चितवनमा उठेका प्रश्न र प्रचण्डको जवाफ

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्षले चितवन क्षेत्र नं–३ बाट उम्मेद्वारी दिएयता चितवनको राजनीतिक गर्मीको ग्राफ घटेको छैन । मतदानको दिन नजिकिँदै जाँदा उम्मेद्वारहरुले आफ्नो पक्ष र प्रतिद्धन्दीको विपक्षमा अनेकौं तर्क गर्न थालेका छन् । प्रचण्डको चितवन आगमनले चितवनका बासिन्दामा निकै ठूलो कौतुहलता र आशाको किरण सम्प्रेषित भइरहेको छ ।

मनहरी तिमिल्सिना

प्रचण्डले यसपटक समृद्धिलाई मिसन बनाएर उम्मेद्वारी दिएका छन् । तर, विरोधी कित्ताबाट केही तर्क र बहस अघि सारिएका छन् । प्रचण्ड आफैले चितवनको विकास र समृद्धिका लागि ठोस मार्गचित्र प्रस्तुत गरेका छन् । मूख्यतः यो सानो टिप्पणीमा चितवनमा उठेका प्रश्न र त्यसमाथि प्रचण्डको दृष्टिकोणबारे संक्षिप्त विषय प्रस्तुत गर्न जरुरी ठान्दछु, जसले चितवन–१ का मतदातालाई जनप्रतिनिधि छान्न सहयोग मिलोस् ।

बिक्रम पाण्डेको विकासबारे बाम बुद्धिजीवी प्रेम रिमालले गज्जवको तर्क अघि सारेका छन् । रिमाल भन्छन्, “म मास्टर हुँ मैले पढाउँछु । बिक्रम पाण्डे ठेकेदार हो, उहाँको काम ठेक्कापट्टाको काम गर्नु हो, पुल–बाटो बनाउनु हो । चितवनमा बिक्रमले बजेट पार्दैनन् । तर, सबै ठेक्का आफ्नो नाममा पार्छन् । उनी देशको “क” ग्रेडका ठेकेदार हुन् । सरकारले बजेट पार्छ, बिक्रम पाण्डे टेण्डर हाल्छन्, उनलाई टेण्डर पर्छ र पुल बनाउँछन् । १० करोडको पुलमा ४ करोड नाफा निकाल्छन्, अनि आफ्नो डोजर देखाएर मैले विकास गरें भन्छन् ।” बिक्रम पाण्डेको विकास त्यसभन्दा फरक देखिँदैन ।

प्रचण्डको जित चाहनेहरुको तर्क छ, “प्रचण्ड २०६४ कै निर्वाचनमा चितवन नआएर गल्ती गरे । त्यतिबेलै आएको भए अहिले उनको पक्षमा जनसागर उर्लिन्थ्यो ।” उनीहरुको तर्कमा बलियो दम छ । तर, प्रचण्ड भन्छन्, “२०६४ को निर्वाचनमा माओवादी नेतृत्वसामू रोल्पा र काठमाडौंलाई जोड्ने जिम्मेवारी थियो । विद्रोहको राजधानी रोल्पा र देशको राजधानी काठमाडौंलाई जोडेर मात्र शान्तिको मनोविज्ञानलाई स्थापित गर्न सकिन्थ्यो, शान्ति प्रक्रियालाई पूर्णता दिन बल मिल्थ्यो । मेरो व्यक्तिगत चाहना चितवन आउने नै थियो । तर, देश र शान्ति प्रक्रियाको जिम्मेवारी नै मैले मूख्य ठानें । त्यसो नगरेको भए शान्ति प्रक्रिया दुर्घटनामा पर्न पनि सक्थ्यो ।” व्यक्तिगत हितभन्दा देशको बृहत्तर हितलाई केन्द्रमा राख्ने प्रचण्डको यो जवाफमाथि प्रतिप्रश्न गर्ने ठाउँ देखिँदैन ।

दोस्रोपटक मधेश र काठमाडौंलाई जोड्न सिरहाबाट चुनाव लडें र प्रधानमन्त्री पनि भएँ । मधेशमा एक खालको विद्रोह थियो । अलगाबवादले टाउको उठाउँदै थियो । देशको एकता नै संकटमा पर्ने त होइन ? भन्ने प्रश्न जन्मिएको थियो । युद्ध र शान्ति प्रक्रियाको नेतृत्वकर्ताका नाताले मैले हिमाल, पहाड र तराई–मधेशलाई जोड्ने जिम्मेवारी लिनुपथ्र्यो, त्यसैले म चितवन आउन सकिनँ” प्रचण्ड भन्छन्, “मैले त्यसो नगरेको भए राष्ट्रिय एकता नै अप्ठ्यारोमा पर्न सक्थ्यो ।”

“दोस्रोपटक मधेश र काठमाडौंलाई जोड्न सिरहाबाट चुनाव लडें र प्रधानमन्त्री पनि भएँ । मधेशमा एक खालको विद्रोह थियो । अलगाबवादले टाउको उठाउँदै थियो । देशको एकता नै संकटमा पर्ने त होइन ? भन्ने प्रश्न जन्मिएको थियो । युद्ध र शान्ति प्रक्रियाको नेतृत्वकर्ताका नाताले मैले हिमाल, पहाड र तराई–मधेशलाई जोड्ने जिम्मेवारी लिनुपथ्र्यो, त्यसैले म चितवन आउन सकिनँ” प्रचण्ड भन्छन्, “मैले त्यसो नगरेको भए राष्ट्रिय एकता नै अप्ठ्यारोमा पर्न सक्थ्यो ।”

प्रतिस्पर्धीहरुले पर्दापछाडि भन्दा रहेछन्, “प्रचण्ड टुरिष्ट उम्मेद्वार हुन् ।” विरोधी कुप्रचारबारे प्रचण्ड भन्छन्, “जो चितवनमा पढ्यो, चितवनमै बढ्यो, चितवनबाटै राजनीतिक यात्राको आरम्भ गर्यो, चितवनलाई नै राजनीति कर्मथलो बनायो । जो चितवनका समस्या र जनताको दुखमा सधैं साथमा छ, त्यो टुरिष्ट उम्मेद्वार ? यो विरोधीहरु तिल्मिलाएको प्रमाण हो, अब उनीहरुसँग प्रतिस्पर्धा गर्ने कुनै वैचारिक र राजनीतिक आधार रहेन । यस्ता कुतर्कले विरोधीहरु कति कमजोर छन् भन्ने देखाउँछ ।”

प्रचण्डलाई जिताउँदा चितवनको विकासमा कायापलट होला ? एकथरि मानिसहरु जिज्ञासु भावका साथ हेरिरहेको देखिन्छ । धेरैले भन्छन्, “कांग्रेस र राप्रपाले बिक्रम पाण्डेलाई विकासप्रेमी नेताको रुपमा चित्रण गरेका छन् । तर, पाण्डेले के विकास गरे ?” मानिसहरु चितवनका २ मन्त्रीको तुलना गर्न थालेका छन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो क्षेत्रमा गरेको विकास र बिक्रम पाण्डेको विकास । सुरेन्द्र पाण्डेसामू बिक्रम निम्छरा देखिन्छन् । निर्माण व्यवसायी रहेका बिक्रम पाण्डे चितवनका ठूला ठेक्का आफै लिने गरेका छन्, अनि त्यसलाई नै आफ्नो विकासको प्रचार गर्दैछन् ।प्रचण्ड चितवन जिल्लाको स्थायी बासिन्दा । अहिले पनि उनको घर घडेरी, सम्पत्ति जे छ, त्यो चितवनमा नै छ । प्रत्येक निर्वाचनमा मतदानका लागि उनी चितवन नै जान्थे ।

शान्ति प्रक्रियापछि चितवनको पूर्वाधार विकासमा जुन गति आएको छ, त्यसमा मैले नै भूमिका खेलेको छु । शक्तिखोर औद्योगिक नगरीको निर्णय र निर्माणको प्रक्रिया मैले नै अघि सारें । भरतपुरमा बृहत औद्योगिक प्रदर्शनी केन्द्र र चित्रवनमा राष्ट्रिय रंगशाला मेरै पहलमा अघि बढेको छ ।

प्रचण्डले चितवनका लागि के गरे ? यो प्रश्नको प्रचण्ड जवाफ निकै तथ्यपूर्ण छ । प्रचण्ड भन्छन्, “अघिल्लो निर्वाचनमा म चितवन नआए पनि चितवनको विकासमा मैले केही योगदान गरेको छु । कृषि क्याम्पसलाई कृषि तथा बन विज्ञान विश्वविद्यालयको रुपमा विकसित गर्न मैले नै भूमिका खेलेको छु । शान्ति प्रक्रियापछि चितवनको पूर्वाधार विकासमा जुन गति आएको छ, त्यसमा मैले नै भूमिका खेलेको छु । शक्तिखोर औद्योगिक नगरीको निर्णय र निर्माणको प्रक्रिया मैले नै अघि सारें । भरतपुरमा बृहत औद्योगिक प्रदर्शनी केन्द्र र चित्रवनमा राष्ट्रिय रंगशाला मेरै पहलमा अघि बढेको छ । पश्चिम चितवनका सडक, खानेपानी, विद्यालय लगायतका पूर्वाधार विकासमा जति पहल भएको छ, त्यसमा मेरो भूमिका छ ।” हुन पनि हो, पछिल्लोपटक उनले चितवनको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

बिक्रम पाण्डेको विकासबारे बाम बुद्धिजीवी प्रेम रिमालले गज्जवको तर्क अघि सारेका छन् । रिमाल भन्छन्, “म मास्टर हुँ मैले पढाउँछु । बिक्रम पाण्डे ठेकेदार हो, उहाँको काम ठेक्कापट्टाको काम गर्नु हो, पुल–बाटो बनाउनु हो । चितवनमा बिक्रमले बजेट पार्दैनन् । तर, सबै ठेक्का आफ्नो नाममा पार्छन् । उनी देशको “क” ग्रेडका ठेकेदार हुन् । सरकारले बजेट पार्छ, बिक्रम पाण्डे टेण्डर हाल्छन्, उनलाई टेण्डर पर्छ र पुल बनाउँछन् । १० करोडको पुलमा ४ करोड नाफा निकाल्छन्, अनि आफ्नो डोजर देखाएर मैले विकास गरें भन्छन् ।” बिक्रम पाण्डेको विकास त्यसभन्दा फरक देखिँदैन ।

प्रचण्डले चितवन जिल्लालाई नै एसियाली मापदण्डको आधुनिक शहर बनाउने सपना देखेका छन् । नारायणीमा थप ३ पुल बिस्तार गरेर चितवन र नवलपुरलाई जोड्ने सपना देखेका छन्, केरुङ र ठोरी नाका जोड्ने सपना देखेका छन् । प्रचण्ड भन्छन्, “हामीकहाँ हुँदैन, सकिँदैन, के गर्ला र ? भन्ने मनोविज्ञानले घर गरेको छ । तर, बहुमतको सरकार बन्नेबित्तिकै देशको विकास तिब्रतामा जान्छ ।” १० महिने प्रधानमन्त्री कालको प्रचण्ड अनुभवले भन्छ, “राजनीतिक स्थिरता र ईच्छाशक्ति भयो भने केही वर्षमा देश नै बदल्ने सामथ्र्य र साधन स्रोत नेपालमा छ ।”

पाँच वर्षभित्र चितवनका सबै सडक कालोपत्रे गर्छु । शिक्षामा चितवनलाई अनुसन्धानको केन्द्र बनाउन सकिन्छ । कृषि तथा बन विज्ञान विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयका रुपमा स्थापित गर्छु, चितवनका सबै कलेज र सार्वजनिक विद्यालयको गुणस्तर अभिबृद्धि गरी शिक्षामा चितवनलाई अनुसन्धानको केन्द्र बनाउन सकिन्छ र बनाउनु पर्दछ ।

प्रचण्डले जिते के गर्छन् चितवनमा ? धेरैको प्रश्न छ । यता प्रचण्डको सपना पनि सामान्य छैन । प्रचण्ड भन्छन्, “पाँच वर्षभित्र चितवनका सबै सडक कालोपत्रे गर्छु । शिक्षामा चितवनलाई अनुसन्धानको केन्द्र बनाउन सकिन्छ । कृषि तथा बन विज्ञान विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयका रुपमा स्थापित गर्छु, चितवनका सबै कलेज र सार्वजनिक विद्यालयको गुणस्तर अभिबृद्धि गरी शिक्षामा चितवनलाई अनुसन्धानको केन्द्र बनाउन सकिन्छ र बनाउनु पर्दछ ।”

“हामीसँग चितवन मेडिकल कलेज छ, क्यान्सर अस्पताल छ, अरु थुप्रै स्वास्थ्य संस्थाहरु छन्, चितवन देशको केन्द्र पनि हो । मेडिकल शिक्षाका दृष्टिले चितवनलाई त्यसको “हब” बनाउन सकिन्छ । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरेर चितवनका किसानको जीवनमा कायापलट ल्याउन सकिन्छ र सक्नुपर्छ । पर्यटनका दृष्टिले चितवनमा अपार सम्भावना छ । धार्मिक पर्यटन र अन्य पर्यटनको विकासद्वारा चितवनमा लाखौंको संख्यामा रोजगारी सृष्टि गर्न सकिन्छ” प्रचण्ड भन्छन् ।

जंगली जनावरको आतंक, नदी कटान, राष्ट्रिय निकुञ्जका कारण निम्तिएको कठिनाई र सुकुम्बासी समस्यामा प्रचण्ड धेरै नै घोत्लिएका छन् । प्रचण्ड भन्छन्, “नारायणी र राप्ती नदीमा तटबन्ध गरेर चक्रपथ बनाउनुपर्दछ, रियुमा तटबन्ध गरी कृषि सडकलाई चक्रपथको रुपमा विकास गर्नुपर्दछ । जंगली जनावरको आतंकबाट जनतालाई जोगाउन फाउण्डेसन सहितको मेस जालीको व्यवस्था गर्नुपर्छ । राष्ट्रिय निकुञ्ज क्षेत्रमा आकाशे पुल, सुरुङ मार्ग वा बैकल्पिक मार्ग बनाएर जनताको आवातजावातको कठिनाई सम्बोधन गर्नुपर्दछ । सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि उनीहरुलाई रोजगारीको अवसर सिर्जना, आधुनिक तालिम र सुविधासम्पन्न सामूहिक आवास गृहको व्यवस्था गर्नुपर्दछ । यी सबै योजना मेरो कार्यसूचिमा छन् ।”

नारायणीमा थप ३ पुल बिस्तार गरेर चितवन र नवलपुरलाई जोड्ने सपना देखेका छन्, केरुङ र ठोरी नाका जोड्ने सपना देखेका छन् । प्रचण्ड भन्छन्, “हामीकहाँ हुँदैन, सकिँदैन, के गर्ला र ? भन्ने मनोविज्ञानले घर गरेको छ । तर, बहुमतको सरकार बन्नेबित्तिकै देशको विकास तिब्रतामा जान्छ ।” १० महिने प्रधानमन्त्री कालको प्रचण्ड अनुभवले भन्छ, “राजनीतिक स्थिरता र ईच्छाशक्ति भयो भने केही वर्षमा देश नै बदल्ने सामथ्र्य र साधन स्रोत नेपालमा छ ।”

प्रचण्डले चितवन जिल्लालाई नै एसियाली मापदण्डको आधुनिक शहर बनाउने सपना देखेका छन् । नारायणीमा थप ३ पुल बिस्तार गरेर चितवन र नवलपुरलाई जोड्ने सपना देखेका छन्, केरुङ र ठोरी नाका जोड्ने सपना देखेका छन् । प्रचण्ड भन्छन्, “हामीकहाँ हुँदैन, सकिँदैन, के गर्ला र ? भन्ने मनोविज्ञानले घर गरेको छ । तर, बहुमतको सरकार बन्नेबित्तिकै देशको विकास तिब्रतामा जान्छ ।” १० महिने प्रधानमन्त्री कालको प्रचण्ड अनुभवले भन्छ, “राजनीतिक स्थिरता र ईच्छाशक्ति भयो भने केही वर्षमा देश नै बदल्ने सामथ्र्य र साधन स्रोत नेपालमा छ ।”

चितवन–३ मा कांग्रेसको आफ्नै उम्मेदवार छैन । कांग्रेसले राजावादी राप्रपालाई समर्थन गरेको छ । प्रचण्ड भन्छन्, “कांग्रेसले आफ्नै नेताहरुको अपमान गर्यो । गीरिजाको गणतन्त्र र बिपीको समाजवादमाथि प्रहार गर्यो । फुटेका कांग्रेसहरु मिलाएर अघि बढेको भए म खुसी नै हुन्थे । तर, कांग्रेस हिजोकै लोकतन्त्र विरोधीलाई बोकेर हिडेको छ । राजतन्त्रका हिमायतीको पक्षमा उभिएको छ । बिपी र गीरिजालाई सम्मान गर्ने कांग्रेसले हलोमा भोट हाल्ने कल्पना पनि गर्न सकिँदैन ।” हुन पनि त्यस्तै देखिन्छ । कांग्रेसका बुद्धिजीवीहरु भन्छन्, “प्रदेशमा कांग्रेसको आफ्नै उम्मेद्वार छ । तर, प्रतिनिधि सभामा हलोमा भोट हाल्न सकिँदैन ।”

एएफसी फुटसल छनोटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं, असोज ३१ । ईरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को फराकिलो गोलअन्तरले पराजित नेपाल हिजो भएको दोस्रो खेलमा किर्गिस्तानसँग ५-० ले पराजित भएका हो । पोउर शरिफ फुटसल हलमा भएको खेलमा नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खायो । लगातार दुई खेलमा हार बेहोरेपछि समूह ‘ए’ मा नेपाल अंकबिहीन हुँदै पुछारमा छ । दुवै खेलमा जित हात पारेको किर्गिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ । एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले आज तुर्कमिनिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टिम सन् २०१८ मा चाइनिज ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि छनोट हुने छन् ।

हिन्दूहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु, पहिलो दिन कागको पूजा गरिदैं

काठमाडौं, असोज ३१ ।  आजबाट यमपञ्चक सुरु भएको छ । यमपञ्चकको पहिलो दिन घरघरमा कागको पुजा गरि मनाईदै छ । कागलाई सन्देश वाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन रहेको छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ, भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाई छ । कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मीस्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । यसै दिन भैषशास्त्रका धनन्वन्तरिले अवतार लिएको कथन अनुसार धनत्रयोदशी मानेर वैद्यराजहरूले धन्वन्तरि पूजा गर्ने परम्परा छ । धनतेरस समेत भनिने आजका दिन सुनचाँदीका गहना किनेर ल्याउने प्रचलन छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णुले खुसी भइ बलिराजालाई कात्र्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्यमाग गर्न पाउने वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली भगरी झकिझकाउ पारेको कथासँग जोडिएको छ । यस्तो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बासगरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन तथा यमराज पनि खुसी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वारदान दिएको मान्यता छ । पौराणिक कथा अनुसार बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले पनि फुर्सद पाउने हुँदा आफ्नी बहिनी यमुनाकहाँ गई स्वागत सत्कार पाई पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजागरी बस्त्र, आभुषणहरु दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजु भाइ र दिदिबहिनीले आपसी स्नेह, सत्कार र पूजागरी भाईटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरुप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गरिन्छ ।

सिनेमामा सेन्सरसिप

सेन्सर’ यो शब्दलाई स्रष्टाहरू मन पराउँदैनन् । सेन्सर भनेको प्रतिगमन, निषेध र छल हो । राज्यको आधिकारिकता जोगाउने नाममा व्यक्तिको अस्मितामाथि आक्रमण गर्ने हतियारका रूपमा लिइन्छ सेन्सरसिपलाई । पहिले यो व्यापक थियो । २०४६ को पहिलो राष्ट्रिय जनआन्दोलनपछि सेन्सर शिथिल भयो । त्यो आन्दोलनको प्रभाव थियो । जनआन्दोलनपछि बनेका कानुनले केही स्थूल कार्य गरे । छापाखाना जफत नगरिने, पत्रपत्रिकामा सेन्सरसिप नलगाइने, पत्रपत्रिकाको दर्ता खारेज नगरिने जस्ता प्रबन्धले स्थूल रूपमा स्वतन्त्रता प्रत्याभूत भयो, तर यसले सेन्सरको व्यवस्थालाई सदाकालका लागि खारेज गरेन । त्यसो गर्नु राज्यका लागि सम्भव पनि थिएन होला । राज्यका बारेमा चर्चा गर्दा नियन्त्रण राज्यको अमोघ अस्त्र हो भन्ने कुरा बिर्सिनु हुँदैन ।नेपालमा दुई ठूला जनआन्दोलन र अन्य कतिपय आन्दोलनका प्रत्युत नियन्त्रणको लगाम जारी छ । अहिले सेन्सर सिनेमामा छ । हिमाल एसोसिएसन्सका वसन्त थापा पन्ध्रौं किम्फको तयारीमा छन् । थापा भन्छन् स् ‘धेरै परिवर्तन भए पनि व्यवहारमा केही ‘अपरिवर्तनीय’ विषय राखेको हुन्छ राज्यले । सेन्सरसिप त्यही अपरिवर्तनीय विषय भएको छ नेपालमा । सत्तामा जो पुगे यसलाई कसैले परिवर्तन गरेनन् ।’ हो, वस्तु र विम्बमा थुप्रै परिवर्तन भए पनि मानिसका नैसर्गिक हक–अधिकारलाई कुण्ठित गर्ने शैलीमा परिवर्तन आएको छैन । विडम्बना कि जो अधिकारको प्रवक्ता हुन्छ ऊ नै नियन्त्रणको पक्षमा देखिन्छ । सरकारले सेन्सरबोर्ड गठन गर्छ । बोर्डका अध्यक्ष तथा सदस्यहरू नियुक्त गर्छ । तिनीहरूलाई भत्ता दिन्छ । तिनीहरूलाई नै ३ करोड नेपालीको चेतनामाथि निगरानी राख्न लगाइन्छ । के राज्यले यसो गर्नु हुन्छ ? ७० वर्षको आधुनिक जीवनमा नेपालीले थुप्रै अपमानजनक निषेधहरू खेपेका छन् । छापिएका पत्रिका प्रेस वा बजारबाट उठाइएका छन् । लेखक, सम्पादकहरू थुनिएका छन्, तैपनि नेपाली बौद्धिक समाजमा विचलन आएको छैन । लामो संघर्षपछि आएको अहिलेको संविधान पनि बत्तीस लक्षणले युक्त छैन । थापा भन्छन्– ‘यो संविधानले पनि सिनेमाको गर्धनमा सेन्सरसिपको फाँसी झुन्ड्याएको छ । त्यो किन झुन्ड्याइएको हो कसैलाई थाहा छैन । अहिलेको समयमा सिनेमा सर्वव्यापी छ । टेलिभिजन सिनेमा हो । युट्युब सिनेमा हो । मानिसहरूको हातहातमा रहेका स्मार्टफोनहरू सिनेमा हुन् । छायाँ र छविको यो सर्वव्यापकतामा सेन्सरसिपको कुनै अर्थ छैन, तर सेन्सरसिप छ । हाम्रा सिनेमा निर्माता, निर्देशक, अभिनेत्री एवं अभिनेताहरूले यसको पीडा भोग्दैछन् । सरकारले सेन्सरबोर्ड गठन गर्छ । बोर्डका अध्यक्ष तथा सदस्यहरू नियुक्त गर्छ । तिनीहरूलाई भत्ता दिन्छ । तिनीहरूलाई नै ३ करोड नेपालीको चेतनामाथि निगरानी राख्न लगाइन्छ । के राज्यले यसो गर्नु हुन्छ ?’ नेपालका सत्ता सञ्चालकहरू द्विविधामा छन् । देशको दायाँबायाँ दुवैतिरका समाजमा व्यापक सेन्सरसिप छ । उत्तरतिरको कुरै नगरौं, त्यहाँको राजनीतिक व्यवस्थाले सेन्सरसिपलाई आफ्नो अभिन्न अंग नै बनाएको छ । दक्षिणतिरको राजनीतिक व्यवस्था सेन्सरसिपका विरुद्ध भए पनि सरकारहरू त्यसका विरुद्ध छैनन् । त्यसैलाई नेपालका नेता तथा सरकार सञ्चालकहरूले उदाहरण बनाएका छन् स् सेन्सरसिप नचाहिने भए भारतजस्तो त्यत्रो लोकतान्त्रिक देशले खारेज गरिहाल्थ्यो नि † देशमा सेन्सरसिप छ तर सिनेमा निर्देशक, निर्माता, लेखक, अभिनेत्री, अभिनेता कसैले पनि यसका विरुद्ध जिउँदो आवाज उठाएका छैनन् । नेपाली चलचित्र निर्माताहरू अधिकारीहरूको आधिकारिकताप्रति आवश्यकताभन्दा वढी नै नतमस्तक छन् । वसन्त थापाका लागि किम्फको आयोजना व्यक्तिगत हिसाबले पनि आनन्ददायी हुन्छ । थापा सिनेमामा भन्दा पनि सिनेमा उत्सवको व्यवस्थापनमा रमाउँछन् । चुनावका कारण यो वर्ष किम्फको उद्घाटन हुने दिन सरेको छ दिसेम्बर १४ मा । वसन्तका लागि किम्फको आयोजना जति आनन्ददायक हुन्छ त्यत्तिकै कष्टकारी पनि । नियमको अधीनमा गयो भने किम्फमा देखाइने सबै चलचित्रको सेन्सर अनिवार्य हुन्छ । यति धेरै र यति विविध सिनेमा हेरेर त्यसको सेन्सर गर्नु मानवीय हिसाबले पनि सजिलो छैन । उदार लोकतन्त्रको फाइदा यही हो कि सञ्चार मन्त्रालयका अधिकारीहरूले किम्फ आयोजकहरूलाई नै विश्वासका आधारमा सिनेमा सेन्सर गर्ने अधिकार प्रत्यायोजन गरेका छन् । अलिकति भए पनि राहत प्राप्त भएको छ यसबाट । साहित्य, सिनेमा एवं कलाका क्षेत्रमा कार्यरत साथीहरूले सेन्सरसिपका बारे छलफल कार्यक्रम पनि सञ्चालन गर्नुभएको छ । यस्तो छलफल कार्यक्रमको आयोजना नियमित रूपले गरिनुपर्छ । सेन्सरले दुख दिन थालेपछि मात्र त्यसमा ध्यान दिने वा चनाखो हुने हो भने परिस्थिति प्रतिकूल हुन सक्छ । साहित्य, सिनेमा एवं कलाका क्षेत्रमा कार्यरत साथीहरूले सेन्सरसिपका बारे छलफल कार्यक्रम पनि सञ्चालन गर्नुभएको छ । यस्तो छलफल कार्यक्रमको आयोजना नियमित रूपले गरिनुपर्छ । सेन्सरले दुख दिन थालेपछि मात्र त्यसमा ध्यान दिने वा चनाखो हुने हो भने परिस्थिति प्रतिकूल हुन सक्छ । भारतमा भारतीय जनता पार्टीले सरकार बनाएपछि सेन्सरको आतंक बढ्न थाल्यो । पहलाज निहलानी सेन्सर बोर्डको अध्यक्ष भएपछि उनले ‘संस्कारी’ सिनेमाको पक्षमा नारा लगाए । त्यसका विरुद्ध सिनेमाकर्मीहरू एकजुट भए । अन्ततस् भारतको केन्द्रीय सरकारले बाध्य भएर निहलानीलाई खारेज गर्‍यो । उनको ठाउँमा प्रसून जोशी आए । भारतमा सेन्सर बोर्डको आवश्यकताका बारेमा पनि प्रश्न उठ्न थालेको छ । नेपालको सिनेमा उद्योग सानो भए पनि सेन्सरका इस्युहरू जटिल बन्न थालेका छन् अर्थात् अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू चनाखो हुने बेला भैसकेको छ । साप्ताहिकबाट

घरभित्र भुत आएपछि भागाभाग (भिडियोसहित)

असोज २८ । भुतप्रेत जस्ता कुराहरुको बारेमा धेरै बहस हुने गर्दछ तर वास्तवमा भुत हुन्छ या हुँदैन हाम्रो समाजमा पूर्णरुपमा पुष्टि हुन नसकेपनि यही समाजमा बस्ने कोहि कोहि आफूले भुत देखेको दाबि पनि गर्छन । भुत किचकन्याको बारेमा हामीले धेरै चलचित्र पनि हेरिसकेका छौ यस्तै गरी सोही विसयालाई समेटेर तयार पारिएको छोटो फिल्म ‘ब्याड ड्रिम्स’ सार्वजनिक भएको छ । आफ्नो सपनामा यस्तै डर त्रासले सताइरहने बिसय वस्तुलाई यो भिडियोमा समावेश गरिएको छ । विष्णु भट्टराईको सम्पादन निर्देशन रहेको छोटो फिल्ममा विष्णु भट्टराईकै अभिनय देख्न सकिन्छ भने भूतको भूमिका निर्बाह गरेकिछिन बाल कलाकार विदुषी आचार्यले भने भूतको श्रृँगार सगुन शर्माले गरेको भिडियो अविरल फिल्मस्ले सार्वजनिक गरेको छ । झट्ट हेर्दा डर लाग्ने खालको भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्–

रेणु दाहालका नमूना काम बुझ्न बीरगञ्जका मेयर चितवनमा

चितवन, असोज १९ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले बिरगंज महानगरपालिकाका प्रमुख बिजयकुमार सरावगीलार्इ स्वागत गरेकी छन् । बिहीबार आफ्नै कार्यकक्षमा सरावगीलार्इ फूलको गुच्छा दिएर स्वागत गरेकी हुन्।प्रमुख दाहालले आर्थिक नगरी बिरगंजको प्रमुखमा निर्वाचित भएकोमा बधाइदिदै सफल कार्यकालको शूभकामना ब्याक्त गरिन् । उक्त अवसरमा प्रमुख सरावगीले रेणु दाहाललार्इ समेत बधाइ दिदै सफल कार्यकालको शूभकामना दिएका थिए । भरतपुरमहानगरकी प्रमुख दाहालले महानगरपालिकाहरूले बिकास निर्माण र प्रबिधी परिचालनमा एक आपसमा समन्वय र सहकार्य गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिदै भरतपुर महानगरपालिका बिरगंज महानगरपालिकासंग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताइन । प्रमुख सराबगीले भरतपुर महानगरपालिकाले फोहोर मैला ब्यावस्थापनमा प्राप्त गरेको सफलताको बारेमा प्रसंशा गर्दै भरतपुरकै मोडल लागु गर्दै अगाडि बढ्न चाहेको बताए । उनले भने भरतपुरमा समय समयमा आइरहने गरेको छु सधै सफा सुधार देख्दछु बिरगंज यस मामिलामा सारै कमजोर छ । हामी फोहोर ब्यावस्थापन हरियाली र पाकिङ ब्यावस्थापनमा भरतपुरले अपनाएको मोडेलमा बिरगंजलार्इ सहयोग गर्न आग्रह गरेका थिए । प्रबिधीको अधिकतम उपयोग बिना संबृद्दीको लक्ष्यहासिल गर्न नसकिने बताउदै प्रमुख सरावगीले तीन पाड्ग्रे सवारीसाधन भरतपुर महानगरले जोर बिजोर प्रणाली मार्फत नियन्त्रण गर्न लागेको प्रसंग उल्लेख गर्दै नियन्त्रणले मात्र समस्याको स्थागी समाधान नगर्ने बताउदै बिरगंजमा तीनपांग्रे सवारी साधन बजार क्षेत्र र मुख्य राजमार्गहरूमा निसेध गर्नलागेको बताए । कार्यकारी अधिकृत प्रेमराज जोसीले भरतपुर महानगरपालिकाले फोहोरमैला ब्यावस्थापन, बिकास निर्माणमा जनसहभागिता, प्रबिधी मैत्री कार्यालय ब्यावस्थापन महानगरपालिकाको बस्तुगत अवस्थाका बारेमा जानकारी गराएका थिए ।

एमाले विजयी नगरपालिकाले फ्याँक्याे सहीद लखन थापाको शालिक

असोज १० । पाेखरा लेखनाथ नगरपालीकाले नेपालका प्रथम सहिद लखन थापाको सालिक उखेलेर फ्याँकिदिएकाे छ । बाटो फराकिलो बनाउने नाममा सालिक उखेलेर फ्याँकिनु गलत भन्दै विराेध सुरु भएका छन् । याे नगरपालीमा एमालेले जितेकाे हाे । नगरपालीकाले चोकमा रहेको सहिदको सालिक बाटो फराकिलो बनाउने भन्दै उखेलेकाे हाे । जथाभावी नक्सा पास गर्दै सडक मिचेर घर बनाउन अनुमती दिने नगरले बहाना बचाएर सालिक उखेलेर फ्याँकेकाे अाराेप लागेकाे छ । स्थानीय प्रशासनले यसबारे अाैपचारिक टिप्पणी गरेकाे छैन् । यस्ताे छ प्रथम सहिद लखन थापाकाे वास्तविकता सन् १९१४ मा भारत स्वतन्त्रता आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठूलो विद्रोह गर्यो। त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जंगबहादुरको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं चुमी रानामगर, कालीबहादुर गणका श्रीपत गुरुङलगायत लखनउ पुगेका थिए। विद्रोही आन्दोलन दबाउने क्रममा त्यहाँका जनतालाई अत्याचार गरी निर्मम तरिकाले हत्या गरेका दृश्य, नबाब अलि साहको दरबारको सम्पत्ति लुटपाट, भारतलाई स्वतन्त्रता दिलाउन बलिदानी दिने सहिदको संघर्षलाई नजिकबाट नियालेका लखनको हृदयमा नेपालमा जंगबहादुरको अत्याचारविरुद्ध आन्दोलन गर्ने ऊर्जा प्राप्त भयो। प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक जंगबहादुर राणाविरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह गरेका लखन थापाले देशका लागि बलिदान दिएका थिए। उनको बलिदानी राज्यले स्वीकार्न १३९ वर्ष लाग्यो। राजा–महाराजाले ‘मेरा देशका लाटागाँडा जनताहरु’ भनेर सम्बोधन गरिने समयमा जनता पूर्ण अशिक्षित, धर्मकर्ममा बढी चासो राख्ने भएकाले जातीय देवीदेवताका शक्तिका नामबाट जनचेतना जगाउँथे लखन। नेपालको राजनीतिक इतिहासअनुसार ‘जंगेले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेको छ, जातपात, छुवाछुत झन् चर्काएको छ। जंगेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ। नेपालमा सत्ययुग फिराऊ, मनकामना देवीले मलाई बरदान दिएकी छन्। भाइ हो! तयार होऔं’ भनेर गाउँलेलाई ठाउँठाउँमा भेला गराएर चेतना फैलाउँदै उनी संगठित हुन आह्वान गर्थे। उनी नेपालमा बेलायतको जस्तो संसदीय प्रणाली लागू गर्न उत्प्रेरित थिए भने अंग्रेजको साम्राज्यवादी नीतिका कट्टर विरोधी। मृत्युदण्ड सन् १८७६ मा लखन थापाको नेतृत्वमा २ हजारजति युवाको सैनिक संगठनले गोरखाको बुङकोट काहुले भंगारमा ठूलो किल्ला, तीनतले दरबार, पिटी, परेड खेल्ने टुँडिखेल बनाई आवश्यक हातहतियार जम्मा गरे। त्यतिबेला जंगबहादुरले आफू श्री ३ बाट श्री ५ बन्न युवराज सुरेन्द्रलाई हातमा लिइसकेका थिए। तर, पछि विद्रोह हुँदा श्री ५ हुन उनी असफल भए। चन्द्रागिरि भञ्ज्याङमा घाट लगाएर जंगबहादुरलाई मार्ने योजना लखन थापाले बनाए तर उक्त योजनाको पोल टीकादत्त जैसी (कसैकसैले बोर्लाङका थापाक्षत्रीहरु भन्छन्) ले खोलेकाले ४०–५० दिनको सिकार खेल्ने कार्यक्रम १६ दिनमै स्थगित गरेर जंगबहादुर काठमाडौं फर्के। काठमाडौं फर्किनासाथ क्रोधित स्वरमा देवीदत्त बटालियनलाई जंगबहादुरले आदेश दिए, ‘लखनलाई मनकामना बाराहीकै छेउमा झुन्ड्याई मार्नू!’ जङ्गबहादुरले पठाएको देवीदत्त बटालियनका सैनिकसँग बुङकोटमा घमासान लडाइँ गर्दागर्दै गोलीगट्ठा र रासनपानी सकिएपछि लखन थापाले आत्मसमर्पण गरे। जयसिं चुमी रानामगर र उनका सहयोगीलाई जंगबहादुरको सैनिकले पक्री बाँसको पिँजडामा बाँधेर निर्ममतापूर्वक काठमाडौं पुर्यामए। लखनले आफ्नै दरबारमा मृत्युवरणको इच्छा राखे पनि उनी र विशेष सहयोगीलाई त्यहीँ झुन्ड्याई मार्ने आदेश दिनासाथ जंगबहादुरकी रानी मूर्च्छा परिन्। जंगबहादुरले ठूलो भूल भएको प्रायश्चित गर्दै केही सैनिकलाई लखन थापालाई नमार्नू भन्ने आदेश पठाए तर जैसी र थापाक्षत्रीले सुइँको पाउनासाथ बेनीघाटमा घाटेहरुलाई डरधम्की देखाई केही रकम दिएर आफ्नो पक्षमा पारे। तीन दिनपछि सैनिक पुग्दा १९३३ फागुन २ गते दरबारअगाडिको खिर्राको बोटमा उनलाई झुन्ड्याइएको थियो। सन्त ज्ञान दिलदास र कालु लम्साललाई बाहुन भएकाले मृत्युदण्ड दिइएन भने सुकदेव गुरुङलाई गोरखाको जेलमा यातनापूर्ण ढंगले हत्या गरियो। अन्य ५० जना सहयोगीलाई बाँसको पिँजडामा राखी काठमाडौं ल्याई टुँडिखेलको रुखमा झुन्ड्याइयो। लखन थापालाई मारेको खबर पाउनासाथ जंगबहादुरको मन बेचैनीले छटपटाउन थाल्यो। उनी स्वयं बुङकोट गई लखन थापाको लाससँग क्षमा मागी पत्थरघट्टाको बाटो हुँदै फर्किंदा जंगबहादुरको पनि बाटैमा रहस्यमय मृत्यु भयो। स्थानीय जनविश्वास ‘म मरेको सात दिनभित्र त्यो जंगे पनि मर्नेछ। मलाई झुन्ड्याइएको बेला कोही पनि नरुनू र पीर नगर्नू, मेरो शरीर कुहेर भुइँमा खस्यो भने लखन थापा मरेर गएछ भनेर जान्नू। यदि त्यसै सुकेर सानो–सानो भई झुन्ड्याएको डोरीमा शरीर बिलाएमा लखन थापा जिउँदैछ भनेर बुझ्नू। मलाई झुन्ड्याइएको डोरी सुरक्षित राख्नू, म एकदिन फर्केर आउनेछु,’ राणाका सेनाले बलिदानी दिनुअघि लखनले जनसमुदायलाई सम्बोधन गरेका थिए्। स्थानीय गाउँलेलाई घटना गुपचुप राख्न कागजमा सहीछाप गराई राणाहरुले रुपैयाँ बाँडेका थिए। गाउँलेले उक्त रुपैयाँ आफूसँग नराखी सामूहिक रुपमा गोरखा दरबार परिसरमा लखन थापाको नाममा ठूलो घन्टा किनेर चढाएका थिए। लखन र उनका सहयोगीलाई मारेपछि उनको शरीर डोरीमा विलीन भएको र अन्यको कुहेर भुइँमा झरेकाले स्थानीय बासिन्दामा उनी मरेका छैनन्, देउतामा परिणत भएको विश्वास छ। केही वर्षअघिसम्म लखनलाई झुन्ड्याइएको डोरी पेट दुख्ने र अन्य उपचारका लागि प्रयोग गर्दा सकिएको स्थानीय समुदायले बताएका थिए। सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यावहारिक हिसाबले पनि कठिनाइ पर्ने’ व्यहोराको पत्र सरकारले थमाएको थियो। उनको मृत्यु हिंसात्मक ढंगबाट भएकाले उनले पनि भयाँर पूजा (मगर जातिले सामूहिक रुपमा हिंसात्मक घटनामा मृत्युवरण भएकाहरुको स्मृतिमा गरिने पूजा) गर्ने गरेको हुँदा गोरखा, बुङकोट, काहुले भंगारमा प्रत्येक वर्ष पुस महिनाको पहिलो पञ्चमीका दिन भयाँर पूजालाई ‘लखन्या पूजा’ भन्ने गरिन्छ। प्रथम सहिद घोषणा नेपालको राजनीतिक इतिहासमा निरकुंश जहानियाँ राणाशासनका प्रवर्तक जंगबहादुर राणाविरुद्ध जनतामाझ पहिलोचोटि जनस्तरबाट विद्रोह गरेका लखन थापाले प्रजातान्त्रिक आन्दोलन देश र जनताका निमित्त १९३३ फागुन २ गते आहुति दिएका थिए। उनले सहादत पाएको १२५ वर्षपछि २०५६ फागुन ११ गते राज्यले लखनलाई सहिद घोषणा गर्यो । प्रथम सहिदचाहिँ भनेन। सहिद घोषणा प्रक्रियामा असन्तुष्ट बनेका मगरहरुको साझा संस्था नेपाल मगर संघले २०६२ माघ १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा लखन थापालाई प्रथम सहिद घोषणा गर्नुपर्ने माग थियो। ‘प्रथम सहिद घोषणा गर्न ऐतिहासिक प्रामाणिक तथ्य एवं अन्य विवरण आवश्यक पर्ने र निज अघि नेपालमा अन्य कुनै व्यक्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय जीवनका अन्य क्षेत्रहरुमा योगदान दिँदै प्राण आहुति गरेका छैनन् भन्ने यकिन प्रमाणित तथ्य तथा विवरण आवश्यक पर्ने भएकाले श्री ५ को सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यावहारिक हिसाबले पनि कठिनाइ पर्ने’ व्यहोराको पत्र सरकारले थमाएको थियो। नेपाल मगर संघ र प्रथम सहिद लखन थापामगर स्मृति प्रतिष्ठानले निरन्तर सरकारलाई कडा चेतावनीसहित ज्ञापनपत्र बुझाउँदै इतिहासकार, बुद्धिजीवीसँग गोष्ठी, अन्तर्त्रि्कयामार्फत दबाब दिइरह्यो। मगर सभासद समूह र समर्थक सभासदको हस्ताक्षरसहित सभासद शिवलाल थापा मगरले संविधानसभा व्यवस्थापिका संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै ‘जंगबहादुर राणाको जहानियाँ शासनविरुद्ध जनविद्रोह गर्ने पहिलो व्यक्ति लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भन्दै निवेदन दिए। व्यवस्थापिका संसदमा सोही कुरालाई जोड दिँदै ‘प्रथम सहिद घोषणा गर्ने आधार र अकाट्य प्रमाण हुँदा पनि अझसम्म घोषणा नगरिएकाले प्रथम सहिदप्रति अपमान भएको ध्यानाकर्षण गरेपछि बाध्य भएर २०७२ असोज ३ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले ‘लखन थापा मगरलाई नेपालको प्रथम सहिद घोषणा गरिएको व्यहोरा जानकारीका लागि निर्देशानुसार गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ। सामान्य ज्ञानदेखि इतिहासकारबीच एकमत भए पनि जनस्तरमा परिचित लखन थापालाई भूमिगत रुपमा संविधान जारी गरिएको दिन १३९ वर्षपछि मात्र प्रथम सहिद घोषणा गरिएको छ। जनताबाट पहिले सम्मानित राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय अन्य विषय र क्षेत्रमा ठूलो योगदान दिँदै प्राण आहुति गरेको व्यक्तिलाई सहिद भनिए पनि प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक जंगबहादुर राणाविरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह गरेका लखन थापाले देशका लागि बलिदान दिएका थिए। उनको बलिदानी राज्यले स्वीकार्न १३९ वर्ष लाग्यो। तर, त्योभन्दा पहिल्यै इतिहासकारले उनी नेपालका प्रथम सहिद हुन् भनी दाबीसाथ लेखेका थिए। सैनिकसँग बुङकोटमा घमासान लडाइँ गर्दागर्दै गोलीगट्ठा र रासनपानी सकिएपछि लखन थापाले आत्मसमर्पण गरे।  उनै प्रथम सहिद लखन थापाको आहुतिलाई सम्मान गर्दै उनलाई झुन्ड्याइएको स्थानमा सालिक स्थापना गरिएको छ। २०६२/६३ को जनआन्दोलनले राजा, महाराजाको फोडिएको सालिकको स्थानमा बुटवल, पाल्पा, पोखरा र धादिङमा लखन थापा मगरको सालिक स्थापना गरिएको छ। घोराही, दाङमा निर्माणाधीन सहिदपार्क, अन्य ठाउँमा सडक, चोक आदिको नामकरण प्रथम सहिद लखन थापाबाट गरिएको छ। नेपाल मगर संघ र प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मगर संघ, हङकङ, अमेरिका, अस्टे्रलिया, क्यानाडा, बेल्जियम, कतार, साउदी अरब, मलेसिया, ओमान, बहराइन, जापानले प्रथम सहिद लखन थापा मगरको स्मृतिमा विविध कार्यक्रम गरी प्रथम सहिद घोषणा गर्न दबाब दिँदै आएका थिए। मगर संघ युकेले हरेक वर्ष लखन थापा मगर फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। – नागरिक दैनिकबाट

वास्तवमा को हुन् त फेसबुकका चर्चित शेरे ?

असोज ३ । हिजोआज सामाजिक सञ्जालमा सबैभन्दा बढी प्रचलित साइट भनेको फेसबुक रहेको छ । जसको हातमा पनि सजिलै देख्न सकिन्छ । त्यही फेसबुकमा हरेक पटक देखिने एउटा पात्र अर्थात (ब्ल्याक एण्ड ह्वाईट स्केच) निकै चर्चित छन् ति हुन् शेरे जसलाई नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले शेरे नाम दिएर ट्रोल बनाउने तथा हास्यब्यंगमा खुवै प्रयोग गर्ने गरेको पाईन्छ । वास्तवमा को हुन् शेरे या यो कसको चित्र हो यो धेरैलाई थाहा नहुन सक्छ, यो तस्वीर चर्चित चिनिया बास्केटबल खेलाडी याओ मिङको हो । सन् २००२ देखी १८ बर्षको उमेर देखी बास्केटबल खेल्न शुरु गरेका मिङ सन् २००९ मे मा एक प्रतियोगितामा खेल समपन्न भएपछि यस्तो मुख बनाई हाँसेका थिए जसलाई तत्कालै एक चित्रकारले सेतो स्केच बनाई ब्यङग्यको रुपमा प्रयोग गर्ने निर्णय गरि सामाजिक संजालमा पोस्ट गरेका थिए त्यसपछि यो स्केच सर्वत्र फेसबुकमा भाईरल बन्यो ।

गौशाला नगरपालिका महोत्तरी अपडेट

गौशाला नगरपालिका, महोत्तरी माओवादी १८७ कांग्रेस ४७ संघीय समाजवादी ६१ राजपा २७

+२ पासलार्इ राेजगारीकाे अवशर 

काठमाडौं, असोज १ ।  विश्व स्वास्थ्य संगठन अन्र्तगतको नेपाल सञ्चालित एनजिओले एडमिनिस्टर र कार्याक्रमका लागि केही कर्मचारी मागेको छ ।  +२ पासले पिन एप्लार्इ गर्न सक्नेछन । विस्तृत जानकारीका लागि यो लिंक हेरौँ । http://www.khabarera.com/english/2017/09/ingojobsinnepal/ 

प्रचण्डले भने, ‘माओवादी नयाँ ढङ्गले पूनर्संगठित गरौं’

भरतपुर, भदौ २३ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन र पार्टीलाई पूनर्संगठित गर्नुपर्ने बताएका छन् । शुक्रबार दिउँसो चितवनको भरतपुरमा आयोजित पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘वर्गीय समाजमा पार्टी पनि वर्गहरुको हुन्छ । नेपालमा पार्टीहरु वर्गकै प्रतिनिधित्व गर्छन् । हाम्रो पार्टी सर्वहारा श्रमजीवी वर्गको पार्टी हो । बीचमा हामीले वर्ग भुल्यौं, वुर्जुवा, पेटी वुर्जुवा जस्ता देखियौं । अहिले त्यसलाई सच्चाएका छौं । माओवादी पार्टीलाई सर्वहारा श्रमजीवी वर्गको पार्टी बनाएर पूनर्संगठित गर्नुपर्छ।’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादी संसदवादी नभएको उल्लेख गरे । उनले भने, ‘हामी संसदवादी होइनौं । हामीले राजनीतिक प्रतिस्पर्धा मानेका छौं। जनताबाट निर्वाचित कार्यकारी प्रमूखसहित समाजवादमा जाने हाम्रो तयारी छ, हामी यसमा दृढ छौं।’ ‘माओवादी आन्दोलनमा दुई अति देखिए,’ प्रचण्डले भने, ‘एकथरी साथीहरु अब क्रान्ति सकियो भन्ने ठाने र बाहिरिए, अर्कोथरि साथीहरु सबै उपलब्धि अलपत्र पारेर भागे, त्यसरी क्रान्ति हुँदैन ।’ त्यस्तो अतिबाट बचेर मात्र क्रान्ति निष्कर्षमा पुग्ने उनले बताए ।

एमाले ढुलमुले चरित्रको मधेसप्रति अनुदार पार्टी : राजपा

काठमाडौं, भदौ २२ । आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बिहीबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको अध्यक्ष मण्डलका पाँच जना सदस्यले सार्वजनिक गरेको घोषणापत्रमा प्रमुख तीन दलका कारण देश अनिर्णयको बन्दी भएको आरोप लगाएको छ। राजपा घोषणापत्रमा एमाले र माओवादी केन्द्रप्रति आक्रामक देखिएको छ । भने कांग्रेसप्रति केही नरम । राजपाले घोषणापत्रमा लेखेको छ, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि संघीयता र समावेशी लोकतन्त्र प्रति प्रतिवद्ध छैन। मधेसमैत्री समेत होइन ।’ त्यस्तै नेकपा एमालेबारे लेखेको छ, ‘नेकपा एमाले संघीयता र समावेशिकरणको विरोधमा रहेको, ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार। यसको नेतृत्व प्रखर मधेस विरोधी पनि छन्।’ त्यस्तै नेकपा माओवादी केन्द्रबारे लेखेको छ, ‘नेकपा माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी हो। शक्तिका बलमा सत्ता कब्जा गर्ने नीति बाट यो पार्टी सञ्चालित छ।

नेपाल ताजकिस्तानसँग पराजित

काठमाडौं, भदौ २० । सातदोबाटोस्थित खेल मैदानमा भएको एसियन कप छनौटमा नेपाल र ताजकिस्तानबीच खेलमा नेपाल पराजित भएको छ । नेपाल ताजकिस्तानसँग २–१  गोलले पराजित भएको हो । ताजकिस्तानले खेलको २५ औं र ३० औं मिनेटमा मिनेटमा गोल गरेको थियो । त्यस्तै नेपाल विमल घर्तीमगरले ६० औं मिनेटमा गोल गरेका थिए । एसियन कप छनौटको तेस्रो चरणको समूह एफमा रहेको नेपाल तीन खेलबाट १ अंक बटुल्दै समूहको चौथो स्थानमा झरेको छ । नेपाललाई हराउँदै ताजिकिस्तान ३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । समूहको पहिलो स्थानमा फिलिपिन्स र दोस्रो स्थानमा यमन छन् ।

माओवादी मधेसी नेता चोर्दै

  काठमाडौं, भदौं १५ । मधेसवादी राजनीतिका जग हालेका नेपाल सद्भावना पार्टीका दुई जना नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने केहि नेताहरु प्रवेश गर्ने क्रममा छन् । निर्वाचनको मुखमा आएर आफ्नो र परिवारका राजनीतिक सुरक्षित गर्न दुवै जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नसपाका संस्थापक महामन्त्री अनिस अन्सारी मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममा माओवादीमा प्रवेश गरेका छन् भने बुधबार सर्लाहीमा आयोजित कार्यक्रममा तत्कालीन नेसपाका नेता र हाल नेपाल लोकतान्त्रिकमा फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव माओवादीमा प्रवेश गरेका छन् ।-नेपाल समाचारपत्रबाट 

प्रचण्ड/ओली र महरा/देउवा नजिकिँदै किँन ?

नेपालका प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा आफ्नो देशको परराष्ट्र मामिलाबारे विपक्षी दलसँग पनि छलफल र समझदारी कायम गर्नुपर्ने हो । तर, देउवा नेतृत्वको सरकार यति साह्रो असावधान देखियो कि स्वयं सत्तारुढ दलभित्रै आपसी छलफल र समझदारी भएको पाइएन ।९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमै छन् । उनले विहीबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोलेको कुरालाई लिएर विपक्षी दलले त आलोचना गर्ने नै भयो, स्वयं सत्तारुढ दल माओवादीका शीर्षनेताहरुले समेत देउवाको सार्वजनिक आलोचना सुरु गरेका छन् । प्रधानमन्त्री देउवाको अभिव्यक्तिलाई लिएर पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलका नेताले जस्तै गरी आपत्ति जनाएका छन् । प्रधानमन्त्री देउवाले भारतमा गएर संविधान संशोधन गर्छु भनेको कुराप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले शुक्रबार सुर्खेत पुगेर भने- ‘भर्खरै संविधान संशोधन विधेयक फेल भएको छ, अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो, यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन । सत्तारुढ दल माओवादीका अर्का शीर्ष नेता एवं पूर्वपराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि ट्विटमार्फत भनेका छन्- ‘देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संविधानका बारेमा बोल्नुभएको कुराले नेपाल र नेपालीको अपमान भएको छ । प्रमलाई थाहा छ, के बोल्नुभयो ?’ NKShresthaPrakash @nksthaprakash देउवाले मोदी सँगको पत्रकार सम्मेलनमा हाम्रो संबिधानका बारेमा बोल्नु भएको कुराले नेपाल र नेपालीकोअपमान गरेको छ।प्रमलाई थाहा छ के बोल्नुभो? प्रधानमन्त्रीले भारतमा गएर बोलेको विषयमा विपक्षी दलका नेता केपी शर्मा ओलीले कडा शब्दमा आपत्ति जनाइसकेका छन् । उपचारका लागि बैंकक जान लागेका पूर्वप्रधानमन्त्री ओलीले शुक्रबार अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग भने- ‘उहाँ (देउवा)को अभिव्यक्तिले देशकै शीर निहुरिएको छ, संसदले गरेको फैसलालाई धज्जी उडाउनुभएको छ । गिडगिडाएर क्षमा याचनाको भाषामा भन्नुभएको छ, प्रभु, मैले कोशिश गरेको थिएँ, तर सकिनँ ।’ परराष्ट्रमन्त्रीको निरीहता मुलुकको परराष्ट्र मन्त्रालयको नेतृत्व माओवादी नेताले सम्हालेका छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा परराष्ट्र मन्त्रालय चलिरहेको छ र उनी स्वयं पनि हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाको भाषणका पहिलो लहरका स्रोता हुन् । स्वयं माओवादीका नेता एवं उपप्रधान तथा पराराष्ट्र मन्त्रीसमेतको सहभागितामा भएको भ्रमणबारे प्रचण्ड र नारायणकाजी श्रेष्ठले सार्वजनिकरुपमै असन्तुष्टि जनाउनु आफैंमा विरोधाभाषपूर्ण देखिन्छ । भारतमा नेपालका प्रधानमन्त्रीले बोलेको विषयमा माओवादी नेताले असन्तुष्टि जनाए पनि परराष्ट्रमन्त्री महराले चाहिँ एउटा अनलाइनलाई दिएको अन्तरवार्तामा ‘संविधान संशोधन असफल भए पनि कोशिस जारी रहने’ भन्दै देउवाको भनाइको बचाउ गर्ने प्रयास गरेका छन् । प्रधानमन्त्रीले औपचारिक पत्रकार सम्मेलनमा बोलेको विषयमा परराष्ट्र मन्त्रालय पनि नैतिक र संस्थागत दुबै हिसाबले जवाफदेही हुन्छ । यो अवस्थामा माओवादी नेता महरा पनि यसमा जिम्मेवार नहुने कुरै भएन । तर, देउवाका अगाडि महरा निरीह एवं फड्के किनाराका साक्षीजस्तै देखिएका छन् । यो गठबन्धन सरकार हो कि एकमना ? कांग्रेस नेतृत्वको सरकारले परराष्ट्र मामिलामा सत्तापक्ष र विपक्षको सहमतिविनै जथाभावी अभिव्यक्ति दिँदै जाने हो भने यसबाट स्वाभाविक रुपमा प्रश्न उठ्छ कि यो सरकारले गठबन्धन संस्कृति अनुसार चलिरहेको छ या एकमना सरकारका रुपमा अघि बढिरहेको छ ? यसबाट अर्को प्रश्न पनि उब्जन्छ, सत्ता गठबन्धनका पार्टनर प्रचण्ड आखिर शेरबहादुर देउवाका सहयात्री हुन् या फड्के किनाराका साक्षीमात्रै हुन् ? कांग्रेसले जवाफ दिने कि माओवादीले ? भारत भ्रमणका बेला मोदी प्रशासनले परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई उपेक्षा गरेको चर्चा चल्यो । भ्रमणको दोस्रो दिन देउवा र मोदीवीच करिब आधा घण्टा ‘वान टु वान’ वार्ता हुने भनिएको थियो । तर, उक्त वार्तामा दुबै देशका परराष्ट्र मन्त्री र राजदूतहरुलाई पनि राखिनुपर्ने परराष्ट्र मन्त्री महराको जोड थियो भन्ने समाचार बाहिर आयो । अन्ततः मन्त्री महराको यही मागलाई ‘क्रस’ गर्न मोदीले देउवालाई बुधबार नै ‘चिया पिउन’ बोलाएको बुझाइ नेपाली भ्रमण दलका सदस्यहरुको छ । तर, परराष्ट्र मन्त्री महरा यो कुरा स्वीकार गर्दैनन् । उनका अनुसार बुधबार सल्लाह अनुसार नै देउवा मोदीलाई भेट्न गएका हुन् । भ्रमण दलका एकजना भित्रियाले दिएको जानकारी अनुसार बुधबार मोदीलाई भेट्न जानुपूर्व प्रधानमन्त्री र उपप्रधानमन्त्रीवीच आपसी कुराकानी भएको थियो । तथापि महरालाई ‘बाइपास’ गर्न बुधबार मोदीले देउवालाई भेटेको भन्ने आशंकालाई नै बढावा दिने गरी विहीबार हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्री, विदेशमन्त्री र राजदूतसमेत बसेर सामुहिक मिटिङ भयो । त्यहाँ के-के कुरा भएको थियो भन्नेबारेमा माओवादी नेता महरा पनि पूर्णरुपमा जानकार छन् । यही पृष्ठभूमिमा प्रधानमन्त्री देउवाले संविधान संशोधनका विषयमा संयुक्त पत्रकार सम्मेलनमा बोलेको विषय प्रधानमन्त्रीको व्यक्तिगत विषय हो या संयुक्त सरकारका उपप्रधानमन्त्रीको पनि यसमा सहभागिता र संलग्नता छ ? यो प्रश्नको जवाफ या त कांग्रेसले दिनुपर्ने हुन्छ, या त माओवादीले । अन्यथा, माओवादीकै नेतासमेत रहेका परराष्ट्रमन्त्री महराले देउवाको अभिव्यक्तिको बचाउ, गर्दै जाने अनि प्रचण्ड र नारायणकाजीले चाहिँ केपी ओलीकै भाषामा देउवाको आलोचना गर्ने हो भने यसले माओवादीमाथि समेत प्रश्न उठ्नु स्वाभाविक हुन्छ । अनलाइनखबरबाट

गृहमन्त्रीको पहलमा चिकित्सकको विशेष टोली रुकुम पुग्यो

काठमाडौं, भदौं २ । रुकुममा फैलिएको अज्ञात रोगको उपचारका लागि गृहमन्त्रीको पहलमा चिकित्सहरुको विशेष टोली त्यसतर्फ प्रस्थान गरको छ । जिल्लामा केही दिन यता फैलिएको अज्ञात रोगका प्रकोपबाट २०० भन्दा बढी बिरामी भएको जानकारी पाए लगत्तै गृहमन्त्रीको विशेष पहलमा काठमाडौंबाट उपचारको लागि गृह मन्त्रीका स्वकिय सचिव गोपाल शर्मा ‘अनल’ सहित चिकित्सकको विशेष टोली अहिले हेलिकप्टर मार्फत रुकुमको स्यालाखदी, आठबिसकोट तर्फ उठेको छ।