रिपिटर टावर जडानसँगै मोवाइल लिनेको संख्या बढ्यो
रसुवा, असार ११ । प्रत्येक नागरिकलाई सञ्चारको पहुँच पुर्याउने सरकारको नीतिअनुरुप नेपाल टेलिकमले जिल्लाका विभिन्न ठाउँमा रिपिटर टावर जडान कार्य अगाडि बढाएको छ ।
नेपाल टेलिकम रसुवा शाखाका प्रमुख जनक डाँगीका अनुसार धुन्चे, टिमुरेको खैदी, गोल्जुङ भन्ज्याङ, ठाडे जिवजिवे क्षेत्रमा मोबाइल सेवाका लागि रिपिटर टावर जडान भइसकेको र दुर्गम क्षेत्र यार्सा र डाँडागाउँ ठूलोगाउँका लागि कालिका स्थानमा रिपिटर टावर सञ्चालनमा ल्याइने भएको छ ।
ठाउँठाउँमा रिपिटर टावर जडान भएका कारण २० हजार रसुवालीले मोबाइल सेवा लिइसकेको नगारिक समाजको अनुमान छ । राष्ट्रिय जनगणनाका आधारमा यहाँको जनसङ्ख्या ४३ हजार छ ।
गाउँपालिका, स्वास्थ्य संस्था र माध्यमिक विद्यालयलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने कार्य पनि अगाडि बढाइएको टेलिकमका प्रमुख डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार अप्टिकल फाइबरको व्यवस्था भने धुन्चे सदरमुकामसम्म भइसकेको छ ।
यस्तै ल्यण्ड लाइन फोन नेपाल–चीनको अन्तर्राष्ट्रिय क्षेत्र टिमुरे सिमाना स्याफ्रुबेसी, धुन्चे, कालिकास्थान र जिवजिवे गरी मुख्य पाँच स्थानमा ९६४ थान उपलब्ध गारइएकामा ३५० वटामा इन्टरनेटकोे सुविधासमेत उपलब्ध गराइएको र यसबाट रु ६० लाख शुल्क उठ्ने गरेको नेपाल टेलिकमले जनाएको छ ।
सञ्चार सुबिधाले दूरदराजका ग्रामीण बासीमा उमङ्ग छाएको स्थानीय पण्डित टङ्कप्रसाद ढकालले बताउनुभयो ।
प्रभु साह बने शहरी विकास मन्त्री
काठमाडौं, नेपाली कांग्रेसका सभापति शेर बहादुर नेतृत्वमा बनेको सरकारमा माओवादी नेता प्रभु साहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि लघु मन्त्रीमण्डल गठन गर्दा उनको मन्त्रालय तोकिएको थिएन । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल पछि साहलाई सहरी विकास मन्त्रालय दिएका हुन ।
सूर्योदय समाज सेवा जिल्ला परियोजनाको बैठक सम्पन्न
पुष्पा महरा भक्तपुर । सूर्योदय समाज सेवा अन्तरर्गत सञ्चालन भइरहेको बेटर ब्रिक–नेपाल परियोजना अन्तर्गत जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । जेठ २९ गते जिल्ला समन्वय समिति भक्तपुरको सभाकक्षमा सो बैठक सम्पन्न भएको हो । बैठकमा जिल्लास्थित सरकारी निकायका प्रतिनिधिहरु स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइराला, जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, लुमा श्रेष्ठ, महिला विकास अधिकृत निला कुमारी घिमिरे, घरेलु तथा साना उद्योग कार्यालयका सीताराम खड्का, बरिष्ठ पशु विकास अधिकृत प्रभात झा, विद्यालय निरीक्षक विमलप्रसाद निरौला, सूर्योदय समाज सेवामा आवद्ध निराजन ढुंगेल, फुलमाया ग्यापक, सुविना खड्कालगायतको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता समेत गरेका स्थानीय विकास अधिकारी कोइरालाले सूर्योदय समाज सेवालाई आर्थिक वर्ष २०७४/०७५ मा परियोजना सञ्चालन गर्ने सन्दर्भमा भक्तपुर जिल्लामा रहेका इट्टा भट्टाहरुमध्ये थप पाँचवटा इट्टा भट्टामा परियोजना सञ्चालन गर्न दिने सिफारिस सहित निर्णय गरेको छ । सिफारिस गरिएका ठाउँमा गएर काम गर्दा कुनै बाधा अवरोध भए सरोकारवाला निकायमा समन्वय गरी काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा संस्थाको तर्फबाट बेटर ब्रिक–नेपाल परियोजनाबारे मनिषा मोक्तानले प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने कार्यक्रममा उठेका जिज्ञासाबारे सूर्योदय समाज सेवाका कार्यकारी निर्देशक ताराबहादुर ग्यापकले जानकारी गराएका थिए भने हिमाल लामाले कार्यक्रम संचालन गरेका थिए। संस्थाले यसअघि भक्तपुरको भक्तपुर इट्टा तथा टायक कारखाना र महाकाली सेरामिक्समा परियोजना सञ्चालन गर्दै आइरहेको छ ।
मतपत्र च्यातिनु दुःखद : नारायणकाजी श्रेष्ठ
काठमाडौं, जेठ १५ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चितवनको भरतपुर नगरपालिकाको मतपत्र च्यातिनु दुःखद भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आज विहान ट्वीट गर्दै उनले उक्त घटना भत्र्सनायोग्य भएको बताएका छन् । उनले लेखेका छन्, ‘भरतपुरमा मतपत्र च्यातिएको घटना सार्है दुःखद र भर्त्सनायोग्य छ।यथार्थ के होरुयो किन र को बाट भयो।भिन्न कुरा आइरहेका छन्।यसरी लोकतन्त्र चल्दैन।’
लतिलपुरमा नयाँ शक्तिले खाता खोल्यो, दलित वडा सदस्य विजयी
ललितपुर, जेठ १ । नयाँ शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा पहिलो जीत हासिल पारेको छ । निर्वाचन आयोगको आधिकारिक घोषणा अनुसार, ललितपुर महानगरपालिकाको वडा नं. १ मा नयाँ शक्तिबाट उम्मेदवार बनेका बीना कुमारी पोडेले दलित सदस्यका रुपमा विजय हासिल गरेकी हुन । उक्त वडाको अध्यक्षमा भने नेपाली कांग्रेका तण्डुकार विजयी भएका छन् ।
लेखनाथ महानगरपालिकाको मेयरमा विश्वप्रकाश र उपमेयरमा गोमा उम्मेदवार
पोखरा, वैशाख १९ । नेकपा माओवादी केन्द्रले देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा विश्वप्रकाश लामिछानेलाई उम्मेद्वार बनाएको छ । उपमेयरको उम्मेद्वार गोमा ढकाललाई बनाइएको छ । सोमबार दिनभरि छलफल गर्दा पनि उम्मेदवार टुंगो लगाउन नसकेको माओवादी केन्द्रले मंगलबार उम्मेदवार टुंगो लगाएको हो । लामिछाने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । उनी पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष समेत हुन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी नगर विकास समितिका अध्यक्ष बनेका थिए । नगरविकास समितिमा हुँदा उनले फेवातालमा ‘फुट ट्रयाक’ निर्माण गरेर वाहीवाही कमाएका थिए । लामिछाने फेवाताल संरक्षण उच्चस्तरीय आयोग (अतिक्रमण जग्गा छानविन आयोग) को संयोजक पनि हुन् । उनकै संयोजकत्वमा फेवातालको अतिक्रमित जग्गाको पहिचान गरी संरक्षणका लागि सरकारलाई सिफारिस गरिएको थियो । यद्यपी यो कार्यान्वयन भने भएको छैन । उपमेयरको उम्मेदवारमा गोमा ढकाल माओवादी केन्द्रले पोखराको उपमेयरमा गोमा ढकाललाई उम्मेद्वार बनाएको छ । ढकाल माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । उनी पर्यटन ब्यवसायी हुन् भने सामुदायिक सेवा केन्द्र बैदामका पूर्वअध्यक्ष पनि हुन् । उनी सामाजिक अभियन्ता पनि हुन् । कांग्रेसले भने पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदको उम्मेदवार रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ । यसैगरी नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकामा मानबहादुर जीसीलाई मेयर र मन्जु गुरुङलाई उपमेयरको उम्मेदवार बनाएको छ ।
चार लाख बढी बक्यौता रकम असुल
बैतडी, वैशाख १८ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले समयमै विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटन थालेपछि रु चार लाखभन्दा बढी बक्यौता रकम असुल भएको छ । उक्त केन्द्रले तीन महिना वा सोभन्दा बढी विद्युत् महसुल नतिरेका कारण गत चैत २८ गतेदेखि हालसम्म ३० ग्राहकको लाइन काटेको हो । लाइन काटिएकामध्ये २३ जनाले विद्युत् महसुल बुझाएका र उनीहरुबाट रु चार लाख १५ हजार ६३३ बक्यौता रकम असुल गरिएको वितरण केन्द्रका लेखापाल उत्तम रेग्मीले जानकारी दिनुभयो । लाइन काटिनेमा सरकारी कार्यालय, निजी संस्था, गैरसरकारी संस्था, उद्योगधन्दालगायत छन् । विद्युत् महसुल तिर्न बाँकी रहेका ग्राहकको लाइन काटिने भएकाले समयमै विद्युत् महसुल तिर्न पनि वितरण केन्द्रले सबैमा आग्रह गरेको छ ।
मण्डपबाटै दुलाहा पक्राउ परेपछि…
कलैया, वैशाख १७ । विवाह मण्डप सजिएको बेला अकस्मात प्रहरी आएर बेहुलालाई पक्राउ गर्दाको दृश्य कस्तो होला । यस्तो दृश्य प्रायः चलचित्रमा देखिने गर्छ । तर कलैया छोटकी फुलबारीका बासिन्दाले भने यो दृश्य आफ्नै आँखा अगाडि देखे । प्रहरीले उनीहरुको आँखा अगाडि बेहुला बनेका राम नरेशप्रसाद यादवालाई पक्राउ गरेका छन् । बाराको कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारीका २५ वर्षीय रामनरेशप्रसाद यादवले १२ वर्षीया बालिकासँग विवाह गर्न खोजेपछि पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी टोली विवाहस्थलमा पुग्दा दुबै पक्षका अभिभावक भने फरार भएका थिए । बेहुलालाई मुलुकी ऐन विवाहवारी महल अनुसार कारबाही गरिने छ । फरार भएका अभिभावक र संलग्न पण्डितको खोजी भइरहेको प्रहरीले बताएको छ ।
सल्यानमा माओवादी केन्द्रको उम्मेदवार टुंगो
सल्यान, वैशाख १६ । आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाका तीन नगरपालिकासहित सात गाउँपालिकाका लागि माओवादीले उम्मेदवारको टुङ्गो लगाएको हो । शारदा नगरपालिकाको प्रमुखमा महाधिवेशन आयोजक समिति सदस्य प्रमोद श्रेष्ठ र उपप्रमुखमा झरना बुढाथोकी, कुपिण्डे वनगाड नगरपालिकाको प्रमुखमा पार्टीका पोलिटब्युरो सदस्य तथा पार्टी अध्यक्ष कर्णबहादुर बुढाथोकी र उपप्रमुखमा मञ्जु यरी तथा बागचौर नगरपालिकाबाट प्रमुखमा लोकमान बुढाथोकी र उपप्रमुखमा कल्पना पुनलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्र सल्यानका इन्चार्ज नेवबहादुर कुँवरले बताए । यसैगरी दार्मा गाउँपालिकाको अध्यक्षमा महाधिवेशन आयोजक समिति सदस्य युवा नेता निमबहादुर केसी र उपाध्यक्षमा टीका वली, छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्षमा राधा शर्मा, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा अजय रोका र उपाध्यक्षमा लीलावती बुढा, कपुरकोट गाउँपालिकामा अध्यक्ष प्रकाश भण्डारी र उपाध्यक्ष एलिना राना तता ढोरचौर गाउँपालिकामा अध्यक्ष नरवीर चलाउने र उपाध्यक्षमा भूमि बुढाथोकीलाई उम्मेदवार बनाइएको छ । कुमाख मालिका गाउँपालिकाको अध्यक्षमा दिलमाया बुढा र उपाध्यक्षमा डिल्लीराज जैशी, कालीमाटी गाउँपालिकाको अध्यक्षमा पुरुषोत्तम भट्टराई र उपाध्यक्षमा प्रिति डिसीलाई उम्मेदवार बनाएको छ ।
स्थानीय निकायको निर्वाचन र युवा सहभागिता
स्थानीय निकायको निर्वाचनको मिति नजिकीदै छ । शहरको चिया पसलदेखि गाउँको चौतरासम्म विभिन्न पार्टीबाट हुने उम्मेदवारहरुको चर्चा चल्न थालेको छ । यस निर्वाचनमा अधिकांंश मतदाता युवा उमेर समूहका छन् । तर आजको युवापुस्ता राजनीतिलाई घृणाको दृष्टिले हेर्छन् । आजको युवापुस्ता आफूलाई राजनीतिबाट टाढा राख्न चाहन्छन् । आखिर किन ? यो एउटा गहन अध्ययनको विषय हो । नीरज अग्रवाल देश विकास र परिवर्तन अह्म भूमिका खेल्न सक्ने युवा पिढिं जिम्मेवारी बाट भाग्न खोजेको हो भन्ने प्रश्न चिन्ह उठ्छ । अहिलेको अधिकांश युवापुस्तालाई देशको राजनीतिक अवस्थाको बारेमा जानकारी हुनु त धेरै परको कुरा हो सामान्य कुरा जस्तै देशको राष्ट्रपति, प्रधानमन्त्रीको नाम समेत थाहा नभएको स्थिती छ । करिब २ वर्ष अगाडी एम.वि.वि.एस.को पढाइ सकेर अहिले जागिरको खोजीमा रहेका एक युवासँग मेरो भेटमा उनको राजनीतिप्रतिको आक्रोस लाग्थ्यो । यो देशमा भएको वेतीथि र सिस्टमको विकृतीका बारेमा उनको विचार सही छ । उनको भनाई थियो ‘अब म विदेश जान्छु’ मेरो उनलाई प्रश्न थियो आखिर आफ्नो श्रम र पढाई नेपालकै जनतामा किन समर्पण नगर्ने ? नेपाली जनताको सेवा किन नगर्ने उनको जवाफ थियो, ‘अब जागिर खान नेताको घर धाउनुपर्छ । केही गरी जागिर खान पाइहाल्यो भने भोलि सरुवा बढुवाको लागि नेता कै घर धाउनुपर्छ । जनताप्रतिभन्दा नेताप्रति उत्तरदायी बढी हुनुपर्छ ।’ ती युवा त एउटा पात्रमात्र हुन २०४६ सालमा प्रजातन्त्र आएपछि देशमा परिवर्तन हुने आशा गरेर बसेका तत्कालिन समयका यूवा आज अधवैंशे उमेरमा पुगिसके । ती यूवाको उमेर फेरियो, अनुहारमा भएको चमक चाउरीपनमा बदलियो तर देश बदलेन । यो २५ वर्षमा परिवर्तन हुने ठोस संकेत मिलेन हिजोभन्दा आज वेरोजगारी बढ्यो, रोजगारीको नयाँ अवसर आएन, नेता जनतामूखी भन्दा कुर्सीमूखि भए, राम्रोभन्दा हाम्रोलाई अवसर दिइयो । २०४६ साल र ६२/६३ को जनआन्दोलानमा झण्डा र डण्डा बोक्ने हातहरु थकित भए कारण व्यवस्था परिवर्तन भयो, देश र सिस्टम परिवर्तन भएन । यसो भनिरहँदा अब के गर्ने ? देश जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा रहन दिएर अबको युवापुस्ता खाडी मुलुक र पश्चिमा देशहरुमा आफ्नो श्रम बेच्न विदेशिएर भोलि फेरि देश परिवर्तन भएन भनेर आरोपको पहाड नेतामाथि थोपार्न नेपाल फर्किने ? आखिर नेता को हो ? कुन ग्रहबाट आएका हुन् र ? हामी नेतृत्व लिनेबाट टाढा जान्छौं देश नेताले विगारे भनेर गफ गर्छौ अब बेला आएको छ युवा पुस्ताले जिम्मेवारी लिने । बाग्मतीमा भएको फोहर सफा गर्न आफू पनि त्यो फोहरमा उत्रिनु पर्छ गफ गरेर मात्र त्यो फोहर सफा हुँदैन । यो युग प्रविधिको युग हो । प्रविधि बुझेको युवापुस्ता ले राजनीतिमा आफनो सहभागिता जनाउन, राजनीतिमा स्थापित गराउन यो स्थानीय निकायको निर्वाचन युवापुस्ताका लागि सुनौलो अवसर हो । आफू जुन जुन पार्टीमा आबद्ध छन् ती पार्टी भित्र यस पल्ट हुन गइरहेको स्थानीय तहको निर्वाचनमा युवापुस्तालाई बढी भन्दा बढी अवसर दिन आवाज उठाउनु पर्ने बेला आएको छ । २०४६ साल र ६२/६३ को जनआन्दोलानमा झण्डा र डण्डा बोक्ने हातहरु थकित भए कारण व्यवस्था परिवर्तन भयो, देश र सिस्टम परिवर्तन भएन । यसो भनिरहँदा अब के गर्ने ? देश जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा रहन दिएर अबको युवापुस्ता खाडी मुलुक र पश्चिमा देशहरुमा आफ्नो श्रम बेच्न विदेशिएर भोलि फेरि देश परिवर्तन भएन भनेर आरोपको पहाड नेतामाथि थोपार्न नेपाल फर्किने ? परिवर्तनका संवाहक युवा राजनीतिमा आउने आवाज आज हजुरबुबा पुस्तादेखि भर्खर १८ वर्ष पुगेर यस पल्ट जिवनमा पहिलो पल्ट मतदान गर्ने युवापुस्ता सम्मको रहेको छ । राजनीतिमा संघर्ष छ तर सफलता पनि छ । स्व. वि.पि. कोइराला ३५ वर्षको उमेरमा देशको गृहमन्त्री भइसकेका थिए भने स्व.मदन भण्डारी ४० वर्षको उमेरमा ने.क.पा. एमालेका महासचिव भइसकेका थिए । विश्व इतिहासमा ३० देखी ४५ वर्ष उमेर भएका धेरै युवानेताहरुले देशको सर्वोच्च पद सम्हालिसकेका छन् तर बिडम्बना नेपालका आज दलहरु युवापुस्तामा राजनीति हस्तान्तरण गर्न उदासिन्छन् । काँग्रेसका युवा नेता गगन थापाले ५५ वर्षको उमेरमा राजनीनितबाट सन्यास लिने सार्वजानिक घोषणा गरेका छन् उनको यो कदमलाई नेपालका सम्पुर्ण दलहरुले गम्भीरतापूर्वक लिन जरुरी छ । आजको युवापुस्तामा जुन जोश छ त्यो अबको १०—१५ वर्ष पछि रहदैन । युवाको आजको जोशलाई आन्दोलनको अग्र मोर्चामा मात्र प्रयोग गर्ने की ? अब त्यो जोशलाई देश बनाउने महान अभियानमा ? यो दलहरुको निर्णयमा भरपर्छ । देशका हरेक आन्दोलन, क्रान्ति र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका यूवाहरुलाई अब आर्थिक क्रान्ति, शैक्षिक क्रान्ति र कृषि क्रान्तिमा महत्वपूर्ण भूमिका खेल्न हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा बढी भन्दा बढी उम्मेदवारका रुपमा सहभागीता गराउनु पर्ने धारणा आम नेपालीको रहेको कुरा सम्पूर्ण दलहरुले बुझेमा अबका दिनमा राजनीति प्रति युवाको वितृस्णा कम गर्न केही मद्दत पुग्ने थियो । लेखक नेवि संघका केन्द्रिय सदस्य हुन् ।
एकता भएको एक साता नवित्दै नाम फेरे मधेसी दलले
काठमाडौं, वैशाख १३ । मधेसवादी ६ दलको एकतापछि बनेको राष्ट्रिय जनता पार्टीले एकसाता नबित्दै पार्टीको नाम फेरेको छ । वैशाख ७ गते मधेसवादी ६ दलबीच एकता भई उक्त नाम राखिएकोमा निर्वाचन आयोगमा ‘राष्ट्रिय जनता पार्टी’ यसअघि नै दर्ता भइसकेको पाइएपछि पार्टीको नाम फेर्नुपरेको हो । अब उक्त पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी नेपाल हुने भएको छ । संसदमा रहेका छ दलबीच एकीकरण गरी राष्ट्रिय जनता पार्टी, नेपाल बनाएको र त्यसको चुनाव चिन्ह छाता रहेको आयोगलाई जानकारी दिँदै उनीहरुले त्यसको अधिकारिकता माग गरेका छन् । राजपा नेपालका नेता रामनरेश यादवले पार्टी तथा चुनावको आधिकारिकता दिनका लागि आयोगलाई पत्र बुझाएको बताए । सविधान संशोधनपछि चुनावमा भाग लिने र त्यसका लागि पार्टी र चुनाव चाहिने भएकाले सो को माग गर्दै आयोगलाई पत्र बुझाएको उनले बताए । यद्यपी वैशाख ११ गते प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा आयोग र राजपाबीच भएको छलफलमा आयोगले अब नयाँ दल तथा नयाँ चुनाव चिन्ह दिन नसकिने स्पष्ट पारेका थिए । एकीकृत भएका छ दलमध्येबाट नै कुनै चुनाव चिन्ह प्रयोग गर्न पनि आयोगले सुझाव दिएको थियो । निर्वाचन आयोगले संसदमा रहेका दल भन्दा बाहिरको चिन्ह दिनै नमिल्ने स्पष्ट गरेको छ ।
छनोट प्रक्रिया केही दिनका लागि स्थागित
धनगढी, १३ वैशाख । नेपाली काँग्रेस कैलालीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको छनोट प्रक्रिया केही दिनका लागि स्थागित गरेको छ । काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचनको मिति सरेर जेठ ३१ गते तोकिएपछि केही दिनका लागि उम्मेदवार छनोट प्रक्रिया स्थगित गरिएको बताउनुभयो । “केही दिन छनोट प्रक्रिया स्थगित गरेर वैशाख महिनाभित्रमा उम्मेदवारको टुङ्गो लगाइसक्छौँ,” उहाँले भन्नुभयो । काँग्रेसको तर्फबाट प्रमुख पदका लागि धनगढी उपमहानगरपालिकामा कृष्णबहादुर महरा र नृप ओड, टीकापुर नगरपालिकामा जङ्गबहादुर साउद र केशरी विष्ट, गोदावरी नगरपालिलकामा हेमप्रकाश उप्रेती, वीरेन्द्र भट्ट र खडक बडैला, गौरीगङ्गा नगरपालिकामा दिनेश जोशी, शेरबहादुर देउवा र भोजबहादुर बम, लम्कीचुहा नगरपालिकामा देवानन्द जैशी र भक्तबहादुर थापा तथा घोडाघोडी नगरपालिकामा लक्ष्मीराज जैशी र रीता चौधरीलगायतका आकाङ्क्षी रहेको जिल्ला उपसभापति बमले बताउनुभयो । नेकपा एमालेले भने जिल्लाका १३ स्थानीय तहमध्ये १० वटा स्थानीय तहमा पार्टीबाट उठाइने प्रमुख, उपप्रमुखलगायत पदका उम्मेदवारको टुङगो लगाइसकेको छ । एमालेको– ७ नं प्रदेश सङ्गठन समितिको कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले धनगढी उपमहानगरपालिका, लम्की चुहा र गोदावरी नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको जानकारी दिनुभयो । सो पार्टीले टिकापुर नगरपालिकामा तपेन्द्र रावल, भजनी नगरपालिकामा प्रदीप मल्ल, घोडाघोडी नगरपालिकामा अमर साउद, गौरीगङ्गा नगरपालिकामा भीम देउवालाई प्रमुखको उम्मेदवार बनाउने टुङ्गो लगाएको छ । नेकपा (माओवादी केन्द्र)ले अधिकांश तहमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले धनगढी उपमहानगरमा रामसमझ राना, गोदावरी नगरापलिकामा गोकर्ण भट्ट, भजनी नगरमा शेरबहादुर थारुलाई प्रमुख पदमा उठाउने निर्णय गरिसकेको छ । राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दललेले उम्मेदवारको टुङ्गो अहिलेसम्म लगाउनसकेका छैनन् । चुनावी सरगर्मी बढ्दै जाँदा प्रायः सबै दलहरुले आ–आफ्नो प्रचारप्रसार अभियान गरिरहेका छन् । उद्योगी एवम् व्यापारी गोपाल हमाल धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चुनावी अभियानमा लाग्नुभएको छ । रासस
नेपाल कम्युनिस्ट पार्टीका २३ जना प्रहरी नियन्त्रणमा
चितवन, वैशाख ७ । नेपाल कम्युनिस्ट पार्टीले भरतपुरमा आयोजना गरेको निर्वाचन विरोधी सभामा प्रहरीले हस्तक्षेप गरी २३ जनालाई नियन्त्रणमा लिएको छ । कार्यक्रमका वक्ता पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले निर्वाचन विथोल्ने अभिव्यक्ति दिएलगत्तै प्रहरीले सभामा सहभागी हुन आएकालाई तितरवितर पारेको थियो । सभा बिथोल्ने क्रममा पार्टी भरतपुर महानगरपालिका–२५ का एरिया सेक्रेटरी कृष्णप्रसाद पौडेल घाइते भएका छन् । पार्टीले ठाउँ ठाउँमा टायर बाल्न थालेपछि रिजालचोकबाट सात, त्रिचोकबाट नौ, चौविसकोठीबाट चार तथा हाकिमचोक र विमानस्थलका बीचबाट तीन जना जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् । निर्वाचन विरोधी गतिविधि गर्ने जो कोहीलाई पनि नियन्त्रणमा लिइने उनले बताए । प्रहरीले भरतपुर क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा परेको छ ।
बालिका बलात्कारीलाई १४ वर्ष जेल सजाय
ताप्लेजुङ, चैत १८ । नौवर्षीया बालिकालाई गत फागुनमा बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक पुरुषलाई जिल्ला अदालत ताप्लेजुङले आज १४ वर्षको कैदको फैसला गरेको छ । याङ्वरक गाउँपालिकास्थित थुम्बेदिनका २० वर्षीय विकास विश्वकर्मालाई जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सो फैसला गरेको हो । विश्वकर्माको जायजेथा केही नदेखिएकाले रु ७५ हजार पीडितलाई क्षतिपूर्ति भराउनसमेत आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार गोपाल थापाले जानकारी दिए । त्यस्तै पीडित बालिकाको आर्थिक अवस्थासमेत नाजुक रहेकाले शिक्षादीक्षाका लागि जिल्ला बालकल्याण समितिलाई व्यवस्था गर्न आदेश दिइएको छ ।
ब्राजिल विश्वकपका लागि छनोट
चैत १६। सन् २०१८ मा रसियामा हुने विश्व कप फुटवल प्रतियोगिताका लागि छनोट हुने राष्ट्रमा ब्राजिल पहिलो राष्ट्र बनेको छ । बुधबार भएको खेलमा पाराग्वेलाई ३–० ले पराजित गर्दै पेरुले उरुग्वेलाई पराजित गरेपछि आगामी विश्वकपका लागि छनोट हुने पहिलो राष्ट्र ब्राजिल बन्न पुगेको हो । पेरुले उरुग्वेलाई २–१ ले पराजित गरेकाे थियाे । त्यस्तै आजै भएको विश्वकप छनोट अन्तर्गतको अर्को खेलमा चिलीले भेनेजुएलालाई ३–१ ले पराजित गरेको छ भने कोलम्बियाले इक्वेडरलाई २–० ले पराजित गरेको छ । ६ वर्षपछि ब्राजिल फिफा विश्व वरियतामा शीर्ष स्थानमा पुगेको हाे । ब्राजिलले पछिल्ला नौ खेल जित्दासम्म २५ गोल गरेको छ र जम्मा दुई गोल खाएको छ । मंगलबारको जितसँगै ब्राजिल विश्वकप २०१८ को लागि छानिने पहिलो देश पनि बनेको छ । रसिया आयोजकका हिसाबले विश्वकपमा निश्चित छ । यसअघि शीर्षस्थानमा अर्जेन्टिना रहेकाे थियाे । ब्राजिलले विश्वकप २०१८ को छनौट अन्तर्गत अहिलेसम्म भएका १४ खेलमा १० खेल जितेको छ । तीन खेलमा बराबरी गरेको ब्राजिल एक खेलमा मात्रै पराजित भएको छ । नयाँ वरियतामा यी हुन् उत्कृष्ट २० देश ब्राजिल अर्जेन्टिना जर्मनी चिली कोलम्बिया फ्रान्स बेल्जियम पोर्चुगल स्वीटजरल्याण्ड स्पेन पोल्याण्ड इटाली वेल्स इंग्ल्याण्ड उरुग्वे मेक्सिको पेरु क्रोयसिया इजिप्ट कोष्टारिका
सेन्ट्रल जोन भलिबल : नेपालले किर्गिस्तानसँग हा¥यो
चैत १५ । माल्दिभ्समा जारी सेन्ट्रल जोन भलिबलमा नेपालले हार व्यहोर्नु परेको छ । च्याम्पियनसिपअन्तर्गत आज भएको प्लेअफमा नेपाल किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएसँगै तेस्रो बनेको हो । माल्दिभ्सको मालेमा भएको खेलमा किर्गिस्तानले नेपाललाई २५–१६, २५–२३, २५–२० को सेटमा पराजित गरेको हो । प्लेअफमा पराजित भएपनि नेपालले कास्य पदक भने जितेको छ । नेपाली भलिबलको चार दशक भन्दा लामो इतिहासमा पुरुष टोलीले पदक जितेको यो पहिलो पटक हो । नेपाल राउण्ड रोविन लिगको अन्तिम खेलमा पनि किर्गितस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । त्यसअघि तुर्कमिनेस्तानसँग पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा भने माल्दिभ्सलाई हराएको थियो।