प्रधानमन्त्रीले मन्त्री रविन्द्र अधिकारीकाे राजीनामा माग्न सक्ने !

काठमाडौं, नेपाल वायुसेवा निगमको जहाज खरिदमा इतिहासकै ठूलो भ्रष्टाचार भएको ठहर भएपछि मन्त्री अधिकारी सबैभन्दा बढी चर्चामा छन् । जहाज खरिदको शुरु निर्णय प्रक्रियामा मन्त्री अधिकारी नभएपनि विमानको दुईवटा भुक्तानी उनकै कार्यकालमा दिइएको थियो ।

महालेखाले बेरुजु भएको भन्दै स्पष्ट किटान गरेपनि भुक्तानी दिएकोमा उनी पनि सजायको भागिदार बन्ने समितिले स्पष्ट पारेको छ । यसका साथै उनले समितिलाई समेत गलत बयान दिएको आरोप छ । मन्त्री अधिकारी भने आफ्नो कुनै संलग्नता नभएको दावी गरिरहेका छन् ।

यो स्थितिमा आफू चोखो हो भने नैतिकताको आधारमा राजिनामा दिनुपर्ने मत समेत कतिपयले व्यक्त गरेका छन् । नेकपाभित्र मन्त्री अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मत बलियो देखिन्छ । उच्च श्रोतका अनुसार, मन्त्रीका निकटहरुले समेत यो विषय संसदीय समितिले नै उठान गरेको र मन्त्रीको नाम किटान नै गरेको अवस्थामा उनले पदमा बस्नुको साटो नैतिकताका आधारमा राजीनामा दिएर थप छानबीनका लागि बाटो खुलस्त पार्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले राजीनामा माग्न सक्ने ।

मन्त्री अधिकारीले राजीनामा नदिएको अवस्थामा चर्को हुँदै गएको आलोचना फेस गर्न पनि प्रधानमन्त्रीले अधिकारीसँग राजीनामा माग्छ सक्छन । प्रधानमन्त्री ओलीकै कार्यकालमा यसअघि कानुन

मन्त्रीले भाषण गरेको विषयमा आलोचना भएपछि राजीनामा दिएको नजिर कायम छ । यस्तो अवस्थामा मन्त्री अधिकारीलाई पदमुक्त गर्नुपर्ने दबाब प्रधानमन्त्रीमाथि झन थपिएको छ ।

उच्च श्रोतका अनुसार, प्रधानमन्त्रीले अधिकारीसँग यसविषयमा छलफल गर्ने र राजीनामा माग्ने बताइन्छ । प्रधानमन्त्रीले राजीनामा मागेको अवस्थामा मन्त्रीका अगाडि पद छोडनु बाहेक अन्य विकल्प हुँदैन ।

मन्त्री अधिकारीले अहिलेसम्म औपचारिकरुपमा केही प्रतिक्रिया दिएका छैनन । उपयुक्त समय आएपछि संगठितरुपमा जवाफ दिने उनको प्रारम्भिक प्रतिक्रिया छ । तर श्रोतका अनुसार, मन्त्री अधिकारी राजीनामा दिने या फेस गर्ने भन्ने विषयमा छलफलमा जुटेका छन् ।

मन्त्रीले राजीनामा दिँदा आरोपको पुष्टि हुने भएकाले हस्ताक्षर गरेपनि भ्रष्टाचारमा नै संलग्न नभएको उनका कतिपय समर्थकले बताइरहेका छन भने अर्कोतर्फ समितिले बिना आधार मन्त्रीको नाम उल्लेख गर्न नसक्ने बताउँदै राजीनामा दिनुपर्ने मत समेत बाक्लो देखिन्छ ।

यता सामाजिक सञ्जालमा भने मन्त्री अधिकारीलाई पदमुक्त गर्नुपर्ने आवाज चौतर्फी उठेको छ । कतिपयले मन्त्री अधिकारीको तस्वीर नै राखेर मन्त्रीलाई कार्वाही गर्न प्रधानमन्त्रीसमक्ष माग समेत गरेका छन् ।

सम्भवतः राजीनामा नै दिएपनि मन्त्री अधिकारीले सार्वजनिक विज्ञप्ती या पत्रकार सम्मेलन गरेर दिन सक्ने सम्भावना पनि नभएको होइन । यद्यपी उनले यस विषयमा प्रधानमन्त्री र पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेर निधो गर्ने श्रोतले बतायो ।

डीबी श्रेष्ठको गीतमा भोलाको अभिनय

पत्रकारितामा कलम चलाइरेका भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियोमा देखा परेका छन् । ‘आज–आज’ बोलको म्युजिक भिडियोमा उनि अभिनय मार्फत आएका छन् । पुर्वै मोरङको, पीर नगर सानू लगायत सुपरहिट गीतमा अभिनय गरेको कुशल कलाकार तथा पत्रकार भोला अधिकारीको अभिनयमा ‘आज–आज’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । डीबी श्रेष्ठको शब्द, संगीत र आवाज रहेको यस गीतमा गायिका विनिता राईले पनि आवाज दिएकी छन् । उनको यो पहिलो गीत हो । दुई मायालु जोडीको रोमान्सलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ । केबी भण्डारीको एरेन्ज गरेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन् । जनकराज अधिकारीको छायाँकन, राज कार्कीको सम्पादन, अनिल मगरको नृत्य निर्देशन रहेको छ । ‘आज–आज’ गीतमा पत्रकार भोला अधिकारी र मनु थापाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन ।  

१० नियोगमा राजदूत नियुक्त गर्दै सरकार

काठमाडौँ, कार्तिक १७ । सरकारले रिक्त रहेका चार , चाँडै रिक्त हुन लागेका ६ समेत १० कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गर्ने भएको छ । कार्तिकभित्रै राजदूतका लागि सिफारिस गर्ने सरकारको तयारी छ । हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग, मलेशिया र युनाइटेड अरब इमिरेट्समा राजदूत खाली छन् । तीन महिनाभित्र थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदूतको म्याद सकिँदैछ । शुरुमा रिक्त देशमा मात्रै राजदूत सिफारिशका लागि तयारी भएको तर तीन महिनाभित्र छ स्थानमा रिक्त हुने भएकोले अब एकैसाथ सिफारिश गरिने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।  ‘म जापान जानुअघि नै १० देशमा राजदूत नियुक्तीका लागि सिफारिश हुने गरी गृहकार्य भइरहेको छ’ परराष्ट्रमन्त्री ज्ञवालीले भने । उप्रेतीलाई भारत नपठाइने सरकारले यसअघि भारतका लागि प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती र मलेशियाका लागि उदय पाण्डेलाई राजदूतका लागि सिफारिश गर्ने निर्णय गरेको थियो । उप्रेतीको नियुक्तीप्रति सत्तारुढ नेकपाभित्रै चर्को असन्तुष्टि प्रकटभएपछि सरकारले उनी र पाण्डेको नियुक्ती अघि बढाएनन् । अब उप्रेतीलाई राजदूत नबनाइने भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘हामी यस सम्बन्धमा पनि छलफलमै छौँ । चाँडै टुंग्याउँछौँ ।’ सरकारले तयार गरेको राजदूत नियुक्तिसम्बन्धी पछिल्लो निर्देशिकामा राजदूत पद खाली हुनु तीन महिनाअघि सिफारिस गर्ने उल्लेख छ । यही अनुसार रिक्त हुने दूतावास र मिसनमा सिफारिश हुन लागेको परराष्ट्रमन्त्रीको भनाई छ । विगतमा कांग्रेस, राप्रपा र विघटित फोरम लोकतान्त्रिकको कोटाबाट नियुक्त राजदूतहरुलाई फिर्ता बोलाउनेबारे छलफल नभएको ज्ञवालीले बताए । कहाँ कहाँ खाली हुँदैछ ? क्यानाडा, फ्रान्स, कुवेत, दक्षिण अफ्रिका, थाइल्याण्डस्थित राजदूत र स्वीटजरल्याण्डको जेनेभास्थित स्थायी प्रतिनिधिको कार्यकाल पुसमा सकिँदैछ । क्यानाडामा राजदूत कालीप्रसाद पोखरेल, फ्रान्समा अम्बिका मानन्धर लुइँटेल, कुबेतमा यज्ञबहादुर हमाल, दक्षिण अफ्रिकामा अमृतबहादुर राई र थाइल्याण्डमा खगनाथ अधिकारी तथा जेनेभास्थित राष्ट्रसंघीय नियोगका लागि स्थाइ प्रतिनिधि दीपक धितालको कार्यकाल सकिँदैछ । परराष्ट्रमन्त्रालयका सहसचिव रहेका छ मध्ये अधिकारी र लुईँटेल  उमेर हदका कारण अवकासमा जानेछन् । कार्यकाल सकिएपछि धिताल पोखरेल, राई र हमाल भने मन्त्रालय फिर्ता हुनेछन् । उनीहरु चार बर्षअघि राजदूत नियुक्त भएर गएका थिए । को को छन् दाबेदार ? भारतका लागि सरकारको छनौटमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल छन् । संयुक्त राष्ट्रसंघको स्थाइ प्रतिनिधिका लागि परराष्ट्रका बरिष्ठतम सहसचिव भरतराज पौड्याललाई पठाउने तयारी छ । परराष्ट्रसचिव शंकरदास बैरागीले अस्वीकार गरेपछि उनीपछिको बरियताक्रमका पौड्याललाई न्युयोर्क पठाइन लागेको हो । मलेशियामा उदयराज पाण्डेलाई पठाइनेछ । अब नियुक्त गरिने १० नियोगमध्ये भारत र युएईबाहेकका मिसनमा यसअघि करिअर डिप्लोम्याट (परराष्ट्रका सहसचिव)पठाइएको थियो । अब त्यही अनुसार हुने/नहुने एकीन छैन । न्युयोर्कमा पौडेललाई पठाउने भएपछि बाँकी ७ मिसनमा परराष्ट्रबाट पठाइएमा विगतको नजिर अनुसार लामो समय मन्त्रालयमा रहेका सहसचिवहरुको दाबी छ । मिसनबाट फिर्ता भएर लामो समय उपसचिव बसेका र बढुवा भएर मन्त्रालयमा रहेकाहरुमध्ये सहसचिवहरु दीपक अधिकारी, दुर्गाप्रसाद भण्डारी, गणेश प्रसाद ढकाल, भृगु ढृंगाना, मणि भट्टराई र तापस अधिकारीमध्येबाट नियुक्ती हुनुपर्ने मन्त्रालयभित्र माग छ । तर यसपटक राजनीतिक पहुँचका आधारमा मन्त्रालयमा पटकपटक गरी २ वर्ष पनि नबसेका कृष्णप्रसाद ढकाल र दाबेदारमध्ये अन्तिम सूचीमा परेका मणि भट्टराईको दाबी छ । राजदूत पदका लागि नेकपामा भारतका लागि महेन्द्र पाण्डे र बिष्णु रिमालको चर्चा छ । अन्य मुलुकका लागि युवराज चौलागाईँ, बिष्णु रिजाल, ऋषि अधिकारी, नारद वाग्ले भारद्धाज, अन्जना शाक्य, डा केशब बस्याल, गोपाल खनाल चर्चामा छन् । खनालले भने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि पनि दरखास्त हालेका छन् । अमेरिकाका लागि राजदूत डा अर्जुन कार्की र दक्षिण अफ्रिकाका लागि राजदूत अमृतबहादुर राईले पनि न्युयोर्कस्थित स्थाइ प्रतिनिधिमा दाबी गरेका छन् । कार्की पूर्वएमाले र राईले पूर्वमाओवादी कित्ताबाट दाबी गरेको जानकारहरुको भनाई छ । तर, उनीहरुलाई दोहो-याएर नियुक्ती दिने पक्षमा प्रधानमन्त्री नरहेको निकटवर्तीहरुको भनाई छ । नयाँपत्रिकाबाट

उर्जामन्त्री पुन अस्पताल भर्ना

काठमाडौं, कार्तिक १७ । उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्पताल भर्ना भएका छन् । छाति दुख्ने समस्याका कारण मन्त्री पुन शुक्रबार राति काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।   उनलाई अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा. यादव भट्टलगायत संलग्न छन् ।

सरकारद्वारा सय नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक (सूचीसहित)

काठमाडौं, कात्तिक १५ । नेपाल सरकारले पर्यटन विकासका लागि एक सय ओटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय नयाँ गन्तव्य छनोट गरेको हो । नयाँ पर्यटकीय गन्तव्यका लागि देशैभरबाट परेका ६ सयभन्दा बढीको आवेदन तथा प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट गरिएको मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए । नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले ५ आधार तय गर्दै भदौमा सूचना प्रकासित गरेको थियो । नयाँ विकास गर्नु पर्ने गन्तव्यहरुमा चालु आवमा विनियोजित बजेटबाट बाँडफाँट गरिने मन्त्रालयले जानकारी दिएको छ । सय ओटा नयाँ गन्तव्यको पूर्वाधार लगायतका क्षेत्रको विकासका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको र प्रत्येक गन्तव्यलाई रू. ५० लाख रुपैयाँका दरले बजेट छ्ट्याइएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यालले जानकारी दिए । उनले भने, ‘अहिले गन्तव्य पहिचान गरी थोरै भएपनि बजेट विनियोजन गरिएको छ । यसबाट ती गतन्यको प्रारम्भिक कार्य हुनेछ । क्रमशः स्थानीय सरकार तथा निजी क्षेत्रको सहकार्यमा गन्तव्यको थप विकास गरिने छ ।’ सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालको पर्यटन प्रवद्र्धनको लागि नयाँ गन्तव्य पहिचान गर्ने उल्लेख गरेको थियो । नयाँ सय गन्तव्य छनोट कार्यले सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई समेत सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ । नयाँ पहिचान गरिएका पर्यटकीय गन्तव्यले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले जानकारी दिए । नेपालले नेपाल भ्रमण वर्षलाई ‘लाइफ टाइम एक्सपेरियन्स’का रुपमा प्रवद्र्धन गर्न चाहेको र नेपालमा संसारको कुनै पनि ठाँउमा नभएको अलौकिक स्थानहरु रहेकोले पनि यो प्रयास सकारात्मक रहको उनले बताए । हेर्नुहोस् यी सूची- आर्थिक अभियानबाट

वडाध्यक्ष माथि आक्रमणः टाउकोमा गहिरो चोट, खुट्टा भाँच्चियो

सर्लाही, कार्तिक १३ । जिल्लाको रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५-२० जनाको समूहले उनीमाथि आक्रमण गरेको हो ।   आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उनको बायाँ खुट्टा भाँच्चिएको छ । उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको वडाध्यक्ष महतोले बताए । आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका छन् ।   उनको साथमा रहेको नगद, मोबाइल र सुनको हनुमानी समेत लुटी लगेको घाइते महतोले बताए । उनी नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

गायिका प्रशन्ना पाण्डेको ‘फूलमा देख्छु तिमी नै, जुनमा देख्छु तिमी नै’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, असोज २३ । दशैँको पूर्वसन्ध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् । नेपाली गजल गायनमा स्थापित वरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् । आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्शक श्रोताको मनमा बस्न सफल छन्। हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानित समेत भएकी उनले दसैंको अवसरमा ‘फूलमा देख्छु तिमीनै, जुनमा देख्छु तिमीनै’ बोलको गीत कोशेली ल्याएकी हुन् । गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने विकाश वाइवाले गरेका छन् । म्युजिक भिडियोमा नयाँ मोडेल कुमार रेग्मीलाई अभिनयमा चर्चित मोडेल रिमा बिश्वकर्माले साथ दिएकी छिन् । भिडियोको निर्देशन युवा निर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन् । हेर्नुहोस् भिडियो–

कस्तो छ थारू समुदायमा सिकलसेलको असर ?

काठमाडौं, असोज २३ । सबैभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ । रोगबाट मानवीय क्षति न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउन सकिन्छ । ती प्रश्नको निराकरण गर्ने प्रयासस्वरुप अहिले नेपालमा सबैभन्दा धेरै थारूको बसोबास रहेको बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सिकलसेलको अध्ययन थालेको छ । सिकलसेल एनिमियाँ रातो रक्तकोषभित्र रहेको हेमोग्लोबिनलाई असर पार्ने वंशाणुगत रोग हो । “हामीले अध्ययन गरिरहेका छौँ, यसबाट महत्वपूर्ण तथ्य आउने छ”, अनुसन्धान अधिकृत सृष्टी प्रियदर्शीनीले भन्नुभयो, “अध्ययनले खास अवस्था पत्ता लगाउने छ र मृत्युदर कम गर्ने उपायको खोजी गर्न सहयोग गर्छ ।” विसं २०६८ को जनगणनामा नेपालमा १७ लाख ३७ हजार थारू रहेकोमा त्यसमध्ये ५६ प्रतिशत बर्दियामा छन् । बर्दियाको पनि धेरै थारू समुदाय रहेको बारबर्दिया नगरपालिका हो । त्यसैले त्यहाँ अनुसन्धान केन्द्रित गरिएको परिषद्को भनाइ छ । परिषद्का कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाको संयोजकत्वमा समिति गठन गरी गएको चैतदेखि अनुसन्धान थालिएको हो । प्राविधिकले अहिलेसम्म १३ हजार नमूना सङ्कलन गरेका छन् । बीस हजार नमूना सङ्कलन गर्ने लक्ष्य छ । सङ्कलित नमूनाको वीर अस्पतालमा परीक्षण हुन्छ । अनुसन्धानमा एकदेखि २९ वर्ष उमेर समूहका व्यक्ति छनोट गरिएको छ । खासगरी १ देखि ५ वर्ष उमेर समूहका बालबालिकामा मृत्युदर बढी हुन्छ । “पेटको बच्चामा डिएनए परीक्षण गरेर रोग फेला परेमा बुबाआमाले चाहेमा बच्चा रोक्न सक्ने अवस्था हुनसक्छ, नभए बेलैमा सावधानी अपनाउन सकिन्छ, त्यसैले प्रतिवेदन आएपछि समुदायलाई सचेत गराउने कामसमेत हुन्छ”, प्रियदर्शीनीले भने । अनुसन्धानले रोगको पहिचान गर्ने र प्रभावितलाई परामर्श दिएर ज्यान जोखिम हुनबाट रोक्छ । अनुसन्धानमा सहभागी डा श्यामकुमार विक अनुसन्धान सँगसँगै परामर्श सेवाका कार्यक्रमसमेत चलिरहेको बताउँछन् । थारूमा मात्रै छैन सिकलसेल सिकलसेल थारूमा मात्रै लाग्ने रोग भन्ने गरिए पनि परिषद्ले भने त्यसलाई इन्कार गरेको छ । अन्य समुदायमा पनि रोग देखिएको तर बढी थारू समुदायमा सङ्क्रमण रहेको परिषद्को भनाइ छ । तथ्याङ्कअनुसार नेपालमा करीब १८ प्रतिशत थारू समुदायमा यो रोग देखिएको छ । आठदेखि १० प्रतिशत गैर थारू समुदायमा रोग देखिएको छ । “थारूमा मात्रै यो रोग देखिन्छ भनेर जसरी प्रचार भइरहेको छ, त्यो चाँहि हैन, अरु समुदायमा पनि रोग छ ”, प्रियदर्शीनीले भन्नुभयो । यो वंशाणुगत रोग भएकाले आफ्ना पुर्खामा भए सरेर आउन सक्छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २००७ को प्रतिवेदनमा अफ्रिकामा ४५ प्रतिशत मानिस यो रोगबाट प्रभावित भएको तथ्याङ्क छ । भारतको गुजरात, राजस्थान र अमेरिकामा पनि रोग देखिएको विभिन्न अध्ययनले देखाएको छ । नेपालको दाङ, बाँके, बर्दियामा बढी देखिएको छ । रौतहटको झा समुदायमा समेत रोग देखिएको छ । पूर्वी नेपालका थारू समुदायमा भने न्यून रहेको छ । यसअघि विभिन्न अस्पताल र विश्वविद्यालयले सीमित क्षेत्रको अनुसन्धान गरे पनि एउटा नगरपालिकालाई नै केन्द्रित गरेर अनुसन्धान गरेको पहिलो भएको दाबी परिषद्को छ । यसको प्रतिवेदन आएपछि समग्र नेपालमै सिकलसेलको एनिमियाँ अवस्थाको बारेमा अध्ययन गर्ने योजना रहेको परिषद्का उपप्रमुख प्रशासकीय अधिकृत निर्भयकुमार शर्मा बताउनुहुन्छ । के हुन्छ सिकलसेलको असर पहिलो पटक कपिलवस्तुमा सिकलसेल एनिमियाँ रोग पत्ता लागेको थियो । शुरुमा यो रोग लागेका बिरामीमा शरीर दुख्ने, हड्डी दुख्ने, रगत कम हुने, अल्छी लाग्ने हुन्छ । रगत कम भएर रक्त अल्पता हुन्छ । जाँगर नलाग्ने, सुस्तता आउने हुन्छ । वंशाणुगत रुपमा सर्ने भएकाले उपचारको विधि विश्वमा नरहेको सिकलसेल अनुसन्धानमा सक्रिय डा विक बताउनुहुन्छ । “यसको उपचार भनेको लक्षणअनुसारको औषधि हो”, उहाँ भन्नुहुन्छ । रोगको न्यूनीकरणका लागि बर्दियामा नयाँ शैक्षिक तथा परामर्श सेवाको अभियान थालिएको छ । जेटेटिक परामर्श सेवा थालिएको र सिकलसेल हुनेले नहुनेसँग बिहे गर्ने अभियान चलाइएको छ जसले गर्दा ७५ प्रतिशत रोग सर्नबाट रोकिने डा विक बताउनुहुन्छ । यसले अहिले समाजमा सकारात्मक प्रभाव पारेको छ । सिकलसेल भएकालाई रातो, महिलामा मात्रै हुने र अरुलाई नसर्ने खालको रोग भएका बिरामीलाई पहँेलो र रोग नभएकालाई हरियो कार्डको अवधारणा ल्याइएको छ । रोग घटाउनका लागि यो कार्यक्रम चलाइएको छ । शैक्षिक तथा परामर्श सेवा सँगसँगै सरकारले बारबर्दिया नगरपालिकासँगै मिलेर यही शैक्षिक सत्रदेखि सामाजिक विषयमा सिकलसेलको अनिवार्य शिक्षा लागू गरेको छ । यसले गर्दा यो अरुजस्तै रोग हो आत्तिनु हुँदैन भनेर शिक्षा दिन्छ । रोग भएकाले नभएकासँग बिहे गर्दा रोग सर्ने सम्भावना न्यून हुन्छ भनेर विद्यार्थीतहबाटै शिक्षा प्रदान गर्ने भएकाले समाजमा सकारात्मक सन्देश जाने विश्वास छ । गाउँगाउँमा रोगको बारेमा परामर्श दिएर रोगको असर न्यूनीकरण तथा रोकथामका उपायसमेत सँगसँगै लगिएको छ । रासस

को हुन् यी युवक, किन गरे नेपाल सरकारको विरोधमा नग्न प्रदर्शन ?(भिडियोसहित)

काठमाडौं । एक युवक सिंहदरबार अगाडि नेपाल सरकारको विरोधमा नग्न प्रदर्शन गरेका छन् । गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेटअगाडि एक युवकले नग्न विरोध प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन् । उनले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न र सबैलाई लागू हुने गरी नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए । उनको छाती ‘नेपाल सरकार मुर्दावाद’ लेखिएको र यौनांग ‘जनावर सबै एक हुन, कानुन सबलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधर गर, गाईलाई राष्ट्रिय जनावरबाट बदली गर’ लेखिएको प्लेकार्डले छोपिएको थियो । सडकमा नग्न प्रर्दशनमा उत्रिएका उनलाई केहीबेरमै प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती युवा जितिन लिम्बु हुन् । सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । नग्न प्रर्दशन गरेका लिम्बुलाई महानगरीय वृत्त सिंहदरबारको हिरासतमा राखिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । हेर्नहोस् भिडियो-

आज तपाइको दिन कस्तो ? हेर्नुस् राशिफल

वि.सं. २०७५ साल साउन २६ गते, शनिबार, इश्वी सन् २०१८ अगस्ट ११ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि-औंसी, १५ः४७ बजेउप्रान्त प्रतिपदा। मेष- परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले तत्काललाई काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। बृष- जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा पछि परिनेछ। दाजुभाइमा असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। मिथुन- अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नुपर्ला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। कर्कट- तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। सिंह- खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। कन्या- व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। तुला- अवसर प्राप्त भए पनि पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्ला। ठूलो भागको मोहले समस्या निम्त्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। बृश्चिक- काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धनु- आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ। मकर- घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। कुम्भ- परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्नाले आर्थिक काममा बाधा हुनेछ। बिग्रिएको काम दोहोर्याउनुपर्ला। चुनौतीपूर्ण कामको दायित्व लिनाले दुस्ख पाइनेछ। मीन- समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्नेछ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। काम र समयको तालमेल नमिल्न सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। -नेपाली पात्रो

४० औं पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौं । आहज देशभर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलाल श्रेष्ठले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकार समेत मानिने पुष्पलाल जीवनभर संगठन विस्तार एवं जनताको स्वतन्त्रको लागि संघर्षमै लागिरहे । श्रेष्ठ राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला हुन् । दाजुले सहादत प्राप्त गर्दा १६ वर्षका किशोर रहेका पुष्पलाल सुरु देखि नै क्रान्तिकारी चेतका थिए । गङ्गालाल श्रेष्ठले सहादत प्राप्त गरेको एक वर्षपछि नै १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरेका थिए । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपमा सम्पर्क राखी उनीहरूको नेलसहितको तस्बिर पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा छाप्न लगाएका थिए । उनले २००५ मा कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली भाषामा सहज बनाएका थिए । यसलाई नेपाली भाषाको पहिलो साम्यवादी साहित्य मानिन्छ । साथै पुष्पलाल २०२५ सालमा निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा अगाडि सार्ने पहिलो नेता थिए । पुष्पलालको विवाह सहाना प्रधानसँग भएको थियो । पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।

युएईमा सुपरभाइजरबाट कुटिएकी नेपाली महिलालाई दूतावासले दिलायो न्याय

युएई, असार २७ । युएईमा आफ्नै कम्पनीको सुपरभाइजरले कुटपिट गर्दा घाइते भएकी सोलुखुम्बुकी गङ्गा बास्तोलालाई नेपाली दूतावास युएईले न्याय दिलाएको छ । गत मंग्लवार कम्पनीमा काम गर्न जादा मादक पर्दाथ सेवन गरि गएकी गङ्गालाई कम्पनीका एक भारतीयन सुपरभाइजरले गाडीमा राखी कम्पनी होस्टेल फर्काउदै गर्दाबीचच बाटोमा गाडी रोकि कुटपिट गरेको भिडियो सामाजिक संजाल फेसबुक मार्फत भाइरल बनेपछि दूतावासले घटनाबारे चासो दिएको थियो । युएईको सोनापुरस्थित एक प्रतिष्ठित कम्पनीमा क्लिनिङ काम गर्दै आएकी बास्तोलाले मादक पदार्थ सेवन गरि सामान्य भनाभन गरेकै भरमा बिच बाटोमा घाइते हुने गरि कुटपिट गर्नु नितान्त कानुन बिपरित रहेको भन्दै दूतावासले घाइतेको उपचारसहित कम्पनीसँग क्षतिपूर्ती दाबी गरेको राजदूत सागर फुयालले बताए । ‘मादक पदार्थ सेवन गरि काममा जानू झगडा गर्नु नितान्त गलत हो तर त्यसो भन्दैमा महिलामाथी हातपात गर्ने लाई हामी त्यसै माफ दिन सक्दैनौं कम्पनीले सुपरभाइजरलाई कारबाही गरेको छ बास्तोला उपचार पछी नेपाल जादैछिन,’ राजदुत फुयालको भनाइ छ। पछिल्लो समय युएईमा मादक पदार्थ सेवन गरि होहल्ला गर्ने, झैझगडा गर्ने जस्ता काममा नेपाली महिला तथा पुरुषको सङ्ख्या बढेको देख्दा दुख लागेको बताउदै स्वाभिमानी नेपालीको शिर झुकाउने काम नगर्न समेत दूतावासले अनुरोध गरेको छ ।

न्यायिक समितिका संयोजकका लागि दुई दिने अभिमुखीकरण

पोखरा । प्रदेश नं. ४ भित्रका स्थानीय तहका न्यायिक समिति संयोजकका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यशाला आजदेखि पोखरामा शुरु भएको छ । स्थानीय तहमा न्यायिक समितिको प्रभावकारिता अभिवृद्धिका साथै जनताले सामाजिक न्यायका क्षेत्रमा गरेका अपेक्षालाई पूरा गराउन सहयोग पुर्याउने उद्देश्यका साथ कार्याशाला आयोजना गरिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले सर्वसाधारणलाई सामाजिक न्यायको प्रत्याभूति हुनु आवश्यक भएको बताउँदै कुनैपनि व्यक्तिले आफू उत्पीडित बनेको महसुस नगर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । संघीय व्यवस्था अनुसार तीन तहको सरकार भएको बताउँदै उहाँले व्यवस्थापिका, कार्यापालिका र न्यायपालिका सहितको व्यवस्था अहिले अभ्यासका क्रममा रहेको उल्लेख गर्नुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलका अनुसार प्रदेशभित्रका ८५ वटा स्थानीय तहका न्याययिक समितिका संयोजकको कार्याशालामा सहभागिता छ । दुई दिने कार्यशालामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धर्मराज कुइँकेल, जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारी, वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, अधिवक्ता हरिप्रसाद पण्डितले मेलमिलापका चरण एवं अभ्यास, जिल्ला अदालत र स्थानीय निकायबीच समन्वय, न्यायिक समितिका काम कर्तव्य अधिकार लगायतका विषयमा प्रशिक्षण दिनुहुनेछ । रासस

ओली-प्रचण्डको वरीयता सबन्धी विधान बन्यो, को अगाडी ?

काठमाडौं, असार १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ । दुवै अध्यक्षको हैसियत र अधिकार समान हुने गरी विधान तयार भएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बिहीबार अध्यक्षद्वय ओेली र प्रचण्डलाई विधान र नियमावलीको मस्यौदा बुझायो । बैठकको अध्यक्षता गर्ने अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्को दोस्रो मर्यादामा रहने र दुवै अध्यक्षले समग्र राजनीतिक नेतृत्व गर्ने विधानमा उल्लेख छ । औपचारिक पत्रहरूमा दुवै अध्यक्षको हस्ताक्षर हुनेछ । ‘आलोपालो बैठकको अध्यक्षता गर्ने क्रममा एउटा अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्कोको दोस्रो हुने गरी विधानको मस्यौदा बनाइएको छ,’ कार्यदलका सदस्य बेदुराम भुसालले भने, ‘अब स्थायी समिति बैठकले विधान र नियमावली पास गरेपछि प्रकाशन हुनेछ ।’ कार्यदलमा भुसालसहित नेताद्वय देव गुरुङ र खिमलाल देवकोटा सदस्य थिए । नयाँ पत्रिकामा खबर छ

शिव र निर्मलाको ‘म मर्ने बेला’ को गीत बजारमा

काठमाडौँ । जब सम्म कलाकारहरुको मन धनि हुन्छ, तब सम्म नेपाली गीत संगीतको क्षेत्र धनि हुने निश्चित छ । कलाकारहरुको मन धनि बनाउनका निमित जुन ढंग बाट गीत संगीतहरु बजारमा उपलब्ध गराइएको हुन्छ, सोहि अनुरुप श्रोता तथा दर्शकहरुले सुनेर र हेरेर साथ दिनु पर्ने हुन्छ । अनि मात्र नेपाली गीत संगीतको क्षेत्रमा कलाकारहरुलाई उत्कृष्ट सांगीतिक स्वाद पस्किनका पालि उत्साह मिल्ने कुरा पनि यथार्थ हो । यति बेला गायक शिब काश्यप लाई पनि यसरी आम संगीत पारखीहरु बाट निरन्तर रुपमा पाउनका लागि मायाको खाँचो रहेको छ । हुन त उनले यस अगी पनि ूम मर्ने बेलाू बोलको गीत बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जितिसकेका छन् । लगत्तै बजारमा आएको ूसर्बनासू बोलको गीतलाई पनि पहिलेका गीत जस्तै माया गरेर यस क्षेत्रमा अगाडी बढ्न हौसला दिनेहुने छ भन्ने आशामा उनि यतिबेला उक्त गीतको प्रचार(प्रसारमा जुटेका छन् । ूसर्बनासू बोलको गीतमा शिब काश्यप र निर्मला पुलामी मगरको सुमधुर स्वर रहेको छ । शिब काश्यप र निर्मला पुलामी मगरको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतलाई लय कृष्ण बि।सी र शब्द रमेश बाबु परियारले भरेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा दिनेश बस्नेत र आइस्का लिम्बुको अभिनय देख्न सकिन्छ । हिम सम्झौता डिजिटल प्रालि मार्फत सार्बजनिक भएको भिडियोलाई निर्देशन कृष्ण बि।सी ले गरेका हुन् भने छायांकन नरेश चैंसिर र सम्पादन अमर शाक्यले गरेका छन् । हामी यस गीत तथा भिडियोलाई तयार पर्न आफ्नो भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामान ब्यक्त गर्दछौं । भिडियो हेर्न तल क्लिक गर्नुहोला-

काठमाडौंमा २८.२ मिलिमिटर पानी पर्यो, अझै एक-दुई दिन देशभर बदली

काठमाडौं, वैशाख १५ । काठमाडौं उपत्यकासहित देशभर मौसममा बदली भइ पानी परेको छ । यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने मौसमविदले अनुमान गरेका छन् । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको कारण र प्रि मनसुन गतिविधि सक्रिय भएका कारण पानी परिरहेको छ । मौसमविद विभुति पोखरेलका अनुसार जलवाष्पयुक्त वायु पश्चिमबाट पूर्वतर्फ सरिरहेको छ । आज एकछिन आकास खुलेजस्तो भए पनि फेरि बदली हुने पोखरेलले जानकारी दिइन् । शुक्रबार पनि काठमाडौं उपत्यकामा असिना पानी परेको थियो । काठमाडौंमा गएको २४ घण्टामा २८ दशमलव २ मिलिमिटर पानी परेको छ ।