प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम गरेको प्रस्तावको पक्षमा सांसदले मत दिए। 

आजको प्रतिनिधिसभा बैठकमा २६८ जना सांसद उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डले पक्षमा १५७ मत प्राप्त गरे भने ११० सांसदहरुले विपक्षमा मत हाले।

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वास पाउन बहुमतका लागि १३८ मत आवश्यक थियो ।प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमालेबाट ७५, माओवादी केन्द्रबाट ३२, रास्वपाबाट २१, जसपाबाट १२, एकीकृत समाजवादीबाट १०, नाउपाबाट ४, आजपाबाट १ र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले समेत विश्वासको मत दिए ।नेकपा एमालेका सांसद वसन्त नेम्वाङ भने स्वास्थ्यमा समस्या भएका कारण उपस्थित हुन सकेनन् ।

विश्वासको मतको विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र राष्ट्रिय जनमोर्चा रहे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे । उनले कुनै पक्षमा मतदान गरेनन् ।

टी २० सिरिज : नेपाल र आयरल्याण्ड ‘ए’बीच खेल हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग बिहीबारदेखि नेपाल ‘ए’ले टी–२० सिरिज खेल्दैछ। पलिलो खेल बिहीबार दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ टिमले तीन–तीन खेलको टी–२० र एक दिवसीय सिरिज खेल्न लागेको हो। आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले विनोद भण्डारीको कप्तानीमा टिम घोष्णा गरेको छ। नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग आज पहिलो खेल हुनेछ । दोस्रो खेल शुक्रबार र अन्तिम खेल शनिबार हुने क्यनले जनाएको छ । आयरल्याण्ड ‘ए’सँगको एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र अन्तिम अर्थात् फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ। आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

वेस्ट इन्डिज एसँग खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी–२० खेलको सिरिजका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा समाबेश गरिएको छ । आकाश तीव्र गतिका बलर र आरिफ मध्यक्रमका ब्याटर हुन् ।  नेपालले अन्य टोलीमा भने परिवर्तन गरेको छैन । पर्सी शनिबार नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल हुनेछ । नेपालले जेठमा हुने आईसीसी टी–२० विश्वकपअघि यस सिरिजलाई तयारीको रुपमा लिएको छ । नेपालको टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द ।

चितवन र भरतपुर भ्रमण गर्न केपी ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरलाई रमाइलो जिन्दगी बिताउने ठाउँ भएको उल्लेख गर्दै  चितवन र भरतपुर भ्रमण गर्न  आह्वान गरेका छन् ।शुक्रबार भरतपुर महानगरपालिकाको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।  सम्बोधनका क्रममा अध्यक्ष ओलीले आफुले भरतपुर महानगर लगायत चितवनको एक वर्षभित्र व्यापक रुपमा भ्रमण गर्ने सोच बनाएको बताउँदै अरुलाई पनि चितवन भ्रमण गर्न आह्वान गरेका हुन् । ‘अरुलाई पनि म आह्वान गर्न चाहन्छु, भरतपूर आउनुस्, भरतपुरको आनन्द लिनुस्,’ । ‘यहाँ त रमाइलोसँग जीन्दगी बिताउने ठाउँ हो,’ ओलीले भने। उनले कार्यव्यस्तता हुँदाहुँदै पनि निम्तो अस्वीकार गर्न नसकेर भरतपुर पुगेको बताए।भरतपुरमा शुभकामना दिन पाउँदा आफुलाई खुसी लागेको उनले बताए। सम्बोधनको क्रममा अध्यक्ष ओलीले भरतपुर महानगर प्रमुख रेनु दाहालको सक्रियता र कामको खुलेर प्रशंसा गरेका थिए । 

कतारका राजा काठमाडौँमा

काठमाडौं। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलमा अवतरण भएको र उनलाई त्यहीँ सेनाको सलामीसहित सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।  कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल पनि विमानस्थलमा पुगेका छन् ।  बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहाँको भ्रमण सकेर काठमाडौँ आएका हुन् ।  अमिरले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम छ । सोल्टी होटेलमा विभिन्न राजनीतिक भेटघाट हुनुका राष्ट्रपति पौडेलले उनको सम्मान रात्रिभोजको आयोजना गरेका छन् । सो रात्रिभोजमा नेपालका मन्त्री, नेता, व्यापारीहरू पनि सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डसँग बुधवार १०ः३० बजे द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै विभिन्न सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम पनि छ । अमिर शेख बुधबार साढे दुई बजे फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बलेवा । सुक्खा पहिरोका कारण गएरातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गएराति सुक्खा पहिरो खसेको हो ।  पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रेको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए ।   “दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ”, उनले भने, “ढुंगा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन ।” पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए ।  सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ । रासस

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन ४ गते शुक्रबार सन् २०२४ जुलाई १९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबार अमेरिकी डलर सामान्य अंकमा बढेको छ । कतारी रियलको खरिद दर घट्दा बिक्री दर बढेको छ । बिहीबारको तुलनामा शुक्रबार यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा र बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३७ पैसा र बिक्री दर १७४ रुपैयाँ १५ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६२ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ भिटामिन ‘बी’ को कमीबाट हुने समस्या !

हामीले दैनिक खाने खानामा भिटामिन ‘बी’ हुनु अति आवश्यक छ । भिटामिन ‘बी’ पानीमा घुलनशील भिटामिन हो । यसको कमीबाट शरीरमा अनेक रोग लाग्छन् । अनुसन्धानकर्ताहरुले भिटामिन ‘बी’का थुप्रै प्रकारको खोजी गरिसकेका छन् । सबैलाई मिलाएर भिटामिन बीकम्प्लेक्स भनिन्छ । यी सबै एक अर्कासँग अन्तर सम्बन्धित हुन्छन् । भिटामिन ‘बी’ को कमी भएमा स्मरणशक्ति कमजोर हुनुका साथै थकान महसुस हुने र डिप्रेसन पनि हुन सक्छ । स्वस्थ रहन तथा शरीलाई सुचारु गर्न भिटामिन र सूक्ष्म पोषणको जरुरी हुन्छ । भिटामिन ‘बी’ कम्प्लेक्सले शरीरमा मेटाबोलिज्म बढाउँछ । मेटाबोलिज्मले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ । यसले डिएनए बनाउन पनि सहयोग गर्छ । राता रक्त कोष निर्माण पनि भिटामिन ‘बी’ कम्प्लेक्सले गर्छ । यसले शरीरका विभिन्न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ । कमी भए के हुन्छ ? हात–खुट्टा झमझम गर्ने, पोल्ने स्मरण शक्ति ह्रास हुने कमजोरी महसुस हुने थकान डिप्रेसन निद्रा कम पर्ने शरीरमा राता टाटा देखापर्ने रिंगटा लाग्ने पाचन प्रक्रियामा समस्या आउने आँखा कमजोर हुने भिटामिन बी कम्प्लेक्सको स्रोत मासु तथा दुग्ध जन्य पदार्थ जमिनभित्र फल्ने फल–आलु, गाँजर, मुला, सलगम, तरुल आदि गोलभेंडा, गहुँको पिठो, हरियो साग, बदाम, ओखर, पालिस नगरिएको चामल, सुपारी, अंगुर, हरियो केराउ, दाल, मेवा, नरिवल, पेस्ता, दही, बन्दाकोभी, माछा, अण्डाको सेतो भाग आदि । भिटामिन ‘बी’का बहुरुप भिटामिन बीबिभिन्न रुपमा पाइन्छ । बी १, बी २, बी ३ र बी १६ । यी चार तत्वको सम्मिलित रुप नै भिटामिन ‘बी’ कम्प्लेक्स हो । भिटामिन ‘बी’ को पहिलो सदस्य ‘थाइमिन’हो । त्यसैले यसलाई बी १ भनिन्छ । यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोध क्षमता बढाउँछ । बी १ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ । यसको कमीले मानसिक समस्या पनि हुन्छ । यो चामल, गहुँ, जौं, भटमास, केराउ, बदाम आदिमा पाइन्छ । भिटामिन बी २ लाई ‘राइबो फ्लोबिन’पनि भनिन्छ । यो मुख र आँखाका लागि आवश्यक हुन्छ । यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ । बी २ यो दूध, दही, विभिन्न अनाज, हरियो सागसब्जीमा पाइन्छ । भिटामिन बी ६ लाई ‘पाइरीडाक्सिन’ भनिन्छ । यो छालाका लागि आवश्यक हुन्छ । यो अनाज, दूध, कलेजो, मासु आदीमा पाइन्छ । भिटामिन बी १२ को रासायनिक नाम ‘सायनोकाबालामीन’हो । यो छाला, हड्डी, कोशिका तथा मांसपेशीका लागि आवश्यक हुन्छ । यो मासु, माछा, अण्डा आदिमा पाइन्छ । भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटिन, प्यान्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ । यसलाई स्थायी भिटामिन भनिन्छ । मासुलाई ४५ मिनेट उमाल्दा पनि करिब ७० प्रतिशत भिटामिन सुरक्षितरुपमा बच्छ । गाईको दूधलाई २ देखि ५ मिनेटसम्म उमाल्दा पनि २५ देखि ३० प्रतिशतमात्र नष्ट हुन्छ । यसले ऊर्जा र क्षमता बढाउँछ भने मस्तिष्कलाई स्वस्थ राखी एकाग्रता बढाउँछ । यस्तै, भिटामिन बी १२ ले तनाव र अनिद्रा हटाउनुका साथै रोग प्रतिरोधी क्षमतालाई पनि बढाउँछ । कोशिकाको विकास र मर्मतका लागि पनि यो जरुरी छ । एजेन्सीको सहयोगबाट

दोहोरो अंक बढ्यो सेयर बजार

काठमाडौं ।  आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सेयर बजार १२.२९ अंकले नेप्से बढेको हो । यो वृद्धिपछि नेप्से १९८४ अंकमा पुगेको छ । आज कुल २ अर्ब २६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । आज कुल १७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ६ को स्थिर रह्यो । समग्र बजार बढ्दा बैंकिङ समूहको सूचक भने ३.५६ अंक घटेको छ । बैंकहरुले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट लगानीका हिसावले कमजोर देखिएपछि सो समूहको सूचक आइतबार रातो देखियो । आइतबार विकास बैंक ४१, फाइनान्स १०, होटल तथा पर्यटन १५, हाइड्रोपावर २७, जीवन बीमा ४१, उत्पादन १२३, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ९६, अन्य १५ र ब्यापार समूह ५ अंक बढे । यस्तै, दोल्ती पावरको ९.८ प्रतिशत मूल्य बढ्यो । एनआईसी एसिया लघुवित्तको ८.४, रुरु हाइड्रोपावरको ८.१, अपरहेवाखोलाको ७.२, सर्वोत्तम सिमेन्टको ६.५ प्रतिशत मूल्य बढ्यो । पिपुल्स पावरको ७.४, खानीखोला हाइड्रोको ५.४, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४.९, गुराँस लघुवित्तको ४.६ र गोर्खाज फाइनान्सको मूल्य ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आइतबार गोर्खाज फाइनान्स, सर्वोत्तम सिमेन्ट, पिपुल्स पावर, रुरु जलविद्युत् र पोखरा फाइनान्स क्रमशः अगाडि रहेका छन् ।

नौ वर्षपछि नेपालबाट ट्रेलर कन्टेनर चिनियाँ बजारमा प्रवेश

काठमाडौं । नेपालको उत्तरको दोस्रो ठूलो भन्सार तातोपानी नाकाबाट ट्रेलर कन्टेनर चिनियाँ बजार प्रवेश गर्न थालेका छन्। तातोपानी हुँदै दिनहुँ दर्जनौं खाली कन्टेनर सामाग्री ल्याउनका लागि चिनियाँ बजारको मोडक्षेत्रमा पुग्न थालेका हुन् । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यका अनुसार हाल खासा बजार पुनर्निर्माण भइरहेकाले रमितेभन्दा केही तलको भूभागमा आयात सेन्टरको यार्डमा सवारी र चालकलाई जान दिइएको हो। चीनको सिगात्सेबाट १३ दशलव ७५ लामो ट्रेलरलाई आयात यार्डमा स्थान निश्चित भएकाले कन्टेनर प्रवेश समय निश्चित गरिएको छ। करिब दुई वर्षलाई लक्षित गरेर खासामा स्मार्ट सिटी तयार गरेर चीनले भौतिक पूर्वाधार र संरचना पुनर्निर्माणका कार्यलाई निरन्तरता दिएको छ। भूकम्प र पराकम्पपछि नाका ठप्प हुँदा खासासहित रमिते र तल्ला मोडक्षेत्रका चिनियाँ बजार सुनसान र उजाड बनेका थिए। त्यसउता नेपाली कन्टेनर र भ्यान चिनियाँ बजार जान पाएका थिएनन्। अहिले कन्टेनर र स्थानीय चिनियाँ बजार भित्रन थालेयता रमितेक्षेत्रमा होटेल र पसल खुल्न थालेका छन्। भन्सार विभागका अनुसार तातोपानीबाट आहिलेसम्म ८ वटा कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामाग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन्। कन्टेनर पारी पुगिरहँदा निर्यात थपिँदैछ, आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामाग्री आएका छन् । खासामा चल्ने कन्टेनर भूकम्पले नाका बन्द भएयता अधिकाशं रसुवागढी नाकामा दर्ता भएर सञ्चालित छन्। अब ती गाडीको थर्ड पार्टी इन्स्युरेन्स केरुङ र खासा दुवैमा दर्ता गर्नुपर्ने प्रावधान छ। नेपाल ट्रक कन्टेनर तथा ढुवानी सेवा कम्पनी लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाकाअनुसार केरुङमा दुईसय ८१ र तातोपानीमा दुईसय कन्टेनर चलिरहेका छन्। जसमा २० वर्ष पूराना चार सय वटा कन्टेनर भ्यानको डायल नम्बरअनुसार नयाँ कन्टेनर चलाउन आहृवान गरिएको छ ।

अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणीकरण गरेका छन् । सभामुख देवराज घिमिरेले सोमबार बोलाइएको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाइएको सो पत्र पढेर सुनाए । राष्ट्रपति कार्यालयले पठाएको पत्रमा गत चैत्र १६ गते सो विधेयक राष्ट्रपति पौडेलले संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रणाणीकरण गरिएको उल्लेख गरिएको छ । पत्रको व्यहोरा पढ्दै सभामुख घिमिरेले भने,  ‘‘राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएको छ । सोको व्यहोरो म पढेर सुनाउन चाहन्छु । सम्माननीय राष्ट्रपतिज्यू श्री रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहाय बमोजिमको विधेयकका प्रमाणीकृत प्रति थान १ यसैसाथ संलग्न राखी पठाइएको व्यहोरा अनुरोध गर्दछु । क्रम सङ्ख्या १। विधेयकको नाम अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० । प्रमाणीकरण मिति २०८०/१२/१६ ।’’ सङ्घीय संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रुपमा लागू गर्ने संवैधानिक व्यवस्था छ ।

परराष्ट्र सचिव लम्साल चीन जाँदै

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल सोमबार चीन भ्रमणमा जाने भएकी छन् । कुनमिङमा हुने पाँचौं ‘चीन दक्षिण एसिया समन्वय फोरम’मा सहभागी हुन लम्साल सोमबार चीन जान लागेकी हुन् । परराष्ट्र सचिवले फोरमलाई मंगलबार सम्बोधन गर्ने कार्यक्रम छ । फोरममा सहभागीहरूसँग सचिव लम्सालले उच्चस्तरीय साइडलाइन वार्ता गर्ने परराष्ट्र स्रोतले जानकारी दियो । लम्साल शनिबार काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नयाँ सरकार नबन्दै काङ्ग्रेसमा गुटको किचलो

काठमाडौं । नयाँ सरकार गठन नहुँदै नेपाली काङ्ग्रेसमा गुटको प्रतिस्पर्धा सुरु भएको छ । सरकार गठन सुरु नहुँदै नेपाली काङ्ग्रेसको शेखर कोइराला समूहले छुट्टै बैठक बसेर चार मन्त्रालय ‘बार्गेनिङ’ गर्ने निर्णय गरेको छ ।  शेखर गुटको बैठकले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट कम्तीमा ४ जना मन्त्री बन्नुपर्ने निष्कर्ष निकालेको हो ।  कांग्रेस र एमालेबिच मन्त्रालयको भागबन्डा हुँदा १० वटा मन्त्रालय कांग्रेसले पाउने मोटामोटी समझदारी भएको बताइएपनि के के सहमति भएको हो भन्नेबारेमा अझैपनि सार्बजनिक भएको छैन ।  काङ्ग्रेस महामन्त्री गगन थापासहित इतर समूहको आइतबार बसेको बैठकले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने र सोहीअनुसार सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने निष्कर्ष निकालेको बताइएको छ । गुटको बैठकपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले सभापति  देउवासँग कम्तीमा ४ मन्त्री माग गर्ने निर्णय भएको जानकारी दिए ।  बैठकमा शेखर–गगनका साथसाथै उपसभापति धनराज गुरुङ, नेताहरु अर्जुननरसिंह केसी जीवन परियार, बद्री पाण्डे, दिलेन्द्र बडूलगायत सहभागी थिए ।  यसअघि शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताका आधारमा समावेशिता तथा प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको थियो । तर कांग्रेसभित्रको गुट मिलाउन नसक्दा कार्यसम्पादन समिति बैठकको निर्णय बाहिर भनिने कुरा मात्रै हुने काङ्ग्रेसकै नेताहरुले बताएका छन् । 

आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल  ६ विकेटको क्षतिमा १७४ रन

काठमाडौं। आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।  जारी खेलमा १७ ओभरमा ६ विकेटको क्षतिमा १७४ रन बनाएको छ । मल्लले १२ बलमा ३४ रन बनाएका आउट भएका छन् । अहिले क्रिजमा सन्दीप जोरा र विवेक यादव  क्रिजमा छन् ।

यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय

काठमाडौं । सरकारले गत फागुन १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकका निर्णय सार्वजनिक गरेकी हुन्। यी हुन् निर्णय 

बुढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास हुन्छ : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजना चाँडै शिलान्यास गर्नेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् । जिल्लाका स्थानीय पत्रकारसँगको संक्षिप्त छलफलमा प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलासयुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीब्ररूपमा आयोजनाका कामलाई अगाडि बढाउन निर्देशन दिएको जानकारी दिएका हुन्।  जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं पार्क निर्माणका लागि पनि आफूले बजेट व्यवस्था गर्ने बताए।  “गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।” सरकारले सुशासन र सामाजिक न्यायमा विशेष ध्यान दिएको उल्लेख गर्दै उनले यसबीचमा सरकारले महत्त्वपूण काम गरेको स्पष्ट पारे।  “आगामी आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।”