मुग्लिन गाइघाटमा डरलाग्दो सवारी दुर्घटना, दुई जनाको मृत्यु
मुग्लिन नारायणघाट सडकखण्ड अन्तर्गतको गाइघाट भन्ने स्थानमा सवारी दुर्घटना भएको छ।
ट्रकसँग ठक्कर खाएर ट्यांकर त्रिशूलीमा खसेको छ।
दुर्घटनामा ट्यांकरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन्।
बा ४ ख ६९५३ नम्बरको ट्रक विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ४३१४ नम्बरको ट्रकसँग ठोक्किएर त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउने वित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले दुई जनाको शव फेला पारेको हो। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।
शेयर बजारः दोहोरो अंकले घट्यो परिसूचक, कारोबार रकम ३० करोडमा खुम्चियो
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। सोमबार परिसूचक १० दशमलब ४६ अंकले घटेर १ हजार ४ सय दशमलब शून्य ५ अंकको बिन्दुमा रोकिएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। यस दिन १ सय ५४ कम्पनीका ३० करोड ७८ लाख ३५ हजार ४ सय ५४ रुपैयाँ बराबरको सेयर किनबेच भएका छन्। जबकि आइतबार ४६ करोड ६४ लाख ९० हजार ७ सय ४८ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो। सोमबार सेयर कारोबारको आधारमा सानिमा माई हाइड्रो पावर अग्रस्थानमा छ। यस दिन कम्पनीको ३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नबिल बैंकको १ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सोमबार कारोबारमा आएका १० समूहमा गिरावट आएको छ। यसदिन बिमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। सोमबार बिमा समूह ८४ दशमलब ८१ अंकले घटेको छ भने जलविद्युत् समूह ३० दशमलब २ अंकले घटेको छ। त्यस्तै, लघुवित्त समूह १७ दशमलब ३८ अंकले घटेको छ। आजको कारोबारमा सर्वाधिक गुमाउनेमा गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ अर्थात् ५ दशमलब ७६ प्रतिशतले घटेको छ। त्यस्तै, तिनाउ विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता १२ रुपैयाँ गुमाएका छन् । सोमबार सर्वाधिक कमाउनेमा यी कम्पनीका लगानीकर्ता रहेका छन्ः नेपाललाइभबाट साभार
दुई सयले बढ्यो सुनको मूल्य
काठमाडौं । सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सयले बढेर ५७ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि माघ २ गते पनि यही मूल्यमा कारोबार भएको थियो। यो मूल्य विगत ४ महिनायताकै उच्च हो। चाँदीको मूल्य भने स्थिर छ। प्रतितोला ७५० मा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।
वाम एकताको ‘प्रचण्ड’ हुटहुटी र एमालेभित्रको संशय, एकता चाहनेले बुझ्नै पर्ने कुरा
प्रचण्डले व्यक्तिगतरुपमा पाउनुपर्ने केही छैन, जबकि उनले धेरै गुमाइसकेका छन् । उनले अझै ठूलो उचाईमा पुग्नुपर्ने केही छैन, एउटा शीर्ष उचाईं उनले प्राप्त गरिसकेका छन् । तर, उनका अगाडि उनले भने झैं सिँगो नेपाली समाजको जडता बाँकी छ । २००६ सालमा पुष्पलालहरुले साँचेको र पछि जनयुद्दमा बगेको रगतको मूल्य चुकाउन अझै बाँकी छ । भीष्म थापा/काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असोज यता हजारौंपटक एउटा कुरा दोहो¥याएका छन् । आफ्नो चुनावी सभामा होस् या औपचारिक र अनौपचारिक कार्यक्रममा बोल्ने क्रममा होस्, प्रचण्डले बारम्बार भन्ने गरेको एउटै कुरा छ– हामीले पूल भत्काइसक्यौं, अब एकताबाट पछि हट्न सकिन्न । सुन्दा सामान्य जस्तो लागेपनि यो अभिव्यक्तिभित्र प्रचण्डको पछिल्लो व्यक्तित्व झल्किन्छ । त्यो व्यक्तित्वको मनोदशा झल्किन्छ । मनस्थिति प्रष्ट हुन्छ । कुनै बेला सशस्त्र युद्दको नेतृत्व गरेका नेता हुन प्रचण्ड । नेपाली समाजको पीँधमा रहेका उत्पीडन र शोषणका जालोहरुलाई उथल पुथल गर्न सफल नेता प्रचण्ड । कसैले स्वीकार गरेपनि या नगरेपनि इतिहासले प्रमाणित गरेको कुरा के हो भने तमाम कमी कमजोरीका वावजूद पनि जनयुद्द नै त्यो आँधी थियो, जसले नेपाली समाजको जडतालाई तरंिगत गर्यो । त्यसले नै राजतन्त्रको विदाईका लागि मुख्य आधारको काम गर्यो र, त्यसले नै नेपाली समाजको ऐतिहासिक यथास्थितिवादी चरित्रमा प्रहार गर्यो । उनको यो मर्म र प्रस्तावलाई साथ दिएका छन् एमाले नेता केपी ओलीले । २०२८ सालमा समाजको उत्पीडिनविरुद्ध हतियारबद्ध संघर्षको उठान गरेका नेता हुन केपी ओली । यो कालखण्डको नेतृत्वका गरेको प्रचण्ड अहिले शान्ति प्रक्रियालाई संस्थागत गर्न सफल भएका छन् । संविधानसभाको निर्वाचनमार्फत संविधान कार्यान्वयनको दिशामा देश अगाडि बढेको छ । तर संविधानको मर्म अनुरुप देश अघि बढ्न नेपालमा वामपन्थीहरुको केन्द्र नभई हुन्न भन्ने चेत बोकेर प्रचण्ड अहिले वाम एकताको अभियानलाई नेतृत्व दिइरहेका छन् । उनको यो मर्म र प्रस्तावलाई साथ दिएका छन् एमाले नेता केपी ओलीले । २०२८ सालमा समाजको उत्पीडिनविरुद्ध हतियारबद्ध संघर्षको उठान गरेका नेता हुन केपी ओली । पछिल्लो कालखण्डमा यथास्थितिको जालोमा जकडिएर संसदवादमा रुमल्लिएपनि केपी ओलीभित्रको परिवर्तनको हुटहुटी र प्रचण्डको आवेग र गतिशीलताको मनबीचको मिलाप नै अहिलेको एकताको मुख्य मियो हो । तर, पछिल्ला दिनहरुमा एमालेभित्रको एउटा पंक्तिले प्रचण्डको नेतृत्वमा संशय उत्पन्न हुने किसिमका अभिव्यक्ति दिएपछि यसले एकता नचाहने शक्तिहरुलाई ठूलो बल पुगेको छ । खासगरी प्रचण्डको नेतृत्व स्वीकार्न नचाहने, वाम एकतालाई व्यक्तिगत या समूहगत लाभहानीसम्म बुझ्ने, पार्टीको संगठनात्मक एकता प्रक्रियाकालाई यान्त्रिक ढंगले बुझ्ने यो तप्काले प्रचण्डभित्रको एकताको प्रचण्ड हुटहुटीलाई बुझ्न नसकेको देखिन्छ । प्रचण्डले व्यक्तिगतरुपमा पाउनुपर्ने केही छैन, जबकि उनले धेरै गुमाइसकेका छन् । उनले अझै ठूलो उचाईमा पुग्नुपर्ने केही छैन, एउटा शीर्ष उचाईं उनले प्राप्त गरिसकेका छन् । तर, उनका अगाडि उनले भने झैं सिँगो नेपाली समाजको जडता बाँकी छ । २००६ सालमा पुष्पलालहरुले साँचेको र पछि जनयुद्दमा बगेको रगतको मूल्य चुकाउन अझै बाँकी छ । राजनीतिक क्रान्तिका पुरा हुन नसकेका कार्यभार पुरा गर्दै देशलाई समृद्धीतर्फ अघि लैजानैपर्ने अठोट बाँकी छ । त्यसका लागि उनले पार्टी एकता खोजेका हुन । प्रधानमन्त्री नै बन्न या अध्यक्ष नै बन्नका लागि माओ स्कूलको परित्याग गरेर नयाँ स्कूलको निर्माण गर्नैपर्ने बाध्यता उनका अगाडि थिएन । प्रचण्डसँग तर्सिएको एमालेभित्रको यो तप्काले यदि प्रचण्डभित्रको यो एकताको हुटहुटी बुझ्न सकेन भने यसले फेरी पनि यथास्थितिको गोलचक्करभन्द पर देशलाई लैजान सक्दैन । अहिलेको समय भनेको गूट, समूह, उपगुट, स्वार्थलाई छोडेर संविधानको प्रस्तावना अनुरुपको देश निर्माणको हो । यसका लागि कैयन् त्याग आवश्यक छ । दम्भ र अहंकार आवश्यक छ । यो प्रेरणा र शिक्षा प्रचण्डबाट सिक्नुपर्ने विषय पनि हुन । कम्युनिष्टहरु या वामपन्थीहरु सत्तामा भए के हुन्छ भन्ने कुरा राम्रोसँग बुझेका उनीहरु जसरी हुन्छ एकता हुन नदिने खेलमा छन् । नेकपा एमालेभित्रबाट व्यक्त हुने कतिपय विचारहरुले यी प्रतिक्रियावादीहरुको षडयन्त्रलाई नै सघाउ पुग्नेमा शंका छैन । त्यही भएर प्रचण्डले पार्टी एकता गर, मलाई भूमिकाको चासो छैन सम्म भन्नुपर्ने अवस्था सिर्जना भएको छ । लाभहानीको चक्करमा नपरेर साँच्चिकै नयाँ नेपालतर्फ अघि बढ्ने अठोट नै एकताको आधार हो भने एमालेभित्र प्रचण्डलाई अध्यक्ष दिन नचाहने तत्वहरुको मानसिकतामा प्रश्न उठन सक्छ । एमालेभित्रै पनि ठूलो पंक्तिले यो परिवर्तनको यात्रालाई मानसिकरुपमा नै आत्मसात गरेको देखिन्छ । कतिपयले खुलेरै पार्टी अध्यक्ष प्रचण्ड र सरकारको नेतृत्व केपी ओलीले गर्ने कुरा गरेका छन् । यो नै यथार्थ, हाम्रा सपनालाई पुरा गर्न सक्ने बाटो समेत हो । तर एउटा तप्काले अझै पनि संशय देखाएको, खुला ह््रदयले प्रचण्डलाई अध्यक्ष दिनुपर्ने कुरा व्यक्त गर्न नसकेबाट इतिहासको रथलाई कता कता रोक्न त खोजेको हैन भन्ने प्रश्न समेत उठेको छ । प्रचण्डभित्र केही गरौं भन्ने हुटहुटी छ, उदात्त मन र भावना छ । केही होस्, मर्नु अगाडि कम्तीमा समाजवादको आधार निर्माण भएको देखियोस् भन्ने चाहना छ । यो कुरा आम नेपालीले बुझेका छन् र बुझ्नु जरुरी छ । अहिले वाम एकतालाई भाँडन् सिँगो विश्वका प्रतिक्रियावादीहरु सल्बलाएका छन् । कम्युनिष्टहरु या वामपन्थीहरु सत्तामा भए के हुन्छ भन्ने कुरा राम्रोसँग बुझेका उनीहरु जसरी हुन्छ एकता हुन नदिने खेलमा छन् । नेकपा एमालेभित्रबाट व्यक्त हुने कतिपय विचारहरुले यी प्रतिक्रियावादीहरुको षडयन्त्रलाई नै सघाउ पुग्नेमा शंका छैन । यो कुरा बुझेर भएपनि एमालेभित्रको ‘अमूक’ पंक्तिले पार्टी एकतालाई जनअनुमोदित स्पिरिटका आधारमा अघि बढाउन हिच्किचाउनुपर्ने कुनै कारण छैन । प्रचण्डभित्र केही गरौं भन्ने हुटहुटी छ, उदात्त मन र भावना छ । केही होस्, मर्नु अगाडि कम्तीमा समाजवादको आधार निर्माण भएको देखियोस् भन्ने चाहना छ । यो कुरा आम नेपालीले बुझेका छन् र बुझ्नु जरुरी छ । यही हुटहुटीको सम्मान गर्दै हामी सबैले प्रचण्ड र केपी ओलीको समृद्ध नेपालका लागि गरेको संघर्षको कदर गर्न दुबै नेतालाई पार्टी र सरकारको जिम्मेवारी दिने गरी एकता प्रक्रियामा होमिनुको विकल्प छैन ।
कुन प्रदेशमा कसको सरकार ? यस्ताे छ सत्ता समीकरण
काठमाडौं, पुस ३ । एमालेले प्रदेश नम्बर १ र ३ मा बहुमत पाएको छ। प्रदेश १ मा प्रत्यक्षमा ५६ र समानुपातिक ३७ गरी कुल ९३ सिट रहेको छ। एमाले प्रत्यक्षतर्फ ३६ सिट जितेको छ भने समानुपतिकमा १६ सिट आउने सम्भावना छ। ४७ सिटले बहुमत पुग्छ। एमालेको मात्रै ५२ सिट छ। प्रदेश १ मा माओवादी केन्द्रले प्रत्यक्षमा १० सिट जितेको छ भने समानुपातिकमा ५ सिट पाउने देखिन्छ। त्यस्तै कांग्रेसले प्रत्यक्षमा ८ सिट जितेको छ भने समानुपातिकमा १३ सिट आउने सम्भावना छ। प्रत्यक्षमा १ सिट जितेको संघीय समाजवादी फोरम नेपालले समानुपातिकमा २ सिट जित्ने देखिन्छ। प्रदेश नम्बर ३ मा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ कुल ११० सिट छन्। जसमा एमालेले प्रत्यक्ष तर्फ ४२ सिट जितेको छ भने समानुपातिकमा १७ पाउने सम्भावना छ। ५६ सिटले बहुमत पुग्छ। एमालेले मात्रै ५९ सिट पाउने छ। प्रदेश ३ मा प्रत्यक्षमा १५ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ९ सिट जित्ने देखिन्छ। ७ सिट जितेको कांग्रेसले समानुपातिकमा १४ सिट ल्याउने सम्भावना छ। विवेकशीलले प्रदेश ३ मा १.५ प्रतिशत थ्रेसहोल्ड कटाएको कारण ३ सिट पाउने देखिन्छ। प्रदेश २ मा मधेसी दलको बहुमत प्रदेश नम्बर २ मा मधेसवादी दलको झिनो बहुमत हुने सम्भावना छ। प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ सिट गरी कुल १०३ सिट रहेको प्रदेश २ मा फोरम र राजपाको झिनो बहुमत प्राप्त गर्ने देखिन्छ। फोरमले प्रत्यक्षमा २० सिट जितेका छ भने राजपाले १५ सिट। फोरम र राजपा दुवैले ९-९ सिट ल्याउने सम्भावना छ। ५२ सिटले बहुमत हुन्छ। प्रदेश २ मा फोरम र राजपाको कुल सिट ५३ हुने देखिन्छ प्रदेश २ मा एमालेले प्रत्यक्षमा १४ सिट जितेको छ उसले समानुपातिकमा ८ सिट पाउने देखिन्छ। ७ सिट जितेको माओवादीले ६ र ८ सिट जितेको कांग्रेसले समानुपातिकमा ११ सिट पाउने सम्भावना छ। प्रदेश ४, ५, ६ र ७ मा वामको बहुमत प्रदेश ४, ५, ६ र ७ मा कुनै दलको बहुमत हुने सम्भावना छैन। ३६ प्रत्यक्ष र २४ समानुपातिक रहेको प्रदेश ४ मा प्रत्यक्षतर्फ एमालेले १७ सिट जितेको छ। १० सिट समानुपातिकमा पाउने सम्भावना छ। प्रत्यक्षमा ९ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३ सिट लिने देखिन्छ। प्रदेश ४ मा वाम गठबन्धन स्पष्ट बहुमतमा छ। त्यस्तै ६ सिट जितेको कांग्रेसले ६ सिट समानुपातिकमा पाउने सम्भावना छ। २ सिट प्रत्यक्षमा जितेको राष्ट्रिय जनमोर्चाले १ सिट समानुपातिक पाउने छ। कुल ७ सिट रहेको प्रदेश ५ मा प्रत्यक्षमा २ सिट एमालेले जितेको छ भने १६ सिट समानुपातिकमा पाउने सम्भावना छ। त्यस्तै माओवादीले प्रत्यक्षमा १६ सिट जितेको छ। ६ सिट समानुपातिकमा पाउने देखिन्छ। प्रदेश ५ मा एमाले र माओवादी स्पष्ट बहुमतमा छन्। प्रत्यक्षमा ५ सिट मात्रै जितेको कांग्रेसले समानुपातिकमा १३ सिट पाउने सम्भावना छ। प्रत्यक्षमा ३ सिट जितेको फोरमले समानुपातिकमा २ र राप्रपाले १ सिट पाउने अवस्था छ। प्रत्यक्षमा २४ र समानुपातिकमा १६ सिट गरी कुल ४० सिट रहेको प्रदेश ६ मा एमालेले प्रत्यक्षमा १४ सिट जितेको छ। समानुपातिकमा ६ सिट पाउने देखिन्छ। प्रत्यक्षमा ९ सिट जितेको माओवादीलाई समानुपातिकमा ४ सिट मिल्ने अवस्था छ। प्रदेश ६ मा एमालेको बहुमत नभए पनि वाम गठबन्धन भने स्पष्ट बहुमतमा छ। प्रत्यक्षमा १ सिट मात्रै जितेको कांग्रेसले समानुपातिकमा एमालेकै हाराहारीमा सिट पाउने देखिन्छ। प्रत्यक्षमा ३२ र समानुपातिकमा २१ गरी ५३ सिट रहेको प्रदेश ७ मा कसैको एकल बहुमत आउने सम्भावना छैन। प्रत्यक्षमा १७ सिट जितेको एमालेले समानुपातिकमा ७ सिट पाउने देखिन्छ। बहुमतको लागि २७ सिट आवश्यक पर्छ। माओवादीले प्रदेश ७ मा प्रत्यक्ष तर्फ १० सिट जितेको छ भने समानपातिकमा ४ सिट लिने छ। यहाँ एमाले र माओवादीको स्पष्ट बहुमत छ। उता प्रत्यक्षमा ४ सिट जितेको कांग्रेसले प्रदेश ७ मा सबै भन्दा बढी ८ सिट पाउने सम्भावना छ। प्रत्यक्षमा १ सिट जितेको राजपाले समानुपातिकमा २ सिट पाउने छ।
तीन पटकसम्म पुनर्निर्माण प्राधिकरणका प्रमुख र सिईओ परिवर्तन हुँदा पनि भूकम्प पीडितले राहत पाउन सकेनन्
काठमाडौं पुस २ । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा ३ जना कार्यकारी प्रमुख रसिईओ परिवर्तन भईसक्दा समेत १ लाखभन्दा बढी भूकम्प पीडितले अनुदानको पहिलो किस्ता समेत पाउन सकेका छैनन् । स्थानीय तहमा समन्वयको अभाव र वास्तविक भूकम्प पीडित प्राधिकरणको पहुँचमा पुग्न नसक्दा १ लाख १ हजार ५ सय २० जनाले अहिलेसम्म पहिलो किस्ता समेत पाउन नसकेका हुन् । राजनीतिक नियुक्तिको थलो बनेको प्राधिकरणमा कंग्रेसबाट २ जना र एमालेबाट १ जना नेतृत्वमा पुगिसकेका छन् । विनाशकारी भूकम्प गएको २ वर्ष ८ महिना पुगिसकेको छ । पीडितहरु भने अझै पनि पहिलो किस्ताको अनुदानकै पर्खाईमा छन् । कांग्रेस सरकारले नियुक्त गरेका यसअघिका कार्यकारी प्रमुख गोविन्दराज पोखरेलले निर्वाचनमा लड्ने भन्दै प्राधिकरणको प्रमुख पदबाट राजिनामा दिएपछि सो पदमा कंग्रेसकै कोटाबाट पूर्वसचिव युवराज भुसाल आउनुभएको छ । तर भुसालको कार्यकालमा पनि पीडितले अनुदान पाउन सकेका छैनन् । घर निर्माणका लागि अनुदान पाउन योग्य ७ लाख ६७ हजार ७ सय ५ जनामध्ये जम्मा १९ हजारले मात्रै अनुदानको तेस्रो किस्ता पाएका छन् । कतिपय भूकम्प पीडितले अनुदानको रकम पाएर पनि घर बनाएका छैनन् । त्यसको समेत प्राधिकरणले अनुगमन गर्न सकेको छैन ।
ब्राउन सुगर सहित २ भारतीय युवक पक्राउ
कञ्चनपुर, पुस १ । माहाकालीमा ब्राउन सुगर सहित दुई भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । महाकाली नगरपालिका वडा नं. १ पशुपती वोर्डिङ्ग स्कुल नजिक उनि दुबैलाई सुक्रवार साझ प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका जानकारी दिएका छ । प्रहरीले भारतको सिमावर्ति जिल्ला चम्पावत, बानबासा बस्ने २८ वर्षिय पवन सिंह खोलीया र २४ बर्षिय जितेन्द्र चन्दलाई प्रहरीले लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । उनीहरुलाई ४ सय मिलिग्राम लागु औषध ब्राउन सुगर र युए ०३५३ नम्वरको भारतिय नम्वर प्लेटको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । सुदुरपश्चिम लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयको टोलीले ब्यापारी बनेर बिगत ६ महिना देखि पछ्याई रहेको बताएका छन् । प्रहरीले उनीहरुलाई सेम्पल लिएर आउनको लागी माहाकाली नगरपालिका वडा नं. १ मा बोलाएपछि नियन्त्रणमा लिएको शुदुर पश्चिम लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयका टोली ईन्चार्ज धनन्यजय मल्लले जानकारी दिएका छन् । यिनीहरु मध्ये पवन खौलिया बिगत लामो समय देखि लागु औषध कारोवारमा संलग्न भएका ब्यक्ती रहेका र शुदुर पश्चिम लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयका टोली ईन्चार्ज मल्लले बताए । अनुसन्धानका लागी दुवै युवकलाई लागु औषधसहित जिल्ला प्रहरी कार्यालय ल्याईएको र म्याद थप गरी लागु औषध बेचविखन तथा ओसार पसार अन्र्तगत मुद्दा दर्ता गरी कार्वाही अगाडि वढाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटिले जानकारी दिए ।
हेमन्त शर्माको गीत यूट्युब च्यानलबाट सार्वजनिक
गायक हेमन्त शर्मा एउटा पृथक शैलीको गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । बिहेबारी सम्बन्धी विषयमा विषयमा नेपाली गीतको संख्या कम रहेको अवस्थामा शर्माले यही विषयमा आधारित गीत ‘डम डम डम बज्यो’ तयार पारेका हुन् । गीतमा गायक शर्माकै शब्द तथा संगीत सुन्न सकिन्छ । श्यामश्वेत रसाइलीले यो गीतमा संगीत संयोजन गरेका छन् । बिहे गरौं कि नगरौं भन्ने युवाको कथा बोकेको यो गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । गायक शर्माले आफ्नै निर्देशनमा म्युजिक भिडियो तयार पारेका हुन् । गायक शर्माका अनुसार म्युजिक भिडियोमा झन्डै ६५ जना भन्दा बढिको सहभागिता छ । भिडियोमा अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा तथा केशव ज्ञवालीले अभिनय गरेका छन् । ज्ञवाली बुटवलतिरका अधिकांश मेला–महोत्सवमा नृत्य गरिरहने कलाकार हुन् । म्युजिक भिडियोको एक जोडी जर्मन नागरिकले पनि अभिनय गरेका छन् । भिडियोमा शिव बिकको कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । यो भिडियोलाई गायक शर्माले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।
भच्चेकमा भट्टराईको सभा नसकिदै नयाँ शक्तिमा पहिरो
गोरखा, मंसिर ४ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । गोरखा नगरपालिका १० छेपेटारमा आयोजित चुनावी सभामा अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । अजिरकोट गाउँ ३ काफलडाडा स्थायी घर भएका अधिकारी नयाँ शक्ति पार्टी नेपाल निकटको शिक्षक सङ्गठनका केन्द्रिय नेता समेत हुनुहुन्थ्यो । तत्कालीन नेकपा माओवादी केन्द्र निकटको शिक्षक सङ्गठनको केन्द्रिय उपाध्यक्ष रहनुभएका अधिकारी डाक्टर बाबुराम भट्टराई ले पार्टी फुटाएर नयाँ शक्ति पार्टी नेपाल गठन गरेपछि भट्टराई सङ्गै नयाँ शक्ति प्रवेश गर्नुभएको थियो । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई अस्थिर र उधेश्य बिहिन व्यक्ति भएको अधिकारीले बताउनुभयो । जनयुद्धका समयमा जेलनेल भोगेको स्मरण गर्दै अधिकारीले आफू सधै बामपंथी भएको र भइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । व्यक्तिगत स्वार्थ हेर्ने, राष्ट्रको हित नहेर्ने भट्टराई को आचरण भएको बताउदै श्रेष्ठले गोरखाको विकास भट्टराई गरेको नभई तत्कालीन एकीकृत नेकपा माओवादी ले गरेको प्रष्ट पार्नुभयो । भट्टराई ले कम्युनिष्ट सिद्धान्त मात्र छाड्नु भएन काग्रेस सङ्ग आत्मसमर्पण गर्नु भो त्यसैले नया शक्ति छाडेका हौ अधिकारी ले भन्नुभयोः अब नयाँ शक्ति सकिदै छ । पार्टी प्रवेश गर्नु भएका अधिकारीलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ ९प्रकाश० ले अबिरमाला लगाएर स्वागत गर्नुभएको थियो ।
युवा खेलाडीहरुका लागि ठाउँका ठाउँ यस्तो निर्णय गरेः महरा
दाङ, कार्तिक २९ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले मतदाता भेटघाटका क्रममा दाङको घोराहीस्थित भरतपुर खेल मैदान पुगेर युवा खेलाडीहरुलाई सरकारी स्तरबाट खेल मैदान निर्माणका लागि बजेट पठाइदिने निर्णय गरेका छन् । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि दाङमा हुने राष्ट्रिय खेलाडी छनोट खेल संचालन गर्ने मैदान मर्मत गर्न आवश्यक रकम सरकारले प्रदान गर्ने भन्दै उपप्रधानमन्त्री महराले निर्माणाधीन मैदानबाटै अर्थमन्त्रालयका सचिवसँग टेलिफोन गरी बजेट सुनिश्चित गरेका हुन् । राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्र स्तरिय उक्त खेल दाङमा संचालन हुनु गौरवको कुरा हो भन्दै महराले दाङमा खेलकुदको बिकास गर्न युवाहरुलाई हौसला प्रदान गरे । दाङको खेलकुद क्षेत्रको बिकासका लागि उपप्रधानमन्त्री महराले देखाएको यस्तो खालको सक्रियताले आफुहरुमा हौसला प्रदान गरेको भन्दै पुर्व राष्ट्रिय खेलाडी नरेन्द्र पुन सन्देश श्रेष्ठ लगाएतका खेलाडी युवाहरुले खुसी व्यक्त गरे ।
दुई तिहाई मत ल्याउने यस्तो छ वाम गठबन्धनको रणनीति
दोलखा, कात्तिक २४ । वाम गठबन्धन दोलखामा दुई तिहाई भन्दा बढी मत ल्याउने कसरतमा जुटेको छ । वाम गठबन्धन आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दुई तिहाई भन्दा बढी मत ल्याउने गरि चुनाव प्रचार अभियानमा जुटेको छ । एमालेको गढको रुपमा रहेको दोलखामा यस पटक एमाले–माओवादी केन्द्र गठबन्धनसहितका साझा उम्मेदवार बनाइएपछि यस्तो रणनीतिको कसरतमा नेताहरु जुटेका हुन् । वाम गठबन्धनले दोलखाका सबै सरोकारवाला पक्षलाई गोलबन्द गर्दै ८० प्रतिशत भन्दा बढि भोट खसाल्ने रणनीति बनाएको एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश २ का सांसद उम्मेदवार पशुपति चौलागाईले बताए । गठबन्धनले कांग्रेसका केही आधार इलाकालाई बढी केन्द्रित गरि चुनावी प्रचार अगाडि बढाउने र अन्य ठाउँमा आफनो बर्चस्व कायम राख्ने गरी चुनावी यात्रामा होमिएको छ । उसले कांग्रेस वाहेकका सबै शक्तिहरुलाई आफ्नो पक्षमा तान्दै दुई तिहाई भन्दा बढि मत प्राप्त गर्ने रणनीति अख्तियार गरेको हो । त्यसका लागि उम्मेदवारी दर्ता गराएका साना दलहरुसँग पार्टी एकता गर्ने र ती पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुलाई साथमा लिई आफ्ना उम्मेदवारलाई समर्थन गर्न लगाउने बाम गठबन्धनको योजना छ । नयाँ शक्ति पार्टी, नेपाल र संघिय समाजवादी फोरम नेपाल गठबन्धनमा सामेल छ भने ती दलबाट प्रतिनिधिसभा र समानुपातिकतर्फ उम्मेदवारी दिएकाहरुले गठबन्धनका उम्मेदवारहरुलाई समर्थन जनाएको घोषणा गरिसकेका छन् । निर्वाचनको अन्तिमसम्म जिल्लाका अन्य साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई पनि आफ्ना उम्मेदवारलाई समर्थन गर्न लगाउने संयुक्त वाम गठबन्धनले जनाएको छ । नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार पार्बत गुरुङले कांग्रेस बाहेकका साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई गठबन्धनमा ल्याउने प्रयास जारी रहेको जानकारी दिए । चुनावको अन्तिम समयसम्म दोलखामा कांग्रेस एक्लै हुने र गठबन्धनको पक्षमा दुई तिहाई मत खस्ने गुरुङको दावी छ । दोलखा वामपन्थीहरुको बर्चस्व रहेको जिल्लाका रुपमा चिनिन्छ । त्यसमा पनि मुख्य वामपन्थी पार्टीहरु एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेत भएपछि वाम गठबन्धन अत्याधिक मत ल्याउनुपर्ने दवावमा छ । त्यसका लागि दोस्रो विकल्पमा कांग्रेस सहित अन्य दलका पदाधिकारी सहित जिम्मेवार नेता कार्यकर्तालाई तान्ने कसरतमा गठबन्धनका उम्मेदवार तथा नेताहरु लागेका छन् । चुनावी अभियानका क्रममा राप्रपाका जिल्ला सचिव, काग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरुलाई गठबन्धनले प्रवेश गराईसकेको छ । वाम गठबन्धनले जिल्ला स्थित सबै पेशागत संघ संगठन र आफ्ना भातृ संस्थाहरुलाई चुनावको तयारीमा होमिईसकेको छ । दुवै पार्टीका युवा, विद्यार्थी संयुक्त भेलाले जिल्लाको ९४ वटै बुथहरुमा सुरक्षा कमाण्डरहरु खटाईसकेको छ । ती कमाण्डहरुको नेतृत्वमा एक बुथमा दुई सय युथ खटाउने उनीहरुको दावी छ । यसैगरी करिव १५ सय शिक्षक र ५ सय बुद्धिजिवी वाम गठबन्धनको चुनावी प्रचारमा सक्रिय छन् भने कर्मचारीहरुलाई त्यही अनुसार परिचालन गरिँदैछ । जिल्ला स्थित उद्योगी व्यवसायीहरुले पनि वाम गठबन्धनलाई विजयी गराउन सक्दो सहयोग गर्ने घोषणा गरिसकेका छन् । शुक्रवार दुबै पार्टीका कर्मचारी संगठनको संयुक्त भेलाले एउटै संगठन बनाउने र निर्वाचनमा गठबन्धनको पक्षमा उभिने निर्णय गरेको छ । प्रदेशसभा १ नम्वर क्षेत्रका उम्मेदवार विशाल खड्काले गठबन्धनलाई जिताउन सिंगो जिल्लालाई एकढिक्का बन्दै गएको बताए । जिल्लामा ८० प्रतिशत भन्दा बढि मत गठबन्धनको पक्षमा खस्ने निश्चित भएको खड्काको भनाई छ । एमाले र माओवादी केन्द्रले जिल्लादेखि स्थानीय स्तरसम्म संयुक्त निर्वाचन परिचालन समिति गठन अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । जिल्लाको २ नगर र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह र ७४ वटै वडामा संयुक्त निर्वाचन परिचालन समिति खडा गरेको छ । उक्त संयुक्त निर्वाचन परिचालन समिति मातहत अन्य सहायक संगठनहरुको छुट्टै चुनाव परिचालन समिति बनेको छ । वाम गठबन्धनका उम्मेदवारहरु फरक फरक निर्वाचन चिन्हमा लडेका कारण मत विग्रन सक्ने र विगतको तिक्तताका कारण एक दलको मतदाताले अर्को दलका उम्मेदवारलाई मत दिनेमा धेरै आशंका व्यक्त भैरहेका छन् । गठबन्धनका उम्मेदवार र नेताहरुले पनि उक्त समस्यालाई महसुस गरी मतदाताहरुलाई कन्भिन्स गर्नमा धेरै समय खर्चिरहेका छन् । चुनावी कार्यक्रमहरुमा उनीहरुले एउटै कम्युनिष्ट पार्टी बन्ने भएका कारण विगतको सवै तिक्तता विर्सि्दिन जोडतोडका साथ आग्रह गर्ने गर्छन् । स्थानीय निर्वाचनका क्रममा जुँगुमा भएको घट्नापछि एमाले र माओवादी केन्द्रबीचको दरार उत्कर्षमा पुगेको थियो । तर उक्त घट्नाले पैदा गरेको समस्या पनि करिव साम्य भैसकेको नेताहरुको दावी छ । दोलखामा १ लाख ४७ हजार ९ सय २३ जना मतदाता रहेका छन् । कुल मतदाताको ८० प्रतिशत १ लाख १८ हजार ३ सय ३८ हुन्छ । जिल्लामा ७० प्रतिशत अर्थात १ लाख ३ हजार ५ सय ४६ मत खसेको अवस्थामा पनि वाम गठबन्धनले १० हजार मत बदर भयो भनेपनि ७२ हजार भन्दा वढि मत ल्याउनुपर्ने हुन्छ । त्यसैगरि आज दोलखाको जिलुमा आयोजित चुनावी सभामा बोल्दै वाम गठबन्धनका नेताहरुले दोलखामा वाम बठबन्धनको जित नभई अत्यधिक बहुमतका साथ विजयी हुने बताएका थिए । कार्यक्रममा एमाले नेता तथा दोलखाबाट प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङले दोलखामा वाम गठबन्धनको बहुमत आउने र दोलखाली जनताको सम्बृद्धिको लागि सदैव लागिरहने बताए ।
वाम गठबन्धनलाई स्वागत गर्दै भारतमा भब्य कार्य्रकम गर्ने निर्णय
नयाँदिल्ली, कात्तिक २३ । नेपाली कम्युनिष्ट आन्दोलनको यात्रामा १७ असोज २०७४ नेपाली जनताको लागि वडा दशैंको उपहार सहितको महान उपलब्धिको दिन सावित भएको छ । अप्रत्याशित र अपत्यारियो यो महान कार्यको थालनी गर्ने माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड र एमाले अध्यक्ष कमरेड केपी शर्मा ओली श्रमजिवि नेपाली मात्र हैन, विश्वकै श्रमजिवि नेताको अन्तराष्ट्रिय आकर्षण बन्न सफल भएका छन । नेपाली जनताले अलग, टुटफुट र विभाजनको सिकार भएका नेपाली कम्यूनिष्ट आन्दोलनलाई एकत्रित गर्ने यात्रा ७ बुँदे लिखित प्रतिवद्धता सार्वजनिक गर्ने नेता कमरेडहरु प्रति श्रमजीवि र उत्पिडित प्रवासी नेपाली जनताले लालसलामसँगै हृदयदेखि धन्यवाद ज्ञापन गरेका छन् । नेपालको राष्ट्रिय राजनैतिक दल माओवादी केन्द्र र एमाले पार्टीको जनवर्गीय सङ्गठन अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सचिव आरबी खड्काको नेतृत्वमा क्षेत्रिय अध्यक्ष ज्ञानबहादुर केसी, केन्द्रीय सदस्य अर्जुन दयाल, केन्द्रीय सदस्य मानु क्षेष्ठ र प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा केन्द्रीय उपाध्यक्ष सीता अधिकारी, केन्द्रीय सल्लहाकार कवि कार्की, केन्द्रीय सदस्य बेधप्रसाद भण्डारी राज्य सचिब बिमलप्रसाद पौडेल लगायतको उपस्थिति थियो । बाम गठबन्धनलाई स्वागत गर्दै भारतको राजधानी नयाँ दिल्ली होटल स्टार फ्लावर इन पहाडगञ्जमा बिहीबार एमाले निकट प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा संयुक्त बैठकले नेपालमा आसन्न प्रतिनिधी र प्रदेशसभाको चुनावलाई लक्षीत गरी संयुक्त कार्य्रकम गर्ने निर्णय गरिएको छ ।
अत्याधिक चिसो बढ्नाका कारण विद्यार्थीहरुलाई कक्षाबाहिर पठनपाठन
मनाङ, कात्तिक २३ । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि मनाङका अधिकांश विद्यालयले कक्षाकोठा बाहिरै पठनपाठन गराउँदै आएका छन् । हिमालको छेवैमा रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैँ बाहिर पठनपाठन गर्दै आएको बताउँदै अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुली । बिहान १० देखि ३ बजेसम्म अलिअलि घाम लाग्ने र घामको ताप रहुन्जेल सहज हुने भएकाले बालबालिकालाई घाममा राखेर पढाउँदै आएको उहाँले बताउनुभयो । यसरी कठिन परिस्थितिमा पनि आफूहरुले विद्यालयको पठनपाठनलाई निरन्तरता दिएको साथै सार्वजनिक बिदामा पनि विद्यालयमा पठनपाठन भएको बताउँदै अन्नपूर्ण मावि मनाङका प्रअ आन्नदराज घिमिरे । नेपालका अधिकांश सरकारी विद्यालय सार्वजनिक बिदाका दिनमा बन्द भए पनि मनाङको माथिल्लो भेगमा रहेका विद्यालयमा पढाइ हुने गरेको पाइन्छ । चिसोका कारण विद्यार्थी र शिक्षकमा स्वास्थ्य समस्या आएकाले चिसोबाट बच्न र बचाउन पनि कक्षाकोठा बाहिर पठनपाठन गर्न बाध्य भएको बताउँदै शिक्षिका टीककुमारी विक । यसरी कक्षाकोठा बाहिर अध्यापन गराउँदा विद्यार्थीको पढाइ र सिकाइ कतिको प्रभावकारी होला भन्ने जिज्ञासा जनमानसमा बढेको छ ।
स्वास्थ्य स्वस्थ राख्न दैनिक भोजनमा तीन पोषक तत्व हुनु अति अावश्यक
हामीले शारीरिक र मानसिक रुपमा स्वस्थ र फिट रहन आफ्नो भोजनलाई सन्तुलित बनाउनु जरुरी छ । यी तीन महत्वपूर्ण पोषक तत्व हाम्रो खानामा सामेल गर्न सके मस्तिष्कदेखि रोग प्रतिरोध प्रणालीसम्मलाई स्वस्थ्य र सुदृढ पार्छ । भिटामिन बी भिटामिन बीले मानसिक क्षमता वृद्धि गर्छ र मुटुको सुरक्षा गर्छ । ८ वटा भिटामिन बीमध्ये बी १२ र फोलेट सबैभन्दा महत्वपूर्ण छन् । भिटामिन बी १२ ले हामीले खाएको भोजनलाई ऊर्जामा परिणत गर्न सघाउनुका साथै हाम्रो स्नायुतन्त्रको सुरक्षा कवच मानिने ‘माइलिन’ बनाउन आवश्यक पर्छ । यसले मस्तिष्कका करोडौं ‘न्युरोन’ लाई आपसमा सञ्चार गर्न पनि सघाउँछ । भिटामिन बी१२ को कमीले स्मरण शक्ति घट्ने, भ्रम उत्पन्न हुने र डिप्रेसन हुन्छ । फोलेट गर्भवतीका लागि महत्वपूर्ण मानिए पनि महिला पुरुष सबैका लागि यो उत्तिकै आवश्यक छ । भ्रुणको विकासमा यसको महत्वपूर्ण भूमिका हुन्छ। सामान्यतया शरीरमा फोलेटले मस्तिष्कघात र मुटुसम्बन्धी रोगको जोखिम बढाउने ‘एमिनो एसिड’को मात्रा बढ्न दिँदैन । फोलेट र भिटामिन बी मुटुका लागि आवश्यक पोषण समूहमा पर्छन्। केमा पाइन्छ भिटामिन बी र फोलेट भिटामिन बी१२ त्यस्तो दुर्लभ भिटामिन हो, जुन वनस्पति अर्थात् सागसब्जी, फलफूल वा गेडागुडी कुनैमा पनि पाइँदैन । भिटामिन बी१२ अन्डा, चिज, दूध, दही, माछा र रातो मासुमा पाइन्छ। तर, फोलेट भने हरिया सागसब्जी, कुरिलो, भिटामिन लगायत विभिन्न पोषक तत्व मिसाइएका तयारी खाद्यान्नमा पाइन्छ । भिटामिन डी शरीरका हाड र रोग प्रतिरोध प्रणालीका लागि भिटामिन डी आवश्यक छ । हामीलाई ‘भिटामिन डी’ को ठ्याक्कै कतिमात्रा आवश्यक पर्छ, वैज्ञानिकहरूले बताउन सकेका छैनन् । तर, अधिकांश अध्ययन अनुसन्धानले शरीर स्वस्थ राख्न भिटामिन डी महत्वपूर्ण रहेको देखाएका छन् । यसले क्याल्सियमलाई सोस्न सक्षम बनाउँछ, र क्याल्सियमले हाड बलियो बनाउँछ । रोग प्रतिरोध प्रणालीको प्रभावकारी कामका लागि पनि भिटामिन डी आवश्यक छ । केही अध्ययनले भिटामिन डीको कमी हुँदा क्रोन्स डिजिज (पाचन प्रणाली बिग्रने), ‘¥युमाटिड आर्थराइटिस’ र ‘मल्टिपल सिरोसिस’जस्ता रोग लाग्न सक्ने देखाएका छन्। भिटामिन डी पाइने खानेकुरा भिटामिन डी पनि भोजनबाट पाउन कठिन छ । बरु हाम्रो शरीरले नै भिटामिन डी बनाउँछ तर यसका लागि हामीले हाम्रो छालामा बिहानको मधुरो घाम पार्नुपर्छ । साथै उत्तरी गोलाद्र्धका बासिन्दाले भने अन्डाको पहेँलो भाग, धेरै चिल्लो पाइने माछा (जस्तै सार्डिन), पोषक तत्व मिसाइएको दूध, सुन्तलाको रस, अन्न आदिबाट भिटामिन डी लिन सक्छन् । यसबाहेक आवश्यक परे चिकित्सकको परामर्शमा भिटामिन डीको ट्याबलेट खान सकिन्छ। म्याग्नेसियम म्याग्नेसियमले निदाउन सघाउनुका साथै दुखाइ घटाउँछ । पछिल्लो समय अनिद्राका रोगीहरू म्याग्नेसियम प्रति हुरुक्क छन् । तर, यसले निद्रा लगाउने औषधिजस्तो खानेबित्तिकै निद्राले लठ्ठ बनाइहाल्दैन । यसले मांसपेशीलाई आराम गर्न सघाउने र मांसपेशीको दुखाइमा आराम दिलाउने भएकाले हिजोआज धावक र कसरत गर्नेहरूबीच निकै लोकप्रिय भएको छ । यसले हामीलाई जगाइराख्ने मस्तिष्कको हिस्सालाई सुदृढ बनाउँछ । यसले हामीलाई राति निद्रा बिथोल्ने सामान्य एन्जाइटी शान्त पार्न पनि मद्दत गर्छ । म्याग्नेसियमले माइग्रेनको दुखाइ कम गर्ने पनि विभिन्न अध्ययनले देखाएका छन्। म्याग्नेसियम पाइने खानेकुरा भोजन सम्बन्धी अधिकांश सर्वेक्षणले अमेरिकीहरूलाई म्याग्नेसियमको कमी भएको देखाएका छन् । यसको कारण भने फाइबर धेरै मात्रामा पाइने सागसब्जी र ब्राउन राइस म्याग्नेसियमको मुख्य स्रोत हुन् र अमेरिकीहरूले भोजनमा यी दुवैको साटो प्रशोधित र डिब्बाबन्द खानेकुरा खान्छन् । पर्याप्त फाइबर र म्याग्नेसियमको पोषण पाउन विभिन्न खालका बिउहरू अझ (हाडे बदाम, ओखर, फर्सीको बिउ) खानु उपयुक्त हुन्छ । स्वास्थ्यखबरबाट साभार
गुल्मीमा उम्मेदवारको टुङ्गो लाग्याे, कुन दलबाट को परे ?
गुल्मी, कात्तिक १५ । ५ नम्वर प्रदेश अन्तर्गत दोश्रो चरणमा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागि गुल्मीमा बाम गठबन्धन सहिचत सवै दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । दुई निर्वाचन क्षेत्र र चार वटा प्रदेश रहेको गुल्मीमा वाम गठबन्धनबाट नेकपा एमालेका सचिवद्धयः प्रदिपकुमार ज्ञवाली क्षेत्र नम्वर १ बाट र गोकर्णराज विष्ट क्षेत्र नम्वर २ बाट उमेदवारी दिने भएका छन् । उनीहरुका प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसले १ नम्वर क्षेत्रबाट चन्द्र भण्डारीलाई र २ बाट चन्द्र केसीलाई उम्मेदवार बनाउदैं छ । गुल्मीमा बाम गठबन्धनबाट २ वटै प्रतिनिधी सभाको उम्मेदवार र २ वटा प्रदेश सभा एमाले पाउने भएको छ । माओवादीले २ वटा प्रदेश सभा पाउने गरी गठबन्धनबाट उम्मेदवार बनेका छन् । क्षेत्र नम्वर १ को ‘क’ प्रदेशमा माओवादी केन्द्रका सुर्दशन बराल र ‘ख’ प्रदेशमा एमालेबाट कमलराज श्रेष्ठ उम्मेदवार सिफारिस भएका छन् । प्रदेश सभामा सिफारिस भएका यी दुवै जना पूर्वसंसद र प्रभावशाली नेता हुन् । गठबन्धनबाट क्षेत्र नम्बर २ को प्रदेश सभा तर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थी सिफारिस भएको बाम गठबन्धनले जनाएको छ । काँग्रेसबाट प्रदेशका उमेदवार क्षेत्र नम्वर १ को ‘क’ प्रदेशमा नेपाली कांग्रेसले पृथ्वीबहादुर फौदार र ‘ख’ प्रदेशमा धनेन्द्र कार्की सिफारिस भएको नेपाली काँग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले जानकारी दिए । क्षेत्र नम्बर २ बाट ‘क’ प्रदेश सभा उमेदवार शालिक पन्थी र ‘ख’ प्रदेशमा छन्दबहादुर पहराई सिफारिस भएको श्रेष्ठले जानकारी दिए । जनमोर्चाबाट गुल्मीमा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी छबिलाल सर्तुङ्गी सिफारिस भएका छन् । प्रदेश सभा तर्फ ओमेन्द्र कुँवर र टंक केसी सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी रामेश्वर खत्री सिफारिस भएका छन् । प्रदेश सभातर्फ हरि न्यौपाने र सुर्य थापा सिफारिस भएको पार्टीले जनाएको छ । नयाँ शक्तिबाट नयाँ शक्ति पार्टी नेपालले पनि उम्मेदवारको टुङ्गो लगगाएको छ । पार्टीले क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी तेजेन्द्र थापा सिफारिस भएको नयाँ पार्टी नेपाल गुल्मीका सचिवालय संयोजक जनक पन्थले जानकारी दिए । प्रदेश सभा तर्फ पदमबहादुर खत्री र ध्रुव कुवँर सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी गणेश कुवँर सिफारिस भएका छन् । प्रदेश सभा तर्फ सरोज गुरुङ्ग र धनश्याम पाण्डे सिफारिस भएको पन्थले जानकारी दिए । गुल्मीमा भोलि बिहिवार दिउँसो १ बजे पूर्व नेपाली काँग्रेस लगायतका अन्य दलले मनोनयन गरि सक्नु पर्ने र २ पछी बाम गठबन्धनले मनोनय दर्ता गर्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । मनोनयन दर्ताका लागी कार्यकार्ता जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको दलहरुले जनाएका छन् ।
यी कुराले महिला औधी खुशी हुन्छन !
एक अध्ययनका अनुसार महिला सबै भन्दा धेरै आफ्नै तारिफ सुनेर खुशी हुने बताइएको छ । वास्तवमा महिलाहरू आफ्नो सौन्दर्यको तारिफ सुनेर धेरै खुशी हुन्छन् । महिला मात्र किन, सबैजनालाई प्रशंसा मन पर्छ । तर महिलाहरू कपडा, मेकअप, हेयरस्टाइल लगायतको प्रशंसा सुन्न रुचाउँछन् । तपाईं मन परेकी महिलालाई प्रशंसा गर्नुस् । जतिखेर पनि प्रशंसा चाहिँ नगर्नुहोला, फेरि उनले जिस्केको भन्ठान्छिन् । कहिलेकाहीँ नयाँ कपडा लगाएको बेलामा चाहिँ प्रशंसा गर्दा उनी खुशी हुन्छिन् । महिलाहरू अलि फरक तरिकाले सोच्छन् । कुनै युवतीले युवकलाई प्रेम गर्छिन् भने उक्त युवकको नाम अर्की केटीसँग जोडिएको पटक्कै मन पराउँदिनन् । त्यसैले उनलाई तपाईं ‘तिमी नै मेरो पहिलो र अन्तिम प्रेम हौ’ भन्ने गर्नुस् । यो कुराले उनी सुरक्षित अनुभव गर्छिन् र खुशी भएर तपाईंलाई प्रेम गर्छिन् । आफ्नी प्रेमिकालाई खुशी बनाउनका लागि प्रशंसा मात्र नगरेर उनी तपाईंका लागि विशेष छिन् भन्ने अनुभव पनि गराउनुस् । त्यसैले प्रेमिकाको प्रेम पाउनु छ भने प्रशंसा गर्दा तिमी सबभन्दा गजबकी छ्यौ भन्नुस् । धेरैजसो केटाहरू प्रेमको नाममा फ्लर्ट गर्छन् तर बिहेको कुरा निस्केपछि भाग्छन् । केटीहरूलाई यस्ता केटासँग खुबै डर लाग्छ र धोका पाइएला भन्ने भयले सताउँछ । तपाईंले प्रेमिकालाई मसँग बिहे गर्छ्यौ भनी सोध्दा उनी खुशी हुन्छिन् । तपाईंले कुनै नयाँ काम शुरु गर्नुभयो भने प्रेमिका वा पत्नीसँग सल्लाह लिने गर्नुस् । यसो गर्दा उनीहरूले आफूलाई सम्मान देखाएको अनुभव गर्छन् र खुशी हुन्छन् । एजेन्सी