केरुङबाट ल्याउँदै गरेको अबैध सुनसहित रसुवागढीमा एकजना पक्राउ
काठमाडौं, माघ ११ । चिनको केरुङबाट बा ७८ प २१३१ नम्बरको मोटरसाइकमा नेपाल आउदै गरेका चक्र बहादुर धमला अबैध सुनको चक्कि ढिक्कासहित रसुवामा पक्राउ परेका छन् ।
टिमुरे १ रसुवागढी प्रहरी चेकपोष्टमा चेकजाचँ गर्ने क्रममा धमलाको साथमा रहेको मनि पर्समा ११७.३२ ग्राम अबैध सुन फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईले बताए ।
४६ वर्षीय धमला जिल्ला सि.पा सिम्पाल काभ्रे ६ घर भई हाल रसुवा यार्सा ९ मा बस्छन् ।
पक्राउ परेका धमला, मोटरसाइकल र बरामद सुन भन्सार कार्यालय टिमुरेमा बुझाईएको प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।
रसुवागढी नाकाबाट चीनले एक महिनाका लागि सामान अायात निर्यात बन्द गरेको छ । एक सातादेखि चीनको केरुङबाट नेपाल अाउने र जाने सामान बन्द छ । भन्सार बन्द हुदाँ सयाौ कन्टेनर भन्सार यार्डमा बसेका छन् । तर सुन तस्करको सक्रियता भने बढेको छ ।
यस अघि चीनकै केरुङबाट ल्याइएको १५ केजी सुन बालाजु बृतले बरामद गरेको थियो ।
सेक्सका लागि मन नहुने या छिटो स्खलन त हुँदैन ? यस्तो छ उपाय
नेपाली समाज यौनका बारेमा अझै खुल्न सकेको छैन । यसको सिधा असर यौन स्वास्थ्यमा पर्ने गरेको छ । लाजकै कारण भनौ अहिले पनि धेरै नेपालीले यौनरोगलाई लुकाइरहेका हुन्छन् । खासगरी पुरुषहरुले यौन दुर्बलतालाई आफ्नो प्रतिष्ठासंग जोडेका हुन्छन् । सोही कारण रोगको उपचार समेत नगराई लुकाएर बस्ने गरेका छन् । यौन दुर्बलता समान्यतया, पुरुषहरुको लिङ्गमा कडापन नहुनु, यौन सम्पर्कमा समस्या आउनु तथा यौनइच्छामा नै कमी आउनुलाई यौन दुर्वलता भनिन्छ । यौन दुर्बलता देखिनुको प्रमुख कारण मनोबिज्ञान, तनाब, हार्मोनमा कमि र पुरुषहरुमा प्रोस्टेटको संक्रमण हुनु आदि हो । डा. दीपक रौनियार कन्सल्ट्यान्ट यूरोलोजिस्ट त्यसबाहेक व्यक्तिको खानपीन रहनसहन र जीवनशैलीले पनि यौन दुर्वलता गराउन मद्धत गर्छ । मुख्य कारण यौन दुर्वलताको शिकार हुनुमा धूमपान प्रमुख रुपमा रहन्छ । त्यस्तै मध्यपान, उच्चरक्तचाप, छारेरोगको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यस्तै बोसोयुक्त मासुको सेवन, उच्च कोलेस्ट्रोल, मोटोपना र प्रोस्टेट ग्रन्थीमा देखिने दीर्घकालिन संक्रमणले यौनक्षमतामा ¥हास भई यौन दुर्वलताको समस्या हुने गर्छ । पुरुषहरुमा आर्थिक तथा सामाजिक समस्या तथा तनावले सेक्स हर्मोनको स्तरमा गिरावट हुनसक्छ र यस्तो गिरावटले पुरुषको यौन इच्छा तथा कामशक्तिमा समेत असर पुरयाउछ । लाजका कारण पालिएको रोग यौन दुर्वलता हुनु सामान्य स्वास्थ्य समस्या हो यदि समयमै उपचार गरियो भने । तर यौनका बारेमा खुलस्त कुरा गर्न नसक्ने नेपाली समाज र त्यहि समाजमा हुर्केका आम सर्वसाधारणले लाजका कारण रोग लुकाउदा समस्या बल्झिने गरेको हो । कतिपयले साह्रै समस्या भएपछि मानिसहरु छाला तथा यौनरोग, मनोचिकित्सक, यौन चिकित्सक, इन्डोक्रोनोलोजिस्ट कहाँ समस्या लिएर उपचारका लागि जाने गरेको पाइन्छ । तर पनि उनीहरुमा डर भय लाज र प्रतिष्ठाको विषयमा जकडीरहेका हुन्छन् । अझ भनौ यसले व्यक्तिगत जीवन पारिबारिक जीवन, दाम्पत्य जीवनमा समेत ठूलो असर पारिरहेको हुन्छ । यौन दुर्बलताका कारण श्रीमान श्रीमतीबीच मनमुटाव बढ्ने, विवाह गर्ने बेलामा नगर्न खोज्ने, एक खालको आफूलाई हिनताबोध गर्ने जस्ता समस्या समेत देखिन्छ । यस्तो भयो भने यौन दुर्बलता हुन सक्छ यौन दुर्बलता भएका व्यक्तिहरु शारीरिक रुपमा कमजोरी अर्थात महसुस गर्ने खालका हुन्छन् । सहबासमा भाग्न खोज्ने, सेक्स पार्टनरसंग तर्कने गतिविधि देखाउने गर्छन् । दिनभर काममा व्यस्त हुने, मानसिक रुपमा तनावमा पर्ने व्यक्तिलाई यौन दुर्बलता हुनसक्छ । यो समस्या बढदै जाँदा मानसिक तथा अन्य समस्या समेत देखा पर्न सक्छ । यौन क्रियाकलापलाई असर पर्ने गतिविधिबाट जोगिनु राम्रो हुन्छ । यौन दुर्बलतामा परेका व्यक्तिमा सबैभन्दा बढी समस्या मानसिक रुपमा हुन्छ । लाज डर र प्रतिष्ठाका कारण खुलेर आफ्नो समस्या व्यक्त गर्न नसक्दा कतिपयमा गम्भीर मानसिक समस्या समेत देखिन्छ । त्यति माात्रै होइन, लाजकै कारण यौन दुर्वलतमा फसेका व्यक्तिहरु यौन तथा गोप्य अङ्गमा समस्या हुँदा समेत चिकित्सककोमा जान सक्दैनन् ।रोग लाग्नु समस्या होइन त्यसको समाधानमा नजानु चाहि ठूलो समस्या हो । यौन दुर्बलताका कुनै एक कारण नभइ बिभिन्न कारणहरु छन् । यौन दुर्बलताका बढाउन सहयोग पुरयाउने तत्वहरु व्यक्तिको चेतना प्रमुख कारण हो । अनी डाक्टरहरुसंग खुलेर नबोल्ने । यदि बोले पनि झस्किने अर्को कारण हो । त्यस्तै ब्यक्तिको शरीरमा हुने विभिन्न समस्या जस्तैस् मधुमेह, लिङ्गमा बोसोको डल्ला आउनु, उच्च रक्तचाप, छारे रोग, धुम्रपान र मध्यपानको सेवन, नशा च्यापिएको आदि पनि यौन दुर्बलताका कारक तत्व मान्न सकिन्छ । यौन शक्ति शारिरिक र मानसिक दुबैमा निर्भर हुन्छ । त्यसैले यौन दुर्बलता भएको खण्डमा यौनकार्यमा रुचि नहुने, आफू र आफ्नो साथीलाई पूर्ण सन्तुष्टि दिन नसकिने हुन्छ । तर यौन दुर्बलताको कारण थाहा पाउन सकेमा, सोही अनुसार खानपिन तथा अन्य व्यवहारजन्य कुरामा सुधार गर्ने हो भने सहज यौनजीवनमा सजिलै फर्किन सकिन्छ । यौन दुर्वलता हुन नदिन के गर्ने ? यौन दुर्वलता हुन नदिन शारीरिक एबं मानसिक रुपमा फिट हुनुपर्छ । त्यसका लागि केही उपायहरु गर्न सकिन्छ । जस्तो कि पुरुषत्व कायम राख्नका लागि सफल सामाजिक जीवन र मानसिक स्वास्थ्यका लागि समेत शरीरमा यो पुरुष हर्मोनको मात्रा सन्तुलित हुनुपर्छ । यौन दुर्बलतामा मानिसको मनस्थिति र वातावरणको जति प्रभाव हुन्छ, त्यति नै उसको खानपिन र यौनका बेला गर्ने व्यवहारले पनि असर पार्छ । जाँड, रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ । साथै, यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो । यसैगरी मानसिक तनावले पनि हार्मोनमा परिवर्तन ल्याउछ । यौन शक्ति कम गर्ने कारण मध्ये एक यो पनि हो । केही बिरामी अवस्थामा जस्तो कि मधुमेह तथा उच्चरक्तचापले पनि यौन शक्ति कम गर्दछ । यसका साथै मानसिक समस्या अर्थात डिप्रेसनका औषधि लिने व्यक्तिमा पनि यौनइच्छा कम हुन्छ । त्यसैले पर्याप्त निद्रा लिनुहोस् । नियमित आराम गर्नुहोस् । कम्तिमा पनि दिनको ७ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ । थाह पाउनै पर्ने कुरा के हो भने शरीरमा उत्सर्जन हुने अधिकांस सेक्स हर्मोन निद्रावस्थामै उत्पादन हुने गर्छ । मोटो तौललाई घटाउने , औषधी उपचार गराउने, हेपाटाइटिस बि बिरुद्ध खोप लगाउने, धुम्रपान तथा मध्यपान सेवन नगर्ने , ब्यायाम गर्ने, पोसिलो खानेकुरा खाने, । चिकित्सकसँग नियमित परामर्श लिनाले पनि यस रोगको समाधान हुन सक्दछ । समस्याको हल नै रोगको अचुक उपाय हो । रोगलाई रोकेर , लुकाएर केहि हुनेवाला छैन । बरु समाधानतिर लाग्नुपर्छ । नेपाली हेल्थबाट
राष्ट्रपति पद नछोड्दै बाराम ओबामालाई दर्जनौं जागीरको ‘अफर’
न्यूयोर्क, एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यही २० जनवरीमा व्हाइट हाउस छोडिरहेका छन् । नेपालमा भएको भए उनी फेरी पार्टी राजनीतिमा लाग्थे होलान् तर अमेरिकी परम्परा नै भनौं, राष्ट्रपति पद छोडनु अगाडि नै ओबामालाई दर्जनौं ठाउँबाट जागिरको अफर आएको छ । ९१ हजार करोड मूल्यको कम्पनीबाट अफर हालैमात्र स्वीडेनको म्यूजिक स्ट्रिमिङ कम्पनी ‘स्पटिफाइ’ले राष्ट्रपति ओबामालाई जागिरका लागि औपचारिकरुपमा लेखेको एजेन्सीहरुले उल्लेख गरेका छन् । कम्पनीका सिइओले जब भ्याकेन्सीको सूचना ओबामालाईदिएका हुन । कम्पनीले प्रेसिडेन्स अफ प्लेलिष्ट पदका लागि आवेदन मागिएको जनाएको छ । ५५ वर्षीय ओबामाले केही दिन अगाडि जिस्किने मूडमा स्पटिफाई कम्पनीमा काम गर्न खोजेको बताएका थिए । यो जागिरका लागि ८ वर्ष राष्ट्रपति कार्यकाल सम्पन्न गरेको र शान्तिका लागि नोबेल पुरस्कार पाएको हुनुपर्ने उल्लेख छ । यसबाहेक जोशिलो भएर प्रस्तुती गर्न सक्ने, मैत्रीपूर्ण व्यवहार भएको जस्ता अन्य पक्ष पनि राखिएका छन् । कम्पनीमा गीतहरुको प्लेलिष्ट बनाउनुपर्ने मुख्य काम रहेको छ । यो कम्पनी अमेरिकाको रिकर्डेड म्यूजिक इण्डष्ट्रि भन्दा ठूलो रहेको छ । २००६ मा शुरु भएको यो कम्पनीले २० देशमा ५० भन्दा बढी भाषामा काम गर्ने गर्छ । यसका १० करोड भन्दा बढी अनलाईन एक्टिभ युजर रहेका छन् । ओबामाले आफूलाई मन पर्ने गीत यही स्फटिफाईको माध्यमबाट साझा गर्दै आएका छन् ।
ज्वाई ससुरा मिलेर अमेरिका हाँक्ने
पुस २६ । नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा आफ्ना ज्वाइँलाई राख्ने निर्णय गरेपछि अब ससुरा ज्वाई मिलेर अमेरिका हाँक्ने भएका छन् । राष्ट्रपतिको वरिष्ठ सल्लाहकार रहने गरी ज्वाईं जारेड कुशनरलाई ट्रम्पले नियुक्ति दिइने निर्णय ट्रम्पले गरेका हुन् । नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा ससुरा ट्रम्पलाई राष्ट्रपतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ३५ वर्षीय कुशनरले ह्वाइटहाउसमा रहेर आन्तरिक र वाह्य नीतिसम्बन्धि काम हेर्ने खबरहरुमा उल्लेख छ । यो नियुक्तिका लागि सिनेटले स्वीकृत दिनु पर्दैन । वरिष्ठ सल्लाहकारमा नियुक्त भएपछि कुसनरले कुनै तलब भत्ता नलिने बताए । यद्यपि, आलोचकहरुले भने यसरी सरकारी नियुक्तिमा आफ्ना नातेदारलाई नियुक्त गर्नु अमेरिकी भाइभतिजावाद कानूनको उल्लंघन हुने पनि बताएका छन् । कुसनर ससुरा ट्रम्पजस्तै घर जग्गा व्यवसायी हुनुहुन्छ ।
जनार्दन–कुलमानको सँयुक्त घोषणा–‘जेठ महिनाभित्र नेपाल लोडसेडिङ मुक्त’
काठमाडौं, पुस २५ । सरकारले अबको चार महिनाभित्रमा मुलुकभर लोडसेडीङ अन्त्य गर्ने तयारी तीव्र पारेको जनाएको छ । उर्जा मन्त्रालयले हालसम्म गरेका काम र आगामी योजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उर्जामन्त्री जनार्दन शर्माले देशलाई नै लोडसेडीङ मुक्त गर्ने अभियान तीव्र पारिएको बताए । अब हामी केही महिनाभित्रैमा नेपाललाई लोडसेडिङ मुक्त घोषणा गर्दैछौं, पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने । पत्रकार सम्मेलनमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको चार महिनामा मुलुकभर लोडसेडीङ अन्त्य गर्न सकिने जानकारी दिए । ‘काठमाडौं र पोखरामा लोडसेडिङ अन्त्य भैसकेको छ, पुर्वमा कहिलेकाँही सिस्टममा अनब्यालेन्स हुँदा थोरै समय मात्र लोडसेडिङ हुन्छ’ उनले भने, ‘आगामी जेठ महिनापछि ९०० मेगावाट जेनेरेशन हुँदैछ त्यसैले अबको करिब चार महिनापछी देशभर लोडसेडीङ अन्त्य गर्न सकिन्छ ।’ देशको पश्चिमी भागमा लोकल समस्याका कारण दिनमा तीन घण्टासम्म लोडसेडीङ हुने गरेको जानकारी दिँदै घिसिङले भने, ‘अबको दुई चार दिनमा महेन्द्रनगरदेखि धनगढी सम्मको भु–भागमा लोडसेडिङ हटाउनेतिर लागिरहेका छौं ।’ ‘हेवा खोला ९७ मेगावाट चाँडै सिस्टममा जोड्दै छौं, त्यसका लागी सबस्टेशन चार्ज हुँदै छ’ उनले भने, ‘कावेली करिडोरको ट्रान्समिसन लाईन पनि यसै आर्थिक बर्षमा पुरा गर्दैछौं ।’ चमेलिया जलविद्युत्त आयोजना यसै आर्थिक बर्षमा पूरा हुने जानकारी दिँदै घिसिङले भने, ‘खिम्ती ढल्केवर प्रशारण लाईन यसै हप्ता चार्ज गर्दैैछौं ।’ त्यस्तै देशब्यापी चुहावट हटाउने अभियानमा प्राधिकरण लागीपरेको घिसीङले जानकारी गराए । विद्युतमा लगानी गर्न इच्छुक लगानीकर्ताका लागी अनलाइनबाटै प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको मन्त्री शर्माले जानकारी दिए । सोमबार भएको कार्यक्रममा उर्जामन्त्री शर्माले वेबसाईटको उद्घाटन गर्दै अनलाईबाट लगानी प्रस्तावको सुरुवात गरेका हुन् । ‘शेयर लगानी प्रतिबद्धता आह्वान’ गर्नका लागी वेभसाईड निर्माण गरेका हौं’ उर्जामन्त्री शर्माले भने, ‘यसबाट लगानीको सुनिश्चितता भएपछि विभिन्न आयोजनाहरु शुरु गरिनेछ ।’ उर्जा मन्त्रालयले अनुमतिपत्रसम्बन्धि निर्देशिका जारी गरेको जानकारी दिँदै मन्त्री शर्माले भने– ‘बंगलादेशबाट उर्जा उत्पादनमा सहकार्यका लागी पठाएको एमओयु यहाँका विभिन्न निकायहरुसँग सहमति लिएर फिर्ता पठाइसकेका छौं ।’ ‘चमेलिया जलविद्युत्तको आयोजनाको काम अब एक तिहाईमात्र बाँकी छ, कर्णाली प्रदेशका सबै घर परिवारले कम्तिमा एक लाख रुपैयाँ शेयर हाल्ने गरी प्रक्रिया अगाडी बढाइएको छ’ मन्त्री शर्माले भने, ‘ढल्केवर प्रशारण लाईन लागायतका बर्षौदेखि अलपत्र आयोजना सुचारु गरिएको छ ।’ उर्जा मन्त्रालयले उर्जामा लगानीको ब्याज घटाएर ५ प्रतिशतमा ल्याउन प्रस्ताव गरेको छ । ‘हामीले ५ प्रतिशत मात्रै ब्याज कायम गर्न अर्थ मन्त्रालयमा लेखेर पठाएका छौं’ मन्त्री शर्माले भने, ‘त्यस्तै डलरमा पिपिए गर्दा हुने रिस्क अन्त गर्नेतिरपनी आवश्यक कदम चालिसकेका छौं ।’ त्यस्तै दश हजार मेगावटा सम्म ‘टेक वा पे’ का आधारमा पिपिए गर्ने प्रक्रिाय शुरु गरेको जानकारी दिँदै शर्माले भने, ‘यसअघि ‘टेक एण्ड पे’ को आधारमा पिपिए हुने गरेको थियो ।
बान कि मुनले दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने
सोल,पुस १२ । पदावधि समाप्त भएर संयुक्त राष्ट्र सङ्घबाट आगामी वर्षको सुरुवातदेखि बिदावादी लिन लागेका वर्तमान महासचिब बान कि मुन निकट भविष्यमै हुन गइरहेको दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा लागेका छन् । संयुक्त राष्ट्र सङ्घमा लगातार दुई पटक गरी दश वर्षसम्म सफलतापूर्वक महासचिव पदको भूमिका निर्वाह गर्नुभएका मुनले दक्षिण कोरियाली राष्ट्र तथा राज्यप्रमुख पदमा सजिलै विजयी हुने अनुमान स्थानीय सर्वेक्षणहरुले देखाएका छन् । सोलको बहुचर्चित स्थानीय एक सर्वेक्षण संस्थाः रियल मिटरले गत १९ देखि २३ डिसेम्बरसम्म देशभरिका विभिन्न समुदायका दुईहजार पाँचसय २८ जना मतदाता माझ सञ्चालन गरेको एउटा सर्वेक्षणमा अधिकतम अर्थात् २३ दशमलब ३ प्रतिशत बानले हासिल गरे । यो अङ्क यसको एक हप्ताअघि सोही संस्थाले गरेको सर्वेक्षणमा प्राप्त अङ्कभन्दा २ दशमलब ८ प्रतिशतले बढेको पनि जनाइएको छ । गतः डिसेम्बर– ९ मा दक्षिण कोरियाली संंसद्ले महाअभियोग प्रस्ताव पारित गरेपछि सत्ताबाट आंशिक बेइज्जतिपूर्वक बाहिरिनै लाग्नुभएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाईको गृहजिल्ला वा सत्तारुढ साएनुरी पार्टीको पकेट भोट क्षेत्रः उत्तरी ग्योङ्गसाङग प्रान्तबाट बानलाई अधिकतम समर्थन प्राप्त भएको तथ्य सो सर्वेक्षणको चाखलाग्दो पक्ष रहेको जनाइएको छ । बानको पक्षमा देशभरीको समग्र औसतमा २३ दशमलब ३ प्रतिशत अङ्क प्राप्त भएकोमा उत्तरी ग्योङ्गसाङग प्रान्तको मात्र अङ्क छुट्ट्याउँदा ३५ दशमलब ८ प्रतिशत रहेको र यो अङ्क अघिल्लो सर्वेक्षणमा प्राप्त अङ्कभन्दा ९ दशमलब ३ प्रतिशतले बढेको छ । निवर्तमान राष्ट्रपति पार्क गेयुन हाईपछि राष्ट्रपति पदमा उम्मेदवारी दिन लायक नेताको खडेरी परेपछि बान कि मुननै सत्तारुढ साएनुरी पार्टीका मतदाताका अन्तिम आशाको केन्द्रविन्दुमा रहनुभएको पनि जनाइएको छ । सो पछिल्लो जनमत सर्वेक्षणमा दक्षिण कोरियाली अन्य चर्चित नेतामध्ये संसद्मा सबैभन्दा ठूलो विपक्षी दल – मिञ्जो पार्टीका नेता मुन जाए–इनले २३ दशमलब १ प्रतिशत, मिञ्जो पार्टीकै अर्का नेता ली जाए–म्युङ्गले १२ दशमलब ३ प्रतिशत, संसद्को अर्को विपक्षी दल – पिपुल्स पार्टीका नेता आङ् चिओल– सूले ८ दशमलब २ प्रतिशत अङ्क हासिल गरेका छन् । मिञ्जो पार्टीका नेता मुन जाए–इनले आगामी निर्वाचनमा राष्ट्रपतीय पदका लागि विजयी हुने भनी यस अघिको जनमत सर्वेक्षणले ठम्याएकोमा दक्षिण कोरियाली उच्च राजनीतिमा बान कि मुनको पुनरागमनपछि भने मुन जाए–इनको स्थिति स्वाट्टै तल झरेको पनि जनाइएको छ । रासस
विद्युत् लाइन काटेपछि महसुल बुझाउने बढे
कावासोती, पुस ८। नेपाल विद्युत् वितरण केन्द्र, कावासोतीले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु एक करोड १७ लाख ९४ हजार एक सय १५ असुल गरेको छ । पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ । हुकिङ गरी विद्युत् चोरी गर्ने ६ सय ४९ जनालाई कारबाहीसमेत गरेको नेपाल विद्युत् वितरण केन्द्र कावासोतीका प्रमुख उमेशप्रसाद यादवले बताए । मिटरबाट चुहावट गर्ने ग्राहकबाट मात्रै रु ६ लाख नौहजार दुईसय ५७ असुल गरेको यादवले बताए । विद्युत् वितरण केन्द्र कावासोतीले आफ्नो क्षेत्रभित्र चुहावट कम गराउन अभियान थालेपछि अनियमित तरिकाबाट विद्युत् प्रयोग गर्ने निरुत्साहित भएका छन् । रासस
अपाङ्गता भएका बालबालिका गरिबीको रेखामुनी
काठमाडौं, मङ्सिर १८। अपाङ्गता भएका व्यक्तिको २५ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज प्रभातफेरिको आयोजना गरिएको छ । ‘हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविष्य’ भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा मूल समारोह समितिले सुरु भएको प्रभातफेरि प्रदर्शनी मार्गस्थित भृकुटी मण्डपदेखि सुरु भएर पद्मोदय मोड, पुतली सडक हुँदै पुनः भृकुटीमण्डपमै पुगेर कोणसभामा परिणत भएको थियो । सो अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले अपाङ्गताको सवालमा संविधानमा व्यवस्था भएका अधिकारको कार्यान्वयनका साथै अपाङ्गता सम्बन्धी ऐनलाई संसद्बाट पारित गर्नका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अपाङ्गताको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले गर्नसक्ने कामका लागि सो क्षेत्रको अध्ययन गर्न मन्त्रालयले सम्बन्धित क्षेत्रलाई समेटेर समिति गठन गर्ने तयारी गरिरहेको मन्त्री थापाको भनाइ छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिको पक्षमा सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान र प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । सन् २०१५ मा नेपालका ५९ जिल्लाका चार हजार घरधुरीमा अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सम्बन्धी गरिएको एक वृहत अध्ययनले समेत शिक्षा, स्वास्थ्य र रोजगारीलगायत न्यूनतम आधारभूत अधिकारमा अपाङ्गता भएका व्यक्तिको पहुँच अत्यन्त न्यून रहेको देखाएको छ । शिक्षा विभागको तथ्याङ्कअनुसार विद्यालय बाहिर रहेका कूल विद्यार्थीमध्ये झन्डै ८५ प्रतिशत अपाङ्गता भएका बालबालिका रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०६८ र योजना आयोगले त्यसै सेरोफेरोमा गरेको नेपालीको जीवनस्तर अध्ययन प्रतिवेदनले पनि कूल जनसङ्ख्याको २ देखि ३ प्रतिशत मानिसमा अपाङ्गता रहेको देखिन्छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २००६ र अपाङ्गता सम्बन्धी १० वर्षे राष्ट्रिय नीति तथा कार्ययोजनालगायत विभिन्न नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । कुल अपाङ्गता भएका व्यक्तिको सङ्ख्याको झन्डै ८० प्रतिशत हिस्सा अल्प विकसित वा विकासोन्मुख मुलुकमा छ भने विकासोन्मुख मुलुकभित्र पनि अधिकांश अपाङ्गता भएका व्यक्ति गरिबीको रेखामुनी रहेका छन् । अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसलाई अपाङ्गता भएका व्यक्तिका अधिकारलाई विश्वभर एकसाथ उठान गर्ने, वर्षभरिका कामलाई समीक्षा गर्ने, अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा जनमानसमा चेतना तथा जानकारीको अभिवृद्धि गर्ने र आगामी दिनमा त्यस क्षेत्रमा गरिने कामको बारेमा प्रतिवद्धता जनाउने दिनको रूपमा मनाइँदै आएको पाइन्छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९२ देखि विश्वमा यो दिवस मनाउन सुरू गरिएको हो ।
एड्स दिवसमा र्याली
डिसेम्बर १ अर्थात विश्व एड्स दिवस आज नेपालमा पनि बिभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईदैछ । २९औं विश्व एड्स दिवसको अवसरमा बागलुङमा पनि सचेतना ¥याली निकालियो । तस्बिर : रामबहादुर थापा, बागलुङ
लामो भाषण गर्ने प्रवृति अन्त्य गरौं : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खालि भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताए । सभापति देउवाले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे । उनले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए । उनले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गरे। सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए।
आजबाट ई-भिसा लागू हुने
काठमाडौं । अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा लागू गर्ने भएको छ। ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागले जनाएको छ । यो सेवाको औपचारिक आरम्भ आज बिहान ११ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमको सुरुवात भएसँगै सेवाग्राहीलाई सहज हुने बताइएको छ । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने छ ।
संघीय संसदका नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ
काठमाडौं । संघीय संसदका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ लिएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई बुधबार बिहान पद तथा गोपनियताको शपथ खुवाएका हुन्।पाण्डेयले कार्यभारसमेत सम्हालिसकेका छन्। सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई मंगलबार संघीय संसद महासचिवमा नियुक्त गरेका थिए। समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल उपस्थित रहेको थियो । महासचिव नियुक्त हुनुअघि पाण्डेले सचिव पदबाट राजीनामा दिएका थिए।
नागढुंगा सुरुङमार्ग : ९८.८० प्रतिशत सुरुङ खन्ने काम पूरा
काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । कुल २० अर्ब ९० करोड रुपैयाँभन्दा बढी लागतको आयोजनाको ७० प्रतिशत रकम खर्च भइसकेको आयोजनाले जनाएको छ । सुरुङमार्ग कुल दुई हजार ६८८ मिटर लामो हुनेछ । हालसम्म ९८.८० प्रतिशत अर्थात् दुई हजार ६५६ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जानकारी गराएको छ । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोजनाको प्रगति विवरण सार्वजनिक गरिएको हो । सुरुङमार्ग निर्माणको काम ६८.५४ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । १२ पुल र फ्लाइओरभर बनाउने काम २७।४८ प्रतिशत पूरा भएको छ । एक हजार ८७२ मिटर एप्रोच रोड बनाउने काम ५३.८१ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।
नेप्से परिसूचक २१.६७ अंकले घट्यो
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २१.६७ अंकले घटेको छ । आज नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्र एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसदिन १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक मात्र बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक भने घटे । बुधबार साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको छ ।
संघीय संसदका विभिन्न चार समितिका बैठक बस्दै
काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको २३औँ बैठक आज बस्दैछ । आज बिहान संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवाला संघ–संस्थालगायतसँग छलफल गर्ने कार्यसूची रहेको समितिका सचिव अधि राज राईले जानकारी दिए । यस्तै, आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ । यसैगरी, आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । यता, राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दैछ । दिउँसो साढे १ बजे सिंहदरबारमा बस्ने बैठकमा नेपालमा जनसङ्ख्याको हालको अवस्था अनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारीका सम्बन्धमा छलफल हुनेछ ।
कोशीमा भएको अन्तरघातको गठबन्धनले छानविन गर्ने
विराटनगर । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनकी उम्मेदवार चम्पा कार्की पराजित भएको विषयमा छानविन हुने भएको छ । राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले जिते पनि माओवादीको कोटाबाट उठेकी चम्पा कार्की पराजित भएपछि सत्ता गठबन्धन दलहरूले यसबारे छानविन गर्ने भएका हुन् । चुनावको समीक्षा गर्न शुक्रबार बसेको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तरघात भएको विषयमा छानविन गरिने प्रतिवद्धता जनाएका छन् । विहीबार भएको राष्ट्रियसभाको चुनावमा कोशी प्रदेशबाट एमालेकी रुकमणि कोइराला विजयी भएकी थिइन् । गठबन्धनभित्र क्रस भोटिङ भएको भन्दै यस विषयमा छानविन गरिने सत्तारुढ दलहरूले प्रतिवद्धता जनाएका हुन् । सत्तारुढ दलका प्रदेश स्तरीय नेताहरुले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ,‘गठबन्धनको निर्णय विपरीत मतदान गर्ने गठबन्धन दलका गैरजिम्मेवार तथा निकृष्ठ जनप्रतिनिधिहरुको सम्बन्धमा यथाशिघ्र छानविन गरी अनुशासनको दायरामा ल्याउन हामी प्रतिवद्ध छौं ।’