रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयले भन्यो– मनगढन्ते धारणा, अराजनैतिक प्रचार

काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।

अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उहाँको मनगढन्ते धारणा भएको बताउनुभएको छ ।

‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भन्नुभएको छ– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भन्नुभएको छ– ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

नेपालद्धारा गुजरातलाई १७७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरात क्रिकेट एसोसिएसनसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइतबार भारतको वापीमा टस जितेर पहिले ब्याटिङ खेलेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाउन सफल भयो। कप्तान रोहितले ४७ बलमा पाँच चौका र चार छक्कासहित ७४ रन बनाए। आसिफ शेखले ३४ र कुशल मल्लले ३१ रन थपे । कुशल भुर्तेलले १९ रन जोडे । दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले समान सात रन बनााए। गुजरातका जयमित पटेल, स्हेन पटेल, तेजस पटेल र जाला युभराजसिन्हले समान एक विकेट लिए । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति भारत भ्रमणमा रहेको नेपाल लिग चरणका चारमध्ये तीन खेलमा जित निकाल्दै विजेताका रूपमा फाइनलमा पुगेको हो । गुजरातले भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो। त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसिएसनले प्रतिस्पर्धा गरेका थिए ।

नेपाललाई विश्वमा चिनाएका राजकुमार अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर बेलायतमा

काठमाडौं । चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ । निमार्ण पक्षले दिएको जानकारी अनुसार २७ अगष्टमा बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेकोे हो । चलचित्रको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा यसको प्रदर्शन गरिनेछ । त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस चलचित्रको प्रदर्शन गरिनेसमेत निर्माण समूहले जानकारी दिएको छ । नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ । नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्सन जनारामा निर्माण गरिएको छ । युवराज राई ९वीरबहादुर० द्धारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन । एक आर्मी संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ । विजया राईको प्रस्तुती रहेको चलचित्रको प्रिमियरका लागि दर्शकलाई २० पाउण्ड टिकटदर राखिएको छ । संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ । चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुले अभिनय गरेका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आकस्मिक सम्पन्न भएको छ । बैठकले मुख्य सचिव डा.बैकुण्ठ अर्यालसँगै अन्य विविध विषयमा महत्वपूर्ण निर्णय लिएको छ । यस्ता छन् २०८१ असार १० गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू १. नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा रा.प. विशिष्ठ श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गर्ने । २. आव २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने । रु. ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमा ९३ प्रतिशत हुने गरी  बाँकी रकम रु. १६ अर्ब ९९ करोड २२ लाख तत् तत् स्थानीय तहमा हस्तान्तरण गर्ने ।

अपराजित हुँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप २०२४ मा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । साउदी अरेवियासँगको खेल अघि नै समूह विजेता बनेको नेपाल साउदी अरेवियालाई ६ विकेटले हराउँदै सेमिफाइनल पुगेको हो । यो जित सँगै नेपाल समूह ए बाट सबै ४ खेलमा जितका साथ सेमिफाइनलमा पुगेको छ । खेलमैदानमा पानी परेपछि ढिलो सुरु भई आठ ओभरमा छोट्याइएको खेलमा ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।  नेपालको जितमा म्यान अफ द म्याच घोषित गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट हुँदा आसिफ शेख र कुशल मल्ल २/२ रनमा आउट भएका थिए । संकटको अवस्थामा पुगेको नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गरेर उकासेका थिए । दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए ।  त्यसअघि अलअमरेत क्रिकेट ग्राउण्ड–२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन जोड्न सकेको थियो ।  नेपाल समूह ए बाट नेपालले जितेसँगै हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले यसअघि मलेसियालाई ५ विकेटले, कतारलाई ३२ रनले र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले अब शुक्रबार समूह बी को विजेतासँग सेमीफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले टी २० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने प्राबधान छ ।

समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

“१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन् । भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्त्वपूर्ण उपलब्धीहरू हुन् ।”- प्रधानमन्त्री प्रचण्ड

कार्तिक ८ सम्म बक्यौता नतिरे ४९ उद्योगको विद्युत लाइन काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ४९ उद्योगलाई ८ कात्तिकसम्म पनि डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल बक्यौता नबुझाए विद्युत् लाइन काट्ने चेतावनी दिएको छ । २४ असोजमा सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले बक्यौता तिर्न उद्योगहरूलाई ताकेता गरेको हो । त्यसअघि प्राधिकरणले २२ असोजमा उद्योगहरूलाई छुट्टाछुट्टै पत्रमार्फत पनि बक्यौता तिर्न ताकेता गरेको थियो । त्यसपछि २४ असोजमा सार्वजनिक सूचना नै प्रकाशन गरेर उद्योगहरूलाई बक्यौता तिर्न ताकेता गरिएको हो ।  आठ अर्ब चार करोड नौ लाख हाराहारीमा रहेको कुल बक्यौता समयमै नबुझाएमा कानुनअनुसार कारबाही अघि बढाउने सार्वजनिक सूचनामा उल्लेख छ । सार्वजनिक सूचना र सीधै पत्र पठाउँदासमेत मंगलबारसम्म कुनै पनि उद्योग सम्पर्कमा नआएको प्राधिकरणका उपकार्यकारी निर्देशक एवं वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले जानकारी दिए । उद्योगहरूले उक्त अवधिमा महसुल नतिरेमा कानुनअनुसार उद्योगको लाइन काटिने उनको भनाइ छ ।  बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत असार २५, २६ र २७ गते ६ उद्योगको लाइन काटेको थियो । कानुनअनुसार बक्यौता नतिरेसम्म काटिएको लाइन जोड्न मिल्दैन । तर, ३० असारमा प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले उद्योगहरूमा लाइन जोड्न ठाडो मौखिक निर्देशन दिए । त्यसपछि विद्युत् नियमन आयोगले पनि ६ साउनमा प्राधिकरणलाई लाइन जोड्न लिखित निर्देशन दिएको थियो । ६ उद्योगले दिएको उजुरीका आधारमा आयोगले उक्त निर्देशन दिएको थियो । त्यसपछि प्राधिकरणले ८ साउनमा ६ उद्योगमा काटेको लाइन जोड्ने निर्णय गरेको थियो ।    

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले बताएको छ । देशका केही भू–भागमा बिहानैबाट वर्षा सुरु भएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ ।     जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  विभागले राति देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  कोसी र वाग्मती प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।  आगामी २४ घण्टामा ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

नेप्से १५.६२ अंकले घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार घटेर बन्द भएको छ । नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा बन्द भएको हो। यस दिन दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भयो। ६२ कम्पनीको सेयर मूल्य बढेको छ। १७७ कम्पनीको सेयर मूल्य घटेको छ। ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। बोटलर्स नेपाल (तराई)को सेयर मूल्य प्रतिकित्ता एक हजार १६४ रुपैयाँ ८० पैसाले बढेर कारोबार भएको छ। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ हजार ६९ रुपैयाँ ८० पैसा कायम भएको छ । पोखरा फाइनान्स र डोल्टी पावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सिटिजन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीले आज २८ प्रतिशत लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता आकर्षित भएर कारोबार बढेको हो । यो कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ मध्ये विकास बैंक समूहबाहेक सबै घटेका छन् । विकास बैंक समूहको परिसूचक ०.२३ प्रतिशतले बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक १.९६ प्रतिशतले घटेको छ ।

प्रधानमन्त्रीको उपस्थितिमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’ गरिदै

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रू) हुने भएको छ । नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री बनेदेखि नै ठुला आयोजनाको काम तिब्र गर्नका लागि अनुगमन र निर्देशन दिंदै आएका छन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो ।नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम मुअब्जाका कारण स्थानीयले अवरोध गर्दा ढिलो हुँदै आएको थियो । सरकारले स्थानीयको मुअब्जा समस्या समाधान गर्दै केहि समय ढिलो काम सम्पन्न गरेको हो ।प्रधानमन्त्री प्रचण्डले आयोजनाहरु मुअब्जा विवाद, वन ऐनका कारण ढिला हुने लागत बढ्ने गरेको भन्दै कानुन संसोधन गरेर छिटो काम सक्ने गरी सरकारले वातावरण बनाउने बताउँदै आएका छन् । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ । सुरूङमार्गको ब्रेकथ्रु दिउँसो १ः०० बजे गरिने छ ।

प्रधानमन्त्री प्रचण्डसँग आइसीसीका अध्यक्ष्यको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए। “नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।” अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताए।भेटमा नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।  

आमा

चैत बैशाखको घामले तिमीलाई छेकेन बर्खा मासको भेलले तिमीलाई छेकेन पुसको कठ्यांग्रिदो जाडोले छेकेन आमा लुकीलुकी प्रेम दर्शाउन बाँधिएको समाजले तिमीलाई छेकेन त्यसैले म भोको हुँदा तिमी गाँस हौ मुटुको धड्कन आमा तिमी सास हौ गाउनेले धेरै गाए तिम्रा महानताका कुरा लाउनेले धेरै लाए तिम्रा ब्यथामा नुन चुक पाउनेले धेरै पाए तिम्रा माया प्रेम र स्नेह गाउनेलाई गाई रहन दियौ लाउनेलाई लाइ रहन दियौ मेरा लागि सधै घाम पानीको ओत बन्यौ संसार हरायौ आमा मायाको स्रोत बन्यौ त्यसैले म भोको हुँदा तिमी गाँस हौ मुटुको धड्कन आमा तिमी सास हौ कति हेपियौ होला यो समाजबाट कति सेकियौ होला समाजका ब्वासाबाट बर्सौं दुस्ख सह्यौ होला सन्ततिका लागि अस्तित्व नै दाउमा राख्यौ होला सन्तान हसाउन तर पनि आफ्नो मन कहिल्यै फुट्न दिएनौ सन्तान प्रति आफ्नो माया टुट्न दिएनौ त्यसैले म भोको हुँदा तिमी गाँस हौ मुटुको धड्कन आमा तिमी सास हौ आकाश जत्रै हुनुपर्छ तिम्रो त्यो मन न त जोख्नै मिल्ने न त पोख्नै मिल्ने न त नाप्न सक्छु तिम्रो मायाको गहिराइ केवल हराउन सक्छु त्यो गहिराइमा रगतको थोपामा आमाको माया बग्छ मुटुको चालमा आमाको धड्कन धड्कन्छ त्यसैले म भोको हुँदा तिमी गाँस हौ मुटुको धड्कन आमा तिमी सास हौ  

नेप्से परिसूचक झिनो वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.७९ अंकले बढेर २१ सय विन्दु पार गरेको हो । बुधबार नेप्से परिसूचक ०.१४ प्रतिशतले वृद्धि भएर २१०४.२२ विन्दुमा बन्द भएको छ । यस दिन १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर छ । यस दिन पाँच अर्ब आठ करोड रुपैयाँको सेयर कारोबार भएको छ । फाइनान्स र व्यापार समूहका कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । यसरी फाइनान्स र व्यापार कम्पनीको सेयर मूल्य बढ्दा समूहकै परिसूचक सर्वाधिक वृद्धि हुन पुगेको हो । आज व्यापार समूहको परिसूचक ६.१२ प्रतिशत र फाइनान्स समूहको परिसूचक ६।०४ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक सेयर मूल्य वृद्धि सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्सको छ । यी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार १९ गते बुधबार सन् २०२४ जुलाई ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।बुधबार यूरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यी स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मुलुकका विभिन्न स्थानमा वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध छ । आज सूर्योदय बिहान ५ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

शेयर बजारमा १५ अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार बिहीबार १५ दशमलव ४६ अंकले बढेको छ।बिहीबारको वृद्धिसँगै नेप्से २१ सय १९ माथि पुगेको छ । बिहीबार कारोबार रकममा पनि ह्वात्तै सुधार देखिएको छ। नेप्सेमा रहेका १३ उपसमूहमध्ये बिहीबार ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहमा करेक्सन आउँदा विकास बैंक उपसमूह भने सर्वाधिक ३ दशमलव ४३ प्रतिशत बढेको छ। यस्तै, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहका परिसूचक साढे १ प्रतिशत भन्दा बढी बढेका छन् । वित्त उपसमूह भने शून्य दशमलव ५९ प्रतिशतले घटेको छ। बिहीबार ३१३ वटा स्टकको २ करोड २१ लाख ६७ हजार कित्ता शेयर ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ। बिहीबार बजारमा आँखुखोला जलविद्युतको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा समाज लघुवित्तका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन्। तर दोर्दी जलविद्युत कम्पनीको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव ७५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ३० करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, नेपाल फाइनान्सको साढे १७ करोड र महालक्ष्मी विकास बैंकको १७ करोडको शेयर खरिद विक्री भएको छ।