नेप्से २५.९३ अंकले बढ्यो
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । नेप्से १.३० प्रतिशतले बढेर २००६.२८ को विन्दुमा पुगेको छ ।
यस दिन ३२० धितोपत्रका एक करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर चार अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा किनबेच भयो ।
१३ उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढेको छ । फाइनान्स उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
विकास बैंक उपसमूहको समूहगत सूचक सबैभन्दा धेरै ४.९० प्रतिशतले बढेको छ । फाइनान्स उपसमूहको समूहगत सूचक १.१८ प्रतिशतले घटेको छ ।
कर्पोरेट विकास बैंक लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.१८ प्रतिशतले घटेको छ ।
परराष्ट्र सचिव लम्साल बेल्जियमको राजदूत सिफारिस
काठमाडौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो । लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवको रुपमा नियुक्त भएकी थिइन् । यससँगै मन्त्रालयको निमित्त सचिवमा प्रवक्ता अमृत राईको सम्भावना रहेको छ । उनी परराष्ट्र सेवाका सबैभन्दा सिनियर सचिव हुन् ।
भारतको बजेट : बिहारको बाढी रोक्न नेपालमा स्टक्चर बनाउँने घोषणा
काठमाडौं ।भारतमा आज आर्थिक वर्ष २०२४–२०२५ का लागि वार्षिक बजेट पेश भएको छ । बजेटले विश्वकोे पाँचौँ ठूलो अर्थतन्त्र भएको भारतको अर्थतन्त्र नयाँ आर्थिक वर्षमा ७ प्रतिशतले बढ्ने अनुमान गरेको छ। भारतीय सरकारले ११.१ लाख करोड रुपैयाँको पुँजीगत खर्च र वित्तीय घाटालाई जिडिपीको ५.१ प्रतिशतमा घटाउने योजना सहित नयाँ बजेट ल्याएको छ । सो बजेटमा भारतको बिहारमा वर्षेनी आउँने बाढी रोक्न र सिंचाइलाई व्यवस्थित गर्नका लागि नेपालमा बाढी नियन्त्रण तथा सिंचाइको लागि स्टक्चर बनाउने घोषणा गरेको छ । अर्थमन्त्री निर्मला सीतारमणले आज बजेट भाषणको क्रममा सो योजनाको लागि ११५०० करोड छुट्टाएको जानकारी दिइन् ।ती योजना सप्तगण्डकी र सप्तकोशी नदिसँग सम्बन्धित हुने बताइएको छ । भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले आज आफ्नो तर्फबाट सातौं पटक बजेट ल्याएकी हुन् ।उनले बजेट गरीब, महिला, युवा र किसानहरू, मध्यमवर्ग, रोजगारी, सीप, रोजगारी र एमएसएमईमा केन्द्रित रहेको बताइन् । यस्ता छन् भारतीय बजेट भाषणका प्रमुख बुँदाहरू १.गरिब, महिला, युवा र किसानमा केन्द्रित छ । २.बजेटले रोजगारी र सीपमा जोड दिएको छ । ३.बजेटमा युवाका लागि २ लाख करोड रुपैयाँको व्यवस्था गरिएको छ । ४.कृषिमा ३२ वटा उच्च उपज र जलवायु मैत्री प्रजातिहरू ल्याइनेछ। ५.बागवानी बालीका १०९ नयाँ प्रजातिहरू जारी गरिनेछ। ६.आगामी दुई वर्षमा एक करोड किसानलाई प्राकृतिक खेतीका लागि सहयोग गरिने भएको छ । ७.१० हजार बायो इनपुट रिसोर्स सेन्टर स्थापना गरिनेछ । ८.आत्मनिर्भरताका लागि सरकारले दाल र तेलहन मिसनमा ध्यान दिनेछ । ९.तरकारी उत्पादन र आपूर्ति प्रणालीका लागि क्लस्टर तयार गरिनेछ।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज
काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। ट्वान्टी–२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले शृंखला जितिसकेको छ। नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको थियो। बिहीबार भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र जोड्न सक्यो । उक्त खेल जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृंखला आफ्नो पक्षमा पार्न सफल भएको छ। त्यसैले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । नेपालले त्यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो। शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।
माओवादी केन्द्र सानीभेरीको अध्यक्षमा पुनः पुन
रुकुमपश्चिम । नेकपा माओवादी केन्द्र रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको अधिवेशन सकिएको छ । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट पुनः धर्मबहादुर पुनको अध्यक्षतामा ४५ सदस्यीय नयाँ गाउँपालिका समिति गठन भएको छ । जसको उपाध्यक्षमा इन्दिरा ओली, दीपक बाँठा र वीरसिंह विक, सचिवमा बालकृष्ण विक, सह सचिवमा बालकुमार नकाल र कोषाध्यक्षमा चक्र केसी निर्वाचित हुनुभएको छ । नेतृत्व सर्वसम्मत निर्वाचित भएको नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाले जनाएको छ । अन्य पालिकाहरूमा अधिवेशन चलिरहेको छ । हिजोबाट सुरु भएको अधिवेशन अन्तगत पाँच पालिकामा बन्द सत्र सुरु जारी रहेको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन आज सकिने छन् । ३ नगरपालिका र ३ गाउँपालिका रहेको रुकुम पश्चिमका सबै पालिकाहरूमा अधिवेशन एकै दिन हिजोबाट सुरु भएको हो । पालिका अधिवेशनका लागि जिल्ला तहमै पहिलो पटक पालिका अधिवेशन कार्यविधि २०८१ बनेर जिल्ला समिति बैठकबाट पारित भई कार्यान्वयन आएको छ । जसले अधिवेशन सहज र विधिसम्मत नेतृत्व चयनमा सहयोग पुग्ने विश्वास लिइएको छ । अधिवेशनको लागि मुसिकोट नगरपालिकामा केन्द्रीय सदस्य गोपाल शर्मा, आठविसकोट नगरपालिकामा केन्द्रीय सदस्य वसन्त शर्मा, चौरजहारी नगरपालिकामा जिल्ला संयोजक गोविन्द रोका, सानीभेरी गाउँपालिकामा नरबहादुर पुन, त्रिवेणी गाउँपालिकामा विमला केसी र बाँफिकोट गाउँपालिकामा केन्द्रीय सदस्य महेन्द्र केसीलाई प्रतिनिधि तोकिएको छ ।
हेर्नुहोस् बिहीबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल जेठ ३ गते बिहीबार सन् २०२४ मे १६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०९ पैसा र बिक्री दर १६८ रुपैयाँ ८५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
कानूनको कार्यान्वयनमा सरकार नै इमान्दार भएन : अध्यक्ष रेग्मी
काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लोकसेवा आयोगको दायरामा आउन नमानेको गुनासो गर्नुभएको छ ।बुधबारको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले यस्तो गुनासो गर्नुभएको हो । अध्यक्ष रेग्मीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पनि अहिलेसम्म लोकसेवा आयोगको दायरामा नआएको बताउनुभयो। उहाँले संविधान बमोजिम लोकसेवा आयोगको कार्य क्षेत्रभित्र पर्नुपर्नेमा प्रतिष्ठानका केही कानूनी व्यवधानले आउन नसकेको तर बिपी कोईराला मेडिकल इन्स्टिच्युट धरान भने आउनै नचाहेको बताउनुभयो । अध्यक्ष रेग्मीले आयोगले पटक पटक सम्पर्क गर्दा पनि ऐन, कानूनमा भएको प्रावधान बाहिर गएर आयोगको दायरामा भरसक आउन नपरोस् भन्ने ध्येयका साथ बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लागेको बताउनुभयो । प्रतिष्ठानको विनियममा लोकसेवा आयोगका साथै स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालयले समेत परामर्श दिइसकेको बताउनुभयो । संसदीय समितिले यस विषयमा गम्भीरपूर्वक लिनुपर्ने उहाँको माग छ । अध्यक्ष रेग्मीले विकृति, विसंगति अन्त्य गर्न सरकारका मन्त्रीहरुले इमान्दार भएर ऐन कार्यान्वयन गर्न आग्रह गर्नुभयो । सांसदहरुले नै ऐन, कानून बनाउने तर आफै सरकारमा गएको बेला कार्यान्वयन नहुने गरेको गुनासो गर्नुभयो । उहाँले सांसदहरुले कानून बनाउने तर त्यही सांसद मन्त्री बनेपछि कार्यान्वयन गर्न आनाकानी गर्ने गरेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । इमान्दारितपूर्वक ऐन, कानून कार्यान्वयन गर्नसके समस्या नरहेको बताउनुभयो । कार्यान्वयन गर्ने सम्बन्धमा लोक सेवा आयोगको तर्फबाट र ऐन, कानूनमा समस्या नरहेको बताउनुभयो । आयोगले आगामी दिनमा राष्ट्रिय परिचयपत्र, निजामति कितावखाना र लोकसेवा आायोगको अनलाइन प्रणालीबीच अन्तरआवद्धता गर्ने रणनीति बनाएको पनि अध्यक्ष रेग्मीले बताउनुभयो । आयोगले सेवा समूह गठनसम्बन्धी कानूनहरु अध्यावधिक र परिमार्जन गर्न, नवनियुक्त कर्मचारीको अभिमुखीकरण गर्न, बढुवाको उम्मेदवारी शर्त परिमार्जन गर्न, भौगोलिक क्षेत्रको अनुभवका शर्त परिमार्जन गर्न, शैक्षिक सेवामा अनुभव,समावेशी पदपूर्ति नीतिमा सुधार र पुनरावलोकन गर्न र शैक्षिक योग्यतासम्बन्धी व्यवस्थामा सुधार गर्न सरकारलाई सुझाव दिएको छ ।
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल साउन १५ गते मंगलबार सन् २०२४ जुलाई ३० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६५ पैसा र बिक्री दर १७२ रुपैयाँ ४२ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
साझेदारीमा बनाइने, कीर्तिपुरलाई स्तरोन्नति गरिने
काठमाडौं । सरकारले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाउने भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्ध रंगशाला तीनवटै तहका सरकारको साझेदारीमा अघि बढाइने बताएका हुन् । “चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निमार्ण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ । कीर्तिपुर रंगशालाको स्तरोन्नतिसहित थप निमार्ण कार्य प्राथमिकताका साथ अघि बढाइनेछ,” राष्ट्रपति पौडेलले भने ।
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल साउन १२ गते शनिबार सन् २०२४ जुलाई २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ११ पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ९७ पैसा र बिक्री दर १७२ रुपैयाँ ७५ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
गण्डकीको प्रदेशसभा बैठक बस्दै, कांग्रेस र राप्रपाले बहिष्कार गर्ने तयारी
गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा आज दिउसो ३ बजेदेखि आरम्भ हुनेगरि बैठक आह्वान गरेका हुन् । गत चैत २५ मा मुख्यमन्त्रीमा एमालेका नेता खगराजअधिकारी नियुक्त भएका छन् । बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । उनको नियुक्तिको विषयमा कांग्रेसले हालेको मुद्दामा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनुवाई गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ। तर मुख्यमन्त्री अधिकारीले भने सर्वोच्चको सुनुवाई अघि नै विश्वासको मत लिने तयारीमा लागेपछि यसको कांग्रेसले विरोध गर्दै आएको छ । विश्वासको मत लिने गरि बैठक बोलाइएको भएपनि अहिलेसम्म मुख्यमन्त्री अधिकारीले आजको बैठकमा विश्वासको मत लिने बारे प्रदेश सभालाई जानकारी नदिएको बुझिएको छ। अर्को तर्फ नेपाली कांग्रेसले भने प्रदेश सभाको बैठक बोलाइएकोप्रति आपत्ति जनाउदै गैरसंवैधानिक भनेको छ। कांग्रेस र राप्रपाले आजको बैठक बहिष्कार गर्ने तयारी गरेको बताइएको छ ।
राष्ट्रपति सी चिन फिङ वृक्षारोपणमा सहभागी
काठमाडौं । चीनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ अप्रिल ३ तारिख बिहान राजधानीको वृक्षारोपण स्वयंसेवा कार्यक्रममा सहभागी भएका छन्। सो वृक्षारोपणका क्रममा उनले छिङ मिङ पर्वको अवधिभर चीनमा जताततै जीवित शक्ति रहनेहुनाले वृक्षारोपणका लागि सुहाउँदो बेला रहेको भन्दै सँगै मिलेर रुख रोप्ने उद्देश्य सबै चिनियाँहरुलाई वृक्षारोपण कार्यमा सक्रिताका साथ भाग लिएर संयुक्त रुपमा सुन्दर चीनको निर्माण गर्न र मानव जाति तथा प्रकृति बीच मेलमिलापयुक्त सहअस्तित्व हुने चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ अध्याय लेख्नका लागि आह्वान गरे। चीनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रिय नेताहरु सी चिन फिङ, ली छ्याङ, चाउ ल ची, वाङ हु निङ, छाई छि, तिङ श्वे श्याङ, ली सी तथा हान चङले अप्रिल ३ तारिख १० बजेर ४० मिनेट जाँदा सामूहिक रुपमा पैचिङ शहरको थोङ चौ जिल्लामा सर्वसाधारणसँगै वृक्षारोपण स्वयंसेवा कार्यक्रममा भाग लिए।
प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। प्रधामन्त्रीसँगको भेटमा प्रदेशका विकासबारे छलफल गरेको मुख्यमन्त्री अधिकारीले बताएका छन्। मुख्यमन्त्री अधिकारीले सामाजिक सञ्जालमा तस्बिर सार्बजनिक गर्दै भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरुमा छलफल भयो र उहाँले सकारात्मक रुपमा लिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाईलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीलाई भेटेका हुन् । गण्डकी मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालका अनुसार सरकारले विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरे पनि प्रदेश प्रमुख गृह जिल्ला भएकाले परामर्शमा संसद सचिवालयमा पठाउने तयारी छ । आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो । सोही रिटउपर सर्वोच्च अदालतले सर्वोच्चले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा दायर गरेको रिटमा १० वैशाखमा पेशी तोकिएको छ ।
माओवादी केन्द्र भूमेको अध्यक्षमा दिपक पुन
रुकुमपूर्व । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुकुमपूर्व भूमे गाउँ समितिको तेस्रो अधिवेशनबाट सर्वसम्मत नयाँ कार्य समिति निर्वाचित हुनु भएको छ । भूमे–२ खाबाङबगरमा शुक्रबार उद्घाटन गरिएको तेस्रो गाउँ समितिको अधिवेशन शनिबार देखि बन्दसत्र सुरु गरिएको थियो । शनिबार दिनभर चलेको बन्दसत्रबाट आइतबार बिहान सर्वसम्मत नयाँ कार्य समिति निर्वाचित हुनु भएको हो । अध्यक्षमा दिपक पुन मगर, उपाध्यक्षमा नारायण पुनमगर, टेकप्रसाद बुढामगर र कमल बुढा मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ भने सचिवमा ओमकुमारी राना मगर, सह–सचिवमा कुमार बिक र कोषाध्यक्षमा रामचन पुन मगर पुन सहित ४५ सदस्यीय गाउँ समिति सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समितिले जानकारी दिएको छ । नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती, जिल्ला सह इञ्चार्ज रामसुर बुढामगर, जिल्ला संयोजक कुमारी बराल लगायत नेताहरुको उपस्थित रहेको थियो ।
नर्सहरूको सेवा–सुविधा सुधार गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन्।चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताए। “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ।” पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताए। “नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य रहेको छ भन्ने देखाएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।” नेपालका अस्पतालहरूमा नर्स विरामीको अनुपातअनुसार दरवन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सहरूका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए। उनले कार्यस्थलमा काममा विभेद हुने गरेको र वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुस्किल हुनेजस्ता समस्या भोग्नु परिरहेको समस्यालाई क्रमशः सम्बोधन गर्दै जानेगरी नीतिगत व्यवस्था गरिने बताए।
यो रमाइलो चुट्किला : चालुखाता
चालु खाता धेरै दिनपछि भेट भएको विरेले शेरेसँग भने छ विरे– ती युवती कति सुन्दर छन है ? शेरे– मलाई त नाम पनि थाहा छ ! विरे– के हो भन त ? शेरे– उनी बैंकमा काम गर्छिन, उनको काउन्टरको माथि लेखिएको थियो ‘ चालु खाता’