मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौँ । सरकारले नयाँ मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

मुख्य सचिव लीलादेवी गडतौला शुक्रवार (भोली)देखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो ।

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी नियुक्तिका लागि आवेदन

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । अस्पतालले आठौंदेखि चौथो तहसम्मका लागि लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकले १५ दिनभित्र लिखित दरखास्त दिन सक्ने बताइएको छ ।

नेपाल र दक्षिण अफ्रिकाबीचको टी–२० विश्वकप हेर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा जारी नेपाल र दक्षिण अफ्रिकाबीचको खेल हेरिहेका छन् ।  प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास वालुवाटारमा नेपालको जर्सी लगाएर क्रिकेट हेरिरहेको तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेका हुन् । जारी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो। टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे। कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे ।  क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए ।  यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

मस्कोको कन्सर्ट हलमा आक्रमण : ६० जनाको मृत्यु, कम्तिमा १४५ जनाको उपचार हुँदै

मस्को । रूसको राजधानी मस्कोको कन्सर्ट हलमा आक्रमण भएको छ । बन्दुकधारीले गरेको उक्त हमलामा परी कम्तिमा ६० जनाको मृत्यु भएको रुसी गुप्तचर निकायले जनाएको छ ।घटनामा परि घाइते भएका १४५ जना बढिको अहिले उपचार भैरहेको छ । मस्को नजिक एक कम्प्लेक्समा म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको बीबीसीले उल्लेख गरेको छ । हमलामा एकसय भन्दा बढी घाइते भएका छन् । कम्प्लेक्सको छतमा आगोको ठूलो मुस्लो देखिएको थियो । हमलाको जिम्मेवारी ईस्लामिक स्टेट समुह आईएसएसले लिएको छ ।तर यसबारे रुसले टिप्पणी गरेको छैन। रूसको राष्ट्रिय गार्डले हमलाकारीको खोजी गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घाइतेहरुको शिर्घ स्वास्थ्यलाभको कामना गरेका छन् । मस्कोस्थित अमेरिकी दुतावासले भीडभाड हुने क्षेत्रमा नजान आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ ।ह्वाइट हाउसले मस्को घटनाबारेमा थप जानकारी लिन काम गरिरहेको बताएको छ र युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

भ्रष्टाचार निवारण ऐन समय अनुकुल बनाउन आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं। प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकुल बनाउनुपर्ने बताएका छन्। भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधयेककाबारे राज्य व्यवस्था तथा सुशासन समितिमा बिहिबार (आज)भएको छलफललाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। भ्रष्टाचार निवारण सम्बन्धमा २०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संसोधनको प्रस्ताव पेश गर्दाको स्थिति राजनीतिक र विज्ञान प्रविधिको विकासका हिसाबले धेरै फरक भएको बताउनुहँदै अध्यक्ष प्रचण्डले बदलिंदो अवस्था अनुसार ऐनको संसोधन आवश्यक रहेको बताए। अध्यक्ष प्रचण्डले भने, ‘२०५९ सालमा यो ऐन बनाउँदा खेरिको स्थिति र अहिले संसोधनको प्रस्ताव पेश गर्दाको स्थितिसम्म आइपुग्दा राजनीतिक परिस्थितिमा फेरबदल आएको छ। एउटा सासन प्रणाली देखि अर्को शासन प्रणालमिा आइपुगेका छौं । अहिले संघिय लोकतान्त्रिक गणतन्त्र अनुसार पनि संसोधन आवश्यक छ।’ विज्ञान प्रविधिमा भएको नयाँ विकास अनुसार पनि उक्त ऐनमा संसोधन आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।२०५९ देखि वा यो विधयेक संसोधनका लागि २०७६ सालमा पेश गर्दाको समयदेखि अहिले २०८१ सम्म सूचना प्रविधिमा भएको विकास अनुसार भ्रष्टाचार निर्मुलन गर्नका लागि उक्त ऐनमा संसोधन आवश्यक रहेको उनको धारणा थियो। त्यसैगरी भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारे पनि व्यापक छलफलको आवश्यकता रहेको उनले बताए। अध्यक्ष प्रचण्डले भने, ‘आयोगले मुद्दा दर्ता गराउने बित्तिकै निलम्बन हुने स्थिति ठिक छ कि छैन रु अदालतले अन्तिम फैसला नगरेसम्म निलम्बन हुने व्यवस्था गर्ने कि नगर्ने रु के गर्दा उपयुक्त हुन्छ, सम्भव भएसम्म अन्य विज्ञसँग पनि राय सुझाव लिएर ऐनलाई परिमार्जित गर्नुपर्छ। विगतमा देखिएका समस्याहरूलाई व्यवस्थित गर्नेगरी गरियोस्। विधेयक परिमार्जनमा मेरो सहयोग रहन्छ।’ उनले थपे, ‘अदालतले टुंगो नलगाएसम्म टुंगिएको मानिदैँन। अदालतमा मुद्दा दायर हुनेबित्तिकै पदाधिकारी निलम्बित हुन्छ पछि फैसला गर्दा निर्दोष ठर्हयाउँछ। त्यो बीचको क्षतिपूर्ति के हुन्छ भन्ने विषय जटिल छ। मान्छे निलम्बित भयो तर, अदालतको फैसला विलम्ब भयो र मान्छे अवकाशमा गएको अवस्थामा समाधान के त रु यसको जवाफ दिने हामीले यसै ऐनमार्फत् सम्बोधन गर्नुपर्छ।’ हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने अध्यक्ष प्रचण्डको भनाई थियो।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो। अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना हाल पुर्पक्षका लागि थुनामा छन् । काँग्रेस नेता बालकृष्ण खाँण र आङटावा शेर्पासहित केही आरोपी भने धरौटीमा रिहा भएका छन् ।

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउनसक्ने सम्भावना

काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा आजलाई पेसी तोकेको छ । मंगलबार  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । मुद्दा हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ । अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ। गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।

बंगलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन अध्यक्ष प्रचण्डको पहल

काठमाडौ, ७ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको भेटमा उहाँले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताउनुभएको हो । विद्यार्थीहरुसितको भेटकै क्रममा मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी  यसबारे के भइरहेको छ भनेर जानकारी लिनुभएको थियो । जवाफमा रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालय बसेर विशेष परिस्थितिका कारण एकपटकका लागि इन्टर्न गर्न दिने निर्णय गरेकाले अब मन्त्रीपरिषदबाट निर्णय भएको खण्डमामा यो व्यवस्था मिलाउन सकिने जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले आफूले एकपटक सरकारसित छलफल गर्ने र  बिशेष परिस्थितिका कारण एकपटकलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो।  सो क्रममा विद्यार्थीहरुले त्यहाँको असहज अवस्थाका कारण इन्टर्न छाडेर आएको र बिशेष परिस्थितिमा देशभित्र इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए । यस्तो समस्यामा धेरै विद्यार्थी रहेको जानकारी गराउदै उनीहरुले आफूहरु रहरमा नभई नेपालमा पढ्न सिट नपाएर गएकाले सरकार पनि गम्भीर हुनुपर्ने बताए । केही विद्यार्थी निरास भएर फर्कन थालेको जानकारी दिदै उनीहरूले भारत र अन्य देशमा पनि यस्तो व्यवस्था रहेको स्मरण गराएका थिए ।

घट्यो सुनको मूल्य, कतिमा भैरहेको कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल (२४ क्यारेट) सुनको मूल्य घटेर कारोबार भएको छ।  आज एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक लाख ४९ हजार ९९९ रुपैयाँ पुगेको थियो । यसदिन २२ क्यारेट सुन प्रतितोला एक लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।  

डिआईजी मनोज केसीको सरूवा लगत्तै बेचन झाले दिए यस्तो बयान

काठमाडौं । हिजो मात्रै सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अनुसन्धानको भूमिका खेलेका बेचन झा पक्राउ गर्ने प्रहरी डिआईजी मनोज केसीको सरुवा गर्यो ।  अनुसन्धान नसकिँदै झालाई पक्राउ गर्ने भूमिकासमेत खेलेका केसीलाई सरुवा गरेपछि गृहमन्त्री रमेश लेखकको हिजोदेखि नै आलोचना सुरु भईसकेको थियो । नेपालीलाई विदेशी बनाउने जस्तो अपराधिक काम गरेका झाले केसीसँग बयान दिन नमानेको चर्चासमेत चलेको थियो।   अपराधि भनिएका झाकै रुची अनुसार सो काण्डमा मुछिएकाहरुको चाहानामा केसीलाई सरुवा गरिएपछि आज झाले बयान दिएका छन् ।  उनको बयानसमेत शंकाको घेरामा छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी गरेको कसुरमा पक्राउ परेका बेचन झाको पहिलो चरणको बयान सकिएको प्रहरीले जनाएको छ ।    असार १३ गते पक्राउ परेका झामाथि ठगी, लिखत किर्ते, राज्य विरुद्धको कसुर र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ।    झाले आफूमाथि लागेका सबै आरोपको इन्कार गर्दै बयान दिएका छन्। उनका दुई वटा मोबाइल प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ। ल्याबको रिपोर्ट आउन बाँकी रहेको एसएसपी रजौरेले बताए।   ल्याबबाट यस विषयमा कुनै प्रमाण खुलेमा त्यसको आधारमा थप बयान गराउने प्रहरीको तयारी छ। उनले मन्त्रिपरिषदसम्म मिलाउने भनेको यसअघिका प्रतिवादीहरुले बयान दिएकाले अनुसन्धान उच्च तहसम्म पुग्ने अनुमान प्रहरीको थियो।   यसअघि पक्राउ परेका रामशरण केसीलाई सानु भण्डारीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यका लागि मन्त्रिपरिषदबाटै बेचन झाले केही निर्णयहरु गराउँछन् भनेको बयान दिएका थिए।   उक्त निर्णयहरुको आधारमा अमेरिका तथा तेस्रो मुलुकमा शरणार्थी पठाउन सजिलो हुन्छ भन्दै बेचन झालाई चेक मार्फत २ करोड रुपैयाँ दिएको बयान रामशरण केसीले दिएका थिए।  यस्तै पूर्वगृहसचिव समेत रहेका प्रतिवादी टेकनारायण पाण्डेले बयान गर्दा मन्त्रालयमा राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ भन्दै झालाई मुछेका थिए।तर बेचन झाले भने उनीहरु दुवै जनालाई नचिनेको बयान दिएका छन्।   ‘टेकनारायण पाण्डेसँग त्यस्तो कुनै संवाद गरेको छैन। मैले नेपालीहरुलाई भुटानी नागरिक बनाई अमेरिका पठाउने कार्यका लागि कसैलाई पनि आश्वासन दिएको छैन। रामशरण केसीबाट मैले चेक लिएको छैन। निजहरुले मलाई किन यसरी पोल गरी बयान गरेका हुन्, सो बारेमा मलाई कुनै थाहा जानकारी छैन। टेकनारायण पाण्डे र रामशरण केसीसँग कुनै संवाद समेत नगरेको अवस्थामा समेत के कसरी अनुसन्धानमा मेरो नाम उल्लेख गरी बयान गरेका रहेछन्, सो बारेमा म अनभिज्ञ छु,’ झाले बयानमा भनेका छन्। 

भारतको बजेट : बिहारको बाढी रोक्न नेपालमा स्टक्चर बनाउँने घोषणा

काठमाडौं ।भारतमा आज आर्थिक वर्ष २०२४–२०२५ का लागि वार्षिक बजेट पेश भएको छ । बजेटले विश्वकोे पाँचौँ ठूलो अर्थतन्त्र भएको भारतको अर्थतन्त्र नयाँ आर्थिक वर्षमा ७ प्रतिशतले बढ्ने अनुमान गरेको छ। भारतीय सरकारले ११.१ लाख करोड रुपैयाँको पुँजीगत खर्च र वित्तीय घाटालाई जिडिपीको ५.१ प्रतिशतमा घटाउने योजना सहित नयाँ बजेट ल्याएको छ ।  सो बजेटमा भारतको बिहारमा वर्षेनी आउँने बाढी रोक्न र सिंचाइलाई व्यवस्थित गर्नका लागि नेपालमा बाढी नियन्त्रण तथा सिंचाइको लागि स्टक्चर बनाउने घोषणा गरेको छ । अर्थमन्त्री निर्मला सीतारमणले आज बजेट भाषणको क्रममा सो योजनाको लागि ११५०० करोड छुट्टाएको जानकारी दिइन् ।ती योजना सप्तगण्डकी र सप्तकोशी नदिसँग सम्बन्धित हुने बताइएको छ । भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले आज आफ्नो तर्फबाट सातौं पटक बजेट ल्याएकी हुन् ।उनले बजेट गरीब, महिला, युवा र किसानहरू, मध्यमवर्ग, रोजगारी, सीप, रोजगारी र एमएसएमईमा केन्द्रित रहेको बताइन् । यस्ता छन् भारतीय बजेट भाषणका प्रमुख बुँदाहरू १.गरिब, महिला, युवा र किसानमा केन्द्रित छ । २.बजेटले रोजगारी र सीपमा जोड दिएको छ । ३.बजेटमा युवाका लागि २ लाख करोड रुपैयाँको व्यवस्था गरिएको छ । ४.कृषिमा ३२ वटा उच्च उपज र जलवायु मैत्री प्रजातिहरू ल्याइनेछ। ५.बागवानी बालीका १०९ नयाँ प्रजातिहरू जारी गरिनेछ। ६.आगामी दुई वर्षमा एक करोड किसानलाई प्राकृतिक खेतीका लागि सहयोग गरिने भएको छ । ७.१० हजार बायो इनपुट रिसोर्स सेन्टर स्थापना गरिनेछ । ८.आत्मनिर्भरताका लागि सरकारले दाल र तेलहन मिसनमा ध्यान दिनेछ । ९.तरकारी उत्पादन र आपूर्ति प्रणालीका लागि क्लस्टर तयार गरिनेछ।  

साझेदारीमा बनाइने, कीर्तिपुरलाई स्तरोन्नति गरिने

काठमाडौं । सरकारले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाउने भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्ध रंगशाला तीनवटै तहका सरकारको साझेदारीमा अघि बढाइने बताएका हुन् । “चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निमार्ण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ । कीर्तिपुर रंगशालाको स्तरोन्नतिसहित थप निमार्ण कार्य प्राथमिकताका साथ अघि बढाइनेछ,” राष्ट्रपति पौडेलले भने ।

दसैँका खसी बोका बिक्री सुरु

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु  गरेको छ। कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ र च्याङ्ग्राको एकहजार २३० रुपैयाँ मूल्य निर्धारण गरेको छ । उपभोक्ताका लागि उक्त मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट गरी क्रमशः ६६० र एकहजार २२० रुपैयाँ तोकिएको छ । काठमाडौंको थापाथलीस्थित प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म २०८ वटा खसीबोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको जनाएको छ । यस्तै अन्य खसीबोका र च्याङ्ग्रा ल्याउने क्रम जारी रहेको कार्यलयको भनाइ छ । दशैँको समयमा कम्पनीले प्रत्येक वर्ष खसीबोका र च्याङ्ग्रा खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्दै आएको छ। 

आफ्ना सहयोगीसहित उच्च अदालत पुगे सन्दीप लामिछाने

काठमाडौं । आफ्नो मुद्दामा फैसला सुनवाइ जारी रहँदा क्रिकेटर सन्दीप लामिछाने पनि उच्च अदालत पुगेका छन् । उनी आफ्ना सहयोगीसहित अदालत गएका हुन् । सन्दीपमाथि मुद्दा दायर गर्ने ‘गौशाला २६’ पनि इजलासभित्र देखिएकी छन् । उच्च अदालत पाटन बाहिर भिडभाड बढ्न थालेको छ । सन्दीपका समर्थकहरू जम्मा भएका छन् । अदालतबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

ट्वान्टी–२० शृंखलाको तेस्रो खेल खेल्दै नेपाल र वेस्ट इन्डिज ‘ए’

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपालमा रहेको वेस्ट इन्डिज ‘ए’ ले घरेलु टिमसँग आज तेस्रो खेल खेल्दै छ । यसअघिका दुई खेलमध्ये दुवै टिमले समान एक खेलको नतिजा आफ्नो पक्षमा राखेको हुँदा शृंखला १–१ को बराबरीमा छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १२ः१५ देखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा घरेलु टिमविरुद्ध १० रनको जित निकाल्दै वेस्ट इन्डिज ‘ए’ले शृंखला १–१ को बराबरीमा ल्याएको थियो । पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ रोस्टन चेजको कप्तानीमा छ । ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि आयोजित शृंखलाको चौथो खेल बिहीबार र पाँचौ खेल शनिबार हुनेछ ।

राष्ट्रपति सी चिन फिङ वृक्षारोपणमा सहभागी

काठमाडौं । चीनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ अप्रिल ३ तारिख बिहान राजधानीको वृक्षारोपण स्वयंसेवा कार्यक्रममा सहभागी भएका छन्। सो वृक्षारोपणका क्रममा उनले छिङ मिङ पर्वको अवधिभर चीनमा जताततै जीवित शक्ति रहनेहुनाले वृक्षारोपणका लागि सुहाउँदो बेला रहेको भन्दै सँगै मिलेर रुख रोप्ने उद्देश्य सबै चिनियाँहरुलाई वृक्षारोपण कार्यमा सक्रिताका साथ भाग लिएर संयुक्त रुपमा सुन्दर चीनको निर्माण गर्न र मानव जाति तथा प्रकृति बीच मेलमिलापयुक्त सहअस्तित्व हुने चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ अध्याय लेख्नका लागि आह्वान गरे। चीनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रिय नेताहरु सी चिन फिङ, ली छ्याङ, चाउ ल ची, वाङ हु निङ, छाई छि, तिङ श्वे श्याङ, ली सी तथा हान चङले अप्रिल ३ तारिख १० बजेर ४० मिनेट जाँदा सामूहिक रुपमा पैचिङ शहरको थोङ चौ जिल्लामा सर्वसाधारणसँगै वृक्षारोपण स्वयंसेवा कार्यक्रममा भाग लिए।