वातावरण संरक्षणका लागि ब्यापक सचेतना र जागरमूलक अभियान सञ्चालन गर्नुपर्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि ब्यापक सचेतना र जागरमूलक अभियान सञ्चालनमा जोड दिएकी छिन् ।
विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री शर्माले वातावरण संरक्षणमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्नेमा पनि जोड दिए । ‘विश्वब्यापीरुपमा बढ्दै गएको वातावरण प्रदूषणको चुनौती कम वातावरणसम्बन्धी सचेतना र जागरण निकै महत्वपूर्ण पक्ष हो, यसका लागि आम सञ्चार क्षेत्रलगायत सबैको प्रभावकारी भूमिका आवश्यक छ’– शुभकामना सन्देशमा भनिएको छ– ‘वातावरण संरक्षणलाई निरन्तर सचेतनामूलक अभियानको रुपमा अघि बढाउन र यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अत्यधिक परिचालनमा जोड दिन पनि म सबै पक्षसँग आव्हान गर्दछु ।’
यो वर्ष विश्वब्यापी र नेपालमा पनि प्लाष्टिकजन्य प्रदूषण निमूलको सन्देशसहित वातावरण दिवस मनाइदै गरेको उल्लेख गर्दै उनले प्राष्टिकजन्य वस्तुको प्रयोग नेपालसहित विश्वब्यापीरुपमा ठूलो समस्याको रुपमा देखिदै आएको बताइन । ‘प्लाष्टिकजन्य प्रदूषण कम गर्नको लागि यसको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने, अस्वीकार गर्ने, हटाउने, पुनः उत्पादन गर्नेलगायतका विभिन्न विधिहरु प्रयोग हुँदै आएका छन्’– सन्देशमा भनिएको छ– ‘मुख्य कुरा आम नागरिकले प्लाष्टिकजन्य वस्तु प्रयोगको लत कम गनुपर्ने आवश्यकता छ ।
यसका लागि प्लाष्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानी र त्यसबाट बच्ने उपायसम्बन्धी ब्यापक जनचेतना जागृत गनुपर्ने आवश्यकता छ ।’ नेपालको संविधानले स्वच्छ वातावरणको हकलाई मौलिक हककै रुपमा स्थापित गरेको उल्लेख गर्दै उनले प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन।
वातावरण संरक्षणका लागि सरकारले विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमबाट चेतनामूलक सामग्री प्रचारप्रसार आदिमा जोड दिंदै आएको स्मरण गराउँदै सबै तहका सरकार, गैरसरकारी तथा निजी क्षेत्र र समुदायस्तरमा पनि वातावरणसम्बन्धी जनचेतना वृद्धिका कार्यक्रम आवश्यक रहेको बताइन ।
ट्युनिसियामा डुंगा डुब्दा २० बेपत्ता , १७ जनाको उद्धार
एजेन्सी । ट्युनिसियाको दक्षिणपूर्वी तटमा डुंगा डुब्दा २० जना आप्रवासी बेपत्ता भएका छन् भने १७ जनाको उद्धार गरिएको छ । कम्तीमा ३७ आप्रवासी बोकेको डुंगा ट्युनिसियाका स्फ्याक्सको तटबाट युरोपतर्फ प्रस्थान गर्ने क्रममा दक्षिणपुर्वी तटमा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।
कोशी आन्दोलनमा ज्यान गुमाएका लिम्बु शहीद घोषणा
काठमाडौं । सरकारले कोशी प्रदेश नामकरणको विरोधका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजिहाङ) लाई शहीद घोषणा गरेको छ। सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । लिम्बुको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको छ । पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको चैत १० मा मृत्यु भएको थियो। प्रहरीको कुटाईबाट घाइते भएका लिम्बुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो।
कोरोना संक्रमितको संख्यामा वृद्धि : १५ जनाको मृत्यु
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । संक्रमण तीव्र गतिमा बढ्नुका साथै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा संक्रमणकै कारण १५ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या एक वर्ष यताकै उच्च हो । संक्रमितको हिसाबले विश्वमा पहिलेनै १० मुलुकभित्र रहेको भारत अहिले कोरोनाबाट बढी ज्यान गुमाउने मुलुकमा पनि १० मुलुकभित्र परेको छ । अहिले सक्रिय संक्रमित २३ हजार भन्दा बढी रहेको छ । भारतमा कोरोना सुरु भए यता साढे चार करोड बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ५ लाख ३० हजार ९ सय १६ जनाले ज्यान गुमाएका छन् । आईआईटी कानपुरका वरिष्ठ वैज्ञानिक प्रा मनिन्द्र अग्रवालले देशमा बढ्दै गएको कोरोना संक्रमणबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । यो सामान्य रुघाखोकी र चिसो जस्तै हुनेछ । मुलुकमा बढ्दो कोरोना संक्रमितबीच बुधबार सरकार अधिकार प्राप्त समूह एकको बैठक बसेको थियो । बैठकमा कोभिड व्यवस्थापनबारे छलफल भएको थियो ।
बालेन शाह, सुनिता डंगोलसहित मेयर–उपमेयर पदका २०८ उम्मेदवारले बुझाएनन चुनाव खर्च (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने महानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ७ लाख ५० हजारका दरले जरिवाना तोकेको छ । आयोगले सार्वजनिक गरेको खर्च विवरण नुबझाउनेको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोलसहित रहेका छन् । यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेश मानसिंह, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पोखराका मेयर धनराज आचार्यसमेत रहेका छन् । उनीहरुले निर्वाचन कानुनअनुसार ६ महिनाभित्र जरिवाना तिर्नुपर्नेछ । जरिवाना नतिरेको खण्डमा पद नै जाने कानुनी व्यवस्था रहेको छ ।
व्यापार सम्झौताका लागि अमेरिका र ताइवानबीच वार्ता
काठमाडौं । चीनको विरोधकाबीच पनि अमेरिका र ताइवानबीच व्यापार सम्झौता गर्नका लागि वार्ता सुरु भएको छ । त्यसका लागि अमेरिका र ताइवानबीच छलफल सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । केही दिनअघि चीनले विरोध जनाउँदा जनाउँदै अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । र चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य अभ्यास पनि गरेको थियो । पेलोसीको भ्रमणपछि चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यस लगत्तै अमेरिका र ताइवानबीच व्यापार सम्झौताका लागि वार्ता सुरु भएको हो । एक चीन नीतिलाई माने पनि अमेरिकाले चीनले आफ्नो एक हिस्सा मान्दै आएको ताइवानसँग छुट्टै सम्झौता गर्न लागेको हो । अमेरिकाका अनुसार प्रारम्भिक वार्तामा व्यापारमा सहुलियत, डिजिटल ट्रेड र भ्रष्टाचार नियन्त्रणबारे कुराकानी हुने छ । २१ औ शताब्दीको व्यापारका लागि भन्दै गत जुनमा अमेरिका ताइवान इनिसिएटिवको घोषणा भएको थियो । त्यो घोषणा कार्यान्वयनका लागि नै अहिले वार्ता सुरु भएको हो । अमेरिकी उपव्यापार प्रतिनिधि सारा बियान्चीले निष्पक्ष, समृद्ध तथा उदार अर्थव्यवस्थाका लागि आफूहरुले समयसीमामै रहेर काम गर्ने बताएकी छिन् । ताइवान र अमरिकाबीच यसअघि पनि व्यापार हुने गरेको थियो । सन् २०२० मा दुई देशबीच १०६ अर्ब डलरको व्यापार भएको थियो ।
प्रचण्ड भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौ । नेपाली सिने जगतका महानायक भनेर चिनिएका राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । भेटका अवसरमा दुबैबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएकाे भेटमा सहभागी संस्कृतिकर्मी चेतन सापकाेटाले जानकारि दिए ।
२४ वर्षीया गीता बनिन् शिवालयको उपाध्यक्ष
जाजरकोट । जाजरकोट जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी शाहीले नेकपा एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।शाहीले २६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २४२९ मत ल्याईन् । विद्यार्थी राजनीतिमा सक्रिय शाही अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् । पढाइसँगै राजनीतिमा सक्रिय उपाध्यक्षमा निर्वाचित शाही शिवालय गाउँपालिका–६ थालाकी स्थायी बासिन्दा हुन् । २०५४ साल कात्तिक ३० गते जन्मिएकी गीता जिल्ला समन्वय परिषद् सदस्य विनोदकुमार शाहीकी छोरी हुन् । सानै उमेरदेखि राजनीतिमा सक्रिय रहेकी शाही ईन्द्रज्योति माध्यामिक विद्यालय थालारैकरमा अखिल क्रान्तिकारीको इकाइ अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरिन् । अखिल क्रान्तिकारी, जाजरकोट जिल्ला कमिटी सदस्य हुँदै हाल कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेकी शाहीले कक्षा १ देखि कक्षा १० सम्मको पढा इन्द्रज्योति माध्यामिक विद्यालय शिवालय६ थालारैकरबाट पूरा गरेकी हुन् । कक्षा ११–१२ को पढाइ वीरेन्द्र सामुदायिक माध्यामिक विद्यालय जुङ्गाथापाचौरबाट पूरा गरेकी शाहीले महेन्द्र बहुमुखी क्याम्पसबाट अर्थ र राजनीति शास्त्रमा स्नातक गरेकी छन् । शाहीका हजुर बुवा बिद्रोहीले २०५४ असारदेखि माओवादी जनयुद्धमा सहभागी भएका थिए भने उनका बुवा विनोद कुमार शाही सशस्त्र प्रहरी बलको जागिर छोडेर माओवादी पार्टीको राजनीतिकमा सक्रिय भएका थिए ।
लुम्बिनी प्रदेशमा ७७ स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर
काठमाडौं । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले ७७ जना स्वास्थ्यकर्मीका लागि रोजगारी खुलाएको छ । लुम्बिनी प्रदेशले विभिन्न ६ पदमा ७७ कर्मचारीको आवश्यकताबारे सूचना निकालेको हो। सूचना अनुसार लुम्बिनी प्रदेशका निर्धारित स्थानमा कामकाज गर्ने गरी हाललाई तीन महिनाकालागि कर्मचारी माग गरिएको हो। जसमा मेडिकल ल्याब टेक्नोलोजिष्ट १, जनस्वास्थ्य निरीक्षक २०, हेल्थ असिस्टेन्ट २५, प्रयोगशाला सहायक २५, हेल्थ असिस्टेन्ट सहायक पाँचौं ३ र स्टाफ नर्स ३ गरी ७७ जनाका लागि आवेदन माग गरिएको छ।
लोकसेवाद्वारा बैंक, टेलिकम, शाखा अधिकृत र प्रहरीको परीक्षा स्थगित, लाखौं परीक्षार्थी तनावमा
काठमाडौं । लोकसेवा आयोगले नेपाल बैंक तथा टेलिकमलगायतका कतिपय परीक्षा स्थगित भएको सूचना प्रकाशित गरेपछि लाखौं परीक्षार्थी तनावमा परेका छन् । परीक्षा दिनका लागि राजधानीमा चर्को पैसा खर्च गरेर तयारी गरिरहेका लाखौं विद्यार्थीहरु परीक्षा नहुने सूचना सार्वजनिक भएपछि ठूलो समस्यामा परेका हुन । लोकसेवा आयोगले नेपाल राष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र नेपाल प्रहरीका बिभिन्न पदका लागि यसअघि आव्हान गरेको दरखास्त रद्द गर्ने सार्वजनिक सूचना प्रकाशित गरेको छ । सार्वजनिक भएको दरखास्त निवेदन अनुसार, थारु समुदायका लागि समावेशी क्लष्टर अन्तर्गत कोटा नछुट्याएको भन्दै प्रेमिलाल चौधरी तथा पिन्टुकुमार कर्णले अदालतमा निवेदन दिएपछि सोको फैसला गर्दै निवेदनमाथि अन्तिम सुनुवाई नभएसम्मका लागि परीक्षा स्थगित गर्नु भन्दै लोकसेवालाई आदेश जारी भएको थियो । लोकसेवा आयोगले अदालतको आदेशबमोजिम एक सूचना प्रकाशित गर्दै “बिभिन्न रिट निवेदनहरु सम्बन्धमा देहाय बमोजिमका निकायहरुको देहाय बमोजिम तिमिा प्रकाशति विज्ञापन बमोजिमका बिभिन्न विज्ञापनहरुको छलफलको मितिसम्म पदपूर्ति गर्ने काम नगर्नु, नगराउनु भनी लोक सेवा आयोग केन्द्रीय कार्यालय समेतलाई बिभिन मितिमा अल्पकालिन अन्तरिम आदेश जारी भएको ले यो सूचना प्रकाशित गरिएको छ” भन्दै सूचना प्रकाशित गरेको छ । बैंक क्षेत्रको परीक्षा तयारीका लागि महिनौंसम्म राजधानीका बिभिन्न कोचिङ सेन्टरमा भर्ना भएका र तयारी गरिरहेका हजारौं परीक्षार्थी यो निर्णयका कारणठूलो तनावमा परेका छन् । “पाँच महिनादेखि डेरा गरेर तयारी गरिरहेको छु । अहिले आएर एक्कासी परीक्षा रोकिएपछि रुनु कि हाँस्नु भएको छ । हाम्रो भविष्यमाथि खेलवाड भयो ।” एक परीक्षार्थीले भने, “अदालतले एकजना व्यक्तिको मर्का हेर्ने कि लाखौं परीक्षार्थीको भविष्य हेर्ने ?” आरक्षणको विषय नीतिगत भएकोेले यसको मार आम परीक्षार्थीले भोग्नुपर्ने किन ? भन्दै उनले थप प्रश्न गरे । “अब त झन लकडाउनले सताएको छ । न घर फर्किन सकिन्छ, न परीक्षाको तयारी गर्न नै ।” उनले भने । लोकसेवा आयोगले भने अदालतको निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यता भएकोले परीक्षा स्थगित गर्नुपरेको बताएको छ । तर अदालतको अन्तरिम आदेशको फैसला छिटै नभएको अवस्थामा हजारौं परीक्षार्थी थप अन्यौल र समस्यामा पर्ने देखिएको छ । नेपालका अदालती अभ्यासमा अन्तरिम आदेश जारी जति सहज र छरितो हुनेगर्दछ, त्यसको फैसला आउन कहिलेकाहिँ महिनौं समेत लाग्ने गर्दछ । यसले गर्दा अब ती रोकिएका पदको परीक्षा कहिले हुने हो भन्ने कुनै टुंगो नहुँदा विद्यार्थीहरु रनभुल्ल अवस्थामा परेका छन् । लोकसेवा आयोगले शाखा अधिकृतको परीक्षा समेत अदालतको आदेश भन्दै स्थगित गरेको छ । लोकसेवाद्वारा जारी सूचनामा भनिएको छ– (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको लागि सूचना नं. ४१८÷०७८–७९ बाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा र सूचना नं. ४१९र०७८–७९ बाट खुला तथा समावेशी प्रतियोगिता तर्फ विज्ञापन गरी उक्त विज्ञापनहरुमा हाल दरखास्त लिने कार्य सूचारु रहेकोमा श्री उच्च अदालत पाटन, ललितपुरबाट आयोगको नाममा “सूचना नं. ४१८र०७८–७९ कोबढुवाकोसूचना र सूचना नं. ४१९÷०७८–७९ कोविज्ञापन बमोजिमको कार्य अन्तरिम आदेशको छलफलको मिति सम्म नगर्नु नगराउनू यथास्थितीमा राख्नु” भनी अल्पकालिन अन्तरिम आदेश भएकोले रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदका लागि हाल सूचारु रहेको वढुवा एवं खुला विज्ञापन तर्फ दरखास्त लिने कार्य मिति २०७८÷९÷१८ सम्म स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएकोछ ।
आजदेखि १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना खोप लगाइने
काठमाडौं, सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबारदेखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो । मन्त्रालयका अनुसार उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको छ। खोप कार्यक्रम सुरु नभएका स्थानमा भोलिबाट लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनको चटारो, दल दर्ताको समय आजसम्म मात्रै
काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि आगामी माघ १२ मा निर्वाचन हुने भएको छ । यसका लागि दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा स्थानीय तहका एक हजार चार सय ९३ जना र प्रदेश सभामा पाँच सय ३२ जना मतदाता रहेको आयोगले जनाएको छ । मतदानको लागि आठ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको आयोगले जनाएको छ । निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको छ । आयोगका अनुसार शुक्रबारसम्म माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी ९जसपा० र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी दर्ताको लागि निवेदन दिएको छ । कांग्रेस, लोकतन्त्रिक समाजवादी पार्टी र राप्रपाले शनिबार दर्ताको लागि आउने आयोगमा जानकारी गराएको छ । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतमा नियुक्ति गरिसकेको छ ।
विवेकशील साझा पार्टी परित्याग गरिन रञ्जु दर्शनाले
काठमाडौं । विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले पार्टी परित्याग गर्नु भएको छ । । रञ्जुले आज पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गर्नु भएको हो । उहाँले लेख्नु भएको पत्रमा भनिएको छ, ‘वि.सं. २०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव–चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ ।’ आफू राजनीतिमा सके सफा गर्छु, नसके फोहोर गर्दिनँ भनेर लागेको भन्दै उहाँले थप लेख्नुहुन्छ, ‘मेरो लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य छैन । म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भन्ने अठोटका साथ आएको व्यक्ति हुँ । वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, ऊर्जा, विद्धता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ छु ।’ अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच पार्टीले लिने विचारबारे तीव्र विवाद छ । अध्यक्ष मिश्र संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह हुनुपर्ने विचारमा हुनुहुन्छ । रञ्जु तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुनुहुन्थ्यो ।
स्कूल नखोल्न काठमाडौं जिल्ला प्रशासनको आदेश, सभा-जुलुस र भाेजभतेरमा पनि रोक
काठमाडौं । कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै काठमाडौं जिल्ला प्रशासनले तत्कालका लागि विद्यालय नखोल्न निर्देशन जारी गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने बताएको हो । यसअघि महानगरपालिकाले आवश्यक ठानेमा विद्यालय सञ्चालन गर्ने बताएपनि कोरोनाको त्रास कायमै रहेकोले संक्रमणको विश्लेषण गरेर मात्रै स्कूल खोल्न पाइने भएको हो । पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ । यति मात्र होइन, शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने बताएको छ । आज जारी आदेशमा सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न पनि प्रशासनले रोक लगाएको छ भने चाडपर्वहरू सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ । यस्तै स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने पनि प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ । यसबाहेक निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
यस्तो छ ८ महिनाअघि मात्रै सार्वजनिक इण्डो प्यासिफिक रणनीतिको गोप्य दस्तावेज
काठमाडौं । यतिखेर नेपालमा अमेरिकी सहयोगबाट सञ्चालन हुन सम्झौता भएको एमसिसी परियोजनाबारे बृहत चर्चा भइरहेको छ । नेपाल सरकारले यो योजना इण्डो प्यासिफिक रणनीति अन्तर्गत पर्छ कि पर्दैन भनेर अमेरिकी सरकारसँग जवाफ समेत माग गरेको छ । अमेरिकाको तत्कालिन ट्रम्प प्रशासनले सन् २०१८ मा इण्डो प्यासिफिक रणनीति ल्याएको थियो । यद्यपी बाइडेन सरकार नआउँदासम्म भने उक्त दस्तावेज गोप्य राखिएको थियो । सन् २०२१ को जनवरीमा मात्रै उक्त दस्तावेज सार्वजनिक भएको थियो । आइपिएस दस्तावेजको रणनीतिक ढाँचा नाम दिइएको उक्त दस्तावेजले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी विदेशी नीति र सहयोग यही रणनीतिक ढाँचालाई सहयोग पुर्याउन हुने स्पष्ट उल्लेख गरेको छ । ट्रम्प प्रशासनको बेला गोप्यरुपमा तयार पारिएको उक्त दस्तावेजले हिन्द–प्रसान्त क्षेत्रमा चीनलाई घेराबन्दी गर्दै अमेरिकी प्रभुत्व बढाउने कुरा उल्लेख गरेको छ । दस्तावेजमा यसका लागि भारत, जापान र अष्ट्रेलियालाई मुख्य साझेदार पार्टनरका रुपमा ब्याख्या गर्दै ती देशहरुलाई उल्लेख्य सहयोग गर्ने उद्देश्य समेत राखेको छ । १० पेष्ठ लामो दस्तावेजमा हिन्द प्रशान्त रणनीतिको मुख्य उद्देश्य नै चीनको प्रभाव कम गर्ने सो का लागि भारतलगायतका देशसँग सैन्य तथा प्राविधिक गठबन्धन बलियो बनाउने उल्लेख छ । भारत लगायतका देशहरुको सहयोगले रणनीतिकरुपमा महत्वपूर्ण हिन्द–प्रशान्त क्षेत्रमा चीनविरुद्ध शक्ति सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने दस्तावेजमा छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले सार्वजनिक गरेको उक्त दस्तावेज पछिल्लो समय व्हाइटको वेभसाइटमा पनि राखिएको छ । युएस स्ट्राटेजिक फ्रेमवर्क नाम दिइएको उक्त दस्तावेजमा दक्षिण तथा दक्षिण पूर्वी एशियामा भारतको भूमिका बढाउन अमेरिकाले सैन्य तथा अन्य क्षेत्रमा सहयोग गर्ने बताइएको छ । यसका लागि भारतलाई सैन्यलगायतका क्षेत्रमा अमेरिकाले सहयोग गर्ने र बंगलादेश, श्रीलंका तथा माल्दिभ्स जस्ता देशहरुसँग समेत रणनीतिक सझदारी कायम गरेर क्षेत्रीय गठबन्धन बनाउनुपर्ने बताइएको छ । दक्षिण तथा दक्षिण पूर्वी एशियालगायतका देशहरुका चीनको आर्थिक तथा राजनीतिक प्रभाव कम गर्न दक्षिण एशियामा भारतलाई निकै बलियो बनाउनुपर्ने र भारतको भूमिका झनै बढाउनुपर्ने दस्तावेजमा उल्लेख छ । चीनविरुद्ध भारत रणनीतिक साझेदार भएकोले उसको क्षमता अभिबृद्धिमा अमेरिकाले सहयोग गर्ने बताइएको छ । यसका साथै परमाणु आपूर्ति समहूमा भारतको सदस्यतालाई सहयोग गर्ने तथा राजनैतिक, सैन्य र जासुसी क्षेत्रमा समेत भारतको क्षमता बढाइने दस्तावेजमा उल्लेख छ । दस्तावेजको अध्ययन गर्दा अमेरिकाले वर्तमान विश्वमा चीनलाई मुख्य शत्रु मानेको र त्यसविरुद्ध भारत बलियो क्षेत्रीय सहयोगी देश बन्ने परिकल्पना गरेको छ । अर्कोतर्फ उत्तर कोरियालाई समेत अमेरिकासामु झुकाउन दबाब दिने रणनीति अख्तियार गर्नुपर्ने दस्तावेजमा छ । यो दस्तावेजले दक्षिण एशियाका देशहरुमा भारतीय हस्तक्षेप या प्रभुत्वलाई अमेरिकाले झनै प्रश्रय दिने देखिन्छ । थप कुराहरु Key highlights of the report: China Assumes China “aims to dissolve U.S. alliances and partnerships in the region. China will exploit vacuums and opportunities created by these diminished bonds.” “China seeks to dominate cutting-edge technologies, including artificial intelligence and bio-genetics, and harness them in the service of authoritarianism. Chinese dominance in these technologies would pose profound challenges to free societies.” “China will take increasingly assertive steps to compel unification with Taiwan.” Act to “counter Chinese predatory economic practices that freeze out foreign competition, undermine U.S. economic competitiveness, and abet the Chinese Communist Party’s aspiration to dominate the 21st century economy.” “Build an international consensus that China’s industrial policies and unfair trading practices are damaging the global trading system.” “Work closely with allies and like-minded countries to prevent Chinese acquisition of military and strategic capabilities.” India Desired outcome: “India’s preferred partner on security issues is the United States. The two cooperate to preserve maritime security and counter Chinese influence in South and Southeast Asia and other regions of mutual concern.” “India remains preeminent in South Asia and takes the leading role in maintaining Indian Ocean security.” “Accelerate India’s rise and capacity to serve as a net provider of security and Major Defense Partner; solidify an enduring strategic partnership with India underpinned by a strong Indian military.” “Strengthen the capacity of emerging partners in South Asia, including the Maldives, Bangladesh, and Sri Lanka, to contribute to a free and open order.” Taiwan “Devise and implement a defense strategy capable of, but not limited to: (1) denying China sustained air and sea dominance inside the “first island chain” in a conflict; (2) defending the first-island-chain nations, including Taiwan; and (3) dominating all domains outside the first island-chain.” “Enable Taiwan to develop an effective asymmetric defense strategy and capabilities that will help ensure its security, freedom from coercion, resilience, and ability to engage China on its own terms.” North Korea Objective: “Convince the Kim regime that the only path to its survival is to relinquish its nuclear weapons.” “Maximize pressure on Pyongyang using economic, diplomatic, military, law enforcement, intelligence, and information tools to cripple North Korea’s weapons of mass destruction programs, choke off currency flows, weaken the regime, and set the conditions for negotiations aimed at reversing its nuclear and missile programs, ultimately achieving the complete, verifiable, and irreversible denuclearization of the Peninsula.” “Do this by: (1) helping South Korea and Japan acquire advanced, conventional military capabilities; (2) drawing south Korea and Japan closer to one another.” Southeast Asia Objective: “Promote and reinforce Southeast Asia and Asean’s central role in the region’s security architecture, and encourage it to speak with one voice on key issues.” “Promote an integrated economic development model in the Indo-Pacific that provides a credible alternative to One Belt One Road; create a task force on how best to use public-private partnerships.” दस्तावेजकाे पूर्ण पाठ यहाँ क्लिक गरेर डाउनलाेड गर्न सकिन्छ । IPS-Final-Declass
तालिबानको पुनर्उदयपछि बाबुराम भट्टराईको ट्विटः हामी पनि बेलैमा सतर्क बन्ने कि ?
काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्राईले प्रगतिशील शक्ति कमजोर भए अफगानिस्तानको अवस्था दोहोरिनेतर्फ सचेत तुल्याएका छन् । तालिबानले काबुल कब्जा गरेपछि सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले सबल प्रगतिशील लोकतान्त्रिक विकल्पको अभावमा जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुनः पुष्टि भएको टिप्पणी गरेका छन् । ‘भूराजनीतिक हिसाबले संवेदनशील अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमनले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुनः पुष्टि भयो है,’ डा. भट्टराईले भनेका छन्, ‘हामी पनि वेलैमा सतर्क बन्ने कि?’