रेणु दाहाललाई अश्लील गाली गर्नेविरुद्ध मुद्दा दर्ता
ज्ञावालीका छोराले निरव नाम गरेको फेसबुक मार्फत रेणुलाई अश्लील लेखेको र एस बि बोहोराको नामबाट फेसबुक चलाउने सन्तोष बोहोराले भरतपुर महानगरपालिकाको वडा न. १९ मा घरदैलो कार्यक्रमको नाममा पैसा बाँडेकाे लेखेक थिए । रेणु दाहालकी श्रीमान अनिल कुमार पाठकले बिध्युतिय अपराध अन्तर्गत मुद्धा दायर गरेका हुन् |
जिल्ला प्रहरी कार्यालय चितवनमा अनिल कुमार पाठकले दायर गरेको मुद्दामा भरतपुरमा माओवादी-कांग्रेसकि संयुक्त रुपमा मेयरकि उम्मेदवार रेणु दाहाललाई अश्लिल आरोप लगाइएको भन्दै कारबाहि माग गरिएकाे छ ।
पाठकले आफ्नो मुद्धामा लेखेका छन् – ‘सामाजिक संजाल फेसबुक मार्फत सबैले पढ्न बुझ्न जान्न सक्ने गरि सार्वजनिक रुपमा कथित आरोप र अश्लिल शब्द प्रयोग गरी मेरो श्रीमती रेणु दाहाल, हाम्रो परिवार तथा आफन्तजनहरु समेतको इज्जत, मान प्रतिष्ठामा जानीजानी आघात पुर्याएको छ |’
पत्रकार उपचार कोषलाई गिरीले दिए १ लाख १ हजार
बिर्तामोड, जेठ २१ । झापा बुट्टाबारी निवासी समाजसेवी मानबहादुर गिरी तथा परिवारले पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । अर्जुनधारा–११ बुट्टाबारीका ९३ बर्षीय मानबहादुर तथा छोराबुहारी कृष्णकुमार र शान्तिकुमारी (मधु)ले शनिवार उक्त रकम पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । पत्रकार महासंघ झापाले एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको महासंघका सहसचिव तथा कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए । भोजपुरको दिलपा नाम्दालुङमा जन्मिएका मानबहादुरले सामाजिक तथा धार्मिक क्षेत्रमा उल्लेख्य सेवा र सहयोग गर्दै आएका छन् । उनले दशनामी समाज झापाको भवन निर्माणका लागि बुट्टाबारीमा चार कठ्ठा जग्गा दान गरेका छन् । त्यस्तै विराट–भरत विश्रान्ति बृद्धाश्रमका लागि १० लाख रुपैयाँको गाडी सो विश्रान्तिका अध्यक्ष रहेका उनका जेठा छोरा हर्कलाल गिरीलाई हस्तान्तरण गरेका छन् । उनले हल्दिवारीको कृष्ण मन्दिर निर्माण, अनारमनी पब्लिक क्याम्पस, भोजपुरको सिद्धकालीदेवीको मन्दिर जाने बाटोको सिढी निर्माण, भोजपुरको दिलपास्थित अन्नपूर्ण उच्च माविमा उल्लेख्य सहयोग गरेका छन् । त्यस्तै श्रीमती भगवती गिरीको स्मृतिमा देवी मावि र कान्छा छोरा कुमार गिरीको स्मृतिमा चारपानेस्थित संस्कृत विद्यालयमा २ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । गिरीले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिन सबैमा आग्रह पनि गरेका छन् । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघ तथा कोषका सदस्य बिनोद सापकोटाले जानकारी दिए । कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने कोषका संयोजक गिरीले जानकारी दिए ।
सल्यानकाे १२ स्थानमा माओवादी विजयी,काँग्रेस ४ र एमाले ७ स्थानमा विजयी
सल्यान, जेठ २ । सल्यानका २३ वडाको मत परिणाम सार्वजनिक भएको छ । अहिले सम्म सार्वजनिक भएको मतपरिणाममा नेकपा माओवादी केन्दले १२स्थानमा विजय हासिल गरेको छ । कपुरकोट गाउँपालिका वडान १ मा बालाराम खड्का , २ मा मानवहादुर राणा, दार्मा गाउपालिका वडान ३ मा सेतिराम रोकाय, ४ मा चन्द्रवहादुर रावत, ६मा दुर्गा मल्ल वडान ५ मा राम ब केसी विजयी भएक छन् । यस्तै ढोरचौर गाउँपालिका वडान १ बाट राम बहादुर बस्नेत, २ न वडाबाट रुद्र ब बुढाथोकी वागचौर नगरपालिका वडा न,११ मोहन खड्का, १२ मा दिपक वली, छत्रेश्वरी २ मा प्रेमवहादुर खड्का, रामपुर ६ टेकवहादुर थापा विजयी हुनु भएका छन् । नेकपा एमालेका तर्फवाट शारदा नगरपालिका १ मा नवराज वुढाथोकी, २ मा केशव श्रेष्ठ, ३ मा टोपवहादुर थापा, वन्गाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डाँगी, ढोडचौर ३ मा शालिकराम वुढाथोकी, वागचौर नगरपालिका २ घनश्याम शर्मा, त्रिवेणी १ मा छवी केसी, दार्मागाउँमा १ मा कविकुमार चन्दले विजयी प्राप्त गरे । त्यस्तै नेपाली काँग्रेसले बागचौर नगरपालिका वडा न १ बाट नेत्र प्रकाश डाँगी र कालिमाटी गाउँपालिका वडा न ७ नैनसिहं राना, त्रिवेणी २ मेगराज रोका,छत्रेश्वरी १ नेववहादुर शाह विजयी भए । शारदा नगरपालिका नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ३७६० उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२ नेकपा एमाले, प्रमुख : राम कुमार खड्की ६९३ उपप्रमुख : सरिता हमाल मल्ल ११२० नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रमोद कुमार श्रेष्ठ ४६६ उपाध्यक्ष : झरणा वुढाथोकी ४०३ राप्रपा, अध्यक्ष : मनोज कुमार प्रधान ७७३ वागचौर नगरपालिका नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री १४६४ उपप्रमुख –मेनका चन्द १२२२ नेकपा एमाले, प्रमुख : लोक बहादुर डागी १०६९ उपप्रमुख : ओका कुमारि खत्री ९६४ नेकपा माओवादी केन्द्र अध्यक्ष : लोकमान बुढाथोकी १५७९ उपाध्यक्ष : कल्पना पुन १४३४ वनगाड कुपिन्डे नगरपालिका नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ७१३ नेकपा एमाले प्रमुख : गोविन्द कुमार पुन ८२९ उप प्रमुख : तालमेल नेकपा माओवादी केन्द्र अध्यक्ष : कर्णवहादुर वुढाथोकी ८२९ उपाध्यक्ष : मञ्जु यरी ७७२ ढोरचौर गाउपालिका नेपाली काँग्रेस अध्यक्ष : नरबिर चलाउने १०१० उपाध्यक्ष : बिमला रेउले ९९१ नेकपा एमाले अध्यक्ष : चित्र बहादुर चलाउने १५१० उपाध्यक्ष : पुष्पा वोहोरा १५४० नेकपा माओवादी केन्द्र अध्यक्ष : नरविर चलाऊने ११९९ उपाध्यक्ष :भूमि वुढाथोकी १२५७ दार्मा गाउँपालिका अपडेट नेपाली काँग्रेस, अध्यक्ष : रामचन्द्र के.सी.१६२६ उपाध्यक्ष ः तालमेल नेकपा एमाले, अध्यक्ष : तालमेल उपाध्यक्ष : दल बहादुर केसी १५२३ नेकपा माओवादी केन्द्र अध्यक्ष : निम बहादुर केसी २८३९ उपाध्यक्ष : टिका शर्मा वली २८३० वडा नम्वर २ मा मत गणणना सुरु नेपालीकाँग्रेस डिल्लीवहादुर चन्द १० नेकपा माओवादी केन्द्र डिल्ली केसी पासा∙ १७ त्रिबेणी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः मान बहादुर डाँगी १३२१ उपाध्यक्ष ः करुणा खड्का १३०६ नेकपा एमाले, अध्यक्ष ः लोकेन्द्र सिंह खड्का ४५३ उपाध्यक्ष ः पवित्रा केसी ९७९ नेकपा माओवादी केन्द्र अध्यक्ष ः अजय रोका ५१७ उपाध्यक्ष ः लिलावती वुढा ५४४ राप्रपा अध्यक्ष ः मंगलु पुन८४ कपुरकोट गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः दुर्गा गिरी २२५ उपाध्यक्ष ः ओकी महतरा ७४ नेकपा एमाले अध्यक्ष ः भिम बहादुर सेन ८८९ उपाध्यक्ष ः तिला बुढा मगर ४९६ नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रकाश भरारी ७६७ उपाध्यक्ष ः एलिना राना ५९४ कालिमाटी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः भरत पुन ३३६ उपाध्यक्ष ः कमला अधिकारी २८१ नेकपा एमाले अध्यक्ष ः दान बहादुर खत्री केसी १९१ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी २०८ नेकपा माओवादी केन्द्र अध्यक्ष ः पुरुषोत्तम भट्टराई १९५ उपाअध्यक्ष ः प्रिती डिसी विसि २१० छत्रेश्वरी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः सन्तोष के.सी.८२९ उपाध्यक्ष ः सिता के.सी. १७४ नेकपा एमाले अध्यक्ष ः ओज बहादुर बुढाथोकी ४८०उपाध्यक्ष ः बुद्ध कुमारी खत्री केसी १३४ नेकपा माओवादी केन्द्र अध्यक्ष ः चित्र वहादुर केसी ९२१ उपाध्यक्ष ः राधा कुमारी शर्मा घर्ति १२४
माटोको ढिस्कोले पुरिएर चारजनाको मृत्यु
सर्लाहीमा, वैशाख १७ । माटोको ढिस्कोेले पुरिएर सर्लाहीमा चारजनाको ज्यान गएको छ भने अन्य एकजना घाइते भएका छन् । घर पोत्ने माटो लिन गएका इश्वरपुर नगरपालिका–१४ को सागरनाथ जंगलमा गएका रामवतीदेवी, अभिषेकुमार महतो, अंशु कुमारी महतो र बवितादेवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज्यान जाने चारै जना इश्वरपुर नगरपालिकाका हुन् । माटोको ढिस्कोले पुरेर घाइते भएकी रामरतीको जनकपुरमा उपचार भैरहेको छ ।
के चाँही किनौ होला ?
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजधानीको भृकुटीमण्डपस्थित १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला एवं नवीनतम प्रविधि प्रदर्शनीको उद्घाटनपछि मेलामा राखिएका सामानहरुको अवलोकन गर्दै । तस्बिर : रत्न श्रेष्ठ, काठमाडौ
सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक, यस्ता छन् विशेषताहरु
काठमाडौं, चैत १७ । सामसुङ कम्पनीले अत्याधुनिक सुविधासहित नयाँ मोडल ‘ग्यालेक्सी एस ८’ र ‘एस ८ प्लस’ सार्वजनिक गरेको छ । संसारकै शक्तिशाली १० एनएम मोबाइल चिपसेट जडान गरिएको एन्ड्रोइड ७ भर्सनको अत्याधुनिक सुविधासहित नयाँ मोबाइल बुधबार सार्वजनिक गरिएको हो । कम्पनीका उपाध्यक्ष रोर्रे ओनिलले नयाँ मोडलको फोन बनाउन करिब ३११ अर्ब रुपैयाँ (३ अर्ब अमेरिकी डलर) खर्च भएको बताएका छन् । यस्ता छन् विशेषताहरु धेरै समयको उत्सुकतापछि कम्पनीले ‘आइफोन ७’कै आकारको डिस्प्लेमा आँखा, अनुहार र औंलाले ‘अनलक’ गर्न सकिने अत्याधुनिक विशेषतासहित परिमार्जित गरी नयाँ मोडल सार्वजनिक गरेकोे हो । कम्पनीकाअनुसार दुबै फोनमा एउटै विशेषतासहित एस ८ मा ५.८ इन्च र एस ८ प्लसमा केहि ठूलो ६.२ इन्चको क्यार्ड एचडी प्लस २९०० ८१४४० पी, ५७० पीपीआइ डिस्प्ले राखिएको छ । दुबै फोनमा प्रयोकर्ताको आँखाबाट फोन खुल्न सकिने र व्यक्तिगत बटमसहितको विशेषता रहेको छ । यी दुबै फोनको डिस्प्ले घुमाउरो धार भएकोले चारैपट्टीबाट आँखाको सहायताले अनलक गर्न सकिनेछ । कम्पनी यसलाई जताबाट पनि प्रयोग गर्न सकिने डिस्प्ले भनेको छ । यस डिस्प्लेले उच्च गुणस्तरको भिडियोसमेत सपोर्ट गर्नेछ । यी दुबै फोनलाई ३० मिनेटसम्म १.५ मिटर अर्थात् पाँच फिट गहिराइमा पानीमा राख्दा पनि असर नगर्ने कम्पनिको दाबी छ । डिस्प्लेमा सजिलै फिंगर स्क्यान गरी फोन लक–अनलक गर्न सकिने र फोनले प्रयोगकर्ताको अनुहारसमेत पहिचान गर्नसक्ने भएकोले सुरक्षित र गोप्यतासमेत कायम हुने कम्पनीको भनाइ छ । यदि प्रयोगकर्ताले आफ्नो व्यक्तिगत होम बटम हराए उनीहरुले डिस्प्लेको भित्र छुट्टै जडान गरिएको होम बटम सक्रिय गरेर प्रयोग गर्न सक्नेछन् । त्यस्तै, प्रत्येक व्यक्तिको आँखालाई फोनले पढ्नसक्ने भएकोले आँखाको रेटिना स्क्यान गरेर पनि आधिकारिकता पहिचान गर्नसक्ने अत्याधुनिक विशेषता रहेको छ । यदि दुईओटा फोनको एउटै अनलक प्याट्रन छ तर आँखा स्क्यान गर्दा मेल खाएन भने फोन नखुल्ने कम्पनीले उल्लेख गरेको हो । दुबै फोनको अगाडिको क्यामेरा १२ मेगापिक्सल र पछाडि ८ मेगापिक्सलको रहेको छ । फोनले प्रत्येकपटकमा तीनओटा फोटो खिच्नेछ । त्यसमध्ये मुख्य फोटोमा नमिलेको ठाउँ (सफा नआएको ठाउँ)मा बाँकी दुईओटा फोटोको सहायताबाट एउटा राम्रो फोटो तयार गरेर ग्यालरीमा पठाउने विशेषतासमेत यसमा राखिएको छ । दुबै फोनमा ४ जीबी र्याम र आन्तरिक मेमोरी ६४ जीबी रहेको छ भने दुबै फोनले २५६ जीबी बाह्य मेमोरीकार्ड सपोर्ट गर्दछ । एस ८ मा ब्याट्रीको क्षमता ३००० एमएएच रहेको छ भने एस ८ प्लसमा ३५०० एमएएच रहेको छ, जुन निरन्तर १२ घन्टासम्म चलाउन सकिन्छ । यस फोनलाई कम्प्युटरसँग जोडेर किबोर्ड, माउस र वेबक्यामको सट्टा प्रयोग गर्न सकिने विशेषता रहेकोे कम्पनीले उल्लेख गरेको छ । दुबै फोनमा एक्र्सनस अक्टा कोर २.३ प्लस १.७ गिगाहर्ज क्वार्ड १० एनएम एसओसी प्रोसेसर प्रयोग गरिएको छ । कम्पनीकाअनुसार दुबै फोनको तौल १५५ ग्राम रहेको छ । कम्पनिले बिहीबारदेखि प्रीअर्डर सुरु गरेर आगामी अप्रिलसम्म बजारमा पठाउने उल्लेख गरेको छ । विभिन्न रङहरु कालो, खैरो, सेतो, सिल्भरमा उपलब्ध हुने फोनको अन्तर्राष्ट्रिय बजार मूल्य एस ८ को करिब ७७ हजार ८ सय ९८ रुपैयाँ (७५० अमेरिकी डलर) र एस ८ प्लसको करिब ८८ हजार २ सय ८४ रुपैयाँ (८५० अमेरिकी डलर) राखिएको छ ।
एसइइ परीक्षामा एकै जिल्लाबाट नौ बोरा चिट बरामद !
काठमाडौं, चैत ३ । आजदेखि सुरु भएको एसइइको परीक्षामा सहभागी विद्यार्थीहरुको साथबाट बरामद गरिएको चिटले एकै दिनमा नौ वटा बोरा भरिएको छ । परिक्षालाई अमर्यादित र चिट चोरिएको पाइएमा कारवाही गर्ने भनिरहेका बेला महोत्तरीका विभिन्न स्कुलहरुमा परिक्षा हलमा पुगेका प्रहरी र शिक्षकको टोलीले चिट भने बोराका बोरा चिट बरामद गरिएको हो । कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा चलिरहँदा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको प्रहरी र शिक्षकहरुले बताएका छन् । कुल २८ वटा परीक्षा केन्द्रबाट ९ बोरा चिट बरामद गरिएको हो । परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।
चैत २५ देखि व्याकुल माइला गोल्डकप फुटबल हुने
ओखलढुंगा, चैत ३ । ओलखढुंगामा यही चैत २५ गतेदेखि व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रियगानका रचनाकार व्याकुल माइलाको नाममा आयोजना हुने गोल्डकप प्रतियोगिता उनको जन्मथलो ओखलढुंगाको हिलेपानीस्थित दूधकोसी किनारमा हुँदै आएको छ । विगतका वर्षहरुमा कोजाग्रत पूर्णिमादेखि सुरु हुँदै आएको प्रतियोगिता यस वर्ष भने बाढीले मैदानमा क्षति पुर्याएका कारण चैतमा गर्न लागिएको हो । प्रतियोगिताको छैटौं संस्करणको रुपमा हुने यस प्रतियोगितामा ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, काठमाडौं, ललितपुर, सोलुखुम्बुलगायतका जिल्लाबाट १७ ओटा टिमको सहभागिता रहने आयोजकले बताएको छ ।
चिडियाघरमा बर्डफ्लु भेटियाे
इटहरी, फागुन २५ । पर्यटकीय क्षेत्र तालतलैयाको बाल उद्यान क्षेत्रभित्र रहेको चिडियाघरमा राखिएका पक्षीमा बर्डफ्लुको सङ्क्रमण भेटिएको छ । क्षेत्रीय प्रयोगशाला विराटनगर र केन्द्रीय प्रयोगशालामा मरेका पक्षीको परीक्षणबाट बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला पशु कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख शिवनारायण महतोले यही फागुन २३ केन्द्रीय प्रयोगशालाले बर्डफ्लु भएको प्रमाणित गरेपछि सतर्कता अपनाइएको बताए । सङ्क्रमण मानिसमा सर्नबाट रोक्न कम्तिमा एक महिनाका लागि चिडियाघर बन्द गरिएको छ । मरेका पक्षीलाई सुरक्षित रुपमा गाड्ने काम पनि भइरहेको उनले जानकारी दिएका छन् । एक सातादेखि लगातार चरा मर्न थालेपछि बर्डफ्लुको आशङ्कामा बालउद्यान बन्द गरिएको थियो । संरक्षण समितिले चरा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयमार्फत मरेका पक्षी परीक्षणका लागि यही फागुन १९ गते क्षेत्रीय र केन्द्रीय प्रयोगशाला पठाएको थियो । तालतलैया विकास तथा संरक्षण समितिका महासचिव रमेश अधिकारीका अनुसार एक साताभित्र संरक्षित टर्की, मयुर, हुँचिल, राजहाँस, चरी बाघ, वन बिरालो र गिनी पिङ मरेका छन् । उक्त चिडियाघरमा दुर्लभ पक्षीसहित २२ प्रजातिका पक्षी संरक्षण गरेर राखिएको छ । तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले भने आफूहरुलाई पशु कार्यालयले बर्डफ्लु प्रमाणित भएको जानकारी नदिएको बताएका छन् ।
फेसबुकमा महिला ठगी गर्ने प्रकाउ
डुम्रे (तनहुँ), फागुन २३ । फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार पाटामगर देवघाटमा प्रकाउ परेका थिए । पक्राउ परेका पाटामगरले आफू सम्पन्न परिवारको सदस्य भएको भन्दै फेसबुकमार्फत साथी बनाउँदै महिलालाई ठग्दै आएका थिए । प्रहरी उपरीक्षक जोशीका अनुसार सीता गुरुङबाट दुई तोला ५० ग्रामको सुनको सिक्रीसहितको लकेट, देवी मगरबाट एक तोला ५० ग्रामको सुनको सिक्री र जमुना गुरुङको एक तोला ७५ ग्रामको सुनको सिक्री ठगी गरेका थिए । फेसबुकमार्फत ठगी धन्दा गरेका पाटामगरले आफ्ना बाबु बेलायतको लाहुरे भएको, पोखरा रामबजारमा घर भएको, काठमाडाँै चल्ने दुईवटा माइक्रो बस भएको भन्दै महिलालाई झुट्टा विवरण दिई फसाउने गरेको बुझिएको छ । यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
मुस्लिम समुदायको हक अधिकारका लागि आन्दोलन गर्ने चेतावनी
काठमाडौं, फागुन २१ । सरकारले मुस्लिम समुदायका हक, अधिकार सुरक्षित नगरेको भन्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आन्दोलन गर्ने चेतावनी दिएको छ । आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी गठबन्धनले संवैधानिक रुपमा मुस्लिम समुदायका हक, अधिकार सुनिश्चित नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । राष्ट्रिय गठबन्धनका अध्यक्ष समिममिया अन्सारीले मुस्लिम समुदायका मागको बारेमा सरकार गम्भिर नभएको भन्दै संविधान संशोधनमार्फत माग सम्बोधन गर्न आग्रह गरे । स्थानीय तहमा मुस्लिम समुदायको प्रतिनिधित्व सन्तोषजनक नभएको भन्दै उनले निर्वाचनमा मुस्लिमहरुको प्रतिनिधित्व बढाउन माग गरे । गठबन्धनका महासचिव जाकीर हुसैनले संविधान संशोधन प्रस्तावमा मुस्लिमका मुद्दा समावेश नगरिएको गुनासो गरे ।
पारिवारिक घटना दर्तासम्बन्धी जनचेतनामुलका प्रदर्शनी
ललितपुर, फागुन २१ । जनचेतनाका अभावमा परिवारिक घटनाको दर्ता नगराउँदा सर्वसाधारणहरु राज्यले दिने सेवा सुविधाबाट वञ्जित हुनुपरेका घटनाहरु गाँउघरमा धेरै भेटिन्छ । यही पारिवारिक घटनाको दर्ताका बारेमा जनचेतना जगाउने उद्देश्यले मानव अधिकारका लागि महिला एकल महिला (डब्लुएचआर)ले जिल्लाको चौघरे गाविसमा जनचेतनामुलक एक दिने प्रदर्शनी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै चौघरे गाविसका सचिव चित्रध्वज खड्काले सर्वसाधरणमा जनचेतनाको कमी हुँदा पारिवारिक घटना दर्ता नहुने गरेको बताए । उनका अनुसार मानिसहरु आवश्यक पर्दा मात्र घटना दर्ता गर्न आउने गरेको बताए । स्थानीय समुदायमा बालविवाह हुँदा समयमै विवाह दर्ता गर्न कानुनी जटिलता हुने र यसले दीर्घकालिन असर पर्ने उनले बताए ‘सानैमा विवाह दर्ता हुन्छ । कानुनले बालविवाहलाई मान्यता दिएको छैन्’, उनले भने, ‘विवाह दर्ता नहुँदा नागरिकता बन्दैन्, नागरिकता नबन्दा उनीहरुबाट जन्मिने सन्तानको जन्मदर्तामा समेत समस्या उत्पन्न हुने गरेको छ ।’ कानुनी प्रक्रिया नबुझ्दा समेत समस्या थप जटिल बन्ने गरेको उनले बताए । ‘हामीकहाँ विवाह दर्ता गर्न बच्चा जन्मिएपछि आउँछन्, त्यो पनि महिला एक्लै’, उनले भने, ‘श्रीमान विदेशमा हुन्छन्, महिला एक्लै विवाह दर्ता गर्न आँउदा कानुनले हामीलाई रोक लगाउँछ, त्यसपति बच्चाको पनि जन्मदर्ता हुँदैन् ।’ यो समस्याले बालबालिका विद्यालयमा भर्ना हुन समेत नपाउने गरेको उनको भनाई छ । कार्यक्रममा बोल्दै महिला बालबालिका कार्यालय ललितपुरकी अधिकृत शारदा विजुक्छेले समयमै पारिवारिक घटना दर्ता गराएर राज्यले दिने सुविधाको उपयोग गर्न आग्रह गरिन् । कार्यालयले एकल महिलाहरुका लागि रकम विनियोजित गरे पनि पारिवारिक घटना दर्ता तथा स्थानीय स्तरमा जनचेतना नहुँदा रकम खर्च हुन नसकेको बताइन् । कार्यक्रममा बोल्दै डब्लुएचआरकी कार्यक्रम प्रवन्धक उपाश्ना राणाले पारिवारिक घटना दर्ताको महत्त्व बुझाउनकै लागि डब्लुएचआरले गाँउ गाउँमा जनचेतनामुलक प्रदर्शनी गर्दै आएको जानकारी दिइन् । अक्सफार्मको सहयोगमा साझेदार संस्थाहरु डिप्रोक्स नेपाल, एनफो ‘वातावरण र स्वास्थ्य’को सहकार्यमा डब्लुएचआरले चौघरे गाविसमा एक दिने जनचेतना मुलक प्रदर्शनी गरेको हो । प्रदर्शनीमा स्थानीय महिला तथा विद्यालयका बालबालिकाहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीमा जनचेतना मुलक नाटक अनागरिक समेत देखाइएको थियो ।
प्रचण्डको सफलताः चुनाव हुने नै भयो, देशले निकास पाउने नै भयो
काठमाडौं, फागुन १७ । एउटा समयसीमाभित्र जिम्मेवारीको भारी, खुट्टा तान्नेहरुको हुलबीच अघि बढ्नु र देशलाई एउटा स्थिर अवस्थामा पुर्याउनु । यी चुनौती होइनन् बरु ‘समस्याका अजम्मरी पहाड’ बनेर उभिएका थिए प्रधानमन्त्री प्रचण्डका अगाडि । त्यति सहज थिएन यो पहाडमा बाटो छिचोल्न । प्रचण्डलाई थकाउन, गलाउन र पहाडमा नै हराउने अवस्थामा पुर्याउन भरमग्दूर कोशीस पनि भए । कतिपय बेला लाग्यो– अब गले प्रचण्ड, अब थाके प्रचण्ड, तर प्रचण्डका तिघ्रा काँपेपनि तिनले बाटो छोडेनन् र देश एउटा गन्तव्यतर्फ अघि बढ्ने अवस्थामा पुग्यो । सरकारका लागि आम जनताका जनजीविकासँग जोडिएका अपेक्षाहरु पुरा गर्नुपर्ने दायित्व एकातिर छँदै थियो । यो त्यसो त नियमित दायित्व थियो । तर सरकारको मुख्य राजनीतिक कार्यभार पुरा गर्न आम जनतामा समेत सकारात्मक र उर्जाशील वातावरण बनाउनु अनिवार्य थियो । त्यसैले सुशासन र जनजीविकाका सवालमा सरकारलाई विशेष गरी सक्रिय पार्नुपर्ने चुनौती सरकारका काँधमा थियो । अर्कोतर्फ जनतन्त्रको सबैभन्दा ठूलो ऐतिहासिक जिम्मेवारी थियो । जसअन्तर्गत संविधानको सर्वस्वीकार्यता गरी तीनवटै तहको चुनाव गर्ने र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरुलाई पुरा गरी नेपालको राजनीतिक संक्रमणकालको अन्त्य गर्नुपर्ने थियो । अन्ततः प्रचण्ड अजम्मरी पहाड छिचोल्न सफल भए । तरवारको धारमा रहेका उनी चिप्लिएनन् । अहिले शिखरमा पुगेका छन् र शिखर पारी सुन्दर नेपालको चित्र कोर्न अब पहाडको ओरालो हिँड्नु मात्रै बाँकी छ । संविधानको सर्वस्वीकार्यताका लागि मधेसको, थारुहरु, जनजातिका बिभिन्न समुदायको आवाजलाई सम्बोधन गर्नुपर्ने अवस्था थियो । यो स्वीकार्यता भएमात्रै चुनाव सम्भव थियो र यही राजनीतिक सहमतिको वातावरणमा शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा भएर देशले स्थायित्वका बाटो समाउँथ्यो । सरकार गठन गरेको दिनदेखि प्रचण्डका अगाडि तेर्सिएका यी चुनौतीहरुमा नेकपा एमाले मुख्य बाधा बनेर उभिएको थियो । सतिसालको रुख बरु ढल्छ होला, तर एमालेले प्रचण्डलाई एक कदम अघि बढ्न नदिने अवस्था थियो । कताबाट हुन्छ छटारो हान्ने, प्रहार गर्ने, हिलो छ्याप्ने काममा एमाले लाग्यो । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले त बालुवाटार नै नछिर्ने कसम समेत खाए । तर अन्ततः प्रचण्ड अजम्मरी पहाड छिचोल्न सफल भए । तरवारको धारमा रहेका उनी चिप्लिएनन् । अहिले शिखरमा पुगेका छन् र शिखर पारी सुन्दर नेपालको चित्र कोर्न अब पहाडको ओरालो हिँड्नु मात्रै बाँकी छ । हिजो सतिसाल झैं उभिएको एमाले अहिले मतदान गर्ने अवस्थामा पुग्यो । यो प्रचण्डको चानचुने सफलता थिएन । हतोत्साही नहुने र परिस्थितिसँग जुध्ने दरिलो आँट थियो । सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि निरन्तर सदन अवरुद्ध भयो । राजनीतिक खिँचातानीले शून्यता र जडताको अवस्था सिर्जना गर्यो । तर अन्ततः प्रचण्डले एमालेसँग घनिभूत छलफल चलाए । ओलीले समेत कैयन औपचारिक र अनौपचारिक छलफल गरे प्रचण्डसँग । राप्रपासँग कुराकानी भयो । मधेसी मोर्चासँग दर्जनौं चरणमा छलफल भयो । यसको परिणाम नै भनौं सदनमा संशोधन प्रस्ताव प्रक्रियामा अघि बढ्यो । पारित भएपनि नभएपनि यो एककदम अगाडि भयो राजनीतिक गतिरोध तोड्न । हिजो सतिसाल झैं उभिएको एमाले अहिले मतदान गर्ने अवस्थामा पुग्यो । यो प्रचण्डको चानचुने सफलता थिएन । हतोत्साही नहुने र परिस्थितिसँग जुध्ने दरिलो आँट थियो । तर यही बीचमा सरकारले निर्वाचनको घोषणा गरेपछि मधेसी मोर्चा बिच्कियो । समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता बिना चुनावमा जान नसकिने र संविधान संशोधन गर्नैपर्ने उसको अडान कायमै थियो । तर प्रचण्डले यो समस्याको पनि काट निकाले । उनले अन्ततः मधेसी मोर्चालाई समेत सहमतिमा ल्याउन सफल भए । यही परिस्थिति रहेमा मधेसी मोर्चा चुनावमा सहभागी हुने भएको छ । राप्रपा, एमाले, कांग्रेस, मोर्चालगायतका दलहरु चुनावमा सहभागी हुने र सदनमा प्रक्रियामा रहेको संशोधन प्रक्रिया अघि बढ्ने अवस्था सिर्जना भएको । यो प्रचण्डको निकै ठूलो सफलता हो । यही बीच प्रधानमन्त्रीले जनजीविकाका क्षेत्रमा समेत उल्लेख्य काम गरे । यी कामहरु भनिराख्नुपर्दैन । सम्भवतः यति छोटो समयमा दूरगामी महत्वका कामहरु भएको यो पहिलो पटक होला । म्यादी सरकारको उपमा पाएको अवस्थामा समेत उर्जा, वैदेशिक रोजगार, सुशासन, यातायात, कृषि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा निकै दूरगामी महत्वका कामहरु अगाडि बढेका छन् । कतिको परिणाम देखिएको छ, कतिपयको परिणाम देखिनु बाँकी छ । राष्ट्रिय गौरवका आयोजनाहरुले गति लिएका छन् । यो अर्थमा प्रचण्ड ७ महिना नपुग्दै पूर्ण सफल भएका छन् ।
प्रधानमन्त्री र चीनियाँ राजदूत यु होङबीच भेटवार्ता
काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चीनियाँ राजदूत यु होङले भेट गरेकि छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र होङबीच स्थानीय निर्वाचन र नेपालको पूर्वाधार विकासका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासको क्षेत्रमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै विकासका क्षेत्रमा चीनको थप सहयोग रहने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले नेपाल र चीनबीच कनेक्टिभिटी, पूर्वाधार विकास र पूर्व सम्झौताहरुको कार्यान्वयन प्रभावकारी रुपमा अगाडि बढिरहेको बताए । प्रधानमन्त्रीले सरकार स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई मूर्त रुप दिने प्रक्रियामा रहेको बताउँदै त्यसका लागि चीनको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरे । भेटमा प्रधानमन्त्रीले वान बेल्ट, वान रोडअन्तर्गतका विकासका कार्यक्रमहरु अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे । चीनियाँ राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त हार्दिक रहेको बताउँदै नेपालको पूर्वाधार विकासका कार्यक्रमहरु सकारात्मक रुपमा अगाडि बढिरहेको र आगामी दिनमा थप तिब्रता दिइने बताइन् । नेपालको राजनीतिक र संविधान कार्यान्वयनको प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको बताउँदै होङले त्यसमा चीनको सदैव सद्भाव रहने बताइन् ।
अब अमेरिकामा नेपाली विषयको पढाइ हुने
काठमाडौँ, फागुन १६ । संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताउनुभयो । हाल नेपाल भ्रमणमा रहनुभएका आयुक्त गुरुङका अनुसार वासिङ्टन सरकारको उक्त निर्णयले त्यहाँका शैक्षिक संस्थामा हाललाई उच्चमाध्यमिक तहमा नेपाली विद्यार्थीका लागि नेपाली विषय अध्ययनको सुरुवात भएको छ । अमेरिकाका विद्यार्थीलाई शैक्षिक संस्थामा अनिवार्य अङ्ग्रेजी विषयपछि दोस्रो कुनै एक विषय छनोटको प्रावधान छ । जसमा विश्वका धेरै भाषा सूचीकृत भए पनि हालसम्म नेपाली भाषा सूचीकृत नभएको उहाँले जानकारी दिनुभयो । रासससँग कुरा गर्दै आयुक्त गुरुङले उक्त कार्यले अमेरिकामा बस्ने भावी नेपाली पुस्ताले नेपाली भाषा पढ्न, जान्न पाउने र नेपाली भाषा संस्कृतिको जगेर्ना हुनाका साथै अमेरिकाका अन्य राज्यमा पनि नेपाली भाषा अध्ययनका लागि दबाब बढ्ने बताउनुभयो । “वासिङ्टन राज्यमा हाल १० हजारभन्दा बढी नेपाली भाषी छन्, जसमध्ये छ हजार भुटानी शरणार्थी छन् भने करिब पाँच हजार नेपाली छन्”–उहाँले भन्नुभयो । स्याङ्जामा २०१२ सालमा जन्मनुभएका गुरुङ काठमाडौँमा अध्ययन तथा वीर अस्पतालमा १३ वर्ष जागिरपछि उज्ज्वल भविष्यको खोजीमा सन् १९९३ मा अमेरिका जानुुभएको थियो । हाल अमेरिकामा विभिन्न सङ्घसंस्थामार्फत नेपाली भाषा संस्कृतिको जगेर्ना तथा समाज सेवामा समर्पित गुरुङले वासिङ्टनका शैक्षिक संस्थामा आगामी दिनमा नेपाली विद्यार्थीलाई सङ्गठित गरी अध्ययन सुरु गराउने योजनामा रहेको बताउनुभयो । रासस
नेपालको संविधान (दोस्रो संशोधन) माथि विचार गर्न गरिएको प्रस्ताव बहुमतले स्वीकृत
काठमाडौं, फागुन १२ । ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव व्यवस्थापिका–संसदको बहुमतले विहीबार स्वीकृत गरेको छ । सरकारले गत मंसिर १४ गते सो प्रस्ताव संसदमा दर्ता गरेको थियो भने पुस २४ गते हो–हल्ला र विरोधकाबीच व्यवस्थापिका–संसद बैठकमा पेस गरेको थियो । विपक्षी दल नेकपा एमालेलगायतले संशोधनका विपक्षमा संसदमा निरन्तर अवरोध गरेकाले त्यसयता त्यसमाथि छलफल हुन सकेको थिएन । संशोधनका लागि एक दिन संसदले ‘नेपालको संविधान ९दोस्रो संशोधन० २०७३’ माथि थप संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई यही फागुन १५ गते कार्यालय समयभित्रको समयसीमा दिएको छ । सभामुख ओनसरी घर्तीले संशोधनमाथि संशोधन दर्ता गराउन चाहनेका लागि समय तोकिएको सदनमा जानकारी दिइन् । यसअघि, प्रमुख विपक्षी दल एमालेसहित ९ दलीय मोर्चाले विहीबार ९आज०को बैठकमा ‘मौन विरोध’ गर्ने घोषणा गरेपछि संशोधनका सैद्धान्तिक पक्षमा छलफल सुरु भएको थियो । नेपाल मजदुर किसान पार्टीका तीन सांसदको विरोधकाबीच सुरु भएको छलफलमा भाग लिँदै तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लाले संशोधन प्रस्ताव जनहितका खातिर पारित गर्नैपर्ने बताए । संशोधनका सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिने अधिकांश सांसदले ‘राष्ट्रिय एकता, अखन्डताको सुनिश्चितता तथा संविधान सबै नेपालीलाई मान्य होस् र त्यसले देशलाई एकताको सूत्रमा बाँध्न सकोेस्’–भने । निर्वाचनको वातावरण बनाउन संशोधन ल्याइएको स्पस्ट गर्दै उनीहरूले आपसी छलफल र संवादबाटै विधेयक पारित गर्नुपर्नेमा जोड दिए । केही सांसदले भने तराई–मधेसका जनता तथा थारुका समस्या समाधान संवैधानिकरुपमा नै समाधान गर्नुपर्ने बताए । अबको संशोधन अपूरो नहोस् भन्ने उनीहरूको अभिमत थियो । छलफलमा भाग लिनेमा रुक्मिणी चौधरी, वेदमाया भण्डारी, रामकुमार राई, मोक्तार अहमद, प्यारेलाल राना, गीता क्षत्री, गंगा चौधरी, फरमुल्लाह मन्सुर, तेजुलाल चौधरी, गोपाल दहित, सुरेन्द्रप्रसाद चौधरी, रामअयोध्याप्रसाद यादव, भेषकुमारी राउत, उमेशकुमार यादवलगायत थिए । छलफलमा उठेका प्रश्नको जवाफमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले विपक्षी दलको विश्वास जित्ने प्रयास भइरहेको बताउँदै अनिर्णयको बन्दीकारुपमा फसेको मुलुकलाई समाधान दिन संविधान संशोधन प्रस्ताव गरिएको स्पस्ट गरे । नेपालका सबै वर्ग र क्षेत्रको स्वामित्व सुनिश्चित गर्न र मुलुकलाई आर्थिक सामाजिक–आर्थिक रुपान्तरणको मार्गप्रशस्त गर्ने संविधान संशोधन प्रस्ताव पारित गर्न सबै राजनीतिक दललाई आग्रह उनले गरे । विहीबारैको बैठकले ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक, २०७३’ तथा ‘उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक, २०७३’ माथिको विरोधको सूचना बहुमतले अस्वीकृत गर्यो । सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले दुबै विधेयकमा विरोधको सूचना प्रस्तुत् गरेका थिए । बैठकमा ती दुबै विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नायकले पेस गरेका थिए । त्यसअघि, उक्त विधेयकका विरोधमा सुवाल, काफ्ले र थापाले प्रस्तुत् गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत भएको थियो । महाअभियोगबारेको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत व्यवस्थापिका–संसदको विहीबारको दोस्रो बैठकले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा पेस भएको महाअभियोगको प्रस्तावसम्बन्धी छानबिन प्रतिवेदन, २०७३ माथि विचार गरियोस्’ भनी प्रस्तुत् प्रस्ताव सर्वसम्मतिले स्वकिृत गरेको छ । महाअभियोग सिफारिस समितिका सदस्य रामनारायण बिंडारीले उक्त प्रस्ताव पेस गरेका थिए । त्यसअघि, उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका रामहरि खतिवडाले सर्वोच्च अदालतले आयोगका प्रमुख आयुक्तमा कार्कीको योग्यता नपुग्ने ठहर गरिसकेको बताए । व्यवस्थापिका–संसदको अर्को बैठक यही फागुन १९ गते अपराह्न १३ः०० बजे बस्नेछ ।