विदेशमा ४३५६९ नेपाली कोरोना संक्रमित, २८४ को निधन

काठमाडौं । कोरोना संक्रमणले नेपालमा मात्र हैन, विदेशमा रहेका नेपालीमा समेत उल्लेख्य असर गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । यद्यपि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन ।

विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । तीमध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

गत सातासम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट निधन भइसकेको सङ्घले जनाएको छ ।

अनावश्यक यात्रा नगरौँ

सङ्घले अत्यावश्यक बाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरानो भाइरसको विश्वव्यापी सङ्क्रमणका कारण बेलायत, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन शुरु भएको अवस्थामा अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न सङ्घले आव्हान गरेको हो ।

सङ्घ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गर्नुभएको छ । स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किँदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन अनुरोध गरेको छ ।

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, पक्षमा ३९ मत

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेको राष्ट्रियसभा सदस्य सदस्य संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको अध्यक्ष चयन भएका छन् । कुल उपस्थित सांसदहरुको मत ५६ रहेको थियो । राष्ट्रियसभा अध्यक्षका निम्ति सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नारायण दाहालले ३९ मत प्राप्त गरे भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा १७ मत प्राप्त गरे ।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथमा सहभागी

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्ने समारोहमा सहभागी भएका छन् । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदको शपथ लिएका हुन् । उक्त शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आजै भारत गएका हुन् । यो सपथसँगै मोदी लगालग तीन पटक प्रधानमन्त्री बन्न सफल स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको हाराहारीमा पुगेका छन् । आफ्नो सपथ सँगै मोदीले ७२ मन्त्रीहरुको शपथ गराएका छन् ।  भारतको राजधानी नयाँ दिल्लीको राष्ट्रपति भवनमा भएको शपथग्रहण कार्यक्रममा नेपाल लगायतका विभिन्न राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख तथा भारतका उच्च संवैधानिक, राजनीतिक, कूटनीतिक तथा सार्वजनिक क्षेत्रमा व्याक्तित्वहरुको उपस्थिती रहेको थियो ।

वेस्ट इन्डिजविरुद्ध नेपालको शानदार जित

काठमाडौँ । नेपालका कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो।  नेपालका लागि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाए। उनले ६ छक्का र १० चौका प्रहार गर्दै ११२ रन बनाए।  दिपेन्द्रसिंह ऐरी २४, कुशल भुर्तेल १६, कुशल मल्ल १६, अनिल शाहले ५ रन बनाए। गुल्सन झा नटआउट ९ रन बनाउनुभयो भने प्रतिस जिसीले नटआउट ५ रन जोडे।  वेस्ट इन्डिजका लागि म्याथ्यू फोर्ड, ओबेद म्याकोएले दुई दुई विकेट हात पार्नुभयो भने किमो पलले १ विकेट लिए। टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको चुनौती दिएको थियो।  नेपालविरुद्धको ब्याटिङमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले शानदार अर्धशतक पूरा गरे। उनले ४६ बल खेल्दै ७४ रन बनाए। एलिक एथेनाजेले ४७ रन बनाउँदा केसी काटीले ३८ रन बनाए। वेस्ट इन्डिजलाई सस्तैमा समेट्न नेपालका लागि कमल ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एकएक विकेट हात पारे। 

शेयर बजारमा ९ अंकको वृद्धि

काठमाडौं । शेयर बजारमा ९ अंकको वृद्धि भएको छ । उतार चढावका बीच नेप्से ९ दशमलव १९ अंकले बढेर २०३६ मा पुगेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये दश वटा उपसमूह बढेका छन् भने तीन वटा उपसमूहको सूचक घटेको छ । मंगलबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २ दशमलव ७९ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको सूचक २ दशमलव ४२ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक १ प्रतिशतले बढेका छन् । मंगलबार ९७ लाख ८९ हजार कित्ता शेयर ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । नेपाल फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइएनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । तर विन नेपाल लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने महुली लघुवित्, सबैको लघुवित्त र समता लघुवित्तको शेयर मूल्य पनि ४ प्रतिशतभन्दा धेरै घटेको छ । कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक १८ करोड ८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

ताइवानको भुकम्पमा परेका १९ जना अझै बेपत्ता

ताइपेइ । ताइवानका उद्धारकर्ताहरूले टापुको दुर्गम पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी जारी राखेका छन् । पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा बुधबारको भूकम्पले १० जनाको ज्यान गएको थियो भने १ हजार भन्दा बढी घाइते भएका थिए। सो भूकम्प पछि सयौँलाई राष्ट्रिय निकुञ्जमा अलपत्र परेको कारण पहिरोले सडक अवरुद्ध गरेको थियो । शुक्रबार ताइवानको फायर डिपार्टमेन्टले भने कि १९ व्यक्ति अझै बेपत्ता छन् । जसमा ६ हाइकिङ ट्रेलमा छन् भने चार विदेशीहरूमा पहिले भारतीय, क्यानाडाली र अष्ट्रेलियाका बासिन्दा रहेका छन् । उद्धारकर्ताहरूले पुष्टि गरे कि रमणीय तारोको राष्ट्रिय निकुञ्जको रिसोर्टमा काटिएका करिब ४०० व्यक्तिहरू सुरक्षित छन् । हेलिकप्टरहरूले आपूर्तिहरू लिएर घाइतेहरूलाई बाहिर निकालेका छन् । ‘हामी आज वर्षाको सम्भावनाको मूल्याङ्कन गर्दैछौँ, त्यसैले हाम्रा खोज र उद्धार सहकर्मीहरू वर्षासँग जुध्न सक्ने ड्रेसअपले सुसज्जित भएका छन्। यद्यपि, वर्षाले चट्टान र पहिरोको जोखिम बढाउँछ, जुन अहिले हामीले सामना गर्ने सबैभन्दा ठूलो चुनौती हो,’ काओसिङ शहर खोज तथा उद्धार टोलीका कप्तान सु यु मिङले भने ।

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी

नेप्से २२.७५ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । नेप्से २२.७५ अंकले बढेर २०२६.८१ को विन्दुमा पुगेको छ । यस दिन ३११ धितोपत्रका एक करोड १२ लाख १० हजार १०२ कित्ता सेयर चार अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँमा किनबेच भयो । १३ उपसमूहमध्ये ११ वटाको समूहगत सूचक बढ्यो । बाँकी दुईको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स, जानकी फाइनान्स कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । तारागाउँ रिजेन्सी होटेल लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

नेप्सेमा ७०.१८ अंकको वृद्धि, कारोबार कति ?

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिनको वृद्धिसँगै नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। यस दिन नेप्से परिसूचक ७०.१८ अंक बढेर २३१०.५९ विन्दुमा पुगेको छ। यो पछिल्लो २६ महिनायताकै उच्च विन्दु हो। यस अघि २०७९ बैशाख २९ गते, नेप्से २३५०.४२ विन्दुमा बन्द भएको थियो। सोपश्चात इन्ट्राडेमा पनि नेप्सेले २३०० विन्दु नाघेको थिएन। यस दिन सेन्सेटिभ इण्डेक्स १२.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको १ लाख १९ हजार ११ पटकको कारोबारमा ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बरुण हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मन्दाकिनी हाइड्रोपावर, सिन्धु विकास बैंक र सिक्लेस हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जी, रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन ऋणपत्र र म्युचुअल फण्डहरुको मूल्य घटेको छ। कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १८ करोड नाघेको छ भने अपि पावरको करिब १८ करोडको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.४५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

दक्षिण कोरियाली प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले राजीनामा दिएका छन् । राष्ट्रिय सुरक्षा कार्यालयका सचिवबाहेक राष्ट्रपति कार्यालयका प्रमुख, नीति तथा कार्यक्रमका मुख्य सचिवलगायत सबै वरिष्ठ सचिवले राजीनामा दिएका छन् ।संसदीय चुनावमा सत्तारूढ पिपुल पावर पार्टीको हारपछि उनीहरुले राजीनामा दिएका हुन् । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले संसदीय निर्वाचनमा देखाइएअनुसार जनताको इच्छालाई नम्रताका साथ स्वीकार गर्ने र राज्यको मामिला सुधार गर्न र अर्थतन्त्र र जनताको जीविकोपार्जनलाई स्थिर बनाउन सक्दो प्रयास गर्ने बताएका छन् । राष्ट्रियसभाका ३०० सदस्यका निम्ति बुधबार निर्वाचन सम्पन्न भएको थियो । मुख्य विपक्षी डेमोक्रेटिक पार्टी र माइनर रिबिल्डिङ कोरिया पार्टीलगायत देशको फराकिलो उदारवादी गुटले संसदीय चुनावमा तीन–पाँच भागभन्दा बढी सिट जितेको छ । जसलाई राष्ट्रपति युनको राज्य मामिलाको व्यवस्थापनको मूल्यांकन गर्न मध्यावधि जनमतसंग्रहका रूपमा हेरिएको छ ।

नेपाल ए आयरल्यान्डसँग २१ रनले पराजित

काठमाडौं । कमजोर ब्याटिङका कारण नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको छ ।  १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा समेटिदा अल आउट भयो । नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए । देव खनाल २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए । नेपालका ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यस लगत्तै लगातार विकेट पतन सुरु भयो । छैटौं ओभरको पहिलो बलमा लियाम म्याकार्थीको बलमा सर्ट कभरमा देव केडबाट क्याच आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो । यसै ओभरको अन्तिम बलमा अर्जुन कुमाल थर्डम्यानमा ९ रनमा क्याच आउट भए । नेपालको सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की शून्यमा एज लागेर अर्को ओभरमा क्याच आउट भए । त्यसै ओभरमा म्याथ्यु हम्फ्रेजले आरिफ शेखलाई शून्यमा विकेट किपरबाट आउट गरेपछि नेपाल ७ ओभरमा ४१.४ को अवस्थामा पुगेको थयो । विनोद भण्डारी ९, अर्जुन साउद ४ र कमलसिंह ऐरी ६ रनमा आउट भएपछि नेपाल १२.१ ओभरमा ७८.७ को अवस्थामा पुगेको थियो । बसिर अहमद २१ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । साहब आउट भएपछि नेपाललाई जित्नलाई २३ रन चाहिएको थियो । मौशम र रिजन ढकालको रन लिनेक्रममा तालमेल नमिलेपछि दुर्भाग्यवश मौशम रन आउट भएका थिए । रिजन १२ रनमा नट आउट रहे । आयरल्यान्ड ए का म्याथ्यु हम्फ्रेजले १० ओभरमा ३ मेडनसहित ३२ रन खर्चेर ५ विकेट लिए । लियाम म्याकार्थी ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भएको थियो ।

आज पनि झिनो अंकले घट्यो नेप्से

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक ओरालो लागेको छ । हिजो (मंगलबार)१.८५ अंकले घटेको नेप्से आज ३.४३ अंकले घटेर २००६.७८ को बिन्दुमा पुगेको छ ।  ३२२ धितोपत्रको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँमा किनबेच भएको छ ।  १३ वटा उपसमूहमध्ये १० वटाको समूहगत सूचक घटेको छ । तीनवटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  गुरास  लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ४।४० प्रतिशतले घटेको छ ।  

दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपालको जित

काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । यो सँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए । नेपालका सोमपाल कामी र कुशल मल्लले ३ ३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १ १ विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए । सन्दीप जोराले १० बलमा १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे । आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी २० सिरिज खेल्न जानेछ ।

कृषि विकास बैंकले माग्यो आठौँदेखि चौथो तहसम्म दरखास्त, हेर्नुहोस सूचना

काठमाडौं । कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ ।  योग्य उमेदवारले २१ दिनभित्र आवेदन दिनुपर्नेछ । अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

खतिवडाको चासो सम्बोधन गर्न अन्तिम समयमा रोकियो मौद्रिक नीति

काठमाडौं । आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति अन्तिम समयममा आएर रोकिएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा प्रधानमन्त्रीको आथिक सल्लाहकारको चासोलाई सम्बोधन गर्न आएर आज सार्वजनिक नगर्ने भएको हो। केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा विहिबार मात्र नियुक्त भएका पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ। यसअघि गभर्नर महाप्रसाद अधिकारीले आज नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेर आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका थिए। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा.शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन्।