शिक्षक बढुवाको लागि पद निर्धारण र बढुवाको आधार

काठमाडौंः शिक्षक सेवा आयोग नियमावली २०५७ ले प्राथमिक, निम्न माध्यमिक र माध्यमिकतहको प्रथम र द्वितीय श्रेणीको रिक्त पदहरू मध्ये २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षा र ७५ प्रतिशत कार्य सम्पादन मूल्यांकन आधारमा बढुवाद्वारा पूर्ति गर्ने व्यवस्था गरेको छ ।

आयोगले शिक्षकलाई बढुवाको लागि सिफारिस गर्दा निजको कार्य क्षमताको आधारमा बढुवा गर्नेछ भन्ने व्यवस्था पनि गरेको छ । शिक्षकको कार्य क्षमताको मूल्याङ्कन बढीमा १०० अङ्क दिइनेछ । जसमा नोकरीको ज्येष्ठता वापात ३५, शैक्षिक योग्यता वापत २० र तालीम वापत १० दिईनेछ भन्ने नियमावलीको नियम २८ मा यो व्यवस्था गरिएको छ ।

यस्तै, कार्य सम्पादन मुल्याङकनमा पनि अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि वापत १५, शिक्षण कार्यसँग सम्बन्धित विषयमा अनुसन्धान गरे वापत ५, विशेष जिम्मेवारी वापत ५, कार्य सम्पादनको आधारमा सुपरीवेक्षक र पुनरावलोकन समितिले गरेको मुल्याङ्कन वापत १० दिईनेछ भन्ने नियमावलीले प्रष्ट व्यवस्था गरेको छ ।

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन्। आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनीले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा व्यक्त गरे । ‘नेपाल अझै पनि कम विकसित मुलुकमा पर्छ । हामीले विकासका ठूला चुनौतीहरूको सामना गरिरहेका छौँ । हाम्रो देशमा विकासको प्रचुर सम्भावना छ, तर हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ’, सभापति देउवाले भने, ‘यस सन्दर्भमा यो उच्चस्तरीय कार्यक्रमको आयोजनाले विशेष महत्त्व राख्दछ ।’ काँग्रेसले नेपालमा आर्थिक सुधारको थालनी गरेको र सन् १९९० मा काँग्रेसकै सरकारले अर्थतन्त्रलाई उदारीकरण, निजी क्षेत्रलाई आमन्त्रण र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना गरेको उनले उल्लेख गरे । ‘त्यो छोटो अवधिमा हाम्रो सरकारले नीतिहरू पुनसंरचना गर्‍यो, पुराना कानुनहरू परिमार्जन गर्‍यो र नयाँ कानुन ल्यायो, सार्वजनिक खर्चलाई तर्कसङ्गत बनायो र उदार कर प्रणालीको थालनी गर्‍यो’, उनले भने । सभापति देउवाले विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार रहेको जानकारी दिए । विदेशी लगानी नेपाल कानुन र हाम्रो देश पक्ष भएको विभिन्न अन्तर्राष्ट्रिय सन्धीद्वारा सुरक्षित रहेको अवगत गराउँदै उनले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न इच्छुक रहेको थाहा पाएको उल्लेख गरे । ‘लचिलो श्रम कानुन, युवा र ऊर्जावान् जनसङ्ख्याको पर्याप्त हिस्सा भएको जनसाङ्ख्यिक लाभांश, बिजुलीको भरपर्दो आपूर्ति, स्थानीय कच्चा पदार्थको उपलब्धताले पनि यस क्षेत्रका अन्य उच्च ज्याला दिने देशहरूको तुलनामा उत्पादन लागत कम बनाउन योगदान पुर्‍याउँछ’, सभापति देउवाले भने, ‘हामीले सार्वजनिक–निजी साझेदारीअन्तर्गतका ठूला परियोजना र अन्य साना तथा मझौला आकारका लगानीका आयोजनाका लागि उद्योग विभागअन्तर्गतको लगानी बोर्ड समावेश गर्ने एकद्वार प्रणाली स्थापना गरेका छौँ ।’ उनले नेपालले कम्पनी दर्ताका लागि समय र ऊर्जा बचत गर्न र तुलनात्मक रूपमा छोटो अवधिमा सञ्चालनमा राख्न प्रक्रियालाई सुव्यवस्थित गरेको जानकारी गराए । उनले सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुन प्रतिबद्ध रहेको स्पष्ट पारे । ‘प्रधानमन्त्रीका रूपमा मेरो कार्यकालमा हामीले महत्त्वपूर्ण सुधार लागू गर्‍यौँ । विदेशी लगानी प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, जलविद्युतको सम्भाव्यता, उद्योग र कृषिको पुनरुत्थान गर्ने उद्देश्य राखेको थिएँ’, उनले भने, ‘सुधारको काम पूरा हुन नसकेकाले वर्तमान सरकारले सुधारका पहलहरूलाई निरन्तरता दिँदै निजी क्षेत्रका लागि थप अनुकूल वातावरण सिर्जना गर्ने विश्वास लिएको छु ।’ मानिसको आम्दानीमा वृद्धिसँगै आन्तरिक बजार विस्तार हुँदै गएको र भौगोलिक निकटता र छिमेकी तथा अन्य साझेदारहरूबाट प्राप्त हुने सहुलियतपूर्ण व्यापारिक सुविधाका कारण बाह्य बजार पहुँचयोग्य रहेको उनको भनाइ छ । ‘हाम्रा दुई छिमेकी भारत र चीनले नेपालका लागि ठूलो बजार अवसर प्रदान गर्छन् । हामीसँग संयुक्त राज्य अमेरिका र युरोपेली युनियनसँग पनि सहायक व्यापारिक सम्बन्ध छ’, उनले भने । उनले आफू पूर्वप्रधानमन्त्री एवं सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी काँग्रेसका सभापतिको हैसियतमा लोकतान्त्रिक ढाँचाअन्तर्गत आर्थिक विकासलाई अगाडि बढाउन बजार र निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उदार आर्थिक नीतिलाई पछ्याउने प्रतिबद्धता व्यक्त गरे । सरकारले सामाजिक न्याय र नेपाली समाजका सबै खण्डको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो जिम्मेवारी नगुमाई लगानी र व्यवसायका लागि अनुकूल वातावरण सिर्जना गर्ने उनको भनाइ छ । ‘हामी लगानीका लागि तीव्र प्रतिस्पर्धाका युगमा बाँचिरहेका छौँ । यसको अर्थ हामीले प्रोत्साहन र लगानी संरक्षण गर्न थप आकर्षक र प्रतिस्पर्धी हुन आवश्यक छ । पैसा त्यहाँ जान्छ जहाँ राम्रो व्यवहार गरिन्छ’, उनले भने, ‘आन्तरिक र बाह्य आर्थिक वातावरणमा आएको परिवर्तनको प्रकाशमा हाम्रो लगानी व्यवस्थालाई समायोजन गर्न सुसङ्गत र व्यावहारिक रूपमा सुधारको प्रयास जारी राख्छौँ ।’ उनले नेपालले विदेशी लगानीकर्ताप्रति भेदभावपूर्ण नीति नअपनाउने स्पष्ट पार्दै उनीहरूलाई राष्ट्रिय लगानीकर्तासँग समान व्यवहार गरिने र विदेशी लगानीकर्तालाई अतिथिको रूपमा स्वागत गर्ने उल्लेख गरे । नेपालमा वैदेशिक लगानी नाफामुखी रहेको भन्दै सभापति देउवाले यसका लागि प्रमाणित गर्ने भरपर्दो उदाहरण रहेको जानकारी गराए । नेपालमा काम गर्ने केही बहुराष्ट्रिय कम्पनीले वर्षौँदेखि राम्रो लाभांश फिर्ता गर्न सक्षम भएको उनको भनाइ छ । ‘कृपया नेपाल आउनुहोस् र हाम्रो अर्थतन्त्रमा लगानी गर्नुहोस् जुन तपाईँ र हाम्रा जनताका लागि फाइदाजनक हुनेछ । हामी तपाईँलाई पूर्ण सुरक्षा प्रदान गर्नेछौँ र सुरुदेखि अन्त्यसम्म हाम्रो निरन्तर सहयोगको आश्वासन दिन्छौँ’, उनले भने, ‘विकास र समृद्धिका लागि हाम्रो साझेदारीको कदर गर्नेछौँ । नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने प्रयासमा सहयोग गर्न तपाईँको योगदान उच्च मूल्यवान् हुनेछ । समय सार हो । नेपालमा अपार सम्भावना छ । मलाई विश्वास छ कि हाम्रो साझा प्रयासले हामी फरक पार्न सक्छौँ ।’

पहिलो महिला मुख्यसचिव बनिन् गड्तौला

काठमाडौं । नेपाल सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । यससँगै उनी नेपालको प्रशासनिक इतिहासमा प्रथम महिला मुख्यसचिव बन्न सफल भएकी छन् । वर्तमान सरकारले नै उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा तेह्रथुममा जन्मिएकी गड्तौला विसं २०५२ मा नेपालको निजामती सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी थिइन्। उनी विसं २०६३ मा उपसचिव, २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा भएकी थिइन्। उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुँदै छिन्।

यस्तो छ चार राजनीतिक दलबीच भएको सहमति

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

टुरिस्ट र गाईडबीच यो रमाइलो चुट्किला

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ, उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनीहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ ‘यो घण्टाघर बनाउन कति समय लाग्यो ? गाईडः ५ बर्ष टुरिस्टः नेपालीहरु त साह्रै अल्छी रहेछन्, हाम्रोमा भए त यो २ वर्षमा बन्ने थियो । रानीपोखरी देखेपछि फेरी टुरिस्टः यो पोखरी बनाउन कति समय लागेको थियो नि ? गाईडः यो त १ वर्षमै बनाइ सकिएको थियो । टुरिस्टः तिमीहरु साह्रै अल्छी रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो । घुम्दाघुम्दै उनिहरु धरहरा नजिक पुगेछन । टुरिस्टः यो धरहरा बनाउन कति समय लागेको थियो नि ? गाईडः खै थाहा भएन, हिजोसम्म त यो यहाँ थिएन…

विद्युत महशुल नउठाउने प्रधानमन्त्री ओलीको हतकण्डाबीच  दुई उद्योगले तिरे जरिवानासहित विद्युत् बक्यौता

काठमाडौं । ०७२ माघदेखि ०७५ वैशाखसम्मको महसुलमा २५–२५ प्रतिशत जरिवाना थप गरेर भैरहवाका सोना पोलिमर्र्स इन्डस्ट्रिज र सोना प्याकेजिङले तिरे विद्युत् बक्यौता तिरेका छन् । डेडिकेटेड फिडर र ट्रंकलाइन सेवाको प्रिमियम महसुल नतिर्न प्रधानमन्त्री केपी ओलीलाई प्रयोग गर्दै ठूला उद्योगीले विभिन्न हतकण्डा अपनाइरहेका वेला दुई उद्योगले सम्पूर्ण बक्यौता बुझाएका छन् । रुपन्देहीका सोना पोलिमर्स इन्डस्ट्रिज र सोना प्याकेजिङले बुधबार जरिवानासहित बक्यौता तिरेका हुन् । ०७२ माघदेखि ०७५ वैशाखसम्मको अवधिमा ६१ उद्योगको जरिवानासहित आठ अर्ब २६ करोड बक्यौता देखिएको थियो ।सो बक्यौता रकम नतिर्ने बनाउन प्रधानमन्त्री ओली संसदमै नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङविरुद्ध खनिएका थिए भने एमाले नेता समेत रहेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समिति बाहिर नै प्रतिवेदन तयारी गरी बक्यौता उठाइछाड्ने अडानमा रहेका कुलमान घिसिङलाई हटाइछाड्ने प्रपञ्च रचेका थिए । हाल यो विवादमा लेखा समितिले दोस्रोपटक अध्ययन गरिरहेको छ । जबकि लेखा समितिले यसअघि ०७७ चैतमा बक्यौता उठाउन निर्देशन दिइसकेको थियो । 

मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदबारमा बसिरहेको छ । यो नियमित बैठक हो ।

बढ्यो सुन र चाँदीको मूल्य, यस्तो छ आजको कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । यसअघि मंगलबार स्थिर रहेको सुन आज भने तीन सय रुपैयाँ बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो ।  सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए।  पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए ।  सिरोहियाले आफू अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको प्रस्ट पारेका छन् । तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ । सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हुने सिरोहियाले जनाका छन् । यी सब बिचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने उनको दाबी छ ।  यसैबीच सिरोहिया आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उक्त निर्णयविरुद्ध सिरोहियाले रिट निवेदन पेश गरेको र दर्ता प्रक्रियामा रहेको सर्वोच्चका सह प्रवक्ता गोविन्द घिमिरेले बताए ।  सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उक्त नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । प्रहरीको अनुरोधपछि जिल्ला अदालतले पुर्जी जारी गरेपछि उनी त्यसलाई रोक्न सर्वोच्चमा रिट दायर गरेका हुन् ।  उनले सर्वोच्चमा रिट दायर गरि कारण देखाऊ आदेश समेत गरेर अवस्थामा पक्राउ पुर्जी जारी गरिएको र पक्राउ पुर्जी जारी हुनुपर्ने कारण नै नभएको दाबी रिटमा गरिएको छ। 

पक्राउ पुर्जी जारीपछि सिरोहिया भेट्न कांग्रेस नेताको लर्को

काठमाडौँ । पक्राउ पुर्जी जारी भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न लाइन लागेर पुगेका छन्।  सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित दीपक गिरी, रामनाथ अधिकारी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत कान्तिपुर कम्प्लेक्समा पुगेका हुन् । जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध मङ्गलबार पक्राउ पुर्जी जारी गरेको हो। सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो। अदालतले जारी गरेको पुर्जीका आधारमा सरकारले कारबाही अगाडि बढाए आफुहरुले साथ दिने भन्दै कांग्रेसका नेताहरु लर्को लगाएर उनलाई भेट्न पुगेका हुन् ।

मिटरब्याज पीडित र सरकारबीच ४ बुँदे सहमति (सहमतिसहित)

काठमाडौँ । मिटरब्याज तथा ठगीबिरुद्ध आन्दोलनरत पक्ष र सरकारबीच आज भएको बार्तामा ४ बुँदे सहमति भएको छ ।    मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारका बिचमा ३ महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । ९ विषयको कार्यादेश हुनेगरी जाँचबुझ आयोग गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सहमति भएको छ । यससम्बन्धी जाँचबुझ गर्न गतवर्ष चैतमा मात्रै सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगले जाँचबुझ गरी सरकारलाई प्रतिवेदन समेत दिएको छ । पीडितहरुसँग सोमबार गृह मन्त्रालयले सोही प्रकृतिको अर्को आयोग गठन गर्ने सहमति गरेको हो ।यद्यपी अहिलेको सहमतिमा अघिल्लो आयोगले गरेका कामबारे भने केही उल्लेख छैन । उत्पीडित वर्गलाई राहत र क्षतिपूर्तिका लागी आगामी बजेटमा व्यवस्था गर्नेगरी अर्थ मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ । सहमतिसँगै अहिले चलिरहेको आन्दोलन रोक्न पीडितहरु सहमत भएका छन् ।  सहमतिपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेको उपस्थितिमा मन्त्रालयका सहसचिव एवम् वार्ता समितिका संयोजक रुद्रप्रसाद पण्डित र संघर्ष समितिका अध्यक्ष अवधेशप्रसाद कुशवाहाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै माघ १६ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन सकिएको छ।    झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याज पीडित निरन्तर आन्दोलनमा थिए।उनीहरुसँग वार्ताका लागि तात्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठेले सहसचिव रुद्रप्रसाद पण्डित संयोजक रहेको सरकारी वार्ता टोली गठन गरेर वार्ता भैरहेको थियो ।

आईएमई इन्स्योरेन्सको प्रिमियम सहितको आईपीओ सर्वसाधरणका लागि आजदेखि बिक्रीमा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । यस अघि असार २० गतेदेखि निष्कासनको मिति तय गरेको कम्पनीले प्राविधिक कारण देखाई एक दिन पछि सारेको हो । कम्पनीको यो आईपीओ असार २५ गतेसम्म खरीद गर्न सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म विक्री लम्बिनेछ । कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको १२ लाख कित्ता आईपीओ भने असार १९ गते बाँडफाँट गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले असार १ गतेदेखि १५ गतेसम्म आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू १०० अंकित मूल्यमा प्रिमियम वापत रू १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा आईपीओ विक्री गर्न लागेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता रू १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी दिएको छ । जारी पूँजी रू ४ अर्बको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओेमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामुहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता भने आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । सर्वसाधारणमा जारी हुने आईपीओ ९ लाख ६० हजार योग्य आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

फुटेर नजान बास्तोलालाई वैद्यको आग्रह

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य किरणले पार्टीबाट अलग भएको घोषणा गरेका नेता धमेन्द्र बास्तोला समूहलाई पार्टी एकताको महत्त्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी निर्णय पत्र फिर्ता लिन आग्रह गरेका छन् ।  पार्टी एकता भएको १५ महिनामै एकता असफल भएको भन्दै बास्तोलाले पार्टी कार्यालयमा पत्र पठाएपछि वैद्यले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त पत्र फिर्ता लिएर एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न आग्रह गरेका हुन् । बैद्यले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकताको महत्त्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न कमरेडहरूलाई विशेष आह्वान गर्दछौँ । यसका साथै समग्र पार्टी पङ्क्ति, जवस मोर्चा र आम जनसमुदायलाई गुटवाद तथा फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकताबद्ध बनाइराख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्दछौँ ।’  २०८० वैशाख १७ गते नेकपा (क्रान्तिकारी) माओवादी र विप्लवबाट अलग भएको नेकपा (बहुमत) बीचको एकता अधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन गरिएको थियो ।  गत असार ११ देखि १६ गतेसम्म बसेको दोस्रो पूर्ण बैठकमा बास्तोलाले राजनीतिक कार्यदिशाबारे आफ्नो असहमति राखेका थिए । बैठकले कात्तिक पहिलो हप्ता एकता महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । 

सुकुम्बासी बस्तीमा बाढी पसेर बिजोग हुनुमा ओली दोषी : मेयर बालने

काठमाडौं । गएरातिदेखि लगातार परेको पानी र बढेको नदीको बाढीले किनाराका बस्ती डुवानमा परेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आक्रोषित बनेका छन् । नदी किनाराका बासिन्दालाई सुकुम्बासी भन्न पनि नचाहेका बालेनले यस्ता २ हजार मानिसलाई अन्यत्र व्यवस्थापन गर्ने आफ्नो प्रयासमा राजनीति भएको बताए ।   एमालेले सुकुम्बासीका नाममा भोटको राजनीति गरेको र उनीहरुको व्यवस्थापन गर्न खोज्दा अबरोध गरेको उनको संकेत थियो । यस्ता २ हजार परिवार मात्र हैन गिरीबन्धु चिया बगानमा १५ हजार मानिसको व्यवस्थापन हुन सक्ने उनले हिसाव सुनाए।   बालेनले फेसबुकमा लेखेका छन्, 'माननीय केपी ओलीज्यू, आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे। खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो  अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ? काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन्। तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ। अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित। अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु। '

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार १७ गते सोमबार सन् २०२४ जुलाइ १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ६४ पैसा र बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३२ पैसा र बिक्री दर १६९ रुपैयाँ ०८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

घाँटी दुख्छ भने थाहा पाउनुस् कारण र उपचार

घाँटी को दुखाई (फयारेंजैटिस र टन्सिलाइटिस) घाँटी र गला को तह को सूजनबाट हुने पीडा, जलन र चिलाउने समस्या सँग सम्बन्धित हुन्छ ।यो प्रायजसो बालबालिका मा हुने संक्रमण को कारण ले हुने भएता पनि अरु उमेरका व्यक्तिलाई अरु कारणहरु ले पनि हुने सम्भावना हुन्छ ।घाँटीको खसखस, घाँटीमा ग्रन्थीहरू सुन्निनु, दबिएको आवाज, निल्न गाह्रो र कण्ठनलीमा सेता धब्बाहरू निस्कनु यसका लक्षण हुन् । घाँटी दुखेका व्यक्तिहरू ले ज्वरो, ठंडी, शरीर दुख्ने, टाउको दुख्ने, खोकी र नाक बाट पानी बग्ने जस्ता अन्य लक्षणहरू पनि अनुभव गर्न सक्छन् । घाँटी दुखनु सामान्यतयाः भाइरस को संक्रमण बाट हुने गर्दछ र कम समय को लागि हुनुका साथै घरेलु उपचार बाट निको पनि हुन्छ । तथापिव्याक्टेरिया ले गर्दा घाँटीको संक्रमण भएमा पीप पनि जम्न सक्दछ जसको उपचार एन्टिबायोटिक बाट गर्नुपर्दछ । केही स्ट्रेप्टोकोकसब्याक्टेरिया का कारण मुटु का भल्भ मा असर गर्ने बाथ ज्वरो वा मृगौला मा असर गर्ने ग्लोमरूलोनेफ्राइटिस जस्ता जटिलता उत्पन्न हुनसक्दछन् । कारणहरू : १. भाइरल संक्रमणः घाँटी दुख्ने रोगको यो मुख्य कारण हो । भाइरसद्वारा कण्ठनलीको सूजन इन्फ़्लुएञ्जा  (फ्लू) भाइरस, राइनोभाइरस्, एडेनोभाइरस (एप्सटिन–बार भाइरस (EBV), साइटोमेगालो भाइरस (CMV), आदि ले गर्दा हुन सक्दछ । २. ब्याक्टेरियल संक्रमणः कीटाणु द्वारा हुने टन्सिल वा घाँटी को संक्रमण, भ्यागुते रोग आदि ३. ट्यूमरः घाँटी र गलाको क्यान्सर ४. वातावरणीय तत्वहरूः वातावरणबाट हुने एलर्जीजन्य प्रतिक्रियाहरू । जस्तैः ढुसी, पाल्तु पशुहरूको चायाँ, पराग, वायु प्रदूषण वा चूरोटकाधूवाबाट पनि घाँटी दुख्न सक्छ । चिकित्सक लाई कहिले भेट्ने ? १०१ डिग्री फरेनहाइट भन्दा बढीको ज्वरो आएमा, जोर्नीको दुखाई भएमा, साँस लिन वा निल्न गाह्रो भएमा, घाँटीको सूजन भएमा, छालामाडाबर आएमा, गाढा पिसाबसँगै गला बसेमा । एक हप्ताभन्दा बढी समयसम्म घाँटी दुखेमा । घरेलु उपचार : घाँटी दुखेको समस्यामा निम्न प्रकारका घरेलु उपचार गर्न सकिन्छ: मनतातो नूनीलो पानीले कुल्ला गर्ने जसले घाँटीमा भएको दुखाई कम गरी घाँटीलाई आराम दिन्छ । पर्याप्त पानी पिएर पर्याप्त जलयोजन (हाइड्रेसन) गर्ने । सामान्य तरल पदार्थहरू जस्तैः मह मिसाएको मनतातो पानी वा नरम चिसो खाना जस्तैः हलुवा वा दुग्ध पदार्थ लिने । एलर्जी जन्य तत्वहरू जस्तैः धूवाँ, रसायन वा धूलो आदि बाट जोगिने । वाफ लिने र हावाको आद्रीकरण गर्ने जस्तैः तातो बाफयुक्त स्नानगृहमा धेरै समयसम्म बस्ने। पारासिटामोल वा इबुप्रोफेन औषधी सेवन गरी जलन र दुखाई कम गर्ने । पेप्टिक अल्सर भएका रोगीहरूले र रक्तश्रावको जोखीम भएकाहरूलेयस्ता औषधी सेवन गर्न हुँदैन र वालवालिकालाई एस्पिरिन खुवाउनु हुँदैन । उपचार का विकल्पहरू : घाँटी दुखाई को उपचार तेसको कारण र गम्भीरतामा निर्भर गर्दछ । रोगको इतिहास हेरेर र शारीरिक परीक्षण, कंठश्राव र रगत जाँचबाट घाँटी दुखेको  कारण पत्ता लगाउन सकिन्छ । घाँटी दुखेका धेरैजसो समस्याहरू आफै निको हुने खालका हुन्छन् र पारासिटामोल र मनतातो नूनीलो पानीले कुल्ला गर्दा निको हुन्छ । स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने घाँटी दुखेको उपचार एन्टिबायोटिकबाट गरिन्छ । स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने जटिल खालको घाँटी दुखाई को उपचारका लागि पीप निकाल्नु पर्दछ वा वाथज्वरो भएकाे छ भने फेरि फेरि मुटु मा असर पर्न नदिन का लागि पूरै राेकथाम गर्न लामो समय सम्म एन्टिबायोटिक खानु पर्दछ । नाक बन्द भएमा नाक खोल्ने (डिकन्जेस्टेन्ट) र नाकको स्टेरोइड आवश्यक पर्दछ । बारम्बार भइरहने घाँटी दुखाईका लागि टन्सिल हटाउन गरिने शल्यक्रिया आवश्यक पर्न सक्छ ।