भारतबाट फर्कनेको लर्कोः जमुनाहा नाकाबाट मात्रै दुई लाख भित्रिए

नेपालगञ्ज । नेपालगन्ज, असोज २५ गते । दसैँ र तिहार मनाउन यहाँस्थित जमुनाहा नाका भएर स्वदेश फर्किने क्रम निरन्तर जारी छ । रोजगारी र अध्ययनका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । 

इलाका प्रहरी कार्यालय जमुनाहाले दिएको जानकारी अनुसार असोज १ गतेदेखि हालसम्म चाडपर्व मनाउन जमुनाहा नाका भएर दुई लाख ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् । 

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारी र अध्ययनका लागि भारतका विभिन्न ठुलठुला सहरमा गएका नेपालीहरू चाडपर्व मनाउन हुलका हुल स्वदेश फर्किएको बताउनुभयो । 

उहाँले गत भदौदेखि नै चाडपर्व मनाउन नेपालीहरू देश फर्किने क्रम सुरु भए पनि असोज १ गतेबाट ठुलो सङ्ख्यामा फर्किएको जनाउँदै यो नाकाबाट दुई लाख ५५ हजार १५६ जना नेपाली स्वदेश फर्किएको बताउनुभयो । 

रिक्सा, ई रिक्सा, बस, हाइस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपाली बर्सेनि ठगिने र लुटिने हुँदा नेपाल प्रहरीले सचेतना अभियान चलाउनुका साथै सहायता कक्ष पनि सञ्चालन गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बुढाथोकीले बताउनुभयो । 

उहाँले चाडपर्व मनाउन स्वदेश फर्किनेलाई सहज रूपमा नाका पार गर्ने वातावरण बनाइएको जनाउँदै त्यसका लागि सीमापारि भारतीय सुरक्षा नाकामा तैनाथ सुरक्षाकर्मीसँग पनि समन्वय गरिएको बताउनुभयो । 

अन्य दिनमा राति १० बजे भारतले बन्द गर्नेे नेपाल–भारत नाका हाल दसैँ मनाउन आउनेलाई ध्यानमा राखेर राति ११ बजेसम्म पनि खुला राखेको इन्चार्ज बुढाथोकीले बताउनुभयो । 

अहिले चाडपर्वका लागि स्वदेश फर्किरहेका नेपालीहरूको फर्किने क्रम दसैँ र सोपछि पनि जारी रहने इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । सो कार्यालयका अनुसार चाडपर्व सकिएपछि फेरि भारत फर्किनेको लर्को नाकामा सुरु हुने छ । 

कुराँश च्याम्पियनसिपमा २ स्वर्ण, ३ रजतसहित नेपाल दोस्रो

काठमाडौं । भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो हुन सफल भएको छ । हिजो वैशाख ८ गते भएको प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते । यस्तै, परी घर्तीमगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दीपिका अछाजुले रजत पदक प्राप्त गरे । दिक्षाले ४४ केजी मुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा पहिलो स्थान हासिल गरेका हुन् । दिक्षा र योगेन्द्र दुवैले फाइनलमा भारतीय खेलाडीलाई हराएको बताइएको छ । अर्जुनले ६० केजी मुनि तथा परीले महिला जुनियर ६३ केजी मुनि तौल समूह तथा दीपिकाले सिनियर ८७ केजी तौल समूहमा दोस्रो स्थान हासिल गरे । दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । २ दिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडीको सहभागिता रहेको थियो।

संविधानको कार्यान्वयनलाई जोड गरौँ : प्रधानमन्त्री

“अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।”

दसैंमा टीका र दक्षिणाको के छ महत्व ?

काठमाडौं । धर्मशास्त्रीहरूले दसैंमा विभिन्न समुदाय र क्षेत्रका मानिसले लगाउने विभिन्न रङका टीकाको विशेष महत्त्व भएको बताएका छन्। त्यसबाहेक टीका लगाउने साइत र टीका लगाएपछि दिइने दक्षिणाको पनि आ(आफ्नै महत्त्व रहेको उनीहरू बताउँछन् ।  घटस्थापनाबाट सुरु हुने दसैंमा दशौँ दिन अर्थात् दशमीको दिन मान्यजनको हातबाट टीका थापेर दक्षिणा लिने वा दिने गरिन्छ। त्यसपछि आशीर्वाद लिने वा दिने काम गरिन्छ। ठाउँअनुसार दसैंमा कुनै समुदायले रातो, कुनैले सेतो, कुनैले पहेँलो र कुनैले कालो रङको समेत टीका लगाउने गर्छन्। दसैंमा धेरै मानिसहरूले खासगरी हिन्दू समुदायका धेरैले रातो टीका लगाउने गरेको पाइन्छ। राई, लिम्बु, मगर, थारु, तामाङ र गुरुङ समुदायका कैयौँले भने दशैँमा अबिर वा केशरी नमिसाइएको सेतो टीका लगाउने गरेको पाइन्छ। कसै कसैले दशैँमा देवीका लागि बालिएको दियोमा जम्मा हुने ध्वाँसो चामलमा मिसाएर मुछेर कालो टीका बनाएर लगाएको पनि देखिन्छ। त्यस्तै पश्चिम नेपालको दैलेखको दुल्लुमा पहेँलो टीका लगाउने चलन रहे पनि पछिल्लो समय त्यो चलन हट्दै गएको त्यहाँका संस्कृतिविद्‌हरू बताउँछन्य सरी ठाउँ अनुसार फरक फरक टीका लगाउनुको पनि आफ्नो महत्त्व रहेको संस्कृतिविद् डाक्टर कान्ता भट्टराईको भनाई छ । विजया दशमी भनेको शक्तिको उपासना गरिने पर्व हो। रातो शक्तिको प्रतीक हो, सेतो सात्त्विकको प्रतीक हो भने कालो महाकालीको स्वरूप भएका कारण शक्तिकै प्रतीक हो। पहेँलो भनेको पनि सात्त्विकको प्रतीक हो। दशैँमा लगाइने टीकामा अक्षता, दही, रङका लागि अबीर वा केशरी अनि केरा मिसाउने गरिन्छ। यी सबै सामग्रीको पनि आफ्नै महत्त्व भएको संस्कृतिविद्हरु बताउँछन् ।  नेपालीहरुले मान्ने प्रायः सबै चाडपर्व कृषिसँग सम्बन्धित छन् । कृषि र प्रकृतिसँग जोडिएका पर्व भएकाले टीकामा अक्षता, दही, केरा र रङको प्रयोग गरिन्छ भने अनाज उमारेर जमरा लगाउने प्रचलन छ । 

कुन जिल्लामा कति निर्वाचन क्षेत्र ?

काठमाडौं, भदौ १४ । गत साउन ५ गते गठन भएकोे निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगले संविधान अनुसार संघीय संसद अर्थात प्रतिनिधिसभाका लागि १६५ संघीय र ३३० प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरिएको प्रतिवेदन बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो । प्रतिनिधिसभाको एक क्षेत्र बराबर प्रदेशसभाको २ क्षेत्र बनाइएको छ । सबैभन्दा धेरै काठमाडौंमा प्रतिनिधिसभा लागि १० वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । ३५ वटा जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । कुन जिल्लामा कति निर्वाचन क्षेत्र ? १० निर्वाचन क्षेत्र स् काठमाडौं । ६ निर्वाचन क्षेत्र स् मोरङ । ५ निर्वाचन क्षेत्र स् झापा, रुपन्देही र कैलाली । ४ निर्वाचन क्षेत्र स् सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा । ३ निर्वाचन क्षेत्र स् ललितपुर, चितवन, कास्की, कपिलवस्तु, दाङ, बाँके र कञ्चनपुर । २ निर्वाचन क्षेत्र स् इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, नवलपरासी सुस्ता पूर्व, नवलपरासी सुस्ता बर्दघाट पश्चिम, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख र अछाम । १ निर्वाचन क्षेत्र स् ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला ।

भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटीबिच भगिनी सम्बन्ध कायम

चितवन। भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटी बिच भगिनी सम्बन्ध कायम भएको छ। बुधवार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र छोङ्ग छिङ्ग सिटीका मेयर हुहङ्ग ह्वाले सम्झौता–पत्रमा हस्ताक्षर गरे। सम्झौतामा दुवै पालिकाले साझा समृद्धि र विकासलाई अभिवृद्धि गर्न व्यापार लगानी, सहरी व्यवस्थापन, संस्कृति, पर्यटन, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्ने जनाइएको छ। दुई पक्षबिचको मैत्रीपूर्ण आदान–प्रदान, सहयोगलाई निरन्तर अगाडि बढाउन, सरकारी विभागहरू र तहहरूमा सुदृढ गर्न निरन्तर सम्पर्क गर्ने जनाइएको छ। सोही कार्यक्रममा छोङ्ग छिङ्ग, अदिस अब्बा, सुभ्ली, भरतपुर र उत्तर ढाकाबिच पनि हस्ताक्षर भएको थियो। यसअघि भरतपुर महानगरपालिका प्रमुख दाहाल र छोङ्ग छिङ्ग सिटीका पार्टी सेक्रेटरी प्रमुख यान जाईजुनबीच भेटवार्ता भएको थियो। सो अवसरमा दुई देश बिचको सम्बन्धलाई नयाँ उचाइमा लैजान भरतपुर र छोङ्ग छिङ्ग बिचको भगिनी सम्बन्धले थप मद्दत पुराउने विश्वास गरिएको थियो। दुई सहरका नागरिक स्तरको सम्बन्ध कायम गर्दै एक अर्काको विकासमा सहयोग पुराउने बारेमा छलफल पनि भएको थियो। सो अवसरमा प्रमुख दाहालले भरतपुरको संक्षिप्त परिचय दिँदै भरतपुरको विकास र ठुला पूर्वाधार निर्माणमा लगानी गर्न छोङ्ग छिङ्ग सरकार र उद्योगीलाई आग्रह गरे। भरतपुर महानगरपालिका र छोङ्ग छिङ्गबीच अन्तर्राष्ट्रिय मित्रवत् सम्बन्ध र आपसी सद्भाव वृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरेकी थिइन्। उनले हिमालयको देश नेपालको मध्य भागमा अवस्थित सुन्दर नगरी भरतपुर महानगरपालिकाको तर्फबाट विशेष आभार प्रकट गरिन्। सम्मेलनले नेपाली नागरिक र चिनियाँ नागरिक बिचको जनस्तरको सम्बन्धलाई थप बलियो बनाउनुका साथै छोङ्ग छिङ्ग सिटी र भरतपुर महानगरबिच सुमधुर सम्बन्धको सुरुवात भएको बताइन्। भरतपुरमा केही महत्त्वपूर्ण विकास आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, भरतपुर–छुङसिङमैत्री पार्क, विश्वस्तरको पर्यटकीय होटेल तथा कृषिजन्य उद्योगहरू स्थापनाको लागि लगानी गर्न चिनियाँ सरकार, छोङ्ग छिङ्ग सिटी र व्यवसायकी घरानालाई आग्रह पनि गरिन्। चीनले छोटो समयमा हासिल गरेको गरिबी निवारण विश्वको लागि अनुकरणीय उपलब्धि भएको सो अवसरमा उनले बताइन्। साथै भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चीन र सम्पूर्ण नागरिकलाई भरतपुर भ्रमणका लागि निम्तो पनि दिइन्। कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालको नेतृत्वमा उपप्रमुख चित्रसेन अघिकारी, विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अघिकारी, उपनिर्देशक जगन्नाथ अर्याल, ई।साकार लामा, सूचना तथा वैदेशिक समन्वय शाखा प्रमुख मेनका पण्डित, विज्ञ सल्लाहकार अनिलकुमार पाठक, कृष्ण बगाले, गीता कुँवर अधिकारी लगायतको सहभागिता रहेको थियो।

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन्। नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएको लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।  उक्त अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताए । उनले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा गरे । विगतमा राजा चार्ल्सले गरेको नेपाल भ्रमणको स्मरण गर्दै उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त नेपाली ‘डायस्पोरा’को काम र उपलब्धिबाट आफू प्रेरित भएको बताए ।   बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत–नेपालबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै बेलायतले नेपालको विकास प्रयासमा सहयोग गरिरहेको र त्यो जारी रहने बताए । उनले नेपाालसँगको आर्थिक सम्बन्धलाई थप विस्तार गरी उसको मध्यम आययुक्त मुलुक बन्ने लक्ष्यमा सहायता गर्ने बताए ।   बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट प्रधानमन्त्री सुनकप्रति शुभकामना व्यक्त गर्दै सन् १९२३ मा सम्पन्न मैत्रीसन्धिका विविध पक्षको चर्चा गरे । उनले मैत्रीसन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान भएको उल्लेख गरे ।   नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल भएका प्रगतिबारे जानकारी दिँदै राजदूत आचार्यले नेपालको विकासमा बेलायतले पुर्याएको सहयोगका निम्ति आभार व्यक्त गरे । रासस

सोमपालले लिए नेपालका लागि पहिलो विकेट

काठमाडौं । नेपालका सोमपाल कामीले युएईको पहिलो विकेट लिएका छन् । एसीसी प्रिमियर कप टी २० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा जवाफी व्याटिङ गरेको युएईको दोश्रो ओभरमा सोमपालले मोहम्मद वासिमलाई बोल्ड गरे । जितका लागि १२० रनको लक्ष्य पछ्याएको युएईले २ ओभर सकिदा एक विकेटको क्षतिमा १५ रन बनाएर खेलिरहेको छ । यसअघि कमजोर व्याटिङ प्रदर्शन गरेको नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।  नेपालका आठ खेलाडीले दोहोरो अंक जोड्न नसकेको खेलमा २० ओभर खेल्दा नौ विकेट गुमाएर नेपालले ११९ रन बनाउन सक्यो ।   नेपालका लागि सन्दिप जोराले ५० रन बनाए भने गुल्सन झाले २० रन तथा करण केसीले १७ रनको योगदान गर्दा अन्य खेलाडीले विर्सनलायक प्रदर्शन गरे ।   

एमालेका ९ मन्त्री जसले नेतृत्व गर्नेछन् यी मन्त्रालय

काठमाडौं । नेकपा एमालेले पनि नयाँ सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । गत वर्षका अधिकांशले मौका पाएका छन् । नयाँमा रघुवीर महासेठ र बलराम अधिकारी थपिएका छन् । एमालेले सचिव रघुवीर महासेठको नेतृत्वमा एक राज्यमन्त्रीसहित ९ जनालाई पठाइएकाे छ । रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाइनेछ ।  नेकपा एमालेले पदम गरी कानुन मन्त्री,राजेन्द्र राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, ज्वालाकुमारी शाह कृषि तथा पशुपन्छी विकास, दामोदार भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, भगवती चौधरी  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र  र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेतीलाई पठाएको छ ।

हाम्रा युवाको सपना खाडीमा खेर जान नदिऔँ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्र बाह्य भन्दा पनि आन्तरिक कारणले कमजोर बनेको टिप्पणी गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभामा उनले सो कुरा बताएका हुन् । “किनभने यस अवधिमा भारत बंगलादेशलगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३।३ प्रतिशतमात्र हुने अनुमान सार्वजनिक गरेको छ । जब कि बंगलादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ,” उनले भनेका छन् । उनले नेपालका युवाहरुका सपना खाडीमा खेर जान नदिन प्रतिवद्ध हुनुपर्ने, उद्यमीको मोहरलाई रुपैयाँ बनाउन अवसर दिनुपर्ने, रित्तिएका पहाड हराभरा बनाउन नेपालको निजी क्षेत्रलाइ थप हौसला थप्नुपर्ने बताए । सम्बोधनको पूर्णपाठ उद्योग वाणिज्य दिवस एवं नेपाल उद्योग वाणिज्य महासंघको यस ५८ औं बार्षिक साधारणसभाको उदघाटन कार्यक्रममा   यहाँहरु   सबैलाई   हार्दिक   स्वागत गर्दै उपस्थितिका लागि आभार व्यक्त गर्दछु  ।   म  लगायत  नयाँ  कार्यकारिणी  समितिले कार्यभार सम्हालेको एक बर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा थियो ।  मैले  महासंघको  नेतृत्व गर्नुपूर्व  म  एक्लै, अरु एकदुइ जना साथीभाइ र परिवारबाट शुरु भएको मेरो व्यवसायमा  करिब २० हजारको परिवार  बनेकोे छ । महासंघमा जोडिएसंगै करिब ६ लाख व्यवसायी सहितको परिवार बन्यो । हामीसंग विविध कारणले  सदस्य  नभएका  वा  हुन  नपाएका व्यवसायी  पनि  यो  परिवारका  सदस्य  हुन् । यसको अर्थ महासंघ परिवार  सम्पूर्ण निजी क्षेत्रका सदस्यहरुको हो ।    हाम्रो वृहत परिवार यो सिंगो मुलुक हो । निजी क्षेत्र यो वृहद परिवारको आय आर्जन गर्ने  सदस्यहरु  हुन्  । हामी  निजी  क्षेत्र  र  सर्वसाधारणलाई  आवश्यक  सेवा  र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो । सरकारले दिने सेवा र सुरक्षा विना हामी काम  गर्न  सक्दैनौ  ।  हामीलाई  सेवा  र  सुरक्षा  दिए  वापत  हामी राज्यलाई कर  बुझाउँछौं  ।     अहिले  परिवारमा  आम्दानी  र खर्चबीच  तालमेल मिलेको  छैन  ।  मुलुकको  खर्च  धान्ने निजी क्षेत्र पंखेटा पिंmजाएर थप आर्जन गर्न खोजिरहेको छ तर त्यसका लागि आवश्यक सेवा  र  सुरक्षा  पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै  मात्र भए पनि प्रोत्साहन चाहेको छ ।    म युवाहरुको सपनाको बारेमा कुरा गर्न चाहन्छु । म उद्यमशीलताको कुरा गर्न चाहन्छु ।  उद्यमशीलता एउटा कठीन तपस्या हो । कुनै पनि नयाँ काम गर्न नवीन सोच र आइडिया चाहिन्छ । त्यसलाई कार्यान्वयन  गर्न रकम चाहिन्छ ।  यस्तो रकमको जोहो घरवार  धितो  राखेर नै गर्नुपर्छ ।  अब  त्यो  आइडियालाई  समाजले  स्वीकार  गर्ने  गरि  तयार  पार्नुपर्यो  ।  राजनीतिक तहबाट  त्यसलाई  अपनत्व  ग्रहण  गरिदिनुपर्यो  ।  कानुनी  अडचन  हुनु  भएन  र वातावरणीय रुपमा दिगो हुनुपर्यो । यी सबै आधारभूत बिषय पुरा गरेपछिमात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ ।   तर यति हुँदा हुँदै पनि म  आज यहाँ  निराशामात्र व्यक्त गर्न चाहन्न ।  म यो सम्भावना नै सम्भावना भएको मुलुकको रुपमा देख्छु । यी सम्भावनालाई यथार्थमा परिणत गर्न राजनीतिक नेतृत्वको  भूमिकाको  बारेमा पनि कुरा गर्छु ।  सम्भावना पहिल्याउन अहिलेको वास्तविक चित्रण आवश्यक छ । अहिले विदेशी मुद्राको संचिति हालसम्मकै उच्च छ । अर्थात करिब साढे १२ महिनाको वस्तु  तथा  सेवा  आयात  गर्न  पर्याप्त  छ  । बैंकहरुमा  पनि  तत्काल  कर्जाका  रुपमा  दिन सकिने  करिब  ६  खर्ब  रुपैया  छ  ।  उद्यमी  व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्युन छ ।     भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस  अवधिमा  एक  खर्ब  रुपैयाको  निर्यात  हुँदा  ८० अर्ब  रुपैया  त  विद्यार्थीहरु  विदेश जाँदा  बाहिरिएको  छ  ।  नेपाल विश्व व्यापार संगठनको सदस्य बने यता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ ।   वैदेशिक लगानी  कुल  गार्हस्थ्य  उत्पादनको  शुन्य  दशमलब २ प्रतिशत हाराहारीमात्रै छ ।   वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय  व्यवस्थापन  खर्च  पूँजीगत  खर्च  भन्दा  झण्डै  दोब्बर  भएको  छ  ।  आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढने सम्भावना देखिएको छ ।  निर्यात लगानी, सहायता सबै कम हुँदा पनि वाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौँ भैसकेको त हामीलाई विदितै छ ।  रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्युन हुन्छ ।  विगतमा  बढदो  रेमिट्यान्सले  माग  बढाउँदा  सरकारको  राजश्व  पनि  बढेको  थियो  । राजश्व अपेक्षित रुपमा बढन सकेको छैन् । न्युन पूँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ । सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु   यी माथिका तथ्यांकहरु मैले हाम्रो अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा जानकारीका लागि प्रस्तुत गरेको हुँ । किनभने अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र यसको निकास खोज्न सजिलो हुन्छ भन्ने मलाई लाग्दछ ।    करिब दुइ बर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान  नगर्दा  समस्या झन् बल्झिँदै गएको हो । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौँ ।    यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेश हुदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् ।    श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए । यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ ।  भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७।८ प्रतिशतबाट करिब दुइ प्रतिशत सकारात्मक भएको छ ।    नेपालको अर्थतन्त्र कमजोर हुनुमा वाह्य भन्दा आन्तरिक कारण नै प्रमुख हुन ।  किनभने यस अवधिमा भारत बंगलादेश लगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व  बैंकले  नेपालको  आर्थिक  वृद्धि  चालु  वर्षमा  ३.३  प्रतिशत  मात्र  हुने  अनुमान सार्वजनिक गरेको छ । जब कि बंगालादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ । गत बर्ष पनि नेपालको वृद्धि दुइ प्रतिशत भन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशत भन्दा बढिले विस्तार भएको थियो ।   भारतमात्रै होइन हाल निक्कै उच्च दरमा वृद्धि हासिल गरिरहेका बंगलादेश, क्याम्बोडिया, लाओस, रुवाण्डा र इथियोपिया जस्ता मुलुकको बिकासको मुख्य आधार निजी  क्षेत्रले  डोर्याएको  वृद्धि  नै  हो  ।  कुनै  समयका  द्धन्दग्रस्त  र  निक्कै  गरिब मुलुकहरुको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशत माथि छ । नेपालको भने औसत ४ प्रतिशत छ ।   पछिल्लो  दुइ बर्षमा  न्युन  आर्थिक  वृद्धि  हुनुको  कारण  निजी क्षेत्रले काम  गर्न नपाउँदा हो । यस बर्ष पनि उत्पादनमुलक क्षेत्रको वृद्धिदर शुन्य दशमलब ४ प्रतिशतले ऋणात्मक छ ।   सम्माननीय   प्रधानमन्त्रीज्यू,   दलका   प्रमुखज्यू   लगायत   उच्च   नेतृत्व   वर्ग   ।      म व्यक्तिगत रुपमा हरेक क्षेत्र र प्रयासलाई सकारात्मक रुपमा हेर्ने व्यक्ति हुँ । मैले सकेसम्म होइन, छैन र हुँदैन भन्ने शब्द प्रयोग पनि गर्दिन । हामी आफैँमा सम्पन्न र सक्षम छौँ । हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरु कुनै बाहिरी प्रभाव भन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले आज पनि म भन्छु, हामीले लिने साना तर सकारात्मक प्रयासहरुले पनि हामीलाई ठूलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ ।       हाम्रा युवाहरुका सपना खाडीमा खेर जान नदिऔँ । उद्यमीको मोहरलाई रुपैया बनाउने अवसर दियौँ । रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ । हामी भुकम्पपछि कसरी उठ्यौं रु अनि कोभिड पछि कसरी तंग्रियौं रु यी दुख बाट पनि हामीले प्रेरणा लिन सक्छौँ । मुलुकको निजी क्षेत्र बिकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ ।   सबै मिलेर यही वातावरण निर्माण गरौँ र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔँ भनेर हामीले आजको यस गरिमामय सभामा यहाँहरु सामु पाँच बुँदे प्रतिवद्धतापत्र  पेश  गरेका  छौ  । यसमा हामी यहाँहरुको प्रतिबद्धताको अपेक्षा गरेका छौँ ।    अहिले  निराशा  र  अविस्वास  बढेका  बेला  यहाँहरुले  यी  प्रतिवद्धता  जनाइदिनुभएमात्रै पनि सकारात्मक सन्देश जाने मैले अपेक्षा गरेको छु । यहाँहरु समक्ष यसका लागि हार्दिक अनुरोध गर्दछु ।   नेपाल उद्योग वाणिज्य महासंघले राख्दै आएको द्धिपक्षीय लगानी सम्झौता बीआईए को खाका मन्त्रीपरिषदबाट पारित भएको छ । म यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यु प्रति आभार व्यक्त गर्दछु ।  अब छिट्टै नै हामीले सुधारका लागि तयार पारेको १२ कानुन एवं नियमावली पनि पारित हुने अपेक्षा गरेका छौ ।    आजको यस कार्यक्रममा मुलुकभरबाट करिब एक हजार भन्दा बढि उद्यमी व्यवसायी भेला भएका छौं । व्यवसायी र आम सर्वसाधारणको मुहारमा मुस्कान छर्न राजनीतिक नेतृत्व र हामीले धेरै काम गर्नुछ । यो निराशालाई आशामा परिणत गर्नुछ ।  अबको दुइ दिनपछि नयाँ बर्ष २०८१ शुरु हुँदैछ । सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, नेतृत्व वर्ग नयाँ बर्षमा हामी व्यवसायीहरुले यहाँहरुबाट के सन्देश लिएर जाने अब यो यहाँहरुको हातमा छ ।    नयाँ वर्ष २०८१ को शुभकामना ।

माओवादी केन्द्रको परामर्श बैठक निरन्तर, आजदेखि उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्र उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आज सुरु हुँदैछ । बैठक भोलिसम्म चल्ने छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार भदौ ५ र ६ गते बागमती प्रदेशस्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गर्नुभएको छ । प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ। परामर्श बैठक कहाँ कहिले ? * बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते । * उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते । * गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते । *सुदूपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते । * कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते । * लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते । * तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते । * मधेश प्रदेशका के.स. हरूको बैठक भदौ २२ र २३ गते । * १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते । * ज.व.स. मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरूको बैठक भदौ २७ र २८ गते ।  * प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ र असोज १ गते । * जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।

कोटेश्वरको रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्। रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।  गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत २३ गते शुक्रबार सन् २०२४ अप्रिल ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर १३३ रुपैयाँ ८१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ६७ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा र बिक्री दर १६९ रुपैयाँ ४० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर   

नेप्से १७.३० अंकले घट्यो, कारोबार कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १७.३० अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ०.८५ प्रतिशतले घटेर २०१८.३३ विन्दुमा बन्द भएको हो । घटेको बजारमा निर्जीवन बिमा समूहका लगानीकर्ताले भने राम्रो लाभ लिएका छन् । कारोबारमा आएका १३ मध्ये निर्जीवन बिमा समूहको परिसूचक वृद्धि भएको छ । अरू समूहको परिसूचक घटेको छ । निर्जीवन बिमा समूहको परिसूचक ०।१२ प्रतिशतले बढेर १०४६५.९८ विन्दु कायम भएको छ । यस दिन सर्वाधिक परिसूचक घट्नेमा उत्पादन तथा प्रशोधन समूह ३.६५ प्रतिशत छ । ६३ कम्पनीको सेयर मूल्य बढेको छ । १७२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आइतबार तीन अर्ब २० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वोत्तम सिमेन्टले सर्वाधिक बजार हिस्सा ओगटेको छ । यो कम्पनीको २८ करोड ६८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो । तर, यसको सेयर मूल्य प्रतिकित्ता ९।९९ प्रतिशतले घटेर कारोबार भयो । नेप्सेमा सूचीकृत भएदेखि नै यो कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि हुँदै आएको थियो । त्यसैगरी, गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो ।मायाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ ४० पैसा वृद्धि भएर ३३४ रुपैयाँ ४० पैसा कायम भएको छ ।  

शिक्षक बढुवाको लागि पद निर्धारण र बढुवाको आधार

काठमाडौंः शिक्षक सेवा आयोग नियमावली २०५७ ले प्राथमिक, निम्न माध्यमिक र माध्यमिकतहको प्रथम र द्वितीय श्रेणीको रिक्त पदहरू मध्ये २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षा र ७५ प्रतिशत कार्य सम्पादन मूल्यांकन आधारमा बढुवाद्वारा पूर्ति गर्ने व्यवस्था गरेको छ । आयोगले शिक्षकलाई बढुवाको लागि सिफारिस गर्दा निजको कार्य क्षमताको आधारमा बढुवा गर्नेछ भन्ने व्यवस्था पनि गरेको छ । शिक्षकको कार्य क्षमताको मूल्याङ्कन बढीमा १०० अङ्क दिइनेछ । जसमा नोकरीको ज्येष्ठता वापात ३५, शैक्षिक योग्यता वापत २० र तालीम वापत १० दिईनेछ भन्ने नियमावलीको नियम २८ मा यो व्यवस्था गरिएको छ । यस्तै, कार्य सम्पादन मुल्याङकनमा पनि अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि वापत १५, शिक्षण कार्यसँग सम्बन्धित विषयमा अनुसन्धान गरे वापत ५, विशेष जिम्मेवारी वापत ५, कार्य सम्पादनको आधारमा सुपरीवेक्षक र पुनरावलोकन समितिले गरेको मुल्याङ्कन वापत १० दिईनेछ भन्ने नियमावलीले प्रष्ट व्यवस्था गरेको छ ।

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ। अख्तियार उच्च स्रोतका अनुसार सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो। अख्तियार स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको थियो।