धनतेरसको दिन नकिन्नुस् यी सामान, हुनसक्छ यस्तो नोक्सानी

काठमाडौंः आजबाट हिन्दु नेपालीको दोस्रो महान् पर्व तिहार सुरु भएको छ । आजको दिनलाई धनतेरस पनि भन्ने गरिन्छ । यसलाई धनसँग सम्बन्धित पर्वको रुपमा लिइन्छ ।

यस दिन सुनचाँदी लगायतका धातुका सामग्रीहरु खरिद गर्दा धन लाभ हुने बिश्वास गरिन्छ । तर यहि क्रममा मानिसहरु के सामग्री किन्ने हो भन्नेमा नै द्विविधामा पर्ने गर्छन् ।

धन प्राप्ति हुने भन्दै केहिले त अल्मुनियम लगायतका सामग्री किन्ने गर्छन तर धनतरेसको दिन आल्मुनियमका सामग्रीहरु खरिद गर्नु हुँदैन । आल्मुनियम राहु ग्रहसँग सम्बन्धित हुन्छ । यसको खरिदले जीवनमा राहु ग्रहको प्रभाव रहने बिश्वास गरिन्छ ।

– काँचका सामग्रीहरु पनि धनतरेसको दिन खरिद गर्नु हुदैन । काँच पनि राहु ग्रहसँग सम्बन्धित हुने भएकाले यसको खरिदले जिवनमा राहु ग्रहको नकारात्मक प्रभाव पर्दछ ।

– यस दिन सुनका साथै हिराका सामग्रीहरु किन्नुलाई पनि शुभ मानिन्छ । हिरा खरिद गर्दा सकेसम्म महिलाको हातबाट गरेमा आर्थिक लाभ हुने बिश्वास गरिन्छ ।

– धनतेरसको दिन दोस्रो व्यक्तिका लागि कुनै पनि सामग्री खरिद गर्दै नगर्नुहोस, यसले घरको आर्थिक उन्नति नाश हुने मान्यता रहेको छ।

– आजको दिन पुराना सामग्री भन्दा पनि सकेसम्म नयाँ सामग्री नै किन्नु उचित हुन्छ।

– आज धारिला सामग्री खरिद गर्नुलाई अशुभ मानिन्छ।

यसका अलवा अरु के गर्ने?

धनतरेसको दिन सुनचाँदी लगायतका सामग्रीहरु नै खरिद गर्नुलाई शुभ मानिन्छ।  यदि तपाईसंग सुनचाँदी किन्ने पर्याप्त पैसा छैन भने सुन चाँदीको सिक्का किनेर लक्ष्मी पुजाको दिन पुजा गर्नाले घरमा सुख शान्ति र बैभव प्राप्त हुने बिश्वास गरिन्छ ।

 

लगातार बढ्दै सुनको मूल्य !

काठमाडौंः सुनको मूल्य बुधबार पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुनको मूल्य छ सय रुपैयाँले बढेको हो । बुधबार छापावाला सुन तोलामा ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन ७१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य पनि बढेर ७१ हजार सात सय रुपैयाँँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य ७१ हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि छ सय रुपैयाँले बढेको हो । चाँदीको मूल्य तोलामा आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

चुटकीलाः तेरो बुढी भेट्न जाँदैछे

कमलः ओई तँ हिजो किन त्यति दुखि भा को ? भुवनः के भन्नु यार, बुढीले सारी किन्न १५ हजार माग्यो । भएको पैसा रित्तियो कमलः अनि आज किन यति खुसी त ? भुवनः हाँस्दै, मेरो बुढी त्यही सारी लगाएर आज तेरो बुढी भेट्न गा’छ त्यही भएर ।   डिभोर्स गर्न वकिलकोमा गएर फर्केपछि… बिहानै श्रीमतीको चर्को आवाजले श्रीमानको निन्द्रा खुल्यो श्रीमतीः कति सुत्न सकेको हो के ? यसो बिहान उठेर काम धाम गर्नु छैन ? श्रीमान केही नबोलि बाथरुम गयो । अनि मुख धोएर कपडा लगाउन थाल्यो । यो देखेर श्रीमती अचम्ममा परिन् । श्रीमतीः काँ जान लागेको हो ? नाश्ता बनाउन छोडेर श्रीमानः अब अत्ति भो के तिम्रो किचकिच, म वकिलकोमा जाँदैछु । तिमीसँग डिभोर्स गर्न । यति भनेर ऊ केही नबोली सोझै घरबाट निस्कियो । तर एकैछिनपछि ऊ फेरी फर्केर आयो । लुगा पनि नफुकालि भान्सामा गएर नास्ता बनाउन थाल्यो । यो देखेर श्रीमती चकित भइन ? किन के भए छ त ? किनभने ऊ वकिलमो जाँदा वकिल भान्सामा भाँडा माझ्दै थियो ।

थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्ने क्रममा सोमबार ४ जिल्लाको नतिजा प्रकाशित गरेको छ । आयोगले आज नुवाकोट, रसुवा, बागलुङ र म्याग्दि जिल्लाको नतिजा प्रकाशित गरेको हो । बागलुङ जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् म्याग्दी जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् नुवाकोट जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् रसुवा जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

आइतबार ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्ने क्रममा आइतबार ४ जिल्लाको नतिजा प्रकाशित गरेको छ । आयोगले आज ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुर जिल्लाको नतिजा प्रकाशित गरेको हो । ओखलढुंगा, जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् खोटाङ जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सोलुखुम्ब जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् उदयपुर जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

न्यून चापीय रेखा नेपाल तर्फ बढ्दै, भारी बर्षाको सम्भावना

काठमाडौं । पानी पार्ने मौसमी प्रणाली मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही माथि सरेर नेपाल नजिकै आएकाले आगामी तीन दिनसम्म देशभर मौसमी गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज (बुधबार) देखि पर्सि (शुक्रबार) सम्म देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ। महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ– मनसुनी न्यून चापीय रेखा पूर्वी भाग औसत स्थानभन्दा केही माथि (नेपाल नजिक) छ र अन्य स्थानमा आसपासमा अवस्थित छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको छ।’ महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ भने मध्य र पूर्वी क्षेत्रका एकरदुई स्थानमा ठूलो पानी पर्ने मौसमी संकेत देखिएको छ। काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए। ‘उपत्यकामा पनि दिउँसो मेघ गर्जनसहित वर्षाको सम्भावना छ, भारी वर्षा पनि हुन सक्छ,’ नेपालखबरसँग उनले भने, ‘तर उपत्यकाभर नभएर आइसुलेटेड (ठाउँ–ठाउँमा, खण्ड–खण्ड) वर्षा हुने सम्भावना छ।’ यस्तै राति पनि पूर्वदेख पश्चिमसम्मै भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन्। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छः देशका धेरै स्थानहररूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्ययमसम्म वर्षा साथै थोरै स्थानहररूमा भारी वर्षाको सम्भावना भएकाले नदीमा आकस्मिक बहाव बढ्न सक्ने, पहाडी भूभागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ।’ आगामी तीन दिनको मौसम पूर्वानुमान भाद्र २५ गते बुधवार दिउँसोः देशभरि सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पूर्व र मध्य भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातिः देशभरि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पूर्वदेखि पश्चिमसम्मकै थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। भाद्र २६ गते बिहिबार दिउँसोः देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका मध्य तथा पश्चिमका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातिः देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पुर्व तथा मध्य भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ। भाद्र २७ गते शुक्रबार दिउँसोः देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पूर्व तथा मध्यका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातिः देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पूर्वी तथा पश्चिमी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ। नेपाल खबरबाट

डेंगु संक्रमण बढ्दै, यो कसरी सर्छ ? के भन्छन् चिकित्सक ?

काठमाडौं । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने बताए । डा। पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए । उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८÷१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो । तर, आत्तिनुपर्दैन ।’ डा। पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए । यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाऔं –ज्वरो आउने –आँखाको गेडी दुख्ने –शरीरमा डाबर आउने –बेस्सरी टाउको दुख्ने –अरुचि हुने –पेट तथा आन्द्रामा गडबडी हुने –जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने बच्ने उपाय –लामखुट्टेको टोकाइबाट जोगिनु –झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने – पूरा शरीर ढाकिने गरी कपडा लगाउने –राति र दिउँसो पनि झुलभित्र सुत्ने कसरी सर्छ ? डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्सातको समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

डेंगुको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका कृषिमन्त्री डिस्चार्ज

काठमाडौंः  कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डिस्चार्ज भएका छन् । डेंगुको संक्रमण देखिएपछि भदौ १८ गते काठमाडौंको ग्राण्डी अस्पताल भर्ना भएका उनी सोमबार डिस्चार्ज भएका हुन् । कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीका अनुसार स्वास्थ्य सामान्य बनेसँगै मन्त्री खनाल सोमबार डिस्चार्ज भएका हुन् । ५ महिनादेखि फैलिएको डेंगुको संक्रमण अहिले काठमाडौँ उपत्यका सँगै देशको ५६ जिल्लामा देखिएको छ । अहिलेसम्म ७ हजार भन्दा धेरै नागरिकमा डेंगु संक्रमण देखिएको छ ।

एक महिना नबित्दै स्मिताको नयाँ गीत रिलिज हुँदै

काठमाडौंः एक महिना नबित्दै गायिका स्मिता दाहालले अर्को नयाँ गीत बजारमा ल्याउने भएकी छिन् । उनले ‘मायालु तिमी कता छौ’ बोलको नयाँ गीत बजारमा ल्याउन लागेकी हुन् । स्मिताको यो गीत भोलि (मंगलबार) ४ बजे रिलिज हुँदैछ । ‘मायालु तिमी कता छौ’ मा स्मितासँगै आवाजमा राजनराज सिवाकोटीले साथ दिएका छन् । गीतमा दिनेश थपलियाको शब्द, राजनराज सिवाकोटीको संगीत रहेको छ । यस्तै स्मिताको यो गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् । भिडियोलाई सरोज ओलीले निर्देशन, उदयराज पौडेलले एरेन्ज, श्यामस्वेत रसाइलीले मिक्सीङ र सन्देश शाहले सम्पादन गरेका हुन् । गीतमा कन्सेप्ट–कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन् ।

कञ्चनपुरमा धम्की दिएर छिमेकी महिलामाथि बलात्कार

कञ्चनपुर, साउन १५ । जिल्लाको बेलडाँडी गाउपालिका–२ की एक २४ बर्षिया महिलाले आफूलाई एक युवकले डराएर, धम्काई पटक–पटक बलात्कार गरेको आरोप लगाई आज बेलडाँडी प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । ती महिलाले सोही छिमेकमा बस्ने ३५ वर्षीय गणेश रावलले आफुलाई बैशाखदेखि ३ दिन पहिलासम्म जबरजस्ती करणी गरेको प्रहरीलाई बयान दिएकी छिन् । आफू, श्रीमानलाई र आफ्ना बाल बच्चालाई ज्यान मारिदिन्छु भन्ने पटक–पटक धम्की दिँदै यौन शोषण गर्ने गरेको आरोप महिला र उनका श्रीमानले लागाएका छन् । पीडित महिलाका श्रीमानले भने आफू बालबच्चा पढाउनका लागि भारत भएको बेला श्रीमतिलाई बलात्कार गर्ने गरेको कुरा श्रीमतिले भनेपछि मात्र थाह पाएको बताएका छन् । प्रहरीले आरोपीलाई प्रकाउका लागि खोज्दा आरोपी फरार भएको बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेश दत्त भट्टले जानकारी गराए । उजुरीको आधारमा आफूले मेडिकलका लागि पीडित महिलालाई महेन्द्रनगर पठाएको प्रहरी नायब निरीक्षक भट्टले जानकारी गराए ।

एउटै सरकारी स्कुलमा एकै परिवारका ५ जना शिक्षक!

महोत्तरी, चैत ४ । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानास्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय एउटै परिवारका सदस्यले जागिर खाने केन्द्र बनेको छ । विद्यालयका ६ मध्ये पाँच शिक्षक र एक लेखा कर्मचारी एउटै परिवारका सदस्य हुन् । यो विद्यालय स्थानीयस्तरमा ‘पारिवारिक विद्यालय’का नामले चिनिन्छ ।प्रधानाध्यापक सीताशरण यादव स्थायी शिक्षक हुन् । उनकी छोरी संगीता यादव बालविकास कक्षाकी अस्थायी शिक्षिका हुन् । यस्तै, लेखा कर्मचारी अरविन्द यादव सीताशरणका ज्वाइँ हुन् । उनले निजी स्रोतमा जागिर खाएका छन् । अस्थायी शिक्षक वीरेन्द्र यादव र राहत शिक्षक धर्मेन्द्र यादव विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर यादवका भतिजा हुन् । जब कि प्रअ सीताशरण विश्वेश्वरका फुपूका छोरा हुन् । बालविकासकी अस्थायी शिक्षिका चन्द्रिका यादव धर्मेन्द्रकी श्रीमती हुन् । अर्की राहत शिक्षक सावित्री यादव मात्रै बेग्लै परिवारकी हुन् । तर, प्रअ सीताशरण सबै शिक्षक–शिक्षिकालाई विद्यालय व्यवस्थापन समितिकै निर्णयअनुसार प्रक्रिया पुर्याएरै राखिएको बताउँछन् । विद्यालयको अवस्था दयनीय छ । गाउँपालिकामै सबैभन्दा कमजोर छ यो स्कुल । स्थानीय तहको मातहत आइसकेपछि हामीले शिक्षा कार्यविधि बनायौँ । हाजिर मात्रै गरेर तलब खाने शिक्षकलाई कारबाही गर्न खोज्दा हामीविरुद्ध नै मुद्दा हालिएको छ । शिक्षा कार्यविधिविरुद्ध उनीहरूकै निकटका शम्भु यादवले सर्वोच्च अदालतमा मुद्दा हालेकाले उल्टै महिनामा एकपटक तारेख लिन जानुपरेको छ । ६ शिक्षक रहेको नेवालाल राष्ट्रिय आधारभूत विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या मुस्किलले २० पुग्छ । त्यसैले परिवारभित्रैका शिक्षक–शिक्षिका पालैपालो विद्यालय आउँछन् । नियमित २ जना मात्रै शिक्षक आउने गरेको स्थानीय बताउँछन् । प्रअ सीताशरण यादवले विद्यालयको पठनपाठन कमजोर रहेको स्वीकार गरे । ‘विद्यार्थी पढ्नै आउँदैनन् । हाम्रो स्कुलका वरिपरि निजी विद्यालय पनि छन्,’ यादवले भने । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

दार्चुलामा जिप दुर्घटना, १ नाबालकसहित ११ जनाको मृत्यु (अपडेट)

दार्चुला, फागुन १८ । सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हिकिला गइरहेको जिप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । राति करिब ८ बजेतिर दुहु गाउँपालिका ३ राताकाठाभीरमा म १ ज २८० नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खस्दा १ नाबालकसहित ११ जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते छन् । सडकबाट तल महाकाली नदी किनारमा खसेको जिपमा चालकसहित १२ जना सवार रहेको खुल्न आएको छ । प्रहरीले घटनास्थलमा ७ जना महिला, तीन पुरुष र एक नावालकको शव फेला पारेको दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलबाट गाडी चालक दिपकसिंह धामीको घाइते अवस्थामा उद्दार गरिएको छ । गम्भीर घाइते चालक धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ । २०७४ वैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला-तिंकर सडकको राताकाठा भीरमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको थियो । दुहु गाउँपालिका ५ गरमोरासम्म यातायात सञ्चालन गर्न र श्रीबगडदेखि तिमुरबाटासम्मको सडक साघुरो र भीर क्षेत्र भएकोले कुनै पनि समयमा दुर्घटना हुन सक्ने भन्दै उक्त बैठकले यातायात सञ्लनमा रोक लगाएको थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे काम तीब्र गतिमा, असारमा परीक्षण उडान

भैरहवा – गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ। विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु भएको हो। ‘भौतिक संरचनाको काम तीव्र गतिमा भइरहेको छ। विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं, कुनै अवरोध नभए मुख्य संरचना निर्माण गरेर तोकिएको समयभन्दा पहिल्यै विमान उडाउने योजना छ’, विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भने। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो। अधिकारीका अनुसार असार १३ मा परीक्षण उडान गर्ने तयारी छ। उनका अनुसार मुख्य धावनमार्गको काम धमाधम भइरहेको छ। तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग, एक हजार नौ सय मिटर लम्बाइ र २३ मिटर चौडाइमा ट्याक्सी वेसहितको विमानस्थलमध्ये चार तहमा कालोपत्रे गर्नुपर्छ। अहिले धावनमार्गको दुई तहको कालोपत्रे पूरा गरेर तेस्रो तहको करिब ३० प्रतिशतभन्दा बढी काम सकिएको छ। धावनमार्गमा एक फिट मोटाइ कालोपत्रे गर्नुपर्छ। त्यसमा कठिन मानिने पहिलो र दोस्रो तहको कालोपत्रे सम्पन्न भइसकेको छ। अधिकारीले भने, ‘अबको १० दिनमा तेस्रो तहको कालोपत्रे सम्पन्न गरी अन्तिम तहको कालोपत्रे १५ कार्य दिनभित्र सम्पन्न हुन्छ।’ ट्याक्सी वेको काम रात्रिकालीन समयमा पनि भइरहेको छ। धावनमार्गको कालोपत्रे सकिँदासम्म ट्याक्सी वे पनि पिच भइसक्ने उनले बताए। विमानस्थलको एपरोन (विमान पर्किङ) को काम सम्पन्न भइसकेको छ। टर्मिनल भवन र प्रशासनिक भवनको प्लास्टर गरी टायल–मार्बल बिछ्याउने काम भइरहेको छ। यस्तै कन्ट्रोल टावरको अन्तिम तलाको काम भइरहेको आयोजनाले जनाएको छ। प्रस्थानतर्फको ढलानको काम सकिएको छ। विद्युत् सबस्टेसन, अग्नि नियन्त्रक कक्ष, पानीट्यांकी, सुरक्षाकर्मी आवासगृह निर्माण भइरहेको छ। एयर ट्राफिक कन्ट्रोलको उपकरण उपकरण खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान (आइसिपी) प्रक्रिया सुरु भएको छ। विमानस्थलमा कार्गो भवनलाई प्राथमिकतामा राखेर काम भइरहेको छ। करिब एक अर्ब रुपैयाँ लागतमा उक्त भवन बन्दैछ। मन्त्रालयले पनि विमानस्थललाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाएको छ। ‘नियमित रूपमा प्रगति विवरण पठाइरहेका छौं। आएको समस्या समाधान गर्न सबै सरोकारवाला निकाय सक्रिय छन्’, अधिकारीले भने। १० हजार रोपनीमा फैलिएको विमानस्थलमा राडर, सुरक्षा, ह्यांगर, आयल निगम डिपो, अध्यागमन, मर्मत सम्भार क्षेत्र, क्याटरिङ, पार्किङ स्थल र अझै एउटा टर्मिनल भवन बनाउन बाँकी छ। विमानस्थलले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान भर्ने क्षमता छ। त्रिभुवन विमानस्थलमा आउने एयर बस ३३०, बोइङ ७७७ लगायतका जहाज यहाँ अवतरण गर्न सकिन्छ। त्रिभुवन विमानस्थलभन्दा यहाँको टर्मिनल भवन केही सानो भए पनि अन्य भौतिक संरचना स्तरीय छन्। टर्मिनल अत्याधुनिक प्रविधिको भए पनि एरोब्रिजको कन्सेपट नभएकाले जहाजसम्म गाडी चडेर वा हिँडेर जानुपर्ने हुन्छ। ‘विमानस्थलको कालोपत्रेको आयु १५ वर्षको छ। निर्माण काममा प्रयोगशाला परीक्षण गरिएका सामग्री मात्र प्रयोग गरेका छाैं’, उनले भने। छ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा सम्झौता भई काम सुरु भएको आयोजनाको लागत अहिलेसम्म ९.६२ प्रतिशतले बढेर ६ अर्ब ८२ करोड ४० लाख ८६ हजार आठ सय ८४ रुपैयाँ ३२ पैसा पुगेको छ। केही काम थप भएकाले लागत बढेको आयोजनाले जनाएको छ। सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको अहिलेसम्म दुईपटक म्याद थप भइसकेको छ। सन् २०१८ को जुन १५ सम्म सम्पन्न गर्ने लक्ष्यसहित पहिलोपटक म्याद थपिएको थियो। सो अवधिमा काम सम्पन्न हुन नसक्दा सन् २०१९ को जुन २८ सम्म सम्पन्न गर्ने गरी दोस्रोपटक म्याद थपिएको थियो। विमानस्थल निर्माण भएपछि सरकारले लक्ष्य लिएको पर्यटन वर्ष २०२० लाई सघाउनेछ। यस अतिरिक्त गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक सोझै आउन सक्ने वातावरण बन्नेछ भने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा हुने विमानको चाप घटाउन सकिनेछ। जिटुजी कि पिपिपी मोडल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तीव्र गतिमा निर्माण भइरहे पनि निर्माणपछि विमानस्थल सञ्चालन कुन मोडालिटीमा गर्ने भन्ने विषयमा अन्योल छ। विमानस्थल जिटुजी अथवा पिपिपी कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा टुंगो लाग्न नसके पनि विमानस्थल सञ्चालन विदेशी कम्पनीलाई दिने निश्चित भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पिपिपी (पब्लिक प्राइभेट पाटनरसिप) मा सञ्चालन गर्ने योजना बनाइरहेका छन् भने नेपाल नागरिक उड्डयन प्राधिकरण (गभर्मेट टु गभर्मेट) जिटुजी मोडलमा सञ्चालनमा ल्याउने तयारीमा छ। मन्त्री अधिकारीका अनुसार भैरहवा विमानस्थल सञ्चालनका लागि कतार, साउदी अरब, जर्मनीलगायत विमानस्थलबाट चासो देखाइएको छ। -नागरिक दैनिकमा प्रकाशित समाचार

इमेलबाट जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना

काठमाडौं, माघ ६ । अनुमति नलिएरै जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाएमा जरिवाना भोग्नु पर्ने भएको छ । सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीविना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने ब्यवस्था गरिएको हो । ‘सम्बन्धित व्यक्तिको मञ्जुरीकिना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन पाइने छैन’, विधेयकको दफा १० को उपदफा (१) मा छ । उक्त व्यवस्थाअनुसार कसुर गर्नेलाई एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । तर, कुनै जानकारीमूलक सूचना वा विपद्को खबरका लागि भने नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सम्बन्धित ब्यक्तिको मन्जुरीबिना पनि एसएमएस वा इमेल गर्न बाधा नर्पर्ने उपदफा (२) मा भनिएको छ ।

सर्वाेच्चकाे अादेशपछि सुमार्गीले निकाले २ अर्ब

काठमाडौं – व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन्। सर्वोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन्। सर्वोच्चको आदेशसँगै सुमार्गी आफ्नो रोक्का रहेको रकम भुक्तानी माग गर्दै इन्भेस्टमेन्ट बैंक पुगेका थिए। उक्त बैंकले भुक्तानीका लागि केही दिनको समय मागेको थियो। तर, सुमार्गीले ताकेता गरेपछि बैंकले उनको खातामा रहेको रकम लैजान बाटो खुला गरिदिएको बैंक स्रोतले बतायो। ‘अदालतको आदेश पालन नगरे अपहेलना मुद्दा हाल्ने े धम्की आएपछि सुमार्गीको रकम इन्भेस्टमेन्ट बैंकले फुक्का गरिदिएको हो,’ बैंक स्रोतले शुक्रबार भन्यो, ‘इन्भेस्टमेन्ट बैंकले सुमार्गीको खातामा रहेको रकम भुक्तानी गर्न राष्ट्र बैंकको अनुमति मागेको थियौ। तर, राष्ट्र बैंकले निर्णय दिन ढिला गरेपछि इन्भेस्टमेन्ट बैंक स्वयंले भुक्तानी दिएको हो।’ इन्भेस्टमेन्ट बैंकले राष्ट्र बैंकको अनुमतिका लागि निवेदन दिएको राष्ट्र बैंकका अधिकारी बताउँछन्। ‘गभर्नर त्यहीं बेलामा जिल्ला गएकाले बोर्ड बैठक बस्न सकेन, त्यहीं मौकामा सुमार्गीले आफ्नो रकम लगे छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘हामीले इन्भेस्टमेन्ट बैंकलाई दिउ पनि भनेनौं, नदिन पनि भनेनौं। तर, राष्ट्र बैंक सुमार्गीको रकम भुक्तानी दिने पक्षमा थिएन।’ राष्ट्र बैंक उच्च स्रोतले थप्यो, ‘गभर्नर चिरञ्जीवी नेपाल जिल्लाबाट फर्केर आउँदा सुमार्गीले रकम लगिसके छन्। रकम लगिसकेपछि निर्णय गर्नुको औचित्य हामीले देखेनौं।’ अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सुमार्गीले यसपटक ८३ करोड २५ लाख र यसअघि २ अर्ब २५ करोड रुपैयाँ लगिसकेको राष्ट्र बैंक स्रोतको भनाइ छ। ‘खाताबाट साढे २ अर्ब भन्दा बढी रकम निकालिसकेका छन्,’ राष्ट्र बैंक स्रोतको भनाइ छ। अदालतको आदेश हुनासाथ रकम निकाल्ने काम भएको छ। सुमार्गीको खातामा पटकपटक रकम जम्मा हुने भएकाले त्यसैमध्ये दुई अर्ब रुपैयाँभन्दा बढी उनले निकालेका हुन्। सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर (करिब पाँच अर्ब रुपैयाँ) खातामा जम्मा पारेका थिए। खातामा जम्मा भएको रकममध्ये ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५लाख रुपैयाँ ) राष्ट्र बैंकले रोक्का गरिदिएको थियो। उद्योगका लागि जम्मा गरेको रकम भुक्तानी दिन बैंकले रोकेकाले उद्योग धराशयी हुन लागेको दाबीसहित उनले सर्वोच्चमा रिट निवेदन दिएको हो। मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले पुस ३ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। दुवै पक्षबीच छलफल गरी निर्णयमा पुग्न उपयुक्त हुने देखिएकाले त्यसका लागि पुस २४ को पेसी तोकी अर्काे पक्षलाई जानकारी दिनू भने पनि आदेशको पाठमा भने रकम झिक्नबाट रोक्न नदिनू भन्ने विरोधात्मक लबजको भाषासहित रकम निकाल्न उद्योगलाई अनुमति दिइएको छ। ‘सुविधा र सन्तुलनका दृष्टिकोणले निवेदन मागबमोजिम निवेदक उद्योगको खातामा रहेको रकम निवेदक उद्योगको आवश्यकता र समयतालिकाबमोजिम निवेदक उद्योगले माग गरेका बखत भुक्तानी दिनू–दिलाउनू’, आदेशमा भनिएको छ, ‘त्यससम्बन्धी खाता सञ्चालनमा अर्को आदेश नभएसम्म कुनै अवरोध नगर्नू/नगराउनू भनी विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिदिएको छ।’ यसअघि सुमार्गीले नबिल र नेपाल इन्भेस्टमेन्ट बैंकमा रोकिएको झन्डै दुई करोड १३ लाख अमेरिकी डलर (२ अर्ब २५ करोड रुपैयाँ) अदालतको आदेशपछि भुक्तानी पाएका थिए। सुमार्गीले २०७० मा करिब ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए। सुमार्गीले ‘ट्याक्स हेभन’ मानिएका ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम ल्याएका हुन्। उनले सो रकम अनुमति नलिई सीधै नेपालका बैंकमा जम्मा गराएका थिए। करछली मार्फत् गैरकानुनी रूपमा आर्जन गरेको रकम ‘ट्याक्स हेभन’ बाट लगानीका नाममा भित्र्याउन खोजेको शंकामा राष्ट्रबैंकले रोक्का गरेको थियो। नागरिक दैनिकबाट

नासु बन्न तयार भएर बस्नुहोस्, यही महिना विज्ञापन खुल्ने

काठमाडौं, पुष १९ । लोकसेवा आयोगले नायब सुब्बा पदका लागि विज्ञापन निकाल्ने भएको छ । आयोगले वार्षिक पात्रोअनुसार नायब सुब्बा पदको पदपूर्तिका लागि यही महिनाको अन्तिम बुधबार विज्ञापन निकाल्ने भएको हो । समायोजन प्रक्रियामा सरकारले ढिलासुस्ती गरेपछि समायोजनमा जान नपर्ने अधिकृत तहका कर्मचारीको पदपूर्ति असोजमा हुनुपर्ने भए पनि मंसिरमा मात्र लिइएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । आयोगको वार्षिक पात्रोअनुसार नासु तहका अप्राविधिक धारका कर्मचारीको पदपूर्ति पुसमा हुने उल्लेख छ भने मागमा प्राविधिक धारका कर्मचारीको पदपूर्ति हुने उल्लेख छ ।