नेपाल ‘ए’विरुद्ध आयरल्यान्ड वुल्भ्सको ‘क्लिन स्वीप’

काठमाडौं । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्ड वुल्भ्सले ‘क्लिन स्वीप’ गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ६९ रनको सहज जित निकाल्दै वुल्भ्सले शृंखला क्लिन स्वीप गरेको हो।

खेलमा वुल्भ्सले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.४ ओभरमा २१५ रनमा आलआउट भयो। नेपालका अर्जुन कुमालले शतक बनाए पनि टिमको हार टार्न सकेनन्। उनले ११८ बलमा १४ चौकासहित १०२ रनको योगदान गरे।

अर्जुन साउदले ३६, नरेन भट्ट र रुपेश सिंहले समान १५ रन बनाए। देव खनाल ११ रन जोडेर आउट भए। भीम सार्की ‘गोल्डेन डक’ भएका थिए।

नेपाललाई सस्तैमा समेट्न वुल्भ्सका बेन ह्वाइटले पाँच विकेट लिए। १० ओभर बलिङ गरेका ह्वाइटले एक मेडन फ्याँक्दै ६२ रन खर्चिए। गाभिन होइले चार र म्याथ्यु फोस्टरले एक विकेट हात पारे।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १०७ रन जोडे । उनले १२९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । पेटर मुरले ४४, म्याथ्यु हम्फ्रेसले २३, मोर्गन टोपिङले २१, फियोन ह्यान्डले २० रन थपे । बेन ह्वाइटले १९ र गाभिन होइले १४ रन बनाए ।

नेपालका रिजन ढकाल र रञ्जीत कुमारले समान तीन विकेट लिए । विकास आग्री र साहब आलमले एकरएक विकेट हात पारे ।

घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा वुल्भ्स २१ र दोस्रो खेलमा ११४ रनले विजयी भएको थियो ।

थारू गाउँबस्तीमा सखिया नाचको रौनक

नेपालगञ्ज । बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा दसैँको बेला नाचिने ‘सखिया नाच’ को रमझम जारी रहेको छ । दसैं शुरु हुनुभन्दा पहिले शुरु भएर दसैं सकिएको केही दिन पछिसम्म पनि नाचिने सो नाचले अहिले दुबै जिल्लाका थारु गाउँबस्तीमा विशेष रौनक छाएको छ ।    दसैंको टीकाको दिनसम्म केटाकेटी मिली गरिने उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुवाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् । सखिया नाचिने थारू गाउँमा दसैं शुरु भएसँगै निकै रौनक हुने गरेको जनाउँदै बाँके बैजापुरका थारु अगुवा बिक्रम थारुले दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैंको दिन दिनभरी नाच्ने गरिएको बताउनुभयो ।  अगुवा थारुका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बजे त्यति रौकनकता आउँछ । यो नाचका लागि कम्तीमा चार पाँचजना मादल बजाउने युवा हुन्छन् । १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया रातो रङको रिबन लगाउने गर्छन् । सखिया नाचमा विशेषत थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवम् रक्षाको माग गर्ने चलन रहिआएको बाँके बनकटुवाका अर्का थारु अगुवा दिपेन्द्र चौधरीले बताउनुभयो ।  उहाँका अनुसार युवाले सेतो रंगको धोती र रुचिअनुसारको कमिज लगाएर मादल भिरेका हुन्छन् । सखिया नाचमा विशेषतः युवायुवती र विवाहित सबै उमेर समूहका महिला र पुरुषले नाच्ने गर्छन् । नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइन्छ । महिलामा एकजना मोहरनिया, एकजना पचगिनिया र दुईजना जेठगोहिया रहेका हुन्छन् । मोहरनियाले गीतको अग्रभागबाट सुरु गर्छ भने पचगिनियाले पश्चय भागको गीत गाउने र जेठ गोहियाले साथ दिने काम गर्दछन् । त्यस्तै, मादल बजाउने अगुुवा, पच्छुवा मदरियाले त्रासन् मार्ने काम गर्दछन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा छ ।  

सिरोहियाको तर्फको रिट अध्ययन गर्दै सर्वोच्च

काठमाडौँ । एउटा रिट विचाराधीन रहेकै अवस्थामा पक्राउ पुर्जी खारेजीको माग गर्दै कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाका तर्फबाट सर्वोच्चमा फेरि अर्को रिट पुगेको छ।  रिट आइपुगेको र अध्ययनको चरणमा रहेकाले दर्ता हुने नहुने पछि निर्क्योल गरिने सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको टोलीले निणन्त्रणमा लिएको छ । उनले आफूले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन अवस्थामा रहेकै बेला पक्राउ पुर्जी जारी भएको उल्लेख गर्दै खारेजीको माग गरेका छन्। उनका पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा खुलेर लागेका देखिएको छ।

आगामी हिउँदमा बढी वर्षा र गर्मी हुने पूर्वानुमान

काठमाडौं । यस वर्षको हिउँद औसतभन्दा न्यानो हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिउँद सरदरभन्दा बढी न्यानो हुने बताएको हो। विभागको ऋतुगत आकलनअनुसार यस वर्षको हिउँद याम (असोज १५देखि पुस १६गतेसम्मको अवधि) मा वर्षा पनि बढी हुने प्रक्षेपण गरेको छ। विभागले जनाएअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण—पूर्वी भू—भाग, लुम्बिनी प्रदेशका पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएकोब छ। त्यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपित छ।  बाँकी भू—भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ। अक्टोबरदेखि डिसेम्बरसम्म तीन महिनाको अवधिलाई पोस्ट मनसुन पनि भनिन्छ। यो अवधिमामा नेपालमा नेपालमा सरदर ७४.३ मिलिलिटर वर्षा हुने गर्छ।  गत वर्ष पनि पोस्ट मनसुनमा बढी पानी परेको थियो। गत वर्ष ७५.३ मिलिमिटर पानी परेको विभागले बताएको छ। यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतसम्म रहेको प्रक्षेपण गरिएको थियो। जसअनुसार जेठ १८देखि असोज १४ गतेसम्मको अवधिमा १७ सय मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। यो भनेको सरदरभन्दा १६ प्रतिशतले बढी हो। यस वर्ष पुस १६ गतेसम्म कोशी प्रदेशको उत्तरी भू—भाग, मधेस प्रदेशको पश्चिमी पश्चिमी भू—भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ। कोशी प्रदेशको दक्षिणी भू—भाग, मधेस प्रदेशको पश्चिमी भू—भाग, बागमती प्रदेशको उत्तर—पश्चिम भू—भाग र गण्डकी प्रदेशको दक्षिण—पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले बताएको छ। यस्तै बागमती प्रदेशको मध्य तथा दक्षिणी भू—भाग, मधेस प्रदेशको पश्चिमी भू—भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भू—भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भू—भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भू—भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ। कोशी प्रदेशका मध्य भू—भाग, मधेस प्रदेशका पूर्वी भू—भाग र बागमती प्रदेशका उत्तरी भू—भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र बाँकी भू—भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना छ।  विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पश्चिमी भू–भाग र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ। त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भू–भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भू–भाग, बागमती प्रदेशको अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।  

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन सोमबार बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डीसीका लागि उडेका हुन्।  भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य छन् । तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्ने पुनको सचिवालयद्वारा जारी प्रेस नोटमा छ ।  यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी)का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ ।  मन्त्री पुनले जलवायु परिवर्तको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी-२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछन् । भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो । मन्त्री पुन हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुनेछन् ।  ती बैठकहरुमा मन्त्री पुनले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठकको तयारी, विश्व बैंकले आगामी ५ वर्षका लागि नेपालमा गर्ने लगानी साझेदारीको प्राथमिकता निर्धारण, संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनासहित पाइपलाइनमा रहेका अन्य आयोजनाको वित्तीय व्यवस्थापनलगायत विषयमा छलफल गर्नेछन्।

फ्रेन्डसिप कप उपाधिका निम्ति गुजरातको सामना गर्दै नेपाल

काठमाडौं । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति नेपाली क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको सामना गर्दैछ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेकोछ । यसैगरी, गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । बरोडा भने लिग चरणबाटै बाहिरिएको हो । प्रतियोगिताको फाइनल भारतको वापीमा हुनेछ । नेपालले शृंखलाको पहिलो खेलमा गुजरातलाई आठ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा पुनः गुजरातलाई आठ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँगै ३७ रनले पराजित भएको थियो । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति नेपालले भारत भ्रमण गरेको हो ।

पहिलो पटक सेक्स गर्दा कस्तो अवस्थामा बढी पीडा हुन्छ ?

डा. राजेन्द्र भद्रा म १९ वर्षको भएँ । मलाई यौनसम्पर्क राख्ने चाहना हुँदैन । के पहिलो पटक यौनसम्पर्क गर्दा पीडा हुन्छ ? मानव यौनेच्छा यौन चाहना मानव जीवनको अभिन्न पाटो हो । यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । अहिले यौन क्रियाकलाप वंश निरन्तरताका लागि अर्थात् सन्तान जन्माउनभन्दा पनि यौन आनन्दमा बढी प्रयोग भएको पाइन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ । यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ । यसमा इन्द्रियहरूको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रा इन्द्रियहरू दृष्टि, स्पर्श, ध्वनि, गन्ध तथा स्वादसँग यौन सम्पर्क वा यौनेच्छासँग सम्बन्धित छन् भन्ने कुरा त हामीलाई थाहै छ । यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अथ्याउने र बुझने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट सुरु हुन्छन् । यौनेच्छामा कमी सबै व्यक्तिमा एकैनासको यौनेच्छा हुँदैन, कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै एक व्यक्तिमा पनि सधैं एकनासको यौनेच्छा हुँदैन । यसैगरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थिति हुन सक्छ अर्थात् कम यौन इच्छाको स्थिति हुनसक्छ । यस्तो स्थितिमा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना तथा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ । तपाईंको मनबाट आउने यस्ता भावनाका बारेमा तपाईंलाई नै बढी थाहा हुन्छ, तर यसो भन्दैमा महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यो समस्याबाट पीडित भनी हाल्न मिल्दैन, यदि दुवै जना यसमा सन्तुष्ट छन् भने । त्यसैले कतिपय यौन विषेशज्ञहरूले यौन इच्छा कम भएको भनेर त्यतिबेलासम्म भन्दैनन् जबसम्म यी कुराले उक्त जोडीलाई समस्यामा पारेको हुँदैन वा व्यवहारमा कुनै खासै परिवर्तन देखिएको हुँदैन । यौनेच्छा भए पनि अन्य कारण जस्तै कि शारीरिक (यौनसम्पर्क राख्दा पीडा हुने, कुनै रोगव्याधि लागेको वा थकान) वा मानसिक (चिन्ता, तनाव, भय) जस्ता अनेक कारणले व्यक्तिले यौनसम्पर्क राख्न अरुचि देखाउन वा नराख्न सक्छन् । विरलै हुने भए पनि केही व्यक्ति यौनसम्बन्धी क्रियाकलापमा आकर्षित हुँदैनन् र त्यसमा संलग्न हुन चाहँदैनन् । यस्तो स्थितिलाई ‘अयौनिकता’ भन्न सकिन्छ । यस्तो स्थितिमा व्यक्ति कसैप्रति पनि यौन आकर्षण हुँदैन र यौन क्रियाकलापमा पनि संलग्न हुँदैन । अंग्रेजीमा यस्तो स्थितिमा …. वा … भन्ने शब्द प्रयोग गरिन्छ । यौनसम्पर्क नराख्नु र ब्रह्मचर्यको पालना गर्नु अयौनिकता होइन । यो यौन परिचय भित्रदेखि नै निर्देशित हुन्छ र प्राकृतिक रूपमै भित्रैबाट यसका लागि इच्छा हुँदैन । के पहिलो यौनसम्पर्कमा पीडा हुन्छ ? यौनेच्छा पूरा गर्न व्यक्ति यौनसम्पर्कप्रति लालायित हुन्छ र त्यसका लागि प्रयास पनि गर्छ । प्रेमीसँग होस् वा अन्य व्यक्तिसँग कुनै पनि व्यक्तिका लागि पहिलो यौनसम्पर्क एउटा विशेष परिस्थिति वा घटना हो । यौनसम्पर्क नराखेको व्यक्तिवाट यौनसम्पर्क राखेको व्यक्ति हुनुको आफ्नै महत्व छ । व्यक्तिमा यस विषयमा चासो वा चिन्ता हुनु स्वाभाविक हो । यसको निर्णय गर्न सजिलो छैन । अध्ययन, पहिरन वा भोजन जस्तै यो विषयमा के रोज्ने भनेर खुलेर छलफल गर्ने स्थिति भने हुँदैन । निर्णयको अभिभारा आफैंमा भरपर्ने हुँदा थप चिन्ता हुनसक्छ । सामाजिक मूल्य–मान्यताका कारणले किशोरी वा युवतीका लागि कौमार्य भङ्ग हुने कुराले चिन्ता थप्छ । विवाहभन्दा पहिले हुने र विवाहपछि गरिने पहिलो यौन सम्पर्कको आ–आफ्नै प्रभाव हुन्छन् र यसमा पर्याप्त भिन्नता पाइन्छ । जे होस्, पहिलो यौनसम्पर्कका सन्दर्भमा अनेक चासो वा चिन्ता हुन सक्छ र त्यसका लागि केही तयारी पनि भए यौन जीवन सुमधुर बनाउन सहयोग मिल्छ । दुख्ला कि ?: पहिलो यौनसम्पर्क राख्दा सबै महिलालाई दुख्छ नै भन्ने छैन । विशेष गरेर योनिच्छद च्यातिने क्रममा कतिपयलाई केही पीडा अनुभव हुन सक्छ, तर यो योनिच्छदको स्थितिअनुसार हुन्छ । यौन सुखको परिप्रेक्ष्यमा यसमा कतिपयमा यो पीडाले खासै महत्व पाउँदैन । योनिमा पर्याप्त चिप्लोपन भएपछि लिङ्ग प्रवेश बिस्तारै–बिस्तारै धेरै जोड नलगाइ प्रवेश गराउनु आवश्यक हुन्छ । भयका कारणले योनिको मांसपेशी खुम्चिएको स्थितिमा भने पीडा हुन्छ । यौन संक्रमण यौनसम्पर्क नै यौन रोग सर्ने माध्यम भएकाले यसबाट जोगिन पर्याप्त जानकारी राख्नुपर्छ । पहिलो यौनसम्पर्क सुखद भए प्रथम रात्रिमा धेरैपटक यौनसम्पर्क र त्यसमा पनि योनि सुख्खा भएको स्थिति भए यौन सम्पर्कले मूत्रथैली तथा मूत्रनलीको संक्रमण गराउन सक्छ । गर्भनिरोध विभिन्न कारणले गर्भ निरोधका बारेमा नसोचिएको र त्यसको साधनको व्यवस्था गर्न बिर्सिएको वा नपाएको हुन सक्छ । जोसमा होस नहुँदा गर्भ रही हाले पछुताउनुपर्ने हुन्छ । भैपरी अउने यौनसम्पर्कका लागि भरपर्दो गर्भ निरोधका बारेमा जानकारी लिई तयारी गरिरहनुपर्छ । वीर्य स्खलन वीर्य स्खलन आफैंमा अनौठो अनुभव हुनसक्छ । कतिपयलाई त्यसको च्यापच्यापेपन वा गन्धले असजिलो लाग्न सक्छ । पुछ्ने कपडा साथै भए सजिलो हुन्छ । सम्बन्धको स्थायित्व सम्बन्ध कत्तिको गहिरो वा प्रेमपूर्ण छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यदि सम्बन्धको निरन्तरतामा प्रश्न छ भने पहिलो यौनसम्पर्क राख्नुभन्दा पहिले पर्याप्त विचार पुर्‍याउनु उपयुक्त हुन्छ र धेरैजसो परिस्थितिमा त्यसबाट परहेज गर्नु नै राम्रो मानिन्छ । यौन कार्य सम्पादन के मैले चाहेअनुरूप मेरो वा मेरो साथीको यौन चरमसुख प्राप्तिसम्म पुग्न सक्छु वा सक्दिनँ भन्ने चिन्ता हुन्छ । जस्तै पुरुषमा शीघ्र स्खलन वा लिङ्ग उत्तेजित नहुनु वा महिला योनि सुख्खा भएका कारणले यौन सम्पर्कलाई निरन्तरता दिन नसक्ने स्थिति हुन्छ । बिस्तारै, कोमलतापूर्वक तनावरहित ढंगमा यौन क्रियाकलाप अघि बढाए यस्तो समस्या न्यूनीकरण गर्न सकिन्छ । एजेन्सीको सहयोगबाट

आजदेख अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन, यस्तो छ कार्यतालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले २३औं राष्ट्रिय सम्मेलन आज असोज १० गतेदेखि सुरु हुँदैछ । यससँगै क्रान्तिकारीले सम्मेलनको कार्यतालिका समेत सार्वजनिक गरेको छ । उपाध्यक्ष केशव रावलले जानकारी दिए अनुसार असोज १० गते मध्यान्न १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उदेघाटन गर्नुहुनेछ।  किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने सम्मेलनको बन्द सत्र ११ गते विहान ८ बजेबाट सुरु हुनेछ । ११ गतेनै विधान र प्रतिवेदनको मस्यौदा पेश गर्ने तथा त्यसमाथि छलफल गर्न समूह विभाजन गर्ने तालिका तय भएको छ ।१२ गते विहानदेखि समूहगत छलफलमा आएका निचोडहरु समुहका नेताले प्रस्तुत गर्नेछन् ।   १२ गते नै सम्मेलन सम्पन्न गर्न गठित निर्वाचन समितिले सम्मेलनका प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ ।  १३ असोजको विहानैदेखि चुनावी कार्यक्रम सुरु हुनेछ ।  नयाँ नेतृत्व चयनका लागि हुने चुनावी कार्यक्रमलार्ई सौहार्द र मर्यादित बनाउन सवै प्रयास गरिएको क्रान्तिकारीले जनाएको छ ।  १४ गते विहान ८ बजेदेखि मतदानको कार्यक्रम राखिएको रावलले बताउनुभयो । मतदान सकिएपछि तत्काल गणना थल्ने र मतपरिणाम घोषणा गर्ने क्रान्तिकारीको तयारी छ ।  क्रान्तिकारीको नयाँ नेतृत्वका लागि एक दर्जन नेताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो दावेदावी पेश गरिरहेका छन् । 

‘ब्याड लोन’ उठाउने कम्पनी खोल्न ऐन बनाउँदै राष्ट्र बैंक

काठमाडौं ।नेपाल राष्ट्र बैंकले ‘ब्याड लोन’ उठाउने छुट्टै कम्पनी सञ्चालनमा ल्याउन ऐन बनाउने तयारीमा जुटेको छ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने भएकाले त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको बताए। आइतबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले ब्याड लोन उठाउन कम्पनी आवश्यक महसुस भएको बताएका हुन्। कम्पनी ऐनले स्थापना भएको कम्पनीले यो काम गर्न सहज नहुने भन्दै यसका लागि विशेष किसिमको ऐनको आवश्यकता महसुस गरिएको उनले बताए। तर, यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा थप छलफल गर्ने गभर्नर अधिकारीले बताए। 

प्रधानमन्त्रीको आग्रह -‘नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्’

लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध छ ।

श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाए : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएको दाबी गरेका छन्।आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ३२९ जनालाई विभिन्न निजी कम्पनी तथ ५८३ जनालाई महानगरका विभिन्न विभागहरूमा रोजगारी उपलब्ध गराइएको उल्लेख गरेका छन्। महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको छ । मेयर बालेनले यसको सुरुवात भएको आर्थिक वर्ष २०८०–८१ मा सीप मेला २०८१ मार्फत २ हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १ हजार ४६७ जना र अनलाइनमार्फत २ हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको जनाएका छन्। जसमध्ये श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएको उनको भनाइ छ।महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु  रोजगाररस्वरोजगार भएका छन्। मेयर बालेनले आर्थिक वर्ष २०८१–८२ मा दुवै योजनाहरूलाई थप परिष्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरू तयार गरेको उल्लेख गरेका छन्।उनले सीप मेलामा फारम भरेका सम्पूर्णलाई तालिका अनुसार तालिम उपलब्ध गराउने बताएका छन्। समय र स्थान एसएमएस मार्फत जानकारी गराइने उनको भनाइ छ ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने छ । प्राय बिहिबार बस्ने नियमित बैठक हिजो बस्न नसकेका कारण आज बस्न लागेको हो । बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ ।

यस्ता छन् २२ र २३ गतेको मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौँ ।सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका विभिन्न १४ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा निर्णय गरेको जानकारी दिए । मन्त्री गुरुङले नुवाकोटको शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेलिकोप्टर दुर्घटना भएकाले सोको जाँच गरी कान सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय बैठकले गरेको बताए । त्यसैगरी नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एक जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय

विद्यार्थीहरूसँग प्रचण्डले भने- 'भ्रष्टाचारविरुद्धको लडाइँ जित्छौं'

काठमाडौं । सरकारबाट बाहिरिएसँगै दिनहुँ जसो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न युवा विद्यार्थी पुग्ने गरेका छन्।भेटमा उनीहरूले पार्टी नेतृत्वले राम्रो काम गर्दा गर्दै जनतामा आशा र भरोसा जगाउँदा जगाउँदै सरकार छोड्न परेको नेतृत्वप्रति उच्च सम्मान रहेको बताउने गरेका छन्। सरकारबाट बाहिरिए पनि पार्टी नेतृत्व र  माओवादी केन्द्र विजय जस्तो बनेको बताउँदै उनीहरुले यो उत्साहलाई संगठन निर्माणमा प्रयोग गर्ने अध्यक्ष प्रचण्डसमक्ष प्रतिबद्धता जनाएका छन्। शनिवार (आज) माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्षहरू क्षितिज साप्कोटा, मदन भूल, अमर जंग शाही लगायतका विद्यार्थी नेताहरुले अध्यक्ष प्रचण्डसँग भेट गरी सरकारको नेतृत्वका रुपमा गरेका राम्रा कामले आफुहरुलाई नेतृत्वप्रति गर्व रहेको बताए ।उनीहरूले प्रधानमन्त्रीका रुपमा अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले १८ महिनाको कार्यकालमा गरेका कामलाई जनता र विद्यार्थीमाझ लिएर जाने समेत बताए। विद्यार्थीहरूसँगको छलफलका क्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवा विद्यार्थीहरूसँग आफु आशावादी रहेको बताए। उनले माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि विजयी मुडमा रहेको बताउँदै हरेक युद्धका मोर्चामा माओवादी सफल बनेको बताए । आफु नेतृत्वको सरकार शान्ति समृद्धि र सुशासन नचाहने हरूले ढालेको बताउँदै उनले अब सुशासन र समृद्धिको निम्ति भ्रष्टहरूसँगको लडाइँ जित्ने गरी लड्ने बताए । अध्यक्ष प्रचण्डले भने- 'राजनीति हामीले जितेका छौं । अब हामी पार्टीको बैठक बसेर एउटा नयाँ अभियान चलाउँछौं । युवाविद्यार्थीको जो साथ र समर्थन पार्टी लिडसिप प्रति दिनुभएको छ।यसले भ्रष्टहरुविरुद्ध हामीले लड्ने लडाइ जित्ने छौं। हामी बिजेता थियौं, विजेता रहनेछौं र विजेता हुनेछौं ।' उनले अहिलेको परिस्थिति माओवादी केन्द्रको निम्ति नयाँ अवसर र चुनौति भएको बताउँदै पार्टी लिने निर्णयमा युवा विद्यार्थी र आम जनताको साथ रहने विश्वास व्यक्त गरे।

दसैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम पूर्णिमासम्म

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टीका लगाएकाहरुले दोस्रो दिन आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइ आशीर्वाद लिने गर्दछन् । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न आफन्तकोमा जाने गर्दछन् । कतिपय स्थानमा विजयादशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कतिपय ठाउँमा कोजाग्रत पूर्णिमासम्मै टीका लगाउने गरिन्छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पाँच देशका राजदूत फिर्ता, १८ देशमा सिफारिस

काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार (आज) सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले पाँच देशका राजदूत फिर्ता बोलाउने र १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। बैठकबाट सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ फिर्ता बोलाइएको हो । यस्तै अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ।भारतमा शंकरदास बैरागीलाई राजदुत बनाउने चर्चाका बीच भारतीय पक्षले शंकर शर्मालाई नै निरन्तरता दिन आग्रह गरेका कारण नचलाइएको स्रोतले बतायो ।अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन्। दक्षिण कोरियामा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे, मलेसियामा नेत्र तिमल्सिना र चीनमा कृष्णप्रसाद ओली सिफारिस भएको एक मन्त्रीले बताए। त्यस्तै पाकिस्तानमा रिता धिताल र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ सिफारिस भएका छन्।इजरायलमा धनप्रसाद पण्डित र पोर्चुगलमा प्रकाशमणि पौडेल सिफारिस भएका छन्।