घट्यो नेप्से, कारोबार कति ?

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ । कूल ९७ लाख ६२ हजार आठ सय तीन कित्ता शेयर रु तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ मूल्यमा कारोबार भयो ।

स्टकका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड ६४ लाख ९९ हजार सात सय ५३ बराबरको कारोबार भयो । यस्तै, डोल्टी पावर नौ दशमलव  ५६, साधना लघुवित्त आठ दशमलव  ७२, समता घरेलु लघुवित्त आठ दशमलव  ७२, कुमारी बैङ्कको ऋणपत्र चार दशमलव शून्य तीन र नबील ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले तीन दशमलव ८९ प्रतिशतले कमाएका नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

पिपल्स पावर नौ दशमलव ९२, सिँगटी हाइड्रोपावर इनर्जी सात दशमलव ५५, हिमालयन डिस्टिलरी छ दशमलव ३३, जानकी फाइनान्स पाँच दशमलव ६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने पाँच दशमलव २३ प्रतिशत घाटा बेहोर्नुपरेको छ । रासस

गजामा युद्धविरामको तयारी, सेना फिर्ता

एजेन्सी । इजराइलले गजाको दक्षिणी भूभागबाट केही सेना फिर्ता गरेको छ।अमेरिका लगायत अन्य सहयोगी राष्ट्रहरूको चेतावनी र दबाबपछि इजराइलले आइतबार गजाको दक्षिणी खान युनिश सहरमा परिचालित थलसेनालाई फिर्ता गरेको हो। समाचार संस्था रोयटर्सका अनुसार अब त्यहाँ इजराइली डिफेन्स फोर्स (आइडिएफ)को एउटा ब्रिगेडमात्रै राखिने छ । गजा क्षेत्रमा युद्धविरामको तयारी गरीएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले त्यस क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पास गरेको थियो । युद्धविरामको इजिप्टले मध्यस्तता गर्ने तयारी भएको छ । इजरायलको प्रमुख सहयोगी राष्ट्र अमेरिकाले केही दिनअघि उसलाई गजामा हमासविरूद्ध आक्रमण गर्दा त्यहाँका नागरिकलाई क्षति नपुर्‍याउन र मानवीय सहायताका कार्यहरूलाई असुरक्षा पुर्याउने गतिविधि नगर्न चेतावनी दिएको थियो।  

फ्रेन्डसिप कप  :  आज भारतको बरोडा क्लबसँग खेल्दै नेपाल

काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी(२० फ्रेन्डसिप कपमा लगातार तीन जीत निकालेको नेपालले आज चौथो खेल खेल्दैछ । एक खेल अगाडि नै फाइनल पुगेको नेपालले शुक्रबार बरोडा क्लबसँग खेल्दै छ ।  यो खेल दिउँसो २ः ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ । पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार भएको दोस्रो खेलमा बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनल पुगेको थियो ।  नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।

विश्व प्रशिद्ध व्यवसायिक नेता रतन टाटा को हुन् ?

रतन टाटा, जसको ८६ वर्षको उमेरमा निधन भएको छ, भारतका अन्तर्राष्ट्रिय रूपमा सबैभन्दा चिनिने व्यवसायिक नेताहरूमध्ये एक थिए। उद्योगपति टाटा समूहका प्रमुख थिए, जुन "नुनदेखि सफ्टवेयर" सम्मका १०० भन्दा बढी कम्पनीहरूको समूह हो, जसले लगभग ६६०,००० मानिसहरूलाई रोजगार दिन्छ। यसको वार्षिक राजस्व $१०० अर्ब (७६.५ अर्ब पाउन्ड) भन्दा बढी छ। जम्सेतजी टाटाले स्थापना गरेको टाटा समूह, जुन भारतीय व्यापारको अग्रणी व्यक्ति थिए, १५५ वर्ष पुरानो व्यापार साम्राज्य हो, जसले जगुआर ल्यान्ड रोभर, टाटा स्टिलदेखि हवाईजहाज र नुन उद्योगसम्म समेटेको छ। "व्यापारले अरूको जीवन राम्रो बनाउने तरिकामा व्यवसाय गर्ने" टाटाको आदर्शले पूँजीवादलाई परोपकारसित जोड्छ भनी 'द स्टोरी अफ टाटा' का लेखक पिटर केसीले उल्लेख गरेका छन्। टाटा सन्स, समूहको होल्डिङ कम्पनी, "निजी र सार्वजनिक रूपमा कारोबार गर्ने कम्पनीहरू समावेश गर्दछ, यद्यपि तिनीहरू सबै परोपकारी ट्रस्टको स्वामित्वमा छन्", उनी थप्छन्। रतन टाटाको जन्म १९३७ मा परम्परागत पारसी परिवारमा भएको थियो - अत्यधिक शिक्षित र समृद्ध समुदाय, जसले आफ्नो पुर्खालाई भारतमा आएका जोरास्ट्रियन शरणार्थीसँग जोड्छ। उनका बाबुआमा १९४० को दशकमा अलग भए। टाटाले अमेरिका गएर कर्नेल विश्वविद्यालयबाट वास्तुकलामा डिग्री प्राप्त गरे। त्यहाँ सात वर्षको बसाइमा उनले कार चलाउन र उडान गर्न सिके। उनले केही कठिन अनुभवहरू पनि सहे: कलेजमा एकपटक हेलिकोप्टर उडाउँदा उनले इन्जिन गुमाए र दुई पटक आफ्नो विमानको एक मात्र इन्जिन गुमाए। "त्यसपछि म ग्लाइड गर्दै अवतरण गर्नुपर्‍यो," उनले एक अन्तर्वार्तामा भने। पछि, उनले प्रायः आफ्नो कम्पनीको बिजनेस जेट उडाउन थाले। १९६२ मा भारत फर्किंदा उनकी हजुरआमा लेडी नवजबाई बिरामी थिइन् र उनलाई बोलाएर ल्याएकी थिइन्। त्यस समयमा परिवारको अर्को शाखाका सम्बन्धी जेआरडी टाटाले उनलाई टाटा समूहमा सामेल हुन आग्रह गरे। "उहाँ (जेआरडी टाटा) मेरो महान गुरु हुनुहुन्थ्यो... उहाँ बुबा र दाइजस्तै हुनुहुन्थ्यो - र यसबारे पर्याप्त कुरा भएको छैन," रतन टाटाले भनेका छन्। रतन टाटालाई पूर्वी भारतको जमशेदपुरमा रहेको कम्पनीको स्टिल कारखानामा पठाइयो, जहाँ उनले कारखानामा केही वर्ष बिताए र पछि व्यवस्थापकको प्राविधिक सहायक बने। ७० को दशकको सुरूमा उनले दुई असफल कम्पनीहरू सम्हाले, एउटा रेडियो र टिभी बनाउने कम्पनी र अर्को कपडा उत्पादन गर्ने कम्पनी। उनले पहिलोलाई फाइदामा परिवर्तन गरे, तर कपडा कम्पनीमा मिश्रित परिणाम प्राप्त गरे। १९९१ मा, जेआरडी टाटाले, जसले समूहलाई आधा शताब्दीभन्दा बढी समयसम्म नेतृत्व गरे, रतन टाटालाई आफ्नो उत्तराधिकारी नियुक्त गरे, उक्त पदका लागि वरिष्ठ कम्पनीका आकांक्षीहरूभन्दा। "यदि तपाईं त्यस समयका प्रकाशनहरू फेला पार्नुहुन्छ भने, आलोचना व्यक्तिगत थियो - जेआरडीलाई परिवारवादमा जोडियो र म गलत छनोटको रूपमा चिनिएँ," रतन टाटाले पछि भने। पिटर केसी लेख्छन् कि रतन टाटाको नेतृत्वमा, "महान तर अलि पुरानो भारतीय निर्माताले उपभोक्ता सामानहरूमा ठूलो जोड दिँदै विश्वव्यापी ब्रान्डको रूपमा उदाउन थाले।" तर यात्रा मिश्रित थियो। उनको कार्यकालमा समूहले साहसी अधिग्रहणहरू गर्‍यो, जसमा एङ्ग्लो-डच स्टिलमेकर कोरस र बेलायतमा आधारित कार ब्रान्डहरू जगुआर र ल्यान्ड रोभरको अधिग्रहण समावेश छ। तीमध्ये केही निर्णयहरू सफल भए, जबकि अन्य - एक असफल दूरसञ्चार उद्यम सहित - कम्पनीलाई धेरै पैसा गुमाइदियो। २००० मा एउटा महत्वपूर्ण क्षण आयो, जब टाटाले टेटलीलाई किने र विश्वको दोस्रो ठूलो चियाको कम्पनी बने। यो सम्झौता भारतीय कम्पनीद्वारा गरिएको अन्तर्राष्ट्रिय ब्रान्डको सबैभन्दा ठूलो अधिग्रहण थियो। केही वर्षपछि, बेलायतस्थित अखबारका एक पत्रकारले टाटालाई सोधे कि भारतीय कम्पनीले प्रमुख बेलायती ब्रान्ड किनेर कस्तो महसुस गर्यो। "टाटा अत्यधिक चतुर र लाजालु हुनुहुन्छ, उहाँ आफ्नो सफलताको बारेमा गर्व गर्दै देखिनुहुन्न," उक्त पत्रकारले पछि लेखे। रतन टाटाको किफायती कार बनाउने प्रयास भने निराशाजनक रह्यो। यसलाई २००९ मा ठूलो धूमधामका साथ सुरू गरिएको थियो, जसको आधारभूत मोडेलको मूल्य १ लाख रुपैयाँ ($१,२२२; £९८२) मात्र थियो। तर प्रारम्भिक सफलता र उत्साह पछि, उत्पादन र बजारसँगको समस्याका कारण ब्रान्डले अन्य निर्माताहरूसँग प्रतिस्पर्धा गर्न सकेन। रतन टाटाले पछि भने, "विश्वको सबैभन्दा सस्तो कारको रूपमा नानो ब्रान्ड गर्नु ठूलो गल्ती थियो। मानिसहरूले आफूलाई सबैभन्दा सस्तो कार चलाइरहेको देख्न चाहँदैनन्!" उनको दृढता मुम्बई आतंकवादी आक्रमणको समयमा पनि परिक्षणमा परेको थियो। २६ नोभेम्बर, २००८ मा भएको मुम्बई आतंकवादी आक्रमणमा, टाटाको प्रसिद्ध ताजमहल होटल आक्रमणको लक्ष्य बनेको थियो, जसमा १६६ जनाको ज्यान गएको थियो। टाटाले मारिएका कर्मचारीहरूका परिवारलाई जीवनभर तलब दिने प्रतिज्ञा गरेका थिए। उनको करियरको अन्त्यतिर, टाटा सन्सका अध्यक्ष सायरस मिस्त्रीलाई हटाइएपछि उत्पन्न विवादमा रतन टाटा संलग्न भए। स्रोतः https://www.bbc.com/news/articles/cd11lz4vpr7o

असार १५ गते चितवनमा रोपाइँ महोत्सव मनाइने, प्रधानमन्त्री सहभागी बन्ने

काठमाडौँ। सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मनाउने भएको छ । बिहीबार २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मूल समारोह समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने बताएको हो। समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि, आधुनिकिकरण र व्यवसायीककरणलाई प्रवद्र्धन गर्नेगरी २०६१ सालदेखि नियमित रुपमा प्रत्यक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी भएको बताए। महानिर्देशक घिमिरेले यो वर्ष जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने जानकारी दिए। उनले जलवायु परवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवम् उपलब्ध प्रविधिहरुको प्रचार गरी तीनको अवलम्वन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनुपर्ने यस वर्षको सन्देश रहेको बताए। उनले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ अवसरमा असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने योजना रहेको बताए। महानिर्देशक घिमिरेले २०८१ असार १२ गतेसम्म देशभर ९.८ रोपाइँ भएको बताए। उनले कोशी प्रदेशमा ५.६, मधेश प्रदेशमा २.९, बागमती प्रदेशमा १८.३, गण्डकी प्रदेशमा ८.३, लुम्बिनी प्रदेशमा ८.८, कर्णाली प्रदेशमा २३.९ र सुदूरपश्चिम प्रदेशमा २५.० प्रतिशत खेतमा धान रोपाइँ भएको जानकारी दिए। उनले अहिलेसम्म कुल धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार ८३६ मध्ये एक लाख ३६ हजार ४११ हेक्टर क्षेत्र फलमा रोपाइँ भएको पनि बताए। 

मौद्रिक नीति आज सार्वजनिक गरिदै

काठमाडौं । सरकारले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ ।  गत शुक्रबार सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर पछि सारिएको थियो । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो।  डा. खतिवडा राष्ट्र बैंकका पूर्वगभर्नर पनि भएकाले उनका थप केही सुझावका लागि मौद्रिक नीति सार्वजनिक कार्यक्रम अन्तिममा समयमा पर सारिएको थियो ।  आज कार्यालय समय अगाडि बोर्ड बैठक बस्नेछ । त्यसपछि मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ । 

यो रमाइलो चुट्किला : चालुखाता

चालु खाता धेरै दिनपछि भेट भएको विरेले शेरेसँग भने छ विरे– ती युवती कति सुन्दर छन है ? शेरे– मलाई त नाम पनि थाहा छ ! विरे– के हो भन त ? शेरे– उनी बैंकमा काम गर्छिन, उनको काउन्टरको माथि लेखिएको थियो ‘ चालु खाता’

राष्ट्रपतिद्वारा सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।

आयरल्यान्ड ‘ए’विरुद्ध टस जितेर पहिला फिल्डिङ नेपाल

काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलबाट नेपालले एक परिवर्तन गरेको छ । यू(१९ का ओपनर अर्जुन कुमाललाई बेन्चमा राखेको छ भने अर्का युवा ब्याटर नरेन भट्टलाई मौका दिएको छ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो । ओडीआईका प्रमुख दुई ब्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएका थिए । देव खनाल र अर्जुन साउद पनि टोलीमा छन् । सिनियर टोलीका यी चार खेलाडी मध्य दुईले आज ठूलो इनिङ खेल्नुपर्ने छ । नेपाल ‘ए’को प्लेइङ ११ : विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल । नेपालको बेन्च : रञ्जित कुमार, रुपेशसिंह, अर्जुन कुमाल र विकाश आग्री ।

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय

काठमाडौँ । नयाँ सत्ता समिकरण बनेपछिको दोस्रो मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । आजको बैठकबाट सरकारले पाँच ओटा क्याविनेट समिति गठन गरेको छ । सरकारका कामकारवाही प्रभावकारी बनाउन यस्तो समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।  उनका अनुसार प्रधानमन्त्रीले नेतृत्व गर्नेगरी राजनितिक समति, उपप्रधान तथा भौतिक पुर्वधार मन्त्रीले नेतृत्व गर्नेगरी आर्थिक पुर्वधार समिति, गृह मन्त्रीले समन्वय गर्नेगरी विधेयक समिति गथन गरिएको छ ।  त्यस्तै, उपप्रधान तथा परराष्ट्र मन्त्रीले प्रशासन समितिको समन्वय गर्नेछन् भने उपप्रधान तथा स्वास्थ्य मन्त्रीले समाजिक समितिको समन्वय गर्नेछन् । यसका साथै सरकारले अन्य विविध विषयमा निर्णय लिएको छ ।  यस्ता छन् प्रमुख निर्णयहरु  १. मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी देहायका व्यक्तिहरुलाई प्रदेश प्रमुखमा नियुक्त गर्न  राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे छ । क.  सुमित्रा भण्डारी– मधेश प्रदेश ख.  डिल्लीराज भट्ट– गण्डकी प्रदेश ग.  नजिर मियाँ– सुदूरपश्चिम प्रदेश २. मन्त्रिपरिषद्का समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न देहायबमोजिम संयोजक तोकेकाे छ । क. राजनीतिक समिति– सम्मानीय प्रधानमन्त्री ख. आर्थिक पूर्वाधार समिति– माननीय उपप्रधानमन्त्री/भौतिक पूर्वाधार तथा यातायात मन्त्री ग. विधेयक समिति– माननीय उपप्रधानमन्त्री/गृह मन्त्री घ. प्रशासन समिति– माननीय उपप्रधानमन्त्री/परराष्ट्र मन्त्री ङ. सामाजिक समिति– उपप्रधानमन्त्री/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

राष्ट्रिय सुरक्षा सल्लाहकारबाट बैरागीले दिए राजीनामा

काठमाडौं। राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साउन ९ गते नै राजीनामा बुझाएका थिए। पूर्व मुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए। वैरागीले मुख्य सचिवको कार्यकाल केही महिना बाँकी छँदा बैकुठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ‌ओलीले राष्ट्रिय सुरक्षा सल्लाहकार पद नराख्ने मनसाय व्यक्त गरेपछि उनलाई राजदूतको रुपमा अघि सार्ने आश्वासन प्राप्त भएको थियो । त्यसको आधारमा बैरागीले साउन ९ गते राजीनामा बुझाएका थिए ।तर १९ जना राजदूतको नाम सिफारिस हुँदा उनी परेनन्।  बैरागीले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।

दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता हुने

जेरुसेलम । इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै सैनिक फिर्ता बोलाएको आइतबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नाहल नामक ब्रिगेडले मध्य क्षेत्रबाट गाजालाई हेर्दछ र गाजाको दक्षिणबाट उत्तरमा नागरिकहरूको फिर्तीलाई रोक्नेछ । इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारका अनुसार नयाँ ‘सुरक्षा क्षेत्र’ स्थापना भएपछि इजरायली रक्षा बल (आईडीएफ) ले गाजाको वरिपरि रहेका इजरायली क्षेत्रमा आफूलाई पुनर्गठित गरेको छ । आइडीएफ स्रोतलाई उद्धृत गर्दै, ‘इजरायली सेनाले अब ‘गुप्तचरमा आधारित’ छापामा ध्यान केन्द्रित गर्नेछ र आवश्यकता अनुसार गाजा फर्कने छ । सेनाको बहिर्गमन ‘राजनीतिक दबाब’सँग सम्बन्धित छैन,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिनूस् : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। बैठकमा प्रधानमन्त्रीले भने, ‘‘राजस्व चुहावट र अबैध व्यापारिक कारोवारमा हुने सेटिङ्ग भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्। झुटा तथा नक्कली विल विजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस्।’’ प्रधानमन्त्रीले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन निर्देशन दिए। उनले भने, ‘‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ। मुलुक समृद्विको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनैपर्छ। जनतामा पैदा गरिएको निरासालाई चिनुपर्दछ। यसका लागि बिगतका परम्परागत प्रशासनिक कार्यशैली, ब्यवहार र चिन्तनबाट सम्भव छैन। नयाँ सोचसहित अगाडि बढौँ।’’ आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने दिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले भने, ‘‘आन्तरिक बजारमा बील लिने दिने प्रणाली प्रभावकारी भएको छैन। कारोवारलाई आवश्यकताअनुसार प्रविधिमा रूपान्तरण गर्न सकिएको छैन। यस सम्वन्धमा सम्बन्धित राजस्व कार्यालयहरूले नियमित बजार अनुगमन गर्ने र सोको रिपोर्टिङ गर्ने व्यवस्था मिलाउनुहोस्। कर प्रशासनका सबै कार्यलाई पूर्ण प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनुहोस्।’’  बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा.बैकुण्ठ अर्याल, अर्थसचिव डा.कृष्णहरि पुस्कर, राजस्व सचिव डा.रामप्रसाद घिमिरे, गृहसचिव एकनारायण अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अर्थ मन्त्रालय मातहतका महानिर्देशकहरूको उपस्थिति थियो।

शहीद रीतबहादुर खड्का गतिशील क्रान्तिकारी नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताएका छन् । शहीद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले छोटो समयमा राम्रो प्रगति गर्नुभएको बताए । “रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको शहादतबाटअपूरणीय क्षति भयो ।”  शहीद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्रीले उहाँलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताए ।  

अपडेटः आमा लिन आएकी भुपेन्द्रा आमासँगै अस्ताइन

बाग्लुङ । बाग्लुङमा आज बिहान भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढासँगै उहाँकी आमा गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको पनि मृत्यु भएको खुलेको छ । चालक प्रेम पुन घाइते अवस्थामा रहेका छन् । मध्यपहाडी लोकमार्गमा गाउँपालिकाको जीप दुर्घटना भएर तीन सय मिटर तल खस्दा उपाध्यक्ष भुपेन्द्रा बुढा, ६१ वर्षीया आमा र वडा अध्यक्ष जसबहादुरको निधन भएको हो । विरामी अवस्थामा रहेकी आमालाई भेट्न आउनुभएकी उपाध्यक्ष बुढा आमालाई पनि सँगै लगेर जान थाल्नुभएको थियो । आमाले पनि घर जान मन गरेपछि लगेर जान थालेको पारिवारिक स्रोतले जनाएको छ । तर, आमाछोरीकै बाटोमै मृत्यु भएको छ । केही दिनअघि मात्रै आमासँगको तस्विर साझा गर्दै उहाँले लेख्नुभएको थियो– ‘आमा शब्द नै कति महान छ।हजुरलाई स्वास्थलाभको कामना, आमा।’ उहाँले आमासँगको भिडियो पनि शेयर गर्नुभएको थियो । उहाँले आमालाई  पाँच दिनअघि मात्रै आमालाई पशुपतिनाथको दर्शन गराउनुभएको थियो । 

सचिवालय बैठकमा ओलीको ब्रिफिङ - 'गठबन्धनविरूद्ध शक्ति केन्द्रहरू सक्रिय छन्, तर यो चारै वर्ष जान्छ'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सत्ता समीकरण चारै वर्ष टिकाउनुपर्ने निष्कर्ष सुनाएका छन् । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान बसेको सचिवालय बैठकमा यो गठबन्धन चारै वर्ष टिक्ने विश्वास दिलाएका हुन् । ‘जटिल परिस्थिति भएकाले पार्टीमा सल्लाह गर्न सकिएन । तर हामीले पाएको सफलता ठूलो हो’ बैठकमा अध्यक्ष ओलीको ब्रिफिङ थियो । एक पदाधिकारी अनुसार, नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन तोड्न राम्रै मेहनत गर्नु परेको ओलीको भनाइ थियो । नेकपा माओवादी केन्द्रलाई कांग्रेससँगै राख्न अनेक शक्ति केन्द्र लागेको ब्रिफिङ ओलीको थियो । ‘हामीसँग माओवादीको गठबन्धन नहोस् भनेर विभिन्न शक्ति केन्द्र लागेका थियो, जुन अहिले पनि सक्रिय छन्’, ओलीले बैठकमा भनेका छन् । तर ती शक्ति केन्द्रहरु आफै परास्त हुनेगरी नयाँ गठबन्धन बनेको अध्यक्ष ओलीले बताए । ‘अब जो जतिसुकै लागे पनि हामी चार वर्ष यो गठबन्धनलाई टिकाउँछौ, त्यसमा अरु दलहरु पनि प्रतिबद्ध छ’, ओलीले भनेका थिए । माओवादी केन्द्रसहित दलहरुसँग साझेदारी गर्दै सत्ताको यात्रा अगाडि बढाउने निर्णय गर्नेगरी आजको बैठक बसेको थियो । ‘हामी सरकारमा सहभागी भइसकेका छौं । तर त्यसबारे निर्णय गर्न बाँकी थियो’ ती पदाधिकारी भन्छन्, ‘अध्यक्षले सरकारमा सहभागी हुनु अगाडि माओवादीसँग कुराकानी गरेको कुरा समेत गोप्य राख्नुपर्ने कारण परिस्थिति नै भएको बताउनुभयो ।’