आकाशियो तरकारीः सातामै ३०९ प्रतिशतसम्म बढ्यो तरकारीको भाउ

काठमाडौं । २६ भदौमा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको हरियो प्याजको मूल्य एक सातामै ३०९ प्रतिशतले महँगिएर बिहीबार २२५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिकिलो २४५ रुपैयाँमा कारोबार भएको हरियो धनियाँको मूल्य ११० प्रतिशतले बढेर ५१५ रुपैयाँमा बिक्री भएको छ ।

केही दिनसम्म लगातार परेको झरीका कारण हरियो तरकारीको भाउ आकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले तराईका उत्पादन नआएको, अफ सिजन तरकारीले बजार धानेको र सोह्रश्राद्धका कारण माग बढेकाले पनि हरियो तरकारीको मूल्य ह्वात्तै उकालो लागेको व्यवसायीहरू बताउँछन् । ‘यतिवेला तराईको उत्पादन आएको छैन । भारतीय र उपत्यकाआसपासका जिल्लाबाट आपूर्ति भइरहेको छ,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अर्कातिर सोह्रश्राद्धमा भएको उच्च मागको असर मूल्यमा देखिएको हो ।’

तर, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भने प्रभावकारी अनुगमन अभावमा बजारमा तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ वृद्धि हुन थालेको दाबी गर्छन् । सरकारले मूल्यवृद्धि नियन्त्रणमा चासो नदिएको उनको गुनासो छ ।

‘सरकारले अनुगमनमा लापरबाही गरिरहेको छ, जसका कारण उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन्,’ उनले भने । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्रकुमार गौचन भने मूल्य नियन्त्रणका लागि सहुलियत पसल सञ्चालन गरेको र अनुमगनलाई चार गुणा बढाएको दाबी गर्छन् ।

किसान र उपभोक्तालाई मार, बिचौलिया मालामाल
उपत्यकामा तरकारीको मूल्य ह्वात्तै बढे पनि दश नग्रा खियाएर उत्पादन गर्ने किसानले सस्तो मूल्यमै बेचिरहेका छन् । उपभोक्ता भान्सा–भान्सामा ठगिएका छन् । किसान र उपभोक्ता मारमा पर्दा बिचौलिया भने मालामाल भएका छन् ।

किसानको बारीमै पुगेर संकलन केन्द्रका व्यापारीले तरकारी उठाउँछन् । यस्ता संकलन केन्द्रका व्यापारीले धेरै किसानको तरकारी नियमित रूपमा खरिद गर्ने गरेका छन् । संकलन केन्द्रमा तरकारी दिए पनि किसानले कति मूल्य पाउने भन्ने थाहा पाउँदैनन् । संकलन केन्द्रका व्यापारीले कालिमाटी बजारमा कुन भाउमा बिक्री हुन्छ, त्यसैका आधारमा मूल्य दिने भनेर किसानबाट उधारोमा तरकारी किन्छन् ।

संकलन केन्द्रका व्यापारी बजार क्षेत्रमा सटर भाडामा लिएर बसेका हुन्छन् । त्यहाँ एउटा ढक राखेर बस्छन् । उनीहरूकहाँ तरकारी लिन ट्रक, मिनीट्रक लिएर ढुवानीकर्ता पुग्छन् । ढुवानीकर्ताले कालिमाटीको पहिलो दर्जाका थोक व्यापारीलाई तरकारी दिन्छन् । पहिलो दर्जाका थोक व्यापारीकै हातमा तरकारीको भाउ निर्धारण गर्ने हैसियत हुन्छ । उनीहरूले तोकेकै भाउ बजारमा चल्छ । यस्ता थोक विक्रेताले ठूलो मात्रामा तरकारी भण्डारण गरी राख्छन् । यिनीहरूबाट साना थोक व्यापारीले तरकारी लिन्छन् ।

साना थोक व्यापारीले सामान्यतया पाँच–पाँच किलोका दरले उपत्यकाका साना बजारमा व्यवसाय गर्ने तथा पसल थापेर बिक्री गर्ने व्यवसायीलाई तरकारी बिक्री गर्छन् । साना थोक व्यापारीले आलू, प्याज भने प्रतिबोराका हिसाबले बेच्छन् । यस्ता व्यापारीबाट तरकारी खरिद गर्ने पसले तथा बजार–चोक क्षेत्रमा ठेला गाडा राखेर तरकारी बिक्री गर्ने साना व्यवसायीबाट उपभोक्ताले तरकारी खरिद गर्छन् । कालिमाटी बजारले निर्धारण गरेको खुद्रा मूल्यभन्दा पसल तथा चोकमा रहेका ठेलागाढाबाट तरकारी किन्दा प्रतिकिलो पाँचदेखि दश रुपैयाँ महँगो पर्ने गरेको छ ।

सोह्रश्राद्ध लागेसँगै खपत बढ्दा मूल्य आकासियो
खोमप्रसाद घिमिरे, अध्यक्ष, फलफूल तथा तरकारी व्यवसायी महासंघ
अहिले तरकारी उत्पादनको अफसिजन हो । अहिले नै सोह्रश्राद्ध छ । सोह्रश्राद्धमा माछामासुको प्रयोग कम हुँदा तरकारीको माग बढ्छ र मूल्यमा असर पार्छ । हाल काठमाडौंमा उपलब्ध तरकारीमध्ये तराईबाट करिब पाँच प्रतिशत मात्र आयात भएको छ । बाँकी सबै भारत, काठमाडौं उपत्यका र काठमाडौंआसपासका जिल्ला धादिङ, मकवानपुरको पालुङ र काभ्रेबाट आइरहेको छ । प्याज भने शतप्रतिशत भारतबाटै आएको छ । गोलभेडा धेरै देशभित्रैको उत्पादनले धानेको छ, भारतबाट थोरै आउँछ । यस वर्ष अब अदुवा, लसुन, प्याज र कागतीको मूल्य घट्ने देखिँदैन ।

खसीको मासु २०० बढ्यो, दसैँमा थप बढाउने व्यापारीको योजना

करिब तीन महिना अघिसम्म खसीको मासु प्रतिकिलो अधिकतम् ११ सय रुपैयाँ थियो । अहिले १३ सय पुर्‍याइएको छ । सरकारले भारतबाट खसी, बोका आयातमा प्रतिबन्ध लगाएकाले मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढाउनुपरेको चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले बताए । उनका अनुसार सरकारले यसमा ध्यान दिएन भने दसैँसम्म अझै बढ्छ । ‘दसैँमा खसी, बोकाको माग उच्च हुन्छ र स्वदेशी उत्पादनले धान्न सकिँदैन भन्ने जान्दाजान्दै सरकारले आयात रोकेको छ,’ पाठकले भने, ‘त्यसैले मासुको मूल्य आकासिएको हो ।’ त्यस्तै, जिउँदो माछाको मूल्य पनि बढेको छ ।

चामल बोरामा ५० रुपैयाँ बढ्यो
चामलको मूल्य पनि पछिल्लो एक सातामा प्रतिबोरा ५० रुपैयाँले बढेको छ । खुद्रा व्याापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सबै प्रकारको चामलको मूल्य समान वृद्धि भएको छ । चामल आयात बिन्दुमै मूल्य बढेकाले खुद्रा मूल्य पनि बढेको उनले बताए ।

बदाम र पेस्ता किलोमा सय बढ्यो, सुकमेलमा बढ्यो प्रतिकिलो २३ सय

बदाम र पेस्ताको मूल्य प्रतिकिलो एक–एक सय रुपैयाँ वृद्धि भएको छ । खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार असन क्षेत्रका सबै पसलमा बढेको मूल्यमा कारोबार भइरहेको छ । ‘बदाम १२ सयबाट १३ सय प्रतिकिलो पुगेको छ,’ उनले भने, ‘पेस्ता १७ सयबाट १८ सय रुपैयाँ पुगेको छ ।’ त्यस्तै, सबैभन्दा धेरै सुकमेलको भाउ बढेको छ । २७ सय रुपैयाँ प्रतिकिलो रहेको सुकमेल दुई सातायता ५ हजार प्रतिकिलोमा बिक्री भइरहेको छ ।

अनुगमन टोलीका संयोजक कपिल रेग्मी भन्छन्,अनुगमनमा जाँदा व्यापारीले ‘यिनीहरूलाई चुट्नुपर्छ’ भन्दै झम्टिए

बिहीबार दिउँसो १ः३० बजेतिर न्यूरोडको रञ्जना कम्प्लेक्समा अनुगमन गर्न पुगेका थियौं । भुइतलामा रहेको अन्तकुमारी श्रेष्ठको कपडा पसलबाट अनुगमन थाल्यौँ । त्यहाँ खरिद बिल देखिएन तर बिक्री बिल देखियो । हामीले जरिवाना तयारी गर्‍यौँ । त्यतिन्जेल पसल सञ्चालक भने बाहिरका मान्छे जम्मा गर्न थालिसकेका रहेछन् । माथिल्लो तलाका सबै पसलहरू बन्द गरेर व्यवसायी तल आए । एकैछिनमा करिब डेढ सय मान्छे जम्मा भए । ‘कम्तीमा ५० हजार जरिवाना गछौं’ भनेर हामी अघि बढ्न थालेपछि उनीहरूले फोहोरी गाली गरे । केहीले त ‘यी सरकारी कर्मचारीलाई चुट्नुपर्छ, छाड्नुहुन्न’ भन्न थाले । केही त ‘बोरामा हालेर झ्यालबाट फाल्नुपर्छ’ भन्दै हात हाल्न अघि सरिसकेका थिए । त्यहीं बेला प्रहरी र मलको सञ्चालक समितिका पदाधिकारी आएपछि जोगियौँ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

भाेलिदेखि बुधले गाेचर परिवर्तन गर्दै, के प्रभाव पर्छ तपाइकाे राशिमा?

काठमाडौं । ज्याेतिषशास्त्रमा ग्रहहरुकाे गति र स्थान परिवर्तनले विशेष महत्त्व राख्दछ। भाेली भदाै ९ गते बुध आफ्नाे मित्र सिंह राशीमा प्रवेश गर्दैछन् । बुधलाई ज्याेतिषशास्त्रमा राजकुमारकाे पदवि दिईएकाे छ । वर्तमानमा अवस्थामा सुर्य सिंह राशिमा अवस्थित छन् । बुध गाेचरकाे कारण सिंह राशिमा बुधातिद्य याेग काे निर्माण हुनेछ । के प्रभाव पर्छ त ? १. मेष राशि मेष राशिका मानिसलाई बुध गाेचरका अनुसार मानसिक तनावकाे कारण कष्ट हुन सक्छ । काममा असफलता पाउन सक्छ । जीवनसाथी र सन्तानसँग विवादकाे याेग छ । प्रेम सम्बन्ध पनि असफल हुने देखिन्छ । याे हटाउन बिहान बिहान आफ्ना पितृलाई स्मरण गरि गरिबलाई बस्तु दान गर्नु फलदायी हुनसक्ला । २. वृष वृष राशि भएका जातकलाई बुध गाेचरका अनुसार आमालाई सुख पाउने देखिन्छ । धन लाभ हुने छ । वाहन सुख प्राप्त हुने देखिन्छ । सम्पत्ति लाभ हुने र पारिवारिक सुख प्राप्त हाेला । सहयाेग पाईनेछ । ३. मिथुन: मिथुन राशिवाला जातकलाई याे याेगका कारण साहस पराक्रममा कमी महसुस हुनेछ । धन हानी हुने याेग छ । बन्धु बान्धवसंग विवाद हुनेछ । विद्यार्थी वर्गलाई परिश्रम अधिक गर्नुपर्ने छ । बिहान बिहान उँ काे उच्चारणसहित ध्यान गर्नुहाेला । ४. कर्क याे राशिका लागि गाेचरका कारण धन लाभ हुने देखिन्छ । वाणी बाेलिमा आधारित काममा विशेष लाभ हुनेछ । विद्यार्थी वर्गलाइ सफलता प्राप्त हुने देखिन्छ । सम्बन्धिहरुबाट लाभ हुने देखिन्छ । ५. सिंह सिंह राशिमा बुधकाे आगमनले धनहानिकाे याेग छ, कटु शब्दका कारण विवाद हुनेछ । नाता सम्बन्धिहरुलाई हानी पुग्नेछ । बन्धनकाे भय हुने छ । बृद्धबृद्धालाई खाना खुवाउनुस ६. कन्या कन्या राशिका लागि पनि त्यति राम्राे देखिन्न । सुखमा कमी हुन्, धन हानी हुने याेग छ । असफलता देखिन्छ । नातेदारसँग विवाद हाेला । शत्रु सक्रिय हुनेछन् । विद्यार्थीका लागि त्यति उत्तम देखिन्न । कुनै विद्यालय या सामाजिक क्षेत्रमा दान गर्नुस । ७. तुला तुला राशिका लागि उत्तम समय छ । बुध गाेचरका अनुसार शुभ कार्यमा रुचि बढनेछ । धन लाभ हुने छ । स्वास्थ्य उत्तम रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । विद्यार्थी वर्गलाई विशेष लाभ छ। ८.वृश्चिक याे राशिका जातकलाई नयाँ पद प्राप्त हुने देखिन्छ । शत्रुमा विजय प्राप्त हुनेछ । व्यवसायमा लाभ पाईनेछ । मानसिक शान्त र सुख पाईनेछ । ९. धनु याे राशिका मानिसलाई न्हुध गाेचरका अनुसार काममा विघ्न आउने देखिन्छ । यात्रामा कष्ट रहनेछ । नातेदारसँग विवाद वैमनष्य देखिन्छ । धार्मिक काममा अरुचि हाेला । मन्दिर गएर फुल चढाई ध्यान गर्नुस १०.मकर मकर राशिलाई बुध गाेचर अनुसार धन लाभ हुनेछ । शत्रु परास्त हुनेछन् । मन प्रसन्न रहनेछ । पारिवारिक सुखकाे प्राप्ति हुनेछ । स्वजनहरुबाट लाभ पाईनेछ । शिक्षामा सफलता र प्रतियोगितामा पनि सफलताकाे याेग छ। ११. याे राशिका जातकलाई बुध गाेचरका अनुसार, जीवनसाथिसंग विवाद हुने देखिन्छ । मित्र र नातागाेतासँग सम्बन्धमा कटुता हुनेछ । व्यवसायमा धनहानीकाे याेग छ । मानसिक चिन्ता रहनेछ । कुनै विधवा महिलालाई सहयाेग गर्नुस् । यसले दाेष काट्न सक्छ । १२. मीन मीन राशिका लागि राम्रो छ । धर्मशास्त्रमा रुचि बढनेछ । आर्थिक लाभ हुने छ । शत्रुहरुमाथि विजय पाईनेछ । मानसिक सुख मिल्ने याेग देखिन्छ ।

प्लस टु मा कुन ग्रेड ल्याउनेले के पढ्न पाउने?

काठमाडौं ।  प्लस टुको नतिजा ग्रेडिङ प्रणालीमा आउन थालेसंगै धेरै विद्यार्थीलाई आफुले चाहेको बिषय पढ्न पाउने हो कि नपाउने हो भन्ने चिन्ता देखिएको छ । यसै बिषयमा हामीले यस बर्ष खुलेका नेपालका विभिन्न विश्वविद्यालयमा भर्ना गर्नको लागि चाहिने मापदण्डको बारेमा जानकारी दिदै छौं । हालसम्म त्रिभुवन विश्वविद्यालय र पुर्वान्चल विश्वविद्यालय अन्तर्गत BSc CSIT, BCA, Engineering BBA, BHM, BIM, BBM, BTTM लगायत CMAT Exam दिनुपर्ने बिषयहरुमा भर्ना खुलेको छ । मेराे स्टडीबाट साभार विभिन्न बिषयमा स्नातक (Bachelor) पढ्न चाहिने न्युनतम ग्रेड तल दिइएको छ । BSc CSIT (TU): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर) BSc/BSc Ag/Forestry (TU/IAAS): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर) Engineering (TU): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर) MBBS/BDS(TU): PCB मा कम्तीमा C+, अरुमा C (Theory+ Practical जोडेर) BSc Nursing/ B. Pharmacy/BAMS (TU): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर) BBA / BIM/ BHM/ BIM/ BTTM: सबै बिषयमा D+ BCA/BBS: सबै बिषयमा D+ BEd/BA: सबै बिषयमा D+ Bachelor in Purwanchal University: सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर) Bachelor in Pokhara University: सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर) साथै यस बर्षको स्नातक (Bachelor) तहमा खुलेका नयाँ भर्नाको सूचनाहरु तल दिइएको छ !

राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

काठमाडौं, असार २८ । चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका अवसरमा २०७६ असार २७ गते शुक्रबारका दिन राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विशिष्ट आतिथ्यतामा निम्नानुसारका चलचित्रकर्मीहरुलाई वि.सं. २०७३, २०७४ र २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानबाट पुरस्कृत गरिएको छ । सो अवसरमा मन्त्रीबाट कार्यक्रमलाई स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा राष्ट्रपतिले समग्र चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि यस पुरस्कार तथा सम्मान कार्यक्रमले प्रभाव पुग्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको कुरा आफ्नो मन्तव्य राखे । अझ बढी चलचित्र क्षेत्रको विकास प्रवद्र्धन गर्नका चलचित्रकर्मीहरुमा हौसला दिने कुरा आफ्नो मन्तव्यमा राखे । राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै चलचित्रकर्मीलाई जनही रु. २५,०००।– नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरियो । साथै दीर्घ साधना सम्मानबाट सम्मानित हुने वरिष्ठ चलचित्रकर्मीहरुलाई जनही रु. ३५१,१११।– (तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरियो । कार्यक्रममा तीन वर्षका जुरी सदस्य टोलीलाई प्रमाणपत्रबाट सम्मान गरियो । कार्यक्रमको शुरुवातमा नेपाली चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर तयार पारिएको नृत्य प्रस्तुति गरिएको थियो । यस प्रस्तुतिमा विगतदेखि वर्तमानसम्मका कलाकारहरुको संलग्नता रहेको थियो । यस नृत्यको संयोजन तथा निर्देशन वरिष्ठ नृत्य निर्देशकहरु– वसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्त प्रभात, कविराज गहतराज, दिपेन्द्र तिमल्सिनाले गरेका थिए । कार्यक्रमको कृतज्ञता ज्ञापन तथा समापन बोर्ड अध्यक्षज्यूले गरेका थिए ।

२३ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुला तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा सोमबार दिउँसोसम्म २३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असोज १३ गते लिएको प्रा.वि तहको परीक्षाको नतिजा मंगलबारदेखि सार्वजनिक गर्न सुरु गरेको हो । सोमबार दिउँसोसम्म कुनकुन जिल्लाको नतिजा सार्वजनिक भयो? हेर्नुस् –भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सस्तियो सुनको भाऊ

काठमाडौं, जेठ ६ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, सोमबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, मंगलबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर चाँदी ७०५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेरि तोलामा कतिले बढ्यो सुनको भाउ ?

काठमाडौं, चैत ११ । साताको दोस्रो दिन सोमबार सुनको कारोबारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आइतबार तेजावी सुन ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ६० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, सोमबार पनि चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

एसईई परीक्षाः करिश्मालाई बाबुरामको शुभकामना

काठमाडौं, चैत १० । एसईई परीक्षामा सहभागी भएकी नायिका करिश्मा मानन्धरलाई नयाँ शक्ति नेपाल। पार्टीका संयोजक बाबुराम भट्टराईले फोन गरेर शुभकामना दिएका छन् । भट्टराईले सफल मान्छे बन्नको लागि उमेरले नछेक्ने भन्दै एसईई परीक्षाको पूर्व सन्ध्यामा परीक्षा सफल होस् भन्दै शुभकामना दिएका थिए । आइतबार डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाटपरीक्षा केन्द्र करिश्माले देशैभरी एसईई परीक्षामा सहभागी भइरहेका विद्यार्थीलाई शुभकामना दिएकी छिन् । उनले नडराईकन परीक्षा दिनसमेत सम्पूर्ण परिक्षार्थीलाई सल्लाह दिएकी छिन् । अभिनेत्री मानन्धर पनि कक्षा ८ मा नै भर्ना भएर पढ्न सुरु गरेकी थिइन् । उनी काठमाडौँको मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी हुन् ।

इयूको दूतावास लाजिम्पाटमा, उपराष्ट्रपति पुनद्वारा उद्घाटन

काठमाडौं, चैत ४ । युरोपेली संघको प्रतिनिधिमण्डलको राजदूतावास लाजिम्पाटमा स्थायीरुपमा स्थानान्तरण भएको छ । लैनचौरमा भाडाको भवनमा रहेको उक्त दूतावास डेनमार्कको पुरानो राजदूतावासमा स्थानान्तरण भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न नयाँ भवन परिसरमा आयोजित विशेष कार्यक्रममा दूतावासको उद्घाटन गरेका छन् । त्यस अवसरमा नेपालको भ्रमणमा रहेकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी नायब प्रबन्ध निर्देशक पाउला पम्पालोनीले इयू र नेपालबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन इयू प्रतिबद्ध रहेको बताइन् । “सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्ने सरकारको लक्ष्य हासिल गर्न इयूले सक्दो सहयोग गर्नेछ, नेपाल सरकारका विकासमा प्राथमिकतामा सघाउन हामी तत्पर छौँ”, समावेशी आर्थिक विकास पनि नेपालका निम्ति उत्तिकै अपरिहार्य भएको बताउँदै उनले भनिन् । नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडीले सामाजिक–आर्थिक रुपान्तरणको दिशामा अग्रसर भएको नेपाललाई व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका माध्यमबाट सघाउन सकिने प्रशस्त सम्भावना रहेको बताइन्। उद्घाटन समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी तथा नेपाल सरकारका वरिष्ठ अधिकारीको उपस्थिति थियो । यसैबीच, नायब प्रबन्ध निर्देशक पाउला पम्पालोनीले अर्थमन्त्री डा. युवराज खतिवडा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र परराष्ट्र सचिव शङ्करदास वैरागीसँग बेलाबेग्लै भेटवार्ता गरेका थिए । पछिल्ला समयमा युरोपेली सङ्घले नेपालको ग्रामीण विकास, शिक्षा, सुशासन प्रवद्र्धन तथा पुनः निर्माणका निम्ति आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत ‘माया पिरीम’ युट्युबमा सार्वजनिक भएसँगै रिलिज मिति घोषणा

काठमाडाै‌ । चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत युट्युबमा हालैमात्र सार्वजनिक भएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै गीत ‘माया पिरीम’ सार्वजनिक गरेको हो । गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइली देखिने भएका छन् । चलचित्र ‘माया पिरिम’ बोलको गीतमाचलचित्रका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै पनि नृत्य रहेको छ । साथमा, अन्य कलाकार दयाहाङ राई ,रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिने छ । कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । त्यस्तै लेखु सहयात्रीको शब्द र कृष्ण भारद्वाजको संगीत छ । चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । प्रदिप भट्टराइले निर्देशन गरिरहेको फिल्मका निर्माता रविन्द्र सिंह बाँनिया रहेका छन् । २०१६ मा आएको ‘जात्रा’ चलचित्रको सिक्वेल यो चलचित्रलाई ‘जात्रै जात्रा’ नाम दिइएको हो । उक्त चलचित्र आगामी जेठ ३ गतेदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउने भएको छ ।

डडेल्धुरा दुर्घटना अपडेट: एक जनाको मृत्यु

डडेल्धुरा, चैत ४ । डडेल्धुरामा हाईस दुर्घटना हुँदा डोटीको सायल गाउंपालिका वडा नम्बर १ बस्ने २६ वर्षिय गणेश साउँदको मृत्यु भएको छ। दुर्घटनामा परि घाइते हुने अन्य ११ जनामध्ये ६ जनाको डडेल्धुरा उपक्षेत्रिय अस्पताल, २ जनाको शैलेश्वरी अस्पताल र २ जनालाई धनगढी रेफर गरिएको जनाइएको छ। सोमबार बिहान दिपायलबाट धनगढी तर्फ आईरहेको बा २ ख १६६२ नम्वरको हाईस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ गुयलीखेतमा दुर्घटना भएको थियो ।  

किशाेर किशोरीका गाेप्य म्यासेजदेखि अन्य डाटा संकलन गर्दै फेसबुक

फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ। प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषत: १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको मोबाइल फोनमार्फत् व्यक्तिगत जानकारी सङ्कलन गर्न मिल्ने बनाएबापत मासिक २० अमेरिकी डलर (लगभग २,३०० नेपाली रुपैयाँ) तिरिएको हो। फेसबुकले यसका लागि आईफोनमा राख्न मिल्ने एप बनाएको र त्यसले एपलको गोपनीयता संरक्षण नीतिलाई उल्लङ्घन गर्ने पाइएको छ। टेकक्रन्चले फेसबुकले युवायुवतीलाई लक्ष्य गरेर यो कार्यक्रममा सहभागी हुन सामाजिक सञ्जालमा विज्ञापन गरेको बताएको छ। फेसबुकले भने त्यस्तो आरोप अस्वीकार गरेको छ। सो एपले सहभागीहरूको मोबाइल फोनमा रहेका लगभग सबै जानकारी र डेटामा फेसबुकलाई पहुँच दिन्छ। फेसबुक सुरक्षा उल्लङ्घन: ५ करोड खातामा आक्रमण’८ करोड बढी फेसबुक प्रयोगकर्ताका विवरण दुरुपयोग’तपाईँको आईफोनले थाहै नदिई तपाईँको ‘जासुसी’ गर्छ एप राखिएका मोबाइलमा फेसबुकले हेर्न सक्ने केही कुराहरू यस्ता छन यसबाहेक ती युवायुवतीहरूसँग अमेजन अन्लाइनमा किनिएका सामानहरूका बारेको जानकारी समेत फेसबुकले मागेको थियो। बीबीसीले अध्ययनमा सहभागी हुनका निम्ति नाम लेखाउने वेब्पेजमा जाँदा त्यसमा सङ्कलन गरिने जानकारी फेसबुकको सुविधाहरू सुधार गर्न प्रयोग गरिने जनाइएको थियो। त्यसमा लेखिएको छ, “कुनैकुनै अवस्थामा हामी गोप्य इन्टर्नेट प्रयोग र इन्क्रिप्शन गरिएका एपहरूबाट समेत जानकारी सङ्कलन गर्छौँ।” गोप्य इन्टर्नेट प्रयोग भनेको कुनै जानकारी नरहनेगरी गरिने प्रयोग हो भने इन्क्रिप्शन गरिएका भाइबर वा ह्वाट्सएप कुराकानीहरू अरूले हेर्दा पढ्न मिल्दैन। त्यसमा ‘सहभागीले तेस्रो पक्षलाई सो अध्ययनका बारेमा जानकारी दिन नपाउने’ नियम मान्नुपर्ने बताइएको छ। सामाजिक सञ्जाल फेसबुकले भने अध्ययनमा सहभागी सबैको सहमति लिइएको र बजार अध्ययन मात्रै गरिएको बताएको छ। यद्यपि टेकक्रन्चले समाचार लेखेको केही घण्टापछि फेसबुकले एपलका प्रयोगकर्ताहरूलागि अध्ययन कार्यक्रम अन्त्य गर्‍यो। तर एन्ड्रोइड भएका मोबाइल फोनहरूमा यो यथावत‍ छ। सो अध्ययन १३ देखि ३५ वर्षको उमेर समूहका लागि लक्षित गरिएको थियो र १८ वर्षभन्दा कम उमेरका सहभागीका लागि अभिभावकको लिखित सहमति मागिएको फेसबुकले बताएको छ। तर बीबीसीले १४ वर्षीय बालकका रूपमा परिचय दिएर सहभागी हुन खोज्दा अभिभावकको सहमति लिनु पर्ने प्रावधान पालना नगरीकनै नै एप डाउनलोड भएको थियो। एउटा पानामा भने प्रयोगकर्ता १८ वर्षभन्दा माथि उमेरको हुनुपर्ने उल्लेख थियो। ‘जासुसी होइन’ एक वक्तव्यमा फेसबुकले टेकक्रन्चले त्यस्तो सर्वेक्षण कार्यक्रमलाई गरको व्याख्या सही नभएको बताएको छ। “बजार अध्ययनका मूल तथ्यहरू छोडिएका छन्,” एक प्रवक्ताले इमेलमा बताए। “यसको सम्बन्धमा केही पनि गोप्य छैन, यसलाई फेसबुक अध्ययन एप भनिएको छ। यो जासुसी होइन किनभने सहभागीहरूलाई पारदर्शी प्रक्रियाबाट सहभागी गराइएको थियो र उनीहरूलाई यसमा सहभागी भएबापत पैसा दिइएको थियो।” “कुल सहभागी मध्ये पाँच प्रतिशत १३ देखि १८ वर्षका थिए र उनीहरू सबैले अभिभावकको सहमति पत्र दिएका थिए।” बीबीसीले अभिभावकको सहमतिपत्र कसरी लिइयो भन्ने प्रश्न गर्दा फेसबुकले तेस्रो पक्षमार्फत् लिइएको मात्रै बतायो। -बिबिसीबाट

कलाकार गणेश न्यौपाने ‘मुनाल’ को निधन

काठमाडौं, माघ ७ । पुराना कलाकार गणेश न्यौपाने ‘मुनाल’ को निधन भएको छ। उनको सोमबार बिहान घरमै निधन भएको कलाकार मुकुन्द मैनालीले जानकारी दिए। उनका अनुसार न्यौपानेलाई सुगर र प्रेसरको समस्या थियो। न्यौपानेले अभिनय गरेको चलचित्र गोपी प्रदर्शनको तयारीमा छ।

‘डिसहोम उज्वल भविष्य’ कार्यक्रम अन्तर्गत तराईका ४ विद्यालयमा शैक्षिक सामग्री वितरण

 काठमाडौं, पुस २६ । गुणस्तरिय शिक्षाको लागि डिशहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपीवितरण गरेको हो। नेपालको कुना–काप्चासम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा क्रान्ति नै ल्याएको डिशहोमले विद्यार्थीहको गुणस्तरीय शिक्षाका लागि सहयोग पु¥याउने उद्देश्यले ‘डिशहोम उज्वल भविष्य’ कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले बताए । कार्यक्रमअन्तर्गत रौतहट जिल्लाको गौरमा रहेका श्री अधारभुत विद्यालय बालमन्दिरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरिएको छ । कार्यक्रम रौतहट जिल्लाको डिशहोमका अधिकृत विक्रेता सन्तोष केशरीको अध्यक्षता तथा ब्राण्ड म्यानेजर मनोज न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो । यसै योजना अन्तर्गत डिशहोमले बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित, श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ । शैक्षिक सामाग्री महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देविका मतको प्रमुख आतित्थ्यतामा २ नं. वडा अध्यक्ष वीरेन्द्रप्रसाद चौरसिया, समाजसेवी, शिक्षकतथा स्थानीयको सहभागितामा डिशहोमका वितरक बिक्की अग्रवालले वितरण गरे । यस्तै बाराकै सिम्रौन गढको श्री कँकाली उमाविका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री र चिसोबाट जोगिनका लागि न्यानो टोपी वितरण गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहमान मिया अन्सारी लगायत नागरिक समाजका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार र स्थानीयको उपस्थितिमा सिम्रोन गढ नगरपालिकाका उपप्रमुख रिमा देविकुशवाहाले शैक्षिक सामाग्री वितरण गरेका थिए । डिशहोमले यसै कार्यक्रमअन्तरगतपर्सा जिल्लाको पोखरियास्थित श्री जिल्ला उचांगल रामदेव माविका विपन्न परिवारतथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री वितरण गरेको छ । पोखरियाका नगर प्रमुख दिपनारायण रौनियारको उपस्थितिमा शिक्षक महासंघ पर्साका अध्यक्ष पर्वत ठाकुर, वडा नं.४ पोखरीयाका वडा अध्यक्ष लक्ष्मण साह लगायत नागरिक समाजका अगुवा, समाजसेवी, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि र स्थानीयको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको हो । डिसहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयहरुसँगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ । नेपालका ग्रामीण भेग तथा तराईका अधिकांश जिल्लामा विद्यार्थीहरु स्कूलमा भर्ना हुने तर आवश्यक पाठ्य सामाग्री साथै प्रोत्साहनको अभावमा अध्ययनलाई निरन्तरता दिन नसक्ने समस्या विकराल रहेको छ । मधेस क्षेत्रमा त झनै विद्यालय नजाने र गइहाले पनि बीचैमा छाड्नेहरूको तथ्यांक निकै ठूलो छ । यस्तो अवस्थामा निजी क्षेत्रका कम्पनीहरूबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उदेश्यले डिशहोमले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरीय दृष्य पु¥याइरहको डिशहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तीव्ररूपमा अगाडि बढाइरहेको छ ।

अमेरिकाबाट नेपालका अनाथहरुको लागि आर्थिक सहयोग

वाशिंगटन डीसी, पुस २५ । नेपालको विकट गाउँ बाजुराका अनाथहरुको सहयोगार्थ ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा संकलन गरेको छ । उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको कार्यक्रमकी सच्ची मैनालीले जानकारी गराइएकी छिन् । अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाईएको छ भने नेपाली रुपैया ४ लाख १३ हजार ७ सय ६४ रुपैयाँ हुन गएको छ । उक्त रकम गो फन्डको खर्च कटाएर पठाइएको हो । नेपालका चर्चित कान्छा सामाजिक अभियन्ता केपी खनाल स्वयमले नेपालको विकट बाजुराका करिव ४० अनाथ बालबालिकाहरुका लागि शुरुआत गरेको अनाथ बालगृह निर्माणको निर्माणका लागि आवश्यक आर्थिक सहयोगका लागि पहल गरिदिन अनुरोध गरेपछि तत्कालै निस्शर्त उक्त अभियान ‘सच्चीको साथमा’ टिमले निःस्वार्थ उक्त अभियानलाई हातेमालो गर्दै केही साता अघिमात्र गो–फण्ड मार्फत अमेरिकाबाट आर्थिक सहयोग अभियान थालिएको थियो । नेपालको बिकट गाउँ बाजुरामा बन्दै गरेको अनाथहरुको बालगृह निर्माण कार्यमा आर्थिक अभावका कारण भवनको छत हाल्ने तथा अन्य विविध निर्माण कार्य रोकिएको हुँदा उक्त कार्य कुनै पनि हालतमा रोकिनुहुन्न र यसका लागी अपुग रकममध्ये संसारभरका नेपाल परिवारजनबाट अनुरोध गर्ने र यसै क्रममा अमेरिकावासी नेपाली समुदायबाट करिव ३ लाख नेपाली रुपैयाँ जति संकलन गर्ने लक्ष्य राखेको अभियानका अभियन्ता केपी खनालले बताएका थिए । उनैको विशेष अनुरोधपछि उक्त अभियानलाई इनेप्लिजको घरबास र प्रवासको समसामयिक बिषय समेटिँदै संचालनमा रहेको चर्चित कार्यक्रम ‘सच्चीको साथमा’ का टिमले अमेरिकाका लागी सहयोग संकलन र उक्त अभियानमा सहकार्य गरेको हो । ३ हजार अमेरिकी डलरको लक्ष्य राखेर सुरु गरिएको ‘हेल्प फर दि होमलेस किड्स’ अभियान शुरु गएको करिब २६ घण्टामा रकम संकलन भएको हो । ८७ जना विभिन्न मनकारी दानबीरहरुबाट प्राप्त उक्त सहयोग रकमले अब अनाथ बालबालिकाहरुका लागि बन्ने बालश्रम बन्न अब नरोकिने र समय मै निर्माण सम्पन्न हुनेमा सबै ढुक्क भएका छन् । दान सहयोगमा बिशेष दोश्रा पुस्ताका नेपाली अमेरिकी बालबालिकाहरुको उत्साहजनक रुपमा सहभागीता रहेको छ । ती स–साना बालबालिकाहरुमा आफ्नो मातृभूमी प्रतिको प्रेम, घरदेशको अवस्था र विशुद्ध समाजसेवाको भावनालाई जागृत गराउँदै यस्ता अभियानहरुमा सहभागी गराउन सफल भएकोमा अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित कार्यक्रमकी प्रस्तोता सच्ची मैनालीसहित उनको समूहले यो अभियान सोचेभन्दा सफल भएको जनाएको छ । यसले उक्त टोलीलाई थप उत्साह र जिम्मेवारी थपिएकोले भावी दिनहरुमा यस्ता अन्य मानवीय सहयोगका अभियानहरुलाई समेत निरन्तरता दिँदै लगिने सम्पूर्ण शुभचिन्तकहरुमा जानकारी गराउँदै कार्यक्रम संचालिका सच्ची मैनालीले भबिश्यमा समेत यसरी नै सवैले साथ, सहयोग र सहकार्य गर्ने कुरामा आफुहरु बिश्वस्त रहेको बताएकि छिन्। साथै हालसम्म बाजुराको अनाथ बालगृह निर्माणको लागि जम्मा गो(फण्ड तथा प्रत्यक्ष रुपमा गरेर रू ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा आर्थिक सहयोग संकलन भएको छ भने भविष्यमा पनि अझै केही दाताहरुले सहयोग गर्ने इच्छा व्यक्त गरेको मैनालीले जानकारी गराईन् । गत डिसेम्बर २८ तारिखमा शुरु गरिएको गो-फण्ड मार्फत सच्चीको साथमा टिमले हातेमालो गरेर कान्छा अभियन्ता केपी खनालको बालगृह निर्माणको आर्थिक सहयोग संकलन अभियान शुरु भएलगतै डिसेम्बर २९ तारिखको साँझभित्र नै लक्षित सहयोग रकम संकलन भएको थियो । अमेरिकी बिदाका दिनहरुका कारण आज जनवरी ८ तारिख मात्रै खाताबाट रकम झिकी नेपाल पठाईएको र हाललाई उक्त गो–फण्ड खाता बन्द भएको जानकारी गराउँदै उक्त ठुलो रकम भन्दा पनि सवैको सहभागिता र थोरै रकम प्रदान गर्न सकियोस होस् भन्ने हेतुले गरिएको आवाज सबैले सुनी सहयोग गरेको बताइन । अभियानलाई विभिन्न संजालहरु मार्फत शेयर गरि प्रचारप्रसारमा सहयोग गर्ने करिब ३९७ सहयोगीहरु र करिव ८७ जना मनकारी सहयोग दाताहरु र सम्पूर्ण टिमप्रति आभार ब्यक्त गरेकी छन् । उनले अगाडी भनिन– ‘अनाथ बालबालिकाहरुलाई ओत लाग्ने ठाउँ बन्नैपर्छ र परदेशमा रहेर पनि देशमा केही सहयोग गर्ने यो राम्रो अवसर पनि हो भन्दै ईजरायलबाट समेत १ लाख नेपाली रूपैंयाको सहयोग प्राप्त भएको बताएकी छिन्। आफ्ना दुई मुटुका टुक्राहरू ६ बर्षकी डिएला ओली र दुई बर्ष पनि नपुगेकि आविगेल ओलीको नाममा बुवा दिपक प्रसाद ओली र आमा इश्वरी बानिया ओलीले समेत हाम्रो यस सच्चीको साथमा कार्यक्रमबाट शुरु गरिएको सहयोग संकलन अभियानलाई साथ र सहयोग गरेको जानकारी गराएका छन् । काठमाडौँमा २१ हजार ९ सय ४५ रुपैया हस्तान्तरण भइसकेको छ । सामाजिक अभियन्ता दिपक प्रसाद वलीले उक्त रकम यसै कार्यक्रमको दौरानमा समूहसंग सम्पर्क र समन्वय गरी हस्तान्तरण गर्ने जानकारी गराएका छन् । उल्लेखित रकम मध्ये अब मात्र १ लाख रूपैयाँ यसै हप्ता हस्तान्तरण नेपालमै हुने मैनालीले बताएकी छन् ।

राष्ट्रपतिको अभिनन्दन गरिने

विराटनगर, पुस १८ । पूर्वी नेपालको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अभिनन्दन गरिने भएको छ । आज राष्ट्रपति सुनसरी र इटहरीमा रहने कार्यक्रम रहेको छ । राष्ट्रपतिले विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको बिहीबार अवलोकन भ्रमण गर्दा उनको अभिनन्दन गरिने भएको हो । सो अवसरमा राष्ट्रपतिलाई अभिनन्दन गरिने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । राष्ट्रपतिले सो क्याम्पसमा विसं २०३९–४१ मा मानविकी सङ्कायमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गरेकी थिइन् । विसं २०४० मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उहाँ कोषाध्यक्षमा समेत विजयी भएकी थिइन् । रासस