१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

महोत्तरी, असार ११ । महोत्तरीको औरहीमा १३ वर्षकी बालिकामाथि सामूहिक बलात्कार भएको छ । बालिकामाथि जंघा खोलामा आइतबार दिउँसो ४ बजेतिर दुई युवकले सामूहिक बलात्कार गरेको पीडित बालिकाका परिवारले बताएका छन् ।

बालिका भाँडा माझ्न खोलामा गएका बेला यो घटना भएको हो । बालिकाले आफूलाई दुई युवकले जवरजस्ती करणी गरेको बताएपछि घरपरिवारले प्रहरीमा खबर गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको र अर्का युवकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

सांकेतिक तस्बिर

बजारमा सुनचाँदीको भाऊ ह्वात्तै बढ्यो !

काठमाडौं । साताको पाँचौ दिन बिहीबार सुनको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार सुन प्रतितोला ५८ हजार ८०० रुपैयाँमै कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बुधबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पाँच रुपैयाँले बढेर चाँदी प्रतितोला मूल्य ७७० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

सातै प्रदेशमा फुटबल प्रतिष्ठान स्थापना गरिने

काठमाडौं, वैशाख २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले फुटबललाई व्यावसायिक रुपमा विकास गर्न देशभरबाट जनशक्ति उत्पादन गर्न ती प्रतिष्ठान खोलिने बताउँदै तल्लोस्तरसम्मै खेलको वातावरण निर्माण गर्न सोमबार बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने बताउनुभयो । ‘म्याचफिक्सिङ’ रोक्न तत्काल कानून आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “म्याचफिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउन सरोकारवाला निकाय, सरकार र संसद्ले विशेष पहल लिनुपर्छ ।” नवनिर्वाचित अध्यक्ष शेर्पाले अनुशासन कमिटी र अपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतो तथा अनियमितता रोक्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामी सबै खेलाडीको गतिविधि नियाल्छौँ, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् रु त्यसको विषयमा पनि जानकारी लिन्छौँ ।” अहिले विभिन्न खेलमा ‘म्याचफिक्सिङ’ हुन थालेको र त्यसलाई रोक्नका लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको जानकारी गराउँदै उहाँले भन्नुभयोे, “त्यो सफ्टवेयरमार्फत नेचुरल ९स्वाभाविक० र अननेचुरल ९अस्वाभाविक० गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फत हामी अघि बढ्छौँ ।” पछिल्लो समय फुटबलमा ‘म्याचफिक्सिङ’ गरेको आरोप लागेको बताउँदै उहाँले भन्नुभयो, “फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्नेमा नयाँ नेतृत्व केन्द्रित हुन्छ, यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौँ ।” एन्फामा देखिएको अनियमितता रोक्नका लागि आर्थिक नियमावली जारी गरेर पारदर्शीता कायम गर्ने उहाँको भनाइ थियो । अध्यक्ष शेर्पाले फुटबल प्रशासनलाई सूचना प्रविधिमा लैजाने विश्वास दिलाउँदै क्लब दर्तादेखि लिएर खेलाडीको दर्ता पनि अब अनलाइनबाटै गरिने र उनीहरुहरुले क्लब परिवर्तन गर्दा पनि अब अनलाइनबाटै गर्नसक्ने व्यवस्थाको विकास गरिने जानकारी दिनुभयो । नेपाली फुटबलको विकासका लागि सबै क्लबलाई आर्थिक तथा भौतिक रुपमा दिगो बनाउने आफ्नो लक्ष्य रहेको सुनाउँदै उहाँले भन्नुभयोे, “म छुट्टीको दिनमा पनि स्तरीय लिग खेल खेलाउने तयारीमा छु ।” अध्यक्ष शेर्पाले अझैपनि नेपाली फुटबल खेलाडीले मासिक रु डेढ लाखदेखि दुई लाखसम्म कमाउन सक्ने अवस्था रहेको बताउँदै अब एन्फाले व्यावसायिक लिग खेलाउने तयारी गरिरहेको बताउनुभयो ।

बजारमा सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । साताको पाँचौं दिन बिहीबार बुधबार सुनको मूल्य दुई सयले घटेको छ । आज छापावाला सुन तोलामा ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदीको प्रतितोला मूल्य ७५५ रुपैयाँमै कारोबार भइरहेको छ ।

काठमाडौंमा २८.२ मिलिमिटर पानी पर्यो, अझै एक-दुई दिन देशभर बदली

काठमाडौं, वैशाख १५ । काठमाडौं उपत्यकासहित देशभर मौसममा बदली भइ पानी परेको छ । यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने मौसमविदले अनुमान गरेका छन् । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको कारण र प्रि मनसुन गतिविधि सक्रिय भएका कारण पानी परिरहेको छ । मौसमविद विभुति पोखरेलका अनुसार जलवाष्पयुक्त वायु पश्चिमबाट पूर्वतर्फ सरिरहेको छ । आज एकछिन आकास खुलेजस्तो भए पनि फेरि बदली हुने पोखरेलले जानकारी दिइन् । शुक्रबार पनि काठमाडौं उपत्यकामा असिना पानी परेको थियो । काठमाडौंमा गएको २४ घण्टामा २८ दशमलव २ मिलिमिटर पानी परेको छ ।

चिट चोर्न केटीहरु माहिर, यसरी चोर्छन् केटीहरुले चिट

परीक्षामा बढी अंक हासिल गर्न अर्थात् अनुत्तीर्ण हुनबाट बच्न परीक्षार्थीहरु चिट चोर्ने गरेको पाइन्छ । यो विश्वभर नै प्रख्यात छ । चिट चोर्ने घट्नुको सट्टा अझ बढी नयाँ नयाँ तरिकाबाट चिट चोरेको पाइन्छ । हालै रुसमा केही विद्यार्थीहरुले चिट क्रममा विश्वकै सबैभन्दा ठूलो चिट समातिएको छ । अझ चिट चोर्ने सवालमा छात्राभन्दा पनि छात्रहरु बढी अग्रसर हुने गरेको पाइएको छ । कारण संवेदनशील अंगमा चिट लुकाउनु । छात्राहरु आफ्नो बक्षस्थलमा, परीक्षामा गार्ड बसेकोले थाहा नपाउने गरी कोहीले नङमा समेत लेखेर ल्याएको पाइयो । त्यस्तै केहीले तिघ्रामा आफूलाई आवश्यक शैक्षिक सामाग्री लेखेर ल्याएको पनि भेटियो । केहीले पानीको बोतलमा लेखेर ल्याएको पनि भेटियो । चिट चोर्ने मामिलामा केटीहरु अगाडी हुने गरेको सर्वेक्षणले पनि देखाइसकेको छ । रुसमा त संसारकै सबैभन्दा ठूलो चिट भेटिएको थियो ।

फेरि घट्यो सुनको मूल्य !

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सयले घटेको छ । शुक्रबार सुनको मूल्य ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार घटेर सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बजारमा चाँदीको मूल्य भने स्थिर नै रहेको छ । साताको अन्तिम दिनझैं आइतबार पनि बजारमा चाँदीको मूल्य ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

नयाँवर्षको अवसरमा कर्णप्रिय गीत ‘चुँडी लग्यौ’ को म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । मर्मस्पर्शी तथा कर्णप्रिय गीत ‘चुँडी लग्यौ’ को म्यूजिक भिडियो नयाँवर्षको अवसर पारेर सार्वजनिक भएको छ । विश्वभरका नेपालीहरुले नयाँवर्ष हर्षोल्लासमय अवसरका रुपमा मनाइरहेको हुँदा नयाँ म्यूजिक भिडियोमार्फत शुभकामना दिन नयाँवर्षको अवसर पारेर सार्वजनिक गरिएको म्यूजिक भिडियोमा अभिनय गरेका उदियमान युवा अभिनेता प्रकाश सुवेदीले जानकारी दिए । यस गीतको निर्देशन चर्चित नृत्य निर्देशक प्रदिप श्रेष्ठले गरेका हुन् भने सो गीतमा राजसागरको स्वर तथा संगीत रहेको छ । निकै मिठासपूर्ण शब्द प्रयोग गरिएको सो गीत यशु थापाले सिर्जना गरेका हुन भने गीतको एरेन्ज् रिकेश गुरुङले गरेका छन् । नृत्य निर्देशक संघ नेपालको निर्माण रहेको तथा संघकै उपाध्यक्ष समेत रहेका नृत्य निर्देशक श्रेष्ठले यो म्यूजिक भिडियो आकर्षक तथा मनोरम स्थानमा छायांकन गरिएको र नयाँवर्षको लागि उपहार स्वरुप सार्वजनिक गरिएको हुँदा दर्शकहरुले निकै मन पराउने बताए । नृत्य निर्देशक श्रेष्ठले निर्माण गरेका म्यूजिक भिडियोहरु यसअघि पनि निकै लोकप्रिय रहेको र यो गीतलाई पनि दर्शकहरुले माया गर्ने अपेक्षा गरिएको छ । यस गीतको छांयाकन गोदावरी भिलेज रिसोर्ट तथा गोदावरी क्षेत्रका मनोरम स्थलहरुमा गरिएको थियो जसलाई शिव ढकालले छायांकन गरेका छन् । यस गीतको म्यूजिक भिडियोमा युवा अभिनेता सुवेदीका साथमा मोडल रेनु लामा तथा संदिप गुरुङको पनि अभिनय रहेको छ ।

यो कस्तो विडम्बना ? एउटै घरका पाँचै सदस्य अपाङ्ग

महोत्तरी । गौशाला ११ की ५५ वर्षीया कुश्मीदेवीकी बाटो छेउमै एउटा सानो झुप्री छ । जसमा पाँच जनाको परिवार बसोबास गर्छन् । घरका हरेक सदस्य कुनै न कुनै रुपमा शारीरिक रुपले अपाङ्ग छन् । वर्षौदेखि सोही स्थानमा रहेको ऐलानी (सुकुम्वासी) जग्गामा बसोवास गर्दैआउनु भएकी कुश्मीदेवीलाई घरपरिवार चलाउनका लागि आर्थिक रुपमा कठिनाइ भएको छ । उनका ६१ वर्षीय श्रीमान् रामनन्दन महराको बायाँ खुट्टा छैन् भने २५ वर्षीय छोरा भिखारीराम मानसिक रुपमा सन्तुलन गुमाएका छन् । त्यस्तै उनकी २३ वषर्र््ीया बुहारी तेतरीदेवी महरा पनि खुट्टाको कारण अपाङ्ग नै छिन् । यता सात वर्षीय नाती पनि मानसिक सन्तुलन गुमाउँदा उनको परिवारमा कमाउने भन्दा बिरामीको संख्या बढी छन् । जसकारण घरजम चलाउन धौधौ परेको छ । “एक त महँगीको समय, त्यसमा पनि आर्थिक अवस्था कमजोर र अझै सपरिवार नै अपाङ्गताका कारण कामकाज गर्न नसक्दा घरको आर्थिक अवस्था अत्यन्तै नाजुक छ ।” भकानिदै कुश्मीले सुनाउनुभयो । “उमेर ढल्किसकेपछि अशक्त हुँदा आफूलाई कामकाज गर्न समस्या हुने भएकोले अरुको घरमा मालिस, बनिबुतो र सानातिना कामकाज गरेर संकलित भएको रकमले नै परिवार पाल्दै आएकी छु । ” उनले बताइन् । घरको सबै परिवार अपाङ्ग भए तापनि हालसम्म कसैको पनि अपाङ्गता परिचयपत्र छैन, कुश्मीले भनिन्, “मैले अपाङ्गताको परिचयपत्र बनाउनका लागि तत्कालीन भरतपुर गाविसमा गएको तर त्यहाँ कार्यरत कर्मचारीले हामी जस्ता गरिबलाई के वास्ता गर्नु हजुर, बारम्बार गरेको प्रयास बालुवामा पानी खन्याएको जस्तो भयो ।” लालगढ अस्पतालको निर्माणमा मजदुरी गर्दैगर्दा श्रीमान् रामनन्दनको बायाँ खुट्टामा किला गाडिएपछि उपचारको क्रममा खुट्टा नै काट्नुप¥यो, त्यसपछि घरमा दुःखको सट्टा सुखको खबर कहिल्यै पाउन नसकेको उनले बताईन् । घाउ निको भएपछि २०५० देखि सोही अस्पतालमा जुत्ता सिलाएर परिवार पाल्दै आएका रामनन्दनलाई गत वैशाखदेखि अस्पतालले काम दिन छाडेपछि पछिल्लो समयमा आएर आर्थिक अवस्था खस्किँदा पनि सम्बन्धित सरोकारवाला निकाय फर्केर नआएको दुखेसो उहाँले सुनाउनुभयो ।रासस

युएस बांगला विमान दुर्घटनामा पाइलटसँगै एटीसीको पनि कमजोरी !

काठमाडौं, चैत २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ मा भएको यूएस–बंगला एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ । दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ । आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो । उक्त प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रिपरिषदमा पेश गर्नेछन् । जाँचबुझ आयोगले दुर्घटनाको विषयमा प्रारम्भिक प्रतिवेदन तयार गर्दै पुरै अध्ययनपछि मात्रै दुर्घटनाको कारण पत्ता लाग्ने भन्दै प्रतिवेदनमा कुनै पनि विषय ठोस रुपमा भने उल्लेख गरेको छैन । जहाज अवतरण गर्ने क्रममा पाइलटले मिसअप्रोच लिएपछि जहाज दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनाको दिनमा पाइलटको मात्रै गल्ती भनिए पनि प्रारम्भिक छानविनमा एटीसीले पनि सही निर्णय लिन नसकेको निष्कर्ष निकालिएको आयोगका एक सदस्यले जानकारी दिए । –कारोबार दैनिकबाट

प्रधानमन्त्री ओली इन्दिरागान्धी विमानस्थलमा अवतरण

भारतको ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । भ्रमण टोलीका अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ । ५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने अजरबैजानको बाकुबाट सीधै नयाँदिल्ली जानेछन् । उनी असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन बाकुमा छन् । ओली भारत प्रस्थान गर्नुअघि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, रक्षा मन्त्री ईश्वर पोखरेल, एमाले उपाध्यक्ष बामदेव गौतम, सुरक्षा निकायका प्रमुखहरुलगायतले विमानस्थलमा विदाइ गरेका थिए । दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । ओली भ्रमण सकाएर आइतबार स्वदेश फर्कने छन् ।

बजारमा यस्तो छ सुनचाँदीको मूल्य अवस्था ?

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । सोमबार सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार पनि सुनको मूल्य यथावत नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । त्यस्तै, मंगलबार बजारमा चाँदीको मूल्य यथावत नै रहेको छ । साताको लगातारझै आज पनि चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमै कारोबार भइरहेको जानकारी दिएको छ ।

वडा सदस्यको घरमा आगलागि, रु १५ लाखको क्षति

फलेवास, पर्वत, १३ चैत (रासस) ः पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ । भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको हो । आगालागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । एक्कासि आगो सल्किएपछि कुनै पनि सामान निकाल्न नपाएको वडाध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिनुभयो । पौडेलको घरमा उहाँकी आमा विष्णुमती पौडेलले किराना पसलसमेत चलाउँदै आउनुभएको थियो । आगलागीमा परी उक्त पसलका सबै सामग्री नष्ट भएका छन् । आगलागीमा रु १५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

स्वदेशमै रोजगारी सिर्जना गर्न ‘पेवेलियन’ सञ्चालन

चितवन । स्वदेशमा रोजगारी सिर्जना गर्न विदेशमा बस्ने नेपालीद्वारा स्थापना गरिएको युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले रु एक करोड ५० लाखको लगानीमा चितवनमा नयाँ परियोजना ‘ग्रेट वान पेभेलियन’ (उत्कृष्ट एक भण्डार) सञ्चालन गरेको छ । युवालाई स्वदेशमै रोजगार गराउने लक्ष्यसहित हरेक मानिसलाई चाहिने कपडाहरू एकैठाउँमा उपलब्ध गराउन चितवनको नारायणगढस्थित ‘मिलन मार्केटमा’ सम्पूर्ण कपडाको भण्डारको रुपमा ‘ग्रेट वान पेवेलियन’ सञ्चालन गरिएको कम्पनीका प्रबन्धक ईश्वरराज अधिकारीले जानकारी दिनुभयो । विदेशमा बस्ने र वैदेशिक रोजगार छाडेर आएकालाई सहभागी गराई कम्पनीले दोस्रो परियोजना एक कपडाको भण्डारका रुपमा ग्रेट वान पेभेलियन सञ्चालन गरेको हो । यसअघि कम्पनीले पहिलो परियोजना स्वदेशी उत्पादन ‘पल्पी’ जुसमा लगानी गरिसकेको छ । कम्पनीले अस्पताल, रिसोर्टलगायत विभिन्न अन्य परियोजनासमेत चलाउने लक्ष्य राखेको छ । ‘प्रवासीको आम्दानी, स्वदेशमा लगानी, प्रवासीको साथ परिवारको हात’ भन्ने मूल नाराका साथ स्थापित युथ भिजनले नेपालमै रोजगारी सिर्जना गर्न र विदेशिएकालाई स्वदेशमा फर्काउन यस्तो परियोजना थालेको हो । एक परिवार एक लगानी, आफ्नै लगानी आफैँलाई आम्दानी,’ भन्ने नारासहित पेभेलियन सञ्चालन गरिएको कम्पनीका अध्यक्ष प्रकाश अर्याल बताउनुहुन्छ । पेभेलियनमा महिला, पुरुष र बच्चाका लागि चाहिने सम्पूर्ण कपडा एकै ठाउँमा पाइने छन् । यस्तै शटिङ–सुटिङका कपडा तथा साडी, कुर्तासुरुवाल समेत यहाँ छन् । कम्पनीले प्रवासमा रहेकालाई पहिलो प्राथमिकता दिई अन्य संघसंस्था तथा प्रतिनिधिलाई समेत समेटेर परियोजना चलाएको हो । १५० जनाको सामूहिक लगानी भएको उक्त कपडाको भण्डारमा लगानीकर्ताको परिवारलाई विशेष प्राथमिकता र सुविधा दिइने जनाइएको छ । रासस

अाज फेरि बढ्यो सुनको मूल्य !

काठमाडौं । अाइतबार नेपाली बजारमा सुनको मूल्य दुर्इ सय रुपैयाँले बढेको छ । शनिबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने अाइतबार सुनको मूल्य बढेर ५८ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । साताको लगातार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमै कारोबार भइरहेको छ ।

आइतबार बजारमा सुनचाँदीको भाऊ स्थिरै

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । शुक्रबार सुनको मूल्य ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुनको मूल्य केही फरक देखिएको छैन । त्यस्तै, शुक्रबारकै चाँदीको मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।