नासु बन्न तयार भएर बस्नुहोस्, यही महिना विज्ञापन खुल्ने

काठमाडौं, पुष १९ । लोकसेवा आयोगले नायब सुब्बा पदका लागि विज्ञापन निकाल्ने भएको छ । आयोगले वार्षिक पात्रोअनुसार नायब सुब्बा पदको पदपूर्तिका लागि यही महिनाको अन्तिम बुधबार विज्ञापन निकाल्ने भएको हो ।

समायोजन प्रक्रियामा सरकारले ढिलासुस्ती गरेपछि समायोजनमा जान नपर्ने अधिकृत तहका कर्मचारीको पदपूर्ति असोजमा हुनुपर्ने भए पनि मंसिरमा मात्र लिइएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

आयोगको वार्षिक पात्रोअनुसार नासु तहका अप्राविधिक धारका कर्मचारीको पदपूर्ति पुसमा हुने उल्लेख छ भने मागमा प्राविधिक धारका कर्मचारीको पदपूर्ति हुने उल्लेख छ ।

आमाले सहयोग नगर्नु भएको भए भारतको गल्लीमा भाँडा माझिरहेको हुन्थेः रवि ओड

काठमाडौं, पुष १२ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका रवि ओड गत शनिबार नेपाल आइडलको दोस्रो संस्करणका विजेता बने। पुरस्कारस्वरूप उनले २२ लाख रुपैयाँ र एउटा होन्डा डब्ल्यूआरभी कार हात पारे। उनी ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्छन्। शिव परियार, सुगम पोखरेल र हेमन्त रानालाई आदर्श मान्ने रविसँग सृजना खड्काले खुलस्त संवाद गरेकी छिन्। नेपाल आइडलको दोस्रो सिजनको विजेता बन्छु भन्ने लागेको थियो कि थिएन ? अडिसन पार गरेपछि सांगीतिक क्षेत्रमै आफ्नो जीवन अगाडि बढाउँछु भन्ने सोचिसकेको थिएँ। तर, आइडल नै बन्छु भनेर चाहिँ सोचेको थिइनँ। सपना हो कि विपना जस्तो भइरहेको छ। आइडल विजेताको घोषणा भइरहँदा स्क्रिनमा आफ्नो फोटो देख्दा कस्तो लाग्यो ? सुरुमा थर्ड रनरअपको फोटो स्क्रिनमा आयो। त्यो फोटो अस्मिताको थियो। बाँकी हामी तीन जना थियौं। फस्ट, सेकेन्ड र थर्डमध्ये एक भएछु भन्ने लाग्यो। तर, मुटु कामिरहेको थियो। सेकेन्ड रनरअपमा सुमितको नाम आयो। विक्रम दाइ र म बाँकी भयौँ। त्यसपछि फस्ट र सेकेन्डमा एउटा भएछु भनेर ढुक्क भएँ। डर हरायो। फस्ट र सेकेन्ड जे भए पनि म खुशी थिएँ। विजेताको रूपमा स्क्रिनमा आफ्नो फोटो आउँदा त खुशीको सीमा नै रहेन। भावुक भएँ। भोट गरी मलाई जिताउने सबैलाई मनमनै धन्यवाद दिएँ। आइडल सकिएपछि भारतको सुरतमा बस्दै आउनुभएका तपाईंको बुबालाई पनि फूलमाला लगाएर सम्मान गरियो भन्ने समाचार आइरहेका छन्, यो सुन्दा कस्तो लागिरहेको छ ? एकदमै खुशी छु। बुबालाई नेपाल आइडलको स्टेजमा ल्याउने मेरो ठूलो धोको थियो। तर, त्यो सम्भव भएन। वाचम्यानको काम गर्ने भएकाले उहाँले छुट्टी पाउनुभएन। आइडल जितेपछि सुरुमा बुबासँग नै फोनमा कुरा गरेँ। फोन गर्दा उहाँ रोइरहनुभएको थियो। त्यही बेला बुबालाई त्यहाँ साथीहरूले सम्मान गरिरहेका थिए। ‘‘तेरो छोरो हल्लेर हिँड्छ’ भनेर सुनाउनेहरूलाई तैँले गरेर देखाइस्’ भन्नुभयो। घरको जेठो छोरो भएकाले परिवारलाई यसले केही गर्ला भन्ने आश थियो। आफूसँगैको साथीहरू काम गरेर घरमा पैसा पठाएको देख्दा मलाई पनि नरमाइलो लाग्थ्यो। बुबाको १० हजार भारुले चार जनाको पढाइ र घरखर्च चलाउनुपथ्र्यो। अब त्यो अवस्था रहेन। आमा त फाइनल हेर्न काठमाडौं आउनुभएको थियो नि हैन ? हो, आउनुभएको थियो। मैले जितिसकेपछि आमा पनि स्टेजमा आउनुभएको थियो। उहाँलाई त्यहाँ के भइरहेको छ, केही थाहा थिएन। उहाँलाई अंगालो हालेर मैले ‘मैले जितेँ’ भनेँ। उहाँलाई के जित्यो, के जित्यो भएको थियो। उहाँलाई नेपाली बोल्न आउँदैन। नेपाल आइडल के हो ? उहाँलाई थाहा छैन। उहाँ मेरी दोस्री आमा हो। कान्छो भाइ तीन महिनाको हुँदा हाम्री आमा बित्नुभयो। हामी चार जनालाई उहाँले आफ्नै सन्तानजस्तै हुर्काउनुभयो। सबैका दोस्री आमा खराब हुँदैनन्। उहाँले मलाई सपोर्ट नगर्नुभएको भए आज म भारतको कुन गल्लीमा भाँडा माझिरहेको हुन्थेँ। अन्नपूर्ण पोस्ट् दैनिकबाट

जिल्ला शिक्षा कार्यालय अब संघीय मन्त्रालय अन्तर्गत

काठमाडौं, पुष ११ । प्रमुख जिल्ला अधिकारी मातहत रहेका शिक्षा विकास तथा समन्वय इकाइ अब संघीय शिक्षा मन्त्रालय अन्र्तगत शिक्षा विकास कार्यालयका नाममा रहने भएका छन् । नौ महिना अघि भएको उक्त ब्यवस्था सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उल्ट्याएको हो । संघीयतासंगै सरकारले गत चैत २७ गते तत्कालिन जिल्ला शिक्षा कार्यालयलाई सिडियो मातहत राख्ने निर्णय गरेको थियो । शिक्षाका कार्यालय प्रशासन अन्र्तगत राख्दा अमिल्दो देखिएको भन्दै बढ्दो गुनासो सम्बोधन गर्न आफूहरुले उक्त प्रस्ताव मन्त्रीपरिषद्मा लगेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक जना उच्च कर्मचारीले जानकारी दिए । निर्णय परिपक्क भएर सार्वजनिक भएको त छैन, तर अब जिल्लाका इकाइलाई सिधै संघीय मन्त्रालय अन्र्तगत रहने गरी जिल्लामा सानो आकारको संरचना राख्ने निर्णय भएको छ, ती कर्मचारीले भने, ‘पहिलेका जिशिकाले गर्दै आएका काम गर्न साविकका इकाइकै आकारमा जनशक्ति रहने प्रस्ताव गरिएको छ ।’ संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरेपछि जिल्ला शिक्षा कार्यालयले गर्दै आएका काम स्वतः आफू मातहत हुने स्थानीय सरकारका जनप्रतिनिधिको तर्क थियो । तर, सरकारले शिक्षकका विवरण लगायतका तथ्याङ्क जिशिकामा रहेको भन्दै सिडियो मातहत भए पनि राख्ने निर्णय गरेको थियो । उक्त निर्णय पछि संघीय सरकारले स्थानीय सरकारलाई ‘कम आँकेर’ बन्दुक मातहत कलम राखेको भन्दै तिव्र आलोचना समेत भएको थियो । उक्त आलोचना पछि ति कार्यालयलाई प्रदेश सरकार मातहत राख्ने गरी शिक्षा मन्त्रालयले आन्तरिक तयारी गरेको थियो । तर विद्यालय शिक्षाका अधिकार प्रदेश सरकार मातहत नभएको बरु संघीय सरकार मातहत हुने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त प्रस्ताव मन्त्रीपरिषद्मा लगेको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएका शिक्षाका २३ वटा काम बाहेकका काम सम्पादन गर्न आवश्यक रहेको जनाउँदै जिप्रका अन्र्तगत इकाइ राख्ने निर्णय गरिएको थियो । नयाँ निर्णय सँगै सबै ७७ वटै इकाइ अब शिक्षा विकास कार्यालयका रुपान्तरित हुने छन् । इडुखबरबाट साभार

कुवेतमा एक नेपालीको मृत्‍यु

कुवेत ,मंसिर २८।रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको सडक दुर्घटनामा परि मृत्यु भएको छ। कुवेतमा लामो समय देखि कार्यरत दाङका लक्ष्मण बहादुर खत्रीको सडक दुर्घटनामा परि गत शुक्रबार मृत्‍यु भएको कुवेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ।मृतक खत्रीलाई गत नोभेम्बर-२३ तारिक सबारी साधनले ठक्कर दिएर घाइते बनाए पछी उपचारका लागी अस्पताल पुर्याईएकोमा उनको उपचारकै क्रममा गत शुक्रबार मृत्‍यु भएको हो । कुवेत स्थित इस्को इन्टरगल सर्भिसेज कम्पनीम काम गर्दै आएका खत्री केही समय पहिले मात्र उक्त कम्पनी छोडि अबैधानिक रुपमा काम गर्दै आएका थिए। इस्को कम्पनीले मृतक लक्ष्मण बहादुर खत्री बिरुद्द गत नोभेम्बर ३ तारीखमा कम्पनी छोडेर भागेको”भगुवा मुद्दा” दायर गरेको पाइएको दूतावास स्रोतले जानकारी दिएको छ। कुवेत स्थित नेपाली दुताबासले मृतकको शब नेपाल पठाउन कानुनी प्रकृया शुरु गर्दै शब पठाउन लाग्ने पैसा र मृतकले पाउन बाँकी रकमको लागी ऊक्त कम्पनिमा अनुरोध गरेको जानकारी गराएको छ।

भावुक हुँदै बिक्रमले यस्तो आग्रह गरे [भिडियोसहित]

काठमाडौं, मंसिर २८ । नेपाल आइडलको उपाधि जित्ने उद्देश्यका साथ बिहीबार प्रस्तुति दिएका बिक्रम बरालले आफूलाई भोट गर्न अनुरोध गरेका छन् । आफ्नो फेसबुक पेजमार्फत समर्थकमाझ यस्तो अनुरोध गरेका हुन् । उनले भावुक हुँदै आफूलाई अत्यधिक भोट गर्दै विजयी बनाउन आग्रह गरे । उनले भनेका छन्, ‘म यतिखेर नेपाल आइडलको फाइनलमा छु । एक साताको लागि भोटिङ लाइन खुला भएकाे छ । मलाई यहाँहरूले धेरै दिइसक्नु भएको तर अब यो अन्तिम पटक हो । यहाँहरूले यति धेरै माया गरिरहनु भएको मलाई नेपालको पहिलो नेपाल आइडल बनाउन अब हजुरहरू बाहेक अरु कसैले सक्दैन त्यसैले यहाँहरूको शरणमा छु, अन्तिम एकचोटी हार्दिक हार्दिक अनुरोध गर्दछु ।’ बाँकी हेर्नुस् बिक्रमले समर्थकलाई यस्तो आग्रह गरेका छन्– 

कति जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक ? हेर्नुस् नतिजा

काठमाडौं, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, बिहीबार साँझसम्म १२ जिल्लाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये सुदूरपश्चिम प्रदेशका ६ जिल्लाको नतिजा आएको छ । यो प्रदेशका कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुलाको प्रावि तहको नतिजा आइसकेको हो । अब यो प्रदेशका बाँकी तीन जिल्लाको मात्र आउन बाँकी छ । कैलाली, अछाम र डोटीको प्रावि तहको नतिजा आउन बाँकी रहेको हो । सुदूरपश्चिमबाहेक अन्य ६ जिल्लाको नतिजा पनि सार्वजनिक भएको छ । ताप्लेजुङ, इलाम, तेह्रथुम, पाँचथर, झापा र संखुवासभाको प्राथमिक तहको नतिजा सार्वजनिक भएको हो । यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो । -बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -बैतडी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -कञ्चनपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -इलाम जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -ताप्लेजुङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

परीक्षा तयारीः के हो कर्जा जोखिम, कसरी गर्छन् बैंकले समाधान ?

मृगेन्द्र नाथ रिमाल । साधारणतयाः जोखिम जीवनको हरेक पक्ष एवम् वित्तीय क्षेत्रमा खास रुपमा अन्तरनिहित हुन्छ । जोखि कुनै पनि व्यवसायमा हुने अनिश्चितता साथै वित्तीय व्यवहारलाई हाँकने मुलभूत तत्व पनि हो भन्ने बुझ्नु जरुरी हुन्छ । जोखिम सर्वव्यापी छ, त्यसकारण कुनै पनि बैंकहरु जोखिमबाट स्वतन्त्र छैनन् भन्ने गरिन्छ । बैंकिङ व्यवसायको भविष्य निसंदेह जोखिम व्यवस्थापनको गतिशीलतामा निर्भर गर्छ । जोखिम(risk) ल्याटिन शब्द rescum अर्थात सामुद्रिक जोखिमबाट आएको उल्लेख भएको पाइन्छ । बैंकहरुले भोगिराखेका जोखिमहरु उचित ढंगबाट सामना गरिएको, प्रभावपूर्ण तरिकाले नियन्त्रण भएको तथा राम्रोसँग व्यवस्थापन भएको बुझ्नु ज्यादै महत्वपूर्ण हुन जान्छ । बैंकद्धारा संचालित हरेक कारोबारहरुले त्यस बैंकको जोखिममा परिवर्तन भइरहेका हुन्छन् । कारोबार गर्दा हरेक जोखिमको कारण पर्न सक्ने प्रभावहरुलाई नियन्त्रण गर्न के कति हलसम्मको आँकलनमा जाने भन्ने कुरा निरन्तर नयाँ नयाँ उजागर हुने जोखिमहरुले गर्दा बैंकहरुका लागि असम्भव झैँ भएको देखिन्छ । त्यसकारण जोखिम व्यवस्थापन अभ्यासको प्रभुख चुनौती भन्नु नै जोखिमसम्बन्धी नविनतम सूचनाहरु उपलब्ध गराउनु हो । व्यवसायभ नेको त्यो कला हो, जसमा कुनै हिंसाबिना अरुको खल्तीबाट पैसा झार्न सकियोस् । तर, जोखिमबिना व्यवसायमा नाफा कमाउानु भनेको नजन्मिकन बाँच्न खोज्नुजस्तै हो । हाल बैंकहरु वित्तीय मध्यस्थकर्ता हुनुको साटो जोखिम मध्यस्थकर्ताको रुपमा अगाडी बढ्दै गएको देखिन्छ । तीब्र प्रतिष्पर्धाको कारण बैंकहरुले वित्तीय एवम् गैर वित्तीय जोखिमहरुको सामना गरिराखेका छन् । व्यवसाय वृद्धिको मूद्यय कारण नै त्यस व्यवसायले लिने जोखिमको मात्रामा भर पर्दछ । जुन मात्रामा जोखिम लिइन्छ, सोही अनुसारको मुनाफा पनि हासिल गर्न सकिन्छ । त्यसकारण, व्यवसायले जोखिम तथा मुनाफालाई सन्तुलनमा राख्न विशेष ध्यान दिनुपर्छ । जोखिम व्यवस्थापनको आवश्यक कार्य भनेको बैंकिङ रुपरेखाको पहिचान, मापन तथा अझ विशेष गरेर त्यसको अनुगमन नै हो । निष्कृय सम्पत्ति भनेको वर्तमानमा अतितको निरन्तरता हो भने जोखिम व्यवस्थापन प्रणाली भनेको भविष्यका लागि वर्तमानमा गरिने सकृय कार्य हो । जोखिम व्यवस्थापन भनेको जोखिम व्यवस्थापन गर्नुअगावैको परिवर्तनबाहेक केही हैन । बैंकहरुका लागि नयाँ द्धार खुल्नुको साथै तीनीहरुले नयाँ जोखिम पनि भित्राउने हुनाले सोबाट पार पाउन सदैब तयार रहनुपर्दछ । जोखिमका प्रकारहरु जब हामी जोखिम शब्दको प्रयोग गछौँ, त्यसबाट वित्तीय जोखिम वा वित्तीय नोक्सानीको अनिश्चितता भन्ने बुझने गर्छौँ । जोखिमलाई मापन गर्ने हो भने अक्सर घट्ने वा नघट्ने सम्भावनाको रुपमा लिन सकिन्छ । बैंकहरुले मूख्यतयाः कर्जा जोखिम, बजार जोखिम तथा सञ्चालन जोखिमहरुको सामना गरिराखेका हुन्छन् । जोखिमलाई बैंकको पुँजी वा आर्जनलाई अपेक्षित वा अनपेक्षित रुपमा अनुकुल वा प्रतिकुल तवरले प्रभाव पार्ने सम्भावनाको रुपमा पनि हेर्ने गरिन्छ । अपेक्षित नोक्सानीहरु सञ्चय र प्रावधानबाट ढाकिन्छन् तथा अनपेक्षित नोक्सानीको लागि पुँजीको बाँडफाँड गर्नुपर्ने हुन्छ । त्यसैले, पुँजी पर्याप्तता अनुपातको आवश्यकता महशूस हुन्छ । तरलता व्यवस्थापन गरी वित्तीय रुपले सक्षम हुँदै सर्वसाधारणहरुलाई कर्जा लगानी गरी नाफा पनि कमाउनुपर्ने कारणहरुले गर्दा बैंकहरु (खासगरी सरकारी स्वामित्वका) मा जोखिम हुने खतरा भइरहन्छ । त्यसकारण सार्वजनिक क्षेत्रका बैंकहरुको हकमा जोखिम सामान्य रुपमा देखा पर्ने गर्दछ । प्रभावकारी जोखिम व्यवस्थापन गर्ने वित्तीय संस्थाहरु मात्रै बजारमा लामो समयसम्म टिक्न सक्षम हुन्छन् । बैंकिङ व्यवसायमा विभिन्न किसिमका जोखिमहरुमध्ये, कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिमलाई विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यी जोखिमहरुलाई न्युनिकरण गर्न बैंकहरुले विभिन्न प्रकारका योजना तथा निर्णयहरु लिनुपर्दछ । नेपालका सार्वजनिक क्षेत्रका बैंकहरुमा जोखिम न्युनिकरणका लागि बाह्र वित्तीय तथा कानुनी सहायताको साथै व्यवस्थित योजना तथा रणनीति समेत अबलम्बन गर्नुपर्ने देखिन्छ । कर्जा जोखिम कर्जा जोखिम भन्नाले कर्जा वा सापटी लिने वा दिने कुनै एक पक्षले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नबाट बञ्चित गराइएको कारणबाट उत्पन्न हुने जोखिमलाई बुझ्नुपर्दछ । अर्थात, यो कर्जा लिने व्यक्ति वा संस्था वा कर्जा ग्राहकले लिएको कर्जा वा ऋिण वा सापट नतिरेको कारणले उत्पन्न हुन जाने जोखिम हो । कर्जा अवधिभित्रको विभिन्न चरणहरुमा यस्तो जोखिम सिर्जना हुन सक्दछ । कर्जा जोखिम व्यवस्थापनको मूख्य उद्देश्य जोखिमको न्युनिकरण गर्नका साथै कर्जा जोखिमलाई स्वीकृत मापदण्डभित्र कायम राखि बैंकको जोखिम समायोजित प्रतिफल दरलाई अधिकतममा पुर्याउनु हो । कर्जा जोखिम हुनुमा खास गरेर प्रभाग जोखिम (पोर्टफोलियो रिस्क) को ठूलो भूमिका हुन्छ । यस्तो जोखिम विशेषतः अतिकेन्द्रित जोखिमको कारण उत्पन्न हुन्छ । कुनै खास शीर्षकमा मात्रै लगानी केन्द्रित गर्ने र उक्त शीर्षकको असुलीमा बाधा आउँदा यस्तो जोखिम देखा पर्दछ । कारोबारको शिलशिलामा कर्जा जोखिमलाई मुल्यांकन गर्न कर्जा मापनले ठूलो मद्दत पुर्याउँछ । त्यस्तै, कर्जा प्रभाव विश्लेषणको माध्यमबाट पनि कर्जा जोखिमलाई अतिकेन्द्रित हुनबाट बचाउँछ । कर्जा मुल्यांकनको माध्यमबाट मापन गर्ने, कर्जा नोक्सानीको परिमाणको अनुमान गर्ने, वैज्ञानिक तवरले व्याजदर निर्धारण गर्ने तथा प्रभावकारी कर्जा विश्लेषण एवम् उचित प्रभाव व्यवस्थापन गर्न सक्यो भने कर्जा जोखिम व्यवस्थापन गर्न सरल हुन्छ । बजार जोखिम बजारमा भइरहने परिवर्तनका कारण बैंकमा हुने सम्भावित नोक्सानीलाई बजार जोखिम भनिन्छ । यस्तो जोखिममा व्याजदर तथा मुद्रा विनिमय दर जस्ता वासलातभित्र वा बाहिरको मूल्यहरु नकारात्मक ढंगले प्रभावित हुन्छन् । व्याजदर तथा विदेशी विनिमयको मूल्यमा हुने परिवर्तनका कारण बैंकको आर्जनमा पूर्ण प्रभाव पर्न जान्छ । बजार जोखिम व्यवस्थापनले बैंकको तरलता, व्याजदर, विदेशी विनिमय लगायत अन्य सम्बन्धित पक्षहरुको मापन, अनुगमन एवम् व्यवस्थापन गर्न एक गतिशील ढाँचाको व्यवस्था गर्दछ । दबाब परीक्षण तथा पृष्ठभूमी विश्लेषण मूलतः यस्ता संयन्त्र हुन्, जसले भविष्यमा आउन सक्ने विभिन्न कठिनाइहरुको आँकलन गरी सोका लागि अग्रीम रुपमा चनाखो भएर बस्न सहायता पुर्याउँछ । अनुमानहरु समय समयमा परिवर्तन भइरहने भएकाले परिक्षणका नतिजाहरुको आवधिक अध्ययन जरुरी हुन्छ । तरलता जोखिम बैंकले आफ्नो दायित्व पूरा गर्न रकम जुटाउन नसक्नु वा जुटाउँदा अस्वभाविक दस्तुर र्तिुपर्ने अवस्थाले तरलता जोखिमको सिर्जना हुन्छ । यस्तो हुनुमा अत्याधिक मात्रमा कर्जा प्रभाव हुनु वा एकैपल्ट ठूलो रकम भुक्तानी हुनु पनि हो । लगानीभन्दा निक्षेपको अनुबंदित परिपक्वता छोटो हुने भएकाले तरलता व्यवस्थापनको माध्यमबाट ग्राहकले आफ्नो निक्षेप निकाल्न सक्ने सम्भावित अवस्थाको आँकलन गरिन्छ । खास गरेर निक्षेप, लगानी गर्न एवम् वासलात बाहिरको दाबीलाई भुक्तानी दिन सहायक हुन्छ । बैंकको जोखिम व्यवस्थापन गर्नको लागि सम्पत्ति दायित्व व्यवस्थापनलाई एक प्रमुख अंगको रुपमा लिइन्छ । यसले सम्पूर्ण सम्पत्ति तथा दायित्वको निरन्तर रुपमा सँगसँगै जाँच गर्ने कार्य गर्दछ र यस्तो कार्य गर्नुको प्रमुख उद्देश्य नगद परिचालन एवम् भुक्तानी, लागत, असुली र जोखिम अनावरणमा सन्तुलन कायम राख्नु हो । यसमा मू्ख्यतयाः निक्षेप तथा लगानीका विभिन्न सेवाहरुको मूल्य(व्याजदर) निर्धारण गर्ने गरिन्छ । व्याजदर जोखिम बजारका कारण व्याजदरमा परिवर्तन आई व्याज आम्दानीम नकारात्मक असर पर्नु नै व्याजदर जोखिम हो । यसको कारण बैंकको नाफा नोक्सान प्रभावित भई यसको वित्तीय स्थिती समेतलाई प्रभावित बनाउँछ । बजारको माग तथा आपूर्तिको अवस्था विचार गरी नियमित रुपमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एवम् कर्जा लगानी व्याजदरहरुको तुलनात्मक स्थिती एवम् पुँजी लागत अध्ययनको आधारमा सम्पत्ति दायित्व व्यवस्थापन समितिमार्फत व्याजदर निर्धारण गरिन्छ । व्याजदरमा परिवर्तन भइरहँदा नाफा, सम्पत्तिको मूल्य, वासलात बाहिरका दायित्वहरु एवम् नगद प्रवाहलाई असर पार्छ । त्यसकारण, व्याजदर जोखिम व्यवस्थापनको मूख्य उद्देश्य बैंकको आर्जनलाई कायम राख्ने क्षमताको विकास गर्ने, सम्भावित नोक्सानीलाई ग्रहण गर्न सक्ने क्षमता नै हो । व्याजदर जोखिम व्यवस्थापन गर्ने शिलशिलामा बैंकहरुले बजार व्याजदरको उतारचढावबाट प्रभावित हुने खालका प्रभागहरुको जोखिम मूल्यांकन गर्न सक्नुपर्दछ । आवधिक रुपमा व्याजदर समायोजन हुने गरी प्रवाह गरिएको कर्जालाई जुन अवधिमा व्याजदर समायोृजन गरिन्छ, सोही समय अन्तरालभित्र समावेश गर्नुपर्दछ । कुनै व्याजदर विशेष परिवर्तनसँग समायोजन हुने (जस्तै ट्रेजरी बिलको व्याजदर) गरी प्रवाह गरिएको आवधिक कर्जालाई सबैभन्दा कम अवधिको समय अन्तरालभित्र समावेश गर्नुपर्दछ । व्याजदरमा भएको परिवर्तनका कारण प्रभावित हुने निश्चित भुक्तानी अवधि नभएका दायित्वहरुलाई मात्र जुन अवधिमा व्याजदर समायोजन गरिन्छ सोही समय अन्तरालभित्र समावेश गर्नुपर्दछ । अन्तर मापन विभिन्न समय अन्तरालका कुल सम्पत्तिबाट कुल दायित्व घटाएर सो समय अन्तरालको सम्पत्ति तथा दायित्वको अन्तर निर्धारण गर्नुपर्दछ । उक्त अन्तर धनात्मक अथवा ऋणत्मक दुवै हुन सक्छ । व्याजदर जोखिम न्युन गर्ने प्रयोजनको निमित्त प्रत्येक समय अन्तरालको सञ्चित अन्तर समेत निर्धारण गर्नुपर्दछ । सञ्चित अन्तर निर्धारण गर्दा जुन समय अन्तरालको सञ्चित अन्तर निर्धारण गर्नुपर्ने हो सो समय अन्तरालको अन्तरसहित सोभन्दा अघिका समय अन्तरालका अन्तरलाई समेत जोडेर राख्नुपर्दछ । व्याजदरमा हुनसक्ने सम्भावित परिवर्तनलाई अनुमान गर्नका लागि सामान्यतयाः एक प्रतिशतले व्याजदर परिवर्तनबाट पर्न जाने असरलाई हेर्न सकिन्छ । परिवर्तन हुने अनुमान गरिएको व्याजदरलाई प्रत्येक समय अन्तरालको समयावधिसँग समायोजित हुने गरी निर्धारण गर्नुपर्दछ । विदेशी विनिमय जोखिम विदेशी मुद्राको विनिमय दरमा आउने परिवर्तनबाट संस्थाको वित्तीय अवस्थामा पर्न सक्ने असरलाई विदेशी विनिमयसम्बन्धी जोखिम भनिन्छ । यसले गर्दा अनुमान गएिको सावा रकम तथा लगानीको प्रतिफल प्राप्त गर्न सकिँदैन । बैंकले विदेशी विनिमय दरमा आउने परिवर्तनबाट उत्पन्न हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न केन्द्रीय बैंकले जारी गरेको लेखासम्बन्धी नीति तथा वित्तीय विवरणहरुको ढाँचासम्बन्धी निर्देशन बमोजिमको सटही घटबढ कोषको व्यवस्था गर्नुपर्दछ । बैंकले अल्पकालीन तथा दीर्घकालीन भुक्तानी अवधिका आधारमा विदेशी विनिमयलाई मुद्रागत रुपमा वर्गीकरण गरी दुबै अवधिको खुद अवस्था देखाउनुपर्दछ । बैंकको विदेशी विनिमयको दैनिक खुद अवस्था बढीमा प्राथमिक पुँजीको ३० प्रतिशतसम्म हुने गरी नेपाल राष्ट्र बैंकले सीमा कायम गरेको छ । खुद अवस्था उक्त सीमाभन्दा बढी हुन गएमा बैंक स्वयम्ले त्यस्तो अवस्थालाई सीमाभित्र ल्याउन प्रयास गर्नुपर्दछ । एक महिनाभित्र पनि बैंकले खुद अवस्थालाई सीमाभित्र नल्याएमा नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम कारबाही हुन्छ । खुद अवस्था गणना गर्दा परिवत्र्य विदेशी मुद्रा निक्षेप दायित्व तथा अग्रिम विदेशी विनिमय खरिदविक्री रकम समेतलाई समायोजन गरेको हुनुपर्दछ । सञ्चालन जोखिम मानवीय गल्ती, वित्तीय जालसाझी तथा प्राकृतिक प्रकोपका कारण उत्पत्ति हुने जोखिमहरुले बैंकलाई सताइरहेको हुन्छ । प्रविधिको उल्लेखनिय उपयोग तथा आपसी वित्तीय सम्पर्क जस्ता कारणहरुले गर्दा यस्ता जोखिम बढ्दै गएको देखिन्छ । सञ्चालन जोखिम अपर्याप्त वा असफल आन्तरिक प्रक्रिया, व्यक्ति तथा प्रणाली वा बाहिरी घटनाको कारण नोक्सानी हुने जोखिम हो । यसलाई न्युनिकरण गर्ने शिलशिलामा आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक लेखा परीक्षणलाई प्रारम्भिक उपायको रुपमा अपनाइन्छ । यो जोखिम तथ्यांक राख्ने कार्य तथा नियमनहरु पालना गर्ने सन्दर्भमा देखा गर्ने गर्छ । संस्थाको लागि यो उजागर भएको अवस्थामा ठूलो मूल्य चुकाएर मात्र पार लगाउन सकिने खालको हुन्छ । बैंकले आफूले गरेको सम्झौता सम्बन्धी शर्तहरु तोकिएको समयमा पूरा गर्न नसक्दा पनि यस्तो जोखिम व्यहोर्नुपर्ने हुन्छ । राफसाफ, फर्छ्यौट वा अन्य क्रियाकलापमा भर पर्नुपर्ने अन्य निकायको कारणले पनि यस्तो जोखिम हुन जान्छ । जटिल कार्यहरु सञ्चालन गर्नुपूर्व सोसम्बन्धी ज्ञान हरेक तहका सम्पूर्ण कर्मचारीलाई नियमित रुपले दिँदा पनि केही हदसम्म सञ्चालन जोखिमलाई घटाउन सकिन्छ । बीमा पनि सञ्चालन जोखिम न्युनिकरण गर्नेमध्येको प्रमुख कार्य हो । सञ्चालन जोखिम सम्बन्धी घटनाहरु आन्तरिक नियन्त्रण प्रक्रियाहरुसँग गाँसिएका हुन्छन् । सञ्चालन जोखिमलाई व्यवस्थापन गरी आफ्नो हितको सुरक्षा गर्न अप्ठ्यारो तथा अनपेक्षित खराब अवस्थामा पनि त्यसलाई व्यवस्थापन गर्ने कार्य बैंकको क्षमतामा निर्भर गर्ने हुन्छ । सञ्चालन जोखिमले गर्दा आन्तरिक नियन्त्रण तथा संस्थागन सुशासन प्रभावित भई गल्ती, जालसाझी, कार्य असफलता, व्याजमा समर्पण आदि दिशातर्फ उन्मुख हुने हुनाले वित्तीय नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । उचित संस्थागत सुशासन अभ्यास आफैँमा एक प्रभावकारी जोखिम व्यवस्थापन संयन्त्र हो । खास गरेर सञ्चालन जोखिम बजार तथा कर्जा जोखिमसँगै अल्झिने र यसलाई छुट्याउन कठिनाई हुने कारण बैंकबले सञ्चालन जोखिम सम्बन्धी साझा समझदारीलाई विशेष जोड दिनुपर्दछ । अन्त्यमा, जोखिम व्यवस्थापनले संस्थाको अस्तित्व परिवर्तनको पखाईमा बसी घटित भएको अवस्थामा मात्र कार्य गर्नेभन्दा अनुमान र परिवर्तनको लागि तयार भएर बस्ने क्षमतामा ठूलो तवरले भर पर्ने तर्फ इंगित गर्छ । जोखिम व्यवस्थापनको उद्देश्य जोखिमसम्बन्धी गतिविधिलाई निषेध एवम् हटाउने हैन, बरु जोखिम बुझेरै पूर्ण ज्ञान स्पष्ट उद्देश्य तथा समझदारीका साथ मापन एवम् न्युनिकरण गर्न सकियोस् भनेर लिइने कार्य हो । यसले संस्थालाई असफल वा प्रतिष्पर्धात्मक अवस्थामा भौतिक रुपले स्विकार गर्न नसकिने नोक्सानी हुनबाट बचाउँछ । जोखिम व्यवस्थापनको कार्यहरु वासलातको आकार र गुण, कार्यहरुको जटिलता, प्राविधिक र पेशेवर जनशक्ति तथा सूचना प्रविधिको अवस्थाअनुसार विशिष्टीकरण गरिएको हुनुपर्दछ । जोखिम संख्यात्मक नभई विषयगत र प्रतिफल चाहिँ वस्तुगत एवम् मापनयोग्य हुने हुनाले जोखिम र प्रतिफललाई सन्तुलनमा राख्न त्यत्तिको सजिलो छैन । यदि जोखिमको विषगततालाई संख्यामा लग्न सकिने भएको भए सन्तुलन गर्ने प्रयास अर्थपूर्ण एवम् सरल हुन्थ्यो । बैंकिङ भनेको वित्तीय सेवा प्रदायक संस्था एवम् पुँजीको आवश्यकता भएका ग्राहकबीचको वित्तीय मध्यस्थता बाहेक केही होइन । त्यसैले, वित्तीय सेवाहरु प्रदान गर्ने क्रममा बैंकहरुले वित्तीय एवम् गैरवित्तीय विभिन्न किसिमका जोखिमहरुको आँकलन गर्दछन् ।

अब सेञ्चुरी बैंकका ग्राहकले सुमेरु अस्पतालमा १० प्रतिशत छुट पाउने

काठमाडौं, असोज १९ । सेञ्चुरी कमर्सियल बैंक र धापाखेल, ललितपुरस्थित सुमेरु अस्पताल प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।     बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले अस्पतालको ओपीडी लगाएत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधीमा ८ प्रतिशतसम्म छुट पाउनेछन् ।     उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र सुमेरु अस्पताल प्रालिका अस्पताल निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरेका छन् ।

कतिमा कारोबार हुँदैछ सुनचाँदी !

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य अझै स्थिर नै रहेको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमैै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको छ। त्यस्तै, आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७१० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी प्रतितोला ७१० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

निर्मलाका सहपाटीको प्रधानमन्त्री पत्र, निर्मलाका हत्यारालाई कारबाही कहिले हुन्छ ?

भीमदत्तनगर, भदौ १५ । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका सहपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेका छन् । उनीहरुले निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ भनी प्रधानमन्त्रीलाई सोधेका छन् । शुक्रबार निर्मलाका साथीहरु जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै हत्यारा कहिले पक्राउ पर्छन भनी प्रश्न गरेका छन् । साथै उनीहरुले निर्मलाका हत्यारालाई कारबाही गरिए मात्र उनीमाथि न्याय हुने र उनकाे आत्मले शान्ति पाउने स्मरण गराएका छन् ।

श्रीमानलाई मार्न योनिमा विष राखेपछि…

ब्राजिल । ब्राजिलको साओ पाउलोमा श्रीमानको हत्या गर्ने उद्देश्यले एक महिलाले योनीमा विष राखेको पुष्टी भएको छ । साओ पाउलोका एक व्यक्तिले आफ्नी श्रीमतिले योनिमा विष राखेर आफूलाई ओरल सेक्स गर्न लगाई हत्या गर्ने प्रयास गरको आरोप लगाएका छन् । साओ पाउलोको होजेमा बस्ने एक ४३ वर्षीय व्यक्तिका अनुसार पाकक्रिडाका क्रममा (सेक्सका समय) उनको श्रीमतिको योनिबाट कडा गन्ध आएपछि उनी छक्क परे । र उनले श्रीमतिलाई यसबारेमा सोधे तर उनले उचित जवाफ दिइनन् । उनले यसबारेमा गहन रुपमा सोचेर र नयाँ जुक्ति निकाले । र उनले श्रीमतिलाई अस्पताल लगेर गए । त्यसपछि त्यसो गर्नुको रहस्य अस्पतालमा पत्ता लग्यो । उनले पतिको हत्या गर्ने उद्देश्यले यस्तो कार्य गरेकी पुष्टी भयो । ल्याब टेस्ट रिपोर्ट्समा महिलाले आफ्नो योनिमा ठूलो मात्रमा विषादी राखेको पुष्टी भयो । महिलाले पनि आफूसँगै श्रीमानको पनि हत्या गर्ने उद्देश्यले आफूले त्यस्तो कार्य गरेको स्वीकार गरेकी छन् । एजेन्सी

नेइमारको बहिनी राफेला दाइकाे खुसीयाली मनाउँदा मनाउँदै घाइते !

ब्राजिल । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा ब्राजिलले कोस्टारिकालाई २-० हरायो । यो खेलमा ब्राजिलका स्टार फुटबलर नेइमारले यस प्रतियोगितामा पहिलो गोल गरेका थिए । उनले गरेको यो गोलले उनलाई मात्रै होइन दुनियाभरलाई खुशी मिलेको थियो । उनको गोलले धेरैलाई रोमाञ्च बनायो । यसैविच नेइमारकी बहिनीले पनि दाइले हानेको जारी प्रतियोगिताको पहिलो गोलको रोमाञ्चक तरिकाले खुसीयाली मनाइन् । नेइमारको बहिनीले खुसीयाली त धेरै मनाइन्, तर आफूलाई घाइते पनि बनाइन् । यसरी घाइते भएकी थिइन् राफेला- कोस्टारिकाविरुद्ध नेइमारले जति बेला गोल गरे खेल हेरिरहेकी उसकी बहिनी राफेला सन्तोस त्यतिबेला ऊ निकै एक्साइटेड भइन् । यसैक्रममा खुसीयाली साँट्ने बेला नेइमारको बहिनी खेल हेरिरहेका साथीसँग टक्रिन पुगिन्, र उनलाई काँधमा चोट लाग्यो । राफेलाले बिहिबार आफ्नो सामाजिक सञ्जालमा फोटो सेयर गर्दै खुसीयाली मनाउने बेला आफूलाई चोट लागेको बताएकी छन् । उनले अपलोड गरेको फोटोमा राफेलाको बायाँ हातमा स्लिंग बाधेको जस्तो देखिन्छ । -एजेन्सी

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

महोत्तरी, असार ११ । महोत्तरीको औरहीमा १३ वर्षकी बालिकामाथि सामूहिक बलात्कार भएको छ । बालिकामाथि जंघा खोलामा आइतबार दिउँसो ४ बजेतिर दुई युवकले सामूहिक बलात्कार गरेको पीडित बालिकाका परिवारले बताएका छन् । बालिका भाँडा माझ्न खोलामा गएका बेला यो घटना भएको हो । बालिकाले आफूलाई दुई युवकले जवरजस्ती करणी गरेको बताएपछि घरपरिवारले प्रहरीमा खबर गरेका थिए । घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको र अर्का युवकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । सांकेतिक तस्बिर

तिब्तेन खानेकुरा लाफिङ्ग बनाउने तरिका (भिडियोसहित)

बौद्ध, जोरपाटी, सुपरमार्केट र भाटभटेनीहरुमा अहिले व्यवसायीका रुपमा निकै फस्टाइरहेको छ यो लाफिङ । बनाउन सजिलो, खाँदा मीठो बनाउन त्यति समय पनि नलाग्ने भएकाले धेरैले यसको व्यवसायी सुरु गरिरहेका छन् । कस-कसलार्इ मनपर्छ लाफिङ्ग ? लाफिङ्ग खाँदा जुन स्वाद हुन्छ, सायद त्यो स्वादका कारण धेरैलार्इ यो कसरी बनाउँछ भन्ने जिज्ञासा पनि लागेको हुन सक्छ । केबाट बनाउँछ, कसरी बनाउँछ अादि जस्ता कुराहरुको जिज्ञासा धेरैलार्इ भएको हुनुपर्छ । अाअौं अाज हामी लाफिङ्ग कसरी बनाइन्छ भन्ने कुरा थाहा पाइराखौं । कहिलेकाहीं घरैमा बसेर पनि बनाएर खान सकिन्छ । हेर्नुहोस् यो भिडियो-

टेबल टेनिस प्रतियोगिता शुरु

पोखरा, वैशाख २७ । कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा आजदेखि यहाँ दोस्रो आमन्त्रित टेबल टेनिस प्रतियोगिता २०७५ शुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरामा टेबल टेनिस खेलका लागि व्यवस्थित इन्डोर कोर्ट निर्मांण गर्ने वा ब्याडमिन्टन कोर्ट बनेपछि हालको ब्याडमिन्टन कोर्टलाई नै प्रयोग गर्ने गरी व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिँंदैे १३ औंँ दक्षिण एशियाली खेलकुद (साग)मा टेबल टेनिसबाट पदकको आशा लिइएको जानकारी दिनुभयो । कास्की जिल्ला टेबल टेनिस संघका सल्लाहकार बाबुराम पन्तले यस्ता प्रतियोगिताले टेबुल टेनिस खेलका नयाँ पुस्ताका खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । प्रतियोगितामा आठ जिल्लाका कनिष्ठ तथा वरिष्ठ महिला २५ र पुरुष २२ खेलाडीको सहभागिता छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा विजेता खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र दिइने कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो ।

मलेसियामा फोनिजको शाखा गठन, अध्यक्षमा सुनाखरी मगर चयन

मलेसिया, वैशाख २३ । मलेसियामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को शाखा गठन भएको छ । द फाइव इलामेन्ट होटल क्वालालम्पुरमा भएको प्रथम अधिवेशनले शाखाको अध्यक्षमा सुनाखरी मगरलाई चयन गरेको छ । आदिबासी जनजाति पत्रकार महासघ केन्द्रीय ब्युरोका संगठन बिभाग सचिब मिलन लिम्बु र लिम्बु पत्रकार महासंघका अध्यक्ष देबेन्द्र खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनले एक सदस्य जना सदस्यपछि थप गर्ने गरि ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा दिपखादी लिम्बु, सचिवमा आरएन चौधरी, सहसचिवमा इशा रानामगर र कोषाध्यक्षमा मजदुर अनलाइन डटकमका कार्यकारी सम्पादक अर्पण मगरलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा नोर्बु तामाङ, बेग आले मगर, सन्तोष योन्जन तामाङ, सबिन राइ र पासाङ तामाङ रहेका छन । आदिवासी जनजाती समुदायहरुको माग मुद्दालाई राज्यको मुलधारका मिडियाहरुले स्थान नदिदा आदिवासी जनजातिहरुले स‌ंचारको बिकल्प छुट्टै पत्रकार सङठनको महसुस गरेर मलेसियामा पनि शाखा बिस्तार गरिएको नव निर्वाचित अध्यक्ष मगर ले बताए । सन् १९९९ मा नेपालमा गठन गरिएको फोनिजले आफ्नो शाखा मलेसिया लगायत खाडीका विभिन्न देशहरुमा बिस्तार गरि सकेको छ ।