चिट चोर्न केटीहरु माहिर, यसरी चोर्छन् केटीहरुले चिट
परीक्षामा बढी अंक हासिल गर्न अर्थात् अनुत्तीर्ण हुनबाट बच्न परीक्षार्थीहरु चिट चोर्ने गरेको पाइन्छ । यो विश्वभर नै प्रख्यात छ । चिट चोर्ने घट्नुको सट्टा अझ बढी नयाँ नयाँ तरिकाबाट चिट चोरेको पाइन्छ ।
हालै रुसमा केही विद्यार्थीहरुले चिट क्रममा विश्वकै सबैभन्दा ठूलो चिट समातिएको छ । अझ चिट चोर्ने सवालमा छात्राभन्दा पनि छात्रहरु बढी अग्रसर हुने गरेको पाइएको छ । कारण संवेदनशील अंगमा चिट लुकाउनु ।
छात्राहरु आफ्नो बक्षस्थलमा, परीक्षामा गार्ड बसेकोले थाहा नपाउने गरी कोहीले नङमा समेत लेखेर ल्याएको पाइयो । त्यस्तै केहीले तिघ्रामा आफूलाई आवश्यक शैक्षिक सामाग्री लेखेर ल्याएको पनि भेटियो ।
केहीले पानीको बोतलमा लेखेर ल्याएको पनि भेटियो । चिट चोर्ने मामिलामा केटीहरु अगाडी हुने गरेको सर्वेक्षणले पनि देखाइसकेको छ । रुसमा त संसारकै सबैभन्दा ठूलो चिट भेटिएको थियो ।
मंगलबार पनि सुनचाँदीको मूल्य जस्तातस्तै
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य जस्तातस्तै रहेको छ । सोमबार बजारमा सुनको मूल्य ५७ हजार ९ सय र चाँदीको ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार पनि सुनचाँदीको मूल्यमा कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
भारत जानु अघि प्रधानमन्त्री अाेलीले राष्ट्रपतिलार्इ भेटे
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन् । आफ्नो भारतभ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउन हिजाे साँझ शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन भ्रमण फलदायी हुने बताइन् । राष्ट्रपतिले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुईदेशबीचको सदियौँदेखिको सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीको सहभागिता थियो । प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको राजकीय भ्रमणमा जाँदै छन् ।
पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन
पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् । उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो । उनको स्वास्थ्य स्थितिप्रति गम्भिर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।
स्वदेशमै रोजगारी सिर्जना गर्न ‘पेवेलियन’ सञ्चालन
चितवन । स्वदेशमा रोजगारी सिर्जना गर्न विदेशमा बस्ने नेपालीद्वारा स्थापना गरिएको युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले रु एक करोड ५० लाखको लगानीमा चितवनमा नयाँ परियोजना ‘ग्रेट वान पेभेलियन’ (उत्कृष्ट एक भण्डार) सञ्चालन गरेको छ । युवालाई स्वदेशमै रोजगार गराउने लक्ष्यसहित हरेक मानिसलाई चाहिने कपडाहरू एकैठाउँमा उपलब्ध गराउन चितवनको नारायणगढस्थित ‘मिलन मार्केटमा’ सम्पूर्ण कपडाको भण्डारको रुपमा ‘ग्रेट वान पेवेलियन’ सञ्चालन गरिएको कम्पनीका प्रबन्धक ईश्वरराज अधिकारीले जानकारी दिनुभयो । विदेशमा बस्ने र वैदेशिक रोजगार छाडेर आएकालाई सहभागी गराई कम्पनीले दोस्रो परियोजना एक कपडाको भण्डारका रुपमा ग्रेट वान पेभेलियन सञ्चालन गरेको हो । यसअघि कम्पनीले पहिलो परियोजना स्वदेशी उत्पादन ‘पल्पी’ जुसमा लगानी गरिसकेको छ । कम्पनीले अस्पताल, रिसोर्टलगायत विभिन्न अन्य परियोजनासमेत चलाउने लक्ष्य राखेको छ । ‘प्रवासीको आम्दानी, स्वदेशमा लगानी, प्रवासीको साथ परिवारको हात’ भन्ने मूल नाराका साथ स्थापित युथ भिजनले नेपालमै रोजगारी सिर्जना गर्न र विदेशिएकालाई स्वदेशमा फर्काउन यस्तो परियोजना थालेको हो । एक परिवार एक लगानी, आफ्नै लगानी आफैँलाई आम्दानी,’ भन्ने नारासहित पेभेलियन सञ्चालन गरिएको कम्पनीका अध्यक्ष प्रकाश अर्याल बताउनुहुन्छ । पेभेलियनमा महिला, पुरुष र बच्चाका लागि चाहिने सम्पूर्ण कपडा एकै ठाउँमा पाइने छन् । यस्तै शटिङ–सुटिङका कपडा तथा साडी, कुर्तासुरुवाल समेत यहाँ छन् । कम्पनीले प्रवासमा रहेकालाई पहिलो प्राथमिकता दिई अन्य संघसंस्था तथा प्रतिनिधिलाई समेत समेटेर परियोजना चलाएको हो । १५० जनाको सामूहिक लगानी भएको उक्त कपडाको भण्डारमा लगानीकर्ताको परिवारलाई विशेष प्राथमिकता र सुविधा दिइने जनाइएको छ । रासस
अाज फेरि बढ्यो सुनको मूल्य !
काठमाडौं । अाइतबार नेपाली बजारमा सुनको मूल्य दुर्इ सय रुपैयाँले बढेको छ । शनिबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने अाइतबार सुनको मूल्य बढेर ५८ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । साताको लगातार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमै कारोबार भइरहेको छ ।
राजधानीमै छ्याप्छ्याप्ती नक्कली नोट
कैलाली । कैलालीको धनगढीमा फेरि नक्कली नेपाली रुपैया“को कारोबार गर्ने गिरोह सक्रिय भएको आशंका गरिएको छ । केही दिनयता लगातार नक्कली रुपैयाँ फेला पर्न थालेपछि फेरि गिरो सक्रिय भएको आशंका गरिएको हो । व्यापारीले अहिले फाटुफुट रुपमा जाली नोट फेला परिरहेका बताएका छन् । उनीहरुका अनुसार सबैभन्दा बढि एक हजार र पॉच सय नेपाली नक्कली रुपैयॉ भेटिरहेका हुन्् । तर, प्रहरीमा भने एउटा पनि उजुरी परेको छ । जसले गर्दा जाली नोट बिक्री गर्ने गिरोह ढुक्ककासाथ सक्रिय भएको स्थानीय र व्यवसायीले गुनासो गरेका छन् । प्रहरीको निगरानी कम पुग्दा प्रदेश सातको अस्थायी राजधानी धनगढीमा फेरि जाली नोट कारोबार गर्ने गिरोह सक्रिय भएको हो । बिहिबार सॉझ मात्रै धनगढी एलएन चोक स्थित एक मोबाइल ग्यालरीका संचालक मेघराज जोशीलाई ग्राहकले जाली नोट दिएर झुक्याएका छन् । साँझ अबेर सामान बिक्री गरेर पॉच सय रुपैयॉ सुरक्षित राखेका उनले विहान राम्रोसंग हेर्दा नक्कली नोट भएको थाह पाए । नोट झट्ट हेर्दा सक्कली जस्तो नै देखिन्छ । राम्रोसंग हेर्दा भने नक्कली नोट नै देखिने गरेको व्यवसायी कमल बलमे बताए । यस्तै, केही दिन अघि धनगढीका स्थानीय फणीन्द्र साउ‘द पैसा जम्मा गर्न बैक पुगे । जम्मा गर्ने बेला बैंकका क्यासरले थाह पाएपछि उनले खप्की खाए । खप्पी खाएपछि उनी अचम्मीत भए । बल्ल थाह पाए जम्मा गर्न लागेको पच्चीस हजारको गड्डीमा एक हजार नेपाली रुपैयॉ नक्कली रैछ । यीत प्रतिनिधिमूलक घटना मात्रै हुन् । यस्ता घटना धनगढीमा अहिले दिनहु‘ सुनिने गरेका छन् । तर प्रहरीसम्म भने जाली नोट कारोबार भइरहेको भनेर एउटा पनि उजुरि परेको छैन । गत र चालू आर्थिक वर्षको हालसम्म जाली नोट कारोबार भइरहेको एउटा पनि उजुरी नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सागर बोहराले बताए । यो भन्दा पहिले फेला पर्ने गरेका नक्कली नेपाली रुपैया“ रंगीन फोटोकपी गर्ने गरिएकाले फुस्रो र कमसल हु‘दा सहजै चिन्ने गरिन्थ्यो । तर, केही दिनयता बजारमा देखा परेका १ हजार र ५ सयको नोट उच्चस्तरीय प्रेसमा छापिएकाले सक्कली बराबरकै गुणस्तरको देखिने गरेको व्यवसायीको भनाई छ । मुलुकी ऐन अनुसार जाली नोटका कसुरदारमाथि विगोबमोजिम जरिवाना र १० वर्ष कैद हुने ब्यवस्था छ ।
गणतन्त्रमा तान्त्रिकलार्इ छुट ! किन राेकिएन बलात्कार र बोक्सी आरोपमा कुटार्इ
संझना पौडेल/ हे सरकार, अनि मानव अधिकारवादी संस्था हो ! यदि सक्छौं बोक्सिको आरोपमा एक किशोरीलाई जसरी लातै-लातले कोखामा र पेटमा हिर्काएको छ, त्यो भन्दा निर्मम सजाय तिनिहरुलाई दिलाउ, अब नेपालमा धरौटिमा र मिलेमतोमा छुटने परिपार्टि अन्त्य गर सरकार, अनि यस्ता पापीहरुको लागि जन्मकैदको फैसला सुना । नत्र हजारौं आमा दिदी बहिनिहरुले धिक्कार्ने छन् तिमिहरुलाई ! दुःखी एक गरीब परिवारकै युवति माथि यस्तो अन्याय र अत्याचार हुदाँ समेत स्मार्ट फोनबाट भिडियो खिच्नेहरुले के हेरेर बसेको होलान् ? अनि एनजिओ र आइएनजीओहरुले समाजमा परिवर्तन गर्ने भन्दै चर्का नारा दिनेहरु कहाँ गए ? भिडियो हेर्दा हरेक मानवको आँखाबाट आशु दर्कन्छ । त्यहाँ हेरेर बस्नेले के हेरे होलान् ? त्यो बिजोक हेरेर बस्नुको साट्टो घरमा गएको भएपनि हुन्थ्यो । पीडितको मनोवल उच्च राख्न राज्य तयार हुनुपर्दछ । हैन, यसलाई कडाई नगरी अब आउँने दिनमा यस्तै घटना दोहोरी रहने हो भने घर–घरबाट आक्रोशको ज्वाला निस्कने छ । त्यो ज्वालाले क-कसलाई भष्म गर्नेछ पत्तो छैन । मानिस सर्वाधिकार होइन, किनभने उ भन्दा माथी कानुन छ । कानुन सवैले पालना गर्नु पर्दछ । कोही कसैले कानुनलाई हातमा लिन खोज्यो भने त्यो अपराध हो । देशमा जसले जे गल्ति गर्दछ, त्यसले सोही अनुसारको सजाय भोग्नु पर्दछ । अब पनि अपराधीलाई राज्यले कानूनी कठघरामा उभ्याउन कडाईका साथ तत्परा नदेखाउने हो भने राज्यनै अपराधीको नियन्त्रणमा पुगेको ठानिनेछ । संझना पौडेल बोक्सिको आरोपमा निर्घात कुटपिट गर्ने जस्तो जघन्य अपराधका दोषीलाई किन सजायको अन्तिम बिन्दुसम्मै पुर्र्याउन सकिंदैन भन्ने प्रश्न उठेको छ । नारी सृष्टिकर्ता हुनु । तर त्यही नारीमाथि किन यस्तो अमानविय ब्यवहार गरिन्छ ? हजारौंको बलिदान र लाखौंको जीवन अङ्गभङ्ग गरी देशमा प्रजातन्त्र, लोकतन्त्र आयो । हुदाँहुदाँ जनताले चुनेका जनप्रतिनिधिको हातले लेखेको विश्वको सर्वोकृष्ट संघीय लोकतान्त्रिक गणतन्त्र संविधान आयो । के यो संविधानमा नारीको जीवनमा पुरुषले मोजमस्ती गर्न पाउने मौलिक अधिकारको प्रत्यभूति गरेको छ र ? देशमा शासन फेरिए, शासक फेरिएका छैनन् । त्यसैले एक्काईसौं शताब्दीमा आएर पनि नारीहरु पुरुषको दास बन्नु परेको छ । जसको एउटा ज्वलन्त उदाहरण हो, कैलालिको घटना । गरेको छैन भने, यो संविधानमा नारीको रगतमा होली खेल्नेलाई किन आजीवन जेल सजाए हुनेछ, भनेर लेखिएन । देशमा शासन फेरिए, शासक फेरिएका छैनन् । त्यसैले एक्काईसौं शताब्दीमा आएर पनि नारीहरु पुरुषको दास बन्नु परेको छ । जसको एउटा ज्वलन्त उदाहरण हो, कैलालिको घटना । एउटा अध्याँरो कुनामा बसोवास गरेको एक अनपढ पुरुषले यस्तो काम गरे पनि सहजै स्वीकार गर्न सकिन्थ्यो । तर त्यो पनि रहेन । नागरिकहरुको जीउधनको रक्षा गरी शान्ति सुरक्षाको प्रत्याभूति दिने । अपराधीलाई कानुनको भागेदारी बनाई सभ्य समाज निर्माणगरी राष्ट्र, राष्ट्रियता कायम राख्ने निकायका भनौदाहरुले समेत मिलोमतो गरेको भनेको सुन्दा पनि अब निमुखा र अशक्तले बाँच्न नपाउने होकि भन्ने डर भो । यो समाचारले सबैलाई आश्चर्य चकित बनाएको छ । यो एउटा घटना प्रतिनिधिमुलक घटना मात्र हो । हाम्रो समाजमा यस्ता घटनाहरु अनगिन्ती छन् । जो मनभरी गुम्सिएर रहेका छन् । ती सवै घटनाहरु एकदिन अवश्य बाहिर आउने छन् । कुरा यतिमात्र हो । हामीले समयलाई पर्खनु पर्दछ । तत्कालै बाहिर आएका घटनाले एउटा नारीले गरिवको कोखमा जन्मलिनु नै दोष हो र ? मानिस सचेत र सामाजिक प्राणी हो । पशुजस्तो गरी किन मोलमोलाई गरिन्छ ? यता–यस्तै अनेक घटना घटिरहेका छन् र घटिरहन्छन् हाम्रो समाजमा । अब यो रोकिनुपर्छ । देशमा परिवर्तन आएको छ । देशमा जनताले बनाएको संविधान छ । बोक्सिको आरोपमा निर्घात कुटपिट गर्ने जस्तो जघन्य अपराधका दोषीलाई किन सजायको अन्तिम बिन्दुसम्मै पुर्र्याउन सकिंदैन भन्ने प्रश्न उठेको छ । नारी सृष्टिकर्ता हुनु । तर त्यही नारीमाथि किन यस्तो अमानविय ब्यवहार गरिन्छ ? हिंसा गर्नेहरुलाई कानून अनुसार कारबाही गरी पीडितहरुको घाउँमा मलहमपट्टी लगाई उनीहरुलाई राज्यले दीर्घकालीन आधारभूत आवश्यताको ब्यवस्था गर्नुपर्दछ । पीडितको मनोवल उच्च राख्न राज्य तयार हुनुपर्दछ । हैन, यसलाई कडाई नगरी अब आउँने दिनमा यस्तै घटना दोहोरी रहने हो भने घर–घरबाट आक्रोशको ज्वाला निस्कने छ । त्यो ज्वालाले क-कसलाई भष्म गर्नेछ पत्तो छैन । त्यो ज्वाला मुलुकको वास्तविक क्रान्ति हुनेछ ।कमजोर कानुन र राजनीतिक आड भरोसामा अपराधबाट उन्मुक्ति पाइने गलत राजनीतिक परिपाटीले नै अपराध बढिरहेको छ । यसको अन्त्यका लागि उपयुक्त कानुन र त्यसको कडा कार्यान्वयन अपरिहार्य छ । आज हाम्रो देश कहाँ जादैछ ? यसको प्रमुख दोेषी को त सरकार ? कानुनी व्यबस्था वा समाज ? हाम्रो समाजले जघन्य अपराधमा संलग्न अपराधीहरुलाई किन सामाजिक बहिस्कार गर्न सकिरहेको छैन ? सरकार यति सच्चा कानुन बनाउनुछ भने अब बोक्सिको आरोपमा कुटपिट गर्ने बलत्कार गर्ने र हत्या गर्ने यी ३ वटा अपराधमा कोही अर्बौं डलर तिरेपनि नछुटने बनाउनु पर्छ । यस्तालाई निर्मम यातनाको बदला यातना दिई आजीवन कारावासको सजाय सुनाउ अनि मात्रै पीडितको घाउमा मलम लागेको आभाष हुनेछ । 84 पटक पढिएको
सीमा रक्षार्थ शहादत प्राप्त गोविन्द गौतमको एक वर्ष
समयको विविध रुपहरु भित्तामा टाङ्गिएका क्यालेण्डर झैं एकपछि अर्काे गर्दै फेरिदैं गएको छ । देशले अनेकन अप्रत्याशित सङ्कटको सामना गर्दै लर्खरिदैं क्यालेण्डरका पन्नाहरुसँग आफुलाई परिवर्तन गर्दै गएको छ । कयौं भयावह र संकटपूर्ण मोडबाट गुज्रिएर आफुलाई तङ्ग्रिनुको दिलासा दिंदै अहिले राज्य शक्ति बाँडफाडमा निक्कै ब्यस्त देखिएको छ । रञ्जित लामा प्रदेश नामकरण र स्थायी राजधानीका निम्ति बडो रस्साकस्सी चलिरहेको छ । मेरो राज्य, तेरो राज्य, जातीय र क्षेत्रीय प्रतिनिधित्वको लागि यतिखेर कानै फुट्ने गरी हल्ली र खल्ली मच्चिएको छ । कत्तै यो हल्ली र खल्लीले कुनै महत्वपूर्ण मुद्दालाई ओझेलमा त पारिरहेको छैन ? घर भित्रकै लडाईंलाई उच्च प्राथमिकता दिंदा बाह्य शक्तिसँग पराजित त भइरहेका छैनौं ? एकपटक थामिएर सोच्नु पर्ने बेला हो यो । गत फाल्गुन २६ गते आजकै दिन निर्दाेष नेपालीको छातीमा ताकेरै भारतीय एसएसबीले गोली हानी हत्या गरेको थियो । नेपाल र नेपालीको स्वाधिनता र स्वाभिमान उच्च राख्न शहीद गोविन्द गौतम सीमामा ढलेको थियो । आपसी अटसमटस र छिमेकीको दादागिरीलाई छातीमा दम्पच राखेर मुर्मुरिदै बसेको पनि आज ठ्याक्कै एक वर्ष भइसकेको छ । हत्या गर्ने हत्यारालाई के भयो ? राज्यले कानूनी उपचार गरेकी गरेनन् ? आज भन्दा भन्दै भोलि भन्दा भन्दै यो घटना एका देशको कथा झैं बिलीन त हुने हैन ? यस्तै–यस्तै प्रश्नहरुले हरेक देशभक्त स्वाभिमानी नेपालीहरुको मन चिथोरिरहेको छ । सीमा रक्षार्थ एसएसबीको गोलीबाट ढलेका सहिद गोविन्द गौतम र घाइते टिकाराम चापागाईंको दुरावस्थाबाट देशभक्त स्वाभिमानी नोपलीको मन अझसम्म पनि टाढा भाग्न सकेको छैन । जति–जति भारतीय बिस्तारवाद र ज्यादतीले उब्जाएका क्रन्दन र चित्कार गुञ्जयमान हुदैछ, उति–उति प्रतिशोध र हिंसाले स्थान लिदै छ । त्यो फाल्गुन २६ गते बिहीबारको कालो बिहानीमा भारतले नेपालको आन्तरिक मामिलामा गरेको नाङ्घो हस्तक्षेपले सिङ्गो नेपाल तथा नेपालको सीमावर्ती क्षेत्रमा बसोबास गरिरहेका जनजीवनलाई छिन्नभिन्न बनाएको थियो । त्यो फाल्गुन २६ गते बिहीबारको कालो बिहानीमा भारतले नेपालको आन्तरिक मामिलामा गरेको नाङ्घो हस्तक्षेपले सिङ्गो नेपाल तथा नेपालको सीमावर्ती क्षेत्रमा बसोबास गरिरहेका जनजीवनलाई छिन्नभिन्न बनाएको थियो । अन्तर्राष्ट्रिय सन्धी मिच्यो भनी जनता त्राहिमाम भन्दै सरकारको दैलोमा आइपुग्दा पनि सरकारको मौनब्रत अझै वैधानिक रुपमा तोडिएको छैन । छिमेकीको दम्भपूर्ण हुङ्कारलाई अन्तर्राष्ट्रिय मञ्चमा राख्ने सुनौलो मौकालाई किन क्यास गर्दैनन् सरकार ? जब कि संयुक्त राष्ट्रसंघको बडापत्र (१९४५) को आधारभूत सिद्धान्त अन्तर्गत “अन्तर्राष्ट्रिय सम्बन्धहरूको सन्दर्भमा कुनै पनि सदस्य राष्ट्रले अरू राष्ट्रको प्रदेश तथा राजनैतिक स्वतन्त्रताको विरूद्ध शक्तिको प्रयोग वा धम्की दिने छैन” भनी उल्लेख गरेको कुरा जग जाहेर नै छ । यद्यपि सरकार अहिलेसम्म यस विषयमा किन मौनता साँधेर बसिरहेका छन् त ? सुस्ता, कालापानी, पशुपतिनगर र लिपुलेकदेखि प्यारातालसम्मको अतिक्रमण र सीमा क्षेत्रमा भएको ज्यादती र निर्मम हत्याका घटनाहरू अन्य ठूला देशहरुबीच भएका भए अहिलेसम्म युद्ध नै भइसक्थ्यो । वास्तवमै भन्नु पर्दा भारतले त युद्धको शंखनाद एकतर्फिरुपमा गरि नै सकेको छ । फेरि सरकार वैधानिक युद्ध लड्न पनि किन खुट्टा कमाइरहेका छन् त ? भारत अर्थात् हाम्रो सबैभन्दा निकटको छिमेकी । विविध तथा विशेष सम्बन्धले निक्कै नजिक रहेको छिमेकी । निर्वाध रुपमा खुल्ला सिमानामार्फत व्यापारिक तथा अन्य प्रयोजनले पनि निकट मानिएको छिमेकी मुलुक भारत । रोटी र बेटीदेखि लिएर हाम्रो भाषा, धर्म र संस्कृतिको हिसाबले पनि नजिकिएको भारतले के वास्तबमै नेपालप्रति छिमेकीकै धर्म निभाएको छ त ? नेपालले भारतको चित्त दुःख्ने गरी अर्थात् उसको पूर्वसहमति र समझदारीबिना वा उसलाई पूर्वसूचना नदिई नेपालमा कुनै पनि गतिविधि र राजनैतिक परिवर्तनका कामहरू गर्नै नहुने छिमेकीको यस्तो रबैयालाई असल छिमेकीको संज्ञा दिन सकिन्छ त ? मित्र राष्ट्र भनी भनी हामीमाथि शत्रुता साँधिरहेको कुरा हामीमाझ घाम झै छर्लङ्ग छ । त्यसैले अधिकांश नेपालीहरुमा भारत बिरोधी भावना र स्वाभिमानको भूत समय–समयमा सवार हुुँदै आएको छ । सहिद गोविन्द गौतमको हत्यापछि सामाजिक सञ्जाल फेसबुक, ट्वीटरका भित्ताभरी स्वाभिमानी अभिव्यक्तिहरु लेपासिएका थिए । चोक, गल्ली, चिया र चमेनागृह लगायत जम्काभेटमा समेत स्वाभिमानका प्रसङ्गहरु उठ्न थालेका थिए । सीमा बचाउ समिति, सीमा संघर्ष समिति, सीमा संघर्ष समन्वय समितिको गठन भएको थियो । चोक, गल्ली, चिया र चमेनागृह लगायत जम्काभेटमा समेत स्वाभिमानका प्रसङ्गहरु उठ्न थालेका थिए । सीमा बचाउ समिति, सीमा संघर्ष समिति, सीमा संघर्ष समन्वय समितिको गठन भएको थियो । यस्तो लाग्थ्यो हाम्रो चेत फिरिरहेको थियो । बरु केही महंगै तिर्छाैं, दुःख कष्ट सहन्छौं तर दक्षिणी ठूलेको हेपाहा रबैयालाई नसहने राष्ट्रप्रेमी भावनाहरुले जताततै स्थान पाएका थिए । तर घटनाको तीन महिना नबित्दै आफ्नो स्वाभिमानलाई खल्तीमा राखेर दक्षिणतिर तैनाथ लामबद्ध भीडले सहिद गोविन्द गौतमको त्यागलाई दैनिक उपभोग्य सामानहरुसँग भजाइरहेको थियो । आखिर स्वाभिमानको खेती कत्तिसम्म टिकोस् त । भावनामा बहकिएर वास्तविकताको कठोर चट्टानमा बजारिएपछिको हविगत के हुन्छ ? यो कुरा तमाम नेपालीलाई भलिभाती थाहा भएकै कुरा हो । यस्ता स्वाभिमानी तथा राष्ट्रिय भावनालाई संस्थागत गर्न सर्वप्रथम सरकारको सोंचमा परिवर्तन हुनु नितान्त जरुरी छ । तर, जब सत्तासिनहरु सबै पालैपालो सत्तामा पुगे, तब उनीहरूले सबै कुरा बिर्से । पहिलो राजकीय भ्रमण दिल्लीमा गरे । रातो कार्पेटमा उत्रेर दिल्ली दरबारका बैभवता र अजङ्गतामा आफुलाई बिस्कुन सरी सुकाए तब छिमेकीले गरेको बिगतको ज्यादती र बिस्तारवादलाई भुसुक्कै भुले । “गलतलाई गलत भनि संयुक्त राष्ट्र संघमा उजुरी हाल्न नसक्ने भीरु सरकारले जनता जनार्दनको नारालाई के साँच्चै बुलन्द गर्ला त ?” आम जनताका मनमथिङ्गलमा यही प्रश्न उब्जिएदै आएको छ । जसले नेपाल रणनीति र कुटनीतिक लविङमा विश्व सामू निम्छरो भएको प्रष्ट हुन्छ । दक्षिणी ठूलेको सधैँ अनावश्यक हस्तक्षेपकारी भूमिका नेपालीलाई पटक्कै सह्य छैन तर छिमेकीको बिकल्पको रुपमा सरकारको कदमी अहिलेसम्म हास्यास्पद र आपत्तिजनक नै रह्यो । संसारमा कहिल्यै दास नबनेको मुलुकलाई आजको विश्वग्रामको समयमा भारतले गुलाम बनाउन खोज्नुको प्रमुख आधार नै सरकारको लाचारीपन हो । निरन्तर दक्षिणीपरस्त झुकाव र सुझावकै आकांक्षी बनिरहेको बिगतका सरकार झैं यो सरकारको चर्तिकलामा पनि विश्वको आँखा अडेको छ । निकै तार्किक र आफ्ना बिरोधीहरुलाई ब्यङ्ग गर्न खप्पिस ओली निर्भीक नेता मानिन्छ । ओली सरकारले यतिखेर ढुङ्गाको काप फोरेर उम्रेको पीपल जस्तै प्रतापीको रुपमा आफुलाई इतिहासमा स्थापित गर्ने; र जनता जनार्दनको नारालाई बुलन्द गर्ने अवसरलाई गुमाउँनु हुँदैन । सत्ता आरोहण भन्दा अगाडि ओलीले राष्ट्रिय स्वाभिमानलाई निकै मीठा शब्दावलीमा जनतासामू राखे पनि अब त्यस्को परीक्षण समय शुरु भइसकेको छ । हेरौं “जुन जोगी आएपनि कानै चिरिएको” भन्ने उखानलाई ओली सरकारे गलत साबित गर्लान कि नगर्लान् । विश्व मानचित्रमा नेपाल कनिष्ठ छ, रणनीति र कुटनीतिको हिसाबले पनि विश्वसामू खासै महत्ता नराख्ला, तापनि नेपाल एउटा सार्बभौमसत्ता सम्पन्न मूलूक हो । यसका आन्तरिक मामिलामाथि कसैको अनावश्यकारी हस्तक्षेप गैरकानूनी हुने कुरामा दुईमत छैन । कुटनीतिक नियोग मार्फत भारतको अर्घेलो व्यवहारलाई अन्तर्राष्ट्रियकरण गर्न सके नाकठाडे मिजासलाई केही सबक अवश्य मिल्ने थियो । आफ्नो निष्ठा र देशको स्वाभिमान बन्धकी राखेर झुक्न वा सम्झौता गर्न नहुने हरेक देशभक्त स्वाभिमानी नेपालीको चाहनालाई सरकारले किन हो गम्भीरतापूर्बक लिइराखेको छैन ? तर यसप्रति सरकारको किन हो चाँसै बढेन । सरकारलाई आम जनताले गरेको यो अभूतपूर्व साथ र समर्थनको ओजलाई सरकारले हलुको रुपमा बुझ्नु आत्मघाती बमविष्फोट हुनु समान हो । आफ्नो निष्ठा र देशको स्वाभिमान बन्धकी राखेर झुक्न वा सम्झौता गर्न नहुने हरेक देशभक्त स्वाभिमानी नेपालीको चाहनालाई सरकारले किन हो गम्भीरतापूर्बक लिइराखेको छैन ? भारतविरोधी देखिने वा भनिने यी नाराहरूका आडमा राजनैतिक पार्टीहरूको स्थापना, विस्तार र विकास भएको देखिन्छ । अग्नी रुपी स्वाभिमानका लप्काहरुले हामी सबैलाई पोलेकै हो । भारतसँगको नेपालको सम्बन्धको प्रारुप र प्रकृतिको अन्तिम लडाई हामीले पनि लडेकै हौं । हामी त बाँच्यौं, गोविन्द गौतम सहिद भए । टिकाराम चापागाई मर्नु र बाँच्नुको दोसाँधमा अडिएको छ भने अन्य थुप्रै घाइते भए । तर छिमेकीले गरेको दादागिरी बिरुद्धको कानूनी उपचार के त ? गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीको ल्याबबाट गरिएको परीक्षणमा गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि भएको छ । गृह मन्त्रालयको श्रोतका अनुसार गौतमलाई लागेको गोली नेपालका कुनै पनि सुरक्षा निकायमा लाग्ने हातहतियारमा प्रयोग नहुने भएकोले सो गोली एसएसबीले हानेको ठहरसहितको रिपोर्ट भारतीय दूताबासलाई बुझाइ सकेको छ । तर पनि ३ सय ६५ दिन बित्दा पनि अन्तर्राष्ट्रिय अदालत जाने कुरामा सरकार किन चिसिएको छ त ? जेनेभा महासन्धि (१९४९) अन्तर्गत “प्रतिशोध वा बदला लिने नाममा सर्वसाधारण नागरिकहरूको अधिकार र सुरक्षामाथि प्रतिकूल असर पर्नेगरी कुनै पनि कार्य गर्न निषेध (साझा धारा ३) तथा अन्तर्राष्ट्रिय द्वन्द्वसँग सम्बन्धित अतिरिक्त प्रलेख (१९७७) अन्तर्गत युद्धको अवस्थामा समेत सर्वसाधारण व्यक्ति तथा समुदायविरुद्ध लक्षित हुनेगरी युद्धका कुनै पनि अश्त्रहरूको प्रयोगमा निषेध गरिएको (धारा ३५) मा उल्लेख छ । विश्वको सर्वाेच्च शिखर सगरमाथा आफ्नो साथमा राखेर आफ्नो स्वाभिमानी माथ निहुराउदै छ । आफ्नो हैकमवाद लादेर छिमेकीले थुप्रैपटक कानूनी तथा कूटनीतिक सीमा नाघेको घटनाहरु हामीमाझ दूध झैं उजेलो र पानी झैं सङ्गलो छ । तर गत फाल्गुन २६ गते भारतीय एसएसबीले ताकेरै नेपाली नागरिकमाथि गोली चलाएको घटनाले जेनेभा महासन्धी भङ्ग भएको प्रष्ट हुन्छ । एक वर्ष बितिसक्दा पनि अपराधीलाई दण्ड दिने अन्तर्राष्ट्रिय प्रावधानप्रति सरकार किन घोसेमुन्टो लाइरा’छ ? विभिन्न समयमा भएको सीमा अतिक्रमण, ज्यादती र निर्मम हत्याप्रति सरकारसँग जनता सधैं कृपाकांक्षी छ । दश वर्षे माओवादी हिंसात्मक युद्ध, प्रलयकारी महाभूकम्प, मधेस तथा थरुहट÷थारुवान आन्दोलन, अघोषित नाकाबन्दी र सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट निर्दाेष नेपाली मारिएका यी तमाम घटना कारण देशले इतिहासमै सर्वाधिक सङ्कट व्यहोरिरहेको छ । सङ्कट र त्रासदीको कालो छायाँमा बीर नेपालीका सन्तान दिन बिताउन विवश छन् । विश्वको सर्वाेच्च शिखर सगरमाथा आफ्नो साथमा राखेर आफ्नो स्वाभिमानी माथ निहुराउदै छ । आफ्नो हैकमवाद लादेर छिमेकीले थुप्रैपटक कानूनी तथा कूटनीतिक सीमा नाघेको घटनाहरु हामीमाझ दूध झैं उजेलो र पानी झैं सङ्गलो छ । भारतले गाविन्द गौतमको मृत्युमा अहिलेसम्म अफसोंच मात्र ब्यक्त गरेको छ, गल्तीप्रति माफीको याचनासमेत मागेको छैन । ए सरकार ! मान्छे मारेपछि अफसोंचको कुनै औचित्य हुदैन । राष्ट्रियता र राष्ट्रवादको राग अलाप्नेहरू स्वाभिमानलाई कुनै द्रब्यदानासँग मात्रै दाँजेर पनि हुँदैन, एक वर्ष बितिसकेको छ, कूटनीतिक नियोग मार्फत नेपाल सरकारले भारतविरुद्ध अब तत्कालै न्युयोर्क, जेनेभा र हेगमा उजुरी हाल्नुपर्छ । अनि हुन्छ राष्ट्रियता, स्वाभिमान र सार्वभौमिकता । अनि हुन्छ सीमा रक्षार्थ ढलेका शहीद गोविन्द गौतमलगायत सारा ज्ञात अज्ञात शहीदलाई न्याय ।
छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै तम्सिएपछि…!
काठमाडौं, फागुन २६ । काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ । बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन् । ‘आफ्नी छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै अगाडि आएपछि हामी चकित भयौं,’ अनुसन्धानमा संलग्न सप्तरीका एक प्रहरी अधिकृतले भने । बलात्कार र हत्या गरेको आरोपमा पक्राउ गरिएका राजदेवलाई छुटाउन रमिलाले इलाका प्रहरी कार्यालय कल्याणपुर, इलाका इन्चार्ज र जिल्ला अदालतसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेकी थिइन् । मुद्दामा उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश मोहनबहादुर कार्कीले बन्दी र लिखित जवाफसहित बाटोको म्यादबाहेक ४८ घण्टाभित्र उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेका थिए । विपक्षी प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जवाफ पेस गरेपछि बसेको अदालतको इजलासले पक्राउ परेका राजदेव मण्डललाई जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा थुनुवा पुर्जी दिई राखिएको, जिल्ला अदालतबाट म्याद थप गरिएको र अनुसन्धानका लागि मण्डललाई न्यायिक हिरासतमा राखिएको देखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने अवस्था नरहेको आदेश दिएको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
महिलाको हितका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्ने
विराटनगर, फागुन २४ । एकसय आठौँ अन्तराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले महिलाहरु संवैधानिक हिसाबले नीतिनिर्माण तहमा पुगे पनि समाजमा तिनलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन नसकेकाले त्यसतर्फ महिलावादी संस्थाको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रदेशका उपसभामुख सरस्वती पोखरेलले महिलाको हकहितका लागि प्रदेश सरकारले नीत तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महिलामाथिको विभेद अन्त्य गरी उनीहरुको आर्थिक विकासका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । सो अवसरमा भानुकला केन्द्र विराटनगरका अध्यक्ष माया पौडेललाई सम्मान गरिएको थियो ।
बिहीबार बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बुधबार बजारमा सुनको मूल्य ५८ हजार रुपैयाँले कारोबार भएकोमा बिहीबार सुनको मूल्य घटेर ५७ हजार ७ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार चाँदी मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
राष्ट्रपतिमा विद्या र झलनाथको सम्भावना, सुवास आउट : लालबाबु पण्डित
काठमाडौं, फागुन २१ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आजदेखि सुरु हुने संघीय संसदको पहिलो बैठकदेखि नै आवश्यक काम थालिने बताएका छन् । यो महिनाभित्र नै संसदबाट गर्नुपर्ने सबै निर्वाचन सकिने पण्डितले बताएका छन् । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन यही महिनाभित्र गरिने उनले बताए । राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको बताउँदै उनले अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारी दोहोरिने र नयाँ व्यक्ति राष्ट्रपति बन्ने दुवै सम्भावना रहेको बताए । “सम्भावनालाई नकार्न सकिदैन । झलनाथ खनालको राष्ट्रपति बन्ने चाहनालाई आश्चर्यको रुपमा लिनुपर्दैन । उहाँको पनि सम्भावना छ ।” पण्डितले भने । भण्डारी र खनालको सम्भावना बढि रहेको भन्दै उनले सुवास नेम्वाङको सम्भावना भने कम रहेको बताए । मन्त्री पण्डितले निर्वाचनको काम सकिएपछि प्रादेशिक र संघीय कानुन निर्माण गरिने बताए । “प्रादेशिक र संघीय कानुन नबन्दा स्थानीय स्तरमा समस्या भएको छ । त्यसकारण कानुन छिटो बनाउनुपर्छ ।” पण्डितले भने । फरक प्रसङ्गमा मन्त्री पण्डितले पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन आउन लागेको जानकारी दिए ।
वाणिज्य मन्त्रालयले विभिन्न पदमा तेइस कर्मचारी माग्यो
काठमाडौं । वाणिज्य मन्त्रालयले पदपर्तिको लागि खुल्ला आवेदन माग गरेको छ । २३ जनाको लागि विभिन्न प्राविधिक र प्रशासनमा आवेदन माग गरेको हो । वाणिज्य मन्त्रालयले निम्न योग्यता भएका उम्मेदवारले आवेदन भर्न सकिने जनाएको छ । इच्छुक उम्मेदवारहरुले अनलाइन मार्फत अावेदन भर्न सकिन्छ । हेर्नुस् विज्ञापनः
राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित समारोहमा
काठमाडौं । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम् संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति छ । सो समारोह जारी छ ।
छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान
भक्तपुर । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरेको छ । जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालीम प्राप्त पशुविज्ञको टोली तथा नगरपालिकाका नौजना कर्मचारीको सहयोगमा कुकुरलाई समातेर बन्ध्याकरण गर्ने तथा रेबिजविरुद्ध खोप लगाइदिने अभियान थालेको हो । अभियानअन्तर्गत समातिएका कुकुरलाई गःपलीस्थित पशु स्वास्थ्य क्लिनिकमा लगेर बन्ध्याकरण गर्ने र खोप लगाउने कार्य भइरहेको अभियानका संयोजक एवं वडा अध्यक्ष राजकृष्ण गोराले जानकारी दिनुभयो । उहाँका अनुसार कुकुरलाई पशु चिकित्सक डा एकता पाण्डे र डा आशिष राई तथा प्राविधिक मुकेश तुल्सी बाख्यो र बुद्धिराम रेग्मीको टोलीले उपचार गर्ने र उपचारपछि समातिएकै स्थानमा छोडिने गरेको छ । यसअघि नगरप्रमुख सुनिल प्रजापतिले सो अभियानको भक्तपुर दरबारस्क्वायरमा स्थलगत अवलोकन गर्दै कुकुरले नगरको रात्रिकालीन सुरक्षाको काम गरे पनि नगरमा अत्यधिक संख्यामा देखिएका कुकुरलाई रेबिज रोगबाट मुक्त गर्न तथा कुकुरको संख्या अनपेक्षित रुपमा बढ्नबाट रोक्न नपाले बन्ध्याकरण तथा खोप अभियान सञ्चालन गरेको प्रष्ट पार्नुभयो । “यो एउटा सकारात्मक पहल हो र यसमा दक्ष पशु चिकित्सक संलग्न छन्”, उहाँले भन्नुभयो, “यो अभियान नगरका सबै वडाका टोलमा सञ्चालन हुनेछ ।” पछिल्लो समय नगरका विभिन्न स्थानमा कुकुरको टोकाइबाट नगरवासी पीडित भएको गुनासो आइरहेको सन्दर्भमा नपाले सञ्चालन गरेको यो अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । पशु स्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको कार्यक्रम संयोजक गोराले बताउनुभयो । उहाँले रेबिज रोगबारे सर्वसाधारणलाई जनचेतना दिने र खोप लगाइएका कुकुरको पहिचान गर्न सजिलो होस् भनेर चित्रसहितका पर्चा र पोस्टर ठाउँठाउँमा राख्न लागिएको जानकारी दिनुभयो । अभियानमा संलग्न डा पाण्डेले समातिएका कुकुरलाई आधुनिक सुविधासम्पन्न क्लिनिकमा बन्ध्याकरणसहित उपचार गरिने बताउनुभयो । “एउटा कुकुरलाई सामान्य शल्यक्रिया गरेर बन्ध्याकरण गर्न करिब ४५ मिनेट लाग्छ”, उहाँले भन्नुभयो, “खोप र बन्ध्याकरण गरिएका कुकुरलाई सर्वसाधारणले चिन्न सजिलो बनाउन घाँटीमा सुन्तला रङ्गको पेटी बाँध्ने तथा दाहिने कानको थोरै भाग काटिदिने गरेका छौँ ।”