प्रधानमन्त्रीमा ओलीको नियुक्ति र शपथ आइतबार, नियुक्तिबारे पर्न सक्छ मुद्धा

काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । शुक्रबार बेलुका शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष ओलीसहित दुई दलका नेताहरु शीतलनिवास पुगेर दाबी पेस गरेका हुन् ।

शीतल निवास स्रोतका अनुसार आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर त्यही  दिन साँझ नै सपथ गराइने भएको छ ।

ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझसम्मको समयसीमा दिएर आव्हान गरेका थिए।

नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते नयाँ समीकरणमा सहमति बनेसँगै प्रचण्डले संविधानको धारा १०० को उपधारा–२ अनुसार विश्वासको मत लिने निर्णय गरेका थिए।

को बन्दै छन् मन्त्री 

प्रधानमन्त्रीमा ओलीले शपथ लिएकै दिन अधिकांश मन्त्रीले शपथ लिने बताइएको छ।नेताहरूका अनुसार अर्थमा एमाले उपाध्यक्ष विष्णु पौडेल र गृहमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले शथप लिने सम्भावना बलियो छ ।

सरकार गठनबारे पर्न सक्छ मुद्धा

संविधानको धारा ७६(२) अन्तर्गत बनेको प्रधानमन्त्री प्रचण्डको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम पहिलो दललले सरकार बनाउँ भनेर आह्वान गर्नुपर्ने संविधानविदहरुको तर्क छ ।

राष्ट्रपतिले सो आह्वान नगर्दा राष्ट्रपतिमाथि संवैधानिक नैतिकताको प्रश्न उठेको उनीहरुको तर्क छ ।कुनै दलले एउटा धाराबाट सरकार बनाएर त्यसलाई गिराउँदै फेरि सोहि धाराबाट अर्को सरकार बनाउने कुराको परिकल्पना संविधानले नगरेको हुँदा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि गरेको आह्वान संविधानको मनसाय र भावना भन्दा फरक भएको भन्दै मुद्दा पर्ने सम्भावना रहेको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश मोहम्मद अब्दुल अजीज मुसलमानको इजलासले अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको हो।  अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका पाँचमध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो।   

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत २७ गते मंगलबार सन् २०२४ अप्रिल ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १४४ रुपैयाँ ६६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर   

मुख्य सचिवको बढुवामा असन्तुष्टि जनाउँदै सचिव ज्ञवालीको राजीनामा

काठमाडौँ । मुख्य सचिव बढुवामा असन्तुष्टि जनाउँदै सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिनुभएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले चौथो नम्बरका सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्तिको निर्णय लिएसँगै सबैभन्दा वरिष्ठ सचिव ज्ञवालीले राजीनामा दिनुभएको हो । सरकारले आफूभन्दा कनिष्ठलाई नियुक्त गरेपछि ज्ञावालीले राजीनामा दिएको स्रोतले बताएको छ ।  वरिष्ठताको आधारमा आफूलाई मुख्य सचिव बनाउने छनक नपाएपछि उहाँ बुधवार दिउँसोदेखि नै कार्यालय जानुभएको थिएन । बिहीबार ज्ञवालीले राजीनामा नै दिनुभयो । ज्ञवाली राष्ट्रिय योजना आयोगमा सचिव हुनुहुन्थ्यो। ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई तेस्रो वरीयताका सचिव हनुहुन्छ । ज्ञवालीको कार्यकाल यही २२ गते सकिँदै थियो । मन्त्रिपरिषद्ले उनको राजीनामा बिहीबार नै स्वीकृत गरिसकेको छ । 

सहकारी प्रकरणको छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

कार्यदलमा कानूनमन्त्री पदम गिरीको संयोजक,सदस्यहरुमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेका छन् ।

परिवर्तनको महसुस हुनेगरी बजेट ल्याउँछौं : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा जनताले परिवर्तन एवं विकासको महसुस गर्ने बताएका छन्। नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टीले आज गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताए।  आगामी आर्थिक वर्षको बजेट विगत आर्थिक वर्षको जस्तो नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले अध्यादेशमार्फत ऐन संशोधन गरेर जनताको सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण भइरहेको स्पष्ट पारे। आगामी आर्थिक वर्षको बजेट निर्माणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने स्पष्ट पारे।  “गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।” “आगामी आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।” माओवादीले मात्र सामाजिक न्यायको क्षेत्रमा लाखौं मिटरब्याजबाट पीडितलाई न्याय दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यही सरकारले मात्र विदेशमा रहेका श्रमिक एवं देशभित्रका न्यून आयभएका श्रमिकलाई सामाजिक सुरक्षामा सामावेश गराइएको बताए। गोरखा जिल्ला जनयुद्धको समयमा पनि अग्रणी भूमिका रहेको उल्लेख गर्दै उनले विकास निर्माण र सामाजिक न्यायको विषयमा जनताले गरेको अपेक्षालाई सम्बोधन गर्ने विश्वास दिलाए।  गत वर्ष बजेट तथा नीति तथा कार्यक्रममा जनताको चाहनाअनुसार गर्न नसकिएको उल्लेख गर्दै प्रधानन्त्री प्रचण्डले गत आवमा परम्परागत बजेट निर्माण भयो र त्यसले अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको बताए। 

चितवन बस दुर्घटना  खोजी कार्य शुरु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस  बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ। दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगि उद्दार कार्य शुरु गरेको छ ।

बिमस्टेक कार्यक्रममा भाग लिन परराष्ट्र सचिव भारत जाँदै

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिवालय सेवा लम्साल आज भारत जाने भएकी छन्। भोलिदेखि सुरु हुने दोस्रो बिमस्टेक विदेशमन्त्रीहरुको निर्धारित रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यता जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कार्यक्रममा उपप्रधानमन्त्री समेत रहेका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ जाने कार्यक्रम तय भएको थियो। तर राजनीतिक परिस्थितिका कारण उनले आफैँ नगएर सचिवलाई पठाएका हुन्।  उनको सचिवालयका अनुसार असार २८ गते प्रधानमन्त्रीले विश्वासका मत लिने कार्यक्रम रहेकाले मन्त्री श्रेष्ठ भारत नगएका हुन्। कार्यक्रममा बिमस्टेकभित्र पारस्परिक हितका विषयमा सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउन छलफल हुने बताइएको छ। यसअघि भारतमै बिमस्टेक सम्मेलन भएको थियो । असार २८ गते सकिने सो कार्यक्रमपछि बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव लम्साल असार २९ गते फर्किने कार्यक्रम रहेको छ । 

भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस

काठमाडौँ । सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो। एक मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ । यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वसचिव चन्द्र घिमिरे र बेलायतका लागि डा. विजय पन्त सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय – आठ देशको राजदूत नियुक्तिका लागि सिफारिस गर्ने । जसअनुसार अमेरिकामा चन्द्रकुमार घिमिरे, भारतका लागि लोकदर्शन रेग्मी, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कको लागि सुम्निमा तुलाधर, मलेसियाको लागि नेत्रप्रसाद तिमल्सिना, बेलायतका लागि डा।विजन पन्त, स्पेनका लागि डा। पुष्पराज राजकर्णिकार, साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गर्ने । – विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने । – स्थानीय पूर्वाधार सहयोग कार्यक्रम कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पका काराण भएको क्षतिको पुनःनिर्माण र पुनःस्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८।१ मिलियन पाउन्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने । न्यिदब िक्ष्mभ दबलप – राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा। राजेन्द्रप्रासद यादवलाई नियुक्त गर्ने । – अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कार्यक्षेत्र रहने गरी सञ्जीवकुमार शर्मा, अस्टे«लियाको भिक्टोरिया राज्इ कार्यक्षेत्र रहने गरी निराजन गौडेललाई नियुक्त गर्ने । – प्रतिलिपि अधिकार सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने । – विद्युत् नियमन आयोगको अध्यक्षमा डा। रामप्रसाद धिताल, सदस्यहरुमा डा। मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्ति गर्ने ।

सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन् । अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा उनले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताए ।  लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको र उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागिसमेत भएको मन्त्री पुनको भनाइ थियो ।  मुलुकमा तीव्र आर्थिक विकासका लागि आन्तरिक श्रोत परिचालन मात्र पर्याप्त नहुने भएकाले बाह्य लगानी आकर्षित गर्नैपर्नेमा अर्थमन्त्रीले जोड दिए।  नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भन्नेमा राजनीतिक दलहरुबीच मतैक्य रहेको पनि मन्त्री पुनले स्पष्ट गरे । ‘सरकारले निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमै राखेर काम गर्ने हो’, मन्त्री पुनले भने, ‘सरकार र निजी क्षेत्रबीच आपसी साझेदारी र विश्वासका साथ काम गरौं भन्नेमै सम्माननीय प्रधानमन्त्री र मेरो जोड छ ।’ लगानी वातावरणका लागि नीतिगत निरन्तरता र स्थायित्व हुनुपर्नेमा सरकार स्पष्ट गरेको चर्चा गर्दै उनले पछिल्लो डेढ देशकमा जलविद्युत र सिमेन्ट उद्योगको विकासमा भएको प्रगतिको कारण नीतिगत स्थायित्व भएको उल्लेख गरे ।

सुनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । मन्त्रिपरिषद्ले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयको लागि मन्त्रिपरिषद्बाट निर्णय गराउन मन्त्रिपरिषद् बैठक बोलाएका थिए। शुक्रबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बनाएको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। यी हुन् ०८० चैत २ गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले २०८० चैत १ गते माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने ।  २. देहायका प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा गर्नेः क. श्री श्यामलाल ज्ञवाली, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्यूरो  ख. श्री किरण बज्राचार्य, केन्द्रीय अनुसन्धान ब्यूरोबाट नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग

ट्यांकर चालक संघ र सरकारबीच सहमति, पेट्रोलियम ढुवानी समस्या समाधान (सहमतिसहित)

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भएको छ । सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा अध्ययन गरेर सबै समस्याको बारेमा प्रतिवेदन पेस गर्ने र सोहीअनुसार माग पूरा गर्ने सहमति भएसँगै अहिले देखिएको ढुवानी समस्या समाधान हुने भएको हो ।  नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार निगमको बजार व्यवस्थापन शाखाका नायव कार्यकारी निर्देशक संयोजकत्वमा समिति गठन हुने सहमति भएको हो। उक्त समितिले १५ दिनभित्र प्रतिवेदन तयार पार्ने र सोहीअनुसार चालक सहचालकहरूको माग सम्बोधन गरिने उनले जानकारी दिए। “समिति गठन हुने सहमति भएको छ । अब उहाँहरू डिपोमा पेट्रोलियम पदार्थ लिन जानुहुन्छ,” उनले भने, “आज बजारमा देखिएको पेट्रोलको अभाव एक घण्टाभित्र समाधान हुन्छ ।”  यस्तै चालक संघका अध्यक्ष ईश्वर लामाले निजी ट्यांकर चालक र सरकारी ट्यांकर चालकबीच रहेको पारिश्रमिक अन्तर समाधान हुनुपर्ने बताए । पेट्रोल पम्पमा काम गर्ने कर्मचारी जोखिममा हुने र उनीहरुको सुरक्षाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । अन्यथा १५ दिनभित्र समाधान नभए देशभर ढुवानी बन्द गरेर आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । 

प्रस्तावित महालेखापरीक्षक रायविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधानिक परिषदबाट महालेखा परीक्षकमा सिफारिस तोयम रायविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन भनेको हो। उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने सूचनामा उल्लेख छ । उजुरी गर्न चाहनेले संघीय संसद सचिवालयको नम्बर ०१–४२००२७७ मा सम्पर्क गर्न सकिने छ भने कार्यालयको इमेलमार्फत पनि उजुरी दिन सकिने जनाइएको छ। हिजो सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो।यसअघि आइतबार बसेको संवैधानिक परिषद बैठकले महालेखापरीक्षकमा तोयम रायलाई सिफारिस गरेको थियो ।

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार १८ गते मंगलबार सन् २०२४ जुलाई १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। मंगलबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर १३३ रुपैयाँ ८१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ १७ पैसा र बिक्री दर १४३ रुपैयाँ ८२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८० पैसा र बिक्री दर १६९ रुपैयाँ ५६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

बोल्दाबोल्दै रोकेपछि रामहरि खतिवडालाई रविले सम्बोधन टुंग्याउदै भने -‘वाह ! मर्निङ् सोज द डे’

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई दिउँसोको पूर्वानुमान बिहानीले गर्छ भन्दै कटाक्ष गरेका छन् । गृहमन्त्री लामिछानेले रोष्ट्रममा बोल्दै गर्दा नियमापत्ति जनाउँदै सांसद खतिवडा उठेपछि लामिछानेले ‘मर्निङ् सोज द डे’ भन्दै व्यंग्यात्मक प्रहार गरेका छन् ।  लामिछानेले बोल्दै गर्दा बिचमै उठेर सांसद खतिवडाले भने, ‘विश्वासको मत लिने समयमा गृहमन्त्रीका हैसियतले बोलाइएको हो कि रास्वपाको नेताको हैसियतले ? यहाँको भाषण रास्वपाको नेताको हैसियतमा हो कि गृहमन्त्रीको हैसियतमा ? जानकारी पाउँ सभामुख महोदय ।’ सांसद खतिवडाको प्रश्नको जवाफ दिँदै उपसभामुख इन्दिरा रानाले रवि लामिछानेलाई ‘उपप्रधानमन्त्री तथा गृहमन्त्री र रास्वपाको नेताको हैसियतले यहाँ समय नदिइएको’ बताइन् । त्यस्तै उनले अभिव्यक्ति छोट्याउन समेत आग्रह गरेकी छिन् ।  त्यति गर्दा पनि सांसद खतिवडाले विरोध गर्न नछोडेपछि आक्रोसित भएका लामिछानेले भने, ‘सभामुख महोदय, म ! मिनेटमा आफ्नो भनाई टुङ्ग्याउँछु, त्यो एक मिनेट मलाई दिनुभयो भने म यो ठाउँ खालि गरिदिन्छु ।’ त्यति भन्दा पनि सांसद खतिवडाले हल्ला गर्न नछोडेपछि उनले भने, ‘माननीयज्यू सरकार बन्न पाएको छैन, यताबाट सुरु गर्न थालिसक्नु भयो । वाह, मर्निङ सोज द डे । तपाईँहरुको बिहानीको लागि शुभकामना ।’ त्यस्तै उनले आफूले कार्यविधिअनुरुप नै बोलेको बताए। 

नेपालका कप्तान रोहितको अर्धशतक

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो ट्वान्टी–२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य प्राप्त गर्न अघि बढेको नेपालबाट रोहितले २७ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् । जारी खेलको ११ ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर ९६ रन बनाएको छ । नेपालका ओपनरद्वय अनिल साह पाँच र कुशल भुर्तेल १६ रन बनाएर पभेलियन फर्किएका थिए । कुशल मल्लले १६ रन जोडे । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०४ रन बनाएको थियो ।