घरभित्र भुत आएपछि भागाभाग (भिडियोसहित)

असोज २८ । भुतप्रेत जस्ता कुराहरुको बारेमा धेरै बहस हुने गर्दछ तर वास्तवमा भुत हुन्छ या हुँदैन हाम्रो समाजमा पूर्णरुपमा पुष्टि हुन नसकेपनि यही समाजमा बस्ने कोहि कोहि आफूले भुत देखेको दाबि पनि गर्छन ।

भुत किचकन्याको बारेमा हामीले धेरै चलचित्र पनि हेरिसकेका छौ यस्तै गरी सोही विसयालाई समेटेर तयार पारिएको छोटो फिल्म ‘ब्याड ड्रिम्स’ सार्वजनिक भएको छ ।

आफ्नो सपनामा यस्तै डर त्रासले सताइरहने बिसय वस्तुलाई यो भिडियोमा समावेश गरिएको छ ।

विष्णु भट्टराईको सम्पादन निर्देशन रहेको छोटो फिल्ममा विष्णु भट्टराईकै अभिनय देख्न सकिन्छ भने भूतको भूमिका निर्बाह गरेकिछिन बाल कलाकार विदुषी आचार्यले भने भूतको श्रृँगार सगुन शर्माले गरेको भिडियो अविरल फिल्मस्ले सार्वजनिक गरेको छ ।

झट्ट हेर्दा डर लाग्ने खालको भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्–

मेलम्चीको पानी काठमाडौं आउन ०७५ साल कुर्नुपर्ने

काठमाडौं, भदौ १९ ।  उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न ०७५ साल नै कुर्नुपर्ने भएको छ । सुरुङ निर्माणमा ढिलाइ भएपछि पछिल्लो समय तोकिएको १५ असोजमा पनि मेलम्चीको पानी उपत्यकामा नआउने भएको हो । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ खन्ने काम सोचेभन्दा ढिलो भएकाले समस्या परेको हो । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले मेलम्चीको पानी काठमाडौं आइपुग्न ०७५ नै कुर्नुपर्ने बताए । ‘सुरुङ खन्ने कामले सोचेजस्तो गति पाउन सकेको छैन । यही गतिमा काम भए पुस महिनासम्म मात्रै सुरुङ खन्ने काम सकिन्छ । त्यसपछि तीन महिना सुरुङको मेन्टिनेन्समा लाग्छ । सम्पूर्ण काम चैत अन्तिम सातामा मात्रै सकिन्छ । खानेपानी काठमाडौं आइपुग्न ०७५ लाग्छ,’ देवकोटाले भने । यस कारण ०७५ साल लाग्छ आयोजनाका अनुसार अझै १.९२४ किमि सुरुङ खन्न बाँकी छ । खन्नुपर्ने २७.५८४ किमिमध्ये २५.६५९ किमि मात्र खनिसकिएको छ । अहिले दैनिक १३ देखि १४ मिटर सुरुङ खन्ने काम जारी छ । ‘सुरुङ खन्ने रफ्तार घटेको छ । मेसिन पनि पुरानो भयो । बीचमा नरम चट्टान भेटियो । पानी पनि रसाउन थाल्यो । सुरुङ खन्ने काम जोखिमपूर्ण भयो । र काम तीव्र गतिमा अघि बढ्न सकेन,’ कार्यकारी निर्देशक देवकोटाले भने । यही गतिमा काम भए बाँकी सुरुङ खन्न अझै एक सय ४८ दिन अर्थात् पुसको पहिलो सातासम्म लाग्छ । त्यसपछि सुरुङको चारैतर्फ ‘प्लास्टर’ गर्नुपर्छ । त्यसका लागि थप तीन महिना लाग्छ । र सुरुङको काम फागुनसम्ममा मात्रै सकिन्छ । पानीको मुहान सुरुङमार्गसम्म जडान गर्न १५ चैतसम्म लाग्नेछ । बाँकी काम सकेर पानी सुरुङमार्गमा प्रवेश गराउन चैत मसान्तसम्म लाग्छ भने पानी उपत्यकामा आउन ०७५ को वैशाख कुर्नुपर्नेछ । ढिलो हुनका ४ कारण १) १२ वैशाख ०७२ मा गएको भूकम्पले मेलम्ची खानेपानीको सुरुङ खन्ने काम प्रभावित बन्यो । भूकम्पपछिको करिब ३ महिना सुरुङ खन्ने सम्पूर्ण काम रोकियो । २) भूकम्पलगत्तै भारतले गरेको नाकाबन्दीका कारण सुरुङ खन्ने काम करिब ६ महिना ठप्प बन्न पुग्यो । नाकाबन्दीमा इन्धनको चरम अभाव भयो । सुरुङ खन्न प्रयोग हुने केमिकल तथा विस्फोटक पदार्थ नाकाबन्दीका कारण रोकिए । जसका कारण सुरुङ खन्ने काम अघि बढ्न सकेन । ३) इटालियन ठेकेदारले सन् २०१३ देखि सुरुङ खन्ने काम गर्दै आएको छ । सुरुङ खन्दा प्रयोग गरिएको मेसिन ठेकेदार कम्पनीले अहिलेसम्म परिवर्तन गरेको छैन । पुरानै मेसिनको भरमा सुरुङ खनिँदै छ । ४) भौगर्भिक समस्याका कारण पनि सुरुङ खन्ने काम ढिलाइ भएको छ । चट्टान भेटिएको ठाउँमा सुरुङ खन्न सजिलो भयो, तर पर्याप्त मात्रामा नरम चट्टान, कति ठाउँमा पानी रसाउने कारणले काममा ढिलाइ भयो ।

नमूना कलेजको ग्राजुएसन फेसन शो

भदौ १८ । अक्टोपस, कोरल रिफ, सी अरचिन, स्टारफिस, जेली फिस, बे अफ अलास्का, मर्मेड, पर्ल, बेटा फिस, सी ड्रागन लगायत समुद्री जीवनबाट अभिप्रेरित १५ वटा अनुपम, आकर्षक र लोभलाग्दा पहिरन शैलीहरु । सृजनात्मक सोच र कल्पनाशीलताले सजिएका यी पहिरनहरुले करिब एक घण्टाको समय उपस्थित फेसन पारखी दर्शकहरुलाई समुद्री परिवेशमा विचरण गराएको अनुभूति भयो । गत शनिबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा संचालन भएको नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातकको पढाईमा अध्ययनरत १२औं ब्याचका ५७ जना विधार्थीहरुको अन्तिम परिक्षाको महत्वपूर्ण पाटोका रुपमा प्रस्तुत सो फेसन शोको मुख्य आकर्षण थिए उल्लेखीत पहिरनशैलीहरु । ‘रिकोरेन्जा डिला मोडा’ शीर्षक अन्तर्गत विद्यार्थी स्वयंले आयोजना एवं व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शोमा अन्य पाँच वटा सिक्वेन्स पनि प्रस्तुत गरिएका थिए । फेसन शोको प्रारम्भमा लोलिटा फेसनबाट प्रभावित पहिरनले र्याम्पमा अवतरण गरेको थियो । त्यसपछि इन्डो वेस्टर्नको फ्युजन स्वरुपहरुले प्रवेश पायो । जसमा साडीका साथमा फिटेड ज्याकेट, स्लीम फिट ज्याकेट, केप लगायतको सुन्दर कम्बीनेसन देख्न पाइयो । त्यसपछि स्ट्रीट वेयरले आफ्नो प्रभाव देखायो । जसमा क्याजुयल र आरामदायिक मूडलाई प्राथमिकता थियो भने पहिरनहरु मुख्य गरी हेम्प फ्याब्रिकबाट बनेका थिए । नमूना कलेजका संस्थापक प्रिन्सीपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रुपमा परिचित ज्ञानी शोभा तुलाधरप्रति समर्पित पहिरनशैलीले कार्यक्रमको मध्य समयमा प्रवेश पायो । ज्ञानी शोभा तुलाधरले आफ्नो समयमा तयार पारेका विविध पहिरन शैलीबाट प्रभावित पहिरनहरुको नमूनालाई यो चरणमा देख्न पाइयो । ब्युटी क्वीन शीर्षक अन्तर्गत प्रस्तुत यी पहिरनहरु मूलतः ढाकाको प्रयोगमा साटन, रअ सिल्क जस्ता फ्याब्रिकमा खेलिएका थिए । जसमा फ्लोर लेन्थ गाउन, प्रिन्सेस लाइन, केप, अफ शोल्डर डिजाइन आदि प्रमुख थिए । रोजिन शाक्यको कोरियोग्राफी रहेको सो फेसन शोमा पाँच जना युवा मोडल सहित तीन दर्जन भन्दा बढी मोडलहरुले र्याम्पमा ओहोर दोहोर गरेका थिए । कार्यक्रमको पाँचौं सिक्वेन्स कर्पोरेट जगतप्रति समर्पित थियो । जसअन्तर्गत मूलतः फिटेड स्कर्ट, पेन्सिल स्कर्ट, शर्ट, टप्स आदि प्रस्तुत गरिएको थियो जुन कर्पोरेट जगतका महिला प्रोफेसनलहरु प्रति केन्दि«त थिए ।

इङ्ल्याण्डका चर्चित फुटबलर वायने रुनीद्वारा सन्यास

लन्डन, भदौ ८ । इङ्ल्याण्डका चर्चित फुटबलर वायने रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३१ वर्षीय रुनीले इङ्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटको अनुरोधलाई समेत अस्वीकार गर्दै सन्यासको घोषणा गरेका हुन् । प्रशिक्षक गारेथले रुनीलाई विश्वकप छनौट चरणअन्तर्गत आगामी महिना माल्टा र स्लोभाकियाविरुद्धको म्याच खेल्न आग्रह गरेका थिए । ‘प्रशिक्षक गारेथले मलाई यसै साता बालाउनु भएको थियो, उहाँले मलाई इङ्ल्याण्डको टिममा फेरि लिन चाहनु भएको थियो । म उहाँको प्रशंसा गर्दछु,’ रुनीले भनेका छन्, ‘यो मेरालागि निकै कठिन निर्णय हो, मैले आफ्नो परिवार, एभर्टनमा मेरो म्यानेजर र मेरा निकटम मित्रहरुसँग यसबारे सल्लाह गरेँ ।’ हालै इङ्लिस क्लव एभर्टनमा सामेल भएका रुनीले भने, ‘मलाई जहिले पनि एक खेलाडी वा कप्तानका रुपमा चुनियो, त्यतिबेला मैले आफूलाई भाग्यशाली ठानेँ । म उहाँहरु सबैप्रति धन्यवाद दिन चाहन्छु, जसले मलाई सहयोग गर्नुभयो ।’ उनले इङ्ल्याण्डका लागि खेल्नु सदैव आफ्नो लागि विशेष रहेको जनाउँदै भने, ‘तर मेरो विचारमा यो बिदा लिने समय हो ।’ उनले ११९ अन्तर्राष्ट्रिय म्याचमा आफ्नो देशका लागि ५३ गोल गरेका छन् । उनले सन् २००३ मा अस्ट्रेलियाविरुद्धको खेलमा इङ्ल्याण्डका तर्फबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

नयाँ शक्तिका सयौ नेता वाईसीएलमा (तस्बीर)

काठमाडौं, साउन २८ । नयाँ शक्ति पार्टी नेपालका धेरै नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नयाँ शक्तिका ३ नं‍. प्रदेश सहसंयोजक दीपक बिक ‘निर्मल’ सहित अन्य  केन्द्रीय सदस्य तथा युवाहरु लगायत पार्टीहरु नेपाली कांग्रेस तथा एमालेबाट गरी ४५० बढी युवा वाइसिएल प्रवेश गरेका छन् ।

‘पोइ खोजेकी नभुन्नु होला…’

फोन न उठाउँ त कुनै महत्वपुर्ण समाचार गुम्ने हो कि भन्ने लाग्छ । अनि मलाई आउने फोन उठाउने नै हो भने अरु काम नगरे भयो । यो अवस्था छ मेरो । दिनमा जसोतसो फोन उठाउँछु तर ईमो , भाईवर र ह्वार्टशप मैले बन्द नै गर्नु पर्ने बाध्यता छ । मेरो सवै भन्दा आरमका् दिन त्यो हो जुन दिन मैले फोन गरेको हुन्छु । मलाई आउने फोनहरु मध्ये आरामै ? खान खानु भयो र मलाई चिन्नु भयो रु के छ खवर रु यस्ता कुराले थप तनाव पुराउँछ । कहिले भुतले छल्यो भनेर रातमा बोलाउँ छन । कहिले बलात्कार भयो भनेर सुईको दिन्छन । कहिले अरु अनेक थरी विषयमा बोलाउँ छन् । यहि क्रममा गए राती सदरमुकामको एक होटलमा बोलाईयो । त्यस होटलमा काम गर्ने एक जना कामदार महिला शौलाय भित्र पसेको झण्डै आधा घण्टासम्म बाहिर न निस्केको र खोल्दा चुक्कुल लगाएको विषयमा हंगामा मच्चिएको रहेछ । निद्रमा थिएँ जुरुक्क उठेर गएको त वोलाउँदा पनि बोल्दीनन । आत्मा हत्या गरेको आंशका जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरीले पनि गरे मसहित अर्का पुराना पत्रकार हरिप्रसाद पोखरेलले पनि गरिऔं । हामीले ढोकाको चरबाट फोटो खिच्दा ति महिला शौचालयको चिसो भुँईमा लडेकी थिईन् । त्यो दृश्य देखेपछि पट्रोलिङ्गका प्रहरीको हद भन्दा बाहिरको विषय लागेर मुद्धा फाँटलाई बोलाए । टोली केहि वेरमा आयो । होटलवालाहरुको ओठ मुख सुकेको थियो । जम्मा तीन दिन भएको रहेछ उनी त्यहाँ आएको। वर्षऔंदेखि माईला दाईको चिया पसल भनेर चिनिएका र असाध्धै सोझा माईलादाई फस्ने हुन की भन्ने चिन्ता पनि त्यहाँ गरिदै थियो । एक्कासी ति चिसो भुँईमा लडेकी महिला ढोका खोलेर बाहिर निस्केपछि सदरमुकाममा अर्को भुत निस्कीए जस्तो भयो । किन हो यसरी जम्मा भएको ? यस्तो ठाडो प्रश्न गर्दै ति महिला बाहिर निस्कीईन् । ३/४ चार वटा सन्तानकी आमा ईस्माको दोहली गाउँबाट श्रीमानले होला गरेपछि तम्घासमा जुठा भाँडा माझ्न आएकी उनलाई वेला बेलामा बेहोस हुने रोगले छोएको रहेछ । गाउँमा न्याय पाईन त्यसैले ज्यान पाल्न हिडेकी हुँ भन्ने उनका बारेमा नवनिर्वाचित जनप्रतिनिधीले चासो दिने विषय बनेको छ । फेरी अर्की भुत आईन र भनिन–‘दाई मेरो मन होईन र ? ’ त्यहाँबाट फर्केपछि भर्खर सुत्न के लागेको थिए एउटा फोन आयो । सुरु मै दाई रकर्ड चाँही नगर्नु होला म तपाईसंग भित्रि मनको वह पोख्न चाहन्छु है भनिन् । भन्नु न भने । उनले यसरी आफ्ना वहहरु पोखिन –‘ पक्कै पनि लोग्ने मोन्छे र हामी महिलाको मन एउटै होला । मेरो १८ वर्षको उमेरमा तीन वर्ष अघि विहे भएको हो । प्लस टु पढ्दै थिएँ र कुनै पनि पुरुषसंग मेरो सेक्सुअल सम्वन्ध पनि थिएन । तर जिज्ञाषु मन भने व्याकुल थियो । माग्न आए वाहुने संस्कारमा वावु आमाले दिएपछि नकार्न सकिन । विहे भयो । जन्म घर छाड्नुको रोदनसंगै कौतुहलता पनि हुँदो रहेछ । विहेको पहिलो दिन हामी दुई जना नजिकीने वातवरण पनि थिएन् । दुलहन फर्काए पछिका दिन भने हाम्रा लागि ढुक्क छन भन्ने ठानेकी थिएँ । तर मेरा कल्पना , कल्पना मै सिमित हुने ठानेपछि उनि विेदेश हिड्नुको अघिल्लो दिन राती म आफ्नो लाज पचाउन बाध्य भएँ । उनी जहाँ सुत्छन मैले छाड्ने वाला थिईन । एउटी अनमत्त बैशे उमेरकी केटीलाई श्रीमति बनाएर ल्याई सकेपछि खोई श्रीमानले गर्ने ब्यवहार ? म यहि कुरामा आक्रोषित थिएँ । त्यही आक्रोष र आतुर यौन जिज्ञाषा मेटाउन म उनि लुकेर सुतेको स्थान माथिल्लो तलाको आँटीमा झयालबाट उक्लेर चोर जस्तै गरी पुगे । मस्त निद्रामा रहेछन् । मुहार सुम्सुमाउँदै उठाएँ । मोवाईलको लाईट वालेर मुहार हेरे असाध्धै मन वहकियो । त्यसपछिको समय मेरा लागि निकै पिडादायि रह्यो । दाई उत्ताउँली केटी रहेछ नभन्नु होला । तपाई धेरै महिलाका पिडा लेख्ने भएर म नलजाई भन्दै छु कि म जस्ता चेलीले यस्तो भोग्न नपरोस भन्नका खातिर सवै कुरा भनेकी हुँ । त्यस रात उज्यालो हुने बेलासम्म मेरो तड्पाइ शान्ता पार्नै सकेनन् उनले । मुटु एकनासले भड्की रहेको छ । श्वास प्रश्वासले मलाई थप दवाव दिई रहेको छ । मलाई मेरो मनले दवाव दिए पनि उनको मनले उनलाई दवाव दिन सकेन् । कौतहलतै कौतुहलताको तडपाइका बीच त्यो रात वित्यो । उज्यालो भएको केहि वेर घरयासी काममा लागियो । उनलाई विदाई गर्नु पुर्व नै मैले कसरी विदाईको हात हल्लाउ भन्ने सपनादेखि रहेकी थिए । श्रीमान श्रीमति नातामा सेक्स भन्ने कुरा मात्रै बाधक पनि त्यति वेला मलाई लागेन । उनि हिड्ने भन्ने कुराले नै म एक्ली जस्तै भई सकेकी थिएँ । बरु मलाई केहि नगरोस मात्र मेरो कोखमा लुटपुटिए पनि धन्य हुन्थ्यो जस्तो मलाई लागेको थियो । तर उ एक चोटी विदेश गएर आएको मान्छे जाने नै भयो । घरमा बाबा आमा र वहिनीहरुले टिका टाला गरेसंगै मैले उसलाई अलि परसम्म छोड्न गए । वाक्य फुट्न बढो मुस्कील थियो । दुवै मौन छौं । गर्न त उसले मलाई माया गर्दो रहेछ भन्ने तव थाह पाएँ । मौन हिड्दै गर्दा उसका आँखा रसाएका थिए । मैले पुग्न वित्तिकै फोन गर्नु है भन्न नपाउँदै मुटुमा गाँठो प¥यो । दुवैको अश्रुधारका संगै आँखा जुधाऔं । अंगालो हालेर रुने मन थियो तर बातरवरण नभएर विवस भयौं । उताबाट जिप आयो मेरो उनलाई टिपेर लग्यो । आँखाको दृष्टीले पुग्ने बेला सम्म मैले एकानास उनलाई नियाली रहेकी थिएँ । त्यो सिङ्ग जिप उनकै प्रतिमुर्ति बनेको थियो । यसरी विदा भएका हामीविच वैवाहिक सम्वन्ध सुमधुर हुने कुरामा म ढुक्क थिएँ किन की विदाईको क्षणमा उसका पनि आँशु खसेकोले । उसको फोनको प्रतिक्षमा म निकै दिन तड्पीएँ । एक चोटी सपरिवारलाई फोन गर्ने बेलामा म पनि उस ग वोल्न चाहें । मलाई तँ मन पर्दैन आफ्नो खुशी गर्नु यस्तो भन्यो । भन्नु न दादा भक्कानीदै मलाई कस्तो भए होला । म मेरा बाबु आमाको इज्जतका खातिर उसले त्यो भनेपघि घर गर्न बाध्य छु । त्यसपछिका दिनमा उसको नम्वरमा धेरै चोटी फोन हानें उसले पटक्कै उठाएन । पछि गएर नम्वर चेञ्ज ग¥यो । दिनमा त साथीसंग कुराकानी हुँदा केहि जस्तो लाग्दैन तर दादा म कैयौं रात रोएर बिताएकी छु । २०/२२ उमेरकी मान्छे । पढा लेखा र धेरै केटाहरुले लाईन मार्ने सुन्दरता पनि छ जस्तो लाग्छ । कहिले काँही मन वरालीन्छ पनि तर वावु आमाको ईज्जत मेरा सामु सावाधानीको औला ठडाए उभिन्छ । मलाई थाह छ उ नपुकसक होईन । मैले थाह पाएँ उसले छिमेकी केटीलाई एक चोटी भुँडी बोकाएर फलाएको रहेछ । विहे गरेको १५ दिनसम्मका रात उसले गाउँ घरका केटीहरुसंगै बितायो । अहिले उ मसंग सम्पर्क विहन भए पनि गाउँकी एउटी केटीसंग दिनमा दश पटकसम्म फोन गर्दो रैछ । म अस्ती साउने सक्रान्तिमा माईत गएँ । बुवा आमाले वावुले फोन गर्नु हुन्छ भन्दा मुस्कुराउँदै अघि भर्खर पनि गर्नु भएको थियो, दर्शन भनि दिनु भन्नु भाछ भनेर ईज्जत बँचाएँ । भाईले सधै भन्छ कि भेनालाई झिकाउन भन्नु कि अलिकति पैसा पठाई दिन भन्नु म विदेश जान्छु । हुन्छ नि कुरा गरी दिउँला भन्छु । मलाई घर खर्च गर्ने पैसा त उसले पठाएको छैन भने भाईको त्यो कुरा कसरी सल्टाउन सक्थे र दादा भन्नु त ? एउटा कुरा दादा घरमा बुढा वाआमाले त राती अवेर सम्म टिभीमा फिल्म हेनु हुन्छ तर म हेर्नै सक्दीँन । किन कि हिरो हिरोईनीका रोमान्स देख्दा मेरो मुटु भक्कानिन्छ । कहिले काँही सपनामा उसंग रोमान्समा हुन्हु म । घर त आईज न किन छाडुला र भन्छु । उसको प्रतिक्षाको दियो हरदम वालेकी छु । उ पचासौं वर्ष नआउञ्जेलसम्म कहिल्लै निभ्न सक्दैन र यो जिज्ञाषु मन पनि । उ वाहेक कसै संग डगमगाउन चाहन्न । मनै हो दादा, कहिले काँही उन्मत्त हुन्छ । त्यसलाई मैले एकदम मिठास अनुभुतिका साथ लिने गछु । तपाईले धेरै महिलाले दोस्रो विवाह गरेको न्युज लेख्नु हुन्छ । तर त्यस पछाडीका कारणहरु लेख्नु हुन्न र दुख लाग्छ । होला कोही कोही मात लागेर हिडे होलान तर धेरै जस्ता महिलाहरु श्रीमान नाम मात्रैको भएर हिडेका छन भन्ने मेरै अवस्थाले पनि स्पष्ट पार्छ । म बस्छु उ आउने बेलासम्म । माईतीको ईज्जत पनि जति थामे, थामे । जव उ आएर यस्तै व्यवहार देखायो भने हेर्नु होला म पनि उसको चिल्लीविल्ली पारेर हिड्ने छु । त्यो समाचार लेख्नु भयो भने अहिले मैले गरेका कुरा पनि लेख्नु होला । महिला त्यसै घर छोड्दैनन् । वर्षऔंसम्म उसलाई कुर्ने, उसको घरको गोठालो हुने अनि माया नपाउने ? त्यस कारण क्षतिपुर्ति सहित टाप कस्नु पर्ने बाध्यता छ । उ छोरो मान्छे विदेशमा आफ्नो हात देखि त्यहाँका झारपात सम्मबाट सन्तुष्टी लिने तर हामी घर धान्नेहरुसंग सामान्य मायाको बचनसम्म नदिएपछि छाड्नै परे त्यसै कसले छाड्छ ? दादा डिष्टप गरे यो मध्ये रातमा माईन्ड नगर्नु होला । पोई खोजेकी रहिछ पनि नभुन्नु होला मात्र म जस्ता चेलीहरुको वेदना पोखेकी हुँ मेरो नाम चाही नभनि दिनु होला लेख्न चाँही लेख्दीनु होला । सुत्नु दाई, म पनि सुत्छु एक लोटा पानी खाँदै ।। गलल्ल हाँसो।।। बाई।।। सियु।।।। । वाहिर निस्कीँदा पारी व्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयमा विहानीको पुजा आरधान चलेको रहेछ । यसर्थ म आज २०७४ , साउन २० गते अनिद्रमा छु ।

धौलागिरिकै पहिलो मानव निर्मित पोखरीको संरक्षण शुरू

बेनी (म्याग्दी), साउन १९ । म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरमा धौलागिरि अञ्चलकै पहिलो मानव निर्मित बुढोपोखरीको संरक्षणका लागि काम शुरू भएको छ । ऐतिहासिक महत्व बोकेको बेनी–बागलुङ सडकखण्डअन्तर्गत पर्ने पोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् । सन् १८४० मा रत्नेचौरमा खानेपानीको अभाव भएपछि निर्माण गरिएकोे पोखरी संरक्षणको अभावमा जीर्ण बनेपछि पटक–पटक संरक्षणको पहल भएको वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । “गिर्वाणयुद्ध विक्रम राजाले उपहारस्वरुप दिएको जग्गामा पोखरी बनाइएको हो । पोखरी बनेपछि मानव बस्तीको विस्तार भएको किम्बदन्ती छ”, वडाध्यक्ष रावलले भन्नुभयोे । अध्यक्ष रावलका अनुसार गिर्वाणयुद्ध विक्रमको पालामा दिइएको जग्गामा स्थानीय वसन्त बोगटीका बाजेको सन् १८३६ मा लडाइँमा मृत्यु भएपछि बोगटीको स्मृतिमा विभिन्न स्थानबाट ठूलो जनशक्तिको प्रयोग गरी पोखरी निर्माण र बस्ती विस्तार गरिएको थियो । बुढोपोखरीलाई अञ्चलकै पहिलो मानवनिर्मित पोखरी भएको दाबी समेत गर्ने गरिएको छ । तत्कालीन समयमा आफ्ना हजुरबुवाले युद्धमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरिँदा यहाँका ठूला समाजसेवी वसन्त बोगटीले रत्नेचौर, रघुगंगा गाउँपालिकाको पिप्ले, मुस्ताङको मुक्तिनाथलगायतका स्थानमा सयौँ रोपनी जग्गा उपहार पाएका थिए । ती जग्गा वसन्त सदावर्त गुठी अन्तर्गत रहेका छन् । वसन्त वोगटीको पनि करिब आधा शताव्दी अगाडी नै निधन भइसकेको छ भने उनका सन्तान यहाँ रहेका छन् । करिब तीन दशकसम्म पोखरीमा जम्मा भएको खानेपानी प्रयोग गर्ने गरिएको स्थानीय बूढापाकाको भनाइ छ । पोखरी संरक्षणमा जुटेका स्थानीयलाई बेनी नगरपालिकाबाट रु ४० हजार, जिल्ला भू–संरक्षण कार्यालयबाट रु एक लाख प्राप्त भएको छ । त्यसैगरी स्थानीयले रु एक लाख ५० हजारको जनश्रमदान गरी पोखरीलाई पुरानै स्वरुपमा फर्काउने प्रयास भइरहेको छ । स्थानीयतहको निर्वाचनलगत्तै जनप्रतिनिधिले गाउँमा अति आवश्यक र अलपत्र परेका योजनालाई प्राथमिकता दिइरहेका छन् । जनप्रतिनिधिको सक्रियताले जनश्रमदानमा समेत आनाकानी गर्ने स्थानीयवासीलाई दबाबका साथै बजेट दुरुपयोग समेत रोकिएको छ । “यसलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा छाँै”, भानु माविका प्रधानाध्यापक भरत खत्रीले भन्नुभयो । प्रअ खत्रीका अनुसार करिब ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा समेत बगँैचा विस्तार गर्न सात रोपनी जग्गा रहेको छ । करिब २२० मिटर माथि ढोरेनीखोलाबाट ल्याइएको पानी पोखरीमा हालिएको छ । छिमेकी जिल्ला बागलुङबाट २० मिनेट, म्याग्दीको सदरमुकाम बेनीबाट २५ मिनेट र पर्वत जिल्लाको कुस्माबाट एक घण्टामा रत्नेचौरमा रहेको सो पोखरीमा पुग्न सकिन्छ ।

च्याम्पियन्स लिगमा तेस्रो चरणको खेल सकियो, यी हुन् छनोट हुने टिमहरु

काठमाडौं, साउन १९ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि तेस्रो चरणका छनोट खेल सम्पन्न भएका छन् । बुधबार राती भएको तेस्रो चरणको छनोटपछि स्कटल्याण्डको सेल्टीकले प्ले अफ् चरणमा स्थान बनाएको छ । नर्वेको क्लव रोजेनबर्गलाई १÷० ले हराउँदै सेल्टिक युरोपियन क्लब फुटबलको शीर्ष प्रतियोगिता नजिक पुगेको हो । बुधबार रातीका खेलमा विजयी हुँदै साईप्रसको अपोईल निकोसिया, रुसको सि.एस.के.ए मस्को, टर्कीको ईस्तानबुल बासाक्शेर, चेक गणतन्त्रको स्लाभिया प्राग, डेनमार्कको एफ.सी कोपनहेगन, रोमानियाको स्टावा बुकारेष्ट, स्विट्जरल्याण्डको योङ ब्वाईज र काजखस्तानको एफसी अस्टाना पनि च्याम्पियन्स लिगको प्ले अफ् चरणका लागि छनोट भएका छन् । फ्रान्सको निससँग अवे गोलमा पराजित हुँदै नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम भने प्रतियोगिताबाट बाहिरिएको छ । अब प्ले अफ् चरण सकिएपछि यस सिजनको युएफा च्याम्पियन्स लिगको समूह चरणमा सहभागि हुने सबै ३२ टोलीको टुंगो लाग्नेछ ।

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर

काठमाडौं, साउन १८ । एनसेलका ग्राहकमा निकै लोकप्रिय रहेको सापटी सेवाअन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । एनसेल प्रा. लिले सापटी सेवा सफलतापूर्वक संचालन गरेको पाँचौ वर्ष पुरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको छ जस अन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा रु ४० सापटी लिएर अफ्ठ्यारो परिस्थितीमा दूरसञ्चार सेवाहरु प्रयोग गर्न सक्नेछन् । सापटीको यो नयाँ योजना यही बुधबार (साउन १८) देखि लागू हुनेछ । सापटी सेवाअन्तर्गतको रकममा वृद्धि गरी दोब्बर बनाइए पनि ग्राहकले पुरानै सेवा शुल्क रु २ (कर बाहेक) मा यो सेवाबाट लाभ लिन सक्नेछन् । आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भई अफ्ठ्यारो परेको अवस्थामा ग्राहकलाई आवश्यक सञ्चार सेवा सुनिश्चित गर्नका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आइरहेको छ । ‘‘सापटी ग्राहकहरुले एकदमै मन पराएको सेवाहरु मध्य एक हो । त्यसैले यो सेवा संचालनको पाँच वर्ष पुरा भएको उपलक्ष्यमाआफ्ना ग्राहकका लागि सापटी सुविधा अन्तर्गत डबल सापटी योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ । यसले ग्राहकलाई थप मुल्य प्रदान गर्दै ब्यालेन्स रिचार्ज तत्काल गर्न नसकिएको अवस्थामा पनि सम्पर्कमा रहिरहन योगदान पुर्याउने विश्वास छ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । दुई महिनावा सो भन्दा बढि समयदेखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने सबै ग्राहकले यो सेवाअन्तर्गत सापटी लिन सक्नेछन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कलगर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्नेछन् । प्रिपेड सेवाका ग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार सापटी लिन सक्नेछन् । त्यसैगरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । सापटी स्वरुप लिइएको रु ४० र सेवा शुल्क बापतको रु २ (कर बाहेक) ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम रु ४० भन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले १७१०९ डायल गरिे सापटी सेवाको बारेमा जानकारी लिन सक्नेछन् । डबल सापटी योजना ९० दिनको लागिमान्य रहनेछ । प्रिपेडग्राहकले आवश्यकताअनुसार आफ्नो मेन ब्यालेन्स रु ५ वा सो भन्दाकम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । पुनः सापटी सुविधा लिन पहिलेको सापटी चुक्ता भएको हुनुपर्नेछ । ग्राहकले एस्ट्रिक्स ९०१ ह्यास डायल गरी सापटीको बाँकी रकमको जानकारी लिन सक्नेछन् ।

सार्वजनिक सवारी भाडा बढाउने तयारी

काठमाडौं ,साउन १४ ।  नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको छ । विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन् । विभागका अनुसार समितिले भाडा समायोजनका लागि तीव्र गतिमा प्रतिवेदन तयार गरिरहेको छ । साउनको अन्तिमसम्म प्रतिवेदन तयार गरी भाडा समायोजनको सिफारिस गरेपछि विभागले भाडा वृद्धि गर्नेछ । भाडा समायोजनको सिफारिस गरेपछि विभागले भाडा वृद्धि गर्नेछ । हाल ६५ प्रतिशतमा रहेका विभिन्न मोटर्स पाट्र्सको बजार मूलयको अनुगमन, मजदुर ज्यालालगायतका क्षेत्रमा लागत अध्ययन गरिरहेको समितिका संयोजक एवं विभागका निर्देशक प्रेम सिंहले जानकारी दिए,गोरखापत्रमा खबर छ ।

स्वयम्भूनाथ मन्दिर प्लाष्टिक मुक्त क्षेत्र हुने

काठमाडौं, साउन १ । काठमाडौँ, महानगरपालिका वडा नं.१५ मा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर क्षेत्रलाई अगामी ६ महिनाभित्र प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने मुख्य उद्देश्यका साथ स्वयम्भूनाथ मन्दिर क्षेत्रको सरसफाई अभियानमा नागर्जुना नगरपालिका–८, रामकोट, डाँडागाउँमा रहेको ढ्रुक अमिताभ माउन्टेन (सेतो गुम्बा) का आनी (भिक्षुणी) हरु आजबाट जुटेका छन् । प्लास्टिकजन्य वस्तुहरु र अन्य फोहोर मैलाहरुले स्तुपा क्षेत्र दिनदिनै कुरुप बन्दै गएकाले पर्यावरण संरक्षण गर्न र मन्दिर क्षेत्रलाई स्वच्छ र सफा वातवरणमा राख्नको लागि यो अभियान सञ्चालन गरेको सरसफाई अभियानको संयोजक आनी तेन्जिङले बताएका छन् । यसैगरी आनी (भिक्षुणी) हरुको टोलीले हरेक महिनाको दोस्रो र अन्तिम शनिबार स्वयम्भूनाथ स्तुपा क्षेत्रको सरसफाई गरिने र ठाँउ–ठाँउ आवश्यकताअनुसार डस्टबिनहरु राख्ने, सन्देश मुलक सुचना पाटीहरु राख्ने जानकारी समेत दिए । साथै स्तुपा क्षेत्रलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल बनाउन सरोकारवाला निकाय र अन्य सर्वसाधरणहरुलाई पनि सहयोग गरिदिनु हुन अनुरोध गरेका छन् । यस सरसफाई अभियानमा १ सय ५० आनी (भिक्षुणी) हरुको सहभागीता रहेको थियो ।

मेयर दिलबहादुर ऐर कुर्सीका कारण चर्चामा

कञ्चनपुर, असार २९ ।  जिल्लाको सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसंगै पदभार ग्रहण गरिसकेका छन् ।  स्थानीय तहमा लामो समयपछि चुनिएका नेताले गर्ने हरे निर्णय चासोको विषय बन्दै छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर भने कुर्सीका कारण चर्चामा छन् । उनी नगरपालिकाले किनेको आरामदायी कुर्सीमा बस्दैनन् । बरु घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेका छन् । ‘१० बर्षदेखि यही कुर्सीमा बसेर जनताको सेवा गरे, ५ बर्षे कार्याकाल पनि यसैमा विताउँछु’, उनले सञ्चारकर्मीमाझ भने, – ‘म सामान्य जनताको छोरो उनीहरु सरह नै बस्न चाहान्छु ।’ आफुलाई कुर्सी मोह भन्दा जनताको सेवा गर्ने चाहना रहेको उनले बताए, कान्तिपुरमा खबर  छ ।

७ नम्बर प्रदेशमा लोडसेडिङ अन्त्य गर्न प्रचण्डले बोलाए कुलमानलाई

काठमाडौं, असार १० । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डले सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने विषयमा छलफल गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् । चुनावी अभियानका क्रममा तीन दिनअघि सुदुरपश्चिम पुग्नुभएका अध्यक्ष क. प्रचण्डलाई कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा लोडसेडिङ हटेपनि सुदुरपश्चिममा लोडसेडिङ अन्त्य नभएको गुनासो गरेका थिए । स्थानीय जनताको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए । शनिबार बिहान धनगढीबाट काठमाडौं फर्किएलगत्तै अध्यक्ष प्रचण्डले घिसिङलाई आफू काठमाडौं आइपुग्दा लाजिम्पाट आउन आग्रह गरेका थिए । काठमाडौं आएलगत्तै अध्यक्षले कार्यकारी निर्देशक घिसिङसँग सुदुरपश्चिममा लोडसेडिङको समस्या कम नभएको जानकारी गराउँदै तुरुन्त लोडसेडिङ अन्त्य गर्न आग्रह गरेका थिए । भेटमा कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

घुस लिँदै गर्दा राजस्व अधिकृत पक्राउ

काठमाडौँ, असार ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई नियन्त्रणमा लिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले रु पाँच लाख ७० हजार घुस रकमसहित दुबैजनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । व्यापारीबाट नियन्त्रणमा लिइएका करलगायतका कागजात मिलाइ दिने प्रयोजनका लागि उनीहरुले घुस रकम माग गरेका थिए । नियन्त्रणमा लिएका दुबै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

रेणु दाहाललाई अश्लील गाली गर्नेविरुद्ध मुद्दा दर्ता

असार, चितवन ३ । अश्लिल आरोप लगाइएको भन्दै भरतपुरका मेयर उम्मेदवार देवी ज्ञावालीका छोरा सहित २ जना बिरुद्ध मुद्दा दायर भएको छ | ज्ञावालीका छोराले निरव नाम गरेको फेसबुक मार्फत रेणुलाई अश्लील लेखेको र एस बि बोहोराको नामबाट फेसबुक चलाउने सन्तोष बोहोराले भरतपुर महानगरपालिकाको वडा न. १९ मा घरदैलो कार्यक्रमको नाममा पैसा बाँडेकाे लेखेक थिए । रेणु दाहालकी श्रीमान अनिल कुमार पाठकले बिध्युतिय अपराध अन्तर्गत मुद्धा दायर गरेका हुन् | जिल्ला प्रहरी कार्यालय चितवनमा अनिल कुमार पाठकले दायर गरेको मुद्दामा भरतपुरमा माओवादी-कांग्रेसकि संयुक्त रुपमा मेयरकि उम्मेदवार रेणु दाहाललाई अश्लिल आरोप लगाइएको भन्दै कारबाहि माग गरिएकाे छ । पाठकले आफ्नो मुद्धामा लेखेका छन् – ‘सामाजिक संजाल फेसबुक मार्फत सबैले पढ्न बुझ्न जान्न सक्ने गरि सार्वजनिक रुपमा कथित आरोप र अश्लिल शब्द प्रयोग गरी मेरो श्रीमती रेणु दाहाल, हाम्रो परिवार तथा आफन्तजनहरु समेतको इज्जत, मान प्रतिष्ठामा जानीजानी आघात पुर्याएको छ |’  

ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न

काठमाडौंँ, जेठ २९ । काठमाडौँ तिनकुनेमा अवस्थित ट्रिटन इन्टरनेशनल कलेजको दोस्रो ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न भएको छ । जसअन्तर्गत डान्स, गायन र हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जसअनुसार गायनतर्फ सञ्जिव श्रेष्ठ प्रथम, सरोज तामाङ्ग द्वितीय र अर्मन चौधरी तृतीय भएका छन् । हाजिरजवाफतर्फ रोशन विष्ट प्रथम, राजबाबु चौधरी द्वितीय, र शिशिर दाहाल तृतीय भएका छन् । त्यसैगरी डान्स विद्यातर्फ श्रृजना श्रेष्ठ प्रथम, श्रृष्टी खड्का द्वितीय र सुनिल सिंह तृतीय भएका छन् । बिजेताहरुलाई शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले एक समारोहका बीच सम्मान गरे । त्यसरी नै ‘ट्रिटन ट्यालेन्ट हन्ट २०७४’ को दोस्रो संकायका विजेताले कलेजमा निःशुल्क छात्रवृति पुरस्कार तथा प्रमाणपत्र पाएका छन् । स्मरण रहोस्, ट्रिटन कलेजले गत वर्षदेखि यस ट्रिटन ट्यालेन्ट हन्ट को आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिदैं विद्यार्थी र उपस्थित सबैलाई मनोरञ्जन प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा.बिहारी बिनोद पोखरेल, अध्यक्ष विश्वनाथप्रसाद शाह, सह–प्राचार्य श्रीकृष्ण विष्टलगायतले आ–आफ्नो मन्तब्य राखेका थिए ।