नेकपामा सभामुखको खोजी सुरु
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ ।
बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गरेका थिए ।
नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले व्यक्ति को बन्ने हो त्यो थाहा छैन तर नेकपाबाट नै सभामुख बन्ने निश्चित रहेको बताए । संसदीय दलको बैठकमा यसको चर्चा भए पनि छलफल नभएको बताउँदै उनले नेकपाले सभामुखमा दाबी गर्ने बताए । बैठकमा पार्टी एकता, स्थायी कमिटी बैठक, केन्द्रीय कमिटीको बैठकमा कुरा राखेका थिए ।
स्थायी कमिटीको बैठक जारी छ । त्यसपछि केन्द्रीय कमिटीको बैठक बसेर पार्टीको कार्ययोजनासहित जनतामा जाने तयारी भइरहेको धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि तयार रहन सांसदलाई निर्देशन दिएका थिए ।
बैठकमा हिउँदे अधिवेशन चल्दा संसदीय दललाई व्यवस्थित तरिकाले अगाडि बढाउने विषयमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले धारणा राखेका थिए ।
कृषकलाई परिचयपत्र वितरण गर्ने कृषि मन्त्रीको घोषणा
काठमाडौंः कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले किसानको अवस्थाअनुसार उनीहरुलाई परिचयपत्र वितरण गरिने बताएका छन् । मंगलबार ललितपुरमा राष्ट्रिय किसान आयोगको वार्षिक समीक्षा तथा प्रतिवेदन हस्तान्तरण कार्यक्रममा सरकारले किसानलाई परिचयपत्र बाँड्ने तयारी भइरहेको उनले बताएका हुन् । किसान परिचयपत्र बाँड्ने तयारीका लागि सातओटै प्रदेशका लागि २१ करोड रुपैयाँ बजेटसमेत छुट्याइएको मन्त्री खनालले जानकारी दिए । २५ सूचकलाई आधार बनाइ पाँच तहमा परिचयपत्र वितरण गरिने उनको भनाइ छ । यसैअनुसार नियमावली बनाइने उनले उल्लेख गरे । जमिन चक्लाबन्दी गरिने र १०० विगाहासम्म केन्द्रित गरेको ठाउँमा सिँचाइ र प्रविधि उपलब्ध गराइ उत्पादन लागत ‘ग्यारेन्टी’ गरिने मन्त्री खनालले बताए । सरकारले बिचौलिया नियन्त्रण गर्नका लागि ठूला बजारको विकासमा जोड दिएको उनको दाबी छ । कृषिसचिव युवकध्वज जिसीले कृषिमा उत्पादकत्व वृद्धि गर्नका लागि सिँचाइको पहुँचमा वृद्धि गरिनुपर्ने बताए । पूर्वकृषिमन्त्री हरि पराजुलीले वार्षिक १६ अर्ब रुपैयाँको मकैमात्रै आयात हुने गरेको भन्दै आन्तरिक उत्पादनमा जोड दिन ध्यानाकर्षण गराए । उत्पादन वृद्धि गर्नका लागि सरकारले प्रविधिमा आधारित कृषि खेतीमा जोड दिनुपर्ने उनको सुझाव छ ।
उपनिर्वाचनका लागि २१ दलले दिए निवेदन
काठमाडौंः आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो । आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले मङ्गलबारसम्म आयोगमा २१ वटा राजनीतिक दलले उपनिर्वाचन प्रयोजनका लागि निवेदन दर्ता गराएको जानकारी दिए । वि.सं.२०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधि निर्वाचन भएपछि एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलले उपनिर्वाचनमा भाग लिन दल दर्ता हुनुपर्ने प्रावधान छ तर २०७४ को तीन तहको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु पर्दैन । आयोगमा राजनीतिक दल हेर्नुहुने उपसचिव रुद्रप्रसाद सुवेदीका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ले पनि दल दर्ताको निवेदन दिएका छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच २०७५ जेठ २३ मा औपचारिक रूपमा एकीकरण भई नयाँ दल बनेकाले आयोगमा पुनः दर्ता गर्नु परेको हो । यसैगरी अर्को सत्तारुढ ‘समाजवादी पार्टी’ पनि उपनिर्वाचनका लागि दर्ता भएको छ । तत्कालीन सङ्घीय समाजवादी पार्टी, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच २०७६ साउन १७ गते एकीकरण भई नयाँ दल बनेको हो । यसैगरी मङ्गोल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), नेपाल लोकतान्त्रिक पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । यसैगरी नेपाल कम्युनिस्ट पार्टी संयुक्त, खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस बी.पी., ग्रीन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल र हाम्रो पार्टी छन् । वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा ८० दल र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ९२ दल दर्ता भएका थिए ।
विद्यार्थी र युवा संगठनद्वारा ज्ञानेन्द्र शाहीलाई बाँके जिल्लामा प्रवेश निषेध गर्ने चेतावनी
नेपालगञ्ज, नेकपा निकट विद्यार्थी र युवा संगठनहरुले ज्ञानेन्द्र शाहीमाथि जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार बाँकेको नेपालगञ्जस्थित एयरपोर्टमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि शाही समूहले अभद्र व्यवहार गरेको भन्दै जनवर्गीय संगठनले भत्र्सना गरेका हुन । नेकपा निकट, अनेरास्ववियू, अखिल क्रान्तिकारी, युवा संघ र वाईसिएलको जिल्ला नेतृत्वहरुले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै हातपात एवं आक्रमण गर्नेप्रति निन्दा र खेद प्रकट गरेका छन् । भ्रष्टाचार र नैतिकताको कुरा गर्नेहरु पहिला आफू शीष्ट हुन सिक्नुस भन्दै विज्ञप्तीमा आगामी दिनमा यस्ता हर्कत दोहोरिए ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रवेश निषेध गर्ने समेत चेतावनी दिइएको छ । पढनुस विज्ञप्ती
घरमै बसेर यसरी गर्न सकिन्छ डेंगुको उपचार, यस्ता छन् उपाय
काठमाडौं । विशेषज्ञहरुले हाल मुलुकमा डेंगु संक्रमण भएर सामान्य ज्वरो लगायतका लक्षण भएका बिरामीलाई नआत्तिई घरमै आराम गर्न सल्लाह दिएका छन्। उनीहरुले जोखिम समूहमा रहेका बाहेक अन्य व्यक्तिलाई तत्कालका लागि डेंगुबाट खासै डराउनुपर्ने अबस्था नरहेको समेत औँल्याएका छन्। ‘डेंगुको लक्षणसहित सामान्य ज्वरो आयो भने नआत्तिई चिकित्साकर्मीको सल्लाहमा घरमै स्वास्थ्य लाभ गर्न सकिन्छ,’ शुक्रराज ट्रोफिकल तथा सुरुवा रोग अस्पताल, टेकुका निर्देशक डा। वासुदेव पाण्डेले भने। उनका अनुसार जोखिम समूहमा रहेकाहरुले भने उपचारमा ध्यान दिनुपर्छ। यो जोखिम समूह अन्तर्गत बच्चा, बुडापाका, गर्भवती, दीर्घरोगी, पेप्टिक अल्सर भएका, मोटोपना भएका, रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरु पर्छन्। विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार यो संक्रमण फ्लुजस्तो बिरामीको कारण बन्छ र कहिलेकाहीँ सिभियर डेंगुजस्तो सम्भावित घातक जटिलतामा विकसित हुन सक्छ। परिवारमा कसैलाई सामान्य डेंगु भएमा चिकित्सकको सल्लाहमा घरमै स्याहार गर्न सकिन्छ। तर, यस्तो सयम बिरामीमा देखिने लक्षणहरुलाई सावधानीपूर्वक निगरानी भने गर्नुपर्ने हुन्छ। ज्वरो कम गर्न आवश्यक भए हरेक ६ घन्टामा पारासिटामोल दिन सकिन्छ। सामान्यतया एक–दुई सातामा डेंगु आफैँ निको हुन्छ। यो रोगको उपचार गर्नको लागि कुनै विशिष्ट प्रकारको औषधि छैन। सामान्य डेंगु भएकाहरुलाई निर्जलीकरण रोक्नका लागि बढी मात्रामा पानी लगायतका झोलिलो खानेकुरा, तरल पदार्थ सेवनसँगै आराम गर्ने सल्लाह दिइन्छ। डेंगुमा आन्तरिक रक्तस्रावको जोखिम पनि हुने भएकाले एस्प्रिरिन, आइबुप्रोफेन लगायतका औषधि उपयोग गर्नु हुँदैन। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
जङ्कफुड खाने विद्यार्थीलाई जरिवाना
अमरगढी, डडेल्धुराको एक विद्यालयले जङ्क फुड खाने विद्यार्थीलाई रु १० जरिवाना गर्ने गरेका छन् । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालय समयमा र विद्यालय परिसरमा पत्रु खाने विद्यार्थीलाई रु १० जरिवाना गर्ने गरेको छ । दैनिकजस्तो बालबालिकामा देखिने कमलपित्तलगायतका रोग बढ्दै गएपछि विद्यालय समयमा चाउचाउ, बिस्कुटलगायतका पत्रु खान प्रतिबन्ध गरिएको उग्रतारा उच्च माध्यमिक विद्यालय पोखरा डडेल्धुराका प्राचार्य चन्द्रबहादुर साहुले बताए । विद्यार्थीले विद्यालय परिसरमा खान रोक लगाएपछि छात्रछात्राकाे जङ्क फुड खाने बानीमा कमी आएको प्राचार्य साहुले बताए । अहिलेसम्म २०० विद्यार्थीलाई जरिवाना गरिसकेको उनले जानकारी दिए । पहिले-पहिले त नियन्त्रणमा ल्याउन समस्या आयो तर आजभोलि विद्यालय समयमा जङ्कफुड खाने पूर्णरुपमा कमी आउँदै गरेको उनले बताए । शुरुमा त साह्रै समस्या देखिएको तर अहिले विदेयार्थीहरुले यस्ताे खाना खान पटक्कै छोडिएको अवस्था देखिएको कक्षा १० अध्यनरत छात्रा वसन्ती ताम्राकारले बताइन् । रासस
प्रचण्डले भेटे डेंगुको उपचार गराइरहेका मन्त्री खनाललाई
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेंगुको संक्रमण देखिएपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका कृषि मन्त्री चक्रपाणि खनाललाई भेटेका छन् । प्रचण्डले शुक्रबार अस्पतालमा पुगेर मन्त्री खनालको स्वाथ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रचण्डले खनालको अवस्थाबारे चिकित्सकसँग पनि जानकारी लिएका थिए । डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाल बुधबारदेखि अस्पताल भर्ना भएका थिए र उपचार गराईरहेका छन् । स्वकीय सचिव दिपक चुदालीका अनुसार अहिले खनालको अवस्थामा निकै सुधार आएको छ ।
अभ्यासबाटै सिकाउनुस व्याकरण, केही विशेष सन्दर्भसहित
काठमाडौं । प्रयोगात्मक नेपाली शब्दकोश’ का सम्पादक बद्रीविशाल भट्टराईले ँनेपाली बृहत् शब्दकोशको कोशवैज्ञानिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका छन् । ँनेपाली भाषामा भाषासम्बन्धी आन्दोलनहरू’ उनको अर्को पुस्तक हो । त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयका प्राध्यापक भट्टराईका भाषा र व्याकरणसम्बन्धी लेखहरू प्रशस्त देख्न पाइन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ँनेपाली बृहत् शब्दकोश’ को पछिल्लो परिमार्जित संस्करणमा समेत उनको संलग्नता छ । नयाँ पुस्ता जब कुनै पनि नेपाली शब्दको हिज्जे वा नियम जानें भन्ने निश्चयमा पुग्छ, त्यति बेला त्यो फेरि परिवर्तन भइसकेको हुन्छ । खालि पद योग, पद वियोग र वर्णविन्यासमै केन्द्रित हुने हाम्रा कोशकार र वैयाकरणको प्रवृत्तिले नेपाली भाषालाई कता लैजाला ? नेपाली भाषालाई शुद्ध, मानक र एकरूपताका दृष्टिले व्यवस्थित गर्न चाहिने आधारभूत कुरा भनेकै वर्णविन्यास, पद योग र पद वियोग हुन् । यद्यपि यी व्याकरण अन्तर्गत पर्ने कुरा होइनन् । एकरूपताका हिसाबले धेरैको अपेक्षा त्यसमा रहेको हुनाले त्यतातर्फ ध्यान गएको हो । वर्ण विन्यास शब्द भण्डारसँग सम्बन्धित कुरा हो । नेपाली भाषाको शब्द भण्डार तत्सम, तद्भव, आगन्तुक तीन मूलका शब्दले बनेको छ । तत्सम शब्द भनेको संस्कृत हो । संस्कृत शब्द संस्कृतकै नियममा व्यवस्थित छन् । तद्भव र आगन्तुक शब्दमा चाहिँ बढी अन्योल खडा भएको हो । एक थरीको मत आगन्तुक शब्दलाई आगन्तुक नियममै व्यवस्थित गर्नुपर्छ, शिकार, शहर, महशूसलाई यथावत् रहनदिऔं भन्ने छ । वास्तवमा आगन्तुक शब्द एउटै स्रोतबाट आएका छैनन् । भूमण्डलीकरण र संसारको तीव्रतम विकासले शब्द यति आइराखेका हुन्छन्, ती कहाँबाट आए भन्ने पत्तो पाउने अवस्थै रहेन । त्यसैले नेपाली वर्ण विन्यास अन्तर्गत तत्समलाई संस्कृत तथा तद्भव र आगन्तुकलाई नेपाली नियमबाट व्यवस्थित गर्न थालिएको हो । नेपाली नियममा खास गरी केही वर्णहरू नेपाली उच्चार्य वर्णमालामा पाइँदैनन् । जस्तो- ऋणको ऋ र रिसाउनुको रि मा उच्चारणको भिन्नता केही छ रु पहिले संस्कृतमा थियो होला, नेपालीमा छैन । अर्को कुरो, गोरुसिङे ञ सिङ्गो प्रयोग भएको कुनै शब्द पाएका छौं रु संस्कृतमा पनि त्यो आधा -ञ्) मात्रै छ । त्यसको उच्चारण के हो त रु आधा प्रयोग हुनेबित्तिकै त्यसको उच्चारण न् हुन्छ । लेख्दा अञ्चल लेखिए पनि त्यसको उच्चारणमा न् नै आउँछ । त्यसै गरी, ण पनि आधा प्रयोग हुँदा त्यसको उच्चारण न् नै हुन्छ । कण्ठ, दण्ड आदि सबै शब्दमा न् कै उच्चारण हुन्छ । हामीले तत्सम शब्दका लागि त ती वर्णहरू प्रयोग गर्न सक्छौं, आगन्तुक र तद्भवका लागि गर्न सक्तैनौं । गुन्टा, गुन्डा लेख्ता न् को ठाउँमा ण् किन लेख्ने, जबकि त्यसको उच्चारण न् नै छ ? आगन्तुक शब्दलाई नेपालीकरण गर्ने निहुँमा वर्ण परिवर्तन गर्नु महेन्द्रीय राष्ट्रवादको उपज हो भनिन्छ नि रु तत्कालीन राजाले नेपाली भाषालाई हिन्दीबाट पृथक् देखाउन हिज्जे परिवर्तन गर्न प्रेरित गरेका थिए रे । महेन्द्रीय राष्ट्रवाद भन्नेभन्दा पनि हाम्रो उच्चारणमा ध्यान दिनपुर्छ । शहरको उच्चारण हामीले त्यही अनुसार गर्छौं र ? शहर उच्चारण गर्दा र साग उच्चारण गर्दा, सोच्नु उच्चारण गर्दा र शब्द उच्चारण गर्दा श वा समा भेद सुनिन्छ ? तत्समै शब्दको उच्चारणमा पनि हामी भेद गर्दैनौं । शब्द, षट्कोण र संसारमा हामी एउटै स उच्चारण गर्छौं । उच्चारण व्यवस्थाका आधारमा वास्तवमा हाम्रो एउटै स छ । मोटो श, पेट चिरेको ष र पातलो स गरी सका तीन भेद संस्कृतका हुन् । दक्षिण एसियाभरि संस्कृत एकनास चलेको हुनाले त्यसलाई नचलाइदिऔं भनेर यथावत् राखिएको मात्र हो । आगन्तुकका लागि छुट्टाछुट्टै स राख्नुपर्ने कुनै आवश्यकता छैन । त्यसमा कसैको राष्ट्रवाद भन्ने कुरै छैन । श, ष र स लाई कसैले छुट्टाछुट्टै उच्चारण गरेर देखाउन सक्छ भने त्यति खेर सोच्ने कुरा हो । नत्र संस्कृतमै पनि उच्चारण गर्न नसकिएको कुरालाई हामीले अनुसरण गरिरहनुपर्छ भन्ने छैन । पद योग र पद वियोगबारे चाहिँ ? नेपाली भाषाको एउटा प्रमुख समस्या भनेको वर्ण विन्यास पनि हो । तत्समलाई चलाउनु हुन्न । तद्भव र आगन्तुकलाई नेपाली नियममा व्यवस्थित गरिदिनुपर्छ । पद योग र पद वियोग सम्बन्धमा चाहिं कति वटा शब्दसम्मलाई जोड्ने र कति वटालाई छुट्याउने भन्नेमा बडो अलमल छ । हाम्रा चर्चित लेखकले एउटा शब्द लेखेका छन् ः क्षत्रियधर्मधुरन्धरप्राचीनआर्यमर्यादापालक । तिनले विप्रलम्भशृङ्गाररस पनि एउटै डिकोमा लेखेका छन् । कसैकसैले धेरै शब्दलाई योजक चिह्न –) का माध्यमले जोडेर पनि लेख्ने गरेका छन् । समस्त शब्द भएका कारण जोडिनुपर्छ भन्ने यस्ता प्रयोगकर्ताको मान्यता हुन्छ । तर लामालामा शब्दको प्रयोगले नेपाली भाषालाई कति जटिल बनाइरहेको छ, यसबाट हामीले आँखा चिम्लिनु हुँदैन । अर्कातिर समस्त शब्द नै भए पनि सञ्चार गृह, समाचार पत्र, पर्यटन मन्त्री जसरी अलग-अलग लेखिएको पनि व्यवहारमा देखिइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि त समस्त शब्द हो नि, यी चार शब्दलाई एउटै डिकोमा लेख्नु हो भने के होला ! हाम्रामा चाहिं समस्त शब्द छोटै हुने रहेछ भने जोडिदिइहाल्ने, लामो हुने रहेछ भने चाहिं आँखालाई अमिल्दो हुन्छ भनेर नजोड्ने चलन पनि देखिइरहेको छ नि ? शब्दलाई छुट्याउँदा वा जोड्दा अर्थमा फरक पर्दैन भने त्यस्तो अवस्थामा हामीले किन जोडिरहने रु नेपाल सरकार भनेको नेपालको सरकार हो । अर्थात्, समस्त शब्द । यी दुई शब्द नजोड्दा के बिग्रेको छ र रु अर्थमा फरक पर्दैन भने समस्त शब्दलाई नै अलग-अलग लेख्ने हाम्रो लेखन प्रवृत्ति छ । त्यसैले यसमा छुट्टै व्यवस्था के गर्न खोजिएको छ भने दुई(तीन लिपि चिह्नसम्ममा लेखिएका समस्त शब्दलाई जोड्ने गर्नुपर्छ । तीभन्दा बढीलाई चाहिँ छुट्याउने व्यवस्था गरिएको छ । तर पूर्वापर शब्द जोडिँदा विकार आउँछ भने जोड्नुपर्छ । जस्तो ः राजाको दरबार राजदरबार भयो । राजाका ठाउँमा राज भयो अर्थात् विकार आयो । विकार आउँदैन भने ती घटकलाई अलग्गै छोडिदिनुपर्छ । यसो गर्दा लेख्नपढ्न सजिलो हुन्छ । शब्दको सत्ता स्वतन्त्र हुन्छ । अलग(अलग लेखिनु यिनको विशेषता हुन्छ । नामयोगीलाई के गर्ने ? नेपालीमा नामयोगी तीन किसिमका छन् ः दुइटा लिपि चिह्न आउने (जस्तो ः सँग, तर्फ, माथि, तल, वारि, पारि।।।०, तीनटा लिपि चिह्न आउने -जस्तो ः समेत, बाहेक, बापत, मार्फत।।।) र चारोटा लिपि चिह्न आउने (जस्तो ः अनुसार, बमोजिम, मुताबिक।।।० । दुईदुई लिपि चिह्नका नामयोगी जोड्ने (जस्तो ः हामीसँग) र बाँकीलाई अलग्गै लेख्ने (जस्तो ः हामी बाहेक, देहाय बमोजिम) । नियम लामा, छोटा सबैतिर एकनास हुनुपर्ने होइन र ? हो, तर माथिल्लो तहमा हामीले गर्ने बौद्धिक विलासलाई साना केटाकेटीको पठनपाठनमा लैजाँदा असजिलो हुन्छ । अर्को कुरा, दुई लिपि चिह्नसम्मका नामयोगी किन जोड्नुपर्छ भन्दा हामीले विभक्ति (को, का, की, लाई, देखि, बाट।।।) लाई जोडेरै लेख्ने गरेका छौं । विभक्तिको अधिकतम संरचना दुई लिपि चिह्नको हुन्छ । विभक्ति हामी जोड्छौं भने दुई लिपि चिह्नसम्मका नामयोगी पनि जोड्नुपर्छ । किनकि, नामयोगी पनि विभक्ति जस्तै हुन् । तेस्रो कुरा, लगायत, बमोजिम जस्ता नामयोगी आगन्तुक शब्द हुन् । त्यसैले तिनलाई अलग लेख्ने व्यवस्था गरिएको हो । सरलताका लागि पनि यसो गरिएको हो । र, यसलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पनि स्वीकार गरेको छ । यो कुनै समस्या होइन । हामीले अहिलेसम्म भाषा नियमबाट सिकायौं । तर भाषा अभ्यासबाट सिकाउँदै लैजानुपर्छ । प्राथमिक तहदेखि नै सुरु गर्नुपर्छ । हाम्रो भन्दा बढी समस्या केटाकेटीहरूकै हो । उनीहरूलाई सिकाउँदै सँग, तिर जोड्न, समेत, बाहेक, लगायत, मुताबिक अलग लेख्न लगाउनु पर्छ । नियम त शिक्षकले मात्र बुझ्नुपर्छ, केटाकेटीका दिमागमा छिर्दैनन् । पद योग र वियोग जस्तै अन्योल ह्रस्व(दीर्घमा देखिइरहेको छ । आमाबुवाले लेख्दै आएका बूढाबूढी छोराछोरीका पालामा बुढाबुढी भइरहेका छन् । अव्यय (पनि, माथि।।।) लाई ह्रस्व नै चलाउनुपर्छ । नामहरूमा अन्तिमको पुलिङ्गी शब्द भए ह्रस्व (पति, दाजु।।।), स्त्रीलिङ्गी भए दीर्घ (पत्नी, दिदी, फुपू।।।) लेखिरहेकै छौं । नयाँ व्यवस्थाले तत्सम शब्दलाई चलाएकै छैन, तद्भव र आगन्तुक शब्दका सुरु र बीचका ह्रस्वलाई दीर्घ गर्नुपर्छ (जस्तो ः बुढा, बिच, सिधा।।।)। शिरविन्दु, चन्द्रविन्दुलाई कसरी सम्बोधन गर्ने ? शिरविन्दु भन्नेबित्तिकै ङ, न र म को कुरा आयो । तद्भव र आगन्तुक शब्दका लागि उच्चारण अनुसार ङ, न र म को प्रयोग गर्नुपर्छ । कतैकतै सवर्गीय पञ्चम वर्ण पनि लाग्छन् । तत्सम शब्दमा चाहिँ पछिल्लो वर्ण य, र, ल, व, श, ष, स, ह भए शिरविन्दु नै प्रयोग गर्नुपर्छ । पाणिनीय व्याकरणले निर्दिष्ट गरेको कुरा हो यो । यद्यपि वैकल्पिक रूपमा अरू वर्णमा पनि शिरविन्दु लाउन सकिन्छ भनिएको छ । सङ्क्षिप्त रूप कसरी लेख्ने ? यसमा एक्रोनिम र एब्रिभिएसन दुई थरी भेद हुन्छन् । थोप्लोथोप्लो (जस्तो ः गा।वि।स। राखिदिऔं भने त्यो सङ्क्षिप्त रूप भयो । थोप्लो नराखीकन एउटै डिकोमुनि लेखिदिऔं भने (जस्तो ः गाविस) त्यो अंशाक्षरी भयो । अंशाक्षरी शब्दलाई हामीले कोशमा राख्न खोजिरहेका छौं । एउटै डिकोमुनि लेखिए अगाडि र बीचमा ह्रस्व तथा अन्त्यमा दीर्घ गर्ने (जस्तो ः युएनडिपी), थोप्लो दिएर लेखिए ती एकाक्षरी हुन्छन् र तिनलाई सबैतिर दीर्घ नै लेख्ने (जस्तो ः यू।एन।डी।पी।)। नेपाल प्रज्ञा प्रतिष्ठानले केही समयअघि गरेको भाषा सङ्गोष्ठीमा पनि यो कुरा उठेको थियो । बुझ्नुपर्ने कुरा के हो भने सरलतातिर जाने सिलसिलामा यस्ता केही परिवर्तन हुने गर्छन् । अङ्ग्रेजीकै कुरा गरौं न, अमेरिकी एक खालको छ, बेलायती अर्को खालको । भाषालाई अद्यावधिक गर्दै पनि गर्नुपर्छ । तर अङ्ग्रेजी भाषामा उच्चारणमा नआउने वर्ण पनि यथावत् राखिएका छन् । पलषभ, पलभभ जस्ता शब्दमा प को काम नभए पनि शब्द परम्परालाई सम्मान गर्दै उनीहरूले त्यसलाई हटाएका छैनन् । बेलायत, अमेरिका जस्ता मुलुकमा भाषा सिकाउने प्रशस्त माध्यमहरूको विकास भएको छ । सामग्रीहरू पनि प्रशस्त मात्रामा छन् । तिनीहरूको र हाम्रो अवस्था एकनासको छैन । हाम्रामा तद्भव नियम ह्रस्व भनेर पढाइराखिएको छ । यो कुरा आजको होइन, वि.सं. १९६९ मा चन्द्रिका व्याकरण प्रकाशित भएदेखि यस्तै चल्दै आइरहेको छ । अर्को तद्भव नियम चाहिँ क्षतिपूर्ति दीर्घी भवन, त्यसपछि सङ्ख्या तद्भव अर्को नियम, शिष्ट प्रचलन तद्भव भनेर अझ अर्को नियम । एउटा तद्भवका लागि तीन-चार वटा थुम्का राखेर सिकारुलाई कति अलमल्याउनु ? पाँच कक्षामा पढ्दा एक किसिमले लेखेको शब्द सात कक्षामा पुग्दा अर्कै किसिमले लेख्नुपर्यो भने चाहिँ अलमल हुँदैन र ? त्यति मात्र होइन, एउटै कक्षाका दुइटा किताबमा दुई थरी हिज्जे पनि पढाइरहनुपरेको छ । हाम्रा पाठ्यपुस्तकमै एकरूपता नभएर यस्तो भद्रगोल भएको हो । छ कक्षाभन्दा तल व्याकरणको व पनि उच्चारण गर्नु हुँदैन । वर्णविन्यास, पद योग र पद वियोग व्याकरणमा पर्दैनन् । यी व्याकरणका विषय होइनन् । व्याकरण भनेको वाक्य हो । हाम्रामा चाहिँ सबै कुरालाई मिसाइएको छ । व्याकरणको कुरा गर्ने हो भने वाक्यतर्फ जानुपर्ने हुन्छ । त्यसपछि चाहिँ व्याकरण प्रयोगात्मक ढङ्गले पढाउनुपर्छ । व्याकरण नियमबाट पढाउने नै होइन । यहाँ व्याकरण शिक्षण नियममुखी भयो । वर्णविन्यास पनि अभ्यासबाटै सिकाउनुपर्छ । अंगे्रजी पढ्नेहरूले झुक्किएर पनि गाईलाई अबध किन नलेखेका हुन् भने उनीहरूलाई सयौँ चोटि अयध लेख्न लगाएर अभ्यस्त बनाइएको हुन्छ । हाम्रोमा सङ्क्रमण कालका कारण अलिक समस्या उत्पन्न भइरहेको छ । नेपाली भाषा-व्याकरणमा सङ्क्रमण काल छ-छ महिनामा आइरहन्छ । कुनै पनि विषय सरल, सहज र वैज्ञानिक हुँदै जान्छ भने त्यसलाई स्वीकार गर्नुपर्छ । बाउआमाले पढेकै कुरा छोराछोरीले पढ्नु हो भने विकास कसरी हुन्छ र ? हामीले अभिलेखकालीन भाषा नै चलाए भइगयो नि । हामी महाकवि देवकोटाले चलाएको भाषाभन्दा पनि निकै अगाडि बढिसकेका छौँ । यो त भाषा विकसित हुँदै गएको लक्षण पनि हो । अर्को कुरा, हाम्रो देशमा बहुभाषिकता, बहुजातीयता, बहुसांस्कृतिकता छ । नेपाली सम्पर्क भाषाका रूपमा छ । यसको लेख्य रूपमा एकरूपता आवश्यक भइसकेको छ । त्यसैले नेपाली भाषा-व्याकरणका नियम कमभन्दा कम पार्नुपर्छ, अपवादको न्यूनीकरण आवश्यक छ । व्याकरणका नियमबारे सम्बन्धित निकायले सिन्को नभाँच्ने, व्यक्तिगत स्तरमा चाहिँ आआपः्नै नियम लादेर पुस्तक निकालिनु कत्तिको जायज हो ? नियामक संस्था नभएर यस्तो भइरहेको हो । प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, त्रि।वि। को पाठ्यक्रम विकास केन्द्र, शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले एकीकृत रूपमा एउटै मापदण्डमा भाषा-व्याकरणका पुस्तक निकाल्नुपर्ने हो । प्रज्ञा प्रतिष्ठान धेरै वर्षसम्म नेतृत्वविहीन रहेपछि विश्वविद्यालयले २०६५ मा आपनै पहलमा बीए नेपालीको पाठयक्रम परिवर्तन गर्यो । त्यस बेला वर्ण विन्यास, पद योग र पद वियोग सम्बन्धमा नयाँ अवधारणाहरू आए । कतिलाई अपनाइयो, कतिबारे बहस चलिरहेको छ । प्रतिष्ठानको हालैको भाषा सङ्गोष्ठीले बीएको पाठ्यक्रमले ल्याएको अवधारणालाई ८० प्रतिशत ग्रहण गरेको छ । वर्णविन्यासमा केही परिवर्तन पनि आएका छन् । क्षतिपूर्ति दीर्घीभवन भन्ने तपाईंहरूले सुन्नुभएकै होला । संस्कृत दुग्धबाट प्राकृतमा दुद्ध भयो अनि नेपाली दूध लेखिन थाल्यो । तर यस्ता शब्द तद्भव भएकाले सबै ह्रस्व (दुध) गर्नुपर्ने कुरा उठ्यो, हामीले त्यही मान्न थालेका छौं । सङ्ख्यावाचक शब्दहरू तीन, बीस, तीस, बत्तीस, चालीस जस्ताका अगाडि र बीचका दीर्घ ईकार पनि अब ह्रस्व लेख्न थालिसक्यौं । एक थरी वैयाकरणहरू पत्रपत्रिका आदिमा जुन शब्द जसरी धेरै चोटि लेखिएको छ, त्यही हिज्जेलाई नै मान्यता दिनुपर्छ भनिरहेका छन् । कुरो के हो ? यसलाई प्रिmक्वेन्सी टेस्ट भनिन्छ । कर्पस-बेस्ड डिक्सनरी प्रिmक्वेन्सी टेस्टमा आधारित भएर बनाइन्छ । कोबिल्डको अङ्ग्रेजी डिक्सनरी यसै गरी बनेको हो । नेपालमा पनि यही विधि अपनाउने भनेर मदन पुरस्कार गुठीले धेरै डकुमेन्टेसन गरेको छ । यसले राम्रै परिणाम पनि ल्याउन सक्छ । तर के हुन्छ भने त्यसमा गल्ती लेख्नेहरूको आधिक्य भयो भने गल्ती नै जान सक्छ । धेरै पल्ट दोहोरिएको गल्ती पनि सही मानिन्छ भन्ने सिद्धान्त छ । शब्दकोश निर्माताहरूले प्रिmक्वेन्सी टेस्टलाई अचेल बढी महत्त्व दिने गरेका छन् । तर जहाँ लेख्य भाषा बढी मात्रामा व्यवस्थित भएको छ, एकरूपता भएको छ, त्यस्ता देशमा यो टेस्टले बढी काम गर्छ, अन्यथा गलत परिणाम ल्याउने खालको पनि हुन सक्छ । नेपाली भाषा-व्याकरणमा अझै कति दर्जन वर्षपछि एकरूपता आउला ? यो बडा गम्भीर प्रश्न हो । एकरूपता अङ्ग्रेजी भाषामै पनि आएको छैन, यद्यपि उनीहरूकहाँ पर्याप्त साधन-स्रोत छन् । हाम्रामा घराना (स्कुल) हरूले पनि फरक पारिरहेका छन् । हाम्रा संस्थाहरू दरा भए र त्यसलाई वैज्ञानिक, वस्तुनिष्ठ र अपवाद कम भएका नियमलाई व्यवस्थित गरेर लागू गर्न लागे भने धेरै हदसम्म एकरूपता आउन सक्छ । त्यसका लागि यति नै वर्ष लाग्छ भनेर तोक्न सक्ने अवस्था छैन । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय बन्ने, कस्तो छ बाँडफाँड?
काठमाडौंः पूर्व एमाले निकट अनेरास्ववियु र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबीच एकता भएर बनेको अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय नयाँ कार्यसमिति बन्ने भएको छ । पूर्व अनेरास्ववियुबाट नयाँ केन्द्रीय समितिमा १८० र पूर्व क्रान्तिकारीबाट १५५ जना रहने भएका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङका अनुसार केन्द्रीय समितिको बैठक आगामी ३१ भाद्र र १ असोजमा काठमाडौंमा बस्ने छ । संगठनको नाम अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन रहने भएको छ । २५१ जनाको एक तिहाई अर्थात ३३ प्रतिशत संख्या कायम गर्ने नेकपाको विधानमा व्यवस्था छ । नेकपाका नेता तथा विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य र सह इन्चार्ज बिनोद ढकालको उपस्थितिमा अनेरास्ववियू केन्द्रीय कार्यालय बागबजारमा बैठक बसेको हो । राजनीतिक र सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना पेश गर्न उपसमिति समेत बनेको छ । सो समितिको संयोजकमा ऐन महर, सदस्यमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह छन् । भने विधान मस्यौदा उपसमितिको संयोजकमा रञ्जित तामाङ र सदस्यमा सुनिता वराल र समिक वडाल छन् । त्यस्तै आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमितिको संयोजकमा उत्तम अधिकारी र सदस्यमा सदस्य आरसि लामिछाने, झपिन्द्र खत्री र केशव रावल छन् ।
११ बजे डाकिएकाे नेकपा सचिवालय बैठक स्थगित
काठमाडाैं । अाज बिहान ११ बजे डाकिएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक स्थगित भएकाे छ । अध्यक्ष प्रचण्डकाे अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने बैठकमा महानगरपालिकाका अध्यक्ष र सचिवका साथै पार्टीका विभिन्न अायाेगमा सिफारिस भएका नेता तथा कार्यकर्ताकाे कार्यबिभाजन बारे छलफल हुने बताइएकाे थियाे । बैठक तयारी नपुगेकाे भन्दै स्थगित भएकाे नेकपा स्राेतले बतायाे । गत सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा सार्वजनिक टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको थियाे । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा टिका टिप्पणी गर्न प्रतिबन्ध गरेको हो । सार्वजनिक रुपमा पार्टी पद्धतिभन्दा बाहिर रहि टिप्पणी गरे कारबाहीसमेत हुने निर्णय भएको पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । उनले नेताहरुको बारेमा टिप्णी गर्नुपर्ने पार्टी प्रक्रियाबाट आउनुपर्ने व्यवस्था गरिएको जनाएका थिए । ‘हाम्रो पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ’ बैठकपछि पत्रकारसँग श्रेष्ठले साे अवसरमा भने ‘यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ ।’
‘सारी फरर’ मा अञ्जिली अधिकारीको गज्जब नृत्य (भिडियो)
काठमाडौं । हिन्दू महिलाको महान् चाड हरितालिका तीज आउने समय धेरै पनि बजारमा भने नयाँनयाँ तीज गीत सुनिन थालिसकेका छन् । यसैबीच गायक सूर्य खड्का, निर्मल क्षेत्री र गायिका सीता श्रेष्ठको स्वर रहेको ‘सारी फरर..’ बोलको तीज गीत बजारमा आएको छ । गीतमा अहिलेकी चर्चित मोडल अञ्जिली अधिकारीलगायतको नृत्य देख्न सकिन्छ https://youtu.be/dg-70wEC-7Y
नयाँ बसपार्ककाे ९० रोपनी जग्गा अतिक्रमण
काठमाडौं, असार १६ । गोंगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ । उपत्यका भित्रिनेरबाहिरिने बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् । यातायात विभागका महानिर्देशक कुमार दाहालले बसपार्कमा प्रयोजनअनुसार काम नभएको बताए । ‘उद्देश्य एउटा, प्रयोजन अर्कै भएको छ, बस पार्किङ गर्ने स्थान छैन,’ उनले भने, ‘करिब ७० रोपनी जग्गामा मात्र पार्किङ बनाएको छ । बसपार्क अतिक्रमण भएको छ ।’ जापान सरकारको सहयोगमा २०४९ मा नयाँ बसपार्क निर्माण गरिएको थियो । सरकारले काठमाडौं महानगरपालिकालाई सञ्चालन र व्यवस्थापनको जिम्मा लगाएको थियो । ‘अहिले पार्किङका लागि ठाउँ छैन भनेर हल्ला हुँदै छ तर पार्किङका लागि दिएको जग्गामा अरू नै भवन निर्माण गरिएका छन्,’ महानिर्देशक दाहालले भने, ‘अत्याधुनिक र प्रविधियुक्त बसपार्क बनाउनुको साटो विकृत बनाइयो ।’ महानगरपालिकाले लोत्से बहुउद्देश्यीय प्रालिलाई ४५ वर्षका लागि जिम्मा दिएपछि त्यहाँ अतिक्रमण बढेको दाहालको भनाइ छ । ‘जग्गा नेपाल सरकारकै नाममा छ, महानगरले लामो समयका लागि लोत्सेलाई दिएको छ,’ उनले भने, ‘अब यसमा सरकारले कुनै नयाँ सरचना निर्माण गर्न सक्ने अवस्था छैन ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो (सूचनासहित)
काठमाडौं, असार २ । शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्तसँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन् । ‘खास विषयमा हुने शिक्षक अभाव हटाउन शिक्षा ऐनमा भएको व्यवस्थाका आधारमा मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था कार्यान्वयन गरिदैं छ’ थपलियाले भने ‘यो सँगै साविकका उच्च मावि तहका शिक्षकहरुका लागि पनि आवश्यक लाईसेन्सको परीक्षा हुने व्यवस्था गरिएको छ ।’ माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ सय पूर्णाङ्क सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरु मध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र उक्त विज्ञापन गरिएको हो । यस्तै माध्यमिक तहकै अर्को विज्ञापनका लागि तालिम नभए पनि हुने व्यवस्था गरिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुस्
भाषाका नाममा रोजगारीमा जानेलाई रोकियो
काठमाडौँ, जेठ ३१ । भाषा अध्ययनको बहाना बनाएर रोजगारीका लागि विदेशिनेको संख्या बढेपछि सरकाले नो अब्जेक्सन लेटर (एनओसी)मा कडाइ गरेको छ । यो समस्या विशेषगरी जापान जानेहरूमा देखिएको शिक्षा मन्त्रालयको दाबी छ । ‘श्रमबाट जापान जानुपर्ने वर्ग यता (शिक्षा मन्त्रालय)बाट जान लागे । श्रमबाटै जाँदा सीप सिक्न सकिन्छ, यताबाट सीपविहीन भएर गएका छन्,’ शिक्षा मन्त्रालयका वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख महेश्वर शर्माले भने । भाषा अध्ययन गरेपछि स्नातक तह अध्ययन गर्न जानेका लागि भने एनओसी नरोकेको उनले स्पष्ट पारे । यसअघि भाषा अध्ययन तथा विद्यालय तहका लागि समेत एनओसी दिने गरेको थियो । तर, बुधबारदेखि मन्त्रालयले रोकेपछि अब भाषापछि कस्तो कार्यक्रम अध्ययन गर्ने भन्ने यकिन गरेर मात्रै एनओसी दिने नियम बनाएको छ । बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख उपसचिव महेश्वर शर्मा र कानुनी सल्लाहकारसँग समेत छलफल गरेका थिए । शाखा प्रमुख शर्माले उच्च शिक्षाका लागि मात्र एनओसी दिने व्यवस्था भएकाले त्यसको कार्यान्वयन गरेको बताए । गत साउनदेखि चैत मसान्तसम्म विदेश अध्ययनका लागि ४९ हजार पाँच सय ५६ विद्यार्थीले एनओसी लिएका छन् । सबैभन्दा बढी अस्ट्रेलिया र दोस्रोमा जापानका लागि यस्तो अनुमति लिएको शर्माले बताए । नयाँपत्रिकादैनिकबाट
जान्नुहोस्, परीक्षा तयारीका ७ टिप्स
काठमाडौंः यस दुुनियाँमा परीक्षालाई रमाइलो मान्ने विद्यार्थी भेट्टाउन निकै कठिन छ । तर सही तरिका समातेर गरिएको परीक्षा तयारीले उत्कृष्ट नतिजा दिने गरेको विभिन्न अध्ययनले देखाएको छ । जुनसुकै तहको परीक्षा तयारी गरिरहेका भए पनि विद्यार्थीले तयारीअघि केही यस्तो तरिका समात्नुपर्छ जसले उनीहरूलाई परीक्षामा आनन्द प्रदान गर्नुको साथै सोचेजस्तै नतिजा ल्याउनसमेत मद्दत गर्दछ । अध्ययनका लागि पर्याप्त समयपरीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई परीक्षा आउनुुभन्दा अन्तिम एक मिनेट पनि निकै महत्वपूर्ण हुन्छ । त्यसैले विद्यार्थीले सबैभन्दा पहिला आफूले दिनुुपर्ने परीक्षा कतिवटा छन् र ती परीक्षामध्ये कुन विषयलाई कति समय दिने भन्ने योजना विद्यार्थीले पहिले नै बनाउनुपर्छ । कहिलेकाहीँ कुनै विषयलाई धेरै समय र कुुनैलाई थोरै समय पनि दिनुपर्ने हुुन्छ । यसको हिसाब तयारीको योजना बनाउने बेलामा गर्नुपर्छ । यसो गर्नाले विद्यार्थीलाई आनन्द प्रदान गर्नुका साथै सोचेजस्तो नतिजासमेत प्रदान गर्दछ । अध्ययन कक्षमा पर्याप्त स्थानपरीक्षाको तयारीका लागि होस् अन्य जुनसुकै विषय अध्ययन गर्न बसेका विद्यार्थीका लागि पनि अध्ययन कक्ष पर्याप्त हुनुपर्छ । अध्ययनका क्रममा विद्यार्थीले आवश्यकताअनुसार प्रशस्त किताब र कापी प्रयोग गर्नुपर्ने हुन्छ । प्रयोगका क्रममा यी सामग्रीहरू यताउति छरिन्छन् । यो सामान्य कुरा हो । यसका लागि स्थान पर्याप्त स्थान चाहिन्छ । अध्ययन कक्षमा कम्प्युटर, बत्ती, कुर्सी आदि सामग्रीलाई सजिलो हुनेगरी राख्नुुपर्छ । कोही विद्यार्थी अध्ययनका क्रममा गीतसंगीत बजाउने बानी परेका हुन्छन् । कुनै विद्यार्थी अत्यन्त शान्त भएर बस्ने हुन्छन् । चार्ट र डायग्रामको प्रयोगकुनै विषयवस्तु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पुर्याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतारेर राख्नुपर्छ । जसलाई आफूले चाहेको र सम्झन खाजेको अवस्थामा सहजै हेर्न सकियोस् । पुराना प्रश्नपत्रको अध्ययनपरीक्षा तयारी गर्दा विद्यार्थीले सधैं सम्झनुुपर्ने विषय हो, पुराना प्रश्नपत्रको अध्ययन । यसो गर्दा परीक्षाको कस्तो फरम्याटमा आउँछ? उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरू बढी महत्वपूर्ण हुन्छन् भन्ने जान्न सहज हुन्छ । कस्तो प्रश्नलाई कति समय दिएर लेख्ने भन्ने जान्न पनि यसले सहयोग पुर्याउँदछ । आफूले जानको कुरालाई साथीभाइलाई भन्नेभनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुुस्तक अध्ययन गरेरभन्दा आफूले जानेको कुरा अरूलाई भन्दा बढी प्रभावकारी हुन्छ । त्यसैले साथी, दाजुभाइ, दिदीबहिनी वा आमाबाबुलाई नै भने पनि आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउने गर्नुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुक्ति पाइन्छ । समूहगत अध्ययन गर्नेपरीक्षा तयारी गर्दा साथीभाइसँग पर्याप्त भेटघाट गर्नुुपर्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले अन्य साथीलाई सोध्न सकिन्छ । यसो गर्दा पनि पढेको कुरा स्पष्टसँग बुझ्न सकिन्छ । त्यसबाहेक साथीबाट नयाँ जानकारी पाउन पनि सकिन्छ । नियमित ब्रेक लिनेकुनै मानिस म्याराथनको तयारीमा लागेको छ भने उसले २४ घन्टा नै दौडन सक्दैन र दौडनुु पनि हुँदैन । यसैगरी परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुुस्तक र नोट बुकमा मात्र केन्द्रित हुनु पनि हुुँदैन । यसले गर्दा उनीहरूलाई दौड परीक्षा आयो भन्दैमा दिन रात नभनी पढाइमा मात्र केन्द्रित हुनुहुुदैन । नियमित रूपमा ब्रेक लिनुपर्छ ।रातमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले दिनमा धेरै थकाई मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले रातमा थकाई मार्ने गर्नुुपर्छ । जुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुपर्छ । यसबाहेक उनीहरूले नियमित पानी पिउने, हलुका खानेकुरा खाने गर्नुपर्छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट
खुलातर्फको नतिजा प्रकाशन शुरु (नतिजासहित)
काठमाडौं, वैशाख १२ । शिक्षक सेवा आयोगले आज (विहीबार) देखि खुला तर्फको नतिजा पनि प्रकाशन शुरु गर्न थालेको छ । आयोगले आज एक सूचना जारी गर्दै माध्यमिक तह अन्तर्गत खुला तर्फ साविक पाँचै विकास क्षेत्रको विभिन्न विषयको नतिजा प्रकाशन गरेको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आया्गले पूर्वाञ्चल अन्तर्गत संस्कृत ब्याकरण र स्वास्थ्य तथा शारीरिक शिक्षाको नतिजा सार्वजनिक गरेको छ । यस्तै, मध्यमाञ्चल अन्तर्गत संस्कृत ब्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर बिज्ञान, जनसंख्या शिक्षा तथा स्वास्थ्य तथा शारीरिक शिक्षाको नतिजा सार्वजनिक गरिएको छ । त्यस्तै, पश्चिमान्चल अन्तर्गत संस्कृत भाषा, संस्कृत ब्याकरण , संस्कृत साहित्य , बेद र र कृषि विषयको नतिजा प्रकाशन गरिएको आयोगको सूचनामा उल्लेख छ । मध्यमान्चल अन्तर्गत भूगोल विषयको नतिजा सार्वजनिक गर्दा आयोगले सुदूर पश्चिमान्चल विकास क्षेत्रको संस्कृत साहित्यको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले गत असोज ११, १२ र १३ गते खुला तर्फ माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहको लिखित परीक्षा लिएको थियो ।