सुर्खेतको कट्कुवामा २३ वटा गाई मृत फेला

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएका हुन् ।

मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने खुलेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गाईको संख्या र कसले कहाँ लैजान लागेको हो भन्ने समेत खुलेको छैन ।

शिल्पा पोखरेलको ‘उनकै कुरा हुन्छ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन १ । अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोलका गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी) बनेका छन् । राजकुमार बगरको शब्द, संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ । भिडियो संगीत सागरले निर्देशन गरेका हुन् । रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका प्रसङ्ग देखाउन खोजिएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

काठमाडौं, असार २८ । चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका अवसरमा २०७६ असार २७ गते शुक्रबारका दिन राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विशिष्ट आतिथ्यतामा निम्नानुसारका चलचित्रकर्मीहरुलाई वि.सं. २०७३, २०७४ र २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानबाट पुरस्कृत गरिएको छ । सो अवसरमा मन्त्रीबाट कार्यक्रमलाई स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा राष्ट्रपतिले समग्र चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि यस पुरस्कार तथा सम्मान कार्यक्रमले प्रभाव पुग्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको कुरा आफ्नो मन्तव्य राखे । अझ बढी चलचित्र क्षेत्रको विकास प्रवद्र्धन गर्नका चलचित्रकर्मीहरुमा हौसला दिने कुरा आफ्नो मन्तव्यमा राखे । राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै चलचित्रकर्मीलाई जनही रु. २५,०००।– नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरियो । साथै दीर्घ साधना सम्मानबाट सम्मानित हुने वरिष्ठ चलचित्रकर्मीहरुलाई जनही रु. ३५१,१११।– (तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरियो । कार्यक्रममा तीन वर्षका जुरी सदस्य टोलीलाई प्रमाणपत्रबाट सम्मान गरियो । कार्यक्रमको शुरुवातमा नेपाली चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर तयार पारिएको नृत्य प्रस्तुति गरिएको थियो । यस प्रस्तुतिमा विगतदेखि वर्तमानसम्मका कलाकारहरुको संलग्नता रहेको थियो । यस नृत्यको संयोजन तथा निर्देशन वरिष्ठ नृत्य निर्देशकहरु– वसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्त प्रभात, कविराज गहतराज, दिपेन्द्र तिमल्सिनाले गरेका थिए । कार्यक्रमको कृतज्ञता ज्ञापन तथा समापन बोर्ड अध्यक्षज्यूले गरेका थिए ।

लगातार बढिरहेको सुनको भाऊ आज कतिले घट्यो ?

काठमाडौं, असार १६ । साताको लगातार बढिरहेको सुनको भाऊ सोमबार भने बजारमा पाँच सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, आइतबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, सोमबार पनि बजारमा चाँदीको मूल्य घटेको छैन । आइतबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि फेरि चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रचण्डपथको आलोकमा नेकपाभित्रको बुर्जुवा चिन्तन परास्त गर्नु जरुरी

मोहन कार्की । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बैचारिक र राजनैतिक दृष्टिकोणबाट हामीले हेर्ने हो भने अन्तर्राष्ट्रिरुपमा चलेको बामपंथी आन्दोलनको नेतृत्व गर्ने ठाउँको यात्रा तय गरि सकेको छ । दुई ठुला दलभिन्न कार्यशैली र भिन्न–भिन्नै आन्दोलनको नेतृत्व गरेर हाल नबगठित नेपाल कम्युनिष्ट पार्टीले श्रमजिबि मजदुर बर्गहरु, विधार्थी, महिला, र उत्पीडित बर्ग, जाती तथा जनजातीहरुको मुक्तिको निम्ती योजनाबद्ध ढंगले रणनैतिक कार्यदिशा आगामि जिल्ला स्तरीय अधिबेशन लगत्तै केन्द्रीय महाधिबेशनले अहिले राजनैतिक बजारमा उब्जिएको प्रश्नहरुको जवाफ दिने नै छ भन्ने पक्षमा सकारात्मक छु । सकारात्मक सोच सबैले लिइदिनु हुनेछ भन्ने आशा र अपेक्षा पनि गर्दछु । हामीले हिजोको दिनमा आफ्नो बलिदान गरेर नेतृत्वलाई हर हालतमा जोगाउनु पर्छ भन्दै स–सम्मान गर्दै नेतृत्वमा स्थापित गरेका कतिपय नेतृत्वहरु पार्टीभित्र फरक मत राख्दै प्रतिकृयाबादीहरुको सिकार भैसकेका छन् । मुख्यतः नेपाली भू–भाग बामपंथीमय छ । सदियौं देखि नेपाली जनतालाई शोषण गर्दै हतियार देखाउँदै राणा शाशनकालदेखि, राजतन्त्र हुँदै बहुदलिय प्रजातन्त्रसम्म आइपुग्दा पनि नेपालभित्र बसोबास नेपाली नागरिकहरुको राजनैतिक तथा जनतालाई दिनुपर्ने हरेक अधिकार शासक बर्गले कुण्ठित गर्दै विभिन्न तह र तप्कामा जनतालाई बिभाजित गर्दै निरीह जनताहरुलाई कमजोर पार्दै ब्रम्हलुट गर्दै खोक्रो पारी सकेको देशलाई अब नेपाल कम्युनिष्ट पार्टीले आर्थिक राजनैतिक र सामाजिक रुपमा सुदृढ गर्दै समाजबादी क्रान्तिको आन्दोलनको नेतृत्व गर्नेछ । अहिले हासिल गरेको राजनैतिक अधिकारलाई सुनिश्चितता गर्दै, प्राप्त अधिकारको जगमा नेपालको मौलिकता र भौगोलिकता अनुसारको जगमा टेकेर नेपाली जनताको भबिश्य सुनिस्चितताको निम्ती पहल कदमी लिने वा प्रतिकृयाबादीहरुसङ्ग साँठगाँठ गर्दै अहिले बिकसित राजनैतिक घटना क्रमलाई निस्तेज गर्दै ब्यक्तिगत स्वार्थको निम्ती नेतृत्व हत्याउन, फेरि राजतन्त्रलाई गुहार्दै हिड्ने? जहिले पनि प्रतिकृयाबादीहरु फुटाउ र शासन गर भन्ने मान्यतामा न्वारन देखिको बल निकालेर मिडियामा प्रचार बाजी गरीरहेका छन् । आम नेपाली जनताले सचेतनापूर्वक भबिष्य उज्वलताको निम्ति उक्त प्रतिक्रीयाबादीको षडयन्त्रलाई चिर्न सक्ने छन् । र, चिर्नु पनि पर्दछ । यतिबेला नेपालमा आफुलाई अब्बल दर्जाको क्रान्तिकारी मै हो भनेर जतिसुकै स्थापित गर्न खोजे पनि हामीले हिजोको दिनमा आफ्नो बलिदान गरेर नेतृत्वलाई हर हालतमा जोगाउनु पर्छ भन्दै स–सम्मान गर्दै नेतृत्वमा स्थापित गरेका कतिपय नेतृत्वहरु पार्टीभित्र फरक मत राख्दै प्रतिकृयाबादीहरुको सिकार भैसकेका छन् । नेतृत्व तहमा पुगेपछि इतिहासलाई तोडमोड गर्दै साङ्गोपाङ्गो विश्लेषण गर्दै क्रान्तिकारी भनेर अब्बल दर्जामा आफूलाई उभ्याउने अनि प्रतिक्रान्तीको नेतृत्व गर्दै र पतनको दिशातर्फ उन्मुख भएको छ । अहिले हासिल गरेको राजनैतिक अधिकारलाई सुनिश्चितता गर्दै, प्राप्त अधिकारको जगमा नेपालको मौलिकता र भौगोलिकता अनुसारको जगमा टेकेर नेपाली जनताको भबिश्य सुनिस्चितताको निम्ती पहल कदमी लिने वा प्रतिकृयाबादीहरुसङ्ग साँठगाँठ गर्दै अहिले बिकसित राजनैतिक घटना क्रमलाई निस्तेज गर्दै ब्यक्तिगत स्वार्थको निम्ती नेतृत्व हत्याउन, फेरि राजतन्त्रलाई गुहार्दै हिड्ने? आज बिप्लबको पतनको दिशालाई साथ दिँदै उक्साउँछ । उता कथित नयाँ शक्तिको नाममा के–के न गर्छु भन्ने डा. बाबुराम कांग्रेसको भोटमा नाच्दै–नाच्दै नृशंगारपूर्वक माओबादी कार्यकर्ताको मतियार उपेन्द्र यादवसँग सती गए । राजनीति नै गर्ने हो भने, शहीदको रगतको सम्मान गर्छौ भने, बेपता योद्धा कार्यकर्ताको सम्मान गरिन्थ्यो भने, गोपाल किराँतीले नेतृत्व गरेको माओबादीले स्पष्ट रुपमा दरबार हत्याकाण्ड पछि नागार्जुन जंगलमा लखेटिएको ज्ञानेन्द्रलाई किन गुहार्नु । यसको अर्थ राजनैतिक चेतना नै छैन भन्ने हो । जनयुद्ध गर्दै हिड्छु भन्ने बिप्लब समूहलाई हिजो जनयुद्धको बेला जनतालाई निर्ममतापूर्वक दमन गर्ने राजतन्त्रको बफदार सिपाही जर्नेल, कर्णेलहरु आज बिप्लबलाई म साथ दिन्छु भनेर मिडियामा कुर्लिरहेका छन् । उता मोहन बैद्य कसैको उक्साहटमा प्रतिकृयाबादीलाई नै टेवा पुग्ने गरी आफुले के–के न गरेर देखाउँछु भनेर फुटेर गयो । आज बिप्लबको पतनको दिशालाई साथ दिँदै उक्साउँछ । उता कथित नयाँ शक्तिको नाममा के–के न गर्छु भन्ने डा. बाबुराम कांग्रेसको भोटमा नाच्दै–नाच्दै नृशंगारपूर्वक माओबादी कार्यकर्ताको मतियार उपेन्द्र यादबसँग सती गए । नेपालको बामपंथी आन्दोलनको ईतिहास र गरिमालाई ब्यक्तिगत स्वार्थको निम्ति प्रतिकृयाबादी तत्वहरुको हत्केलामा सुम्पेर सौताको रिसले पोइको समाजको अगाडि काखमा ‘सु’ गर्न सक्ने धोकेवाजदेखि साबधान हुन जरुरी छ । बिद्रोहको सिर्जना पनि तय गर्दै गर्दा कोठाबाट बाहिर आन्दोलनमा ननिस्कने अनि बिद्रोहको नारा समातेर बस्ने हुँदा कमरेड प्रचण्डले पालुङटार भेलाले अब संविधान सभाबाट संविधान र संघिय गणतन्त्र समानुपातिक र समाबेशिताको आधारमा राज्यमा बर्ग जाती क्षेत्र लिङ्गको प्रतिनिधित्व गर्ने कार्यदिशा अंगिकार गर्नु भयो । देशमा बामपंथि आन्दोलनले के माग गरेको छ भन्ने ज्ञान नभएको होइन । विप्लबको राजनैतिक एजेन्डा एकिकृत जनक्रान्ती प्राप्त उपलब्धिलाई प्रतिक्रान्ती गर्ने दिशा उन्मुख छ । शान्तिकालमा जब जनयुद्धलाई अबतरण गर्यो । मुख्य रुपमा विप्लबले माग गरेको क्षेत्र उसको कोटामा नपर्नु अनि अध्यक्ष कमरेड प्रचण्डसङ्ग बैचारिक मत भिन्नताको निहुँको कडी त्यहाँबाट शुरुवाती हुन् । कामिडाँडा, भक्तपुर सम्मेलन तथा भेलामा मोहन बैद्य कमरेडको लाईन शसस्त्र बिद्रोहको लाइन थियो । उक्त बिद्रोहको सिर्जना पनि तय गर्दै गर्दा कोठाबाट बाहिर आन्दोलनमा ननिस्कने अनि बिद्रोहको नारा समातेर बस्ने हुँदा कमरेड प्रचण्डले पालुङटार भेलाले अब संविधान सभाबाट संविधान र संघिय गणतन्त्र समानुपातिक र समाबेशिताको आधारमा राज्यमा बर्ग जाती क्षेत्र लिङ्गको प्रतिनिधित्व गर्ने कार्यदिशा अंगिकार गर्नु भयो । यसको स्वागत र समर्थनमा हामी हालसम्म जुटीरहँदा सहि ठाउँमा हामी छौ । संगठन कसैको पेवा जस्तै नबनाई हिजो गरेको योगदानहरुको कदर गर्दै बामपंथी आन्दोलनका सिपाहिहरुलाई कदर र स–सम्मान गरी गोलबन्द गर्दै बर्गिय राज्यसतालाई जोगाउँदै प्रतिकृयाबादीहरुलाई हाम्रो सत्तामा आलोचनात्मक समर्थन गर्न उत्प्रेरणा र उत्साहित गरौं । यतिबेला हामी एकताको अन्तिम यात्रामा छौं । मात्रै जनबर्गिय संगठनको एकता टुङ्याउन बाँकी छ । मूलभुतरुपमा पार्टी एकता टुंगिसकेको छ । अब एकताको प्रक्रीयाको अन्तिम चरणमा आइपुग्दा हामी नेतृत्वले दिएको जिम्मेवारीलाई आत्मासात गर्दै जानेछौं दुइमत छैन । तर, संगठनमा बुर्जुवा तथा पुजीबादी चिन्तनलाई निस्तेज पारौं । राजनैतिक बजारमा उर्लिएको प्रश्नको तिर प्रतिक्रीयाबादिको हत्केलामा नाच्ने कठ्पुतलीहरु तिरै फर्काउन तयार होऔं । संगठन कसैको पेवा जस्तै नबनाई हिजो गरेको योगदानहरुको कदर गर्दै बामपंथी आन्दोलनका सिपाहिहरुलाई कदर र स–सम्मान गरी गोलबन्द गर्दै बर्गिय राज्यसतालाई जोगाउँदै प्रतिकृयाबादीहरुलाई हाम्रो सत्तामा आलोचनात्मक समर्थन गर्न उत्प्रेरणा र उत्साहित गरौं । नेतृत्वहरु पार्टीको होस् या जनबर्गिय संगठनको चलायमान हुँदै निरन्तर समाजबादी आन्दोलनको यात्रामा लम्कौ । कार्यकर्ताहरुले नेतृत्व बुर्जुवा पुजिबादी चिन्तनमा लागेर कार्यकर्ता बिर्सने कार्यकर्ताको भावनामा ठेस पुर्याउने, अनाहक दुःख दिने, समाजलाई नै दूषित पार्ने, बिकृति र बिसंगतिमा लिप्त नेता भेटिएमा यथाशिघ्र कार्बाही गरोस् । नेतृत्वले पनि कार्यकर्ताको हर्कत त्यस्तै भेटिएमा प्रमाण जुटाई कार्बाही गरियोस् । पहिला आफ्नो घर भित्र सफा गरौं अनि बाहिर संसार सफा गर्न सफल हुनेछ । लेखमा प्रयुक्त विचार लेखकका निजि विचार हुन् । सम्पादकीय सहमति अनिवार्य छैन ।

तामाकोसी–मिल्ती सडकमा फेरि कालोपत्रे

दोलखा, बैशाख २७ । तामाकोशी बजारदेखि मन्थली जोड्ने सडकखण्ड अन्तर्गत नयाँ पुलदेखि मिल्ती खोलासम्म फेरि कालोपत्रे गरिएको छ । गत कात्तिकमा गरिएको कालोपत्रे उप्किएपछि फेरि कालोपत्रे गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ । तामाकोसीदेखि मिल्ती खोलासम्म १० किलोमिटर सडकमा कालोपेत्र गरिएको थियो । ठेकेदार कम्पनी ला निर्माण सेवाले कात्तिकमा कालोपत्रे गरेको भए पनि तापक्रम नमिलेर भरपर्दो नभएको सडक डिभिजन कार्यालयले जनाएको छ । त्यही कम्पनीलाई फेरि कालोपत्रे गर्न लगाएको हो । दोस्रोपटक कालोपत्रे गर्दा एक करोड लागेको ला निर्र्माण सेवाले जनाएको छ । ‘भूगोलअनुसारको प्रविधि नहुँदा काममा घाटा लाग्यो’, ला निर्माण सेवाका प्रमुख दावासांगे शेर्पाले भने  । ठेक्का सम्झौता भएको भन्दा दोब्बर खर्च भएको उनको भनाइ छ । सडकमा डिभिएसटी प्रविधिको कालोपत्रे गरिएको हो । केही प्राविधिकहरूले यस किसिमको दोलोखाजस्तो भूगोलमा उपयुक्त नभएको बताएका छन् । सडक डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्रकुमार झाले अहिले गरिएको डिभिएसटी प्रविधिको कालोपत्रे समयअनुकूल नै भएको र अब भरपर्दो हुने बताए । नयाँपत्रिकादैनिकबाट

सिमेन्ट उद्योगबाट दैनिक तीन करोडको उत्पादन

गाईघाट, चैत ११ । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगेपनि विद्युत् आपूर्तिको कारण समय–समयमा सिमेन्ट उत्पादनमा समस्या झेल्दै आएको छ । एक महिनासम्म धनुषा ढल्केबर क्षेत्रबाट सिमेन्ट उद्योगमा आपूर्ति हुने विद्युत् आपूर्तिमा समस्या आएको कारण सिमेन्ट उत्पादनमा ह्रास आउन थालेको बेला अहिले एक हप्तादेखि विद्युत् आपूर्ति पुनः सहज भएपछि उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको छ । सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार तीव्र गतिमा उद्योगले सिमेन्ट उत्पादन गरिरहेको बेला गत माघको पहिलो हप्तादेखि फागुनभर धनुषा, ढल्केबर विद्युत् आपूर्ति केन्द्रबाट नियमित विद्युत् आपूर्ति नहुँदा उद्योगमा सिमेन्ट उत्पादन कार्य ह्वात्तै घटेको थियो तर अहिले सम्बन्धित निकायमा ध्यानाकर्षण गराएर विद्युत् आपूर्ति सहज भएपछि एक हप्तादेखि उद्योगले दैनिक १८ हजार बोरासम्मअर्थात् ८०० मेट्रिक टनभन्दा बढी गैँडा छाप सिमेन्ट उत्पादन गर्न थालेको छ । उद्योगको सिमेन्ट उत्पादन गर्ने पूर्ण क्षमता दैनिक ८०० मेट्रिक टन हो । डेढ वर्ष अघिसम्म विद्युत् आपूर्तिकै कारण घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले विद्युत् आपूर्ति सहज भएपछि वार्षिक अर्बौं रुपैयाँको आम्दानी गर्न थालेको छ । तर पटक–पटक हुने विद्युत् अवरोधको कारण उद्योगले सोचेजस्तो सिमेन्ट उत्पादन गर्न नसक्दा घाटा व्यहोर्नुपरेको उद्योग प्रशासन बताउँछन् । अहिले विद्युत् आपूर्ति सहज भएपछि सिमेन्ट उद्योगले प्रत्येक दिन रु ३ करोड मूल्य बराबरको सिमेन्ट उत्पादन गर्न शुरु गरेको उद्योग प्रशासनले बताएको छ । उद्योगमा अहिले ४३९ मजदूर तथा कर्मचारी रहेका छन् भने कर्मचारीको लागि मासिक रु एक करोड ३२ लाख र विद्युत्मा अढाइ करोड खर्च हुने गरेको बताइएको छ । रासस

एसईई परीक्षाः करिश्मालाई बाबुरामको शुभकामना

काठमाडौं, चैत १० । एसईई परीक्षामा सहभागी भएकी नायिका करिश्मा मानन्धरलाई नयाँ शक्ति नेपाल। पार्टीका संयोजक बाबुराम भट्टराईले फोन गरेर शुभकामना दिएका छन् । भट्टराईले सफल मान्छे बन्नको लागि उमेरले नछेक्ने भन्दै एसईई परीक्षाको पूर्व सन्ध्यामा परीक्षा सफल होस् भन्दै शुभकामना दिएका थिए । आइतबार डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाटपरीक्षा केन्द्र करिश्माले देशैभरी एसईई परीक्षामा सहभागी भइरहेका विद्यार्थीलाई शुभकामना दिएकी छिन् । उनले नडराईकन परीक्षा दिनसमेत सम्पूर्ण परिक्षार्थीलाई सल्लाह दिएकी छिन् । अभिनेत्री मानन्धर पनि कक्षा ८ मा नै भर्ना भएर पढ्न सुरु गरेकी थिइन् । उनी काठमाडौँको मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी हुन् ।

ज्ञानेन्द्रले ४ खेल गुमाउने

काठमाडौं, फागुन २३ । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेशस्तरीय छनोट चरणका ४ खेल खेल्न नपाउने भएका छन् । हालै धनगढीमा सकिएको धनगढी प्रिमियर लिग (डीपीएल) का क्रममा ज्ञानेन्द्रले कप्तानी गरेको काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेलमा उपस्थिति नजनाएपछि प्राविधिक समितिले उनलाई कारवाहीस्वरुप ४ खेल निलम्बन गरेपछि प्रदेशस्तरीय छनोट चरणका ४ खेल खेल्न नपाउने भएका हुन् । काठमाडौंले सेमिफाइनल यात्रा तय गरेमा भने उनले फाइनल अथवा तेस्रो स्थानको खेल खेल्न पाउनेछन् । यसै महिना सम्पन्न आईसीसीको नियमअनुसार कुनैपनि टोलीले खेलमा सहभागी हुन नकारेको खण्डमा विपक्षी टोलीलाई विजयी घोषित गरिने र प्राविधिक समितिले कारवाही गर्ने प्रावधान रहेको छ । त्यसैअनुसार मल्ललाई कारवाही गरिएको अम्पायर बुद्धिबहादुर प्रधानले जानकारी दिए । ‘ज्ञानेन्द्रलाई काठमाडौं गोल्डेन्सको कप्तानको हैसियतले ४ खेलको प्रतिबन्ध गर्ने निर्णय गरेका हौं । टोलीको जिम्मेवारी कप्तानले सम्हालेका कारण नियमअनुसार नै उनलाई कारवाही गरिएको हो । यससँगै उनले घरेलु टि–२० मा ४ खेल खेल्न पाउने छैनन् । प्रशिक्षक र व्यवस्थापकको हकमा पनि हामी भविष्यमा कारवाही गर्नेछौं,’ उनले भने । डीपीएलको दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्सले प्राविधिक समितिले आफ्ना भारतीय खेलाडीलाई बलिङ गर्न प्रतिबन्ध लगाएपछि खेल बहिष्कार गरेको थियो । उक्त निर्णयको विरोधमा टोलीले खेलमा उपस्थिति जनाएन । यससँगै प्राविधिक समितले महेन्द्रनगर युनाइटेडलाई विजयी घोषित गरेको थियो । ज्ञानेन्द्रले ४ खेलको प्रतिबन्ध भोगेसँगै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश–३ स्तरीय छनोटका ४ खेल गुमाउने भएका छन् । उनले शुक्रबार छनोट अन्तर्गत काठमाडौंबाट खेल्ने तयारीमा रहेका थिए । प्रतिबन्धसँगै उनले छनोटका केहि खेल गुमाउने हाम्रो खेलकुदलाई बताए । काठमाडौंले प्रदेश ३ छनोटको पहिलो खेलमा शुक्रबार नुवाकोटको सामना गर्दैछ । समूह चरणमा काठमाडौंले शनिबार चितवन र आइतबार भक्तपुरको सामना गर्दैछ । प्रतियोगिताको सेमिफाइनल खेलहरु सोमबार र फाइनल तथा तेस्रो मंगलबार हुने तालिका रहेको छ ।

बजारमा सुनको भाउ जस्तातस्तै

काठमाडौं, माघ २७ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । शुक्रबार बजारमा सुन तोलामा ६२ हजार १ सय रुपैयाँमा कारोबारमा भएको थियो भने आइतबार सुन तोलामा ६२ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, शुक्रबार तेजावी सुन तोलामा ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ६१ हजार ८ सय रुपैयाँमै कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी तोलामा ७७५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

इमेलबाट जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना

काठमाडौं, माघ ६ । अनुमति नलिएरै जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाएमा जरिवाना भोग्नु पर्ने भएको छ । सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीविना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने ब्यवस्था गरिएको हो । ‘सम्बन्धित व्यक्तिको मञ्जुरीकिना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन पाइने छैन’, विधेयकको दफा १० को उपदफा (१) मा छ । उक्त व्यवस्थाअनुसार कसुर गर्नेलाई एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । तर, कुनै जानकारीमूलक सूचना वा विपद्को खबरका लागि भने नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सम्बन्धित ब्यक्तिको मन्जुरीबिना पनि एसएमएस वा इमेल गर्न बाधा नर्पर्ने उपदफा (२) मा भनिएको छ ।

फेरि तोलामा कतिले बढ्यो सुनको मूल्य ?

काठमाडौं, पुस २५ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ५९ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार नेपाली बजारमा चाँदीको ५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ७ सय ६० रुपैयाँमा कारोबारमा भइरहेको छ ।

सञ्चिता शाहीको मायाको किन ‘उडायो पछयौरी’ भिडियो सार्बजनिक

पछिल्लो समयमा ब्यापक चर्चामा रहेको प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा दुर्गा शाहीको लोकदोहोरी सौगात गायक प्रवीण घर्तीमगर र गायिका जमुना रानाको आवाजमा ‘उडायो पछयौरी’ गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गा शाहीको शब्द सिर्जनामा रहेको गीतमा मायालुको यादमा सताएको कुरालाई गीतमा समेटिएको छ । आफनी प्रेमीकालाई विर्सन नसक्ने कुरा गीतमा पोखिएको छ । आफनो माया निकै गाढा रहेको कुरा गायकले बताएका छन । केशव गाहा मगरको गीतमा लय सिर्जना रहेको छ । बासु न्यौपानेको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म बमोजिमको भूमिका सञ्चिता शाही र सुरज रावलको अभिनय रहेको छ । ‘उडायौ पछ्यौरी’ गीतको भिडियो हेर्नुहोस्–

चकलेट र पैसा दिएर १३ बर्षकी दृष्टिविहिन बालिकाको शिक्षकद्वारा नै बलात्कार, नन्दाले खोलिन रहस्य

काठमाडौं, पुस १५ । कालिकोटमा जन्मिएकी नन्दासिंह हाल कपनमा बस्दै आएकी छिन् । उनी दिष्टि विहिन महिला हुन् तर जन्मजात नै दृष्टिविहिन भने होइनन् । अरुलाई अन्याय र अत्याचार भएको देख्न नसक्ने नन्दा एक समाजसेवी पनि हुन्। समाजसेवी नन्दाको जीवनमा धेरै यस्ता घटना घटेका छन् जुन सुन्दा काल्पनिक जस्तो लाग्ला तर यो उनको यथार्थ घटना हो । उनी ३ वर्षको उमेर हुँदा ६ महिनासम्म झाडापखाला लाग्दा पनि उनलाई अस्पताल लगिएन । उनी झन्झनै शिथिल हुँदै गइन् । उनको अन्तिम अवस्था भइसकेको थियो । अब छोरी मरिसकी भनेर उनका बुबाआमाले उनलाई गाड्न भनेर सेतो कपडाले बेरेर राखे । करिब ४ बजेतिर उनलाई मरेको सोचेर सेतो कपडाले बाँधेर राखिएको थियो । उनको संस्कार अनुसार बच्चालाई बिहानपखमात्र दाहसंस्कार गर्नुपर्ने भएकोले । त्यो रात त्यसै राखियो । रातको करिब १ बजेतिर उनी ब्युझिन् । उनले पुनर्जीवन पाइन् । उनको श्वास त फिर्ता आयो तर ज्योति भने गुम्यो । उनी दृष्टिबिहिन भइ न्। आखा नदेख्ने भएकोले पनि उनलाई घरमा राम्रो व्यवहार गरिएन । घरपरिवारले गरेको व्यवहारबाट आजित भएर उनी पढ्न काठमाडौँ आइन् । केही समय बित्दै गएपछि उनलाई हिडडुल गर्न, ठाउँ ठम्माउन सजिलो हुँदै गयो । काठमाडौँ जस्तो ठाउँमा बस्न आफ्नो कमाई हुने पर्यो । महंगीको शहरमा बाच्न पढ्दै उनले काम पनि गरिन् । ओम हस्पिटलमा उनी रिसेप्सनिष्टको रुपमा कार्यरत रहिन् । हाल उनी सामाजिक कार्यमा सक्रिय छिन्। आफु नदेख्ने भएता पनि नदेख्नेका बालबच्चा, टुहुराहरुको शाहारा बनेर उनले हाल ७ जना बच्चालाई आश्रय दिइरहेकी छिन् । उनले कत्ति बालबालिकालाई विद्यालयमा भनसुन गरेर निःशुल्क पढाउन सहयोग गरेकी छिन् । आफ्नो गाउँमा बालविवाहदेखि अन्याय अत्याचार भएको ठाउँमा आवाज उठाउन समेत उनी पछि पर्दिनन् । ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था दर्ता गरेर उनी सामाजिक कार्यमा सक्रिय छिन् । उनी अहिले आफ्नो आँखाको उपचार गराईरहेकी छिन् । डाक्टरले उनलाई यस उपचारबाट आखाँ देख्न सक्ने सम्भावना रहने बताएका थिए । उनले कुराकानीको क्रममा उनी बसेको पहिलाको होस्टेलमा एक बालिकालाई आफ्नै शिक्षकले बलात्कार गरेको खुलासा गरिन। उनको अनुसार ती पिडित बालिका भर्खरै १४ वर्षे लागिन। शिक्षक र बालिका नै दृष्टिविहिन नै थिए। नन्दाले घटना भएको उनले १ वर्ष पछिमात्रै थाहा पाइन् । त्यसपछि आवाज उठाइन तर सबैले मिलेर घटनालाई लुकाउन खोजेका थिए । कसैले साथ दिएनन् । उनले हिम्मत नहारी संस्थाको मद्दतबाट दोषीलाई हिरासतमा राख्न सफल भएकी छिन् । ती १४ वर्षिया बालिकालाई अहिले काउन्सलिङ्ग भइरहेको बताइन् ।

विश्वका सर्वाधिक कामुक १० महिलाको सूचीमा को–को ?

काठमाडौं । सौन्दर्य र महिला एकअर्काका पूरक हुन् । आफूलाई सुन्दर देखाउन महिलाहरूले प्राचीनकालदेखि नै अनेकौं उपाय अपनाउँदै आएका छन् । उनीहरूकले आफ्नो सुन्दरताका लागि खर्च पनि खुलेर गर्ने गर्छन् । महिलाहरूको सौन्दर्यसम्बन्धी पूर्वी तथा पाश्चात्य मान्यतामा केही भिन्नता छ । तैपनि आफ्नो रूप र यौवनले पुरुषहरूलाई आकर्षित गर्ने क्षमता भएका महिलाहरू नै सबैको नजरमा पर्छन् । अनुहार तथा शरीरको बनोटबाहेक हाउभाउ तथा कामकलाका कारण पनि महिलाहरूको सौन्दर्यको मापन गरिँदै आएको छ । यसै सन्दर्भमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आधारमा सर्वाधिक कामुक महिलाहरूको सूची यस्तो छ: १. टुलिसा कोन्टोस्टाभ्लोस कामुक महिलाहरूको यो सूचीमा पहिलो पटक सोभलै पहिलो स्थानमा देखिएकी टुलिसा कोन्टोस्टाभ्लोस बेलायती मुलकी गायिका तथा गीतकार हुन् । उनी टेलिभिजन सिरियलहरुमा अभिनयसमेत गर्छिन् । सन् १९८८ मा जन्मिएकी टुलिसा डेभिड किंगसँग लिभ इल रिलेसनमा छिन् । २. चेरी कोल यो सूचीको दोस्रो स्थानमा सन् १९८३ मा जन्मिएकी चेरी कोल छिन् । उनी गायिका, गीतकार तथा टेलिभिजन अभिनेत्री हुन् । विगत २ वर्षयता यो सूचीबाट हराएकी चेरी कोल यो वर्ष फेरि फर्किएकी हुन् । जिन बनान्ड फनौन्डेजसँग २ वर्ष (सन् २१४–१६) मा फुटबल खेलाडी एस्ले कोलसँग ४ वर्ष (सन् २००६–१०) लिभ इन रिलेसनमा रहिसकेी कोलका एक छोरा छन् । ३. रिहान्ना कामुक महिलाहरुको यो सूचीको तेस्रो स्थानमा पप गायिका रोबिन रिहान्ना छिन् । उनी पनि यो सूचीमा एक वर्षपछि फर्किएकी हुन् । सन् १९८८ मा बार्बाडोजमा जन्मिएकी रिहान्ना चलचित्र तथा टेलिभिजन शोहरुमा समेत अभिनय गर्छिन् । अमेरिकी संगीत व्यवसायी इभान रोजरसँग पारपाचुके गरेकी रिहान्ना अहिले सिंगल छिन् । ४. रोजी जोन्स सन् १९९० बेलायतमा जन्मिएकी रोजी जोन्स ग्लामरस मोडल हुन् । कामुक महिलाहरुको यो सूचीमा पहिलोपटक चौथो स्थानमा देखा परेकी रोजी जोन्स विशेषगरी पुरुषहरुसँग समबिन्धत लाइफस्टाइल म्यागजिनहरुमा प्रकाशित हुने आफ्ना तस्बिरका कारण चर्चित छिन् । ५. जर्जिया साल्पा सन् १९८५ मा ग्रीसमा जन्मिएकी आइरिस मूलकी जर्जिया साल्पा पनि ग्लामरस मोडल हुन् । कामुक महिलाहरुको यो सूचीमा पहिलो पटक पाँचौं स्थानमा देखा परेकी जर्जिया जो पेन्नासँग विवाहित छिन् । ६. केटी पेरी खास नाम क्याथरिन एलिजाबेथ भए पनि प्रोफेसनल संसारमा केटी पेरीका नामले चर्चित यी अमेरिकी गायिका कामुक महिलाहरुको यो सूचीमा एकपटक फेरि फर्किएकी हुन् । यो सूचीको छटौं नम्बरमा रहेकी केटी पेरीको जन्म सन् १९८४ मा भएको थियो । उनी रसेल ब्रान्ड (सन् २०१०–१२) सँग विवाहित भए पनि हाल सिंगल छिन् । ७. मेगन फक्स अलिउड मेगन फक्स यो सूचीको सातौं स्थानमा छिन् । सन् १९८६ मे १६ मा जन्मिएकी फक्स ब्रायन अस्टिन ग्रिनसँग विवाहित छिन् । ३ सन्तानकी आमा फक्सले चलचित्रको तुलामा टेलिभिजन शोमार्फत बढी लोकप्रियता आर्जन गरेकी छिन् । ८. केली हेजन सन् १९८६ मा जन्मिएकी ग्ल्यामर मोडल केली हेजन कामुक महिलाहरुको यो सूचीको आठौं स्थानमा छिन् । खासगरी पेज थ्री इभेन्टहरुमा लोप्रिय हेजल अहिलेसम्म अविवाहित नै छिन् । ९. मिला कुनिज सर्वाधिक कामुक महिलाको नवौं स्थानमा हलिउड अभिनेत्री मिलेना मार्कोभ्ना मिला कुनिस छिन् । उनी यो सूचीमा २ वर्षपछि फर्किएकी हुन् । सन् १९८३ अगस्त १४ मा जन्मिएकी कुनिस हलिउड अभिनेता एस्टोन कुुचरसँग विवाहित छिन् । उनका २ छोरा छन् । १०. एमिली अटाक कामुक महिलाहरुको यो सूचीको दसौं स्थानमा हालसम्म अविवाहित हलिउड अभिनेत्री एमिला जेन अटाक छिन् । सन् १९९९ मा जन्मिएकी एमिली अटाक टेलिभिजन सिरियलमा आफ्नो अभिनयका कारण चर्चामा आइरहन्छिन् । उनकी दिदी मार्था अटाक तथा दाजु जर्ज आटकसमेतथ अभिनय पेसामै छन् । साप्ताहिकबाट साभार

दिल्ली एयरपोर्टमा बबाल, यात्रुले चुरोट खान ढिपी गरेपछि फर्कियो जहाज

नयाँ दिल्ली, पुष ७ । फ्लाइटको संसारमा अनौठा घटनाहरु देखा पर्छन, यस्तै भएको छ दिल्ली एयरपोर्टमा । एकजना यात्रुको जिद्दिले दर्जनौं अन्य यात्रुहरुले तनाव झेल्नु परेको छ । जिद्दि पनि कस्तो भने, यात्रुले चुरोट खान माग गरेको अवस्था । भाष्कर दैनिकका अनुसार, इन्दिरा गान्धी अन्तर्राष्ट्रियम विमानस्थलमा शुक्रबार साँझ दिल्लीबाट कोलकत्ता जाने जहाज रनवेमा दौडिरहेको थियो । साढे पाँचको समयमा उडने तयारीमा रहेको जहाज आठ बजे कोलकत्ता पुग्ने तय भएको थियो । फ्लाइट संख्या युके ७०७ रनवेमा दौडिसकेपछि एकजना यात्रुले क्रू मेम्बरसँग चुरोट पिउने इच्छा व्यक्त गर्यो । क्रू मेम्बरले यो मान्ने कुरा थिएन । तर यात्रुले भने ढिपी छोडेन । चुरोट नपिई कलकत्ता नजाने अडान यात्रुले लिएपछि जहाजभित्र ठूलै हंगामा भयो । उसलाई निकै सम्झाउने कोशिश गरियो । तर माने पो । अन्तमा उसको इच्छा पुरा गर्नका लागि जहाजलाई फेरी दिल्लीतर्फ फर्काउनु पर्यो ।