अाज फेरि बढ्यो सुनको मूल्य !

काठमाडौं । अाइतबार नेपाली बजारमा सुनको मूल्य दुर्इ सय रुपैयाँले बढेको छ ।

शनिबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने अाइतबार सुनको मूल्य बढेर ५८ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । साताको लगातार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमै कारोबार भइरहेको छ ।

राजधानीमै छ्याप्छ्याप्ती नक्कली नोट

कैलाली । कैलालीको धनगढीमा फेरि नक्कली नेपाली रुपैया“को कारोबार गर्ने गिरोह सक्रिय भएको आशंका गरिएको छ । केही दिनयता लगातार नक्कली रुपैयाँ फेला पर्न थालेपछि फेरि गिरो सक्रिय भएको आशंका गरिएको हो । व्यापारीले अहिले फाटुफुट रुपमा जाली नोट फेला परिरहेका बताएका छन् । उनीहरुका अनुसार सबैभन्दा बढि एक हजार र पॉच सय नेपाली नक्कली रुपैयॉ भेटिरहेका हुन्् । तर, प्रहरीमा भने एउटा पनि उजुरी परेको छ । जसले गर्दा जाली नोट बिक्री गर्ने गिरोह ढुक्ककासाथ सक्रिय भएको स्थानीय र व्यवसायीले गुनासो गरेका छन् । प्रहरीको निगरानी कम पुग्दा प्रदेश सातको अस्थायी राजधानी धनगढीमा फेरि जाली नोट कारोबार गर्ने गिरोह सक्रिय भएको हो । बिहिबार सॉझ मात्रै धनगढी एलएन चोक स्थित एक मोबाइल ग्यालरीका संचालक मेघराज जोशीलाई ग्राहकले जाली नोट दिएर झुक्याएका छन् । साँझ अबेर सामान बिक्री गरेर पॉच सय रुपैयॉ सुरक्षित राखेका उनले विहान राम्रोसंग हेर्दा नक्कली नोट भएको थाह पाए । नोट झट्ट हेर्दा सक्कली जस्तो नै देखिन्छ । राम्रोसंग हेर्दा भने नक्कली नोट नै देखिने गरेको व्यवसायी कमल बलमे बताए । यस्तै, केही दिन अघि धनगढीका स्थानीय फणीन्द्र साउ‘द पैसा जम्मा गर्न बैक पुगे । जम्मा गर्ने बेला बैंकका क्यासरले थाह पाएपछि उनले खप्की खाए । खप्पी खाएपछि उनी अचम्मीत भए । बल्ल थाह पाए जम्मा गर्न लागेको पच्चीस हजारको गड्डीमा एक हजार नेपाली रुपैयॉ नक्कली रैछ । यीत प्रतिनिधिमूलक घटना मात्रै हुन् । यस्ता घटना धनगढीमा अहिले दिनहु‘ सुनिने गरेका छन् । तर प्रहरीसम्म भने जाली नोट कारोबार भइरहेको भनेर एउटा पनि उजुरि परेको छैन । गत र चालू आर्थिक वर्षको हालसम्म जाली नोट कारोबार भइरहेको एउटा पनि उजुरी नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सागर बोहराले बताए । यो भन्दा पहिले फेला पर्ने गरेका नक्कली नेपाली रुपैया“ रंगीन फोटोकपी गर्ने गरिएकाले फुस्रो र कमसल हु‘दा सहजै चिन्ने गरिन्थ्यो । तर, केही दिनयता बजारमा देखा परेका १ हजार र ५ सयको नोट उच्चस्तरीय प्रेसमा छापिएकाले सक्कली बराबरकै गुणस्तरको देखिने गरेको व्यवसायीको भनाई छ । मुलुकी ऐन अनुसार जाली नोटका कसुरदारमाथि विगोबमोजिम जरिवाना र १० वर्ष कैद हुने ब्यवस्था छ ।

क्लासिक टेकले चार नयाँ शाखा विस्तार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेकले चार नयाँ शाखा विस्तार गरेको छ । गत बुधबार क्लासिक टेकका प्रबन्धक निर्देशक निशा खरेलले सम्पूर्ण शाखाहरुको उद्घाटन गरेकही हुन्। कम्पनीले २० औं शाखा गठ्ठाघर २१ औं ललितपुरको थसिखेल, २२ औं किर्तिपुर शाखा ट्याङ्लाफाट र २३ औं बालाजु शाखा माछापोखरी सुरु गरेको छ। छिटो भन्दा छिटो र भर्पर्दो सेवा उपलब्ध गराउने नै शाखा बिस्तार को मुख्य उद्देश्य रहेको कम्पनीले बताएको हो। साथै रकम भुक्तान वा रिचार्जलाई सर्बसुलभ बनाउन विभिन्न अन्लाईन भुक्तान तथा अन्लाईन बैंकिंग सेवाको लागि सहकार्य अघी बढाइ सकेको छ भने भिजा, मास्टर कार्ड स्वाइप गरी भुक्तान गर्ने अप्सन को लागि पनि काम अघी बढेको छ। क्लासिक टेकको इन्टरनेट, इन्ट्रानेट तथा अाएसीटी सम्बन्धित सेवाहरुमा ८ बर्ष को अनुभव छ। यति छोटो समयमा नेपालको ७२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ । हाल २३ स्थानमा आफ्ना शाखा स्थापना गरिसकेको यस कम्पनीमा एक हजारभन्दा बढी दक्ष कर्मचारी आबद्ध रहेका छन भने ४० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बिस्वकै उत्कृष्ट जिपोन प्रबिधीमा आधारित फाइबर टु होम सेवाको मध्यमबाट ईन्टरनेट सेवा नेपालमा मुख्य शहरहरुमा उपलब्ध गराइसकेको छ।

भारतमा सैन्य तालिम अनिवार्य गरिँदै, तालिम नलिए सरकारी जागिर नपाइने

नयाँदिल्ली । भारतीय सैनिक फोर्समा भइरहेको युवाको कमी न्यूनिकरण गर्न अनिवार्य सैन्य तालिमको प्रस्ताव गरिएको छ । भारतको एक संसदीय समितिले अनिवार्य सैन्य तालिमबारे कर्मचारी एवम् प्रशिक्षण विभागलाई पत्र लेखेको छ । भारतको सरकारी जागिरमा काम गर्न ५ वर्षे सैनिक तालिमलाई अनिवार्य गर्न पत्रमा सिफारिस गरिएको छ । कर्मचारी एवम् प्रशिक्षण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत पर्छ । अनिवार्य सैनिक तालिमबारे प्रस्ताव तयार गरेर केन्द्र सरकारलाई पठाउन संसदीय समितिले विभागलाई भनेको छ । भारतीय पत्रिका दैनिक भाष्करका अनुसार सरकारी जागिरका लागि सैनिक तालिम अनिवार्य गरिए सशस्त्र सेनामा देखिएको युवाको कमीलाई पूरा गर्न सकिने छ । भारतको केन्द्र सरकारमा ३० लाख र प्रदेश सरकारमा २ करोड कर्मचारी कर्मचारी रहेका छन् । सैनिक तालिमले कर्मचारीमा अनुशासन बढाउने समेत दावी गरिएको छ । कर्मचारी एवम् प्रशिक्षण विभाग नै केन्द्र सरकारका लागि कर्मचारी सम्बन्धी नियम बनाउने विभाग हो । संसदीय समितिले यो प्रस्ताव रक्षा मन्त्रालयलाई समेत पठाएको छ । भारतीय सेनामा मात्रै हाल ७ हजार अधिकृत र २० हजार सेनाको कमी छ । वायुसेनामा १ सय ५० अधिकृत र १५ हजार सेनाको कमी छ । भारतीय जलसेनामा समेत १ सय ५० अधिकृत र १५ हजार सेनाको कमी रहेको समाचारमा उल्लेख छ । भारतको केन्द्र सरकारमा ३० लाख र प्रदेश सरकारमा २ करोड कर्मचारी कर्मचारी रहेका छन् । संसदीय समितिले सिफारिस कार्यान्वयनमा आए सेनामा देखिएको अधिकृत र सेनाको कमी पूरा हुनेछ । सैनिक तालिमले कर्मचारीमा अनुशासन बढाउने समेत दावी गरिएको छ ।

बजारमा सुनचाँदीको मूल्य कतिले बढ्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । मंगलबार बजारमा सुनको मूल्य ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सुनको मूल्य बढेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार चाँदी मूल्य ५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा बुधबार चाँदीको मूल्य बढेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गणतन्त्रमा तान्त्रिकलार्इ छुट ! किन राेकिएन बलात्कार र बोक्सी आरोपमा कुटार्इ

संझना पौडेल/ हे सरकार, अनि मानव अधिकारवादी संस्था हो ! यदि सक्छौं बोक्सिको आरोपमा एक किशोरीलाई जसरी लातै-लातले कोखामा र पेटमा हिर्काएको छ, त्यो भन्दा निर्मम सजाय तिनिहरुलाई दिलाउ, अब नेपालमा धरौटिमा र मिलेमतोमा छुटने परिपार्टि अन्त्य गर सरकार, अनि यस्ता पापीहरुको लागि जन्मकैदको फैसला सुना । नत्र हजारौं आमा दिदी बहिनिहरुले धिक्कार्ने छन् तिमिहरुलाई ! दुःखी एक गरीब परिवारकै युवति माथि यस्तो अन्याय र अत्याचार हुदाँ समेत स्मार्ट फोनबाट भिडियो खिच्नेहरुले के हेरेर बसेको होलान् ? अनि एनजिओ र आइएनजीओहरुले समाजमा परिवर्तन गर्ने भन्दै चर्का नारा दिनेहरु कहाँ गए ? भिडियो हेर्दा हरेक मानवको आँखाबाट आशु दर्कन्छ । त्यहाँ हेरेर बस्नेले के हेरे होलान् ? त्यो बिजोक हेरेर बस्नुको साट्टो घरमा गएको भएपनि हुन्थ्यो । पीडितको मनोवल उच्च राख्न राज्य तयार हुनुपर्दछ । हैन, यसलाई कडाई नगरी अब आउँने दिनमा यस्तै घटना दोहोरी रहने हो भने घर–घरबाट आक्रोशको ज्वाला निस्कने छ । त्यो ज्वालाले क-कसलाई भष्म गर्नेछ पत्तो छैन । मानिस सर्वाधिकार होइन, किनभने उ भन्दा माथी कानुन छ । कानुन सवैले पालना गर्नु पर्दछ । कोही कसैले कानुनलाई हातमा लिन खोज्यो भने त्यो अपराध हो । देशमा जसले जे गल्ति गर्दछ, त्यसले सोही अनुसारको सजाय भोग्नु पर्दछ । अब पनि अपराधीलाई राज्यले कानूनी कठघरामा उभ्याउन कडाईका साथ तत्परा नदेखाउने हो भने राज्यनै अपराधीको नियन्त्रणमा पुगेको ठानिनेछ । संझना पौडेल बोक्सिको आरोपमा निर्घात कुटपिट गर्ने जस्तो जघन्य अपराधका दोषीलाई किन सजायको अन्तिम बिन्दुसम्मै पुर्र्याउन सकिंदैन भन्ने प्रश्न उठेको छ । नारी सृष्टिकर्ता हुनु । तर त्यही नारीमाथि किन यस्तो अमानविय ब्यवहार गरिन्छ ? हजारौंको बलिदान र लाखौंको जीवन अङ्गभङ्ग गरी देशमा प्रजातन्त्र, लोकतन्त्र आयो । हुदाँहुदाँ जनताले चुनेका जनप्रतिनिधिको हातले लेखेको विश्वको सर्वोकृष्ट संघीय लोकतान्त्रिक गणतन्त्र संविधान आयो । के यो संविधानमा नारीको जीवनमा पुरुषले मोजमस्ती गर्न पाउने मौलिक अधिकारको प्रत्यभूति गरेको छ र ? देशमा शासन फेरिए, शासक फेरिएका छैनन् । त्यसैले एक्काईसौं शताब्दीमा आएर पनि नारीहरु पुरुषको दास बन्नु परेको छ । जसको एउटा ज्वलन्त उदाहरण हो, कैलालिको घटना । गरेको छैन भने, यो संविधानमा नारीको रगतमा होली खेल्नेलाई किन आजीवन जेल सजाए हुनेछ, भनेर लेखिएन । देशमा शासन फेरिए, शासक फेरिएका छैनन् । त्यसैले एक्काईसौं शताब्दीमा आएर पनि नारीहरु पुरुषको दास बन्नु परेको छ । जसको एउटा ज्वलन्त उदाहरण हो, कैलालिको घटना । एउटा अध्याँरो कुनामा बसोवास गरेको एक अनपढ पुरुषले यस्तो काम गरे पनि सहजै स्वीकार गर्न सकिन्थ्यो । तर त्यो पनि रहेन । नागरिकहरुको जीउधनको रक्षा गरी शान्ति सुरक्षाको प्रत्याभूति दिने । अपराधीलाई कानुनको भागेदारी बनाई सभ्य समाज निर्माणगरी राष्ट्र, राष्ट्रियता कायम राख्ने निकायका भनौदाहरुले समेत मिलोमतो गरेको भनेको सुन्दा पनि अब निमुखा र अशक्तले बाँच्न नपाउने होकि भन्ने डर भो । यो समाचारले सबैलाई आश्चर्य चकित बनाएको छ । यो एउटा घटना प्रतिनिधिमुलक घटना मात्र हो । हाम्रो समाजमा यस्ता घटनाहरु अनगिन्ती छन् । जो मनभरी गुम्सिएर रहेका छन् । ती सवै घटनाहरु एकदिन अवश्य बाहिर आउने छन् । कुरा यतिमात्र हो । हामीले समयलाई पर्खनु पर्दछ । तत्कालै बाहिर आएका घटनाले एउटा नारीले गरिवको कोखमा जन्मलिनु नै दोष हो र ? मानिस सचेत र सामाजिक प्राणी हो । पशुजस्तो गरी किन मोलमोलाई गरिन्छ ? यता–यस्तै अनेक घटना घटिरहेका छन् र घटिरहन्छन् हाम्रो समाजमा । अब यो रोकिनुपर्छ । देशमा परिवर्तन आएको छ । देशमा जनताले बनाएको संविधान छ । बोक्सिको आरोपमा निर्घात कुटपिट गर्ने जस्तो जघन्य अपराधका दोषीलाई किन सजायको अन्तिम बिन्दुसम्मै पुर्र्याउन सकिंदैन भन्ने प्रश्न उठेको छ । नारी सृष्टिकर्ता हुनु । तर त्यही नारीमाथि किन यस्तो अमानविय ब्यवहार गरिन्छ ? हिंसा गर्नेहरुलाई कानून अनुसार कारबाही गरी पीडितहरुको घाउँमा मलहमपट्टी लगाई उनीहरुलाई राज्यले दीर्घकालीन आधारभूत आवश्यताको ब्यवस्था गर्नुपर्दछ । पीडितको मनोवल उच्च राख्न राज्य तयार हुनुपर्दछ । हैन, यसलाई कडाई नगरी अब आउँने दिनमा यस्तै घटना दोहोरी रहने हो भने घर–घरबाट आक्रोशको ज्वाला निस्कने छ । त्यो ज्वालाले क-कसलाई भष्म गर्नेछ पत्तो छैन । त्यो ज्वाला मुलुकको वास्तविक क्रान्ति हुनेछ ।कमजोर कानुन र राजनीतिक आड भरोसामा अपराधबाट उन्मुक्ति पाइने गलत राजनीतिक परिपाटीले नै अपराध बढिरहेको छ । यसको अन्त्यका लागि उपयुक्त कानुन र त्यसको कडा कार्यान्वयन अपरिहार्य छ । आज हाम्रो देश कहाँ जादैछ ? यसको प्रमुख दोेषी को त सरकार ? कानुनी व्यबस्था वा समाज ? हाम्रो समाजले जघन्य अपराधमा संलग्न अपराधीहरुलाई किन सामाजिक बहिस्कार गर्न सकिरहेको छैन ? सरकार यति सच्चा कानुन बनाउनुछ भने अब बोक्सिको आरोपमा कुटपिट गर्ने बलत्कार गर्ने र हत्या गर्ने यी ३ वटा अपराधमा कोही अर्बौं डलर तिरेपनि नछुटने बनाउनु पर्छ । यस्तालाई निर्मम यातनाको बदला यातना दिई आजीवन कारावासको सजाय सुनाउ अनि मात्रै पीडितको घाउमा मलम लागेको आभाष हुनेछ । 84 पटक पढिएको

सीमा रक्षार्थ शहादत प्राप्त गोविन्द गौतमको एक वर्ष

समयको विविध रुपहरु भित्तामा टाङ्गिएका क्यालेण्डर झैं एकपछि अर्काे गर्दै फेरिदैं गएको छ । देशले अनेकन अप्रत्याशित सङ्कटको सामना गर्दै लर्खरिदैं क्यालेण्डरका पन्नाहरुसँग आफुलाई परिवर्तन गर्दै गएको छ । कयौं भयावह र संकटपूर्ण मोडबाट गुज्रिएर आफुलाई तङ्ग्रिनुको दिलासा दिंदै अहिले राज्य शक्ति बाँडफाडमा निक्कै ब्यस्त देखिएको छ । रञ्जित लामा प्रदेश नामकरण र स्थायी राजधानीका निम्ति बडो रस्साकस्सी चलिरहेको छ । मेरो राज्य, तेरो राज्य, जातीय र क्षेत्रीय प्रतिनिधित्वको लागि यतिखेर कानै फुट्ने गरी हल्ली र खल्ली मच्चिएको छ । कत्तै यो हल्ली र खल्लीले कुनै महत्वपूर्ण मुद्दालाई ओझेलमा त पारिरहेको छैन ? घर भित्रकै लडाईंलाई उच्च प्राथमिकता दिंदा बाह्य शक्तिसँग पराजित त भइरहेका छैनौं ? एकपटक थामिएर सोच्नु पर्ने बेला हो यो । गत फाल्गुन २६ गते आजकै दिन निर्दाेष नेपालीको छातीमा ताकेरै भारतीय एसएसबीले गोली हानी हत्या गरेको थियो । नेपाल र नेपालीको स्वाधिनता र स्वाभिमान उच्च राख्न शहीद गोविन्द गौतम सीमामा ढलेको थियो । आपसी अटसमटस र छिमेकीको दादागिरीलाई छातीमा दम्पच राखेर मुर्मुरिदै बसेको पनि आज ठ्याक्कै एक वर्ष भइसकेको छ । हत्या गर्ने हत्यारालाई के भयो ? राज्यले कानूनी उपचार गरेकी गरेनन् ? आज भन्दा भन्दै भोलि भन्दा भन्दै यो घटना एका देशको कथा झैं बिलीन त हुने हैन ? यस्तै–यस्तै प्रश्नहरुले हरेक देशभक्त स्वाभिमानी नेपालीहरुको मन चिथोरिरहेको छ । सीमा रक्षार्थ एसएसबीको गोलीबाट ढलेका सहिद गोविन्द गौतम र घाइते टिकाराम चापागाईंको दुरावस्थाबाट देशभक्त स्वाभिमानी नोपलीको मन अझसम्म पनि टाढा भाग्न सकेको छैन । जति–जति भारतीय बिस्तारवाद र ज्यादतीले उब्जाएका क्रन्दन र चित्कार गुञ्जयमान हुदैछ, उति–उति प्रतिशोध र हिंसाले स्थान लिदै छ । त्यो फाल्गुन २६ गते बिहीबारको कालो बिहानीमा भारतले नेपालको आन्तरिक मामिलामा गरेको नाङ्घो हस्तक्षेपले सिङ्गो नेपाल तथा नेपालको सीमावर्ती क्षेत्रमा बसोबास गरिरहेका जनजीवनलाई छिन्नभिन्न बनाएको थियो । त्यो फाल्गुन २६ गते बिहीबारको कालो बिहानीमा भारतले नेपालको आन्तरिक मामिलामा गरेको नाङ्घो हस्तक्षेपले सिङ्गो नेपाल तथा नेपालको सीमावर्ती क्षेत्रमा बसोबास गरिरहेका जनजीवनलाई छिन्नभिन्न बनाएको थियो । अन्तर्राष्ट्रिय सन्धी मिच्यो भनी जनता त्राहिमाम भन्दै सरकारको दैलोमा आइपुग्दा पनि सरकारको मौनब्रत अझै वैधानिक रुपमा तोडिएको छैन । छिमेकीको दम्भपूर्ण हुङ्कारलाई अन्तर्राष्ट्रिय मञ्चमा राख्ने सुनौलो मौकालाई किन क्यास गर्दैनन् सरकार ? जब कि संयुक्त राष्ट्रसंघको बडापत्र (१९४५) को आधारभूत सिद्धान्त अन्तर्गत “अन्तर्राष्ट्रिय सम्बन्धहरूको सन्दर्भमा कुनै पनि सदस्य राष्ट्रले अरू राष्ट्रको प्रदेश तथा राजनैतिक स्वतन्त्रताको विरूद्ध शक्तिको प्रयोग वा धम्की दिने छैन” भनी उल्लेख गरेको कुरा जग जाहेर नै छ । यद्यपि सरकार अहिलेसम्म यस विषयमा किन मौनता साँधेर बसिरहेका छन् त ? सुस्ता, कालापानी, पशुपतिनगर र लिपुलेकदेखि प्यारातालसम्मको अतिक्रमण र सीमा क्षेत्रमा भएको ज्यादती र निर्मम हत्याका घटनाहरू अन्य ठूला देशहरुबीच भएका भए अहिलेसम्म युद्ध नै भइसक्थ्यो । वास्तवमै भन्नु पर्दा भारतले त युद्धको शंखनाद एकतर्फिरुपमा गरि नै सकेको छ । फेरि सरकार वैधानिक युद्ध लड्न पनि किन खुट्टा कमाइरहेका छन् त ? भारत अर्थात् हाम्रो सबैभन्दा निकटको छिमेकी । विविध तथा विशेष सम्बन्धले निक्कै नजिक रहेको छिमेकी । निर्वाध रुपमा खुल्ला सिमानामार्फत व्यापारिक तथा अन्य प्रयोजनले पनि निकट मानिएको छिमेकी मुलुक भारत । रोटी र बेटीदेखि लिएर हाम्रो भाषा, धर्म र संस्कृतिको हिसाबले पनि नजिकिएको भारतले के वास्तबमै नेपालप्रति छिमेकीकै धर्म निभाएको छ त ? नेपालले भारतको चित्त दुःख्ने गरी अर्थात् उसको पूर्वसहमति र समझदारीबिना वा उसलाई पूर्वसूचना नदिई नेपालमा कुनै पनि गतिविधि र राजनैतिक परिवर्तनका कामहरू गर्नै नहुने छिमेकीको यस्तो रबैयालाई असल छिमेकीको संज्ञा दिन सकिन्छ त ? मित्र राष्ट्र भनी भनी हामीमाथि शत्रुता साँधिरहेको कुरा हामीमाझ घाम झै छर्लङ्ग छ । त्यसैले अधिकांश नेपालीहरुमा भारत बिरोधी भावना र स्वाभिमानको भूत समय–समयमा सवार हुुँदै आएको छ । सहिद गोविन्द गौतमको हत्यापछि सामाजिक सञ्जाल फेसबुक, ट्वीटरका भित्ताभरी स्वाभिमानी अभिव्यक्तिहरु लेपासिएका थिए । चोक, गल्ली, चिया र चमेनागृह लगायत जम्काभेटमा समेत स्वाभिमानका प्रसङ्गहरु उठ्न थालेका थिए । सीमा बचाउ समिति, सीमा संघर्ष समिति, सीमा संघर्ष समन्वय समितिको गठन भएको थियो । चोक, गल्ली, चिया र चमेनागृह लगायत जम्काभेटमा समेत स्वाभिमानका प्रसङ्गहरु उठ्न थालेका थिए । सीमा बचाउ समिति, सीमा संघर्ष समिति, सीमा संघर्ष समन्वय समितिको गठन भएको थियो । यस्तो लाग्थ्यो हाम्रो चेत फिरिरहेको थियो । बरु केही महंगै तिर्छाैं, दुःख कष्ट सहन्छौं तर दक्षिणी ठूलेको हेपाहा रबैयालाई नसहने राष्ट्रप्रेमी भावनाहरुले जताततै स्थान पाएका थिए । तर घटनाको तीन महिना नबित्दै आफ्नो स्वाभिमानलाई खल्तीमा राखेर दक्षिणतिर तैनाथ लामबद्ध भीडले सहिद गोविन्द गौतमको त्यागलाई दैनिक उपभोग्य सामानहरुसँग भजाइरहेको थियो । आखिर स्वाभिमानको खेती कत्तिसम्म टिकोस् त । भावनामा बहकिएर वास्तविकताको कठोर चट्टानमा बजारिएपछिको हविगत के हुन्छ ? यो कुरा तमाम नेपालीलाई भलिभाती थाहा भएकै कुरा हो । यस्ता स्वाभिमानी तथा राष्ट्रिय भावनालाई संस्थागत गर्न सर्वप्रथम सरकारको सोंचमा परिवर्तन हुनु नितान्त जरुरी छ । तर, जब सत्तासिनहरु सबै पालैपालो सत्तामा पुगे, तब उनीहरूले सबै कुरा बिर्से । पहिलो राजकीय भ्रमण दिल्लीमा गरे । रातो कार्पेटमा उत्रेर दिल्ली दरबारका बैभवता र अजङ्गतामा आफुलाई बिस्कुन सरी सुकाए तब छिमेकीले गरेको बिगतको ज्यादती र बिस्तारवादलाई भुसुक्कै भुले । “गलतलाई गलत भनि संयुक्त राष्ट्र संघमा उजुरी हाल्न नसक्ने भीरु सरकारले जनता जनार्दनको नारालाई के साँच्चै बुलन्द गर्ला त ?” आम जनताका मनमथिङ्गलमा यही प्रश्न उब्जिएदै आएको छ । जसले नेपाल रणनीति र कुटनीतिक लविङमा विश्व सामू निम्छरो भएको प्रष्ट हुन्छ । दक्षिणी ठूलेको सधैँ अनावश्यक हस्तक्षेपकारी भूमिका नेपालीलाई पटक्कै सह्य छैन तर छिमेकीको बिकल्पको रुपमा सरकारको कदमी अहिलेसम्म हास्यास्पद र आपत्तिजनक नै रह्यो । संसारमा कहिल्यै दास नबनेको मुलुकलाई आजको विश्वग्रामको समयमा भारतले गुलाम बनाउन खोज्नुको प्रमुख आधार नै सरकारको लाचारीपन हो । निरन्तर दक्षिणीपरस्त झुकाव र सुझावकै आकांक्षी बनिरहेको बिगतका सरकार झैं यो सरकारको चर्तिकलामा पनि विश्वको आँखा अडेको छ । निकै तार्किक र आफ्ना बिरोधीहरुलाई ब्यङ्ग गर्न खप्पिस ओली निर्भीक नेता मानिन्छ । ओली सरकारले यतिखेर ढुङ्गाको काप फोरेर उम्रेको पीपल जस्तै प्रतापीको रुपमा आफुलाई इतिहासमा स्थापित गर्ने; र जनता जनार्दनको नारालाई बुलन्द गर्ने अवसरलाई गुमाउँनु हुँदैन । सत्ता आरोहण भन्दा अगाडि ओलीले राष्ट्रिय स्वाभिमानलाई निकै मीठा शब्दावलीमा जनतासामू राखे पनि अब त्यस्को परीक्षण समय शुरु भइसकेको छ । हेरौं “जुन जोगी आएपनि कानै चिरिएको” भन्ने उखानलाई ओली सरकारे गलत साबित गर्लान कि नगर्लान् । विश्व मानचित्रमा नेपाल कनिष्ठ छ, रणनीति र कुटनीतिको हिसाबले पनि विश्वसामू खासै महत्ता नराख्ला, तापनि नेपाल एउटा सार्बभौमसत्ता सम्पन्न मूलूक हो । यसका आन्तरिक मामिलामाथि कसैको अनावश्यकारी हस्तक्षेप गैरकानूनी हुने कुरामा दुईमत छैन । कुटनीतिक नियोग मार्फत भारतको अर्घेलो व्यवहारलाई अन्तर्राष्ट्रियकरण गर्न सके नाकठाडे मिजासलाई केही सबक अवश्य मिल्ने थियो । आफ्नो निष्ठा र देशको स्वाभिमान बन्धकी राखेर झुक्न वा सम्झौता गर्न नहुने हरेक देशभक्त स्वाभिमानी नेपालीको चाहनालाई सरकारले किन हो गम्भीरतापूर्बक लिइराखेको छैन ? तर यसप्रति सरकारको किन हो चाँसै बढेन । सरकारलाई आम जनताले गरेको यो अभूतपूर्व साथ र समर्थनको ओजलाई सरकारले हलुको रुपमा बुझ्नु आत्मघाती बमविष्फोट हुनु समान हो । आफ्नो निष्ठा र देशको स्वाभिमान बन्धकी राखेर झुक्न वा सम्झौता गर्न नहुने हरेक देशभक्त स्वाभिमानी नेपालीको चाहनालाई सरकारले किन हो गम्भीरतापूर्बक लिइराखेको छैन ? भारतविरोधी देखिने वा भनिने यी नाराहरूका आडमा राजनैतिक पार्टीहरूको स्थापना, विस्तार र विकास भएको देखिन्छ । अग्नी रुपी स्वाभिमानका लप्काहरुले हामी सबैलाई पोलेकै हो । भारतसँगको नेपालको सम्बन्धको प्रारुप र प्रकृतिको अन्तिम लडाई हामीले पनि लडेकै हौं । हामी त बाँच्यौं, गोविन्द गौतम सहिद भए । टिकाराम चापागाई मर्नु र बाँच्नुको दोसाँधमा अडिएको छ भने अन्य थुप्रै घाइते भए । तर छिमेकीले गरेको दादागिरी बिरुद्धको कानूनी उपचार के त ? गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीको ल्याबबाट गरिएको परीक्षणमा गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि भएको छ । गृह मन्त्रालयको श्रोतका अनुसार गौतमलाई लागेको गोली नेपालका कुनै पनि सुरक्षा निकायमा लाग्ने हातहतियारमा प्रयोग नहुने भएकोले सो गोली एसएसबीले हानेको ठहरसहितको रिपोर्ट भारतीय दूताबासलाई बुझाइ सकेको छ । तर पनि ३ सय ६५ दिन बित्दा पनि अन्तर्राष्ट्रिय अदालत जाने कुरामा सरकार किन चिसिएको छ त ? जेनेभा महासन्धि (१९४९) अन्तर्गत “प्रतिशोध वा बदला लिने नाममा सर्वसाधारण नागरिकहरूको अधिकार र सुरक्षामाथि प्रतिकूल असर पर्नेगरी कुनै पनि कार्य गर्न निषेध (साझा धारा ३) तथा अन्तर्राष्ट्रिय द्वन्द्वसँग सम्बन्धित अतिरिक्त प्रलेख (१९७७) अन्तर्गत युद्धको अवस्थामा समेत सर्वसाधारण व्यक्ति तथा समुदायविरुद्ध लक्षित हुनेगरी युद्धका कुनै पनि अश्त्रहरूको प्रयोगमा निषेध गरिएको (धारा ३५) मा उल्लेख छ । विश्वको सर्वाेच्च शिखर सगरमाथा आफ्नो साथमा राखेर आफ्नो स्वाभिमानी माथ निहुराउदै छ । आफ्नो हैकमवाद लादेर छिमेकीले थुप्रैपटक कानूनी तथा कूटनीतिक सीमा नाघेको घटनाहरु हामीमाझ दूध झैं उजेलो र पानी झैं सङ्गलो छ । तर गत फाल्गुन २६ गते भारतीय एसएसबीले ताकेरै नेपाली नागरिकमाथि गोली चलाएको घटनाले जेनेभा महासन्धी भङ्ग भएको प्रष्ट हुन्छ । एक वर्ष बितिसक्दा पनि अपराधीलाई दण्ड दिने अन्तर्राष्ट्रिय प्रावधानप्रति सरकार किन घोसेमुन्टो लाइरा’छ ? विभिन्न समयमा भएको सीमा अतिक्रमण, ज्यादती र निर्मम हत्याप्रति सरकारसँग जनता सधैं कृपाकांक्षी छ । दश वर्षे माओवादी हिंसात्मक युद्ध, प्रलयकारी महाभूकम्प, मधेस तथा थरुहट÷थारुवान आन्दोलन, अघोषित नाकाबन्दी र सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट निर्दाेष नेपाली मारिएका यी तमाम घटना कारण देशले इतिहासमै सर्वाधिक सङ्कट व्यहोरिरहेको छ । सङ्कट र त्रासदीको कालो छायाँमा बीर नेपालीका सन्तान दिन बिताउन विवश छन् । विश्वको सर्वाेच्च शिखर सगरमाथा आफ्नो साथमा राखेर आफ्नो स्वाभिमानी माथ निहुराउदै छ । आफ्नो हैकमवाद लादेर छिमेकीले थुप्रैपटक कानूनी तथा कूटनीतिक सीमा नाघेको घटनाहरु हामीमाझ दूध झैं उजेलो र पानी झैं सङ्गलो छ । भारतले गाविन्द गौतमको मृत्युमा अहिलेसम्म अफसोंच मात्र ब्यक्त गरेको छ, गल्तीप्रति माफीको याचनासमेत मागेको छैन । ए सरकार ! मान्छे मारेपछि अफसोंचको कुनै औचित्य हुदैन । राष्ट्रियता र राष्ट्रवादको राग अलाप्नेहरू स्वाभिमानलाई कुनै द्रब्यदानासँग मात्रै दाँजेर पनि हुँदैन, एक वर्ष बितिसकेको छ, कूटनीतिक नियोग मार्फत नेपाल सरकारले भारतविरुद्ध अब तत्कालै न्युयोर्क, जेनेभा र हेगमा उजुरी हाल्नुपर्छ । अनि हुन्छ राष्ट्रियता, स्वाभिमान र सार्वभौमिकता । अनि हुन्छ सीमा रक्षार्थ ढलेका शहीद गोविन्द गौतमलगायत सारा ज्ञात अज्ञात शहीदलाई न्याय ।

एनआरएनए कतारले विभिन्न संघसंस्थासंगको सहकार्यमा नयॉ वर्ष २०७५ मनाउने

दोहा, फागुन १९ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले संघ संस्थाहरुसंगको सहकार्यमा संयुक्त रुपमा रक्तदान कार्यक्रम ३० मार्चमा र नेपाली नया“ बर्ष २०७५ पनि आयेजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०७५ को कार्यक्रमको मिति भने संघसंस्थाहरुसंगको छलफलबाट तय गरिने भएको छ । त्यसै गरी एनआरएनए एनसीसी कतारले ४ मे २०१८ सम्ममा आयोजना गर्ने कार्यक्रमहरुको पनि निर्णय गरी सार्वजनिक गरेको छ । कार्यक्रमहरु संस्थाको २७ फेब्रुअरी, २०१८ मा कार्यवाहक अध्यक्ष तेज कटुवालको अध्यक्षतामा बसेको सचिवालयको ७ औं बैठकले निर्णय गरेको हो । त्यसै गरी एनसीसी कतारले युवा वर्गलाई लक्षीत गरी “युवा जागरुक्ता र शसक्तिकरण” विषयक गोष्ठि ०६ अप्रील २०१८ मा र श्रमिकहरुको हक हितको लागि “आप्रवासी नेपाली कामदारका चुनौति र अवसरहरु” विषयक कार्यशाला गोष्ठि ०४ मे २०१८ मा आयोजना गर्नेछ । बैठकले यस कार्यक्रमहरु सम्पन्न गर्नको लागि कार्य विभाजनहरु समेत गरेको छ । स्मरण रहोस, एनआरएनए एनसीसी कतारले आफ्नो २ बर्षे कार्ययोजना १९ जनवरी २०१८ मा बसेको समितिको तेश्रो पूर्ण बैठकले पारित गरिसकेको छ । कार्ययोजनामा कतारबाट पत्रकारिता गर्ने पत्रकारहरुको लागि र कतारमा कार्यरत साहित्यीक श्रष्ठाहरुको लागि प्रत्येक २ बर्षमा एक एक जनालाई पत्रकारिता पुरस्कार र साहित्यीक पुरस्कार प्रदान गरिने ब्यवस्था पनि गरेको छ ।  

राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित समारोहमा

काठमाडौं । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम् संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति छ । सो समारोह जारी छ ।

सन्तले गरे सन्तकै हत्या !

भीमदत्तनगर, माघ २७ । कन्चनपुरको कृष्णपुर नगरपालिका–४ वनदेवी मन्दिरमा सन्तहरूबीच झगडा हुँदा एक सन्तको शुक्रबार मृत्यु भएको छ । साँझ सन्तनारायण चौधरीले आपसी विवादमा दाउराको चिर्पटले हिर्काएर अर्का सन्त ४० वर्षीय चन्द्र गिरीको हत्या गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । हत्याको कारण खुलेको छैन । गिरीको हत्यापछि चौधरी फरार छन् ।

मुग्लिन गाइघाटमा डरलाग्दो सवारी दुर्घटना, दुई जनाको मृत्यु

मुग्लिन नारायणघाट सडकखण्ड अन्तर्गतको गाइघाट भन्ने स्थानमा सवारी दुर्घटना भएको छ। ट्रकसँग ठक्कर खाएर ट्यांकर त्रिशूलीमा खसेको छ। दुर्घटनामा ट्यांकरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन्। बा ४ ख ६९५३ नम्बरको ट्रक विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ४३१४ नम्बरको ट्रकसँग ठोक्किएर त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउने वित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले दुई जनाको शव फेला पारेको हो। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

मंगलबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्यमा छ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५७ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, मंगलबार चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने मंगलबार ७ सय ५० रुपैयाँमै कारोबार भएको छ ।

चीनको कम्पनीले बाँड्यो २५० करोड बोनस, थैली नै बोकेर गए कर्मचारीहरु

बेइजिङ, चीनको एउटा कम्पनीले झोला भरेर बोनस दिएको छ । चीनको फाङदा स्पेशल स्टील टेक्नोलजीले आफ्ना कर्मचारीहरुलाई करिब अढाई सय नेपाली रुपैयाँबराबर बोनस बाँडेको हो । यति ठूलो रकम नगदरुपमा बाँडिएको थियो । समाचारमा उल्लेख भए अनुसार, बोनस पाउने कर्मचारीहरु ठूलो थैली बोकेर गएका थिए । कम्पनीको स्टील यूनिटमा करिब ५ हजार कर्मचारी रहेका छन् । उक्त कम्पनीको वार्षिक बिक्री आय १३०,००० करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले २५०० करोड बराबर बोनस बाँडेको थियो । बोनसमा बाँडिएको रकमको तौल मात्रै २ टन बढी भएको समाचारमा उल्लेख छ ।

ख़तरनाक हुनसक्छ मोबाइलमा पोर्न हेर्नु, ध्यान दिनुस यी कुरामा

विभिन्न अध्ययनहरुले देखाईरहेका छन् कि इन्टरनेट पोर्न हेर्ने मानिसहरुको संख्या उच्च छ । सबैको हात हातमा सहज तरिकाले उपलब्ध हुने मोबाईल फोन हो, त्यो पनि अहिलेको समयमा स्मार्टफोन नबोक्ने त कमै होलान् । हातमा मोबाईल, अनि ईन्टरनेटको पहुँच पनि छ भने युवा युवतीलाई पोर्न फिल्म हेर्नबाट रोक्ने कसले ? हुनत त्यो तपाईको व्यक्तिगत अधिकारको कुरा हो तर पनि एन्ड्रोईड स्मार्टफोनबाट इन्टरनेट पोर्न हेर्दा सावधान भने हुनुपर्छ । – पोर्न साइटमा तपाइँको डिभाइसलाई लक गरिदिने र अनलक गर्न फिरौति माग्ने भाईरस पनि हुन्छन । यदि एक पटक मात्र पनि तपाई त्यसमा फस्नुभयो भने तपाईको डाटा ह्याकरको हातमा पुग्छ । अब ह्याकरले फिरोती लिएपछि डिभाईस अनलक गरेर डाटा गरिदिन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । – लोकप्रिय पोर्न वेबसाइटहरुले गैरकानूनी रुपमा तपाईको मोबाईलबाट पैसा काट्दछन् । जब तपाइँ स्मार्टफोनमा कुनै वेबसाईट खोल्नुहुन्छ त्यो समयमा भ्यालु एडेड सब्सक्रिप्सन गोप्य रुपमा आफै एक्टिभेट हुनसक्छ । राशिफल, ड्रिम गर्ल प्याक जस्ता सब्सक्रिप्सन आफै एक्टिभेट हुन्छन् । यस्ता सर्भिसले दिनगन्ती अथवा महिनावारी हिसाबमा तपाइँको मोबाइलको पैसा काट्दछन् । – आफ्नो मुख्य जिमेल आईडी लगईन गर्ने स्मार्टफोनबाट पोर्न हेर्दा ह्याकरहरुले तपाइँको स्मार्टफोनको सुरक्षा तथा गोपनीयतामा दरार ल्याउन सक्छन । – भाईरस डाउनलोड हुने समस्या हुन्छ । यदि तपाइँले एन्ड्रोइड मोबाइलमा पोर्न हेर्नुभयो र प्ले स्टोरबाट लोकप्रिय गेम्स डाउनलोड गर्नुभयो भने पोर्न टिकर (एपको नक्कल रुप तर सक्कल जस्तै देखिने) आँफै पपुलर गेम्सको रुपमा नक्कली पेश गरिदिन्छ । अनि स्मार्टफोनमा भाइरस डाउनलोड हुन्छ ।

अब बन्ने सरकारले पनि भारतकै स्वार्थमा काम गर्ने पक्का छः आनन्दस्वरुप बर्मा

काठमाडौं, पुस ५ । भारतीय वाम बुद्धिजीवि आनन्दस्वरुप बर्माले चुनावपछि बन्‍ने नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमा बन्न‍े सरकार पनि भारतीय स्वार्थविरुद्ध जान नसक्ने बताएका छन् । एमाले र माकेले सरकार बनाउने निश्चित भएपछि पहिलो पटक एक पत्रिकालाई अन्तरवार्ता दिँदै बर्माले अब बन्‍ने सरकारले पनि साम्राज्यवादी अार्थिक नीति लागु गर्ने भएकाले अपेक्षा गरेअनुसार जनताको जीवनमा परिवर्तन अाउने गरी कुनै काम नहुने बताए । बर्माले जनयुद्धलाई अातंककारी देख्ने एमाले र माकेबीचको एकता त्यति सहज नभएको र त्यसलाई फुटाउन भारतले प्रयास गर्ने बताए । उनले एमाले-माकेको सम्झौताभित्र देशको हित गर्ने कुनै सोँच नभएको समेत ठोकुवा गरे । ”एमालेले १० वर्षसम्म चलेको जनयुद्धलाई कहिल्यै समर्थन गरेन र सधैं एउटा आतङ्ककारी घटना मान्दै आयो । सामाजिक संरचनामा आमूल परिवर्तन जनयुद्धको माग थियो । त्यसमा एमाले अहिले पनि सकारात्मक छैन । यस्तो अवस्थामा के को आधारमा उनीहरूबीच सम्झौता भयो ? जनताले त्यो कुरा बुझ्न सकेका छैनन् । त्यसका रहस्यहरू खुल्दै जालान् । त्यो सम्झौताभित्र जनता र देशको हित हुने कुनै सोँच छैन” बर्माले भने । उनले एमाले र माकेबीच हुने भनिएको एकता सत्ताको लागि मात्रै भएको बताए । बर्माले दक्षिण एशियासहित पूरै विश्वमा फासीवाद उर्लिरहेको बेला एमाले-माकेको गठजोडले दिएको परिणाम सकारात्मक भएको समेत बताए । उनले भने, ”सम्पूर्ण विश्वमा चाहे अमेरिकामा डोनाल्ड ट्रम्प, जापानमा सिङ जावे, जर्मनी, भारतमा मोदी सबैतिर फासिवाद बढ्दै गएको छ । यस्तो अवस्थामा थोरै पनि फासिवाद विरोधी उदारवादी शक्तिहरू देखिन्छन् भने त्यो सकारात्मक पक्ष हो ।” ”वाम एकता, वाम सरकार, नाम, झन्डाको कारण भारतमा पर्नसक्ने मनोवैज्ञानिक प्रभावको कारण पनि मोदी सरकार पूरै शक्तिको साथ वाम गठबन्धनको विरुद्ध लाग्नेछ । वाम गठबन्धनले दुई तिहाई ल्याएर सरकार बनाएछ भने पनि उनीहरूले साम्राज्यवादी आर्थिक नीतिलाई नै लागू गर्नेछन् । विश्वभर ‘हेर, नेपालमा कम्युनिस्ट सरकार आयो’ यस्तो प्रचार नहोस् भनेर साम्राज्यवाद चनाखो छ । त्यसकारण मैले वाम गठबन्धनलाई समर्थन गरेको छु । यस्तो अवस्थामा वास्तविक क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउँदै फासिवाद विरोधी शक्तिहरूलाई पनि अघि बढ्न दिनुपर्छ” बर्माले अन्तरवार्ताको क्रममा भनेका छन् ।

जुम्ला प्रदेशसभा (क) मा नरेश भण्डारी विजयी

जुम्ला, मंसिर २२ । जुम्लाको प्रदेशसभा ‘क’मा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेश भण्डारी विजयी भएका छन्। उनले ४०३९ मतान्तरले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुसिंह कठायतलाई पराजित गरेका हुन । भण्डारीले १२५७४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कठायतले ८५३४ मत प्राप्त गरे । भण्डारी माओवादी निकट नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्षसमेत हुन । कुल ३१ हजार ७१४ मत रहेको प्रदेशसभा ‘क’मा २३ हजार ६२९ मत खसेको थियो।