित्वहरु एवम् नगद प्रवाहलाई असर पार्छ । त्यसकारण, व्याजदर जोखिम व्यवस्थापनको मूख्य उद्देश्य बैंकको आर्जनलाई कायम राख्ने क्षमताको विकास गर्ने, सम्भावित नोक्सानीलाई ग्रहण गर्न सक्ने क्षमता नै हो । व्याजदर जोखिम व्यवस्थापन गर्ने शिलशिलामा बैंकहरुले बजार व्याजदरको उतारचढावबाट प्रभावित हुने खालका प्रभागहरुको जोखिम मूल्यांकन गर्न सक्नुपर्दछ । आवधिक रुपमा व्याजदर समायोजन हुने गरी प्रवाह गरिएको कर्जालाई जुन अवधिमा व्याजदर समायोृजन गरिन्छ, सोही समय अन्तरालभित्र समावेश गर्नुपर्दछ । कुनै व्याजदर विशेष परिवर्तनसँग समायोजन हुने (जस्तै ट्रेजरी बिलको व्याजदर) गरी प्रवाह गरिएको आवधिक कर्जालाई सबैभन्दा कम अवधिको समय अन्तरालभित्र समावेश गर्नुपर्दछ । व्याजदरमा भएको परिवर्तनका कारण प्रभावित हुने निश्चित भुक्तानी अवधि नभएका दायित्वहरुलाई मात्र जुन अवधिमा व्याजदर समायोजन गरिन्छ सोही समय अन्तरालभित्र समावेश गर्नुपर्दछ । अन्तर मापन विभिन्न समय अन्तरालका कुल सम्पत्तिबाट कुल दायित्व घटाएर सो समय अन्तरालको सम्पत्ति तथा दायित्वको अन्तर निर्धारण गर्नुपर्दछ । उक्त अन्तर धनात्मक अथवा ऋणत्मक दुवै हुन सक्छ । व्याजदर जोखिम न्युन गर्ने प्रयोजनको निमित्त प्रत्येक समय अन्तरालको सञ्चित अन्तर समेत निर्धारण गर्नुपर्दछ । सञ्चित अन्तर निर्धारण गर्दा जुन समय अन्तरालको सञ्चित अन्तर निर्धारण गर्नुपर्ने हो सो समय अन्तरालको अन्तरसहित सोभन्दा अघिका समय अन्तरालका अन्तरलाई समेत जोडेर राख्नुपर्दछ । व्याजदरमा हुनसक्ने सम्भावित परिवर्तनलाई अनुमान गर्नका लागि सामान्यतयाः एक प्रतिशतले व्याजदर परिवर्तनबाट पर्न जाने असरलाई हेर्न सकिन्छ । परिवर्तन हुने अनुमान गरिएको व्याजदरलाई प्रत्येक समय अन्तरालको समयावधिसँग समायोजित हुने गरी निर्धारण गर्नुपर्दछ । विदेशी विनिमय जोखिम विदेशी मुद्राको विनिमय दरमा आउने परिवर्तनबाट संस्थाको वित्तीय अवस्थामा पर्न सक्ने असरलाई विदेशी विनिमयसम्बन्धी जोखिम भनिन्छ । यसले गर्दा अनुमान गएिको सावा रकम तथा लगानीको प्रतिफल प्राप्त गर्न सकिँदैन । बैंकले विदेशी विनिमय दरमा आउने परिवर्तनबाट उत्पन्न हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न केन्द्रीय बैंकले जारी गरेको लेखासम्बन्धी नीति तथा वित्तीय विवरणहरुको ढाँचासम्बन्धी निर्देशन बमोजिमको सटही घटबढ कोषको व्यवस्था गर्नुपर्दछ । बैंकले अल्पकालीन तथा दीर्घकालीन भुक्तानी अवधिका आधारमा विदेशी विनिमयलाई मुद्रागत रुपमा वर्गीकरण गरी दुबै अवधिको खुद अवस्था देखाउनुपर्दछ । बैंकको विदेशी विनिमयको दैनिक खुद अवस्था बढीमा प्राथमिक पुँजीको ३० प्रतिशतसम्म हुने गरी नेपाल राष्ट्र बैंकले सीमा कायम गरेको छ । खुद अवस्था उक्त सीमाभन्दा बढी हुन गएमा बैंक स्वयम्ले त्यस्तो अवस्थालाई सीमाभित्र ल्याउन प्रयास गर्नुपर्दछ । एक महिनाभित्र पनि बैंकले खुद अवस्थालाई सीमाभित्र नल्याएमा नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम कारबाही हुन्छ । खुद अवस्था गणना गर्दा परिवत्र्य विदेशी मुद्रा निक्षेप दायित्व तथा अग्रिम विदेशी विनिमय खरिदविक्री रकम समेतलाई समायोजन गरेको हुनुपर्दछ । सञ्चालन जोखिम मानवीय गल्ती, वित्तीय जालसाझी तथा प्राकृतिक प्रकोपका कारण उत्पत्ति हुने जोखिमहरुले बैंकलाई सताइरहेको हुन्छ । प्रविधिको उल्लेखनिय उपयोग तथा आपसी वित्तीय सम्पर्क जस्ता कारणहरुले गर्दा यस्ता जोखिम बढ्दै गएको देखिन्छ । सञ्चालन जोखिम अपर्याप्त वा असफल आन्तरिक प्रक्रिया, व्यक्ति तथा प्रणाली वा बाहिरी घटनाको कारण नोक्सानी हुने जोखिम हो । यसलाई न्युनिकरण गर्ने शिलशिलामा आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक लेखा परीक्षणलाई प्रारम्भिक उपायको रुपमा अपनाइन्छ । यो जोखिम तथ्यांक राख्ने कार्य तथा नियमनहरु पालना गर्ने सन्दर्भमा देखा गर्ने गर्छ । संस्थाको लागि यो उजागर भएको अवस्थामा ठूलो मूल्य चुकाएर मात्र पार लगाउन सकिने खालको हुन्छ । बैंकले आफूले गरेको सम्झौता सम्बन्धी शर्तहरु तोकिएको समयमा पूरा गर्न नसक्दा पनि यस्तो जोखिम व्यहोर्नुपर्ने हुन्छ । राफसाफ, फर्छ्यौट वा अन्य क्रियाकलापमा भर पर्नुपर्ने अन्य निकायको कारणले पनि यस्तो जोखिम हुन जान्छ । जटिल कार्यहरु सञ्चालन गर्नुपूर्व सोसम्बन्धी ज्ञान हरेक तहका सम्पूर्ण कर्मचारीलाई नियमित रुपले दिँदा पनि केही हदसम्म सञ्चालन जोखिमलाई घटाउन सकिन्छ । बीमा पनि सञ्चालन जोखिम न्युनिकरण गर्नेमध्येको प्रमुख कार्य हो । सञ्चालन जोखिम सम्बन्धी घटनाहरु आन्तरिक नियन्त्रण प्रक्रियाहरुसँग गाँसिएका हुन्छन् । सञ्चालन जोखिमलाई व्यवस्थापन गरी आफ्नो हितको सुरक्षा गर्न अप्ठ्यारो तथा अनपेक्षित खराब अवस्थामा पनि त्यसलाई व्यवस्थापन गर्ने कार्य बैंकको क्षमतामा निर्भर गर्ने हुन्छ । सञ्चालन जोखिमले गर्दा आन्तरिक नियन्त्रण तथा संस्थागन सुशासन प्रभावित भई गल्ती, जालसाझी, कार्य असफलता, व्याजमा समर्पण आदि दिशातर्फ उन्मुख हुने हुनाले वित्तीय नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । उचित संस्थागत सुशासन अभ्यास आफैँमा एक प्रभावकारी जोखिम व्यवस्थापन संयन्त्र हो । खास गरेर सञ्चालन जोखिम बजार तथा कर्जा जोखिमसँगै अल्झिने र यसलाई छुट्याउन कठिनाई हुने कारण बैंकबले सञ्चालन जोखिम सम्बन्धी साझा समझदारीलाई विशेष जोड दिनुपर्दछ । अन्त्यमा, जोखिम व्यवस्थापनले संस्थाको अस्तित्व परिवर्तनको पखाईमा बसी घटित भएको अवस्थामा मात्र कार्य गर्नेभन्दा अनुमान र परिवर्तनको लागि तयार भएर बस्ने क्षमतामा ठूलो तवरले भर पर्ने तर्फ इंगित गर्छ । जोखिम व्यवस्थापनको उद्देश्य जोखिमसम्बन्धी गतिविधिलाई निषेध एवम् हटाउने हैन, बरु जोखिम बुझेरै पूर्ण ज्ञान स्पष्ट उद्देश्य तथा समझदारीका साथ मापन एवम् न्युनिकरण गर्न सकियोस् भनेर लिइने कार्य हो । यसले संस्थालाई असफल वा प्रतिष्पर्धात्मक अवस्थामा भौतिक रुपले स्विकार गर्न नसकिने नोक्सानी हुनबाट बचाउँछ । जोखिम व्यवस्थापनको कार्यहरु वासलातको आकार र गुण, कार्यहरुको जटिलता, प्राविधिक र पेशेवर जनशक्ति तथा सूचना प्रविधिको अवस्थाअनुसार विशिष्टीकरण गरिएको हुनुपर्दछ । जोखिम संख्यात्मक नभई विषयगत र प्रतिफल चाहिँ वस्तुगत एवम् मापनयोग्य हुने हुनाले जोखिम र प्रतिफललाई सन्तुलनमा राख्न त्यत्तिको सजिलो छैन । यदि जोखिमको विषगततालाई संख्यामा लग्न सकिने भएको भए सन्तुलन गर्ने प्रयास अर्थपूर्ण एवम् सरल हुन्थ्यो । बैंकिङ भनेको वित्तीय सेवा प्रदायक संस्था एवम् पुँजीको आवश्यकता भएका ग्राहकबीचको वित्तीय मध्यस्थता बाहेक केही होइन । त्यसैले, वित्तीय सेवाहरु प्रदान गर्ने क्रममा बैंकहरुले वित्तीय एवम् गैरवित्तीय विभिन्न किसिमका जोखिमहरुको आँकलन गर्दछन् ।
१० नियोगमा राजदूत नियुक्त गर्दै सरकार
काठमाडौँ, कार्तिक १७ । सरकारले रिक्त रहेका चार , चाँडै रिक्त हुन लागेका ६ समेत १० कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गर्ने भएको छ । कार्तिकभित्रै राजदूतका लागि सिफारिस गर्ने सरकारको तयारी छ । हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग, मलेशिया र युनाइटेड अरब इमिरेट्समा राजदूत खाली छन् । तीन महिनाभित्र थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदूतको म्याद सकिँदैछ । शुरुमा रिक्त देशमा मात्रै राजदूत सिफारिशका लागि तयारी भएको तर तीन महिनाभित्र छ स्थानमा रिक्त हुने भएकोले अब एकैसाथ सिफारिश गरिने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । ‘म जापान जानुअघि नै १० देशमा राजदूत नियुक्तीका लागि सिफारिश हुने गरी गृहकार्य भइरहेको छ’ परराष्ट्रमन्त्री ज्ञवालीले भने । उप्रेतीलाई भारत नपठाइने सरकारले यसअघि भारतका लागि प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती र मलेशियाका लागि उदय पाण्डेलाई राजदूतका लागि सिफारिश गर्ने निर्णय गरेको थियो । उप्रेतीको नियुक्तीप्रति सत्तारुढ नेकपाभित्रै चर्को असन्तुष्टि प्रकटभएपछि सरकारले उनी र पाण्डेको नियुक्ती अघि बढाएनन् । अब उप्रेतीलाई राजदूत नबनाइने भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘हामी यस सम्बन्धमा पनि छलफलमै छौँ । चाँडै टुंग्याउँछौँ ।’ सरकारले तयार गरेको राजदूत नियुक्तिसम्बन्धी पछिल्लो निर्देशिकामा राजदूत पद खाली हुनु तीन महिनाअघि सिफारिस गर्ने उल्लेख छ । यही अनुसार रिक्त हुने दूतावास र मिसनमा सिफारिश हुन लागेको परराष्ट्रमन्त्रीको भनाई छ । विगतमा कांग्रेस, राप्रपा र विघटित फोरम लोकतान्त्रिकको कोटाबाट नियुक्त राजदूतहरुलाई फिर्ता बोलाउनेबारे छलफल नभएको ज्ञवालीले बताए । कहाँ कहाँ खाली हुँदैछ ? क्यानाडा, फ्रान्स, कुवेत, दक्षिण अफ्रिका, थाइल्याण्डस्थित राजदूत र स्वीटजरल्याण्डको जेनेभास्थित स्थायी प्रतिनिधिको कार्यकाल पुसमा सकिँदैछ । क्यानाडामा राजदूत कालीप्रसाद पोखरेल, फ्रान्समा अम्बिका मानन्धर लुइँटेल, कुबेतमा यज्ञबहादुर हमाल, दक्षिण अफ्रिकामा अमृतबहादुर राई र थाइल्याण्डमा खगनाथ अधिकारी तथा जेनेभास्थित राष्ट्रसंघीय नियोगका लागि स्थाइ प्रतिनिधि दीपक धितालको कार्यकाल सकिँदैछ । परराष्ट्रमन्त्रालयका सहसचिव रहेका छ मध्ये अधिकारी र लुईँटेल उमेर हदका कारण अवकासमा जानेछन् । कार्यकाल सकिएपछि धिताल पोखरेल, राई र हमाल भने मन्त्रालय फिर्ता हुनेछन् । उनीहरु चार बर्षअघि राजदूत नियुक्त भएर गएका थिए । को को छन् दाबेदार ? भारतका लागि सरकारको छनौटमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल छन् । संयुक्त राष्ट्रसंघको स्थाइ प्रतिनिधिका लागि परराष्ट्रका बरिष्ठतम सहसचिव भरतराज पौड्याललाई पठाउने तयारी छ । परराष्ट्रसचिव शंकरदास बैरागीले अस्वीकार गरेपछि उनीपछिको बरियताक्रमका पौड्याललाई न्युयोर्क पठाइन लागेको हो । मलेशियामा उदयराज पाण्डेलाई पठाइनेछ । अब नियुक्त गरिने १० नियोगमध्ये भारत र युएईबाहेकका मिसनमा यसअघि करिअर डिप्लोम्याट (परराष्ट्रका सहसचिव)पठाइएको थियो । अब त्यही अनुसार हुने/नहुने एकीन छैन । न्युयोर्कमा पौडेललाई पठाउने भएपछि बाँकी ७ मिसनमा परराष्ट्रबाट पठाइएमा विगतको नजिर अनुसार लामो समय मन्त्रालयमा रहेका सहसचिवहरुको दाबी छ । मिसनबाट फिर्ता भएर लामो समय उपसचिव बसेका र बढुवा भएर मन्त्रालयमा रहेकाहरुमध्ये सहसचिवहरु दीपक अधिकारी, दुर्गाप्रसाद भण्डारी, गणेश प्रसाद ढकाल, भृगु ढृंगाना, मणि भट्टराई र तापस अधिकारीमध्येबाट नियुक्ती हुनुपर्ने मन्त्रालयभित्र माग छ । तर यसपटक राजनीतिक पहुँचका आधारमा मन्त्रालयमा पटकपटक गरी २ वर्ष पनि नबसेका कृष्णप्रसाद ढकाल र दाबेदारमध्ये अन्तिम सूचीमा परेका मणि भट्टराईको दाबी छ । राजदूत पदका लागि नेकपामा भारतका लागि महेन्द्र पाण्डे र बिष्णु रिमालको चर्चा छ । अन्य मुलुकका लागि युवराज चौलागाईँ, बिष्णु रिजाल, ऋषि अधिकारी, नारद वाग्ले भारद्धाज, अन्जना शाक्य, डा केशब बस्याल, गोपाल खनाल चर्चामा छन् । खनालले भने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि पनि दरखास्त हालेका छन् । अमेरिकाका लागि राजदूत डा अर्जुन कार्की र दक्षिण अफ्रिकाका लागि राजदूत अमृतबहादुर राईले पनि न्युयोर्कस्थित स्थाइ प्रतिनिधिमा दाबी गरेका छन् । कार्की पूर्वएमाले र राईले पूर्वमाओवादी कित्ताबाट दाबी गरेको जानकारहरुको भनाई छ । तर, उनीहरुलाई दोहो-याएर नियुक्ती दिने पक्षमा प्रधानमन्त्री नरहेको निकटवर्तीहरुको भनाई छ । नयाँपत्रिकाबाट
उर्जामन्त्री पुन अस्पताल भर्ना
काठमाडौं, कार्तिक १७ । उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्पताल भर्ना भएका छन् । छाति दुख्ने समस्याका कारण मन्त्री पुन शुक्रबार राति काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनलाई अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा. यादव भट्टलगायत संलग्न छन् ।
सरकारद्वारा सय नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक (सूचीसहित)
काठमाडौं, कात्तिक १५ । नेपाल सरकारले पर्यटन विकासका लागि एक सय ओटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय नयाँ गन्तव्य छनोट गरेको हो । नयाँ पर्यटकीय गन्तव्यका लागि देशैभरबाट परेका ६ सयभन्दा बढीको आवेदन तथा प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट गरिएको मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए । नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले ५ आधार तय गर्दै भदौमा सूचना प्रकासित गरेको थियो । नयाँ विकास गर्नु पर्ने गन्तव्यहरुमा चालु आवमा विनियोजित बजेटबाट बाँडफाँट गरिने मन्त्रालयले जानकारी दिएको छ । सय ओटा नयाँ गन्तव्यको पूर्वाधार लगायतका क्षेत्रको विकासका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको र प्रत्येक गन्तव्यलाई रू. ५० लाख रुपैयाँका दरले बजेट छ्ट्याइएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यालले जानकारी दिए । उनले भने, ‘अहिले गन्तव्य पहिचान गरी थोरै भएपनि बजेट विनियोजन गरिएको छ । यसबाट ती गतन्यको प्रारम्भिक कार्य हुनेछ । क्रमशः स्थानीय सरकार तथा निजी क्षेत्रको सहकार्यमा गन्तव्यको थप विकास गरिने छ ।’ सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालको पर्यटन प्रवद्र्धनको लागि नयाँ गन्तव्य पहिचान गर्ने उल्लेख गरेको थियो । नयाँ सय गन्तव्य छनोट कार्यले सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई समेत सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ । नयाँ पहिचान गरिएका पर्यटकीय गन्तव्यले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले जानकारी दिए । नेपालले नेपाल भ्रमण वर्षलाई ‘लाइफ टाइम एक्सपेरियन्स’का रुपमा प्रवद्र्धन गर्न चाहेको र नेपालमा संसारको कुनै पनि ठाँउमा नभएको अलौकिक स्थानहरु रहेकोले पनि यो प्रयास सकारात्मक रहको उनले बताए । हेर्नुहोस् यी सूची- आर्थिक अभियानबाट
वडाध्यक्ष माथि आक्रमणः टाउकोमा गहिरो चोट, खुट्टा भाँच्चियो
सर्लाही, कार्तिक १३ । जिल्लाको रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५-२० जनाको समूहले उनीमाथि आक्रमण गरेको हो । आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उनको बायाँ खुट्टा भाँच्चिएको छ । उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको वडाध्यक्ष महतोले बताए । आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका छन् । उनको साथमा रहेको नगद, मोबाइल र सुनको हनुमानी समेत लुटी लगेको घाइते महतोले बताए । उनी नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
गायिका प्रशन्ना पाण्डेको ‘फूलमा देख्छु तिमी नै, जुनमा देख्छु तिमी नै’ गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ, असोज २३ । दशैँको पूर्वसन्ध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् । नेपाली गजल गायनमा स्थापित वरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् । आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्शक श्रोताको मनमा बस्न सफल छन्। हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानित समेत भएकी उनले दसैंको अवसरमा ‘फूलमा देख्छु तिमीनै, जुनमा देख्छु तिमीनै’ बोलको गीत कोशेली ल्याएकी हुन् । गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने विकाश वाइवाले गरेका छन् । म्युजिक भिडियोमा नयाँ मोडेल कुमार रेग्मीलाई अभिनयमा चर्चित मोडेल रिमा बिश्वकर्माले साथ दिएकी छिन् । भिडियोको निर्देशन युवा निर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन् । हेर्नुहोस् भिडियो–
पाकिस्तानी प्रधानमन्त्री इमारन खानले भैंसी बेचेर कमाए १४ लाख !
एजेन्सी, असोज १२ । नयाँ प्रधानमन्त्री इमारान खान नेतृत्वमा आएसंगै पाकिस्तान सरकारले प्रधानमन्त्री निवासको आठवटा भैंसी लिलामी गरेको छ । र, करिब १४ लाख रुपैयाँ जुटाएको छ । गएको साता पनि प्रधानमन्त्री निवासमा रहेको कार बेचेर पाकिस्तान सरकारले पैसा जम्मा गरेको थियो । यी भैंसी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफको समर्थकले किनेका थिए । यो मध्ये एउटा भैसी ३ लाख ८५ हजार रुपैयाँमा काल्ब अलीले खरिद गरेका छन् । अलीले भनेका छन् ‘भावनात्मक कारणले गर्दा १ लाख २० हजार पर्ने भैंसीलाई तीन गुणा पैसा तिरिएको हो ।’ उनले अगाडि थपे, ‘मैले यो भैंसी नवाज शरीफ प्रति आफ्नो लगाव भएकाले किनेको हुँ ।’ प्रधानमन्त्री इमरान खानले फजुल खर्च रोक्नका लागि लालामी गरेका हुन् । खान सरकारले अब केही समयमा चारओटा सरकारी हेलिकोप्टर पनि लिलामी गर्ने तयारी गरिरहेको छ ।
मलेसियामा नेपाली कामदारहरु मदिरा सेवनबाट ६ को मृत्यु, १६ गम्भीर (नामावलीसहित)
असोज ३ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ भने १६ जना नेपाली बिरामी भएका छन्। मलेसियाको सेलेङगर सहरका विभिन्न स्थानमा रोजगारीका क्रममा रहेका उनीहरु मंगलबार बेलुकादेखि अस्पताल भर्ना भएका थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए। घटनाबारे जानकारी लिन उनी राति नै अस्पताल पुगेका थिए। उपचाररत जितबहादुर माझी मदिरा सेवनपछि बिरामी भएपश्चात् उनीहरुलाई सुंगाइबुलो, कजांग, क्लाङ, बान्टिङ अस्पताल लगिएको थियो । उपचार गराएर केही नेपाली फर्किइसकेका छन् । घटना सार्वजनिक भएलगत्तै त्यहाँस्थित टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए । नेपाललाइभबाट
आज तपाइको दिन कस्तो ? हेर्नुस् राशिफल
वि.सं. २०७५ साल साउन २६ गते, शनिबार, इश्वी सन् २०१८ अगस्ट ११ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि-औंसी, १५ः४७ बजेउप्रान्त प्रतिपदा। मेष- परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले तत्काललाई काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। बृष- जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा पछि परिनेछ। दाजुभाइमा असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। मिथुन- अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नुपर्ला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। कर्कट- तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। सिंह- खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। कन्या- व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। तुला- अवसर प्राप्त भए पनि पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्ला। ठूलो भागको मोहले समस्या निम्त्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। बृश्चिक- काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धनु- आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ। मकर- घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। कुम्भ- परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्नाले आर्थिक काममा बाधा हुनेछ। बिग्रिएको काम दोहोर्याउनुपर्ला। चुनौतीपूर्ण कामको दायित्व लिनाले दुस्ख पाइनेछ। मीन- समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्नेछ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। काम र समयको तालमेल नमिल्न सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। -नेपाली पात्रो
४० औं पुष्पलाल स्मृति दिवस मनाइँदै
काठमाडौं । आहज देशभर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलाल श्रेष्ठले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकार समेत मानिने पुष्पलाल जीवनभर संगठन विस्तार एवं जनताको स्वतन्त्रको लागि संघर्षमै लागिरहे । श्रेष्ठ राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला हुन् । दाजुले सहादत प्राप्त गर्दा १६ वर्षका किशोर रहेका पुष्पलाल सुरु देखि नै क्रान्तिकारी चेतका थिए । गङ्गालाल श्रेष्ठले सहादत प्राप्त गरेको एक वर्षपछि नै १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरेका थिए । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपमा सम्पर्क राखी उनीहरूको नेलसहितको तस्बिर पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा छाप्न लगाएका थिए । उनले २००५ मा कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली भाषामा सहज बनाएका थिए । यसलाई नेपाली भाषाको पहिलो साम्यवादी साहित्य मानिन्छ । साथै पुष्पलाल २०२५ सालमा निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा अगाडि सार्ने पहिलो नेता थिए । पुष्पलालको विवाह सहाना प्रधानसँग भएको थियो । पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।
विरोध प्रदर्शनका लागि स्थान तोकिँदा जनजीवन सहज हुने अपेक्षा
काठमाडौँ । सरकारले विरोध प्रदर्शन गर्न पाइने भनेर निश्चित स्थान तोकिदिएपछि काठमाडौँ उपत्यकाको सवारी आवागमन र व्यापार व्यवसायमा सकारात्मक प्रभाव पर्ने देखिएको छ । लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु नागरिकको मौलिक हक भएपनि मुख्य बजार र मुलुकको केन्द्रीय निकायको प्रवेशमार्गमा रहेको माइतीघर मण्डलाजस्ता स्थानमा हुने विरोध प्रदर्शनले आममानिसले हैरानी खेप्दै आएका थिए । त्यस्ता स्थानमा हुने विरोध प्रदर्शनले राज्यकै सेवा प्रवाहमा असर पर्दै आएको ठानी गृहमन्त्रालयले ‘गृह प्रशासन सुधार योजना’ अन्तर्गत आउँदो साउन १ गतेदेखि लागू हुने गरी विरोध प्रदर्शनका लागि स्थान तोकिदिएको हो । विरोध प्रदर्शनका लागि काठमाडौँमा सात, ललितपुरमा छ र भक्तपुरमा एक ठाउँ तोकिएको छ । यही असार १४ गते मन्त्रालयले सार्वजनिक गरेअनुसार काठमाडौँको खुलामञ्च (टुँडिखेल), तीनकुने, भुइँखेल भगवान्पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरन, सिफलचौर र लैनचौरस्थित समाज कल्याण परिषद्को खुला क्षेत्र प्रदर्शन स्थल तोकिएका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौँ जिल्ला सुरक्षा समिति र काठमाडौँ महानगरपालिकाबीचको बैठकले यस्तो निर्णय गरेको थियो । ललितपुरका च्यासल खेलमैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैँसेपाटी छ्यासीकोटको खुला ठाउँ, बज्रबाराहीको खुला ठाउँ र लुभू लामाटार तथा भक्तपुरको सल्लाघारी खुला मैदानलाई विरोध प्रदर्शनका लागि तोकिएको छ । सरकारले नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको सम्मान गर्दै सामान्य अवस्थामा ती स्थान तोकिएको जनाएको छ भने कतिपय नागरिक समाज र बौद्धिक वर्गले त्यस्तो निर्णयलाई ‘स्वतन्त्रता खुम्च्याइएको’ रुपमा अथ्र्याएका छन् । राज्य प्रणाली र सरकारसँग आमजनताको विरोध रहेकै कारण निषेधित क्षेत्र तोडेर विगतमा जनआन्दोलन भएका थिए । आन्दोलनकै जगमा संविधान जारी भई सरकार बनेकाले यसले जनताका अधिकार कुण्ठित गर्ने मनसाय नराख्ने गृहमन्त्री रामबहादुर थापा बादलले जनाउँदै आउनुभएको छ । विसं २०६८ को जनगणनाअनुसार काठमाडौँको जनसंख्या १७ लाख ४० हजार ९७७ छ र जनसंख्या वृद्धिदर ६० दशमलव ९३ प्रतिशत छ । बसोबासका आधारमा काठमाडौँको जनसंख्या करीब ४० लाख रहेको अनुमान गरिएको छ । गत वैशाखसम्मको सरकारी आँकडाअनुसार काठमाडौँमा १० लाख ७० हजार सवारी साधन गुड्छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा संसारका लोकतान्त्रिक मुलुकमा पनि विरोध प्रदर्शनका लागि निश्चित स्थान तोक्ने अभ्यास रहेको जनाउँदै माइतीघर मण्डलामै विरोध प्रदर्शन हुँदा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने वा खुलामञ्चमा गर्दा अपमान हुने ठान्न नसकिने जिकिर गर्नुभयो । उहाँले शहरी सौन्दर्यका लागि निजी घर मासेर माइतीघर मण्डला बनाइएको सन्दर्भ उल्लेख गर्दै विरोध प्रदर्शनका लागि खुलामञ्चलाई थप व्यवस्थित गर्न महानगरपालिकाले आवश्यक कार्य गर्ने बताउनुभयो । माइतीघर मण्डलामा सामाजिक र सांस्कृतिक कार्यक्रमका प्रदर्शनलाई भने रोकेको देखिएको छैन । विश्वका विकसित र लोकतान्त्रिक मुलुकमा पनि विरोध प्रदर्शन र आवागमन व्यवस्थित गर्न निश्चित स्थान तोकिएका छन् । संयुक्तराज्य अमेरिकामा राजनीतिक उद्देश्यका लागि ‘स्पिच फ्री जोन’ तोकिएको छ । त्यहाँको अदालतले त्यसको समय, स्थान र तरिका सरकारले निर्धारण गर्न सक्ने आदेश दिएको छ । यसैगरी, बेलायतको हाइड पार्क, इङ्ल्याण्डका स्पिकर कर्नरहरु, सिंगापुरमा होङ लिम पार्क र भारतको जन्तरमन्तर विरोध प्रदर्शनका लागि निर्धारित क्षेत्र हुन् । दक्षिण अफ्रिकामा ‘सिभिक प्रोटेस्ट ब्यारोमिटर’ को नीति लागू गरिएको छ । नेपालको संविधानको धारा १७ को ‘स्वतन्त्रताको हक’ अन्तर्गत कानूनबमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित नगरिने व्यवस्था छ । प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, संघसंस्था खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्नेजस्ता स्वतन्त्रता संविधानले दिएको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा संघीय एकाइ वा विभिन्न जातजाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्नेे, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अपहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको भने मानिने छैन । पूर्व गृहसचिव सूर्यप्रसाद सिलवाल विगतमा पनि निश्चित स्थान तोक्न भएको अभ्यासको हाल निरन्तरता भएको बताउनुहुन्छ । उहाँले सार्वजनिक आवागमन र सेवाको प्रभावकारिताका लागि उक्त निर्णय सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । “निश्चित स्थानमा जति पनि विरोध प्रदर्शन गर्न पाइन्छ, सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर त्यस्तो स्थान तोक्ने कानूनी व्यवस्था छ, यसले मानव अधिकारको हनन गरेको ठहर्दैन,” सिलवालले भन्नुभयो – “कसैले सिंहदरबारभित्र गएर विरोध प्रदर्शन गर्छु भन्ला तर राज्यले त्यो छुट दिन सक्दैन ।” राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक भने विरोध प्रदर्शनका लागि निश्चित स्थान तोकेर व्यवस्थित गर्नु आवश्यक भए पनि पर्याप्त छलफल र विकल्प तयार नगरी सरकारले निर्णय गरेको भनी टिप्पणी गर्नुभयो । उहाँले रासससँग भन्नुभयो – “नेपालले अन्तर्राष्ट्रिय मानव अधिकारको अभिसन्धिलाई आत्मसात् गरेको छ तर, सरकारले अहिलेको समयमा टुँडिखेललाई व्यवस्थित नगरी विरोध प्रदर्शनका स्थल तोक्नु उचित हुँदैन ।” उहाँले सरकारले गरिरहेका कामबारे नागरिक, सञ्चार क्षेत्र र अन्यले बोल्न पाउने अधिकार हनन हुनु मानव अधिकारसम्मत नहुने धारणा राख्नुभयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का कार्यवाहक अध्यक्ष डिके ढुंगानाले भन्नुभयो – “लोकतन्त्रमा आफ्नो विचार राख्न पाउने स्वतन्त्रता हुन्छ तर, आममानिसलाई प्रतिकूल असर नपर्ने गरी विरोध प्रदर्शन गर्ने नयाँ संस्कार नेपालले पनि अपनाउनु उचित हुन्छ ।” रासस
श्रीमानलाई मार्न योनिमा विष राखेपछि…
ब्राजिल । ब्राजिलको साओ पाउलोमा श्रीमानको हत्या गर्ने उद्देश्यले एक महिलाले योनीमा विष राखेको पुष्टी भएको छ । साओ पाउलोका एक व्यक्तिले आफ्नी श्रीमतिले योनिमा विष राखेर आफूलाई ओरल सेक्स गर्न लगाई हत्या गर्ने प्रयास गरको आरोप लगाएका छन् । साओ पाउलोको होजेमा बस्ने एक ४३ वर्षीय व्यक्तिका अनुसार पाकक्रिडाका क्रममा (सेक्सका समय) उनको श्रीमतिको योनिबाट कडा गन्ध आएपछि उनी छक्क परे । र उनले श्रीमतिलाई यसबारेमा सोधे तर उनले उचित जवाफ दिइनन् । उनले यसबारेमा गहन रुपमा सोचेर र नयाँ जुक्ति निकाले । र उनले श्रीमतिलाई अस्पताल लगेर गए । त्यसपछि त्यसो गर्नुको रहस्य अस्पतालमा पत्ता लग्यो । उनले पतिको हत्या गर्ने उद्देश्यले यस्तो कार्य गरेकी पुष्टी भयो । ल्याब टेस्ट रिपोर्ट्समा महिलाले आफ्नो योनिमा ठूलो मात्रमा विषादी राखेको पुष्टी भयो । महिलाले पनि आफूसँगै श्रीमानको पनि हत्या गर्ने उद्देश्यले आफूले त्यस्तो कार्य गरेको स्वीकार गरेकी छन् । एजेन्सी
१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
महोत्तरी, असार ११ । महोत्तरीको औरहीमा १३ वर्षकी बालिकामाथि सामूहिक बलात्कार भएको छ । बालिकामाथि जंघा खोलामा आइतबार दिउँसो ४ बजेतिर दुई युवकले सामूहिक बलात्कार गरेको पीडित बालिकाका परिवारले बताएका छन् । बालिका भाँडा माझ्न खोलामा गएका बेला यो घटना भएको हो । बालिकाले आफूलाई दुई युवकले जवरजस्ती करणी गरेको बताएपछि घरपरिवारले प्रहरीमा खबर गरेका थिए । घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको र अर्का युवकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । सांकेतिक तस्बिर
न्यायिक समितिका संयोजकका लागि दुई दिने अभिमुखीकरण
पोखरा । प्रदेश नं. ४ भित्रका स्थानीय तहका न्यायिक समिति संयोजकका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यशाला आजदेखि पोखरामा शुरु भएको छ । स्थानीय तहमा न्यायिक समितिको प्रभावकारिता अभिवृद्धिका साथै जनताले सामाजिक न्यायका क्षेत्रमा गरेका अपेक्षालाई पूरा गराउन सहयोग पुर्याउने उद्देश्यका साथ कार्याशाला आयोजना गरिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले सर्वसाधारणलाई सामाजिक न्यायको प्रत्याभूति हुनु आवश्यक भएको बताउँदै कुनैपनि व्यक्तिले आफू उत्पीडित बनेको महसुस नगर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । संघीय व्यवस्था अनुसार तीन तहको सरकार भएको बताउँदै उहाँले व्यवस्थापिका, कार्यापालिका र न्यायपालिका सहितको व्यवस्था अहिले अभ्यासका क्रममा रहेको उल्लेख गर्नुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलका अनुसार प्रदेशभित्रका ८५ वटा स्थानीय तहका न्याययिक समितिका संयोजकको कार्याशालामा सहभागिता छ । दुई दिने कार्यशालामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धर्मराज कुइँकेल, जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारी, वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, अधिवक्ता हरिप्रसाद पण्डितले मेलमिलापका चरण एवं अभ्यास, जिल्ला अदालत र स्थानीय निकायबीच समन्वय, न्यायिक समितिका काम कर्तव्य अधिकार लगायतका विषयमा प्रशिक्षण दिनुहुनेछ । रासस
ओली-प्रचण्डको वरीयता सबन्धी विधान बन्यो, को अगाडी ?
काठमाडौं, असार १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ । दुवै अध्यक्षको हैसियत र अधिकार समान हुने गरी विधान तयार भएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बिहीबार अध्यक्षद्वय ओेली र प्रचण्डलाई विधान र नियमावलीको मस्यौदा बुझायो । बैठकको अध्यक्षता गर्ने अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्को दोस्रो मर्यादामा रहने र दुवै अध्यक्षले समग्र राजनीतिक नेतृत्व गर्ने विधानमा उल्लेख छ । औपचारिक पत्रहरूमा दुवै अध्यक्षको हस्ताक्षर हुनेछ । ‘आलोपालो बैठकको अध्यक्षता गर्ने क्रममा एउटा अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्कोको दोस्रो हुने गरी विधानको मस्यौदा बनाइएको छ,’ कार्यदलका सदस्य बेदुराम भुसालले भने, ‘अब स्थायी समिति बैठकले विधान र नियमावली पास गरेपछि प्रकाशन हुनेछ ।’ कार्यदलमा भुसालसहित नेताद्वय देव गुरुङ र खिमलाल देवकोटा सदस्य थिए । नयाँ पत्रिकामा खबर छ