नियुक्त नगर्दै ओलीको शपथका लागि सांसदलाई राष्ट्रपतिको निम्तो

काठमाडौं । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ती नहुँदै उनको शपथ कार्यक्रममा सहभागी हुन संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । 

सामान्यतयाः प्रधानमन्त्रीको नियुक्ती भएपछि मात्रै सपथमा बोलाउनुपर्नेमा आइतबार दिउसो नै राष्ट्रपति कार्यालयले निम्ता पठाएको हो । 

राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको छ । 

पत्रअनुसार नियुक्त हुन बाँकी रहेका प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ । 

‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको भोलि मिति २०८१।३।३१ गते बिहान ११ बजे हुने शपथ ग्रहण समाहरोहमा उपस्थितिको लागि संघीय संसदका सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा सहितको जानकारी सम्प्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ’, राष्ट्रपति कार्यालयले संघीय संसदका महासचिवलाई पठाएको पत्रमा लेखिएको छ ।

null

एक खेल नखेल्दै नेपाल समूह विजेता

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपाल एक खेल नखेल्दै समूह विजेता बनेको छ ।  मंगलबार साउदी अरेविया कतारसँग १५ रनले पराजित भएसँगै नेपाल समूह विजेता बनेको हो । कतारको जितले बुधबार साउदी अरेबियासँग खेल्नुअघि नै नेपाल समूह ए बाट विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । समूह ए मा नेपालबाहेक अन्य कुनैपनि टोलीले ६ अंक बनाएका छैनन् ।  अब नेपालले सेमिफाइनल खेल युएईसँग खेल्ने सम्भावना बढेको छ । समूह ए बाट अन्य सबै चार टोलीको नै सेमिफाइनल खेल्ने अंक गणीतिय सम्भावना बराबर बनेको छ । चार मध्ये एउटा टोली ४ अंकका साथ नेटरनरेटमा माथि रहँदै सेमिफाइनल खेल्नेछ । नेपाल भने सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बी मा सोमबार ओमानले युएईमाथि ९ विकेटको जित हात पारेको थियो । यो नजिताले अब ओमान समूह बी को विजेता र युएई उपविजेताको रुपमा सेमिफाइनल खेल्ने सम्भावना छ । समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ । बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा पुगेका छन् । बुधबार ओमानले कुवेत र युएईले कम्बोडियासँग खेल्दैछन् । कमजोर प्रतिस्पर्धी भएका कारण ओमान र युएई दुबै विजयी हुने सम्भावना छ । त्यसैले नेपाल र युएई सेमिफाइनलमा भिड्ने सम्भावना बढेको हो । सेमिफाइनल शुक्रबार हुनेछ भने तेस्रो स्थानको खेल शनिबार र फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिता विजेताले टी २० एसिया कप खेल्न पाउनेछ भने शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग पुर्‍याउनेलाई धन्यवाद व्यक्त

चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष सहयोगी भूमिका खेल्ने सबै धन्यवाद व्यक्त गरेको छ । शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै महानगरले भरतपुर महानगपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घघाटन फाल्गुन १८ गते नारायणी नदी किनारमा भव्य एवम् उल्लासमय समारोहका बीच सम्पन्न भएको बताएको छ ।  महानगरपालिका प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, हिजो देखिएको अभूतपूर्व जनसागरको उपस्थितिले भरतपुर भ्रमण वर्षको औचित्य थप पुष्टी गरेको हामी सबैलाई महशुस गराएको छ । बिहानीले दिनको संकेत गर्छ भने झै “भरतपुर भ्रमण वर्ष २०२४” को सानदार सुरूवात जस्तै सम्पन्न हुने अपेक्षा भरतपुर महानगरले लिएको छ।यो अभियानले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने आशा जगाएको छ।यस गरिमामय समारोहमा महत्वपूर्ण समय उपलब्ध गराउनुहुने सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरू, प्रदेश प्रमुखज्यूहरू, मुख्यमन्त्रीज्यूहरु, संघीय तथा प्रदेश सांसदज्यूहरू, नेपाल पर्यटन बोर्ड परिवार, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिज्यूहरु, साझेदारको रुपमा रहेको निजी क्षेत्र, पर्यटन व्यवसायीहरू, कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने सम्पूर्ण सञ्‍चार गृहहरू, राष्ट्रसेवक कर्मचारीहरू, कलाकार मित्रहरू, संचारकर्मीहरू, सुरक्षा निकाय, नागरिक समाज, महानगरका जनप्रतिनिधिहरू, भ्रमण वर्ष सफल पार्न गठित सल्लाहकार समिति, निर्देशक एवम् विभिन्न उपसमितिका सदस्यहरू, गैर आवासीय नेपाली मित्रहरू, शिक्षक तथा विद्यार्थीहरू, आ–आफ्नो पहिचानसहित ¥याली तथा समारोहमा सहभागी हुनुहुने विभिन्न टोल विकास समिति, सामाजिक संघ संस्था तथा विभिन्न जातजाति, समुदायबाट यसलाई उत्सवका रुपमा मनाउन उपस्थित सम्पूर्ण आमाबुबा दाजुभाइ, दिदीबहिनी तथा आम जनसमुदायप्रति भरतपुर महानगरपालिकाको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ। भरतपुर भ्रमण वर्ष २०२४ ले राखेको लक्ष्य पुरा गर्न महानगरपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन, गोष्ठी, सेमिनार जस्ता गतिविधिहरु सञ्चालन गर्न आह्ववान गरिने छ । साथै यस अभियानमा सक्रियताका साथ निरन्तर सहयोगको लागि सामाजिक संघ संस्था, निजी क्षेत्र, व्यवसायीक संस्थालाई सहकार्यका लागि आग्रह गर्दछौं।यसबाट महानरपालिकाको पर्यटकीय एवम् आर्थिक गतिविधिमा संख्यात्मक तथा गुणात्मक बढोत्तरी हुने आशा लिएका छौं । अन्तमा, भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन समारोहमा जनस्तरबाट देखिएको ऐक्बद्धता वर्षभरि नै कायम राख्दै यस अभियानलाई सफल बनाउन सबै पक्षहरूबाट साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा राखेको विज्ञप्तीमा भनिएको छ ।

डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो

काठमाडौं ।देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघेको छ। सन् २०२४ जनवरीयता जुलाई ११ सम्म एक हजार ५४४ जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ। तीमध्ये जुलाईका ११ दिनमा १३२ संक्रमित थपिएका हुन्। यो वर्ष (सन् २०२४) मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ। जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५३८ जनामा संक्रमण देखिएको छ। जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १८३ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ। यस्तै, झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, तनहुँमा ५३, ओखलढुंगामा ५३ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ। मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ।

माओवादी जनयुद्धलाई अपमानित गर्ने कुरा सह्य हुन्नः बस्नेत

नेकपा माओवादी केन्द्रले माओवादी जनयुद्धलाई अपमानित गर्ने र अवमूल्ययन गर्ने कुनैपनि गतिविधि स्वीकार्य नहुने बताएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सो पार्टीका सांसद शक्तिबहादुर बस्नेतले नेपालको संविधान, शान्ति प्रक्रियाको भावना र जनयुद्धको भूमिकालाई अवमूल्यन र अपमानित गर्ने गरी एमालेका सांसद योगेशकुमार भट्टराईले संसदमा बोलेको भन्दै उक्त विचारप्रति आफ्नो दलको असहमति, आपत्ति र विरोध कायमै रहेको समेत बताए। बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न संयुक्त राष्ट्र संघको महासभाको भ्रमण, महत्त्वपूर्ण विधेयकहरूलाई संसदबाट अन्तिम टुंगोमा पुर्‍याउनुपर्ने स्थिति, जनसरोकारका मुद्दाहरूमा छलफल गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी आफ्नो दलले संसद सुचारु गराउने निर्णय लिएको पनि जानकारी गराए।  सांसद बस्नेतको भनाइ थियो: नेकपा माओवादीको नेतृत्वमा सञ्चालन भएको १० वर्षे जनयुद्ध, जसलाई विस्तृत शान्ति सम्झौता र संविधानले सशस्त्र संघर्षको रूपमा परिभाषित गरेको छ, लगायतका ऐतिहासिक जनआन्दोलनलगायतका अन्य आन्दोलनहरुको परिणाम आज हामी यो संघीय संसदमा उपस्थित भएका छौं। यो संसदमा तीनै आन्दोलनहरुको योगदानलाई अवमूल्यन गर्नेगरी, अपमानित गर्नेगरी बहस हुने कुरा दुखद छ। यसकारण सत्तारुढ दलका माननीयज्यूबाट व्यक्त भएका विचारहरु, माओवादीको १० वर्षे सशस्त्र संघर्षलाई अपमानित गर्ने गरेर अपमानजनक ढंगले व्यक्त भएका विचारहरुप्रति हाम्रो दलको तर्फबाट असहमती रहेको कुरा, आपत्ति रहेको कुरा, विरोध रहेको कुरा म यहाँ दर्ज गर्न चाहन्छु। एउटा जना इतिहासकारले भनेका छन्–इतिहास शिक्षक होइन, बार्डेन हो। इतिहास आफैँले कसैलाई सिकाउँदैन। सिक्न नचाहनेहरुलाई दण्डित गर्छ। यस अर्थ इतिहासलाई ब्लेमिङ नगरौँ। इतिहासबाट सिक्ने कोशिस गरौँ। म सबैसँग आग्रह गर्न चाहन्छु, आफ्नो उद्देश्य, त्यसमा भएको जनसहभागिता र त्यसबाट प्राप्त भएका परिणामको दृष्टिले हेर्दा नेपालको इतिहासमा नेपाल एकीकरण पछिको सबैभन्दा सशक्त, सबैभन्दा प्रभावकारी र एउटा महत्वपूर्ण परिघटनाको रुपमा नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध रहन गएको छ। जहाँ सहरबजारका बुद्धिजीविहरूदेखि लिएर गाउँका कुनाकन्दरामा बस्ने गरीब किसान मजदुरहरू, दलित, महिला, आदिवासी, जनजाति र सिमान्तकृत समुदायहरु समेतको सक्रिया सहभागिता रहेको थियो। यो व्यापक सहभागितासहित यसले जुन उद्देश्य बोकेको थियो, सबै खालका जातीय, वर्गीय, क्षेत्रीय, लैगिक, सांस्कृतिक, धार्मिक विभेदहरूको अन्त्य गर्नका लागि केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाको अन्त्य लोकतान्त्रिक समावेशी राज्यको पुनःसंरचना गर्ने उद्देश्य यसले बोकेको थियो। नेपालको संविधान, शान्ति प्रक्रियाको भावना र जनयुद्धको भूमिकालाई अवमूल्यन र अपमानित गर्ने गरी यहाँ सत्तारुढ दलका माननीयहरूले व्यक्त गर्नुभएका विचारहरूप्रति हाम्रो दलको असहमति, आपत्ति र विरोध कायमै रहेको कुरा दलको तर्फबाट पुनः रेकर्ड गराउन चाहन्छु। र, तत्सम्बन्धमा स्पष्टताको पनि माग गर्दछु। यति हुँदाहुँदै सम्माननीय प्रधानमन्त्रीज्यू राष्ट्रको प्रतिनिधित्व गरेर संयुक्त राष्ट्र संघको महासभाको बैठकमा जान लाग्नुभएको अवस्था, कतिपय महत्त्वपूर्ण विधेयकहरूलाई संसदबाट अन्तिम टुंगोमा पुर्‍याउनुपर्ने स्थिति जनसरोकारका मुद्दाहरूमा छलफल गर्नुपर्ने आवश्यक्तालाई ध्यानमा राखी हाम्रो मतलाई यथावत् राख्दै, कायम राख्दै संसदलाई सुचारु गराउन सहयोग पुर्‍याउने दलको निर्णय रहेको व्यहोरा म अवगत गराउन चाहन्छु।’

केयूको फार्मेसी विभागले 'दिर्घायू' नामक वार्षिक कार्यक्रम आयोजना गर्दै

काठमाडौं । काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागले 'दिर्घायू' नामक वार्षिक कार्यक्रम आयोजना गर्दै छ।अहिले गर्न लागेको यो 'दिर्घायू' को दोस्रो संस्करण हो।कार्यक्रम दूई चरणमा हुने छ। पहिलो चरणमा खेलकुद र विभिन्न विधामा प्रतिस्पर्धात्मक कार्यक्रम हुने छ भने मुख्य चरणमा फार्मेसी पेसा अन्तर्गत विभिन्न विषयमा विज्ञहरुबीच छलफल हुने छ। कार्यक्रममा काठमाडौं विश्वविद्यालयका फार्मेसी विद्यार्थीका साथसाथै नेपालका विभिन्न फार्मेसी कलेजका विद्यार्थीहरु,फार्मेसी काउन्सिलका प्रतिनिधि, औषधि विभागका प्रतिनिधिको उपस्थित हुने छ। मुख्य चरणको कार्यक्रम वैशाख ३ र ४ गते काठमाडौं विश्वविद्यालयको प्राङ्गणमा हुने आयोजकले जनाएको छ । नेपालमा रहेका विभिन्न फार्मेसी कलेजबीच विभिन्न विधामा स्वस्थ प्रतिस्पर्धा, अनुभव साटासाट, व्यक्तित्व विकास बारे कार्यक्रम,व्यवसायिक प्रशिक्षण,फार्मेसी पेसामा रहेका विभिन्न समस्या र समाधानबारे विज्ञहरुबीच छलफल गराइ,छलफलको निचोडलाई कार्यनयन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

किन दुख्छ पेट, डाक्टरलाई कतिखेर जँचाउने ?

पेट दुख्ने समस्याबाट हरेक पीडित हुने गर्दछन् । सामान्यतः पेट किन दुख्छ भन्ने कुराको यकीन कारण थाहा हुँदैन । कतिपय बेला यस्तो दुखाई सामान्य लाग्छ भने कतिपय बेला यो गम्भीर रोगको लक्षण पनि हुन सक्छ । पेट किन दुख्छ र कस्तो अवस्थामा चिकित्सककहाँ जानुपर्छ त भन्ने विषयमा जान्नु जरुरी छ । Pain Abdomen ( पेट दुख्नु) पेटको दुखाई करंगको मुनिदेखि  यौनाङ्गको माथिल्लो भाग जहि पनि हुन सक्छ। सानो र बुझ्न नसक्ने बच्चाले दुखेको भागमा हात लैजान्छ भने बुझ्ने बच्चाले पेट दुखेको भाग छुट्टयाई दुखेको भाग देखाउन सक्दछ । के कारणले पेट दुख्छ ? पेटको दुखाई (Colic) बच्चा जन्मेको १० दिन देखि ३ महिनासम्म देख्न देखिन्छ। यसको सहि कारण अहिलेसम्म थाहा हुन सकेको छैन। आन्द्राको द्रुतगति र उग्र संकोचनको कारण बच्चामा दुखाइ पैदा हुन्छ। बच्चामा दुखाई दिउसो र साझतिर बढी देखिन्छ। यस्तो भएको बेला बच्चा धेरै रुन्छ , खुट्टा फ्याकदछ , हावा बढी फ्याक्दछ र आलस्य हुन्छ। यसको समाधानको लागि  बच्चालाई थुम्थुमाउने र बोकेर डुलाउने जस्ता कार्य गर्न सकिन्छ। अपच(Indigestion): धेरै खानेकुरा खानाले वा खाना नपचेमा हल्का पेट  दुख्न सक्छ। संक्रमण (Infection): कुनैपनि किटाणुको संक्रमणले पेट काट्न सक्छ।  यस्तो भएमा बच्चालाई झाडा बान्ता लाग्न सक्छ। विषाक्त खाना (Food Poisoning ) : फ्रिजमा नराखेको बासी खाना खानाले पेट दुख्नुको साथै झाडाबान्ता लाग्न सक्छ। कब्जियत(Constipation) : कब्जियत भएमा तल्लो पेट दुख्न सक्छ। घाटिको सुजन (Streptococcal pharyngitis) : घाटीको सुजन भएको बेला पेट दुख्न सक्छ। तनाब (Stress) : बच्चालाई बारम्बार पेट दुखाइ देखिराखेको छ भने त्यो उसको तनावको कारण हुन सक्दछ । त्येसैले  बच्चालाई तनावबाट मुक्त राख्नु   पर्दछ।  घरपरिवारमा दैनिक हुने सामान्य असहज क्रियाकलापले पनि बच्चालाई तनाब पर्न सक्दछ। परिवारमा हुने आपसी असमझदारी, बच्चाको जीवनमा हुने परिबर्तनबाट पनि तनाब उत्पन्न हुन सक्दछ। तनाबको कारणले हुने पेटको दुखाई  प्राय नाइटोमा केन्द्रित हुन्छ। गम्भीर कारणहरु  : गम्भीर प्रकारका पेट दुखाइ सल्यक्रिया गर्नुपर्ने रोगहरु हुन सक्छन।  गम्भीर प्रकारका पेट दुखाइ पनि आकस्मिक र गैर-आकस्मिक गरि २ प्रकारले बर्गिकरण  सकिन्छ। आकस्मिकमा अपेण्डिसाइटिस (Appendicitis ), इनटसससेप्सन (intussusception), अडकिएको हर्निया (obstructed hernia), बटारिएको अण्डकोश (Testicular torsion), आन्तरिक रक्ताश्राब (Internal Bleeding ) आदि पर्दछन जुन जतिसक्दो चाडै अप्रेसन गर्नु पर्दछ  भने गैर-आकस्मिकमा पत्थरी, टयूमर, सिस्ट,जुका आदि पर्दछन जुन समय मिलाएर अप्रेसन गर्न सकिन्छ। पेट दुखेको बिरामीलाई कहिले चिकित्शक कहा देखाउने ? बच्चा सार्हैनै सिकिस्त देखिएको छ भने यदि बच्चाले बिषालु बिरुवा, औषधि, रसायन  चलाएको छ भने  हिड्न सक्दैन वा हिड्दा शरीर निहुराएर हिड्छ भने दायापट्टी तल्लो भागमा बढी दुखेको छ भने दुखाइ संगै अन्डकोश सुनिएको छ भने कुनै पनि भागमा बढिनै दुखेको छ भने दुखाइ संगै बिरामी बढिने रोइरहेको छ भने दिसा वा बान्तामा रगत देखिएको छ भने बान्ता पहेलो वा हरियो  छ भने केहि पहिला कुनै दुर्घटना भएको छ भने २ वर्ष भन्दा मुनिको बच्चा छ भने ज्वरो १०४ भन्दा माथि छ भने महिनावारी भईसकेको र गर्भवतीको लक्षण देखाउछिन भने दुखाई  झन् बढ्दै गएको छ भने २ घण्टा सम्म पनि दुखाई कम हुदैन भने २४ घण्टामा दुखाई  आउदै जादै गर्छ भने घरमा गर्न सकिने उपचार : पेटमा हावा भरिएर वा बढी खानाको  सेवन गरेर  हल्का पेट दुख्न सक्छ। यस्तो भएमा पेटबाट हावा निकाल्ने कुराहरु खुवाउन  सकिन्छ। यसको लागि बजारमा  पाईने राम्रो किसिमको हावा बाहिर निकाल्ने औषधि/पाचक प्रयोग गर्न सकिन्छ। बच्चालाई खान धेरै भएर पेट दुखेको छ भने सौचालय जान  प्रोत्साहित गर्नु पर्दछ।  पेटबाट  दिसा बाहिर निस्किएपछि धेरै नै राहत हुन्छ। बच्चालाई पेट थिचेर केहि बेर सुत्न लगाउदा आराम हुन्छ। पेटको दुखी रहेमा तरल पदार्थ मात्र खान दिनुहोस। बच्चालाई बान्ता गर्न प्रोत्शाहित गर्न सकिन्छ। यसबाट पनि निकै राहत मिल्छ। लामो समय देखि कब्जियतले दुख दिईरहेको छ भने पेट दुखाइको  कारणनै पेटमा जम्मा भएको दिसाले गर्दा हुन्छ।  त्येसैले सकेसम्म बच्चालाइ दिसा गर्न प्रोत्साहित गर्नु पर्दछ। यसको लागि बच्चालाई सौचालयमा लगेर बसाउन सकिन्छ। बस्दा खेरि दिसा गर्न गाह्रो भएको छ भने बच्चालाई मनतातो पानीमा बस्न लगाउनु पर्दछ। यसरी पानीमा बस्दा मलद्वारलाई आराम पुग्दछ र दिसा बाहीर सजिलै निस्कन्छ। खानपानमा बिशेष ध्यान दिनु पर्दछ। बजारमा पाईने रेडिमेड प्याकेटको खाना (Junk Food) बच्चालाई खान दिनु हुदैन। यसमा प्रयोग हुने रशायनले पेटको अल्सर भएको पाईएको छ। पेट दुखेको बेला बच्चाले बान्ता गर्न सक्ने हुनाले बांताको लागि तयार भएर बस्नु पर्दछ। कुनै पनि दुखाई कम गर्ने औषधी बच्चालाई दिनु हुदैन। दुखाइ कम गर्ने औषधि (जस्तै :ब्रुफ़ेन)ले पेटको भित्रि भित्ता खिईयाउने भएकोले दुखाई झन् बढी हुन सक्दछ। ज्वरो १०२ भन्दा माथि छ भने सिटामोल चाही दिन सकिन्छ। गम्भीर प्रकारको पेट दुखाई छैन भने यसको समयसीमा २ घण्टा भन्दा बढी हुदैन। २ घण्टा पछि पनि दुखाई  कम भएन वा झन् बढ्दै गयो भने गम्भीर कारण छ भन्ने बुझ्नु पर्दछ।

आज ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै

काठमाडौँ । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो। राष्ट्रिय सहकारी महासङ्घ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर आज विविध अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्ने भएका छन् ।देशभर अहिले करिब ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ । यो क्षेत्रमा झन्डै ६० लाख सदस्य छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।  कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको तत्थ्याङ्क सहकारी क्षेत्रमा देखिन्छ । संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न सकेको छैन। धेरै संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ। सरकारले प्राथमिकता दिएका कृषिजन्य उत्पादन, प्रशोधन, बजारीकरणका साथै सेवा क्षेत्रमा सहकारीले अपेक्षित योगदान दिन सकेका छैनन्।

मारिए ईद मनाउन हिडेका हमास प्रमुखका तीनजना छोरा

ऐजेन्सी । हमासका प्रमुख नेता इस्माइल हानियाले गाजामा इजरेलले गरेको हवाई आक्रमणमा आफ्ना तीन जना छोराहरू र चार जना नातिनातिना मारिएको बताएका छन्। हमास सम्बन्धित सञ्चार माध्यमका अनुसार उनका छोराहरू यात्रारत कारमाथि गाजास्थित अल शाति क्याम्प नजिक हवाइ अक्रमण हुँदा कारमा सवार सबैजना मारिएका हुन् । हानियाले यो घटनाका कारण इजरेलसँगको वार्तामा हमासको अडान परिवर्तन नहुने बताएका छन्। हमास र इजरेलबीच युद्धविराम गर्न वार्ताका लागि पहल भइरहेका छन्। इजरेलको सेनाले उनका छोराहरू पनि हमासको सैन्य एकाइका सदस्य रहेको बताएको छ।उनीहरूको समूह मुस्लिम पर्व इदको बिदा मनाउन जाने क्रममा हमलामा परेको बताइएको छ। हानियाले आफ्ना छोराहरू हाजिम, अमिर र मोहम्मद युद्धभरि गाजामै बसेको सञ्चार माध्यमहरुलाई बताएका छन् ।सो घटना पछि हमासले वक्तव्य जारी गर्दै हानियाका चार जना नातिनातिनाहरू मोना, अमल, खालिद र रजान पनि उक्त आक्रमणमा मारिएको बताएको छ। हमासले उक्त आक्रमणलाई “विश्वासघाती र कायर” भनेको छ।

आत्महत्या प्रयास गर्दागर्दै प्रहरीले उद्दार गरेको थियो कृष्णका छोरालाई, यस्तो छ विवरण

काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका ५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीको छोराले पनि आत्महत्या प्रयास गरेको प्रहरीले जानकारी दिएको छ। छोरा २१ वर्षीय रिचेन नगरकोटीले आत्महत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको छ। छोरी २९ वर्षीया रश्मी नगरकोटीलाई भने प्रहरीले सेतोपुलबाट नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कृष्णको छोराछोरी नै मानसिक अवस्था ठीक नभएको पाइएको छ । आज बिहान साढे ५ बजे घाँटी रेटिएको अवस्थामा कृष्णको शव थली ओरालो नजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो। उनको साथमा रहेको ड्राइभिङ लाइसेन्सबाट नगरकोटीको पहिचान खुलेको थियो । यस्तो छ प्रहरीले जनाकारी दिएको विवरण 

नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठ, उपाध्यक्षमा गंगालाल सिंगार निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल पौडी संघको ५औँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठको प्यानल विजयी भएको छ । शनिबार भएको अधिवेशबाट पौडीले नयाँ कार्यसमिति पाएको हो । यो सँगै पौडीमा अशोकरत्न बज्राचार्यको कार्यसमितिको ४२ वर्षदेखिको विरासत तोडिएको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा श्रेष्ठ निर्विरोध हुँदा वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, तीन उपाध्यक्षमा गंगालाल सिंगार,जुनाकुमारी कठायत र चित्रराज भट्ट निर्वाचित भएका हुन् । महासचिवमा ईश्वर कार्की, सचिवमा क्रमशः रञ्जन भट्टराई र गंगालाल गोले, कोषाध्यक्षमा दिलीप वैद्य, सहकोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ रहे । सदस्यता दीपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, उमेश प्रधान, डम्बरबहादुर तामाङ, भरत तामाङ, बिष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रूपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन तथा शिरीष गुरुङ रहेका छन् ।

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत २५ गते आइतबार सन् २०२४ अप्रिल ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

म्यान्मारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा २३ सर्वसाधारणको मृत्यु

काठमाडौं । म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू चिन्तित भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताएका छन्।  स्थानीयले एएफपीलाई बताएअनुसार सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। म्यान्मारको पश्चिमी राखिन राज्यमा गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि झडप भएको थियो। महासचिव गुटेर्रेसले सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘सेनाले मिनब्या बजारमा गरेको हवाई आक्रमणमा कैयौँ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको खबरले आफूलाई चिन्तित तुलाएको छ।’ हालका हप्ताहरूमा अराकन लडाकुहरूले मिनब्याको राजधानी सिट्वेको पूर्वमा अवस्थित उक्त बजारमा आक्रमण गरी केन्द्रको बजारसँगको सम्पूर्ण सम्बन्ध विच्छेद् गरिदिएका छन्।  थार डार गाउँमा सोमबार राति १ः४५ बजे भएको हवाई आक्रमणमा १० पुरुष, चार महिला र १० बालबालिकाको मृत्यु भएको एक स्थानीयले एएफपीलाई जानकारी दिएका छन्। सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘हाम्रो गाउँमा कुनै झडप भएको थिएन । उनीहरूले हामीमाथि सिधै आकाशबाट बम प्रहार गरेका थिए ।’  अर्का स्थानीयले विस्फोटमा परी २३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएका छन्। सन् २०१७ मा भएको सैन्य कारबाहीका कारण रखाइनमा दशौँ हजार रोहिङ्ज्या समुदाय भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका थिए। जुन्टा सेनाले सिट्वेलाई आफ्नो नियन्त्रणमा राखेको छ तर हालैका हप्ताहरूमा अराकन लडाकुहरूले वरपरका जिल्लाहरूमा सफलता प्राप्त गरेका छन्। छिमेकी मुलुक भारत र बङ्गलादेशमा पनि युद्ध फैलिएको छ। गत महिना पनि बङ्गलादेशमा भएको झडपका क्रममा म्यान्माबाट मोर्टार प्रहार हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको थियो। सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वायत्तता र आकर्षक स्रोतसाधनको नियन्त्रणका लागि सेनासँग लडेका म्यान्माको सीमावर्ती क्षेत्रका थुप्रै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्ये अराकन आर्मी पनि एक हो।

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन ८ गते मंगलबार सन् २०२४ जुलाई २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा र बिक्री दर १३४ रुपैयाँ १६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ७३ पैसा र बिक्री दर १७३ रुपैयाँ ५१ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ विदेशी मुद्राको विनिमय दर 

माओवादी, रास्वपा र एसले ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उनले बताए । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशीलाई नियुक्त

काठमाण्डौँ ।  पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबार बसेको बैठकले जोशिलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । खुल्ला प्रतिस्पर्धाबाट जोशी छनौट भएको मन्त्रालयले जनाएको छ ।शिक्षा क्षेत्रको नेतृत्वदायी भुमिकामा रहेर झन्डै दुई दशकको अनुभव बटुलेका जोशीले आजै सपथ लिएका छन्। नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधि अनुसार आफू छनौट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर आफूले सिकेका, जानेका कुराहरु अनुसार त्याहाँको बस्तु स्थिति अनुसार अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  उनले पशुपति विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र भएकाले त्यसलाई थप शसक्त बनाउने र विकासमा एउटा ईट्टा थप्ने आफ्नो प्रयत्न हुने बताए। पछिल्लो समय पशुपति विकास कोशको कार्यकारी निर्देशक  नियुक्ति प्रक्रियालाई लिएर आलोचना हुने गरेकोमा यो पटक मन्त्री तामाङको निर्देशनमा खुल्ला प्रतिस्पर्धा बाट नियुक्त गरिएको हो । केही समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा यहीँ जेठ २३ गते  कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी कोशले आवेदन माग गरेको थियो ।  पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो । जोशीले आजै पदभार ग्रहण गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।