माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनताको मात्रै घोडा भएको बताउँदै कसैले उपयोग गर्न नसक्ने बताएका छन्। उनले माआवादी जनताको पक्षमा बाहेक अन्यको लागि कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारे ।

सहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री प्रचण्डले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पारे । 

“साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गडगडाउँदो नदीजस्तो बग्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभङ्ग गर्दै नयाँ परिस्थिती सिर्जना गर्दै अगाडि बढ्ने शाक्ति हो ।”

शहिद सप्ताहको अन्तिम दिन अर्थात् सुखानीमा साहदात भएको दिन निरन्तरतामा क्रमभङ्ग भएको उल्लेख गर्दै प्रधामन्त्री प्रचण्डले भने, “माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको घोडा होइन ।” 

आजको दिनमा जे कुरा भएको त्यो सानो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो परिवर्तनलाई राम्रोसँग बुझ्नुपर्ने बताए ।उनले भने, “सबै क्रान्तिकारी एकताबद्ध हुनुपर्ने आवश्यकता छ, खिइँदै, सुक्दै जानु भएन, यो हुँदैन ।”

प्रक्रियावादीले आफूलाई घेरा हाल्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निरन्तर परिवर्तनका पक्षमा लाग्ने स्पष्ट पारे । शहिद सप्ताहको अन्तिम दिन सबैले एकताबद्ध हुने अठोट गर्नुपर्नेमा जोड दिँदै उनले भने, “क्रान्तिकारीले ठूला कुरा गर्नेभन्दा सबै एक ठाउँमा हुने बाटो खोजौँ, त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ ।”

आफूले समाजवादी मोर्चामात्र नभएर बृहत्तर कम्युनिष्ट एकताको पहल गरिहरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शहिदका सपना पूरा गर्नका लागि दुष्मनका घेराबन्दी तोड्दै अगाडि बढ्ने अठोट व्यक्त गरे। 

क्रान्तिको बाटो सोझो नहुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “मानिस दुई खुट्टाले हिड्नुपर्छ, कहिले दायाँ र कहिले बाँया खुट्टा अगाडि जान्छ, मार्स्कवाद भनेको गन्तव्यमा पुग्नका लागि दुई खुट्टाले हिड्नुपर्छ ।”

नेपालले वैज्ञानिक र सन्तुलित भूराजनीतिक परराष्ट्र नीति अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले प्रचण्डले त्यसका लागि ध्यान दिनुपर्ने बताए । उनले राष्ट्र र जनताप्रति आफू जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पारे।

ओलीसँग वर्षमान पुनको प्रश्न- 'यो देश नेताले चलाउने कि बिचौलियाले ?'

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव, सांसद वर्षमान पुनले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार बिचौलियाले चलाउने शंका व्यक्त गरेका छन् । सरकार निर्माण गर्नुअघि गठबन्धन बनाउने बेलामा नै यसको पक्षमा सक्रिय भएका मानिसहरूको क्रियाकलापले देश कसले चलाउँदैछ भन्ने प्रश्न उठ्ने अवस्था देखिएको बताए ।  प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताएका हुन्। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको संकेत उनको थियो।आफूभन्दा अघि अर्थमन्त्री भएका काँग्रस नेता डा.प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए।  ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोसिस गर्नुभयो।मैले पनि सकिन। अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ।म यहाँ नढाँटीकन आमजनताका अगाडि भन्न चाहन्छु कि यो देश राजनीतिक दलले र नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ?’, उनले भने, ‘यो जवाफ छिट्टै प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मेरो अपेक्षा नेताहरुले त्याग गर्नुभएको छ । बलिदान गर्नुभएको छ । जेल पर्नुभएको छ । युद्ध सबैबाट आउनुभएको छ । नेताहरुले देश चलाइदिनुस । पार्टीहरुले देश चलाइदिनुस् । बिचौलियाहरुले होइन ।’  पुनले आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले  सुशासन र भष्टाचारका मुद्धामा छानबिन र कारबाही अगाडि बढाएपछि काँग्रेस–एमाले मिलेको टिप्पणी गरे ।  उनले गिरिबन्धु ‘टी स्टेट’ र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको बताए । प्रतिपक्षमा रहँदा काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गिरीबन्धुको विषय उठाएको र परिवर्तित सन्दर्भमा पनि एजेण्डा छाड्दैनौं भनेको चर्चा गर्दै अब के हुन्छ भन्नेमा काँग्रेसलाई पनि प्रश्न उठाइने जनाए। ‘ कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विभिन्न फाइलहरु खोज्ने, छानबिन गर्न गर्दा। त्यसै गरी नक्कली भुटानी शरणार्थीलगायत गिरिबन्धु टी स्टेटसम्मका कुराहरु उठ्दै गर्दा नेपाली काँग्रेसका महामन्त्रीज्यूहरुले हाम्रा एजेण्डाहरु छाड्दैनौं भन्नुभएको छ। त्यसमा निश्चिय पनि नेपाली काँग्रसलाई पनि प्रश्न हुन्छ’, उनले भने, ‘हिजो यही हाउसमा अपोजिशनमा हुँदा गिरिबन्दधु टी स्टेश गिरीबन्धु टी स्टेट भन्नुभएको थियो।  यसमा के हुन्छ ? हामीले र नेपाली जनताले सही जवाफको अपेक्षा गरेका छन्।’ उनले दमकमा भ्यू टावर निर्माण गरी उर्जा(उत्पादनमा लगानी गरेको हो वा रोजगारी सिर्जनाको क्षेत्रमा लगानी गरेको भन्दै प्रश्न गरेका छन्। ‘विकासको मोडल कस्तो छ सम्माननीय प्रधानमन्त्री ज्यूको एक पटक फर्केर हेर्नुस् साढे तीन वर्षमा। दमकको भ्यू टावर कति अर्बको हो, प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा भ्यू टावर सुरू गरेपछि देशैभरिका ७५३ पालिकाहरूले गाउँगाउँमा भ्यूटावर बनाउन सुरू भएको होइन?,’ उनले प्रश्न गरे, ‘नेतृत्वले उर्जा उत्पादनमा लगानी गरेको हो कि रोजगारी सिर्जना गर्नेमा लगानी गरेको हो?’ त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भन्दै विदेशबाट लिइएको ऋणलाई त्यसमा प्रयोग गरेको पनि आरोप लगाए। त्यस्तै प्रकृतिको काम गर्न नहुने पनि उनले बताए। ‘प्रधानमन्त्री रोजगार कार्यक्रममा ऋण लिएर लगाएको अभ्यास छ।  जसमा जंगलको झारहरू उखेल्दै, क्याप लगाउने, केही ड्रेस लगाएर हिँड्ने अनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर केही कार्यकर्तालाई रोजगारी दिने अनि विदेशी ऋणलाई खर्च गर्ने ढंगले हुँदैन,’ उनले भने।

संक्रमणकालिन न्याबारे तीन दलका शीर्ष नेता छलफलमा

काठमाडौं। संक्रमणकाललिन न्याबारे  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी हुनुुहुन्छ ।  बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पु¥याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।  ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक गत भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो।

एआईजीपी ज्ञवालीमाथि छानबिन, सीआईबी प्रमुख फेर्ने प्रपञ्च

काठमाडौँ ।प्रहरी महानिरीक्षक मातहत रहेका विभिन्न निकायमध्ये एक निकाय हो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) । तर सरकार बदलिएको केहि समयमै सीआईबी प्रमुख भएका श्याम ज्ञवालीमाथि नै अनुसन्धानको गर्न लागिएको छ । उनले आफ्नो पद मात्र होइन, प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै संगठनभित्रैबाट छानबिन सुरु गरिएको हाे । केही समय अघि श्यामलाल ज्ञवालीलाई सीआईबी प्रमुखको साँचो सुम्पेका प्रहरी महानिरीक्षक (आईजीपी)बसन्तबहादुर कुँवरको निर्देशनमा सरकार परिर्वतन हुनासाथ प्रशासन विभागमा कार्यरत एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन गर्न समिति गठन गरेका हुन् ।   प्रहरी प्रधान कार्यालयको यो कदमलाई आम जनता र सुरक्षा मामला सम्बन्धि जानकारहरुले गम्भिरतापूर्वक लिएका छन् ।एआईजीपी राईको नेतृत्वमा ५ जनाको छानबिन समिति बनाइएको स्रोतको भनाई छ। एआईजी ज्ञवालीमाथि प्रहरीको उजुरी छानबिन निर्देशनालयमा उजुरी परेकाले छानबिनका लागि समिति गठन गरिएको बताइएकाे छ । उनी माथिको अनुसन्धान अघिल्लो सरकारले जिम्मा दिएका प्रहरी अधिकारीमाथि नयाँ सरकारको टार्गेट हो कि ज्ञावाली दोषी नै हुन् खुल्दै जाला तर सरकार परिर्वतन हुनासाथ अघिल्लो सरकारका समयमा जिम्मेवारी पाएका प्रशासकमाथि अनुसन्धान अघि बढाइनुलाई अधिकांश जनताले संकाको नजरले हेरेका छन् ।यसलाई धेरैले सीआईबी प्रमुख फेर्ने प्रपञ्चको रुपमा पुझेका छन् ।

उत्प्रेरक परिचालन कार्यविधि रद्द गर्दै शिक्षाले ल्यायो इन्टर्न सम्बन्धी नयाँ कार्यविधि

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा हासिल गरेका तथा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै प्रशिक्षार्थी (इन्टर्न)सम्बन्धी कार्यविधि २०८० ल्याएको छ ।  शिक्षा मन्त्रालय मातहतका निकायमा निजामती कर्मचारीसरह पहुँच हुने गरी शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिस्ट) परिचालन गर्न खोजएको भन्दै विरोध भएपछि सो कार्यविधि खारेज  गर्दै नयाँ कार्यविधि ल्याइएको हो । मन्त्रालय तथा अन्तर्गतका निकायबाट सम्पादन हुने कार्य तथा सेवाका विषयमा व्यवहारिक सीप र कार्य अनुभव दिलाउन मन्त्रालयले नयाँ कार्यविधि ल्याएको मन्त्रालयले जनाएको छ । बिहीबार जारी कार्यविधिले कर्मचारी छनोटको विधि बिथोलिने, सरकारी कार्यालयका दस्ताबेजको गोपनीयता माथि प्रश्न उठ्ने र कर्मचारी संयन्त्रलाई कमजोर बनाउने भनेर आलोचना भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले उक्त कार्यविधि खारेज गरेकी हुन् । यसको सट्टा विद्यार्थीलाई प्रशिक्षार्थीका रूपमा खटाउन ‘इन्टर्नसम्बन्धी कार्यविधि २०८०’ जारी गरिएको छ ।  याँ कार्यविधिमा भने उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई बढीमा ३ महिना ‘इन्टर्नसिप’ मा खटाउन सकिने व्यवस्था छ । सरकारी दस्ताबेजमा इन्टर्नको पहुँच सीमित हुनेछ । यस्तो छ कार्यविधि  

बंगलादेशका विद्यार्थी नेताले गरे सरकार प्रमुखमा नोबेल पुरस्कार विजेताको नाम प्रस्ताव

ढाका । बंगलादेशको विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले अन्तरिम सरकारको मुख्य सल्लाहकारमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्राध्यापक मोहम्मद युनुसको नाम प्रस्ताव गरेका छन् । उनले राष्ट्रपतिलाई जतिसक्दो चाँडो युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन आग्रह गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देशमार्फत उनले उक्त प्रस्ताव गरेका हुन् । उक्त समयमा उनका साथ कोअर्डिनेटर आसिफ महमूद र अबू बक्र मजुमदार पनि उपस्थित थिए । उनले त्यसबारेमा युनुससँग आफ्नो छलफल भइसकेको जनाएका छन् । आफूले गरेको सिफारिसभन्दा अरूको नेतृत्वमा सरकार बनाइए अस्वीकृत गरिने उनले जनाएका छन् । उनले सेना नेतृत्वको सरकार पनि अस्वीकार गरिने बताएका छन् । बीबीसीबाट ।

एमाले सचिवालय बैठक बस्दै, सरकार गठन प्रक्रिया ७६(३)मा जाँदा के गर्ने ?

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । हिजो बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक  बिहान ११ बजे बस्नेछ ।  सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकार गठनमा लागु हुने संविधानको धारा, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा यही असार २८ गते विश्वासको मत लिँदै छन् । २०८० फागुन २९ गते पार्टीको संसदीय दल बैठकमा एमाले अध्यक्ष ओलीले संविधानको धारा ७६ (२) अन्र्तगत नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धारा ७६ (२) अन्र्तगत विश्वासको मत प्राप्त गर्न नसके ७६ (२) अथात् मिलिजुली सरकारको च्याप्टर क्लोज हुने बताएका थिए ।  प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने समझदारी बनेको भएपनि पहिलो दल नेपाली कांग्रेस कै नेतृत्वमा सरकार बन्ने स्थिति बने के गर्ने ? भन्ने विषयमा सचिवालय बैठकमा छलफल गर्ने तयारी छ ।पहिलो दल नेपाली कांग्रेस भएका कारण कांग्रेसलाई नै समर्थन गर्ने कि एमाले नै अन्य दलका सांसद लिएर पहिलो पार्टी बन्ने र धारा ७६ (३) अन्र्तगत पनि आफ्नै नेतृत्वको सरकार गठन गर्ने वातावरण तय गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।त्यसका लागि अशोक राई लगायतका अन्य पार्टीका सांसद तथा नेताहरुसँग आन्तरिक छलफलमा रहेको विषय एमालेले आफु पहिलो दल बन्ने कुरा कांग्रेससँगको गोप्य सहमति टुट्ने डरले बाहिर ल्याएको छैन् ।  साथै अन्य कुनै विकल्पमा जान सकिन्छ भन्नेबारे पनि एमालेले बैठकमा छलफल गर्न लागेको हो ।यसअघि संसद् विगठनमा एक्लिएका ओली परिस्थितिलाई पुनः संसद् विगठनसम्म पुर्याइ आफुलाई सहि पुष्टि गर्ने दाउमा रहेको विश्लेषण हुँदै आएको छ । एमालेको सचिवालय बैठकले लिने निर्णय र आगामी राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ यसै भन्न सक्ने भने स्थिति नरहेको बताइन्छ। यस्तै, केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी छ । फरक भूगोलको जिम्मेवारी हटाएर घरपायक जिम्मेवारी दिने तयारी गरिएको जनाइएको छ । यस विषयमा पनि बैठकमा छलफल हुने एमाले नेताहरूले बताएका छन् । 

डिजेल र मट्टीतेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको हो । भारतबाट मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ पुगेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा प्रतिलिटर १५८ रुपैयाँ पुगेको छ ।तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५९ रुपैयाँ पुगेको छ । पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ बढाएर १३७ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलो लिटर सात डलर वृद्धि गरिएको निगमले जनाएको छ ।

आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए शतक

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् । नेपाल ‘ए’का ओपनर लोकेशले आठ छक्का र आठ चौकाको मद्दतमा शतक बनाएका हुन् । २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १५.१ ओभरमा तीन विकेट गुमाएर १८३ रन बनाएको छ । नेपालले पछिल्लो पाँच ओभरमा १०४ रन हानेको छ । यो २०.४ को रनरेट हो ।

सहारा मरुभूमिमा पचास बर्षपछि बाढी

एजेन्सी : दुई दिनदेखि परेको अविरल वर्षाका कारण अफ्रिकाको सहारा मरुभूमिमा बाढी आएको छ। मोरक्को मौसम विज्ञान केन्द्रका अनुसार मोरक्कोमा दुई दिनदेखि लगातार वर्षा भइरहेको छ। यसले देशमा वर्षभरको औसत वर्षाको कीर्तिमान तोडेको छ। मोरक्कोको राजधानी रबातबाट ४५० किलोमिटर टाढा रहेको एउटा गाउँमा २४ घण्टामा करिब ४ इन्च पानी परेको छ। विगत ५० वर्षमा पहिलोपटक सहारा मरुभूमिमा यति छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद्ले बताएका छन्। नासाको स्याटेलाइट तस्बिरले विगत ५० वर्षदेखि सुक्खा रहेको इरिकी तालमा पानी भरिएको देखाएको छ। सहारा मरुभूमिमा बालुवा भरिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसअघि सन् १९७४ मा सहारा मरुभूमिमा ६ वर्षको खडेरीपछि पानी परेको थियो जुन पछि बाढीमा परिणत भएको थियो। वैज्ञानिकहरूले अबको १५ सय वर्षमा सहारा मरुभुमिमा हरियाली छाउने अनुमान गरेका छन्। पृथ्वी आफ्नो अक्ष २२ देखि २४.५ डिग्री सम्म झुक्ने भएकाले वैज्ञानिकहरूले यस्तो अनुमान गरेका हुन्। ९२ लाख वर्ग किलोमिटर क्षेत्रफल रहेको सहारा विश्वको सबैभन्दा ठूलो मरुभूमि हो। यो उत्तर, मध्य र पश्चिम अफ्रिकाका माली-मोरक्को, मौरिटानिया, अल्जेरिया, ट्युनिसिया, लिबिया, नाइजर, चाड, सुडान र इजिप्ट जस्ता १० देशहरूमा फैलिएको छ।  

रास्वपाको अनुशासन आयोगले सोध्यो महामन्त्री ढकालसँग स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।पार्टीको समीक्षा प्रतिवेदन अनुमति नलिई सार्वजनिक गरेको भन्दै शुक्रबार स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए। बुधबारमात्र ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा उनले पार्टीको निर्मम समीक्षा गनुपर्ने निष्कर्ष निकालेका थिए।

एन्फा उपाध्यक्ष दावा लामा रिहा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए  पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा रिहा भएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई आज बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनलाई रिहा गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उच्चको फैसलाविरुद्ध लामा सर्वोच्च गएको र सर्वोच्चले तत्काल पक्राउ नगरी तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि उनी रिहा भएका हुन् ।

कणालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए।  उनले यहाँका स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए। ‘हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ। यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ’, अध्यक्ष कँडलेलले भने।  चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिए। नेपालसँग सिमाना जोडिएका भारतीय भागमा समेत कर्णालीकै स्याउले बजार पाएको उनले बताए।  वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो रु एक सय ५० देखि रु दुई ५० र चीनको स्याउ प्रतिकिलो रु एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो रु ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि बजार विस्तारमा सघाउ पुगेको बताए।  दसैँमा धेरैजसोले उपहारका रूपमा कर्णालीकै स्याउ प्रयोग गरेका जाजरकोट नलगाड नगरपालिका-८ का वीरबहादुर खत्रीले बताए। मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको उनले जानकारी दिए।

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन ३ गते बिहीबार सन् २०२४ जुलाई १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर र कतारी रियालको मूल्य स्थित छ । यूरो सामान्य बढ्दा बेलायती पाउण्डको विनिमयदर करिब तीन अंकले बढेको छ । बुधबार १७२ मा कारोबार भएको बेलायती पाउण्डको बिक्री दर १७४ रुपैयाँ ७९ पैसा पुगेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४६ रुपैयाँ शून्य पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ०१ पैसा र बिक्री दर १७४ रुपैयाँ ७९ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा

काठमाडौं । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ आइडिए २१ बैठक नेपालमा हुँदैछ। नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो। आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन्। आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए। अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो। नेपालले ६ वर्षअघि आइडिए–१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो। उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ। समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन्। अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन्। विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, ९ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदै छन्। यस्तै, विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने सह–सचिव नेपालले जानकारी दिए। सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त  आर्थिक विकासमा पछि परेका मुलुकहरुका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो। आइडिएले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दा बढी मुलुकहरुमा सहायता उपलब्ध गराउँदै आएको छ। आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ। यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ। सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा भएको बताए। उनले साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने उल्लेख गरे। कार्यक्रमबाट नेपाललाई कुटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ। बैठकमा आगामी तीन वर्ष आइडिएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमा लगायत विषयमा छलफल हुनेछ। बैठकपछि अध्यक्ष बंगासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न ९ आयोजनाको स्थलगत निरीक्षणमा जाने तयारी छ। गत वैशामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठक तयारीबारे छलफल गरेका थिए। त्यसअघि मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएका बेला वासिङ्टन डीसीस्थित विश्व बैंक मुख्यायमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँग भेटमा पनि आइडिए बैठकबारे कुराकानी गरेका थिए। हरेक तीन वर्षमा हुने आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो। सो बैठकमार्फत विकास साझेदारहरूको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशहरूलाई कोभिड १९ महामारीको सामना गर्न र हरियाली प्रवद्र्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो। विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ।

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

काठमाडौं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई ‘केयरगिभर’का रूपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका निम्ति इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको हो । हाल छनोटका चरणमा रहेका ५०० मुख्य र ३०० वैकल्पिक उमेदवार गरी यसअघि कुल ८०० नेपाली श्रमिक इजरायल लैजाने भनिएको थियो । उक्त संख्या बढाएर एक हजार मुख्य र एक हजार वैकल्पिक उमेदवार गरी कुल दुई हजारसम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए । द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका साथै ‘जीटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत भेटमा छलफल गरिएको थियो । आउँदा दिनमा कृषिलगायत अरू क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिने बारेमा कुराकानी गरिएको प्रवक्ता रिजालले जानकारी दिए । त्यसक्रममा मन्त्री भण्डारीले नेपाल–इजरायलबीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गरेका थिए । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपीन जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल लिन उनले अनुरोध गरेका थिए ।