जिल्ला प्रशासनमै भेटियो पाँच सय रुपैयाँको नक्कली नोट
नुवाकोट, माघ २०। जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पाँच सय रुपैयाँको नक्कली नोट फेला परेको छ ।
शुक्रवार प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो ।
राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणमार्फत परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको प्रशासन कार्यालयका लेखापाल रामजी लम्सालले जानकारी दिए ।
नक्कली नोटको नंं ग ९४६० ०३६८६० रहेको छ । झट्ट हेर्दा सक्कली जस्तै देखिने नक्कली नोट प्रशासन कार्यालय र बैंकका कर्मचारीले गणना गर्ने क्रममा समेत थाहा नभएको र उपकरणमार्फत गणना तथा जाँच गर्ने क्रममा पत्ता लागेको हो ।
नक्कली नोट केही बाक्लो रहेको भए पनि प्रयोगमा आएर पुरानो भइसकेकाले सक्कल सरह देखिएकाले सहज रुपमा पत्ता लाग्न कठिनाई देखिएको लेखापाल लम्सालले बताए ।
बैंककाअनुसार नक्कली नोटमा सक्कल जस्तै देखिने गरी सुरक्षा सिल -तार जाली) समेत लगाइएको छ भने आकार र रंग उस्तै रहेको छ ।
नक्कली नोट भेटिएपछि सचेत भएको प्रशासन कार्यालयले नोटको जाँच तथा परीक्षणको लागि उपकरण खरिद गर्ने तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी वीरेन्ऽकुमार यादवले जानकारी दिए । रासस
प्रारम्भिक मतगणनामा वाम गठबन्धन अगाडि, कांग्रेस तेश्रो
काठमाँडौ, मंसिर २१ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुन शुरू भएको छ । हालसम्म प्राप्त परिणाम अनुसार वाम गठबन्धनले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ २३ क्षेत्रमा अग्रता लिइरहेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा ३ र प्रदेशसभातर्फ ४ स्थानमा अगाडि देखिएको छ । दुवै सभामा अन्य दलले १रएक क्षेत्रमा अग्रता लिएका छन् । पहिलो चरणमा मंसिर १० गते भएको ३२ जिल्लाका प्रतिनिधि र प्रदेशसभा अन्तर्गतका धेरै निर्वाचन क्षेत्रहरुको मतगणना भइरहेको छ । बिहीबार दोस्रो चरणमा भएको निर्वाचनको पनि मतपेटिका संकलनपछि गणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । कतीपय स्थानमा वाम उम्मेदवारहरूले शूरवातमा नै दोब्बर, तेब्बरले अग्रता लिएका छन । रोल्पा, रुकम, जाजरकोटमा निक़ै बढ़ी अंतर देखिएको छ । आज निर्वाचन सम्पन्न अधिकांस ज़िल्लामा भोलीदेखि मत गणना हुनेछ ।
रिऊ र घ्यू होइन केरुङ र कलकत्ता जोड्ने प्रचण्डलाई चिनाैं : बद्री पंगेनी
चितवन, मंसिर १२ । गायक बद्री पंगेनीले चितवनको रिऊ र घ्यू खोला जोड्न चुनावी आश्वासन वाँड्ने उम्मेदवारलाई नभइ केरुङदेखि कलकत्तासम्म जाड्ने नेता प्रचण्डलाई अत्यधिक मतले विजयी गराउन मतदातालाई आग्रह गरेका छन । सोमबार चितवन क्षेत्र न ३ काे चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘तपाईहरुले प्रचण्ड जस्तो नेतालाई उम्मेदवारको रुपमा पाउनु ठूलो भाग्य हो । कसै-कसैले यहाँ रिऊ र घ्यू खोला जोड्ने सपना बाँडेका रहेछन । रिऊ र घ्यू खोला हाेइन केरुङ र कलकत्ता जोड्ने नेता प्रचण्डलाई चिन्न जरुरी छ । केरुङ र कलकत्ता जोडिएपछि रिऊ र घ्यू आफै जोडिन्छन ।’ हामीले देखेको नयाँ नेपालको सपना प्रचण्डसहित वाम गठबन्धनले जितेपछि मात्रै पूरा हुने उनले बताए । त्यसैले वाम गठबन्धनलाई अत्यधिक बहुमतले विजयी गराउन उनले सबैलाई हात जोडेर अनुरोध पनि गरे । पुत्रशोकमा रहेका माओवादी अध्यक्ष प्रचण्ड चुनावी अभियानका क्रममा चितवन क्षेत्र नम्बर ३ मा घरदैलो कार्यक्रममा व्यस्त छन । गायक पंगेनीले प्रचण्डलाई सांगेतिक प्रस्तुती र दामदार भाषण गरेर उर्जा दिइरहेका छ । हेर्नुहोस बद्री पंगेनीको दमदार भाषणको भिडियो:
चार महिनामा साढे पन्ध्र प्रतिशत बजेट खर्च
लोकेश धामी कैलाली, कार्तिक २९ । कैलालीमा गत आवभन्दा चालू आव २०७४–०७५ को चार महिनामा विकास बजेट साढे पन्ध्र प्रतिशत खर्च भएको छ । चालू आवको साउन, भदांै, असोज र कार्तिक महिनामा गतवर्षको तुलनामा यसवर्ष बजेट ३ प्रतिशतले बढी खर्च भएको हो । गत आवको सुुरुको चार महिनामा १२ प्रतिशत विकास बजेटमात्रै खर्च भएको थियो । कैलालीमा चालू आवमा पूँजीगत तर्फ ४ अर्ब ८३ करोड ७७ लाख १८ हजार र चालु खर्चतर्फ ९ अर्ब ३१ करोड ३ लाख रुपैयाँ बजेट अख्तियारी आएको छ । जसमध्ये हालसम्म विकास बजेट ७४ करोड ६६ लाख २८ हजार अर्थात् साढे १५ प्रतिशत र चालू तर्फ साढे ३१ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनगढीका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीले जानकारी दिए । जिल्लामा रहेका ठूला आयोजनामा पनि गत वर्षको तुलनामा बढी खर्च भएको देखाउँछ । जसमध्ये राष्ट्रिय गौरवको आयोजनामा रानी जमरा कुलरिया सिँचाई आयोजनाको एक अर्ब ९२ करोड १३ लाखमध्ये हालसम्म झण्डै ३८ लाख बजेट खर्च भएको छ । यस्तै, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, भूमिगत जल सिंचाइ विभाग कार्यालय, हसनपुर खुटिया विपी नगर गड्सेरा दिपायल सडकको बजेट पनि सन्तोषजनक नै खर्च भएको कोष नियन्त्रक चौधरीले बताए । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको भने न्यून रकम खर्च भएको छ। एक अर्ब ३१ करोड ६ लाख बजेट अख्तियारी आएकोमा हालसम्म साढे ५ करोडमात्रै बजेट खर्च भएको छ । यस्तै, मोहना पुल अत्तरिया सडक विस्तार आयोजनाको पनि बजेट न्यून निकासा भएको छ । ५१ करोड बजेट मध्येबाट अहिलेसम्म २१ लाख रुपैयाँमात्रै बजेट खर्च भएको प्रमुख कोष नियन्त्रक चौधरीले जानकारी दिए । चालू आवमा बजेको अख्तियारी छिटो तथा बजेट भाषण शीघ्र हुनु, विगतमा मन्त्रालयबाट हुने झन्झटिला कार्य सहज हुनु लगायतका कारण यो वर्ष विकास बजेट बढी निकासा भएको कोष नियन्त्रक कार्यालयले जनाएको छ ।
उम्मेदवारमाथि शृङ्खलाबद्ध आक्रमण निन्दनीय छ : वाम गठबन्धन
काठमाडौ, कात्तिक २५ । आफ्ना उम्मेदवारलाई केन्द्रित गरेर आक्रमण हुन थालेपछि वाम गठबन्धनले आपत्ति जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकार लाग्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै गठबन्धनले त्यस्तो आपराधिक क्रियाकलाप निन्दनीय र क्षमायोग्य नभएको प्रतिक्रिया दिएको छ । गठबन्धनले निर्वाचनको वातावरण बिगार्ने मनशायका साथ भइरहेको त्यस्तो गतिविधि क्षम्य नभएको बताउँदै त्यस्तो अराजनीतिक गतिविधि नगर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । झापामा निर्वाचन प्रचार अभियानमा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘वाम गठबन्धनबाट अत्तालिएकाहरुकै योजनामा बम पड्काउने र उम्मेदवारमाथि आक्रमण गर्ने प्रयास भइरहेकामा’ आपत्ति जनाए । उनले भने, “केही मान्छेलाई वाम गठबन्धन मन परेको छैन, बम पड्काइएको छ । हतोत्साही बनाउने प्रयास गरिएको छ । यस्तो क्रियाकलाप हामीलाई सह्य छैन ।” यस्तै गठबन्धनमा सहभागी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, “हिजो (शुक्रबार) रुकुममा जनार्दन शर्मामाथि ग्रिनेड हानियो । आज वर्षमान पुन चढेको गाडी नजिक माइन बिस्फोट गराइयो । यो निर्वाचन भाँड्ने मनशायले गरिएको आक्रमण हो ।” उनले केही दिनअघि बहालवाला मन्त्रीले नै हतियारधारी समूह छुटाउन विज्ञप्ति जारी गरेको भन्दै त्यस्ता घटना सामान्य नभएको बताउनुभयो । उनले विभिन्न कसरत गरेर पनि निर्वाचन रोक्न नसकेपछि सरकार नै विभिन्न शक्तिलाई प्रयोग गरेर चुनाव रोक्न त खोज्दै छैन भन्ने गम्भीर प्रश्न जन्मिएको आशंका व्यक्त गर्नुभयो । चुनाव रोक्न खोजिए त्यो हाम्रा लागि मान्य नहुने अध्यक्ष दाहालको भनाइ थियो । आक्रमणबारे रासससँग कुरा गर्दै रोल्पाका वाम गठबन्धनका उम्मेदवार पुनले केही तत्वले आफू र बाम गठबन्धनलाई तर्साउन खोजे पनि त्यसबाट आफू नतर्सने बताए । उनले चुनावी अभियान निरन्तर अगाडि बढ्ने बताउँदै नेता तथा कार्यकर्तालाई संयमित भएर अभियानमा लाग्न आग्रह गरे । रोल्पाको ओतमा चुनावी अभियानका क्रममा आज बिहान १०ः३० मा अपरिचित व्यक्तिले माइन विष्फोट गराएका थिए । नेता पुनले भने, “हत्या गर्ने नियतका साथ आक्रमण भएको हो तर हामी आत्तिएका छैनौँ ।” उम्मेदवार पुन, नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्तीलगायत सवार सवारीलाई नै लक्ष्य गरेर विष्फोट गराइएको थियो । यसैबीच निर्वाचन आयोगले रोल्पा र रुकुम विष्फोटबारे चासो देखाएको छ । आयोगले शान्ति सुरक्षाको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले नेता पुनसँग आक्रमणका बारेमा चासो व्यक्त गरेको छ । आयोगले आइतबार उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाएको छ । प्रहरीले केही दिन पहिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला इन्चार्ज दलहादुर खत्री र सचिव सन्तोष सुवेदीलाई पक्राउ गरेको थियो । प्रहरीले सोही समूहले आक्रमण गराएको हुन सक्ने आशंका गरेको छ । उता शुक्रबार आक्रमणमा परेका रुकुमका वाम गठन्धनका उम्मेदवार शर्माले मृत्यु जितेर आएकालाई सानातिना आक्रमणले फरक नपार्ने र आक्रमण गर्नेलाई जनताले नै उचित कारबाही गर्ने प्रतिक्रिया राससलाई दिनुभयो । विनाविभागीय मन्त्री शर्माले भने, “गठबन्धनबाट आत्तिएका शक्तिले निर्वाचनविरुद्ध अनेकन हर्कत गरेका छन् । आक्रमण गरेर उम्मेदवारलाई तर्साउन खोजिएको छ तर त्यस्तो क्रियाकलापले हामी तर्सदैनौँ ।” उपप्रम महराबाट निन्दा उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वाम गठबन्धनका उम्मेदवारमाथि शृङ्खलाबद्ध रुपमा भइरहेको आक्रमणको निन्दा गरे । दाङ क्षेत्र नं २ का उम्मेदवार महराले रोल्पा र रुकुमका उम्मेदवारमाथि भइरहेको आक्रमणको विज्ञप्तिमार्फत भत्र्सना गर्नुभएको छ । रुकुममा शुक्रबार वामपन्थी गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मा र रोल्पामा पुन चढेको गाडीलाई लक्ष्य गरी बम विष्फोट गराइएको र रोल्पामै प्रदेशसभा सदस्य उम्मेदवार कुलप्रसाद केसी चढेको गाडीमाथि ढुंगामुढाको प्रयास भएको थियो । नेता महराले निर्वाचन सफल बनाउन थप गम्भीर हुँदै सबै उम्मेदवार र मतदाताको पूर्ण शान्ति सुरक्षाको प्रबन्ध मिलाउन गृह प्रशासनको ध्यानाकर्षण गराउनुभएको छ । उनले घटनाप्रति आतंकित नहुन तथा संयम र धैर्यका साथ संविधान कार्यान्वयनको अभियानमा सक्रिय सहभागिता जनाउन जनसमुदायमा आगह्र गरे ।
यी हुन् कांग्रेस र वाम गठबन्धनको घोषणापत्रका अन्तर
काठमाडौं, कात्तिक २२ । ‘बेघरवारलाई घर-घडेरी, बेरोजगारलाई काम, जोताहालाई खेतबारी, हेपिएकालाई मान !’ अहिलेका मुख्य राजनीतिक दलले ०४८ सालमै पाँच वर्ष्भित्र जनताको जीवनस्तर उकास्न यस्तै ‘आकर्षक’ चुनावी नारा अगाडि सारेका थिए । २६ वर्षअघि सारिएका कतिपय यस्ता नारा राजनीतिक दलको चुनावी घोषणामा सीमित बने । अहिले पनि दलहरूले त्यही नाराको आधारभूत अन्तरवस्तुलाई नै फरक शब्दजालमा पस्किएर चुनावी नारा बनाइरहेका छन् । निर्वाचनको सम्मुखमा घोषणा गरिने दलहरूको चुनावी घोषणापत्रमा त्यस्तै नारा समेटिएका छन् । मुख्यगरी कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र एमाले–माओवादीको नेतृत्वको वाम गठबन्धनका चुनावी घोषणापत्रमा धेरैजसो विषय पुरानै योजना समेटिएका छन् । पछिल्लो १० वर्षमा १० वटा सरकार बने । सरकारमा कांग्रेस, एमाले र माओवादी मुख्य दलका नेताले नै नेतृत्व गर्ने र सरकारमा सहभागी हुने अवसर पनि पाए । तैपनि, आधारभूत अधिकारमा गुणात्मक फड्को जनताले महसुस गर्न पाइरहेका छैनन् । यो खबर अन्नपूर्ण दैनिकमा छापिएको खबर छ । अस्थिर राजनीतिका कारण कुनै पनि सरकारले लगातार दुई वर्षसम्म काम गर्न नपाएको कारण योजना कार्यान्वयन गराउन नसकेको नेताले बताउने गरेका छन् । यसले गर्दा पनि विगतका आफ्नै योजना दलहरूले सम्झेको देखिँदैन ।निर्वाचनको मुखमा अहिले पनि दलहरूले महत्र्वाकांक्षी योजना अगाडि सारेका छन् । नारा निकै आकर्षक र सजिसजावटयुक्त छन् । तीमध्ये प्रमुख यस्ता छन् । तीन वर्षमा विद्युतीय साधन ! आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा यो विषयमा प्रमुखतासाथ उठाएका छन् ।वाम गठबन्धनले आगामी ३ वर्ष्भित्र काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारीसाधन मात्र उपयोग गर्ने गरी कार्ययोजना अगाडि सारेको छ । कांग्रेसले पनि यो योजनालाई घोषणापत्रमा छुटाएको छैन । उसले पनि पर्यटकीय सहरमा शतप्रतिशत र अन्यमा बहुसंख्यक सवारीसाधन १० वर्ष्भित्र सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको छ । कृषि नीति, सामन्ती भूस्वामित्वको अन्त्य, पूर्वाधार विकास, कृषि, सिँचाइ, उद्योगजस्ता विषयमा दलले निकै महत्र्वाकांक्षी योजना अगाडि सारेका छन्। कुन दलका कस्ता योजना ? राजनीतिक पार्टी र प्रवृत्ति वाम गठबन्धन राष्ट्रिय राजनीति दुई प्रवृत्तिमा ध्रुवीकृत । एउटा प्रवृत्तिको नेतृत्व माओवादी केन्द्रसहित एमालेले र अर्को प्रवृत्तिको कांग्रेसले नेतृत्व । कांग्रेस नेतृत्वको धार सामन्ती निरंकुशतन्त्र र वैदेशिक एकाधिकार पुँजीवादसँग सम्झौतापरस्त र आत्मसमर्पणवादी, मूल चरित्र कम्युनिस्टविरोधी, श्रमजीवी जनताविरोधी र लोकतन्त्रलाई निहित स्वार्थअनुरूप परिभाषित गर्ने खालको छ । कांग्रेस एमाले राष्ट्रिय एकता र समृद्धिको बाधक पार्टी । प्रतिस्पर्धी पार्टीप्रति निरन्तर असहिष्णु र आक्रामक । माओवादी केन्द्र अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्तिको पार्टी । आधारभूत लोकतान्त्रिक मूल्य(मान्यता र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य बोकेको गठबन्धन । यसले संघीय समावेशी लोकतन्त्रको आधारभूत संरचना र अधिकार भत्काउने र अपहृत गर्ने नियत बोकेको । अन्तर्राष्ट्रिय सम्बन्ध वाम गठबन्धन राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै छिमेकी एवं सबै मित्रराष्ट्रसँग संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील र असंलग्नताका सिद्धान्तअनुरूप सुमधुर सम्बन्ध कायम गर्ने, स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई अस्वीकार गरिने, हीनताबोध र आत्मसमर्पणवादी मान्यतालाई निरुत्साहित गर्ने । सन् १९५० को सन्धिलगायत सबै असमान सन्धि(सम्झौताको पुनरवलोकन गरी राष्ट्रिय हित र आवश्यकताअनुरूप प्रतिस्थापन गरिने । कांग्रेस छिमेकी मुलुकसँग राष्ट्रिय पुनर्जागरण र नयाँ अन्तर्रा्ष्ट्रिय पहिचानका लागि भरपर्दाे मित्र र सहयोगी । दुवै मुलुकसँग मैत्रीपूर्ण र सम्मानजनक सम्बन्ध, लगानी र व्यापारमा विस्तार, ऊर्जा, पर्यटन, यातायात र सञ्चारको बाधारहित सञ्जालका माध्यमबाट नेपालको समृद्धि र पुनर्जागरणको युग प्रारम्भ गराउने संकल्प । आर्थिक वृद्धि वाम गठबन्धन ५ वर्र्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा र्पुयाउने र १० वर्ष्भित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी आर्थिक वृद्धिलाई १० प्रतिशतभन्दा माथि र्पुयाउने । कांग्रेस ५ वर्ष्भित्र नेपाली अर्थतन्त्रको आकार प्रचलित मूल्यमा ५० खर्ब र प्रतिव्यक्ति औसत वार्षिक आय १ लाख ५० हजार रुपैयाँभन्दा बढी हुने गरी अर्थतन्त्रलाई गतिशील बनाउने । कल्याणकारी राज्य र सामाजिक सुरक्षा वाम गठबन्धन सामाजिक सुरक्षाभत्ता मासिक ५ हजार रुपैयाँ र्पुयाउने, ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायात भाडामा २५ प्रतिशत र ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने, ज्येष्ठ नागरिकलाई निःशुल्क वि श्राम, अध्ययन, खेलकुद र मनोरञ्जनको सुविधा उपलब्ध गराउने, सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ट ५ हजार भत्ता र रोजगारमा संलग्न महिलालाई १४ साताको सुत्केरी बिदा दिइने, गाउँ(सहरमा सहकारी घर(घरमा रोजगारी सिर्जना गरिने, देशभित्रै उच्च रोजगारी सिर्जना गरी गरिबी र पछौटेपना हटाउने । कांग्रेस आगामी १० वर्षमा पर्यटन क्षेत्रमा देशभित्रै लाखौं रोजगारीको अवसर सिर्जना गर्ने, गरिबका लागि सय दिनको रोजगारीको ग्यारेन्टी गर्ने, युवा जनशक्तिलाई उपयोग गर्दै राष्ट्रिय पुनर्जागरणको नयाँ युग सुरु गर्ने, ‘एक परिवार(एक रोजगार, युवाको लक्ष्य(सीप र दक्ष’ जस्ता नीति र कार्यक्रमलाई अभियानका रूपमा स्थानीय सरकारका माध्यमबाट अगाडि बढाउने, १० वर्ष्भित्र गरिबीलाई ३ प्रतिशतमा झारिने, युवा स्वयंसेवा र बेरोजगार भत्ताको व्यवस्था गरिने । आधुनिक राजधानी वाम गठबन्धन काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई एकीकृत सहरका रूपमा विकास गर्ने र सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनको नमुना बनाइने, टिस्टुङ, कुलेखानी, बैरेनी र नौबिसे, त्रिशूली उपत्यका, मेलम्ची, इन्द्रावती उपत्यका र दोलालघाट, पाँचखाल, भकुन्डेबेंसी, बनेपा, धुलिखेल र पनौतीसहित समावेश गरी बृहत्तर राजधानी उपसहर क्षेत्रमा विकास गर्ने । कांग्रेस काठमाडौँ उपत्यकालाई स्वच्छ, सुरक्षित, सुव्यवस्थित, सुन्दर र समृद्ध राष्ट्रिय राजधानी बनाउन सडक विस्तारका लागि कम्तीमा ३ अर्ब प्रतिवर्ष लगानी गरिने, प्रत्येक घरमा निरन्तर खानेपानीको आपूर्ति सुनिश्चित गर्ने, नुवाकोटको विदुर, धादिङको गजुरी, काभ्रेको बनेपा(धुलिखेल(पनौती र मकवानपुरको हेटौँडालाई काठमाडौं उपत्यकासँग द्रुतमार्गले जोडी काठमाडौंको स्याटेलाइट सहरका रूपमा विकास गरिने । सक्षम प्रदेशः अधिकारसम्पन्न स्थानीय सरकार वाम गठबन्धन आगामी पाँच वर्षसम्म प्रदेश र स्थानीय तहमा पूर्वाधार विकासका लागि राष्ट्रिय राजस्वको ५० प्रतिशत हिस्सा उपलब्ध गराइने, प्रत्येक प्रदेशमा न्यूनतम एक विश्वविद्यालय र प्राविधिक तथा व्यावसायिक महाविद्यालय सञ्चालन गरिने कांग्रेस प्रादेशिक राजधानी तय हुने स्थानमा योजनाबद्ध सहरी पूर्वाधार विकास गरी आधुनिक सहर निर्माण गरी निश्चित विशेषतायुक्त आर्थिक इकाइका रूपमा विकास गरिने, स्थानीय तहका भाषा, साहित्य, कला, संस्कृति, दर्शन, इतिहास, गीत, संगीत आदिको उत्थान एवं प्रवद्र्धन गर्न प्रत्येक प्रदेशमा प्रज्ञा(प्रतिष्ठान गठन गरिने । आगामी १० वर्षभित्र मुख्य १० काम वाम गठबन्धन –कृषि उत्पादकत्व दोब्बर – प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर – नेपाललाई रसायन र विषादीमुक्त (अर्गा्निक) मुलुक घोषणा – १५ हजार मेगावाट विद्युत् उत्पादन – ठूला जलविद्युत् परियोजना कार्यान्वयन – भूपरिवेष्ठित मुलुकको अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन – अहिलेसम्म निर्माण भएका सबै सडक निर्माण सम्पन्न – ५० लाख पर्यटक र्पुयाउन प्रचारप्रसार, बजार प्रवद्र्धन, पूर्वाधार निर्माण – १० लाखलाई रोजगारी दिन उद्योग स्थापना – विसं २०९९) सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा र्पुयाउने कांग्रेस – फराकिलो आर्थिक वृद्धि हासिल गरी अर्थतन्त्रको आकार १०० खर्ब हाराहारीमा र्पुयाउने – लाखौंलाई रोजगारी – वार्षिक १ खर्बदेखि ५ खर्ब बराबरको विदेशी प्रत्यक्ष लगानी भित्र्याउने – कुपोषण र भोकमरी निर्मूल – अनौपचारिक क्षेत्रका श्रमिकलाई निवृत्तिभरणको व्यवस्था – १५ हजार मेगावाटभन्दा बढी ऊर्जाको उत्पादन – स्वच्छ ऊर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्र – काठमाडौं(मधेस एक्सप्रेस(वेलगायत ४ देखि ६ लेनका १०० किमिभन्दा बढी दु्रतमार्ग – ५०० किमिभन्दा बढी रेल्वे लाइन – ५० हजारभन्दा बढी किमि कालोपत्रे सडक सञ्जाल – ५ वटा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण – प्रत्येक वर्ष ३२ लाखभन्दा बढी पर्यटक नेपाल भित्र्याउने – ५० लाख नेपालीलाई पर्यटन उद्योगमा रोजगारी – १८ लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ – प्रमुख तरकारी र खाद्यान्नमा नेपाल आत्मनिर्भर – ७५ प्रतिशत जनतालाई आधुनिक सहरमा बसोवास – लोकतन्त्रको जगमा समावेशी, न्यायपूर्ण, भ्रष्टाचाररहित शासन व्यवस्था यस्ता छन् २५ वर्षयताका घोषणापत्र घुमिरहने उनै एजेन्डा १० वर्षमा १० हजार मेगावाट बिजुली ०६४ कै चुनावी घोषणापत्रमा दलहरूले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेका थिए । तर, घोषणाको एक दशक बितिसक्दासमेत मुलुकले एक हजार मेगावाट बिजुली पनि उत्पादन गर्न सकेको छैन । ०४८ सालदेखि नै पूर्व–पश्चिम रेलको सपना कांग्रेस र एमालेले ०४८ सालमै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने रेल र ट्रलीबस चलाउने नारा बनाएका थिए । तर, हालसम्म पनि पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छैन । अझै सबै सदरमुकाममा मोटर पुग्न सकेन कांग्रेस र एमालेले ०४८, ०५१ र ०५६ कै चुनावमा पाँच वर्षभित्र सबै जिल्ला सदरमुकाममा मोटरबाटो पुर्याउने प्रतिबद्धता गरेका थिए । तर, घोषणाको झन्डै दुई दशक पुग्नै लाग्दासमेत पूरा हुन सकेको छैन । अझै डोल्पा र हुम्ला सदरमुकाममा मोटरबाटो पुगेको छैन । १८ वर्षदेखि बाहिरी चक्रपथको अलपत्र योजना कांग्रेस र एमालेले ०५६ र ०६४ को चुनावी घोषणापत्रमा काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माण गर्ने घोषणा गरेका थिए । माओवादीले पनि यो नारा ०६४ यता दोहोर्याउँदै आएको छ । तर, अहिलेसम्म पनि यो सडकको निर्माण सुरु भएको छैन । २५ लाखको लक्ष्य, आठ लाख पर्यटक पनि आएनन् तीन ठूला दलले ०६४ को निर्वाचन घोषणापत्रमा १० वर्षभित्र वार्षिक पर्यटन आवागमन २०–२५ लाख पुर्याउने उल्लेख गरेका थिए । तर, घोषणाको १० वर्ष बितिसक्दासमेत आठ लाख पर्यटक नेपाल भित्राउन सकिएको छैन । यसपालि पनि दलहरूले त्यही पुरानो महत्वाकांक्षा दोहोर्याएका छन् । २३ वर्षदेखि घोषणामा सीमित सुरुङमार्ग कांग्रेस र एमालेले ०५१ र ०५६ कै चुनावमा काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेका थिए । पछि यो नारामा माओवादी थपियो । तर, हालसम्म पनि निर्माण सुरु भएको छैन । २५ वर्षयताका घोषणापत्र कांग्रेसको घोषणापत्र ०४८ -पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने रेल र ट्रलीबस चलाउने र अन्य साना सडकमा ट्रलीबस चलाउने । -जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न व्यवस्था मिलाउने । -सबै गाउँ तथा सहरमा बिजुली पुर्याउने । ०५१ -विद्युत् उत्पादन गरी विदेश निर्यात गर्ने र त्यसको आयबाट जनताको आर्थिक जीवनस्तर उकास्ने । ०५६ -सबै गाउँ–गाउँमा बिजुली पुर्याउने र बढी भएको विद्युत् बिक्री गरी बर्सेनि अर्बौँ आम्दानी वृद्धि गर्ने । -निजी क्षेत्रको समेत लगानीमा काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माण । -काठमाडौंबाहिर चक्रपथ निर्माण र विराटनगर–धरान, बुटवल–भैरहवामा ट्रलीबस सेवा सञ्चालन गर्ने । -हिमाली र पहाडी क्षेत्रमा रोपवे र केवलकार प्राथमिकताका साथ सञ्चालन गर्ने । -मोटरबाटो नपुगेका जिल्लाको सदरमुकाममा पाँच वर्षभित्र मोटरबाटो पुर्याउने । -‘सुनकोसीको पानीलाई सुरुङमार्गबाट कमला नदीमा झारी पूर्वी तराईलाई सिँचाइ गर्ने व्यवस्था मिलाउने । -पाँच वर्षभित्र नेपाललाई मासु, माछा, दुग्ध पदार्थ, फलफूल चिया, कफी, अदुवा र तरकारीको निर्यात मुलुकका रूपमा उभ्याइने। -तराई क्षेत्रमा बर्सेनि बाढी र नदीको कटान नियन्त्रण गर्न तटबन्ध तथा वृक्षरोपण गर्ने प्रतिबद्धता । ०६४ -पाँच वर्षभित्र प्रत्येक नेपालीको औसत वार्षिक आय एक लाख रुपैयाँ पुर्याउने । -काठमाडौंबाट तराई जोड्ने फास्ट ट्र्याक पाँच वर्षभित्र निर्माण गर्ने । ०७० -प्रत्येक जिल्ला सदरमुकाम जोड्ने सडकलाई कालोपत्रे गर्ने । -काठमाडौं–पोखरा राजमार्गलाई चार–लेनको द्रुतमार्गमा विकास गर्ने । -दक्षिण भारतीय सिमानादेखि उत्तर चिनियाँ सिमानासम्म जोड्ने पाँचवटा उत्तर–दक्षिण राजमार्ग निर्माण गर्ने । -पाँच वर्षभित्र पूर्व–पश्चिम रेलमार्गको कम्तीमा एक चौथाइ निर्माण सम्पन्न गरिनेछ । चिनियाँ सिमानादेखि काठमाडौं उपत्यका हुँदै (दक्षिण भारतीय सिमानासम्मको रेलमार्ग आगामी दश वर्षभित्र निर्माण सम्पन्न गर्ने कार्ययोजनाका साथ काम गरिनेछ । एमालेको घोषणापत्र ०४८ -सबै जिल्ला सदरमुकाममा सडक बाटो पुर्याउने । -पहाडी क्षेत्रमा रोपवेको विस्तार गर्ने । -तराईमा पूर्व–पश्चिम विद्युत् रेल्वे सञ्चालन गर्न कार्ययोजना बनाई काम थाल्ने । -उत्तर क्षेत्रका व्यापारिक नाकासम्म यातायात सञ्जाल जोड्ने । -सुकुम्बासीहरूको पहिचान गरी उनीहरूलाई जमिन वितरण गर्ने । र, उनीहरूलाई आवासको समेत व्यवस्था गरी रोजगारी दिलाउने । ०५१ -मोटरबाटो नपुगेका जिल्लामा मोटरबाटो पुर्याउने । दुर्गम जिल्लाहरूमा रोपवे यातायात निर्माण गर्ने । -पूर्व–पश्चिम रेलवे निर्माण गर्ने । हेटौँडा–काठमाडौं सुरुङमार्ग बनाउने । -प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थको अन्वेषण गरी वैकल्पिक ऊर्जा विकास गर्ने । ०६४ -पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने । र, त्यसलाई मुख्य सडकसँग जोड्ने । चीनको तिब्बतसँग आधुनिक रेल यातायातको सञ्जाल जोड्न प्रक्रिया अघि बढाउने । -काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माण गर्ने, अन्तर्राष्ट्रिय मापदण्डका राजमार्ग निर्माण गर्ने र रोपवे तथा जलमार्ग निर्माण गर्ने । ०७० -शिक्षालाई नागरिकको मौलिक हकका रूपमा आत्मसात् गर्दै आधारभूत शिक्षालाई अनिवार्य र माध्यमिक (कक्षा १२) तहसम्मको शिक्षा निःशुल्क गर्ने । -कम्तीमा चारवटा नदी करिडोरमा उत्तर–दक्षिण सीमा जोड्ने सडक निर्माण पूरा गर्ने । -सरकार र निजी क्षेत्रको लगानीमा पूर्व–पश्चिम र काठमाडौं–पोखरा रेलमार्ग निर्माणको थालनी गर्ने । -निजी क्षेत्रको समेत सहभागितामा काठमाडौं–तराई द्रुतमार्ग, सुरुङमार्ग र उपत्यका मोनोरेल मार्गको निर्माण गर्ने । -संघीय प्रदेशका सम्भावित राजधानीका लागि अत्यावश्यक पूर्वाधारको निर्माण कार्य तत्काल सुरु गर्ने । माओवादीको घोषणापत्र ०६४ -१० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने । -दश वर्षमा सबै गाउँ र घरमा बिजुली वितरण गर्ने । -देशलाई १० वर्षमा मध्यमस्तर, २० वर्षमा उच्चस्तर र ४० वर्षमा अति उच्चस्तरको विकासको कोटिमा पुर्याउने । -क्रान्तिकारी भूमिसुधार कार्यान्वयन गरी जोताहा मोही, मुक्त कमैया र भूमिहीन किसान र गरिब किसानलाई निःशुल्क भूमि वितरण गर्ने । -नेपाल आउने पर्यटकको संख्या दश वर्षभित्र प्रतिवर्ष २० लाख पुर्याउने र त्यसका लागि पूर्वाधार निर्माणलाई तीव्र पार्ने । -दश वर्षभित्र देशको मुहार नै फेरिने गरी सडक, रेलमार्ग, सुरुङमार्ग, रोपवे निर्माण गर्ने । तराईमा पूर्व–पश्चिम जोड्ने विद्युतीय रेलमार्ग निर्माण गर्ने, ल्हासाबाट काठमाडाैँ हुँदै लुम्बिनीसम्म रेलमार्ग विस्तार गर्ने । र भारत–चीन जोड्ने गरी ५ देखि ६ वटा उत्तर–दक्षिण सडक निर्माण गर्ने । ०७० -आगामी तीन वर्षमा मुलुकलाई लोडसेडिङबाट मुक्त गर्ने । १० वर्षमा १० हजार मेगावाट, २० र ४० वर्षमा क्रमशः २५ हजार र ४५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने । -नेपालीको वार्षिक प्रतिव्यक्ति आय अहिलेको ७२१ डलरबाट बढेर ५ वर्षको अन्त्यमा १४००, दश वर्षको अन्त्यमा ३३००, २० वर्षको अन्त्यमा १०७०० र ४० वर्षको अन्त्यमा ४०००० डलर पुग्ने । -‘जमिन जोत्नेको’ सिद्धान्तका आधारमा क्रान्तिकारी भूमिसुधार सम्पन्न गरिनेछ । हदबन्दीभन्दा बढी जमिन मुक्तकमैया, हलिया, हरूवाचरुवा, सुकुम्बासी र गरिब किसानलाई निःशुल्क वितरण गर्ने । -कृषि पेसालाई आकर्षक र मर्यादित बनाई युवालाई यसप्रति आकर्षित गर्न कृषि पेसाबाट अवकाशपछि सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न किसान र राज्यको संयुक्त योगदानबाट ‘कृषक पेन्सन कोष’ को व्यवस्था गरिनेछ । -सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने । कर्णालीलगायत पिछडिएको क्षेत्रका बासिन्दा, दलित, सीमान्तकृत र लोपोन्मुख जाति, १५ वर्षमुनिका बालबालिका, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गरिबीको रेखामुनिका नागरिक र अपांगता भएका व्यक्तिलाई सबै प्रकारको स्वास्थ्य सेवा र महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सेवा निःशुल्क प्रदान गर्ने । -सम्पूर्ण नेपालीका लागि प्रमुख ५० वटा रोगको स्वास्थ्य बिमा गर्ने ।
सुनको भाउ फेरि बढ्यो
काठमाडौं, कात्तिक २१ । आज मंगलबार बजारमा फेरि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुन तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सोमबार सुन तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको हो । यस्तै हिजो तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलाको ७ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रचण्ड चमत्कारः चितवनमा ४ दिन, ४ सभा, २000 पार्टी प्रवेश, जित निश्चित
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ चितवन यति बेला चितवनमा छन । गएको कात्तिक १६ गते चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा ददस्यका लागि उम्मेदवार दर्ता गर्न प्रचण्ड चितवन आएका हुन । गृह जिल्ला चितवन आएसँगै प्रचण्डले केहि नयाँ कुरा बोल्ने गर्छन । त्यसैले प्रचण्ड चितवन आएपछि सबैको ध्यान यतैतिर तानिन्छ ।चितवन यस्तो ठाउँ हो जहा“ हरेक नेपाली राजनीति परिवर्तनको लागि अभियानको आरम्भ हुने गरेका छन । चाहे पञ्चायतको विरुदको अभियान ,०४६ सालको जनआन्दोल होस वा ०६२/०६३ को नै किन नहोस् । चितवनलाई परिवर्तनको उदगम स्थल मान्निछ ।नेपालमा गणतन्त्र स्थापनापछि दुई पटक पधानमन्त्री भएका प्रचण्ड नेपाली राजनीतिको अभिभावकको भूमिकामा छन् । उनी अहिले चितवन क्षेत्र नं ३ को प्रतिनिधीसभा उम्मेदवार हुन् । कात्तिक १६ गते मनोनयका लागि चितवन आएका प्रचण्ड ४ दिनसम्म चुनाबी प्रचारप्रसारमा व्यस्त रहे । मनोनयपछि उनले भरतपुर गेष्ट हाउस चौरमा संयुक्त बाम गठबन्धनको सभालाई सम्बोधन , माडीमा दिवाकर तिर्थमाया स्मृती पुरुष भलिबल प्रतियोगिताको उद्घाटन ,बाम गठबन्ध क्षेत्र नं ३ को सम्पर्क कार्यालयहरुको उद्घाट ,प्रचण्ड विजय अभियानको उद्घाटन गरे ।यस बिचमा उनका बाल्यकालका साथीसग पनि भेटघाट गरेका थिए । पुर्व प्रधानमन्त्री प्रचण्डले ४ दिनमा अन्य पार्टीका करिब २ हजार भन्दा बढी कार्यकर्तालाई पाटी प्रवेश गराए । प्रचण्ड क्षेत्र नं ३ मा उम्मेदवारको रुपमा आए सगै चितवनको राजनीतिले नया“ मोड लिएको छ । प्रचण्डको उम्मेदवारी पछि राप्रपा चितवनका अध्यक्ष सहितको टोली माओवादी केन्द्र मा प्रवेश गरे । नयाँ शक्ति नेपालका ३ जना केन्द्रिय सदस्य सहितको टिम पनि माओवादी केन्द्र मा प्रवेश ग¥यो । यसले चितवनको राजनीतिमा नया“ तरङग पैदा गरेको छ ।गृह जिल्ला चितवन भएपनि अन्य ठाउँ बाट चुनाव लड्दै आई रहेका उनी यस पटक आफ्नै ठाउँ बाट उम्मेदवारी दिएका छन । देशकै नेतृत्व सम्हालि सकेका प्रचण्डले चितवन क्षेत्र नं ३ मा जिते चितवनकै विकास हुने आशा गरिएको छ । उनले चितवनको विभिन्न क्षेत्रमा पुगेर स्थान विशेष विकास निमार्णको घोषणा गरेका छन् । ४ दिने जिल्ला बसाईले उनको पक्ष्ँमा जनलहर सिर्जना भएको छ । यसले उनको जितलाई थप मजबुद बन्दै गएको देखिन्छ ।
झटारो: नमरी बाँचे
आँखो र खुर्सानीबीचको मेलमिलाप पनि यी फुट्न नसकेका आँखाले देख्नुपर्यो । भन्थे, नमरी बाँचे कालले साँचे के–के देख्न पाइन्छ । हो रहेछ । देशमा वामपन्थीहरू यति छिट्टै र यति सजिलै मिल्लान् र कांग्रेस पार्टीलाई यसरी अत्याउलान् भनेर एक महिनाअघिसम्म कसैले सोचेको थिएन । कम्युनिस्टसँगै मिलेर सरकार चलाइरहेका प्रधानमन्त्रीले ‘कम्युनिस्टको सरकार बन्यो भने रुन पनि पाइँदैन’ भनेर जनतालाई डर देखाउनुपर्ने बाध्यता आएको पनि देख्नुपर्यो, एक बारको जुनीमा । लक्ष्मण गाम्नागे प्रधानमन्त्रीजी किन आत्तिनुभयो भने एकदिन अचानक एउटै ओछ्यानमा सुतिराखेको माओवादी केन्द्रको लम्पसारवादमा एमालेले हावा हालेर जुरुक्कै उठाइदियो । त्यसरी अचानक उठेको लम्पसारवादले एमालेको खोक्रो राष्ट्रवादलाई पम्प लगाएर पोटिलो बनाइदियो । खोक्रो राष्ट्रवाद र लम्पसारवाद एकअर्कालाई अँगालो मारेर मैदानमा उत्रिएको एक महिनामै यिनीहरूले हाहाकारै मच्चाए । महिनौँसम्म बोलचालै बन्द भएका ओली बा र प्रचण्ड काका हेर्दाहेर्दै दिनको दुईपल्ट भेट नभए खानै नरुच्ने स्थितिमा पुगे । भर्खरै ओली बा र प्रचण्ड पुत्र प्रकाशको कुम जोरेको हँसिलो मुद्राको तस्बिरले फेसबुकको भित्तो छपक्कै ढाक्यो । भरतपुरमा अस्ति भर्खर महाभारत मच्चाएर आफूलाई हराउने परिवारसँग देवी ज्ञवालीले गम्लंग अँगालो मारेको तस्बिर पनि भाइरल भयो । अलि अस्ति घुँडा फुकाला–फुकाल गरेका दुवै पार्टीका जिल्ला नेताहरू प्रचण्डको स्वागतमा फूलमालासहित घुँडा कक्रक्क पारेर भरतपुरकै विमानस्थलमा उभिएका तस्बिरले प्रधानमन्त्रीलाई कति रिङ्गटा लगायो होला १ पुराना कुरा के कोट्याइराख्नु भन्दाभन्दै पनि कुनै दिन माओवादीले मान्छे मारेका तस्बिरहरू भित्तामा छ्याप्छ्याप्ती टाँसेर एमालेले चुनाव जितेको कुरा र माधव नेपालले ज्ञानेन्द्रका पाउमा दाम चढाएका तस्बिर सार्वजनिक गरेर माओवादीले भोट बटुलेको कुरो एकै पटक याद आयो । अहिले ती तस्बिरहरू हेर्नुपर्यो भनेर फेसबुकमा खोज्दा सबै डिलिट भएछन् । डिलिट त कुन्नि, ‘हाइड’ भए होलान् । हेर्दाहेर्दै अहिले त सूर्यवाला कार्यकर्ताहरू हँसिया–हथौडाको फेटा गुथेका, हँसिया–हथौडावाला कार्यकर्ताहरू सूर्यको झन्डा बोकेर जुलुसमा हिँड्दै गरेका तस्बिर मात्रै पो छ्याप्छ्याप्ती भेटिन्छन् । होइन, नेताहरू त मिले मिले, कार्यकर्ता के भएका १ नेताहरूको अत्याचार किन खपेका रु ६० र ४० प्रतिशतको भागबन्डा गर्ने सहमति हुँदाहुँदै एमालेले ३९ प्रतिशत मात्रै दिएछ, किन बबाल नगरेका हथौडावालाहरूले रु बरू, उल्टै अड्डी छाडेका, बागी फिर्ता लिएका टेन्सनप्रधान समाचारहरू मात्रै सुनिन्छ । शंकर पोखरेलले महरालाई दाङ दिएको, बदलामा बादलले चितवन त्यागेको जस्ता अशुभ खबर मात्रै आउँछन् । गठबन्धन चुँडिनु त कता हो, उल्टै उता झापामा प्रधानमन्त्रीकै गठबन्धनको राप्रपालाई नै सघाउनेदेखि भक्तपुरमा विजुक्छेलाई निर्विरोध छाड्नेजस्ता कुरा आएपछि हामी रमितेलाई त छटपटी हुन्छ भने प्रधानमन्त्रीलाई कति तनाव हुँदो हो १ हुँदा–हुँदा दशककै ठूलो शत्रुता गरेका कमरेड हृदयेश त्रिपाठी पनि सूर्यमा भोट माग्न गाउँ पसेछन् । आँखो र खुर्सानीबीचको मेलमिलाप पनि यी फुट्न नसकेका आँखाले देख्नुपर्यो । अस्तिसम्म फाँसी दिनुपर्छ भन्दै माग गर्ने एमाले कार्यकर्ताहरूले माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ पर्दा खुच्चिङ भन्लान् कि भनेको त सरकारको भत्र्सना पो गर्न थाले । नमरी बाँचे, दैवले साँचे अनेकै देख्न पाइँदो रहेछ । आउँदो मंसिरमा वामपन्थीहरूको बहुमतको सरकार बनेर पाँच वर्षसम्म रुन नपाइने भयो भनेचाहिँ कसरी खप्ने हो, बेलैदेखि शक्ति सञ्चय गर्नतिर लाग्नु छ । प्रधानमन्त्रीजीलाई पनि यही सुझाव दिनु उपयुक्त होला । कान्तिपरबाट
बाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याउने प्रवासी मञ्चको दावी
युएई, कात्तिक १८ । नेकपा एमाले तथा माओवादी केन्द्र निकट प्रबासी भ्रातृ संगठनहरु प्रबासी नेपाली मञ्च युएई र नेपाली जनप्रगतिशिल मञ्च युएईले नेपालमा भएको बाम गठबन्धनको स्वागत र समर्थन गरेका छन । शुक्रबार संयुक्त बिज्ञप्ती जारी गर्दै यी दुई संगठनले राजनैतिक स्थायित्वको साथै बैदेशिक हस्तक्षेपलाई निरुत्साहित गर्नको लागि नेपालमा कम्युनिस्ट पार्टीहरुको एकता अपरिहार्य रहेकोमा जोड दिएको छन । प्रबासी नेपाली मञ्चका अध्यक्ष श्याम कंडेल र नेपाली जनप्रगतिशिल मञ्च युएईका कार्यबाहक अध्यक्ष बाबुराम विश्वकर्माद्वारा हस्ताक्षरित संयुक्त बिज्ञप्तीमा पार्टी एकता गर्ने उद्देश्यसहित भएको बाम तालमेल प्रकृयाले विश्व कम्युनिस्ट आन्दोलन र नेपाल राष्ट्रलाई २१ औ शताब्दीमा समाजबादको दिशामा डोर्याउने विश्वाश लिएको जनाईएको छ । नेपालका कम्युनिस्ट पार्टीहरुले बिगतका तिता घटनाहरुबाट सिक्दै एक भई अघी बढ्नु पर्ने बिज्ञप्तीमा बताईएको छ । बिज्ञप्तीमा बाम गठबन्धनमा उम्मेद्वारहरुलाई मतदान गरी संघीयसभा र प्रदेशसभामा बहुमतले बिजयी गराउन अपील समेत गरिएको छ । दुई संगठनका प्रतिनिधिहरु उपस्थित भएको सचिबालय स्तरीय बैठकले उक्त निर्णय गरेको हो । बिज्ञप्तीपछि संक्षिप्त प्रतिकृया दिदै कंडेलले बामपन्थी गठबन्धनले दुईतिहाइ बहुमत प्राप्त गर्ने विश्वास ब्यक्त गरेका छन् ।
छयानब्बे करोडको अदुवा निर्यात
इलाम, कात्तिक १६ । आर्थिक वर्ष २०७३–७४ मा इलामबाट रु.९६ करोडको अदुवा निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेका अनुसार २७ हजार ५७० मेट्रिक टन अदुवा निर्यात भएको हो । घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले जिल्लामा व्यावसायिक खेती हुन थालेको छ । जिल्लामा उत्पादन भएको अदुवा झापाको काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुने गरेको छ । किसानले अदुवाको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भई मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष अदुवा निर्यातमा केही समस्या भए पनि हालै भन्सार निर्यात खुल्ला भएपछि निर्यात हुनेमा किसान ढुक्क छन् । कूल उत्पादनको २६ प्रतिशत अदुवा मात्रै जिल्लाका बजारमा खपत हुने गरेको छ । बीउमा मात्र छ हजार ४६६ मेट्रिक टन अदुवा खपत हुन्छ । इलाममा उत्पादित अदुवा भारतीय बजारमाथि निर्भर छ । पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा पर्ने गरेका छन् । पछिल्लो समय रोगको संक्रमण बढेकाले अदुवा खेतीमा समस्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले बताए ।
वाणिज्य बैंकको परीक्षामा सोधिने नमूना प्रश्नहरू
प्रथम पत्र पूर्णाङ्कः १००, समयः ३ घण्टा दिइएका सबै प्रश्न अनिवार्य छन् । (५*२०=१००) १. ‘क’ वर्गका वित्तीय सस्थाको काम, कर्तव्य र अधिकार लेख्दै नेपालको बैंकिंग क्षेत्रका बिध्यमान चुनौतिहरु लेख्नुहोस । २. नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम नेपाल राष्ट्र बैंकले नियमन गर्ने क्षेत्राधिकार तथा निरीक्षण र सुपरिवेक्षण गर्ने सम्बन्धमा रहेको प्रावधानबारे लेख्नुहोस । ३. लेखा भन्नाले के बुझिन्छ ? यसका उदेश्यहरु लेख्नुहोस । साथै एकोहोरो र दोहोरो लेखा प्रणालीबीच फरक छुट्याउनुहोस् । ४. ह्रासकट्टी भनेको के हो ? ह्रासकट्टी गर्ने विधिहरु लेख्नुहोस । ५. सुचना प्रविधि नीति, २०६७ अनुशार सुचना प्रविधि नीति सम्बन्धि योजना तर्जुमा एवं कार्यान्वयन गर्न गठित समितिको गठन बारे लेख्नुहोस ्र सोहि नीतिमा उल्लेख गरिएका रणनीति तथा कार्यनीतिबारे लेख्नुहोस । द्वितीय पत्र पूर्णाङ्कः १००, समयः ३ घण्टा दिइएका सबै प्रश्न अनिवार्य छन् । (५*२०=१००) १. द्वन्द भन्नाले के बुझिन्छ ? द्वन्दका सकारात्मक र नकारात्मक असरहरुबारे लेख्नुहोस । द्वन्द समाधान गर्न अपनाउनुपर्ने रणनीतिहरुबारे लेख्नुहोस । २. पत्र व्यवहार भनेको के हो ? पत्र व्यवहारको महत्व एवं उद्देश्य लेख्नुहोस । पत्र व्यवहार गर्दा ध्यान दिनुपर्ने कुराहरु लेख्नुहोस । ३. मानव संसाधन व्यवस्थापनको परिचय दिँदै मानव संसाधन व्यवस्थापनको विशेषता एवं उद्देश्य लेख्नुहोस । ४. राष्ट्रिय बाणिज्य बैंकको काम कारवाही संबन्धमा विवेचना गर्नुहोस । ५. २०६४ असारमा १० वटा कर्जाको वक्यौता रकम ९रु। लाखमा० देहाय बमोजिम रहेको छ । ५६०, १२०, ३००, २२०, ३९०, ४२०, १६०, क , १८०, ६० । यी १० वटा कर्जाको कुल वक्यौता रु २६०० लाख रहेको छ ्र उपरोक्त विवरणको आधारमा देहायको प्रश्नको उत्तर दिनुहोस । (क) ‘क’ को मान कति होला ? (ख) औसत प्रति कर्जा वक्यौता कति होला ? स्रोत: ज्ञानसागर
सीताराम विवाह महोत्सव मङ्सिर २ देखि
जनकपुरधाम, कात्तिक १२ । आगामी मंसिर २ देखि ८ गतेसम्म यहाँ सीताराम विवाह महोत्सव मनाइने भएको छ । गोस्वामी तुलसीदासले ‘रामायण’मा वर्णन गर्नु भएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामले तीन टुक्रा पारेपछि मंसिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह भएको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीरबाट नभए पनि अदृश्य रूपमा नै हुने विश्वासले हर्षाेल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुुने गरेका छन् । मिथिलामा दुलहा पक्षलाई अयोध्यावासी र दुलही पक्षलाई मिथिलावासी मान्ने चलन छ । सीतारामको प्रतीकात्मक विवाह मैथिल संस्कृतिअनुसार गर्ने परम्परा छ । जानकी मन्दिरका सहमहन्त रामरोशन दासका अनुसार महोत्सवमा मङ्सिर २ गते जनकपुर दर्शन, ३ गते फूलबारी लीला ,४ गते धनुषयज्ञ, ५ गते तिलकोत्सव, ६ गते मटकोर, ७ गते शुभविवाह र ८ गते रामकलेवाको कार्यक्रम छ ।
यता दशैको रौनक, कोरियामा ३ नेपालीको मृत्यु
सोल : देश विदेशमा रहेका नेपाली हिन्दूरुको महान् पर्व दशै मनाउने तयारीमा रहेको बेलामा दक्षिण कोरियामा रोजगारीमा आएका तीन नेपालीको मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत करिब चार महिना अघि यहाँ आएका गुल्मी स्थायी घर भई बुटवलको नयाँगाउ बस्दै आएका कमल कार्कीले आत्महत्या गरेको भोलिपल्ट मंगलबार सुतेको अवस्थामा थप एक जना र औद्योगिक दुर्घटनामा अर्को एक गरी तीन जनाको मृत्यु भएको हो। ख्यङगिदोको हवासङस्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिमामा झुण्डिरहेको अवस्थामा फेला परेका थिए भने इन्छनको एक कम्पनीमा कार्यरत प्युठानका अर्जुनराम केसी औद्योगिक दुर्घटनामा परी मृत्यु भएको दुतवासले जनाएको छ । कम्पनीमा कार्यरत एक सहकर्मीले भुलवश मेसिन चलाएपछि उक्त दुर्घटना हुन पुगेको बताइएको छ। त्यस्तै सोमबार राती मध्यपान गरेर सुतेका गुल्मीकै एक युवा विहान मृत अवस्थामा भेटिएका छन् । मृतकको विस्तृत विवरण आउन भने बाँकि छ। मृतकको शव अहिले अस्पतालमा राखिएको दुतावासले जनाएको छ । रोजगारी अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि नेपाली आउने क्रम बढेसँगै आत्महत्या, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या वृद्धि भइरहेको छ । अन्य भन्दा आत्महत्या र सुतेको अवस्थामा ज्यान गुमाउनेको संख्या विकराल बनिरहेको छ । सन् २०१७ यता आत्महत्या गर्ने नेपालीको संख्या आठ पुगिसकेको छ भने सुतेको अवस्थामा मृत्यु हुनेको संख्या पनि उत्तिकै छ । कोरियामा कठिन काम लगायत विविध कारणले डिप्रेशनमा परेर आत्महत्या रोज्ने क्रम बढेपनि न्यूनिकरण गर्न नेपाल सरकार र सरोकारवाला निकायले खासै सक्रियता देखाएको छैन् । यहाँस्थित नेपाली दुतावासले तनाब व्यवस्थापनका कार्यक्रम पनि विभिन्न स्थानमा बेला बेलामा गरेपनि प्रभावकारी बन्न सकेको छैन् । अन्नपूर्ण पोस्टबाट
एमाले विजयी नगरपालिकाले फ्याँक्याे सहीद लखन थापाको शालिक
असोज १० । पाेखरा लेखनाथ नगरपालीकाले नेपालका प्रथम सहिद लखन थापाको सालिक उखेलेर फ्याँकिदिएकाे छ । बाटो फराकिलो बनाउने नाममा सालिक उखेलेर फ्याँकिनु गलत भन्दै विराेध सुरु भएका छन् । याे नगरपालीमा एमालेले जितेकाे हाे । नगरपालीकाले चोकमा रहेको सहिदको सालिक बाटो फराकिलो बनाउने भन्दै उखेलेकाे हाे । जथाभावी नक्सा पास गर्दै सडक मिचेर घर बनाउन अनुमती दिने नगरले बहाना बचाएर सालिक उखेलेर फ्याँकेकाे अाराेप लागेकाे छ । स्थानीय प्रशासनले यसबारे अाैपचारिक टिप्पणी गरेकाे छैन् । यस्ताे छ प्रथम सहिद लखन थापाकाे वास्तविकता सन् १९१४ मा भारत स्वतन्त्रता आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठूलो विद्रोह गर्यो। त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जंगबहादुरको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं चुमी रानामगर, कालीबहादुर गणका श्रीपत गुरुङलगायत लखनउ पुगेका थिए। विद्रोही आन्दोलन दबाउने क्रममा त्यहाँका जनतालाई अत्याचार गरी निर्मम तरिकाले हत्या गरेका दृश्य, नबाब अलि साहको दरबारको सम्पत्ति लुटपाट, भारतलाई स्वतन्त्रता दिलाउन बलिदानी दिने सहिदको संघर्षलाई नजिकबाट नियालेका लखनको हृदयमा नेपालमा जंगबहादुरको अत्याचारविरुद्ध आन्दोलन गर्ने ऊर्जा प्राप्त भयो। प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक जंगबहादुर राणाविरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह गरेका लखन थापाले देशका लागि बलिदान दिएका थिए। उनको बलिदानी राज्यले स्वीकार्न १३९ वर्ष लाग्यो। राजा–महाराजाले ‘मेरा देशका लाटागाँडा जनताहरु’ भनेर सम्बोधन गरिने समयमा जनता पूर्ण अशिक्षित, धर्मकर्ममा बढी चासो राख्ने भएकाले जातीय देवीदेवताका शक्तिका नामबाट जनचेतना जगाउँथे लखन। नेपालको राजनीतिक इतिहासअनुसार ‘जंगेले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेको छ, जातपात, छुवाछुत झन् चर्काएको छ। जंगेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ। नेपालमा सत्ययुग फिराऊ, मनकामना देवीले मलाई बरदान दिएकी छन्। भाइ हो! तयार होऔं’ भनेर गाउँलेलाई ठाउँठाउँमा भेला गराएर चेतना फैलाउँदै उनी संगठित हुन आह्वान गर्थे। उनी नेपालमा बेलायतको जस्तो संसदीय प्रणाली लागू गर्न उत्प्रेरित थिए भने अंग्रेजको साम्राज्यवादी नीतिका कट्टर विरोधी। मृत्युदण्ड सन् १८७६ मा लखन थापाको नेतृत्वमा २ हजारजति युवाको सैनिक संगठनले गोरखाको बुङकोट काहुले भंगारमा ठूलो किल्ला, तीनतले दरबार, पिटी, परेड खेल्ने टुँडिखेल बनाई आवश्यक हातहतियार जम्मा गरे। त्यतिबेला जंगबहादुरले आफू श्री ३ बाट श्री ५ बन्न युवराज सुरेन्द्रलाई हातमा लिइसकेका थिए। तर, पछि विद्रोह हुँदा श्री ५ हुन उनी असफल भए। चन्द्रागिरि भञ्ज्याङमा घाट लगाएर जंगबहादुरलाई मार्ने योजना लखन थापाले बनाए तर उक्त योजनाको पोल टीकादत्त जैसी (कसैकसैले बोर्लाङका थापाक्षत्रीहरु भन्छन्) ले खोलेकाले ४०–५० दिनको सिकार खेल्ने कार्यक्रम १६ दिनमै स्थगित गरेर जंगबहादुर काठमाडौं फर्के। काठमाडौं फर्किनासाथ क्रोधित स्वरमा देवीदत्त बटालियनलाई जंगबहादुरले आदेश दिए, ‘लखनलाई मनकामना बाराहीकै छेउमा झुन्ड्याई मार्नू!’ जङ्गबहादुरले पठाएको देवीदत्त बटालियनका सैनिकसँग बुङकोटमा घमासान लडाइँ गर्दागर्दै गोलीगट्ठा र रासनपानी सकिएपछि लखन थापाले आत्मसमर्पण गरे। जयसिं चुमी रानामगर र उनका सहयोगीलाई जंगबहादुरको सैनिकले पक्री बाँसको पिँजडामा बाँधेर निर्ममतापूर्वक काठमाडौं पुर्यामए। लखनले आफ्नै दरबारमा मृत्युवरणको इच्छा राखे पनि उनी र विशेष सहयोगीलाई त्यहीँ झुन्ड्याई मार्ने आदेश दिनासाथ जंगबहादुरकी रानी मूर्च्छा परिन्। जंगबहादुरले ठूलो भूल भएको प्रायश्चित गर्दै केही सैनिकलाई लखन थापालाई नमार्नू भन्ने आदेश पठाए तर जैसी र थापाक्षत्रीले सुइँको पाउनासाथ बेनीघाटमा घाटेहरुलाई डरधम्की देखाई केही रकम दिएर आफ्नो पक्षमा पारे। तीन दिनपछि सैनिक पुग्दा १९३३ फागुन २ गते दरबारअगाडिको खिर्राको बोटमा उनलाई झुन्ड्याइएको थियो। सन्त ज्ञान दिलदास र कालु लम्साललाई बाहुन भएकाले मृत्युदण्ड दिइएन भने सुकदेव गुरुङलाई गोरखाको जेलमा यातनापूर्ण ढंगले हत्या गरियो। अन्य ५० जना सहयोगीलाई बाँसको पिँजडामा राखी काठमाडौं ल्याई टुँडिखेलको रुखमा झुन्ड्याइयो। लखन थापालाई मारेको खबर पाउनासाथ जंगबहादुरको मन बेचैनीले छटपटाउन थाल्यो। उनी स्वयं बुङकोट गई लखन थापाको लाससँग क्षमा मागी पत्थरघट्टाको बाटो हुँदै फर्किंदा जंगबहादुरको पनि बाटैमा रहस्यमय मृत्यु भयो। स्थानीय जनविश्वास ‘म मरेको सात दिनभित्र त्यो जंगे पनि मर्नेछ। मलाई झुन्ड्याइएको बेला कोही पनि नरुनू र पीर नगर्नू, मेरो शरीर कुहेर भुइँमा खस्यो भने लखन थापा मरेर गएछ भनेर जान्नू। यदि त्यसै सुकेर सानो–सानो भई झुन्ड्याएको डोरीमा शरीर बिलाएमा लखन थापा जिउँदैछ भनेर बुझ्नू। मलाई झुन्ड्याइएको डोरी सुरक्षित राख्नू, म एकदिन फर्केर आउनेछु,’ राणाका सेनाले बलिदानी दिनुअघि लखनले जनसमुदायलाई सम्बोधन गरेका थिए्। स्थानीय गाउँलेलाई घटना गुपचुप राख्न कागजमा सहीछाप गराई राणाहरुले रुपैयाँ बाँडेका थिए। गाउँलेले उक्त रुपैयाँ आफूसँग नराखी सामूहिक रुपमा गोरखा दरबार परिसरमा लखन थापाको नाममा ठूलो घन्टा किनेर चढाएका थिए। लखन र उनका सहयोगीलाई मारेपछि उनको शरीर डोरीमा विलीन भएको र अन्यको कुहेर भुइँमा झरेकाले स्थानीय बासिन्दामा उनी मरेका छैनन्, देउतामा परिणत भएको विश्वास छ। केही वर्षअघिसम्म लखनलाई झुन्ड्याइएको डोरी पेट दुख्ने र अन्य उपचारका लागि प्रयोग गर्दा सकिएको स्थानीय समुदायले बताएका थिए। सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यावहारिक हिसाबले पनि कठिनाइ पर्ने’ व्यहोराको पत्र सरकारले थमाएको थियो। उनको मृत्यु हिंसात्मक ढंगबाट भएकाले उनले पनि भयाँर पूजा (मगर जातिले सामूहिक रुपमा हिंसात्मक घटनामा मृत्युवरण भएकाहरुको स्मृतिमा गरिने पूजा) गर्ने गरेको हुँदा गोरखा, बुङकोट, काहुले भंगारमा प्रत्येक वर्ष पुस महिनाको पहिलो पञ्चमीका दिन भयाँर पूजालाई ‘लखन्या पूजा’ भन्ने गरिन्छ। प्रथम सहिद घोषणा नेपालको राजनीतिक इतिहासमा निरकुंश जहानियाँ राणाशासनका प्रवर्तक जंगबहादुर राणाविरुद्ध जनतामाझ पहिलोचोटि जनस्तरबाट विद्रोह गरेका लखन थापाले प्रजातान्त्रिक आन्दोलन देश र जनताका निमित्त १९३३ फागुन २ गते आहुति दिएका थिए। उनले सहादत पाएको १२५ वर्षपछि २०५६ फागुन ११ गते राज्यले लखनलाई सहिद घोषणा गर्यो । प्रथम सहिदचाहिँ भनेन। सहिद घोषणा प्रक्रियामा असन्तुष्ट बनेका मगरहरुको साझा संस्था नेपाल मगर संघले २०६२ माघ १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा लखन थापालाई प्रथम सहिद घोषणा गर्नुपर्ने माग थियो। ‘प्रथम सहिद घोषणा गर्न ऐतिहासिक प्रामाणिक तथ्य एवं अन्य विवरण आवश्यक पर्ने र निज अघि नेपालमा अन्य कुनै व्यक्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय जीवनका अन्य क्षेत्रहरुमा योगदान दिँदै प्राण आहुति गरेका छैनन् भन्ने यकिन प्रमाणित तथ्य तथा विवरण आवश्यक पर्ने भएकाले श्री ५ को सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यावहारिक हिसाबले पनि कठिनाइ पर्ने’ व्यहोराको पत्र सरकारले थमाएको थियो। नेपाल मगर संघ र प्रथम सहिद लखन थापामगर स्मृति प्रतिष्ठानले निरन्तर सरकारलाई कडा चेतावनीसहित ज्ञापनपत्र बुझाउँदै इतिहासकार, बुद्धिजीवीसँग गोष्ठी, अन्तर्त्रि्कयामार्फत दबाब दिइरह्यो। मगर सभासद समूह र समर्थक सभासदको हस्ताक्षरसहित सभासद शिवलाल थापा मगरले संविधानसभा व्यवस्थापिका संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै ‘जंगबहादुर राणाको जहानियाँ शासनविरुद्ध जनविद्रोह गर्ने पहिलो व्यक्ति लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भन्दै निवेदन दिए। व्यवस्थापिका संसदमा सोही कुरालाई जोड दिँदै ‘प्रथम सहिद घोषणा गर्ने आधार र अकाट्य प्रमाण हुँदा पनि अझसम्म घोषणा नगरिएकाले प्रथम सहिदप्रति अपमान भएको ध्यानाकर्षण गरेपछि बाध्य भएर २०७२ असोज ३ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले ‘लखन थापा मगरलाई नेपालको प्रथम सहिद घोषणा गरिएको व्यहोरा जानकारीका लागि निर्देशानुसार गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ। सामान्य ज्ञानदेखि इतिहासकारबीच एकमत भए पनि जनस्तरमा परिचित लखन थापालाई भूमिगत रुपमा संविधान जारी गरिएको दिन १३९ वर्षपछि मात्र प्रथम सहिद घोषणा गरिएको छ। जनताबाट पहिले सम्मानित राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय अन्य विषय र क्षेत्रमा ठूलो योगदान दिँदै प्राण आहुति गरेको व्यक्तिलाई सहिद भनिए पनि प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक जंगबहादुर राणाविरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह गरेका लखन थापाले देशका लागि बलिदान दिएका थिए। उनको बलिदानी राज्यले स्वीकार्न १३९ वर्ष लाग्यो। तर, त्योभन्दा पहिल्यै इतिहासकारले उनी नेपालका प्रथम सहिद हुन् भनी दाबीसाथ लेखेका थिए। सैनिकसँग बुङकोटमा घमासान लडाइँ गर्दागर्दै गोलीगट्ठा र रासनपानी सकिएपछि लखन थापाले आत्मसमर्पण गरे। उनै प्रथम सहिद लखन थापाको आहुतिलाई सम्मान गर्दै उनलाई झुन्ड्याइएको स्थानमा सालिक स्थापना गरिएको छ। २०६२/६३ को जनआन्दोलनले राजा, महाराजाको फोडिएको सालिकको स्थानमा बुटवल, पाल्पा, पोखरा र धादिङमा लखन थापा मगरको सालिक स्थापना गरिएको छ। घोराही, दाङमा निर्माणाधीन सहिदपार्क, अन्य ठाउँमा सडक, चोक आदिको नामकरण प्रथम सहिद लखन थापाबाट गरिएको छ। नेपाल मगर संघ र प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मगर संघ, हङकङ, अमेरिका, अस्टे्रलिया, क्यानाडा, बेल्जियम, कतार, साउदी अरब, मलेसिया, ओमान, बहराइन, जापानले प्रथम सहिद लखन थापा मगरको स्मृतिमा विविध कार्यक्रम गरी प्रथम सहिद घोषणा गर्न दबाब दिँदै आएका थिए। मगर संघ युकेले हरेक वर्ष लखन थापा मगर फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। – नागरिक दैनिकबाट
यसरी गर्नुस रिस नियन्त्रण, ९ उपाय
रिस कसलाई पो उठ्दैन र ? तर त्यो कति बेर रहन्छ वा त्यसको परिणाम कस्तो हुन्छ भन्ने झन् संवेदनशिल पक्ष हो । धेरै थोरै रिस सबैमा हुन्छ । रिसले शारिरिक, मानसिक, भावनात्मक तथा स्वास्थ्यमा समेत नराम्रोसँग प्रभाव पार्छ । बारम्बार रिसाउँदा नजिकको वा माया गर्ने मान्छेसँगको सम्बन्धमा पनि प्रत्यक्ष असर पर्छ । रिसले व्यावसायिक जीवनमा नै आँच आउनछ । यदि तपाईलाई रिस नियन्त्रण गर्न गार्हो भइरहेको छ भने तल उल्लेखित केही टिप्स पालना गर्न सक्नुहुन्छ : एरोविक व्यायाम : छिटो र लामो समय रिसाउने बानी छ भने एरोविक कक्षा लिँदा यस्तो बानी सुधार गर्न सहयोग मिल्छ । एरोविक व्यायामले सेरोटोनिन (खुसी बनाउने हर्मन) उत्पादन गर्न सहयोग गर्ने भएकोले मानिस खुसी तथा प्रफुल्लित हुन्छ । यस्तो कक्षा जुन सुकै उमेर समूहका मानिसले लिन सक्छन् । शास्त्रीय संगीत सुन्ने : अन्य संगीतको तुलनामा शास्त्रीय संगीतले मानिसमा एकचित्त बनाउने र खुसी प्रदान गर्ने विभिन्न अध्यनले देखाएका छन् । युनिर्भसिटी अफ साउद अलाबामाका मनोवैज्ञानिकहरुले कलेजका ५६ जना विद्यार्थीलाई विभिन्न विधाका संगीत सुनाएका थिए । कुनै विषयमा चोट दिएपछि सहभागी विद्यार्थीलाई संगीत सुन्न लगाएका थिए । ती मध्ये शास्त्रीय संगीत सुन्ने विद्यार्थीको चिन्ता, रिस र त्रास अन्यको भन्दा तुलनात्मक रुपमा न्यून थियो । अभिलेख राख्ने, डायरी लेख्ने : रिस पोख्ने सबैभन्दा सुरक्षित तरिका हो डायरी लेख्ने । तपाईलाई के विषयले आक्रोशित पुयाएको छ, त्यसलाई डायरीमा टिपोट गर्नुहोस । तपाईको आफ्ना सोच र भावनालाई अभिलेख राख्नकै लागि एउटा डायरी बनाउन सक्नुहुन्छ । यसले तपाई आक्रोशित वा उत्तेजित हुनुको कारण बुझ्न सहयोग पुयाउनुका साथै नकरात्मक आवेगलाई समाधान गर्छ । गहिरो श्वास लिने : याद गर्नु भएको छ ? तपाई रिसाएको बेलामा चाँडो चाँडो श्वास लिइरहनुहुन्छ । तर रिस वा आवेग आउने वित्तिकै झट्ट गहिरो श्वास लिनुहोस । नाकबाट श्वास लिने र करिब ५ सेकेण्ड रोकेर मुखबाट फाल्ने गर्नुहोस । तत्कालै तपाईले शान्त महशुस गर्नु हुन्छ । फटाफट हिड्ने : जब बहस गरम हुन्छ र आवेग उत्कर्षमा पुग्न थाल्छ त्यस्तो अवस्थामा तत्काल केही समय हिड्नुहोस । यसरीे हिड्दा प्रयाप्त अक्सिजन मिल्नुका साथै बिस्तारै दिमाग शान्त हुन्छ । कागतीको तेल : कागतीको तेलको नस लिदाँ सकरात्मक सोचको विकास हुने र मानिसलाई खुसी र शान्त बनाउने वैज्ञानिकहरुले प्रमाणसहित पत्ता लगाएका छन् । कागतीको तेलबाट मानिसलाई शान्त बनाउने एक प्रकारको तत्व पाइने वैज्ञानिक बुझाई छ । कागतीको तेल सुग्दा न्युरोट्रान्समिटर नोरिपिनेफ्राइनले दिमागमा अक्सिजनको मात्रा बढी प्रबाह गराइदिन्छ । यस पक्रियाले तपाईले स्पष्ट र चाँडो सोच्न सक्ने क्षमातामा बृद्धि गराउछ । पानी पिउने : रिस उठ्दा प्राय मानिसको दिमाग तातेको हुन्छ र मुटुको धड्कन बढेको हुन्छ । यस्तो अवस्थामा चिसो पानी पिउदा पनि दिमाग ठन्डा हुन्छ । साथै दिमागमा अक्सिजनको मात्रा पुग्छ र मन शान्त रहन्छ । ध्यान गर्ने : ध्यान गर्ने मानिसले सजिलै रिसलाई आफ्नो नियन्त्रणमा लिन सक्छ । कमजोरी केलाउने : प्राय मानिसले अरुलाई मात्र दोषी देख्छ तर आफ्नो कमजोर हेर्दैन । झगडा वा रिस उठ्नका कारणलाई रचनात्मक तरिकाले विश्लेषण गर्नुपर्छ । त्यसमा आफ्नो पनिा दोष हुनसक्छ । आफ्नो दोष छ भने माफ माग्दा प्रतिष्ठा बढ्छ । यसले सकारात्कम बाटोमा डोर्याउछ । -स्वास्थ्यखबरबाट