यी हुन ७ नम्बर प्रदेशका माओवादी उम्मेदवारहरु (नामावलीसहित)
नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ७ मा सम्पूर्ण तहमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । ७ नम्बर प्रवेश निर्वाचन प्रचार प्रसार समितिका संयोग ओम विक्रम भाटले दिएको जानकारी अनुसार सबै नौ वटा जिल्लाका ८८ वटा स्थानीय तहको माओवादी उम्मेदवारहरुको नाम यस प्रकार छ ।
नेकपा माओवादी केन्द्र प्रदेश नं. ७ का सम्पूर्ण स्थानीय तहका प्रमुख र उपप्रमुखका उमेदवारहरुको नामावली निम्नानुसार रहेको छ ।
दार्चुला
महाकाली नगरपालिका प्रमुख खड्क सिंह धामी
उपप्रमुख निर्मला बडाल जोशी
शैल्यशिखर नगरपालिका प्रमुख मोहन देव विष्ट
उपप्रमुख लक्ष्मी लोहार
मालिकार्जुन नगरपालिका प्रमुख कल्याण सिंह धामी
उपप्रमुख लक्ष्मी वि.क.
अपिहिमाल गाउँपालिका प्रमुख भगतसिंह ठेकरे
उपप्रमुख दीलमाया लोथ्याल
दुहुँ गाउँपालिका प्रमुख करण सिंह कार्की
उपप्रमुख भगवती बडाल
नौगाड गाउँपालिका प्रमुख दलजित सिंह धामी
उपप्रमुख गायत्री रावल
मार्मा गाउँपालिका प्रमुख जमन सिंह धामी
उपप्रमुख बाग्मती ठगुन्ना
लेकम गाउँपालिका प्रमुख रामदत्त जोशी
उपप्रमुख हरिना जोशी
व्यास गाउँपालिका प्रमुख उपेन्द्र सिंह कुँबर
उपप्रमुख चन्द्रा कुँवर
कंचनपुर
भिमदत्त नगरपालिका मेयर गाेपाल रसायलि
उपमेयर नारू सिंह
वेदकाेट नगरपालिका मेयर मिनराज गिरि
उपमेयर शान्ति शाहि भण्डारी
शुक्लाफाटाँ नगरपालिका मेयर लोकेन्द्र एेरि
उपमेयर कमला एेर
कृष्णपुर नगरपालिका मेयर जाेगराम चौधरी
उपमेयर शर्मिला थापा
पुर्नवास नगरपालिका मेयर वीर बा. थापा
उपमेयर सीता बिक
बेलौरि नगरपालिका मेयर पाेतिलाल चौधरी
उपमेयर राधा कंडेल
महाकाली नगरपालिका मेयर ईन्द्र ब. रावत
उपमेयर धनसरा नाथ
बेलडाँडि गाउँपालिका प्रमुख नन्द किशाेर एसके
उप प्रमुख कल्पना गिरि
लालझाडि गाउँपालिका प्रमुख मदन वडायक
उप प्रमुख सत्यादेवि महरा
डडेल्धुरा
अमरगढि नगरपालिका मेयर शाेभा भट्ट
उपमेयर करूणाकर जाेशि
परशुराम नगरपालिका मेयर शेर सिँह माल
उपमेयर विमला महता
अजयमेरू गाउँपालिका प्रमुख उमेश भट्ट
उप प्रमुख कलावति भाण
भागेश्वर गाउँपालिका प्रमुख अाेम प्रकाश सावँद
उप प्रमुख वागमती टमटा
गन्याधुरा गाउँपालिका प्रमुख ईश्वरी दत्त भण्डारी
उप प्रमुख नारू देवी भट्ट
नवदुर्गा गाउँपालिका प्रमुख धर्म विक
उप प्रमुख हंसा कैनि
कैलाली
धनगढी उपमहानगरपालिका मेयर रामसमझ राना
उपमेयर शान्ति देवी अधिकारी क्षेत्री
गाेदावरि नगरपालिका मेयर गाेकर्ण भट्ट
उपमेयर शाेभा नेपाली थारू
गौरी गंगा नगरपालिका मेयर देवि कंडेल
उपमेयर करूणा चौधरी
घाेडाघाेडि नगरपालिका मेयर लक्ष्मण चौधरी
उपमेयर ममता कठायत
टिकापुर नगरपालिका मेयर ललित थापा
उपमेयर अाशा चौधरी
भजनि नगरपालिका मेयर शेर ब. चौधरी
उपमेयर छायाँ देवकाेटा
लम्कि चुहाँ नगरपालिका मेयर दल ब. विष्ट
उपमेयर सावित्री कु.चाेधरि
कैलारि गाउँपालिका प्रमुख लाजुराम चौधरी
उप प्रमुख लक्ष्मी सतगौवा चौधरी
चुरे गाउँपालिका प्रमुख कृष्ण बाेहरा
उप प्रमुख ढिला देवी थापामगर
जानकि गाउँपालिका प्रमुख फुलाराम चौधरी
उप प्रमुख सावित्री भट्टराई
जाेशिपुर गाउँपालिका प्रमुख भक्ता थारू
उपप्रमुख इन्द्रा कुवँर
वर्दगाेरिया गाउँपालिका प्रमुख गणेश गिरि
उप प्रमुख भगवती डगौरा थारू
माेहन्याल गाउँपालिका प्रमुख धर्म ब. थापा मगर
उप प्रमुख जानकि भण्डारी
डोटी
दिपायल सिलगढी नगरपालिका
मेयर:- प्रेम नेपाली
उपमेयर:- तुलसी देवी साेप
शिखर नगरपालिका
मेयर:- रमेश प्रसाद जोशी
उपमेयर:- नेत्रा साउंद बोहरा
आदर्श गाउँपालिका
मेयर:- भरत बोहरा
उपमेयर:- संजा राेकाया
केआईसिंह गाउँपालिका
प्रमुख -: सिद्धराज भाट
उपप्रमुख -: शारदा देवि लुहार
जोरायल गाँउपालिका
प्रमुख:- छवि वलि
उपप्रमुख:- अनिता मल्ल देउवा
पुर्वी चौकी गाउँपालिका
प्रमुख:- यज्ञराज गिरि
उपप्रमुख:- सुन्तली विक
वडि केदार गाउँपालिका
प्रमुख:- जंग वि.क.
उपप्रमुख:- धनमाया भाट घर्ती
बोगटान गाउँपालिका
प्रमुख-: कमल गडशिला
उपप्रमुख-: चन्द्रा भुल
सायल गाँउपालिका
प्रमुख-: वल बहादुर वलि
उपप्रमुख-: रेखा मडै सावँद
वैतडी
दशरथ चन्द नगरपालिका
मेयर :- खेमानन्द भट्ट
उपमेयर :- कमला ठगुन्ना
पाटन नगरपालिका
मेयर :- शंकर भण्डारी
उपमेयर :- गिता बिष्ट बोहरा
पुर्चौडी नगरपालिका
मेयर:- रणबहादुर कुंवर
उपमेयर:- जयन्ती ऐर वम
मेलौली नगरपालिका
मेयर:- भिम बहादुर चन्द
उपमेयर:- केतु चन्द
डिलाशैनी गाउँपालिका
प्रमुख:- लोकेन्द्र राना
उपप्रमुख:- शुशिला बोहरा
दोगडाकेदार गाउँपालिका
प्रमुख:- तारासिंह कुंवर
उपप्रमुख:- लक्ष्मी ओड
पञ्चेश्वर गाउँपालिका
प्रमुख:- रमेश चन्द
उपप्रमुख:- मञ्जु चन्द
शिवनाथ गाउँपालिका
प्रमुख:- धनविर धनाडी
उपप्रमुख:- गंगा दमाई
सिगास गाउँपालिका
प्रमुख:- वीर सिंह ऐर
उपप्रमुख:- लक्ष्मी विक पाेखरेल
सुर्नया गाउँपालिका
प्रमुख:- नरि भाट
उपप्रमुख:- गोमती अवस्थी
अछाम
रामाराेशन गाउँपालिका
प्रमुख -:झंकर सावँद
उप-प्रमुख -:सरस्वती रावल
बान्निगडि गाउँपालिका
प्रमुख -: कांग्रेस (तालमेल)
उप-प्रमुख -: लोकेन्द्र सावँद
मेल्लेख गाउँपालिका
प्रमुख -: लाेक ब.बाेहरा
उप-प्रमुख -: काङ्ग्रेस (तालमेल)
साफेबगर नगरपालिका
मेयर -: खगेन्द्र अाेड
उपमेयर -: बैजन्ति कुँवर
चौरपाटि गाउँपालकिका
प्रमुख -: राम ब.थापा
उप-प्रमुख -: राधिका सुनार
बिनायक पंचदेवल नगरपालिका
मेयर -: अक्कल रावल
उपमेयर -:भावना रिमाल
कमलबजार नगरपालिका
मेयर -: रण ब. बिष्ट
उपमेयर -: रक्षा एेडि बिष्ट
तुर्माखाद गाउँपालका
प्रमुख -: उदय बिष्ट
उप-प्रमुख -: पवित्रा उपाध्याय
ढकारि गाउँपालिका
प्रमुख -: तुलाराम उपाध्याय
उप-प्रमुख -: कमला रिमाल
मंगलसेन नगरपालिका
मेयर -: कांग्रेस (तालमेल)
उपमेयर -: राेहिना भण्डारी
बझाङ
जयपृथ्वी नगरपालिका
मेयर -: नरेन्द्र खड्का
उपमेयर -: सरिता भण्डारी
वुंगल नगरपालिका
मेयर -: हरि कुंवर
उपमेयर -: शारदा सिहँ
कांडा गाउँपालिका
प्रमुख -: सुरेन्द्र वाेहरा
उप प्रमुख -: अहिले सम्म प्राप्त नभएकाे
केदारस्यु गाउँपालिका
प्रमुख -: प्रेम वाेहरा
उप प्रमुख -:ललिता सावँद भण्डारी
खप्तड छान्ना गाउँपालिका
प्रमुख -: टाेप ब. खड्का
उप प्रमुख -: जयन्ती जाेशि
तलकाेट गाउँपालिका
प्रमुख -: धन ब.धमेना
उप प्रमुख -: सुर्जा विष्ट
भलारा गाउँपालिका
प्रमुख -: शेर ब. सावँद
उप प्रमुख -: दुर्गा देवि खड्का
दुर्गाथलि गाउँपालिका
प्रमुख -: दिल ब.थापा
उप प्रमुख -: शारदा विक
मष्टा गाउँपालिका
प्रमुख -: शिव वाेहरा
उप प्रमुख -:थुक्कला धामि
सुर्मा गाउँपालिका
प्रमुख -: सुरेन्द्र वाेहरा
उप प्रमुख -: अन्जना विक
वीत्थडविर गाउँपालिका
प्रमुख -: रमेश अधिकारी
उप प्रमुख -:मिना कु बाेहरा
बाजुरा
त्रिवेणी नगरपालिका
मेयर -: देवी चन्द्र बुढा
उपमेयर -: तारा कु बढुवाल सावँद
बढीमालिका नगरपालिका
मेयर -: मान ब.विक
उपमेयर -: दर्पणा थापा
बुढिनन्दा नगरपालिका
मेयर -: भरत ब.विक
उपमेयर -: रामकला लुहार
बुढिगंगा नगरपालिका
मेयर -: दिनेशराज जैशि
उपमेयर -: मना देवि जैशि
सेरेदह गाउँपालिका
प्रमुख -: दिपक कुमार डिसि
उप-प्रमुख -: कम्पनी देवि नेपाली
गौमुल गाउँपालिका
प्रमुख -: गणेश राेकाया
उप-प्रमुख -: जलु देवी राेकाया
स्वामी कार्तिक गाउँपालिका
प्रमुख -: रमेशराज विक
उप-प्रमुख -: सुनजिरा राेकाया
पाण्डपगुफा गाउँपालिका
प्रमुख -: मनलाल खत्री
उप-प्रमुख -: सुसिला विष्ट
हिमालि गाउँपालिका
प्रमुख -: मान ब. राेकाया
उप-प्रमुख -: निर्मला विक
माओवादी केन्द्र गोरखाले छान्यो उम्मेदवार
गोरखा, वैशाख १५ । स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र गोरखा कमिटीले दुईओटा नगरपालिकासहित ९ ओटा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको नाम सार्वजनिक गरेको छ । सदरमुकाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज चूडामणि खड्काले गोरखा नगरपालिकाको प्रमुखमा कृष्णबहादुर रानालाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत् निर्णय भएको जानकारी दिए । उपप्रमुखमा भने कसलाई उम्मेदवार बनाउने भन्ने यकिन नभइसकेको तर चुनावी तालमेलका लागि नेपाली कांग्रेस, एमाले र राप्रपासँग छलफल भइरहेको बताए । पालुङ्टार नगरपालिकाको प्रमुखमा गुणराज देवकोटा र उपप्रमुखमा पम्फा बसेललाई उम्मेदवार उठाउने निर्णय भएको जनाइएको छ । यस्तै, चुमनुब्री गाउँपालिकाको अध्यक्षमा लाक्पा डुण्डप लामा र उपाध्यक्षमा कुमारी गुरुङ तथा धार्चे गाउँपालिकाको अध्यक्षमा सूर्य गुरुङ र उपाध्यक्षमा आशा गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी नेत्री कमला नहर्कीले जानकारी दिइन् । सुलिकोट गाउँपालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, आरुघाट गाउँपालिकाको अध्यक्षमा जगन्नाथ खनाल र उपाध्यक्षमा अमृता लामा, भीमसेन गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्षमा लीला श्रेष्ठ, सहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा देवकोटालाई उठाउने निर्णय भएको छ । गन्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमिल्सिना र उपाध्यक्षमा पूर्णा थापा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनीलाई उठाउने भएको छ भने उपप्रमुख तोक्न बाँकी छ । नेपाली कांग्रेस, नेकपा एमालेले भने अहिलेसम्म उम्मेदवार तय गर्न सकेका छैनन् । आकांषी धेरै हुँदा सर्वसम्मत् उम्मेदवार तय गर्न नसकिएको बताइएको छ । कांग्रेसले नगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्रमा नै छनोट गर्ने गरी गृहकार्य गरिरहेको छ भने एमालेले प्रदेश कमिटीबाट नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार तोक्ने बताइएको छ । गाउँपालिकामा भने सर्वसम्मतरुपमा उम्मेदवार तोकिएका छन् ।
पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विद्यार्थी समस्यामा
धनुषा, वैशाख १४ । धनुषासहित आसपासका जिल्लामा नयाँ शैक्षिकसत्र सुरु भइसकेपनि हालसम्म सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका छन् । शैक्षिक सत्र सुरु भएको १४ दिन बित्न लागे पनि अहिलेसम्म सबै पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका हुन् । धनुषाको साविक घोडघास गाविसस्थित गङ्गुली–६ मा पर्ने राष्ट्रिय निम्न माध्यमिक विद्यालयका विद्यार्थी पुस्तक अभावका कारण दिनहुँ विद्यालयमा खेलेर बिताउने गर्छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका सम्पूर्ण पुस्तक उपलब्ध नहुँदा धेरै विद्यार्थी त विद्यालय नै आउन छोडेको प्राध्यापक धनीराम ठाकुरले बताउनुभयो । कक्षा ६ का पाँचवटा, कक्षा ९ का चारवटा, कक्षा १० का चारवटा लगायत ४० प्रतिशतभन्दा बढी विषयगत पुस्तकको हाल धनुषामा अभाव रहेको नेपाल पुस्तक व्यवसायी सङ्घ, धनुषाका अध्यक्ष गौतम ढुङ्गेलले बताउनुभयो । अध्यक्ष ढुङ्गेलका अनुसार जसरी पुस्तक आउने गरेको छ, सोही आधारमा नै विद्यार्थीलाई उपलब्ध गराउने गरिएको छ । पुस्तकको विषय जटिल भएका कारण यो विषयलाई धनुषाका प्रजिअमार्फत समाधान खोज्न आफूहरुले पहल गरिरहेको उहाँको भनाइ थियो । सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदै गएका बेलामा प्रत्येक वर्ष यस्तो समस्याले शैक्षिकस्तर झनै कमजोर हुने खतरा रहेको जनकपुर उपमहानगरपालिका–१४ घर भएका अभिभावक देवकुमार महतो बताउनुहुन्छ । उहाँले भन्नुभयो – “खै कसरी पढाउने सामुदायिक विद्यालयमा प्रत्येक वर्ष पुस्तक अभाव देखाएर बच्चाले तीन–तीन महिना पढ्नै पाउँदैनन् । विगत केही वर्षदेखि सबै शैक्षिकसत्रमा पुस्तक अभाव हुन्छ खै कहिले समाधान गर्ने सरकारले ?” जनक शिक्षा सामग्री केन्द्रका कर्मचारी र शिक्षकमा कमिसनको लालचसमेत बढेको पीडा विद्यार्थीले भोग्नु परिरहेको पुस्तक व्यवसायीको आरोप छ । स्थानीय तह निर्वाचनको मतपत्र छाप्नमा कर्मचारी व्यस्त भएका कारण केहीदिनभित्रै समस्या समाधान हुने जनक शिक्षा सामग्री क्षेत्रीय कार्यालय, जनकपुरले जनाएको छ ।
कांग्रेस–एमालेलाई भोट दिँदै हुनुहुन्छ, नभूलौं यी १३ कुरा !
वैशाख १३ । आगामी बैशाख ३१ र जेठ ३१ नेपालको इतिहासमा ऐतिहासिक दिन । जुन दिन जनताले २८२०२ जना जनप्रतिनिधि एकैसाथ चुन्नेछन् । जेठ ३१ को तारतम्य अझै मिलिसकेको छैन । तर, बैशाख ३१ को म्याराथुन सुरु भइसकेको छ । नेताहरु भोट माग्दै जनताको दैलोमा आउँदैछन् । ‘साम, दाम, दण्ड, भेद’लाई आदर्श ठान्नेहरु यी २ दिन जनतालाई कसरी मूर्गा बनाउने भन्ने सुर्तामै छन् । गरीब देश, जनताका अतृप्त आकांक्षा यही चुनावमा खरिद बिक्री हुन्छन् । पार्टीहरु घोषणा–पत्र जारी गर्छन्, आफ्नो कार्यकालमा भएका २ उपलब्धिलाई रबरझैं तन्काएर २०० पुर्याउँछन् र त्यही गुलेलीले जनताको भविष्यमा हान्छन् । फेरि, त्यही गुलेली लिएर प्रमूख दलका नेता गाउँ छिरिसकेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुका चुनावी नारा अरुका भन्दा गुलिया नै हुन्छन् । तपाई बैशाख ३१ र जेठ ३१ मा रुख र सूर्यमा भोट हाल्दै हुनुहुन्छ ? त्यसभन्दा पहिले यी १३ कुरा नभूलौं र सोचेर मात्रै निर्णय गरौं । (१) प्रजातन्त्रको ठेक्का लिएको ६९ वर्षीय बुढो पार्टी नेपाली कांग्रेस । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा बोकेरै जनता ढाँट्यो । ००७ सालमा प्राप्त प्रजातन्त्र कांग्रेसकै कमजोरीले २०१७ मा महेन्द्रले हत्याए । २०४६ सालमा प्राप्त प्रजातन्त्र देउवाले २०५९ मा राजामै लगेर बुझाए, यसको जिम्मा कांग्रेसले लिन्छ कि लिँदैन ? रुखमा भोट हाल्नुपूर्व राजनीतिका ७० वर्ष व्यर्थैमा बितेको र हाम्रा दरपुस्ताले राजनीतिक सङ्घर्षमै जीवन बिताएको कुरा स्मरण गरौं । (२) २०४८ को निर्वाचनपछि कांग्रेस सत्ताको केन्द्रमा पुग्यो । तर, बामपन्थीहरुमाथि कांग्रेस निरङ्कुश र अनुदार रह्यो । माओवादीले उठाएका जनपक्षीय ४० बूंदे माग देउवाले हेर्नसम्म चाहेनन् । उल्टो फौजी बलमा समस्या समाधानको चेष्टा गरे । माओवादीले संविधान सभाको मुद्दा उठायो, कांग्रेसले नमान्नुकै कारण द्धन्द्ध लम्बियो, १७ औं हजार नेपालको ज्यान गयो । १७ हजारको बलिदानीपछि आखिर संविधान सभा, गणतन्त्र, संघीयता आएरै छोड्यो । यी सबै परिवर्तनमा कांग्रेसले अवरोध नगरेको भए अहिले देश राजनीतिक झमेलाबाट माथि उठेर विकासको मार्गचित्रमा अघि बढिसकेको हुन्थ्यो । राजनीतिक समस्याप्रति आँखा चिम्लने कांग्रेसलाई भोट हालेर कतै तपाई परिवर्तनको गला रेट्दै त हुनुहुन्न ? (३) देशमा स्थापित ठूला राष्ट्रिय उद्योगहरु २०४६ सालपछि ध्वस्त भए । देशकै गौरव ठानिएका बिराटनगर जुट मिल, भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग, बिरगञ्ज चिनी कारखाना, साझा यातायात, बायु सेवा निगमजस्ता उद्योगहरु कांग्रेसकै कारण ध्वस्त भए । निजीकरणको कांग्रेस नीतिले राष्ट्रि सम्पत्ति र उद्योगहरु चौपट भए । कतिलाई कौडीकै भाउमा बेचियो, कति भागबण्डामा बिलो लगाइयो, कतिमा भोटे ताल्चा ठोकियो । यसको कांग्रेसले जिम्मा लिनुपर्छ कि पर्दैन ? भोट हाल्नुपूर्व निधार खुम्चाएर सोचौं । (४) शिक्षा, स्वास्थ्य, खाद्य अधिकार नागरिकका मौलिक हक हुन् । तर, कांग्रेस सत्तामा आएपछि यी सबै नागरिक अधिकारमाथि ताल्चा लगाइयो, शिक्षा, स्वास्थ्यलाई नीजिकरण गरियो । आज देशका सार्वजनिक शैक्षिक र स्वास्थ्य संस्थाहरु मृत्युको दिन पर्खेर बसिरहेका छन् । गरीबका छोराछोरीले पढ्ने विद्यालयहरु दिनदिनै खारेज हुने प्रक्रियामा छन् । जनताको उपचार हुने स्वास्थ्य संस्थाहरु जोखिममा छन् । सरकारी डाक्टरले बिरामीलाई नीजि क्लिनिक र अस्पतालहरुमा बोलाएर लुट्न छोडेका छैनन् । यो सबै कांग्रेसकै कारणले भए, गरिए । के तपाईले यो कहालीलाग्दो दृश्यप्रति आँखा चिम्लन मिल्छ ? (५) नेपालमा पार्टीहरु मध्येको सबैभन्दा पुरानो पार्टी हो कांग्रेस । सत्ताको बागडोरमा सबैभन्दा बढी बसेका कारण देशको प्रगति र दुर्गतिको गुण–दोष मूख्यतः कांग्रेसकै थाप्लोमा जान्छ । देशमा भएका आर्थिक, सामाजिक प्रगति र पूर्वाधार निर्माणको जस लिन तम्सने कांग्रेसले अवनतिको पनि जिम्मेवारी लिनुपर्ने हुन्छ । यति धेरै साधन स्रोत र सम्भावनाहरुले भरिपूर्ण भएर पनि देश किन गरीब भयो ? आर्थिक पछौटेपनको अन्त्य किन हुन सकेन ? किन चालीस लाख युवाहरु खाडीमा छन् ? गाउँहरु वृद्धाश्रममा फेरिनुमा दोषी को ? भ्रष्टाचारको जालोले राष्ट्रिय अर्थतन्त्र थिलोथिलो पर्नुमा को जिम्मेवार ? यसको नैतिक जिम्मा कांग्रेसले लिनु पर्छ कि पर्दैन ? भ्रष्टाचारको मुद्दामा कांग्रेसका चर्चित् र प्रभावशाली नेताहरु जेल जानुले भ्रष्टाचारका लागि कांग्रेस नै साधक भएको पुष्टि गर्दछ । के तपाई मतदाताहरु यी सबै कुरामा आँखा चिम्लन सक्नुहुन्छ ? (६) कांग्रेसकै कार्यकालमा देशका प्राकृतिक साधन स्रोतहरु लुटिए, बेचिए । ठूला–ठूला राष्ट्रघाती सन्धि सम्झौताहरु भए । टनकपुर, कोशी, गण्डकी, महाकाली सन्धिहरु कांग्रेसकै नेतृत्वमा भए । राष्ट्रिय हित र स्वाभिमानका विपक्षमा ठूल–ठूला निर्णयहरु गरिए । नेपालको राजनीतिक सत्तामाथि दक्षिणको दवाव आफ्नै कारण निम्त्याइयो । सामान्य प्रशासन सञ्चालनदेखि सरकारका ठूला निर्णयसम्म विदेशी दवावले प्रभावित भए । आफ्नो स्वाभिमान जोगाउन नसक्दा देशले नाकाबन्दी, वैदेशिक दवाव, आयोजनाहरुमाथि हस्तक्षेपजस्ता नकारात्मक मूल्य चुकाउनु पर्यो । के यो यथार्थ बुझ्दाबुझ्दै राष्ट्रिय अस्मिताविरुद्ध मतदान गर्न तपाईको मन मान्छ ? (७) नेपाली कांग्रेसपछि सत्ताको बागडोर धेरैपटक सम्हालेको दल हो एमाले । २०५१ को मध्यावधि निर्वाचनयता एमाले कुनै न कुनै बहानामा सत्तामै छ । असाध्यै ढुलमुल, अस्थिर राजनीति र सत्ताकेन्द्रित मनोविज्ञानका कारण एमाले लामो अवधि सरकारबाहिर बसेको इतिहास छैन । दरबार हत्याकाण्डलाई वैधानिकता दिन, आधा प्रतिगमन सचिएको भन्दै ज्ञानेन्द्रको राजनीतिक ‘कू’लाई बलियो पार्न एमालेको नकारात्मक भूमिकाले ठूलो बल मिल्यो । एमालेको अग्रगामी चरित्र हुन्थ्यो भने दरबार हत्याकाण्डको यथार्थ बाहिर आउँथ्यो, ज्ञानेन्द्रले ‘कू’ गर्ने हिम्मत गर्दैनथ्यो, संघीयता र गणतन्त्र सानो संघर्षमै हासिल हुन्थे । यस्तो अस्थिर राजनीतिक चरित्र र सत्ता स्वार्थमा केन्द्रित एमालेले देशको विकास र समृद्धिको नेतृत्व गर्ला ? तपाई भ्रममा त हुनुहुन्न ? (८) ‘हामी बनाउँछौं नेपाललाई’ भन्ने अम्बे सिमेन्टको विज्ञापनभन्दा फरक छैन एमालेको नारा । सोभियत समाजवाद ढाल्नका लागि साम्राज्यवादले अघि सारेको एनजिओको अस्त्र बोकेर हिड्यो एमाले । राज्यले गर्न नसकेको पूर्वाधार र सामाजिक विकासको काम गर्ने सपना बाँड्यो । एनजिओको एउटै सिद्धान्त छ, त्यो हो, ‘गरीबलाई माछा खान सिकाउ । तर, माछा मार्न नसिकाउ ।’ जब गरीबले माछा मार्न सिक्छ, व्यापारीको माछा बिक्दैन ।’ एनजिओको एक मात्र ध्येय गरीबलाई आफ्ना उपभोक्ता बनाउनु हो, उत्पादक बनाउनु होइन । आज एमाले त्यही गरिरहेको छ । जनतालाई आत्मनिर्भर होइन, परजीवी बनाउने ध्याउन्नमा छ एमाले । त्यसमाथि राज्यबाट आउने अनुदानको २०% मात्र लक्षित वर्गमा खर्च गरेर ८०% ले कार्यकर्ता पाल्छ एमाले । जनता मारेर कार्यकर्ता पाल्ने नीतिले देशको विकास त परै जाओस्, जनताको उन्नति पनि असम्भव छ । यस्तो सपना बेचेर खाने पार्टी रोज्दा तपाईलाई ग्लानी हुँदैन ? (९) एमालेको सबैभन्दा ठूलो दोष नै राम्रा छोडेर हाम्रा रोज्नु हो । विश्वविद्यालयको उपकुलपति, रजिष्टार, डिन, राजदूत, संस्थानका जिएम, राजनीतिक नियुक्तिमा एमालको पहिलो योग्यता हुन्छ, एमालेको पार्टी सदस्य हुनु । एमालेको पार्टी सदस्य भएपछि उसका लागि सबै योग्यता पुग्छ । आजसम्मको इतिहासमा एमालेले आफ्नो कार्यकर्ताबाहेक अरु कसैलाई नियुक्ति गरेकै छैन । पार्टी सदस्य भएपछि सबै कुराको योग्यता पुग्ने एमाले चरित्रले देशका योग्य नागरिकहरु पाखा लागिरहेका छन् र देशको प्रशासन, सामाजिक संरचना र संस्थाहरु पार्टीकरण भएका छन् । अवसरलाई आसेपासे कार्यकर्ताको घेराभन्दा बाहिर जानै नदिने एमाले नीतिमा तपाई आफ्नो भविष्य देख्न सक्नुहुन्छ ? (१०) देशको राष्ट्रियता र स्वाभिमान बेच्न एमालेको पनि कम भूमिका छैन । महाकाली सन्धिकै कारण एमाले फुट्यो, बामदेवहरु राष्ट्रियताको नारा बोकेर एमालेबाट बाहिरिए । २०५२ मा एमालेले कौडीकै मूल्यमा महाकाली बेच्यो । मदन भण्डारीको रहस्यमय हत्यामा एमाले मुकदर्शक बन्यो । २०५८ मा राजा बीरेन्द्र मारिए, फेरि एमाले लक्पकायो । २०६५ मा प्रचण्डले रुक्माङ्गत कटुवाललाई कार्वाही गरे, भारतकै निर्देशनमा एमाले चल्यो र आफ्नो निर्णय फेर्यो । माधव नेपाल भारतकै बुई चढेर प्रधानमन्त्रीको कुर्सीमा पुगे । पशुपतिमा भारतीय पूजारी हटाउँदा भारतीय राजदूत राकेश सुदसँग मिलेर केपी ओलीले विरोध सभा नै गरे । अन्तिममा भारतले प्रधानमन्त्री बन्न रोकेपछि मात्रै केपी ओली र एमालेले राष्ट्रियताको मुद्दा उठाए । आफ्नो स्वार्थका लागि मात्रै राष्ट्रियता ओकल्ने एमाले नीति कति परिपक्व होला ? एमाले राष्ट्रवादी भएको भ्रम कति दिन पाल्नु हुन्छ ? (११) नेपालका दलित, महिला, जनजाति, अल्पसंख्यक, मधेशी र थारुलाई हेर्ने एमाले दृष्टिमा गम्भीर दोष छ । एमाले खस–आर्य बाहेक अरु समुदायलाई नेपाली नै देख्दैन । कसैले अरु समुदायको हक र अधिकारको कुरा गर्यो भने अराष्ट्रिय तत्व ठान्छ, राष्ट्रिय एकतामा खलल पुगेको व्याख्या गर्छ । अनि, केपी ओली विभिन्न उखान टुक्काको सहारा लिएर उनीहरुमाथि छेडछाड र मानमर्दन गर्छन्, एमालेका कार्यकर्ता ताली पिट्छन्, सिठ्ठी बजाउँछन् । छिमेकीले मधेशीलाई आफूतिर तान्न खोज्दा एमाले आफूतिर विश्वासमा लिने होइन, उतै धकेल्छ । यसले देशको आन्तरिक एकता नै सङ्कटमा पर्छ । नागरिकको भावनामा एकता भएपछि मात्रै राष्ट्रिय एकता बलियो हुन्छ भन्ने एमाले बुझ्दैन । उत्पीडितहरुलाई नत्थी लगाएर आफ्नो नियन्त्रणमा ल्याउने आत्मघाती बाटो रोज्छ । आफ्नै पहिचान, स्वाभिमान, एकता, भाषा, संस्कृति र सभ्यताका विरुद्ध ज्यान फालेर लाग्ने एमालेलाई भोट दिँदा तपाई महिला, दलित, जनजाति र उत्पीडितहरुलाई आत्म सन्तोषको अनुभूति होला ? (१२) एमाले सिद्धान्तको कुरा गर्छ । तर, राजनीति छलछामको गर्छ । आफ्नो स्वार्थका लागि जस्तोसुकै हत्कण्डा अपनाउन र सुत्र बनाउन उनीहरु खप्पिस हुन्छन् । कसैलाई तीतो बोल्दैनन् । तर, मनभित्र पापको पोको जमेको हुन्छ । मिठो बोलीले जनता लठ्ठ पार्ने लागुऔषधमा एमाले माहिर छ । उनीहरु कसैको कुनै पनि काम हुँदैन भन्दैनन् । तर, व्यवहारमा त्यो काम गर्दैनन् । आफ्नै कार्यकर्ताको बीचमा पनि छक्का पञ्जाको राजनीति गर्छन् । एमालेको यही विशेषताका कारण इमान्दार कार्यकर्ताहरु बगरमा फालिन्छन् र अवसर जति अवसरवादीहरुकै पोल्टामा पर्छ । ‘भोलिवादको झोली’मा भोट थाप्ने एमाले प्रपञ्चले एक दिन तपाईलाई पश्चातापमै पुर्याउनेछ । (१३) चुनावका बेला ‘भोज भतेर र पैसाको खोलो’ बगाउनु कांग्रेस–एमालेको चुनावी रणनीति हो । उनीहरु चुनावका बेला मासु–रक्सी खुवाउँछन्, पैसा बाँड्छन्, पाइप, जाली, बल, नेट, भाँडाकुँडा सबै बाँड्छन् । तर, त्यत्रो लगानी त्यसै पक्कै छोड्दैनन् । गाउँपालिकाको मेयर, उपमेयरले चुनाव जित्न करोड खर्च गर्छ भने जितेपछि उसले पहिलो काम के गर्ला ? जनताको सेवा, विकास निर्माण कि आफ्नो लगानी उठाउने जमर्को ? राजनीतिलाई व्यापार ठान्नेहरुको पहिलो काम लगानी उठाउनु नै हुन्छ । सम्झनुहोस्, ‘चुनावका बेला तपाईलाई दिएको १०००÷१५०० रुकम चुनावपछि ब्याज र नाफासहित असुल्छन् । त्यही लगानी उठाउन नेताहरु ठेकेदारका तलुवा मोल्छन्, घुसको फन्दामा पर्छन् । के तपाईलाई अहिले १००० लिएर भोलि आफ्नो सर्वस्व गुमाउन रहर छ ? निर्वाचनका बेला तपाईले दिने एक मतले देशको भविष्य बनाउन र डुवाउने दुवै काम गर्न सक्छ । यथार्थ बुझ्दा बुझ्दै भावनामा बहकिएर, आफन्तको मायाजालमा परेर, आर्थिक र अन्य प्रलोभनमा परेर गलत ठाउँमा भोट दिनु भयो भने त्यसले तपाईकै पुस्ताको भविष्य अन्धकारमा धकेलिने छ । तपाईको भावी पुस्ताले धिक्कार्नेछ । त्यसैले कांग्रेस–एमालेलाई भोट हाल्नुपूर्व माथिका १३ कुरामा गम्भीर रुपले विचार गरौं । अनि, देश, समाज र आफ्नै भविष्यलाई सम्झिएर सही ठाउँमा मत जाहेर गरौं ।
कैलालीमा गहुँको उत्पादनमा वृद्धि
कैलाली, वैशाख ११ । कैलालीमा गत वर्षको तुलनामा यो वर्ष गहुँको उत्पादन बढेको कृषि विकास कार्यालयले जनाएको छ । सबैजसो क्षेत्रमा उत्पादकत्व बढेको सो कार्यालयको भनाई छ । सिचांई सुविधा पुगेको र खेतीका लागि उपयुक्त मानिएको क्षेत्रमा उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव १ मेट्रिकटन रहेको अनुमान कार्यालयले गरेको छ । त्यस्तो क्षेत्रमा उत्पादकत्व यसअघि ३ दशमलव ९ मेट्रिकटन रहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत गौरीशंकर गुप्ताले जानकारी दिए । सिंचाई सुविधा नपुगेको र उत्पादनका दृष्ट्रिले त्यति उपयुक्त नमानिएको क्षेत्रमा पनि तुलनात्मक रुपमा उत्पादकत्व बढेको उनले बताए । गहुँका लागि उपयुक्त मौसम हुनु उत्पादन बढ्नुको मुख्य कारण रहेको कृषि प्राविधिकहरुले बताएका छन् । प्रारम्भीक विवरण हेर्दा उत्पादन बढेको तर जिल्लाभरको उत्पादनको एकिन विवरण भने निकाल्न बाकी रहेको उनले बताए । पछिल्लो समय उन्नत जातको बीउ प्रयोग गर्ने किसानको संख्या बढ्दै गएको उनले बताए । जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष करिब ५० प्रतिशत क्षेत्रमा विजय जातको उन्नत गहुँ लगाइएको थियो । यस्तै जिल्लामा गौतम, आदीत्य, नेपाल २९७ लगायत जातको गहुँको खेती हुने गरेको कार्यालयको भनाई छ । जिल्लाभर यो वर्ष ३४ हजार ५ सय हेक्टरमा गहँु खेती गरिएको थियो । गहुँको उत्पादन बढाउनका लागि उन्नत बीउको प्रयोग, नियमित सिंचाई, उपयुक्त समयमा मलखाद हाल्न, झार नियन्त्रण गर्न र बीर फेरेर लगाउनमा कृषि विकास कार्यालयले जोड दिइरहेको प्रसार अधिकृत गुप्ताले बताए । कैलाली अन्न उत्पादनका दृष्टिले उर्बर जिल्ला मानिन्छ । तर सबै क्षेत्रमा सिंचाई सुविधा नहुँदा संभावना भएर पनि उत्पादकत्व बढ्न सकेको छैन । सिचांई सुविधा विस्तार भए र आधुनिक प्रविधि बीउको प्रयोगमा जोड दिन सके उत्पादकत्व अझै बढ्ने कृषि प्राविधिकहरुको भनाई छ । उन्नत बीउ, आधुनिक प्रविधि, भण्डारण, सिंचाई, मलखाद आदिमा सहयोग गरेर गहुँबालीको उत्पादन बढाउनका लागि कैलालीमा यस वर्षदेखि प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तरगत गहुँमा सुपरजोन कार्यक्रम लागू भएको छ ।
‘रुट परमिट’ नपाउँदा भक्तपुरमा साझा बस चलाउन पाएन
काठमाडौँ, वैशाख ८ । एक महिना बितिसक्दा पनि भक्तपुरमा साझा यातायातले ‘रुट परमिट’ माग गरिसक्दासम्म पनि यातायात व्यवस्था विभाग बागमती अञ्चल कार्यालयले अनुमति दिएको छैन । गत फागुन ३० गते साझा यातायातले ‘रुट परमिट’ माग गर्दै विभागमा पत्राचार गरेको थियो । नयाँवर्षको अवसर पारेर वैशाख १ गतेदेखि नै अनुमति लिएर कोटेश्वरसम्म चल्ने साझा यातायात भक्तपुरमा गुडाउने योजना रहेको थियो । यातायात क्षेत्रको अध्ययन अनुसन्धानमा लागेका भक्तपुरका स्थानीयवासी रामबहादुर थापा यातायात व्यवसायीको दबाबमा विभागले अनुमति नदिएको बताउने गरेको छ । “नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ देशभरका सडक कब्जा गर्ने योजनामा लागेको छ, जिल्ला प्रशासन कार्यालयमा सङ्घ संस्था ऐन २०३४ अनुसार सामाजिक संस्था दर्ता गरेर यातायात समितिले व्यापार गरिरहेका छन्, सामाजिक संस्था खोलेर व्यापार गर्दा पनि सम्बन्धित सरकारी निकायको ध्यान जान सकेको छैन”–उनले भने । साझा यातायातमा मन्त्रालय, विभाग एवम् सरकारी संस्थाको सबैभन्दा बढी सेयर छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले यातायातमा एकाधिकार लाद्न नपाउने व्यवस्था गरेको छ । उपभोक्ता अधिकारवादी ज्योति बानियाँ सर्वोच्च अदालतले पनि ‘रुट परमिट’ लगायत विषयमा एकाधिकार (सिन्डीकेट) अन्त्य गराउन सरकारका नाममा आदेश दिएको बताउने गरेको छ । सर्वोच्चको आदेशानुसार कुनै पनि यातायातलाई ‘रुट परमिट’ नै नदिनु गलत भएको आम उपभोक्ताको भनाइ छ । कार्यालयका प्रमुख बसन्त अधिकारी साझाका बस कोटेश्वरबाट भक्तपुर लैजादा जे पनि हुनसक्ने भनी केही यातायात समितिले उजुरी दिएकाले ‘रुट परमिट’ दिन ढिलाइ भएको बताउनुहुन्छ । “सवारी तथा यातायात व्यवस्था ऐनको दफा ८२ मा विवाद भएको मार्गमा ‘रुट परमिट’ दिन नसक्ने व्यवस्था भएकाले अहिले नदिइएको हो, यस विषयमा यातायात व्यवस्थापन समितिमा एक चरण छलफल भइसकेको छ, अब स्थानीय तह निर्वाचनपछि लगत्तै समितिको बैठकमा यो विषय प्रवेश हुनेछ”– उनले भने । हाल उपत्यकामा साझाका ४६ बस सञ्चालनमा छन् । सार्वजनिक बिदा, बन्द र हड्तालमा समेत साझाले सेवा सञ्चालन गर्ने भएकाले उपत्यकाका सबै मार्गमा चलाइनुपर्ने यात्रुको माग छ । अन्य यातायात समितिले मन नलागे सवारी थन्क्याएर बस्ने गरेकाले यात्रुले दुःख पाउने गरेका छन् ।
जन्मेको ८ महिनामा १८ किलो भएकी यी बालिका
वैशाख १ । जन्मेको ८ महिनामै एक बालिकाको तौल १८ केजी पुगेपछि उनका आमाबाबु चिन्तित बनेका छन् । भारत, पन्जाबस्थित चाहत कुमारी जन्मेको ८ महिनामै पाँच वर्षको बच्चाको जत्तिकै तौल भएको छ । उनले खाना पनि १० वर्षको बच्चाले खानेसरह खान्छिन् । छोरीको तौल यसरी बढ्दै जानुमा बच्चाका बाबुआमा चिन्तित बनेका छन् । ती बालिकाको तौल यसरी दिनप्रतिदिन बढ्नुको कारणबारे अनुसन्धान भइरहेको स्थानीय डा. वासुदेव शर्माले बताए । डा.शर्माकाअनुसार चाहतको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र श्वासप्रश्वास, अनिद्रालगायतको अरु समस्याहरु थपिँदै गएका छन् । उनलाई छालासम्बन्धी समस्या पनि देखिएको छ । रगत परीक्षण गरेर हेर्दा निकै जटिल अवस्था देखिएको छ । उनको परिवारले आर्थिक अवस्था सामान्य भएकाले चाहतको उपचारका लागि राम्रो अस्पताल जान नसकेको बताए । २३ वर्षीय बाबु सुरजकाअनुसार चाहत जन्मिँदा कुनै समस्या नभएको तर, चार महिना पुगेपछि एक्कासि तौल बढेको उनी बताउँछन् । उनले यो सबै हुनुमा आफ्नो र परिवारको कुनै दोष नभइ भगवानको दोष भएको बताए । उनले आफ्नो छोरीलाई देखेर मानिसहरु हास्दा नराम्रो लागेकोसमेत बताए । चाहतकी आमा २१ वर्षीया रिनाले आफ्नो दोस्रो सन्तान छोरी पनि गुमाउनुपर्छ कि भन्ने चिन्ताले रातभरि निदाउन नसकेको बताउँछिन् । रिनाले यसअघि छोरोलाई जन्म दिएकी थिइन् । तर, बचेन । उनले रुँदै भनिन्–‘फेरि अब छोरीको अवस्थाले चिन्ता लागेको छ ।’ डा.शर्माले उनको उपचारका लागि अमृतसरमा रहेको नागरिक अस्पतालमा लैजान सिफारिस गरेका छन् । तर, चाहतको बाबुले अमृसतसर टाढा र खर्चिलो भएकाले जान नसक्ने बताएका छन् । चाहतकी आमा रिनाले सधैं सपनामा छोरीको उज्जवल भविष्य देखेको बताउँदै उनको भविष्य राम्रो होस् भनेर भगवानसँग प्राथना गरेको बताइन् ।
भक्तपुरमा बिस्केट र जिब्राे छेड्ने जात्रामा सुरक्षा व्यवस्थामा कडा
भक्तपुर, चैत १९ । हरेक नयाँ वर्षमा भक्तपुरमा विश्व प्रसिद्ध बिस्केट जात्रा तान्त्रिक विधिअनुसार नौ दिन आठ रातसम्म तीव्र तयारीका साथ मनाउने गर्दछन् । यसपालिकाे नयाँ वर्षमा पनि बिस्केट जात्रा मनाउन भक्तपुरवासीहरुले मनाउनकाे लागि तीव्र तयारी गरिएकाे छ । तान्त्रिक विधिअनुसार जात्राका लागि काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो तीन तले भैरवनाथको रथ निर्माण सुरु भएको छ भने भद्रकालीको रथ निर्माण भइरहेको छ । जात्राका लागि आवश्यक ५५ हात लामो लिङ्गो भक्तपुरको चित्तपोलस्थित सल्लाघारीबाट लिङ्गो उठाउने स्थान ल्यासिङ्खेलमा ल्यार्इ पुर्याइएको छ । यसवर्ष चैत २८ गतेदेखि सुरु हुने सो जात्राका लागि २७ गतेसम्म रथ निर्माण, रङ्गरोगनलगायत सम्पूर्ण काम सक्ने गरी काम भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ । बिस्केट जात्राका लागि रु २५ देखि ३० लाख लाग्ने अनुमान कार्यालयको छ । जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रजिअ द्रोण पोखरेलको नेतृत्वमा जात्रा सञ्चालक, पुजारी, नाइके, गुठी संस्थान, सरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, स्थानीय समाजसेवी एवम् सरोकार भएका निकाय र स्थानीय क्लबसँग पटक पटक छलफल भइरहेको छ । सौरमास (विसं)का आधारमा चल्ने बिस्केट जात्रा बिःसीत अर्थात् नागनागिन मरे भन्ने भावका आधारमा मनाइँदै आएको छ । लिच्छविकालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । भूकम्पका कारण रथ लैजाने मार्गका धेरै घर अझै पनि टेकोमा अड्याइएको कारण त्यस्ता घर नोक्सान नहोस् भनेर यस वर्ष भैरवको रथ लैजाने मार्ग छोट्याइने भएको छ । सोअनुसार तौमढीबाट माथिल्लोपट्टि क्वाछेसम्म र तल्लोपट्टि बोलाछेसम्म मात्रै रथ लैजान दिइने छ । सुरुको दिन तौमढीमा रथ तानिने, चैत मसान्तमा ल्यासिङ्खेलमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढालिने र वैशाख ५ गते तौमढीमा भैरवको रथ तानिन्छ । सो दिन भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देवतालाई मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरुप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा छ जात्रा शान्तिपूर्ण बनाउनका लागि महानगरीय प्रहरी परिसर भक्तपुरले एक हजार सुरक्षाकर्मी तैनाथ गर्ने भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक पर्दा नेपाली सेनासमेत गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिने प्रहरी उपरीक्षक किरण राणाले बताउनुभयो । चोक चोकमा बत्ती र सिसी क्यामरा जडान गरिने भएकाले यस वर्ष ढुङ्गा हान्ने व्यक्तिको सहजै पहिचान गर्न सकिने बताउँदै उहाँले जात्रामा ढुङ्गा हान्ने, हुलहुज्जत गरी जात्रा बिथोल्न खोज्ने, झगडा गर्ने गराउने जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी उहाँले दिनुभयो । “सिसी क्यामराका साथै सादा पोसाकमा प्रशस्त मात्रामा प्रहरी खटाई त्यस्ता व्यक्तिको निगरानी गरिने छ र त्यस्ता व्यक्तिलाई जात्रा स्थलबाटै पक्राउ गरिने छ ”, उहाँले भन्नुभयो । विगतमा तौमढीबाट रथ तान्न सुरु भएपछि माथिल्लोपट्टिकाले सके दत्तात्रयसम्म र तल्लोपट्टिकाले नासमनासम्म लैजाने परम्परा रहेको थियो । पहिले जात्रामा मादक पदार्थ खाएर हिंसात्मक गतिविधि हुने, झगडा हुने, जात्रामा ढुङ्गा हानाहान हुने भएकाले यस वर्ष जात्रा सञ्चालन हुने क्षेत्रमा पूर्ण रुपमा मदिरा पसल एवम् खुला मदिरा बिक्री बन्द गराइने छ । जिब्रो छेड्ने जात्रा मध्यपुरठिमीमा हुने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मध्यपुरठिमी नगरपालिकाले प्रहरी, स्थानीय राजनीतिक दल, पत्रकार र सञ्चारकर्मीसँग छलफल गरेको छ । जात्रा सञ्चालनस्थल र मार्गको अनुगमन गरेर आवश्यक तयारी भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयोे । विशेष गरी ठिमीमा नयाँ वर्षकाे अवसरमा वैशाख २ गते हुने २८ खटसहितको सिन्दूर जात्रा र बोडेमा हुने जिब्रो छेड्ने जात्राका लागि सुरक्षा एवम् अन्य आवश्यक तयारी गरिएको छ । खट लैजाने क्षेत्र एवम् मार्गमा भूकम्पका बखत थुपारिएको भग्नावशेष हटाइने, जात्रा अवधिभर बत्ती ननिभ्ने व्यवस्था गरिने, सडक बत्ती यथावत् राखिने, सडक मर्मत गरिने, खानेपानीको व्यवस्थापन गरिने, टेलिकम र विद्युत्का लत्रिएका तार व्यवस्थापन गरिने जस्ता कार्यका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको ज्ञवालीले बताउनुभयो ।
जनवादी, लाेक तथा अाधुनिक साँझ एकै ठाउँ
चैत १६ । यही चैत २२ गते चितवन कालिका नगरपालिकाको जुटपानी चौरमा सहिद, वेपत्ता परिवार, घाइते, समाजसेवी सम्मानार्थ तथा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको छ । जनवादी तथा लाेक दाेहाेरी र अाधुनिक गायक गायिकाहरूकाे प्रस्तुती एकै ठाउँमा हेर्न अनि सुन्न सकिनेछ । रामबहादुर थापा (बादल) को प्रमुख अतिथ्यमा संचालन हुन लागेको यस सांस्कृतिक कार्यक्रमलाई लागु औषध मुक्ति अभियान र जनप्रगतिशिल मञ्चले आयोजना गर्न लागेको हो । जहाँ जनवादी कलाकारहरु नविन खड्का, खुशिराम पाख्रिन, झंकार मगर, धनु कमरेडलगायतले प्रस्तुती दिनेछन् । त्यस्तै लोक दोहोरी तथा आधुनिक कलाकारहरु प्रमोद खरेल, पुस्कल शर्मा, शिवम पोखरेल, टिका पुन, जुन डल्लाकोटी, जिवन खड्का, बसन्तराज गौतम, अमित रसाइली, शिव बिकीलगायतको गीत तथा अन्य डान्स समूहहरुले आफ्ना प्रस्तुती दिनेछन् ।
अनौठो बच्चा
काठमाडौं, चैत २ । दक्षिण पर्वतको उरामपोखरा गाविसको गेप्ताङकी २९ वर्षिय अनिता सुनारले उराम पोखरा स्वास्थ्य चौकीमा मृत अवस्थामा जन्माएको छाती जोडिएकोे दुई बच्चा । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा, पर्वत
अमेरिकामै रोजगारी बढाउन एप्पलमाथि दबाव
काठमाडाै, फागुन १९। घरेलु रोजगारीमा वृद्धि गर्नुपर्ने ट्रम्प प्रशासनको दबावपछि अमेरिकी कम्पनी एप्पलले देशभित्र आफ्नो ५० अर्ब डलरको उत्पादन तथा आपूर्ति आधारलाई विस्तार गर्दैछ । फिनान्सियल टाइम्समा बुधबार प्रकाशित रिपोर्ट अनुसार एप्पलका सिइओ टिम कुकले अमेरिकी टेलिकम नियामक संस्था संघीय संचार आयोगले इन्टरनेट ट्राफिक व्यवस्थापनको संरक्षण गर्ने सिद्धान्तमाथि चुनौती पैदा गरेमा कम्पनीले नेट न्युुट्रालिटीको समर्थन गर्न बाध्य हुने स्पष्ट पारेका छन् । कुपर्टिनोमा आयोजित एप्पलको वाषिर्क बैठकलाई सम्बोधन गर्दै कुकले भनेका छन्ः हामीले यो देशलाई माया गर्दछौँ । हामी आफूसक्दो सहयोग गर्दछौँ र विस्तारित हुने मार्गको खोजीमा सधै लागिरहन्छौँ । उनले विश्वको सबैभन्दा लोकप्रिय सार्वजनिक कम्पनी एप्पलले यसका विभिन्न क्षेत्रमा सयौँ हजार रोजगारीका साथै एप स्टोरका माध्यमबाट दशौँ लाख एप डेभलपर्सहरुलाई सहयोग गरिरहेको बताएका छन् । आइफोनका सेमी कन्डक्टर, एडहेसिभ र ग्लास स्क्रिन अमेरिकामै बन्ने गरेको र आइफोनको अन्तिम एसेम्ब्िलंग चीनमा हुने गरेको तथा एप्पलका अधिकांश पाटपूर्जा एसियाली कम्पनीबाटै आपूर्ति हुने गरेको तथ्य स्मरण गरे । उनका अनुसार एप्पलका कुल कर्मचारीमध्ये दुुइ तिहाइ अमेरिकामै भएपनि कम्पनीको कुल आम्दानीको केवल एक तिहाइ मात्र अमेरिकाबाट प्राप्त हुने गरेको छ । तर यसका बाबजुत पनि एप्पलले अमेरिकाका लागि सहयोग गर्न सधै तयार रहेको भन्दै उनले भनेका छन्ः हामीले हाम्रो देशलाई कसरी धेरै भन्दा धेरै सहयोग गर्न सकिन्छ भनेर सधै हेर्ने गर्छौँ । हामीलाई थाहा छ एप्पलको अस्तित्व केवल अमेरिकामा मात्रै छ ।
कप्तान पारस खड्का भए सद्भावनादूत
काठमाडौं, फागुन १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयंसेवक नेपालको पहिलो सद्भावनादूतमा नियुक्त भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरबारस्थित कार्यालयमा बुधबार बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयंसेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावनादूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले वि.सं. २०७२ को भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना पुनःनिर्माण गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएकाले यस काममा सहभागी हुन आमनेपाली युवालाई आग्रह गरे । उनले पुनःनिर्माणका लागि प्राधिकरणले भूकम्पप्रभावित जिल्लामा पहिलो चरणमा करिब एक हजार स्वयंसेवक इन्जिनियर विद्यार्थीलाई आगामी शुक्रबारदेखि खटाउन लागेको जानकारी दिए । त्यस्तै, कप्तान खड्काले राष्ट्रिय स्वयंसेवकको सद्भावनादूतमा नियुक्त हुनु आफ्ना लागि गौरवको विषय भएको बताए ।
तिलोत्तमा गोल्डकपमा संकटा फाइनलमा
काठमाडौं, फागुन १८ । बुटवलमा १९ औँ तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा संकटा क्लब पुगेको छ । बुटवलको देवी नगरमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदानमा जारी आजको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै संकटमा फाइनलमा पुगेको हो । संकटाका तर्फबाट चेतनकुमार थारुले २६ औं मिनेटमा र दोश्रो हाफको इन्जुरी समयमा सुशील केसी र ४३ औं मिनेटमा मार्टिनले गोल गरेका थिए । बिहीबार हुने अर्को सेमिफाइनलमा घरेलु टोली रुपन्देही ११ र नेपाल आर्मीले खेल्ने छन् ।
चैत ११ गतेदेखि आउनेभयो ‘लप्पन छप्पन’ !
काठमाडौं, फागुन १७ । नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन’ आगामी चैत ११ गतेबाट प्रदर्शनमा अाउने भएको छ । यस चलचित्रका निर्देशन मुकुन्द भट्टले अधिराज्यभरीका दर्शकमाझ चैत्रको दोस्रो हप्तामा रिलिज गराउने बताए । चलचित्रमा नेपाली दर्शकले निकै रुचाएका दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेकाे छ । चलचित्रको छायांकन सकिएको निर्देशक भट्टले जानकारी दिए । त्यस्तै फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई पनि दर्शकहरुले रुचाईरहेका छन् । फिल्मको निर्माण टिमले फिल्मको नयाँ गीत रिलीज गरेका छन् । केहि दिन अघी मात्र सार्वजनिक गरिएको ‘लैजाऊ माया पोको पारेर’ बोलको गीतलाई पनि दर्शकहरुले औधी रुचाईरहेका छन् । फिल्मको सो गीतले युट्युवमा दर्शकहरुको राम्रो साथ पाईरहेको छ । दीपक आर.जे को शब्द संगीत तथा निश्चल बस्नेतको आवाजमा रहेको ‘लैजाउ माया पोको पारेर’ गीतलाई राम्रो दर्शकहरुको साथ मिलिरहेको छ । फिल्मको जुकेबक्स पनि सार्वजनिक भएको छ । पछिल्लो दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको यस फिल्मको गीत संगीत पनि अब्बल साबित भईरहेको छ । फिल्मको प्राय दृश्य युरोपका प्रसिद्ध देशहरु बेल्जियम, स्विजरल्याण्ड, नेदरल्याण्ड, फ्रान्स, लग्जम्बर्ग लगाएतका ठाउँहरुमा छायांकन गरिएको छ । दर्शकहरुले बिदेशका विभिन्न रमणीय दृश्यहरुको आनन्द पनि लिन पाइन्छ । बिगत ३ वर्षदेखि नेपाली फिल्मलाई सुक्ष्म तरिकाले अध्ययन गरेर युवा सक्षम तथा अनुभवी फिल्मकर्मीहरुको टिम बनाएर उक्त चलचित्र बनाएको भट्टले दाबी गरेका छन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा शिवाकोटी, प्रकाश जंग शाह, सिड खरेल, देवु श्रेष्ठ, राजु लामा लगाएतका कलाकारहरुको भूमिका देख्न पाइन्छ । फिल्मलाई गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्मसका डम्बर चन्दले निर्माण गरेका हुन् । फिल्मको सह निर्माताको रुपमा इन्द्र प्रसाद खरेल र कार्यकारी निर्मातामा सहदेव गौतम रहेका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । त्यस्तै फिल्ममा चन्द्र पन्तको द्वन्द निर्देशन रहेको छ । फिल्मको बजार ब्यावस्थापनको जिम्मा गोबिन्द शाहीले लिएका छन् ।
आयल निगमकाे लापर्वाहीले पेट्रोलियम पदार्थको अभाव
विराटनगर, फागुन १६ । पेट्रोलियम पदार्थको अभाव नहुँदा नेपाल आयल निगमको आपर्वाहीका कारण नेपालीले सास्ती भोग्नु परेको छ । बेलाबखत मात्र पेट्रोल पम्पहरुबाट इन्धन वितरण हुँदा पूर्वी नेपालका उपभोक्ताले लामो समय लाइनमा बसेर तेल हाल्नुपर्ने बाध्यता भएको छ । कतिपय पेट्रोलपम्पमा डिजल छैन, पेट्रोल छैन लेखेको पनि देखिन्छ । उपभोक्तले यसरी सास्ती भोगीरहँदा नेपाल आयल निगम क्षेत्रीय कार्यालयले भने इन्धनको कुनै अभाव नभएको दावी गरेको छ । सर्वसाधारणले भने आयल निगमको बेवास्ताले तेल अभाव भएको आरोप लगाएका छन् । आयल निगम विराटनगरका क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले बिहीबार र शुक्रबार मात्रै दिनभर २० लाख लिटर डिजेल र १० लाख लिटर पेट्रोल कोशी र सगरमाथा अञ्चलका डिलरहरुलाई पठाइएको जानकारी दिए । आइतबार पनि कार्यालयबाट २ लाख लिटर डिजेल तथा १ लाख ५० हजार लिटर पेट्रोल डिलरहरुलाई वितरण गरिएको बताए । तर सर्वसाधारण भने विहीबार देखि नै पेट्रोलपम्पहरुमा लाइनमा देखिन्थे । पम्पहरुले नै कृत्रिम अभाव देखाएर कालोबजारी गरिरहेको आशंका उपभोक्ताहरुले गरेका छन् ।
विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता
काठमाडौं, फागुन १६। सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ। मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारीस भएकी शर्मिला पराजुली ढकालको नाम सरकारले फिर्ता लिएको हो। यी दुई राजदूतबारे विवादास्पद प्रसंग र तथ्यहरू बाहिर आएपछि उनीहरूको सिफारीस फिर्ता लिएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार विभिन्न देशमा १४ राजदुत सिफारीस भएको तेस्रो दिन नै सरकारले युएईका लागि सिफारीस भएकी लामा र ओमनका लागि सिफारीस ढकालको नाम फिर्ता लिएर मन्त्रिपरिषद बैठकको माइन्यूटबाटै हटाएको हो। गत सोमबारको मन्त्रिपरिषद् बैठकले १४ देशका लागि राजदुत सिफारीस गरेको थियो। सिफारीस निर्णयको तेस्रो दिन बुधबारै कांग्रेस सभापति शेरबहादुर देउवाले लामाको नाम फिर्ता लिन परराष्ट्रमन्त्री प्रकाशसरण महतलाई आफ्नै निवासमा बोलाएर निर्देशन दिएका थिए। सोही दिन देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि टेलिफोन गरेर उक्त विषयबारे जानकारी गराएको स्रोतले बतायो। त्यस्तै, ढकालको नामसमेत फिर्ता लिने निर्णय गरिएको थियो। मन्त्रिपरिषद कार्यालयले संसदीय सुनुवाईका लागि लामा र ढकालबाहेक अन्य १२ जनाको नाम पठाउने तयारी गरेको छ। ‘दुई महिनाअघि एउटा ठूलो संचार गृहले खाडीमा समस्यामा परेका चेलिवेटी उद्धारमा ठूलो योगदान गरेको भनेर प्रोफाइल लेख्यो, अरुले पनि रामै्र भने र हामीले सिफारीस गरेका हौँ,’ लामालाई सिफारिस गर्नुको कारणबारे एक कांग्रेस नेताले भने, ‘सिफारीस भएको दिनदेखि उनको वास्तविकता बाहिर आएपछि हामीले पनि क्रसचेक गरेर फिर्ताको निर्णय गरेका हौँ।’ कांगे्रेस सभापति देउवाले आइतबार संसदीय दलको कार्यालय सिहदरबारमा बसेको मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरुसँगको बैठकमा पनि सिफारीस भएको तेस्रो दिन लामाको नाम फिर्ता भैसकेको जानकारी गराएका थिए। ‘सभापतिले राजदुत सिफारीस भएको तेस्रो दिनमै आशा लामाको नाम फिर्ता भैसकेको जानकारी गराउनु भयो,’ बैठकमा सहभागि रुपन्देहीका सांसद भरतकुमार शाहले अन्नपूर्णसँग भने। देउवानिकट अर्का नेताले पनि लामाको सिफारीस फिर्ता भैसकेको जानकारी दिए। ‘संचार माध्यम र पार्टीकै केही साथिहरु भने औपचारिक जानकारीबिनै पत्र लेखेरै उनको विरोध गरिरहेका छन्,’ ती नेताले भने। शनिबार मात्रै कांग्रेस नेता रामचन्द्र पौडेल सहित केही नेताहरुले राजदुत सिफारीसको विरोध गर्र्दै केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवालाई लिखित पत्र लेखेरै आग्रह गरेका थिए। केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवाले एक महिना अघि नै सल्लाह गर्दा पौडेल नमानेको आरोप देउवानिकट ती नेताले लगाए। ‘एक महिना अघि नै सभापतिजीले केन्द्रीय समिति बैठक बोलाऊ भनेर पौडेलसँग भन्नु भएको थियो,’ उनले भने, ‘तर उहाँले युरोप भ्रमणमा जानु छ, पछि बोलाउँ भन्नु भयो, अहिले केन्द्रीय समिति बसेन भन्न मिल्छ ? ‘ कांग्रेस सभापति देउवाले राजदुत कस्लाई बनाउने भन्ने विषय पार्टीको केन्दीय कार्यसमितिको छलफलको विषय नभएको बताए।आईतबार विहान कांग्रेस संसदीय दलको कार्यालयमा संचारकर्मीहरुसँग कुरा गर्दै देउवाले सबै विषयहरु केन्द्रीय समितिमा छलफल हुनुपर्ने भन्ने मान्यता परम्परा र पार्टीको विधि विधान अनुसार नभएको बताए। ‘राजदुत सिफारीस केन्द्रीय समितिमा छलफल गरेर निर्णय गर्ने विषय होईन,’ देउवाले भने, ‘यस्तो छलफल न विगतमा भएको छ, न अब हुन्छ।’ संविधान संशोधनका विषयमा छलफल गर्न डाकिएको उक्त बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिहले मधेशी दलले पनि नमान्ने संसोधन प्रस्ताव अघि बढाएर के हुन्छ भनेर प्रश्न गरेका थिए। लगत्तै केन्द्रीय सदस्य समेत रहेका सांसद फरमुल्लाह मन्सुर कांग्रेसले मधेसी दलका लागि नभई मधेसी जनताका लागि संशोधनमा समर्थन गरेको भन्दै प्रतिवाद गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।