७ नम्बर प्रदेशमा लोडसेडिङ अन्त्य गर्न प्रचण्डले बोलाए कुलमानलाई

काठमाडौं, असार १० । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डले सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने विषयमा छलफल गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् ।

चुनावी अभियानका क्रममा तीन दिनअघि सुदुरपश्चिम पुग्नुभएका अध्यक्ष क. प्रचण्डलाई कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा लोडसेडिङ हटेपनि सुदुरपश्चिममा लोडसेडिङ अन्त्य नभएको गुनासो गरेका थिए ।

स्थानीय जनताको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए ।

शनिबार बिहान धनगढीबाट काठमाडौं फर्किएलगत्तै अध्यक्ष प्रचण्डले घिसिङलाई आफू काठमाडौं आइपुग्दा लाजिम्पाट आउन आग्रह गरेका थिए । काठमाडौं आएलगत्तै अध्यक्षले कार्यकारी निर्देशक घिसिङसँग सुदुरपश्चिममा लोडसेडिङको समस्या कम नभएको जानकारी गराउँदै तुरुन्त लोडसेडिङ अन्त्य गर्न आग्रह गरेका थिए ।

भेटमा कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

मधेसमा नयाँ स्वरुपको द्वन्द्ध बढ्ने खतरा

रघुनाथ बजगाँर्इ काठमाडौं । चासोका साथ हेरिएको स्थानीय तहको दोस्रो चरणको मधेसको चुनावमा सहभागिताको बिषयलाई लिएर मधेस केन्द्रित दलहरु नै विभाजित भएका छन् । एउटै मोर्चामा रहेका दलहरुमध्य एउटा पक्ष चुनावी प्रचारमा र अर्को पक्ष कसरी रोक्ने भन्नेमा ब्यस्त देखिन्छन् ।  अहिलेसम्म काठमाडौं र मधेसको विवाद भन्ने गरिएकोमा यसलाई चिर्ने गरि तराई-मधेसमा निर्वाचन पक्षधर र निर्वाचन विरोधी दुईथरी धार देखा परेको छ । संघीय समाजवादी फोरम नेपाल र लोकतान्त्रिक फोरम चुनावको प्रचारमा छन् । दुबै दल राजपा अहिलेको चुनावमा सहभागी नभए आफ्नो उपस्थिति बलियो हुने गरि लविङ्मा छन् । यो आरोप स्वमं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संयोजक रहेको मधेसी मोर्चाका अन्य घटकहरुले लगाईरहेका छन् । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले भने ‘मोर्चाकै नेतृत्वबाट धोका भयो । हामीलाई चुनावमा नजाने भन्दै आफूहरु चाहीँ पहिलो चरणको चुनावमा सहभागी भए, अहिले हाम्रा विरुद्ध भ्रम फैलाईँदैछ । ’ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नयाँ शक्तिसंग मिलेर पहिलो चरणको चुनावमा सहभागी भएको थियो । दोस्रो चरणको चुनावमा मधेसमा ठुला दलहरुलाई टक्कर दिनेगरी उसको तयारी तिव्र छ । अध्यक्ष यादवको तर्क छ ‘ प्रधानमन्त्रीको निर्वाचन हुँदा लर्को लागेर भोट हाल्न आउने, ति त मधेसी अनुहार थिएनन । स्थानीय चुनावमा मधेसकै अनुहार हुन्छ अनि किँन भोट नहाल भन्ने ? ’ विजय कुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पनि अधिकांस तहमा उम्मेदवार छनौट गरि चुनावी प्रचारमै छ । उ पहिले देखि नै चुनावकै पक्षमा छ । अब ‘राजपा निर्वाचनमा सहभागी नहुँदा मधेसभित्रको धु्रवीकरण नयाँ ढङ्गले अघि बढ्ने आंकलन हुन थालेका छन । चुनावमा नजाने भनेको स्थानीय तहको नेतृत्वबाट पाँच वर्षसम्म पूर्ण रुपमा अलग्गिनु हो । स्थानीय तहमा भूमिकाविहीन भएको दल प्रादेशिक र संघीय निर्वाचनमा सहभागी हुने सम्भावना पनि कम हुन्छ । यसैले राजनीतिमा आफ्नो सान्दर्भिकता बचाइराख्न राजपाले तनाव चर्काउन सक्छ । यहि ओकलीरहेका छन् राजपाका नेताहरु पनि, सत्तागठबन्धन संगको छलफलपछि  राजपाका अध्यक्ष मण्डलका सदस्य शरदशिंह भण्डारी भन्दै थिए ‘चुनावमा जाने वातावरण भएन भने हामी भजन गाएर त बस्दैनौँ । स्वभाविक रुपमा जनतालाई आफ्ना बिषय राख्नुपर्छ । त्यसबेला अर्को मोड नलेला भन्न सकिन्न । ’  यहि रणनितिले राजपालाई दिर्घकालिन बेफाईदा हुने विश्लेषण पनि गरिएका छन् । जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आफ्नो भूमिका बढाउन चाहने नेताहरु अन्य दलमा प्रवेश गर्दा राजपाको शक्तिमा क्षय हुनेछ । त्यो दृष्य मधेसमा अहिले देखिएकै छ । मधेसी जनताको चाहना शान्ति र स्थिरता हो । मधेसमा देखिएको दुबै धार मतदाता आफ्नो पक्षमा भएको दावी गरिरहँदा अन्य दलले फाईदा उठाउने मौका पनि पाउँछन् । ‘ जनताको कसको पक्ष वा विपक्षमा छन् काठमाडोँ बसेर थाहा हुन्छ ?  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले भने सरकारले चाह्यो भने सहज रुपमै चुनावी वातावरण बन्छ । हामी चुनाव विरोधी होईनौँ । ’

पत्रकार उपचार कोषलाई गिरीले दिए १ लाख १ हजार

बिर्तामोड, जेठ २१ । झापा बुट्टाबारी निवासी समाजसेवी मानबहादुर गिरी तथा परिवारले पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । अर्जुनधारा–११ बुट्टाबारीका ९३ बर्षीय मानबहादुर तथा छोराबुहारी कृष्णकुमार र शान्तिकुमारी (मधु)ले शनिवार उक्त रकम पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । पत्रकार महासंघ झापाले एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको महासंघका सहसचिव तथा कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए । भोजपुरको दिलपा नाम्दालुङमा जन्मिएका मानबहादुरले सामाजिक तथा धार्मिक क्षेत्रमा उल्लेख्य सेवा र सहयोग गर्दै आएका छन् । उनले दशनामी समाज झापाको भवन निर्माणका लागि बुट्टाबारीमा चार कठ्ठा जग्गा दान गरेका छन् । त्यस्तै विराट–भरत विश्रान्ति बृद्धाश्रमका लागि १० लाख रुपैयाँको गाडी सो विश्रान्तिका अध्यक्ष रहेका उनका जेठा छोरा हर्कलाल गिरीलाई हस्तान्तरण गरेका छन् । उनले हल्दिवारीको कृष्ण मन्दिर निर्माण, अनारमनी पब्लिक क्याम्पस, भोजपुरको सिद्धकालीदेवीको मन्दिर जाने बाटोको सिढी निर्माण, भोजपुरको दिलपास्थित अन्नपूर्ण उच्च माविमा उल्लेख्य सहयोग गरेका छन् । त्यस्तै श्रीमती भगवती गिरीको स्मृतिमा देवी मावि र कान्छा छोरा कुमार गिरीको स्मृतिमा चारपानेस्थित संस्कृत विद्यालयमा २ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । गिरीले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिन सबैमा आग्रह पनि गरेका छन् । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघ तथा कोषका सदस्य बिनोद सापकोटाले जानकारी दिए । कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने कोषका संयोजक गिरीले जानकारी दिए ।

आधुनिक कृषि उपकरणको अधिकृत विक्रेता

बीरगंज जेठ ६ । त्रिशक्ति ट्रेडर्सको अयोजनामा आज वीरगंजमा आधुनिक कृषि उपकरण सम्वन्धि डिलर्स मिट सम्पन्न भएको छ । विगत १५ वर्षदेखी नेपालका किसानहरुलाई आधुनिक कृषि उपकरणको विक्रि वितरण गरी सेवा पु¥याउदै आएको त्रिशक्ति टेड्रसले भारतमा निर्मित अन्तराष्टिय स्तरका कृषि उपकरणहरु नेपालमा भित्राउदै कृषि क्षेत्रमा आधुनिकिकरण गर्न क्रियाशिल रहेको छ । विगत २ वर्षदेखी राधिका कम्पनिको हाइड्रोलिक बुमको कारोवार गर्दै आएको त्रिशक्ती टेड्रसले आज सोही सम्बन्धमा वीरगंजको होटल मकालुमा कार्यक्रमको अयोजना गरेको हो । कार्यक्रममा राधिका हाइड्रोलिकका किशोर भाई पटेल, आशिष भाई भट्टले नेपालमा रहेको विक्रेताहरुलाई कम्पनिको उत्पादका सम्बन्धमा जानकारी गराउनु भएको थियो । यसैगरी कार्यक्रममा सतवन्त एग्रो पन्जावका त्रिलोचन सिंह, निर्मल प्रोडक्टका रामजी दास लगायतका व्यक्तिहरुले रोटाभेटर, मडलोडर मेशीनका सम्बन्धमा विक्रेताहरुलाई जानकारी दिएका थिए । चाचान समुहका प्रबन्ध निर्देशक सजन चाचानको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिशक्ति टेड्रस वीरगंजका धुव्र साह, कृषि बैज्ञानिक डा विश्वेश्वर प्रसाद यादव लगायतले कृषि उपकरण र गुणस्तरीयताको बारेमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चाचान समुहका सुशान्त चाचानको सहभागीता रहेको थियो । कार्यक्रममा झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, बारा पर्सा, रौतहट, चितवन, मकवानपुर जिल्लाका विक्रेता, कृषि प्राविधिक, अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।

सल्यानकाे १२ स्थानमा माओवादी विजयी,काँग्रेस ४ र एमाले ७ स्थानमा विजयी

सल्यान, जेठ २ । सल्यानका २३ वडाको मत परिणाम सार्वजनिक भएको छ । अहिले सम्म सार्वजनिक भएको मतपरिणाममा नेकपा माओवादी केन्दले १२स्थानमा विजय हासिल गरेको छ । कपुरकोट गाउँपालिका वडान १ मा बालाराम खड्का , २ मा मानवहादुर राणा, दार्मा गाउपालिका वडान ३ मा सेतिराम रोकाय, ४ मा चन्द्रवहादुर रावत, ६मा दुर्गा मल्ल वडान ५ मा राम ब केसी विजयी भएक छन् । यस्तै ढोरचौर गाउँपालिका वडान १ बाट राम बहादुर बस्नेत, २ न वडाबाट रुद्र ब बुढाथोकी वागचौर नगरपालिका वडा न,११ मोहन खड्का, १२ मा दिपक वली, छत्रेश्वरी २ मा प्रेमवहादुर खड्का, रामपुर ६ टेकवहादुर थापा विजयी हुनु भएका छन् । नेकपा एमालेका तर्फवाट शारदा नगरपालिका १ मा नवराज वुढाथोकी, २ मा केशव श्रेष्ठ, ३ मा टोपवहादुर थापा, वन्गाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डाँगी, ढोडचौर ३ मा शालिकराम वुढाथोकी, वागचौर नगरपालिका २ घनश्याम शर्मा, त्रिवेणी १ मा छवी केसी, दार्मागाउँमा १ मा कविकुमार चन्दले विजयी प्राप्त गरे । त्यस्तै नेपाली काँग्रेसले बागचौर नगरपालिका वडा न १ बाट नेत्र प्रकाश डाँगी र कालिमाटी गाउँपालिका वडा न ७ नैनसिहं राना, त्रिवेणी २ मेगराज रोका,छत्रेश्वरी १ नेववहादुर शाह विजयी  भए । शारदा नगरपालिका नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ३७६० उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२ नेकपा एमाले, प्रमुख : राम कुमार खड्की ६९३ उपप्रमुख : सरिता हमाल मल्ल ११२० नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रमोद कुमार श्रेष्ठ ४६६ उपाध्यक्ष : झरणा वुढाथोकी ४०३ राप्रपा, अध्यक्ष : मनोज कुमार प्रधान ७७३ वागचौर नगरपालिका नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री १४६४ उपप्रमुख –मेनका चन्द १२२२ नेकपा एमाले, प्रमुख : लोक बहादुर डागी १०६९ उपप्रमुख : ओका कुमारि खत्री ९६४ नेकपा माओवादी केन्द्र अध्यक्ष : लोकमान बुढाथोकी १५७९ उपाध्यक्ष : कल्पना पुन १४३४ वनगाड कुपिन्डे नगरपालिका नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ७१३ नेकपा एमाले प्रमुख : गोविन्द कुमार पुन ८२९ उप प्रमुख : तालमेल नेकपा माओवादी केन्द्र अध्यक्ष : कर्णवहादुर वुढाथोकी ८२९ उपाध्यक्ष : मञ्जु यरी ७७२ ढोरचौर गाउपालिका नेपाली काँग्रेस अध्यक्ष : नरबिर चलाउने १०१० उपाध्यक्ष : बिमला रेउले ९९१ नेकपा एमाले अध्यक्ष : चित्र बहादुर चलाउने १५१० उपाध्यक्ष : पुष्पा वोहोरा १५४० नेकपा माओवादी केन्द्र अध्यक्ष : नरविर चलाऊने ११९९ उपाध्यक्ष :भूमि वुढाथोकी १२५७ दार्मा गाउँपालिका अपडेट नेपाली काँग्रेस, अध्यक्ष : रामचन्द्र के.सी.१६२६ उपाध्यक्ष ः तालमेल नेकपा एमाले, अध्यक्ष : तालमेल उपाध्यक्ष : दल बहादुर केसी १५२३ नेकपा माओवादी केन्द्र अध्यक्ष : निम बहादुर केसी २८३९ उपाध्यक्ष : टिका शर्मा वली २८३० वडा नम्वर २ मा मत गणणना सुरु नेपालीकाँग्रेस डिल्लीवहादुर चन्द १० नेकपा माओवादी केन्द्र डिल्ली केसी पासा∙ १७ त्रिबेणी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः मान बहादुर डाँगी १३२१ उपाध्यक्ष ः करुणा खड्का १३०६ नेकपा एमाले, अध्यक्ष ः लोकेन्द्र सिंह खड्का ४५३ उपाध्यक्ष ः पवित्रा केसी ९७९ नेकपा माओवादी केन्द्र अध्यक्ष ः अजय रोका ५१७ उपाध्यक्ष ः लिलावती वुढा ५४४ राप्रपा अध्यक्ष ः मंगलु पुन८४ कपुरकोट गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः दुर्गा गिरी २२५ उपाध्यक्ष ः ओकी महतरा ७४ नेकपा एमाले अध्यक्ष ः भिम बहादुर सेन ८८९ उपाध्यक्ष ः तिला बुढा मगर ४९६ नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रकाश भरारी ७६७ उपाध्यक्ष ः एलिना राना ५९४ कालिमाटी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः भरत पुन ३३६ उपाध्यक्ष ः कमला अधिकारी २८१ नेकपा एमाले अध्यक्ष ः दान बहादुर खत्री केसी १९१ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी २०८ नेकपा माओवादी केन्द्र अध्यक्ष ः पुरुषोत्तम भट्टराई १९५ उपाअध्यक्ष ः प्रिती डिसी विसि २१० छत्रेश्वरी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः सन्तोष के.सी.८२९ उपाध्यक्ष ः सिता के.सी. १७४ नेकपा एमाले अध्यक्ष ः ओज बहादुर बुढाथोकी ४८०उपाध्यक्ष ः बुद्ध कुमारी खत्री केसी १३४ नेकपा माओवादी केन्द्र अध्यक्ष ः चित्र वहादुर केसी ९२१ उपाध्यक्ष ः राधा कुमारी शर्मा घर्ति १२४  

मध्येरातमा दैलेख प्रहरी कार्यालय घेराउ 

दैलेख, जेठ १ । दैलेखको सदरमुकाम अहिले तनाव ग्रस्त बनेको छ । मध्यरातमा स्थानीय महिला, पुरुष, वृद्धवृद्धा, केटाकेटी गई सदरमुकामको प्रहरी कार्यालय घेराउ गरेका छन् । ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी ११ वटा स्थानीय तह रहेको दैलेखमा दुई वटा स्थानबाट नेकपा एमालेले जितेपछि एमाले समर्थकहरुले खुसीयाली नारा जुलुस निकाल्दै नेपाली कांग्रेसलाई होच्याउँदै गाली गलौज गर्न थालेपछि त्यहाँ दोहोरो झडपको स्थिति सिर्जना भएको थियो । एमाले समर्थकहरुले कांग्रेस समर्थकहरुलाई ढुंगामुढा गरी एकजनालाई घाइते समेत बनाएपछि अहिले उनीहरु प्रहरी संरक्षणमा बसेका छन् । प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरेको जनाएपछि स्थानीयले भने दोषीलाई नै पक्राउ गरी संरक्षण गरेको आरोप लगाउँदै अहिले प्रहरी कार्यालय घेराउ गरेका छन् । यसबारे प्रहरी प्रमुख र जिल्ला प्रशासन भने मौन रहेको छ । सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा नआएपछि पीडितलाई साथ दिनुको सट्टा दोषीलाई नै संरक्षण गरेको भन्दै मध्यरातमा स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

कार्लमाक्र्सको सिद्धान्तलाई आत्मसात् गरे कोही असफल हुँदैन : सञ्चारमन्त्री

काठमाडौँ, वैशाख २२ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले कार्लमाक्र्सको सिद्धान्तलाई आत्मसात् गरी अगाडि बढेमा कोही पनि असफल नहुने बताएका छन् । कार्लमाक्र्स द्विशतवार्षिकीको मूल समारोह समितिले आयोजना गरेको कार्लमाक्र्सको १९९औँ जयन्तीका सन्दर्भमा आयोजित युवाको दृष्टिमा कार्लमाक्र्स विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वार्थबाट माथि उठी सामाजिक हितका निमित्त सबैले काम गर्नुपर्ने विचार व्यक्त गरे । त्यस्तै आयोजक समितिका अध्यक्ष एवम् नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले माक्र्सवादको सिद्धान्त अत्यन्त राम्रो भएको विचार व्यक्त गर्दै युवापुस्ताले कार्लमाक्र्सलाई बिर्संदै गएको आभास भएकाले माक्र्सको ज्ञानको प्रचारप्रसार गर्न कार्यक्रमको आयोजना गरिएको बताए । अध्यक्ष भुसालले कार्लमाक्स ज्ञानको खानी भएको भन्दै समाजलाई माथि उठाउन माक्र्सको ठूलो योगदान रहेको टिप्पणी गरेका छन् । नेकपा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य रचना खड्काले युवाले आआफ्नो भूमिका निर्वाह गर्न जान्नुपर्ने भन्दै कार्लमाक्र्सको सिन्द्धान्त प्रेरणादायी भएको बताए । कार्यक्रममा गौतम राई ,अनिलकिशोर घिमिरे, रञ्जीत तामाङ, रामबाहदुर बुढा, उषाकिरण तिमिल्सिना, मदन अर्याललगायतले कार्लमाक्र्सको जीवनी तथा योगदानका बारेमा चर्चा गरेका थिए ।

माटोको ढिस्कोले पुरिएर चारजनाको मृत्यु

सर्लाहीमा, वैशाख १७ । माटोको ढिस्कोेले पुरिएर सर्लाहीमा चारजनाको ज्यान गएको छ भने अन्य एकजना घाइते भएका छन् । घर पोत्ने माटो लिन गएका इश्वरपुर नगरपालिका–१४ को सागरनाथ जंगलमा गएका रामवतीदेवी, अभिषेकुमार महतो, अंशु कुमारी महतो र बवितादेवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज्यान जाने चारै जना इश्वरपुर नगरपालिकाका हुन् । माटोको ढिस्कोले पुरेर घाइते भएकी रामरतीको जनकपुरमा उपचार भैरहेको छ ।

खाद्यान्नमा परनिर्भरता बढ्दो, वार्षिक ३९ अर्बको खाद्यान्न आयात

काठमाडौँ, वैशाख १६ । आवश्यकताअनुसार खाद्यान्न आपूर्ति हुन नसक्दा वार्षिक रु ३९ अर्ब भन्दा बढीको खाद्यान्न विभिन्न मुलुकबाट आयात हुँदै आएको छ। सरकारले कृषिमा बर्सेनि लगानी बढाउँदै नयाँ कार्यक्रम लागू गरेपनि उत्पादनमा अपेक्षाकृत प्रतिफल देखिन सकेको छैन् । खाद्यान्न उपयोग र व्यवस्थापनको कमी तथा परिवर्तन हुँदै गएको मानिसको खाने शैलीले चामल, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्नमा परनिर्भरता बढेको हो । आर्थिक वर्ष २०७२÷७३ मा रु ३९ अर्ब दुई करोड मूल्य बराबरको खाद्यान्न आयात भएको छ । जसमध्ये रु १९ अर्ब ९० करोड मूल्य बराबरकोे चामल, रु नौ अर्ब ८८ करोडको मकै, रु. पाँच अर्ब ८० करोडको गहुँ र रु दुई अर्ब ९१ करोडको धान आयात भएको भन्सार विभाग तथ्याङ्क शाखाका निर्देशक विनोदशरण आचार्यले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२÷७३ मा खाद्यान्न निर्यात भने रु एक करोड ६३ लाख मूल्य बराबर भएको छ । यस आवको चैत मसान्तसम्ममा मुलुकमा कुल रु २९ अर्ब ३८ करोडको खाद्यान्न आयात भइसकेको छ । जसमा १४ अर्बको चामल, सात अर्बको मकै, तीन अर्बको धान, एक अर्ब २७ करोडको गहुँआयात भएको भन्सार विभागको तथ्याङ्क छ । यस अवधिमा खाद्यान्न निर्यात भने करिब रु दुई करोड मूल्य बराबरको भएको छ । अधिकांश खाद्यान्न आयात छिमेकीमूलुक भारतबाट हुनेगरेको तथ्याङ्क छ । कृषि विकास मन्त्राकालयकाअनुसार हाल नेपालमा धान, गहुँ, मकै, कोदो, फापरलगायत खाद्यान्नको वार्षिक जम्मा उत्पादन झन्डै एक करोड पाँच लाख मेट्रिक टन हाराहारीमा हुन्छ । यसबाट कुटनीपिसानी गर्दा तयारी खाद्यान्न (जस्तैः चामल, पिठो) करिब ५५ लाख मेट्रिक टन जति निस्कने मन्त्रालयका सह प्रवक्ता शङ्कर सापकोटाले बताउनुभयो । मुलुकको हालको जनसङ्ख्यालाई वार्षिक करिब ५४ लाख मेट्रिक टन तयारी खाद्यान्न आवश्यकता पर्ने मन्त्रालयको अनुमान छ । “मुलुकको जनसङ्ख्या र उत्पादनको दर हेर्दा मुलुकभित्रको खाद्य उत्पादन मिलाएर खाँदा सबैलाई पुग्नुपर्ने हो । तर भातै खानुपर्ने र त्यो पनि विदेशमा उत्पादित मिठो मसिनो चामल खाने बानीले ठूलो परिमाणमा चामल आयात हुँदै आएको छ” उहाँले भन्नुभयो । मुलुकभित्र व्यावसायिक रुपमा सुरु भएको कुखुरापालन र पशुपालनका लागि आहाराको रुपमा आवश्यकपर्ने मकैको पनि आपूर्ति हुननसक्दा बर्सेनि मकैको आयात पनि बढ्दो छ । कृर्षिमा मुलुक आत्मनिर्भर बनाउन मन्त्रालयले विभिन्न कार्यक्रम अघि सारेको छ । यस आवमा मन्त्रालयले अघि बढाएको ‘प्रधानमन्त्री कृषि आधुनिकरण परिआयोजना’ले कृषिको उत्पादनमा व्यापक सुधार ल्याउने मन्त्रालयको दाबी छ । सम्पूर्ण स्रोत व्यवस्थापन स्वदेशी रहेको यस परियोजनाको मुख्य उद्देश्य कृषिलाई व्यवसायीकरण, यान्त्रिकरण र औद्योगिकिरण गर्नु हो । कुल रु पाँच अर्ब ७८ करोड बजेट छुट्याएको यस परियोजनाको कार्यान्वयनबाट सरकारले आगामी वर्षमा गहुँ र तरकारी, दुई वर्षमा धान र आलु, तीन वर्षमा मकै र माछा, चार वर्षमा केरा, मेवा र लिची, १० वर्षमा किबी, स्याउ, सुन्तला, जुनार र आँपमा आत्मनिर्भर हुने विश्वास लिएको छ । यस बाहेक मन्त्रालयले स्थानीयस्तरका मिठो चामलका ख्याती पाएका तथा मसिनो चामलको उत्पादन प्रोत्साहनको विभिन्न नीति अवलम्बन गरेको जनाएको छ । मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा ३३ प्रतिशत योगदान रहेको कृषि क्षेत्रको लागि कुल बजेटको तीन प्रतिशतमात्र बजेट विनियोजन ज्यादै कम भएको खाद्य अधिकार सञ्जाल नेपालका संयोजक प्राडा केशव खड्काले बताउनुभयो । नेपालमा कूल ६५ दशमलव ७ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छन् । कृषि क्षेत्रमा आवश्यकताअनुसार पर्याप्त बजेट विनियोजनको कमी, सहुलियतपूर्ण ऋण लगानी, कृषि सामग्रीको यथोचित उपलब्धता र आवश्यक अनुदान तथा कृषि बिमा प्रभावकारी नहुँदा अपेक्षित उत्पादन हुन नसकेको उहाँको भनाइ छ । “मकै, कोदो, आलु र फापरलाई खाना तथा खानाका परिकारका रुपमा कम खाने शैलीले चामलको आयात सबैभन्दा धेरै बढेको हो” प्राडा खड्काले भन्नुभयो, “बढ्दो वैदेशिक रोजगारीका कारण गाउँमा खेती गर्ने युवा जनशक्तिको कमी हुनु र ज्येष्ठ नागरिक तथा महिलाको भरमा गरिने जीवन निर्वाहमुखी खेतीबाट आत्मनिर्भर बन्न कठिन छ ।” रासायनिक मलको जथाभावी प्रयोगले उत्पादनशील जमिन मरुभूमिकरण हुँदै गएकोप्रति उहाँले चिन्ता व्यक्तगर्नुभयो । मुलुकमा गत वर्ष झन्डै ३० लाख ९१ हजार हेक्टर जमिनमा कृषि उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०७२-७३ मा धान ४२ लाख ९९ हजार मेट्रिक टन, मकै २२ लाख ३१ हजार मेट्रिक टन, गहुँ १५ लाख ७० हजार मेट्रिक टन, दलहन तीन लाख ६० हजार मेट्रिक टन, तरकारी ३५ लाख ८० हजार मेट्रिक टन, फलफूल १० लाख ९६ हजार मेट्रिक टन, आलु २८ लाख ५० हजार मेट्रिक टन र माछा ७८ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

के चाँही किनौ होला ?

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजधानीको भृकुटीमण्डपस्थित १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला एवं नवीनतम प्रविधि प्रदर्शनीको उद्घाटनपछि मेलामा राखिएका सामानहरुको अवलोकन गर्दै । तस्बिर : रत्न श्रेष्ठ, काठमाडौ

सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं, चैत १७ । सामसुङ कम्पनीले अत्याधुनिक सुविधासहित नयाँ मोडल ‘ग्यालेक्सी एस ८’ र ‘एस ८ प्लस’ सार्वजनिक गरेको छ । संसारकै शक्तिशाली १० एनएम मोबाइल चिपसेट जडान गरिएको एन्ड्रोइड ७ भर्सनको अत्याधुनिक सुविधासहित नयाँ मोबाइल बुधबार सार्वजनिक गरिएको हो । कम्पनीका उपाध्यक्ष रोर्रे ओनिलले नयाँ मोडलको फोन बनाउन करिब ३११ अर्ब रुपैयाँ (३ अर्ब अमेरिकी डलर) खर्च भएको बताएका छन् । यस्ता छन् विशेषताहरु धेरै समयको उत्सुकतापछि कम्पनीले ‘आइफोन ७’कै आकारको डिस्प्लेमा आँखा, अनुहार र औंलाले ‘अनलक’ गर्न सकिने अत्याधुनिक विशेषतासहित परिमार्जित गरी नयाँ मोडल सार्वजनिक गरेकोे हो । कम्पनीकाअनुसार दुबै फोनमा एउटै विशेषतासहित एस ८ मा ५.८ इन्च र एस ८ प्लसमा केहि ठूलो ६.२ इन्चको क्यार्ड एचडी प्लस २९०० ८१४४० पी, ५७० पीपीआइ डिस्प्ले राखिएको छ । दुबै फोनमा प्रयोकर्ताको आँखाबाट फोन खुल्न सकिने र व्यक्तिगत बटमसहितको विशेषता रहेको छ । यी दुबै फोनको डिस्प्ले घुमाउरो धार भएकोले चारैपट्टीबाट आँखाको सहायताले अनलक गर्न सकिनेछ । कम्पनी यसलाई जताबाट पनि प्रयोग गर्न सकिने डिस्प्ले भनेको छ । यस डिस्प्लेले उच्च गुणस्तरको भिडियोसमेत सपोर्ट गर्नेछ । यी दुबै फोनलाई ३० मिनेटसम्म १.५ मिटर अर्थात् पाँच फिट गहिराइमा पानीमा राख्दा पनि असर नगर्ने कम्पनिको दाबी छ । डिस्प्लेमा सजिलै फिंगर स्क्यान गरी फोन लक–अनलक गर्न सकिने र फोनले प्रयोगकर्ताको अनुहारसमेत पहिचान गर्नसक्ने भएकोले सुरक्षित र गोप्यतासमेत कायम हुने कम्पनीको भनाइ छ । यदि प्रयोगकर्ताले आफ्नो व्यक्तिगत होम बटम हराए उनीहरुले डिस्प्लेको भित्र छुट्टै जडान गरिएको होम बटम सक्रिय गरेर प्रयोग गर्न सक्नेछन् । त्यस्तै, प्रत्येक व्यक्तिको आँखालाई फोनले पढ्नसक्ने भएकोले आँखाको रेटिना स्क्यान गरेर पनि आधिकारिकता पहिचान गर्नसक्ने अत्याधुनिक विशेषता रहेको छ । यदि दुईओटा फोनको एउटै अनलक प्याट्रन छ तर आँखा स्क्यान गर्दा मेल खाएन भने फोन नखुल्ने कम्पनीले उल्लेख गरेको हो । दुबै फोनको अगाडिको क्यामेरा १२ मेगापिक्सल र पछाडि ८ मेगापिक्सलको रहेको छ । फोनले प्रत्येकपटकमा तीनओटा फोटो खिच्नेछ । त्यसमध्ये मुख्य फोटोमा नमिलेको ठाउँ (सफा नआएको ठाउँ)मा बाँकी दुईओटा फोटोको सहायताबाट एउटा राम्रो फोटो तयार गरेर ग्यालरीमा पठाउने विशेषतासमेत यसमा राखिएको छ । दुबै फोनमा ४ जीबी र्‍याम र आन्तरिक मेमोरी ६४ जीबी रहेको छ भने दुबै फोनले २५६ जीबी बाह्य मेमोरीकार्ड सपोर्ट गर्दछ । एस ८ मा ब्याट्रीको क्षमता ३००० एमएएच रहेको छ भने एस ८ प्लसमा ३५०० एमएएच रहेको छ, जुन निरन्तर १२ घन्टासम्म चलाउन सकिन्छ । यस फोनलाई कम्प्युटरसँग जोडेर किबोर्ड, माउस र वेबक्यामको सट्टा प्रयोग गर्न सकिने विशेषता रहेकोे कम्पनीले उल्लेख गरेको छ । दुबै फोनमा एक्र्सनस अक्टा कोर २.३ प्लस १.७ गिगाहर्ज क्वार्ड १० एनएम एसओसी प्रोसेसर प्रयोग गरिएको छ । कम्पनीकाअनुसार दुबै फोनको तौल १५५ ग्राम रहेको छ । कम्पनिले बिहीबारदेखि प्रीअर्डर सुरु गरेर आगामी अप्रिलसम्म बजारमा पठाउने उल्लेख गरेको छ । विभिन्न रङहरु कालो, खैरो, सेतो, सिल्भरमा उपलब्ध हुने फोनको अन्तर्राष्ट्रिय बजार मूल्य एस ८ को करिब ७७ हजार ८ सय ९८ रुपैयाँ (७५० अमेरिकी डलर) र एस ८ प्लसको करिब ८८ हजार २ सय ८४ रुपैयाँ (८५० अमेरिकी डलर) राखिएको छ ।

नवलपरासी सांसदको माग: त्रिवेणी सुस्ता प्रदेश ५ मै कायम हुनुपर्ने

नवलपरासी, चैत्र १४ । नवलपरासीका सांसदले, नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिका प्रदेश नं. ४ मा विभाजन प्रति गम्भीर आपत्ति जाहेर गर्दै सो गाउँ पालिकालाई प्रदेश नं. ५ मै कायम गर्न पर्ने सरकारलाई आग्रह गरेका छन् । जनताको चाहना विपरित सरकारले त्रिवेणी सुस्तालाई प्रदेश नंं ४ मा मिलाउन खोज्दा नेपाली कांग्रेस नवलपरासी क्षेत्र नं. ५ र ६ का दुई जना सांसदले सिमाकङ्कन संसोधनका लागि आवाज उठाएका हुन् । जिल्लाको निर्वाचन क्षेत्र नंं ५का सांसद विक्रम खनालले आज परासीमा आयोजित पत्रकार सम्मेलनमा भने, जसरी सरकारले दाउन्ने डाँडावारी नवलपुर क्षेत्र प्रदेश नंं ४ र डाँडापारी परासी क्षेत्र प्रदेश नं. ५ छुट्टयाउने गरि जिल्लार्लाइ विभाज गरेको छ सोही खाका अनुसार प्रदेशको पनि सिमाङ्कन हुनु पर्ने सरकार संग माग राखेका छन् । स्थानिय निकायको चुनाव आवश्यक छ भन्दै सांसद खनालले राष्ट्रिय शक्तिहरुको बिच राष्ट्रिय सहमति कायम गरि चुनावमा भिडे मात्र देशले निकास पाउने जिकिर गरे । सांसद खनालले, सरकारले मधेशी जनताहरुको जायज मागलाई सम्बोधन गरि गठन हुने सिमांकन आयोगले प्राविधिक हिसाबले प्रदेशको सिमाङ्कन गर्न पर्ने आवश्यक रहेको बिचार पनि व्यक्त गर्नु भयो । पत्रकार सम्मेलनमै निर्वाचन क्षेत्र नं. ६ का सांसद देवकरण कलवारले (सन्तु) कुनै पनि हालतमा त्रिवेणी क्षेत्र प्रदेश नं. ४ मिसाउन नपाईने बताए । सरकारले जनता र सांसदहरुको भावना विपरित यदि जिल्लाको सिमाङ्कन ग¥यो भने यो संघियता लामो समयसम्म टिकन नसक्ने जिकिर गरे । धार्मिक तथा पर्यटकिय दृष्टिकोणले निकै सम्भावना बोकेको त्रिवेणी क्षेत्रलाई प्रदेश नं. ५ मै कायम गराउन सदन मा कुरा राख्ने तथा सरकार समक्ष स्थानिय जनताको साथमा डेलिगेश समेत जाने सांसद कलवारले चेतावनी दिए । नवलपरासीमा १५ वटा स्थानिय निकायको तोकिएको छ जस मध्ये ७ वटा नगरपालिका र ८ वटा गाउँपालिका छन् । स्थानिय निकाय पुर्न संरचना आयोगले त्रिवेणी सुस्ता, कुडिया, रुपौलिया, पक्लिहवाँ, नर्सही गाविसलाई एकै गाविसमा मिसाई हाल त्रिवेणी सुस्ता गाउँ पालिका बनाएको छ । उक्त गाउँ पालिकालाई प्रदेश नं. ४ लैजान खोजिएको हुँदा त्यस प्रति स्थानिय जनता र सांसदको विरोध छ ।​

ठाेक्न मादल ठाेक !

म्याग्दीको बेनीमा बिहीबारदेखि सुरु भएको प्रथम धौलागिरी सांस्कृतीक महोत्सवको अवसरमा मादल बजाउँदै गीत गाउँदै निकालिएको र्यालीमा सहभागिहरु । तस्बिर : सन्तोष गौतम, म्याग्दी

तीन लाखमै भुकम्प प्रतिरोधी घर

काठमाडौं, चैत ९ ।  सरकारले दिएको तीन लाख रुपैयाँमा घर नबन्ने चिन्तामा रहेका भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खुसीको खबर दिएको छ । प्राधिकरणले स्वीकृत गरेको नयाँ डिजाइनको घर भूकम्पपीडितले दुई लाख ९२ हजार रुपैयाँमै तोकेको मापदण्डअनुसार बनाउन सक्नेछन् । प्राधिकरणले पक्की घरको ६ वटा नयाँ डिजाइन स्वीकृत गरेको छ । त्यसमध्येको एउटा डिजाइनमा दुईकोठे पक्की भवन तीन लाखमै बनाउन सकिनेछ । सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना)ले पाँचवटा र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेको प्राधिकरणले जनाएको छ । सरकारले यसअघि १७ वटा डिजाइन स्वीकृत गरेको थियो । ती डिजाइनको घर बनाउन लागत महँगो पर्ने गुनासो भूकम्पपीडितले गरेका थिए । नयाँ डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणीकरण गरेपछि लागू हुनेछ । नयाँ डिजाइनअनुसार ढुंगाको जोडाइ र माटोको गारोका एकतले घर र ढुंगाको गारोमा माटोको जोडाइ तथा सिमेन्टको समेत जोडाइमा भूकम्पप्रतिरोधी घर बनाउन सकिनेछ । यो मोडलबाहेकका घर भने तीन लाखभित्र नबन्ने प्राधिकरणका एक अधिकारीले बताए । ‘तीन लाखभित्रै पनि घर बन्छ है भनेर एउटा उदाहरण दिन नयाँ मोडल राखिएको हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘बाँकी मोडल तीन लाख रुपैयाँमा बन्दैनन् ।’ प्राधिकरणले सबै मोडलका घर निर्माणको लागत भने सार्वजनिक गरिसकेको छैन । बस्ती स्थानान्तरणका लागि जग्गा खोज्ने जिम्मा सिडिओलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको मंगलबार बसेको बैठकले जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडितलाई स्थानान्तरण गर्न आवश्यक जग्गा तथा घडेरी व्यवस्थापनको गृहकार्य गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको छ । प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बैठक बसेको थियो । प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाइँ सर्न चाहने प्रभावितलाई जग्गा किन्ने प्रयोजनका लागि दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिफारिस गरेको थियो । यो खबर आजको नयाँ पत्रिकामा छ ।

विजुक्छेले भने, ‘वैदेशिक हस्तक्षेप नभए तोकिएकै समयमा चुनाव हुन्छ’

भक्तपुर, चैत ६ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वैदेशिक हस्तक्षेप नभए तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुने दाबी गरेका छन् । आइतबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले भने, ‘निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भएता पनि सम्भव भएका स्थानमा निर्वाचन गरिनुपर्छ र बाँकी रहेको स्थानमा पछि निर्वाचन गर्न सकिन्छ ।’ निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि ठूला दलहरुले त्यसको पालना नगरेको भन्दै आचारसंहिता लागू गर्ने तर्फ निर्वाचन आयोगको ध्यान जानु पर्नेमा जोड दिए । सरकारमा सामेल दल र प्रतिपक्षले विभिन्न बहानामा आचारसंहिता उल्लंघन गर्दा समेत निर्वाचन आयोगले केहि गर्न नसकेको उनको टिप्पणी छ । विजुक्छेंले सत्ता समिकरणमा फेरबदल आउन सक्ने सम्भावना समेत औंल्याए । नेपाली काँग्रेस र मधेसी दलहरु बीच सत्ता समिकरण हुन सक्ने बताउँदै विजुक्छेंले अवको सत्ता समिकरणमा एमाले र एमाओवादी एकातर्फ, काँग्रेस र मधेसी दलहरु अर्कोतर्फ भएर सत्ताको समिकरण हुनसक्ने बताए ।

एसइइ परीक्षामा एकै जिल्लाबाट नौ बोरा चिट बरामद !

काठमाडौं, चैत ३ । आजदेखि सुरु भएको एसइइको परीक्षामा सहभागी विद्यार्थीहरुको साथबाट बरामद गरिएको चिटले एकै दिनमा नौ वटा बोरा भरिएको छ । परिक्षालाई अमर्यादित र चिट चोरिएको पाइएमा कारवाही गर्ने भनिरहेका बेला महोत्तरीका विभिन्न स्कुलहरुमा परिक्षा हलमा पुगेका प्रहरी र शिक्षकको टोलीले चिट भने बोराका बोरा चिट बरामद गरिएको हो । कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा चलिरहँदा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको प्रहरी र शिक्षकहरुले बताएका छन् । कुल २८ वटा परीक्षा केन्द्रबाट ९ बोरा चिट बरामद गरिएको हो । परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।