प्रभावकारी सिकाईका लागि असल शिक्षकका गुणहरु

काठमाडौं, पुस २३ । मन्टेश्वरी विधि अपनाई अध्यापन गराउने स्कुल हरुमा त्यो विधिलाई पूर्णरुपमा सफल पार्दै वाल(वालिका लाई उद्धेस्य अनुरुप सिकाई अबधारणा अगाडी बढाउन सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षक यानी कि सहजकर्ता को रहन्छ ।

जवसम्म शिक्षक यानीकि सहजकर्ताले विधि को पूर्ण परिपालना गर्दैन तव सम्म मन्टेश्वरी विधिले अपेक्षा गरेको उद्धेस्य प्राप्त हुन सक्दैन । त्यसैले यसविधा तथा उमेर समूह अन्तर्गत पढ्ने बालबालिकाहरु अत्यन्त कोमल एवं सिकाईप्रति उत्सुक हुने अवस्था हो ।

त्यसले मन्टेश्वरी विधि लाई सफलीभूत पार्दै उद्धेस्य परिपूर्ति का लागी शिक्षक वा सहजकर्ता हरुमा तल उल्लेखित गुण हरुको आवस्यकता पर्दछ१ सामान्यरुपमा ती गुण हरु निम्न छन् ।

वाल-मनोविज्ञान को स्पष्टता र आवश्यकता अनुसार यसको प्रयोग (Child Psychology)

यस्तो संबेदनशील अवस्थाका बालबालिकाहरुको सिकाई प्रक्रियालाई प्रभावकारी ढंगवाट संचालन गर्नको लागि असल शिक्षक को निकै नै ठुलो स्थान रहन्छ१ त्यसैले शिक्षक को काधमा बालबालिकाको भविष्यका साथै वौद्धिक तथा समग्र विकाश को लागि निकै नै ठुलो जिम्मेवारी रहेको हुन्छ ।

बिकसित मुलुकहरुमा जहाँ मन्टेश्वरी विधि अपनाई अध्यापन गराईन्छ त्यस्ता स्कुलहरुमा पुर्व वाल्य अवस्था मन्टेश्वरी विधि अन्तर्गत गरिने क्रियाकलापका लागि परिपक्क अथवा वाल–मनोविज्ञान लाई नजिक वाट नियालेका शिक्षक हरुमात्र अध्यापनका लागि राखिएको पाहिन्छ ।

तर नेपाल को परिवेशमा यो अलि फरक रहेको पाहिन्छ । यँहा प्राय जसो वाल(वालिका लाई पढाउने न हो भन्ने सोच हावी भएको पाहिन्छ । यो सोचले गर्दा नै मन्टेश्वरी विधि अपनाई अध्यापन गराईएको स्कुल हरुमा पनि अपेक्षा गरे अनुसार उद्धेस्य प्राप्त भएको पाईदैन । जव शिक्षकले वाल मनोविज्ञानलाइ बुझ्दैन तव सम्म उसले सिकाई प्रक्रिया लाई अगाडी बढाउन सक्दैन ।

त्यसैले असल तथा सक्षम शिक्षक वा सहजकर्ता मा वाल मनोविज्ञानको अवधारणा हुनु अपर्हार्य हुन्छ । त्यस्लैले शिक्षक को एउटा महत्व पूर्ण पेसागत गुण हो वाल मनोविज्ञानको स्पष्टता र आवश्यकता अनुसार यसको प्रयोग ।

बिषयगत दक्षता (Content Expert) :

प्रभावकारीसीकाईकालागिएउटाअसलशिक्षकत्यसबेलामात्रयोग्यमानिन्छ, जसमा विषयगत ज्ञान प्रर्याप्त छ । बिषयगत ज्ञान भन्नाले निश्चित उमेर समूहका वालवालिकालाई सिकाउने कुरा केहो ? त्यो सिकाई पश्च्यात उनीहरुमा के परिवर्तन आउछ ।

उनीहरुको सिकाईको मुल्यांकन कसरि गर्ने, समग्र शैक्षिक पात्रोलाई कसरि पूर्णता दिने । प्रत्येक सिकाईको उपलब्धि मापन योग्य छ कि छैन । यी सबै कुरा बिषयगत दक्षता भित्र पर्दछन । त्यसले सफल शिक्षकमा बिषयगत दक्षताअनिवार्य गुण हो ।

शैक्षिक कार्य योजना को तर्जुमा गर्ने गुण (lesson plan and planning skills)

मन्टेश्वरी विधिमा असल शिक्षक को गुण अन्तर्गत अर्को अपरिहार्य पेसागत गुण भनेको शैक्षिक कार्य योजना को तर्जुमा गर्नु र यसलाई व्यवहारिक प्रयोग गर्नु हो ।

पुर्व वाल्याबस्था यस्तो अवस्था हो जुन अवस्थाका वाल वालिकाहरु स्थिर रुपमा रहन सक्दैनन् त्यसकारण शिक्षक ले आफ्नो सिकाईलाई प्रभावकारी रुपमा संचालन गर्न वा सिकाई उद्धेस्य परिपूर्ति गरका निमित्त पूर्ण रुपमा कार्य योजना अर्थात पाठ्योजना बनाउनुपर्ने हुन्छ ।

योजना विनाको कार्यले पूर्ण उद्धेस्य प्राप्ति हुन सक्दैन । त्यसैले शिक्षक कक्षा कोठा मा प्रवेश गर्नु पुर्व योजना बद्ध ढंग वाट प्रस्तुत हुनु पर्छ । तसर्थ सफल शिक्षक का लागि शैक्षिक कार्य योजना को तर्जुमा गर्ने गुण अपरीहार्य हुन्छ ।

पेसागत इमानदारी (Professional Honesty) 

असल शिक्षक को एउटा महत्वपुर्ण गुणहो पेसागत ईमान्दारिता, पुर्व वाल्याअबस्था का वाल(वालिका हरुको उमेर भनेको अरुको सिको गर्ने अथवा नक्कल गर्ने उमेर पनि हो। उनीहरुले आफ्नो शिक्षक लाई नमुना ९ च्यभि ःयमभ०ि को रुपमा हेरेका हुन्छन र शिक्षक को हरेक गतिविधिलाई पछ्याईरहेका पनि हुन्छन ।

त्यसैले शिक्षक कक्षा कोठामा प्रवेश गर्दै गर्दा निकैनै उत्साहित हुनु जरुरी हुन्छ । जव शिक्षकले उत्साहित भएर सिकाई प्रक्रिया लाई अगाडी बढाउछ तव वाल(वालिका हरुले पनि सोहि अनुरुप आफ्नो सिकाईलाई पनि उत्साहित ढंगवाट ग्रहण गर्दछन ।

यदि शिक्षक कक्षा कोठा मा प्रवेश गर्दा निराश अथवा रिसाएको अवस्थामा छ भने, उसले न त राम्रोसंग सिकाई प्रक्रियालाइ अगाडी बढाउन सक्छ न त बालबालिकाहरुले उत्साह जनक प्रगति नै गर्न सक्छन त्यसैले एक असल शिक्षक ले कक्षा कोठा वा स्कुल परिसर मा पुग्नु अघिनै आफ्ना सम्पूर्ण समस्यालाई थाति राखेर उत्साह जनक रुपमा आफुलाई प्रस्तुत गर्नु अत्यन्त जरुरि हुन्छ । अथवा आफ्नो व्यक्तिगत जीवनलाई अध्यापनको अबधिमा भुलेर आफ्नो पेसा प्रति पूर्ण रुपमा इमान्दार रहनु पर्ने हुन्छ ।

यहाँनेर असल शिक्षकले बुझ्नुपर्ने महत्वपुर्ण कुरा उसको स्कुल व्यवस्थापन संग का कुनै पनि समस्या अथवा पारिवारिक समस्या वा अन्य कुनै पनि समस्या वाट उब्जिएका प्रतिक्रिया को प्रत्यक्ष वा परोक्ष ढंग वाट कक्षा कोठा मा प्रस्तुति हुनु हुदैन । यहि महत्वपूर्ण गुण लाई पेसागत ईमान्दारिता भनिन्छ र हुनु पर्दछ ।

सृजनशीलता एबम विनम्रता (Creative and Polite) :

असल शिक्षक मा हुनुपर्ने अपरिहार्य गुण अन्तर्गत सृजनशीलता पनि एक हो१ जुन कुनै सिकाई कार्यलाई सधै जसो गरिने तरिकाले भन्दा अलि फरक ढंग वाट प्रस्तुत गरेको खण्डमा त्यो सिकाइ प्रति वाल(वालिका अझ बढी उत्साहित हुदै सिकाइ गर्दछन । त्यसैले शिक्षक सधैव सृजनशील हुनु पर्दछ ।

यसैगरि असल शिक्षक मा हुनुपर्ने अर्को गुण हो विनम्रता१ जव शिक्षक आफु बिनम्र रुपवाट स्कुल परिसर वा कक्षाकोठा मा प्रस्तुत हुन्छन त्यसको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्न जान्छ । साथै उनीहरुले पनि बिनम्र व्यवहार सिक्छन । जुन सिकाइ उनीहरुले आफ्नो घर परिवार मा पनि प्रयोग गर्दछन । त्यसकारण सृजनशीलता एबम विनम्रता असल शिक्षक को महत्व पूर्ण गुण मानिन्छ ।

मित्रवत व्यबहार (Friendly Behaviour)

एउटा असल शिक्षक वाल(वालिकाको लागि असल मित्र को रुपमा प्रस्तुत हुनु पर्दछ । शिक्षण सिकाईलाई प्रभाव कारी बनाउन को निम्ति शिक्षक र वालवालिका बिचको सम्बन्धले निकै नै ठुलो भूमिका खेल्दछ ।

जव शिक्षक ले वाल(वालिका संग मित्रवत व्यबहार गर्दछन, तब उनीहरुले वाल(वालिकाको बिस्वाश जित्न सक्दछन र वाल(वालिकाले आफ्नो कुराहरु शिक्षक सामु निधक्क संग राख्न सक्दछन जसले गर्दा शिक्षक ले वाल(वालिकाको कमजोर तथा बलियो पक्ष राम्रोसंग नियाल्न सक्दछन१ जसले गर्दा शिक्षक ले शिक्षण सिकाईलाई प्रभावकारी रुपमा अगाडी बढाउन सक्दछन१ यो पनि एउटा विशेष प्रकार को गुण हो ।

माथि उल्लेखित गुण हरु वाहेक पनि, एउटा असल शिक्षक हुनका लागि अन्य धेरै किसिमका गुण को आबस्यकता पर्दछ । कुनै गुण पेसा संग सरोकार राख्दछन भने कुनै गुण शिक्षक को व्यक्तित्व संग वा व्यतिगत गुण ।

यी दुवै गुण को समिश्रण वाट नै शिक्षकका गुण हरुको पूर्णता हुन जान्छ१ मन्टेश्वरी विधिले शिक्षक भित्र धेरै प्रकारका गुण छन् वा हुन्छन भन्ने परिकल्पना कै आधारमा विधी को निर्माण र यसको प्रयोग को अपेक्षा गरेको पाहिन्छ ।

शिक्षक का केहि व्यक्तिगत गुणहरु मा उसको व्यक्तित्व पहिलो गुण मानिन्छ, व्यक्तित्व अन्तर्गत उसले लगाउने पोशाक, शैक्षिक सामग्री को निर्माण तथा उचित प्रयोग ,प्रस्तुति तथा संचार, संयोजनकारी क्षमता,बोलीचाली, व्यवहार, हसिलो, फुर्तिलो, समय सापेक्ष, प्राविधिक ज्ञान, परिस्थिति को विश्लेषण गर्न सक्ने , हेरचाह गर्ने स्वभाव, मिलनसार, सधै उत्प्रेरित तथा अनुसाशित यस्ता अन्तर्निहित गुण को अपरिहार्यता रहन्छ ।

एउटा सफल र असल शिक्षकमा ११ समग्रतामा प्रभावकारी सीकाईका लागि उल्लेखित गुणहरुले निकै महत्व पूर्ण भूमिका खेल्दछन । र अन्त्यमा स्कुल ब्यबस्थापन पक्षवाट शिक्षक छनोट गर्दा यिनै गुण हरुलाई आधार वनाएर छनोट गरेमा मन्टेश्वरी विधि संचालन गरेका स्कुल ले अपेक्षाकृत उपलब्धि हासिल गर्न सक्दछन् ।

खेलकुदको विकासमा विशेष ध्यान दिएका छौं :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन्।  राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सव समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताए ।  “यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयमिक विकासका निम्ति यस क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।”   आफूले आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, “खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।” यसपटक राष्ट्रिय खेलकुद परिषद्का निम्ति राम्रो संयोग जुरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग विश्वास दिलाए। “नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्ने मेरो विश्वास छ,” प्रधानमन्त्री प्रचण्डले भने, “परिषद्लाई नयाँ उचाइँमा उठाउँदै खेल क्षेत्रको विकास र खेलाडीहरूको वृत्तिविकासमा समर्पित हुन थप प्रेरणा मिलोस् ।”  खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको छ प्रधानमन्त्री ‘प्रचण्ड’ले पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको बताए ।  उनले चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण गरे ।  पोखरा रङ्गशाला, बेलझुण्डी रङ्गशाला, च्यासल रङ्गशाला निर्माण सम्पन्न गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले मूलपानी रङ्गशाला, भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र विराटनगरको रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी निर्माणकार्य शीघ्र सम्पन्न गर्न उच्च महत्त्व दिइएको बताए।  सरकारले पुरस्कारसम्बन्धी कानुन नै निर्माण गरी खेलाडीहरूलाई पुरस्कृत गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खेलाडीहरूमा ठूलो प्रोत्साहन र आत्मविश्वास बढेको बताए। पछिल्लो समय महिला खेलाडीहरूले देशभित्र र बाहिर कीर्तिमानी हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले यस्ता उपलब्धी हुनु देशका लागि उत्प्रेरणा प्रदान गरेको बताए । उनले पछिल्लोसमय राष्ट्रिय खेलकुद परिषद्ले ६१ वटा राष्ट्रिय सङ्घहरू निक्र्यौंल गरेको बताए।

१८ खर्ब ६० अर्बको बजेट, हेनूहोस् पूर्णपाठ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरे । हेनूहोस् पूर्णपाठ

नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा झरेको छ । यस दिन ३२० धितोपत्रका ७७ लाख ९५ हजार ३३ कित्ता सेयर तीन अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँमा किनबेच भयो । १३ उपसमूहमध्ये चारवटाको समूहगत समूहगत सूचक बढ्यो । बाँकी नौवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

महाराष्ट्रमा कपडाको पसलमा आगलागी हुँदा ७ जनाको मृत्यु

नयाँदिल्ली । महाराष्ट्रको सम्भाजीनगर क्यान्टोन्मेन्ट क्षेत्रको एउटा कपडा पसलमा भीषण आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । छत्रपति सम्भाजीनगरको क्यान्टोन्मेन्ट क्षेत्रमा बिहान ४ बजे कपडा पसलमा आगलागी भएको औरंगाबादका पुलिस कमिश्नर मनोज लोहियाले बताएका छन् ।  उनले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार सातै जनाको निस्सासिएर मृत्यु भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।  लोहियाले भने, ‘छत्रपति सम्भाजीनगरको एक कपडा पसलमा बिहान चार बजे आगलागी भएको थियो । आगो दोस्रो तलासम्म पुग्न नसके पनि धुवाँका कारण निसासिएर सात जनाको मृत्यु भएको छ ।’

दक्षिण अफ्रिकाद्वारा नेपाललाई १ सय १६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो। टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे। कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे ।  क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए ।  यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

नेतान्याहुलाई बाइडेनको फोन -'नागरिकको रक्षा गर्नुहोस्, नत्र....'

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजाको मानवीय संकट अस्वीकार्य भएको बताएका छन् ।उनले  इजरायललाई उक्त संकटलाई छिटो सम्बोधन गर्न वा परिणामहरूको सामना गर्न समेत चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गरी ३० मिनेट यीनै विषयमा कुरा गरेको सिएनएनले जनाएको छ । इजरायली हमलामा गाजाको वर्ल्ड सेन्ट्रल किचेनका सात जना अमेरिकी सहायता कार्यकर्ता मारिएपछि दुई नेताबीचको पहिलो फोन संवाद भएको थियो। सो घटनालाई ह्वाइट हाउसले हत्याको रुपमा लिएको छ भने सो घटनाले अमेरिकालाई क्रोध पैदा गरेको अमेरिकी अधिकारीहरु बताउँछन् । इजरायलले नागरिक क्षति, मानवीय पीडा र सहायताकर्मीहरूको सुरक्षालाई सम्बोधन गर्न विशिष्ट, ठोस र मापनयोग्य कदम घोषणा र कार्यान्वयन गर्न आवश्यक  रहेको बाइडेनले बताएका छन् । अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकाले भने जस्तै इजरायलले तत्काल कदम नचाले इजरायलाई हेर्ने अमेरिकी नीति परिर्वतन गरिने बताइएको छ । परिर्वतित नीति कस्तो लिइनेछ भन्नेबारे भने स्पष्ट केही भनिएको छैन् ।

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा श्रीकान्त खतिवडा नियुक्त भएका छन् । तनहुँका एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका थिए । मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट फेरि पनि सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् । सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य पदमा नियुक्त भएका हुन् ।

केपी ओली प्रधानमन्त्री चारपटक होइन, चालीस पटक भए पनि देश यस्तै हुने हो : किराती

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली चारपटक त के चालीस पटक वा पटकपटक प्रधानमन्त्री बनाइए पनि देशले निकास पाउन नसक्नै नागरिक पहिलो अभियान आन्दोलन परिचालन केन्द्रीय कार्यदलका संयोजक तथा युवा नेता मिलन कान्छा किरातीले बत्ताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो धारणा व्यक्त गरेका हुन् । किरातीले सत्ता समीकरणको गणितीय गतिविधीले जनतामा आशाभन्दा कैयौँगुणा धेरै निराशा मात्र पैदा गरेको उल्लेख गरेका छन् ।   उनले यस्तो लेखेका छनः   विद्यमान प्रमुख तीन दलका प्रमुखहरुले संसदभित्र गरेका सत्ता समीकरणको गणितीय गतिविधीले जनतामा आशाभन्दा कैयौँगुणा धेरै निराशा नै थप्छ । थपिरहेको  छ । यद्दपि, चौथो पटक नवनियुक्त प्रम ओलीलाई हार्दिक बधाई !  देशले नयाँ विकल्पको शक्ति नपाएसम्म जनताले घीनलाग्दो खेल टुलुटुलु हेर्न बाहेक अर्को कुनै उपाय छैन । विकल्पको नयाँ शक्तिको दावी गर्नेहरु पनि हाउसमा त जनताले पु¥याएकै हुन । तर के नयाँ नै रहेछन ? पुरानाभन्दा फरक ÷असल के कति रहेछन ? टिकाटिप्पणीको आम जनआवाज आइरहेकै छ । यसले नागरिकको आशा अपेक्षा र आवश्यक्तालाई सम्बोधन गर्न अहिलेका दलहरुको फोहरी दलदलको विकल्प सामर्थ्य राख्ने एक नयाँ राष्टिय शक्ति त खड्किरहेकै महशुस हुन्छ ।   सत्य कुरा सबैलाई थाहा छ, ओलीलाई चौथो पटक होइन, चालिस पटक  वा पटकपटक प्रम बनाए पनि देशको अवस्था  त यस्तै हुने हो । अझ बिग्रने हो । यसको क्रम सङ्ख्यमा देउबा, प्रचण्ड क्रमशः लामिछने पनि थपिन पुगेका छन ।  यि सबै माथि उल्लेखित भनाईको तात्पर्य के मात्रै होभने यो देशमा बिगार्ने, भत्काउने, निराशा पैदा गर्ने बुढो रुख मात्र छैनन् । देश बनाउने नयाँ पालुवा पनि पलाई सकेको छ । कही न कहिं यसले राज्यसत्तामा चौतर्फी हस्तक्षेप गर्दैछ । नयाँ पालुवाले देश –राज्यबाट राष्ट्र बनाउदैछ । सबैको स्वभिमान, सबैको समृद्वि ल्याउदैछ । मेरो अनुरोध एउटा केभने अहिले मेरो कुरा पत्त्याई नहाल्नु होला । मात्र हेक्का राख्नुहोला । नोट गर्नुहोला । सके साथ दिनुहोला नसके शान्त रहनुहोला । अँ विरोध पनि गर्न पाइन्छ । किनकि, नाममात्रको भए पनि तपाई हामीले नै लडेर ल्याएको लोकतन्त्रको व्यवस्था हो यो । जय नेपाल !  (पार्टीको होइन, देशको जय नेपाल ! )धन्यवाद ।  

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो ।वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो । नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिज ए का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् ।  त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए ।वेस्ट इन्डिज ए ले यो जितपछि ५ खेलको सिरिजमा २(१ को अग्रता बनाएको छ। अब सिरिजको चौथो खेल भोलि खेल्दै छ भने पाँचौं खेल मे ४ मा हुने छ ।

आजको नेप्से : दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’  ११३ अंकले वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ११३.४२ अंकले बढेर बन्द भएको छ । यस दिन कारोबार खुल्नेबित्तिकै दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको बजार अन्तिममा ४.४१ प्रतिशतले वृद्धि भएर २६८१.५६ विन्दुमा बन्द भएको हो । १५ अर्ब ८१ करोड पाँच लाख रुपैयाँको सेयर कारोबार भएको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो सेयर कारोबार दिन बजार सकारात्मक देखिएको छ । बेच्नेभन्दा किन्ने बढ्दा दुईपटकसम्म सर्किट ब्रेक लागेर बजार बन्द भयो । पहिले एक मिनेटमा बजार चार प्रतिशतले बढेर २० मिनेट र त्यसपछि पुनः सर्किट ब्रेक लागेर ४० मिनेट बजार बन्द भएको थियो । वाणिज्य बैंकहरूको सेयर सर्वाधिक बढेको छ । वाणिज्य बैंकिङ समूहको परिसूचक ९.८९ प्रतिशतले बढेर बन्द भएको छ। लगानी समूहको परिसूचक ५.७५ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्सको सेयर मूल्य भने ०.१८ प्रतिशतले घटेको छ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख २५ हजार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनको मुल्य बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । विहीबार छापावाल सुनको मूल्य बिहीबार थप १५ सय बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो ।  यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।

यी हुन् आईसीसी टी-२० विश्वकप खेल्ने १५ खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमबाट विश्वकप खेल्ने १५ खेलाडीको टुँग्गो लागेको छ ।  नेपाली टिमका कप्तान रोहितकुमार पौडेलका अनुसार बुधबार वेस्ट इन्डिज ‘ए’ संगको तेस्रो खेलपछि पोष्ट म्याच कन्फेरेन्सका आधारमा विश्वकपका लागि नेपाली खेलाडीको छनोट गरिएको हो ।  विश्वकप खेल्ने नेपाली टीम मजबुत रहेको नेपाली टिमका कप्तान रोहित पौडेलले जानकारी दिए । त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’ सँगको जारी सिरिजमा नेपाली टीमलाई निकै अनुभव भएको बताए । उनले नेपाली टीमको तयारीप्रति पूर्ण रुपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हान सक्ने अवस्थामा टीम रहेको जिकिर गरे । नेपाली टिममा रहेका खेलाडी यी हुन्  क्याप्टेन रोहित पौडेल,आसिफ शेखी,अनिल कुमार साह,कुशल भुर्तेल,कुशल मल्ल,दिपेन्द्र सिंह ऐरी,ललित राजवंशी,करण केसी,गुलशन झा,सोमपाल कामी,पतिश जिसी,सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी रहेका छन् ।

दश दिनको अन्तरमा पुरिएको अवस्थामा फेला परे पाटे बाघ

नवलपुर। खाल्डो खनेर जंगलमा गाडेको अवस्थामा बयस्क पाटे बाघ भेटिएको छ । मध्यविन्दु नगरपालिका –१५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटे बाघ मारेर गाडेको अवस्थामा फेला परेको हो ।  एक हप्ताको अवधिमा दोस्रो पटक बाघ मारिएको हो । १० दिनअघि पनि मध्यविन्दुकै १० नम्बर वडामा पनि बयस्क बाघ मरेको अवस्थामा भेटिएको थियो । पोष्टमार्टम नगरी गाडिएको बाघलाई अर्को दिन खाल्डोबाट झिकेर पोष्टमार्टम गरिएको थियो ।  त्यसको पोष्टमार्टमको रिपोर्ट अझै आइसकेको छैन । आज गाडिएको अवस्थामा भेटिएको भाले बाघको लम्बाई १०४ ईन्च र मोटाइ ४० ईन्च रहेको चोरमारा रेन्जपोष्टका सवडिभिजन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए। सो बाघको भोलि पोष्टमार्टम गरिने उनले जनाकारी दिए । बाघको देब्रे खुट्टाको माथिल्लो भाग काटिएको अवस्थामा रहेको छ । नवदुर्गाको वनमा खाल्डो खनेर गाडिएको अवस्थामा रहेको बाघ गन्हाएपछि वन हेरालु दुर्गाबहादुर कुमालले देखेर अन्य हेरालुलाई खवर गरेको बताए ।  स्थानीय हरियाली सामुदायिक वनका उपाध्यक्ष धनकान्ति कँडेलले बिजुलीको पासो थापेर मारेको हुनसक्ने बताए । चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, प्रहरी, नेपाली सेना र सामुदायिक वनको रोहवरमा बाघको मुचुल्का उठाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार यसअघि अरुङखोलामा मरेको र आज मरेको बाघको प्रकृति एउटै छ ।  बाघलाई ८–१० दिन अघि नै मारिएको हुनसक्ने डिभिजन वन कार्यालयले जनाएको छ । हाल देशभर ३५५ रोयल बेङ्लोर टाईगर (पाटे बाघ) रहेको पश्चिम सेक्टर अमलटारी रेञ्ज पोष्टका अधिकृत विष्णु पौडेलले जानकारी दिए ।

नर्सहरूको सेवा–सुविधा सुधार गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन्।चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताए। “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा  सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ।” पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताए।  “नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य रहेको छ भन्ने देखाएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।”  नेपालका अस्पतालहरूमा नर्स विरामीको अनुपातअनुसार दरवन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।  नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सहरूका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए।  उनले कार्यस्थलमा काममा विभेद हुने गरेको र वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुस्किल हुनेजस्ता समस्या भोग्नु परिरहेको समस्यालाई क्रमशः सम्बोधन गर्दै जानेगरी नीतिगत व्यवस्था गरिने बताए।

चितवन आउँदै प्रधानमन्त्री, अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन गरिने

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउँदै छन् । उनी दिउँसो १ बजे चितवन आउँने कार्यक्रम रहेको  राष्ट्रिय खेलकुद परिषद् (राखेप) बागमति प्रदेशले जनाएको छ । चितवनमा प्रधानमन्त्री प्रचण्डले प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० काे समुद्घाटन गर्ने छन् । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८०को समुद्घाटन  साँझ ४ः०० बजे राखिएको छ । खेल भरतपुरको  गौतम बुद्ध क्रीकेट रङ्गशालामा हुनेछ । भरतपुर भ्रमण वर्षलाई लक्षित गरेर राष्ट्रिय खेलकुद परिषद् बागमति प्रदेशको आयोजनामा सो गर्न लागिएको  हो ।