राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित समारोहमा

काठमाडौं । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम् संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति छ । सो समारोह जारी छ ।

चुट्किला : तीजको लहर

श्रीमती- मैले तीजको व्रत बस्न छोडेको आठ वर्ष पुग्न थाल्यो, तपाईं त तैपनि स्वस्थ पो हुनुहुन्छ त? श्रीमान- हो नि म आफ्नो स्वास्थ्यको पूरा ख्याल राख्छु, खानपिनमा विचार गर्छु, व्यायाम गर्छु । स्वस्थ त भइहाल्छु नि ! श्रीमती- भैगो, मलाई मूर्ख नठान्नु । सब थाहा पाइसकेकी छु । भन्नुस् को हो त्यो बाइफाले आइमाई जसले तपाईंका लागि तीजमा व्रत बस्छे? श्रीमान बेहोस !

ख़तरनाक हुनसक्छ मोबाइलमा पोर्न हेर्नु, ध्यान दिनुस यी कुरामा

विभिन्न अध्ययनहरुले देखाईरहेका छन् कि इन्टरनेट पोर्न हेर्ने मानिसहरुको संख्या उच्च छ । सबैको हात हातमा सहज तरिकाले उपलब्ध हुने मोबाईल फोन हो, त्यो पनि अहिलेको समयमा स्मार्टफोन नबोक्ने त कमै होलान् । हातमा मोबाईल, अनि ईन्टरनेटको पहुँच पनि छ भने युवा युवतीलाई पोर्न फिल्म हेर्नबाट रोक्ने कसले ? हुनत त्यो तपाईको व्यक्तिगत अधिकारको कुरा हो तर पनि एन्ड्रोईड स्मार्टफोनबाट इन्टरनेट पोर्न हेर्दा सावधान भने हुनुपर्छ । – पोर्न साइटमा तपाइँको डिभाइसलाई लक गरिदिने र अनलक गर्न फिरौति माग्ने भाईरस पनि हुन्छन । यदि एक पटक मात्र पनि तपाई त्यसमा फस्नुभयो भने तपाईको डाटा ह्याकरको हातमा पुग्छ । अब ह्याकरले फिरोती लिएपछि डिभाईस अनलक गरेर डाटा गरिदिन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । – लोकप्रिय पोर्न वेबसाइटहरुले गैरकानूनी रुपमा तपाईको मोबाईलबाट पैसा काट्दछन् । जब तपाइँ स्मार्टफोनमा कुनै वेबसाईट खोल्नुहुन्छ त्यो समयमा भ्यालु एडेड सब्सक्रिप्सन गोप्य रुपमा आफै एक्टिभेट हुनसक्छ । राशिफल, ड्रिम गर्ल प्याक जस्ता सब्सक्रिप्सन आफै एक्टिभेट हुन्छन् । यस्ता सर्भिसले दिनगन्ती अथवा महिनावारी हिसाबमा तपाइँको मोबाइलको पैसा काट्दछन् । – आफ्नो मुख्य जिमेल आईडी लगईन गर्ने स्मार्टफोनबाट पोर्न हेर्दा ह्याकरहरुले तपाइँको स्मार्टफोनको सुरक्षा तथा गोपनीयतामा दरार ल्याउन सक्छन । – भाईरस डाउनलोड हुने समस्या हुन्छ । यदि तपाइँले एन्ड्रोइड मोबाइलमा पोर्न हेर्नुभयो र प्ले स्टोरबाट लोकप्रिय गेम्स डाउनलोड गर्नुभयो भने पोर्न टिकर (एपको नक्कल रुप तर सक्कल जस्तै देखिने) आँफै पपुलर गेम्सको रुपमा नक्कली पेश गरिदिन्छ । अनि स्मार्टफोनमा भाइरस डाउनलोड हुन्छ ।

भीम रावल ५ मतले पछाडि

अछाम, मंसिर २३ । पछिल्लो मत परिणाम अनुसार अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा एमाले उपाध्यक्ष भीम रावल कांग्रेस उम्मेद्वार भरत कुमार स्वार भन्दा ५ मतले पछाडि पर्नुभएको छ । ६३२८ मत गणना हुँदा स्वारले ३०७३ र रावलले ३०६८ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश सभा ‘क’ मा कांग्रेसका मेघराज खड्का एमालेका गोविन्द कुँवर भन्दा १४१ मतले अगाडि हुनुहुन्छ । खड्काले १६६१ र कुँवरले १५२० मत प्राप्त गर्नुभएको छ । कर्मचारी थाकिएपछि केही समयका लागि मतगणना स्थगित गरिएको छ । प्रदेशसभा ‘ख’ मा भने बिहान ८ बजेदेखि मात्र मतगणना सुरु हुने भएको छ ।

हरिहर आश्रममा बालाचतुर्दशी मेला हुने

पोखरा, कात्तिक २३ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको पोखरा–२० भलामस्थित हरिहर आश्रममा विगत जस्तै यस वर्ष पनि बालाचतुर्दशी मेला लाग्ने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको उत्तरी भेगमा अवस्थित सो धार्मिक क्षेत्रमा मंसिर १ गते उक्त आश्रम परिसरमा मेलासँगै सत्बिज छर्ने कार्यक्रम रहेको हरिहर सेवा समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विसं १९०६ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्टदेव हरिहर भगवान्को पूजा आराधना गर्नु र मन्दिर वरिपरिको वन गुलजार पार्नु भनी अदल तोकिएको सनदपत्रमा उल्लेख रहेको हरिहर गुफा सेवा समितिका सचिव गणेश खत्रीले बताए । उहाँका अनुसार पोखरा र आसपासका विभिन्न स्थानबाट मेलामा आउने भक्तजनको सुविधानका लागि समितिको पहलमा यातायात सुविधा, मन्दिर परिसरसम्म पुग्ने बाटो सरसफाइ, खानेपानी, स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ । हरिहर सामुदायिक वन क्षेत्रभित्र लगभग ३५ रोपनी क्षेत्रफलमा फैलिएको सो आश्रम परिसरमा हरिहर, पञ्चमुखी हनुमान, गणेश, अम्वरेश्वरलगायतका शिवालय स्थापना गरी परापूर्वकालदेखि नियमित पूजा आराधना हुँदै आएको छ । बालचतुर्दशी मेलामा प्रत्येक वर्ष १० हजारभन्दा बढी श्रद्धालु भक्तजन सद्बिज छर्न आउने गरेको र उहाँहरुले प्रदान गरेको दानबाटै ज्येष्ठ नागरिक आश्रम सञ्चालन हुँदै आएको मेला प्रचारप्रसार समितिका संयोजक रेशम खत्रीले जानकारी दिए । आश्रममा हाल ११ जना ज्येष्ठ नागरिक आश्रित रहेका छन् ।

‘बुट्टे चोली’ गीतको म्युजिक भिडियो सार्वजनिक

कार्तिक २१ । गायक रेबोन लामाको आवाजमा रहेको नयाँ गीत ‘बुट्टे चोली’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जितेन लेप्छको शब्द र संगीत रहेको छ। यसै गरि गीतमा बोबी राजको एरेन्ज रहेको छ भने भिडियोमा भिम्फेदी, सम्पदा बनिया, रेबोन लामाको अभिनय रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने दीपक मोक्षको सम्पादन रहेको भिडियोमा धर्म बज्र लामाको निर्देशन रहेको छ । तलको म्यूजिक भिडियोमा क्लिक गरी हेर्न सक्नुहुने छ–

अस्तित्व रक्षाकाे संकटमा कांग्रेस नेता सिटाैला

झापा, कात्तिक १९ । पार्टीले समानुपातिकको सूचीमा राखेकोमा असन्तुष्टी जनाउँदै प्रतिनिधिसभाका लागि झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अहिले संकटमा परेका छन । ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर–३ बाट पराजय बेहोरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला त्यसको एक दशकपछि पुनः संकटमा परेका छन् । मंसिर २१ गते हुने निर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सिटौलालाई जित हात पार्न त्यति सजिलो छैन । एमाले, माओवादी केन्द्र र राप्रपाले सिटौलाविरुद्ध मोर्चाबन्दी कसेपछि संकट चुलिएको हो । ०४८ सालदेखि झापाबाट निर्वाचित हुँदै आएका सिटौला पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उम्मेदवार पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए । यद्यपि, ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने सिटौला झापा–३ बाटै विजयी भएका थिए । तर, यसपटक स्थिति सहज छैन । दोस्रो संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन यसपटक पनि सिटौलासँगै भिड्दैछन् । लिङ्देनले यसपटक एमाले र माओेवादी केन्द्रको समेत समर्थन पाएपछि सिटौला झस्किएका हुन् । नेपाली कांग्रेसभित्र तेस्रो धारको रुपमा आफूलाई स्थापित गराउँदै लगेका सिटौलालाई पार्टीले समानुपातिकको सूचीमा राखे पनि उनले त्यसलाई अस्वीकार गर्दै प्रत्यक्ष चुनावमा होमिने निर्णय लिए । सिटौला भन्छन्, ‘जित–हारको फैसला जनताले गर्नेछन् तर, मैले जनताकै चाहनाको प्रतिनिधित्व खोजेको हुँ ।’ यसपटकको निर्वाचन सिटौलाका लागि चुनौती र अवसर दुबै एकसाथ आएको छ । किनभने उनकै कारण राप्रपासँग पार्टीको सम्बन्ध बिग्रन पुग्यो भने तिनै राप्रपाका महामन्त्री लिङ्देनसँग उनको प्रतिष्पर्धा हुँदैछ । पार्टीभित्र तेस्रो धारको प्रतिनिधित्वको विषयलाई टिकाइ राख्न सिटौलालाई यसपटक चुनाव जित्नैपर्ने बाध्यता पनि छ ।

सेक्स मेराे पहिलाे राेजार्इ

एजेन्सी । साउथ इण्डियामा चिनिएकी नायिका समान्था रुथ जति सुन्दर छिन् उनको बोल्डनेस झन् चर्को रहेछ भन्ने खुलासा भएको छ । साउथकै सुपरस्टार नागार्जुनका छोरा चैतन्यसँग निकट भविष्यमै वैवाहिक सम्बन्धमा गाँसिन लागेकी सामन्थाको एक अभिव्यक्ति यतिबेला वलिउडको आकाश नाघेर व्यापक भाइरल बन्न पुगेको छ । कसैकी दुलही बन्न लागेकै सन्दर्भको सेरोफेरोमा टप मोडलसमेत रहेकी सामन्थालाई एक मिडियाकर्मीले सवाल गरेछन– तपाईं बिहे गर्दै हुनुहुन्छ, एकदम भोकाएको बेला तपाईंलाई खाना या सेक्समध्ये एउटा चयन गर्न दिइए कुन रोज्नुहुन्छ ? यस प्रश्नको जवाफ दिन सामन्थाले एक सेकेण्ड पनि सोचिनन, भनिदिइन्– ‘जति नै भोकाएको भए पनि म सेक्स नै रोज्नेछु । सेक्सपूर्तिको लागि म जति दिन पनि भोको रहन तयार हुनेछु । ’

अलैँची उत्पादनमा चीनको चासो

काठमाडौं, कात्तिक ९ । ठूलो मात्रामा निकासी हुने उत्पादनमा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक – नेपालको अलैँचीमा लगानी गर्ने तथा आफ्नो मुलुकमा आयात गर्न चिनियाँ व्यवसायीले चासो देखाएका छन् । मंगलबार उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रसँग चाइना एग्रिकल्चरल प्रोडक्सन होलसेल कोल्डचेन लजिस्टिक कम्पनी लिमिटेडका व्यवसायीले सो विषयमा छलफल गरेका हुन् । यो कम्पनीले कृषि उपज उत्पादन गरी विश्वभर निर्यात गर्दै आएको छ । कृषि र जडीबुटीमा लगानी गरेका दुई व्यवसायी संलग्न रहेका चिनियाँ टोलीसँग कृषि उद्यम केन्द्रका पदाधिकारीले छलफल गरेका थिए । केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रदीप महर्जनका अनुसार चिनियाँ व्यवसायीले नेपालमा लगानी गर्ने उद्देश्यका साथ नेपालमा कुन कृषि उपज ठूलो परिमाणमा उत्पादन गरी निर्यात गर्न सकिन्छ भनेर जिज्ञासा राखेका थिए । ‘मैले अदुवा, अलैँची र चियाको नाम लिएँ,’ उनले भने, ‘उनीहरू (चिनियाँ)ले अदुवा र चियामा चीनले उल्लेख्य प्रगति गरेको बताए । अलैँचीमा भने चासो दिएका छन् । तर आफ्नो कम्पनीमा आवश्यक छलफल गरी निर्णय जानकारी गराउने भनेका छन् ।’ निकासीजन्य वस्तुमा सूचीकृत अलंँची मुख्य रूपमा भारततर्फ निर्यात हुने गर्छ । तर, नेपाली अलैँचीमा मिसावट भएको र गुणस्तर खस्केको आरोप भारतले लगाउँदै आएको छ । जसकारण किसानले उचित भाउ नपाउने र निर्यातमा समस्या खेप्ने गरेका छन् । नेपालको अलैँची चीनतर्फ निर्यात गर्न पाए किसानले उचित मूल्य पाउने महर्जनले बताए । चीनले नेपालको कृषि वस्तु निर्यातमा शून्य भन्सार सुविधा पनि दिएको छ । पूर्वी पहाडी जिल्लाहरू अलैँचीका लागि उर्वर मानिन्छन् । आर्थिक सर्वेक्षण ०७४ का अनुसार आर्थिक वर्ष ०७३-७४ मा १६ हजार ६ सय ४२ हेक्टर क्षेत्रफलमा १२ हजार ८ सय ४७ मेट्रिकटन अलैंँची उत्पादन भएको थियो । त्यस्तै, अलैँचीले कृषकको आयस्तर सुधार गरेको सर्वेक्षणमा उल्लेख छ । ‘समय–समयमा विभिन्न रोगको प्रकोपले अलैँचीको उत्पादनमा न्यूनता, बजारमा मूल्य अस्थिरता र स्वदेशमै गुणस्तरीय प्रशोधनको अभावजस्ता समस्यालाई सम्बोधन गर्न सकिएमा अलैँची निर्यातको राम्रो सम्भावना छ,’ सर्वेक्षणमा उल्लेख छ । छलफलमा चीनले कृषि उपज उत्पादनमा लगानीका लागि उत्साह देखाएको महर्जनले बताए । ‘कृषि उपज उत्पादनमा चिनियाँ व्यवसायीले गम्भीरतापूर्वक चासो दिएका छन्,’ उनले भने, ‘उत्पादनमा चिनियाँ लगानी भित्रिए किसानले ठूलो राहत महसुस गर्न सक्छन् ।’ केन्द्रले कृषि विकास मन्त्रालयसँग मिलेर ताप्लेजुङमा अलैँची उत्पादनका लागि विशेष कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । संयुक्त लगानीमा थोक बजार निर्माणको प्रस्ताव निर्यात सम्भावना बोकेको कृषि उपजको ठूलो मात्रामा उत्पादनसँगै आधुनिक थोक बजार निर्माणमा चिनियाँ व्यवसायीले चासो देखाएका छन् । चीनले नेपाली व्यवसायीसँगको साझेदारीमा आधुनिक कृषि थोक बजार सञ्चालनको प्रस्ताव गरेको छ । कालीमाटी र बल्खुको तरकारी बजार अवलोकन गरेका उनीहरूले सुविधासम्पन्न थोक बजार निर्माणका लागि इच्छा देखाएका हुन् । केन्द्रका सिइओ महर्जनले नेपालले जमिन दिने र चिनियाँ व्यवसायीले प्रविधि र पुँजी लगानी गर्ने विषयमा छलफल अघि बढेको जानकारी दिए । ‘यहाँ आधुनिक र किसानको सहज पहुँच हुने थोक बजारको आवश्यकता छ र चिनियाँ व्यवसायीले लगानीका लागि इच्छा देखाएका छन्,’ उनले भने, ‘राम्रो होलसेल मार्केट बन्यो भने किसानले पनि ठूलो फाइदा लिन सक्छन् ।’ होलसेलमा किसानले कोठा भाडामा लिएर कृषि उपज ल्याएर राख्ने र स्टोरेज, बिक्रीलगायतको जिम्मा व्यवस्थापनले लिने गरी काम अघि बढाउन सकिने उनले बताए । डी–फ्रिज भएको भ्यानमा तरकारी, माछालगायतका वस्तु राखेर खुद्रा पसलसम्म पुर्‍याउने गाडीको व्यवस्था गर्न सकिनेबारे चिनियाँ व्यवसायीले जानकारी गराएको उनले बताए ।

कतारमा एक नेपालीको मृत्यु

राजविराज, कात्तिक १ । वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार जानुभएको थियो । उहाँको गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ । सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा उहाँ कतार जानुभएको थियो । उहाँको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् ।

हिन्दूहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु, पहिलो दिन कागको पूजा गरिदैं

काठमाडौं, असोज ३१ ।  आजबाट यमपञ्चक सुरु भएको छ । यमपञ्चकको पहिलो दिन घरघरमा कागको पुजा गरि मनाईदै छ । कागलाई सन्देश वाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन रहेको छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ, भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाई छ । कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मीस्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । यसै दिन भैषशास्त्रका धनन्वन्तरिले अवतार लिएको कथन अनुसार धनत्रयोदशी मानेर वैद्यराजहरूले धन्वन्तरि पूजा गर्ने परम्परा छ । धनतेरस समेत भनिने आजका दिन सुनचाँदीका गहना किनेर ल्याउने प्रचलन छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णुले खुसी भइ बलिराजालाई कात्र्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्यमाग गर्न पाउने वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली भगरी झकिझकाउ पारेको कथासँग जोडिएको छ । यस्तो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बासगरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन तथा यमराज पनि खुसी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वारदान दिएको मान्यता छ । पौराणिक कथा अनुसार बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले पनि फुर्सद पाउने हुँदा आफ्नी बहिनी यमुनाकहाँ गई स्वागत सत्कार पाई पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजागरी बस्त्र, आभुषणहरु दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजु भाइ र दिदिबहिनीले आपसी स्नेह, सत्कार र पूजागरी भाईटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरुप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गरिन्छ ।

सन्दर्भ :आज विश्व शिक्षक दिवस

काठमाडौ, असोज १९ । आज विश्व शिक्षक दिवस, नेपालमा पनि मनाईंदैछ । संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संघ युनेस्कोको आह्वानमा हरेकवर्ष अक्टोवर ५ मा यो दिवस मनाइन्छ । नेपालका शिक्षकहरुले आफ्नाे हकअधिकारको पक्षमा आवाज उठाउँदै यो दिवस मनाउने गर्छन् । स्थायी बाहेकका अरु धेरै शिक्षकले अझै पनि न्यूनतम तलब पाउन नसकेको शिक्षक संघ, संगठनको भनाई छ । सार्क शिक्षक महासंघका उपाध्यक्ष बाबुराम अधिकारीका अनुसार देशभर झण्डै साढे तीन लाख शिक्षक कार्यरत छन् । तीमध्ये एकलाख ४७ हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । एउटा महान शिक्षकको आफ्ना विधार्थीहरुको जिवनमा सकारात्मक प्रभाव र गरेको सही दिशानिर्देश मापन गर्न सकिन्न, उनीहरुले प्रज्जवलन गरेका उत्सुक्ता कतै गणीतका साध्य वनेर रहन्छन् भने कतै विज्ञानका सिद्धान्तहरु भने कतै कला र साहित्यकारुपमा विधार्थीको विचार अनि जिवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट वनाइरहेको हुन्छ । हरेक वर्षको अक्टोवर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन शुरु गरिएको हो । विधालयमा पहिलो घन्टीमै हाजीरकापी लिएर रोलनंवरका आधारमा हाजीर लिने शिक्षकहरुको आवाजपछी आफ्नो रोलनंवर पश्चात यस सर मिस या म्याडम हामीसबैले भनेकै छौँ । कोही एकजना साथी या रोलनंवर गयल भएमा शिक्षकहरुले कारण खोतलेर, के भयो ? किन आएन ? भन्ने चिन्ता र आत्मियता विधार्थी प्रति देखाउनेगर्दछन र समस्यामा परेका विधार्थीहरुप्रति सदाशयताकासाथ चासो ब्यक्त गर्दछन । स्कूले जिवनका अनि विधार्थीपलका फोटाहरु छन भने नियालेर हेर्नुहोस, ति शिक्षकका अनुहारहरु र तिन्को तपाइको भविष्य प्रतिको चिन्ता संझना गर्नुहोस, संभव भएसम्म उनिहरुलाई भेटेर आफूले उनिहरुले सिकाएको शिक्षाको आधारमा गरेको प्रगतीका कथाहरु सुनाउनुहोस, उनिहरु तपाईको प्रगतीकालागी मुक्तकन्ठले खुशी भइदिन्छन । ती कापीका पानाहरु, जस्मा तपाइले गरेका गल्तीहरु उनिहरुको कलमको मसीले सच्याइएका छन्, ति परीक्षाका पानाहरु जस्मा तपाइले लेखेका उक्तरका आधारमा तपाइलाई अकं दिइएको छ । हेडसर देखि नेपाली, गणीत, विज्ञान, सामाजिक शिक्षा, जनसंख्या लगायत सम्पूर्ण विषयका विषयगत ज्ञानहरु शिक्षकहरुको सहजिकरण र निर्देशन विना कहाँ संभव थियो र ? आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरिय शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई स्थानिय एवं अन्तर्राष्ट्रिय जगतका विभिन्न क्षेत्रमा योगदान पूर्याउन मद्धत गर्ने शिक्षकहरुको सझंना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन र उक्त वालवालिकालाई जिवन जिउने सीप र ज्ञान भने शिक्षकलेनै दिन्छन । आजको दिन हामीसबैले जिवनमा केही कदम पछाडी गएर ती शिक्षकहरुलाई संझनागर्न जरुरी छ जस्ले हामीलाई कालोपाटीमा चक र डस्टरसँग पौठेजोरी खेल्दै वर्णमाला सिकाए, क वाट कछुवा देखि ज्ञ वाट ज्ञानीसम्म सिकाए, ए फर एप्पल वाट जेड फर जेब्रासम्म सिकाए । त्यस्पश्चात हामीले विधालय अनि विश्वविधालयमा अन्यधेरै शिक्षक र शिक्षिकाहरु सँग शिक्षा लिएका छौँ, आज ति शिक्षक अनि शिक्षिकाहरुलाई संझना गर्न जरुरी छ । कोही शिक्षक शिक्षिकाहरुले गृहकार्य नगरेको भएर हामीलाई लठ्ठीले पिट्नुभएको पनी हुनसक्छ, कक्षाकोठामा अनावश्यक वोलेको या झगडा गरेकोमा हामीलाई सजाय दिएको पनि हुनसक्छ, क्लास बंक गरेर कक्षाकोठामा गयल भएकोमा हामीले वहाँहरुवाट सजाय पाएको पनि हुनसक्छ तर त्यतीवेलाका सजाय अहिले आएर सुमधुर अनि मिठो याद भइसकेको छ, वहाँहरुले जे गर्नुभयो सबै हाम्रा लागीनै गर्नुभएको हो । कहिले नाटक गरेर त कहिले चित्र वनाएर हामीलाई पढाउनुभयो र आज हामी जे छौँ त्यस्मा वहाहरुको अतुलनीय देन छ । वर्णमालानै उक्काउन नजान्ने एउटा वालक विधालय छिर्छ र विस्तारै वर्णमाला उक्काउदै, वाह्रखरि सिक्दै विस्तारै उ कुनै विश्वविधालयवाट एउटा शिक्षित वयस्क नागरीक भएर निस्कन्छ, शिक्षकहरु विना यो मानव रुपान्तरण संभव छैन । राष्ट्रको भावीपुस्ताहरुको वैचारीक शिल्पको शिल्पकार नितान्तरुपमा शिक्षकहरुनै हुन, आफ्नो ज्ञान, सिपको माध्यमले तठस्त र स्वतन्त्ररुपमा आफ्ना विधार्थीहरुलाई ज्ञान दिने दायित्व वोकेका शिक्षकहरुलेनै हामीलाई समाजको पहिलो प्रतिविम्ब र परिवेशसँग साक्षात्कार गराएका हुन । शिक्षकहरुवाट हामीले धेरै कुराहरु पाएका छौ, हामीलाई चाहिएको वेलामा वहाँहरुले हाम्रो आत्मविश्वाशलाई वृद्धी गरिदिनुभएको छ, समस्या परेको वेलामा अतिरिक्त सहयोग पाएका छौ, अनुशासन को अभ्यासहरु अनि चाहिएको वेलामा एउटा सहयोगी उपस्थिती तिनै शिक्षकरुकै रहेको हुन्छ । फलामलाई तताएर अनि त्यस्लाई तातो छदैँ अर्को फलामले हानेर शिल्पकारले फलामलाई आकार दिन्छ, किसानले पनि सँधै वालीनालीलाई एकैप्रकृतीले लगाउने, रोप्ने, गोड्ने गर्छ तर शिक्षकले एउटै पाठ र अभ्यास सिकाउन फरक फरक विधार्थीलाई फरक फरक तरिकाले सिकाउन पर्दछ, हामीसबैको कुनैपनि कुरा बुझ्ने आआफ्नै तरिका छ र शिक्षकले त्यहीअनुसार हामीलाई सिकाएका हुन । हामीमध्य कतिपय विधार्थी हौँ या शिक्षकनै हौँ, एउटा असल विधार्थी र असल शिक्षक हुने प्रेरणा हामीवाट नहटोस, रहिरहोस । -हाम्राे पात्राेबाट

गर्भावस्थामा व्यायाम कसरी गर्ने ?

– डा. बालकृष्ण साह शरीरलाई फिटनेस राख्नका लागि व्यायाम जरुरी हुन्छ । नियमित व्यायाम गर्ने मानिसहरु स्वस्थ अनि फुर्तिलो पनि हुन्छ् । त्यस्तै महिलाहरुले गर्भावस्थामा व्यायाम गर्न मिल्छ कि मिल्दैन ? मिल्ने भए कसरी गर्ने भन्ने जिज्ञासालाई डा. बालकृष्ण साहले जवाफ दिएका छन् । गर्भाअवस्थामा पनि पहिलाहरु व्यायाम गर्न सक्छन् । तर, यस्तो अवस्थामा पेटमा धेरै असर गर्ने, भारी बोक्ने र धेरै शक्ति खर्चिने व्यायाम गर्न मिल्दैन । गर्भवती महिलाहरूले हल्का खालका व्यायामहरू जस्तै— मर्निङ वाक, घरका सामान्य कामकाज, करेसाबारीको काम गर्दा रक्तसञ्चार राम्रो हुने भएकाले फाइदाजनक हुन्छ । गर्भवती महिलाहरूले चौबीसै घण्टा आराम मात्र गर्नु हुँदैन । यद्यपि कुनै जोखिममा रहेका गर्भवतीहरूले कुनै पनि व्यायाम गर्न नमिल्ने हुन सक्छ । विशेषगरी पहिलो तीन महिना र अन्तिमको तीन महिना अलिक बढी जोखिम हुने भएकाले उक्त समयमा आराम बढी गर्नुपर्ने हुन सक्छ । साह स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्

नारायणगढ–मुग्लिन सडक राति पनि खुला

चितवन, भदौ २२ । हिन्दुहरुको महान चाँडपर्व दशैं, तिहार र छठलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट २४ औं घण्टा सञ्चालन हुने भएको छ । बिहीबार सरोकारवालाहरुको चितवनमा सम्पन्न बैठकले चाडपर्वका समयमा यात्रुहरुलाई गन्तब्यसम्म पुग्न सहज होस भनेर यस्तो निणर्य गरिएको बताइएको छ । गएको असार २५ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्ड रातको समयमा बन्द गर्दै आएको छ । रातिको समयमा पहिरोको जोखिम बढेपछि सवारी साधन रोकिएको र मौसममा सुधार आएसँगै रातिको समयमा पनि सडक सुचारु गर्ने निर्णय गरिएको बताइएको छ । यात्रुबाहक सवारी साधनको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहकलाई प्राथमिकता दिने, कालोपत्रे गर्ने कार्य छोटोछोटो दूरीमा आवागमनलाई असर नपर्ने गरी गर्ने, खाल्टाखुल्टी तत्काल पुर्ने, धुलो उड्ने ठाउँमा पानी छर्कने, रातको समयमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने पनि निर्णय गरेको छ।

नेपाल ताजकिस्तानसँग पराजित

काठमाडौं, भदौ २० । सातदोबाटोस्थित खेल मैदानमा भएको एसियन कप छनौटमा नेपाल र ताजकिस्तानबीच खेलमा नेपाल पराजित भएको छ । नेपाल ताजकिस्तानसँग २–१  गोलले पराजित भएको हो । ताजकिस्तानले खेलको २५ औं र ३० औं मिनेटमा मिनेटमा गोल गरेको थियो । त्यस्तै नेपाल विमल घर्तीमगरले ६० औं मिनेटमा गोल गरेका थिए । एसियन कप छनौटको तेस्रो चरणको समूह एफमा रहेको नेपाल तीन खेलबाट १ अंक बटुल्दै समूहको चौथो स्थानमा झरेको छ । नेपाललाई हराउँदै ताजिकिस्तान ३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । समूहको पहिलो स्थानमा फिलिपिन्स र दोस्रो स्थानमा यमन छन् ।

क्रान्तिकारीको मतगणना जारी: अध्यक्षमा शर्मा अगाडि, कसले कति मत पाए ?

काठमाडौं, भदौं १६ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि अहिले मतगणना जारी छ । जारी मत गणनामा अध्यक्षमा अनिल शर्मा रञ्जित तामाङ भन्दा ७ मतले अगाडि छन । प्रदेश नं.१,२,४,६,७ को गणना सकिंदा शर्माले ४०५ र तामाङले ३९८ मत प्राप्त गरेका छन । यसअघि तामाङले लिड गरिरहेका थिए । उनीहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । अन्य पदाधिकारीमा कसले कति मत प्राप्त गरेका छन त ? उपाध्यक्ष सुरेन्द्र बस्नेत -३७८ उद्वव भट्टराई -२८९ पुरन केसी – २७९ तिलक भण्डारी -२७४ दिपक देवकोटा -२७३ विजय गौतम -२१२ महासचिव खेमवहादुर सिह-२७४ उत्तम अधिकारी-२२६ राजेश्वरी सुवेदी -२२१